text
stringlengths
2
914
चन्द्रागिरिमा वातावरण व्यवस्थापनका लागि तीन प्रतिशत बजेट विनियोजन
कान्तिपुर संवाददाता
चन्द्रागिरि नगरपालिकाले वातावरण व्यवस्थापनका लागि आफ्नो कूल बजेटको तीन प्रतिशत विनियोजन गर्ने भएको छ । सो क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गर्ने चन्द्रागिरि सम्भवतः पहिलो नगरपालिका भएको बताइएको छ ।
असार ६, २०८१
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
कान्तिपुर संवाददाता
प्रहरीले १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ नल्लु बस्ने कुमार केसीलाई सार्वजनिक गरेको छ । केसीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
जनस्वास्थ्य कार्यालय काठमाडौंले पुन: पोलियो विरुद्धको खोप अभियान चलाउने
कान्तिपुर संवाददाता
जनस्वास्थ्य कार्यालय काठमाडौंले पोलियो विरुद्धको खोप ‘आईपीभी’ लगाउन छुटेका बालबालिकालक्षित पुन: खोप अभियान सञ्चालन गर्ने भएको छ । यसअघि कार्यालयले गत जेठ १३ देखि २६ गतेसम्म खोप अभियान सञ्चालन गरेको थियो । त्यसक्रममा छुटेका बालबालिकालाई पुनः खोप लगाइने भएको हो ।
असार ५, २०८१
६० किलो सुन तस्करीमा संलग्न रहेको अभियोगमा थप दुई जना पक्राउ
कान्तिपुर संवाददाता
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले ६० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको अभियोगमा थप दुई जनालाई पक्राउ गरेको छ ।
ललितपुर महानगरको नीति तथा कार्यक्रम : आयोजना र श्रम बैंक
कान्तिपुर संवाददाता
ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा आयोजना बैंक र श्रम बैंकलाई समेटेको छ ।
लागूऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ
कान्तिपुर संवाददाता
प्रहरीले लागूऔषध खैरो हेराइनसहित पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बर्दिया गुलरिया नगरपालिका–६ बस्ने विजय गुप्ता र कैलाली लम्कीचुहा नगरपालिका–१ का टंक बहादुर शाही छन् ।
मेलम्ची खानेपानीलाई एडीबीले २ अर्ब अनुदान दिने
न्युज एजेन्सी नेपाल
एसियाली विकास बैकले मेलम्ची खानेपानी आयोजनालाई २ अर्ब अनुदान दिने भएको छ । सञ्चालनमा नआउँदै २०७८ सालको बाढी पहिरोले आयोजनाको हेडवर्क्समा ठूलो क्षति पुर्‍याएकाले हेडवर्क्स निर्माणका लागि एडीबीले २ अर्ब (१९दशमलव७५ मिलियन अमेरिकी डलर) बढी नेपाली रुपैयाँ अनुदान दिएको खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए ।
असार ४, २०८१
‘पानोर्मा फार्मेसी’ लाई कारबाही गर्न औषधि व्यवस्था विभागलाई पत्राचार
कान्तिपुर संवाददाता
काठमाडौं महानगरपालिकाले त्रिवि शिक्षण अस्पताल प्रांगणमा सञ्चालित ‘पानोर्मा फार्मेसी’ लाई कारबाही गर्न औषधि व्यवस्था विभागलाई पत्राचार गरेको छ । उपभोक्ताको गुनासो आएपछि अनुगमनमा पुगेका महानगरपालिकाको टोलीले उक्त फार्मेसीबाट म्याद गुज्रेको औषधि बिक्री गरेको पाइएको थियो ।
असार ३, २०८१
अवैध सुन र ४८ लाख नगदसहित पक्राउ पर्ने सार्वजनिक
कान्तिपुर संवाददाता
प्रहरीले काठमाडौंको बौद्धबाट ‘९९९.९ गोल्ड १ केजी’ लेखिएको अवैध ६ थान र ४८ लाख रुपैयाँ नगदसहित पक्राउ पर्नेलाई सार्वजनिक गरेको छ ।
नरदेवी आयुर्वेद चिकित्सालयका कर्मचारी भन्छन् : जनशक्ति पुगेन
कान्तिपुर संवाददाता
नरदेवी आयुर्वेद चिकित्सालयका चिकित्सकहरूले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवलाई जनशक्ति अभावका कारणले अपेक्षित सेवा प्रवाह गर्न नसकिएको गुनासो गरेका छन् ।
बस्ती विकासको नाममा खहरे मासेर सडक निर्माण थालिएको भन्दै चाँगुबासी आन्दोलित
कान्तिपुर संवाददाता
चाँगुनारायण नगरपालिकामा बस्ती विकासको नाममा खहरे खोला, कुलो, खोल्सा मासेर सडक निर्माणको काम थालेपछि स्थानीयहरु आन्दोलित भएका छन् ।
‘नदी धमिलिने बित्तिकै मेलम्चीको पानी बन्द’
रासस
मेलम्ची खानेपानी विकास समितिले ठूलो वर्षा भई मेलम्ची नदी धमिलो हुन थालेपछि मेलम्ची खानेपानी बन्द गर्ने तयारी गरिएको जनाएको छ । मनसुनजन्य विपद्बाट आयोजनामा हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न नदी धमिलिने बित्तिकै खानेपानी बन्द गर्ने तयारी गरिएको हो ।
असार २, २०८१
लागूऔषध बिक्री गरेको आरोपमा फार्मेसी सञ्चालक पक्राउ
कान्तिपुर संवाददाता
प्रहरीले गोंगबु मित्रनगरमा रहेको कविता फार्मेसीका सञ्चालकलाई नियन्त्रित लागूऔषध ट्रामाडोल हाईड्रो कोलोराइड ६ सय ५० क्याप्सुलसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा फार्मेसी सञ्चालक गोरखा पालुङटार नगरपालिका–४ घर भएकी बिनिता कुमाल छिन् ।
सुन जस्तो देखिने धातुसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ
कान्तिपुर संवाददाता
प्रहरीले लुकाई छिपाई लैजान लागेको अवस्थामा सुन जस्तो देखिने करिब ८९ ग्राम पहेंलो धातुसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक जना भारतीय नागरिक पक्राउ गरेको छ ।
असार १, २०८१
व्यावसायिक अवस्थाबारे छलफल
कान्तिपुर संवाददाता
नेपालमा व्यावसायिक वातावरणको विषयमा उच्च शिक्षामा अध्ययनरत विद्यार्थी र विज्ञहरूबीच शुक्रबार काठमाडौंमा छलफल भएको छ । युनिभर्सल र फिनिक्स कलेज अफ म्यानेजमेन्टले स्नातक र स्नातकोत्तर तहमा पढ्ने विद्यार्थीबीच सेमिनारको आयोजना गरेको हो ।
जेष्ठ ३२, २०८१
बजेट नहुँदा मानव बेचबिखन नियन्त्रणसम्बन्धी कानून कार्यान्वयनमा चुनौती
कान्तिपुर संवाददाता
मानव बेचबिखन अपराधको विरुद्धमा प्रदेश र स्थानीय तहहरूले पनि कानुनको तर्जुमा गर्न थालेका छन् । केही प्रदेश, नगरपालिका र गाउँपालिकाहरूले मानव बेचबिखन अपराध नियन्त्रण र पीडितको संरक्षणका लागि कानुन निर्माण गरी कार्यान्वयनको चरणमा छन् ।
गोकर्णेश्वरमा जुवा खेल्ने २२ जना पक्राउ
कान्तिपुर संवाददाता
काठमाडौं गोकर्णेश्वरमा जुवा खेल्ने २२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नुवाकोट शिवपुरी गाउँपालिका–१ घर भई काठमाडौं कपन बस्ने बेल कुमार खड्कालगायत छन् ।
रातो मस्त्येन्द्रनाथको भोटो जात्रा साउनको तेस्रो साता हुने
कान्तिपुर संवाददाता
रातो मस्त्येन्द्रनाथको भोटो जात्रा साउनको तेस्रो सातामा हुने भएको छ । हाल मस्त्येन्द्रनाथको रथ लगनखेलको थति टोलमा राखिएको छ । त्यहाँबाट साउन १७ गते रथ जावलाखेल तान्ने साइत छ ।
हाडीगाँउ र वसन्तपुरमा महानगरपालिकाले होमस्टे सञ्चालन गर्ने
कान्तिपुर संवाददाता
काठमाडौँ महानगरपालिकाले हाँडीगाँउ र वसन्तपुर क्षेत्रमा होमस्टे सञ्चालन गर्ने भएको छ । नगरसभाको आज बैठकमा महानगर प्रमुख बालेन शाहले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा उक्त स्थानमा होमस्टे सञ्चालनका लागि प्रोत्साहनसहित आवश्यक परामर्श गर्ने नीति लिएको बताए ।
बीस जनालाई रोजगारी दिने व्यवसायीलाई तीन वर्षसम्म कर छुट दिने घोषणा
कान्तिपुर संवाददाता
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षदेखि कम्तिमा २० जनालाई रोजगारी दिने व्यवसायीलाई सुरुका तीन वर्ष व्यवसाय करमा शतप्रतिशत छुट दिने घोषणा गरेको छ ।
‘सार्वजनिक बिदाका दिन पनि सरकारी कार्यालय खुल्छन्’
रासस
बिदाका दिन सरकारी कार्यालयमा सेवाग्राही नआउँदा अधिकांश कार्यालय सुनसान देखिएका छन् । गृह मन्त्रालयले २०७९ चैत २ देखि राजपत्रमा सूचना प्रकाशित गरी १८ प्रकारका सार्वजनिक बिदाका दिनमा पनि अत्यावश्यकीय सेवा प्रवाह गर्ने सरकारी कार्यालय खोल्ने निर्णय गरेको थियो ।
क्रिप्टो माइनिङमा संलग्न दुई जना पक्राउ
कान्तिपुर संवाददाता
सीटीइभीटी अन्तर्गतको टीटीको भवनमा रहेको सूचना प्रविधि ल्याबमा क्रिप्टो करेन्सी माइनिङ जस्तो गैरकानूनी कार्य सञ्चालन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यकामा आज दिउँसो आशिंक बदली र राति हल्का वर्षा हुने पूर्वानुमान
रासस
काठमाडौं उपत्यकामा बिहीबारको तुलनामा आज केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । राजधानीमा आज दिउँसो आंशिक बदली हुने छ भने राति हल्का वर्षा हुनेछ ।
जेष्ठ ३१, २०८१
विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा छ जना पक्राउ
कान्तिपुर संवाददाता
वैदेशिक रोजगारी तथा भिजिट भिसामा विभिन्न देश पठाइदिने भन्दै एक हजारभन्दा बढीलाई ठगी गरेको आरोपमा प्रहरीले विभिन्न कन्सलटेन्सीका छ जना सञ्चालकलाई पक्राउ गरेको छ ।
भद्रकाली मन्दिर क्षेत्रका पाटी, सत्तल पुननिर्माण हुने
कान्तिपुर संवाददाता
काठमाडौंको भद्रकाली मन्दिर क्षेत्रमा रहेका पाटी सत्तललगायत संरचनाको पुननिर्माण हुने भएको छ ।
जेष्ठ ३०, २०८१
ज्यान मार्ने मुद्दाका फरार प्रतिवादी पक्राउ
कान्तिपुर संवाददाता
प्रहरीले ज्यान मार्ने मुद्दाका फरार प्रतिवादीलाई कोटेश्वरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका–१ राकाथुम घर भएका वीरबहादुर तामाङ छन् ।
सिंहदरबारभित्रबाट चार बालश्रमिकको उद्धार
कान्तिपुर संवाददाता
काठमाडौं महानगरपालिकाले सिंहदरबारबाट चार जना बालश्रमिकको उद्धार गरेको छ । बुधबार सिंहदरबारभित्रका विभिन्न खाजा घरमा काम गर्ने चार बालश्रमिकलाई महानगरपालिकाले अनुगमन गरी चार बालश्रमिकको उद्धार गरेको हो ।
जेष्ठ २९, २०८१
एमाले काठमाडौँको अध्यक्षमा निरौला निर्वाचित
कान्तिपुर संवाददाता
नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौँ जिल्ला अध्यक्षमा पुनः दीपक निरौला निर्वाचित भएका छन् । उनी तीन सय ७० मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
काठमाडौं महानगरका विद्यालयका सटर अब शैक्षिक काममा मात्र
सुदीप कैनी
काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयले व्यावसायिक भवन निर्माण गरी भाडामा लगाएका तीन सयभन्दा बढी सटर तथा टहरा खाली गराउन थालेको छ ।
जेष्ठ २८, २०८१
भाडाका सटर ७ दिनभित्र खाली गर्न सामुदायिक विद्यालयलाई कामनपाको निर्देशन
कान्तिपुर संवाददाता