text
stringlengths
2
914
यसरी छर्कँदै काठमाडौंमा 'डीस-इन्फेक्टेन्ट' [तस्बिरहरु]
तस्बिर : हेमन्त श्रेष्ठ
काठमाडौं उपत्यकामा 'डीस-इन्फेक्टेन्ट' छर्कन सुरु गरेको छ । महानगरपालिकाले बुधबारबाट विभिन्‍न स्थानमा डीस-इन्फेक्टेन्ट छर्कन सुरु गरेको हो । बुधबार विभिन्‍न ३ ठाउँमा डीस-इन्फेक्टेन्ट छर्किएको थियो । महानगरपालिकाले हजार लिटर पानीमा १० लिटर क्लोरिन हालेर बनाइएको घोल छर्किएको हो । यसका लागि ३ वटा ट्यांकर प्रयोग गरिएका छन् ...
लकडाउनको दोस्रो दिन : धेरै सुनसान, कतैकतै उल्लंघन [तस्बिरहरु]
कान्तिपुर संवाददाता
संसारभर महामारीका रुपमा फैलिइरहेको कोभिड-१९ (कोरोना भाइरस)को संक्रमण नेपालमा पनि देखिएपछि सरकारले हिजोदेखि एक साताका लागि देशै लकडाउन गरेको छ । लकडाउनको दोस्रो दिन पनि काठमाडौं सहरका सहर बजार सुनसान र शान्त देखिएका छन् ।
चैत्र १०, २०७६
सुनसान बन्यो उपत्यका [तस्बिरहरु]
कान्तिपुर संवाददाता
कोरोना भाइरस कोभिड १९ रोकथामका लागि सरकारले आइतबारबाट अत्यावश्यक काम बाहेकमा बाहिरफेर ननिस्किन भनेसँगै उपत्यका सुनसान बनेको छ । काठमाडौं, भक्तपुर र ललितपुरका निकै चहलपहल हुने बजार, मल, सम्पदास्थल र व्यापारिक स्थलहरु समेत सुनसान बनेका छन् । कोभिड–१९ को सम्भावित जोखिमबाट बच्न सरकारले विद्यालय, क्याम्पस, कार्यालयहरु र सार...
चैत्र ९, २०७६
यस्तो छ सीमाको अवस्था [तस्बिरहरु]
कान्तिपुर संवाददाता
कोरोना भाइरस (कोभिड-१९) को जोखिमलाई मध्यनजर गर्दै विभिन्‍न जिल्लामा सीमा नाकामा कडाइ गरिएको छ । भारतसँग जोडिएका खुला सीमामा आइतबार बिहानदेखि केही जिल्लामा बन्द र केहीमा थप कडाइ गरिएको हो । सीमावर्ती सहरहरुमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको जनताको कर्फ्युको प्रभावले पनि सुनसान बनेको स्थानीय बताउँछन् ।
साल्ट ट्रेडिङमा ग्यास र उपभोग्य वस्तु लिनेको भीड [तस्बिरहरु]
तस्बिर : बिजु महर्जन
कालिमाटीस्थित साल्ट ट्रेडिङ सेन्टरमा सुपथ मूल्य पसलमा सर्वसाधरणाहरुको भीड लागेको छ । कोरोना संक्रमणको जोखिम बढेसँगै बजारमा अभाव हुन सक्‍ने भन्दै सरकारले उपत्यकाका विभिन्‍न स्थानमा सुपथ मूल्य पसल सञ्‍चालनमा ल्याएको हो । साल्ट ट्रेडिङबाटै एसटीसी ग्यासले रिटेल काउन्टर खोलेर ग्यास बिक्री गरिरहेको छ ।
घटेनन् उपत्यका छाड्नेहरु [तस्बिरहरु]
तस्बिर : हेमन्त श्रेष्ठ , अनिश रेग्मी
कोरोना भाइरस (कोभिड–१९)को सम्भावित जोखिमबाट बच्‍न उपत्यका छाड्‍नेहरुको संख्या दैनिक बढ्दो छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बुधबारयता ५ लाख २६ हजार ७ सय ६४ जनाले उपत्यका छाडिसकेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख (एसएसपी) भीमप्रसाद ढकालका अनुसार आइतबार बिहान ६ बजेदेखि १० बजेसम्म ५६ हजार ६ सय ४७ ज...
चैत्र ८, २०७६
साताका ७ तस्बिर
कान्तिपुर संवाददाता
यो साता इकान्तिपुरमा कोरोनासँग सम्बन्धित तस्बिर धेरै छापिए । कोरोना संक्रमणको जोखिम बढेसँगै उपत्यकाबाट बाहिरिनेको संख्या बढेको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुनसान छ । यो साता सेनाले निर्माण गरेको क्वारेन्टाइन,मिर्गौला प्रत्यारोपणपछि सार्क मुलुकहरुबीचको भिडियो कन्फरेन्समा सहभागी हुने जाँदै गरेका प्रधानमन्त्र...
चैत्र ७, २०७६
त्रास कोरोनाको, सुनसान छ लुम्बिनी [तस्बिरहरु]
मनोज पौडेल
कोरोना भाइरस(कोभिड–१९) त्रासले मुलुककै प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनी अहिले सुनसान छ । लुम्बिनी गुरुयोजना क्षेत्रको ३ वर्ग स्क्वायर माइलमा विदेशी पर्यटक देखिन छाडेका छन् ।
चैत्र ६, २०७६
सरकारी कार्यालयमा भीड [तस्बिरहरु]
तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना
सरकारले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाइने भन्दै बुधबार निर्णय गर्यो ।बुधबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गरेको उक्त निर्णय सरकारी कार्यालयहरुमा लागू भएको पाइएन । बिहीबार ललितपुरस्थित यातायात व्यवस्था कार्यालय,नापी विभ...
कोरोना त्रासः बाई बाई काठमाडौं [तस्बिरहरु]
तस्बिर : अंगद ढकाल
महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को त्रासका कारण काठमाडौं छाड्नेको संख्या बढेको छ । उपत्यकाबाट अधिकांश बालबालिका, महिला तथा वृद्धहरु कोरोनाको त्रासले गाउँ फर्कन थालेका हुन् । फर्कने अधिकांशले मास्क लगाएका छन् ।
चैत्र ४, २०७६
पेट्राेल पम्पमा घन्टाैं लाइन [तस्बिरहरु]
तस्बिर: अंगद ढकाल , दिपेन्द्र रोक्का
कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व बजारमा इन्धनको मूल्य घटेसँगै सरकारले सोमबार मध्यरातिदेखि लागू हुनेगरी इन्धनको मूल्यमा २ रुपैयाँ घटायो । इन्धनको मूल्य अझ घट्‍न सक्‍ने भन्दै पेट्रोल पम्पहरुले पेट्रोल नझिकाउँदा बजारमा त्यसको प्रभाव देखिन थालेको छ । राजधानीका पेट्रोल पम्पहरुमा सर्वसाधरणहरु घन्टौंसम्म लाइनमा बस्‍न बाध...
चैत्र ३, २०७६
कोरोना प्रभाव : सुनसान विमानस्थल (तस्बिरहरु)
तस्बिर : अंगद ढकाल
कोरोना भाइरस(कोभिड–१९) को संक्रमण त्रासका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुनसान बन्न थालेको छ । आन्तरिक तथा वाहृय उडानका लागि सधैं व्यस्त रहने नेपालको एकमात्र विमानस्थल अहिले सुनसान भएको छ ।
उखुबाट यसरी बनाइन्छ गुड (तस्बिरहरु)
मोहन बुडाऐर
गुड गुलियो त गुनियो नै हो । तर यो चिनीभन्दा उपयोगी मानिन्छ । त्यसैले आजकल चिनी कम प्रयोग भएको चिया पिउन चाहनेरू पनि गुढ नै प्रयोग गर्न रूचाउँछन् । गुड उखुबाट बनाइन्छ । भजनी नगरपालिका–९कुँडीका सीताराम डगौराको २५ जनाको पुरै परिवार गुड मिलमा व्यस्त रहेको छ । उनले ४ बिघा जग्गामा उखु लगाएका छन् । खेतमा काम गर्न सक्ने परिवार...
चैत्र २, २०७६
काठमाडौं-सोलुखुम्बु हेलिकप्टर यात्राका दृश्य
शब्द/तस्बिर : विद्या राई
शनिबार काठमाडौंबाट सोलुखुम्बुको पूर्वी महाकुलुङ गाउँपालिका–१, सोताङ जाने क्रममा हेलिकप्टरबाट खिचिएका तस्बिरहरु । हेलिकप्टरमा काठमाडौंबाट सोताङ पुग्न करिब ५० मिनेट लाग्छ । सोलुखुम्बुको विकट क्षेत्र मानिने सोताङ पुग्न सदरमुकाम सल्लेरीबाट दुई दिन पैदल हिँड्नुपर्छ । गत वर्षमात्रै सडक सञ्जालमा जोडिएको सोताङमा बाह्रैमास सवार...
चैत्र १, २०७६
साताका ७ तस्बिर
कान्तिपुर संवाददाता
यो साता इकान्तिपुर डटकममा कोरोना भाइरसको बेवास्ता गर्दै राजधानीको वसन्तपुरमा होलीमा रमाउँदै गरेका सर्वसाधरण लगायतका तस्बिरहरुले प्राथमिकतामा पाएका छन् । कोरोना संक्रमणको जोखिम बढेसँगै कतार र साउदी अरबले नेपाल लगायत विभिन्‍न १४ वटा देशका कामदारलाई आफ्‍नो देश आउनमा रोक लगाएका छन् । त्रिभुवन विमानस्थलमा भेला भएका यात्रुहर...
फाल्गुन ३०, २०७६
असिनामा रम्दै विद्यार्थी [फोटोफिचर]
मनोज पौडेल
जिल्ला सदरमुकाम तौलिहवामा असिना परेपछि विद्यार्थी र बालबालिका रमाएका छन् । जिल्लाका विभिन्न स्थानमा मेघ गर्जनसहित असिना पानी परेको थियो । शुक्रबार दिउँसो १ बजेदेखि सुरु भएको असिनापानी २५ मिनेटसम्म लगातार परेको थियो । विद्यालय बन्द भएका बेला असिना परेकाले विद्यार्थीहरु असिना छयापाछयाप गरेर रमाए । बजार क्षेत्रका बाटो सेत...
फाल्गुन २८, २०७६
वसन्त ऋतुलाई स्वागत (तस्बिरहरु)
तस्बिर : अंगद ढकाल
वसन्त ऋतुलाई फूल फुल्ने मौसमका रुपमा लिइन्छ । शिशिर र ग्रिष्म ऋतुको बीचमा आउने वसन्त ऋतुको आगमनसँगै जतातै हरियालीका र फूलहरु फुलेका देखिन्छन् । न त धेरै गर्मी न त धेरै जाडो हुने वसन्त ऋतुलाई प्रकृतिले काँचुली फेरेको ऋतुको रुपमा लिइन्छ । उजाड प्रकृतिलाई यो ऋतुले फक्राइदिन्छ । काठमाडौंका सडकहरुमा यतिबेला विभिन्‍न प्रजाति...
फाल्गुन २७, २०७६
तराईको होली (तस्बिरहरु)
मनोज पौडेल
उल्लास र उमंग सञ्चार गर्ने पर्व होली बिहानैदेखि सदरमुकाम तौलिहवा र आसपासका क्षेत्रमा खेलेर मनाइयो । उमेरले सानादेखि ठूला सबैले रंग र अबिरको पर्व होली सडक, चोक, गल्ली र घर–घरमा खेलेर रमाइलो गरे । चोकचोकमा होलीका आधुनिक गीत संगीत बजाएर रमाइलो गर्ने उत्तिकै थिए । रंग र अबिसँगै नाचगान गर्दै रमाउने समूह पनि सडकमा उस्तै हिँड...
फाल्गुन २६, २०७६
फूलको होली (तस्बिरहरु)
तस्बिर : इलिट जोशी
काठमाडौंको बूढानीलकण्ठमा श्रद्धालुहरुले गौरा पूर्णिमा हर्षोल्लासहित मनाए । इस्कोन नेपालले आयोजना गरेको गौरा पूर्णिमा वैष्णव चाड हो । चाडका अवसरमा श्रद्धालुहरुले जप, उपवास र भजनमा संलग्‍न हुन्छन् । आम मानिसहरु होली पर्वलाई पानी र अबिरले मनाउँछन् तर यो समुदाय भने फूलको होलीमा रमाउँछन् । नेपालका सबैजसाे मुख्य सहरमा रहेका ...
मास्कमय होली [फोटोफिचर]
तस्बिर : अंगद ढकाल
कोरोना भाइरस(कोभिड–१९) संक्रमणको त्रासबीच प्रशासनको आग्रहअनुसार यसपालिको होली शान्त रुपमा मनाइँदै छ । पहिले पहिले जबरजस्ती र पानीका लोला हान्ने गरिए पनि यस पटक निकै सौहार्दपूर्ण रुपमा नजिकका चिनेका मान्छेबीच मात्रै सामान्य रङ दलेर होली पर्व मनाइँदैछ ।
फाल्गुन २४, २०७६
साताका ७ तस्बिर
कान्तिपुर संवाददाता
यो साता इकान्तिपुर डटकममा वुहानबाट उद्धार गरी ल्याइएका नेपालीहरु, प्रधानमन्त्रीको स्वास्थ्य लगायतका तस्बिरहरुले प्राथमिकतामा पाएका छन् । कोरोना संक्रमणको जोखिम बढ्न सक्‍ने भन्दै मास्कको माग ह्वात्तै बढेको छ । काभ्रेको साँगामा रहेको एक मास्क उत्पादन गर्ने उद्योगमा मास्क निर्माण गर्दै गरेको तस्बिर पनि पाठकले रुचाए । त्यस...
फाल्गुन २३, २०७६
हेलम्बुमा छाइन् विश्वसुन्दरी (तस्बिरहरु)
अनिश तिवारी
शुक्रबार बिहानै हृयोल्मो भूमि हेलम्बुमा आइपुगेकी मिस वर्ल्ड टोनी एन सिंहलाई हेर्नेहरुको लर्कोले एकैपटक छोप्यो । हृयोल्मो परम्पराको धर्मचक्र पर्खालअनुसार धमाधम बन्दै गरेको सम्भवत विश्वकै दोस्रो ग्रेटवाल गुरु रेन्पोछे ‘हिमालयन ग्रेट ट्रेल’मा पुग्दा उनको मुहारमा अलग्गै चमक छाएको देखिन्थ्यो ।
फाल्गुन २२, २०७६
यसरी बनाइन्छ मास्क [तस्बिरहरु]
शब्द/तस्बिरः हेमन्त श्रेष्ठ
कोरोना संक्रमणको त्रास बढेसँगै अहिले बजारमा मास्कको अभाव भइरहेको छ । चीन, भारत लगायतका मुलुकबाट मास्क तथा कच्चा पदार्थ आयत हुन्छ । कोरोनाको त्राससँगै अहिले आयत ठप्प भएको छ ।
फाल्गुन २१, २०७६
मिर्गौला रोगीको कामना- ‘गेट वेल सून पीएम ओली’
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रियाको प्रक्रिया भइरहँदा त्रिवि शिक्षण अस्पताल परिसरमा शुभेच्छुकहरुको भीड लागेको छ । अस्पताल परिसरमा नेकपाका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ । त्यस्तै मिर्गौला रोगी तथा उनीहरुका आफन्त पनि अस्पताल पुगेर प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपणको कामना गरेका छन् । उनीहरु...
फाल्गुन १९, २०७६
अस्पताल भर्ना हुन गए प्रधानमन्त्री ओली [तस्बिरहरु]
तस्बिर : कविन अधिकारी
प्रधानमन्त्री केपी शर्मा ओली सोमबार साँझ अस्पताल भर्ना हुन गएका छन् । दाेस्राे मिर्गौला प्रत्यारोपणका लागि भर्ना हुन् उनी त्रिवि शिक्षण अस्पतालमा पुगेका हुन् । शल्यक्रिया सफलताकाे कामना गर्दै शुभेच्छुकहरुले उनलाई शभकामना दिएका छन् । हेर्नुहाेस् तस्बिरहरु :
रमाउँदै घर फर्किए चीनबाट उद्धार गरिएकाहरु [तस्बिरहरु]
तस्बिर : हेमन्त श्रेष्ठ
चीनबाट उद्धार गरी नेपाल ल्याइएकाहरुलाई घर फर्काउन थालिएकाे छ । साेमबार आएकाे रिपाेर्टमा १ सय ७५ जनामै कोरोना भाइरस (कोभिड-१९)को संक्रमण नभएपछि उनीहरुलाई घर पठाइएकाे हाे । खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका उनीहरुको प्रयोगशाला परीक्षणमा कोभिड-१९ को संक्रमण नेगेटिभ देखिएकाे हाे । १६ दिन क्वारेन्टाइन बसाइँपछि घर फिर्न पाउँ...
१० रुपैयाँमा खाना (तस्बिरहरु)
कान्तिपुर संवाददाता
सातदोबाटोको प्रिमियर इन्टरनेसनल स्कुलले तीन सातादेखि लगनखेलमा १० रुपैयाँमा खाना खुवाइरहेको छ । ललितपुरको पाटन अस्पताल छेउमा १० रुपैयाँमा खाना उपलब्ध गराइन्छ । स्कुलले प्रत्येक आइतबार साढे १० देखि साढे १२ बजेसम्म १० रुपैयाँमा खाना खुवाउने व्यवस्था गरेको हो ।
फाल्गुन १७, २०७६