text
stringlengths
2
914
माघ १२, २०७६
राजधानीको बेग्लै व्यथा : बल्खु पुलमुनि पानी भर्नेको भीड
शब्द/तस्बिरः हेमन्त श्रेष्ठ
बल्खु पुलमुनि ३ वटा धारा छन् । ती धाराबाट साताको एक पटक मात्रै पानी आउँछ । केही घन्टाका लागि मात्रै पानी आउँछ । पानी लिनका लागि स्थानीयहरुको खचाखच भीड हुन्छ । हप्तादिनलाई पुग्‍ने पानी उनीहरु एकैपटक लैजान्छन् । ड्रम, बोतल,जारमा पानी भरेर राख्‍छन् । ठेला, स्कुटर र ट्याक्टरमा एकैपटक उनीहरु जारमा पानी हालेर लैजान्छन् । खान...
‘अस्ट्रेलिया डे’ मा नेपाली कलासंस्कृति
नारायण खड्का
अस्ट्रेलियाले राष्ट्रिय दिवसका रुपमा मनाउने ‘अस्ट्रेलिया डे’ परेडमा नेपालीहरुले सहभागिता जनाएका छन् । १ सय बढी देशका नागरिकहरुले उनीहरुका कलासंस्कृति र परम्परालाई प्रवर्द्धन गर्दै सहभागिता जनाएको परेडमा नेपाली कलासंस्कृति र बाजाको सान अलग देखिएको थियो ।
माघ ११, २०७६
साताका ७ तस्बिर
कान्तिपुर संवाददाता
नगरकोटबाट खिचिएको तस्बिरमा देखिएकाे भक्तपुर सुडालस्थित इँटाभट्टाका चिम्नीबाट निस्किरहेको धुवाँको मुस्लो । भक्तपुर जिल्लामा मात्रै ६० भन्दा बढी इँटाभट्टा सञ्चालनमा छन् । तस्बिर : दिपेन्द्र रोक्का
तस्बिरमा हेर्नुहोस् सोनाम ल्होसारको रौनक
तस्बिर : सन्जोग मानन्धर
तामाङ समुदायले सोनाम ल्होसार अर्थात नयाँ वर्ष पर्व धुमधामसँग मनाएका छन् । माघ शुक्ल प्रतिपदाको दिन सोनाम ल्होसार मनाउने चलन छ । काठमाडौंको टुँडिखेलमा सोनाम ल्होसारका अवसरमा तामाङ खाना, वेशभूषा, कला संस्कृति लगायतको प्रदर्शन गरिएकाे थियाे । आजदेखि सुँगुर वर्ष बिदा भएर मुसा वर्ष सुरु भएको छ ।मुसा, गाई, बाघ, खरायो, ड्रागन...
पर्यटकको स्वागतमा खुलेका हिमाल (फोटो फिचर)
मनोज पौडेल
मौसम खुलेसँगै काठमाडौंको उत्तरमा मनमोहक सेताम्य हिमाल देखेर सबै रोमाञ्चित बने । काठमाडौंस्थित त्रिभुवन विमानस्थल हुँदै यात्रा गर्ने स्वदेशी तथा विदेशी यात्रीहरुको ध्यान हिमालले गजबले तानेको थियो । शुभ्र हिमाल देखेर तस्बिर खिच्ने र खिचाउन उस्तै तँछाडमछाड चलेको थियो । प्राय सबै उडान हिमश्रृंखला हुँदै उडेकाले यात्रुले माउ...
माघ १०, २०७६
मध्यपहाडी लोकमार्गमा भेडाकाे लस्कर [फाेटाे फिचर]
हरि गौतम
दुई हप्ता यता ४ सय बढी भेडा मध्यपहाडी लोकमार्गको यात्रा गरिरहेका छन् । लेकका भेडा सडकमा हिडिरहेको दृश्य यहाँ कैद गरिएको छ । रुकुम पश्चिमको मुसीकोट नगरपालिका–७ मा पर्ने वैरीदह, रिन दहमा पर्ने सडकमा दिनको दुई पटक भेडा डुल्छन् । बिहान ११ बजे चरण खोज्न जान्छन् अनि बेलुका चरेर लोकमार्ग हुँदै फर्कन्छन् । सडकमा भेडा देखिएपछि ...
मुहार फेरिएपछिको दरबार हाइस्कुल [फोटो फिचर]
तस्बिर : अंगद ढकाल
ऐतिहासिक दरबार हाइस्कुलको पुनर्निर्माण सकिएको छ । चीन सरकारको पूर्ण सहयोगमा निर्माण भएको स्कुलको ठेक्का चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले लिएको हो । ८५ करोडको लागतमा निर्माण गरिएको विद्यालय भवन पुनर्निर्माणको काम १९ महिनामा सकिएको हो । माघको तेस्रो साता निर्माण कम्पनीले अनुगमन गरेर अन्तिम साता सरकारलाई हस्तान्तरण गर...
पशुपतिमा माधवनारायण व्रतको रौनक [फोटोफिचर]
तस्बिर : इलिट जोशी
पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रतका क्रममा पशुपतिमा शुक्रबार स्‍नान तथा पूजा गर्नेहरुको घुइँचो लागेको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु भएको व्रत माघ शूक्ल पूर्णिमासम्म चल्नेछ ।हेर्नुहोस् तस्बिरहरु :
माघ ९, २०७६
यसरी गरे सात मुख्यमन्त्रीले मतदान [तस्बिरहरु]
कान्तिपुर संवाददाता
राष्ट्रिय सभाका १८ सिटका लागि बिहीबार मतदान भइरहेको छ । मतदानमा प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरु सहभागी भइरहेका छन् । सातै प्रदेशका मुख्यमन्त्रीहरुले प्रदेशगत रुपमा तोकिएको केन्द्रमा पुगी मतदान गरेका छन् ।
राष्ट्रिय सभा निर्वाचन : वाग्मती प्रदेशमा मतदानका तस्बिरहरु
तस्बिर : इलिट जोशी
राष्ट्रियसभा सदस्यको निर्वाचनअन्तर्गत सातै प्रदेशमा मतदान जारी छ । कूल सदस्यमध्ये १८ पदका लागि बिहान १० बजेदेखि मतदान सुरु भएको हो । वाग्मती प्रदेशअन्तर्गत ललितपुर महानगरपालिका ४ समितिको भवनमा कायम गरिएको मतदान केन्द्रमा मुख्यमन्त्री डोरमणि पौडेलले पहिलो मतदाताका रुपमा मतदान गरेका छन् । यस प्रदेशमा रिक्त महिला र अन्य स...
माघ ८, २०७६
छर्लङ्‌ग काठमाडौं (तस्बिरहरु)
तस्बिर : अंगद ढकाल , तस्बिर : सन्जोग मानन्धर
गत बिहीबार र शुक्रबार माघे झरी परेर आकाश खुलेको छ । प्रायजसो धुँवाधूलोले डम्म ढाकिने काठमाडौं उपत्यका बुधबार बिहानैदेखि छ्याङ्‌ग खुलेको थियो । काठमाडौंबाट नजिकैका जुगल, लाङटाङ, हिमुचुली, गौरीशंकरलगायतका हिमालहरु देखिएका छन् ।
माघ ६, २०७६
क्या दामी क्यान्जिन (तस्बिरहरु)
कान्तिपुर संवाददाता
रसुवाको क्यान्जिन उपत्याकामा बाक्लो हिमपात भएको छ । हिमपातले गर्दा क्यान्जिन क्षेत्र अहिले हिउँको घुम्टो ओढेको झै देखिन्छ । यहाँको गाउँ नै पुरै सेताम्मे भएको छ । हिमपातपछि क्यान्जिन सुन्दर र मनोरम देखिएको छ । पदयात्राका लागि क्यान्जिन पुगेका पर्यटकहरु हिउँ खेलेर रमाइ रहेका त्यहाँका वडा अध्यक्ष सुप्पा लामाले बताए ।
माघ ४, २०७६
‘आई नीड ओपन स्पेस टु प्ले’
दामोदर न्यौपाने
टुँडिखेलको बारमा प्रदर्शन गरिएका तस्बिर हेरेपछि त्यहाँ राखिएको सेतो कपडामा एक बालकले लेखे– ‘आई नीड ओपन स्पेस टु प्ले’ । उनी रहेछन्, दरबारमार्गको जामे मस्जिदमा कक्षा ४ पढ्दै गरेका समीर रहमान । साथीसँग घुम्दै आएका रहमानले आफ्नै सुरमा लेखेर फर्किंदै गर्दा ‘अकुपाई टुँडिखेल’ अभियानका संयोजक विजय श्रेष्ठले उनलाई रोके । उनले ...
साताका ७ तस्बिर
कान्तिपुर संवाददाता
यो साता हामीलाई मन परेका ७ तस्बिरहरु ।
१३ तस्बिरमा हेरौं, हुस्सुमा उपत्यकावासी
तस्बिर: अंगद ढकाल , हेमन्त श्रेष्ठ , दीपक केसी
उपत्यकासहित मुलुकका विभिन्न भागमा आज (शनिबार) भने मौसमम सुधार देखिएको छ । केही स्थानमा छिटफुट वर्षा र हिमपातबाहेक मौसम सुधार हुँदै गइरहेको जल तथा मौसम विज्ञान, मौसम पूर्वानुमान शाखाले जनाएको छ । पश्चिम न्यून चापीय प्रणालीको प्रभावले काठमाडौं उपत्यकासहित देशैभर बिहीबार साँझदेखि र शुक्रबार साँझसम्म वर्षा भएको थियो । पानी...
माघ ३, २०७६
यसरी गरियो गणतन्त्र स्मारक हस्तान्तरण [तस्बिरहरु]
तस्बिर : इलिट जोशी
नारायणहिटी दरबार संग्रहालय परिसरमा निर्मित गणतन्त्र स्मारक हस्तान्तरण गरिएको छ । सहरी विकास तथा भवन निर्माण विभागले शुक्रबार एक कार्यक्रम गरी गणतन्त्र स्मारक नारायणहिटी संग्राहलय तथा गणतन्त्र स्मारक सञ्चालन तथा व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो ।
झमझम पानी परेकाे बेला... [तस्बिरहरु]
तस्बिर : दीपक केसी
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण नेपालका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पश्चिमी, मध्य र पूर्वी पहाडी भू-भागमा सामान्यदेखि पूर्णतया बदली रहेको जनाएको छ ।
माघ २, २०७६
हिउँले छोप्यो मनाङ [फोटोफिचर]
आश गुरुङ
मनाङका चारवटै स्थानीय तहका बस्तीमा हिमपात भएको छ । हिमपातले स्थानीयको जनजीवन प्रभावित बनाएको छ । हिमपातका कारण मानिस वारपार हुन सकेका छैनन् । यसअघिकै हिउँ जमिरहेको ठाउँमा फेरि हिउँ थपिँदा करीब २ फिटसम्म पुगेको छ ।
माघको सिमसिम पानी...(तस्बिरहरु)
मनोज पौडेल
बिहीबार बिहानदेखि सिमसिम पानी परिरहेकाले जनजीवन प्रभावित बनेको छ । कठ्याङ्ग्रिने चिसो रहेकै बेला भएका वर्षाले अझ चिसो थपेको छ । १० दिनदेखि राम्ररी घाम देख्न पाइएको छैन् । बिहानदेखि परेको झरीले सर्वसाधारणहरु छाता, रेनकोट र ओतिने वस्तु ओढेर आवतजावत गरिरहेका थिए । पानीले बाटो हिलाम्य बनेको छ । आवतजावत गर्न सकस भइरहेको छ ।
माघ १, २०७६
बम विस्फोटपछि घटनास्थलका तस्बिरहरु
मातृका दाहाल
ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका भू-माफिया शोभाकान्त ढकालको घरमा बुधबार साँझ बम विस्फोट भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार विस्फोटबाट ढकालको घरको झ्यालका सिसा फुटेको र गेटमा क्षति पुगेको बताए। यस्तै पार्किङ गरेर राखिएको गाडीमा पनि क्षति पुगेको छ। बम विस्फोटपछ...
तस्बिरमा टुँडिखेलको माघे संक्रान्ति
तस्बिर : इलिट जोशी
नेपालभर माघे सङ्क्रान्तिको रौनक छ । मुलुकका विभिभन्न क्षेत्रमा आ-आफ्नो परम्परा र रीतिरिवाजअनुसार यो पर्व मनाइँदैछ । काठमाडौँको टुँडिखेलमा मगर र थारू समुदायले माघे सङ्क्रान्ति भव्यताका साथ मनाएका छन् । टुँडिखेलमा दुवै समुदायका व्यक्तिले आफ्नो सांस्कृतिक पहिचान झल्कने भेषभूषा र रैथाने परिकार प्रर्दशन गरेका थिए ।
आँखै अगाडि हिमाल
तस्बिरः कञ्चन अधिकारी
बुधबार बिहान ६ बजे। त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल भवनमा स्वदेशी तथा विदेशी यात्रुको भीड। कोही नाम्चे, कोही पोखरा त कोही विराटनगर, कोही माउन्टेन फ्लाइटका लागि जहाज कुरिबसेका। 'अफ सिजन' भएपनि पर्यटक खचाखच छन् अहिले।
बेत्रावतीकाे गाेरु जुधाइ
बलराम घिमिरे
रसुवा र नुवाकोट जिल्लाको सीमानामा पर्ने बेत्रावतीमा प्रत्येक वर्ष मकर संक्रान्तिका दिन गोरु जुधाउने परम्परा रहि आएको छ । यसै परम्परालाई निरन्तरता दिँदै बुधबार १३ हल गोरुको जुधाइएको छ । यस वर्ष मकर संक्रान्तिका दिन २६ कृषकले गाेरु जुधाउन बेत्रावतीमा ल्याएका थिए । गोरु जुधाएको हेर्न बुधबार हजारौं मानिसहरु बेत्रावतीमा जम्...
देवघाटमा मकर स्‍नान [तस्बिरहरु]
रमेशकुमार पौडेल , सम्झना रसाइली
देवघाटधाममा मकर स्‍नानका लागि लाखौं जुट्ने गर्दछन् । अघिल्लो वर्ष ५ लाखको हाराहारीमा देश विदेशका हिन्दु, बौद्धमार्गीहरु स्नानका लागि आएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । समिति अध्यक्ष शिवराज पौडेलले मंगलबार र बुधबार बिहानपखको चाप हेर्दा यो पटक पनि सोही संख्यामा भक्तहरु आउने बताए । देवघाट त्रिशूली र कालीगण्डकीको...
पुस २९, २०७६
माघीका लागि तयार हुँदै चिच्चर (फोटोफिचर)
रमेशकुमार पौडेल
थारु समुदायका लागि माघे संक्रान्ति अर्थात माघी विशेष पर्व हो । उनीहरु यसलाई नयाँ वर्षका रुपमा मनाउँछन् । चितवनको दक्षिणी क्षेत्रमा पर्ने माडी नगरपालिका पनि जिल्लाको थारु बहुल इलाका हो । त्यसैले माडीलाई माघीले छपक्कै छोपेको छ । माघीको विशेष खाना हो चिच्चरको पोका र माछा । चिच्चर अनदीको चामलबाट बनेको नरम भात हो ।
क्या राम्रो कालिञ्चोक ! [फोटोफिचर]
सुबास हुमागाईं
जाडो बढेसँगै उच्च पहाडी र हिमाल भूभागहरु हिउँले डम्म ढाकिएका छन् । दोलखाको कालिञ्चोक पनि हिउँ परेपछि हेर्नलायक बनेको छ । काठमाडौंबाट हिउँ हेर्न र खेल्नेहरुको पहिलो रोजाईको गन्तव्य नै कालिञ्चोक भएको छ ।
पुस २८, २०७६
तस्बिरमा कुमारी र दैत्यको प्रेम (फोटोफिचर)
तस्बिर : अंगद ढकाल
नेपाल मण्डलमा (अहिलेको उपत्यका) मा चर्या नृत्य गरिरहेका छन् अष्टमात्रिकाहरु । देवीको भेषभुषामा सजिएका उनीहरुको हातमा छ, खड्ग । नेपथ्यमा मधुर संगीत बजिरहेको छ । त्यतिकैमा एक गाउँले सहयोग माग्न आइपुग्छन् चण्डिकाको अगाडि । गाउँमा दैत्यले दु:ख दिन थालेको हुन्छ । चण्डिकाले उक्त गाउँलेलाई दैत्यबाट मुक्ति दिलाउने बाचा गर्छिन्...
डाँडाको फुटबल (फोटो)
विमल खतिवडा
मैदान सानो छ । यही सानो मैदानमा खेलाडीको भीड छ । रातो र निलो जर्सीमा सजिएकाहरु आपसमा घम्साघम्सी गरिरहेका छन् । यो दृश्य मैदान भन्दा माथिको पाखामा बसेकाहरुले एक तमासले नियाली रहेका छन् । कोही गोल गोल भन्दै चिच्याउँदै त कोही बल अघि बढाऊ भन्दै हुटिङ गरिरहेका छन् । दुवै पोष्टमा छात्रा गोल रक्षक छन् ।
शैलुङमा हिउँ खेल्नेको भीड
राजेन्द्र मानन्धर
दोलखाको कालिञ्चोकपछिको चर्चित गन्तव्य बनिरहेको शैलुङ डाडामा हिउँ पर्न सुरु भएदेखि नै चहलपहल बढेको छ । यो उच्च पहाडको थुम्काहरुमा यतिबेला पर्यटकको भीड लागेको छ । सडक र बासको सुविधासँगै शैलुङमा भीड बढेको स्थानीयहरुले बताए । स्थानीय व्यवसायी गणेश श्रेष्ठ अघिल्ला वर्षहरु भन्दा यो वर्ष हिमपात हुनेबित्तकै ठूलो संख्यामा पर्यट...
पुस २७, २०७६