text string |
|---|
तालमा डुंगा खियाएर परिवारको गर्जो टारिरहेको भक्तबहादुर भुजेलले भाई बतासबहादुरसँगको अंशबन्डामा डुंगा गुमाएपछि आईपर्ने पारिवारिक समस्यामै फिल्मको मुख्य कथा अघि बढ्नेछ । ‘कबड्डी’ का विरकाजी दयाहाङले नै फिल्मको बिँडो समाउने छन् भने उनको अपोजिटमा नायिका प्रियंका कार्की हुनेछिन् । रौनकविक्रम कँडेल, ओमचन्द्र रौनियार र धनबहादु... |
‘कबड्डी कबड्डी’ मा झाँक्री बन्दा सार्वजनिक स्थलमा मुख देखाउन समेत लाज भएको प्रसंगलाई ठट्यौली पारामा सुनाउँदै उपेन्द्रले गम्भीर कुरा सुनाए, ‘अब देखि नखेल्ने । म फिल्मदेखि भाग्न खोज्छु, रामबाबु तानेर ल्याउनुहुन्छ ।’ |
‘कबड्डी’ मा समेत पटकथामा सघाएका उपेन्द्रले फिल्म लेखनमा साहित्यकारहरुको अरुची रहेको दलिल पेश गर्दै सुनाए, ‘ खासमा साहित्यकारहरु फिल्मप्रति त्यती उदार छैनन् । एउटा किताब लेख्दा २०-२२ लाख रुपैयाँसम्म कमाईन्छ भने आफ्नो राम्रो कथालाई फिल्मका लागि २-३ लाखमा कसले दिन्छ ? म त भन्छु, फिल्म मेकर स्वयं लेखक हुनुहोस् ।’ उनले भने ... |
निर्देशक निश्चल बस्नेतले पनि अब करिअर नै बनाउने गरी फिल्म क्षेत्रमा आउन नवप्रवेशीलाई आग्रह गरे । उनले भने, ‘अब सौखका लागि मात्रै बनाउँछु भनेर हैन की प्रोफेसन बनाउँछु भनेर आउनुहोस् । फिल्म बनाउँछु भनेर मात्रै हैन राम्रो बनाएर चल्ने फिल्म बनाउँछु भनेर आउनुस् ।’ चलचित्र विकास बोर्ड अध्यक्ष राजकुमार राईले पनि राम्रा फिल्मक... |
फिल्मको कथाकार समेत रहेका माओत्से गुरुङले भने ‘पुरानो डुंगा’ बारे नै बोल्न चाहे । भने, ‘पुरानो डुंगा भनेपछि पक्कै खोला वा तालसँग सम्बन्ध राख्छ । म आफैं बेगनास ताल सेरोफेरोमा हुर्केको हुनाले तालमा जिवनयापन गर्ने बोटे, माझीको मर्म र थुप्रै घटना देखेको छु । ती घटनाले मलाई छुन्थ्यो । अनि रामबाबबुलाई बेला बेला सुनाउने गर्थे... |
पोखरामा रहेर गुरुङभाषी फिल्म बनाउँदै आएका माओत्से ‘पुरानो डुंगा’ मा अभिनय पनि गर्दैछन् । त्यसबाहेक मेनुका प्रधान, बुद्धि तामाङ, पुष्कर गुरुङ, धनबहादुर गुरुङ, सजन थापा, नौजङ गुरुङ, विश्वास गुरुङ र पुर्णिमा गुरुङको पनि फिल्ममा अभिनय रहनेछ । माघ अन्त्यदेखि फिल्मको सुटिंग थालिने बताइएको छ । |
प्रियंकाले रामबाबुको टीमसँग आबद्ध भई काम गर्न पाउँदा आफुलाई भाग्यमानी ठानेको टिप्पणी गरेकी थिइन् । जबकी ‘कबड्डी कबड्डी’ मा पनि उनले अतिथि भुमिका निर्वाह गरेकी थिइन् । अस्वस्थताका कारण दयाहाङ भने फिल्म घोषणा कार्यक्रममा उपस्थित हुन सकेनन् । |
बलिवुडमा धुम मचाएकी चर्चित अभिनेत्री अनुष्का शर्मा र चर्चित क्रिकेटर विराट कोहलीको सम्वन्ध अब पक्का हुने भएको छ । उनीहरु एक अर्कालाई खुबै मन पराउँछन् । अनुष्का र कोहली बीच लामो समयदेखि प्रेम सम्बन्ध रहँदैआएको छ । यद्यपी पछिल्लो केही समय यता उनीहरु बीचको सम्वन्ध चिसिँदै गएको थियो । |
उनीहरु बीचको सम्बन्ध चिसिनुका कारण के होला भने कुरा आम कलाप्रेमीहरुलाई जिज्ञासा उठ्नु स्वाभाविकै हो । असन्तुष्टिको कारण थियो अनुष्काले अभिनय गरेको फिल्म ‘बाम्बे वेलवेट’ फ्लप हुनु । यद्यपी चिसिँदै गएको सम्बन्ध भने फेरी गहिरिँदैगएको ‘पञ्जाव केसरी’मा उल्लेख छ । पाकिस्तानसँग भारतको जीत पश्चात उनीहरु बीच चाँडै वैवाहिक बन्धन... |
पाकिस्तानसँग भारतको जीत पश्चात अनुष्काले विराट कोहलीलाई मैसेज पठाएर बधाइ दिएकी थिईन् । त्यसपछि उनीहरु बीच बढेको मनमुटाव घट्दै सम्वन्ध गहिरिँदै गएको छ । अनुष्का र कोहलीको सम्वन्धको विषयमा अनुष्काकी हजुरआमाले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै भनिन् ‘अनुष्का र विराट आजदेखि होइन, एक–अर्कालाई चिन्ने गर्छन्, |
उनी राम्रो केटा हुन्, उनलाई सबैले सम्मान गर्छन् । अनुष्काकी हजुरआमाले अनुष्का बाल्यकालमै पनि विराट कोहलीसँ क्रिकेट खेल्ने गरेको खुलासा गरिन् । उनले अगाडि भनिन् ‘मैले जे सुनेको छु, यदी सही हो भने अनष्का विराट बीचको सम्वन्धप्रति हाम्रो कुनै आपत्ति छैन ।’ एक–अर्का बीचको प्रेम सम्वन्ध र पारिवारिक सहमतीलाई विष्लेशन गर्दा उन... |
भूस्वर्गमा पाइला |
प्राकृतिक सौन्दर्यको सामीप्यमा पुग्दा लाग्छ, प्रकृति नै अब्बल कलाकार। सुख, सौन्दर्य र सिर्जनाको मुहान प्रकृति। बहुआयामिक बिम्ब देख्न सक्छौँ प्रकृतिमा। अद्भुत प्राकृतिक छटाले सुसज्जित खप्तड पुग्दा सुखद आश्चर्यको अनुभूति भयो मलाई। लाग्यो, प्रकृतिसिर्जित चामत्कारिक कलाकृति हो खप्तड। |
हो, सबैका आआफ्नै सोख हुन्छन्। स्वतन्त्र किसिमले पढ्न, लेख्न र सन्दर्भ अनुकूल पर्दा घुम्न सौखिन छु म पनि। स्कुले विद्यार्थी नै छँदा संयोगले फेला पारेको र रुचिले पढेको थिएँ एउटा किताब, 'म र मेरो कर्तव्य'। अलि पछि पढेँ, 'विचार विज्ञान'। यी दुबै दार्शनिक कृतिका लेखक खप्तड बाबा। खप्तडमा आश्रम बनाएर बसेकैले उनी खप्तड बाबाका ... |
रेस ३ को नेपाल मूल्य २ करोड ४० लाख |
शुक्रबार रिलिज हुने बलिउड अभिनेता सलमान खान अभिनित 'रेस ३'को नेपाल वितरण अधिकारलाई २ करोड ४० लाख मिनिमम ग्यारेन्टी (एमजी' बुझाइएको छ। |
नेपाल वितरण अधिकार खरिद गरेको गोपीकृष्ण इन्टरटेन्मेन्टका निरज पौडेलले सो कुराको पुष्टि गरे। यस सम्झौता अन्तरगत फिल्म नचलेपनि उक्त रकम सलमान खानलाई तिर्नुपर्नेछ। |
पौडेलले ट्रेलरले राम्रो चर्चा बटुलेकाले फिल्मले सो लगानी उठाउनेमा आफू ढुक्क रहेको बताए। फिल्म नेपालका १३० बढी सिनेमा घरमा रिलिज हुने पौडेलले बताएका छन्। 'रेस ३'ले नेपालमा सोलो रिलिज पाएको छ। सलमानले एक भिडियो रिलिज गर्दै नेपाली दर्शकहरूलाई ईदको शुभकामना दिदैं रेस ३ हेर्न आग्रहसमेत गरेका छन्। |
'रेस ३'मा सलमानका अलावा अनिल कपुर, बबी देवल, ज्याकलिन फर्नान्डिज, डेजी शाह, सकिब सलिम आदिको मुख्य भूमिका रहेको छ। |
भूकम्प प्रभावित ८० लाख जनताको प्रत्यक्ष सरोकार रहेको निजी आवास पुनर्निर्माण र मर्मतसम्भारका लागि अल्झिएका नीतिगत समस्या समाधान गर्ने गरी सरकारले निर्णय गरेको छ। मन्त्रिपरिषद्को बिहीबार सिंहदरबारमा बसेको बैठकले भूकम्पबाट प्रभावित निजी आवास पुनर्निर्माण अनुदान कार्यविधि स्वीकृत गरेपछि पुनर्निर्माणका नीतिगत समस्या समाधान... |
भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण अनुदान वितरणसम्बन्धी कार्यविधि २०७२ खारेज गर्दै भूकम्पबाट प्रभावित... |
तेस्रो एकीकृत वस्ती निर्माणको घोषणा गरेको धुर्मुस सुन्तली फाउण्डेशनलाई ४० लाख रुपैँया सहयोग प्राप्त भएको छ। प्रकाश कोइरालाको लुरेन्स कन्ट्रक्टीङ एण्ड जेनेरल क्लीनीङ कम्पनीको तर्फबाट एकीकृत नमुना मुसहर वस्ती निर्माणका लागि उक्त सहयोग प्राप्त भएको हो। आठ वर्षदेखि कतारमा कम्पनी सञ्चालन गर्दै आएका प्रकाश कोइरालाले कतारबाट... |
काठमाडौं । डाक्टर चित्रप्रसाद वाग्लेको सम्झना आलेख पुस्तक विमोचन भएको छ । सोमबार एक कार्यक्रमबीच उनको पुस्तक विमोचन भएको हो । पुस्तक नेपाल सरकारका पूर्व मुख्य सचिव लीलामणि पौडेल, पत्रकार/लेखक देवेन्द्र भट्टराई, वाग्ले पत्नी पूजा पराजुली वाग्ले र पुस्तकका सम्पादक पारसप्रकाश नेपालले संयुक्त रुपमा विमोचन गरेका हुन् । डा.... |
डा. वाग्लेले क्यान्सरबाट पीडित भएपछि उनले सम्झिएको उनको जीवनवृत्तलाई सम्झनाको रुपमा लेख्नुका साथै त्यस समयको उनको सोचाइ, असहायपन र मनोदशालाई पुस्तकमा उतारेका छन् । त्यसबेला क्यान्सर भएको थाहा पाएपछिका उनको दुर्दशापूर्ण अवस्था, उपचारको क्रम, जीजिविषा र परिवारमा आइलाग्ने संकटको कल्पनालाई उनले निकै भावुक र यथार्थपरक कोणले... |
कार्यक्रममा लीलामणि पौडेलले आफ्नी आमाको उपचारको क्रममा भारतमा डाक्टर वाग्लेलाई भेटेको सम्झिए, जसमा कान्तिपुर दैनिकका तत्कालीन भारत ब्युरो प्रमुख देवेन्द्र भट्टराईको भूमिका रहेको बताए । वाग्लेका लागि आफूले तत्कालीन नेपाल सरकारको मुख्यसचिवका रुपमा जे–जति गर्नसक्नु पर्थ्यो, प्रशासनिक अस्पष्टता वा झन्झटका कारण आवश्यक मात्... |
डाक्टर वाग्लेका बारेमा सञ्चारमाध्यमा प्रस्तुत गर्ने र आमजनताकाबीच उनको सत्कर्म र पीडादायी जीवनकोबारेमा चित्रण गर्न मूख्य भूमिका खेलेका पत्रकार भट्टराईले डाक्टर वाग्ले स्वयम् बिरामी भएको अवस्थामा पनि भारतमा समेत अरु बिरामीको उपचारमा संलग्न भइरहेको कुरा सम्झिए । “उहाँ बिरामी हुनुहुन्छ भन्ने सुनेर भेट्न गएँ, तर त्यहाँ पुग... |
कार्यक्रममा वाग्लेकी पत्नी पूजाले बोलिरहँदा हल पूरै स्तब्ध बनेको थियो । उनका निर्बोध र यथार्थ शब्दहरुले श्रीमानलाई अल्पायुमा गुमाउनुको पीडामात्र नभएर आफ्नो सन्तानहरुसहितको आगामी जीवनको संकटपूर्ण त्रासदीको झलकसमेत दिइरहेको थियो । उनले पुस्तकमा आफ्ना कुराहरु जे–जति समेटिए पनि त्यो एकदमै सानो अंशमात्र भएको बताइन् । “जीवनम... |
जम्मा ३०८ पृष्ठको पुस्तकको मूल्य ३९९ रूपैयाँ राखिएको छ । पुस्तकमा वाग्लेको जीवनकालका महत्वपूर्ण रंगीन फोटोहरु समेत समावेश गरिएका छन् । फिनिक्स बुक्सले ल्याएको यो पुस्तकको सम्पादन पारसप्रकाश नेपालले गरेका हुन् । |
२५–२६ वैशाख भारतको नयाँदिल्लीस्थित जवाहरलाल नेहरु स्टेडियममा आयोजित ‘एशियन डिजाइनर विक’ मा नेपालको प्रतिनिधित्व गरेकी काठमाडौंकी रस्ना श्रेष्ठ (२७) को प्रतिभाको खुलेर प्रशंसा गरियो। कारण, उनले मौलिक ढाकाका पहिरनलाई पाश्चात्य शैलीमा ढालेकी थिइन्। |
‘फ्युजनिस्ट’ विषयमा तयार गरिएको समर कलेक्सनलाई धेरैले मन पराए। “शो सकिएपछि अरू देशका डिजाइनरले ढाकाबारे सोधीखोजी गरे”, आईईसी स्कूल अफ आर्ट एण्ड फेसनबाट स्नातक श्रेष्ठ भन्छिन्। |
तीन वर्षदेखि काठमाडौंको बसुन्धरामा ‘फेसनालय’ बुटिक सञ्चालन गर्दै आएकी उनी ‘मुसी’ ब्रान्ड वेयर्स स्थापित गर्ने प्रयत्नमा छिन्। मुसीका पहिरनहरू रेखा थापा, माल्भिका सुब्बा, निशा अधिकारी, समृद्धि राई, नग्मा श्रेष्ठ जस्ता सेलिब्रेटीले लगाउने गरेको उनी बताउँछिन्। |
फेसन बजारमा उदाइरहेकी उनले सन् २०१५ मा क्यानाडामा आयोजित ‘भ्यानकभर फेसन विक’ मा समेत सहभागिता जनाएकी थिइन्। |
रस्नाको डिजाइन |
गौतम बुद्ध नेपालको लुम्विनीमा जन्मिएको प्रमाणित भैसकेको धेरै भैसक्यो । तर बारे बेला बेलामा छिमेकी मुलुक भारतले गरिरहने दावि तथा विवाद बाट हामी अन्जान छैनौ । पटक पटक विवादित विषय बनेको यो कुराले समाजिक सञ्जाल, विभिन्न अभियान मार्फत विरोध गरिरहेका नेपाली माझ यो विवादित विषयलाई समेटेर बनेको फिल्म ‘बुद्ध वाज वर्न इन नेपाल... |
आइतवार राजधानीमा प्रेसमीट मार्फत सार्वजनिक गरिएको उक्त ट्रेलरमा बुद्घ भारतमा जन्मीएको प्रचारलाई झुट सावित गर्न खोजिएको देखाइएको छ । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिले भाषण गरेको फुटेज समेत राखिएको उक्त ट्रेलर झनै विवादित हुने सम्भावना छ । |
निर्माता समेत रहेका रमित ढुगांनाको मुख्य भुमिका रहेको यो फिल्ममा उनका अलावा आशिष्मा नकर्मी, अमित ढुंगाना, निर शाह, मिथीला शर्मा लगायतको अभिनय रहेको छ । ज्ञानेन्द्र देउजाको निर्देशन रहेको फिल्म ‘बुद्ध वाज वर्न इन नेपाल’लाई दिर्घ गुरुङ्गले खिचेका हुन् । फिल्म जेठ ७ देखि प्रर्दशनमा आउँदैछ । |
हेर्नुहोस ट्रेलर |
जन्मदिनमा श्रीदेवीको सम्झना ! |
हिन्दी सिनेमा जगतकी पहिलो फिमेल सुपस्टार श्रीदेवीको आज ५६ औँ जन्मदिन हो तर दुर्भाग्य उनी आफ्नो जन्म दिन मनाउन यो धर्तीमा छैनन् । आज उनको जन्मदिनको अवसर पारेर सम्पूर्ण बलिउड जगत तथा हिन्दी फिल्मका पारखीहरु उनलाई सम्झिरहेका छन् । |
१३ अगस्त १९६३ मा आजकै दिन श्रीदेवीको जन्म शिवकासी, तमिलनाडु, भारतमा भएको थियो । उनका पिता एक वकिल थिए । १९६७ मा रिलिज भएको तमिल फिल्म ‘कांदान करुनाई’ मार्फत अभिनयको सुरुवात गरेकी श्रीदेवी त्यती बेला मात्र चार वर्षकी थिइन् । |
थुप्रै बलिउड र टलिउड फिल्महरुमा बाल कलाकारका रुपमा काम गरिसकेपछि श्रीदेवीले पहिलो पटक १९७६ मा रिलिज भएको तमिल फिल्म ‘मोन्द्रु मुदिचु’मा लिडिङ रोलमा अभिनय गर्ने अवसर प्राप्त गरिन । |
आफ्नो करियरको सुरुवातमा थुप्रै दक्षिण भारतीय फिल्महरुमा अभिनय गरेकी श्रीदेवीको पहिलो बलिउड फिल्म ‘सोलवा सावन’रहेको थियो जुन १९७९ मा रिलिज भएको थियो । त्यसको चार वर्षपश्चात जितेन्द्रसँग उनको फिल्म ‘हिम्मतवाला’ रिलिज भयो जुन त्यो समयमा निकै सुपरहिट भएको थियो र त्यही फिल्मले श्रीदेवीलाई बलिउडमा स्थापित पनि गरायो । |
‘हिम्मतवाला’ हिट भएपछि जितेन्द्र र श्रीदेवीको जोडी लाई बलिउडमा निकै सफल जोडी मानिन थाल्यो र यो जोडीले पछि संगै १६ वटा फिल्महरुमा काम पनि गर्यो । श्रीदेवीले आफ्नो जिवनमा बलिउडमा निकै सफल फिल्महरु दिएकी छिन् र हरेक पात्रलाई निकै सहज र सफल रुपमा पर्दामा जिवन्त पारेकी छिन् । |
१९९६ मा फिल्म निर्माता बोनी कपूरसँग विवाहपश्चात १९९७ मा उनको फिल्म ‘जुदाई रिलिज भयो जुन निकै हिट भएको थियो । विवाहपश्चात श्रीदेवी फिल्मबाट निकै समय टाढा भइन् र पारिवारिक जीवनमा बाँधिइन् । |
श्रीदेवीका दुई छोरीहरु जान्हवी र खुशी छन । जसमध्ये जान्हवीको डेव्यू फिल्म ‘धडक’ केही समय अगाडि रिलिज भइसकेको छ । |
आफ्नो अभिनय यात्राको पहिलो इनिङ्गबाट सन्यास लिएकी श्रीदेवी सन २०१२ मा रिलिज भएको सुपरहिट फिल्म ‘इङ्गलिस विङ्गलिस’बाट बलिउडमा पुनः फिर्ता भइन् । आफ्नो दोश्रो इनिङ्गमा समेत निकै सफल देखिएकी श्रीदेवीको अन्तिम फिल्म भने शाहरुख खानसँग ‘जिरो’ हुन पुग्यो जुन यसै वर्षको अन्तमा रिलिज हुँदैछ । |
२४ फेब्रुवरी २०१८ मा दुबईको एक होटेलको टबमा मृत अवस्थामा भेटिएकी उनको मृत्युलाई एक ‘एक्सिडेन्टल डेथ’ मानिन्छ । |
रणवीर सिंहको भाइ ‘खोज्दै’ करण जोहर |
करण जोहरले आफ्नो पछिल्लो फिल्म ‘ए दिल हे मुश्किल’ पश्चात कुनै पनि फिल्म निर्देशन गरेका छैनन् । |
उनी फिल्म निर्देशन गर्दा फिल्मको हरेक पक्षमा विशेष ध्यान दिएर, समय लगाएर फिल्म निर्देशन गर्ने निर्देशकहरुमध्येका एक हुन् । त्यसैले उनले निर्देशन गर्ने अधिकांश चलचित्रहरु सुपरहिट हुने गर्दछन् । त्यसको पछिल्लो उदाहरण ‘ए दिल हे मुश्किल’ पनि हो । |
यीनै सुपरहिट निर्देशक करन अहिले आफ्नो नयाँ फिल्मको निर्देशनको तयारीमा जुटेका छन् । जसमा मुख्य भूमिकामा रणवीर सिंह हुनेछन् भने उनलाई फिल्ममा आलिया भट्ट र करिना कपूरले साथ दिनेछन् । |
दुई दाजुभाइ र दिदीबहिनीको कथामा आधारित यस फिल्ममा रणवीर सिंहको सानो भाइ नकारात्मक भूमिकामा हुनेछ । करन जोहरले पहिले रणवीर कपूरलाई भाइको रोलमा कास्ट गर्ने कुरो पक्का भइसकेको थियो तर पछि रणवीर कपूरले फिल्ममा खासै चासो नदेखाएपछि हाल करन फिल्मको अर्को लिड क्यारेक्टरको खोजीमा रहेका छन, जो फिल्ममा रणवीर सिंह को भाइको भूमिकाम... |
यसअघि रणवीर कपूरले फिल्मका लागि हुन्छ भने पनि पछि फिल्म नगर्ने निर्णयलाई लिएर अहिले विभिन्न खाले खबरहरु आइरहेका छन् । एकातिर फिल्ममा रणवीर कपूरको नकारात्मक भूमिका भएका कारण फिल्म नगर्ने निर्णय लिएको भन्ने खबर छ भने अर्का तर्फ उनी दुई हिरो भएको फिल्ममा काम गर्ने नचाहेको भन्ने पनि छ । |
रणवीर कपूरले फिल्म गर्न नमानेपछि अहिले करण जोहर अर्का अभिनेता वरुण धवनलाई यस फिल्ममा लिन चाहन्छन् तर वरुण धवनले यस फिल्ममा काम गर्ने नगर्ने भन्ने कुराको कुनै टुंगो लागेको छैन । यो फिल्म २०१९ को अप्रिलदेखि छायाँकंन सुरु गरिनेछ । |
वीरगंज, १ कार्तिक । मोडेल युवराज केसरीको नयाँ नेपाली म्युजिक भिडिओ म जुन तिमी ताराको छायांकनको प्रारम्भिक कार्य शुरु भएको छ । |
केसरीले यस अघि चार वटा म्युजिक भिडिओ गरिसकेका छन् । पाँचौ म्युजिक भिडिओ तिहार र छठ पर्वको उपलक्ष्यमा बजारमा ल्याउने तयारी भइरहेको निर्माता निरबिक्रम कार्कीले बताएका छन् । वीरगञ्जका चर्चित मोडलहरुसँग युवराजले खेलेको मायालु तिमीमा भारती गुरुङ्ग, जिन्दगीमा प्रिया क्षेत्रि, तिमीलाई देखेर कास्मा अधिकारी, तिम्रो खुशीमा श्रेय... |
२०१४ मा वीरगंज मोडेल भएका युवराज केसरी विभिन्न ईभेन्टहरुमा फैसन शो, ब्युटि प्रेजेन्ट प्रतियोगिता र निर्णायकको भुमिका समेत गरिसकेका छन् । म जुन तिमी तारा म्युजिक भिडियोको वीरगंज, सिमरा र जितपुरमा सुटिङ्ग गर्ने सहायक निर्देशक एवं क्यामरा मैन बिकास गुरुङ्गले बताए । म्युजिक भिडियोमा मैकअप म्यान धिरेन्द्र ठाकुर र गायक अनुप ... |
किन छोड्दैछिन् प्रियंकाले एक–से–एक बलिउड फिल्म ? |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.