text
string
प्रियंका चोपडा आजभोलि निकै चर्चामा छन् । आफूभन्दा झण्डै १० वर्ष कान्छा प्रेमी निक जोनाससँगका सम्बन्धका कारण उनको चर्चा भैरहेको छ । त्यस्तै बलिउडमा लगातार फिल्म छाड्नाले उनी हेडलाइनमा छाइरहेकी छिन् ।
सलमान खानसँग ‘भारत’मा अनुबन्धित उनले फिल्मबाट अन्तिम समयमा आएर हात झिकेको खबर सेलाउन नपाउँदै उनले सञ्जय लीला भन्सालीको फिल्म समेत छाडेकी छिन् ।
महिला ग्याङ्गस्टरमा आधारित फिल्म ‘गंगुबाई कोठेवाली’को भन्साली निर्देशन गर्ने तयारीमा रहेका छन् र जसका लागि मुख्य अभिनेत्रीका रुपमा उनको प्रियंकासँग कुरा गरेका थिए । प्रियंकाले त्यस रोलका लागि ग्रिन सिग्नल दिएपछि फिल्मको सुट्टिङ्गका लागि अन्तिम तयारीमा रहेका उनी अहिले प्रियंकाले फिल्मका लागि समय नभएको भने पछि अन्यौलमा परेका छन् ।
प्रियंकाले यसरी लगातार बलिउड फिल्महरु छाड्नाका पछाडि उनको निकसँग छिट्टै हुन लागेको विवाहलाई मानिएको छ भने अर्कोतर्फ हलिउडमा समेत उनलाई केही आर्कषक अफरहरु आइरहेकोले उनले बलिउड फिल्मलाई समय नदिएको हुनसक्छ भन्ने रहेको छ । हालै उनले एक हलिउड प्रोजेक्ट ‘काउ ब्वाय निन्जा भाइकिङ्ग’मा काम गर्ने पक्का भएको छ ।
अहिले सिंगापुरमा प्रेमी निक जोनसको कन्सर्टमा रमाइरहेकी प्रियंकाले बलिउडमा भने सोनाली बोस निर्देशित ‘द स्काई इज पिंक’मा फरहान अख्तरसँग अभिनय गर्ने लगभग पक्का भइसकेको छ । कन्ट्रयाक्ट साइन गरिसकेपछि फिल्म छाड्ने उनी यो फिल्म पनि पूरा गर्छिन वा गर्दिनन् हेर्न बाँकी छ ।
लन्डन । अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान (अनेवा) बेलायतद्वारा प्रत्येक वर्ष प्रदान गरिने ‘अनेवा नक्षेत्र पुरस्कार’ यसपटक ‘करोडौं कस्तूरी’ उपन्यासका लागि अमर न्यौपानेलाई प्रदान गरिने भएको छ । ‘सेतो धरती’का लागि मदन पुरस्कार पाइसकेका न्यौपानेको ‘पानीको घाम’ पनि चर्चित छ ।
प्रतिष्ठान अध्यक्ष विकलचन्द्र आचार्यको अध्यक्षतामा हालै बसेको पुरस्कार छनोट समिति बैठकले यो निर्णय गरेको हो । पुरस्कार समितिमा जयालक्ष्मी राई, नारायण अधिकारी र गोपी सापकोटा छन् ।
पुरस्कार घोषणाले आफूलाई खुसी तुल्याएको उपन्यासकार न्यौपानेले बताए । अनेवा प्रतिष्ठानले विदेश बसेर पनि नेपाली साहित्यलाई दिएको योगदानलाई उनले प्रशंसा गरे ।
अनेवा नक्षेत्र पुरस्कार हरेक वर्ष नेपाली भाषा, साहित्य र संस्कृतिमा योगदान पुर्‍याउने नेपाली साहित्यिक स्रष्टालाई प्रदान गरिन्छ । प्रतिष्ठानले यसअघि यो पुरस्कारद्वारा शान्ता चौधरीलाई ‘कमलरीदेखि सभासदसम्म’ पुस्तकका लागि तथा साहित्य र पत्रकारिताको क्षेत्रमा योगदा गरेबापत लेनिन बञ्जाडे र नारायण अमृत तथा राजकुमार दिक्पाललाई सम्मानित गरिसकेको छ । यो पुरस्कारको राशि ६० हजार रूपैयाँ छ।
सन् २०१२ मा स्थापित प्रतिष्ठानले स्थापनाकालदेखि नै हरेक वर्ष विशेष साहित्यिक कार्यक्रम गर्दै आएको छ।
एउटै मञ्चमा तीन विजेता
पाँचौ ‘जुनियर ब्याटर–२०१७’ शुक्रबार छानिएका छन् । उमेर समुह अनुसार ‘जुनियर ब्याटर एन्जलस्’ (कक्षा १ र २), ‘जुनियर ब्याटर प्रिन्स एन्ड प्रिसेज’ (कक्षा २ र ४) र ‘जुनियर ब्याटर किङ एण्ड क्विन’ (कक्षा ५ देखि ८ सम्म) गरि तीन क्याटवरीमा आयोजना गरिएको प्रतियोगीतामा तीन शिर्ष बिजेता छानिएका हुन् ।
कार्यक्रममा ‘जुनियर ब्याटर एन्जलस्’को शिर्ष उपाधि नाइटेङ्गल स्कुलकी निर्जला खड्काले चुम्दा फष्ट रनर अपको उपाधि नाइटेङ्गलकै आरुसी कडेल र सेकेन्ड रनर अपको उपाधि रेडियन्स रिडर स्कुलका दृश्या लामिछानेले हात पारे । त्यस्तै ‘जुनियर ब्याटर प्रिन्स एन्ड प्रिसेज’को उपाधि भने सेन्टजेभिएर्स स्कुलका मोहित महर्जनले उठाए । लिलिट एन्जलस स्कुलकी जानवी भण्डारी र जनडुवे स्कुलका बिषेशता बुढाथोकीले यही शिर्षकको क्रमश फष्ट रनर अप र सेकेन्ड रनर अपको उपाधि हात पारे ।
कार्यक्रममा ‘जुनियर ब्याटर किङ एण्ड क्विन’को उपाधि भने नाइटेङ्गल स्कुलकी रिमा खनालले जितिन् । इन्द्र धनुस स्कुलकी एलिशा आचार्य र लिटिल एन्जलस स्कुलकी अनामीका कार्की यही उपाधि अन्र्तगत क्रमश फष्ट रनर अप र सेकेन्ड रनर अप घोषित भए ।
‘फिल्म नचल्नुमा कलाकार मात्रै दोषी हुँदैनन्’
लेखनाथ — फिल्म नचल्नुको अपजस कसलाई जान्छ ? निर्माता, निर्देशक वा कलाकारलाई ? नायिका मलिना जोशी भन्छिन्, ‘फिल्म नचल्नुमा कलाकार मात्रै दोषी हुँदैनन् ।’असार ८ मा प्रदर्शनमा आउने ‘तिमी हुन्छौ जहाँजहाँ’ की नायिकाले फिल्म टिमवर्क भएको बताइन् । ‘ठुल्ठूला स्टारका फिल्म पनि फ्लप भइरहेका हुन्छन्,’ पोखरामा पत्रकार भेटघाटमा उनले भनिन्, ‘कलाकारले मात्रै राम्रो गर्दैमा फिल्म चल्छ भन्ने छैन ।’
‘ऋतु’ बाट फिल्मयात्रा सुरु गरेकी पूर्वमिस नेपालका यसअघि चार फिल्म प्रदर्शनमा आइसकेका छन् । उनले थारू युवतीको भूमिकामा अभिनय गरेर ‘झुम्की’ बाट वाहवाही बटुले पनि व्यावसायिक रूपमा फिल्म असफल भयो । ‘द विनर’ र ‘रानी’ ले पनि सफलता पाउन सकेनन् । ‘तिमी हुन्छौ जहाँजहाँ’ मा आफूले धेरै मिहिनेत गरेको उनले बताइन् । अघिल्ला फिल्म नचल्नुमा आफू मात्र नभई टिम नै दोषीको भागिदार भएको उल्लेख गर्दै उनले थपिन्, ‘सुरुमा हामीलाई एकदम राम्रो कथा सुनाइन्छ । पछि बन्दै जाँदा के हुन्छ के † तर के गर्नु, कलाकार चल्नको लागि पनि फिल्म खेल्नैपर्छ । सबै सफल हुन्छन् भन्ने हुँदैन ।’
नायक मनीषसुन्दर श्रेष्ठले उक्त फिल्मबाट निकै आशावादी रहेको बताए । यसअघि मलिनासँगै ‘रानी’ मा खेलेका उनी दर्शकले पछिल्लो फिल्म मन पराउनेमा ढुक्क देखिए । ‘हामी सबैले राम्रो मिहिनेत गरेका छौं,’ उनले भने, ‘दर्शकहरूले अवश्य हलसम्म पुगेर हेर्नुहुनेछ ।’
कार्यकारी निर्माता प्रकाश बाँस्कोटाले त्रिकोणात्मक प्रेमकथामा फिल्म बनेको बताए । निर्माता डालचन्द्र दवाडीले सुख, दु:ख, हाँसो समेटिएको मनोरञ्जनात्मक फिल्म भएको उल्लेख गरे ।
काठमाडौं, सिन्धुली, पोखरा र मुस्ताङमा छायांकन भएको उक्त फिल्म विवेक बस्यालले निर्देशन गरेका हुन् । यसमा स्वरूपपुरुष ढकाल, रवि गिरी, तमन्ना केसी, गीता अधिकारी, विश्व बस्नेत, धीरज सुनारको पनि अभिनय हेर्न सकिन्छ । रामशरण उप्रेतीको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र अर्जुन पोखरेलको संगीत हेर्न/सुन्न सकिन्छ ।
प्रकाशित : असार १, २०७५ ०८:४३
काठमाडौंमा सुटिङ गरिएको हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलरमा पशुपति क्षेत्र, स्वयम्भु, काठमाडौंका गल्ली लगायतका स्थानहरु देखीन्छन् ।
फिल्ममा काठमाडौंबाहेक हिमाली क्षेत्रका पनि केही दृश्य छन् । काठमाडौं बाहेक न्यूयोर्क,लन्डन र  हङकङमा पनि यो फिल्मको छायााङकन गरिएको छ ।
हलिउडको प्रसिद्ध मार्वल स्टुडियोले निर्माण गरेको यो फिल्ममा बेनेडिक्ट कम्बरब्याचले मूख्य भूमिकामा अभिनय गरेका छन् । सर्जनको भूमिकामा देखिएका उनी एउटा सडक दुर्घटनापछि अर्कै संसारमा पुग्ने कथा यसमा देखाइएको छ ।
हेर्नुहोस ट्रेलर
विश्वकै सबैभन्दा वृद्धि महिला सुसान्नाह मुसात जोन्सको बिहीबार निधन भएको छ । उनी११६ वर्षकी थिइन्। 
 
लसएन्जेल्सस्थित जेरन्टोलोजी (वृद्धवृद्धामा लाग्ने रोग अध्ययन विज्ञान) रिसर्च ग्रुपका वरिष्ठ चिकित्सक रोवर्ट योङले भन्नुभयो, जोन्सको बुकलिस्थित बिहीबार मृत्यु भएको छ। 
 
उक्त वृद्धाश्रममा तीन दशकदेखि बस्दै आउनुभएकी जोन्स गत १० दिनयतादेखि बिरामी थिइन्। 
 
उनको मन्टगोमेरी अलावामामा सन् १८९९ मा जन्म भएको थियो। एघार जना दाजुभाइ/दिदीबहिनीमध्ये एक जोन्...
जयको बर्खा लागेछ सार्वजनिक
काठमाडौँ — गायक जय देवकोटा र गायीका सन्ध्या बुढाको स्वर रहेको ‘बर्खा लागेछ’ गीत सार्वजनिक भएको छ । मनसुन सुरु भएर बर्खा लाग्नै लाग्दा बजारमा आएको यस गीतले युटुबमा चर्चा बटुल्न सफल भएको छ ।
गीतमा लय तथा शब्द पनि गायक देवकोटाकै छ । स्टुडियो तरङ्गबाट बजारमा आएको उक्त गीतको भिडियोमा रमा थपलिया तथा इन्द्र जिसीलगायतको अभिनय छ ।
अरु गीतको तुलनामा असारे गीत कमै मात्र बन्ने भएकाले पनि सबैको रोजाइमा यस गीत पर्न सफल भएको देवकोटाको भनाइ छ ।
प्रकाशित : जेष्ठ ३०, २०७५ १३:२९
काठमाडौं: गायक युवराज चौंलागाईं नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेको करिव डेढ दशक भयो । १५ वर्षको अवधिमा उनले दुई वटा सोलो गीति एल्बम सार्वजनिक गरे । यु फिल र यस एल्बम सार्वजनिक गरेका चौलागाई यति बेला तेस्रो एल्बम शब्द सार्वजनिक गर्ने तयारीमा छन् ।
शब्दमा सात वटा गीत समावेश गर्ने र त्यसको अन्तिम तयारी भइरहेको उनले बताए । “रेकर्डको काम सकिएको छ । अब मिक्सिङ भइरहेको छ,” उनले भने, “अबको दुई तीन महिनामा शब्द बजारमा आउँछ ।” उनले शब्दको टाइटल गीत युट्युव मार्फत सार्वजनिक गरिसकेको बताए ।
संख्या भन्दा पनि गुणस्तरमा विश्वास गर्ने चौलागाईंले भने, “वर्षको एउटा एल्बम सार्वजनिक गर्न सकिन्छ । म त्यसो गर्दिन । गीतमा क्वालिटी हुनु पर्छ । गीत हतारमा भन्दा पनि सुर, तालमा हुनु पर्छ । स्रोताले सुन्दा पनि आनन्द आउने खालको हुनुपर्छ ।”
नेपाली कलाकारको आय स्रोत अझै कमजोर रहेको भन्दै उनले अहिलेसम्म रोयल्टी पाउन नसकेको बताए । “रोयल्टी संघ पनि छ । त्यसले काम पनि गरिरहेको जस्तो पनि देखिन्छ । तर, परणाम भने देखिएको छैन । आशा गरौं चाँडै नेपाली कलाकारले पनि रोयल्टी पाउन थाल्ने छन् ।”
युट्युव पछिल्लो समय गीत प्रमोशन गर्न सजिलो माध्यम बनेको उनको बुझाई छ । तर, यसबाट कसरी “रिटन्र्स” लिने कलाकार अनविज्ञ रहेको उनले बताए । अहिले कलाकारको मुख्य आम्दानीको स्रोत चलचित्रका गीत, कलेक्शन एल्बम र स्टेज कार्यक्रम रहेको चौलाईंको भनाई छ ।
१ सय ५० भन्दा धेरै गीत गाइसकेका चौलागाई नेपाली सांगीति क्षेत्रलाई अझै भव्य र सब्य बनाउन राज्यको विशेष भूमिका रहने बताउँछन् । “राज्यले कानुन निर्माण गरेर त्यसलाई प्रभावकारी कार्यान्वयन गर्ने अवस्था आए कलाकारलाई राम्रो हुन्थ्यो,” उनले भने, “अहिले लगामविनाको घोडा जस्तो भएको छ यो उद्योग । यसलाई व्यवस्थित बनाउन सके अहिले वितरक मात्रै मोटाउने परिपाटीको अन्त्य हुने थियो ।”
मुलुकको उड्यान क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयान प्राधिकरणले कुनै पनि वायु सेवा कम्पनीमा काम गरिरहेका पाइलट र इन्जिनियरले जागरि छाड्न परे आफ्नो संस्थालाई एक वर्षअघिनै लिखित जानकारी दिनुपर्ने नियम बनाएको छ।
हाल विद्यमान निमयअनुसार तीन महिनाअघि जानकारी दिएर राजीनामा दिन पाइन्छ। तर, पछिल्लो पटक यो नियम पनि लत्याउँदै पाइलट तथा इन्जिनियरले धमाधम अन्य वायुसेवा कम्पनीमा काम गर्न जानेक्रम बढेपछि प्राधिकरण सञ्चालक समितिको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको खबर आजको नागरिकमा सुशील भट्टरा...
लिलिबिली की जसिता
जसराम र सीताकी छोरी भएकीले उनको नाम जुरेको हो–जसिता । पोखरा निवासी जसिता लन्डनमा बुवा–आमासँग बस्दै आएकी छिन् । युकेमा डान्स गर्ने नेपालीहरूमध्ये उनी अब्बल मानिन्छिन् ।
युकेमै लिलिबिलीका लागि अडिसन दिएकी जसिका त्यसपछि छायांकनका लागि नेपाल आएकी हुन् । लिलिबिलीको प्रदर्शनपछि उनी पुन: युके फर्किएकी छिन् । पहिलो चलचित्रबाटै धेरैबाट रुचाइएकी नायिका हुन्–जसिता ।
उनको सुन्दरताले धेरैलाई मोहित मात्र तुल्याएको छैन उनलाई नेपाली चलचित्रबाट थुप्रै अफरसमेत आइरहेका छन् । केही महिना युके बसेर पुन: नेपाली चलचित्रमा आउने संकेत गर्दै गुरुङ भन्छिन्–अब लामो समय मिलाएर नेपाल फर्कनेछु । दर्शकको माया पाएपछि नेपाली चलचित्रप्रति मेरो मोह बढेको छ ।
काठमाडौं ।
राजधानीमा रंगमञ्चीय गतिबिधी बाक्लीदो छ । राजधानीका पाँच मध्ये तिन वटा नाटकघरमा नाटक मञ्च भैरहदा थिएटर मल सुन्धारामा भने भिन्दै किसीमको नाटक मञ्चन भयो । ५ वर्षदेखि १२ वर्ष सम्मका बालबालिकाहरुको एक जमात मञ्चमा उत्रिय नाटक ‘भित्ताको नमस्ते’ लिएर।
थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) र थिएटर मलले बालबालिकाका लागि आयोजना गरेको १५ दिने अभिनय तथा नाट्य कार्यशालाको समापनमा उनीहरु मञ्चमा उत्रेका हुन् ।
उनीहरुले खगेन्द्र संग्रौलाको बालकथामा आधारित नाटक ‘भित्ताको नमस्ते’  मञ्चन संगै तुरुन्त दर्शकहरुले दिएका घटना र अवस्थालाई नाटक बनाएर समेत देखाए ।
कार्यशालाका सञ्चालकद्वय रंगकर्मीहरु केदार श्रेष्ठ र सञ्जिता सञ्जीले निर्देशन गरेको नाटकमा अर्पण अर्याल (५ वर्ष), आभास थापा (१२), कुसुम रेग्मी (१२), अरविन्द खड्का (७), अभिनव लम्साल(७), कोमल कुसुवहा (११), आकार थापा (१०ं), कियान्स कुसुवहा (६), अनिस कार्की (११), सुलभ न्यौपाने (१२) ले अभिनय गरेका थिए ।
नाटक मञ्चनपछि साहित्यकार खगेन्द्र संग्रौलाले यति छोटो कथालाई मैले नाटक लेखेको भए पाँचै मिनेटमा सकिन्थ्यो होला तर यहाँ त नाटकका दृश्यहरु तन्किएर पूर्ण नाटक पो बनेछ, साना साथीहरुले नाटककमा जीवन भरिदिनुभएछ, भन्दै आफु प्रफूल्लित भएको बताए । बालसाहित्यकार शान्तदास मानन्धरले अभिभावक आफै सक्रिय भएर बालबालिकालाई नाटकघरसम्म ल्याउनु र नाटकमा सहभागी गराउनु आफैमा खुशीको कुरा हो भन्दै अभिभावको तारिफ गरे ।
थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) का संस्थापक तथा निर्देशक केदार श्रेष्ठले भने, ‘बाल रंगमञ्चलाई मूलधारको रंगमञ्चमा जोड्ने हाम्रो सपनाको बाटो सुरु भएको भन्दै । आफूले रंगमञ्च गर्दा सुरुमा परिवारबाट सद्भाव नपाएको अनुभूति सुनाउँदै उनले सम्पूर्ण अभिवावकलाई धन्यवाद ज्ञापन गरे ।
‘सुन काटी जन्तरै’को ४० वर्षपछि भिडियो
काठमाडौँ — लोक गायक फणिन्द्र सुवेदीले २०३४ सालमा रेडियो नेपालमा रेकर्ड भएको पहिलो ठेट नेपाली रोइला गीत ‘सुन काटी जन्तरै’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।सुवेदीले गायिका माण्डवी त्रिपाठीसँग दोस्रोपटक गीत रेकर्ड गराएका थिए। यसअघि सुवेदी र गायिका तिर्थ कुमारीको स्वरमा रेकर्ड भएको थियो। दिपक विश्वकर्मा र मिला सुवेदीले गीत संकलन गरेका हुन्।
काठमाडौं, ५ फागुनः अभिनेता खगेन्द्र लामिछानेले नयाँ चलचित्र बनाउने बताएका छन् । उनको लेखन तथा अभिनय रहेको चलचित्र ‘पशुपतिप्रसाद’ चलिरहेकै बेला लामिछानेले नयाँ चलचित्र बनाउने बताएका हुन् ।