text string |
|---|
मैले भनेँ, ‘यो पुरै फिल्मको मेरुदण्ड भगवान भन्ने पात्रको काँधमा छ, उसको उदेश्य, उसले गर्ने नकरात्मक व्यवहार र काम अनि उसले भोग्ने परिणामले फिल्मलाई ब्यालेन्स गर्छ, अतीतकी श्रीमती बिन्दाले भगवानलाई पहिलेदेखि मन पराउँछे र तन–मन सुम्पिन्छे, ऊ आफ्नो श्रीमान विदेश जाँदैमा भगवानसँग नजिकिएकी हैन, भगवान नै त्यो मौकाको उपयोग ग... |
जेठो छोरालाई डाक्टर र कान्छो छोरालाई इन्जिनियर बनाउने सपना थियो– पशुपति शर्माका बाबु आमाको । तर कान्छो छोरो पशुपतिले भने उनीहरूले भनेको मानेनन् । जेठो छोरो डाक्टर बन्न विज्ञान विषय लिएर पढिरहेका थिए । पशुपतीलाई इन्जिनियर पढ्ने दबाब परिवारबाट निरन्तर दिनहुँ आयो । तर, उनले मानेनन् । मानुन् पनि कसरी ? उनमा गायक बन्ने भुत... |
कालो पाइन्ट, सेतो सर्ट, पातलो ज्याकेट, खुट्टामा डिङ्गो बुट, रातो कपाल तर तीन/चारदिन नकाटेको दारीसहित मेरो अगाडि रहेका पशुपति दोहोरी गायकभन्दा पनि पप गायक जस्ता बढी देखिन्थे । यसअघि एक पटक मात्र भेट भए पनि लाग्दै थियो, यो भेट दिनहुँ हुने भेटको अर्को नयाँ श्रृखला थियो । हँसमुख, खुलेर बोल्नु उनको पहिचान यही हो । |
मनमा लागेको बोलिहाल्ने, कुरा गर्न धक नमान्ने । पशुपति शर्मा अहिलेका स्थापित गायक हुन् । लोकदोहोरी गायनको शिखरमा रहँदा पनि उनमा त्यसको अभिमान छैन । जो अरु गायक गायिकामा धेरै देखिन्छ । उनले यहाँसम्म आइपुग्न निकै पापड बेल्नु पर्यो । घर परिवारबाट सुरू भएको उनको सङ्घर्षको यात्रा अझै जारी छ । फरक यति मात्रै हो, हिजो गायन पेश... |
सानो छँदा प्रेमराजा महत, नारायण रायमाझी, बमबहादुर कार्की, लोकबहादुर क्षेत्रीका गीत रेडियोमा सुन्दा उनलाई पनि रेडियोमा घन्किने रहर जाग्यो । त्यसैले त उनले इन्जिनियर पढ्न मानेन् । घरमै विद्रोह गरे । सँगैका साथी लोकसेवा पढ्थे उनी भने लोकदोहोरी साँझमा दोहोरी खेलेर बस्थे । उनलाई त्यसमै थियो मज्जा! त्यसमै थियो जिन्दगी! |
गीत गाएर भोलि स्थापित भइएला भन्ने कुनै निश्चित थिएन । केवल रहर थियो । सफलताको शिखरमा पुग्ने रहर सबैलाई हुन्छ । तर त्यो भेटिन्छ या भेटिँदैन ? त्यो भविश्यकै गर्वमा हुन्छ । तर पनि उनले हिम्मत गरे । गायनमै होमिए । दाइ डाक्टर हुँदै थिए । दाइ आर्थिक रुपमा सुरक्षित हुँदै थिए । तर, उनले आफ्नो भविश्यमा जुवा खेलिरहेका थिए । |
काठमाडौं आए । आरआर क्याम्पसमा भर्ना भए । काठमाडौं आएसँगै उनको सांगीतिक यात्रा सुरु भयो । दोहोरी साँझहरुमा गीत गाउन थाले । तेरो ‘स्वरमा जादु छ’ भन्थे उनका साथीहरुले । साथीहरुले यसो भन्दा उनी हौसिन्थे । साँच्चै गाउन सक्छु भन्ने लाग्थ्यो । भविश्य राम्रै हुन्छ कि भन्ने आशा पलाउँथ्यो । उनलाई आफ्नो दोहोरीमा ल्याउन दोहोरी साँ... |
तर, उनी भने दोहोरी साँझमै रुमल्लिरहेका थिए–कुहिरोको काग झैँ । |
उनलाई पनि एल्बम सार्वजनिक गर्नुपर्छ भन्ने लागिरहेको थियो । अरुले पनि त्यही सुझाव दिए । उनले गीत गाए । ‘सरले उता पढाउने हाम्ले आँखा जुधाउने चित्त बुझाउने’ बोलको गीत गाए । उनलाई यही गीत काफी भयो । उनी रातारात सेलिब्रिटी बने । त्यसपछि उनले अहिलेसम्म पछि फर्केर हेर्नु परेको छैन । |
तर, यो भन्दा अघिको कहानी पनि छ । जुन अलि भिन्न छ । |
रेडियोमा गीत सुनेर आफ्ना गीत पनि त्यसैगरी बजुन् भन्ने सानै देखि रहर भएका पशुपतिले काठमाडौं आएर एउटा गीत रेकर्ड गरे । गीत तयार भयो । कुरकुरे बैंस थियो । गीतहरु मायाँ प्रेमकै बजेका सुनिन्थे । उनले पनि त्यस्तै गीत गाए । उनलाई लाग्यो अब म गायक बनेँ । गीतहरु रेडियोमा बज्छन् । मलाई सबैले चिन्छन् । रातारात ‘हिट’ हुन्छ । सेलिब... |
काठमाडौंमा अध्ययन गरिरहेका पशुपति गाउँ गएका थिए । रोपाईंको चटारो थियो । किसानको छोरो, काम गर्नै पर्ने । रोपाईंका लागि मेलामा थिए । सबै काम गरिरहेका थिए । पोखराबाट बज्ने एउटा एफएम रेडियोबाट लोकगीतको कार्यक्रम बज्छ भन्ने उनलाई सम्झना आयो । उनले बिरामी परेको नाटक गरे । उनकी दिदीले पशुपतिलाई आराम गर्न घर जाउ भनिन् । नक्कली... |
उनलाई लागेको थियो मेरो गीत सबै रेडियोबाट बज्छन् । बजिरहेका छन् । त्यही दिन उनलाई थाहा भयो गीत गाउँदैमा गायक बनिदो रहेनछ, गीत रेकर्ड हुँदैमा रेडियोबाट गीत बज्दा रहेनछन् । बिडम्बना पशुपतिले आफ्नो पहिलो गीत आजसम्म पनि रेडियोबाट सुनेका छैनन् । |
पहिलो गीत रेडियोमा सुनिएन । सहपाठी साथीहरु खरदार सुब्बा भए । दाइ डाक्टर भए । तर उनी केही भएनन् । उनले गीतको सुर त समाते तर त्यो गीतको सुरले पशुपतिलाई समातेन । या चिनेन भनौं । बाबा आमाले आफ्नो भविश्यलाई लिएर गरेको चिन्तालाई उनले एक दिन नजरअन्दान गर्न सकेनन् । जबरजस्त निर्णय लिए–म गायक बन्दिन । सरकारी कर्मचारी बन्छु, देश... |
उनको नयाँ अध्याय सुरु भयो । दैनिकी परिवर्तन भयो । लोकसेवाका ठेली किनेर ल्याए र त्यसैमा आफूलाई समर्पित गराए । लोक सेवाको एक वर्षको तयारी पछि उनले परीक्षा दिए । परीक्षाको नतिजा आयो । उनी त्यही ठेली भित्रै कतै हराएछन् । उनी फेल भए । उनलाई लाग्यो मेरा लागि यो विषय होइन । अब यसमा टाउको दुखाइरहनु जरुरी छैन । |
लगाव र झुकाव भएको संगीत नै हो । यही मेरो जिन्दगी हो भन्ने पशुपतिलाई लाग्यो । सके यसैमा केही गर्छु । नसके ‘देखा जागेगा’ नयाँ निर्णय लिए । दोहोरी मै केही गर्नु पर्छ । एक वर्ष पछि उनी चौबाटाहरु बीच पुरानै बाटो फर्किए । तर बाटो सहज थिएन । जनताको मन जित्नु र त्यसमा बस्नु सजिलो पक्कै थिएन । तर पनि यो चुनौती उनले स्वीकारे । प... |
लोक गीतको बजार उत्कर्षमा थियो । जताततै लोक गीत बज्थे । सबै हिट, सबै राम्रा । उनी भने जन्मिनै बाँकी थियो । हजारौं गायक गायिकाको सूचीमा उनलाई अटाउनु मात्रै थिएन । एकै पटक सफलताको पारो माथि चढाउनु थियो । उनलाई थाहा थियो यो फलामको चिउरा चपाउनु थियो । |
उनलाई लाग्यो–मैले माया प्रेमका गीत गाएर आफ्नो पहिचान बनाउन सायद सक्तिन । हजारौंको भिडमा कतै विलिन हुन्छु । त्यसैले केही फरक गर्नुपर्छ । अरुले नगरेको गर्न सक्नु पर्छ । त्यसैले पशुपतिले माया पिरतीका गीत गाउने जिम्मा अरुलाई छाडिदिए । सुरु गरे, समाजका विक्रिती र विसङ्गती बिरुद्ध चोटिलो प्रहार । |
चर्चित कलाकारहरुलाई पनि मैले लेखिएदिएको गीत गाएर, गरिदिएको संगीतले ‘फलानो’ कलाकार हिट भयो भन्ने स्टुडियोमा सुनेका उनलाई गीत आफै लेख्नु पर्छ र लय पनि आफैले सङ्कलन गर्नु पर्छ भन्ने लाग्यो । र सुरु गरे गीत लेख्न र लय सङ्कलन गर्न पनि । |
पहिलो गीत लेखे– ‘सरले उता पढाउने हाम्ले आँखा जुधाउने चित्त बुझाउने’ । गीत रेकर्ड भयो । सबैले गीत मन पराए । उनलाई जन्माउने गीत यही हो । भलै यसलाई लिएर केही विवाद पनि भयो । “मैले सकारात्मक सन्देश दिन गीत तयार गरें, केहीले यसलाई फरक दृष्टिकोणले बुझिदिनु भयो । त्यो उहाँहहरुकै कमजोरी हो । अहिले कलेजमा निकै धेरै देखिने समस्य... |
‘सरले उता पढाउने हाम्ले आँखा जुधाउने चित्त बुझाउने’ गीत उनका लागि फलिफाप भयो । उनलाई कलेक्सन एल्बममा गीत गाउनका लागि अफर आउन थाले । स्टेज कार्यक्रममा भ्याई नभ्याई हुन थाल्यो । फरक गरे मात्र चिनिन सकिन्छ र सिर्जना अमर अजर हुन्छन् भन्ने उनी कलेक्शन एल्बममा गीत भने गाउँदैनन् । |
नवप्रवेशीहरुलाई उनी सहयोग गर्छन् । बाटो देखाउँछन् । सके आफैं गीत लेखिदिने र लय शंकलन गरिदिने गर्छन् । तर पैसाकै लागि भने गाउँदै हिँड्दैनन् । किन भने उनलाई आफ्नो फरक पहिचान जोगाउनु छ । आफ्ना स्रोता तथा दर्शकलाई न्याय गर्नुछ । |
हुन त उनको अहिले समय छ । धपक्कै बलेको समय हो यो उनको । धेरै कलाकार सयौं गीत रेकर्ड गर्छन् । स्टेज कार्यक्रम पाउँदैनन् । तर उनी थोरै गीत रेकर्ड गर्छन् स्टेजमा धेरै चढ्छन् । उनका गीत गन्ने हो भने सय नाग्दैनन् । दर्जनौंमै सीमित छन् । |
उनले आफ्नो विवाहमा लिएको ९ लाखसहित १७ लाख ऋण गीत गाएर तिरीसके । काठमाडौं र पोखरामा घडेरी पनि जोडे । मेसो मिलेमा घर पनि बनाउने तयारीमा छन् । भन्छन् –मैले करोड माथि नै कमाईसकें होला, हिसाव भने गरेको छैन । |
सबैको समय आउँछ । त्यसलाई समयमै उपयोग गर्न पनि सक्नु पर्छ । हैन भने पछुताउनुको विकल्प हुँदैन । समयको चक्र न हो त्यो घुमिरहन्छ । रोकिँदैन । यसलाई राम्रसँग पढेका पशुपतीलाई अहिले आफू चलेकै बेला भोलीका लागि साँच्नु पर्छ भन्ने लागेको छ । त्यसै पनि गरिरहेका छन् । |
जीन्दगीको उर्जाशील समय स्रोता तथा दर्शकलाई मनोरञ्जन दिने कलाकारको भविश्य सम्झँदा भने उनलाई सँधै चिन्ता लाग्छ । आफ्नै सिर्जनाको रोयल्टीसमेत नपाउने अवस्थाले उनलाई आफ्नो टाउको समाउन बाध्य बनाउँछ । प्रविधिलाई बुझ्न नसक्नु र लाचार सकारकाले कलाकार र कलाकारीतालाई नै मर्यादित र दीगो बनाउन नसकेको उनको गुनासो छ । नारायण रायमाझी,... |
गीत परिवारसँग बसेर हेर्न नसकिने भएकोमा उनलाई दुःख लाग्छ । क्यामेराका लेन्सहरु युवतीका सम्वेदनशील अङ्गहरुमा मात्रै घुम्ने परिपाटीलाई निरुत्साहित गर्ने उनको चहाना छ । गीत सेन्सर गर्नु पर्छ भन्ने उनको माग छ । उनले शब्द, लय र भिडियोमा सेन्सरको आवश्यकता महशुस गरेका छन् । स्वर भएको पनि गायक, नभएको पनि गायक । सभ्य सुसंस्कृतहर... |
यही विषयलाई लिएर उनले दर्जनौं पटक सरकारी अधिकारीलाई भेटे । तर प्रतिफल शून्य । न राज्यले आँफै जानेर गर्यो । न उनीहरुले भनेको मान्यो । |
लोक गीत देशको पहिचान हो । यथार्थताको प्रतिरुप हो । वास्तविक धरातलको बिम्ब हो । त्यसैले त उनले लेखे –अमेरिका यही, मलाई जापान पनि यही । वैशाख १२ मा भूकम्प गयो । देश तहशनहश भयो । जनता भूकम्पको पीडालाई विर्सन खोजिरहेका थिए । त्यही बेला भारतले नाकाबन्दी गर्यो । जनजीवन झन विक्षिप्त बन्यो । यो दर्दनाक क्षणलाई मुकदर्शक भएर हेर... |
त्यसो त १० वर्षे जनयुद्धसँगै मौलाएको जातीयता उत्कर्षमा पुगेकै बेला उनले जातीयतालाई प्राथमिकतामा राख्नेहरुप्रति ब्यङ्ग्य कस्दै अर्को गीत पनि लेखे तर त्यो विवादित भयो । त्यसलाई प्रतिबन्ध लगाइयो । उनी आफूले भन्न खोजेको भन्दा फरक ढङ्गले बुझिएको र्तक गर्छन् । जे हो उनको कलम विकृति र विसङ्गती बिरुद्ध चलिरहेकै छ । सुरिलो स्वर... |
लगभग एउटै भाका र लयमा गीतहरु आइरहेका बेला उनी पनि त्यतै मिसिएका भए सायद उनले अनुमान गरेझैं उनी त्यतै कतै हराइरहेका हुने थिए होला । स्थानीयतामा नवीनता खोज्नु नै उनका लागि फलिफाप भयो । गम्भीर विषयलाई चट्पट्टे ढङ्ले प्रस्तुत गरेर स्रोता दर्शकलाई तान्नु उनको मौलिकता बन्यो । |
पशुपतिलाई मैले सोधें –तपाईंका गीत कालजयी हुन् कि बर्खाका खहरे भेल ? उनले भने, “यो मैले होइन तपाईंले भन्ने कुरा हो । स्रोता दर्शकले भन्ने कुरा हो । समाजमा जे देखेँ त्यो मैले गाएँ । मलाई अमेरिका यही गीत राष्ट्रिय गीत हो जस्तो लाग्छ । भोलीका दिनमा पनि बज्छ जस्तो लाग्छ ।” |
व्यवस्ता परिवर्तन होला । समयसँगै नेपाल विकासको गतिमा लम्किएला । नेपालमै रोगगारी पाइएला । समाज सभ्य र सुसंस्कृत बन्दै जाला । क्रमशः विकृति र विसङ्गतीहरु अन्त्य हुँदै जालान् । उनका गीतको सान्दर्भिकता नहोला । त्यसैले उनका गीतले युग त हाँक्न नसक्लान् । तर वर्तमान भने बोलेका छन् । फगत मनोरञ्जन मात्रै होइन आफ्नो दायित्व पनि ... |
उनी जति आफ्नो काममा इमान्दार छन्, गम्भीर छन्, त्यती नै उट्पट्याङ् पनि । तर त्यो बालयकालको कुरा । पशुपति सिनेमा भनेपछि हुरुक्कै हुन्थे । भागेर सिनेमा हल जान्थे । सीनेमा हल जाने उनको बेग्लै तरिका थियो । भित्रबाट आउट ड्रेस र त्यसबाहिरबाट स्कुलको ड्रेस लगाउँथे । मकै बारीमा पुगेर किताबको झोला र ड्रेस फुकालेर लुकाउँथे र लाग्... |
|
सुदूरपश्चिममा व्याप्त ‘देउकी’ प्रथाको बारेमा निर्मित वृत्तचित्र ‘देवकीः इन सर्च अफ देवी’ को विशेष प्रिमियर शो सम्पन्न भएको छ । उन्मुलन भइसकेको भनिए पनि यो कुप्रथा अझै चलिरहेको प्रमाणसहित तयार पारिएको वृत्तचित्र काठमाडौँमा पत्रकार, दलका नेता तथा महिला अधिकारकर्मीलाई देखाइयो । |
सञ्चारकर्मी देवकी विष्ट निर्देशित वृत्तचित्र हेरेपछि नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले आफूले उन्मुलन भएको ठानेको देउकी प्रथा अन्त्यका लागि पहल गर्ने प्रतिवद्धता जनाए । अनेरास्ववियुकी अध्यक्ष नविना लामा भक्कानिएर प्रतिक्रिया विहिन भईन् । |
वृत्तचित्रले देउकी प्रथाको शुरुवातसँगै विभिन्न समयमा चढाइएका देउकीहरुको खोजी गरेको छ । देउकी चढाउने कार्य अहिले पनि लुकीछिपी भइरहेको छ । |
१२ वर्षे हिंसात्मक द्वन्द्वका बेला माओवादीको डरले देउकी प्रथामा कमी आए पनि अझै यो प्रथा कायम रहेको निर्देशक विष्ट बताउँछिन् । |
वृत्तचित्र हेरिसकेपछि रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले नेपालमा महिलामाथि हुने हिंसा अन्त्यका लागि पुरुषहरुको पनि साथ चाहिने उल्लेख गरिन् । नेकपा क्रान्तिकारी माओवादीका नेता लेखनाथ न्यौपानेले सुन्दै लाज लाग्नु पर्ने कुप्रथा अझै पनि समाजमा विद्यमान रहेको उल्लेख गरे । |
देवकीः इनसर्च अफ देवीको प्रिमियर शो |
सेतोपर्दा।काठमाडौं |
वारी जमुना पारी जमुना गीतका गायक खेमराज गुरुङको बिहीबार अपरान्ह निधन भएको छ । जन्डिस भएर कलेजोमा समस्या आएपछि डेढ हप्ता अघि चाबहिलस्थित मेडिकेयर अस्पतालमा भर्ना गरिएका ४१ वर्षीय गायक गुरुङको उपचारका क्रममा बिहीबार साँझ निधन भएको हो । |
कलेजोमा समस्या आएका उनको उपचारका क्रममा मृगौलामा पनि समस्या आएपछि स्वास्थ्य जटिल बनेको थियो । |
संखुुवासभामा जन्मिएका गुरुङको स्वास्थ्य अवस्था गम्भीर बनेपछि बिहीबार एयर एम्बुलेन्सबाट दिल्लीको मेदान्त अस्पताल लैजाने तयारी गरिएको थियो । |
तर डाक्टरहरुले अबस्था गम्भिर भएको बताएपछि भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो। त्यतिन्जेल शव महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राख्ने तय गरिएको छ । गुरुङले ’वारि जमुना पारि जमुना’ सहित उनले जीवन, जीवन–२, अनमोल, धरान–पोखरा, सोल्टी, आलुतामा, ढाक्रे, ढाक्रे (लोकगीत) र घुमफिर एल्बम बजारमा ल्याएका थिए । |
काठमाडौं । जनताका प्रतिनिधिहरुको साझा संस्था संविधानसभाले जारी गरेको संविधानले पनि आफूहरुलाई अधिकार नदिएको भन्दै सोमबार संघीय गठबन्धनले सिंहदरबार घेराउ गरिरहेको थियो । |
बिहान १० बजेबाट सुरु भएको आन्दोलन चलिरहेको थियो । सरकारबिरुद्ध नाराबाजी सँगै आन्दोलनकारीहरु गीत पनि गाइरहेका थिए । गीतमार्फत नै आन्दोलनकारी अधिकारका लागि राज्यलाई दबाब दिइरहेका थिए । |
सडकलाई नै स्टेज अनि प्याराफिट मानेर उनीहरु गीतमा रमाइरहेका थिए । त्यहीबीचमा गाइका आस्था राउतको बहुचर्चित गीत ‘चौबन्दीमा पटुकी’ बोलको गीतलाई डा. आभास लाभले यसरी प्यारोडी बनाएर गाए …… |
ढाका टोपी राम्रो लाग्छ, लाउने बानी छैनमेरो लाउने बानी छैन सिंहदरबार र मन्त्रालयमा धाउने बानी छैन मेरो धाउने बानी छैनकाठमाडौं र पहाड, हिमाल नहिंडेको बाटोप्यारो प्यारो लाग्छ मलाई मेरै देशको माटोमेरै देशकै माटोनेपाली बोल्दैमा, मधेशी पारा आएमा मलाई इन्डियन भइया भन्न कहाँ पाईन्छम त नेपालको माँया गर्ने मान्छे मलाई नेपालको मा... |
यो प्यारोडी गाएको यो गीतकी असली गायीका आस्था राउत पनि थाहा पाइछिन् । र सामाजिक सञ्जाल फेसबुकमा उनले यस्तो स्टाटस पोष्ट गरिन् । |
“पहिचानको आन्दोलनका लागि मेरो गीत पनि प्रयोग भएछ, खुसी लाग्यो, आस्थाले भनिन्,“अधिकारका लागि सरोकारवाला पक्षलाई झक्झक्याउन मेरो गीतको प्रयोग हुँदा खुसी लाग्छ ।” |
केहीदिन अघि आस्था काम विशेषले बौद्ध पुगेकी थिइन् । उनको यही गीत सडकमा माग्न बस्नेले गाइरहेको सुनिन् । “दुई तीन दिन अघि बौद्ध गएको थिए, त्यहाँ दृष्टिविहिनहरु मेरो ‘चौबन्दीमा पटुकी’ गीतको डीजेले बजाएको ट्रयाकमा गाइरहेका थिए”, उनले भनिन्, “आरीमा पैसा भरी भएको थियो । यसरी अधिकार माग्न राजनीतिक दल देखि बाटामा मागेर बस्ने अस... |
स्याङजा सिर्सेकोट–९ निवासी केशरी अधिकारीले बसमा छोडेको १० तोला बराबरका सुनका गहनासहितको झोला बसका सहचालक चन्द्रबहादुर क्षेत्रीले फिर्ता गरेका छन्। |
यही भदौ २४ गते शुक्रबार माइती गल्याङबाट घर फर्कंदै गरेकी अधिकारीले गल्याङबाट पृथ्वी राजमार्ग बस सञ्चालक समितिद्वारा सञ्चालित ग १ ख ३४२० नम्बरको बसमा १० तोला सुनसहितको झोला छोडेकी थिइन्। तीजमा माइत जाँदा लगाएको सुन घर फर्किने क्रममा बाटोमा लगाउँदा असुरक्षित हुन्छ भन्ने सोचेर सुरक्षाका लागि झोलामा राखिएकोमा झोला बसमा छो... |
भ्यालेन्टाइन्स डेको छेको पारेर माघ २९ मा एकसाथ प्रदर्शनमा आउन लागेका दुई फिल्म ‘प्रेमगीत’ र ‘क्लासिक’ बीचको प्रतिष्पर्धा घाँटी घाँटीसम्म पुगेको छ । केही समयअघि मात्रै ‘प्रेमगीत’ को एक गीतलाई लिएर उब्जेको कन्ट्रोभर्सीमा दुवै फिल्म युनिटबीच दन्तबझान चल्यो । ‘रिभर साइड’ बोलको गीतलाई ‘क्लासिक’ ले नै फेसबुकमा ब्लक गराएको ‘... |
‘त्यो विवाद नहुनु पर्ने थियो । तर पनि हामीबाट सुरुवात भएको थिएन’ ‘क्लासिक’ निर्देशक दिनेश राउतले भने, ‘यदि गल्ती नगर्दा नगर्दै पनि कसैले आरोप लगाउँछ भने चुप बस्दा झन् हो भन्ने पर्न सक्छ ।’ दिनेशले ‘प्रेमगीत’ निर्देशक सुदर्शन थापासँग आफ्नो कुनै व्यक्तिगत समस्या नरहेको जिकिर गर्दै भने, ‘मैले त्यो आरोपलाई सहज लिएँ । भनौं ... |
अर्का निर्देशक सुदर्शनले भने केही असमझदारीका कारण समस्या आएको बताए । उनले भने, ‘त्यो एउटा मिस अन्डरस्टान्डिंग हो । त्यस्तै खबर आयो अनि निर्माता सा’ब (सन्तोष सेन) ले पनि आवेशमा आएर गर्नुभयो । त्यो एउटा सानो आवेश थियो ।’ उनले यसलाई कन्ट्रोभर्सी नबनाउँदै राम्रो हुने तर्क गर्दै थपे, ‘अहिले हामी झगडा गर्नु राम्रो पनि हैन । ... |
दिनेशले दुई फिल्मबीच बजारमा भनिने भीडन्त हुँदैछ, जुध्दैछन्, लडाई हुँदैछ भन्ने शब्दप्रति असहमती जनाउँदै भने, ‘यस्तो बजारी हल्लालाई पूर्णत: इन्कार गर्छु । त्यो मितिमा कुनै भीडन्त छैन । सँगै लाग्दैछ । दर्शकको हातमा गईसकेपछि सबैको निर्णय त्यहीबेला हुनेछ ।’ |
सुदर्शनले पनि आफुले समस्या नदेखेको दाबी गर्दै भने, ‘दुवै फिल्म चलुन् । उनीहरुलाई पनि मेरो सुभेच्छा दिन चाहन्छु । दर्शकले साथ दिऊन् ।’ |
हेर्नुहोस अन्तरवार्ता भिडीयो |
र यो पनि पढ्नुहोस्: फेसबुकमा गीत ब्यान्डलाई लिएर प्रेमगीत–क्लासिक झगडा सतहमा |
नेपाली रंगमञ्चले विस्तारै फड्को मार्दैछ, काठमाण्डौंमा थिएटर हलको संख्या आधा दर्जन पुगीसक्यो उपत्यका बाहीर पनी खोल्ने तयारी जारी छ । यसै बिच अनामनगर स्थित मण्डला नाटकघरले ‘मोवाइल थिएटर’ उद्घाटन गरेको छ । ‘जुनकिरी’ नाम दिएको उक्त कार्यक्रम एउटा बसलाई इन्जिनियरको साहयताले रंगमञ्चको रुप दिइएको हो । |
बरिष्ठ सस्कृतिविद् सत्यमोहन जोशी द्वारा उद्घाटन गरिएको उक्त कार्यक्रममा बोल्दै सस्कृतिविद जोशीले बामे सर्दै यहा सम्म आइपुगको रंगमञ्चले आज फेरी अर्को फड्को मारेको बताए । त्यस्तै एमाले नेता रघुुजी पन्तले थिएटर विनाको शहर कुरुप हुने भन्दै नेपाली रंगमञ्चको उपलब्धीको प्रशंसा गरे । |
मण्डलाका निर्देशक बर्षौ देखि देखको सपना पुरा भएको बताउदै शहरमा मात्र खुम्चिएर बसेको भन्दै मोवाइल थियटर मार्फत नाटकलाई गाउगाउ पुर्याउने प्रतिवद्घता गरे । जर्मन सरकारको आर्थीक सहयोग रहेको यो कार्यक्रममा जर्मन नियोगका प्रतिनिधीले मण्डला थिएटरकी उपाध्यक्ष सिर्जना सुब्बाले मोवाइल थिएटर हस्तानान्तरण गरेका थिए । |
कार्यक्रमको दोस्रो भागमा मण्डला थिएटर कलाकारले तयार पारेको नाटक ‘मनचिन्ते फिरन्ते’ मञ्चन गरिएको थियो । लियो लियोनस्को प्रसिद्घ कथा फ्रेडिरिक मा आधारित रहेर विप्लव प्रतीक सोमनाथ खनालले नाटकमा ढालेका हुन् । आशान्त शर्मा, सिर्जना सुब्बा, बिजय वराल, सारदा अधिकारी, शक्ति राई, प्रेमबर्षा खड्का, सन्देश लामिछाने, दिलजंग गुरुङ्... |
यस्तो बन्यो विश्वकप फुटबल २०१८ को 'अफिसियल' गीत 'लिभ इट अप'को भिडियो |
विश्वकप फुटबल २०१८ को 'अफिसियल' गीत 'लिभ इट अप'को भिडियो सार्वजनिक भएको छ। |
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले शुक्रबार भिडियो सार्वजनिक सार्वजनिक गरेको हो। १५ दिन अगाडी लिरिकल भिडियो सार्वजनिक गरिएको थियो। |
गीतमा निकी जाम, वील स्मिथ र इरा इस्टेर्फी स्वर रहेको छ। भिडियोमा तीनै जना फिचर छन्। तीनै जना यस गीतका संगीतकार समेत हुन्। |
गीत डिप्लोले निर्माण गरेको हो। अघिल्लो विश्वकपको 'वि आर वान' बोलको गीत पनि डिप्लो नै बनाएको थियो। |
जेठ ३१ गते रसियाको मस्कोमा हुने विश्वकप उद्घाटन समारोहमा 'लिभ इट अप' गीतमा कलाकारले प्रस्तुति दिनेछन्। |
अकासिँदो महँगीले गर्दा सर्वसाधारणलाई दसैँ दशा बन्ने गरेको छ । जसोतसो परम्परा धान्नैपर्ने भएकाले सस्तो पसल खोज्नुपर्ने बाध्यता उनीहरूमा छ । सर्वसाधारणले सस्तोमा किनमेल गर्न फुटपाथ बजारलाई रोजेका छन् । चर्को मोलमोलाई गरेर सस्तोमा किनमेल गर्न चाहनेका लागि यस्तो बजार उपयुक्त हुन्छ । आफूले प्रायजसो दसैँमा फुटपाथमै कपडा खरि... |
अभिनेता सुशान्तसिंह राजपुत बिहिबारदेखि ३१ वर्ष लागे । उनका खातामा रिलज भएका जम्मा चार फिल्म मात्र छन् । तर, बलिउडमा राम्रो अभिनय गर्न सक्ने ‘ह्याण्डसम हिरो’ मा उनी दरिएका छन् । पढाईले ‘मेकानिकल इन्जिनियर’ सुशान्त टेलिभिजन धारावाहिक ‘पवित्र रिश्ता’ बाटै चिनिएका अनुहार हुन् । हाल महेन्द्रसिंह धोनीको जीवनीमाथि बनिरहेको फ... |
देशभर मन्दिरको संख्या कति होला? यो प्रश्न पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाललाई सोधियो। ‘धेरै छन् तर गणना भने गरिएको छैन्,’ दाहालले जवाफ फर्काए,‘सय वर्षभन्दा माथिका पुरातात्विक महत्वका मन्दिरको संख्या भने २ हजारभन्दा बढी छ।’ |
यी मन्दिरहरुको वार्षिक खर्च कति हुन्छ? दाहाल भन्छन्,‘धेरै बजेट खर्च हुन्छ, तर हामीसँग सीमित स्रोत छ।’ |
प्राचीनकालदेखि अस्तित्वमा रहेकादेखि टोलटोलमा बनाइएका मन्दिरमा व्यक्तिगत, सामाजिक, संघसंस्थादेखि सरकार र मातहतका स्थ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.