text
stringlengths
71
459
label
int64
0
2
गुरुङ भाषाका डेढ दर्जन फिल्ममा गीत गाएका रामकुमार (आरके) गुरुङ सप्ताहान्त अल्डरसटस्थित निरमाया रोदीघर झुल्किए ।
1
स्वर्ण विजेता निमा घर्तीमगर एसियाडको पदक छेउछाउमा पुग्न नसके पनि आफ्नो प्रदर्शनमा राम्रो गरेकी छन् । महिला थाउलोको नान छ्वान र नान तावमा सहभागिता जनाएकी उनले सागमा स्वर्ण जितेको प्रदर्शन उछिनेकी छन् । निमाले सोमबार नान ताव (खाली हात प्रदर्शन) मा १७ स्कोर गरिन् । जबकि १२ औं सागमा उनले यसमा ८.४६ स्कोर गरेकी थिइन् । 
2
स्वदेशी उत्पादन र आयात गरी तिहारमा करिब ३० करोड रुपैयाँको माला खपत हुने भएको छ । यो कुल कारोबारको १६ प्रतिशत हो  ।
0
तनहुँको व्यास र गोरखा नगरपालिका प्रथम मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेका छन् । बिहीबार गोरखाले नवलपुरको देवचुली नगरपालिकालाई ३–१ ले हरायो । गोरखाबाट नवौं मिनेटमा जमिर मास्के, ३३ औं मिनेटमा सुदीप बस्नेत र ७२ औं मिनेटमा सरोज श्रेष्ठले गोल गरे । 
2
मिस पूर्वाञ्चलको उपाधि धरानकी रुबी लिम्बूले जितिन् । शुक्रबार अबेर राति धरान सभागृहमा सम्पन्न प्रतियोगितामा उनले १९ प्रतिस्पर्धीलाई पछि पार्दै मिस इन्टेलेक्चुअल, मिस टयालेन्ट, मिस हेल्दी होम टाइटलसहित उपाधिमाथि कव्जा जमाएकी हुन् ।
1
टर्की सरकारले नेपाली धागोमा दिँदै आएको भन्साररहित सुविधा रोक्ने चेतावनी दिएको छ । एक्रेलिक यार्न (पोलिस्टर र फाइबर कच्चा धागो) नेपाली उद्योगहरूको क्षमताको तुलनामा अस्वाभाविक परिमाणमा निकासी भएको सम्बन्धमा आवश्यक छानबिन र समस्या समाधानका लागि तदारुकता नदेखाएको भन्दै टर्कीले भन्सार सुविधा रोक्ने चेतावनी दिएको हो ।
0
गत शुक्रबारदेखि पत्रकार दीपेन्द्र लामाको परिचय थपियो, फिल्म निर्देशकका रूपमा । आफ्नो डेब्यु निर्देशन ‘घामपानी’ ले यति बेला सुखद् प्रतिक्रिया बटुलिरहँदा लामा भने पुलकित बनेका छन् । त्यसो त ‘घामपानी’ रिलिजअगावै मोफसल वितरकले ३० लाख रुपैयाँमा न्यूनतम ग्यारेन्टीमा फिल्म किनिसकेका थिए भने मुलुकबाहिर पनि केही देशमा फिल्म बिक्री भइसक्दै लगानी सुरक्षित हुनेतर्फ थियो ।
1
नेपाली बजारमा बुधबार सुन सुनचाँदीको मूल्य घटेको छ । मङ्गलबार प्रतितोला रु ५८ हजारमा कारोवार भएको ‘पहेँलो धातु’ बुधबार घटेर प्रतितोला रु ५७ हजार ६०० मा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 
0
कोही गाउँछन् डिस्कोमा तीज कोही गाउँछन् र्‍याप विकृतिले सीमा नाघ्यो दिदीबैनी झयाप... तीजमा पछिल्लो समय बढेको विकृतिलाई व्यंग्य गर्दै अञ्जु गौतमले गाएको यो गीत पूर्वमा निकै बजिरहेको छ ।
1
१९५०विश्वकप १९५० को संरचना फरक थियो । चार समूहका विजेताहरूले अर्को चरणमा समूहमै रहेर खेलेका थिए र यसैबाट विजेताको चयन गरिएको थियो ।
2
नेपाली युवा टोली पाकिस्तानमाथि ९–० को जित रच्दै आइतबार थाइल्यान्डको बैंककमा भइरहेको एएफसी यू–१९ महिला च्याम्पियनसिप २०१९ छनोटको दोस्रो चरण पुगेको छ  ।
2
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहा र सप्तरी सडकखण्डमा रहेका आँपको संरक्षण नहुँदा बर्सेनि लाखौं रुपैयाँ घाटा हुँदै आएको छ ।
0
नारायणगढ फुटबल क्लबले बुधबार प्यासिफिक चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगितामा रामनगर फुटबल क्लबलाई ४–१ ले पराजित गरेको छ । 
2
लिभरपुलले इंग्लिस प्रिमियर लिगमा आइतबार राति साउथह्याम्पटनलाई २–० ले हराएर शीर्ष चारमा आफ्नो पकड बलियो बनाएको छ । यसअघि म्याट रिचीको गोलले न्युकासल युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई १–० ले स्तब्ध पारेको थियो । 
2
साप्ताहिक कारोबारको पहिलो दिन नेप्से परिसूचक करिब १७ अंकले घटयो । अघिल्लो दिनको तुलनामा यो साढे १ प्रतिशतले कम हो । गत बिहीबार १ हजार १ सय ४८ विन्दुमा बन्द भएको नेप्से आइतबार पुन: साढे १७ अंकले घटेपछि १ हजार १ सय ३०.६३ मा ओर्लेको हो । उक्त दिन व्यापारबाहेक सबै समूहको परिसूचक घटेपछि समग्र नेप्सेमा दबाब परेको थियो । 
0
उनी एउटा क्रूर राजाको भूमिकामा थिए । त्यो पनि ग्रिसको । शासकीय शैलीमा उनले बोल्नुपर्ने लामा र गहकिला संवादहरू टन्नै थिए ।
1
पछिल्लो समय फिल्मको प्रचार गर्ने शैली नयाँ/नयाँ अपनाउन थालिएको छ । शुक्रबार नारायणगढमा फिल्म ‘म यस्तो गीत गाउँछु’ युनिटले प्रचारको नौलो तरिका अपनायो ।
1
सिन्धुपाल्चोकका आयुष केसीले सुरशाला आइडल जुनियरको उपाधि जितेका छन् । सुरशाला फाउन्डेसन र म्युजिक एकेडेमीको आयोजनामा सात महिनादेखि भइरहेको बाल गायन रियालिटी सोमा ७ वर्षदेखि १६ वर्षका १५ सय प्रतिस्पर्धीलाई उछिन्दै आयुष विजेता बनेका हुन् ।
1
भनिन्छ, ‘अगाडि बढ्ने बाटो प्रस्ट भएन भने मानिसको दिमाग स्मृतितिर फर्किन्छ ।’ अतीतका गौरवमा रुमल्लिएर मानिस आफ्नो विगतको गुणगानमा यति मस्त हुन्छ कि आफ्नै अगाडि भइरहेका घटना वा दुर्घटनालाई तुच्छ ठान्छ । बलिउड अहिले करिब यस्तै मनोदशामा देखिन्छ । 
1
पूर्वपश्चिम राजमार्ग अन्तरगत बुटवल–नारायणगढ सडक ४ लेन बनाउन गरिएको टेण्डर प्रक्रिया रद्द भएको छ ।
0
सेयर बजार राष्ट्रिय पुँजी निर्माणको आधार भएको अर्थमन्त्री युवराज खतिवडाले दोहोर्‍याएका छन् ।
0
पूर्णकला बीसी र सञ्जय बीसीको गीत ‘हुन्छ हुन्न आजै भन्देउ न’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । तिलकबहादुर ओलीको शब्द रहेको गीतमा समर्पित मन पुस्कलले संगीत भरेका छन् ।
1
रोहन गुप्ता ‘भ्वाइस अफ कपिलवस्तु’ बनेका छन् । सदरमुकाम तौलिहवामा आयोजित प्रतियोगिताको फाइनलमा यी १५ वर्षेले १२ हजार रुपैयाँ र मोबाइल पुरस्कारस्वरूप पाए ।
1
सुनसरी जिल्ला खेलकुद विकास समिति र पूर्वाञ्चल भलिबल संघको आयोजनामा इटहरीमा प्रथम सांसद कप पुरुष राष्टिय भलिबल हुने भएको छ । प्रतियोगिताको तयारी करिब पूरा भएको आयोजक समितिले जनाएको छ ।
2
करिब ७ वर्षअघि विद्युत् उत्पादन अनुमतिपत्र लिएका ८ आयोजनाको भौतिक प्रगति अत्यन्तै न्यून छ । यी आयोजनाको प्रगति न्यून देखिए पनि अनुमतिपत्र जारी गर्ने निकाय विद्युत् विकास विभागले कारबाही नगरेको भन्दै महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ ।
0
संगीतमा लागेको लामो समयपछि र अनेकौं हिट नम्बर दिइसकेपछि गायिका अञ्जु पन्त एकल साँझमा उत्रिइन् ।
1
स्वदेशी कम्पनीको लगानीमा हेटौंडामा निर्माणाधन अवस्थामा रहेको मुलुककै ठूलो सिमेन्ट उद्योगमध्येको यहाँको एक सिमेन्ट उद्योगले आगामी वैशाख महिनादेखि उत्पादन सुरु गर्ने भएको छ ।
0
नेपाली फिल्म इतिहासमै सर्वाधिक कमाइको रेकर्ड राखेको ‘छक्का पञ्जा’ को सिक्वेलमा अभियन गर्न निर्देशक निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्का अनुबन्ध भएका छन् ।
1
अर्थमन्त्री युवराज खतिवडाको कडाइसँगै राजस्व संकलन थप गिरावट देखिएको छ । सरकारी अधिकारी र व्यवसायीबीचको मिलेमतोमा चुहावट हुने क्षेत्रमा खतिवडाले कडाइ गरेपछि त्यसको प्रभाव राजस्व संकलनमा देखिएको हो ।
0
विभागीय टोली नेपाल पुलिस क्लबले १३ औं रेडबुल ढोरपाटन यूएम महिला डबल लिग भलिबलमा शनिबार दोहोरो जित पहिलो लेग अन्त्य गरेको छ । 
2
यो पटक हिउँदमा पर्याप्त वर्षा भएकाले अघिल्ला वर्षभन्दा छिटो चिया टिपाइ हुने निश्चित छ । हिउँदभर काँटछाँट र सरसफाइमा रहेका कृषक कात्तिकसम्म चिया टिप्न र कारखानासम्म पुर्‍याउन व्यस्त रहन्छन् ।
0
प्रथम खुला राष्ट्रिय लनटेनिसको पुरुष एकल उपाधिका लागि प्रनव खनाल र सन्तोष खत्री भिड्ने भएका छन् । पहिलो सेमिफाइनलमा प्रनवले जितेन्द्र परियारलाई २–१ सेटले पराजित गरे ।
2
ठूलीमाई तामाङकी कान्छी छोरी चार वर्षदेखि मलेसियामा छिन् । मुुटुको भल्भ बिग्रिएर छोरा बितेपछि श्रीमान् र नातिका साथ बस्दै आएकी ठूलीमाई चौरी देउराली गाउँपालिका–४ स्थित स्वर्णिम सरस्वती युवा क्लबले गरेको सांस्कृतिक कार्यक्रममा गीत सुनेर निकै रोइन् ।
1
वार्षिक फिल्म उत्पादन र प्रदर्शनका हिसाबले भारतीय फिल्म उद्योगलाई संसारकै सर्वाधिक ठूलो मानिन्छ । फिल्म कारोबारका हिसाबले हलिउड ठूलो भए पनि भारतीय बजारले पछयाइरहेको छ । अझ भारतमा पनि बलिउडको आधिपत्य चर्को छ । तर बजार जति ठूलो र फिल्म उत्पादन जति धेरै भए पनि फिल्म क्षेत्रमा बलिउडको गतिलो साख भने छैन ।
1
एउटै थलोमा साहित्य विमर्श, चित्रकला प्रदर्शनी, नाटक मञ्चन अनि खाना महोत्सव । यतिबेला उद्योग वाणिज्य संघको परिसरमा जारी ‘जनकपुर साहित्य–कला एवं अन्तर्राष्ट्रिय नाट्य उत्सव’को माहोल भिन्न छ । कोही कोदोको रोटीसित माछाका परिकार चाखिरहेका भेटिन्छन् त केही ताजा विषयमा चर्काचर्की बहसमा उत्रिँदै ।
1
ललितपुर प्याट्रियट्स टीभीएस एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्वालिफायर २ को अन्तिम ओभरमा भैरहवा ग्लाडियटर्ससँग पराजित हुन पुगेको थियो । गत संस्करणको त्यो तीतो क्षण सम्झने हो भने प्याट्रियट्सलाई यसपालिको फाइनल विशेष हुनेछ । प्याट्रियटसले मंगलबार क्वालिफायरमा काठमाडौं किंग्स ११ लाई अन्तिम बलमा १ विकेटले हराएको थियो । 
2
संसदको अर्थ समितिले असारे विकास खर्चमा अंकुश लगाएको छ । आइतबार बसेको समिति बैठकले असारमा १० प्रतिशतभन्दा बढी खर्च नहुने गरी कार्य गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।
0
नयाँ वर्षको सुरुवातसँगै शुक्रबारदेखि देशभर तीन नेपाली फिल्म ‘लभ लभ लभ’, ‘घामपानी’ र ‘राधे’ रिलिज भएका छन् ।
1
तेस्रो एक्सपर्ट कलेज प्रिमियर लिग काठमाडौंअन्तर्गत मंगलबार केसीसी र निस्ट कलेज विजयी भएका छन् । केसीसीले कमाड कलेजलाई १ विकेट र निस्टले साउथ वेस्टर्न कलेजलाई १ सय २९ रनले हराए ।
2
कालिका एफएमले प्रदान गर्दै आएको म्युजिक अवार्डमा ‘छक्का पञ्जा’ ले हयाट्रिक गरेको छ । एफएमको पन्ध्रौं वार्षिकोत्सव तथा तेह्रौं अवार्ड समारोहमा उक्त फिल्मका दुइटा गीत तीन विधामा पुरस्कृत भएका छन् ।
1
चित्रकार मनीषलाल श्रेष्ठ कलामा अनेक प्रयोग गरिहन्छन् । प्रतिस्थापन कलामार्फत उनी सामाजिक राजनीतिक प्रवृत्तिलाई मात्र हैन मानवीय प्रवृत्तिलाई पनि उत्तिकै व्यंग्य गरिरहेका हुन्छन् ।
1
बलिउडलाई रहस्यमयी मानिन्छ । कतिपय यो दुनियाँमा छिर्न असाध्यै मुस्किल रहेको बताउँछन् । कोही चाहिँ आफूमा क्षमता छ भने बलिउड स्वागतका लागि तम्तयार रहेको सुनाउँछन् । यद्यपि, त्यहाँ नातावाद वा भाइभतिजावादको प्रसंग धेरै आउने गरेको छ ।
1
निकेश खड्का अहिलेका व्यस्त म्युजिक भिडियो निर्देशकमध्येका एक हुन् । उनी महिनामा ५/७ वटा भिडियो बनाउँछन् । अचेल आफ्नो दोस्रो फिल्म ‘फाटेको जुत्ता’ को प्रचारप्रसारमा लागेर उनले भिडियोको काम थाँती राखेका छन् ।
1
एसियाली खेलकुदमा सहभागी हुने एथलेटिक्स खेलाडीलाई मंगलबारै नेपाल एथलेटिक्स संघले बिदाइ गरेको छ ।
2
मिसन आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ का लागि आवश्यक पर्ने भौतिक पूर्वाधारमध्ये सोमबार सुटिङ रेन्ज भवनको शिलान्यास गरिएको छ ।
2
पोखरामा ११ करोड रुपैयाँको लगानीमा वाटर फन पार्क ‘बिग स्प्लास’ सञ्चालनमा आउने भएको छ । आर्य दि रिसोर्ट एन्ड फन प्रालिले कुँडहरफाँटमा पार्क नयाँ वर्षदेखि विधिवत् सञ्चालनमा ल्याउन लागेको हो ।
0
म केवल लेखक त सजिलै हुनसक्छु तर म लेखक हैन । म पटकथा लेखक हुँ, जुन आधाआधी फिल्ममेकर पनि हो । तर पटकथा लेखन कला हैन, किनभने यसले कलाको रुपमा काम गर्दैन बरु अरुलाई कला कर्मका लागि आमन्त्रण गर्छ ।’
1
उत्तरी अमेरिकाको क्यारिबियन सागर तटको बारबाडोस देशको नाम धेरैलाई थाहा नहुन सक्छ । तर उक्त देशकी ३० वर्षीया चर्चित गायिका, गीतकार तथा अभिनेत्री रोबिन रिहाना फेन्टीलाई चिन्ने धेरै हुन सक्छन् ।
0
वाणिज्य बैंकहरूले सीधै अस्ट्रेलियन डलर पनि आयात गर्न पाउने भएका छन् । बजारमा अस्ट्रेलियन डलर अभाव हुन थालेपछि वाणिज्य बैंकहरूले पनि आयात गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको हो । राष्ट्र बैंकले आइतबार परिपत्र जारी गरी यस्तो निर्देशन दिएको हो ।
0
दोस्रो काठमाडौं अन्तर्राष्ट्रिय ग्यारोगी र पुम्से तेक्वान्दो च्याम्पियनसिपको ग्यारोगीअन्तर्गत तीनै विधामा नेपालका टोलीले प्रथम स्थान हासिल गरेका छन् ।
2
गजलकार सुरेश वाग्ले नयाँ म्युजिक भिडियोसहित देखिएका छन् । गायिका अञ्जु पन्त र गायक/संगीतकार मनोजराजको स्वर रहेको गजलले भन्छ :
1
विकेन्ड मनाउने संस्कृति हाम्रोमा पनि विकसित हुँदै छ । व्यावसायिक जीवनको थकाइ मेटाउन मान्छेहरु प्राय: शुक्रबार र शनिबारलाई मनोरञ्जनात्मक बनाउन थालेका छन् । यी दिनमा राजधानीका होटल, रेस्टुरेन्ट, फिल्म हल, क्लब र पब हाउसहरु प्राय: भरिभराउ हुन्छन् । हाम्रा सेलेब्रिटीहरुको सप्ताहन्त मनाउने तौरतरिका कस्तो होला ? कसरी मनाउँछन् ? कहाँ जान्छन् ?
1
आगामी एक वर्षभित्रै रसुवामा १ सय २३ मेगावाट विद्युत् उत्पादन हुने भएको छ ।
0
चन्द्रपुर महोत्सवमा अरू दिनभन्दा बुधबार भिन्न माहोल देखियो । गायक शिव परियार आउने भएपछि किशोर–किशोरी र युवा–युवती महोत्सव पुगेका थिए ।
1
राजधानी भित्रिनु वा बाहिरिनुपरे सबैको जम्का भेट हुने ठाउँ भनेकै मुग्लिन बजार हो । पूर्व ओहोरदोहोर गर्न अचेल सिन्धुली–बर्दिबास बाटो केही चल्तीमा भए पनि मुग्लिन महत्त्व कम भएको छैन । यो ठाउँले फिल्मी र ननफिल्मी गीतहरूमा पनि उत्तिकै ‘स्पेस’ पाएको छ ।
1
नेपालका स्टार मिडफिल्डर रोहित चन्द इन्डोनेसियन क्लब पर्सिजा जकाताबाट निरन्तर खेल्ने भएका छन् ।इन्डोनेसियाको उच्च श्रेणी ‘लिग वन’ क्लबसँग रोहितको नयाँ अनुबन्धबारे उनका एजेन्टले बताए ।
2
थाइल्याण्डमा भइरहेको वुमन्स टी–२० स्म्यास क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले चीनलाई १० विकेटले पराजित गरेको छ ।   थाइल्याण्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेकक्नोलोजी मैदानमा शनिबार भएको खेलमा चीनविरुद्ध नेपालले टस जितर पहिले फिल्डिङ रोजेको थियो ।
2
इन्डियन प्रिमियर लिगअन्तर्गत बिहीबार सनराइजर्स हैदराबादले दिल्ली डेयरडेभिल्सलाई ९ विकेटले पराजित गरेको छ । पहिलो ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८७ रन जोडेको थियो ।
2
बिहेको अघिल्लो वर्ष मात्रै करिश्मा कपुरका लगालग तीन फिल्म रिलिज भएका थिए । तर सन् २००३ को सेप्टेम्बरमा विवाह गरेपछि उनको अभिनय यात्रामा विराम लाग्यो । त्यसअघि पनि उनको सम्बन्ध अजय देवगणसँग तीन वर्ष चलेको थियो भने अभिषेक बच्चनसँग त इंगेजमेन्ट नै भएको थियो । तर केही महिनापछि नै उक्त नाता तोडियो ।
1
उन्नत जातका कुखुराको उत्पादन बढेसँगै रैथाने कुखुरा हराउँदै गएका छन् । यी जातका कुखुरा बढ्न ढिलो हुने, अण्डा थोरै पार्ने भएकाले किसान छोटो समयमा धेरै आम्दानी हुने उन्नत जातका कुखुरामा आकर्षित भएका हुन् । 
0
लामो समयदेखि रंगमञ्चमा लागेका राजकुमार पुडासैनीले थुप्रै नाटक खेले ।अभिनयमार्फत सामाजिक विभेदविरुद्ध सन्देश दिने काम पनि गरे । यति बेला भने उनी नाट्यकर्मीबीचमै हुने विभेदविरुद्ध काम गर्दै छन् ।
1
अग्रजहरूले सुरु गरेको ठाडोभाकाको प्रतियोगिता हुने भएपछि लोकगायिका बिमाकुमारी दुरा सुन्दरबजार नगरपालिकाको भोटेओडार आइन् ।
1
विदेशमा लगानी गर्नेको सूचीमा मुछिएपछि आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले ‘टयाक्स हेवन’ मुलुकमा आफ्नो लगानी नभएको दाबी गरेका छन् ।
0
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गएको जेठ दोस्रो साता दोर्दी करिडोर भ्रमण गर्दा जलविद्युत् आयोजनाका प्रवद्र्धकहरूलाई भनेका थिए, ‘आयोजना समयमा सक्नोस्, म एक युनिट पनि बिजुली खेर जान दिन्न ।’
0
बिना प्रतिस्पर्धा चिनियाँ कम्पनीलाई जिम्मा दिएको ७ वर्षपछि लगानी बोर्डले पश्चिम सेती आयोजना निर्माणको लागि नयाँ मोडालिटी खोजी गर्ने भएको छ ।
0
सीमावर्ती नाकाभन्दा केही पर भारतीय भूमिमा पर्ने क्षतिग्रस्त पुल पूर्ण रुपमा मर्मत हुन नसक्दा आयात निर्यात अझै सहज हुन सकेको छैन । गत वर्षको बाढीका कारण क्षति पुगेको जोगबनी पश्चिम मीरगन्ज खोलाको पुल पूर्ण रुपमा मर्मत नहुँदा यसको प्रभाव सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा परिरहेको छ ।
0
तपाईलाई आइसक्रिमको मनपर्ने स्वाद कुन हो ? ५० जनासँग यो प्रश्न सोध्नुस्, सबैको उत्तर फरक–फरक आउन सक्छ । यसो त तपाईले भेनिला, चकलेट या स्ट्राबेरीका स्वादहरू धेरैपटक चाखिसक्नुभएकै होला । अब पक्कै नयाँ स्वादको खोजीमा हुनुहुन्छ ? ती नयाँ स्वादमा ‘टोमाटो फ्लेभर्स’ पनि एक हुन सक्ला । हुन त यो फ्लेभर्स भएको आइसक्रिम तपाईको सूचीमा सबैभन्दा तल पर्न सक्छ ।
0
रानीपोखरी कर्नर टिम (आरसीटी) र श्रीभगवती क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलको उपाधि नजिक पुगेका छन् । दोस्रो चरणको लिगमा दुवैले २–२ जित निकालेका छन् । उपाधिको छिनोफानो यी दुईको खेलबाट लाग्नेछ ।
2
सरकारले आगामी वर्षदेखि विराटनगर, जनकपुर, नेपालगन्ज र धनगढी विमानस्थलाई क्षेत्रीय विमानस्थलका रूपमा स्तरोन्नति गर्ने भएको छ ।
0
डिफेन्डिङ च्याम्पियन विराटनगर वारियर्सले टीभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) का लागि सोमबार बाबर हायतसहित चार विदेशी खेलाडी र प्रशिक्षकको टुंगो लगाएको छ ।
2
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले हरेक नेपालीलाई जलविद्युत् आयोजनाको सेयरधनी बनाउन प्रारम्भिक छलफल सुरु गरेको छ । ऊर्जामन्त्री वर्षमान पुनको अग्रसरतामा मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा सरोकारवाला उच्च अधिकारीहरुसहित पहिलो चरणको छलफल सुरु भएको हो ।
0
अमेरिका चीनविरुद्ध व्यापारिक प्रतिबन्ध लगाउने मनस्थितिमा पुगेको समाचार माध्यमहरूले जनाएका छन् । अमेरिकी व्यवसायीको बौद्धिक सम्पत्ति चोरी र हस्तान्तरणलाई चीनले प्रोत्साहित गरेको पुष्टि भएको जनाउँदै प्रतिबन्ध लगाउने निष्कर्षमा पुगेको हाइट हाउसले जनाएको हो ।
0
युनिभर्सिटी क्रिकेट कपको दोस्रो संस्करण शुक्रबार सुरु हुँदै छ । युनिभर्सिटी क्रिकेट क्लबको आयोजनामा त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगितामा १६ कलेजले सहभागिता जनाउने छन् । 
2
 बैंक तथा वित्तीय संस्था आक्रामक ऋण प्रवाहमा लागेकाले प्रणालीगत जोखिम बढ्दै गएको राष्ट्र बैंकको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।
0
यौन मनोविज्ञानमा आधारित फिल्म नेपालमा खासै बनेको पाइँदैन । अझै यस्ता विषयमा खुलेर बहस भएकै पनि पाइँदैन । शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको ‘मिस्टर भर्जिन’ ले भने यसै विषयलाई उठान गरेको छ ।
1
एसियाली फुटबल महासंघ (एएफसी) का अध्यक्ष शेख सलमान बी इब्राहिम अल खलिफा दुई साताअघि आएका थिए । धुलिखेल बसे । सरोकारवालासँग भेटघाट पनि उतै गरे । हुन त अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित कार्यालयमा पनि उनको उपस्थितिमा एक कार्यक्रम भएको थियो ।
2
मेलम्ची खानेपानी आयोजनाको काम फेरि सुस्ताएको छ । निर्माण कम्पनी सीएमसीले सरकारसँग करिब १ अर्ब ६५ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेपछि काम सुस्ताएको हो । सरकारले क्षतिपूर्ति नदिएको भन्दै कम्पनीले काम ठप्प पारेको छ ।
0
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ४० करोड बक्यौता रकम नबुझाउने मलेसियाको ‘एयर एसिया एक्स’ लाई फेरि एक साताको म्याद दिएको छ ।
0
बहुप्रतीक्षित जलविद्युत् आयोजना पश्चिम सेतीबारे लगानी बोर्ड अनिर्णीत बनेको छ । सरकारले यो वर्षको बजेटमार्फत पश्चिम सेती स्वदेशी लगानीमा बनाउने घोषणा गरे पनि यसअघि नै प्रवद्र्धनको काम पाएको चिनियाँ कम्पनी चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेससनसँगको सम्झौता तोडिएको छैन ।
0
अमेरिकाको सिकागोमा नेपाल चलचित्र संघद्वारा आयोजित नेम्पा पपुलर फिल्म अवार्डमा अनमोल केसी र साम्राज्ञी राज्यलक्ष्मी शाहले लोकप्रिय अभिनेता–अभिनेत्रीको अवार्ड जितेका छन् ।
1
२०७३ पुस २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर साढे ३३ केजी सुनसहित गोपालबहादुर शाही पक्राउ परे । उनी बारम्बार सुन लिनकै लागि साउदी अरब जाने र आउने गरेको उनको पासपोर्टको यात्रा विवरणबाट देखिएको थियो ।
0
कर्णालीको कृषि, पर्यटन र इतिहाससहित विविध पक्ष जानकारी गराउन शुक्रबारदेखि राजधानीमा बृहत् कर्णाली प्रदर्शनी र मेला सुरु भएको छ । स्थानीय कलाकारहरूका झाँकीसहितको मेला उद्घाटन उपप्रधानमन्त्री ईश्वर पोखरेलले गरेका थिए । 
0
वित्तीय क्षेत्र विकास रणनीतिको मर्मविपरीत सरकारले बिमा समितिको स्वायत्तता खोस्न थालेको छ । आइतबार संसद्मा पेस भएको बिमासम्बन्धी विधेयकमार्फत सरकारले बिमा समितिका अधिकारहरू खोसेर आफ्नो (अर्थ मन्त्रालयकै मातहतमा) ल्याउन थालेको हो ।
0
हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित १० जनाको टोलीले शुक्रबारदेखि मुलुकका १० सहरमा प्रहसन देखाउने भएको छ । होटल एसोसिएसन अफ नेपाल (हान) सँगको सहकार्यमा हुन लागेको यो कार्यक्रम १३ गते पोखरामा सुरु भई फागुन २४ गते धरानमा टुंगिनेछ ।
1
थ्रीस्टार क्लबले चिरपरिचित प्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दीलाई हराएर अघिल्लो शनिबार पाँचौं उदयपुर गोल्डकप फुटबलको उपाधि जित्यो । खेल सकिँदा दुवै टिम १० खेलाडीमा सीमित भएका थिए ।
2
तेक्वान्दो आईटीएफ नेपालको आयोजनामा धुलिखेलमा भएको तेस्रो एभरेस्ट ओपन तेक्वान्दोमा नेपाली खेलाडीले टिम च्याम्पियनको ट्रफी जितेका छन् ।
2
नृत्य समूह ‘कार्टुन्ज क्रु’ बाट छुट्टिएर आफ्नै हिसाबले काम गरिरहेका सविन कार्की ‘बिस्ट’ युटयुबमा लगालग छाइरहेका छन् । केही अघि उनी ‘भाइरल भैदियो...’ गीतको भिडियोका कारण चर्चामा थिए । अहिले सविनकै निर्देशनमा बनेको ‘मिटिङ समवान फ्रम द सेम भिलेज’ शीर्षक कमेडी भिडियो युटयुब नेपाल ट्रेन्डिङको पहिलो नम्बरमा छ ।
1
डिफेन्डिङ च्याम्पियन भारतले सन्जु यादवको दुई गोल सहयोगमा पाँचौं साफ वुमेन्स च्याम्पियनसिप फुटबलमा बुधबार माल्दिभ्सलाई सहजै ६–० ले पन्छाउँदै उपाधि रक्षाको अभियान सुरु गरेको छ ।
2
तक्मे बूढाको उपनामले बढी चिनिएका हास्यकलाकार विल्सनविक्रम राईलाई मंगलबार एसपी वीरेन्द्रविक्रम लिम्बूले आफूले प्राप्त गरेको तक्मा सम्मान स्वरूप प्रदान गरेका छन्। वीरेन्द्र झन्डै २६ वर्ष सिंगापुर पुलिसमा सेवा गरी निवृत्त भएका हुन्।
1
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले धान रोपाइँ शत प्रतिशत हुने दाबी गरेको छ । वर्षा अनुकूल भएपछि शत प्रतिशत रोपाइँ हुने आकलन मन्त्रालयले गरेको हो ।मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन ७ गतेसम्ममा ७७.४७ प्रतिशत रोपाइँ सकेको छ ।
0
एकै व्यक्ति बैंकर र व्यवसायी हुन नपाउने व्यवस्थाका लागि केन्द्रीय बैंक फेरि गृहकार्यमा जुटेको छ । एउटै व्यक्तिले बैंक र व्यवसाय दुवै सञ्चालन गर्दा स्वार्थ बाझिने भएकाले वित्तीय क्षेत्रमा समस्या आएको निष्कर्षका आधारमा राष्ट्र बैंकले यस्तो गृहकार्य थालेको हो । 
0
उच्च अदालत इलाम इजलासले निकासी कर नलिन जिल्ला समन्वय समिति झापालाई अन्तरिम आदेश दिएको छ । जिल्ला समन्वय समिति झापाले सीमा नाका काँकडभिट्टाबाट कर उठाउँदै आएको थियो ।
0
टेस्ट क्रिकेटमा डेब्यू गरिरहेका लुंगी एनगिडीको उत्कृष्ट प्रदर्शनमा दक्षिण अफ्रिकाले दोस्रो टेस्टमा भारतलाई १ सय ३५ रनले पराजित गरेको छ । तीव्र गतिका बलर एनगिडीले ३९ रन खर्चंदै ६ विकेट लिएपछि भारतीय इनिङ्स १ सय ५१ रनमा समेटिएको थियो । दक्षिण अफ्रिकाले तीन खेल शृंखलामा २–० को अग्रता लिँदै उपाधि कब्जा गरेको छ ।
2
सरकारद्वारा गठित एक अध्ययन समितिले पेट्रोलियम भण्डारणमा ठूलो लगाानी नगर्न सुझाव दिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको समितिले दिएको प्रतिवेदनले पेट्रोलियम भण्डारणमा ठूलो लगानी नगर्न स्पष्ट शब्दमा नभने पनि आशय हतार गर्न नहुने भन्ने देखिन्छ ।
0
लस एन्जल्सबाट सञ्चालित बजनेट नामक सोसल मिडिया नेटवर्कले गरेको पोलमा गायिका वियोन्से विश्वकै सर्वाधिक सुन्दरीमा सूचीकृत भएकी छन् भने उनलाई बलिउड नायिका प्रियंका चोपडाले पछ्याएकी छन् ।
1
एपीएफ क्लबका गोपीचन्द्र पार्की मंगलबार आयोजित हाफ म्याराथन दौडमा विजेता भएका छन् । संविधान दिवसका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आयोजना गरेको हाफ म्याराथनको निर्धारित २१ किलोमिटर दूरी गोपीचन्द्रले १ घण्टा १० मिनेट ५३ सेकेन्डमा पूरा गरेका थिए ।
2
राजधानीलगायत देशका विभिन्न सहरमा नाटक महोत्सव चलिरहेका छन् । नाटकको माहोलबाट पोखरा पनि अछुतो रहन सकेन ।  पोखरा थिएटर र युथ क्रिएसन थिएटरले गन्धर्व नाटकघरमा अन्तर्राष्ट्रिय नाटक महोत्सव गरेका छन् ।
1
संकटा क्लबले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार पछाडि परेको स्थिति उल्टाएर थ्रीस्टारमाथि २–१ को जित रच्दै सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दोस्रो स्थान पक्का गरेको छ ।
2
यतिबेला मनाङमा स्याउ टिप्ने चटारो छ । मनाङको ङिस्याङ–१, भ्राताङको स्याउ बगैंंचामा दैनिक स्याउ टिप्नेको भीड लागेको छ । एग्रो मनाङको उक्त स्याउ फार्ममा मात्रै दैनिक ५५ जना कामदार स्याउ टिप्न खटिने गरेका छन् । ‘हाई डेन्सिटी’ प्रविधिको उक्त फार्मको ४ सय ५० रोपनीमा स्याउ फलेको छ ।
0
बागबजारकी प्रमिला महर्जनको पाँचतले घर छ । माथिल्लो तलामा लस्करै गमला छन् । ती गमलामा थरीथरीका फूल फुलेका छन् । २५ वटा गमलामा कुनै बोटले कोपिला हाल्दै छन् भने कुनैले फुलेर सौन्दर्य थपेका छन् । अब उनलाई फूल मात्र फुलाउन मन छैन ।
0