text stringlengths 71 459 | label int64 0 2 |
|---|---|
रात छिप्पिँदै थियो । चिसो बढ्दै थियो । एक हूल पुुरुष मोडल कम्मरमाथि चाहिँ कोट मात्रै लगाएर र्याम्पमा देखा परे । दर्शकलाई यो दृश्य कौतूहलपूर्ण लागेको उनीहरूको हाउभाउबाट बुझिन्थ्यो । | 1 |
राष्ट्र बैंकले क्यासिनोमा हुने कारोबारमा कडाइ गर्ने भएको छ । क्यासिनोमा हुने विदेशी विनिमयको कारोबार व्यवस्थित र पारदर्शी हुन नसकिरहेको समयमा राष्ट्र बैंकले कडाइ गर्ने नीति ल्याएको हो । क्यासिनो सञ्चालनका सम्बन्धमा राष्ट्र बैंकले हालै जारी गरेको एकीकृत परिपत्रमा इजाजत, कारोबार रिपोर्टिङ, नगद कारोबार, खाता सञ्चालन, रकम ट्रान्सफर लगायत विविध पक्षमा कडाइ गरिएको हो । | 0 |
तीन जिल्लामा १ सय ९२ किलोमिटर लम्बाइको सडक निर्माणका लागि ५ अर्ब ११ करोड ८९ लाख रुपैयाँका सात ठेक्का लगाइएको छ । अनुगमन निरीक्षणका लागि जिम्मेवार कार्यालय छैन । मधेसको ‘लाइफलाइन’ का रूपमा मानिएको हुलाकी सडक राष्ट्रिय गौरवको योजना हो । | 0 |
लिम्बू भाषाको फिल्म ‘केसाङ्ला’ को छायांकन सकिएको छ । लोकेन साम्बाको कथा र निर्देशन रहेको फिल्ममा लिम्बू समुदायमा प्रचलित सलुक्पा मेखिम (चोरीविवाह) लाई मुख्य विषयवस्तु बनाइएको छ । | 1 |
सरकारी घोषणा भएको एक वर्ष बितिसक्दा समेत १ सय ९७ स्थानीय तह अझै बैंकविहीन नै छन् ।
राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मौद्रिक नीतिअनुसार ७ सय ५३ स्थानीय तहमध्ये असार २४ गतेसम्म ५ सय ५६ मा मात्रै वाणिज्य बैंकको उपस्थिति पुगेको छ । यस आधारमा २६ प्रतिशत स्थानीय तह अझै बैंकविहीन छन् । | 0 |
पाँच तारे होटलले मात्रै सञ्चालन गर्दै आएको क्यासिनो अबदेखि रिसोर्टले पनि चलाउन पाउने गरी नियम बनाउन लागिएको छ । | 0 |
त्रिशूली नदी प्रदूषण गरेको भन्दै जिल्लाका बालुवा प्रशोधन उद्योगहरू बन्द भएपछि विकास निर्माण प्रभावित भएको छ । भूकम्पपछिको पुनर्निर्माणसमेत ठप्प भएको छ । सदरमुकाममा दर्जनभन्दा बढी सरकारी भवन निर्माणाधीन छन् । | 0 |
सरकारले वित्तीय अनुशासनमा कडाइ गर्ने नीति ल्याएको छ । केही वर्षयता बैंक तथा वित्तीय संस्थामा सुशासन कमजोर बन्दै गएको समयमा सरकारले यस्तो नीति ल्याएको हो । | 0 |
नवीन सुब्बा निर्देशित ‘गुडबाई काठमाडौं’ फिल्मले २३ औं कलकत्ता इन्टनेसनल फिल्म फेस्टिभलको ‘एसियन सेलेक्ट’ विधामा अवार्ड जितेको छ । नोभेम्बर १० देखि १७ सम्म भएको फेस्टिभलमा सुब्बाको फिल्मलाई नेटवर्क फर द प्रमोसन अफ एसियन सिनेमा (नेटप्याक) ले ‘बेस्ट फिल्म’ को ट्रफी र प्रमाणपत्र प्रदान गर्यो । | 1 |
टीभीएस एभरेष्ट प्रिमियर लिग ईपीएलको उपाधि ललितपुर प्याट्रियट्सले जितेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा भैरहवा ग्ल्यालिडएटर्सलाई १४ रनले हराउँदै उपाधि जितेको हो । | 2 |
फोटो सेयरिङका लागि प्रख्यात ‘इन्स्टाग्राम’ मा अहिले नयाँ ट्रेन्ड छाएको छ । सेलेब्रिटीहरूले आफ्नो छालामा भएका दाग, धब्बा, डन्डीफोर, कोठी, मुसा सबै देखिने गरी फोटो अपलोड गर्न थालेका छन् । | 1 |
क्रिकेटर सन्दीप लामिछानेसहित आठ खेलाडी आइतबार दशरथ चन्द मेधावी खेलाडी प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन् । शहिद दशरथ चन्द मेमोरियल ट्रस्टले सन्दीपसहित क्षेत्रगत रूपमा पााच र पाराबाट दुई खेलाडी पुरस्कृत भए । | 2 |
भवन भाडाबाटै वार्षिक एक करोड रुपैयाँ बढी आम्दानी गरिरहेको न्युरोड टिम (एनआरटी) सहित फ्रेन्ड्स र जावलाखेल युवा क्लबले ५ वर्षपछि सुचारु हुन लागेको सहिद स्मारक ए डिभिजन लिगमा प्रतिस्पर्धा गर्न आनाकानी गरिरहेका छन् । | 2 |
अभिनेता रमेश उप्रेतीले आफ्नै निर्माणमा खेलेको फिल्म ‘ऐश्वर्य’ ले हलमा दर्शक बटुलिरहेका बेला निर्माण युनिटले फिल्म क्षेत्रका हेभिवेटलाई स्पेसल सोमा आमन्त्रण गरी फिल्म देखाएको छ । | 1 |
राष्ट्रकवि माधवप्रसाद घिमिरेको घर त्यो दिन उल्लासमय थियो । उनको सयौँ जन्मोत्सव शुभकामना दिनेमध्ये कतिपय छेउमै बजिरहेको पञ्चै बाजाको तालमा नाचिरहेका थिए । पञ्चैबाजा टोलीले घरी पाहुनाको चाहना अनुसार धुन बजाइरहेको थियो त घरी राष्ट्रकविको पूजा, स्वागत र सम्मान भाव झल्काउने गरी । केही समयपछि राष्ट्रकविले घरबाहिर निस्किनुपर्ने भयो । | 1 |
प्रांगारिक मल प्रयोग गर्दा कस्तुरी र बासमती धानको राम्रो उत्पादन भएको छ । यी दुई जातको धानबालीमा गरिएको प्रयोगले यो परिणाम देखाएको हो । | 0 |
धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगले किसानको गत वर्षको बाँकी भुक्तानी चुक्ता नगरेसम्म उखु क्रसिङ गर्न नदिने किसानहरूले चेतावनी दिएका छन् । पुरानो भुक्तानी नदिई उद्योगीले जबर्जस्ती उद्योग सञ्चालन गरे उद्योग परिसरमा आत्मदाह गर्नेसम्मको चेतावनी उनीहरूको छ । उद्योग सञ्चालनका लागि उद्योगीले बोलाएको छलफलमा किसानहरूले पुरानो रकम तत्काल पाउनुपर्ने अडान राखेका थिए । | 0 |
पाटनस्थित यलमाया केन्द्रमा आयोजित ‘फिल्म साउथ एसिया, २०१७’ मा भारत, श्रीलंका, बंगलादेश, बेलायत, अमेरिकालगायत विभिन्न देशका फिल्ममेकर सहभागी थिए । | 1 |
पर्वतमा नेपालमा मात्रै पाइने फलका रूपमा विश्वभर परिचित लप्सीको उत्पादन र प्रशोधन बढ्दै गएको छ । फलेबास–४ मुडिकुवास्थित सामुदायिक खाद्य प्रशोधन उद्योगले अघिल्ला वर्षहरूको तुलनामा झन्डै दोब्बर लप्सी प्रशोधन गरेर विभिन्न परिकारहरू उत्पादन गरेको हो । | 0 |
नारीप्रधान फिल्म ‘वीरांगना’ असार २९ मा रिलिज हुने भएको छ । शिल्पा पोखरेल र अनुपविक्रम शाहीको अभिनय रहेको उक्त फिल्मलाई राजबहादुर सानेले निर्देशन गरेका हुन् । | 1 |
नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा राजन कठायत निर्देशित ‘शेर्ढाक : द गोल्डेन हिल’ उत्कृष्ट घोषित भएको छ । | 1 |
व्यवसायीको दबाबमा एक महिनादेखि ठप्प बजार अनुगमन अब केन्द्र सरकारबाट हट्ने भएको छ । हाल बजार अनुगमन गर्दै आएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागलाई वाणिज्य विभागमा गाभिने हुँदा केन्द्रबाट अनुगमन हट्ने भएको हो । | 0 |
वर्षौंदेखिको अन्योल र किचलोपछि सरकारले ७५० मेगावाटको पश्चिम सेती आयोजना स्वदेशी लगानीमा बनाउने निर्णय गरेको छ । आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री युवराज खतिवडाले उक्त घोषणा गरेका हुन् । आयोजनाको निर्माण कार्यका लागि १ खर्ब ८० अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । | 0 |
काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाइटेडलाई हराउँदै रुस्लान धनगढी प्रमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । काठमाडौंले महेन्द्रनगर युनाइटेडलाई ५ विकेटले हराउँदै फाइनल प्रवेश गरेको हो । | 2 |
कास्की जिल्ला फुटबल संघले फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ । वरिष्ठ फुटबल प्रशिक्षक कृष्ण थापाले आइतबार एन्फा कास्की उपाध्यक्ष तथा एकेडेमीका संयोजक ईश्वर गुरुङलाई बल हस्तान्तरण गर्दै एकेडेमीको विधिगत शुभारम्भ भएको घोषणा गरे । | 2 |
तरकारी तथा फलफूल प्रदर्शनीमा उत्कृष्ट भएका यहाँका किसानलाई सम्मान गरिएको छ । विदुरमा सञ्चालन भइरहेको पाँचौं नुवाकोट महोत्सवमा तरकारी तथा फलफूलका विभिन्न सात विधामा उत्कृष्ट भएका किसानलाई नगद र सम्मानपत्रबाट शुक्रबार पुरस्कृत गरिएको हो । | 0 |
सहिद स्मारक ए डिभिजन लिग फुटबलमा लिगको पुच्छारमा रहेका फ्रेण्ड्स क्लव र जावलाखेल युथ क्लवले ३-३ गोल गर्दै बुधबारको खेल बराबरी गरेका छन् । | 2 |
संसारकै सबैभन्दा उचाइमा रहेको तिलिचो ताल (४,९१९ मि.) घुम्ने मौसम सुरु भएको छ । खुला आकाश र नीलो देखिने ताल घुम्न यतिबेला दैनिक सयौं पर्यटक तिलिचो पुग्ने गरेका छन् । | 0 |
एक नेपालीले मोबाइल कुराकानीमा कति रुपैयाँ खर्च गर्लान् ? प्रत्येक व्यक्तिलाई सोध्दा यो प्रश्नको उत्तर निकै सानो रकममा आउला । | 0 |
मुलुकमा करिब ८० अर्ब रुपैयाँ बराबरको कपडा अवैधानिक आयात हुने दाबी सरोकारवालाले गरेका छन् । नेपाल कपडा उद्योग संघका अनुसार वार्षिक १ अर्ब मिटर कपडा आवश्यक पर्छ । | 0 |
एकसाथ प्रदर्शन हुन लागेका दुई फिल्म ‘पञ्चेबाजा’ र ‘रोमियो एन्ड मुना’ ले बिहीबार नै आआफ्ना नयाँ गीत सार्वजनिक गरेका छन् । घनश्याम लामिछाने निर्देशित ‘पञ्चेबाजा’ को ‘घिन घिन मादल...’ लोक शैलीको रहेको छ भने नरेशकुमार केसी निर्देशित ‘रोमियो एन्ड मुना’ को ‘स्यान्डविच मी...’ पार्टी सङ फ्लेभरको छ । | 1 |
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ‘अधीन’ मा अखिल नेपाल फुटबल संघ (एन्फा) चलिरहेको थियो । राखेपले चाहेजस्तै एन्फा नेतृत्व फेरिन्थ्यो । राखेपले रुक्मशमशेर राणालाई हटाएर २०५१ साल चैतमा गणेश थापालाई अध्यक्ष बनाएको थियो । त्यसपछि थापाले एन्फालाई राखेपको हस्तक्षेप गर्ने चलनबाट मुक्त गरिदिए तर आफैंले राज गरे । | 2 |
दसौं संस्करणको साफ च्याम्पियनसिप मंगलबार बंगलादेशको ढाकामा सुरु हुँदै छ । बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा आज मध्यान्ह स्थानीय समयअनुसार ३ बजेर ४५ मिनेट (नेपाली समय ४ बजे) मा सुरु हुँदै छ । | 2 |
राष्ट्रिय खेलकुद परिषद्ले आठौं राष्ट्रिय खेलकुदको मिति तोकेपछि यहाँका बासिन्दाले स्वागत गरेका छन् । आठौं राष्ट्रिय २०७५ मंसिर २१ देखि २८ सम्म हुनेछ । मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले शनिबार परिषद्को निर्णयलाई स्वागत गर्दै र्याली निकालेको छ । | 2 |
जंगलमा पाइने काँडादार वनस्पतिको फल ऐंसेलु बेचेर स्थानीयले एक महिनाको अवधिमा ७० लाख रुपैयाँभन्दा बढी रकम आम्दानी गरेका छन् । जंगलमा टिपेको ऐंसेलु संखुवासभाको टुटेमा खुलेको मकालु वाइन इन्डस्ट्रिजलाई बिक्री गरेर गाउँलेले यति कमाइ गरेका हुन् । | 0 |
संगीतसम्बन्धी फिल्म र डकुमेन्ट्री हामीकहाँ निकै कम बनेका छन् । यो विषयमा रुचि हुनेले विदेशी सामग्री हेर्नुको विकल्प छैन । | 1 |
नेपालले १८ औं एसियाली खेलकुदमा पहिलो पदक जित्ने लगभग निश्चित जस्तै भएको छ । इन्डोनेसियामा भइरहेको प्रतियोगितामा प्याराग्लाइडिङको क्रस कन्ट्रीतर्फ नेपालको पुरुष टोली उत्कृष्ट प्रदर्शन गर्दै पदकनजिक पुगेको छ । | 2 |
इन्धन खरिदमा पाच वर्षमा साढे ५ खर्ब रुपैयाँ बाहिरिएको छ । सवारी साधन संख्यामा वृद्धि, पुनर्निर्माण र औद्योगिक क्षेत्रभित्र खपत बढेसँगै आयात पनि बढेको हो । आयल निगमको तथ्यांकअनुसार गत आर्थिक वर्षमा मात्र करिब २७ लाख किलोलिटर/टन इन्धन आयात भयो । | 0 |
केन्द्रीय प्रयोगशालाले बुधबार सार्वजिनक गरेको दूधको नमुना परीक्षण प्रतिवेदनअनुसार राजधानीमा बिक्री वितरण हुने गाईभैंसीको दूधमा अहिले सरसफाइमा प्रयोग गरिने कास्टिक सोडाको मिसावट डरलाग्दो अवस्थामा देखिएको छ । | 0 |
नारायणगढ–मुग्लिन सडक आयोजनाका लागि मात्रै सञ्चालन भएको क्रसर उद्योगले बाहिर गिट्टी बालुवा बेच्ने गरेको पाइएको छ । अघिल्लो साता आयोजनाका लागि राखेको क्रसरको बालुवा बाहिर बेच्न हिँडेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको थियो । | 0 |
सेलेब्रिटीहरूको दाम्पत्य जीवनबारे धेरैलाई चासो हुन्छ । बलिउडमा पनि तिनका मिलन–विछोडका किस्सा समाचार बन्छन् । आमीर खान–रिना दत्त, अमृता सिहं–सैफ अलि खान, अरबाज खान–मलाइका अरोडा, ह्तिक रोशन–सुजैन जस्ता बलिउड दम्पतीको बिछोडले बलिउडमा तरंग ल्याएको थियो ।
| 1 |
दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता मंगलबारदेखि पोखरामा सुरु हुँदैछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको संयोजनमा हुने प्रतियोगितामा पहिलो हुनेले ३ लाख ५० हजार
रुपैयाँ पाउनेछ । | 2 |
बौद्धिक र शारीरिक अपांगता भएका अटिज्म र डाउन सिन्ड्रोम बालबालिकालाई सहभागी गराएर धरानमा फरक शैलीको ‘इन्क्लुसिभ फेसन सो’ प्रदर्शन गरिएको छ । | 1 |
चीन सरकारले अनुदानमा दिएको खाने तेल लिलाम गर्दा पनि बिक्री हुन सकेको छैन । अनुदानबाट प्राप्त तेल बिक्री नहुँदा गोदामै बिग्रेको छ । संस्थानका अनुसार नाकाबन्दीको समयमा चीन सरकारले १० हजार ६ सय लिटर तेल अनुदानस्वरूप नेपाल सरकारलाई उपलब्ध गराएको थियो । | 0 |
चालु आर्थिक वर्षको पाँच महिनामा भारतबाट मात्र ५१ अर्ब ८२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा यो करिब २३ प्रतिशतको वृद्धि हो । | 0 |
थाहा दर्शनका अभियन्ता, राजनीतिज्ञ तथा दार्शनिक रुपचन्द्र विष्टको जीवनीमा आधारित चलचित्र ‘रुदाने’ को फस्ट लुक सार्वजनिक भएको छ । | 1 |
जापानमा हुने यू–१२ कोपा पुमा टोरेरस फुटबल प्रतियोगिताका लागि नेपाली टोली छनोट गरिएको छ । पूर्व राष्ट्रिय खेलाडी वसन्त गौचनको उपस्थितिमा पोखरा रंगशालामा १२ सदस्यीय टोली छनोट गरिएको हो । | 2 |
भूकम्प पीडामाथि निर्मित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ का निर्देशक गणेश पाण्डेलाई अमेरिकी सरकारको न्युजर्सी सिटी काउन्सिलले सम्मान गरेको छ । तीन वर्षअघि नेपालमा गएको भूकम्पमाथि फिल्म बनाएर विश्वको ध्यान नेपालतिर खिच्न सफल भएको भन्दै न्युजर्सी सिटी काउन्सिलले सम्मान गरेको हो । | 1 |
मिस युनिभर्सको फाइनल राउन्ड हुनुभन्दा एक दिनअघि नगमा श्रेष्ठले आफ्नो फेसबुक प्रोफाइलमा बिना घलेले डिजाइन गरेको गाउन लगाएको फोटो अपलोड गरेकी थिइन् । | 1 |
अन्नबाली उत्पादनको क्षेत्रफल ८९ हजार हेक्टरले घट्ने देखिएको छ । खेतीयोग्य जमिन प्लटिङसँगै किसान अन्य बालीतर्फ आकार्षित भएपछि अन्नबालीको क्षेत्रफल घट्ने अनुमान कृषि मन्त्रालयले गरेको हो । मन्त्रालयले तयार पारेको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा अन्नबालीको क्षेत्रफल ८९ हजार ३ सय ३१ हेक्टर घट्नेछ । | 0 |
चलचित्र कलाकार संघ (फान) ले गत वर्षदेखि गर्दै आएको फिल्म अवार्डमा यस वर्ष फिल्म ‘छक्का पञ्जा’ ले वर्चस्व राखेको छ । | 1 |
एसियाली खेलकुदमा लगातार तेस्रोपल्ट नेपाली तेक्वान्दो पदकविहीन भएर फर्कने भएको छ । १८ औं संस्करण जारी रहँदा बिहीबार दुई नेपाली खेलाडीको खेलसँगै तेक्वान्दोको इन्डोनेसिया यात्रा सकिएको छ । एसियाली खेलकुदमा गौरवशाली इतिहास बनाएको तेक्वान्दोका खेलाडीले पछिल्ला तीन संस्करणमा पदक जित्न सकेनन् । | 2 |
साफ च्याम्पियनसिप अन्तर्गत मंगलबार भएको पहिलो खेलमा पाकिस्तानसँग नेपाल २-१ गोलले पराजित भएको छ । | 2 |
नेपालको चर्चित लोकरक ब्यान्ड नेपथ्यले अस्ट्रेलियाका तीन सहरमा सांगीतिक प्रस्तुति दिने भएको छ । ब्यान्ड अबका केही दिनमै यता आउँदै छ ।
| 1 |
टिपटप–११ लाई ८ रनले पराजित गर्दै फाइटर्सले मारवाडी प्रिमियर लिग (एमपीएल) को उपाधि जितेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न फाइनल जित्दै फाइटर्सले १ लाख ५१ हजार रुपैयाँ पुरस्कार हात पार्यो । उपविजेता टिपटप–११ ले ८१ हजार रुपैयाँमा चित्त बुझायो । | 2 |
गोपाल खड्काको राजनीनामापछि नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशकमा १७ जनाले आवेदन दिएका छन् । सार्वजनिक संथानका कर्मचारीदेखि पूर्वमहाप्रबन्धकहरूसमेतले आवेदन दिएका हुन् । | 0 |
कञ्चनपुरको कृष्णपुर ५ गुलरियाका सुरेन्द्र चौधरीले ४० लाख रुपैयाँभन्दा बढी लगानी गरी १६ बिघामा केरा खेती गरेका छन् । उनले हरेक वर्ष लगानी र क्षेत्रफल बढाउँदै लगेका छन् । उनले सुरुमा दुई कट्ठामा केरा लगाए । त्यसपछि बढाउँदै लगेका हुन् । | 0 |
सामाजिक सञ्जालमा मंगलबार दिनभरजसो नेपाली पोसाक लाएका दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलाजस्तै देखिने एउटा अनुहार छाइरह्यो । अनलाइनहरूमा पनि समाचार छाए । | 1 |
वर्षा सुरु भएसँगै मुलुकभर विकास निर्माणको लहर चलेको छ । अविरल वर्षाकै बीच कतै सडक खन्दै गरेको त कतै पिच गर्दै गरेको दृश्य नौला लाग्न छाडिसकेका छन् । असार लागेपछि महिनौंदेखि रोकिएका निर्माणले गति लिने एक प्रकारको परम्परा बसिसकेको छ । | 0 |
किबी खेती प्रवद्र्धन गर्न जिल्लालाई ‘किबी जोन’ बनाइने भएको छ । अघिल्लो वर्ष नै किबी जोनको कार्यक्रम सञ्चालन हुने जानकारी गराइए पनि बजेट अभावमा हुन सकेको थिएन । भदौको पहिलो सातादेखि यसको काम सुरु हुने भएको छ । | 0 |
कोटेश्वरका शिक्षित पराजुलीले ७ वर्षयता विद्युतीय कार प्रयोग गर्दै आएका छन् । रेभा कम्पनीको उक्त कार एक पटक चार्ज गर्दा करिब ८० किलोमिटर पार गर्छ । | 0 |
बाल्यकाल, किशोरावस्था र अहिले बुढयौली आँखाले अनवरत एउटै नाच हरेक वर्ष हेर्दै आएकी ६७ वर्षीया विष्णुमाया श्रेष्ठ सोमबार फरक मुडमा थिइन् । उनले बाल्यकालमा देखेको गाई (ताहा साँ) अचेल झिलिमिली भएछ । | 1 |
यहाँ ६ प्रजातिका अलैंची खेती गरिएको छ । किसानको रोजाइमा भने ‘रामसाई’ र ‘गोलसाई’ छन् । ग्रामीण बस्ती नजिकै, सामान्य उचाइ तथा वातावरणमा हुने भएपछि किसानको रोजाइ यी दुई प्रजातिमा परेका हुन् । | 0 |
हाँस्नु स्वास्थ्यका लागि राम्रो हो । यही ध्येयका साथ होटल र्याडिसनमा मह जोडीसँगै अन्य कलाकारले ‘कमेडी नाइट’ प्रस्तुत गरे । | 1 |
छैटौं मनकामना केबुलकार पोखरा कप अन्तर्राष्ट्रिय फुटबल माघ १५ देखि २६ सम्म पोखरा रंगशालामा हुने भएको छ । कास्की जिल्ला फुटबल संघले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो । | 2 |
लगातार दोस्रो पराजय बेहोरेपछि नेपालको एसिया कप छनोटको फाइनलमा पुग्ने सम्भावना पातलो हुँदै गएको छ । वान–डे अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा बिहीबार दाबेदार यूएईले नेपाललाई ७८ रनले पराजित गर्यो । | 2 |
आयोजक माइभ्याली फुटबल क्लबले सरदमुकामस्थित टुँडिखेलमा बिहीबार सुरु चौथो माइभ्याली गोल्डकप फुटबलमा कास्की ११ लाई ३–२ ले पराजित गरेको छ । माइभ्यालीको चौथो संस्करणसम्म आइपुग्दा यो आयोजकको पहिलो जित हो । | 2 |
गायक प्रमोद खरेल माघे संक्रान्तिमा यो पश्चिमी भे।गमा थिए । पहिलोपल्ट कन्सर्टका सिलसिलामा बागलुङको जैमिनीमा आएका गायकले फ्यानहरूलाई भरपूर मनोरञ्जन दिए । | 1 |
भ्यालेन्टाइन्स डेमा समर्पित गर्दै गायक रामकृष्ण ढकालले नयाँ म्युजिक भिडियो प्रिमियर गरेका छन् । केएल टावरको एफक्यूबमा आयोजित कार्यक्रममा ‘यस्तो को हौ तिमी...’ बोलको गीत निकालेका उनले श्रीमती निलम शाह ढकाललाई गुलाफको फूल थमाए । | 1 |
दस खेलाडीमा सीमित चेल्सीले सोमबार राति इंग्लिस प्रिमियर लिगमा वाटफोर्डको हातबाट स्तब्धपूर्ण ४–१ को हार बेहोरेको छ र यसले व्यवस्थापक एन्टोनियो कोन्टेमाथि चर्को दबाब सिर्जना भएको छ । | 2 |
सरकारले अमेरिकाको मिलेनियन च्यालेन्ज कर्पोरेसनको सहयोगका दुई आयोजनालाई राष्ट्रिय गौरवका परियोजना घोषणा गरेको छ । | 0 |
राजधानीमा जन्मे हुर्केका चित्रकार सुनील रञ्जितले धौलागिरि क्षेत्रमा प्रचलित पुन मगर समुदायको लोकनृत्य आँखाभरि सजाएका छन् । उनले बनाएका चित्रहरूमा पुन मगर समुदायका पुख्र्यौली नृत्यको प्रत्यक्ष महसुस गर्न सकिन्छ । | 1 |
कप्तान जोए रुटको उत्कृष्ट प्रदर्शन मदतमा इंग्ल्यान्डले सोमबार ५५ वर्षयता पहिलोपल्ट विदेशी भूमिमा टेस्ट शृंखलाको क्लिन स्विप इतिहास रचेको छ । | 2 |
धनगढी क्रिकेट एकेडेमी (डिसिए)को टोली १० दिने खेल भ्रमणको लागि भारतको मुम्बईतर्फ गएको छ । डिसिएको उक्त क्रिकेट टोलीले मुम्बईका विभिन्न स्थानीय क्लब तथा एकेडेमीसँग एक दिवसीय खेलहरु खेल्ने छ । | 2 |
माथिल्लो अरुण जलविद्युत् आयोजना तीन वर्षभित्र निर्माण सुरु गर्ने गरी तयारी गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । लामो समय सरकारले आफ्नो स्वामित्वमा राखेका आयोजना केही महिनाअघि मात्रै प्राधिकरणले सहायक कम्पनीमार्फत अघि बढाउने स्वीकृति पाएको हो । | 0 |
माथिल्लो खोरुंगा खोला जलविद्युत् आयोजना निर्माणको ५० प्रतिशत काम सम्पन्न भएको छ । तोकिएको समयसीमा अगावै काम सम्पन्न गर्ने गरी काम भइरहेको प्रवद्र्धक तेह्रथुम पावर कम्पनीले जनाएको छ । यो आयोजनाबाट ७ दशमलव ५ मेगावाट बिजुली उत्पादन हुनेछ । | 0 |
विभिन्न परियोजनामा वैदेशिक लगानी भित्र्याउन सरकारले चैतमा गर्ने लगानी सम्मेलनको तयारी तीव्र गतिमा भइरहेको जनाएको छ । | 0 |
१६ प्रतिस्पर्धीलाई पछि पार्दै काठमाडौंकी रिजु मानन्धरले ‘मिस नेवा:’ को १३ औं संस्करण जितेकी छन् । पब्लिक च्वाइस अवार्डसमेत जितेकी उनले ताजसहित २० हजार रुपैयाँ पाइन् । | 1 |
शुक्रबारदेखि शेर्पा, हयोल्मोलगायत हिमाली समुदायको नयाँ बर्ष ग्याल्बो ल्होसार सुरु भयो । यसपटक मलमास परेकाले केही तामाङ समुदायले शुक्रबारै सोनाम ल्होछार पनि मनाए । हिमाली समुदायले ग्याल्बो ल्होसारको कसरी मनाइरहेका छन् ? | 1 |
अहिलेका निकै व्यस्त अभिनेता हुन् दयाहाङ राई । उनलाई बग्रेल्ती फिल्म खेलेको आरोप लाग्ने गरेको छ । दयाहाङ स्वयं पनि यो आरोप सही हो भन्न थालेका छन् । | 1 |
कृषि मन्त्रालयले चालु आर्थिक वर्षका लागि धानको मूल्य सिफारिस गरे पनि कार्यान्वयनमा भने चुनौती देखिएको छ । धानको बिक्रीलाई सुनिश्चित गर्न सरकारले विगतदेखि समर्थन मूल्य तोकेर धान खरिद गर्ने बताउँदै आएको छ । | 0 |
सरकारले बजेट भाषणमार्फत उखु किसानलाई उत्पादन अनुदान दिने घोषणा गरे पनि कृषि मन्त्रालयले बजेट भेट्टाउन सकेको छैन । मूल्य अभिवृद्धि कर फिर्ता गर्दा किसानले नपाएको गुनसोपश्चात् सरकारले अनुदान दिने घोषणा गरेको थियो । | 0 |
मदिरालाई लागुऔषधजस्तै हानिकारक दर्जामा राखिएको भन्दै व्यवसायीले पुनरावलोकन गर्न सरकारसमक्ष माग गरेका छन् । | 0 |
झुमा लिम्बूको सांगीतिक पहिचान भिन्न छ । उनी अनेक स्वरको खोजीमा लागिपरेकी छन् । नेपाली लोकजीवन र सांस्कृतिक मौलिकता बोकेको त्यस्ता रैथाने स्वरहरू खोज्दै पूर्वदेखि पश्चिम भौंतारिएकी उनको नेतृत्वमा नयाँ सांगीतिक अभियान सुरु भएको छ— रैथाने संगीत शृंखला । | 1 |
सोले हुँदै भाल्चे जाने सडक ठेकेदारले तोकिएको समयमा काम नगर्दा अलपत्र परेको छ ।
मूल ठेकेदारले पेटी ठेकेदारलाई सडक निर्माण गर्ने जिम्मा दिएकामा उसले हात झिकेपछि किस्पाङ गाउँपालिका ५ मनकामना–फिकुरी–काउले–साल्मे–भाल्चे साढे १८ किलोमिटर सडक योजना अलपत्र परेको हो । | 0 |
दुई दशकभन्दा लामो समयदेखि आमिर, शाहरूख र सलमान खानले बलिउडमा कब्जा जमाइरहेका छन् । उनीहरूमध्ये कुनै एक जनासँग मात्रै भए पनि काम गर्न फिल्मकर्मीहरू मरिहत्ते गर्छन् । यत्तिका अवधि आफूलाई टिकाइराख्न सफल तीन खान आ–आफ्ना विशेषताका लागि कहलिएका छन् । | 1 |
हरियो तरकारीको उत्पादन बढे पनि लगातार वर्षाका कारण तीन साताको फरकमा मूल्य दोब्बर भएको छ । | 0 |
रूपन्देही च्यालेन्जर्स एक खेल खेल्नुअगाडि नै रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटबाट बाहिरिएको छ । | 2 |
दुई दशकअघिसम्म यहाँका युवा खाडी मुलुक नगएसम्म परिवारको हातमुख जोर्ने अवस्था थिएन । ०५३ सालमा सल्यानमा धाइरिङ सिँचाइ आयोजना बन्यो । | 0 |
सरकारी र गैरसरकारी संस्थाले सिफारिस गरेका बीउ र मल प्रयोग गर्दा बाली उत्पादनमा कमी भएमा सिफारिसकर्ताले कृषकलाई क्षतिपूर्ति दिनुपर्ने भएको छ । | 0 |
मेकअपलाई महिलाको सौन्दर्यसँग जोडिन्छ । राम्री बन्न अनेक क्रिम, पाउडर लगाउँछन् । ब्रान्डेड प्रसाधनले भनेजस्तै परिणाम दिने अपेक्षा गरिन्छ । | 1 |
बलेफी गाउँपालिका जलबिरे फेदीका रत्नबहादुर न्यौपाने उत्पादित उखु नबिक्दा चिन्तित छन् । अघिल्लो वर्ष उखु बेचेर ५० हजार रुपैयाँसम्म कमाएका उनले यो वर्ष बेच्नै सकेका छैनन् । | 0 |
पाहुना टिम माल्दिभ्सका केही खेलाडीमात्र १४ वर्षका थिए । उसको टिममा १३ वर्षे खेलाडीको वर्चस्व रहेको छ । यस्तो टिमविरुद्ध १४ वर्षका खेलाडीको वर्चस्व रहेको नेपाली टोलीले बिहीबार ४–० को सफलता हात पार्यो । | 2 |
हास्य कलाकार रवि डंगोल ‘बेइमान’ निर्देशकका रूपमा दर्शकसामु आउँदै छन् । ‘फिर्के’ फिल्मको निर्देशन गरेका डंगोललाई अहिले प्रचारप्रसार गर्न भ्याईनभ्याई छ । पुस २१ देखि देशभर प्रदर्शनमा आउन लागेको उक्त फिल्मको प्रचारमा टोली देश दौडाहामा छ । त्यहीअन्तर्गत दमक, इटहरी हुँदै बिहीबार यहाँ आइपुगेको हो । | 1 |
सीमा क्षेत्रमा हुने गैरकानुनी गतिविधि तथा आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न र शान्ति–सुरक्षाको प्रत्याभूति गर्न/गराउन नेपाली नारीहरूले देखाउने वीरताको विषयमा ‘वीरांगना’ बन्ने भएको छ ।
| 1 |
डिफेन्डिङ च्याम्पियन मनाङ–मस्र्याङ्दी क्लब एन्फा कम्प्लेक्समा विभागीय टिम पुलिसको कडा चुनौती १–० ले पन्छाउँदै आइतबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उपाधि रक्षा गर्ने संघारमा पुगेको छ । | 2 |
रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) ट्वान्टी–२० क्रिकेट प्रतियोगिताका लागि अहिले अक्सन भइरहेको छ । डीपीएलका लागि आवेदन दिएका २ सय ५ खेलाडी मध्ये १ सय ९९ खेलाडी अक्सनका लागि उपलब्ध छन् । | 2 |
नेपालमा दर्ता भएका वायुसेवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने यात्रुले दुर्घटनामा परी ज्यान गुमाएमा शनिबारदेखि १ लाख १३ हजार १ सय एसडीआर (१ करोड ७९ लाख रुपैयाँ) बिमाबापत क्षतिपूर्ति प्राप्त गर्ने भएका छन् । | 0 |
पूर्वका लिम्बू समुदायको लोक संस्कृतिमा आधारित लिम्बू फिल्म ‘के साङ्ला’ प्रदर्शनीको पर्खाइमा छन् निर्देशक लोकेन साँवा । म्युजिक भिडियो र केही ठूला पर्दाको सहायक निर्देशक भई एक दशक लामो अनुभव बटुलेका साँवा आफ्नो डेब्यु फिल्म ‘के साङ्ला’ लाई लिएर उत्साहित छन् । | 1 |
विनयी त्रिवेणी गाउँपालिकाअन्तर्गत सर्दी बस्ती छ । पूर्वपश्चिम राजमार्गबाट १२ किलोमिटर उत्तरको बस्ती ओझेलमा थियो । सुनसान थियो । उर्वर भूमि बाँझै थियो । अहिले बस्तीमा चहलपहल छ । पहिले हिउँदमा समेत ओहोरदोहोर गर्न मुस्किल पर्थ्याे । | 0 |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.