text stringlengths 71 459 | label int64 0 2 |
|---|---|
कास्कीको मादी गाउँपालिका सिक्लेसमा निर्माण सम्पन्न मडयुखोला जलविद्युत् आयोजनाबाट उत्पादित १३ मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ ।सिक्लेस हाइड्रोपावर अन्तर्गत आयोजना गत कार्त्तिकमा निर्माण सम्पन्न भएको थियो । | 0 |
रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल)-२ क्रिकेटको तेस्रो दिनको दोस्रो खेलमा काठमाडौं गोल्डेन्सले रुपन्देही च्यालेन्जर्सलाई ६३ रनले पराजित गरेको छ । यो जितसँगै काठमाडौंले दोस्रो जित हात पारेको छ भने रुपन्देहीले लगातार दोस्रो हार व्यहोरेको छ । | 2 |
फिल्म बुझ्ने र व्याख्या गर्ने तरिका दर्शकपिच्छे फरक हुन सक्छ। त्यसमाथि ‘सन अफ सउल’ जस्तो ‘ओपन इन्डेड’ फिल्मलाई अनेक तरिकाले अथ्र्याउन सकिन्छ। सन्डे सिनेमाको संवाद शृंखलामा पनि दर्शकले यसलाई आ–आफ्नै रूपमा अथ्र्याउनतर्फ लागे। | 1 |
प्रधानमन्त्रीले अध्यक्षता गर्ने लगानी बोर्डलाई अधिकार थप गर्दै कानुन ल्याइने भएको छ । छ अर्ब रुपैयाँभन्दा बढीको लगानी र दुई सय मेगावाट माथिका विद्युत् आयोजनाको अनुमति बोर्डबाल लिने गरी कानुन ल्याउन लागिएको हो । | 0 |
गैरकानुनी ढंगले कमाएको सम्पत्तिबाट बिमा गर्न पनि नपाइने भएको छ । बिमा क्षेत्रमा कालोधन पहिचान तथा निवारण गर्ने उद्देश्यले बिमा समितिले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशन जारी गरेपछि यो क्षेत्रमा पनि कालोधनबारे सोधखोज हुने भएको हो । | 0 |
नेपाली यू–१९ क्रिकेट टोलीले भारतको प्रख्यात कोलकाताको इडेन गार्डेन्स मैदानमा खेल्ने भएको छ । हालै मात्र राष्ट्रिय टोलीले विश्व क्रिकेटको ‘मक्का’ इंग्ल्यान्डको लर्डसमा खेलिसकेको अवस्थामा युवा टोलीले पनि त्यस्तै ठूलो अवसर पाएको हो । | 2 |
मोमिनुल हक र मुसफकिर रहिमले शतक प्रहार गर्दै कीर्तिमानी साझेदारी गरेपछि बंगलादेशले जिम्बावेविरुद्धको दोस्रो टेस्टको पहिलो दिन आइतबार बलियो प्रदर्शन गरेको छ । मोमिनुलले १ सय ६१ रन बनाए । मुसफकिर १ सय ११ रन बनाएर नटआउट छन् । | 2 |
इटहरीमा बिहीबार सुरु तेस्रो यू–१९ राष्ट्रिय इटहरी प्रिमियर लिग क्रिकेटमा इटहरीले विजयी सुरुआत गरेको छ । उद्घाटन खेलमा इटहरी क्रिकेट एकेडेमीले काठमाडौं जीएचसीएमाथि ११ रनका जित पाएको हो । | 2 |
अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाले नेपाली फिल्म ‘प्रेमपिण्ड’ र ‘आदिकवि भानुभक्त’ संरक्षण गरी राख्ने भएको छ । त्यसका लागि दुवै फिल्मका सक्कल प्रति लगेको छ । यादव खरेल निर्देशित दुवै फिल्म राणा शासनकालका कथामा आधारित छन् । | 1 |
पूर्व मिस सृष्टि श्रेष्ठ, नरेन लिम्बु र मिरुना मगर अभिनित चलचित्र लाउरेको प्रदर्शन मिति घोषणा भएको छ । | 1 |
सांगीतिक समूह ‘द एक्ट’ स्थापना भएको एक वर्षजति भयो । आ–आफ्नो सर्कलमा नाम कमाएका चार म्युजिसियनले खोलेको उक्त मोर्डन अल्टरनेटिभ रक ब्यान्डले आफ्नो पहिलो म्युजिक भिडियो ‘हराएको थिएँ म...’ लन्च गरेको छ । | 1 |
कुनै गह्रौं सामान उचाल्दा वा त्यसलाई धकेल्दा हामी के भन्छौं ? होस्टे, हैंसे । तर, विसं २०१३ मा खिचिएको भिडियोमा गाडी र मोटरसाइकल बोक्दै गरेका भरियाहरू यसरी बोल्दैनन् । | 1 |
त्रिभुवन आर्मी क्लब र न्युरोड टिम (एनआरटी) शनिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा उत्रँदा सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको ५ वर्षपछि पुनरागमन हुँदै छ । | 2 |
चैतेधान बिक्री नहुँदा धान सुपर जोन क्षेत्रका किसान मारमा पारेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जोन सञ्चालनमा आएपछि जिल्लामा यस वर्ष चैतेधानको उत्पादनमा वृद्धि भएको छ । | 0 |
मेलम्ची खानेपानी आयोजना निर्माणमा संलग्न स्थानीय ठेकेदारले भुक्तानी नपाए नयाँ ठेकदारलाई काम गर्न नदिने चेतावनी दिएका छन् । इटालियन ठेकेदार कम्पनी सीएमसीले ‘फन्ड सर्टेज’ को घोषणा गरेर आयोजनाको काम छोडेपछि स्थानीय व्यवसायी मर्कामा परेका छन् । | 0 |
रुस्लान थ्रीस्टार क्लब तेस्रो मदन भण्डारी गोल्डकप फुटबलको सेमिफाइनल पुगेको छ । रामनगरस्थित मानव ज्ञान माविको मैदानमा बुधबार थ्रीस्टारले हिमालयन एफसी मलेसियालाई २–१ ले हरायो । | 2 |
इलामका कृषक दुग्ध व्यवसायमा आफैं उद्यमी बनेका छन् । यहाँ उत्पादित छुर्पी अमेरिका, जापानलगायत देशमा बिक्री भएकाले डेरी उद्योग सञ्चालन गर्ने लहर नै चलेको हो । हाल छुर्पीको बजार भने अनिश्चित भएको भन्दै उद्यमी चिन्तामा छन् । | 0 |
शुक्रबारदेखि प्रदर्शनरत ‘जय शम्भु’ को प्रारम्भिक व्यापार ‘सुखद’ भएपछि हलमा सो थपेको छ । | 1 |
नेपाली डायस्पोरामाझ व्यावसायिक सोका लागि होस् या अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छानिएर । पछिल्लो समय मुलुकबाहिर नेपाली फिल्म प्रदर्शनको मात्रा बढ्दै गइरहेको छ । भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा जारी अन्तर्राष्ट्रिय मानवअधिकार फिल्म महोत्सवको तेस्रो दिन नेपाली फिल्मको यो पक्षमाथि वरिष्ठ फिल्मकर्मी नवीन सुब्बा, फिल्मकर्मी क्षितिज अधिराज र चलचित्र विकास बोर्डका सदस्य अशोक राईले आआफ्ना तर्क राखे । | 1 |
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले नेपाली राष्ट्रिय क्रिकेट खेलाडीको २ वर्षदेखि रोकिएको तलब सुविधा एकमुष्ट निकासा गरेको छ । आईसीसीले राष्ट्रिय खेलकुद परिषद (राखेप)को खातामा १ करोड २७ लाख ८७ हजार ७ सय ८२ रुपैयाँ जम्मा गरेको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए । | 2 |
राष्ट्रिय क्रिकेट टोलीका खेलाडी करण केसीलाई प्रदेश ४ सरकारले एक लाख रुपैयाँ प्रदान गर्ने भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामशरण बस्नेतले बुधबार करणलाई प्रोत्साहनस्वरुप उक्त रकम दिने घोषणा गरे । | 2 |
विनाशकारी भूकम्प गएको साढे तीन वर्षमा करिब १२ सय १८ पीडित घरपरिवारले मात्र २ प्रतिशत ब्याजदरको आवास कर्जा पाएका छन् । गत साउनरसम्म उक्त कर्जाबापत बैंक तथा वित्तीय संस्थाले २ अर्ब १९ लाख रुपैयाँ प्रवाह गरेको राष्ट्र बैंकको तथ्यांक छ । | 0 |
भूकम्पपीडितलाई आवास निर्माण गर्न दिइँदै आएको सहुलियत ब्याजदरको आवास कर्जा अन्योलमा परेको छ । बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको यस्तो कर्जा राष्ट्र बैंकले एकपटक भन्दा बढी नवीकरण नगर्ने भएपछि सहुलियत दरको आवास कर्जा अन्योलमा परेको हो । | 0 |
यो साता सेयर बजारमा सवा ४ करोड ७१ लाख कित्ता सेयर सूचीकृत भएका छन् । सो अवधिमा सूचीकत ४ कम्पनीको ४ करोड ७१ लाख ९२ लाख कित्ता बोनस सेयर सूचीकृत भएको हो । | 0 |
संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला जिताउन प्रेरणादायी भूमिका खेलेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का ट्वान्टी–२० अलराउन्डरमा ४० औं स्थानमा उक्लिएका छन् । उनी यसअघि ४३ औं स्थानमा थिए । | 2 |
डेब्यु गरिरहेका ब्याट्सम्यान रिजा हेन्ड्रिक्सले शतक बनाएपछि दक्षिण अफ्रिकाले आइतबार श्रीलंकालाई तेस्रो एकदिवसीयमा ७८ रनले पराजित गर्दै शृंखला कब्जा गरेको छ । | 2 |
बजेट नहुँदा गरिब नेपालीको घर निर्माण गरिदिने भनेर घोषणा गरेको ‘जनता आवास’ कार्यक्रम अलपत्र परेको छ । | 0 |
आजदेखि स्वीट्जरल्याण्डमा सुरु हुने फ्रिबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा एक दर्जन बढी नेपाली चलचित्र प्रदर्शन हुने भएको छ । महोत्सव अप्रिल ९ सम्म चल्नेछ । | 1 |
आइतबार हावहुरीसँगै आएको असिना पानीका कारण बारेकोट गाउँपालिका–८, छुचीपाल्तीमा लाखौँको क्षति भएको छ । | 0 |
लुइस स्वारेजको ह्याट्रिक र फिलिपे कोउटिन्होको उत्कृष्ट पहिलो लिग गोलको मदतले बार्सिलोनाले स्पेनी ला लिगमा शनिबार राति गिरोनालाई ६–१ ले हरायो र शीर्ष स्थानमा दस अंकको अग्रता खोलेको छ । | 2 |
तेह्र वर्षमा तीन वटा एल्बम । थोरै गाउँछ एक्सिस ब्यान्ड । गाएका लगभग सबै गीत चलेकै छन् । यसपालि आठ वर्षपछि तेस्रो एल्बम ‘घरगाउँ’ निकालेको छ । यसका केही म्युजिक भिडियो युटयुबमा आइसकेका छन्, प्रतिक्रिया राम्रै छ । हप्तामा एउटा गीत निकाल्नसमेत ‘दिक्कत’ नहुने जमाना छ अहिले । | 1 |
नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दोस्रो खेल खेल्ने भएका छन् । दिल्ली डेयरडेभिल्सले उनलाई चेन्नई सुपर किंग्ससँग अहिले हुन लागेको खेलमा पनि खेलाउन लागेको हो । | 2 |
मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलको ट्रफीको छिनोफानो शनिबार हुँदै छ । फाइनलमा त्रिभुवन आर्मी र मनाङ मस्र्याङदी क्लबले उपाधि दाबेदारी प्रस्तुत गर्नेछन् । | 2 |
सष्ट्राहरू सार्वजनिक स्थानहरूमा नेपाली गीतसंगीत प्रसारण गरेबापत् पाउनुपर्ने रोयल्टीको माग गरिरहेका छन्। कानुनी रूपमै रोयल्टीको अधिकार स्थापित गर्न लागिरहेका छन्। | 1 |
इंग्लिस एफए कप अन्तर्गत सोमबार राती भएको खेलमा तेस्रो श्रेणीको विगन एथलेटिकले म्यानचेस्टर सिटीलाई १-० ले पराजित गरेको छ । | 2 |
अवार्ड दाबेदारका रूपमा स्रष्टाले आफ्ना गीत वा रचना आयोजकसमक्ष दर्ता गराउनुपर्ने चलन थियो । तर, रेडियो कान्तिपुरले प्रदान गर्न लागेको ‘नेसनल म्युजिक अवार्ड २०७४’ मा यो दु:ख गरिरहनु नपर्ने भएको छ । कुनै पनि माध्यमबाट बाहिरएका गीत स्वत: मनोनयनमा पर्ने भएपछि संगीतकर्मीलाई सहज हुने भयो भने दर्ता शुल्क तिर्नुपरेन । | 1 |
स्थानीयबासीको अवरोधका कारण मध्यमोदी जलविद्युत् आयोजनाको काम रोकिएको छ । निर्माणाधीन १५ दशमलव १ मेगावाटको आयोजनामा अवरोध गरेका हुन् । सुरुङ खन्न गराइएको बिस्फोटका कारण मोदी २ देउपुरस्थित मख, कल्लेनी, ओख्ले, ठाना र सिमखेतका केही घरटहरा चर्किएका छन् । | 0 |
आर्थिक वर्षको बजेटमा उत्पादनमूलक उद्योगलाई सेयर जारी गर्नैपर्ने बाध्यात्मक व्यवस्था ल्याइएको छ । बजेट अनुसार १ अर्बभन्दा बढी पुँजी भएका कम्पनीले अनिवार्य रूपमा सेयर जारी गरी पब्लिक लिमिटेड कम्पनीका रूपमा काम गर्नु पर्नेछ । | 0 |
यो साता बजारमा बैंकिङबाहेक समूहका कम्पनीको सेयरमा लगानीकर्ताका झुम्मिए । साप्ताहिक कारोबारमा बैंकिङ समूहको हिस्सा घट्नु र बाँकी समूहको हिस्सा बढ्नुले यो पुष्टि गर्छ । | 0 |
नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठानले पहिलो पटक अल्पसंख्यक उराँव समुदायको लोककला र संस्कृतिमाथि नाटय विमर्श गरेको छ । प्रतिष्ठानको नाटय विभागले सुनसरीको इनरुवामा उराँव समुदायमा प्रचलित प्रदर्शनकारी लोककला र संस्कृतिका विभिन्न पक्षमाथि बृहत् छलफल गरेको जनाएको छ । | 1 |
फेसन क्षेत्रमा सन् २००० को दशकलाई विद्रोही कालका रूपमा लिइन्छ । यो बेला फेसन दुनियाँमा केही अलग गर्ने कोसिस भएको थियो । परम्परागत शैलीभन्दा फरक, नयाँ र नौलो काम गर्न फेसनकर्मी तल्लीन भए । | 1 |
मिथिला भाषा रामायणका प्रणेता कविवर चन्दा झाले राम–सीताबीच फूलबारीमा भएको पहिलो मिलनलाई यसरी चित्रण गरेका छन् : | 1 |
सोलु खोलामा जलविद्युत् आयोजना निर्माणमा प्रतिस्पर्धा चलेको छ । एउटै खोलामा ५ वटा आयोजना निर्माणका क्रममा छन् । ती आयोजनाबाट २१४.५ मेगावट विद्युत् उत्पादन हुनेछ । | 0 |
अस्तित्वमा रहेका दुई जिम्न्याष्टिक संघलाई एकीकरण गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा ध्रुवबहादुर प्रधानको अध्यक्षतामा नेपाल जिम्न्याष्टिक संघ एकीकरण गरिएको हो । | 2 |
केहीअघि मात्र सम्पन्न छैटौं एनएफडीसी अवार्डमा सर्वोत्कृष्ट अभिनेताको ट्रफी जितेका अनमोल केसीले फेरि पनि त्यस्तै सफलता चुमेका छन् । राष्ट्रिय सभागृहमा बिहीबार आयोजित छायाछवि दसौं डी सिने अवार्डमा उनलाई ‘कृ’ फिल्मको भूमिका लागि सर्वोत्कृष्ट घोषित गरियो । | 1 |
आमाको मुख हेर्ने दिन बुधबार नेपाली प्रयोगकर्ताका सामाजिक सञ्जाल आमाकै तस्बिरहरूले भरिए । सेलिब्रिटीहरूले पनि आमासम्बन्धी स्टाटससँगै आमासँगै खिचिएका तस्बिर हाले । केहीले कविता र गीतका टुक्रा त केहीले आमासम्बन्धी चर्चित भनाइ राखे । | 1 |
सरकारले पाँच वस्तुमा गुणस्तरसम्बन्धी मापदण्ड स्वीकृत गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको संयोजकत्वमा बिहीबार बसेको गुणस्तर परिषद्को बैठकले मापदण्डलाई स्वीकृत गरेको हो । | 0 |
रूस्लान धनगढी प्रमियर लिग (डीपीएल)-३ अन्तर्गत बिहीबार विराटनगर किंग्स र महेन्द्रनगर युनाइटेडबीच भएको दोस्रो खेल वर्षाले रद्द बनाएको छ । टस जितेको विराटनगरले १८.३ ओभरमा ७ विकेट गुमाइ ८२ रन बनाएको समयमा खेल वर्षाले रोकिएको थियो । | 2 |
स्थानीय तहको चुनावबाट विभाजित भएका नगरवासीलाई शनिबार साँझ वरिष्ठ गायक दीप श्रेष्ठको गीत/संगीतले जोड्ने काम गर्यो। श्रेष्ठको एकल साँझमा सबै दल र क्षेत्रका नगरवासी सँगै बसेर राति अबेरसम्म रमाइलो गरे। | 1 |
चालु आर्थिक वर्षको दुई महिनामा १ खर्ब ५४ अर्ब रुपैयाँ रेमिटयान्स मुलुक भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो करिब ३४ प्रतिशतको वृद्धि हो । | 0 |
सांगीतिक बजारमा यति बेला एउटा गीत चल्तीमा छ :
तिमी रोएको पल तिमीलाई
हँसाउन नसकुँला
तर तिमीसँगै म रोइदिन सक्छु... | 1 |
महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत भारतीय भू–भागमा पर्ने नहरको निर्माण प्रक्रिया सुरु हुने भएको छ । टनकपुर ब्यारेजदेखि नेपाल–भारत सीमासम्म १२ सय मिटर मूल नहर निर्माणका लागि आवश्यक प्रक्रिया सुरु भएको हो । | 0 |
विनीता राई शारीरिक सुगठनको विश्व प्रसिद्ध प्रतियोगिता मिस्टर ओलम्पियाका लागि छनोट हुने पहिलो नेपाली बनेकी छन् । शनिबार राजधानीमा आयोजित आईएफबीबी बडीबिल्डिङ प्रो क्वालिफयरमा विनीतासहित चार खेलाडीले फरक विधाबाट मिस्टर ओलम्पियालाई प्रो कार्ड पाएका छन् । | 2 |
संकटा क्लबलाई १–० ले स्तब्ध बनाउँदै शनिबार सिक्किम युनाइटेड क्लब चौथो आमन्त्रण माईभ्याली गोल्डकप फुटबलको क्वाटरफाइनल पुगेको छ । सिक्किमबाट २२ औं मिनेटमा सञ्जय क्षेत्रीले गरेको गोल नै निर्णायक बन्यो । | 2 |
कोही स्केलको नापअनुसार बाँसमा प्वाल पार्दै थिए त कोही प्वाल पारिसकेकोमा खाक्सी दल्दै । साँघुरो कोठामा एक बित्तादेखि झन्डै एक मिटरसम्मको बाँसुरी छरिएका थिए । खाक्सी लगाएर चिल्लो पारिएको बाँसुरीमा योगेन्द्र खड्का नाइलनको धागो बेर्नमै व्यस्त देखिन्थे । | 1 |
यद्यपि आलिया भट्ट र सिद्धार्थ मलहोत्रा आफूहरूबीचको रिलेसनसिपबारे सार्वजनिक रूपमा बोल्न भनेपछि परपर भाग्ने गर्छन्, त्यस्तो केही नभएको ठोकुवा गर्छन्, तथापि बलिउडका यी नायकनायिका प्राय: सँगसँगै देखिने गर्छन् । भरखर मात्रै पनि देखिएका छन्, सार्वजनिक रूपमै ।
| 1 |
आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरामा हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन १७९ खेलाडीले नाम दर्ता गराएका छन् । | 2 |
डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग उपाधि रक्षाको सुरुआतमा आर्सनलमाथि २–० को जित रच्दै आइतबार उनाई इमरेको युग प्रारम्भलाई खराब बनाइदिएको छ । | 2 |
विश्व संगीत दिवसका अवसरमा पोखरामा तीन स्रष्टा सम्मानित भएका छन् ।
नृत्यमा योगदान दिने रत्नदेवी दास, गायक सुवर्ण बज्राचार्य र संगीतकार अमर गुरुङ ‘पोखरेली’ सम्मानित भएका हुन् । भक्ति संगीत प्रतिष्ठान, तराना म्युजिक सेन्टर र गुरुकुल संगत प्रशिक्षण केन्द्रले समारोह आयोजना गरी स्रष्टा सम्मान गरेका हुन् । | 1 |
१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण कामका लागि दुई कम्पनीसँग सम्झौता भएको छ । | 0 |
करिब एक महिना ढिलो सिजन सुरु भए पनि सुन्तलाको उत्पादन यो वर्ष पूर्वी पहाडी भेगमा गत वर्षको तुलनामा दोब्बर बढी उत्पादन हुने संकेत देखिएको छ । | 0 |
१६ वर्षको उमेरमा मैले बालकृष्ण समको ‘स्वास्नी मानिस’ नाटकमा अभिनय गर्ने मौका पाएँ । वीरेन्द्र हमालको निर्देशन रहेको यो नाटकबाट मैले अवार्ड पनि पाएँ । त्यसको केही वर्षमा गुरुकुल खुल्यो । म पनि गुरुकुलमा नाटकको विद्यार्थी भएँ । त्यहाँ बस्दा नाटकको अध्ययन गर्ने र अभिनय गर्ने दुवै मौका मिल्यो । दर्शकहरूले रुचाउनुभयो, त्यसपछि फिल्ममा पनि अभिनय गरें । | 1 |
नेपाल आइडलका तेस्रो रनरअप गायक सागर आलेमगर कन्सर्टका लागि भोजपुर आइपुगे । अरुण गाउँपालिकाको चम्पेस्थित गायिका मेलिना राईसँग ‘न्यु अरुण कन्सर्ट–२०७४’ का लागि आइपुगेका हुन् । | 1 |
केही समयअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसामु घुँडा देखिने स्कर्ट लगाएको निहुँमा अभिनेत्री प्रियंका चोपडाको खिल्ली उडाइएको थियो । उनलाई ‘संस्कार नभएकी’ भन्दै मान्छेले खेदो खने । | 1 |
सुदूरपश्चिमको धनगढीमा जारी खप्तड गोल्डकपको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । सोमबार फाइनल खेलमा अर्को विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) लाई टाइब्रेकरमा ५-४ ले पराजित गर्दै आर्मी उपाधि जित्न सफल भएको हो । | 2 |
माथिल्लो त्रिशूली ‘थ्रीबी’ जलविद्युत् आयोजनाको आइतबार शिलान्यास गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले किस्पाङ गाउँपालिका ५ स्थित पैरेबेंसीमा आयोजनाको शिलान्यास गरेका हुन् । | 0 |
नामको विषयलाई लिएर एक वर्षभन्दा बढी समयसम्म अदालतमा मुद्दा खेपेपछि बनेको ‘गाजाबाजा’ को वास्तविक यथार्थ अब दशर्कले थाहा पाउने भएका छन् । उक्त फिल्म फागुन २५ देखि देशभर एकैसाथ प्रदर्शनमा आउन लागेको छ । | 1 |
नेपाल वायुसेवा निगमको किलो भिक्टर कल साइन भएको वाई १२ ई चिनियाँ विमान गत शुक्रबार १० जना यात्रु बोकेर काठमाडौंबाट दाङ उड्ने तरखरमा थियो । क्याप्टेन आङनुरी शेर्पा र कोपाइलट रविन केसी जहाज टेकअफ गर्ने तरखरमा धावनमार्गको विन्दुमा थिए । | 0 |
गायक हिमाल श्रेष्ठको स्वरको नयाँ गीत ‘लाएको माया...’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । | 1 |
मुलुकमा उत्पादन हुने धानमध्ये करिब दुई प्रतिशत सरकारले किन्ने तयारी गरेको छ । किसानलाई राहत/प्रोत्साहन र उत्पाद वृद्धिको रणनीतिसहित चालु आर्थिक वर्षमा उक्त परिमाणको धान खरिद गर्ने तयारी गरेको हो । | 0 |
गत वर्ष प्रदर्शन भएको ‘घामपानी’ फिल्मलाई दर्शकले ‘सिम्पल एन्ड स्विट’ भनेका थिए । देखेसुनेको कथावस्तुमा सरल तरिकाले फिल्म बनाएको भन्ने खालका प्रतिक्रिया निर्देशक तथा लेखक दीपेन्द्र लामाले पाएका थिए । | 1 |
राष्ट्रिय महिला फुटबलर लक्ष्मीकुमारी पौडेललाई मंगलबार मुनड्रप्स बेभरेज प्रालिले ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । | 2 |
उष्ण प्रदेशीय बागवानी विकास केन्द्रले लिचीको ठेक्का बोलकबोल नगरी मिलेमतोमा ठेक्का दिएको आरोप लगाएको छ । | 0 |
बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भेर्डेले विवादास्पद पेनाल्टीसँगै लास पाल्माससँग १–१ को बराबरी गरेपछि बिहीबार स्पेनी ला लिगाको उपाधि होडमा ‘तीतो स्वाद’को रूपमा एट्लेटिको म्याड्रिडलाई आशा दिलाएको बताएका छन् । | 2 |
बलिउड अभिनेत्री सोनाक्षी सिन्हा खुला किताबझैँ मानिन्छिन् । प्राय: विषयमा मुखर । च्यारिटीका क्षेत्रमा पनि उनको संलग्नता रहँदै आएको छ । लन्डनमा उनले यस्तै सेवाभाव देखाएकी छन् । | 1 |
मुलुकबाहिर नेपाली फिल्म फेस्टिभलको क्रम बढ्दो छ । अमेरिकाको बाल्टिमोरमा फेस्टिभल सकेको एक साता नबित्दै बिहीबार अर्को फेस्टिभल घोषणा भएको छ । | 1 |
त्रिशूली–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइनमध्ये भूमिगत गरिने खण्डको काम करिब आधा सकिएको छ । नेपालमै पहिलोपटक १ हजार ३ सय ९ मिटर लामो भूमिगत प्रसारण लाइन निर्माणाधीन छ । | 0 |
१८ औं एसियाली खेलकुदको सातौं दिन शनिबार नेपाली खेलाडीले पदक जित्ने धेरै राम्रो अवसर गुमाएका छन् । | 2 |
स्थानीय तहबाट कृषि अनुदानमा पाएको गहुँको बीउ खेतमा नउम्रेपछि किसान मारमा परेका छन् । उनीहरूले बीउ कमसल भएको भन्दै सम्बन्धित निकायबाट छतिपूर्ति मागेका छन् । | 0 |
विश्वकप फुटबलमा आयोजक राष्ट्रको सफल सुरुआतलाई निरन्तरता दिँदै रुसले फिफा विश्वकप २०१८ को उद्घाटन खेलमा साउदी अरेबियालाई ५-० ले पराजित गरेको छ । | 2 |
सेतो पहिरनमा सजिएका कलाकारले ‘भेष डान्स’ देखाए । यो श्रीलंकाको राष्ट्रिय नाच हो । यसमा भगवान् बुद्धको करुणा अभिव्यक्त गरिन्छ । शुद्धीकरण संस्कार ‘कोहोम्ब याकुमा’ का अवसरमा नाचिने भए पनि यो अचेल स्वागत नृत्यमा परिणत भएको छ । यही नाच शुक्रबार काठमाडौंमा प्रस्तुत गरियो । | 1 |
ज्ञानु चौधरी र माधव बाहेटीले ओलम्पिक डेका अवसरमा आयोजित खुला स्क्वासको पुरुष सिंगल्समा विजयी भएका छन् । | 2 |
गत कात्तिकमा मुलुक ५७ अर्ब ३३ करोड रुपैयाँले घाटामा रह्यो । मुलुक भित्रिनेभन्दा बाहिरिने रकम बढेकाले शोधनान्तर घाटा फराकिलो बन्दै गएको हो । | 0 |
एकजना बंगलादेशी सामाजिक उद्यमी, बैंकर, अर्थशास्त्री र नागरिक समाजका नेता हुन्– मुहम्मद युनुस । बंगलादेशको एउटा दुर्गम गाउँमा जन्मे, त्यहीँ आफ्नो बाल्यकाल बिताए । एकजना ज्वेलर्स (सुनका गहना बनाउने) का छोरा हुन्– उनी । | 0 |
बजेट विवादले अन्योल देखिएको धान खरिद प्रक्रिया अब सुरु हुने भएको छ । अर्थ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच भएको छलफलमा थप बजेटबारे सहमति जुटेपछि धान खरिद प्रक्रिया अघि बढ्ने भएको हो । | 0 |
भारतीय डिपोबाट पेट्रोलियम पदार्थ आपूर्ति गर्ने टयांकरमा आइतबारदेखि अनिवार्य लकिङ सिस्टम (ताल्चा) लागू गरिएको छ । इन्डियन आयल निगमको डिपोबाट पेट्रोलियम पदार्थ बोकेर आउने ट्यांकरमा कम्प्यूटरीकृत ताल्चा लगाउनुपर्ने व्यवस्था गरिएको हो । | 0 |
गायिका विष्णु माझी र दिनेश बीसीको गीत ‘कसो गर्ने होला’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
दिनेश बीसीको शब्द/संगीत रहेको गीतको म्यूजिक भिडियोको निर्देशन विनोद सुन्दासले गरेका छन् । | 1 |
उनले नौ वर्षसम्म संगीतको अध्ययन गरे, व्यावसायिक रूपमा सांगीतिक क्षेत्रमा आउने क्रममा । अहिले राम्रो गायकको परिचय बनाइसकेका छन् । तर उनलाई लाग्छ— पछिल्लो समय नेपाली संगीतमा फेसन बढ्दै गएको छ, व्यावसायिकता र स्तर भने दिनहुँ खस्किँदै छ । | 1 |
गत वर्ष प्रदर्शनमा आएका फिल्ममध्येबाट एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कारमा गरिएको मूल्यांकनमा यस वर्ष उत्कृष्ट अभिनेता–अभिनेत्रीको अवार्ड विपिन कार्की र प्रियंका कार्कीले पाएका छन् । विपिनले ‘जात्रा’ का लागि उक्त अवार्ड जित्दा प्रियंकाले भने ‘छक्का पञ्जा’ बाट पाएकी हुन् । | 1 |
१० वर्षे लामो वैवाहिक सम्बन्ध अन्त्य गर्ने बेलामा एन्जेलिना जोलीले ब्राड पिटलाई आफ्नो छोराछोरीलाई पिट्ने गरेको आरोप लगाइन् । हलिउडको सबैभन्दा चर्चित यो जोडीले सनसनी मच्चाएको थियो । | 1 |
अंग्रेजसँगको युद्धका बेला गोर्खाली सेनाले नालापानीमा गर्विलो इतिहास राखेका थिए । हाल भारतको देहरादुनमा पर्ने नालापानीको रक्षार्थ गोर्खा सेनाको कमान्ड बलभद्र कुँवरले सम्हालेका थिए । | 1 |
हिपहप गायक निर्णय श्रेष्ठ हिजोआज चुपचाप सरह छन् । उनले नयाँ एल्बम ननिकालेकै एक दशक बढी भइसक्यो । तर, यो मौनता अब उनी तोड्न चाहन्छन् । निर्णयको छैटौं स्टुडियो एल्बम ‘एक नेपाल–एनएसके स्टायल’ केही दिनभित्रै लोकार्पण हुँदै छ । | 1 |
जापानमा रेड कार्पेट प्रिमियर गरेर फर्केको फिल्म ‘लिलीबिली’ टिमले राजधानीमा आफ्नो रोड सो टुंग्याएको छ । | 1 |
हालको बार्सिलोना टोली सन् २००९–११ जस्तो छैन, सन् २०१५ को वरपर पनि आउँदैन । तर बार्सिलोना अपराजित रहेर खुसी हुने टोली पक्कै हो । | 2 |
पहिलो मिनेटमै सफल थापाले गरेको गोल निर्णायक भएपछि वालिङ नगरपालिकाले आइतबार सम्पन्न प्रथम मेयर कप फुटबलको उपाधि हात पारेको छ । | 2 |
उँचो कदका विशाल विकले दुई साताअघि इन्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुदमा नेपालको राष्ट्रिय भलिबल टोलीका लागि डेब्यु गरे । तीन वर्षअघिसम्म ट्राफिक ड्युटीमा बग्गीखाना दरबन्दीमा रहेका विशालको दिनचर्या ड्युटीमै बित्थ्यो । | 2 |
एपीएफ र शिवम् न्यु डायमन्डबीच १३ औं रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबलको फाइनल भिड्ने भएका छन् । | 2 |
सन्दीप लामिछानेलाई एनसेलले शुक्रबार आफ्नो ‘स्टार हम्बल हिरो’ मा नियुक्त गरेको छ । एनसेलले आफ्नो ब्रान्डको सार ‘आज, भोलि, सधैं सँगै’ प्रवर्द्धनका लागि नेपाली युवा क्रिकेट स्टारलाई दुईवर्षे अनुबन्धन गरेको हो । | 2 |
म त लाली गुराँस भएछु
वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु...
साहित्यकार क्षेत्रप्रताप अधिकारीका शब्दमा स्वर सम्राट् नारायण गोपालले गीतमा भनेझैं पूर्वी पहाडको वसन्तपुरदेखि मिल्के भञ्ज्याङसम्मका लेकाली वन पाखाहरू यतीबेला राताम्मै छन् । | 0 |
फिल्म ‘सुश्री सम्पत्ति’ को छायांकन सकिएको छ । फिल्म युनिटले एक महिनासम्म पोखराका विभिन्न स्थानमा रहेर छायांकन गरेको हो । | 1 |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.