text
stringlengths
71
459
label
int64
0
2
‘ऊ जितेर गई या हारेर गई, नतिजा आफैंतिर पारेर गई’ गजलबाट एकाएक चर्चामा आएका गायक राज सिग्देल मंगलबार राजधानीमा गुन्जिए ।
1
आर्थिक वर्ष २०७४/७५ मा साना ठूला गरी कूल १५ आयोजना निर्माण सम्पन्न भई राष्ट्रिय प्रसारण प्रणालीमा १०० मेगावाट विद्युत् थप भएको छ । विद्युत् विकास विभागका अनुसार नेपाल विद्युत् प्राधिकरणको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजना नै सो आवमा सम्पन्न भएको सबैभन्दा ठूलो आयोजना हो ।
0
डेब्यु फिल्म ‘लम्फू’ ले अपेक्षित सफलता नपाए पनि यसका मुख्य अभिनेता कविर खड्काले दोस्रो फिल्म पाएका छन् । बुधबार निर्माण घोषणा गरिएको ‘तिमी र म’ मा कविर मुख्य भूमिकामा रहनेछन् ।
1
एमेच्योर गल्फर माधव आचार्यले शनिबार टर्किस एयरलाइन्स विश्व गल्फ कपको काठमाडौं छनोटको उपाधि जितेका छन् ।
2
केन्द्रीय प्रयोगशालाले गएको आर्थिक वर्ष बजार अनुगमन गर्दा दूध र दुग्ध पदार्थ सबैभन्दा धेरै दूषित र गुणस्तरहीन भेटिएको छ ।
0
विराटनगर र दाबेदार मानिएको चितवन राइनोजले बुधबार नमस्ते पोखरा प्रिमियर लिग क्रिकेटमा पहिलो जित हात पारेका छन् । पहिलो दुई खेल हारेको चितवनले एक्सपर्ट धनगढी ब्लुजलाई १ सय २६ रनले हरायो ।
2
मुलुकको शोधनान्तर घाटा बढेर फागुन महिनामा २४ अर्ब ७३ करोड पुगेको छ । चार महिनादेखि बढिरहेको घाटा फागुनमा थप अकासिएको हो । यो घाटा सम्भवत: हालसम्मकै उच्च हो । यसअघि २०६६ फागुनमा शोधनान्तर घाटा २३ अर्ब ५३ करोड रुपैयाँ पुगेको थियो । त्यतिबेला उक्त घाटा २६ वर्षपछिको उच्च थियो ।
0
ग्याब्रियल जेससको एकमात्र गोलमा ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीलाई १-० ले पराजित गरेको छ । खेलको ३७ औं मिनेटमा विद्याको पासलाई सदुपयोग गर्दै जेससले गरेको गोल निर्णायक सावित भयो ।
2
कतारमा निर्माणाधीन विश्वकप रंगशालामा कार्यरत नेपाली श्रमिक रोजगारदाताबाट लागत शुल्क फिर्ता पाउनबाट वञ्चित भएका छन् । 
0
अब बैंकले साधारण बचतमा साढे ६ प्रतिशतभन्दा बढी ब्याज नदिने भएका छन् । बिहीबार बसेको बैंकर्स संघको बैठकले साधारण र मुद्दती निक्षेपमा ब्याजदरको सीमा तोकेपछि बहुसंख्यक नागरिकले पैसा राख्ने साधारण बचतमा धेरै ब्याज नपाइने भएको हो ।
0
बलिउड नायक–नायिका रणवीर सिंह र दीपिका पादुकोणले झन्डै छ वर्ष लामो प्रेमसम्बन्धलाई बुधबार विवाहमा परिणत गरेका छन् ।
1
विश्वकपको उपाधि दाबेदार मानिदै आएको ब्राजिलले शुक्रबार भएको खेलमा कडा प्रतिस्पर्धाबीच कोस्टारिकामाथि २–१ गोलको जित हासिल गरेको छ ।
2
पर्यटन क्षेत्रभित्र पर्ने हिमाल आरोहण, तारे होटल र क्यासिनो प्रशासनसँग सम्बन्धित सेवा प्रवाह संघीय सरकारले केन्द्रमै राखेर अन्य पर्यटकीय क्षेत्रका सेवालाई प्रदेश र स्थानीय तहमा दिने भएको छ ।
0
कृषिप्रधान मुलुक भनिए पनि परनिर्भरता बर्सेनि बढ्दै गएको तथ्यांकले देखाएको छ । कृषि मन्त्रालयका अनुसार करिब २० लाख टन खाद्य तथा फलफूल विदेशबाट आयात गरी पूर्ति गरिएको छ ।
0
सरकारले उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालयका लागि करिब साढे १० अर्ब रुपैयाँ बिनियोजन गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार सार्वजनिक गरेको २०७५/७६ को बजेटमा अागामी वर्षका लागि १० अर्ब ४४ करोड रुपैयाँ विनियोजन गरेका उल्लेख छ।
0
मालश्री धुनलाई दसैंको सांगीतिक विशेषता मानिन्छ  । रेडियो, टेलिभिजनदेखि युट्युबसम्म यतिबेला मालश्री धुन छाएको छ  ।
1
सरकारले उखु किसानलाई अनुदान उपलब्ध गराउन ९२ करोड रुपैयाँ निकासा गरेको छ । आर्थिक वर्ष २०७५/७६ को बजेटमार्फत उत्पादन अनुदान दिने घोषणापश्चात् उक्त रकम निकासा गरेको हो । 
0
मंगलबार पनि सुनको भाउ बढ्ने क्रम जारी छ । स्थानीय बजारमा १ तोला सुनको ६१ हजारमा कारोबार भइरहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार अमेरिकी डलरको भाउ कमजोर हुनु र अमेरिकी अर्थतन्त्रमा गिरावट आउँदा त्यसको असर सुनमा परेको हो । सुनको भाउ अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
2
मकवानपुर क्रिकेट क्लबलाई २२ रनले हराउँदै बालुवाटार क्रिकेट क्लबले खुकुरी च्यालेन्जर कप ट्वान्टी–२० को सेमिफाइनल स्थान पक्का गरको छ । ब्याटिङ निम्तो पाएको बालुवाटारले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६७ रन जोडेको थियो । 
2
पहिलो पटक जापानको टोकियोमा नेपाली फिल्म अवार्ड आयोजना हुने भएको छ । शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा पहिलो पटक सूर्य इन्टरनेसनल अवार्ड हुने जानकारी दिँदै १२ विधामा लोकप्रिय पाँचको मनोनयन सार्वजनिक गरिएको छ ।
1
नेपालका नम्बर एक खेलाडी रत्नजित तामाङले बंगलादेश इन्टरनेसनल ब्याडमिन्टन च्यालेन्जमा विजयी सुरुआत गरेका छन् । 
2
ऐतिहासिक विषयवस्तुमाथि तयार पारिएको नृत्य–नाटिका ‘राजेन्द्रलक्ष्मी’ भारतको बंग्लोरमा जारी रंगशंकरा थिएटर फेस्टिभलमा मञ्चन हुने भएको छ  । दक्षिण भारतको प्रतिष्ठितमध्येको मानिने यो नाट्य महोत्सवमा नेपालबाट ‘राजेन्द्रलक्ष्मी’ छानिएको नाटक उत्पादक संस्था एस्थेटिक डान्स स्टुडियोले जनाएको छ  ।
1
आफन्तलाई कोसेली आलु ? अनौठो लागे पनि यो यहाँको नियमित चलन हो । इलामबाट आफन्तलाई कोसेली लैजान अनेक मौलिक चीजवस्तु छन् । चियादेखि ललिपप, घीउ, चिज, छुर्पी, किबी फललगायत रैथाने उत्पादन प्रशस्तै छन् ।
0
कर्णालीमा अम्दानीको ५४ प्रतिशत खाद्यान्नमै खर्च हुने गरेको सरकारी अध्ययनले देखाएको छ । कर्णाली अञ्चलमा गरिएको उक्त नमुना अध्ययनले समग्र मुलुकको अवस्था प्रतिविम्बित गर्ने राष्ट्रिय योजना आयोगले जनाएको छ । 
0
जित बहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानले तीन प्रतिभालाई राजधानीमा पुरस्कृत गरेको छ । जिबसिम साहित्य पुरस्कारबाट रोल्पाका प्रेमप्रकाश थापा घर्ती मगर र जिबसिम नवप्रतिभा साहित्य पुरस्कारबाट नवलपरासीका हेमा आले मगरलाई प्रदान गरियो ।
1
नीतेशजंग कुँवर, रोहित शाक्य र त्रिशला गुरुङको युटयुब हुँदै नाम कमाइरहेका गायकगायिका हुन् । फयानहरूले यिनलाई लाउरे र विपुल क्षेत्रीजस्ता लोकप्रिय गायकहरूसँगै सुन्न पाए कति खुसी होलान् !
1
गत वर्षको उपाधि भिडन्तको पुनरागमन भएको तेस्रो हङकङ–नेप्लिज स्नुकर च्याम्पियनसिपको उपाधि डिफेन्डिङ च्याम्पियन दीपेन रानाले जितेका छन् ।
2
त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा हराउँदै थ्रीस्टार क्लबले १७ औँ आहा-रारा गोल्डकपको उपाधि उचालेको छ । पोखरा रंगशालामा शनिवार थ्रीस्टारले पाँचौपल्ट उपाधि जितेको हो । 
2
प्रथम मेयर कप बिच भलिबलमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ ले पुरुष र वडा नम्बर ९ ले महिलातर्फ उपाधि जितेका छन् ।
2
साफ च्याम्पियनसिप २०१८ को समूह 'ए' अन्तर्गतको लिगको अन्तिम खेलमा बंगलादेशलाई २-० गोल अन्तरले हराएर समुह विजेता हुँदै नेपालले सेमिफाइनलको यात्रा तय गरेको छ ।
2
अफगानी फिल्म निर्देशक सहारा मनीले बनाएको ‘अ थाउजन्ड गल्र्स लाइक मी’ मा आफ्नै बाबुबाट बलात्कृत छोरीले न्यायका लागि गरेको संघर्ष समावेश छ ।
1
जन्मँदा बालक तर हुर्किंदै गर्दा स्वभाव भने बालिकाको । विस्तारै उनमा किशोरी भाव हुर्किन्छ । युवक भएर पनि युवतीले जस्तै सोच्न थाल्छन् । समाजमा यस्तो फरक पहिचानका साथ हुर्किंदै गरेको व्यक्तिले के कस्ता अप्ठ्यारो स्थितिसित जुध्नुपर्छ ? उनको जीवनमा कस्ता सामाजिक र वैयक्तिक समस्याहरू आइपर्छन् र जिन्दगीले कसरी फरक मोड लिन्छ ? नाटक ‘जिउँदो आकाश’ ले प्रस्ट्याउँदै जान्छ । 
1
जेरार्ड पिकेले गोल गर्दै बार्सिलोनालाई आइतबार राति स्पेनी ला लिगामा छिमेकी इस्पनयोलमाथि १–१ को बराबरीमा निकालेका छन् । यस नतिजाले बार्सिलोनाको अपराजित यात्रा कायम रह्यो । 
2
विन्टर र समरको बीचमा पर्छ दसैं । यस्तो बेला न चिसो न गर्मी । फेसन फ्लोअरलाई यो जस्तो अनुकूल वातावरण के हुन सक्ला ? सबैलाई यति बेला दसैंको मुडले छोपिसकेको छ । त्यहीअनुरूप बजारको चहलपहल पनि बढेको छ ।
1
पश्चिम नेपालमा निर्माण हुने भनिएको ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादितमध्ये ५ सय मेगावाट विद्युत् किन्ने निर्णय बंगलादेश सरकारले गरिसकेको छ ।
0
इटालियन सिरी ए अन्तर्गत बुधबार लिगको शीर्षस्थानमा रहेको युभेन्टस क्रोटोनेसँग बराबरीमा रोकियो ।
2
केबल टेलिभिजनलाई ‘डिजिटलाइज्ड’ गर्ने अभियानअन्तर्गत सरकारले सबै ‘एनालग’ टेलिभिजनको नवीकरण बन्द गर्ने निर्णय गरेको छ । सरकारले दुई वर्षदेखि एनालग केबललाई विस्थापित गर्ने अभियान सुरु गरेको थियो ।
0
नेपाल र दक्षिण कोरियाबीच साना तथा मझौला व्यवसायको विकासमा सहकार्य गर्ने एक समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।
0
कहिले सुपारी त कहिले सुकुमेल र लसुन मात्र होइन स्याउसमेत तेस्रो मुलुकबाट खरिद गरी अवैध रूपमा भारत पैठारी गराउने गिरोहको आँखा हाल मरिचमा परेको छ ।
0
ग्यास उद्योगीले विभिन्न १० बुँदे माग राख्दै गत शुक्रबारदेखि गरेको आन्दोलन स्थगित गरेका छन्  । निगमसँग मंगलबार भएको वार्तापछि उद्योगीले आन्दोलन स्थगित गरेका हुन्  ।
0
नेपाली समाजमा एउटा पुरातन मान्यता छ– ‘पत्नीहरू पतिलाई बढी शंका गर्छन् ।’ धेरैजसो फिल्मदेखि टेलिसिरियलका कथाहरूमा समेत अनावश्यक चियोचर्चो गर्ने, परिवारमा फुट ल्याउनेजस्ता नकारात्मक भूमिकामा एकतर्फी रूपमा महिलालाई उभ्याइएको पाइन्छ । थिएटर मलमा मञ्चन भइरहेको नाटक ‘मान भर्सेज मति’ ले भने यसलाई चिर्ने प्रयास गरेको छ ।
1
साताको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घट्यो । गत साता लगभग स्थिर रहेको नेप्से आइतबार १०.७५ अंकले घटेर १ हजार १ सय २.३२ विन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.९७ प्रतिशतले कमी हो । 
0
सेयर कारोबार मापक नेप्से परिसूचक गत बिहीबार १ हजार १ सय ४८ विन्दुमा ओर्लियो । यो करिब तीन वर्षयताकै न्यून हो । यसअघि ०७२ पुस १४ मा नेप्से १ हजार १ सय ४२ विन्दुमा थियो ।
0
‘हिटलर’ को फस्टलुक पोस्टर सोमबार सार्वजनिक भएको छ । जेठ १२ मा रिलिज गरिने फिल्म सौरभ ढकालले निर्देशन गरेका हुन् ।
1
अघिल्ला दिन उच्च अंकले घटेको सेयर बजारको गिरावट सोमबार पनि थामिएन । कारोबारमा आएकामध्ये ‘अन्य’ बाहेक सबै समूहको परिसूचक घटेपछि समग्र नेप्से ५.११ अंकले घटयो ।
0
समाज निर्माणमा संगीत–साहित्यको भूमिका के हुन्छ ? संगीत र फिल्मले कसरी दिशानिर्देश गर्छन् ? हत्या–हिंसा, बलात्कार जस्ता अपराध बढ्नु वा बौद्धिक पलायनमा रुचि बढ्नुमा कलाको कस्तो प्रभाव हुन्छ ? आइतबार यी प्रश्नको जवाफमा संगीतज्ञ गोपाल योञ्जन जोडिएर आए ।
1
पर्यटकको फर्जी उद्धार गरी विदेशी विमा कम्पनीमार्फत अत्याधिक रकम अशुल्ने धन्दा रोक्न सरकारले शनिबारदेखि लागू हुने गरी नयाँ कार्यविधि ल्याएको छ । यो कार्यविधि अनुसार, अबदेखि नेपाल भ्रमणमा आउने पर्यटक तथा सहयोगीको खोज तथा उद्धारमा पर्यटक प्रहरीको सहभागी अनिवार्य गरिएको छ ।
0
डकुमेन्ट्री निर्देशक मोहन राई अब फिचर फिल्म बनाउन तम्सिएका छन् । वैशाख २७ देखि छायांकन सुरु गरिने भनिएको ‘महानगर’ बारे उनले बुधबार जानकारी गराए ।
1
अहिले पनि धेरै नेपाली कलाकारको सपना बलिउड हुने गरेको छ । कतिपयले प्रयास पनि नगरेका हैनन्, तर ती मनीषा कोइराला जस्तो सफल हुन सकेनन् ।
1
लगानीका लागि आफूसँग रकम नभए पनि मनग्ये धनार्जन गर्न सम्भव छ भन्ने उदाहरण जापानी उद्यमी तथा कला सँग्रहकर्ता युकासु माएजावा हुन्  । सुरुमा उनीसँग व्यापार गर्न ठूलो रकम थिएन  ।
0
नयाँ आर्थिक वर्ष २०७५–७६ का लागि सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई ४ अर्ब १८ करोड ९५ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । २०७४–७५ को तुलनामा यो करिब दोब्बर बजेट हो ।
2
नायिका रेखा थापा स्टारर ‘पलाँस’ फिल्म शुक्रबारदेखि देशभर प्रदर्शनमा छ । नगरबधुको चुनौतीपूर्ण चरित्रमा अभिनय गरेकी रेखालाई फिल्ममा कामेश्वर चौरासिया र अयुब केसीले साथ दिएका छन् । यसअघि ‘रेशम फिलिली’ मा हरियाको भूमिकामा जमेका कामेश्वर ‘पलाँस’ मा पनि जबरजस्त देखिएको फिल्म हेरेपछिका दर्शकले बताएका छन् ।
1
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले अर्को वर्ष कात्तिकमा उत्पादन थाल्ने भएको छ । यसअघि ४५६ मेगावाटको यो आयोजनाले यही आर्थिक वर्षमा उत्पादन थाल्ने म्याद तय गरिएको थियो  ।
0
विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था र जापान सरकारले नेपाललाई १२ अर्ब ६७ करोड रुपैयाँ ऋण तथा अनुदान सहयोग गर्ने भएका छन् ।
0
नेपाली महिला क्रिकेट टोली पछिल्लो समय नतिजामुखी हुन सकेको थिएन । लगातार रूपमा नेपाल सेमिफाइनलमा हार्दै आएको थियो । राउन्ड रोबिनको प्रतियोगितामा पनि त्यस्तै थियो नेपालको प्रदर्शन । शीर्ष दुईभित्र पर्न नेपाललाई हम्मे पर्थ्याे। 
2
भारतीय कप्तान विराट कोहली अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) अवार्डमा वर्षका उत्कृष्ट क्रिकेटरसहित प्रमुख तीन उपाधि जित्ने पहिलो खेलाडी बनेका छन् ।
2
दुइटा गीत र एउटा टिजरमार्फत दर्शकसम्म पुगेको ‘शत्रु गते’ फिल्मको शुक्रबार ट्रेलर सार्वजनिक गरिएको छ । फिल्म प्रचारको अन्तिम अस्त्र भन्दै निर्देशक प्रदीप भट्टराईले यसबाटै फिल्मको स्पिड थाहा हुने बताए ।
1
नेवार समुदायमा शिरमा बेताली (पटुकाले बेरेर बनाइएको टोपी), निधारमा तिलक, शरीरमा धुजी ल: (विषेश प्रकारको लुगा) जात्राका बेला देवगण हुनेले मात्र लगाउँछन् ।
1
यहाँस्थित एउटा कम्पनीले पुराना टायरहरू प्रशोधन गरी महँगो औद्योगिक तेल ‘फर्नेस’ उत्पादन थालेको छ । देवदह ४ केरवानीस्थित स्पिड इनर्जीजले ठूला उद्योगहरूलाई चाहिने फर्नेस तेल उत्पादन सुरु गरेको हो । तीन जना व्यवसायीले ५ करोड रुपैयाँको लागतमा उक्त कम्पनी स्थापना गरेका हुन् ।
0
काठमाडौंबाट पर्साको बढनियार आउँदै गरेको टाटासुमोमा ७० किलाे गाँजासहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
0
विश्व क्रिकेटका फिल्डिङ बादशाह क्रिकेटर जोन्टी रोड्स मंगलबार यहाको शास्वतधाममा पूजाआजामा ब्यस्त देखिए । फिल्डिङमा क्रान्ति ल्याउने दक्षिण अफ्रिकाका यी चर्चित क्रिकेट खेलाडी मंगलवार शास्वतधाममा आएर हिन्दु परम्पराअनुसार पूजाआजामा व्यस्त भए । उनलाई शाश्वतधामका पंण्डितले ग्रह शान्ति, हवन र पूजा गरेका थिए । 
2
अभिनेता/निर्देशक अर्पण थापा र अभिनेत्री ऋचा शर्माबीच पछिल्लो समय फिल्मी सहकार्य बाक्लिएको छ । पछिल्लो पटक अर्पणले आफूले निर्देशन गरेको ‘आधा लभ’ मा ऋचालाई नै मुख्य भूमिकामा प्रस्तुत गरेका थिए भने आफूले पनि स्क्रिन सेयर गरेका थिए । पछि यो जोडीलाई रवि डंगोलले ‘फिर्के’ मा दोहोर्‍याए । अब भने निर्देशक/निर्माता पुरन थापाले ऋचा र अर्पणलाई लिएर ‘फेरि–फेरि’ बनाउने भएका छन् ।
1
नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट विमान सञ्चालनको अनुमति प्रमाणपत्र (एओसी) पाएको छ ।
0
सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिताको पाँचौं संस्करण मंसिर १० गते देखि १५ सम्म आयोजना हुने भएको छ । एसएस इभेन्ट्स प्रालिको आयोजनामा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने प्रतियोगितामा २४ टोलीले सहभागिता जनाउने अपेक्षा आयोजकको छ । 
2
विश्व महिला बक्सिङ प्रतियोगिताका राजधानीमा भइरहेको छनोटअन्तर्गत मीनु गुरुङ र विमला श्रेष्ठ फाइनल पुगेका छन् । उनी्हरू महिला ५१ केजी तौल समूहको फाइनल पुगे ।
2
‘अबको गन्तव्य पाथीभरा’ भन्ने नारासहित काठमाडौबाट हिँडेको पदयात्रीको समूह नयाँ वर्षको दिन ३ हजार ७ सय ९४ मिटर उचाइको पाथीभरा पुगेको छ ।
0
अनुभवी खेलाडी नेरी थापाको घातक बलिङमा नेपालले आइतबार आईसीसी महिला ट्वान्टी–२० र एकदिवसीय विश्वकपको एसियाली छनोटमा हङकङलाई ४ विकेटले पराजित गरेको छ । 
2
नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्डद्वय नवयुग श्रेष्ठ र जर्जप्रिन्स कार्की तथा डिफेन्डर जितेन्द्र कार्कीले भुटानी क्लबबाट खेल्ने भएका छन् । भुटानको पश्चिमी जिल्ला पारोमा रहेको पारो फुटबल क्लबबाट उनीहरूले खेल्ने भएका हुन् ।
2
दक्षिण एसियाली जुडो च्याम्पियनसिपको इतिहासमा नेपालले अहिलेसम्म तीन स्वर्ण पदक हासिल गरेको छ । आफ्नै भूमिमा शनिबार सुरु हुने च्याम्पियनसिपको आठौं संस्करणमा नेपालले कम्तीमा ५ स्वर्ण पदक जित्ने दाबी गरिएको छ । नेपालको स्वर्ण जित्ने सम्भावनाका मुख्य आधार टोलीका प्रतिभावान खेलाडीको उदय र राम्रो तयारी हो ।
2
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा प्रस्तुत गरेको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा सूचना प्रविधिमा सबै नागरिकको पहुँच स्थापित गर्ने घोषणा गरिएको छ ।
0
ब्याजदर उच्च भएकै कारण सवारी साधन किन्न पछि हच्किनुपर्ने अवस्था अब रहेन । एक साताको अवधिमा बैंक तथा वित्तीय संस्थाले सवारी साधन कर्जाको ब्याजदर औसतमा डेढदेखि २ प्रतिशतसम्म घटाएपछि यस्तो अवस्था आएको हो ।
0
चलचित्र समीक्षक समाजले २०७३ र २०७२ का क्रिटिक्स अवार्डका विजेता घोषणा गरेको छ । समाजको विज्ञप्तिअनुसार २०७३ को उत्कृष्ट फिल्मको अवार्ड मीन भामको ‘कालो पोथी’ ले प्राप्त गरेको छ ।
1
शोभान स्मृति युवा क्लब दौलाले सदरमुकाममा भएको प्रथम मेयर कप ट्वान्टी–२० क्रिकेटको उपाधि जितेको छ । शोभानले जालपादेवी युवा क्लब देवललाई ८ विकेटले पराजित गरेको छ । 
2
नेपाली चियाले भारतमा आफ्नो बजार विस्तार गर्दै लगेपछि दार्जिलिङका उत्पादकहरूले नेपाली चिया आयातमा रोक लगाउन माग गरेका छन् ।
0
अदालतले सन् २०१५ को मार्चमा पार्मा एफसीलाई टाट पल्टेको घोषणा गर्न खाली १० मिनेटमात्र लगायो । यो निर्णयसँगै क्लबमा लामो समयदेखि चलिरहेको नाटकमा पनि पूर्णविराम लाग्यो ।
2
क्रिकेट अस्ट्रेलियासँग सम्बन्ध विस्तार गर्ने आसमा नेपालका कप्तान पारस खड्कासहितको टोली अस्ट्रेलिया गएको छ ।
2
बैंकहरूले धमाधम ऋण लिने ग्राहक खोज्न थालेका छन् । लामो समय ऋण दिन आनाकानी गरिरहेका बैंकहरू हाल आएर आफैं ग्राहक खोज्न दौडधुप गर्न थालेका हुन् । खासगरी अल्पकालीन तथा मार्जिन प्रकृतिका ऋणका लागि बैंकहरूले ग्राहक खोज्न थालेका हुन् ।
0
चाडबाडको मुखमा उपभोक्तालाई सास्ती सुरु भएको छ । सार्वजनिक सवारी चालकले असोज २ गतेदेखि हडताल गरेका छन् । पेट्रोल पम्पमा लाइन सुरु भएको छ । पेट्रोलियम पदार्थ ढुवानी गर्ने टयांकरसमेत चल्न नदिएकाले उपत्यकाको पेट्रोल पम्पमा लाइन देखिएको छ ।
0
राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको मूल नहर परीक्षणकै क्रममा भत्किएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले अध्ययनका लागि समिति गठन गरेको छ ।
0
म्यानचेस्टर सिटीका व्यवस्थापक पेप ग्वार्डिओलाले च्याम्पियन्स लिग क्वाटरफाइनल दोस्रो लेगमा स्पेनी रेफ्री एन्टोनियो माटेउ लाहोजको आलोचनाको मूल्य चुकाउनुपर्दा मंगलबार घरेलु मैदानमा लिभरपुलसँग २–१ ले हारेको छ ।
2
जीओ अटोमोबाइल्सले नेपालमा फोर्ड मुस्ताङको अनावरण गरेको छ । गत वर्ष नाडा अटो शोमा यो गाडीको प्रदर्शनमा उत्साहजनक प्रतिक्रिया प्राप्त भएपछि कम्पनीले उक्त मोडेल नेपाल भित्र्याएको जारी विज्ञप्तिमा उल्लेख छ ।
0
फिल्म प्रदर्शनीबापत् हलसँगको सेयर बाँडफाँट र बक्सअफिस सञ्चालनको विषयलाई लिएर फिल्मनिर्माताहरू आन्दोलनमा उत्रिने भएका छन् । आन्दोलनको पहिलो चरणस्वरूप राजधानीमा बृहत् भेला गरी चलचित्र निर्माता संघले विभिन्न निर्णय सार्वजनिक गरेको छ ।
1
जनता बैंकमा सञ्चालक रहेकै अवस्थामा गलत विवरण बुझाइ नबिल बैंकबाट ऋण लिएको विषयमा गुरुप्रसाद न्यौपानेलाई राष्ट्र बैंकले ५ लाख रुपैयाँ जरिवाना गरेको छ ।
0
हेऽऽ जापान टोकियो ब्राजिल र जर्मनीले जित्छन् भन्दै खोक्नु खोकियोअहिले गुफाभित्र लुक्नुपर्दा सासै रोकियो... वल्र्डकप हेर्ने र सामाजिक सञ्जालतिर पनि सक्रिय हुनेहरूलाई यो प्यारोडीबारे थाहै होला ।
1
नायिकाबाट फिल्म निर्माणमा आफ्नो भूमिका विस्तारित गर्दै गत शुक्रबारदेखि हलमा फिल्म ‘झयाँनाकुटी’ लिएर आएकी निशा अधिकारीलाई यति बेला हलहलमा दर्शक प्रतिक्रिया लिनमा भ्याईनभ्याई छ ।
1
सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको दुई अर्ब १४ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानीको रकम रोक्का राख्ने राष्ट्र बैंकको निर्णय झिकाउने आदेश दिएको छ  ।
0
विश्वकप फुटबल उद्घाटनको दिन पारेर भक्तपुरको जनप्रेमी स्कुलले 'वर्ल्डकप फिभर' प्रतियोगिताको आयोजना गरेको छ । बिहीबार दिउँसो स्कुलको प्रांगणमा विद्यार्थीलाई खेल भावना जगाउन र फुटबलको ज्ञान सिकाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो । 
2
एभरेस्ट प्रिमियर लिग (ईपीएल) का सम्पूर्ण खेल नेपालफ्लिक्सले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।
2
चितवन, भरतपुर महानगरपालिका १, रामनगरकी १९ वर्षीया सुमन गुरुङ अहिले एकाएक सेलिब्रिटी बनेकी छन् । यसको कारण हो, उनले जितेको ‘सालीमार मिस चितवन २०१७’ को उपाधि । जितेकै दिन फेसबुकमा १ हजार फ्रेन्ड रिक्वेस्ट आए । बधाई लेखिएका म्यासेजले इनबक्स भरिए ।
1
हिन्दी फिल्मको पहिलो महिला सुपरस्टार मानिन्छ श्रीदेवीलाई । सन् १९६० कै दशकदेखि फिल्म खेल्न थालेकी उनी यसपालि फिल्म उद्योगमा आफ्नो स्वर्ण जयन्तीको खुसीयाली मनाउँदै छिन् । आफ्नो ३०० औं फिल्म ‘मम’ को प्रतीक्षामा रहेकी उनलाई ट्ेरलरबाट चौतर्फी तारिफ मिलिरहेको छ ।
1
बाक्लै कन्सर्ट हुने पाँचथरको फिदिम बजारमा शनिबार उर्लिएको भीड भने ठूलो थियो । भित्री पहाडी जिल्ला भए पनि सांगीतिक माहोल जम्ने यो थलोमा वर्षमा आधा दर्जन कन्सर्ट जम्छन् ।
1
नेपाली क्रिकेट खेलाडी संघ (सीप्यान) को आयोजनामा क्रिकेट अवार्ड २०१९ को घोषणा मंगलबार हुँदै छ  । पहिलोपल्ट हुन लागेको अवार्ड पाँच विधामा प्रदान गरिनेछ  । त्यसअन्तर्गत एउटा अवार्ड हो, ‘मोमेन्ट अफ द इयर २०१८/१९’ । बितेका १३–१४ महिना नेपाली क्रिकेटका लागि निकै उपलब्धिमूलक थियो ।
2
तेस्रो ‘मिस क्विन लेखनाथ’ को उपाधि ज्योति खत्रीले जितेकी छन् । यहाँ शनिबार भएको फाइनलमा उनले सात प्रतिस्पर्धीलाई पछि पारिन् । फस्ट रनरअप सब्रिना ओली र सेकेन्ड रनरअप दीपा आचार्य भए । ज्योतिले पुरस्कारबापत स्कुटर पाइन् । फस्ट र सेकेन्ड रनरअपले क्रमश: ५० हजार र ३० हजार रुपैयाँ प्राप्त गरे ।
1
नेपाली युवा उद्यमी मञ्च र अमेरिकी दूतावासअन्तर्गतको नेपाल–अमेरिका एलुमनाई नेटवर्कले फागुन १७ मा महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै छन् ।
0
मोबाइल सेवाका लागि नेपाल टेलिकमले पाएको अनुमति नवीकरणका लागि सोमबारभित्रै शुल्कसहित निवेदन दिनुपर्ने भए पनि सरकारले अहिलेसम्म नवीकरण शुल्क तय गरेको छैन । 
0
भिडियो सेयरिङ वेबसाइट युट्युबको नेपाल ट्रेन्डिङमा आइतबार नेपाली फिल्म ‘म यस्तो गीत गाउँछु’ को ट्रेलर आएको छ । बुढा सुब्बा डिजिटल प्लेटफर्मबाट युट्युबमा राखिएको उक्त ट्रेलरले दुई दिनमा पौने पाँच लाख भ्युज बटुलेको छ ।
1
अमेरिकी गायिका केटी पेरी र के–पप ब्वाई ग्रुप ‘एसएफ नाइन’ लाई चोरीको आरोप लागेको छ । उनीहरूले आफ्नो एल्बम कभरमा बेलायती भिजिओल आर्टिस्ट डोम सेबास्टियनको कला चोरेको बताइन्छ । डोमले नै केही दिनदेखि यस्तो दाबी गर्दै आएका छन् । 
1
नेपालले जुलाईमा लर्ड्समा नेदरल्यान्ड्ससँग खेल्न लागेको खेलले ट्वान्टी–२० अन्तर्राष्ट्रियको मान्यता पाएको छ । जुलाई २९ मा हुने एकदिने त्रिकोणात्मक शृंखलामा अर्को टोली आयोजक मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले प्रतिस्पर्धा गर्दै छ ।
2
विभिन्न समयमा दुर्घटना भएर काम नलाग्ने अवस्थामा रहेका विमान र भग्नावशेषको व्यवस्थापन थालिएको छ । अधिकांश त्यस्ता विमानलाई संग्रहालयमा परिणत गरी पर्यटकहरूका लागि नयाँ गन्तव्यका रूपमा विकास गरिएका छन् ।
0
आगामी आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले बजेट छलफल तीव्र बनाएको छ । हालसम्म २१ मध्ये ५० प्रतिशतभन्दा बढी मन्त्रालयहरूको छलफल सकिएको मन्त्रालयले जनाएको छ ।
0