text
stringlengths
71
459
label
int64
0
2
कौरा गायनमा चिनिएका दुर्गा गुरुङ एकल साँझमा गुन्जिएका छन् । तमु (गुरुङ) समाज तनहुँ काठमाडौंले शनिबार राष्ट्रिय नाचघरमा गरेको ‘दुर्गा गुरुङ एकल साँझ’ कौरामय बन्यो ।
1
बबलिउडलाई बाहिरबाट जति ग्ल्यामरस र चमकधमक देखिन्छ, यहाँ टिकिरहन भने निकै कठिन मानिन्छ । कति चर्चित कलाकारहरू मरेको, गरिबीको कारणले सडकमा माग्दै गरेको खबरहरू बेलाबेला आइरहन्छन् । बलिउड सेलेब्रिटीबारे यस्ता समाचारहरू हल्ला मात्र हुने गरेको प्रमाणित भएको पनि छ ।
1
चामल उद्योगले मनोमानी रूपमा मूल्य असुल्दै आएको फेला परेको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले चितवन, नवलपरासी, रूपन्देही र कपिलवस्तु जिल्लामा गरेको अनुगमन तथा मूल्य संकलनको क्रममा यस्तो फेला परेको हो ।
0
घर, परिवार, जागिर अनि साथीभाइ । अर्को पाटो, शिखर चुमिरहेको एकजना राष्ट्रिय कलाकार लण्डनमा ‘स्थानीय गायक’ मा सीमित भइरहँदाको कुण्ठाले पिरोलिरहेको थियो ।
1
धरानमा शनिबार सम्पन्न नेपाल आईस धरान रन छैटौं नेवा च्यारिटी ८ के रनको पुरुषतर्फ तीर्थ पुन र महिलातर्फ एपिएफकी २००४ कि एथेन्स ओलम्पियन कान्छिमाया कोजु प्रथम भएका छन् । 
2
लोक ‘ब्याटल’मा पछिल्लो समय चर्चित नाम हो प्रकाश सपुत । बैदेशिक रोजगारीको पीडा समेटिएको गीत ‘बोल माया...’ उनको टर्निङ प्वाइन्ट हो । यो गीत जति मार्मिक छ, उनको कथाव्यथा पनि उत्तिकै मार्मिक । कमजोर आर्थिक अवस्था, मध्यम पढाइ र सफलता, उनको जीवनको विशेषता हो ।
1
देख्दा राम्री, धनी परिवारकी एक्ली छोरी । प्राय: केटाको तारोमा हुन्छन् । प्रेमको लागि जाल बिछयाउँछन् । तर त्यो जालोमा सधैं केटी मात्रै परिहाल्छन् भन्ने पनि छैन ।
1
साफ च्याम्पियनसिप २०१८ को दोस्रो खेलमा नेपालले भुटानलाई ४-० ले हराएको छ । भुटानी फुटबलको स्तर माथि बढेको सोचबीच भएको खेलमा नेपाल पूर्णत हाबी रह्यो । यस जितले नेपालको सेमिफाइनल पुग्ने सम्भावना फेरि जिवित भएको छ ।
2
इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार टोटेनहम हट्सपरले घरेलु मैदानमा एभरटनलाई ४-० ले पराजित गरेको छ । टोटेनहमको जितमा ह्यारी केनले दुई तथा क्रिस्टियन एरिक्सन र ह्युङ् मिन सनले १-१ गोल गरे ।
2
पूर्वी पहाडको प्रतिष्ठित माइभ्याली गोल्डकप फुटबलको पाँचौं संस्करण अनिश्चित बनेको छ । प्रतियोगिता आयोजनास्थल सदरमुकामस्थित टँुडिखेलको विषयलाई लिएर गोल्डकपमा अन्योल बढेको हो ।
2
सम्बन्धको खास अर्थ कस्तो हुन सक्छ ? काइँयो र कपाल जस्तो ? यी दुई वस्तुलाई मानिसको जीवनसँग जोडिएर आउने व्यक्तिगत, सामाजिक या सांस्कृतिक सम्बन्धको गहिराइ अथ्र्याउने हिसाबले कसरी हेर्न सकिन्छ ?
1
खाडाचक्रका कृषक अविराम पाण्डेलाई अहिले आलु खेतीलाई जग्गा खनजोत गर्न भ्याइनभ्याइ छ । उनी हिउँसँगै पानी परेपछि घर पछाडीको बाँझो सम्याउन अरू छिमेकीसँगै बिहानदेखि काममा जोतिने गर्छन् । 
0
आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर बाँडफाँड भएको छ । यो कम्पनीको सेयर आवेदन दिने दिन सकिएको दुई दिनमै बाँडफाँड भएको हो । सीडीएस एण्ड क्लियरिङले बुधबार पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएको हो ।
0
अर्थमन्त्री युवराज खतिवडाले डिजिटल प्रविधिका कारण अवैध सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) को जोखिम बढेको बताएका छन् । सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी काम गर्ने एसिया प्रशान्त क्षेत्र समूह (एपीजी) को वार्षिक साधारणसभा बैठकको उद्घाटनमा खतिवडाले ‘फिनटेक’ नाम दिइने यस्ता प्रविधिका कारण शुद्धीकरणको जोखिम बढेको बताएका हुन् ।
0
कुमारी हलका दुइटा थिएटर ‘धनपति’ फिल्मको प्रिमियर सोका निम्तालुले बिहीबार खचाखच भरिए । ‘धनपति’ का निर्माता/निर्देशक, कलाकार र प्राविधिक टोलीलाई उक्त उपस्थिति सुखद रह्यो ।
1
सामाजिक विषय वस्तुमा आधार मानेर निर्माण गरिएको फिल्म ‘पञ्चायत’ को यहाँ रेड कार्पेट प्रिमियर गरिएको छ । नारायणगढको इन्द्रदेव हलमा आयोजित प्रिमियरमा कलाकार, सञ्चारकर्मी, विभिन्न संघसंस्थासँग आबद्धको भीड थियो ।
1
भेट्रान्स सिटी क्लब वीरगन्जको आयोजनामा वीरगन्जमा जे–८९ प्रथम अन्तर्राष्ट्रिय भेट्रान्स–८ साइड डे–नाइट फुटबल प्रतियोगिता हुने भएको छ । 
2
बैंकलाई ठग्न खोजेको आरोपमा प्रहरीले छजनालाई पक्राउ गरेको छ । पक्राउ सूचीमा रहेका २० जनामध्ये बाँकी फरार छन् ।
0
चन्द्रनिगाहपुर युवा समूहले यसपालि पनि दसैं–तिहार उत्सव गरेको छ  । यो चौथो संस्करणमा दर्शक–स्रोताले नाचगान र प्रहसनको आनन्द उठाए  ।
1
नेपालले कठिन समीकरणबाट धेरैपल्ट उम्कँदै चाहेको नतिजा निकालेको छ । आयोजक जिम्बावे र स्कटल्यान्डसँग पहिलो दुई खेलमै पराजय भोगेपछि विश्वकप छनोट क्रिकेटमा नेपालसँग धेरै विकल्प बाँकी छैन । अफगानिस्तान र हङकङसँग बाँकी रहेको दुवै खेल जितेमात्र नेपाल सुपर लिग पुग्न सक्छ । सिधा समीकरण यहीमात्र हो ।
2
सांसदले सरकारी बैंकले सिंहदरबारभित्र प्रवेश नपाएको भन्दै आपत्ति जनाएका छन् । सिंहदरभित्रबाट भारतसहितको संयुक्त लगानीमा सञ्चालित एभरेस्ट बैंकले मात्रै कारोबार गर्दै आएकामा उनीहरूले आपत्ति जनाएका हुन् ।
0
अवैध वित्तीय कारोबार (हुन्डी) सञ्चालन गरेको आरोपमा दुई भारतीयसहित ५ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
0
अप्टिकल फाइबर विस्तार गरिसक्नुपर्ने समयमा नेपाल टेलिकमले बल्ल टेन्डर आह्वान भएको छ ।दुई वर्षअघि नेपाल दूरसञ्चार प्राधिकरणसँग भएको सम्झौताअनुसार टेलिकमले यो महिनामा प्रदेश १ देखि ३ सम्मका सबै जिल्ला सदरमुकाम जोड्ने गरी अप्टिकल फाइबर विस्तार गरिसक्नुपर्ने थियो ।
0
२०१७ पुस १ गते पहिलो निर्वाचित सरकार र संसद्लाई ‘कु’ गरी राजा महेन्द्रले शाही निरंकुशता सुरु गरे । यसैको विरोधमा जनता संघर्षमा होमिए । २०१८ माघ १ गते जानकी मन्दिरनिर राजा महेन्द्र चढेको जिपमा बम प्रहार भयो ।
1
नेपाल र भारतबीच कृषि क्षेत्रको विकासका लागि आधा दर्जन समझदारी भएको छ । मंगलबार नयाँदिल्लीस्थित कृषि भवनमा भएको करिब दुई घण्टा छलफलपछि कृषिमन्त्री चक्रपाणि खनाल र भारतीय समकक्षी राधामोहन सिंहले ती सझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । 
0
चालु आर्थिक वर्षको सात महिनामा बैंक तथा वित्तीय संस्थाले हायर पर्चेज (सवारी साधन) मा थप १२ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् ।
0
शुक्रबारदेखि उडान रोक्दै मलेसिया फर्केको एयर एसियाले नागरिक उड्डयन प्राधिकरणलाई १३ करोड रुपैयाँ बक्यौता बुझाएन ।
0
नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले तेस्रो टीभीएस अपाचे पोखरा स्पोटर््स अवार्डको मनोनयन मंगलबार सार्वजनिक गरेको छ । कास्की कार्यक्षेत्र बनाएर खेलक्षेत्रमा २०७४ सालमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी मनोनयनमा परेका छन् ।
2
गायिका मीना निरौलाले नेपालयको पलेँटी शृंखलामा प्रस्तुति दिएकी छन् । शुक्रबार कालिकास्थानस्थित आरशालामा उनले अग्रज गीतकार बैरागी काइँला र मञ्जुलका गीत ‘औंलाहरू चुमेर...’ र ‘आज राति सपनामा...’ बाट प्रस्तुति थालिन् ।
1
नेपाल विज्ञापन संघले दसौं कृति अबार्डको टाइटल स्पोन्सरका लागि चौधरी ग्रुपसँग सम्झौता गरेको छ ।
0
म्यान्मार (बर्मा) र नेपालबीच लामो सामाजिक, सांस्कृतिक र राजनीतिक सम्बन्ध छ । दोस्रो विश्वयुद्धमा जापानी सेनाविरुद्ध लड्न बर्मामा गोर्खा सैनिकले निभाएको भुमिकाको अहिले पनि प्रशंसा हुन्छ र लाखौंको संख्यामा नेपालीहरु म्यान्मारमा बस्दै आएका छन् ।
1
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका सांसद खगराज अधिकारीले प्रदेश र स्थानीय तहको क्षेत्राधिकार परेका निर्माणाधीन खानेपानी, सडक, ढल, पुलेसा, सिँचाइका आयोजना केन्द्रले नै निर्माण गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गर्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव राखेका छन् ।
0
प्रतियोगिताको व्यवस्थापनबारे पछि भन्छु भनेको थिएँ । यहाँ राम्रा खेलाडीहरू छन् । खेलाडीहरूबाट राम्रो प्रदर्शन भयो, विदेशी ठूला नामहरूले कीर्तिपुर रंगशालामा खेले । उत्कृष्ट फ्रेन्चाइज टोलीहरू थिए ।
2
विवाहसम्बन्धी कर्णालीमा एउटा पुरानो प्रथा अझै चल्तीमा छ । जन्मिनुअघि गर्भमै विवाह छिन्ने प्रथा । यही प्रथालाई प्रेम कथाको केन्द्रमा राखेर कर्णालीकै रंगकर्मीले तयार पारेको नाटक ‘गर्भचित्त’ लगायतका नाटक मञ्चन गर्दै आइतबार नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको बिट मारिएको छ ।
1
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र युवा स्पिनर सन्दीप लामिछाने बुधबार साँझ बेलायतका नेपालीसँग साक्षात्कारमा व्यस्त रहे । 
2
पटकपटक सेवा अवरुद्ध हुने समस्या देखिएपछि नेपाल टेलिकमले छानबिन समिति गठन गरेको छ । टेलिकम सञ्चालक समितिको तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।
0
दोस्रोपटक बेलायत आएकी डान्स इन्डिया डान्स र झलक दिख लाजाकी विजेता नेपाली चेली तेरिया फौजा मगरले सप्ताहन्त नेपाली दर्शकको अथाह माया बटुलिन् । हजारौं सहभागी मगर संघ यूकेको ओपन कन्सर्टमा तेरियाले नेपाली, हिन्दी गीतमा एकल र सामूहिक नृत्य देखाएर दर्शक मन जितिन् ।
1
दोर्दीको छयाङ्दीखोलामा ४ मेगावाटको माथिल्लो छन्दीखोला साना जलविद्युत् आयोजना निर्माणको तयारी गरिएको छ । उक्त खोलामा यसअघि २ मेगावाटको छन्दीखोला साना जलविद्युत् आयोजना निर्माण भइसकेको छ ।
0
बैंकर्स संघले अघिल्लो सहमति तोड्दै निक्षेपको व्याजदर घटाउने भएका छन् । संघको बिहीबारको बैठकले मुद्दती निक्षेपमा संस्थाहरूलाई ९ प्रतिशत र सर्वसाधारणलाई १० प्रतिशतभन्दा धेरै ब्याज नदिने सहमति गरेको हो ।
0
कलाकार सिताराम कट्टेल (धुर्मुस)ले आफ्नो जन्मदिन पारेर रौतहटका बाढीपिडितहरुका लागी एकीकृत नमुना सन्तपुर बस्तीको शिलान्यास गरेका छन् । चन्द्रपुर नगरपालिका– ८ स्थित सन्तपुर गाउँका ४५ बाढीपिडितहरुका लागी धुर्मुस–सुन्तली फाउण्डेशनको चौथो परियोजना अन्तर्गतको ‘एकीकृत नमुना सन्तपुर बस्ती’ शिलान्यास गरिएको हो ।
1
सोबिजनेसमा लागेकाहरू आफूलाई खुब मेन्टेन गर्छन् । यसले उनीहरूलाई उमेरभन्दा कलिलो र आकर्षक देखाइरहेको हुन्छ । उमेर र सौन्दर्यलाई नै लिएर दक्षिण कोरियाली गायिका/नायिका जाङ ना राको अचेल निकै चर्चा छ ।
1
नेपाली महिला भलिबलमा एकल वर्चस्व जमाएको नेपाल एपीएफ क्लबलाई एकपक्षीय फाइनलमा पराजित गर्दै चितवन टाइग्रेसले आधीआवादी महिला भलिबल लिग (एभीएल) को उपाधि जितेको छ ।
2
प्रदेश २ मा तीन वटा विमानस्थल, सबैमा यात्रुको चाप उस्तै । समस्या पनि साझा– इन्धन डिपो छैन, जहाज थपिँदैन । हो, तीन वटै विमानस्थलमा रिफयुलिङको सुविधा नहुँदा यात्रुको चापअनुसार थप जहाजको उडान रोकिएको छ ।
0
दुई धड्कनको मेललाई उमेरले कुनै छेकबार गर्दैन । जब माया पिरतीको कुरा आउँछ, उमेर, जात र धर्मले कुनै फरक पार्दैन ।
1
वीरेन्द्रनगरमा फागुन २३ देखि साताव्यापी ‘रारा राष्ट्रिय नाटक महोत्सव’ हुँदै छ । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) र आरंग नेपालले गर्न लागेको महोत्सवमा दर्जन बढी नाटक प्रदर्शन गरिने भएको छ । 
1
अंग्रेजी नयाँ वर्षकै छेको पारेर पुस १४ गते रिलिज हुन लागेको नेपाली फिल्म ‘हयाप्पी न्यु इअर’ को बिहीबार ट्रेलर सार्वजनिक गरिएको छ । देवकुमार श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्ममा कुशल थापा, सन्ध्या केसी, पुकार गौतम, करण श्रेष्ठलगायतको अभिनय रहेको छ ।
1
भरतनाट्यम् नृत्य गर्दा गणेश देवतालाई स्तुति गर्ने मुद्राहरू छुट्टै हुन्छन् । तर गणेशले नै भरतनाट्यम् नृत्य गरेको भने सुनिँदैन । तर चित्रकार सुष्मा राजभण्डारीले गणेश आफैंले नै भरतनाट्यम् गर्दै गरेको पेन्टिङ बनाएकी छन् ।
1
रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) ट्वान्टी–२० क्रिकेट प्रतियोगिताका लागि भएको अक्सन शनिबार सकिएको छ । डीपीएलका लागि आवेदन दिएका २ सय ५ खेलाडी मध्ये १ सय ९९ खेलाडी अक्सनका लागि उपलब्ध थिए ।
2
पहिलोपल्ट विश्व ट्रेल रनिङ च्याम्पियनसिपमा सहभागिता जनाएको नेपालले पुरुषतर्फ १४ औं र महिलामा १६ औं स्थान प्राप्त गरेको छ ।
2
विश्वका विभन्न देशमा हुँदै आएको ‘वल्र्ड इन्डिजेनस फेसन विक’ अब नेपालमा हुने भएको छ । मौलिक कला र संस्कृतिको प्रवद्र्धन गर्ने हेतुले यो फेसक विक आयोजना गरिँदै आएको वल्र्ड इन्डिजेनस फेसन काउन्सिलका अध्यक्ष आर्विन शर्माले बताए ।
1
झापाका बाढीपीडितहरू आफ्नै गाउँघरबाट राष्ट्रियस्तरमा छाएका कलाकारहरूबाट राहत सामग्री पाउँदा खुसी देखिन थालेका छन् ।
1
जिल्लाको पूर्वी क्षेत्रमा चैतेधान लगाउने चटारो सुरु भएको छ । उत्पादन पर्याप्त हुने भएपछि सिञ्चित क्षेत्रमा कृषक चैतेधान लगाउन लालायित भएका हुन् । जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक नोदनाथ लामिछानेका अनुसार पूर्वी चितवनको रत्ननगरदेखि पिप्लेसम्म राप्ती नजिकका क्षेत्रमा चैतेधान लगाउन सुरु गरिएको छ ।
0
विश्वकप छनोटअन्तर्गत सातौं स्थानको प्लेअफ खेलमा नेपाल नेदरल्यान्ड्ससँग ४५ रनले पराजित भएको छ ।  नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ९० रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४४.४ ओभरमा १ सय ४४ रन जोड्दै अल आउट भयो ।
2
नेपाल खेलकूद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्टर्स अवार्ड, २०७४ अन्तर्गत चार विधाका खेलाडीको मनोनयन सोमबार सार्वजनिक गरिएको छ । 
2
उद्योग वाणिज्यमन्त्री मातृकाप्रसाद यादवले वीरगन्जमा निर्मित एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) आगामी बिहीबारभित्र सञ्चालनमा ल्याइसक्न निर्देशन दिएका छन् । भारतीय सहयोगमा निर्मित आईसीपीको सोमबार निरीक्षणपछि उनले यस्तो बताएका हुन् । ‘आईसीपीका सबै पूर्वाधार तयार भइसकेको छ, सञ्चालनमा ल्याउन कुनै समस्या छैन,’ उनले भने, ‘चैत २२ भित्र जसरी पनि सञ्चालन गर्नुपर्छ ।’
0
संकटा क्लबले मंगलबार चर्च ब्वाइज युनाइटेडलाई टाइब्रेकरमा ४–१ ले हराउँदै चौथो कटारी मेयर गोल्डकप फुटबलको सेमिफाइनल पुगेको छ । निर्धारित समयमा २–२ को बराबरी भएपछि टाइब्रेकरबाट नतिजा निकालिएको हो ।
2
साबिक विजेता भारतलाई २–१ ले पराजित गर्दै माल्दिभ्सले बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ ।
2
सरस्वती क्लबले शनिबार फ्रेन्ड्स क्लबलाई ३–० ले हराउँदै पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबलमा पहिलो जित दर्ता गरेको छ ।
2
दक्षिण भारतीय फिल्म र बलिउडमा एक किसिमले सरोबरी नै रुचाइएका नायिकामा पर्छिन् श्रुति हसन । केही दिनयता भने यी सुन्दरीलाई सोसल मिडियामा उडाउनु उडाइएको छ ।
1
पिच राम्रो हुनुपर्छ । ट्वान्टी–ट्वान्टी क्रिकेट आफ्नो चरम उत्कृष्टमा हुन्छ । डीपीएल–२ को शुक्रबार सम्पन्न फाइनल यस्तै रह्यो । संघीय प्रहरी इकाई कार्यालय मैदानको पिचले पूरा प्रतियोगितामा यति राम्रो व्यवहार कहिल्यै गरेको थिएन । त्यसले ब्याट र बल दुवैलाई न्याय गर्‍यो । र, अन्त्यमा विजयी रह्यो टिम चौराह धनगढी ।
2
भ्यात्त पेट निस्केका, मंगोलियन अनुहारका दयाहाङ राईलाई ‘लुट’ बाट निर्देशक निश्चल बस्नेतले गोप्ले चरित्रमार्फत आम चिनारी दिए । अझ अघि बढेर निर्देशक रामबाबु गुरुङले त दयाहाङलाई काजीको भूमिकामा ‘कबड्डी’ को हिरो नै बनाइदिए ।
1
बंगलादेशमा नेपाली ऊर्जाको सम्भाव्यता र विद्युत् आयोजनाका लागि त्यहाँको लगानी भित्र्याउने योजनासहित आजदेखि नेपाल–बंगलादेशका ऊर्जा अधिकारीले छलफल सुरु गर्ने भएका छन् ।
0
चलचित्र बुलबुलको टिजर युट्युवमार्फत सार्वजनिक भएको छ । ४५ दिनअघि बाटोमा नायक/नायिकालाई नचाएर बेग्लै तरिकाले गीत सार्वजनिक गरेको बुलबुलको टिजर पनि अनौठो स्वादमा आएको छ ।
1
म्यानचेस्टर सिटीका खेलाडीका लागि अबको पाँच दिन दुबईको घाममा मस्त आराम गर्ने अवसर हुनेछ । त्यसैका लागि खेलाडी सोमबार राति नै त्यतातिर उडिसकेका छन् ।
2
नेपाली यू–१५ गर्ल्स फुटबल टोलीले भुटानमा जारी साफ यू–१५ गर्ल्स च्याम्पियनसिपको पहिलो खेलमा शनिबार पाकिस्तानलाई ४–० ले पराजित गरेको छ । चाङलमिथाङ रंगशालामा पाकिस्तानी टोलीमाथि पूरै समय हाबी रहेको नेपाली टोलीले दुवै हाफमा २–२ गोल गरेको थियो ।
2
रुसी राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक स्टानिस्लाभ चर्चेसोभले शुक्रबार दुई वर्षका लागि सम्झौता थप गरेका छन् ।
2
लोक रक ब्यान्ड नेपथ्य बुटवलमा सुनिने भएको छ । उसले फागुन १४ मा कालिका मावि परिसरमा कन्सर्ट गर्नेछ ।
1
तीन महिनाअघि कैलालीको सत्ती छोटी भन्सारलाई सुदूरपश्चिम प्रदेशको मूल भन्सार बनाउने निर्णय कार्यान्वयनमा आएको छ । मूल भन्सारका रूपमा कार्य सञ्चालन गर्न कर्मचारी खटिएपछि मूल भन्सारका रूपमा कामकाज सुरु भएको हो  ।
0
प्रोग्रेसिभ एजुकेसनल फोरम (पीईएफ) द्वारा आयोजित सातौं पीईएफ स्पोर्ट्स मिटमा अनमोलज्योति स्कुल प्रथम भएको छ। सानो गौचरनमा आयोजित स्पोर्टस मिटमा कुल २४ अंकसाथ अनमोलले रनिङ सिल्ड जितेको हो। 
2
'५ वर्षको लागि प्रचण्ड बहुमत भएको सरकारले जुनखालको बजेट ल्याउनुपथ्र्यो त्यो आएन । यो बजेट पारम्परिक भयो । जनताले हामीलाई फेरि भोट नदेलान् कि भनेर डराएर ल्याएको जस्तो बजेट छ । सरकार डरको मानसिकताबाट ग्रस्त भएको जस्तो छ जसका कारण बजेट छरिएको छ ।'
0
निर्माण भएका सबै फिल्म सफल हुँदैनन् । असफल किन भए ? यस विषयमा नेपाली फिल्म क्षेत्रमा कहिल्यै बहस र चर्चा हुँदैन ।
1
तेस्रो मेयर कप फुटबलमा सोमबार वडा नम्बर १२ र सहिद स्मारक फुटबल टिम (वडा ११) विजयी भएका छन् ।
2
डाक्टर–गायक विमल मगरले आफ्नो युट्युव च्यानलमार्फत् नयाँ गीत ‘त्यो पारि गाउँमा’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
1
ब्लुबर्ड कलेज र प्लाटिनम कलेजले तेस्रो एक्सपर्ट कलेज प्रिमियर लिग काठमाडौं क्षेत्रमा आइतबार सफलता हात पारेका छन् । ब्लुबर्डले हर्टल्यान्डलाई १ सय ३९ रनले र प्लाटिनमले एक्मी इन्जिनियरिङ कलेजलाई ६ विकेटले पराजित गरे । 
2
माघको पारिलो मौसम अनि लोकगायिका देवी घर्ती र लोकगायक कुलेन्द्र विश्वकर्माको रमाइलो गीत । तानसेन टुँडिखेलमा दर्शकश्रोता कति रमाइरहेका थिए भन्ने कुरो उनीहरूको हाउभाउबाट प्रस्ट देखिन्थ्यो ।
1
चालु आर्थिक वर्षको सात महिनामा पशुपालनमा साढे ८ अर्ब रुपैयाँ थप कर्जा विस्तार भएको छ । गत असारको तुलनामा यो करिब साढे २६ प्रतिशतको वृद्धि हो ।
0
पहिलो पटक निर्देशनमा हात हालेकी अभिनेत्री झरना थापाले ‘ए मेरो हजुर २’ बाट व्यापारिक सफलता पाएकी छन् । तीन दिने विकेन्डमा फिल्मले बम्पर ओपनिङ गरेको वितरकले दाबी गरेका छन् ।
1
कप्तान दिनेश कार्तिक र आन्द्रे रसेलको प्रदर्शनमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई २५ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो क्वालिफायरमा स्थान बनाएको छ ।
2
उर्लावारी नविन फाउण्डेशन फर एजुकेशन एण्ड स्पोर्टसले उर्लाबारी–२को चाँदनी युवा क्लबलाई दुई सेट जर्सी हस्तान्तरण गरेको छ ।
2
हलिउडका स्टार कलाकार मोर्गन फ्रीम्यान काठमाडौंमा छन् । अमेरिकी दुतावासले मंगलबार दिउँसो काठमाडौंका भित्री सहरमा फ्रीम्यान दौरा सुरुवाल लगायत हिड्दै गरेको तस्बिर सार्वजनिक गरेको छ ।
1
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले पछिल्लो ६ महिनामा देशभरका मालपोत तथा नापी कार्यालयमा भएका कित्ताकाटको विवरण मगाएको छ । मालपोत तथा नापी कार्यालयमा भइरहेका भ्रष्टाचार, अनियमिततामा कर्मचारी मुछिएका घटना बारम्बार सार्वजनिक हुन थालेपछि मन्त्रालयले चासो देखाउँदै यस्तो निर्देशन दिएको हो ।
0
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको छ । 
2
चार वर्षपछि सुरु पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबलको आधा सिजन सकिएको छैन । तर, उपाधि जित्ने टोलीको आँकलन सुरु भइसकेको छ ।
2
चिनियाँ कम्पनीले आयोजनाबाट हात झिक्ने संकेत गरेको ७ सय ५० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजनाबारे निर्णय गर्न लगानी बोर्ड कार्यालयले सञ्चालक समितिको बैठक पर्खिने भएको छ । बोर्डको सञ्चालक समितिको अध्यक्ष प्रधानमन्त्री हुन् ।
0
युवा खेलाडीले भरिएको पुलिसले राम्रो खेल पस्कियो । सुस्त गतिमा सुरु भएको फाइनलमा पूरा खेलभर उसैको पकड बल थियो । गोलका थुप्रै अवसर पनि सिर्जना गर्‍यो । तर, २० औं तिलोत्तमा गोल्डकप फुटबलको उपाधि भने रुस्लान थ्रीस्टार क्लबले जित्यो । थ्रीस्टार शनिबार पुलिसलाई २–० ले हराएर पहिलोपल्ट तिलोत्तमा गोल्डकपमा च्याम्पियन भएको हो ।
2
नेपालले एसियाली खेलकुदका पछिल्ला दुई संस्करणमा १–१ कांस्य पदकमा चित्त बुझाएको थियो । सन् २०१० ग्वान्झाउमा बक्सिङका दीपक महर्जन र २०१४ इन्चोन एसियाडमा कराँतेकी विमला तामाङले मात्र पदक जितेका थिए । दीपक खेलाडीबाट प्रशिक्षक भइसके भने युवा खेलाडी विमला अमेरिका पलायन भइसकिन् ।
2
लिभरपुलका व्यवस्थापक योर्गेन क्लोपले आफ्नो टोलीको उपाधि सम्भावनाबारे केही बोल्न चाहेनन् । लिभरपुलले सोमबार राति क्रिस्टल प्यालेसलाई २–० ले पराजित गरी इंग्लिस प्रिमियर लिगमा लगातर दोस्रो विजय हात पारेको थियो ।
2
शिवम् न्यु डायमन्ड एकेडेमी र पोखराको टप्स उमाविले १३ औं रेडबुल ढोरपाटन महिला डबल लिग भलिबलको दोस्रो चरणमा बुधबार दोहोरो जित निकालेका छन् । 
2
नेपाल राष्ट्रिय व्यवसाय महासंघले पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा बढाइएको चर्को ब्याजदरप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 
0
अब देशभरका सबै विमानस्थल नागरिक उड्डयन प्राधिकरण (क्यान) को स्वामित्वबाट नेपाल हवाई सेवा प्राधिकरण (असान) नामको सेवा प्रदायकमा जाने भएका छन् ।
0
भौतिक पूर्वाधार निर्माण सुरु भएको ४० दशमलव २७ मेगावाटको सुपर ङ्यादी जलविद्युत् आयोजनामा ६ बैंकले ५ अर्ब २५ करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ ।
0
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंकका अध्यक्ष जेरोम पावेलका विरुद्धमा मंगलबार पुन: आक्रोश व्यक्त गरेका छन्  । बैंक ब्याजदर वृद्धिको पक्षमा उभिएका पावेलका कारण आर्थिक वृद्धिमा जोखिम आउने खतरा रहेको राष्ट्रपति ट्रम्पको आरोप छ  ।
0
विभागीय टोली नेपाल पुलिस क्लब रूपन्देही–११ विरुद्ध कठिन जित निकाल्दै झापा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पुलिसका रेजिन सुब्बाले खेलको अन्तिम समयमा निर्णायक गोल गरेपछि पुलिसले रूपन्देही–११ लाई १–० ले पराजित गर्‍यो ।
2
क्वीक्स बास्केटबल लिग (केबीएल) को उपाधिका लागि त्रिभुवन आर्मी क्लब र गोल्डेनगेट कलेज भिड्ने भएका छन् ।
2
नेपाली कला–संस्कृति र साँगीतिक चिनारी पस्कन पाकिस्तानको इश्लामाबाद पुगेका कलाकार आनन्द कार्की र प्राश्ना शाक्यले नेपाली तथा उर्दु गीत गाएर आमन्त्रित अतिथिहरुलाई मन्त्रमुग्ध बनाए ।
1
दम्दालामा गभारो रोग लागेर सुन्तला सुकेका छन् । यसले त्यहाँका किसानको आम्दानी दोब्बर घटेको छ । 
0
बलिउड अभिनेता एवं फिल्म निर्देशक राकेश रोशनलाई क्यान्सर भएको छ । ६० वर्षीय राकेशलाई क्यान्सरको पहिलो चरणको लक्षण देखिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
1
मुलुकको पहिलो विशेष आर्थिक क्षेत्र (सेज) भैरहवामा उद्योग स्थापना गर्ने विषयमा व्यवसायी र विशेष आर्थिक क्षेत्र विकास समितिबीच अविश्वास बढेको छ ।
0
डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबले प्रधानसेनापति तेस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा पश्चिमाञ्चलको सामना गर्ने भएको छ ।
2
लोकल सिनेमा प्रालिले ६ वटा फिल्मको घोषणा गरेको छ । साथै लोकल सिनेमाकै ब्यानरमा निर्मित पहिलो फिल्म ‘कथा ७२’ को प्रदर्शनी मिति पनि तोकेको छ ।
1