text stringlengths 71 459 | label int64 0 2 |
|---|---|
निर्माण सुरु भएको केही महिनापछि भूकम्प, मधेस आन्दोलन, नाकाबन्दी, ठेकेदार र सहठेकेदारबीच विवादले सुस्ताएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले गति लिएको छ । | 0 |
निश्चित मूल्य नहुँदा धान मिल र बिचौलियाले तोकेको मूल्यमा किसान धान बेच्न बाध्य छन् । माग, आपूर्ति र सीमावर्ती बजारको अवस्था हेरेर बिचौलियाले हरेक दिन मूल्य निर्धारण गरी मिलसम्म पुर्याउछ । | 0 |
सेयर कारोबार मापक नेप्से परिसूचक यो साता करिब ३२ अंकले घटयो । उक्त अवधिमा साताका सबै कारोबार दिनमा नेप्से घटेपछि साप्ताहिक रूपमा पनि परिसूचकमा उच्च अंकको गिरावट आएको हो । | 0 |
चैत अन्तिम साता हुने नेपालगन्ज दोस्रो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा नेपाल र नेपाली वीषयमा निर्माण भएका फिल्महरुबीच प्रतिस्पर्धा हुने भएको छ । नेपालगन्ज महोत्सव अन्तर्गत चैत ३० र ३१ गते आयोजना हुने फिल्म फेस्टिभलका लागि आवेदनको अन्तिम म्याद २५ गतेसम्म तोकिएको छ । | 1 |
हलिउडका स्टाइलिस्ट हिरोइनमध्ये पर्छिन्— जेनिफर लरेन्स। उनको ड्रेसअप र फेसन सेन्सको प्राय: प्रशंसा हुने गर्छ। | 1 |
घरेलु प्रतियोगिताको ठूलो र चर्चित धनगढी प्रिमियर लिग (डीपीएल) को आयोजक संस्था धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले प्रमुख प्रशिक्षकमा एसीसीका लेभल थ्री प्रशिक्षक दीपेन्द्र चौधरीलाई नियुक्त गरेको छ । | 2 |
अन्तर्राष्ट्रिय बजारमा भाउ घटेका कारण देखाउँदै चिनी मिलहरूले उखु किसानलाई भुक्तानी दिन आलटाल गरिरहेका बेला तेस्रो मुलुकबाट चिनीको आयात भने ह्वात्तै बढेको छ । | 0 |
दूधको मूल्य घटेको विरोधमा आन्दोलन गर्दै आएका चितवनका दूध उत्पादक किसानहरूले साउन २५ गतेदेखि दूध ढुवानी गर्ने टयांकरहरू सडकमा गुड्न नदिने घोषणा गरेका छन् । बिहीबार भरतपुर महानगरपालिकामा ज्ञापनपत्र बुझाउँदै किसानहरूले यस्तो चेतावनी दिएका हुन् । | 0 |
कुखुराका लागि दाना (आहारा) बनाउन वार्षिक १६ अर्ब रुपैयाँको कच्चा पदार्थ आयात हुने गरेको छ । दाना बनाउन सबैभन्दा बढी प्रयोग हुने मकै र भटमासको पिना हो । यो दुवै भारतबाट आयात हुने गरेको छ । | 0 |
नेपाल उद्योग वाणिज्य महासंघले सरकारले मंगलबार सार्वजनिक गरेको बजेट उद्योगमा केन्द्रित नभएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । | 0 |
भारतको पश्चिम बंगालस्थित युनाइटेड दार्जिलिङविरुद्ध २–१ गोलको कठिन जित निकाल्दै नेपाल पुलिस क्लब पाँचौं माइभ्याली अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । पुलिसले फाइनल प्रवेशका लागि एपीएफ र क्यामरुनको दाफिन्सबीचको विजेताको सामना गर्नुपर्नेछ । | 2 |
नेपाली सेना दोस्रो अन्तर्राष्ट्रिय शारीरिक दक्षता तथा रणकौशलता प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल भएको छ । | 2 |
इंग्लिस प्रिमियर लिगमा टोटनहमले बुधबार राति न्युकासल युनाइेटडलाई १–० ले हरायो र युरोपेली च्याम्पियन्स लिगका लागि छनोट भयो । ह्यारी केनले ५० औं मिनेटमा निर्णायक गोल गरे । | 2 |
नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) माथि ९ विकेटको जित हात पार्दै क्रिकेटको मक्का लर्ड्समा पुनरागमन गरेको छ । प्रतिकूल मौसमका कारण ६ ओभरको खेलमा ४१ रनको लक्ष्य सजिलै ८ बल अगाडि पूरा गर्दै नेपालले एकदिने ट्वान्टी–२० त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा जित हासिल गरेको हो । | 2 |
नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) ले दसौं नेफ्टा फिल्म अवार्ड फागुन ३० मा आयोजना गर्ने भएको छ । पछिल्ला अवार्ड समारोह मलेसिया, हङकङ, कतार र दुबईमा गरेको नेफ्टाले यस पटक पनि विदेशमै कार्यक्रम गर्ने भएको छ । | 1 |
त्रिभुवन आर्मी क्लब पाँचौं विराट गोल्डकप फुटबलको फाइनल पुगेको छ । शुक्रबार रमपम झापा–११ लाई १–० गोलले हराउँदै आर्मीले उपाधि दाबेदारी प्रस्तुत गरको हो । | 2 |
सरकारले प्रदेश ४ र ५ मा अप्टिकल फाइबर विस्तारका लागि युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) लाई दिइएको ठेक्का खारेज गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले प्राधिकरणलाई यूटीएलसँगको सम्झौता खारेज गरी नेपाल टेलिकमलाई जिम्मा दिन निर्देशन दिएको हो । | 0 |
फिल्मको रिलिज नजिकिँदै जाँदा फिल्म ‘भुइँमान्छे’ युनिटले राष्ट्रव्यापी कविता प्रतियोगिताको आयोजना गरेको छ । गत शनिबार राजधानीमा आयोजित प्रतियोगितामा देशभरबाट छानिएका ३५ कविताबीच प्रतिस्पर्धा भएको थियो । | 1 |
नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक तथा नियमनकारी दुइ निकायमा विभाजन गर्न तयार पारिएको ऐन संशोधनको मस्यौदा रोक्न चार कर्मचारी संगठनले सोमबार पर्यटनमन्त्रीलाई ज्ञापन बुझाएका छन् । | 0 |
कबड्डीका राष्ट्रिय खेलाडी नागेश्वर चौधरी यतिबेला महेन्द्रनगरमा पसिना बगाइरहेका छन् । कुस्ती खेलाडी सुरेश चुनारा पनि अभ्यासमा तल्लिन छन् । कबड्डी, भलिबल र कुस्तीका खेलाडीहरू यतिबेला महेन्द्रनगरमा कडा परिश्रमसाथ अभ्यासमा जुटिरहेका छन् । | 2 |
जिल्ला फुटबल संघ मकवानपुरको अधिवेशन माग गर्दै जिल्लाका क्लबहरूको एक समूह स्थानीय प्रशासनमा पुगेको छ । | 2 |
लालबन्दी गोल्डकप फुटबलको शुक्रबार विभागीय टोली एपीएफ क्लबले सिक्किम युनाइटेडलाई टाइब्रेकरमा ४–१ ले पराजित गरेको छ । निर्धारित समयमा दुवै टोलीबाट २–२ गोल भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । | 2 |
विनोद चौधरीको सम्पत्ति एक वर्षमा करीब २० अर्ब रुपैयाँ बढेको छ । चर्चित अमेरिकी म्यागेजिन फोर्ब्सले सार्वजनिक गरेको सन् २०१९ का विश्वभरका धनाढ्यको सूचीमा चौधरी १ हजार ३ सय ४९ औं स्थानमा छन् । उनको कुल सम्पत्ति १ अर्ब ७० करोड डलर रहेको फोर्ब्सको आकलन छ । | 0 |
पछिल्ला पाँच दिनयता सेयर कारोबार मापक नेप्से ६२ अंक माथि उक्लिएको छ । उक्त अवधिमा अघिल्ला दिनहरूमा परिसूचक सकारात्मक देखिए पनि कारोबार रकम थोरै थियो । | 0 |
चिनीको बजार मूल्यको विषयमा सार्वजनिक लेखा समिति र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच विवाद देखिएको छ । समितिले चिनीको खुद्रा मूल्य प्रतिकिलो ६३ रुपैयाँ कायम गर्न निर्देशन दिएपछि विवाद देखिएको हो । | 0 |
फर्ममा रहेका सागर ढकालको बलिङ चलेपछि वाइवाइ ग्रेट हिमालय क्रिकेट एकेडेमी (जीएचसीए) ले खुकुरी च्यालेन्जर कप टान्टी–२० मा त्रिभुवन आर्मी क्लबलाई ५ विकेटले पराजित गरेको छ । ग्रेट हिमालयको यो लगातार तेस्रो जित हो । | 2 |
पाँच वर्षदेखि थलिएका लोकगायक सोमबहादुर लामा घलानले बुधबार ह्विलचेयर पाएका छन् । उनलाई चितवनका चिकित्सक दम्पतीले घरमै पुगेर यस्तो सहयोग गरेका हुन् । | 1 |
साफ वुमेन्स च्याम्पियनसीपको उद्घाटन खेलमा नेपालले विजयी सुरुआत गरेको छ । विराटनगरको सहिद रंगशालामा मंगलवार अपरान्ह भएको भुटान विरुद्धको खेलमा नेपालले ३-० को जीत हात पारेको हो । | 2 |
कार्यालयको प्रयोजनका लागि सरकारी इमेल अनिवार्य हुने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको विद्युतीय पत्राचार व्यवस्थापनसम्बन्धी निर्देशिका आइतबारको मन्त्रिपरिषद् बैठकले राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ । | 0 |
पछिल्लो पटक ‘यो मायाको सागर’ निर्देशन गरेर निर्माणमा मात्रै आफूलाई सीमित राखेका अशोक शर्मा झन्डै १३ वर्षपछि पुन: निर्देशनमा आएका छन् । खगेन्द्र लामिछानेको पटकथामा अशोकले बिहीबार फिल्म ‘जय भोले’ को निर्माण घोषणा गरेका छन् । दुई युवा साथीबीचको भावनात्मक मित्रता र प्रेम कथावस्तुलाई समेटिएको उक्त फिल्मको मुख्य भूमिकामा खगेन्द्र स्वयं र सौगात मल्ल रहने भएका छन् । | 1 |
नवलपुर गाउँ प्राय: सुनसान हुने गर्छ । दुर्गममा भएकाले कसैले हतपत यहाँ सांस्कृतिक कार्यक्रम गर्दैनन् । सोमबार भने नवलपुरको दोभानमा गाउँलेको ठूलै भीड थियो । सधंै दैनिक कामकाजमा व्यस्त हुने गाउँले सेलो पपमा झुम्न व्यस्त थिए । | 1 |
सिरिजंगा गाउँपालिका ५ खेवाङमा सम्पन्न पुरुष फुटबलको उपाधि आयोजक खेवाङले जितेको छ । क्लबस्तरीय खुला प्रतियोगिताको फाइनलमा तेल्लोकलाई ३–० गोलले पराजित गर्दै उपाधि चुमेको हो । | 2 |
विदेशबाट आयातित वस्तुले सोही प्रकृतिको वस्तु उत्पादन गर्ने स्वदेशी उद्योगलाई हानि भए आयात प्रतिबन्ध वा थप शुल्क लगाउने प्रावधानसहितको नयाँ विधेयक सरकारले तयार पारेको छ । | 0 |
त्रिभुवन आर्मी क्लबले क्वीक्स बास्केटबल लिगमा सोमबार अपराजित यात्रा कायमै राखेको छ । | 2 |
बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्ति गर्नुअघि राष्ट्र बैंकको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गर्न लागिएको छ । | 0 |
वीरगन्जको सीमापारि भारतीय आईसीपीमा नेपाली ट्यांकरलाई ‘डेडिकेटेड लाइन’ (छुट्टै सवारी लाइन) दिन भारतीय पक्ष सहमत भएको छ । | 0 |
भारतको ब्याटिङ चलेपछि दक्षिण अफ्रिकाविरुद्ध तेस्रो टेस्टको तेस्रो दिन पाहुना टोली बलियो स्थितिमा देखिएको छ। | 2 |
साफ च्याम्पियनसिप २०१८ मा बंगलादेशविरुद्धको खेल नेपालका लागि निकै महत्त्वपूर्ण थियो । किनभने यसमा स्पष्ट जितबिना टिमको सेमिफाइलन यात्रा टर्ने निश्चित थियो । | 2 |
विभिन्न रक ब्यान्डका सदस्य आबद्ध रहेको नयाँ ब्यान्ड ‘प्रोजेक्ट वान’ ले ललितपुरको जावलाखेल र बुटवलमा कन्सर्ट गर्ने भएको छ । माघ १३ र २७ मा हुने कन्सर्टमा एक दर्जन स्थापित रकस्टारले माहोल तताउनेछन् । | 1 |
मोबाइल फोनलाई अचेल जिस्क्याएर ‘एप फोन’ भन्न थालिएको छ । पानी खान सम्झाउने ‘अक्वाअलर्ट’ देखि डेटमा छँदा प्रेमीसँग मीठो बोल्न सिकाउने ‘क्राउड पाइलट’ र नक्सा पहिल्याउन सघाउने ‘वेज’ अथवा ‘म्याप्स’ जस्ता एप एप–स्टोरहरूमा पाइन्छन् । मोबाइलको ब्यालेन्स रिचार्ज गर्न, होटलबाट खान मगाउन र बिजुली/पानीको बिल तिर्न पनि एपबाटै सम्भव हुन थालेको छ । | 1 |
पश्चिम नवपरासीको सुस्ताका बिसमिल्लाहा अन्सारीको उखु खेतमै फुलिसकेको छ । समयमा काट्न नपाएपछि उखु फुलबारीजस्तो बनेको छ । केही सुक्न थालेको छ । अन्सारीले अझै काट्न पाएका छैनन् । | 0 |
भारतविरुद्ध अन्तिम टेस्टको अन्तिम विकेट लिँदै जेम्स एन्डरसन टेस्ट क्रिकेट इतिहासमा सर्वाधिक विकेट लिने तीव्र गतिका बलर बनेका छन् । | 2 |
दुई वर्षपछि नेपाल सरकारले मनाउन लागेको नेपाल भम्रण वर्ष २०२० का लागि छानिएको 'अभियान लोगो' संशोधन गरिएको छ । लोगो सार्वजनिक भएपछि सामाजिक सञ्जाल लगायतबाट प्राप्त सुझावका आधारमा पर्यटन बोर्डले लोगो संशोधन गरिएको जनाएको छ । | 0 |
नेपाल टेलिकमले पछिल्ला ५ वर्षमा आफ्नो बजार हिस्सा बढाउँदै लगेको छ । नेपाली दूरसञ्चार बजारमा सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी लगानीको सेवा प्रदायक एनसेलबीच प्रतिस्पर्धा रहँदै आएको छ । | 0 |
नेपाली हास्य (कमेडियन) गीतको क्षेत्रमा ‘सुका माना घ्यू’ बोलको एल्बमले प्रकाश ओझा सुरुमा लोकप्रिय भए । उनको ‘भत्काइदिन्छु बाख्राको खोर पनि..’ अत्यधिक चर्चित भयो । तर यौनदुराचार, मानव बेचबिखन, ओसारपसारलगायतका काण्डले लामो समय उनको नयाँ सिर्जना आउन सकेन । | 1 |
अन्तर्राष्ट्रिय टेनिस महासंघ (आईटीएफ) को आयोजनामा पोखरामा सोमबारदेखि आईटीएफ यू–१८ जुनियर टेनिस च्याम्पियनसिप सुरु भएको छ । | 2 |
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँसकोटाले मंगलबार बक्सअफिस प्रणालीको सुरुआत गर्दै अब फिल्महलहरूको वर्गीकरण गरिने बताएका छन् । | 1 |
लियोनल मेसीले आफ्नो जादु देखाएपछि १० खेलाडीमा सीमित बार्सिलानाले रियल म्याड्रिडलाई २–२ को बराबरीमा रोकेको छ । नोउ क्याम्पमा आइतबारको नतिजापछि बार्सिलोनाले यस सिजनको लिगमा आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । अर्कोतर्फ रियल क्रिस्टियानो रोनाल्डोको चोटलाई लिएर चिन्तित छ । | 2 |
आधा दर्जन नाटकघर छन् काठमाडौं उपत्यकामा । हरेक दुई हप्तामा नयाँनयाँ नाटक मञ्चन पनि भइरहेका छन् । कसैले विदेशी नाटक त कसैले कविता र आख्यानसमेत मञ्चन गरिरहेका छन् । नेपाली नाटक लेखनको समसामयिक अवस्था किन यति कमजोर ? नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवको पाँचौं दिन शुक्रबार राजधानीमा बहस चल्यो । | 1 |
मनाङ मर्स्याङ्दी क्लब २०७० सालमा पनि सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन भएको थियो । त्यति बेला चार खेल हारेर पनि ट्रफी कब्जा गर्दै मनाङले लिगमा सबैभन्दा बढी सात उपाधि जित्ने कीर्तिमान बनाएको थियो । | 2 |
‘काठमाडौंका उपभोक्तालाई ढुक्कले पानी, तेल र मासु खान भन्न सक्ने अवस्थामा म छैन ’ यो भनाइ नेपालका एकजना मन्त्रीको हो । बजारमा पाइने खाद्य वस्तुप्रति मन्त्री आफैं ढुक्क छैनन् । सर्वसाधारणले अखाद्य वस्तु खान बाध्य छन् । | 0 |
इँटा भट्टामा बालबालिका काममा नलगाउने प्रतिबद्धता उद्योगीहरूले गरेका छन् । नेपाल इँटा उद्योग महासंघले मुलुकभरका सबै भट्टा बालश्रम मुक्त गरिने दाबी गरेका हुन् । मुलुकभर १ हजार १ सय भट्टा छन् । ती भट्टामा साउन १४ देखि बालश्रम प्रयोग नगर्ने घोषणा उनीहरूले गरेका हुन् । | 0 |
आठौं दक्षिण एसियाली जुडो च्याम्पियनसिपको पहिलो दिन शनिबार नेपालले एक स्वर्णमै चित्त बुझाउनुपरेको छ । नेपालका लागि रविन श्रेष्ठले १ सय केजीमुनि तौल समूहमा एकमात्र स्वर्ण जिते । | 2 |
स्थानीय बासिन्दामा चेतनाको कमी, संकलन र प्रशोधन ज्ञान नहुँदा बहुमूल्य जडीबुटी त्यसै खेर जाने गरेको छ । | 0 |
टर्किस एयरलाइन्स इन्गेज एम्पावरिङ लिग ह्विलचियर बास्केटबलको तेस्रो संस्करण जेठ १९ देखि हुने भएको छ । पुरुषतर्फ ९ र महिलातर्फ ६ टोलीले सहभागिता जनाउने प्रतियोगिता राउन्ड रोबिन फस्र्याटमा हुनेछ । | 2 |
तनहुँको भिमादमा जारी तेस्रो भिमाद कप खुला फुटबलमा बुधबार कास्की हेम्जाको विष्णुपादुका क्लबले काठमाडौंको स्वयम्भू क्लबलाई १–० ले पराजित गरेको छ । | 2 |
चार वर्षअघि दयाहाङ राई र प्रियंका कार्कीलाई लिएर निर्देशक दीपेन्द्र के खनालले डार्क कमेडीको नयाँ स्वाद भित्र्याए, ‘झोले’ फिल्ममार्फत । दर्शकले फिल्म रुचाए पनि । सोही फिल्मबाट टेकेन खड्का फिल्म निर्माणमा छिरेका थिए । | 1 |
स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । सामाजिक सञ्जालमा धेरैले यसको ढिलासुस्तीमाथि प्रश्न उठाइरहेका छन् । | 1 |
उदासीपुरका किसान हर्कबहादुर विष्ट उन्नत जातको धान बीउ खोज्न निकै भौंतारिए । गाउँका सहकारीदेखि धनगढीस्थित कार्यालयसम्म पुग्दा पनि बीउ नपाएपछि भारतकै भर परे । खुला नाकाबाट अवैध रूपमा भित्रिएको सरजु–५२ बीउ किनेर बेर्ना राख्न बाध्य भए । उनी यसपटक राधा–४ तथा सुक्खा २ र ३ जातको धान लगाउने सोचमा थिए । | 0 |
चौथो कटारी मेयर गोल्डकप फुटबलको उपाधि रमपम झापा ११ ले जितेको छ । पूर्व विजेता झापाले शनिबार फाइनलमा संकटा क्लबलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै ५ लाख रुपैयाँ पुरस्कार जितेको छ । झापा पहिलो संस्करणको विजेता टोली हो । | 2 |
द रोलिङ स्टोन्स र द बिटल्सजस्ता ब्यान्ड विश्व संगीत क्षेत्रमा खुबै लोकप्रिय छन्। यिनै दुई लेजेन्डरी ब्यान्डबाट प्रभावित भएर अरू धेरै गायक गायिका निस्के। | 1 |
निर्माण घोषणाको झन्डै नौ वर्षपछि फिल्म ‘सूर्योदय : द सनराइज सोनम एण्ड हर हसब्यान्डस’ बन्ने पक्कापक्की भएको छ । हिमाली भेगमा विद्यमान बहुपति प्रथामाथि आधारित उक्त फिल्मको निर्देशन आकाश अधिकारीले गर्ने भएका छन् । | 1 |
छठको उमंगले मन चंगा बनाएको त छँदै छ, तराई–मधेसको यो मुख्य पर्व आउनु महिनाअगाडिदेखि नै भक्तिभाव तथा आस्था जगाउने गरी मैथिली, भोजपुरी एवं अवधी भाषाका गीतहरू बज्न थाल्छन् । | 1 |
आठौं बृहत् राष्ट्रिय खेलकुदका लागि नेपालगन्जस्थित तीन दशक पुरानो जीर्ण कभर्डहलको मर्मतसम्भार गरी क्षमता बढाइएको छ । मर्मतमा करिब १ करोड रुपैयाँ खर्च भएको छ । | 2 |
सोलुखुम्बुका सुमन कुलुङ बिहीबार हिमालयन गाइड्स पाँचौं पाथीभरा खुला म्याराथनमा च्याम्पियन भएका छन् । महिला हाफ म्याराथनको उपाधि भने त्रिभुवन आर्मी क्लबकी चन्द्रा रावतले जितिन् । सुमनले ४ घण्टा १९ मिनेट ५८ सेकेन्डमा दूरी पार गरी उपाधि जितेका हुन् । | 2 |
गीतकारसमेत रहेका संघीय मामिला तथा स्थानीय विकास सचिव दिनेश थपलियालाई गायक सरोज ओली र संगीतकार वसन्त सापकोटाले प्रस्ताव गरे– एउटा लभ सङ लेखिदिनुपर्यो ।
२ सयभन्दा बढी राष्ट्रिय र सामाजिक गीत लेखिसकेका थपलियाले सुरुमा प्रस्ताव स्वीकार्न हच्कचिए । | 1 |
नाटक कस्तो लाग्यो ?’ सो सकिनेबित्तिकै रंगकर्मी सविन कट्टेल दर्शकको प्रतिक्रिया लिन थाल्छन् । दर्शकको ‘थम्स अप’ पाएपछि उनी दङ्ग । | 1 |
एलेक्सिस सान्चेज युग अन्त्यपछि आर्सनलले आकर्षक सुरुआत गर्दै बुधबार चेल्सीलाई २–१ ले हराएर लिग कप फाइनलमा प्रिमियर लिगको शीर्ष टोली म्यानचेस्टर सिटीविरुद्ध खेल्ने पक्का गरेको छ । | 2 |
चालु आर्थिक वर्षको तीन महिनामा सरकारले ५ दशमलब ५१ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार १७ अर्ब २८ करोड ९७ लाख रुपैयाँ मात्रै खर्च भएको हो । | 0 |
उनको पुख्र्यौली पेसा मूर्तिकला हो । सानैमा मूर्तिकला सिके । आफूले सिकेको कला यतिबेला उनी जापानमा उपयोग गरिरहेका छन् । ३४ वर्षीय रामचन्द्र पण्डितले त्यहाँ विश्वकै ठूलो हुने भनेर दाबी गरिएको ६० फिट अग्लो बुद्ध मूर्ति कुँदिरहेका छन् । | 1 |
सोलुखुम्बु काँकुका मृगौला पीडित मदन तामाङलाई स्रष्टा–कलाकारले सघाएका छन् । एक महिनाअघि मृगौला प्रत्यारोपण गरी आराम गरिरहेका पाख्रिनलाई कवि बिना थिङ र अभिनेत्री शान्ति वाइबाले ३० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् । | 1 |
कोरियामा ३ वर्ष रोजगारी गरी फर्केपछि कोरियाली भाषा पढाउँदै देउमाई नगरपालिका १ चमैताका प्रकाश बस्नेतले वर्षौं सदरमुकाममा बिताए । थुप्रैलाई कोरिया जान योग्य बनाएका बस्नेत आफ्नै जन्मथलो पुगेका छन् । | 0 |
विभागीय टोली एपीएफ क्लब बिहीबार सीएमजी क्लब संकटालाई १–० ले हराउँदै १६ औं आहा–रारा गोल्डकप फुटबलको अर्को चरण पुगेको छ । | 2 |
लक्ष्मी पूजाको अवसर पारेर भारतको नयाँदिल्लीमा तामाङ कथानक फिल्म ‘सेम्की ताम’ (मनको कुरा) देखाइएको छ । प्रिया तामाङको प्रस्तुति रहेको यो फिल्म ह्योल्मो पाँचपोखरी तामाङ् संस्थाले बिहीबार बिहान र दिउँसो गरी नयाँदिल्लीस्थित आरके पुरम ६ कम्युनिटी हलमा दुई सो देखाएको हो । | 1 |
हालै सम्पन्न हिमालयन किङडम नेप्लिज फेडेरेसन अफ बडिबिल्डिङ एन्ड फिट्नेस (एचकेएनएफबीएफ) को अध्यक्षमा शिव लामिछाने निर्विरोध निर्वाचित भएका छन् । | 2 |
सुदूरपश्चिमका पहाडी जिल्लामा जलविद्युत् आयोजना निर्माणमा निजी क्षेत्रको आकर्षण बढ्दो छ । केही महिनाअघि दार्चुलाको नौगाडमा अपी हाइड्रो पावर कम्पनीले साढे आठ मेगावाट क्षमताको विद्युत् आयोजना सम्पन्न गरेको छ । | 0 |
हिमालयन शेर्पा क्लबले डिफेन्डिङ च्याम्पियन थ्रीस्टार क्लबलाई ३–१ ले स्तब्ध बनाउँदै इलाममा जारी पाँचौं आमन्त्रण टुबोर्ग माईभ्याली गोल्डकप फुटबलको सेमिफाइनल यात्रा तय गरेको छ । सुरुआती अग्रता जोगाउन नसक्दा उपाधि रक्षाको गर्ने लक्ष्यमा आएको थ्रीस्टार निराश भएको हो । | 2 |
मिर्मिरे युवा क्लबको आयोजनामा भएको खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि मणिमुकुन्द भलिबल क्लबले हात पारेको छ । मंगलबार बुटवल उपमहानगरपालिका–१३ बेलबासको बँदेल पोखरीमा भएको प्रतिस्पर्धात्मक फाइनलमा जितेश्वर आमा समूहलाई ३–१ को सेटले पराजित गर्दै मणिमुकुन्दले उपाधि हात पारेको हो । | 2 |
छपाइ बिग्रेका नेपाली नोट आजकल बजारमा बढी भेटिन थालेका छन् । त्यस्ता नोटमध्ये केहीमा गभर्नरको हस्ताक्षर छैन, केहीमा एकातर्फ सादा कागज मात्र छ भने केहीमा नबुझिने खालको मधुरो प्रिन्ट छ । | 0 |
सातामा कारोबारको अन्तिम दिन नेप्से परिसूचक दोहोरो अंकले घटयो । अघिल्लो दिनको तुलनामा ०.७६ प्रतिशतले घटे पनि नेप्से परिसूचक १ हजार ३ सय १८.२२ विन्दुमा बन्द भएको छ । उक्त दिन कारोबारमा आएकामध्ये उत्पादन तथा प्रशोधन र व्यापार समूहको परिसूचक बढे । बाँकी सबै समूहको परिसूचक घटे । | 0 |
सर्वोच्च अदालतको आदेशपछि नेपाल दूरसञ्चार प्राधिकरणले फ्रिक्वेन्सी लिलाम बढाबढको प्रक्रिया अघि बढाउने भएको छ । | 0 |
पोस्टर फिल्मप्रति दर्शकलाई आकर्षित गर्ने पहिलो अस्त्र हो । अहिले जस्तो टिजर, ट्ेरलर वा यस्तै प्रचार सामग्रीको चलनचल्ती नहुँदैदेखि फिल्मका पोस्टर बनाइन्थे र चोक–चोकमा टाँसिन्थे । फिल्मका सुरुवाती दिनमा पेन्टिङबाट निर्मित पोस्टर बन्थे । | 1 |
नेपथ्यले सिक्किम उत्सवमा प्रस्तुति दिएको छ । दक्षिण सिक्किमको राबाङलामा आयोजित ‘राबाङ छो जो फेस्ट’ मा नेपाली लोकरक ब्यान्डले केही नयाँ र केही पुराना लोकप्रिय गीतहरू सुनायो । | 1 |
पछिल्लो दुई खेलमा पराजय भोगेको बुटवल ब्लास्टर्सले अर्को आघात सहनु परेको छ । टोलीका प्रमुख तीब्र बलर ललितसिंह भण्डारीले प्रतियोगिता नखेल्ने जस्तो निश्चित नै छ । | 2 |
बलिउड अभिनेत्री करिश्मा कपुर ठूलो पर्दाबाट टाढिएकी छन् । सन् २००३ देखि नै उनी फिल्म क्षेत्रबाट कर्किन थालेकी हुन् । बीचबीचमा फाट्टफुट्ट फिल्म खेलिन् । तर, पहिले जस्तो सक्रियता देखिएन । यसो भए पनि करिश्मा सञ्चारमाध्यमबाट हराइनन् । पछिल्लो समय उनको महँगो जीवनशैली र फेसन चेत प्रचारप्रसारको कारक बन्दै आएको छ । यसपालि पनि यही कारण दोहोरिएको छ । | 1 |
मनास्लु संरक्षण क्षेत्र भ्रमणका लागि आउने पर्यटक बर्सेनि बढेका छन् । मनास्लु संरक्षण क्षेत्र (एमक्याप) को तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७४/७५ ७ हजार २ सय ३ पर्यटक मनास्लु घुम्न आएका थिए । | 0 |
इरा रावत र प्रेरणा कोइराला छैटौं सिटिजन्स बैंक खुला टेनिसको महिला एकलतर्फ बुधबार फाइनल पुगेका छन् । सेमिफाइनलमा इराले अभिलाषा विष्टलाई ६–३, ६–१ र प्रेरणाले गंगा शर्मालाई ६–२, ६–१ को सोझो सेटमा हराए । | 2 |
विगत केही दिनयता उदयपुर बेलका नगरपालिका क्षेत्रमा फौजीकीराको बिगबिगी बढ्दा जंगल चर्न जाने पशुचौपाया मर्न थालेका छन् । | 0 |
नारायणगढ क्याम्पाचौरमा बिहीबारदेखि १३ औं टुबोर्ग विकास सिल्ड फुटबल प्रतियोगिता हुने भएको छ । विकास सिल्ड समितिले आयोजना गर्ने प्रतियोगितामा एक भारतीय क्लबसहित १२ टोलीले भाग लिने छन् । | 2 |
बलिउड अभिनेता नवाजुद्दिन सिद्धिकी अहिले अमेरिकातिर छन् । त्यहाँ उनी देशी ड्रेसअपमा डुलिरहेका छन् । लुंगी लगाएर सडकमा हिँडेको उनको तस्बिर हिट भइरहेको छ । नयाँ फिल्म ‘बाबुमोसाय बंदुकबाज’ को ट्रेलर लन्चका बखत पनि उनी यस्तै छाँटमा देखिएका थिए ।
| 1 |
शरद भेषावकरको कप्तानीमा खेलेको टोली कम्तीमा फ्रेन्चाइज क्रिकेटको फाइनलमा पुगेको छ । भैरहवा ग्ल्याडिएटर्सलाई टीभीएस एभरेस्ट प्रिमियर लिग क्रिकेटको फाइनलमा पुर्याउँदै शरदले यो यात्रालाई निरन्तरता दिए । | 2 |
कृषिमन्त्रीको नेतृत्वमा ११ दिनअघि गरिएको प्रशोधित दूधको अनुगमनमा मानव स्वास्थ्यका लागि हानिकारक सोडा मिसाउने २५ वटा डेरी उद्योगलाई कानुनी कारबाही नहुने भएको छ ।
खाद्यवस्तुको गुणस्तर नियमन गर्ने बबरमहलस्थित ‘खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग’ ले यी उद्योगलाई कारबाही गर्ने कानुनी आधार नभएको जनाएको छ । | 0 |
पाकिस्तानमा हालैको निर्वाचनमबाट सबैभन्दा ठूलो दलका नेता बनेका इमरान खानले आफूलाई प्रधानमन्त्रीका रूपमा घोषणा गर्दै महँगो हबेलीमा नबस्ने उद्घोष गरेका छन् । | 0 |
प्राय: मान्छे सानोमा चकचके हुन्छ भन्छन्, मेरो हकमा त्यस्तो भएन । साथीभाइ बनाउने, खेल्ने, हाहाहुहु गर्ने मेरो बानी नै थिएन । छोराको चुप लागेर बस्ने स्वभाव देखेर आमाबुबा मख्ख । ‘छोरो त निकै ज्ञानी’ भन्दै बेलामौकामा उहाँहरू फुर्काउनु पनि हुन्थ्यो । बोल्न पनि मन नपराउने र गुपचुप बस्ने छोरोले गीत गाएर करिअर बनाउँछ भन्ने उहाँहरूले कल्पनासम्म गर्नुभएको थिएन सायद । | 1 |
डेल अलिले दोस्रो हाफको चार मिनेटमा दुई गोल गरेपछि टोटनहमले आइतबार राति चेल्सीलाई ३–१ ले हराएको छ । टोटनहमले स्टायनफोर्ड ब्रिजमा चेल्सीलाई हराएको यो प्रिमियर लिगमा २८ वर्षयता पहिलो हो । | 2 |
दुग्ध विकास संस्थानको हेटौंडास्थित हेटौंडा दुग्ध वितरण आयोजनामा करिब १ अर्ब लागतमा धूलो दूध उत्पादन गर्ने प्लान्ट निर्माणका लागि डीपीआर बनाउने भएको छ । | 0 |
शरीर एउटा छ, जसमा महिला र पुरुषदेखि बाघ, हात्ती, गैँडालगायत फरक–फरक बाह्र टाउका जोडिएका छन् । अनि अक्सिजन माक्सले ती सबैको प्राण धानिरहेको छ । | 1 |
नोट वा मुद्रामा केरमेट गर्ने बानी छ भने सुधारिहाल्नुस् । नेपाली नोट र सिक्का केरमेट गर्ने, च्यात्ने वा जलाउनेलाई अब प्रहरीले सिधै प्रक्राउ गरी ३ महिनासम्म जेल हाल्न र ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छ । | 0 |
सुरुमा उनीहरू बाजाको तालमा सुस्तरी नाच्दै थिए । जब रिदमले उचाइ लियो, पाँच जना भैरव (भैल:) को शारीरिक हाउभाउ बदलिँदै गयो । रौद्र रूपमा उनीहरू यसरी देखा परे, मानौं दर्शकहरू डराएर भागिहाल्छन् । तर, यति बेला थिमिमा भैरवलाई हेरेर रमाउनेहरूको भीड लागिरहेको छ । | 1 |
रुस्लान धनगढी प्रिमियर लिगको दोस्रो संस्करण सफलताका साथ सम्पन्न गरेको धनगढी क्रिकेट एकेडेमीले आगामी वर्ष आयोजना हुने उक्त प्रतियोगिताको तेस्रो संस्करण ‘होम एन्ड अवे’ र ‘डे नाइट’ खेलिनेतर्फ प्रयास गरिने जनाएको छ । | 2 |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.