content
stringlengths
20
64.1k
रासस करिब एक महिनादेखि थुप्रिएको काठमाडौं उपत्यकाको फोहोर उठ्न थालेको छ। , , यसअघि नियमितरूपमा फोहोर व्यवस्थापन गर्दै आएको नुवाकोटस्थित सिसडोल भरिएर फोहोर राख्ने स्थानको अभाव भएपछि फोहोर उठ्न सकेको थिएन। सिसडोलमा व्यवस्थापन गर्ने स्थानको मात्र होइन बर्खाको कारण बाटो पनि बिग्रिएको र मर्मतको काम भइरहेकाले फोहोरको नियमित...
सेतोपाटी संवाददाता बारामा रहेको रिलायन्स सुगर मिल्समा भिषण आगलागी भएको छ।, बाराको श्रीपुर मनहर्वामा रहेको रिलायन्स सुगर एण्ड केमिकल्स प्रालिमा दिउँसो आगलागी भएको प्रहरीले जनाएको छ। आगोलागीको कारण भने खुल्न सकेको छैन।, आगो नियन्त्रणको लागि प्रयास भइरहेको बाराका प्रहरी नायब उपरीक्षक रञ्जीतसिंह राठौरले जानकारी दिए।, बार...
चेतना गुरागाईं यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा प्रदेश नं ५ अन्तर्गतका छ जिल्लामा हेलिकप्टरबाट सुरक्षा गस्ती गरिने भएको छ ।,मध्यपश्चिम क्षेत्रीय प्रशासक महेन्द्र गुरागार्इँले भौगोलिक विकटता र सुरक्षाका हिसाबले संवेदनशील क्षेत्रमा हेलिकप्टर गस्ती गरिने बताउँदै त्यसका लागि दाङको भालुवाङ र बाँकेक...
सेतोपाटी संवाददाता काभ्रेको बनेपामा सोमबार टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ। , साँगाबाट बनेपा आइरहेको बा २ ख ३९३४ नम्बरको टिपरले सोही दिशाबाट आइरहेको बा ८३ प ५०७७ नम्बरको मोटरसाइकललाई चार दोबाटोमा ठक्कर दिएको थियो। , टिपरको ठक्करबाट घाइते मोटरसाइकल चालक नमोबुद्ध-७ का जीतबहादुर तामाङको उपचारको क्रममा अस्पतालमा मृत...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी परिसर ललितपुरले सिटिजन्स बैंकको सहकार्यमा उत्कृष्ट काम गर्ने प्रहरीलाई प्रत्येक महिना पुरस्कृत गर्ने भएको छ। , प्रहरी कर्मचारीहरूलाई अझ बढी जिम्मेवार तथा कामप्रति उत्तरदायी बनाउन उच्च मूल्याङ्कन र पुरस्कृत गर्ने लक्ष्यले प्रत्येक महिना तीन जना प्रहरीलाई जनही २० हजार रुपैयाँले पुरुस्क...
रासस शारीरिक सम्बन्ध राख्न नमानेपछि पर्सामा एक युवतीलाई उनकै प्रेमीले हत्या गरेको पर्सा प्रहरीले जनाएको छ। , , भारत बगहा घर भइ हाल पर्साको जगरनाथपुर गाउँपालिका–४ बस्दै आएकी १८ वर्षीया बनिताकुमारी चौधरीको हत्या उनकै प्रेमी सोही ठाँउमा बस्ने प्रमेन्द्र चौधरीले गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। , , गत असार २...
नारायण खड्का दाङका विद्यार्थी संगठनहरूले नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी अन्तरगतका कार्यालयहरू दाङबाटै सञ्चालन गर्न माग गरेका छन्।, विश्वविद्यालयको केन्द्रीय कार्यालय दाङमा रहेता पनि विश्वविद्यालय अन्तरगतका अनुसन्धान केन्द्र र राष्ट्रिय साँस्कृतिक अध्ययन केन्द्र हाल काठमडौंबाट सञ्चालन भइरहेको भन्दै ती कार्यालय द...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यका भित्र गैरकानुनी तवरले हुण्डीको कारोवार गरी राजश्‍व छली गर्ने ५ जना पक्राउ परेका छन्।, गोप्य सूचनाका आधारमा महाशाखाबाट बिशेष प्रहरी टोलीले सोमबार दिउँसो न्यूरोड र कुलेश्‍वर एरियाका बिभिन्न स्थानबाट ५३ लाख १९ हजार ६ सय ७५ नगद र २३ लाख १३ हजार चेकसहित ५ जनालाई पक्राउ गरेको छ।, छापामारी...
चेतना गुरागाईं केही दिनअघि ललितपुरको बालकुमारी मन्दिर अगाडि हामीले एउटा टिपर देख्यौं। सडक किनार रोकिएको बा३क ५३० नम्बरको त्यो खाली टिपरमा लेखिएको थियो- हिम्मत है तो आजा!, अर्थात्, सक्छस् भने आइज!, अक्सर यस्ता मालबाहक सवारीका पछाडि प्रेमिल सन्देशहरू लेखिएको हामी देख्छौं। यस्तै सन्देशका कारण हामीकहाँ ट्रक साहित्य लोकप्र...
एजेन्सी इन्डोनेसियाका पर्यटकीय टापु लोमबोकमा आइतबार बिहान भूकम्प आएको छ। , स्थानीय समयअनुसार बिहान ७ बजे आएको ६.४ म्याग्नेच्युडको भूकम्पमा परी १० जनाको ज्यान गएको छ भने ४० जना बढी घाइते भएका छन्।, अधिकारीहरूले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन्।, अर्को पर्यटकीय टापु बालीबाट ४० किलोमिटर पूर्वमा पर्ने लोमबोकमा भूकम...
रासस प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले सरकारी अस्पताललाई पहिलो उपचार केन्द्रका रूपमा विकास गर्ने योजनानुसार काम प्रारम्भ गरेको छ। , , गत फागुन ३ गते स्थापित मन्त्रालयले प्रदेशका १४ वटै जिल्लाका अस्पतालको स्तरोन्नति गर्न र गामीण क्षेत्रमा चिकित्सकको सेवा उपलब्ध गराउन उच्च प्राथमिकता दिएको छ। , , मन्त्रालयले ग्रामीण...
सेतोपाटी संवाददाता बलात्कारको आरोपमा प्रहरीले दुई जना सशस्त्र प्रहरीका जवानलाई पक्राउ गरेको छ।, शुक्रबार महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले सशस्त्रका जवान राम शरण पोखरेल र चन्द्रबहादु प्रसाईंलाई पक्राउ गरेको हो।, पीडित युवती र जवान पोखरेलबीच एक वर्ष अगाडि प्रेम सम्बन्ध रहेको थियो। पछि आएर युवतीले आ...
सेतोपाटी संवाददाता आइतबार बिहान दुबईका लागि उड्न तयार फ्लाई दुबईको जहाजका पाइलटले मादकपदार्थ सेवन गरेको पुष्टि भएको छ।, मेडिकल रिपोर्टमा उनले मादकपदार्थ सेवन गरेको पुष्टि भएको विमानस्थल प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए।, उनका अनुसार अब अर्को फ्लाई दुबईको जहाज दुबईबाट आएपछि उडान भर्ने छ।, ‘अर्को जहाज ७:२० बजे ल्य...
नारायण खड्का दाङका २७ वर्षीय ऋषि परियार फरक क्षमताका व्यक्ति हुन्। उनी खुट्टामाथि पारेर अर्थात दुई हात टेकेर दुई/तीन किलोमिटरको दुरी सहजै पार गर्न सक्छन्।, ऋषिले यसरी हिड्ने अभ्यास गर्न थालेको करिब १४ वर्ष भयो। उनका कोही प्रशिक्षक छैनन्। कतै गएर तालिम पनि लिएका छैनन्। निरन्तरको स्वभ्यसाले ऋषि आज मज्जाले खुट्टाले झैं ह...
रासस मादक पदार्थ सेवन (मापसे) जाँच्ने ब्रेथलाइजर मेशिन नहुँदा ट्राफिक प्रहरीलाई जाँच गर्न समस्या भएको छ । , , थोरै संख्यामा भएका ब्रेथलाइजर मेशिन पनि बिग्रिएका कारण ट्राफिक प्रहरीले अहिले सुँघेरै मापसे जाँच गर्नुपरिहरेको छ । सुँघेर जाँच गर्दा ट्राफिक प्रहरीलाई अन्य रोग सर्ने खतरासमेत उत्तिकै छ । , , प्रदेश नं ५ ट्राफि...
रासस चितवन राष्ट्रिय निकुञ्जमा विगत तीन आर्थिक वर्षमा विभिन्न कारणबाट ११ वटा बाघ मरेका छन्।, निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार मरेका बाघमध्ये आर्थिक वर्ष २०७२/७३ मा एउटा, २०७३/७४ मा एउटा र २०७४/७५ मा चारवटा बाघ जुधेर मरेका थिए। , , उक्त अवधिमा एउटा बुढो भएर, एउटा उपचारको क्रममा, एउटा विषादी परेर मरेका ...
रासस स्थानीय म्याङलुङ नगरपालिका–९ वडा कार्यालयले गर्भवती महिलालाई प्रोत्साहनस्वरूप अण्डा (फुल) वितरण गर्न थालेको छ।, गर्भवती हुँदा महिलाको हेरचाहमा ध्यान पुर्‍याउन तथा नियमित गर्भपरीक्षणका लागि सन्देश प्रवाह गर्ने ध्येयले वडा कार्यालयले यस्तो कार्यक्रम ल्याएको हो।, स्वास्थ्य चौकीमा गर्भ जाँच गर्न आउने महिलालाई प्रत्ये...
एजेन्सी इन्डोनेसियामा शक्तिशाली भूकम्पका जाँदा कम्तिमा ८२ जनाको ज्यान गएको छ।, इन्डोनेसियाको लोम्बोक आइल्याण्ड केन्द्रविन्दु भएर आइतबार बेलुका गएको ७ रेक्टर स्केलको भूकम्पका कारण कम्तिमा ८२ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।, अमेरिकी भूगर्भ सर्वेक्षण केन्द्रका अनुसार आइतवारको भूकम्पले लोम्बोकक...
रासस निरन्तर वर्षापछि पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरूद्ध भएको छ।, जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढ-मुग्लिन सडकको जलविरे र घुमाउनेमा पहिरो खसेपछि आज बिहान ५:५५ बजेबाट सडक फेरि अवरुद्ध भएको हो।, जलविरे इच्छाकामना गाउँपालिका–६ मा र घुमाउने भरतपुर महानगरपालिका–२९ मा पर्दछ ती दुवै ठाउँ...
सेतोपाटी संवाददाता लगातारको वर्षाले देशभरि को जनजीवन प्रभावित भएको छ। मौसम पूर्वानुमान महाशाखाले अझै दुई दिन पूर्वी तराई, मध्य र पश्चिम क्षेत्रमा भारी वर्षा हुने जनाएको छ। राजधानी काठमाडौं उपत्यकाभित्र बग्ने नदीको बहाव निरन्तर बढिरहेकाले डुबानमा पर्न सक्ने देखिएको छ।, जल तथा मौसम विभागका अनुसार राजधानीका  नख्खु, मनोहर...
रासस तेह्रथुमको छथर गाउँपालिकाले आफ्नो जनसंख्या बढाउन बसाइँ सरी आउनेलाई अनुदान दिने नीति लिएको छ।, गाउँपालिका क्षेत्रमा बसाइँ सरी आएर व्यवसाय गर्नेलाई उनीहरूको व्यावसायिक योजनाका आधारमा पाँच लाख रूपैयाँसम्म अनुदान उपलब्ध गराउने भएको हो। ग्रामीण क्षेत्रमा सेवा सुविधाको अभाव भन्दै सर्वसाधारणको बसाइँ सरेर जाने क्रमलाई रो...
रासस निरन्तर वर्षापछि पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्ग पहिरो पन्छाएपछि सञ्चालनमा आएको छ।, जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नारायणगढ- मुग्लिन सडकको जलविरे र घुमाउनेमा पहिरो पन्छाएपछि बिहान ८ बजेदेखि एकतर्फी सञ्चालनमा आएको हो।, जलविरे इच्छाकामना गाउँपालिका–६ मा र घुमाउने ...
दिपकजंग शाही सर्पको टोकाइबाट सुर्खेतको पञ्चपुरीमा एक किशोरीको मृत्यु भएको छ। पञ्चपुरी नगरपालिका वडा नं. ८ स्थित बाढीपीडित शिविरमा बस्दै आएकी १४ वर्षीय किशोरी हरिकला उपाध्यायको मृत्यु भएको हो।, मंगलबार बिहान ५ बजेतिर शौचालय जाने क्रममा उनलाई विषालु सर्पले टोकेको थियो। घरमा प्राथमिक उपचारका क्रममा बिहान साढे ८ बजे उनको ...
प्रशन्न पोखरेल सोलुखुम्बुको गोक्यो हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको गोताखोर परिचालन गरी खोजी गरिएको छ।, शैक्षिक भ्रमणका लागि गोक्यो ताल अवलोकन गर्न साउन १८ गते गएका ३ जना विद्यार्थी १९ गते बिहानदेखि हराइरहेका छन्।, उनीहरू तालमा पौडी खेल्ने क्रममा डुबेका थिए।, ‘शव खोजी गर्न गोताखोर परिचालन गरेका छौं,’ सोलुखुम्बुका प...
सेतोपाटी संवाददाता अपहरणपछि हत्या गरिएका ११ वर्षीय बालक निशान खड्काको पाँच दिनपछि बिहीबार दाहसंस्कार गरिएको छ।, मृतक निसानका बुबा मलेसियाबाट बुधबार मात्र नेपाल आइपुगेका पछि निशानको शव पोष्टमार्टम गरी पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको हो।, अपहरणकारीले आइतबार राति निशानको भक्तपुरको ठिमीमा हत्या गरेका थिए। उनको हत्य...
दिपकजंग शाही जाजरकोटमा यही साउन १६ गते १३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गर्यो। उक्त घटनामा संलग्न रहेको अभियोग लागेका एक जना फरार छन्।, पक्राउ परेका भेरी नगरपालिका– ४, बोहराका ३३ वर्षीय सविन चन्दले जिल्ला सदरमुकामको होटलमा दुई दिन बन्धक बनाएर ती बालिकालाई बलात्कार गरेको बयान दिए। उनी...
सेतोपाटी संवाददाता राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले मुस्लिम समुदायको सबैभन्दा ठूलो पर्व बकर ईदमा सार्वजनिक विदा दिन सरकारको पुनः ध्यानाकर्षण गराएको छ।, राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले मंगलबार बिहान प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र बुझाउँदै बकर ईदमा सार्वजनिक विदा दिन पुनः ध्यानाकर्षण गराएको हो।, प्रधानमन्त्र...
दिपकजंग शाही अगाडि नै साउन महिनाभरको हाजिर गरेर बेपत्ता भएकी जाजरकोटमा कार्यरत एक जना चिकित्सकमाथि अख्तियारले अनुसन्धान सुरू गरेको छ।, महिना नबित्दै अगाडि नै हाजिर गरेर कार्यालय बाहिर रहेकी जाजरकोट जिल्ला अस्पतलामा कार्यरत स्त्री रोग विशेषज्ञ पूर्णिमा राईमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले अनुसन...
दिपकजंग शाही वीरेन्द्रनगरका व्यवसायी र स्थानीयको लापरबाहीले थुप्रिने फोहोर व्यवस्थापन गर्न वीरेन्द्रनगर–६ वडा कार्यालयले नयाँ अभियान सुरू गरेको छ ।, अब वीरेन्द्रनगर बजार क्षेत्रका घरधनी तथा पसल सञ्चालकले आफ्नो घर तथा पसल अगाडि डस्टबिन नराखे जरिवाना तिर्नुपर्ने नियम वडा कार्यालयले ल्याएको छ।, सहरलाई स्वच्छ र सफा बनाउने...
रासस सरकारले सुकुम्बासीलाई विद्युत् मिटर उपलब्ध गराउने बताएको थियो, तर मिटर नपाएका कारण बिजुली बाल्न पाएनौं, समस्याको समाधान हुन्थ्यो कि मन्त्री ज्यू।, यो भनाइ हो टीकापुरकी कमला विश्वकर्माको। ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले पैसा नलाग्ने नम्बरमा जनताको गुनासा सुन्ने र समस्याको सम्बोधनसमेत गर्ने जानकारी पा...
सेतोपाटी संवाददाता नेपाल विधार्थी संघ (नेविसंघ) पोखरा विश्वविद्यालय केन्द्रिय समन्वय समितिले हरेक शनिबार एकजना लोकतान्त्रिक योद्धालाई सम्मान गर्ने अभियान सुरु गरेको छ । उक्त अभियान अन्तर्गत नेविसंघले शनिबार (आज) लोकतान्त्रिक योद्धा एवं नेपाली कांग्रेसका नेता चक्र बास्तोलाई सम्मान गर्यो।, नेता बास्तोला केही वर्षदेखि अच...
भगवती पाण्डे बुटवल १० रामनगरस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा एक वर्षको अवधिमा १ हजार १ सय ५९ जना गरिब तथा विपन्न वर्गका बिरामीले नि:शुल्क उपचार सेवा लिएका छन्।, गत आर्थिक वर्ष २०७४/०७५ मा नेपाल सरकारबाट प्रदान गरिएको निःशुल्क सेवा र अस्पताल आफैंले उपलब्ध गराएको नि:शुल्क सेवाबाट उक्त संख्याका बिरामीहरूले सेवा ल...
सेतोपाटी संवाददाता विश्वकप फुटबल २०१८ सफलतापूर्वक सम्पन्न गरेको रुसले आफ्नो देशको पर्यटन आधार मजबुत बनाउन विश्वकपका दर्शकलाई फ्रि भिसाको नीति लागू गरेको छ।, त्यसैगरि सन् २०२२ मा विश्वकपको तयारी गरेको देशको सरकारी वायुसेवा कतार एयरवेजले विश्वकपका दर्शकलाई रूस यात्राका लागि २० प्रतिशत छुट दिने व्यवस्था गरेको छ।, यो नीति...
सेतोपाटी संवाददाता साहित्यकार प्रा.डा. डी.पी.भण्डारी प्रा.बासुदेव चन्द्र मल्ल पुरस्कार २०७५ बाट सम्मानित भएका छन्।, बिहिबार प्रा.बासुदेवचन्द्र मल्ल स्मृति प्रतिष्ठानद्वारा आयोजना गरिएको कार्यक्रममा साहित्यकार प्रा.डा. डी पी भण्डारी नगद १० हजार रूपैयासहित दोसल्ला र सम्मान पत्रले सम्मानित भएका हुन्।, विगत केही वर्षदेखि ...
सबिना श्रेष्ठ सायदै कसैले सोचेका थिए– पनौतीमा उनको निधनसँगै चाडपर्वको रौनक हराउनेछ। नौ बाजा सुनिँदैन।, भयो यही। , आजभोलि नौ बाजा- लाटा खीँ, ढाँ, ढलुक, धिमे, नाखीं, कोखीं, नगरा, पछिमा र ताताली बजाउने कोही छैन।, पाँच वर्षअघि ‘नौ बाजा विज्ञ’ गणेशमान दुवालको मृत्युसँगै पनौतीबाट नौ बाजाको विज्ञता पनि मासियो।, दुवालपछि उनका...
चेतना गुरागाईं कृष्ण महर्जनले गाडी हाँक्न थालेको २५ वर्ष भयो।, केही दिनअघि पुल्चोकको पार्किङमा कार ‘ब्याक’ गर्दै थिए। एक्कासि उनको मुटु ढक्क फुल्यो। हंसले ठाउँ छाड्यो।, झ्याप्प ब्रेक लगाए।, दुवै ‘लुकिङ ग्लास’ हेरे। केही थिएन।, ‘ब्याक मिरर’ हेरे। केही देखिएन।, उनको कानमा भने मधुरो स्वरमा एकोहोरो आवाज ठोक्किँदै थियो– बच...
अर्जुन काफ्ले विद्यालयको खानेपानी ट्यांकीमा विष पाइएपछि अभिभावक आक्रोशित बनेका छन्।, मोरङ लेटाङ नगरपालिकाको जाँतेस्थित श्री माध्यामिक विद्यालयको खानेपानी ट्याङ्कीमा मंगलबार अज्ञात व्यक्तिले बिष मिसाईदिँदा विद्यालयका २८ विद्यार्थी बिरामी परेका थिए।, उक्त घटनाका दोषी पत्ता लगाएर कारबाहीको माग गर्दै स्थानीय अभिभावक आक्रो...
सेतोपाटी संवाददाता झापाको दुधेमा बिहिबार साँझ स्थानीय एक व्यवसायीको घरमा आगलागी हुँदा लाखौं मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ।, शिवसताक्षी ११ दुधेस्थित कृष्ण पोख्रेलको ३ तले पक्की घरमा आगलागी भएको ईलाका प्रहरी कार्यलय झिलझिलेले जनाएको छ।, आगलागीबाट पोख्रेललको घरमा व्यवसाय गर्ने रमेश संग्रौलाको पसलसमेत जलेर नष्ट भएक...
भगवती पाण्डे पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको सैनामैना ४ मुर्गियामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।, बुटवलबाट पश्चिम तर्फ जाँदै गरेको लु १ प ७७४३ नं. मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु १ ज २७२८ नं. को विङ्गर एकआपसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो।, दुर्घटनामा परी मोटरसाइकल चालक सैन...
सेतोपाटी संवाददाता नेपाल चिकित्सक संघले एप्रोन र काउन्सिल प्रमाण पत्र नेपाल मेडिकल काउन्सिलमा बुझाउने कार्यक्रम भदौ १५ गतेसम्मको लागि स्थगन गरेको छ।, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट बिहिबार जारी गरिएको विज्ञप्तिमा उक्त विवादित दफा तथा उपदफाहरूमा आवश्यकता अनुसार संशोधन गरी सम्बोधन गर्ने उल्लेख भएको हुनाले स...
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौं उपत्यकामा रहेका  विभिन्न सहकारी संस्थाहरूमा चोरी गरी फरार रहेका व्यक्तिलाई पक्राउ गरेको छ।, काठमाडौं का.म.न.पा. वडा नं. १४ कलंकी चोक नजिक धादिङ मण्डली बचत तथा ऋण सहकारी संस्था लगायत उपत्यकाका अन्य विभिन्न ८ वटा सहकारी संस्थाको ढोका फोडी कार्यालयभित्र रहेको सेफ तथा नगद समेतका विभिन्...
सेतोपाटी संवाददाता सरकारको बिरोधमा एक युवाले सिंहदरबार अगाडि नग्न प्रर्दशन गरेका छन्।, गाई, गोरू मार्नेलाई कानुन लगाएको भन्दै सरकारको बिरोधमा शुक्रबार दिउँसो सिंहदरबारको दक्षिणी गेट अगाडि एक युवाले नग्न प्रर्दशन गरेका हुन्।, त्यस क्रममा उनले तस्करी, बलत्कारी, घुसखोरीलाई कानुन लगाउनुको साटो गाई, गोरू मार्नेलाई कानुन लग...
रासस गाउँवासी सबैको आवास पुनर्निर्माण लाभग्राही सूचीमा नाम भएर पनि घर बनाउन नपाएपछि बेनिघाट रोराङ गाउँपालिका–२ पार्लाक, भैंसे र बाङकूर्तिका चेपाङ समुदाय आक्रोशित भएका छन्। , , भूकम्पले ध्वस्त भएको बस्तीमा पुनर्निर्माण प्राधिकरणबाट आएका प्राविधिक टोलीले घरको सर्वेक्षण गरेर गएपछि अनुदान सम्झौता भए पनि जग्गाको लालपूर्जा ...
खिलानाथ ढकाल बैंककस्थित कार्यक्रममा सहभागी हुन हिँडेका एक पूर्वमाओवादी लडाकुलाई गृह मन्त्रालयको आदेशमा अध्यागमन विभागले रोकेको छ। शुक्रबार ९:५० को आरए ४०१ फ्लाइटमा बैंकक जान लागेका काभ्रेका युवा लेनिन विष्टलाई विभागले रोकेको हो।, विष्टका अनुसार सुरूमा विभागले राहदानीमा छाप लगाएर पठाइसकेको थियो। पुनः बोलाएर पासपोर्ट खो...
रासस राजधानी प्रवेश गर्ने मुख्यद्वार रहेको नागढुङ्गा–कलङ्की सडकको दायाँबायाँ सुन्दर हुने भएको छ।, चन्द्रागिरि नगरपालिकाले सोलारबत्ती जडान, वृक्षारोपण एवं घरधनीलाई एकै किसिमको रङ रोगन गर्न लगाइ सडकखण्डलाई आकर्षित गर्न लागेको हो।, नगरप्रमुख घनश्याम गिरीले भने, ‘नगरपालिकाले सडकखण्डको दायाँबायाँ करिब एक हजार २०० सोलारबत्त...
प्रशन्न पोखरेल राहदानी विभागको वेबसाइटमा बिहान ९ बजेदेखि कार्यालय खुल्ने सूचना अझै छ। राहदानीको काम लिएर तपाईं विभाग पुग्नुभयो भने १० बजेमात्र कार्यालयको गेट खुल्छ।, सेवाग्राहीलाई छिटो सेवा दिन सन् २०१५ देखि विभागले ९ बजेबाट नै सेवा सुरू गरेको थियो। दुई वर्ष ९ बजेदेखि सेवाग्राहीलाई छिटो सेवा दिएका विभागका कर्मचारी साउ...
भगवती पाण्डे आर्थिक समस्याका कारण उपचार गर्न नसक्नेलाई अस्पतालबाटै निःशुल्क औषधि उपलब्ध गराईन्छ भन्ने थाहा नहुँदा सामाजिक सेवा ईकाईबाट लक्षित वर्गले लाभ पाउन सकेका छैनन्।, बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा रहेको सामाजिक सेवा ईकाईबाट अहिलेसम्म सात हजार सात सय ६२ जनाले सेवा लिएका छन् ।, सरकारले स्वास्थ्य सेवाबाट कोही ...
कमलेश मण्डल महोत्तरी जिल्लाको लोहरपट्टी नगरपालिका ३ स्थित महदैया तपनपुरमा बकर–इद पर्वको अवसरमा ‘इदुल जोहाको नमाज कुन इमामले पढाउने’ भन्नेबारे दुई समूहबीच विवाद हुँदा एक दर्जन घाइते भएका छन्।, दुई पक्षीय झडपमा सोही ठाउँका ४५ वर्षीय रिस्तम राईन, १८ वर्षीय सुनि राईन, ३५ वर्षीय अतावुल राईन, ४५ वर्षीय अहमद राईन, ५० वर्षीय ...
सेतोपाटी संवाददाता भदौ १ गतेदेखि सञ्चालनमा आएको कलंकीको अन्डरपास बुधबारबाट बन्द भएको छ। केही प्राविधिक कामहरू नसकिएकाले साता दिनका लागि बाटो बन्द गरिएको चक्रपथ सुधार आयोजनाले जनाएको छ।, ‘भित्र दायाँबायाँ लाइट राख्नेलगायत प्राविधिक काम र पिच गर्न पनि बाँकी छ, त्यसका लागि हप्ता दिन लाग्छ भनेकाले आजदेखि सवारी बन्द गरेका ...
रासस कञ्चनपुरको भीमदत्तनगरमा आज राति निषेधाज्ञा लगाइने भएको छ। , , जिल्ला प्रशासन कार्यालयले भीमदत्त नगरपालिका–४, ६ र १८ वडाका विभिन्न स्थानमा आज साँझ ६ बजेदेखि मङ्गलबार बिहान ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो।, यसअघि स्थानीय प्रशासनले आज मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म निषेधाज्ञा लगाउने सूचना जारी गरेको थि...
सेतोपाटी संवाददाता शिक्षा मन्त्रालय अन्तर्गतका उपसचिवलाई स्थानीय तहमा खटाउने गृहकार्य गरिएको छ।, जिल्ला शिक्षा कार्यालय खारेज भएपछि कामविहीन भएका उपसचिवहरूलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त स्थानीय तहमा पठाउने तयारी गरेको हो।, साउनदेखि नै २५४ उपसचिव शिक्षा विभागमा हाजिर गर्दै आएका थिए। स्थानीय तहमा...
सेतोपाटी संवाददाता कञ्चनपुर भीमदत्त नगरपालिका २ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याबारे निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई दबाब दिन राजधानीको माइतीघरमा शान्तपूर्वक प्रदर्शन गरिएको छ।, शनिबार दिउँसो (केहीबेर अघि) सुरू भएको प्रदर्शनमा सहभागीले 'सरकारले देखायो लाचारी त्यसैले हाम्रो ख...
रासस प्रजनन स्वास्थ्यको कमजोरी (रुग्णता) देखाएर श्रीमान्/श्रीमतीमध्ये कसैले पनि एक अर्कालाई घरबाट निकाल्न, विस्थापित गर्न र सम्बन्ध विच्छेद गर्न वा गराउन नपाइने भएको छ।, सङ्घीय संसद् सचिवालय सिंहदरबारमा दर्ता भएको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमा भनिएको छ, ‘प्रजनन स्वास्थ्यको रुग्णताका कार...
सबिना श्रेष्ठ भक्तपुर, सल्लाघारी चोकबाट सिद्धपोखरी जाने बाटोमा सल्लाका ठूल्ठूला रुख छन्। माथि थुम्को छ। खुला ठाउँ छ। स–साना खुड्किलाबाट जान सकिन्छ। त्यही थुम्कोको नाम हो– च्वङा गणेश पार्क।, स्थानीय नेवारी भाषामा ‘च्व’ भनेको चुच्चो र ‘ङा’ भनेको पाँच हो। पाँच थुम्का र गणेश मन्दिरका कारण प्रसिद्ध भएकाले नाम ‘च्वङा गणेश’ ...
नारायण खड्का दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ निवासी ४५ वर्षीय जोगिलाल चौधरीको करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक विवेश शाहले जानकारी दिए।, अमर माध्यमिक विद्यालय उरहरीका कार्यालय सहयोगी चौधरीलाई उक्त विद्यालयको विद्...
रासस उर्लाबारी नगरपालिका वडा नं ६ का वडा सदस्य सचिन शाक्य खेलाडीलाई छुरा प्रहार गरेको आरोपमा पक्राउ परेका छन्।, आइतबार राति ११ बजे उर्लाबारी–४ बाट शाक्यलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले आज जानकारी  दिए। मोरङ–११ मा आबद्ध फुटबल खेलाडी २७ वर्षीय विशाल तामाङमाथि छुरा...
रासस काठमाडौं महानगरपालिका–१३ स्थित विष्णुमती पुल नजिक बुधबार बिहान भएको सडक दुर्घटनामा बबिता थापाको मृत्यु भएको छ।, ना४ख २९४८ नं को ट्यांकरले त्रिपुरेश्वर जाने क्रममा बा३४प ५४१५ नं को मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार दोलखाकी ३२ वर्षीया थापा गम्भीर घाइते भइ उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भ...
सेतोपाटी संवाददाता समता शिक्षा फाउन्डेसनका सञ्चालक तथा शिक्षा अभियन्ता उत्तम सञ्जेलले बिहे गरेका छन्। अर्बपति उपेन्द्र महतोसमेतलाई साक्षी राखेर उनले सोमबार गुहेश्वरी मन्दिर परिसरमा तीन सय रुपैयाँमा बिहे गरेका हुन्।, उपेन्द्र महतो नेपालका सबैभन्दा धनीमध्ये पर्ने एक अर्बपति हुन्। अर्बपति महतोले लामो समयदेखि समता शिक्षा ...
सेतोपाटी संवाददाता भारतको सिक्किममा बसेर 'बेटिङ' लगाउने गुन्डा नाइके दावा लामा पक्राउ परेका छन्। , महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अनलाइन जुवा खेलाएको अभियोगमा लामालाई खोजी गरिरहेको थियो। , २०७३ चैत २९ गते काठमाडौंको गौरीघाटमा दावा लामामाथि गोली प्रहार भएको थियो। , गौरीघाटस्थित दिव्या पार्टी प्यालेसको ‘जिम हाउ...
सेतोपाटी संवाददाता सुर्खेतको पञ्चपुरीमा सर्पको टोकाइबाट शनिबार एक बालिकाको मृत्यु भएको छ।, पञ्चपुरी नगरपालिका–४, बरैचेकी ८ वर्षीया लक्ष्मी शाहीको सर्पको टोकाइबाट मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उनलाई शनिबार बिहान सर्पले टोकेको थियो। लक्ष्मीलाई उपचारका लागि वीरेन्द्रनगर ल्याउँदै गर्दा बाटोमा मृ...
रासस शुक्लाफाँटा नगरपालिका–११ को बनहरा नदी तटीय क्षेत्रमा बस्दै आएका एक दर्जन सुकुम्वासी परिवार विस्थापन हुनुपर्ने स्थितिमा पुगेका छन्।, उक्त नदीले बस्दै आएको जग्गा बगाउन थालेपछि सुकुम्वासी परिवार विचल्लीमा परेका हुन्। नदीले बस्दै आएको जग्गा कटान गरी गहिरो खोला बनाएको र सडकबाट झरेको पानीले समेत जग्गा कटान गर्न थालेको ...
सेतोपाटी संवाददाता गौरा पर्व हर्षोल्लासका साथ काठमाडौंमा मनाइएको छ।, विशेषगरी सुदूरपश्चिम क्षेत्रमा मनाइने धार्मिक तथा सांस्कृतिक महत्त्वको यो पर्व सोमबार दिउँसो राजधानीको टुँडिखेलमा बृहत् धार्मिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाइएको हो।, गौरा पर्वमा सुदूरपश्चिममा कुनै किसिमको विभेद तथा छुवाछूत माने पाप लाग्न...
अनिल तिवारी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पैसा कमाउनुभन्दा पनि काम गर्न प्रहरीलाई निर्देशन दिएका छन्।, वीरगञ्ज महानगरपालिकाको बिर्तामा रहेको वडा प्रहरी कार्यालयको नवनिर्मित ५ तल्ले भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पैसा कमाउने उद्धेश्यले प्रहरीमा जागिर खान आउनेलाई प्रहरीको जागिर छोडेर अरू काम गर्न सुझ...
रासस प्रतिबन्धित गरिएको भारतीय नोटसहित कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुई खप्टे नालाबाट प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ ।, आइतबार साँझ भारतको पिलिभित ग्राम राजापुरी थाना हजारा बस्ने ५५ वर्षीय सतमान सिंहलाई प्रहरीले प्रतिबन्धित भारतीय नोटसहित गोप्य सूचनाका आधारमा पक्राउ गरेको हो ।, पक्राउ परेका भारतीय नागरिक स...
सेतोपाटी संवाददाता प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको त्रिभुवन विश्वविद्यालयको साधारण बैठकले आव २०७५/०७६ का लागि २१ अर्ब १० करोड ८० लाख १३ हजार बजेट पारित गरेको छ।, ११ अर्ब ३१ करोड ७३ लाख ८५ हजार सरकारबाट अनुदानको रूपमा माग गर्ने तथा ९ अर्ब ७९ करोड ६ लाख २८ हजार त्रिविको आन्तरिक स्रोतब...
सेतोपाटी संवाददाता रुपन्देहीको रोहिणी गाउँपालिकाको खोलामा डुबेर एक वृद्धको मृत्यु भएको छ।, रोहिणी गाउँपालिका वडा नम्बर २ श्रीनगरका ८० वर्षीय मथुरा बानियाँको खोलामा डुबेर मृत्यु भएको हो।, गाउँ बाहिर रहेको खोलाको कल्भर्ट छेउमा बसिरहेका बानियाँ एक्कासी पानीमा खसेका थिए। खोलाकै छेउछाउमा रहेको बालबालिकाले वृद्धलाई खोलामा ख...
सेतोपाटी संवाददाता धनुषामा सोमबार राति गोली चलेको छ।, अज्ञात समूहले राति करिब साढे ८ बजे एक युवकलाई गोली चलाएका हुन्। मोटरसाइलमा घर फर्किरहेका लक्ष्मिनियाँ ६ का ३५ वर्षीय सञ्जय शर्मा गोली लागि घाइते भएका छन्।, उनलाई  एक गोली लागेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी गोविन्द थपलियाले जानकारी दिएका छन्।, जनकपुर अञ्चल अ...
सेतोपाटी संवाददाता पाँचथरको हिलिहाङस्थित हेवा खोलामा आइतबार दिउँसो पौडी खेल्दै गर्दा बेपत्ता भएका स्थानीय एक युवालाई सोमबार बिहान प्रहरीले मृत अवस्थामा फेला पारेको छ।, जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार वडा नखुलेका आङ्गसाराङ्ग बस्ने २६ वर्षीय रमेश आङ्गदेम्बेको शब सोमबार बिहान घटनास्थलदेखि चार किलोमिटर दुरीको (साबि...
रासस मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या ६ पुगेको छ। मदिरा सेवनबाट मंगलबार ४ नेपालीको मृत्यु भएको थियो। आज थप दुई जनाको ज्यान गएको हो। विषाक्त मदिरा सेवनबाट १७ जना नेपाली गम्भीर बिरामी परेका छन्। , उनीहरू मलेसियाको सेलेङगर शहरमा रोजगारीका क्रममा थिए। उनीहरुको विभिन्न स्थानीय अस्पतालमा उपचार भ...
सेतोपाटी संवाददाता प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले काभ्रे धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको रजिष्ट्रारमा प्राध्यापक डाक्टर सुबोध शर्मालाई नियुक्त गरेका छन्।, स्कुल अफ साइन्सका डिन रहेका शर्मालाई उपकुलपति रामकण्ठ माकाजुले रजिष्टारमा सिफारिस गरेपछि कुलपतिले मंगलबार शर्मालाई रजिष्ट्रारमा नियुक्त गरेका हुन्।...
सबिना श्रेष्ठ भक्तपुरका विभिन्न समूह यतिबेला महाकाली नाचको तयारी गर्दैछन्। यो तयारी काठमाडौंको साताव्यापी पर्व येँया पुन्ही ‘इन्द्रजात्रा’ का लागि हो।, इन्द्रजात्रामा विभिन्न नाच देखाइन्छ। किलागलबाट निस्कने देवीनाच र पुलुकिसी, मजिपाटको लाखे, हलचोकबाट निस्कने सभा भकुः प्रमुख छन्। भक्तपुरबाट ल्याइने महाकाली नाच पनि लामो...
सेतोपाटी संवाददाता एक साताअघि रौतहटका दुई बालिकालाई तेजाब आक्रमण गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एक जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार रौतहट चन्द्रपुर–६ का ५० वर्षीय रामबाबु पासवानलाई पक्राउ गरिएको हो।, १८ वर्षीया सम्झना र १५ वर्षीया सुस्मिता दासलाई भदौ २६ गते राति करिब १२ बजे घरमा सुतिरहेको अवस्थामा अनुहार...
नारायण खड्का गलत तरिकाले सर्वसाधारणलाई झुक्याउँदै लाखौं रुपैंया ठगी गरेको अभियोगमा दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।, दाङका विभिन्न व्यक्तिहरुलाई सामाजिक सञ्जाल इमोको माध्यमवाट प्रभावमा पारी चिठ्ठा परेको बाहाना देखाएर लाखौं ठगी गर्ने नवलपरासीका दुई युवालाई दाङ प्रहरीले पक्राउ गरि कानुनी कारवाही सुरु गरेको जानकारी ...
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय दाङले एकजना युवालाई पेस्तोलसहित पक्राउ गरेको छ ।, घोराही उपमहानगरपालिका वडा नं. १२ निवासी २१ बर्षीय जुनकुमार बुढालाई अवैध पेस्तोलसहित पक्राउ गरिएको दाङका प्रहरी प्रमुख एसपी कृष्णहरी शर्माले जानकारी दिए ।,  बुढा अवैध हतियार लिएर हिड्ने गरेको सूचनाको आधारमा पछ्याउँदै जादा घोराही...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइराला अहिले अमेरिकामा छन्।, गत वर्ष काठमाडौंसँग भगिनीसम्बन्ध स्थापना भएको भर्जिनियाको फ्रेडिक्सवर्ग शहरको अवलोकनका लागि मेयर र सचिवसहित ९ जनाको टोली अमेरिका गएको हो। टोलीमा तीन जना कार्यपालिका सदस्य, २ जना महानगरक...
रासस जिल्लामा झोलुङ्गे पुल विस्तारसँगै खोला तर्दा हुने जोखिम घट्न थालेको छ ।, भौगोलिक बनावटका कारण जिल्लाका अधिकांश ठाडो खोला हुने र त्यहाँ आवतजावत गर्दा जोखिम हुँदै आएको थियो । जिल्ला समन्वय समितिअन्तर्गत झोलुङ्गे पुल सहयोग कार्यक्रमबाट झोलुङ्गे पुल विस्तार भएको हो ।,  आवतजावतमा समस्या भोग्दै आएका समुदायलाई प्राथमिकत...
सेतोपाटी संवाददाता बंगालको खाडीबाट सुरू भएको सामुद्रीक आँधी डायको नेपालमा पनि असर परेको छ।, हिजो सुरू भएको सो आँधी अहिले पश्चिमतिर बढिरहेको छ। असरस्वरूप भारतका विभिन्न राज्यमा भारी वर्षा र हावाहुरी भइरहेको छ।, त्यसको असर नेपालमा पनि परेको छ।  जल तथा मौसम पूर्वानुमान महाशाखाले हिमाली क्षेत्रमा हिमपात हुन सक्ने भएकाले स...
भगवती पाण्डे तिनाउ नदीले विभाजन गरेको रुपन्देहीको मणिग्राम र मोतिपुर जोड्ने गरी आठ वर्षअघि पक्की पुल निर्माण सुरु गरियो।, उक्त पुल दुई वर्षमा सक्ने गरी एलिट कन्स्ट्रक्सन प्रालिसँग २०६७ असार २५ गते ठेक्का सम्झौता भएको थियो। यो पुल निर्माण आज पनि सकिएको छैन।, दुईवटा पिलर बनाएर तेस्रोको निम्ति जग खन्दा जमिनमुनि चट्टान भे...
रासस नेपाल आयल निगमले आफैँले पेट्रोलियम पदार्थ ढुवानीको सम्भावनाबारे अध्ययन गर्न समिति गठन गरेको छ ।, निगम सञ्चालक समितिले वाणिज्य तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल र निगमका प्रव...
रासस पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका–१६ मा आज ट्रकसँग बस ठोक्किँदा १६ यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।, लु१ख ६७५४ नं को ट्रकमा पश्चिमतर्फ जाँदै गरेको लु२च ३९६ नं को बस ठोक्किएको हो । सामान्य घाइते आठ जना उपचारपछि घर फर्किसक...
सेतोपाटी संवाददाता नवलपरासीमा अर्की एक महिलामाथि छुरा प्रहार गरी एसिड छ्यापिएको छ। एसिड आक्रमणमा परेकी रौतहटकी सम्झना दासको मृत्यु भएकै दिन अर्की महिलामाथि आक्रमण भएको हो। , कावोसोती नगरपालिका १६ हर्वासीकी ३० वर्षीया वसन्ती परियारमाथि सोमबार साँझ एसिड आक्रमण गरिएको हो।, सोही ठाउँका ३७ वर्षीय विमल श्रीपालीले वसन्तीमाथि...
रासस तनहुँमा आज मंगलबार बिहान भएको दुर्घटनामा दुई महिलाको मृत्यु भएको छ ।, पोखराबाट भैरहवातर्फ आउँदै गरेको लु१ख ४१९४ नं को ट्रक र दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा३ख ४४४२ नं को माइक्रोबस म्याग्दे गाउँपालिका–४ मनहरीमा ठोक्किँदा दुवै जनाको मृत्यु भएको हो ।, उनीहरुको नाम र ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्र...
रासस पछिल्लो समय लागूऔषध प्रयोग र कारोबारमा युवाको संलग्नता बढ्दै गएको पाइएको छ ।, सरकार र विभिन्न सङ्घसंस्थाले लागूऔषध प्रयोगकर्ता घटाउने तथा यसको प्रयोगले हुने असरबारे सचेत गराउने विषयमा विभिन्न कार्यक्रम गर्दै आएका भए पनि यसको प्रयोगक र कारोबारमा कमी आउन सकेको छैन ।, महानगरीय प्रहरी वृत्त बौद्धले १४ महिनामा ६० लागू...
डिल्ली पाण्डे पप्पु कन्सट्रक्सनका अध्यक्ष सुमित रौनियारविरूद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ।, जिल्ला प्रहरी कार्यालय रौतहटले रौनियारलाई पक्राउ गर्न पुर्जी जारी गरेको हो।, गौर नगरपालिका–४ स्थित टिकुलिया घाटमा भदौ ८ गते भएको डुंगा दुर्घटनामा मृत्यु भएका परिवारले उनको नाममा किटानी जाहेरी दिएपछि प्रहरीले उनको नाममा...
रासस गत वर्ष छुट्टै जिल्लाको मान्यता पाएको रुकुम पूर्वमा अझै कारागार स्थापना हुनसकेको छैन । जिल्लामा कारागारको व्यवस्था नहुँदा यहाँका कैदीबन्दीलाई रुकुम पश्चिमको कारागार पठाउनुपर्ने बाध्यता छ ।, जिल्ला अदालत स्थापना भएयता १५ कैदीबन्दीलाई रुकुम पश्चिम पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिन...
सबिना श्रेष्ठ ‘जिब्रो छेड्ने जात्रा’ भन्नेबित्तिकै हामी मध्यपुर थिमीस्थित बोडेमा मनाइने बिस्केट जात्रा सम्झन्छौं। मंगलबार मध्यपुर थिमीकै दिगु टोलमा जिब्रो छेडेर जात्रा मनाइयो। यो बिस्केट जात्रा भने थिएन। स्थानीयले ‘म्ये प्वाः खना’ भन्ने यो येँया अर्थात् इन्द्रजात्रा नै हो।, ‘पिटिरर....’, आवाज आइरहेको थियो। बीचमा तीन च...
शान्ति तामाङ पुरानो बसपार्कको सार्वजनिक जग्गा निजी व्यवसायीलाई पोस्न लागेको भन्दै विवादित काठमाडौं भ्यु टावर निर्माण आइतबारबाट फेरि सुरु हुने भएको छ।, २०७२ सालमै तीन वर्षमा उक्त भवन बनाइसक्ने सम्झौता भएको थियो। यो समयावधि भदौ ६ मा सकिएको छ। निर्माणको जिम्मा पाएको जलेश्वर स्वच्छन्द विकोई विल्डर्स कम्पनीले विभिन्न समस्य...
नारायण खड्का शुक्रबार बेलुका साढे ५ बजेतिर हामी कुलमोड गाउँस्थित घरमा पुग्दा उनी एक्लै जडीबुटीबाट औषधि बनाउन तल्लिन थिइन्। उनले आफैं जंगलबाट यो जडीबुटी खोजेर ल्याएकी हुन्।, ‘घाँटी समात्या छ, स्वाँ: स्वाँ: हुन्छ, त्यही भएर औषधि बनाउन लागेकी,’८१ वर्षीया ज्ञानीमैंया कुसुन्डाले भनिन् ।, ६/७ वर्षको उमेरदेखि ज्ञानीमैंया कुस...
सेतोपाटी संवाददाता पूर्वस्वास्थ्यमन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य गगनकुमार थापाले युवा अवस्थामै मुटुको ख्याल गर्न आग्रह गरेका छन्।,विश्व मुटु दिवसका अवसरमा काठमाडौँ क्षेत्र नं ४ सांसदको कार्यालयद्वारा शनिबार ‘काठमाडौँको गौशालादेखि पशुपति हुँदै विश्वरुपसम्मको वाकाथन’पछि कोणसभामा थापाले खानपान र जीवनशैलीमा...
रासस नेपालगञ्ज उपमहानगरपालिकाले मुख्य सडकमा रहेका फुटपाथ पसल तथा ठेला हटाउने अभियान सुरू गरिएको छ। , , सडक छेउछाउमा ठेला तथा अस्थायी पसल राखेर फुटपाथ अतिक्रमण गर्न थालेपछि उपमहानगरपालिकाको अग्रसरतामा सडक फराकिलो बनाउने अभियान सुरू गरिएको हो। , , सडक अतिक्रमण गरी राखिएका ठेला तथा पसलका कारण पैदलयात्रीलाई समेत आवतजावतमा...
सेतोपाटी संवाददाता कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अध्ययन प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कारबाहीको माग गर्दै राजधानीको माइतीघर मण्डलामा नागरिक दबाब कार्यक्रम गरिएको छ।, निर्मला पन्तको न्यायका लागि स्वतः स्फूर्तरूपमा शनिबार राजधानीको माइतीघर मण्डलामा भेला भएका नागरिक अभियन्ताहरूले घटनाको छानबिन प्रत...
सबिना श्रेष्ठ येँया पुन्ही, अर्थात् इन्द्रजात्रामा ‘जीवित देवी’ कुमारी रथयात्राबाट फर्किंदा कुमारीघर अगाडि ‘दसअवतार’ प्रदर्शन भइरहेको हुन्छ।, यः सिं (लिंगो) ठड्याएदेखि नै कुमारी घर सामुन्ने त्रिलोकेश्वर डबलीमा राति दसअवतार प्रदर्शन गर्ने चलन छ। ‘दसअवतार’ मा नारायणका दस अवतारको दृश्य प्रस्तुत गरिन्छ।, यसमा कलाकारहरू मू...
नारायण खड्का दाङमा माटोको ढिस्कोले पुर्दा एकै घरका तीन जनाको मृत्यु भएको छ।, राप्ती गाउँपालिका वडा नं. ४ दोलाई खोला निवासी १२ वर्षीया रोजिना चौधरी, ३० वर्षीया श्यामकुमारी चौधरी र ३५ वर्षीया मिना चौधरीको मृत्यु भएको दाङ जिल्ला प्रहरी प्रवक्ता रामप्रसाद घर्तीले सेतोपाटीलाई जानकारी दिए ।, डिएसपी घर्तीका अनुसार शनिबार दिउ...
रासस महानगरीय प्रहरी परिसर काठमाडौँले एक लाख ४० हजार रूपैयाँ लुटेर फरार दुई जनालाई पक्राउ गरेको छ ।, परिसरको टोलीले सोमबार काठमाडौँ महानगरपालिका–१३ कालिमाटी बस्ने भारतका १६ वर्षीय श्यामकुमार शाह र सिन्धुपाल्चोकका २० वर्षीय प्रेम श्रेष्ठलाई पक्राउ गरेको हो ।, पक्राउ परेकासहित अरु चार जनाले आइतबार कलङ्कीका ३८ वर्षीय उमे...
एजेन्सी क्यारेबियन मुलुक हैटीमा ५.९ म्याग्नेच्युडको भूकम्प गएको छ। स्थानीय समयअनुसार शनिबार राति उत्तरी हैटीको पोर्टडिपाइक्स शहरबाट ११ माइल टाढा केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।, राष्ट्रपति जोभिनल मोइसेले उत्तरी क्षेत्रमा भूकम्पले क्षति पुर्‍याएको र नागरिक धैर्य रहन आग्रह गर्दै ट्वीट गरेका छन्।, भूकम्पबाट कम्तिमा १...
रासस भेरी नगरपालिका–१२ धारापानी निवासी ३६ वर्षीय तिलक विकको अरिङ्गालले टोक्दा सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ ।, स्थानीय थर्पुडाँडा प्राविका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका विकको उपचारका अभावमा मृत्यु भएको हो ।, स्थानीयका अनुसार बिसोने डाँडा भन्ने ठाउँमा शनिबार राति अरिङ्गालको गोलो झार्न गएका बेला उ...
सेतोपाटी संवाददाता राष्ट्रकवि माधवप्रसाद घिमिरेको शताब्दी वर्षगाँठको अवसरमा काठमाडौंमा सम्मान गरिएको छ।, राष्ट्रकवि घिमिरेलाई आइतबार बग्गीमा राखेर सहर परिक्रमा गरी सम्मान गरिएको हो।, समाभिनन्दन समारोह समिति ए,वम मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानले सो कार्यक्रम आयोजना गरेको हो।, प्रज्ञा भवन, बाग बजार, रत्नपार...
सेतोपाटी संवाददाता तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ परेका छन्।, महानगरीय अपराध अनुसन्धान महाशाखाले भारतमा लुकेर बसेका उनलाई पक्राउ गरेर काठमाडौं ल्याएको हो।, नेपाल राष्ट्र बैंकले दायर गरेको मुद्दामा अदालतले तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवालीलाई ३ वर्ष कैद र १२ करोड ५० लाख जरीवाना तिराउने फैसल...
सेतोपाटी संवाददाता हास्यव्यङ्ग्य शैलीलाई प्रस्तुतिको माध्यम बनाएर विभिन्न अभियानहरू संचालन गर्दै आइरहेको सिस्नुपानी नेपालले देशभरका कारागारमा हास्यव्यङ्ग्य शिविर अभियान सञ्चालन गर्ने भएको छ। संस्थाबाट जारी विज्ञप्तिमा सो जानकारी दिइएको छ ।, कैदीवन्दीको मानवअधिकार प्रवद्र्धन गर्ने मूल ध्येयसँगै आत्माग्लानी, प्रतिशोधको ...
नारायण खड्का ६३औं प्रहरी दिवसको अवसरमा ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले आइतबार दौड प्रतियोगिता गरेको छ।, महिलाको लागि ३ हजार र पुरुषका लागि ५ हजार मिटर दौड भएको हो। जसमा नेपाल पुलिस स्कुल घोराहीकी शर्मिला घर्ती प्रथम, स्यालुट गोरखा ट्रेनिङ सेन्टर प्रालिकी विपना केसी द्वितीय र स्यालुट गोरखाकै बेलमती जिएम तृत...