content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता गर्भवती महिलाको हत्या गरी फरार रहेका चार जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। , महानगरीय अपराध महाशाखाको टोलीले आइतबार मुगुकी विष्णुमाया मल्ल, भगवती मल्ल, रिता केसी र गान्डिपराज मल्ललाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको हो। , महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहका अनुसार उनीहरूले टोखा नगर...
रासस गाईगोठबाट सल्केको आगो फैलिएर सप्तरीको बोदे बर्साइन नगरपालिका–७ बगबिरा टोलमा गए राति भएको आगलागीमा ६ वटा घर जलेर खरानी भएको छ । , , आगलागीबाट करिब  रु १० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । , स्थानीयवासी गेनी दासको गाईगोठमा लामखुट्टे धपाउन बालिएको घुरबाट राति १२ बजेतिर अचानक सल्किएको आगो तत्काल निय...
सेतोपाटी संवाददाता प्रहरीले ६ महिनाकी गर्भवतीको हत्या गरी फरार अभियुक्तलाई पक्राउ गरेको छ।, गएराति टोखा नगरपालिका -८ मिलनटोलमा रहेको तारानाथ अर्यालको घरमा डेरा गरी बस्ने मुगु सोरु गाउँपालिका-८ निवासी २६ वर्षीया अजिता मल्ललाई मुख थुनी घाँटी थिची हत्या गरेको अभियोगमा ४ जनालाई प्रहरीले सोमबार पक्राउ गरेको हो।, श्रीमान धर...
रासस झापामा आजदेखि बिहान र बेलुका टिपर सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । , , सवारी दुर्घटनाको दरलाई न्यूनीकरण र सवारी आवागमनलाई व्यवस्थित गर्न सवारीको चाप बढी हुने समयमा आजदेखि टिपर सञ्चालनमा रोक लगाइएको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए।, उनका अनुसार बिहान ९ देखि ११ र दिउँसो ३ देखि ५ बजेसम्म जिल्ल...
कमलेश मण्डल औरहीमा आपराधिक घटना लगातारः, , औरही नगरपालिका २ फुलबरियाका ४० वर्षिया किसान बेचु महतोको हत्या अनैतिक सम्बन्धको पोल खुल्ने डरले भएको रहस्य खुलेको छ ।, महोत्तरी प्रहरीले किसान महतोको हत्यामा संलग्न रहेको आरोपमा एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउपछि हत्याको कारण अनैतिक सम्बन्धको पोल खुल्ने डर रहेक...
दिपकजंग शाही कोदालोले हिर्काएर दैलेखमा छोराले आमाको हत्या गरेका छन्।, नारायण नगरपालिका–३ भुर्तीगाउँका २६ वर्षीय बालाराम नेपालीले ४६ वर्षीया आमा पार्वती सार्कीको सोमबार हत्या गरेका हुन्।, घरमै बसिरहेका बेला उनले आमालाई कोदालोले टाउकोमा हिर्काएका थिए। पार्वतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएक...
अनिल तिवारी भारतीय तस्करहरूको समूहको प्रहरीलाई कुटपिट गरि हतियार लुटेका छन्।, पर्साको जगरनाथपुर गाउपालिका वडा नम्बर १ पाडेपुरमा रहेको प्रहरी चौकिका इन्चार्ज सहायक निरीक्षक विसुनदेवा यादवसहितलाई सोमबार राति कुटपिट गरि  हतियार लुटेर भागेका छन्।, सीमावर्ती पाँडेपुर गाउँबाट भारतमा हुने गरेका पेट्रोल र डिजेलको तस्करी रोक्न...
रासस नेपाल चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार आगामी वैशाख १८ देखि सञ्चालनमा आउने भएको छ। २०७२ को भूकम्पपछि तातोपानी नाका बन्द थियो।, तातोपानी नाका सञ्चालनका लागि यतिबेला सीमा क्षेत्रमा तीव्र गतिमा काम भइरहेको छ। आगामी वैशाखबाट नाका सञ्चालन हुन लागेको चिनियाँ उच्च स्रोतले जानकारी दिएको छ। नाका सञ्चालनका लाग...
दिपकजंग शाही कर्णाली प्रदेशमा रहेका कारागारहरूमा पुस्तकालय स्थापनाका लागि अभियान सुरू भएको छ।, अभियान सञ्चालनका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयले समिति गठन गरेको छ। बुधबार कार्यालयले कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक महेशविक्रम शाहको संयोजकत्वमा समिति गठन गरेको हो। समिति संयोजकसहित १३ सदस्यीय ...
रासस चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ परेर नदीमा बेपत्ता भएका रसुवाको उत्तरगया गाँउपालिका–२ का मैते तामाङको खोजी आज बिहानदेखि सुरू भएको छ । , , नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित करिब १०० जनाको टोली तामाङ हराएको स्थान पेरैबेंसीस्थित त्रिशूली नदीमा खोजीमा परिचालन गरिएको छ । , , माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आय...
भगवती पाण्डे प्रधानसेनापति पूर्णचन्द्र थापाले तत्कालीन अंग्रेज साम्राज्यलाई परास्त गरेको मुलुकको ऐतिहासिक सम्पदा बुटवलको जितगढी किल्लाको अवलोकन गरेका छन्।, बुटवल उपमहानगरपालिकाले जितगढीमा विशेष गुरुयोजना बनाएर काम अगाडि बढाइरहेका बेलामा सेनापतिसहितको विशेष टोलीले यहाँको अवलोकन गरेको हो।, त्यसक्रममा उपमहानगरपालिका प्रम...
भगवती पाण्डे बुटवल उपमहानगरपालिका वडा नं १५ तामनगरमा रहेको दानव नदी जोड्ने पुल निर्माण कार्य अचानक रोकिएको छ ।, पूर्वपश्चिम राजमार्गको तामनगरसँग बुटवलको पश्चिम साविकका ११ गाविस र बुटवल उपमहानगरका ४ वटा वडालाई जोड्ने उक्त पुलको निर्माण कार्य उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशले रोकिएको हो।, पुल निर्माण हुन लागेको स...
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंबाट ७७ जना पाकेटमारा पक्राउ गरेको छ।, काठमाडौंको सवारी साधनहरू सर्च गर्ने क्रममा ७७ जना पाकेटमारा पक्राउ गरी महानगरीय प्रहरी परिसर, काठमाडौंले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।, सादा पोशाकमा खटिएका प्रहरीहरूले विभिन्न सवारी साधनमा सर्च गर्ने क्रममा ७७ जना पाकेटमारालाई ...
रासस नेकपाका मेचीनगर नेता दीपक भण्डारी बुधबार बिहानदेखि सम्पर्कविहीन भएपछि खोजी सुरू भएको छ। , तत्कालीन नेकपा एमालेको मेचीनगर अध्यक्ष, धुलावारी जेसिसका पूर्वअध्यक्ष, हिमालयन मल्टिपल कलेजका निर्देशकलगायत थुप्रै जिम्मेवारीमा रहेका भण्डारी मेचीनगर–१० स्थित आफ्नै घर नजिकबाट बुधबार बिहान करिब साढे ९ बजेदेखि सम्पर्कविहीन भए...
सेतोपाटी संवाददाता काठमाडौंसहित आसपासका जिल्लाहरूमा आइतबार बिहान भूकम्पको धक्का महसुस भएको छ।, सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर बिहान ५ बजेर ६ मिनेटमा ४ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।, परकम्पको धक्का करिब १२ सेकेण्डसम्म महसुस गरिएको थियो।, भूकम्प मापन केन्द्रका अनुसार यो २०...
विनोद सापकोटा झापाको मेचीनगरमा बिहीबार राति भएको आगलागीको क्षतिको विवरण सार्वजनिक भएको छ।, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख भीम ढकालले सेतोपाटीलाई दिएको जानकारी अनुसार सो घटनामा १ करोड ४३ लाख ५५ हजार ५ सय रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ।, सो आगलागीमा २३ वटा छाप्रा घर पूर्ण रूपमा जलेर नष्ट भएका थिए।,...
नारायण खड्का दाङमा शुक्रवार भएको बस दुर्घटनामा मृत्यु भएका सबै २३ जनाको सनाखत भएको छ । उक्त दुर्घटनामा परि  दाङका ६ जना, जुम्लाका ११ जना, जाजरकोट, बाजुरा, बझाङ, कञ्चनपुर, डोल्पा र रूकुम पूर्वका १-१ जनाको मृत्यु भएको थियो।, जुम्लाका ८ वटा शव नेपाली सेनाको हेलिकोप्टर मार्फत शनिबार बेलुका तुलसीपुरबाट लगेर गएको जिल्ला प्र...
सेतोपाटी संवाददाता संयुक्त जिल्ला अनुगमन समिति रुपन्देहीले दुई वटा पानी (मिनरल वाटर) उद्योगमा शिल गरेको छ। मापदण्ड पुरा नगरी पिउने पानी उत्पादन गरेको भन्दै अनुगमन समितिले सिद्धार्थनगर नगरपालिका वडानम्बर ४ स्थित भैरव मिनरल ड्रिकिङ्ग वाटर र लुम्बिनी सांस्कृतिक नगरपालिका वडानम्बर ११ स्थित न्यु क्वालिटी कोल्ड वाटरमा शुक्र...
रासस ट्याक्टर दुर्घटना हुँदा खोटाङमा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। ,दिक्तेलबाट निर्मलीडाँडातर्फ जाँदै गरेको को२त ५६६० नंको ट्याक्टर आज बिहान करीब ३ बजेको समयमा दुर्घटना भएको हो।, ,मृत्यु हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २१ वर्षीय माइकल राई, ३५ वर्षीय मीनप्रसाद लुइँ...
सेतोपाटी संवाददाता बर्दियाको राजापुर नगरपालिका १० का वडा सदस्य उत्तम चौधरी साढे दुई लाख घुससहित प्रकाउ परेका छन्।, क्रसर उद्योगको दर्ता गर्न सिफारिस तथा सहयोग गरिदिने भनी सेवाग्राहीसँग लिएको घुस बापतको रकमसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलको टोलीले चौधरीलाई शुक्रबार नियन्त्रणमा लिएको हो। ,कोठियाघाटको एक होटलब...
दिपकजंग शाही सुर्खेतको सिम्ता गाउँपालिकामा स्कुल गएका तीन जना बालिका वेपत्ता भएका छन्। सिम्ता गाउँपालिका वडा नम्बर ५ आलीस्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत ती बालिका ४ दिनदेखि वेपत्ता छन्।, यही पुस १० गतेदेखि सम्पर्कबिहिन रहेको ती बालिकाका परिवारले जनाएका छन्। वेपत्ता हुनेहरूमा १४ वर्षीया नि...
सेतोपाटी संवाददाता बेलहिया नाकाहुँदै काठमाडौं–दिल्ली र बुटवल–दिल्ली चल्ने यात्रुबाहक बसमा भन्सार छली गरी नेपाल ल्याइँदै गरेको सामान बरामद भएको छ।, शुक्रबार चेकजाँचका क्रममा भन्सार कर्मचारीले लाखौं मूल्य बराबरका कपडा, हार्डवेयर र मदिरा बरामद गरेका हुन् ।, भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत कलिराम पौडेलले कार्यालयलाई...
नारायण खड्का मालपोत कार्यालयमा आफ्नो नाममा रहेको त्यही जग्गा नापी कार्यालयमा पुग्दा अर्कैको नाममा छ। कुरा सुन्दा पनि अचम्मै लाग्ने खालको एउटा यस्तै घटना दाङको मालपोत कार्यालयमा भएको छ।, कसले बदमासी गर्‍यो? यी दुई कार्यालय मध्ये कमजोरी कसको हो? त्यो पत्ता नलाग्दा दाङ घोराही उपमहानगरपालिका वडा नं. ५ धर्ना निवासी ६४ बर्ष...
नारायण खड्का दाङमा चुरोटको ठूटोबाट सल्किएको आगोले एक जना महिलाको मृत्यु भएको छ।, बबई गाउँपालिका वडा नं. ७ पातुखोला निवासी ७६ वर्षीया डल्ली बोटेको चुरोटको ठूटोबाट सल्किएको आगोमा जलेर मृत्यु भएको हो।, दाङ जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले बोटे आफैंले खाएको चुरोटको ठूटो कपडामा सल्किन पुग्दा जलेर मृत्यु भएक...
रासस दाङको घोराही उपमहानगरपालिकाको न्यायिक समितिमा जग्गाको विवाद बढी देखिएका छन्। स्थापनाकालदेखि हालसम्म समितिमा १३८ वटा जग्गासम्बन्धी मुद्दा दर्ता भएको समितिका संयोजक तथा उपमहानगरपालिकाको उपप्रमुख सीता सिग्देल न्यौपानेले बताइन्। , , छयालीस वटा मुद्दा मिलापत्रमा टुंगो लगाइएको छ भने बाँकी प्रक्रियामै रहेको संयोजक न्यौप...
रासस नेपालले आगामी वैशाखमा आफ्नै भू–उपग्रह प्रक्षेपण गर्ने भएको छ। जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुईजना नेपाली इञ्जिनियरको सहयोगमा राष्ट्रले पहिलोपटक आफ्नै भूउपग्रह प्रक्षेपण गर्न लागेको हो। ,‘बड् थ्री’ नामक भू–उपग्रह निर्माण तथा प्रक्षेपण गर्न सरकारले ती विद्यार्थीलाई दुई क...
सेतोपाटी संवाददाता तीन जनाको ज्यान जाने गरी ठक्कर दिएर सवारी दुर्घटना गराउने टिपर चालक सुरेश भन्ने सञ्जीव सुचिकारलाई भक्तपुर जिल्ला अदालतले ४ वर्षको कैद सजाय गरेको छ।, गएको जेठ ९ गते भक्तपुरको साँगातिरबाट आइरहेको टिपरले एकै दिशाबाट आएको स्कुटरलाई पलाँसे भन्ने ठाउँमा ठक्कर दिँदा तीन जनाको ज्यान गएको थियो।, शुक्रबार न्य...
रासस दोलखाको उच्च भूभागमा हिमपात भएको छ। जिल्लाको पर्यटकीय क्षेत्र कालिञ्चोक, कुरीबजार, खरीढुङ्गा, जिरीबजार, शैलुङडाँडा, च्योर्दुङलगायत उच्च पहाडी भागमा बिहिबार हिमपात भएको हो। , , हिमपातसँगै वर्षा भई चिसो बढेका कारण जनजीवन प्रभावित बनेको छ। जिल्लाको उच्च भागमा बसोबास गर्दै आएका तथा भूकम्पका कारण घर क्षति भई अस्थायी ब...
प्रशन्न पोखरेल शिक्षक, प्राध्यापकपछि सरकारले निजामती कर्मचारीलाई पनि सामाजिक सञ्जाल प्रयोगमा ‘अंकुश’ लगाएको छ। ,कर्मचारी समायोजन अध्यादेशविरुद्ध कर्मचारीले फेसबुक तथा ट्वीटरमा मन्त्री र सचिवलाई गैरजिम्मेवार र अवाञ्छित स्टाटस लेख्न तथा फोटो अपलोड गर्न थालेपछि सरकारले कारबाही गर्ने चेतावनी दिएको हो।, निजामती सेवा ऐन २०४...
नारायण खड्का दाङमा नियमित एकै स्थानमा बस्ने सर्पलाई ‘नाग देवता’ भन्दै पूजा आराधना गर्न थालिएको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ बनहरीस्थित थारु गाउँमा विगत झन्डै एक महिनादेखि गोमन सर्प एकै ठाउँमा देखिन थालेपछि त्यसलाई ‘नाग देवता’ भन्दै स्थानीयले पूजाआजा गर्दै आएका छन्।, गोमन सर्पलाई ‘नाग देवता’को संज्ञा दिँदै पूज...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी प्रभाग नागढुंगाले १ केजी सय ग्राम चरेससहित एक जनालाई पक्राउ गरेको छ।, महानगरीय प्रहरी वृत्त अन्तर्गतको महानगरीय प्रहरी प्रभाग नागढुंगाका प्रहरी निरीक्षक ज्ञान बहादुर खड्काको नेतृत्वमा खटिएको टोलीले चेक जाँच गर्दा १ केजी सय ग्राम चरेससहित एक जनालाई पक्राउ गरेको हो।, धादिङबाट काठमाडौंत...
रासस नेपाल प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको पुस्तक प्रदर्शनीमा नेपाली बृहत् शब्दकोष पाठकको मुख्य रोजाइमा परेको छ।, यही पुस १५ गतेदेखि सुरू भएको प्रदर्शनीमा ३५० लेखकका ५०० पुस्तक राखिएको भए पनि पाठकले बढी मन पराएका र बढी विक्री भएको पुस्तक नेपाली शब्दकोष हो।, प्रदर्शनीमा रु दुईदेखि एक हजार ४०० सम्म मूल्य पर्ने पुस्तक ...
रासस पूर्वी चितवनका चार नगरपालिकाले एक आपसमा सहयोगी हुने कामलाई संयुक्त रूपमा सुरू गरेका छन्।, भौगोलिक हिसाबले जोडिएका रत्ननगर, कालिका, राप्ति र खैरहनी नगरपालिकाले कतिपय विकास निर्माणका कामलाई संयुक्त रूपमा सञ्चालन गरेका हुन्।, दमकल खरिद, गुणस्तर मापनको प्रयोगशाला निर्माण, कर निर्धारणको दर, चक्रपथ निर्माण, पुल निर्माण...
भगवती पाण्डे ‘क्लिन तिलोत्तमा, ग्रिन तिलोत्तमा’ भन्ने नाराका साथ सरसफाई अभियान थालेको तिलोत्तमा नगरपालिकाले कुलो तथा नहरमा बग्ने फोहरसमेत रोक्न थालेको छ।, जनप्रतिनिधि नेतृत्वमा आएयता वृक्षारोपण र सरसफाई अभियानलाई तिब्रता दिएको तिलोत्तमा नगरपालिकाले बुटवल नगरपालिकाहुँदै नहरमा बगेर जाने फोहरसमेत जाली लगाएर रोकेको छ  ।, ...
नारायण खड्का उच्च अदालत तुलसीपुर दाङले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीलाई सेवा शुल्क नबढाउन आदेश जारी गरेको छ।, अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले शुक्रबार सो निर्देशन दिएको हो। जसमा प्रतिष्ठानमा गरिएको शुल्कवृद्धिको निर्णय तत्काल कार्यान्वायन नगर्न भनिएको छ। उच्च अदालतले प्रतिष्ठानको नाममा ...
रासस अधिकांश सामुदायिक विद्यालयका शिक्षक विद्यार्थीले भित्तेपात्रोमा रातो मसीले लेखिएको दिन कुरिरहेका हुन्छन्। , घरमा साँचिएका काम गर्न र साथीभाइसँग रमाइलो गर्न भित्तेपात्रोमा रातो मसीले लेखिएको मितिले शिक्षक विद्यार्थीलाई सहयोग गर्छ । आफन्त भेट्न, घुम्न र अरु व्यक्तिगत कामको लागि सघाउने रातो मसिले लेखिएको भित्तेपात्र...
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वन तथा वातावरण मन्त्रालयका सहसचिव चन्द्रमान श्रेष्ठले गैरकानुनी सम्पत्ति जोडेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।, उनले एक करोड ३४ लाख रुपैयाँ बराबरको अवैध सम्पत्ति जम्मा गरेको अख्तियारको दाबी छ।, श्रेष्ठलाई २ वर्षसम्म कैद र १ करोड ३४ लाख नै जरिवा...
सेतोपाटी संवाददाता नेपाल चिकित्सक संघले ‘कर्मचारी समायोजन अध्यादेश’ तत्काल सच्याउन सरकारसँग माग गरेको छ।, नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले कर्मचारी समायोजन अध्यादेश सरकारले तत्काल नसच्याए प्रतिकारमा उत्रने चेतावनी पनि दिए।, सो विधेयकविरूद्ध आन्दोलनरत सरकारी चिकित्सकहरूले बुधबार काठमाडौंमा आयोजना गरेको ...
रासस बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की निर्मला पन्तकी आमा दुर्गादेवीको आज रगत नमूना सङ्कलन गरिएको छ।, निर्मलाको शरीरबाट सङ्कलन गरिएको ‘भजाइनल स्वाब’ यकिन गर्न दुर्गादेवीले जिल्ला प्रहरी कार्यालयमा रगत नमूना सङ्कलनका लागि निवेदन दिएकी थिइन्।, प्रहरीले महाकाली अञ्चल अस्पतालको प्रयोगशालामा उनको नम...
सबिना श्रेष्ठ ‘धि’ भनेको ढिक्का, ‘मे’ भनेको गीत। शाब्दिक अर्थअनुसार काठको ढिक्कामा ठोकेर बजाइने बाजालाई धिमे भनिन्छ।, नेवार समुदायको मौलिक बाजा धिमे केही समययता महाराजगन्जस्थित नेपाल प्रहरी संगीत विद्यालयमा सिकाइँदैछ। समुदायसँग भिजेर काम गर्ने प्रयासमा मौलिक बाजालाई प्राथमिकता दिएको प्रहरी उपरीक्षक राजेन्द्र गुरुङले ब...
सेतोपाटी संवाददाता आउँदो अप्रिलमा नेपाल र युरोपेली मुलुक फ्रान्सबीच दौत्य सम्बन्ध स्थापना भएको ७० पुग्दैछ। दौत्य सम्बन्धको ७०औं वर्षगाँठलाई काठमाडौंस्थित फ्रान्सेली दूतावास र परराष्ट्र मन्त्रालयले सन् २०१९ भरी नै विभिन्न कार्यक्रम गरी मनाउँदैछन्।, यसै सन्दर्भमा फ्रान्सेली विदेश सचिव मोरिस गर्दो मोन्तान बुधबार काठमाडौं...
दिपकजंग शाही कर्णालीको सामाजिक विकास मन्त्रालयले जाडो छल्न दिएका कोट राउटेहरूले सस्तो मूल्यमा बिक्री गरेको पाइएको छ।, , सुर्खेतको लेकवेशी नगरपालिका–१ थोत्रीखोलामा बस्दै आएका राउटे समुदायका लागि न्यानो कपडाका रूपमा कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले केही दिनअघि कोटलगायतका अन्य विभिन्न सामग्री वितरण गरेको थियो। ...
रासस सरकारले १३ जिल्लाका भूमिहीनको लगत संकलन गर्ने भएको छ । , , भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले साविकदेखि बस्दै आएका तर आफ्नो नाममा जग्गाको स्वामित्व नभएका भूमिहीनको लगत लिने थालिएको मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जानकारी दिए।,  उनका अनुसार मोरङ, महोत्तरी, धनुषा, रौतहट, बारा, पर्सा, चितवन, रुपन्...
रासस जिल्लामा अवैध रूपमा इँटा उद्योगका सञ्चालन हुँदा राज्यको करोडौं राजस्व असुलीमा असर पर्नाका साथै वातावरणमा समेत असर परेको छ। एक दर्जनभन्दा बढी इँटा उद्योग अवैध रूपमा सञ्चालन हुँदै आइरहेका छन्। सरकारले तोकेको मापदण्डविपरीत स्थानीय प्रशासनको मिलोमतोमा यस्ता उद्योग सञ्चालनमा रहेको दर्तावाला इँटा उद्योग व्यवसायीको आरोप...
सेतोपाटी संवाददाता गोरखाको लिगलिगकोटमा राष्ट्रिय झण्डा राखिएको छ।, पृथ्वीनारायण शाहको जन्मजयन्तीको अबसरमा पालुङटार नगरपालिकाका मेयर दीपकबाबु कडेँलले शुक्रबार राष्ट्रिय झण्डा झण्डोत्तलन गरेका हुन्।, पालुङटार नगरपालिका २ लिगलिगमा ६० फिट अग्लो झण्डा राखिएको हो। द्रव्यशाह दौडेर लिगलिगकोटको राजा भएका थिए। द्रव्य शाहकै पाला...
सेतोपाटी संवाददाता चौधरी फाउण्डेसनले नेपालमा कृत्रिम खुट्टा वितरण सुरू गरेको छ। दुर्घटना वा अन्य कुनै पनि कारण खुट्टा गुमाएका नागरिकहरू यसबाट लाभान्वित हुनेछन्।, आइतबार काठमाडौंको नर्भिक इन्टरनेशनल अस्पतालमा आयोजित एक विशेष समारोहबीच उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव र चौधरी फाउण्डेसनका अध्यक्ष...
भगवती पाण्डे रूपन्देहीमा शनिबार राति प्रहरीसँगको मुठभेडमा मारिएका व्यक्ति प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका केदार साहनी रहेको प्रहरीले जनाएको छ।, शनिबार राति १२ बजे गस्तीमा रहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीको प्रहरी टोलीसँग सिद्धार्थनगर नगरपालिका वडा नं. १० शंकरपुरमा दोहोरो फायरिङ हुँदा उनको मृत्यु भएको थियो।, ...
रासस पश्चिम नवलपरासीका अधिकांश छोटी भन्सार कार्यालयमा सेवाग्राहीको काम कर्मचारीबाट नभई अन्य सर्वसाधारणबाटै हुन्छ भन्दा आश्चर्य लाग्न सक्छ, तर यो सत्य हो। , वर्षौंदेखि छोटी भन्सार कार्यालय यसरी नै सञ्चालन हुँदै आएको पाइएको छ। तोकिएका कर्मचारी छोटी भन्सार कार्यालयमा नियमित रूपमा नजाने हुँदा भन्सार कार्यालयमा खटिएकाबाहेक...
रासस लमजुङमा आज अपराह्न ४ बजेर १ मिनेटको समयमा भूकम्पको धक्का महशुस भएको छ। , , उत्तरी लमजुङको सिम्पानी केन्द्रबिन्दु रहेको ३ दशमलव ४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। , , बेंसीसहरमा छोटो तर कडा झड्का महशुस भएको थियो भने उत्तरी लमजुङको बाहुनडाँडादेखि दक्षिणको सुन्दरबजार नगरपालिकासम्...
रासस बैतडीका कुनै पनि स्थानीय तहले फोहोर व्यवस्थापन केन्द्र(डम्पिङ साइट) निर्माण गरेका छैनन्। , , चार नगरपालिका र छ गाउँपालिका गरी १० स्थानीय तह रहेको बैतडी जिल्लाका कुनै पनि स्थानीय तहले फोहोर व्यवस्थापन केन्द्र निर्माण गर्न सकेका छैनन्। स्थानीय सरकारले डम्पिङ साइट नबनाउँदा खुला स्थानमा फोहोर फाल्दा विभिन्न खालका स्व...
सेतोपाटी संवाददाता ललितपुरको इमाडोलमा सोमबार बिहान बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन्।, इमाडोलबाट ग्वार्कोतर्फ आइरहेको बा २ ख ९५४२ नम्बरको बसले र विपरित दिशाबाट गइरहेको ४२ प १०८९ नम्बरको मोटरसाइकललाई सवा ९ बजेतिर ठक्कर दिएको हो।, बसको ठक्करबाट मोटरसाइकल चालक मकवानपुर मार्खुका  रामहरि केसी गम्भीर घाइते...
रासस अस्पतालमा लागेको उपचार खर्च तिर्न नसक्दा पश्चिम नवलपरासीका एक बिरामी गत दुई महिनादेखि अस्पतालमै बन्धक छन्।, नवलपरासीको सुनवल नगरपालिका–४ हडाहाका रामदारस बेलदार बुटवलस्थित जेनस अस्पतालमा बन्धक छन्। , , गत कात्तिकमा खेत जोत्ने क्रममा ट्याक्टरबाट खसेर गम्भीर घाइते भएपछि उनलाई उक्त अस्पताल भर्ना गरिएको थियो। उपचारको ...
रासस जिल्ला प्रहरी कार्यालय बाजुराले छाउगोठको तथ्यांक संकलन गर्न थालेको छ। प्रहरीले सदरमुकाम मार्तडीस्थित बडिमालिका नगरपालिकाबाट छाउगोठ तथ्यांक संकलन प्रारम्भ गरेको हो । , , छाउगोठको तथ्यांक संकलन गर्न जिल्ला प्रहरी कार्यालय, विमानस्थल सुरक्षागार्ड कोल्टी, पीलुचौर इलाका प्रहरी कार्यालय, धुलाचौर, डोगडी, टाँटे प्रहरी चौ...
चेतना गुरागाईं चार वर्षअघि कालिमाटीदेखि बल्खु हुँदै त्रिभुवन विश्वविद्यालय जाने बाटो फराक पारियो। विस्तार क्रममा बाटो छेउका घरमाथि रातारात डोजर चलाइए। घरधनीले मुआब्जा निम्ति संघर्ष गर्नुपर्यो।, तै स्थानीयले चित्त बुझाए। बाटो फराकिलो भयो, दुवैतिर फुटपाथ बन्यो। गाडी र पैदलयात्रु दुवैलाई सहज।, यो अवस्था धेरै दिन टिकेन। न...
रासस डोटीको जिल्ला सदरमुकाम सिलगढीमा गए राति आगलागी भएको छ।, आगलागीका कारण तीन पसल जलेर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। , , जिल्लाको दिपायल सिलगढी नगरपालिका–६ नाँचनथलीमोडमा आगलागी हुँदा स्थानीय बहादुर बोहराको कपडा तथा सिलाइकटाइको पसल, रञ्जन नेपालीको मोबाइल ग्यालरी तथा दीर्घ विकको सैलुन पसल...
सेतोपाटी संवाददाता बर्दियाको राजापुर नगरपालिका वडा नं. १० का वडा सदस्य उत्तम चौधरीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुई लाख ५० हजार रूपैयाँ घुससहित पक्राउ गरेको छ।, क्रसर उद्योगको दर्ता गर्न सिफारिस तथा सहयोग गरिदिने भनी सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस रकम माग गरिरहेको भन्ने सूचना आधारमा आयोग कार्यालय बुटवल,...
रासस सरकारले काठमाडौं उपत्यकाका अत्यावश्यक क्षेत्रमा ट्राफिक लाइट राख्ने प्रक्रिया अगाडि बढाएको छ। , पहिलो चरणमा अत्यावश्यक देखिएका विभिन्न आठ स्थानमा लाइट राख्ने काम थालिएको र अन्य क्षेत्रमा प्राथमिकताको आधारमा बत्ती जडान गरिने विभागका प्रवक्ता मुक्ति गौतमले जानकारी दिए।, गौतमका अनुसार पुतलीसडक, मित्रपार्क, गौशाला, प...
सेतोपाटी संवाददाता आफूसँग भएको सहमतिअनुसार चिकित्सा शिक्षा विधेयकमा संशोधन हुनु पर्नेलगायतका माग राख्दै इलाममा अनसन बसेका डाक्टर गोविन्द केसीलाई आज राति नै हेलिकप्टरमा काठमाडौं ल्याइने भएको छ।, ९ दिनदेखि अनसनरत डाक्टर केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई राति नै काठमाडौं ल्याउन लागिएको हो।,  'डाक्टरसाबले मा...
शान्ति तामाङ यो पाटन दरबार क्षेत्रको यस्तो घरको कथा हो, जुन दरबारको हिस्सा होइन, तर दरबारभन्दा कम रोचक पनि छैन।, पुल्चोकबाट जाँदा जब हामी मंगलबजार पुग्छौं, सडकको बायाँ दरबार क्षेत्र छ। त्यहीँ दायाँतिर 'यल: लायकू' रेस्टुरेन्ट छेउमा अर्धगोलाकार गेट छ, जसको सिरानमा लेखिएको छ- 'हौस'।, 'यो हौस भनेको के हो?' प्रश्न यहीँबाट ...
रासस मलेसियाको एक जना ट्याक्सी चालकलाई अदालतले दुई वर्षको जेल सजायको फैसला गरेको छ। ,गर्भवती भएको बिरालोलाई मारेको अभियोगमा अदालतले बिहीबार ती चालकलाई जेल सजायको फैसला गरेको अधिकारीहरुले जनाएका छन्। ,जनावर अधिकारवादी कानुन व्यवसायी ए. मोहनराजले अनावश्यक रूपमा चालकले बिरालोलाई मारेको अभियोग लगाउदै कारबाहीको माग गरेको थ...
रासस बाँके खजुरा गाउँपालिका–६ सिमलघारीबाट बेपत्ता भई भारत पुगेका तीन बालकलाई पाँच वर्षपछि प्रहरीले उद्धार गरी घर फर्काएको छ। ,सिमलघारी निवासी सुमन पुन, जयराम पुन र विकास परियारलाई पाँच वर्षपछि पारिवारिक पुनर्मिलन गराइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए। ,२०७० माघमा उनीहरु गाउँक...
सेतोपाटी संवाददाता झापाको सुरुङामा वेवारिसे एक युवकको शव फेला परेको छ। कन्काई नगरपालिका वडा नम्बर ३ सुरुङास्थित पूर्वपश्चिम राजमार्ग नजिकै शव फेला परेको प्रहरीले जनाएको छ।, अन्दाजी ३५ वर्षको जस्तो देखिने सो शव मंगोलियन समुदायका युवकको भएको स्थानीयवासीले बताएका छन्। शवको पहिचान हुन सकेको छैन।, नीय प्रहरीका अनुसार सुरुङ...
रासस जबरर्जस्ती करणी मुद्दामा थुनामा रहेका एक कैदीको मृत्यु भएको छ।, क्यान्सर रोगबाट पीडित सर्लाही लालबन्दी ८ का ७० वर्षका शिवराम विकको आज बिहान उपचारको क्रममा भरतपुरस्थित क्यान्सर अस्पतालमा मृत्यु भएको जिल्ला कारागारका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए।, उनलाई क्यान्सरको उपचारका लागि गत असोज २८ गते काठमाडौंस्थित ...
सेतोपाटी संवाददाता नेपाल प्रहरीले सार्वजनिक यातायातमा हुने महिला तथा बालबालिकामाथिको हिंसा अन्त्यका लागि अभियान नै सञ्चालन गर्ने भएको छ।, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सार्वजनिक यातायातमा हुने महिला तथा बालबालिकाको हिंसा अन्त्यका लागि अभियान नै सञ्चालन गर्ने बताएका हुन्।, उनले त्यसका लागि महिला सञ्जाल र महिला ...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी प्रभाग नागढुंगाले प्रतिबन्धित लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ।, महानगरीय प्रहरी प्रभाग नागढुंगा प्रमुख ज्ञान बहादुर खड्काको नेतृत्वको टोलीले छुट्टाछुट्टै यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा अवैध लागुऔषधसहित पक्राउ गरेको हो।, प्रहरीले काठमाडौं चन्द्रागिरी नगरपालिका वडा नं. २ नाग...
सेतोपाटी संवाददाता राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडित अनुदान सहायता रकम स्थानीय तहलाई हस्तान्तरण गर्न नसकिने स्पष्ट पारेको छ।, भूकम्प पीडित जिल्लाका स्थानीय तहले सेवाग्राहीलाई दिने अनुदान सहायता पनि स्थानीय सरकारले नै दिनेगरी बजेटको व्यवस्था गरिदिन माग गरिरहेका बेला प्राधिकरणका सहायक प्रवक्ता मनोहर घिमिरे...
एजेन्सी फेसबुकमा केही दिनयता दस वर्ष पुराना तस्बिर छ्यापछ्याप्ती छन्। यसैको देखासिकी ट्विटर लगायत अन्य सामाजिक सञ्जालमा पनि 'टेन इयर्स च्यालेन्ज' भन्दै १० वर्ष पुराना तस्बिर हाल्ने होड छ। , हलिउड, बलिउडका सेलेब्रेटीदेखि नेताहरूले समेत फेसबुकको चुनौती स्वीकार्दै आफ्ना पुराना तस्बिर अपलोड गर्न थालेका छन्।, यो अभियान कसल...
महेश नेपाली जुम्लामा पहिलो पटक मंसिर अन्तिममा हिउँ पर्‍यो। त्यो हिउँले जमिन पनि भिजेन। किसानहरुले जमिन भिजिहाल्छकी भनी आश गरेका थिए। तर, प्रशस्त मात्रामा किसानको अनुहार उज्यालो हुन पाएन।, त्यो हिउँले केटाकेटी र मिडियाकर्मीलाई मात्र खुसी बनायो।, दोस्रो पटक जुम्लामा पुस महिनामा हिउँ पर्‍यो करिब ६ इन्च बराबर। दोस्रो पटकक...
सेतोपाटी संवाददाता नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले निर्मला हत्या प्रकरणमा नाम मुछिएका बम दिदिबहिनीहरू निर्दोष रहेको स्पष्ट पारेका छन्।, मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘नेपालको प्रचलित कानुन र संविधानले पनि कानुनबमोजिम प्रमाणित नहुन्जेलसम्म उसलाई दोषी भन्न मिल्दै...
एजेन्सी जहाज निर्माता कम्पनी बोइङले उड्ने कारको सफल परीक्षण उडान गरेको छ।, मंगलबार अमेरिकाको भर्जिनियामा कारको टेकअफ, उडान र ल्याण्डिङको परीक्षण सफल भएको बोइङले जनाएको छ।, ‘हामीले सफलताका साथ हाम्रो यात्रुवाहक कारको परीक्षण उडान गरेका छौं,’ बोइङले ट्वीट गर्दै भनेको छ, ‘शहरभित्र सुरक्षित र दीगो आवातजावत प्रणाली बनाउन ह...
रासस सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा धर्ना दिँदै आएका मानवअधिकार तथा शान्ति समाजका २१ अभियानकर्मी पक्राउ परेका छन्। , , प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, सल्लाहकार होमकान्त चौलागाईं, डा गङ्गाधर अधिकारी, सचिव बलबहादुर गाहामगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य गीता तिमल्सिना, ...
सेतोपाटी संवाददाता विगत १६ दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको लागि नागरिक समाजले अपिल गरेको छ।, डा. केसी र सरकारबीच सहमति हुने र उक्त सहमति कार्यान्वयन नहुने प्रक्रिया बारम्बार दोहोरी रहेको छ। त्यसै कारण डा. केसी अनसन बसिरहेकाले उनको स्वास्थ्य जोखिम अवस्थामा पुगेकोले नागरिक समाजले उनको जीवन रक्षाको लागि सर...
रासस सिँजा गाउँपालिका–६ जोडुका २७ वर्षीय शिवचन्द्र बुढाको हिउँमा कठ्याङ्ग्रिएर मुत्यु भएको छ भने उनका दाजु बाँचे बुढाको अचेत अवस्थामा उद्धार गरिएको छ। , , डाँफे लेकको बाटो हिँड्दै गरेका दाजुभाइ हिमपातका कारण चिसोले कठ्याङ्ग्रिएर अचेत अवस्थामा पुगेपछि भाइ शिवचन्द्रको बाटोमै मृत्यु भएको थियो। मङ्गलबार साँझ बेपत्ता दाजुक...
रासस तपाईंले आफ्नो काम मिलाउन प्रहरीलाई घुस दिन खोज्नुभएको त छैन ? खोज्नुभएको छ भने सावधान ! घुस नदिनुहोस्, प्रहरीले पक्राउ गर्न सक्छ। , महानगरीय प्रहरी कार्यालय रानीपोखरीले मङ्सिरदेखि प्रहरीलाई घुस दिने र आफ्नो स्वार्थ पूरा गर्ने व्यक्तिलार्ई लक्षित गरेर विशेष कार्यक्रम सञ्चालन गरेको छ। मंसिर १२ गते चक्रपथ चल्ने बा२ख...
सेतोपाटी संवाददाता बहिर्गमनका परेका माओवादी पूर्वलडाकुहरूले बिहीबार काठमाडौंमा प्रदर्शन गरेका छन्।, आफूहरूलाई आजकै दिन अयोग्यताको बिल्ला भिराएर सेना समायोजन प्रक्रियाबाट अलग गराएको भन्दै विरोधमा उनीहरूले बिहिबार अपरान्ह काठमाडौंको माइतीघर मण्डलामा कालोपट्टी र ब्यानरसहित प्रदर्शन गरेका हुन्।, बहिर्गमित जनमुक्ति सेना, ...
सेतोपाटी संवाददाता सशस्त्र प्रहरीले वीरगञ्जको तिलावे पुल नजिकबाट धान बोकेको ट्याक्टरमा लुकाएर ल्याइएको ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद गरेको छ।, सशस्त्र प्रहरी बल रुद्र बाहिनी महोत्तरी २ नम्बर प्रदेशबाट खटिएको सादा पोशाकका प्रहरीले ना २ त १६४८ नम्बरको ट्याक्टरमा धानको बोराले छोपेर ल्याउँदै गरेको ५० बण्डल कपडा ति...
नारायण खड्का दाङमा मंगलबार बेलुकी भएको सवारी दुर्घटनामा परी २५ जना घाइते भएका छन्।, घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।, पूर्व पश्चिम राजमार्ग अन्तरगत दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहारमा  नेपालगञ्जबाट घोराहीतर्फ जाँदै गरेको ना ५ ख २७९९ नम्बर बस र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख १२८२ नम्बरको मालबाहक ट्रक ...
सेतोपाटी संवाददाता डोल्पाका डिएसपी अवदेश विष्ट  'पुलिस अफ द मन्थ' घोषित भएका छन् ।, कर्णाली प्रदेशका १० वटा जिल्ला मध्ये उत्कृष्ट काम गरेका विष्टलाई पुलिस अफ द मन्थ घोषित गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।, जिल्लामा शान्ति सुरक्षा कायम गर्न सफल भएको र ७ वर्ष अघि चोरिएको बुद्धका मुर्तिका चोरहरु पहिचान गरेर उनले स...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागुऔषधसहित एक जना पक्राउ गरेको छ।, महानगरीय प्रहरी प्रभाग नागढुंगाकाे प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काकाे नेतृत्वको टाेलीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेकाे हाे।, महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले सर्लाहीबाट काठमाडौं...
सेतोपाटी संवाददाता सरकारले झन्डै तीन हजार सुरक्षाकर्मीलाई सहिद घोषणा गरेको छ।, सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न आन्दोलन, सशस्त्र द्वन्द्व र मधेस आन्दोलनका क्रममा शहादत पाएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो।, प्रधानमन्त...
सेतोपाटी संवाददाता राष्ट्रिय मानव अधिकार आयोगले निर्मला पन्तको अनुसन्धानका क्रममा मानवाधिकार उल्लंघन भएको ठहर गरेको छ।, आयोगबाट गठित टोलीले आफ्नो प्रदिवेदनमा हचुवा भरमा शंका लागेको सबैको डीएनए  परीक्षण तथा नाम सार्वजनिक गरेको जनाएको छ। यस्तै शंका लाग्नेजति जसको पनि डिएनए परीक्षण गर्नु आपत्तिजनक भएको उसको ठहर छ।, आयोगल...
नारायण खड्का आफ्नै आमालाई खुकुरी प्रहार गरी हत्या गर्ने एक जना व्यक्तिलाई प्रहरीले झण्डै १९ वर्षपछि पक्राउ गरेको छ।, सल्यान जिल्लाको साविक कुपिण्डे गाविस वडा नं. ८ र हालको बनगाड कुपिण्डे नगरपालिका वडा नं. ९ स्वारा निवासी ३६ वर्षीय एकेन्द्रबहादुर खड्कालाई प्रहरीले सोमबार पक्राउ गरेको हो।, खड्काले विक्रम संवत २०५६ सालमा...
रासस महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न बहानामा यात्रु ठगी गर्ने ट्याक्सी चालकमाथिको कारबाहीलाई तीव्रता दिएको छ।, महाशाखाले मंगलबारमात्र यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटरसमेत समयमा नबनाउने ५३ ट्याक्सी चालकलाई कारबाही गरेको छ। महाशाखाले सोमबार पनि उपत्यकाका विभ...
सेतोपाटी संवाददाता विगत २४ दिनदेखि अनसन बसेका त्रिवि शिक्षण अस्पताल महाराजगन्जका प्राध्यापक डाक्टर गोविन्द केसीले शुक्रबार १६ औं अनसन तोडेका छन्।, अनशन ताड्नेक्रममा उनले जारी गरेको अपिलमा सबै नागरिकप्रति धन्यावाद व्यक्त गरेका छन् । , डा.केसीले अनशन तोडेपनि चिकित्सा शिक्षा विधेयकमा नपरेका विषयहरुका लागि निरन्तर संघर्ष ...
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सार्वजनिक निर्माणका लागि गरेका सम्झौता कार्यान्वयन नगर्ने मन्त्रालयहरूलाई ध्यानाकर्षण गरेको छ।, अख्तियारले ७ मन्त्रालयका ८ वटा विभागले सम्झौता गरेका १० वर्ष देखिका ठेक्काहरूको अध्ययन गरेको थियो। उक्त अध्ययन बाट १८४८ आयोजनाहरूको निर्माण अलपत्र परेको निष्कर्ष निकालेक...
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय सल्यानले एक जना भ्रष्टाचार मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।, सल्यानको साविक खलंगा र हाल शारदा नगरपालिका वडा नं. १ पटनेरी निवासी ६१ वर्षीय केशवबहादुर खड्कालाई १८ वर्ष अघि जिल्ला अदालत सल्यानले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो।, वि.सं.२०५७ साल फागुन २६ गतेको फैस...
सबिना श्रेष्ठ पाटनको कुमारीपाटीबाट गाबहालतर्फ जाँदा करिब २ सय मिटरमा एउटा ठूलो रुखको हाँगो तगारो बन्न आउँछ।, बाटोमा एउटा भित्ताबाट अर्को भित्ता छेडिएको त्यही हाँगोमुनि मान्छे निहुरिएर हिँड्छन्, दुईपाङ्ग्रे सवारी गुड्छन्। त्यसैसँग जोडिएको छ, पाटनको 'अग्निशाला' अर्थात् चौबीसै घन्टा आगो बालिने ठाउँ।, काठमाडौं उपत्यकामा प...
सागरराज तिमिल्सिना पोखरा महानगरपालिका ७ मासबारमा गुडिरहेको एक सरकारी गाडीमा अज्ञात समूहले आगो लगाएका छन्।, आगलागीबाट गाडी पूर्णरूपमा क्षति भएको छ।, अज्ञात समूहले पोखरा महानगरपालिका शिक्षा विभागको बा १ झ ५८७९ नम्बरको सरकारी गाडीमा आगो लगाएका हुन्।, स्कुटरमा आएका दुई जनाले एक जनाले गाडी रोकेको र अर्को एकले शनिबार पनि सर...
सेतोपाटी संवाददाता बाँकेबाट दुई लाख बढी रकमसहित दस जना जुवाडे पक्राउ परेका छन्।, बिहिबार बेलुका साढे ५ बजेतिर नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ धम्बोजीको एक होटलबाट उनीहरू पक्राउ परेका हुन्।, उमेश शेरचनले सञ्चालन गर्दै आएको माछापुच्छ्रे थकाली भान्सा घरमा जुवा खेलिरहेका दस जना जुवाडे र दुई लाख दस हजार नगद बरामद भएको ५...
सेतोपाटी संवाददाता प्रदेश नम्बर ३ ले मंगलबार सार्वजनिक विदा दिएको छ।, माघ ९ मा बसेको प्रदेश मन्त्रिपरिषद बैठकले सोनाम ल्होसार पर्वका दिन विदा दिने निर्णय गरेको थियो।, प्रदेश ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले सोमबार गोरखापत्रमा सूचना निकालेर मंगलबार सार्वजानिक विदा दिएको उल्लेख गरेको छ।, यसअघि प्रदेश ३ ले माघ १...
रासस जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि सरकारले खरिद प्रक्रिया अगाडि बढाएको छ। , , मन्त्रिपरिषद्को गत पुस २९ गते बसेको बैठकले रेल खरिद गर्ने निर्णय गरेकामा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको रेल विभागले रेल खरिदका लागि तयारी गरेको हो। , सरकारले चालू आर्थिक वर्षको बजेटमा रेल खरि...
सेतोपाटी संवाददाता सरकारले रानीपोखरी पुनर्निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिएको छ।, यही माघ १४ गतेको मन्त्रिपरिषद् बैठकले रानीपोखरी, बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रका पुरातात्विक संरचनाको पुनर्निर्माणसम्बन्धी सबै काम प्राधिकरणले गर्ने गरी जिम्मेवारी दिएको हो।, यो निर्णयसँगै काठमाडौं महानगरपाल...
सेतोपाटी संवाददाता रोल्पामा एक जना व्यक्तिको आफैंले चलाएको गोली लागेर मृत्यु भएको छ।, बुधबार दिउँसो २ बजेतिर जिल्लाको रुन्टीगढी गाउँपालिका वडा नं. ९ धाराटोल निवासी मिसन बुढाको आफैंले गोली हानी मृत्यु भएको प्रहरीले बताएको छ।, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवं डिएसपी दिपक खड्काले बुढाले घरमा कोही नभएको समयमा घर...
सेतोपाटी संवाददाता काठमाडौंको चन्द्रागिरीलगायत उपत्यकाका अग्ला भूभागमा भोलि हिउँ पर्ने भएको छ।, शनिबारसम्म मुलुकभर अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा तथा हिमपात र केही स्थानमा भारी वर्षा तथा हिमपात हुने सम्भावना रहेको मौसम तथा पूर्वानुमान महाशाखाले जनाएको छ।, ‘बादलको प्रकृति हेर्दा पश्चिमी हिमाली क्षेत्रमा आज ...
रासस नुवाकोटको विदुर नगरपालिका–२ मा बुधबार साँझ मिनीट्रकले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ।, ना२ख ९७५२ नंको मिनीट्रकको ठक्करबाट सोही स्थानका ८० वर्षीय मानबहादुर शाहीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णबहादुर पल्लीमगरले जानकारी दिए।, उनका अनुसार वीरगञ्जबाट कोइला बोकेर आएको मिनीट्रक नुवाक...
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालयले झन्डै २० वर्ष कैद सजाय तोकिएका एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ।, जिल्लाको साविक पुजा गाविस वडा नं। १ गोसाइँखेत निवासी विज्ञान केसीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको अभियोगमा प्यूठान जिल्ला अदालतबाट दोषी ठहर भएका ३३ वर्षीय रमेश मल्ललाई प्रहरीले पक्राउ गरेको जानका...
सेतोपाटी संवाददाता सुदूरपश्चिमबाट प्रवेश गरेको पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण मुलुकभर वर्षा र हिमपात सुरू भएको छ।, जम्मुकाश्मिर हुँदै नेपाल प्रवेश गरेको मौसमको यो प्रणालीले पश्चिमबाट पूर्वतिर प्रभाव पार्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, शनिबारसम्म मुलुकभर अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर...
खिलानाथ ढकाल स्वर्गीय नेता मदन भण्डारीको नाममा २०५० सालमा मोरङ उर्लाबारीमा स्थापना भएको मदन भण्डारी स्मृति प्रतिष्ठानले व्यावसायिक सिप तथा तालिम परिषद (सिटिइभिटी)का दस वटा शैक्षिक कार्यक्रम चलाउँछ। तीमध्ये सबैभन्दा बढी चिकित्सा शिक्षाका कार्यक्रम छन्।, उसले बीस वर्षदेखि एचए, पिसिएल नर्सिङ, जनरल मेडिसिन (एचए), सिएमए र ...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले पुरातत्व विभागको अनुमति लिएर मात्रै पशुपति क्षेत्रभित्र रहेको सम्पदाहरूको पुनर्निर्माणको कामलाई अघि बढाउन पशुपति क्षेत्र विकास कोषलाई सचेत गराएको छ।, काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले पशुपति क्षेत्रभित्र रहेको विश्वरूपा मन्दिरको संरक्षणमा अझै चासो नदिएको भन्दै ...
सेतोपाटी जिल्ला अदालत परिसरबाट मंगलबार एक अभियुक्त फरार भएका छन् ।, जबर्जस्ती करणी मुद्दाको आरोपमा पक्राउ परेका लम्कीका दिल्प दमार्इंलाई जिल्ला अदालतमा म्याद थपका लागि ल्याइएका बेला प्रहरीलाई झुक्याएर फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिएका हुन् ।,  हतकडी लगाएकै अवस्थामा द...