content stringlengths 20 64.1k ⌀ |
|---|
काठमाडौंमा आज र भोलि दोस्रो अर्थशास्त्री सम्मेलन काठमाडौं। दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन फागुन २६ र २७ गते काठमाडौंमा आयोजना गरिने भएको छ।
‘आत्मनिर्भर तथा समुन्नत अर्थतन्त्र निर्माणमा हाम्रो अभियान’ नाराका साथ सम्मेलन विभिन्न सङ्घ संस्थासँगको सहकार्यमा राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले सम्मेलन आयोजना गर्न ल... |
सेयर बजारमा हरियाली, ५०.०४ अंकले बढ्यो नेप्से परिसूचक काठमाडौँ। साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार बढेको छ। बिहिबार नेप्से परिसूचक ५०.०४ अंकले बढेर २००२.७० विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.२७ अङ्कले घटेर ३७९.५० बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से... |
लिलामी प्रक्रिया लम्बिँदा करोडौँ मूल्यका काठ सड्दै महोत्तरी। महोत्तरीको वनक्षेत्रमा विभिन्न समयमा कटान गरिएका रुखका काठ समयमै लिलामी प्रक्रियामा जान नसक्दा बहुमूल्य काठ सड्ने र धोद्रिने थालेका छन्।
पूर्वपश्चिम राजमार्गको छेउ हुँदै बिजुलीको लाइन विस्तार (विद्युत प्रसारण लाइन) का क्रममा चार वर्षअघि कटान गरिएका र विभिन्न ... |
तामाकोसी-काठमाडौं प्रसारण लाइनको निर्माण असारभित्र सम्पन्न गर्न निर्देशन काठमाडौं, २५ फागुन । नेपाल विद्युत् प्राधिकरणले तामाकोसी–काठमाडौं २२०÷४०० केभी प्रसारण लाइन आयोजनाको निर्माण आगामी असारभित्रमा सम्पन्न गर्न ठेकेदारहरुलाई समयसीमा दिएको छ ।
आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबि... |
हरेक महिनाको २५ गते इसेवाको इन्स्योरेन्स् डे, प्रिमियम तिर्दा रू २०० सम्म क्यासब्याक काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले हरेक महिनाको २५ गतेलाई इन्स्योरेन्स् डे को रूपमा मनाउने भएको छ।
यस अफर अन्तरगत हरेक महिनाको २५ गते १२ बजेदेखि २ बजेसम्म इन्स्योरेन्स्को प्रिमियम बुझाउँदा रू २०० सम्म क्यासब... |
चैतमा ब्याजदर घटाउँदै बैंक काठमाडौँ। वाणिज्य बैंकहरुले आगामी चैतमा ब्याजदरमा सामान्य परिवर्तन गर्दै घटाउने भएका छन्। आज बसेको वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स सङ्घको बैठकले आगामी चैतमा कर्जा र निक्षेपकोे ब्याजदर घटाउने निर्णय गरेको हो।
आगामी चैत १ गतेदेखि निक्षेपमा शुन्य दशमलव चार प्... |
कालीगण्डकी करिडोर : मालढुङ्गा–कोरला सडक अन्तिम चरणमा काठमाडौँ। राष्ट्रिय गौरबको कालीगण्डकी करिडोरको मालढुङ्गा–कोरला खण्डको काम जारी रहेको छ। हालसम्म लक्षित कार्यक्रममध्ये कतिपय सकिएको र निर्माणाधीन ठेक्कामा पनि प्रगति अपेक्षाअनुसार पाइएको हो।
मालढुङ्गाबाट बेनी हुँदै कोरला खण्डमा मालढुङ्गाबाट २०२ किलोमिटरमध्ये एक सय किम... |
मेन्छियाम हाइड्रोपावरको आईपीओमा आवेदन म्याद थप काठमाडौँ। मेन्छियाम हाइड्रोपावरको आईपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका आवेदन दिने म्याद थप भएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आजसम्ममा आवेदन दिन सक्नेछन्। यता,स्थानीय बासिन्दाले कम्पनीको आइपीओमा चैत ७ गतेसम्म आवेदन दिन सक्नेछन्।
मेन्छियाम हाइड्रोपावरले ... |
हिमालयन बैंकको नाममा ७ करोड ६५ लाख कित्ताबढी सेयर सुचिकृत काठमाडौँ। हिमालयन बैंकको नाममा ७ करोड ६५ लाख कित्ता बढी सेयर सूचिकृत भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को फागुन २३ गतेको निर्णयबमोजिम सिभिल बैंकको ७ करोड ६५ लाख ३ हजार ९१८.४९ कित्ता सेयर हिमालयन बैंकको नाममा सूचीकरण भएको हो।
योसँगै सिभिल बैंकको सेयर अब हिमाल... |
दुई दिनमा १५ सयले घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ? काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। बिहीबार सुनको मूल्य प्रतितोला १ लाख १ हजार रुपैयाँ कायम भएको छ।
आज सुनको मूल्य प्रति तोला ५ सय रुपैयाँले घटेर १ लाख १ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। बुधबार सुनको मूल्य १... |
यस्तो छ आजकाे हरियो तरकारी र फलफूलको मूल्य काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ।
जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १६० रुपैयाँ, हरियो अंगुर र भारतीय सुन्तला १२० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ९० रुपैयाँ, किवि ... |
चामलसहितका कन्टेनर एक महिनादेखि भन्सारमै खजुरा। विश्व खाद्य कार्यक्रमले नेपाल–भारत नेपालगन्ज जमुनाह नाकाबाट भित्र्याउन लागेको ५४ हजार किलो चामल गुणस्तरहीन भएको भन्दै नेपालगञ्ज भन्सार कार्यालयले रोकिदिएको छ।
समुद्री मार्ग हुँदै इटलीबाट ल्याइएको उक्त चामल भारतको कलकत्ताबाट तीन कन्टेनरमा नेपालगञ्जसम्म ल्याइँदै थियो। चामल ... |
वैदेशिक रोजगारमा रहेका नेपालीले दोल्ती पावरको आईपीओ भर्ने आज अन्तिम मौका काठमाडौँ। दोल्ती पावर कम्पनीको आईपीओ भर्ने फाल्गुन २५ गते अन्तिम दिन रहेको छ। यस आईपीओ वैदेशिक रोजगारमा रहेका नेपाली आज बैंकिङ्ग समयसम्म आवेदन दिन पाउने छन् भने आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि म्याद थप गरेर चैत ७ गतेसम्म आवेदन दिन पाउन... |
वैदेशिक रोजगारीमा रहेका र आयोजना प्रभावितलाई माई खोला हाइड्रोपावरको आईपीओ खुल्यो काठमाडौँ। माई खोला हाइड्रोपावरको आईपीओ आज (फागुन २५ गते)देखि बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ बिक्री खुला गरेको हो।
कम्पनीले जारी पुँजी रु ३९ करोड २१ लाख ५६ हज... |
मोदी इनर्जीको आईपीओ बिक्री खुला, कहाँ जाने भर्न ? काठमाडौँ। मोदी इनर्जी लिमिटेडको आईपीओ आज (फागुन २५ गते) देखि बिक्री खुला भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ बिक्री खुला गरेको हो।
कम्पनीले जारी पुँजी रु दुई अर्ब ९० करोडको २५ प्रतिशत अर्थात् रु ... |
दोस्रो अर्थशास्त्री सम्मेलन फागुन २६ र २७ गते काठमाडौंमा काठमाडौं। दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन फागुन २६ र २७ गते काठमाडौंमा आयोजना गरिने भएको छ। ‘आत्मनिर्भर तथा समुन्नत अर्थतन्त्र निर्माणमा हाम्रो अभियान’ नाराका साथ सम्मेलन विभिन्न सङ्घ संस्थासँगको सहकार्यमा राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले सम्मेलन आयोजन... |
अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर काठमाडौं। बिहीबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले बिहीबारको लागि अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ र बिक्रीदर १३१ रुपैयाँ ६० पैसा तोकिएको छ। बुधबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३६ पैसा रहेको थियो।
युर... |
आय विवरण दाखिला गर्ने करदाता घटे, कारण खोज्दै राजस्व विभाग काठमाडौं। अघिल्लो आर्थिक वर्षको तुलनामा गतवर्षको आय विवरण दाखिला गर्ने करदाता ठूलो सङ्ख्यामा घटेको देखिएपछि आन्तरिक राजस्व विभागले खोजबिन सुरु गरेको छ। प्रत्येक आर्थिक वर्षको आय विवरण असोज मसान्तसम्म कर कार्यालयमा दाखिला गरिसक्नुपर्छ।
यस्तो विवरण बुझाइसक्न पुस ... |
विदेशबाट फर्किने यात्रुसँग जफत गरिएका सामान लिलाम बिक्री गरेर चार करोड राजस्व काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यायलले करिब रु चार करोड बराबरको सामान लिलाम बिक्री गरेको छ।
कार्यालयले चालु आर्थिक वर्षको हालसम्म मोबाइल, मदिरा, सवारीसाधन, कपडा, खाद्य पदार्थ तथा इलेक्ट्रोनिक सामान लिलाम बिक्रीबाट रु तीन करोड ८९... |
सहकारी क्षेत्र थप समस्याग्रस्त हुन नदिन छुट्टै कानुनसहित नियमन गर्न आवश्यक काठमाडौँ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सहकारी क्षेत्र थप समस्यामा पर्न नदिन कानूनी सुधार र नियामकीय कडाइ आवश्यक रहेको बताएका छन्।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन) ले आजदेखि काठमाडौँमा सुरु गरेको सहकारीका व्यवस्थापन प्र... |
आवश्यक ऐन बनाएर सहकारी क्षेत्रलाई नियमन गर्नुपर्छः सभामुख घिमिरे {भिडियो} काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आवश्यक ऐन बनाएर सहकारी क्षेत्रलाई नियमन गर्नुपर्ने बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघले बुधबार काठमाडौंमा आयोजना गरेको सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको राष्ट्रिय गोष्ठि ... |
समयमै काम नगर्ने ठेकेदारलाई कारबाहीको तयारी विराटनगर। कोसी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयले समयमै काम सम्पत्र नगर्ने निर्माण व्यवसायीको ठेक्काको समयावधि थप नगर्ने भएको छ। मन्त्रालयले पटक–पटक म्याद थप गरेर काम गर्ने अवसर दिँदा पनि विभिन्न बाहना गरेर तीन आर्थिक वर्षमा ३० प्रतिशतसम्म पनि काम नगर्ने ठेकेदारलाई सो... |
ह्वात्तै घट्यो सुनको मूल्य काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको छ।
आज सुनको मूल्य प्रति तोला १ हजार रुपैयाँले घटेर १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। मंगलबार सुनको मूल्य १ लाख २ हजार ५ सय र... |
१०० रुपैयाँलाई तीन भागमा बाँड्नुहोस्, तपाई पनि बन्नुहुनेछ करोडपति ! थाहा छ कसरी? काठमाडौँ। अहिले महङ्गी निरन्तर बढिरहेको छ। यसबीचमा जनताको सबैभन्दा ठूलो समस्या बढ्दो खर्चको बीचमा कसरी बचत गर्ने भन्ने हो। भविष्यमा आर्थिक संकटको सामना गर्न नपरोस् भन्ने सबैको चाहना हुन्छ।
आज हामी तपाईलाई एउटा यस्तो सूत्र बताउँदैछौं, जसले ... |
नारी दिवसमा इसेवाको विशेष अफर : महिला उद्यमीसँग व्यवसाय सहकार्यमा तीन महिना छुट काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले नारी दिवसको अवसरमा नारी लक्षित विभिन्न अफरहरू सार्बजनिक गरेको छ।
अफर अन्तरगत महिला उद्यमीहरूले सञ्चालन गरेका व्यवसायहरूमा इसेवा सँग सहकार्य (इन्ट्रिगेशन) गर्दा इन्ट्रिगेशन शुल्क... |
आज नेप्से बन्द, सेयर कारोबार नहुने काठमाडौँ। आज (बुधबार) सेयर काराेबार बन्द हुने भएको छ।
सरकारले आज (फागुन २४ गते) अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सार्वजनिक विदा दिएकाले सेयरबजारकाे काराेबार बन्द हुने भएकाे हाे।
अब सेयर बजारकाे काराेबार बिहीबार बिहान ११ बजे मात्र खुल्नेछ। यस अघि मंगलबार नेप्से सूचक १४.४१ अंकले बढे... |
यस्ताे छ आजकाे हरियो तरकारी र फलफूलको मूल्य काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्बजनिक गरेको छ।
जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १६० रुपैयाँ, हरियो अंगुर र भारतीय सुन्तला १२० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ८० रुपैयाँ, किवि ... |
विदेशी विनिमयदरः अमेरिकी डलर स्थिर हुँदा युरोको भाउ बढ्यो काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलको कारोबार स्थिर रहेको छ। बुधबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३६ पैसा तोकिएको छ। यसअघि मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो।
... |
अर्थतन्त्र बचाउन संरचनागत सुधार आवश्यक, तत्काल कदम चाल्न सरकारलाई सुझाव काठमाडौं। मुलुकको अर्थतन्त्र दिन प्रतिदिन समस्याग्रस्त हुँदै जान थालेपछि सुधारका लागि सरकारले तत्काल कुनै कदम चाल्नुपर्ने आवश्यकता जानकारले औँल्याएका छन्।
नेपाली कांग्रेसले आज काठमाडौँमा आयोजना गरेको नेपालको पछिल्लो आर्थिक अवस्थाबारे निजी क्षेत्रसँ... |
१४.४१ अंकले बढ्यो नेप्से काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार बढेको छ। मंगलबार नेप्से परिसूचक १४.४१ अंकले बढेर १९५२.६६ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५३ अङ्कले घटेर ३७०.२४ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६१ कम्पनीको ४० लाख ५... |
मार्जिन कारोबार सुविधाका लागि ८७ कम्पनी योग्य काठमाडौँ। धितोपत्र लगानीकर्तालाई मार्जिन कारोबार सुविधा उपलब्ध गराउन नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत संस्थाहरूमध्ये ८७ वटामात्रै योग्य देखिएका छन्।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडले मार्जिक कारोबारका लागि योग्य कम्पनीहरूको सूची सार्वजनिक गर्दैै हाल सूचीकृत कम्पनीहरूमध्... |
साना निर्माण व्यवसायी पलायन हुने अवस्थामा चितवन। जिल्लामा रहेर निर्माण व्यवसायको काम गर्दै आएका साना निर्माण व्यवसायीहरू पलायन हुने खतरा बढ्दै गएको छ। विगत दुई वर्षदेखि कच्चा पदार्थका लागि खोलानाला नखोलिनु र बैंकको ब्याज दोब्बर हुनाले साना निर्माण व्यवसायी पलायन हुने अवस्थामा पुगेका हुन्।
निर्माण व्यवसायी सङ्घ चितवनका ... |
कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माणको अवरोध हटाउन प्राधिकरणको प्रयास काठमाडौँ। नेपाल विद्युत प्राधिकरणको उच्चस्तरीय टोलीले कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजना निर्माणमा पर्वतको फलेवासमा भइरहेको अवरोध हटाउन पहल गरेको छ।
देवीस्थानस्थित विद्यालय र रंगशालामा क्षति पुग्ने भन्दै स्थानीय बासिन्दाले विगत तीन वर्ष... |
शुभम् पावरको पहिलो कारोबार खुल्यो काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुभम् पावरको सेयर कारोबार आजदेखि सुरु भएको छ। ‘एसपीएल’ संकेतमा यसको सेयर कारोबार खुला भएको छ। शुभमको पहिलो कारोबार प्रतिकित्ता २६५ रुपैयाँमा भएको र सोही भाउलाई आधार मानेर कम्पनीको कारोबार हुनेछ।
शुभम् पावरको पहिलो कारोबारका लागि नेप्सेले न्यून... |
एनआईसी एशिया लघुवित्तको लाभांश घोषणा काठमाडौँ। एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। आइतबार बसेको सञ्चालक समितिको १६८ औं बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १४.७५ प्रतिशत नगद लाभांश (करसहित)दिने निर्णय गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्व ७३ करोड ९४ लाख ४० हज... |
सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ।
आज सुनको मूल्य प्रति तोला ३ सयले घटेर १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। आइतबार सुनको मूल्य १ लाख २ हजार ८ सय रुपै... |
असी हजार लिटर डिजेलमा मट्टितेल मिसाएको प्रमाणित, मात्रा निर्क्यौल नहुँदा नमुना भारत पठाइने काठमाडौँ। असी हजार लिटर डिजलमा मट्टितेल मिसावट पुष्टी भए पछि थप परिक्षणका लागि भारत पठाईने भएको छ।
नेपाल आयल निगमको केन्द्रीय ल्याबमा नमुना परीक्षण गर्दा मट्टितेल मिसावट भएको प्रमाणित भएको तर ती टयाङकरहरुमा कति मात्रामा मट्टितेल ... |
अपर तामाकोशी हाइड्रोपावरले हकप्रद सेयर जारी गर्न बोर्डसँग माग्यो अनुमति काठमाडौँ। अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर जारी गर्नको लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति माग गरेको छ। कम्पनीले १०० प्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको हो।
कम्पनीले १ः१ अनुपातमा १० करोड ५९ ... |
प्रभु क्यापिटलकाे ‘प्रभु स्मार्ट फन्ड’ मा आवेदन दिने समय थप काठमाडौँ। प्रभु क्यापिटलले बिक्री खुला गरेको ‘प्रभु स्मार्ट फन्ड’ मा आवेदन दिने समय थप गरिएको छ।
फागुन १८ गतेदेखि ‘प्रभु स्मार्ट फन्ड’ का इकाई बिक्री खुला गरेको हो। क्यापिटलका अनुसार समय अगावै सबै इकाई बिक्री भएमा समयअघि नै निष्कासन बन्द गरिनेछ । अब फागुन २८ ग... |
बिपिडब्लु लघुवित्तको आईपीओ भर्ने आज अन्तिम मौका, तपाई छुट्नु त भएन ? काठमाडौँ। बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले जारी गरेको आईपीओमा आज बैंकिङ्ग कारोबार समयसम्म मात्र आवेदन दिन पाउने छ।
कम्पनीले फागुन १८ गतेदेखि प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा सर्बसाधारणको लागि आईपीओ... |
मंगलबार घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर काठमाडौँ । मंगलबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ७६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३६ पैसा तोकिएको छ। सोमबार एक अमेरिकी डलरको खरिददर १३० रुप... |
सहकारी बन्द हुँदा बचतकर्ता समस्यामा तुलसीपुर। दाङ तुलसीपुरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको शाखा कार्यालय बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन्।
एक महिनादेखि बन्द भएको सो सहकारीको शाखा कार्यालयमा रकम झिक्न दिनदिनै बचतकर्ता पुग्ने गरेका छन्। सोही सहकारीमा तुलसीपुरको बिपी चोकका फलफूल व्यवसायी तुलसी नेपालीको... |
अमेरिकाको एलएलएल ट्राभलको नेपालमा पनि शाखा काठमाडौं। अमेरिका र नेपालका युवा व्यवसायीहरुले शुरु गरेको एलएलएल ट्राभल एजेन्सीको शाखा नेपालमा पनि खोलिएको छ।
विश्वभरको यात्रामा नेपालीलगायतका यात्रुहरुलाई सर्वसुलभ टिकटसहितका सेवा उपलब्ध गराउने उद्देश्यले खोलिएको सो ट्राभल एजेन्सीको नेपाल शाखा कार्यालय गैरआवासीय नेपाली संघका ... |
‘स्लेट ढुङ्गा’को माग बढ्यो जाजरकोट। भेरी नगरपालिका महतारा गाउँ, जुनिचाँदे गाउँपालिकाको ‘स्लेट ढुङ्गा’को ठूला सहरमा माग बढेको छ। यहाँ प्रशोधन भएका स्लेटको भेरी–१० भुरचौरस्थित जाजरकोट ढुङ्गा सप्लायर्स एण्ड कटिङ सेन्टरमार्फत प्रशोधन भएर अन्यत्र जाने गर्दछ।
यहाँ प्रशोधन भएका स्लेटको रङ परिवर्तन नहुने, प्राकृतिक र आकर्षक दे... |
माछापुच्छ्रे बैंक र लुलु एक्सचेन्जबीच सम्झौता काठमाडौँ। माछापुच्छ्रे बैंकले लुलु एक्सचेन्ज बहराइनसँग व्यवसायिक सम्झौता गरेको छ। बैंकले बहराईनमा बैंदेशिक रोजगारीमा गएका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन थप सहज होस् भन्ने उद्देश्यका साथ लुलु एक्सचेन्ज बहराइनसँग व्यवसायिक सम्झौता गरेको हो।
उक्त सम्झौतापत्रमा लुलु एक्... |
औद्योगिक ग्राम निर्माण सुस्त सुर्खेत। कर्णालीमा औद्योगिक ग्राम निर्माण कार्यमा अलमल देखिएको छ। संघीय सरकारले अघि सारेको एक स्थानीय तह एक औद्योगिक ग्राम निर्माण कार्यक्रमअन्तर्गत छनोट भएका स्थानीय तहमा निर्माणले गति लिन नसकेको हो।
सुर्खेतका चार तथा कालिकोट र जाजरकोटका एक-एक पालिकामा औद्योगिक ग्राम निर्माणको घोषणा गरिएको... |
आजको विनिमय दर : अमेरिकी डलरको भाउ स्थिर, युरोको बढ्यो काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ८५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४५ पैसा तोकिएको छ।
युरोपियन युरोको भाउ भने बढेको छ। युरोपियन युरोको खरिददर १३९ रुपैयाँ १५ पै... |
काठमाडौँ ‘भ्यू टावर’ निर्माणबारे पुल्चोक इन्जिनियरिङ क्याम्पसले थाल्यो अध्ययन काठमाडौं। काठमाडौं दृश्यावलोकन स्तम्भ ‘भ्यू टावर’ निर्माणबारे प्राविधिक चेक जाँचका लागि पुल्चोक इन्जिनियरिङ क्याम्पसले अध्ययन अघि बढाएको छ।
साबिक पुरानो बसपार्कमा निर्माण भइरहेको टावरको काम हालसम्म १२ तलासम्म सम्पन्न भएको छ। विसं २०७२ को भूकम... |
‘कोसी प्रदेशमा लगानी भित्र्याउन प्रयासरत छौँ’ धरान। सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले आफूहरु कोसी प्रदेशमा लगानी भित्र्याउनका लागि आफूहरु प्रयासरत रहेको बताएका छन्।
एक्स्पो संयोजक समेत रहेका उनले एक्स्पो समापनमा बोल्दै यसका लागि स्थानीय सरकारसँग समन्वय भइरहेको बताए। “एक्स्पो अवधिभर विभिन्न तरिकाबाट प्... |
३०.७७ अंकले घट्यो नेप्से परिसूचक काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार घटेको छ। आइतबार नेप्से परिसूचक ३०.७७ अंकले घटेर १९३८.२५ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.८६ अङ्कले घटेर ३६८.७० बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५९ कम्पनीको ३८ ... |
एफवान सफ्ट २० औँ वर्षमा प्रवेश, थप परिस्कृत प्रविधि निर्माणमा जोड दिने काठमाडौँ। प्रविधि मार्फत डिजिटल वित्तीय सेवा प्रदान गर्दै आएको नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेशनल २० औँ वर्षमा प्रवेश गरेको छ।
डिजिटल वित्तीय सेवा पुर्याउने उदेश्यले सन् २००४ को मार्च ६ तारेखबाट कम्पनीले आफ्नो सेवा सुरू गरेको थियो। १... |
बैंकिङ क्षेत्रको समस्या समाधान गर्न प्रधानमन्त्रीले थाले छलफल काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक तथा वित्तीय क्षेत्रमा देखापरेका समस्या समाधानका लागि पहल थालेका छन्।
प्रधानमन्त्री प्रचण्डले बैंक तथा वित्तीय क्षेत्रका व्यक्तिहरुसँग छलफल गरिरहेका छन्।
पछिल्लो समय बैंकको चर्काे ब्याजका कारण ऋणीले आत्महत... |
रानीमहल र श्रीनगरबाट ४५ लाख राजस्व सङ्कलन काठमाडौँ। नेपालको ताज महलका नामले चिनिने रानीमहल अवलोकनबाट रु ३० लाख राजस्व सङ्कलन भएको छ। चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा आन्तरिक तथा बाह्य पर्यटक अवलोकनबाट तानसेन नगरपालिकाले सात महिनामा उक्त रकम सङ्कलन गरेको हो।
पाल्पाको तानसेन नगरपालिकामा अवस्थित रानीमहल पुरातत्व वि... |
तीन कम्पनीको १ करोड ३३ लाख बढी कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा तीन कम्पनीको १ करोड ३३ लाख ६२ हजार ३२२.५८ कित्ता सेयर सूचिकृत भएको छ। सेयर सूचिकृत हुनेमा प्रभु बैंक, सेञ्चुरी कमर्सियल बैंक र आईसीएफसी फाइनान्स रहेका छन्।
प्रभु बैंकको ८२ लाख ६० हजार ६५७.७१ कित्ता बोनस सेयर सूचिक... |
सहकारीको सहयोगमा स्वरोजगार बन्दै महिला घोराही। पछिल्लो समय सहकारी संस्थाका कारण दाङका महिला स्वरोजगार बन्दै गएका छन्। जिल्लामा खुलेका सहकारी संस्था महिलाका लागि आम्दानीको स्रोत बन्दै गएका हुन्।
विगतमा घरको काम र घाँसपातमा व्यस्त हुने महिला गाउँघरमा सहकारी खुलेपछि अहिले आफ्नो र परिवारका लागि रकम जम्मा गर्नाका साथै ऋण लि... |
विद्युतीकरणको काम अलपत्र, ठेकेदार सम्पर्कविहीन खोटाङ। ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण खोटाङको खोटेहाङ गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा विद्युतीकरणको काम अलपत्र परेको छ।
ठेकेदार कम्पनी अजिमा–मरिन–चन्द्रकुमारी थापा जेभी, काठ्माडौंको लापरवाहीका कारण खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरी र खोटेहाङ गाउँपालिका–२ वाप... |
सुपर मादी हाइड्रोपावरको नेप्सेमा सेयर कारोबार सुरु काठमाडौँ। सुपर मादी हाइड्रोपावरको नेप्सेमा सेयर कारोबार आजदेखि सुरु भएको छ।
‘एसएमएचएल’ संकेतमा यसको सेयर कारोबार खुला भएको छ। कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २९९ रुपैयाँमा भएको हो।
नेपाल स्टक एक्चेजले सुपर मादीको पहिलो कारोबारका लागि न्यूनतम ९९ रुपैयाँ ८० पैसादेखि अ... |
सुनको मूल्य बढ्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। आइतबार सुनको मूल्य प्रतितोला १ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको छ।
आज सुनको मूल्य प्रति तोला ३ सयले बढेर १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। शुक्रबार सुनको मूल्य १ लाख २... |
एनएमबि बैंकले पायो ऋणपत्र जारी गर्ने अनुमति काठमाडौँ। एनएमबि बैंकले ऋणपत्र जारी गर्ने अनुमति प्राप्त गरेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ४० लाख कित्ता ऋणपत्र जारी गर्न बैंकलाई अनुमति प्रदान गरेको हो।
बैंकले प्रति कित्ता १ हजार रुपैयाँ अंकित मूल्यमा ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री गर्न पाउने भएका छन्। बैंकले १० ... |
सिन्धु विकास बैंकको संस्थापक सेयर बिक्रीमा काठमाडौँ। सिन्धु विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले बिक्रीमा राखेको सेयर संख्या भने खुलाएको छैन।
यसमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र काभ्रेको बनेपास्थित बैंकको कर्पोरेट कार्यालयमा निवेदन दिनुपर... |
इङवा हाइड्रोपावरको आईपीओ बिक्री खुला, क-कसले पाउँछ भर्न ? काठमाडौँ। इङवा हाइड्रोपावरको आईपीओ आज (फागुन २१ गते)देखि बिक्री खुला भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको हो।
कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ६ लाख कित्ता र वैदेशिक ... |
अमेरिकी डलर र युरोको भाउ घट्यो काठमाडौं। साताकाे पहिलाे दिनकाे काराेबार अर्थात आइतबार डलरसँगै युरोको भाउ पनि घटेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आइतबारको लागि एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ८५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४५ पैसा तोकिएको छ। यसअघि शुक्रबार डलरको खरिददर १३१ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४६ ... |
यस्तो छ आजकाे हरियो तरकारी र फलफूलको मूल्य काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्बजनिक गरेको छ।
जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अंगुर र भारतीय सुन्तला ११० रुपैयाँ, अनार २८० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ८० रुपैयाँ, किवि ४... |
राष्ट्र बैकले १५ अर्ब बढीको ट्रेजरी बिल बिक्री गर्दै काठमाडौं। नेपाल राष्ट्र बैङ्कले १५ अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दैछ। आन्तरिक ऋण उठाउन राष्ट्र बैङ्कले २८ दिन अवधिका लागि दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै छ।
राष्ट्र बैंकका अनुसार ९१ दिन अवधिका लागि छ अर्ब चार करोड ५० रुपैय... |
प्रधानमन्त्री भन्छन्, ‘तलब कम हुदाँ वित्तीय अराजकता बढ्यो, सन्तुलनमा ल्याउनुपर्छ’ काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले दण्ड र पुरस्कारको असल अभ्यास नै राज्यव्यवस्था र शासनप्रणाली भएको बताएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा तलब सुविधा उच्चस्तरीय आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले दण्ड र ... |
रंगेलीमा कृषि विकास बैकको एटीएम सेवा मोरङ । कृषि विकास बैंक लिमिटेडले रंगेली शाखामा एटीएम सेवा सुरु गरेको छ । बैकका उपमहाप्रबन्धक प्रताप सुवेदी तथा रंगेली नगरपालिकाका प्रमुख दिलिप अग्रवालले शुक्रवार संयुक्त रुपमा एटीएम सेवाको उद्घाटन गर्दै औपचारिक सुरुवात गरेका हुन् ।
कार्यक्रममा बैंकका उपमहाप्रबन्धक सुवेदी तथा नगरप्रम... |
ठमेलमा पर्यटकको चहलपहलसँगै व्यवसायी उत्साहित काठमाडौँ। सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेललगायत नेपालका विभिन्न क्षेत्रमा पर्यटकको चहलपहल र आगमन बढ्न थालेको छ। कोरोना महामारीबाट थला परेको ठमेललगायत देशभरका पर्यटकीय गन्तव्यमा विस्तारै पर्यटकीय चहलपहल बढ्न थालेको हो।
अहिले काठमाडौँको ठमेल क्षेत्रमा विस... |
चुरेमा फस्टाउँदो कालिजपालन व्यवसाय अत्तरिया। कैलालीको चुरे गाउँपलिका-५ निङ्लाडी सुन्दर क्षेत्र हो। यहाँको हरियाली जङ्गलबीचमा चारैतिर घेराबार गरी माथिबाट नीलो र सेतो तारजालीले ढाकिएका फार्मभित्र चिरबिर-चिरबिर गर्दै धुलोमाटो खेलिरहेका कालिज हेर्दै आकर्षक देखिन्छन्। तराई क्षेत्रबाट चुरे खानीडाँडा पुग्ने धेरैजसोले कालिज फा... |
अबैध व्यापारले नेपाली उद्योगी व्यवसायी संकटमा, धैर्य गर्न महासंघकाे आग्रह भैरहवा। रुपन्देहीका उद्योगी व्यवसायीले खुला सीमाका कारण व्यवसायमा ठूलो असर परेको बन्दै केन्द्रीय स्तरबाट सिमा व्यवस्थापन गर्नुपर्ने बताएका छन्।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६४ औं वार्षिक साधारणसभाको अवसरमा बोल्दै उद्योगी व्यवसायीहरुल... |
बैंकको ऋण नतिर्ने हल्लाको पछि नलाग्न आग्रह भैरहवा। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्ला केही दिनयता बैंकबाट लिएको ऋण नतिर्ने भन्नेजस्तो चर्चा सुनिएको भन्दै यस्तो हल्लाको पछि नलाग्न सबै उद्योगी, व्यवसायीलाई आग्रह गरेका छन्।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घको ६४औँ साधरणसभाको आज भैरहवाम... |
नेसनल माइक्रोफाइनान्सको लाभांश संशोधन काठमाडौँ। नेसनल माइक्रोफाइनान्सले लाभांश संशोधन गरेको छ। कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ३८.५ प्रतिशत बोनस सेयर संशोधन गरिएको हो।
कम्पनीको चुक्ता पुँजी ५८ करोड ६६ लाख ७४ हजार ९७३ रुपैयाँ रहेको छ अर्थात सेयरधनीलाई ३४.४५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।
राष्ट्र बैं... |
मोलुङ हाइड्रोपावरको आईपीओ बाँडफाँट काठमाडौँ। मोलुङ हाइड्रोपावर कम्पनीको आईपीओ शुक्रबार बाँडफाँट भएको छ। आईपीओका लागि कुल १४ लाख २४ हजार ३५१ जना आवेदकले आवेदन दिएकामा ७ हजार ५ जनाको आवेदन रद्द भएको छ।
यस कम्पनीको बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ। सर्वसाधारण आवेदकहरुले गोलाप्रथामार्फत सेयर हात पारेका छन् । यसमा कु... |
सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ।
आज सुनको मूल्य प्रति तोला १ सयले घटेर १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। बिहिबार सुनको मूल्य १ लाख २ हजार ६ सय रु... |
यस्ताे छ तरकारी तथा फलफूलको मूल्य काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मुल्य सार्वजनिक गरेको छ।
जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अंगुर ११० रुपैयाँ, भारतीय सुन्तला ११० रुपैयाँ, अनार २८० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ७० रुपैयाँ, कि... |
छोटी भन्सार पुन: स्थापना नहुँदा राजस्व सङ्कलन न्यून खजुरा। बाँकेका मुख्य नाकाबाहेक अन्यमा भन्सार कार्यालय नहुँदा राजस्व सङ्कलनको लक्ष्य भेट्टाउन सकिएको छैन। सीमावर्ती क्षेत्रका सात छोटी भन्सार कार्यालय करिब दुई दशकदेखि बन्द छन्। ती कार्यालय हालसम्म पुनःस्थापना गर्न सकिएको छैन।
सातवटै छोटी भन्सार कार्यालय सशस्त्र द्वन्द... |
इसेवाले ल्यायो ‘स्क्यान टु विन’ अफर काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले ‘स्कयान टु विन अफर’ सञ्चालनमा ल्याएको छ।
यस अफर अन्तरगत इसेवाको मोबाईल एप्स् मार्फत क्यूआर स्क्यान एण्ड पे गर्दा एक जना भाग्यशाली नेपालीले आइफोन १४ प्राप्त गर्न सक्ने छन्। यसैगरी यस अफरमा हरेक हप्ता एक जनाले रेडमी वाच २ ल... |
सन नेपाल लाइफ इन्स्योरेन्सले माग्यो आईपीओ जारी गर्ने अनुमति काठमाडौँ। सन नेपाल लाइफ इन्स्योरेन्सले आईपीओ जारी गर्न अनुमति माग गरेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा प्रिमियर मूल्य थपेर आईपीओ जारी गर्ने अनुमति माग गरेको हो।
कम्पनीले २ अर्ब ४० करोड ५२ लाख ८० रुपैयाँबराबरको आईपीओ बिक्री खुला गर्नेछ।
कम्पनीले प्र... |
अमेरिकी डलरको मूल्य बढ्यो, युरोको घट्यो काठमाडौँ। शुक्रबार अमेरिकी डलरको मूल्य बढेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४६ पैसा कायम गरिएको छ। बिहिबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७१ पैसा र बिक्रीदर ... |
गरिवलाई मारेर लघुवित्त मोटाउन थालेकाे भन्दै ऋणीहरू आन्दोलनमा बारा। बारामा लघुवित्त संस्थाबाट पीडित भएकाहरुले लघुवित्त संस्थाको ज्यादती बिरुद्ध संगठित हुन थालेका छन्। लघुवित्तको चर्को व्याजका कारण घरबार नै बिग्रन थालेपछि बाराका बिभिन्न स्थानका पिडितहरु लघुवित्त संस्थाको बिरुद्धमा नाराबाजी समेत गर्न थालेका हुन्।
बारामा ए... |
सेयर बजार राताम्मे, २६.४८ अंकले घट्यो नेप्से परिसूचक काठमाडौँ। साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार घटेको छ। बिहिबार नेप्से परिसूचक २६.४८ अंकले घटेर १९६९.०१ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.८१ अङ्कले घटेर ३७३.५६ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)... |
मोलुङ हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँट हुने काठमाडौं। मोलुङ हाइड्रोपावर कम्पनीको आईपीओ शुक्रबार बाँडफाँट हुँदै छ । यसमा मागभन्दा ७.३२ गुणा बढी आवेदन परेकाले गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुने कम्पनीले जानाएको छ।
उक्त आईपीओमा कुल १ करोड ६५ लाख ९० हजार १७० कित्ताको लागि १४ लाख ८७ हजार ५८४ जनाले आवेदन दिएका छन्। जसअनुस... |
युनाइटेड मोदी हाइड्रोपावरले पायो लाभांश वितरण गर्ने अनुमति काठमाडौँ। युनाइटेड मोदी हाइड्रोपावरले लाभांश वितरण गर्ने अनुमति प्राप्त गरेको छ। कम्पनीले नियामक निकाय विद्युत नियमन आयोगबाट आर्थिक वर्ष २०७८–७९ को सञ्चित मुनाफाबाट ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने अनुमति प्राप्त गरेको हो।
कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब १... |
बहराइनमा लुलु एक्सचेन्ज र एमबीएल रेमिटबीच सम्झौता मान्मा। माछापुच्छ्रे बैंकले बहराइनको लुलु एक्सचेन्जसँग रेमिट्यान्स भुक्तानी सम्झौता गरेको छ। आइतबार माछापुच्छ्रे बैंकका मध्यपूर्व संयोजक सुजन सापकोटा र लुलु एक्सचेन्जका प्रतिनिधिबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको हो।
संयोजक सापकोटाका अनसुार अब बहराइनमा रहेका नेपालीले... |
सुनको मूल्य बढ्यो, चाँदी स्थिर काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। बिहीबार सुनको मूल्य प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँ कायम भएको छ।
आज सुनको मूल्य प्रति तोला ३ सयले बढेर १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। बुधबार सुनको मूल्य १ लाख २ हजार ३ सय रुपैयाँमा का... |
सिद्धार्थ उद्योग वाणिज्य संघ : २८ पदकाे लागि ४६ जनाकाे उम्मेदवारी भैरहवा। आगामी २० फागुनमा हुने सिद्धार्थ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि ४६ जनाले उम्मेदवारी दिएका छन्। संघकाे ६४ औ वार्षिक साधारणसभा तथा अधिवेशनबाट २८ पदका लागि ४६ जना उद्योगी व्यवसायीले उम्मेदवारी दिएका हुन्।
११ फागुनदेखि सुरु भएकाे निर्वाचन का... |
नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिपो जारी गर्दै काठमाडौँ। तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ। बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले १४ दिने रिपो जारी गर्न लागेको हो।
बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा राष्ट्र बैंकले अल्पक... |
बिपिडब्लु लघुवित्तको आईपीओ बिक्री खुला काठमाडौँ। बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको आईपीओ आज (फागुन १८ गते) देखि बिक्री खुला भएको छ। संस्थाले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा सर्बसधरंको लागि आईपीओ जारी गर्न लागेको हो।
संस्थाले जारी पुँजीको ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँबराबरको आईपीओ सर... |
भेरी–बबई ‘डाइभर्सन’को भौतिक प्रगति : आठ वर्षमा ५९ प्रतिशत सुर्खेत। निर्माण सुरु भएको आठ वर्ष बित्दा राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ५९ प्रतिशत भौतिक प्रगति भएको छ। वित्तीय प्रगति ४३ प्रतिशत भएको आयोजनाले बताएको छ।
टनेल बोरिङ मेसिन प्रविधिको नेपालमा पहिलोपटक सुरु गरी निर्माण कार्य सुरु भएको आय... |
सूर्यमुखीको व्यावसायिक खेतीतर्फ किसानको आकर्षण बढ्दै भरतपुर। चितवनको भरतपुरमा पछिल्लो समय व्यावसायिकरुपमा सूर्यमुखी खेतीतर्फ आकर्षण बढ्दै गएको छ। तेलहन बालीअन्तर्गत भरतपुर महानगरपालिका–१५ श्रीपुरमा सामूहिकरुपमा प्राङ्गारिक सूर्यमुखी खेती गरिएको छ।
चार किसानको अगुवाइमा पौने तीन बिघामा सूर्यमुखी खेती गरिएको चन्द्रप्रसाद ... |
विरोध शैली परिवर्तन : कैलालीका ब्यावसायीले आज बैंकमा पैसा जम्मा नगर्ने धनगढी। चर्को व्याजदरविरुद्ध आन्दोलनरत कैलालीका व्यवसायीले आज बैंककमा पैसा जम्मा नगरेर नयाँ शैलीको विरोध गर्ने भएका छन्।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरका अनुसार बैक, लघुबित्त र सहकारीहरुले बढाएको व्याजदर घटाउन दबाब स्वरुप व्यवसायी... |
बिहीबार पनि घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर काठमाडौँ। बिहीबार पनि अमेरिकी डलरको मूल्य घटेको छ। नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३१ पैसा कायम गरिएको छ। बुधबार अमेरिकी डलर एकको ख... |
भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य, ग्यासको मूल्य बढ्यो काठमाडौं। नेपाल आयल निगमलाई भारतीय इन्धन बिक्रेता कम्पनी भारतीय आयल कर्पोरेसन (आईओसी)ले इन्धनको नयाँ लागत मूल्य पठाएको छ। जसअनुसार खाना पकाउने ग्यासको मूल्य बढेर आएको छ। डिजेल तथा पेट्रोलको मूल्य भने घटेर प्राप्त भएको निगमले जनाएको छ।
नयाँ मूल्यअनुसार निगमला... |
२४.४४ अंकले घट्यो नेप्से परिसूचक, १ अर्ब २८ करोडमाथिको कारोबार काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजारमा घटेको छ। बुधबार नेप्से परिसूचक २४.४४ अंकले घटेर १९९५.४९ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.५६ अङ्कले घटेर ३७८.३७ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज ... |
पोखरा-भद्रपुर सिधा उडानले व्यवसायी खुसी चितवन। पोखरालाई हवाई उडानबाट पूर्वी गन्तव्यसम्म जोड्ने तयारी भएपछि पोखराका पर्यटन व्यवसायी खुुसी भएका छन्। निजी क्षेत्रको बुद्ध एयरले आगामी मार्च ९ देखि पोखरादेखि भद्रपुरसम्म सिधा हवाई उडान गर्ने तयारी गरेको छ।
“पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै हवाइ कनेक्टिभिटिमार्फत... |
दुई कम्पनीको १ करोड १६ लाख बढी सेयर नेप्सेमा सूचीकृत काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको १ करोड १६ लाख ९२ हजार ३०२.८४ कित्ता सेयर सूचिकृत भएको छ। सेयर सूचिकृत हुनेमा सानिमा बैंक र सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था रहेको छ।
सानिमा बैंकको १ करोड १३ लाख २७ हजार ३७७.३३ कित्ता बोनस सेयर नेप्से सूचीक... |
प्रि-ओपन सेसन नेप्सेमा सामान्य अंकले वृद्धि काठमाडौँ। प्रि-ओपन सेसनमा सेयर बजार सामान्य अंकले बढेको छ। बुधबार नेप्से सूचक ०.७८ अंकले बढेको हो।
यससँगै सूचक २०२०.७१ विन्दुमा आएको छ। प्रि ओपनमा ५ कम्पनीके ८१७ कित्ता सेयर कारोबार भएको हुदा ४ लाख ७९ हजार रुपैयाँको सेयर कारोबार भएको छ। |
बुधबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँ कायम भएको छ।
मंगलबार प्रति तोला १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सयले बढेर प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सु... |
लक्ष्मी लघुवित्तको सेयरमा मूल्य समायोजन काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयरमा मूल्य समायोजन भएको छ। कम्पनीको १५ प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजन भएको हो।
सेयर मूल्य समायोजनपछि कम्पनीको सेयर भाउ ८ सय २४ रुपैयाँ ३५ पैसा तोकेको छ। यस अघि नेप्सेमा कम्पनीको सेयर कारोबार ९ ... |
सूर्योदय वोमी लघुवित्तको १५ प्रतिशत लाभांश घोषणा काठमाडौँ। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।
संस्थाले हाल कायम चुक्ता पूँजी ७९ करोड १९ लाख ८४ हजार ७९० रुपैया... |
आजको विनिमय दर : अमेरिकी डलरको भाउ घट्यो, युरोको बढ्यो काठमाडौँ। बुधबार अमेरिकी डलरको मूल्य घटेको छ। नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५७ पैसा कायम गरिएको छ। मंगलबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २४ पैसा ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.