content stringlengths 20 64.1k ⌀ |
|---|
ललिता निवास प्रकरणमा मन्त्री र प्रधानमन्त्रीलाई कारबाही गर्न सांसद अमरेशकुमार सिंहको माग काठमाडौं। प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले ललिता निवास जग्गा प्रकरणमा निर्णयकर्ता मन्त्री र प्रधानमन्त्रीलाई पनि कारबाही प्रक्रियामा ल्याउनुपर्ने माग गरेका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा उनले टिप्पणी गर्ने शाखा अधिकृतल... |
सत्ता र प्रतिपक्षी सांसदले लम्पी स्किन रोगको महामारीबारे सरकारको ध्यानाकर्षण गराए काठमाडौं। पशुचौपायमा देखिएको लम्पी स्किन रोगबारे सरकारको ध्यानाकर्षण गराइएको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सत्ता र प्रतिपक्षी सांसदले लम्पी स्किन रोगबाट पशुचौपायको मृत्यु भएको र यसबाट किसानलाई आहत भएको भन्दै सरकारको ध्यानाकर्षण ग... |
रविकाे प्रश्न-मिटरब्याज पीडितलाई न्याय दिन विधेयक किन ल्याइएन? काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टीले मिटरव्याजसम्बन्धी विधेयक तत्काल सदनमा नल्याए संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपा सभापति लामिछानेले मिटरव्याजबाट पीडित नागरिकको पक्षमा आफूरहेको भन्दै मिटरव्याजसम्बन्धी विधेयक तत... |
राष्ट्रिय सभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित काठमाडौं। राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक २०८० पारित गरेको छ ।
शुुक्ररबार बसेको राष्ट्रिय सभाको बैठकले अर्थमन्त्री डा प्रकाशशरण महतले राखेको राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको ह... |
प्रचण्डको विप्लव भित्र्याउने रणनीतिले माओवादीमा पुन र शर्माको मोर्चाबन्दी काठमाडौं। नेकपा (माओवादी केन्द्र) को आन्तरिक राजनीतिमा सदैव प्रतिस्पर्धी देखिएका उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुन नजिकिएका छन्।
पछिल्लो समय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुराना आफ्ना विश्वासपात्र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्ल... |
सुर्तीजन्य पदार्थमा कर बढाउन राष्ट्रियसभाका सांसदको माग काठमाडौं। राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सुर्तीजन्य वस्तुको कर बढाउन माग गरेका छन्।
आर्थिक विधेयक, २०८० माथिको दफाबार छलफलमा भाग लिनुहुँदै सांसद देवेन्द्र दाहालले सुर्तीजन्य पदार्थको करमा संशोधनको प्रस्ताव पेश गरे। आर्थिक विधेयक २०८० ले विदेशबाट आयात गरिने ... |
राष्ट्रिय सभाबाट आर्थिक विधेयक पारित काठमाडौ। राष्ट्रिय सभाले आर्थिक विधेयक २०८० पारित गरेको छ ।
शुुक्ररबार बसेको राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०८० बहुमतले पारित गरेको हो ।
पारित गरिएसँगै सो विधेयकलाई प्रतिनिधिसभामा पठाइएको छ । |
अमेरिकी सहायक बिदेश मन्त्री लु काठमाडाैंमा काठमाडाैं। अमेरिकी सहायक बिदेश मन्त्री डोनाल्ड लु काठमाडाैं आइपुगेका छन्। दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लु आज नेपाल आइपुगेका हुन्।
उनले आजै परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गर्ने कार्यक्रम रहेको छ।
त्यसपछि उनले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्... |
राप्रपा लुम्बिनी प्रदेशको सहसंयोजकमा प्रकाश रिमाल मनोनित काठमाडौं। राप्रपाको लुम्बिनी प्रदेशको सह संयोजकमा सहमहामन्त्री प्रकाश रिमाललाई मनोनीत गरिएको छ।
अध्यक्ष राजेन्द्र लिङ्देनले ‘नवीन राप्रपा-२०८०’ को कार्ययोजना कार्यान्वयनका लागि प्रदेश संयोजकको समन्वयमा रही कार्यसम्पादन गर्न लुम्बिनी प्रदेशको सहसंयोजकमा सहमहामन्त्... |
प्रधानमन्त्री दाहाललाई राष्ट्रपतिको समवेदना सन्देश- सीताको साथ उदाहरणीय काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधनमा दुःख व्यक्त गर्दै परिवारका सदस्यलाई समवेदना दिएका छन्।
राष्ट्रपति पौडेलको समवेदना सन्देश लिएर राष्ट्रपति कार्यालयका पदाधिकारीहरू तथा राष्ट्र... |
अमेरिकी सहायक बिदेश मन्त्री लु आज नेपाल आउँदै काठमाडौं। अमेरिकी सहायक बिदेश मन्त्री डोनाल्ड लु आज नेपाल आउँदैछन्। दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लु आज नेपाल आउन लागेका हुन्।
नेपालस्थित अमेरिकी दूतावासका अनुसार सहायक विदेशमन्त्री डोनाल्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री ... |
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची काठमाडौं। प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक १ बजे बोलाइएको छ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा बिनियोजन विधेयक २०८० का सबन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश जानकारी गराउने कार्यसूचीमा राखि... |
सामाजिक सञ्जालमा अराजकता : कुरा बुझ्न छोडेर खेदो खन्ने हतारो काठमाडौं। कागले कान लग्यो भन्दैमा कागको पछि कुद्ने कि कान छाम्ने? नेपाली समाजमा यो उखान निकै प्रसिद्ध छ। पछिल्लो समय नेपालका सामाजिक सञ्जाल प्रयोगकर्तामा उक्त उखान चरितार्थ हुन्छ।
नेपालमा सामाजिक संजालको प्रयोग सबैको पहुँचमा भएसँगै अहिलेै टिकटक फेसबुक लगायत प... |
पार्टीको आन्तरिक जीवनबारे अध्यक्ष ओलीको उपाध्यक्षसँग छलफल काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक जीवनका सम्बन्धमा पार्टी उपाध्यक्षसँग आज छलफल गरेका छन् ।
ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आज अध्यक्ष ओलीले पार्टीको आन्तरिक जीवन सुदृढीकरण र आगामी सचिवालय बैठकका विषयमा छलफल गरेको केन्द्... |
प्रधानमन्त्री पत्नी सीता दाहालको निधनप्रति बंगलादेशकी प्रधानमन्त्रीद्वारा दुःख व्यक्त काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनप्रति शोक व्यक्त गरेकी छन्।
दाहालको निधनमा दुःख व्यक्त गर्दै उनले प्रधानमन्त्री दाहालको परिवारलाई समवेदना सन्देश पठाएकी हुन्... |
नेपाली सेनाको सङ्ख्या घटाउने सरकारको कुनै सोच छैन : रक्षामन्त्री खड्का काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले हाल कायम रहेको नेपाली सेनाको सङ्ख्या घटाउने सन्दर्भमा नेपाल सरकारको कुनै पनि सोच नभएको स्पष्ट पारेका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० को छलफलका क्रममा सांसदहरूले उ... |
सुदूरपश्चिम प्रदेशसभा : बजेटप्रति सत्तापक्षकै सदस्यको असन्तुष्टि सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटमाथिको छलफलमा सत्तापक्षकै सदस्यले असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
प्रदेशसभाको आजको बैठकमा भाग लिने सत्तापक्षीय प्रदेशसभा सदस्यले सरकारले लिएको नीतिविपरीत वास्तविकता र यथ... |
प्रधानमन्त्री जीवनसङ्गिनी सीताप्रति श्रद्धाञ्जलि अर्पण (फाेटाेफिचर) काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जीवनसङ्गिनी सीता दाहालको निधनप्रति विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरूले बुधबार निधन भएकी सीताको तस्ब... |
अनलाइनबाटै राप्रपाको सदस्य बन्न सकिने, एक वर्षमा २ लाख सक्रिय सदस्य बनाउने काठमाडौं। राप्रपाले आफ्नो पार्टीको सक्रिय सदस्य बन्न अनलाइनबाटै आवेदन दिन सकिने जनाएको छ ।
गत १ देखि ३ जेठसम्म चलेको पार्टीको केन्द्रीय कार्य समितिको बैठकले संशोधनसहित पारित राजनीतिक कार्यपत्रअनुसार विभिन्न समयमा बसेको कार्य सम्पादन समिति तथा पद... |
सुशासनको अभियालने विश्राम लिँदैन : उपप्रधानमन्त्री श्रेष्ठ काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले थालेको सुशासनको अभियानले कुनै पनि हालतमा विश्राम नलिने बताएका छन् । राष्ट्रियसभाका आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत गृह मन्त्रालय शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दि... |
काठमाडौंमै बस्न चाहने डाक्टरबाट आत्महत्याको धम्की आयोः मन्त्री बस्नेत काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले काजमा रहेका चिकित्सकको दरबन्दी व्यवस्थापन गर्दा धम्की आएको बताएका छन् ।
बिहीबार राष्ट्रिय सभा बैठकमा उनले दरबन्दीअनुसार डाक्टरहरू व्यवस्थापन गर्दा सचिवालयमा धम्की आएको बताएका हुन् ।
दरबन्दी ... |
परराष्ट्रमन्त्री भन्छन् : बीआरआई छलफलकै क्रममा काठमाडाैं। परराष्ट्रमन्त्री एनपी साउदले बीआरआई कार्यान्वयनका लागि छलफल भइरहेको बताएका छन्।
बिहीबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालयमाथिको विनियोजन विधेयकमा भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री साउदले नेपाल चीनवीच सन् २०१७ मा सम्झौता भएको बीआरआई कार्यान्व... |
रविकाे जिकिर : रास्वपा सरकारकाे रेसमा छैन काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा सहभागी हुने कुनै योजना नरहेको बताएका छन्।
बिहीबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै लामिछानेले अहिले पार्टी विस्तार लगाएत अन्य आन्तरिक काममा रास्वपाको ध... |
कांग्रेसमा बुढो पुस्ता भर्सेज युवा पुस्ता काठमाडौं। पार्टीभित्र आन्तरिक शक्ति संघर्ष चुलिएको बेला सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक साउन दुई गते बस्दैछ। बुधबारका लागि तय भएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएपछि साउन दुई गते बस्ने गरी सरेको हो।
साउन दुई गते बस्ने बै... |
नेपाली कांग्रेसको नयाँ नीति : को पहिले प्रधानमन्त्री बन्ने होडवाजी नेपाली कांग्रेसले आफ्नो पछिल्लो महाधिवेशनका बेला आफूलाई नीति बनाउन खप्पिस ठान्नेहरुले पनि नीति भन्दा पहिले निर्वाचनलाई रोजे। महाधिवेशन सक्किएको ६ महिनाभित्र नीति महाधिवेशन गर्ने भनिएको थियो।
तर दुईवटै महामन्त्रीहरु नीति महाधिवेशनको कुरा गर्नुभन्दा आफ्नै... |
एमालेले डाक्यो सचिवालय बैठक काठमाडौं । पछिल्लो राजनीतिक विकासक्रमको समीक्षा गर्न नेकपा (एमाले)ले सचिवालय बैठक डाकेको छ । ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा यही असार ३० गते सचिवालय बैठक डाकिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनका अनुसार बैठकमा अहिले भइरहेको राजनीतिक विकासक्रमको समीक्षा, कार... |
कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश काठमाडौं।कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति सर्वोच्च अदालतले तत्काललाई जोगाइदिएको छ।
सर्वोच्च अदालतले कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश दिँदै साउन ७ गतेदेखि निरन्तर सुनुवाई गर्ने भनेको छ।
एमाले कोशी प्... |
माओवादी केन्द्रले सबै कार्यालयमा दुई दिनसम्म पार्टीको झण्डा आधा झुकाउने काठमाडों। नेकपा (माओवादी केन्द्र)ले पार्टीका सबै कार्यालयमा दुई दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी एवम् पार्टीकी केन्द्रीय सल्लाहकार सीता दाहालको निधनपछि बसेको पदाधिकारी बैठकले... |
सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्को निर्णय काठमाडाैं। सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको असामयिक निधनप्रति शोक व्यक्त गर्दै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले नेपाल कम्युनिष्ट पार्टी (माओवादी के... |
प्रधानमन्त्री दाहाल पत्नीको निधनप्रति रास्वपाद्वारा शोक व्यक्त काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी सीता दाहालको असामयिक निधनप्रति शोक व्यक्त गरेको छ।
पार्टीका महामन्त्री एवं प्रवक्त डा मुकुल ढकालले शोक वक्तव्य जारी गर्दै दाहालको असामयिक निधनप्रति पार्टी मर्माहत र स... |
माओवादी कार्यालयमा दुई दिनसम्म झन्डा आधा झुकाइने काठमाडौं। नेकपा माआवादी केन्द्रले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी एंव पार्टीकी केन्द्रीय सल्लाहकार सीता दाहालको निधनप्रति पार्टीका सबै कार्यालयमा दुई दिनसम्म पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको छ।
पेरिसडाँडामा बुधबार बसेको पदाधिकारी ... |
कांग्रेस केन्द्रीय समिति बैठक साउन २ गते बस्ने काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी साउन २ गते बस्ने भएको छ।
आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक साउन २ गते दिउँसो १ बजे बस्ने तय भएको कांग्रेसका कार्यवाहक मुख्य सचिव डा प्रदिप पराजुलीले जानकारी दिए।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं... |
सीता दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति : माओवादी केन्द्र काठमाडौं। नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी एवं केन्द्रीय सल्लाहकार सीता दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति पुगेको जनाएको छ ।
बुधबार बिहान ८ः३३ बजे नर्भिक अस्... |
अस्ताइन् जनयुद्धकी ‘आमा’ सीता काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको छ।अस्पताल स्रोतका अनुसार बुधबार बिहान ८ बजेर ३३ मिनेटमा उनको नर्भिक अस्पतालमा निधन भएकोे हो।
दाहाल पत्नी सीताको निधनले नेकपा (माओवादी) का नेता कार्यकर्ताहरु शोकमा छन्। प्रधानम... |
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै काठमाडौं। नेकपा (माओवादी केन्द्र)को केन्द्रीय पदाधिकारी बैठक केहीबेरमा बस्नेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसङ्गिनी एवं नेकपा(माओवादी केन्द्र)का सल्लाहकार सीता दाहालको निधन भएपछि बैठक बस्न लागेको हो ।
बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने र नेताहरु आउने क्र... |
राष्ट्रपति पौडेलले दिए टेलिफोन गरेर प्रधानमन्त्री दाहाललाई समवेदना काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधनको खबरले आफूलाई अत्यन्त दुःख लागेको बताएका छन्।
राष्ट्रपति पौडेलले बुधबार बिहान प्रधानमन्त्री दाहाललाई टेलिफोन गरेर दुःख व्यक्त गरेका हुन्।
दुःखको... |
कांग्रेस केन्द्रीय समिति बैठक स्थगित काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ। आज बुधबार दिउँसो १ बजेका लागि बैठक तय भएको बैठक स्थगित भएको हो।
कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएपछि बैठक स्थगित गरिएको हो।
केन्द्रीय समिति बैठक अब कहिल... |
राष्ट्रियसभा बैठक स्थगित काठमाडौँ। राष्ट्रिय सभाको बैठक सरेको छ। आज बिहान ११ बजेका लागि तय भएको बैठक बिहीबार (भोली) सम्मका लागि सरेको हो।
राष्ट्रियसभाका अध्यक्षको सचिवालयका अनुसार बैठक अब २०८० साल असार २८ गते बिहिबार बिहान १० बजे बस्नेछ। |
राप्रपाले साउन १ गते मैतीदेवी-पशुपतिनाथ धार्मिक यात्रा गर्ने काठमाडाैं। राप्रपाले साउन १ गते मैतीदेवी-पशुपतिनाथ धार्मिक यात्रा गर्ने भएको छ। अघिल्लो वर्षदेखि राप्रपाले साउनको पहिलो दिन धार्मिक पदयात्रा गर्ने गरेको हो।
हिन्दूधर्म धर्म मात्र नभएर संस्कृति र जीवन पद्दति पनि भएकाले हिन्दूधर्ममा पुजिने हरेक देवीदेवताका आ-आफ... |
राप्रपा सुदुरपश्चिम प्रदेश सहसंयोजकमा शाही काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सुदूरपश्चिम प्रदेशको सहसंयोजकमा पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीलाई नियुक्त गरेका छन्।
अध्यक्ष लिङ्देनले पार्टीको विधानअनुसार उनलाई सो पदमा नियुक्त गरेका हुन्। शाही पार्टीका प्रमुख सचेतकको जिम्म... |
आजदेखि कांग्रेस केन्द्रीय समिति बैठक, नीति महाधिवेशन मुख्य एजेन्डा काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट सुरु हुँदैछ। यसअघि तय भए अनुसार केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो १ बजे बैठक सुरु हुनेछ।
अघिल्लो बर्ष साउनमा बैठक बसे पछि केन्द्रिय समिति बैठक अझै बस्न सकेको थिएन। झन्डै एक बर्षपछि बस्न... |
पारस बाहेक परिवारका सदस्यसहित पूर्वराजा ज्ञानेन्द्र थाइल्याण्ड जाँदै काठमाडौं। वर्तमान राजनीतिलाई परै बसेर नियाली रहेका पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमल र परिवारका अन्य सदस्यसहित शुक्रबार थाइल्याण्ड जाँदैछन्।
पूर्वयुवराज्ञी हिमानी शाह भने सोमबार नै थाइल्याण्ड प्रस्थान गरिसकेकी छन्। पूर्वराजा शाहले पूर्वयुवराज पार... |
पार्टीभित्र मित्रता, एकता र पारस्परिक सम्बन्ध आवश्यक छः केपी ओली काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आपसी मित्रता, एकता र पारस्परिक सम्बन्ध आवश्यक रहेको बताएका छन् ।
ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा एमाले बागमती सङ्गठन कमिटीको सातौँ बैठकलाई आज सम्बोधन गर्दै उनले आपसी मित्रता, एकता र पार... |
मनाङ एयरको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न सरकारले समिति बनाउने काठमाडों। सरकारले सोलुखुम्वुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाको छानविन गर्न समिति बनाउने निर्णय गरेको छ।
सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मनाङ एयरको हेलिकप्टर दुर्घटनाप्रति दुख व्यक्त गर्दै दुर्घटनाको छानविन गर्न पर्यटन मन्त्रालयका सहसचि... |
सभामुख घिमिरेसँग फ्रान्सेली राजदूत बोरबाओको भेट काठमाडौं । सभामुख देवराज घिमिरेसँग नेपालका लागि फ्रान्सका राजदूत गिल्स बोरबाओले भेट गरेका छन् । सिंहदरबारमा मंगलबार भएको भेटमा नेपाल र फ्रान्सबीचको मैत्रीपूर्ण सम्बन्ध, विकास सहयोग, जनस्तरको सम्बन्ध, लगानी तथा व्यापार लगायतका विषयमा छलफल भएको सभामुख घिमिरेका प्रेस सल्लाहक... |
राष्ट्रियसभामा विनियोजन विधेयकमाथिको छलफल सकियो काठमाडौं । राष्ट्रियसभामा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षक माथिको छलफलमा सकिएको छ । आगामी बैठकमा उक्त शीर्षकहरूमाथि उठेका प्रश्नको जवाफ बुधबार हुनेछ ।
राष्ट्रियसभाको आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, ऊर्जा तथा जलस्रो... |
भ्रष्टाचारको छानबिन हुनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल पाल्पा । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले सरकारी जग्गामा अनियमितता गर्ने छानबिन गरिनुपर्ने बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री नेपालले ललिता निवास ज... |
सरकारले सामन्तको पक्षमा काम गरेको ओलीको आरोप काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल सरकार परिवर्तन गर्ने चाहना एमालेलाई नभएको स्पष्ट पारेका छन् ।
एमाले बागमती प्रदेश संगठन कमिटीको बैठकलाई मंगलबार पार्टी कार्यालय च्यासलमा सम्बोधन गर्दै ओलीले दलहरुको गठजोर गरेर सरकार परिवर्तन गर्ने चाहना एमालेलाई नभएको ... |
के आरजु राणा पक्राउ पर्न लागेकी हुन् ? प्रहरीले के संकेत गर्न खोजेको हो ? काठमाडौं । नक्कली शरणार्थी प्रकरणसँग सम्बन्धित एउटा अडियोमा कांग्रेस केन्द्रीय सदस्य तथा सांसद आरजु राणा देउवाको नाम लिइएको विषयमा अडियोको अनुसन्धान गरेपछि नेपाल प्रहरीले अडियोमा सुनिने आवाज शरणार्थी प्रकरणकै अभियुक्त सन्देश शर्माको आवाजसँग मिलेक... |
कोशी प्रदेशका मुख्यमन्त्री नियुक्ति विरुद्धको रिट तिलप्रसाद श्रेष्ठको इजलासमा काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति विरुद्धको रिट आज सुनुवाईका लागि पेसी तोकिएको छ।
गत बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थापाको नियुक्ति,बदर गरि संविधानको धारा १६८ को उपधारा ३ अनुसार आफुलाई मुख्यमन्त्रीमा नियुक्त गर्न... |
अव्यवस्थित बसाइँसराइलाई व्यवस्थित गर्न आवश्यक : मन्त्री बस्नेत काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनसङ्ख्या वृद्धिदर र प्रजननदर कम हुनुले तत्कालका लागि सकारात्मक भए पनि दीर्घकालीन अवस्थाका निम्ति जोखिम हुनसक्ने बताएका छन्।
विश्व जनसङ्ख्या दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले जनसङ्ख्याको... |
राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुने काठमाडौं। राष्ट्रियसभाको बैठक बस्दैछ। संघीय संसद भवन नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो ११ः०० बजे बोलाइएको छ।
संघीय संसद सचिवालयले सार्बजनिक गरेको कार्यसूची अनुसार मंगलबारको बैठकमा बिनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रुपमा छलफल हुनेछ।
जसअनु... |
सामान्य मतभेद हुने वित्तिकै संसद् अवरोध गर्ने संस्कारमा परिवर्तन ल्याउनुपर्छ : प्रधानमन्त्री दाहाल काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामान्य विषय उठ्ने वित्तिकै संसद् अवरोध गर्ने संस्कारमा परिवर्तन ल्याउनुपर्ने बताएका छन् ।
लोकतन्त्रमा राजनीतिक दलका आफ्ना मत र मतभेदसमेत रहने उल्लेख गर्दै उनले सामान्य... |
सञ्चारमन्त्री भन्छिन्– मिटरब्याजसम्बन्धी विधेयक अर्को बैठकबाट पास हुन्छ काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रतिनिधिसभाको अर्को बैठकबाट मिटर ब्याजसम्बन्धी विधेयक पारित हुने बताएकी छन् । उनले सोमबारको बैठकमा सो विधेयक पेश गर्ने कार्यसूची भएपनि प्रधानमन्त्रीको सम्बोधनका कारण ढिला भएका कारण अर्को बैठक... |
सुदूरपश्चिमको आगामी बजेटप्रति सत्तापक्षकै सांसद असन्तुष्ट धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारितमा सत्तापक्ष दलकै सांसद असन्तुष्ट देखिएका छन्।
सोमबार बसेको तीन दलका संसदीय नेताको बैठकले सरकारको बजेट पारितमा समर्थन नगर्ने निर्णय गरेको हो। सत्तापक्ष दलमा रहेको नेकपा माओवादी केन्... |
छिमेकी मुलुकसँगको सम्बन्ध थप मजबुत बनाउनुपर्छ : परराष्ट्रमन्त्री साउद काठमाडौं। परराष्ट्रमन्त्री एनपी साउदले छिमेकी मुलुकहरू चीन र भारतसँगको सम्बन्ध थप मजबुत बनाउनुपर्ने बताएका छन्। संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबार बसेको बैठकमा उनले दुवै छिमेकी मुलुकसँगको सम्बन्ध थप मजबुत बनाउनुपर्ने बताएका हुन्।... |
भ्रष्टाचारविरुद्धको अभियान जरोसम्मै पुग्छ : प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्धको अभियान निरन्तर रहने बताएका छन्।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले ‘निर्दोष नपरुन् दोषी नछुटून्’ भन्ने हेक्का राखेर नै भ्रष्टाचारविरुद्ध अभियान जारी रहने बताए। यो अभियान जरासम्मै पुग्ने बताउ... |
प्रधानमन्त्री प्रचण्डमा नैतिकता छ भने राजीनामा दिनुस् : राजेन्द्र लिङ्देन काठमाडौं। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पदबाट राजीनामा दिन सुझाव दिएका छन्।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले देशको स्वाधिनताविरुद्ध अभिव्यक्ति दिएको भन्दै नैतिकताका आधारमा राजीनामा दिन आग्रह गरे।... |
संसदमा प्रधानमन्त्री दाहालको प्रश्न–मलाई किन प्रष्टीकरणको मौका दिइएन? काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना सन्दर्भमा प्रश्न उठेपछि शुरुदेखि नै स्पष्ट पार्न खोजेको तर संसदमा अवरोध भएकाले त्यो अवसर नपाएको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले आफूलाई कुनै स्पष्टीकरणको मौकासमेत नदि... |
null |
कांग्रेसलाई सरकारकै त्रास, सरकारमा माओवादी हाबी काठमाडौं। सत्तारुढ नेपाली कांग्रेस आफैं सहभागी सरकारबाटै असुरक्षित महशुस गर्न थालेको छ। पछिल्लो समय आफ्नै सत्ता सहयात्रीसमेत रहेको माओवादी केन्द्र नेतृत्वको सरकारबाटै कांग्रेस त्रासदीमय बनेको हो।
संसदको सबै भन्दा ठूलो दल रहेको कांग्रेस अंकगणितीय हिसाबले कमजोर नेकपा (माओवा... |
प्रतिनिधिसभा बैठकः तीन दिनदेखि एउटै कार्यसूची काठमाडौं। प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो ३ बजे बोलाइएको छ।
संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसूची अनुसार शुक्रबारको बैठकमा तीनवटा विधेयक प्रस्तुत हुनेछन्। जसअनुसार राष्ट्रियसभावाट उत्पति भएको नेपाल विश... |
मिटरब्याज पीडितलाई न्याय दिलाइ छाड्छौँ : उपप्रधानमन्त्री श्रेष्ठ काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजबाट पीडितलाई सरकारले न्याय दिलाएरै छाड्ने बताएका छन् ।
नयाँ बानेश्वरमा आज मिटरब्याजबाट पीडितहरुको धर्नास्थल पुगेर सम्बोधन गर्दै उनले पीडितलाई न्याय दिलाउने विश्वास दिलाए । “तपाईंहरुला... |
सर्वोच्च अदालतको निर्णयलाई सरकारले स्वीकार्छ : मुख्यमन्त्री थापा मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सर्वोच्च अदालतको निर्णय सरकारले स्वीकार गर्ने बताएका छन् । कोशी प्रदेशको मन्त्रिमण्डल विस्तारपश्चात् सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेकपा (एमाले) प्रदेश सरकार गठनका विरुद्धमा शुक्रबार सर्वोच्चमा दायर गरेको... |
लुम्बिनीमा प्रदेश सरकारले पूर्णता पाउँदै दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले साउन महिनामा प्रदेश सरकारले पूर्णता पाउने बताएका छन् । आज नेपालगञ्जमा नेपाल प्रेस युनियन, बाँकेले आयोजना गरेको पत्रकार भेटघाटमा उनले राजनीतिक सहमतिमा मन्त्रीमण्डलले आकार लिने जानकारी दिए ।
“यतिबेला हामी जनतालाई के दिने भन... |
राजसंस्थाको विषयमा आधिकारिक धारणा बनाउन राप्रपा नेपालले बनायो समिती काठमाडौं । राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकले राजसंस्था सम्बन्धि पार्टीको नीति पुनर्विचार सहित पार्टीको आधिकारिक धारणा तय गर्न उपाध्यक्ष प्रा. डा. बिष्णु बहादुर भण्डारीको संयोजकत्वमा सुझाव सहितको प्रतिवेदन पेश गर्न एक समिति ग... |
‘प्रधानमन्त्रीले माफी मागेमात्र सदन खुल्छ’ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा दिनुपर्ने पार्टीको अडान कायमै रहेको बताएका छन्। आइतबार अपरान्ह संघीय संसद भवन परिसरमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले प्रधानमन्त्रीले संसद बैठकमा मा... |
संसद अवरुद्धप्रति रास्वपाको असन्तुष्टि काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसद सहज रुपमा चल्नुपर्ने र प्रधानमन्त्रीले जवाफ दिन पाउनुपर्ने बताएका छन् ।
आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर भएको भन्दै यसमा प्रधानमन्त्रीले सदनमा आएर ... |
प्रधानमन्त्रीका कारण संसद बन्द भएको हाे, राजीनामा आएपछि मात्रै सहमति जुट्छ : ओली काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद प्रधानमन्त्रीका कारण बन्द भएको बताएका छन् ।
आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले एमालेका कारण नभई प्रधानमन्त्रीका कारण संसद बन्द भएको बताएका हुन् । ओलीले सद... |
सूचना टाँसेर आजको संसद बैठक स्थगित, सोमबार सारियो काठमाडौं। आज (आइतबार) बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर सोमबारका लागि सारिएको छ ।
आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश सोमबार अपरान्ह ३ बजे बस्नेगरी सारिएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ... |
तीन दलका शीर्ष नेताको बैठक : प्रधानमन्त्रीले सम्बाेधन गरेर संसद् खाेल्ने सहमति काठमाडाैं। प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठक सकिएको छ। शीर्ष नेताहरुको बैठकपछि बुधबारदेखि जारी प्रतिनिधिसभाको अवरोध आजदेखि हट्ने भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद... |
शीर्ष नेताको बैठकबाट बाहिरिँदै ओलीले भने-भरे देख्नुहुन्छ काठमाडौं। अवरुद्ध संसद सुचारु गर्ने विषयमा बसेको प्रमुख तीन दलको बैठक सकिएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा अवरुद्ध संसद सुचारु गर्ने विषयमा छलफल भएको थियो।
बैठकबाट बाहिरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पत्रकारले बैठकमा के भयो भन्ने जिज्ञ... |
कोशी प्रदेशमा सरकार परिवर्तनपिच्छे प्रधानमन्त्री दाहालका ज्वाइँ आचार्य मन्त्री काठमाडौं। नेकपा(माओवादी केन्द्र)का अधयक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाँइ जीवन आचार्य सरकार परिवर्तनपिच्छे कोशी प्रदेशको मन्त्री नियुक्त भएका छन्।
प्रधानमन्त्री दाहालकी कान्छी छोरी गंगाका पति उनी यस अघि एमाले माओवादी... |
एमालेको अवरोधका कारण राष्ट्रिय सभा बैठक स्थगित काठमाडौं। प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका कारण राष्ट्रिय सभा बैठक स्थगित गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै गत बुधबारदेखि सदन अवरुद्ध गर्दै आएको एमालेले आइतबार पनि निरन्तरता दिएको छ।
आइतबार पनि बैठक सुरु भएको राष्ट्रिय सभा अध्यक्ष गणेशप्र... |
कोशी प्रदेश : नवनियुक्त तीन मन्त्रीले लिए शपथ विराटनगर। कोशी प्रदेशका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आइतबार मन्त्रीमा नियुक्त गरेका जीवन आचार्य, राजेन्द्र कार्की र रामकुमार खत्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
आचार्य र कार्की माओवादीबाट र खत्री क... |
अवरुद्ध संसद खुलाउन कसले पहल गर्ने ? काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर प्रतिपक्षी एमालेको संसद अवरोध कायमै छ।
प्रधानमन्त्रीले व्यवसायी सरदार प्रितम सिंहको पुस्तक विमोचनमा कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सिंहले पटक पटक भारत धाएको भन्ने अभिव्यक्तिलाई लिएर एमालेले उनको राजीनामा माग... |
अवरुद्ध संसद खुलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताहरु छलफलमा काठमाडौं। लगातारको संसद अवरुद्ध हटाउने विषयमा प्रमुख दलका शीर्ष नेताबीच छलफल भइरहेकाे छ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच अवरुद... |
बाबुरामकाे आराेप : कांग्रेस र एमालेसँग पालैपालो मोलमोलाइ गरेर सत्तादोहन गर्न समाजवादी माेर्चा काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराइले समाजवादी मोर्चामा नरहनुको कारणबारे प्रस्टीकरण दिएका छन्। माधवकुमार नेपाल नेतृत्वमा समाजवादी मोर्चाको काम कारबाही अघि बढे लगतै भट्टराइले सो स्पष्टीकरण दिएका हुन्।
‘पुर... |
कोशी प्रदेश सरकार विरुद्धकाे रिटमा आज सर्वाेच्चमा सुनवाइ हुँदै काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार बिरुद्ध परेको रिट माथी आज सुनवाई हुँदैछ। कोशी प्रदेशका सभामुखको हस्ताक्षरसहित बहुमत पु¥याएर गठन भएको थापा नेतृत्वको सरकार अवैधानिक भन्दै नेकपा एमाले सर्वोच्चमा दायर गरेको रिटमा आज सुनुवाइ हुन ल... |
पशुपतिनाथ आरतीमा सहभागी हुँदै राप्रपा अध्यक्ष लिङ्देनले भने- हिन्दुराष्ट्र पुनःस्थापनाको संकल्प गरौं काठमाडौं। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाललाई हिन्दुराष्ट्र बनाउने शक्तिशाली संकल्प गर्न जनसमुदायलाई आग्रह गरेका छन्।
शनिबार साँझ पशुपतिनाथ मन्दिरको नित्य आरतीमा सहभागी हुँदै लिङ्देनले हिन्दुत्वप्रति जनताको आस्... |
समाजवादी मोर्चाले सातै प्रदेशमा कार्यक्रम गर्ने काठमाडौं। समाजवादी मोर्चा नेपालले सातवटै प्रदेशका राजधानीमा कार्यक्रम गर्ने भएको छ ।
आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा आज बसेको मोर्चाको पहिलो बैठकले मोर्चाको सन्देश आम जनतामाझ पुर्याउन यही साउन महिनाभित्रै प्रदेश राजधानीमा कार्यक्रम गर्ने निर्ण... |
समाजवादी मोर्चा संयोजनको जिम्मा माधव नेपाललाई काठमाडौं। समाजवादी मोर्चा नेपालको संयोजकको जिम्मा माधव नेपालले पाएका छन्। यसका साथै आगामी नीति र आचारसंहिता बनाउनका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ ।
कार्यदलले बैठकको अध्यक्षताको मोडालिटी, मार्चाको आगामी नीति तथा कार्यक्रम र आचारसंहिता बनाउने छ ।
नेकपा एकीकृत समाजवादी ... |
राष्ट्रियतालाई कमजोर पार्न नेताहरु प्रयोग भएः राजेन्द्र लिङ्देन काठमाडों। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको अहिलेको व्यवस्थाले देश ठिक बाटोमा नजाने बताएका छन्।
शनिबार काठमाडौंमा राप्रपा सम्पर्क समाज समन्वय विभागले आयोजना गरेको कार्यक्रममा लिङ्देनले धर्मनिरपेक्षता, संघीयता, गणतन्त्रले दे... |
समाजवादी मोर्चाको बैठक सुरु, सांगठनिक संरचनाका बारेमा निर्णय लिने काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको समाजवादी मोर्चाको बैठक सुरु भएको छ ।
प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र नेत्र... |
मधेश प्रदेशसभा बैठक अबरुद्ध, मुख्यमन्त्रीले जवाफ दिनु पर्ने अडान जनकपुरधाम। मधेश प्रदेश सभा बैठक अबरुद्ध भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश सरकारले रकामान्तर गरेर बजेट अन्यत्र लगेको भन्दै मधेश प्रदेशसभा बैठक अवरुद्ध गरेको हो।
सो क्रममा अर्थमन्त्री सञ्जयकुमार यादवले रकमान्तर गरेर आफ्नो क्षेत्रमा बजेट लगे... |
न्यायाधीश बन्ने प्रक्रियामा विचौलियातन्त्र हावी भयोः महासचिव भुसाल काठमाडौं। नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले न्यायाधीश बन्ने प्रक्रियामा विचौलियातन्त्र हावी भएको भन्दै यसलाई अन्त्य गर्नुपर्ने बताएका छन्।
समाजवादी पेशागतकानून व्यवसायी संगठनले शनिबार काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय कानून व्यव... |
जनताको मुद्दामा हामी स्पष्ट छौं, जनताको आदेशअनुसार काम गर्छौंः रवि लामिछाने काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनताका मुद्दालाई केन्द्रबिन्दुमा राखेर आफ्नो पार्टीले काम गर्ने बताएका छन् । सो पार्टीको आज आयोजित तारकेश्वर नगरपालिका भेलामा उनले जनताले सोधेका सबै प्रश्नको जवाफ दिन आफूहरु... |
पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मदिन मनाउन राजावादी निर्मल निवासमा काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहको आज ७७औं जन्मदिन रहेको छ । जन्मदिनको अवसरमा राजावादीले शुभकामना दिँदै राजतन्त्रको पुनर्स्थापनाको पक्षमा वकालत गरिरहेका छन् ।
पूर्वराजाको जन्मदिन भव्यताका साथ मनाउन राजावादीले एक समितिनै गठन गरेका छन् । सोही समिति शनिब... |
समाजवादी मोर्चाको पहिलो बैठक आज ४ बजे बस्दै काठमाडौं। समाजवादी मोर्चा, नेपालको पहिलो बैठक आज बस्ने भएको छ।
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, अलोकनगरमा आज ४ बजे बस्ने बैठकले मुलुकमा विकासित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक... |
हृदयाघातका कारण नेकपा एसका पाल्पा अध्यक्ष पाण्डेको निधन पाल्पा। नेकपा एकीकृत समाजवादी पाल्पाका अध्यक्ष खिमानन्द पाण्डेय (कमल)को निधन भएको छ।
बगनासकाली गाउँपालिका १ पिप्ले निवासी ५२ वर्षीय उनको हृदयाघातका कारण शुक्रबार निधन भएको हो। खेतमा काम गरिरहेका वेला उनलाई हृदयाघात भएको थियो।
उपचारका लागि तत्काल लुम्बिनी मेडिकल कल... |
समाजवादी मोर्चाको पहिलो बैठक भोलि बस्ने काठमाडौं। चार दल आवद्ध समाजवादी मोर्चाको पहिलो बैठक बोलाइएको छ । मोर्चामा आवद्ध नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा शनिबार दिउँसो ३ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो ।
मोर्चामा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा रहे... |
प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद चल्दैन : एमाले नेता रघुजी पन्त काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्रीको राजीनामा माग गर्नुको कुनै औचित्य नरहेको बताएका छन् ।
शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै पौडेलले एमाले लगायतका दलहरुको समर्थनमा नै प्रचण्ड प्रधानमन्त्री ... |
सबै दलले सरकारलाई विश्वासको मत दिनुहुन्छ : मुख्यमन्त्री थापा मोरङ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले सबै दलले वर्तमान सरकारलाई विश्वासको मत दिने विश्वास व्यक्त गरेका छन् । मुख्यमन्त्री पदको सपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आगामी एक महिनाभित्र प्रदेशसभामा रहेका सबै राजनीतिक दलको सहमतिमा सरकारले विश... |
छिमेकीलाई कम्फर्टेबल सरकारले गर्दा मुलुक भूराजनीतिक चपेटामा पर्योः राजेन्द्र लिङ्देन काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफुलाई दिल्लीले प्रधानमन्त्री बनाएको भनेर सुनाउदै जनतालाई प्रभाव दिन खोज्ने प्रधानमन्त्री देशले पाएको टिप्पणी गरेका छन्।
नेपाल प्राज्ञिक परिषद्ले शुक्रबार काठमाडौंमा... |
ललिता निवास प्रकरणमा मेरै पार्टीका अध्यक्षको पनि संलग्नता पुष्टि भए कारवाही हुनुपर्छ : प्रेम आले काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता प्रेम आलेले ललिता निवास प्रकरणमा आफ्नै पार्टीका अध्यक्षको पनि संलग्नता पुष्टि भए कारवाही हुनुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा दृश्यमा खप्तड विमोचन समारोहपछि सञ्चारकर्मीसंग कुरा ... |
जनताको अपेक्षा अनुसार काम गर्न सरकार केन्द्रीत हुनुपर्छः गगन थापा काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिकको अपेक्षा अनुसार काम गर्न सरकार केन्द्रीत हुनुपर्ने बताएका छन्।
शुक्रबार काठमाडौंमा दृश्यमा खप्तड विमोचन समारोहलाई सम्बोधन गर्दै थापाले भ्रष्टाचारसँग जोडिएका कतिपय ठूला काण्डहरुमा सरकारले गरेको निर... |
कांग्रेसको नेतृत्वबाटै मुलुकमा लोकतन्त्र स्थापना भएको होः आरजु राणा काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले कांग्रेसले लिएको विचार र सिद्धान्तकै कारण मुलुकमा लोकतन्त्र स्थापना भएको बताएकी छन् ।
कांग्रेसको भातृ सङ्गठन तरुण दलको केन्द्रय कार्यसमिति सदस्यहरुको प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उनले... |
ललिता निवास प्रकरण स्टन्टबाजीमात्र हो, सरकारले निष्कर्षमा पुर्याउन सक्दैन : ओली काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले स्वार्थका लागि राष्ट्रको हितमाथि खेलवाड गरेको आरोप लगाएका छन् ।
शुक्रबार किर्तिपुरमा अखिल स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई उद्घाटन गर्दै अध्यक्ष ओलीले बहुमत नभएका पार... |
एमालेको अवरोधपछि सूचना टाँसेर प्रतिनिधिसभा बैठक स्थगित काठमाडौं। प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । शुक्रबार अपरान्ह ३ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर आइतबार दिउँसो १ बजे बस्नेगरी स्थगित गरिएको हो ।
एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै सदन अवरुद्ध गर्दै आएको ... |
भोलिसम्म सहमति गर्नुहोस्, आजको बैठक सूचना टाँसेर स्थगित गरौं : सभामुख घिमिरे काठमाडौँ। सभामुख देवराज घिमिरेले शनिबारसम्म सहमति कायम गरेर प्रतिनिधिसभा बैठक चल्ने वातावरण बनाउन दलहरूलाई आग्रह गरेका छन्।
शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले भने, “सत्तापक्ष र प्रमुख विपक्षीबीच घनिभूत छलफल गरे... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.