content
stringlengths
20
64.1k
राप्रपा नेपालले आज काठमाडौंमा बिरोध प्रदर्शन गर्ने काठमाडौं। आज काठमाडौंमा राप्रपा नेपालले बिरोध प्रदर्शन गर्ने भएको छ। संयुक्त संयोजित संगठनहरुद्धारा आयोजित बिरोध प्रदर्शन दिउँसो २ बजे प्रदर्शन गर्न लागेका हुन्। भद्रकालिमा भेला भई न्युरोड, असन हुँदै रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर कोणसभा हुने प्रवक्ता बसन्तमान सिं...
कांग्रेस केन्द्रीय समिति बैठक: केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी रहने काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी रहेको छ। गत मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी छ। जसअनुसार आजको बैठक विहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्दैछ। नेपाली कांग्रेस क...
बारामा एमालेको प्रदेश स्तरीय नेतृत्व विकास कार्यशाला बारा। नेकपा एमालेको मधेस प्रदेश स्तरीय नेतृत्व विकास कार्यशाला बिहीबारदेखि बारामा सुरु भएको छ। जीतपुरसिमरा उपमहानगरपालिका १६ स्थित शान्ति वाटिकामा आयोजित तीन दिने कार्यशालाको उद्घाटन एमाले उपमहासचिव प्रदीप ज्ञवालीले गरेका छन्। कार्यशालाको उद्घाटन गर्दै एमालेको पार्टी...
सांसद विकास कोषबारे सर्वोच्चले माग्यो लिखित जवाफ काठमाडौं। सर्वोच्च अदालतले संसदीय पूर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष)को व्यवस्थाको विषयमा सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले आज प्रारम्भिक सुनुवाइ गर्दै सरकारको नाममा कारण देखाऊ आदेश गरेको हो । अदालतले अर्थमन्त्री प्रकाशशरण...
जसपाले फेर्यो झन्डा र लोगो काठमाडौंं। जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो पार्टीको झन्डा र लोगो फेरेको छ । विधानलाई प्रमाणीकरण गर्दै पार्टीको नयाँ झन्डा र लोगो बदलेको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार यसअघि माथिल्लो भागमा रातो र तल्लो भागमा हरियो रङको पृष्ठभूमिमा सेतो त...
नेकपा एसको महाधिवेशन माघमा गर्न प्रस्ताव काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको महाधिवेशन माघमा गर्न प्रस्ताव गरेका छन्। कीर्तिपुर, चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा जारी सचिवालय बैठकमा बिहीबार सदस्यहरूले उठाएको प्रश्नमाथि जवाफ दिँदै अध्यक्ष नेपालले माघमा महाधिवेशन गर्ने प्रस्ता...
बारामा एमालेको प्रदेशस्तरीय नेतृत्व विकास कार्यशाला सुरु बारा। नेकपा एमालेको मधेस प्रदेशस्तरीय नेतृत्व विकास कार्यशाला विहीबारदेखि बारामा सुरु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका १६ स्थित शान्ति वाटिकामा आयोजित तीन दिने कार्यशालाको उद्घाटन एमाले उपमहासचिव प्रदीप ज्ञवालीले गरेका छन् । कार्यशालाको उद्घाटन गर्दै एमालेको ...
लोकरिझ्याइँ र सस्तो लोकप्रियतामा लाग्दा देशलाई घात हुन्छः शेखर कोइराला पाटन। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राजनीतिक नेता लोकरिझ्याइँ र सस्तो लोकप्रियतामा लागे देशलाई घात हुने बताएका छन् । लाओस कुमार राईद्वारा लिखित ‘सायरेम्मा–राष्ट्रवाद कि राष्ट्रप्रेम ?’ पुस्तकको आज लोकार्पण गर्दै उनले लोकरिझ्याइँका लागि लोकप्...
वादविवाद गर्नुभन्दा पनि पार्टीलाई एकढिक्का भएर अघि बढाउनुपर्नेमा कांग्रेस नेताहरुको जोड काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको तेस्रो दिन ३५ जना सदस्यहरुले धारणा राखेका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा बिभिन्न १० वटा एजेण्डामाथि सुरेन्द्रराज पाण्डे, कर्णबहादुर बुढा, रामजनम चौधरी, डा. गोप...
सानेपामा मनाइयो गगन थापाको जन्मदिन काठमाडौं। नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा महामन्त्री गगनकुमार थापाको जन्मदिन मनाइएको छ । केन्द्रीय समिति बैठक रोकेर थापाको जन्मदिन मनाइएको हो । उनको जन्मदिन केक काटेर मनाइएको छ । काँग्रेस केन्द्रीय कार्यसमितिको तेस्रो दिन ३५ जना सदस्यहरुले धारणा राखेका थिए। बैठकमा बिभिन्...
कानुन उल्लंघन र बेथितिलाई छुट दिइँदैन : उपप्रधानमन्त्री श्रेष्ठ काठमाडौँ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले उपभोक्ता अधिकारको उल्लंघन तथा स्वच्छ बजार प्रवद्र्धनमा हुने बेथितिलाई सरकारले छुट नदिने बताएका छन्। उपभोग्य वस्तुको सहज उपलब्धता, भन्सार छली, चोरी निकासी पैठारीलगायत विषयमा गृह मन्त्रालयमा आज आ...
राष्ट्रिय किताबखानामा मन्त्री मोदीले गरे आकस्मिक अनुगमन काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले राष्ट्रिय किताबखाना (निजामती)मा छड्के अनुगमन गरेका छन् । बिहीबार बिहान १० बजे मन्त्री मोदी छड्के अनुगमनका लागि राष्ट्रिय किताबखाना पुगेका हुन् । किताबखानामा मन्त्री मोदीको यो दोश्रोपटकको छड्के अनुगम...
संगठन विस्तारका लागि राप्रपाले दियो ९ सय नेतालाई भूगोलको जिम्मेवारी काठमाडौं। राप्रपाले संगठन विस्तार गर्न भन्दै नौ सय नेतालाई भूगोलको जिम्मेवारी दिएर स्थानीय स्तरमा खटाएको छ। केन्द्रदेखि जिल्ला तहका नौ सय नेतालाई स्थानीय स्तरमा खटाउने गरी भूगोलको जिम्मेवारी दिइएको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रे...
वनमन्त्री महतो र युएनडिपीका आवासीय प्रतिनिधि आसायनीबीच भेटवार्ता काठमाडौं। वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोसँग संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) की आवासीय प्रतिनिधि आसायनी मेडागंगोडा लाबेले शिष्टाचार भेटवार्ता गरेकी छिन्। आज (बुधबार) सिंहदरबारस्थित् मन्त्रालयमा भएको भेटवार्तामा नेपालको विका...
प्रधानमन्त्री दाहालसँग कतारका राजदूतको भेटवार्ता काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि कतारका राजदूत युसूफ बिन मोहम्मद अल–हइलले आज भेटवार्ता गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सो अवसरमा द्विपक्...
एकीकृत समाजवादीको सचिवालय बैठक सुरु काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको आजको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सदस्यहरुले राखेका जिज्ञासाको जवाफ दिने तथा वर्तमान परिस्थिति र हाम्रो कार्यभारको एजेण्डामा विचार ...
उपेन्द्र यादव विरुद्ध निर्वाचन लड्ने कुशबाह पार्टीबाट निष्कासित काठमाडौँ। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विरुद्ध उपनिर्वाचनमा लडेका शिवचन्द्र कुशबाह कारबाहीमा परेका छन्। उपनिर्वाचनको संघारमा नेकपा माओवादी परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेर उम्मेदबार भएका कुश्वाहा अनुशासनकाे कारबाहीमा परेका हुन्। उनी ब...
सुन तस्करीमा सत्तारुढ दलको नेताको नाम जोडिनु थप गम्भिर : एमाले महासचिव काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको नेतृत्वमा रहेका दलका नेताहरु नै सुन तस्करीमा जोडिएर नाम सार्बजनिक हुँदासमेत कारबाही नगरिएको प्रति गुनासो गरेका छन्। त्रिभुवन बिमानस्थलबाट १ सय केजी सुन तस्करी गर्दा गर्दै पक्राउ परेको घटनालाई लिए...
नेपालकी सांसद सोविता गौतमले जितिन् विश्वप्रसिद्ध युवा अवार्ड, आज घोषणा काठमाडौं। नेपालकी सबैभन्दा कान्छी सांसद सोविता गौतमले विश्वको प्रतिष्ठित पोलिटिसियन अफ द इयर अवार्ड जितेकी छिन्। बेलायतको संस्था वान योङ वल्र्डद्वारा दिइने विश्वप्रसिद्ध सो अवार्ड जित्ने उनी पहिलो नेपाली भएकी हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठम...
ललिता निवास प्रकरण : चौथो दिन पनि सुनुवाइ काठमाडाैं। ललिता निवास प्रकरणअन्तर्गत बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा आज (बिहीबार) चौथो दिन पनि सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा बुधबार तेस्रो दिन पनि बहस हुँदाहुँदै समय सकिएपछि आज पनि जारी रहने भएको हो...
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी काठमाडाैं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ। सानेपा, ललितपुरस्थित केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ, बैठक बिहान ११ बजे बोलाइएको छ। गत मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा बुधबारबाट केन्द्रीय सदस्यहरुले धारणा राख्ने...
सङ्खुवासभाको हेवाखोलामा तत्काल बेलिब्रिज निर्माण गर्न मन्त्रीसमक्ष माग काठमाडौं। पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा गएको बाढीबाट क्षति पुगेको पुल चाँडो निर्माण गर्न माग गरिएको छ । सङ्खुवासभाका प्रतिनिधिसभा सदस्य दीपक खड्का नेतृत्वको टोलीले आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई भेटेर यही असार २ गते आएको ब...
कांग्रेस बैठक : आज के के भयो ? काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले पार्टी संरचनालाई चुस्त बनाउन नेतृत्वलाई सुझाव दिएका छन् । बुधबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकको दोश्रो दिन उनीहरुले पार्टीको विधानलाई सहि तवरले कार्यान्वयन गर्दै संरचनालाई चुस्त बनाउन नेतृत्वलाई सुझाव दिएका हु...
सञ्चारमन्त्री शर्मासँग इजरायली राजदूतको भेट काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग नेपालका लागि इजरायलका राजदूत हनान गोडर गोल्डबर्गरले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच सूचना प्रविधि र कृषि क्षेत्रको विकास लगायतका विविध विषयमा छलफल भएको सञ्चारमन्त्रीको  सचिवालयले जनाएको छ ।...
कांग्रेसमा अझैँ महिला नेतृत्व स्वीकारिएको छैन : यादव काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य नांगिना यादवले पार्टीमा महिलाको नेतृत्व स्वीकार गर्न हिचकिचाउने अभ्यास अझै कायम रहेको बताएकी छन्। केन्द्रीय कार्यसमितिको जारी बैठकमा बोल्दै नेता यादवले सत्य युगमा महिलाको शासन रहेको सुनेर पूजा गर्ने समाजमा कलियुग आइपुग्दास...
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई काठमाडौं । नेकपा (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पाएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली गएराति कम्बोडिया हुने निर्वाचनको पर्यवेक्षकका लागि त्यसतर्फ गएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई दिएको एमाले प्रचार ...
शिक्षा क्षेत्रको ऐन कानूनलाई समायानुकुल बनाइन्छः मन्त्री राई काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षा क्षेत्रको ऐन कानूनलाई समायानुकुल बनाउन आफु प्रतिवद्ध रहेको बताएका छन्। सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठकमा मन्त्री राईले कानूनको रिक्...
सांसद विकास कोष खारेजीको माग गर्दै सर्वोच्चमा रिट काठमाडौं। संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा समावेश गरिएको संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेजीको माग गर्दै बुधबार अधिवक्ता अनिल आचार्यसमेतले सार्वोच्च अदालतमा रिट ...
प्रधानमन्त्रीले गरे बूढीगण्डकी आयोजनाको ‘फिल्ड कार्यालय’ उद्घाटन गोरखा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन गरेका छन्। गोरखाको गण्डकी गाउँपालिका– ८ सिउरेनीटारमा आज आयोजित कार्यक्रममा उनले ताम्रपत्र अनावरण गरेर बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिट...
सरकार, संसद् र पार्टीबीचको समन्वयले मात्रै विकासले गति लिन्छ : नेता महर काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार, संसद् र पार्टीबीचको समन्वयले मात्रै विकासले गति लिने बताएका छन्। आज पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै नेता महरले सरकार, सदन र पार्टीबीचको समन्वय...
दस्तुर छुटसम्बन्धी सूचना प्रकाशन गर्ने सरकारको निर्णय काठमाडाैं। सरकारले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट तथा परिमार्जनसम्बन्धी सूचना प्रकाशन गर्ने निर्णय गरेको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रवि...
प्रधानमन्त्री प्रचण्ड इटाली भ्रमणमा जाने काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली भ्रमणमा जाने भएका छन्। बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ७ साउनदेखि हुने प्रधानमन्त्री प्रचण्डको इटालीको भ्रमण स्वीकृत गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री र...
कमल थापा भन्छन्- नेपाल डरलाग्दो हिंसाको भुमरीमा फस्न सक्छ काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हालै पारित बिद्येयकले हिंसालाई प्रोत्साहन गरेको बताएका छन् । केही नेपाल ऐन संसोधन गर्न बिद्येयक-२०८० पारित भएसँगै अध्यक्ष थापाले असन्तुष्टी जनाएका हुन । ‘हिंसा र अपराधलाई उन्मुक्ति दिने यो विधेयक ...
सांसद सापकोटाद्वारा राष्ट्रसंघीय राजनीतिक फोरमलाई सम्बोधन न्युयोर्क। माओवादी केन्द्रका सांसद माधव सापकोटाले अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको उच्चस्तरीय राजनीतिक फोरम (एचएलपीएफ) लाई सम्बोधन गरेका छन् । फोरममा संलग्न अल्पविकशित देश (एलडीसी) सदस्य राष्ट्रको प्रतिनिधित्व गर्दै सापकोटाले फोरमलाई सम्बोधन गरे...
एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान काठमाडौँ। पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन्। कम्बोडियामा हुन गईरहेको आम निर्वाचनको पर्यवेक्षकका रुपमा अध्यक्ष ओलीको नेतृत्व ६ सदस्यीय टोली गत राति कम्बोडिया प्रस्थान गरेको हो। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार उ...
ललिता निवास प्रकरण: बन्दी प्रत्यक्षीकरणको पेशी आज काठमाडौं। ललिता निवास प्रकरणको सुनवाई नसकिएपछि बन्दी प्रत्यक्षीकरण सबन्धी मुद्दाकाे पेशी आज राखिएको छ। ललिता निवास क्याम्पभित्रको जग्गा व्यक्तिको नाममा नामसारी गर्न सरकारी कागजात किर्ते लगायतको कसुरमा थुनामा रहेका सञ्चार सचिव कृष्णबहादुर राउतसहितका व्यक्तिहरूले दायर गरे...
कांग्रेस केन्द्रीय समिति बैठक: आजबाट केन्द्रीय सदस्यले धारणा राख्न सुरु गर्ने काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ। हिजोदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा आजबाट केन्द्रीय सदस्यहरुले आआफनो धारणा राख्ने छन्। प्रत्येक सदस्यलाई ७ मिनेटकाे समय दिइएकाे छ। बैठक बिहान ११ बजे बोलाइएको छ। केन्द्रीय क...
कांग्रेस केन्द्रीय समिति बैठकमा आज के-के भयो? काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो दिनको बैठक सकिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्य समितिको पहिलो दिनको बैठक नेताहरूले विभिन्न प्रस्तुति राख्दै सकिएको हो । दिउँसो २ बजे सुरु भएको बैठक पार्टी सभापति शेरबहादुर देउवाले...
लेखापरीक्षण पेस नगर्ने दललाई पत्राचार गरिँदै काठमाडौं। निर्वाचन आयोगले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र लेखापरीक्षण गराई एक महिनाभित्र सो प्रतिवेदन आयोगमा पेस नगर्ने राजनीतिक दललाई जरिवानको जानकारी र सचेतसहित पत्राचारको तयारी गरेको छ । आयोगका उपन्यायधिवक्ता गुरुप्रसाद वाग्लेले आयोगको निर्णयबमोजिम ती दललाई सचेत र जर...
ललिता निवास प्रकरणः सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा काठमाडौं। ललिता निवास प्रकरण बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि भोलि (बुधबार) पनि सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा आज बहस हुँदाहुँदै समय सकिएपछि उक्त विवादमा भोलि सुनुवाइ हुने भएको हो । उक्त प...
राष्ट्रिय सभाको बैठक बिहीबार बस्ने काठमाडौं । अनिश्चितकालका लागि स्थगित गरिएको राष्ट्रिय सभाको बैठक आह्वान गरिएको छ । गत ३१ असारमा बोलाइएको बैठक सूचना जारी गरेर अनिश्चितकालका लागि स्थगित गरिएको थियो । तर, मंगलबार संघीय संसदका महासचिव डा भरतराज गौतमले स्थगित राष्ट्रिय सभाको बैठक ४ साउन बिहीबार दिउँसो १ः०१ बजे बस्नेगरी ब...
सरकारले ल्याएको मिटरब्याजसम्बन्धी विधेयकप्रति मिटरब्याज पीडितहरुको असन्तुष्टी काठमाडौं । मिटरब्याज पीडितहरुले सरकारले ल्याएको मिटरब्याजसम्बन्धी नयाँ विधेयकप्रति असन्तुष्ट जनाएका छन् । मिटर व्याज तथा ठगी विरुद्धको किसान–मजदुर संघर्ष समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले ल्याएको विधेयकले आर्थिक अपराधमा...
कांग्रेस बैठक : ‘घर–घर जाऔँ, पार्टी सदस्य बनाऔँ’ अभियान चलाउन गगन थापाकाे प्रस्ताव काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको छ । बैठकको कांग्रेसले पहिलो पटक आफ्नो फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आरम्भ भ...
कांग्रेस केन्द्रीय समिति बैठक जारी (LIVE) काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो। बैठक फेसबुकबाट लाइभ गरिएको छ । महामन्त्री विश्वप्रकाश शर्माले नेपाली राजनीतिक इतिहासमा पहिलोपटक पार्टीको बैठक लाइभ गरिएको बताए ।
कांग्रेस रूपान्तरण अभियानले केन्द्रीय कार्यालयमा बुझायो प्रतिवेदन काठमाडौं।  नेपाली कांग्रेस रूपान्तरण अभियानले प्रतिवेदन पार्टी केन्द्रीय कार्यालयमा बुझाएको छ । सभापति शेरबहादुर देउवाले बुझ्न अस्वीकार गरेपछि कार्यालयमा प्रतिवेदन बुझाएको हो । केन्द्रीय कार्यसमितिको बैठकअघि बुझाइएको प्रतिवेदन पार्टी कार्यालयमा मुख्यसचिव...
रास्वपा सांसद असिम शाह र फिल्म हलवाला भाष्कर ढुंगानाबीच जुहारी काठमाडौं। काठमाडौंका ब्यावसायिक भवनमा पार्किङ शुल्क नलगाउने नयाँ नियमलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी र हलवालाका बिच फेसबुकमा जुहारी परेको छ। काठमाडौं महानगरपालिकाले ब्यवसायिक भवनमा पार्किङ निशुल्क गराउने निर्णयमा समर्थन जनाएका स्वतन्त्रका सांसद शाहमाथि ...
भीम रावल पुनः एमालेमा भए सक्रिय, अछाममा गरे कार्यकर्ता भेला काठमाडौं। नेकपा एमालेका नेता भीम रावल पुनः पार्टीमा सक्रिय भएका छन्। गृह जिल्ला अछाम पुगेका पुर्व उपाध्यक्ष रावल पुनः पार्टीमा सक्रिय भएका हुन्। अछाम, साँफेबगरमा एमालेका नेता र कार्यकर्ताहरूसँग उनले पार्टीका गतिबिधि र काम कारबाहीका बारेमा छलफल गरेका छन्। उनले ...
थाइल्याण्ड पुगेका पूर्वराजा ज्ञानेन्द्र सिंगापुरमा काठमाडौं। गत शुक्रबार थाइल्याण्डको बैंकका गएका पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार सिंगापुर गएका छन्। सिंगापुरमा छोरी प्रेरणाको उपचार भइरहेको छ। पूर्वराजा छोरीको उपचारका लागि थाइल्याण्डबाट सिंगापुर गएको स्रोतले जनाएको छ। सिंगापुरबाट थाइल्याण्ड फर्किएर नेपाल आउने कार्यक्रम...
हवाइ यात्रामा भ्याट नलगाउन कमल थापाको आग्रह काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हवाई यात्रामा कर नलगाउन अनुरोध गरेका छन्। हवाई यात्रामा पनि १३ प्रतिशत भ्याट (मुल्य अभिबृदी कर) लगाउने निर्णय भए पछि थापाले सो आग्रह गरेका हुन्। ‘हवाई यात्राको टिकटमा १३ प्रतिशत भ्याट (कर) लगाउने सरकारको निर्णय...
ललिता निवास प्रकरण: आज पनि सुनुवाइ हुँदै काठमाडौं। ललिता निवास प्रकरण बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आज पनि सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा सोमबार बहस हुँदाहुँदै समय सकिएपछि उक्त विवादमा आज सुनुवाइ हुने भएको हो। उक्त प्रकरणमा कीर्ते गरेको अभ...
अर्थमन्त्री डा. महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच भारतमा भेटवार्ता काठमाडाैं। भारत भ्रमणमा रहेका अर्थमन्त्री डा प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच भेटवार्ता भएको छ। भारतको गुजरातस्थित गान्धीनगरमा भइरहेको जी-२० बैठकको क्रममा सोमबार अर्थमन्त्री डा महत र चिनियाँ अर्थमन्त्री कुनबीच भेटवार्ता भएको हो। उनीहरु ...
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १० एजेण्डामा छलफल हुने काठमाडौं। नेपाली कांग्रेसकाे केन्द्रीय समिति बैठक बस्दैछ। सानेपा ललितपुरस्थित केन्द्रीय कार्यालयमा दिउँसाे १ बजे बस्ने बैठकका लागि १० वटा एजेण्डा तय गरेको छ। सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले क...
कांग्रेस केन्द्रीय समिति बैठकको एजेण्डा तय, लाईभ प्रशारण गर्न देउवाको प्रस्ताव काठमाडौं । नेपाली कांग्रेसले भोलि मंगलबारदेखि सुरु हुन लागेको केन्द्रीय समिति बैठकको एजेण्डा तय गरेको छ । धुम्बाराहीस्थित पार्टी सभाति शेरबहादुर देउवाको निवासमा सोमबार बसेको पदाधिकारी बैठकले विभिन्न १० वटा एजेण्डा तय गरेको जनाएको छ । एक वर्ष...
भोलि बस्नेगरी नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक भोलिसम्मका लागि स्थगित भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पुष्पलाल स्मृति प्रतिष्ठानमा शुक्रबारदेखि सुरु भएको बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी रहेकाले भोलि बिहान ९ बजे पुनः बस्ने...
संघीय प्रहरी विधेयकका लागि गृहमन्त्रालयसँग थप छलफल गरिने काठमाडौं। संघीय प्रहरी विधेयकका लागि गृहमन्त्रालयसँग थप छलफल गरिने भएको छ । राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सोमबार बसेको बैठकमा गृहमन्त्रालयबाट पठाएको विवरण अस्पष्ट भएकाले थप छलफल गर्नु पर्ने निर्णय भएको हो। गृहमन्त्रालयले अहिले भइरहेक...
राष्ट्रिय सभा उपाध्यक्षले बुझाइन् सम्पत्ति विवरण काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले संघीय संसद सचिवालयमा सम्पत्ति विवरण बुझाएकी छन् । सोमबार उपाध्यक्ष अर्यालले सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा आर्थिक वर्ष २०७९/८० को सम्पत्ति विवरण बुझाएकी हुन् । सम्पत्ति विवरण बुझाउँदै उनले आफ्नो सम्पत्ति सार...
थाइल्याण्डमा परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षीबीच भेटवार्ता काठमाडौं ।  थाइल्याण्डमा पुगेका परराष्ट्रमन्त्री एनपी साउद र भारतीय समकक्षी एस जयशंकरबीच साइडलाइन भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रका परराष्ट्र मन्त्रीहरुबीचको छलफलका क्रममा था...
रास्वपा उपसभापति अर्याललाई धम्की दिने व्यक्ति पक्राउ काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई धम्की दिएको आरोपमा एकजना पक्राउ परेका छन्। उपसभापति अर्याललाई ज्यान मार्ने धम्की दिएको आरोपमा खोटाङका विजय कालिकोटेलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जान...
नेकपा एसको सचिवालय बैठक सुरू हुँदै काठमाडौं। नेकपा (एकीकृत समाजवादी) पार्टीको सचिवालय बैठक आज पनि बस्दै छ। गत शुक्रबारदेखि सुरूदेखि भएको बैठक यसबिचमा स्थगित भएर आजवाट पुनः सुरु हुन लागेको हो। सो बैठकमा छलफल गर्नका लागि सातवटा कार्यसूची तयार पारिएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन । बैठक अहिले १० बजेबा...
कांग्रेस पदाधिकारी बैठक बस्दै काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। पार्टी सभापति शेरबहादुर देउवाको निवास धुमबाराहीमा दिउँसो २ बजे बस्ने बैठकमा केन्द्रीय समिति बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल हुनेछ। सभापति देउवाले छलफलका लागि पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुलाई बोलाएको उनको सचिवालयले जनाएको छ। द...
प्रतिनिधिसभाबाट मिटरब्याजसम्बन्धी विधेयक सर्वसम्मतले पारित काठमाडौं । मिटरब्याजलाई अनुचित लेनदेन मान्ने विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्तुत गरेको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक–२०८०...
एमाले प्रचार विभागमा ११ जना मनोनीत काठमाडौं । नेकपा (एमाले)ले पार्टीको प्रचार तथा प्रकाशन विभाग विस्तार गरेको छ । विभागका सचिव गगन विष्टले थप ११ जनालाई विभागको सदस्यमा मनोनीत गरिएको जानकारी दिए । उनका अनुसार काठमाडौँका महेन्द्र विष्ट, बाँकेका अछरी पोखरेल, सुर्खेतका सूर्यमणि गौतम, कैलालीका हेमन्त पौडेल, सुनसरीका लीलाराज...
देउवा निवासमा सोमबार पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्ने काठमाडौं । केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीलाई बोलाएका छन्। भोलि सोमबार दिउँसो २ बजे आफ्नो निवासमा देउवाले छलफलका लागि बैठक बोलाएका हुन्। देउवाले भोलि पदाध...
संसदीय दलको नेताका लागि मौका कुरिरहेको छुः गगन थापा काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री संसदीय दलको नेताका लागि मौका कुरिरहेको बताएका छन्। आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले संसदीय दलको नेतामा एक पटक प्रतिष्पर्धा गरेपछि अर्को पटक प्रतिष्पर्धा गर्न नपाउने व्यवस्था संसदीय दलको विधानमा नरह...
‘बजेटमा शीर्षक छ, कहाँ खर्च हुन्छ अत्तोपत्तो छैन’ काठमाडौं । राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले मुलुकमा रहेका बालसुधार गृहको भौतिक पूर्वाधार र बालबालिकाको अवस्थाका बारेमा सरकारसँग जानकारी माग गर्ने भएको छ । मोरङ, झापा र तनहुँमा रहेका बालसुधार गृहको अनुगमन तथा निरीक्षण गरी वस्तुस्थितिबारे ज...
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन पेश काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालतको आर्थिक वर्ष २०७८र७९ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित एक समारोहमा राष्ट्रपति पौडेलसमक्ष प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सो प्रतिवेदन पेश गरेका हुन् । नेप...
परराष्ट्रमन्त्री साउद थाइल्याण्ड प्रस्थान काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) परराष्ट्र मन्त्रीहरुको रिट्रिटमा भाग लिन आज थाइल्याण्ड प्रस्थान गर्नुभएको छ । मन्त्री साउदको नेतृत्वको प्रतिनिधिमण्डल आज दिउँसो थाइ एयरवेजबाट बैंकक प्...
राप्रपा र रास्वपाको विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुको विरोधपछि १५ मिनेटका लागि स्थगित गरिएको छ । मिटरब्याजपीडितलाई न्याय दिन भन्दै ल्याइएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल...
सहकारीको समस्या समाधान गर्न विश्वप्रकाश शर्माले गराए सरकारको ध्यानाकर्षण काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले सहकारीकर्मीसंग छलफल गरेर समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। आइतबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा शर्माले लामो समयदेखि सहकारीकर्मीहरु आन्दोलित भए...
राष्ट्रपति पौडेलद्वारा बजेटसम्बन्धी विधेयक प्रमाणीकरण काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रमाणीकरण गरेका छन्। प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित गरेर सभामुख देवराज घिमिले प्रमाणित गरेर पठाएको विनियोजन विधेयक २०८०, आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई राष्ट्रपति पौडे...
राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित काठमाडौं। सोमबारका लागि बोलाइएको राष्ट्रिय सभा  बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । सोमबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी बोलाइएको राष्ट्रिय सभा बैठक विशेष कारणवस बस्ने नसक्ने भन्दै अनिश्चितकालका लागि स्थगित गरिएको हो । बैठक बस्नेबारे अर्काे सूचना जारी नभएसम्मका लागि ...
शिक्षा क्षेत्रकाे विकास हुन नसकेका कारण मुलुक पछि पर्‍याे काठमाडाैं। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शिक्षा क्षेत्रको बिकासमार्फत नै मुलुकको बिकास गर्नुपर्ने बताएका छन्। आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले यसअघि शिक्षा क्षेत्रको उचित बिकास हुन नसकेका कारण मुलुकपछि परेको भन्दै शिक्षा क्षेत्रको बिक...
न्यायाधीश नियुक्तिमा ढिलाइ हुँदा मुद्दा फछ्र्योटमा कठिनाइ : प्रधानन्यायाधीश कार्की काठमाडाैं। प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले समयमै न्यायाधीश नियुक्त गर्न छिट्टै न्याय परिषद्को बैठक बोलाउने तयारी गरिरहेको बताएका छन्। संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पदाधिकारीसितको भेटघाटमा उनले समयमा न्याय परिषद्को बैठक बस्न नसक्...
मिटरब्याजसम्बन्धी विधेयक आजै पास गर्ने तयारी काठमाडौं। मिटरब्याजपीडितलाई न्याय दिन भन्दै कानुन बनाउन ल्याइने विधेयक आइतबार नै पास गर्ने तयारी गरिएको छ। प्रतिनिधिसभाले आइतबारको बैठकको कार्यसूचीमा मिटरब्याजसम्बन्धी विधेयक पास गर्ने समेटेको छ। आइतबार नै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आइतबार नै मिटरब्याजसम्बन्ध...
समाजवादी मोर्चा सातै प्रदेशमा विस्तार गरिने काठमाडाैं। चार राजनीतिक दल मिलेर बनेको समाजवादी मोर्चालाई व्यवस्थित गर्न कार्यविधि पास भएको छ। मोर्चाको बैठकले मोर्चाको सञ्चालनलाई व्यवस्थित गर्न कार्यविधि तयार पारेको हो। त्यसैगरी सो मोर्चाले आफ्नो संगठन सातै प्रदेशका ७७ जिल्लामा विस्तार गर्ने योजना बनाएको नेकपा (एकीकृत समाज...
धूपबत्ती बाल्दैमा गठबन्धन भत्किँदैन : मन्त्री ज्वाला जनकपुरधाम।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सत्तारुढ गठबन्धन कसैले चाहँदैनमा नभत्किने दाबी गरेका छन् । जनकपुरधाममा  आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ज्वालाले गठबन्धन ढलोस् भनेर कसैले धूपबत्ती बाल्दैमा नढल्ने बताएका हुन् । प्रतिगमनविरुद्ध सड...
परराष्ट्र मन्त्री आज बैंकक जाँदै काठमाडौं। परराष्ट्रमन्त्री एनपी साउद आज थाइल्याण्ड प्रस्थान गर्दैछन्। बिमस्टेक परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा सहभागी हुनका लागि मन्त्री साउदको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल आज बैंककतर्फ प्रस्थान गर्न लागेको हो। जसअनुसार आइतबार दिउँसो साढे १ बजे उनी थाई स्माइल एयरवेजमार्फत बैंकक प्र...
स्वास्थ्यमन्त्री बस्नेत बेलायतमा लण्डन। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत बेलायत आइपुगेका छन्। नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङका अनुसार उनी एक निजी भ्रमणका शिलशिलामा लण्डन आएका हुन्। शुक्रबार साँझ लन्डन आइपुगेका उनलाई बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, नेपाली जनसम्पर्क स...
सुदूरपश्चिम प्रदेश : बजेट बहुमतले पारित, एमालेले गर्‍यो बहिस्कार कैलाली । सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्षको बजेट पारित गरिएको छ । शनिबार राति १० बजे बसेको प्रदेशसभाको बैठकले असार १ गते आर्थिक मामिला मन्त्री नरेश शाही प्रस्तुत गरेको बजेट बहुमतले पारित गरेको हो । नेकपा एमालेले भने तोकिएको समयमा बैठक सुरु नगरेको र ...
एमाले सचिवालय बैठक : कोशी प्रदेश सरकार भंग गर्न माग काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले कोशी प्रदेश सरकार असंवैधानिक ढंगले गठन गरेको भन्दै तत्काल भङ्ग गरि सरकार गठनको संविधानसम्मत प्रक्रिया आरम्भ गर्न माग गरेको छ । पार्टी कार्यालय च्यासलमा शनिबार बसेको एमाले सचिवालय बैठकले वर्तमान सत्ता गठबन्धनले संविधानको उलङ्घ...
पार्टीले समानुपातिक र समावेशीको मुद्दालाई आत्मसात गरिरहेको छः कांग्रेस सभापति देउवा काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको भावना र मर्मअनुसार पार्टीले समानुपातिक र समावेशीको मुद्दालाई आत्मसात गरिरहेको बताएका छन् तमू (गुरुङ) सङ्घ नेपाल बागमती प्रदेश भेलाको उद्घाटन गर्दै उनले कांग्रेसलाई एकताबद्ध ...
लुम्बिनी प्रदेश सभामा दुई विधेयक पेश दाङ । लुम्बिनी प्रदेश सभाको दोस्रो अधिवेशनको शनिवार बसेको १९औं बैठकमा दुई विधेयक पेश भएका छन् भने एउटा विधेयक फिर्ता भएको छ । शनिवारको बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीका तर्फबाट आन्तरीक मामिला मन्त्री सन्तोष पान्डेले प्रदेश निजामति सेवाको गठन, संचालन र देहायका सर्त सम्बन्धमा व...
नयाँ दल धेरै दिन टिक्ने छैनन् : अर्थमन्त्री महत काठमाडौं । नेपाली कांग्रेसका नेता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ दलहरू आइरहेको र ती दलहरू नटिक्ने बताएका छन्। शनिबार कांग्रेसनिकट तमु संघ बागमति प्रदेश भेलालाई सम्बोधन गर्दै अर्थमन्त्री महतले नयाँ दलहरू आइरहेको र ती दल नटिक्ने बताएका हुन्। अहिले नयाँ(नयाँ प्रवृत...
गाउँगाउँमा सिंहदरबार आउँछ भन्थे, ४६ हजार राजा-रानी पुगेः धवलशमशेर राणा काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य धवलशमशेर राणाले राष्ट्र अहिले लिकभन्दा बाहिर गएको टिप्पणी गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारलाई सम्बोधन गर्दै उनले देश लिकभन्दा बाहिर र...
सरकारले एकपछि अर्को भ्रष्टाचारका फाइल खोल्दै जान्छ : कानूनमन्त्री गुरुङ काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुलुकलाई सुशासनतर्फ अघि बढाउन एकपछि अर्को भ्रष्टाचारका फाइल खोल्दै जाने बताएका छन् । उज्यालो भविष्य संस्थाको वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले व...
जनतासँग गरेका वाचा पाँच वर्षभित्र पूरा गर्छौंः उपप्रधानमन्त्री खड्का काठमाडौं। उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले पाँच वर्षभित्र जनतासँग गरेका वाचा पूरा गर्ने बताएका छन। उपप्रधानमन्त्री खड्काले देशको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेको भए पनि निर्वाचनका बेला जनतासँग गरिएका वाचा पूरा गरेरै छोड्ने बताए...
भ्रष्टाचारका फाइल खोल्ने काम सरकार र सत्ता टिकाउने खेल मात्र नबनोस् : रवि लामिछाने काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सत्ता टिकाउनका लागि मात्र भ्रष्टाचारको फाइल खोल्ने काम नगर्न सरकारलाई सुझाब दिएका छन्। बूढानीलकण्ठ नगरपालिकामा आज आयोजित रास्वपाको नगर भेलामा सम्बोधन गर्दै सभापति ल...
तत्काल गठबन्धन सरकार परिवर्तन हुँदैनः गगन थापा विराटनगर। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन परिवर्तन नहुने स्पष्ट पारेका छन्। संसदीय दलमा आवाश्यक संख्या पुग्ने बितिक्कै नेतृत्व परिवर्तन हुनेसमेत जनाएका महामन्त्री थापाले आफु उपयुक्त समय कुरिरहेको बताएका छन्। विराटनगर विमानस्थलमा शनिबार सञ...
एमाले सचिवालय बैठक १ बजे बस्दै काठमाडौं। नेकपा (एमाले)ले सचिवालय बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा दिउँसो १ बजे सचिवालय बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए। बैठकमा राजनीतिक विकासक्रमको समीक्षा, कार्यविभाजनअनुसार कामको मूल्याङ्कन र पार्टीलाई कसरी लैजाने भ...
संसदीय दलको नेता परिवर्तनका लागि प्रयास निरन्तर जारी छः गगन थापा मोरङ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस संसदीय दलको नेता परिवर्तनमा आफ्नो प्रयास निरन्तर रहने बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले पार्टीका साथीहरुको साथ र सङ्ख्या पुगेको अवस्थामा संसदी...
भीम रावलको प्रश्न, ‘अमेरिकी सहायक बिदेशी मन्त्रीसँग ठूला नेताहरुको भेटघाट किन?’ काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले एमसीसी कार्यान्वयनका लागि भएको अमेरिकी चासोका बारेमा टिप्पणी गरेका छन्। अमेरिकी बिदेश सहायक मन्त्री डोनाल्ड लुले शिर्ष नेताहरुसँग भेटघाट पछि उनले आफनो टिप्पणी सार्बजनिक गरेका हुन्। ‘एमसीसी नेपालको हित...
समयमा नै एमसीसी परियोजना सम्पन्न गर्नुपर्नेमा ओलीको जोड काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्यएसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले शिष्टाचार भेट गरेका छन्। ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा उनीहरूबीच भएको भेटमा मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) परियो...
अमेरिकी सहायक विदेशमन्त्री लुद्वारा उच्चस्तरीय भेटवार्ता काठमाडौं । नेपाल भ्रमण रहेका संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्यएसियाली मामिलाका सहायक विदेशमन्त्री डोनाल्ड लु आज दिनभर विभिन्न उच्चस्तरीय भेटवार्तामा व्यस्त रहे । यस क्षेत्रमा आफ्नो नियमित कूटनीतिक संलग्नताअन्तर्गत उनी एक दिने नेपाल भ्रमणका लागि आज आइपुगेका ...
संविधान अनुसारको राज्य भन्दा पनि राज्यको संविधान कस्तो छ भन्ने कुरा प्रमुख हुन्छः केपी ओली काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान अनुसारको राज्य भन्दा पनि राज्यको संविधान कस्तो छ भन्ने प्रमुख कुरा भएको बताएका छन्। राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपालको २४ औं स्थापना दिवसका अवसरमा शुक्रबार...
सीके राउत नेतृत्वको जनमत पार्टी प्रवक्तामा शरदसिंह यादव काठमाडौं। जनमत पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ। डा. सीके राउतले नेतृत्व गरेको जनमत पार्टीको आज बसेको सचिवालय बैठकले केन्द्रीय समिति विस्तार गरेको हो। बैठकले १७ सदस्यीय सचिवालय, ३९ सदस्यीय कार्यकारिणी समिति, १४ सदस्यीय राजनीतिक समिति र २१६ जनाको केन्द्रीय ...
शनिबार एमाले सचिवालय बैठक, यस्ता छन् एजेण्डा काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय बैठकले सचिवालय बैठकका एजेण्डा तय गरेको छ । महासचिव शंकर पोखरेलको नेतृत्वमाआज केन्द्रीय कार्यालय बैठक बसेको हो । उक्त बैठकले भोली बस्ने सचिवालय बैठकका एजेण्डा तय गरेको बताइएको छ । यसपटक धेरै र महत्त्वपूर्ण एजेण्डा नभए पनि नेताहरूको ...
परराष्ट्रमन्त्री साउद र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूबीच भेटवार्ता काठमाडौं । सयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु र परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता भएको छ । परराष्ट्रमन्त्री एनपी साउदसँग शुक्रबार अपरान्ह मन्त्रालयमा भएको भेटवार्ताका क्रममा उनले एमसीसी कार्या...
कांग्रेस सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूबीच भेटवार्ता काठमाडौं। दक्षिण एसियाली मुलुकको भ्रमणका क्रममा नेपाल आइपुगेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । शुक्रबार दिउँसो काठमाडौं अवरतण गरेका उनले अपरान्ह देउवालाई भेटेका हुन् । भेटका क्रममा...
मिटरब्याजसम्बन्धी विधेयक सरकारले अघि बढाउन नचाहेको एमाले सांसदको आरोप काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले मिटरब्याजसम्बन्धी विधेयक सरकारले अघि बढाउन नचाहेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा पन्तले एमालेका कारण विधेयक पास भएन भनेर भ्रम फैलाउँदै हिड्ने सरकारले सदन चल्दा पनि मिटरब्याजसम्बन्धी विधेयक ...
लम्की स्किनबारे जवाफ दिन सरकारलाई सभामुखको रुलिङ काठमाडौँ। सभामुख देवराज घिमिरेले पशुचौपायमा महामारीको रुपमा देखिएको लम्की स्किन रोगको नियन्त्रणसहितका विषयमा सदनलाई जानकारी गराउन सरकारको नाम रुलिङ जारी गरेका छन्। प्रतिनिधिसभा बैठकमा सांसदहरुले लगातार लम्की स्किनबारे सरकारको ध्यानाकर्षण गराउँदै सदनलाई जानकारी गराउन माग ...