content
stringlengths
20
64.1k
कोशी प्रदेशमा कसको नेतृत्वमा सरकार बन्ला? काठमाडौं। जटिल अंक गणितका कारण कोशी प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया अन्योलमा परेको छ। सरकारमा सहभागी माओवादी केन्द्र र जासपाले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ। अहिले राप्रपाले भ...
मुलुकमा रोजगारी वृद्धि गर्न वैदेशिक लगानी आकर्षित गर्नुपर्छः माधव नेपाल काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा रोजगारी वृद्धि गर्न वैदेशिक लगानी आकर्षित गर्नुपर्ने बताएका छन्। करिब दुई साता लामो विदेश भ्रमणबाट आज स्वदेश फर्किएपछि अध्यक्ष नेपालले विदेशमा रहेका नेपालीहरूले नेपालमा लगानी गर...
आमसञ्चारसम्बन्धी आवश्यक कानून शीघ्र ल्याइनेछ: सञ्चारमन्त्री शर्मा काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले आमसञ्चारसम्बन्धी आवश्यक कानून शीघ्र ल्याइने बताएकी छन्। आज मन्त्रालयमा ‘आमसञ्चार क्षेत्र सुधार समिति’को प्रतिवेदन बुझ्ने क्रममा उनले सूचना प्रविधिको क्षेत्र दिनहुँ परिवर्तन...
बजेट छलफलः सत्तापक्षको बचाउ, प्रतिपक्षको विरोध काठमाडौं। सत्तारुढ दलका सांसदहरुले सरकारले ल्याएको आगामी आर्थिक बर्षको बजेट सकारात्मक रहेको जनाएका छन् भने प्रतिपक्षी सांसदहरुले बजेटको कार्यान्वयनका बारेमा प्रश्न उठाएका छन्। प्रतिनिधिसभा बैठकमा बुधबार बजेटमाथिको छलफल क्रममा सत्तापक्ष सांसदहरुले बजेटको बचाउ र प्रतिपक्षी स...
कोशीका मुख्यमन्त्रीको राजीनामा माग विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको राजीनामा माग गरेको छ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका मुख्यमन्त्री कार्कीकाे राजीनामा माग गरिएको हो । कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्...
‘प्रतिनिधिसभाको आकार ठूलो भयो, तत्काल घटाऔँ’ काठमाडौं। सांसद खिमलाल देवकोटाले प्रतिनिधिसभाको आकार ठूलो भएकाले त्यसलाई घटाउनुपर्ने बताएका छन्। राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको धारणा राख्दै उनले प्रतिनिधिसभाको आकार घटाउनका लागि संविधान संशोधनको प्रस्ताव ल्याउन आग्रह गरे। उनले आगामी आर्थिक वर्षको ...
वामदेव गौतमको एमालेमा जाने तयारी काठमाडौं।नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एमालेले बोलाए आफु र केहि नेताहरु एमालेमा एकीकृत हुन जाने बताएका छन्। बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले पार्टीमा समावेश हुन बोलाए अहिलेको अवस्थामा नै एमालेसँग एकीकृत हुन जाने बताएका हुन्। उनले यसअघ...
भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछुः प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग भूमि सट्टापट्टाबारे निर्णय भइसकेको जानकारी दिएका छन् । बुधबार बसेको राष्ट्रिय सभा बैठकमा आफ्नो भारत भ्रमण, नागरिकता विधेयक प्रमाणीकरणबारे उठेका प्रश्नको जवाफ दिने क्रम...
नागरिकता विधेयक पारित भएपछि प्रवासी नेपाली खुशी : माधव नेपाल काठमाडौं। नेकपा एकीकृत समावादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले नागरिकता विधेयक प्रमाणीकरण पछि प्रवासी नेपालीहरु खुसी भएको बताएका छन्। प्रवासी नेपाली एकता मञ्चको पहलमा अष्ट्रेलिया र न्यजिल्याण्डको भ्रमण सम्पन्न गरि स्वदेश फर्किएका अध्यक्ष नेपालले लामो समयद...
भारत भ्रमणमा के-के भयो? राष्ट्रिय सभामा प्रधानमन्त्रीको प्रष्टीकरण (पूर्णपाठसहित) काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणबारे राष्ट्रिय सभालाई जानकारी दिएका छन्। यही १७-२० जेठसम्म प्रधानमन्त्री प्रचण्डले भारतको औपचारिक भ्रमण गरेका थिए। सोही विषयमा बुधबार बसेको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्र...
माओवादीको चर्चित चुनबाङ बैठक बहिस्कार गरेका नेताद्वय एमालेमा पालैपालो भूमिकाविहीन काठमाडौं। माओवादीको शान्तिपूर्ण राजनीतिको प्रस्थानबिन्दु मानिने चुनबाङ बैठकमा असहमति राख्ने नेताहरु पालैपालो राजनीतिक रुपमा भूमिकाविहीन देखिएका छन्। २०६१ सालमा रुकुमको चुनबाङमा बसेको तत्कालीन नेकपा (माओवादी) को केन्द्रीय समितिको बैठकले लो...
भारत भ्रमणकै बेला नागरिकता विधेयक प्रमाणीकरण हुनु संयोग मात्रै हो : प्रधानमन्त्री काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आफ्नो भारत भ्रमणकै बेला नागरिकता विधेयक प्रमाणीकरण हुनु संयोग मात्रै रहेको बताएका छन्। बुधबार बसेको राष्ट्रियसभा बैठकमा उनले आफ्नो भारत भ्रमणकै बेला नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीक...
मेराे भारत भ्रमण आर्थिक विकास र समृद्धिमा केन्द्रितः प्रधानमन्त्री दाहाल काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण आर्थिक विकास र समृद्धिका लागि केन्द्रित भएको बताएका छन्। राष्ट्रियसभाको आजको बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै उनले भ्रमणले दुई देशबीच आपसी विश्वास बढाउन तथा आर्थिक व...
जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता लिन गगन थापाको माग काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता लिन माग गरेका छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद थापाले खर्च कटौतीको बहनामा निर्वाचन आयोगका जिल्ला कार्यालय खारेज...
यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णय काठमाडाैं। सरकारले आवश्यक सेवाको हड्ताल गर्न निषेध गरी आदेश जारी गर्ने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ बमोजिम आवश्यक सेवाको हडताल गर्न निषेध गरी आदेश जारी गर्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशित ...
कीर्तिमानी आरोही हरि बुढामगरको जीवनी पाठ्यपुस्तकमा राख्न सांसद ईश्वरी घर्तीको माग काठमाडौं। किर्तिमानी आरोही हरि बुढामगरको जीवन पाठ्यपुस्तकमा राख्न माग गरिएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा ईश्वरी घर्तीले हालै सगरमाथाको सफल आरोहण गरेका दुवै खुट्टा गुमाएका हरि बुढामगरको जीवनी पाठ्यपुस्तकमा राख्न माग गरेकी हुन् । द...
अकालमा नागरिकको ज्यान जाने सडक नबनोस् : अमरेशकुमार सिंह काठमाडौँ। प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले अकालमा जान जाने सडक बनाउने कार्य रोकिनुपर्ने बताएका छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नदी किनारमा बनाइएका सडकमा सुरक्षाको मापदण्डअनुसार निर्माण नहुँदा अकालमा नागरिकले ज्यान गुमाइरहेका बताए। यसको दोषी...
युवा संघको कार्य विभाजन: प्रवक्तामा पौडेल, कसले कुन विभाग पाए? काठमाडौं। नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नेताहरुको कार्यविभाजन गरेको छ। जसअनुसार युवा संघको प्रवक्तको जिम्मेवारी निरोज पौडेलले पाएका छन्। यसैगरी विनय शाहलाई विदेश विभागको जिम्मेवारी दिइएको छ भने राकेश राईलाई कोषाध्यक्षको जिम्मवारी दिइए...
सर्वोच्च बारले भन्यो, ‘राष्ट्रपतिद्वारा गरिएको नागरिकता प्रमाणिकरण संविधानको प्रतिकुल’ काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले हालै प्रमाणिता गरेको नागरिकता बिद्येयक नेपालको संविधान प्रतिकुल भएको सर्वोच्च अदालत बार एसोसिएसनले जनाएको छ। सर्वोच्च अदालत, बारका अनुसार राष्ट्रपति पौडेलको उक्त कदम संसदीय प्रणाली, शक्ति पृथकीक...
नक्कली भुटानी शरणार्थी प्रकरणः आजबाट अभियुक्तका पक्षबाट बहस सुरु हुने काठमाडौं। आजवाट नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पक्षबाट बहस सुरु हुनेछ। हिजाे मंगलबार सरकारी वकिलको बहस सकिएपछि बुधबारवाट अभियुक्त पक्षका वकिलहरूले बहस सुरु गर्दैछन्। साे बहसका लागि पुर्ब महान्याधिबक्तादेखि नेपाल बार एशाेसियनका बहालवाला अध्य...
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने काठमाडौं। आज प्रतिनिधिसभाको बैठक बस्दैछ। संघीय संसद भवन बानेश्वरमा सो बैठक बिहान ११ बजे बस्नेछ। आजको बैठकमा पनि आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल जारी रहनेछ।
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा कारण देखाऊ आदेश काठमाडौं। सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिएको प्रकरणमा कारण देखाउ आदेश गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आज सरकारका नाममा कारण देखाउ आदेश गरेको हो । उक्त मुद्दामा अदालतले अग्राधिकार दिएको छ । कैलालीको टीकापुरम...
एमालेले ७० वर्षे उमेरहद हटाउने काठमाडौं । नेकपा एमालेले ७० वर्षे उमेरहद हटाउने भएको छ । नेकपा एकीकृत समाजवादीबाट फर्किएका नेता मुकुन्द न्यौपानेलाई केन्द्रीय सदस्य बनाउन विधानमा भएको प्रावधानमा बाधा फुकाइनेको बताइएको छ । गत शुक्रबार बसेको सचिवालय बैठकले ७० वर्ष नाघेका न्यौपानेलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेकोमा वि...
बृहत् आर्थिक सम्मेलनबाट आर्थिक निकास खोजौँ : सांसद भट्टराई काठमाडौं । सांसद योगेशकुमार भट्टराईले आर्थिक सङ्कटको निकास खोज्न सरकारलाई प्रतिपक्षले सहयोग गर्ने बताएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उनले मुलुक आर्थिक सङ्कटको अवस्थामा रहेको भन्दै त्यसक...
संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली काठमाडौं । प्रतिनिधिसभामा  आर्थिक वर्षको २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल भइरहेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा भइरहेको उक्त् छलफलमा सहभागी हुँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेट संसदबाट मात्र नभएर व्यवहारमा पनि पास हुन...
संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? काठमाडौं। प्रमुख  प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटले देश र जनताको आर्थिक अवस्था सुधार्न नसक्ने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्षको २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफ...
करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटमा निर्माणमा व्यापारीलाई सहयोग पुग्नेगरी बनाइएको आशंका व्यक्त गरेका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्षको २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छ...
बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल काठमाडौँ। आर्थिक विधेयक निर्माणका क्रममा करका दर हेरफेरमा पूर्वनासु रामकृष्ण श्रेष्ठलाई सहभागी गराइएको विषयले प्रतिनिधिसभामा प्रवेश पाएको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै एमालेका प्रमुख सचेतक पदम गिरी, राप्रपा प्रमुख...
कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने कांग्रेसकाे निर्णय विराटनगर। नेपाली कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने भएको छ। मंगलबार बसेको कोशी प्रदेश कांग्रेस संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको हो। कोशी प्रदेशमा अहिले एमाले नेतृत्वको सरकार छ। एम...
खप्तडमा अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन, प्रधानमन्त्री दाहालले उद्घाटन गर्दै बझाङ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ खप्तड आइपुगेका छन्। उनी सुर्खेतको वीरेन्द्रनगरबाट नेपाली सेनाको हेलिकप्टरमा यहाँ आइपुगेका हुन्। सुदूरपश्चिम प्रदेशमा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल खप्तडको गङ्गा दशहरा मेला उद्घाटन गर्...
सञ्चारमन्त्री शर्मासँग ‘भर्चुअल’ संवाद गर्न सकिने काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग जुनसुकै ठाउँमा बसेर पनि ‘भर्चुअल’ संवाद गर्न सकिने भएको छ । मन्त्रालयबाट हुने कार्य सम्पादनलाई प्रभावकारी बनाउन नागरिकका सुुझाव र गुनासो सहज प्राप्त होस् भनेर यस्तो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयक...
प्रतिनिधिसभा बैठक सर्‍यो काठमाडौं। प्रतिनिधिसभाको मंगलबार बस्ने बैठकको समय परिवर्तन गरिएको छ । मंगलबार बिहान ११ बजे डाकिएको बैठक दिउँसो १ः३० बजेका लागि सारिएको संघीय संसदका महासचिव डा भरतराज गौतमले जानकारी दिए । मंगलबार ११ बजेको प्रतिनिधिसभा बैठक विशेष कारणवस उक्त समयमा बस्न नसक्ने भएकाले आजै १ः३० बजे बस्ने गरी सभामुख ...
कोशी प्रदेश : माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो, अल्पमतमा हिक्मत सरकार काठमाडौं। नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। कोशी प्रदेश संसदीय दल र माओवादी केन्द्र प्रदेश कार्यालय (पदाधिकारी)को बैठकले एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन आजै ...
सर्वत्र चर्चामा रहेको अखण्ड भारतको नक्साबारे भारतीय मिडियामा अनभिज्ञता प्रकट काठमाडौं। नेपालको प्रतिनिधत्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको भ्रमण टोलीमा भारत पुगेका परराष्ट्रमन्त्री एनपी साउदको अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना भइरहेको छ। उनले नेपाल सरकारको परराष्ट्रमन्त्रीको हैसियतमा भातीय टे...
राष्ट्रिय सभाको बैठक भोलिलाई सर्‍यो काठमाडौं। राष्ट्रिय सभाको मंगलबारका लागि बोलाइएको बैठक बुधबार बस्नेगरी सारिएको छ। मंगलबार बिहान ११ः११ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश बुधबार बिहान ११ः११ बजे बस्नेगरी सारिएको संघीय संसदका महासचिप डा भरतराज गौतमले जानकारी दिए। महासचिव गौतमले मंगलबार प्रकाशन गरेको सूचनामा भनिएको छ...
संसदका दुवै सदनको बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने काठमाडौं। संघीय संसद् अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ। जसअनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज एकै पटक बस्न लागेको हो। बैठक बिहान ११ बजेबाट सुरु हुनेछ। आजको बैठकमा सरकारले हालै प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान ...
प्रतिनिधिसभा बैठकबाट शोक प्रस्ताव पारित, अर्को बैठक मङ्गलबार ११ बजे बस्ने काठमाडौं। प्रतिनिधिसभाको आज बसेको बैठकले पूर्वसांसद श्यामसुन्दर टिवडेवाल र मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । पूर्वसांसद टिवडेवालको धुम्बाराहीस्थित हेम...
पार्टीले टिकटका लागि तल्लो तहबाटै निर्णय गर्ने व्यवस्था गर्नुपर्छः गगन थापा दाङ। नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीले टिकटका लागि तल्लो तहबाटै निर्णय गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन्। सोमबार नेपाली काँग्रेस लुम्बिनी प्रदेशले दाङको लमहीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै थापाले पार्...
जसपाको विधान अधिवेशन प्रचारप्रसार उपसमिति गठन काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले विधान अधिवेशनका लागि केन्द्रीय प्रचारप्रसार उपसमिति गठन गरिएको छ । ललितपुरको बालकुमारीस्थित जसपाको केन्द्रीय कार्यालयमा आज बसेको बैठकले विधान अधिवेशनलाई सफल बनाउन राजनीतिक समिति सदस्य अर्जुन थापाको संयोजकत्वमा १६ सदस्यीय केन्द्र...
भारत भ्रमणमा अपमानित महसुस गरिन : प्रधानमन्त्री काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले हालै गरेको भारत भ्रमणमा अपमानित महसुस नगरेको बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा आफूले अपमानित भएको महसुस नगरेको बताएका हुन् । अधिक...
प्रधानमन्त्रीलाई ओलीको प्रश्न-बिगुल फुक्ने ठाउँ हो दिल्ली ? काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले भारत भ्रमणमा पुष्पकमल दाहाल प्रचण्ड हेपिएको होइन नेपालको प्रधानमन्त्री हेपिएकाले आवाज उठाइएको बताएका छन् । भारत भ्रमणमा पुष्पकमल दाहाल प्रचण्डलाई हेपिएको बताएका ओलीले नेप...
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण फितलो भयो : केपी ओली काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण फितलो भएको बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै अध्यक्ष ओलीले सीमा विवाद अन्त्यका लागि सुगौली सन्धी...
भारत भ्रमणमा हिन्दुराष्ट्र र राजसंस्थाबारे कुनै छलफल भएको छैन : प्रधानमन्त्री काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा हिन्दुराष्ट्र र राजसंस्थाबारे छलफल नभएको बताएका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसको जिज्ञासालाई सम्बोधन गर्दै उनले आफ्नो भारत भ्रमणमा नेपालमा राजसंस्था र हिन्...
प्रधानमन्त्रीले जवाफ दिन लाग्दा संसदमा होहल्ला काठमाडौँ। प्रतिनिधिसभाको बैठकमा होहल्ला भइरहेको छ। भारत भ्रमण तथा नागरिकता विधेयकसहितका विषयमा सांसदहरुले उठाएको प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले जवाफ दिन थाल्दा सांसदहरुले होहल्ला गरिरहेका छन्। प्रधानमन्त्री प्रचण्डले बोलिरहँदा एमालेका सांसद सूर्य थापाले ...
राष्ट्रियसभाको बैठक ३ बजे बस्ने काठमाडौँ। राष्ट्रियसभाको आज १ बजेका लागि बोलाइएको बैठक विशेष कारणवस दिउँसो ३ बजे बस्ने भएको छ। संसद भवनमा टाँस गरिएको सूचनामा सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक महत्वका विषयमा जानकारी गराउने कार्यसूची थियो। प्रधानमन्त्री दाहाल प्रतिनिधिसभा बैठकमा सांसदको...
रास्वपा सांसद शिशिर खनालले प्रधानमन्त्री भैंसी चढेर आए भनेपछि संसदमा हंगामा काठमाडौं। रास्वपा सांसद शिशिर खनालले भारत भ्रमण पूरा गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भैंसी चढेर स्वदेश फर्किएकाे बताएपछि संसदमा हंगामा भएको छ। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणबारे जानकार...
संसदमा प्रधानमन्त्रीको दाबी : नागरिकता विधेयकमा विवाद छैन काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्रको वृहत्तर हितलाई केन्द्रविन्दुमा राखेर नेपाली नागरिकले सहज ढंगले नागरिकता पाउन र अनागरिकले नागरिकता प्राप्त नगरुन भन्ने सैद्धान्तिक विषयमा सबैको एकमत भएको बताएका छन्।
भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिइएको छ। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आफ्नो भारत भ्रमणबारे जानकारी दिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले भारतीय समकक्षी मोदीलाई नेपालको भ्रमणको निम्तो दिएको जानकारी दिए। जवाफमा ...
भारतसँग नेपालको भूमि साट्ने कुरा भएको छैन : प्रधानमन्त्री काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा भूमी साट्ने प्रस्ताव नगरेको बताएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा भारत भ्रमणका बारेमा जानकारी दिँदै प्रधानमन्त्री दाहालले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भन्नेमा आफू प्रस्ट रहे...
प्रधानमन्त्री दाहालद्वारा भारतकाे भ्रमणबारे सदनलाई जानकारी काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणमा भएका गतिविधिबारे प्रतिनिधिसभालाई जानकारी गराएका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकलाई प्रधानमन्त्री प्रचण्डले यही १७–२० जेठमा चारदिन भएको भारतको औपचारिक भ्रमणका विषयमा सदनलाई जानकारी गराएका हु...
नागरिकतासम्बन्धी कार्यविधिमा एनआरएनका सुझाव समेटिन्छन् : प्रधानमन्त्री काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक प्रमाणीकरण भएसँगै नागरिकतासम्बन्धी कार्यविधि तथा नियमावली बनाउने काम समेत सुरु भएको जानकारी गराएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष आरके शर्माको नेतृत्वको प्रतिनिधिमण...
संसद बैठकमा प्रतिपक्षी दलको विरोध काठमाडौं। प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलले विरोध जनाएका छन्। बैठक सुरु भएसँगै एमालेसहित प्रतिपक्षी दलका सांसदहरु उठेर विरोध जनाए। यसपछि सभामुख देवराज घिमिरेले एमालेका सांसद योगेश भट्टराईलाई बोल्न समय दिए। अहिले सांसद भट्टराईले बोलिरहेका छन्। हालै प्रमाणीकरण गरेको नागरिकता विधेयकले व...
सदनको अवरोध हटाउन सभामुखको पहल, बजेट पारित गर्ने समयसीमा ख्याल गर्न आग्रह काठमाडाैं।  सभामुख  देवराज घिमिरेले  सदनको अवरोध हटाउने विषयमा छलफल गरेका छन्। सदन अवरोध हटाउन सभामुखले साेमबार दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका हुन्। प्रमुख विपक्षी सहित विपक्षी दलहरुले आफ्ना कन्सर्नका विषयमा प्रधानमन्त्री र सत्तापक्षक...
प्रधानमन्त्रीले सभामुखलाई भने, ‘प्रतिपक्षले उठाएको विषयमा आज जवाफ दिन्छु’ काठमाडौँ। सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको अवरोध हटाउन छलफल सुरु गरेका छन्। सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग सदनको अवरोध हटाउने विषयमा छलफल गरेका हुन्। उनले बजेट पारित गर्न समयको चाप रहेको स्मरण गराउँदै विपक्षी दलसँग संवाद गर...
भारतले दाहाललाई गेरु वस्त्र भिराउनुको रहस्य के हो? काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा शुक्रबार उज्जैनस्थित महाकालेश्वरको मन्दिरमा गेरुवस्त्र धारण गरेको दृष्यले सबैमा जिज्ञासा उत्पन्न गराएको छ। प्रधानमन्त्री दाहालले जीवनको उर्जाशील समय कम्युनिष्ट आन...
नक्कली भुटानी शरणार्थी प्रकरण : आज पनि थुनछेक बहस काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज पनि थुनछेक बहस जारी रहने भएको छ। काठमाडौं जिल्ला अदालतमा हिजो देखी सुरु भएको थुनछेक बहस आज पनि जारी रहने भएको हो। न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजालासमा सुरु भएको बहसको पहिलो दिन सरकारी वकिलका कार्यालयका दुई जना व...
अवरूद्ध संसद बैठक सदनका आज सुचारु हुनसक्ने काठमाडौं। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। जसअनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक अपरान्ह १ बजे बस्नेछ। बैठकमा सरकारले गत जेठ १५ गते प्रस्तुत गरेको बजेटमाथि छलफल तथा बहस सुरू हुनेछ। तर, हिजोको बैठक प्रमुख प्रतिपक्ष दलले अबरुद्ध गरे पछ...
गण्डकी प्रदेशको नीति तथा कार्यक्रमः शिक्षा र स्वास्थ्य प्राथमिकता गण्डकी। गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०\०८१ को नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिएको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशभित्रका अस्...
भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउन खोजिरहेको छ: चित्रबहादुर केसी काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतले भारतीयलाई नागरिकता दिलाएर जनसांख्यिक हिसाबले नेपालमा बहुमत पुर्‍याउन खोजेका आरोप लगाए । भारतले नेपाललाई सिक्किम र भुटान बनाउन खोजेको उनको आरोप छ । अंगिकृतबाट जन्मिएकालाई बंशजको ना...
नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश काठमाडौं। सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आइतबार अल्पकालीन अन्तरिम आदेश दिएको हो । गत बुधबार अघिल्लो प्रतिनिधिसभाले पठाएको र तत्कालीन राष्ट्रपति विद्यादे...
कर्णाली सरकारको नीति तथा कार्यक्रम सार्वजानिक सुर्खेत। कर्णाली प्रदेश सरकारले अर्ग्यानिक प्रदेशको योजनालाई पुनः निरन्तरता दिएको छ । आइतबार आर्थिक वर्ष २०८०\०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश प्रमुख तिलक परियारले अर्गानिक प्रदेशको योजनालाई निरन्तरता दिइएको जानकारी दिए । नीति तथा कार्यक्रममा कृषि क्षेत्रमा ...
नागरिकता विधेयकमा सत्तारुढ र प्रतिपक्षीबीच मतभेद, सांसदहरुले के भने? काठमाडौं। नागरिकता विधेयक प्रमाणीकरणको बिषयमा सत्तारुढ र प्रतिपक्षीबीच मतभेद देखिएको छ। राष्ट्रपतिले असंवैधानिक तवरले नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै प्रतिपक्षीले संसद बैठक नै अवरुद्ध गरेको छ भने सत्तापक्षले दुई–दुईपटक सदनमा छलफल भएर राष्ट्रपति...
प्रतिपक्षको विरोधपछि प्रतिनिधिसभाको बैठक भोलिलाई सर्‍यो काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ १७ गते प्रमाणीकरण गरेको नागरिकता विधेयकमाथि प्रतिपक्ष दलहरूले विरोध गरेपछि प्रतिनिधिसभाको आजै दोस्रो पटक डाकिएको बैठक भोलिका लागि सरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०र८१...
null
सर्वोच्चमा सरकारविरुद्ध गौर हत्याकाण्डको मुद्दा दर्ता, भोलि पेसी काठमाडौं। रौतहटको गौर हत्याकाण्डमा सरकारविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर आइतबार दर्ता भएको रिटको पेसी सोमबारलाई तोकिएको छ । त्रिभुवन साहसमेतले रिट दर्ता गरेका हुन् । ७ चैत २०६३ मा भएको...
एमालेसहित तीन दलकाे अवराेधपछि संसद बैठक स्थगित काठमाडौं। प्रतिनिधिसभाको बैठक एक घण्टाका लागि स्थगित गरिएको छ। नागरिकता विधेयक प्रमाणीकरणसम्बन्धी विषय उठाएर प्रमुख प्रतिपक्ष नेकपा (एमाले) सहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसद् अवरोध गरेका छन्। प्रतिनिधिसभाको आजको बैठक...
न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा थुनछेक बहस जारी काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझी, बालकृष्ण खाँण लगाएतको थुनछेक बहस काठमाडौं जिल्ला अदालतमा सुरु भएको छ। उक्त प्रकरणमा पक्राउ परेका सवैको आइतबार काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा मुद्दा...
नागरिकता विधेयक प्रमाणीकरणले संसद बैठक अवरुद्ध, सांसदहरुको नाराबाजी काठमाडौं।प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ। नागरिक विधेयक प्रमाणीकरणसहितको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका दलले अवरोध गरेका हुन्। आइतबार बैठक सुरु भएलगत्तै एमाले, राप्रपा, रास्वपाका सांसदहरुले उठेर विरोध जनाइरहेका छन्। सभामुख देवराज ...
संसद बैठकको कार्यक्रम स्थगन गर्न राप्रपाको प्रस्ताव काठमाडौं। राप्रपाले प्रतिनिधिसभा बैठकको नियमति कार्यक्रम स्थगन गर्न प्रस्ताव गरेको छ। आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक अझै सुरु भएको छैन। तर, राप्रपाले नीति र नियमविपरीत नागरिकता विधेयक प्रमाणीकरण गरेकाले यस विषयमा छलफल नगरी नियमति रुपमा संसद बैठक अघि नबढ्ने भ...
राष्ट्रपतिमाथि सरकारी कागजात किर्ते गरेर नागरिकता विधेयक प्रमाणीकरण गरेको आरोप काठमाडौं। राष्ट्रपति पदमा निर्वाचित भएको ३ महिना पनि नपुग्दै विवादित नागरिकता विधेयकलाई प्रमाणीकरण गरेर असंवैधानिक काम गरेको आरोप लागेका राष्ट्रपतिमाथि अर्को ‘फौजदारी अभियोग’ लाग्न सक्ने काम गरेको पनि आरोप लागेको छ। राष्ट्रपतिले नागरिकता विध...
खाँणको पक्षमा दुई पूर्वमहान्यायाधिवक्ता र बारका तीन पूर्वअध्यक्षले बहस गर्ने काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका पुर्व गृहमन्त्री बालकृष्ण खाँणको पक्षमा बहस गर्न एक दर्जन बढी अधिवक्ताहरु इच्छुक देखिएका छन् । काठमाडौं जिल्ला अदालतमा आज देखी सुरु हुने थुनछेक बहसमा खाँणको पक्षमा बहस गर्नु दुई पुर्व मह...
नेमकिपाको आज राजधानीमा जुलुश र धर्ना भक्तपुर। राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले भोलि आइतबार राजधानीमा जुलुश र धर्ना कार्यक्रम गर्ने भएको छ। आज बिहान ९ बजे कोटेश्वरमा जम्मा भई जुलुश गरेर संघीय संसद भबन नयाँं वानेश्वरमा धर्नामा बस्ने पार्टीका केन्द्रीय सदस्य सरोजराज गोस...
भुटानी शरणार्थी प्रकरण : आजदेखि थुनछेक बहस काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपी माथिको थुनछेक बहस आजबाट सुरु हुँदैछ। हालसम्म पक्राउ परेका सबै १८ जनाको बयान सम्पन्न भए पछि आजदेखि थुनछेक बहस सुरु हुन लागेको हो। साे थुनछेक बहसपछि आरोपीहरुलाई पुर्पक्षमा पठाउने-नपठाउने भन्ने बारेमा क्रमशः निर्णय लिइनेछ। न...
कालापानीकाे भुमी साटफेर गर्ने प्रधानमन्त्रीको अभिब्यक्तिको एमालेले जवाफ माग्ने काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले हालै भारत भ्रमणवाट फर्केका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ माग्ने भएको छ। बंगलादेशको फूलबारी बन्दरगाहसम्मको रुट उपलब्ध गराए नेपालले कालापानी र लिपुलेक भारतसँग साटफेर गर्न सकिने भन्दै प...
प्रचण्डको रुपान्तरणकारी कदम : भैंसी पूजा, दौरा सुरुवाल हुँदै गेरुवस्त्र धारणसम्म काठमाडौं। कम्युनिष्ट विचारका प्रणेता कार्ल माक्र्सले धर्मलाई अफिमको संज्ञा दिएका थिए। अफिमको नशाले मानिसलाई असामान्य तुल्याए जस्तै धर्मका नाममा व्याप्त भयानक अन्धता र जडताले समाजलाई घातक हुने देखेरै तत्कालीन समय अनुरुप उनले त्यसो भनेका हुन...
नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छ : कांग्रेस काठमाडौं । नेपाली कांग्रेसले नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति रामचन्द्र पौडेलले संसद् र संविधानको सम्मान तथा संरक्षण गरेको जनाएको छ । संसद्ले सबै प्रक्रिया पूरा गरेर पारित र प्रमाणित गरी दोस्रो पटक प्रस्तुत गरेको विधेयक संवि...
गरिबी अन्त्य गर्न प्रविधिको प्रयोगमा ध्यान दिनुपर्ने छः केपी ओली काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गरिबी अन्त्य गर्न विज्ञान र प्रविधिको प्रयोगमा ध्यान दिनुपर्ने बताएका छन्। ललितपुरस्थित पार्टी मुख्यालयमा एमालेको विज्ञान तथा प्रविधि विभागले आयोजना गरेको कार्यक्रममा उनले विज्ञान र प्रविधिको प्रयोग गर्न ...
भोलि राजधानीमा नेमकिपाको जुलुश र धर्ना भक्तपुर। राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले भोलि आइतबार राजधानीमा जुलुश र धर्ना कार्यक्रम गर्ने भएको छ। बिहान ९ बजे कोटेश्वरमा जम्मा भई जुलुश गरेर संघीय संसद भबन नयाँं वानेश्वरमा धर्नामा बस्ने पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाइ...
भारत भ्रमण फलदायी रह्यो : प्रधानमन्त्री प्रचण्ड काठमाडौं । भारतको चारदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो भ्रमण फलदायी र सार्थक भएको बताएका छन् । भारत भ्रमण पुरा गरि शनिबार स्वदेश फर्किएलगतै त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रचण्डले आफ्नो भ्रमण फलदायी र ...
प्रधानमन्त्रीले भारत भ्रमणमा राष्ट्रहितलाई ख्याल नगरेको भन्दै एमालेले संसदमा जवाफ माग्ने काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा राष्ट्रहितलाई ख्याल नरिएको भन्दै संसदमा जवाफ माग गर्ने भएको छ। संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको एमाले संसदीय दलको बैठकले भारत भ्रमणका क्रममा सीमा सम...
विमानस्थल अगाडि प्रधानमन्त्रीविरुद्ध प्रदर्शन, सात जना प्रहरी नियन्त्रणमा काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध नाराबाजी भएको छ । चार दिने भारत भ्रमण सकेर फर्किएका प्रचण्डविरुद्ध नागरिकता विधेयक खारेज गर भन्दै सिनामंगल अगाडि केही व्यक्तिले नाराबाजी गरेका हुन् ...
मलाई गाली गरेरमात्र पार्टी बलियो हुँदैन : सभापति देउवा काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभापतिलाई गाली गरेरमात्र पार्टी बलियो नहुने बताएका छन् । शनिबार ललितपुरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको प्रथम जिल्ला सम्मेलन उद्घाटन गर्दै सभापति देउवाले गाली वा विरोध गरेर मात्रै पार्टी बलियो नहुन...
प्रधानमन्त्रीको भारत भ्रमणः के के भए सहमति र सम्झौता? काठमाडौं। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कंदै छन् । प्रधानमन्त्री दाहाल नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही जेठ १७ गते नयाँ दिल्ली प्रस्थान ग...
सरुवा र बढुवाका लागि नाजायज लाभ लिए जेल जानुपर्ला : गृहमन्त्री श्रेष्ठ काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी प्रशासन र अन्य क्षेत्रमा हुने सरुवा र बढुवाका लागि अनुचित लाभ नलिन आग्रह गरेका छन्। उनले एक कार्यक्रममा आज लाभ लिने र दिने दुवैलाई कारबाही गर्ने चेतावनी दिएका हुन्। पछिल्लो समय प्...
भारत भ्रमणले सिमानाका समस्या हल गर्ने प्रतिबद्धता अर्को उचाइमा पुगेको छः प्रधानमन्त्री दाहाल नयाँ दिल्ली। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमणमा छन्। भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ‘वान टु वान’ र प्रतिनिधिमण्डलस्तरमा वार्ता भएर नेपाल र भारतबी...
भ्रष्टाचारविरुद्ध सशक्त अभियान चलाउनुपर्ने अवस्था आएको छ : उपमहासचिव पोखरेल खाेटाङ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले भ्रष्टाचारविरुद्ध सशक्त अभियान सञ्चालन गर्नुपर्ने अवस्था रहेको बताएका छन्। विकास र समाजको लोकतान्त्रिकरणको प्रक्रियालाई अगाडि बढाउन भ्रष्टा...
भारतको चार दिने औपचारिक भ्रमण पूरा गरि प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किँदै काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कँदै छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे निमन्त्रणमा गत जेठ १७ गते भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कन लागेका हुन्। भारत भ्रमणको क्रममा पहिलो दिन ...
प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धलाई थप सबल बनाउने प्रतिबद्धता नयाँदिल्ली। नेपाल र छिमेकी मित्रराष्ट्र भारतबीच रहिआएको सदियौँदेखिको मैत्रीपूर्ण सम्बन्धका विविध पक्षमा सौहार्दपूर्ण वातावरणमा छलफल भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समक्षकी नरेन्द्र मोदीबीच...
अभियुक्तको बयान सकियो, आइतबारदेखि थुनछेक बहस काठमाडौँ । जिल्ला अदालत काठमाडौँमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तको बयान आज सकिएको छ । उक्त प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तको बयान सकिएको हो । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको बयानमा आज पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी अधि...
एमालेका ६ सचिवले पाए प्रदेश इन्चार्जको जिम्मेवारी काठमाडौं । नेकपा एमालेले केन्द्रीय नेताहरुको जिम्मेवारी हेरेफेर गरेको छ । एमालेले उपाध्यक्षहरुलाई विभागीय प्रमुख र सचिवहरुलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ । केन्द्रीय सचिवालयको शुक्रबार बसेको बैठकले बागमती प्रदेशबाहेक अन्य ६ प्रदेशको इन्चार्ज तोकेको हो । बैठकले ...
नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संसदको अपमान गरेको एमालेको आरोप काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेले नागरिकता विधेयक प्रमाणीकरण गरेर संविधानको उलङ्घन र संसदको विशेषाधिकार हनन भएको निष्कर्ष निकालेको छ। पार्टी कार्यालय च्यासलमा शुक्रबार बसेको एमाले सचिवालय बैठकले नागरिकता विधेयक प्रमाणीकरणप्रति गम्भीर ध...
दरबार हत्याकाण्ड छानबिन गर्न गृहमन्त्रीलाई युवराज सफलको निवेदन काठमाडौं। नेपाल समाजवादी मोर्चाका संयोजक युवराज सफलले २०५८ जेठ १९ गते भएको नारायणहिटी दरबार हत्याकाण्डको निष्पक्ष छानबिन गर्न उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई निदेवन दिएका छन् । तत्काल राजा वीरेन्द्र वीर विक्रम शाह र रानी ऐश्वर्य राज्य लक्ष्मी...
विवेकशील साझाको प्रवक्तामा आशुतोष काठमाडौं विवेकशील साझा पार्टीले केन्द्रीय सदस्य आशुतोष प्रधानलाई पार्टीको प्रवक्ताको जिम्मेवारी दिएको छ । शुक्रबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले नेता प्रधानलाई प्रवक्तामा नियुक्त गरेको हो । विवेकशील साझा पार्टीका नवनियुक्त प्रवक्ता प्रधान पर्यटन उद्यमी हुन् । त्रिभुवन विश्वविद्...
प्रधानमन्त्रीले अगस्टको पहिलो सातातिर चीन भ्रमण गर्ने सम्भावना छः अग्नि सापकोटा काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले चीन भ्रमण निकै फलदायी भएको बताएका छन्। चिनियाँ कम्युनिस्ट पार्टीको मैत्रीपूर्ण निमन्त्रणामा १५ दिन लामो चीन अध्ययन भ्रमण पूरा स्वदेश फर्किपछि शुक्रबार पा...
नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट दर्ता, आइतबार पेसी काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । गत बुधबार अघिल्लो प्रतिनिधिसभाले पठाएको र तत्कालीन राष्ट्रपति विद्यादेव...
माओवादी केन्द्रका नेताले थाले कार्यकर्ता पढाउन, मावि तहको पार्टी स्कुल सञ्चालन खोटाङ। नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति खोटाङले मावि तहको पार्टी स्कुल सुरु गरेको छ । जिल्लाका १० वटै पालिका कमिटिका पदाधिकारी, प्रदेश सदस्य, प्रदेश विभाग सदस्य, जिल्ला समन्वय समिति सदस्य, जनवर्गीय संगठनका प्रमुख, पेशागत संगठनका अध्...
देउवा लक्षित गगनको अभिव्यक्ति : कांग्रेस बदल्न व्यक्ति बदलिन आवश्यक काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले व्यक्ति बदलिएमात्रै कांग्रेस बदलिने बताएका छन्। नेपाल प्रेस युनियन उपत्यका प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उहाँले कांग्रेस बदलिनका लागि कांग्रेसभित्रका व्यक्ति बदलिनुपर्ने आवश्...
प्रधानमन्त्रीदेखि रवि र बालेनसम्म भारतमा, संयोग कि सल्लाह ? काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने भारत भ्रमणका क्रममा हाल भारत मै छन्। उनले देशको प्रतिनिधित्व गर्दै बुधबार छिमेकी राष्ट्र भारत भ्रमणमा निस्किएका थिए। प्रधानमन्त्री दाहालले समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरिसकेका छन्। उनले शुक्रबार नया...
प्रधानमन्त्री दाहाल इन्दाेरमा (तस्बिरहरु) नयाँ दिल्ली। भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज विशेष विमानमार्फत इन्दाेर  पुगेका छन्। इन्दोरस्थित देवी अहिल्याबाई होल्कर विमानस्थलमा उनलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानललगायत सरकारी अधिकारीले स्वागत गरे। सो अवसरमा विमा...
इंदौरमा प्रधानमन्त्री दाहाललाई स्वागत गर्न ‘रेड कार्पेट’ राखियो नयाँ दिल्ली। भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) शुक्रबार इंदौरमा भव्य स्वागत गर्ने तयारी गरिएको छ। विशेष विमानमार्फत प्रधानमन्त्री इंदौर प्रस्थान गरिसकेका छन्। इंदौरमा उनको स्वागतका लागि रेड कार्पेट बिछ्याइएको छ भने...