content stringlengths 20 64.1k ⌀ |
|---|
सुदूरपश्चिमका कानुनमन्त्रीको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीलगायतको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री प... |
संविधान बनाउने र संविधान च्यात्ने दलहरु एकै ठाँउ रहेकाले समाजवादी मोर्चा धेरै दिन टिक्दैन : योगेश भट्टराई काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले समाजवादी मोर्चामा रहेका दलहरु अस्थीत्वको संकटमा रहेको बताएका छन् ।
मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै समाजवादी मोर्चा बनाएका माओवादी, जसपा लगाएत... |
कर फर्छ्यौट आयोगका चुडामणि शर्मासहित तीन जनालाई ९ वर्ष कैद र चार अर्बभन्दा बढी जरिवाना काठमाडौं । विशेष अदालतले कर फर्छ्यौट आयोगका तत्कालीन पदाधिकारी चुडामणि शर्मासहित तीन जनालाई ९ वर्षभन्दा बढी कैद सजाय सुनाएको छ ।
शर्मा र उमेशप्रसाद ढकाललाई जनही ९ वर्ष तथा लुम्बध्वज महतलाई ९ वर्ष एक महिना कैद सजाय सुनाइएको हो ।
विशेष... |
नवीन सोच देशको सामाजिक रुपान्तरणका निम्ति अपरिहार्य छ : प्रधानमन्त्री दाहाल काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवीन सोच राष्ट्र र जनताको पक्षमा सामाजिक रुपान्तरणका निम्ति अपरिहार्य हुने बताएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आज आयोजित प्रतिभा डबली कार्यक्रमलाई सम्बोधन गर्दै उनल... |
बजेट पुस्तिकामा प्रदेशको नाम सच्याउन सभामुख घिमिरेको निर्देशन काठमाडौँ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विजिनयोजन विधेयकका मन्त्रालयगत कार्यक्रमम समावेश भएको पुस्तिकाहरुमा प्रदेशको नाम सच्याउन सरकारलाई निर्देशन दिएको छ।
प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकका मन्त्रालयगत शीर्षकमाथि छलफल चलिरहँदा केही मन्त्रालयका का... |
राष्ट्रपति पौडेलको छातीमा पेसमेकर राखियो काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ।
मंगलबार महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर राष्ट्रपति पौडेलको मुटुमा शल्यक्रिया गरेर पेसमेकर राखिएको हो।
राष्ट्रपति पौडेललाई असहज भएपछि शनिबार राति महाराजगन्जस्थित त्रिवि ... |
‘अखण्ड भारत’को नक्साबारे भारतीय पक्षसँग छलफल गर्न नेपाली दूतावासलाई निर्देशन काठमाडाैं। परराष्ट्रमन्त्री एनपी साउदले भारतीय संसदमा रहेको नक्सामा नेपाली भूमि समेटिएको बिषयमा भारतीयपक्षसँग छलफल गर्न नयाँदिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिइसकेको जानकारी दिएका छन्।
मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अन... |
समाजवादी मोर्चा : अन्योलग्रस्त विप्लवको राजनीतिक अवतरण, झलनाथको असन्तुष्टि कायमै काठमाडौं। सोमबार राष्ट्रियसभा गृहबाट घोषणा गरिएको समाजवादी मोर्चा गठनमा आवद्ध दलहरुका आआफ्नै स्वार्थ जोडिएको छ। अलग राजनीतिक पृष्ठभूमि भएका दलहरुको सहभागीतामा गठन गरिएको समाजवादी मोर्चाको औचित्यमाथि प्रश्न उठेको छ।
सोमबार सत्तारुढ माओवादी... |
आश्वासनभन्दा पनि आवश्यकता हेरेर काम गर्छौं : सभापति लामिछाने भरतपुर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नं २ का सांसद रवि लामिछानेले जनताको धन र ज्यानको रक्षा गरेर विकास निर्माणका काम गर्नुपर्ने बताएका छन्।
भरतपुर महानगरपालिका-१२ कालिका टोलमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले जनत... |
प्रेस युनियन खोटाङको अध्यक्षमा पुनःचौंलागाई निर्वाचित खोटाङ। नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा पुःन उत्तम चौंलागाई निर्वाचित भएका छन् ।
सोमबार जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न सातौं जिल्ला अधिबेसन तथा १० औं साधारणसभाबाट चौंलागाई दोश्रो कार्यकालका लागि युनियनको अध्यक्ष चुनिएका हुन् । चौंलागाई यसअघि २०७५ फागुन २३... |
मोर्चा गठन पछि प्रभु साहको प्रश्न, ‘गौर हत्याकाण्डका अपराधीसँग घाटी जोड्नेहरुलाई के भन्नुहुन्छ ?’ काठमाडौँ। आम जनता पार्टीका अध्यक्ष प्रभु साहले समाजवादी मोर्चा गठन माथि प्रश्न उठाएका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलकदमीमा मोर्चा गठन भए पछि उनले प्रश्नसमेत गरेका छन्।
‘जनयुद्धकालीन मुद्ध... |
समाजवादी मोर्चाप्रति बाबुरामको भद्र आक्रोश काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले विभिन्न चार राजनीतिक दलले आज घोषणा गरेको समाजवादी मोर्चाप्रति भद्र आक्रोश पोखेका छन्।
समाजवादी मोर्चाका सूत्रधार बाबुरामलाई नै आउट गरेर संविधान प्रदत्त समाजवाद स्थापना गर्ने भन्दै नेकपा (माओवादी केन्द्र), नेकपा (ए... |
नेपाल-भारत बीचको समस्या कूटनीतिक वार्ताबाट समाधान गर्नुपर्छः रवि लामिछाने भरतपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले भारतले उसको संसद् भवनमा नेपाली भूभागसहित नक्सा राखेको विषय कूटनीतिक वार्ताबाट समाधान गर्नुपर्ने बताएका छन्। भरतपुर विमानस्थलमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले नक्सा राख... |
समाजवादी मोर्चा विस्तृत शान्ति सम्झौतालाई अपमानित गर्ने प्रवृत्तिविरुद्ध हो : प्रधानमन्त्री दाहाल काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौतालाई निस्तेज पार्ने र अपमानित गर्ने प्रवृत्तिविरुद्ध जुध्न मोर्चा स्थापित भएको बताएका छन् । समाजवादी मोर्चा घोष... |
वामपन्थी एकता अपरिहार्यः झलनाथ खनाल काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीका सर्वोच्च नेता झलनाथ खनालले सबै वामपन्थी शक्ति एकताबद्ध भएर वैकल्पिक शक्ति निर्माण गर्नुपर्ने बताएका छन्।
चार दलले समाजवादी मोर्चा घोषणा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खनालले अब मोर्चाले देशमा रहेका सबै क्रान्तिकारी शक्तिलाई एक ठाउँमा ल्याउन ... |
समाजवाद स्थापना गर्ने लक्ष्यसहित चार दलको समाजवादी मोर्चा घोषणा (सहमतिपत्रसहित) काठमाडौं। संविधान प्रदत्त समाजवाद स्थापना गर्ने लक्ष्यका साथ विभिन्न चार राजनीतिक दलले आज समाजवादी मोर्चा नेपालको घोषणा गरेका छन्।
राष्ट्रियसभा गृहमा एक कार्यक्रमको आयोजना गरी नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी ... |
अग्रगमन विरोधी समाजवादी मोर्चासँग तर्सिएका छन् : माधव नेपाल काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मोर्चा बनाएर कसैलाई घुर्क्याउन नखोजेको बताएका छन्।
सोमबार राष्ट्रिय सभा गृहमा भएको समाजवादी मोर्चा घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले कसैलाई घुर्क्याउन समाजवादी मोर्चा नबनेको बताएका हुन् ।
उनले नेकप... |
रास्वपाको नीतिसम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन १७ सदस्यीय कार्यदल गठन काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी, (रास्वपा) ले पार्टीको नीति, विचार र सिद्धान्तसम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन आज १७ सदस्यीय कार्यदल गठन गरेको छ ।
पार्टीका महामन्त्री डा मुकुल ढकालको नेतृत्वमा उक्त कार्यदल बनाइएको सहमहामन्त्री कविन्द्र बुर... |
देशको नेतृत्व समाजवादी मोर्चाले गर्ने विप्लवको दाबी काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महाचिव नेक्रविक्रम चन्द विप्लवले नयाँ मोर्चा घोषणा सँगै अब देशको समाजवादी मोर्चाले गर्ने बताएका छन् । राष्ट्रिय सभा गृहमा भएको घोषणा कार्यक्रममा आफ्नो भनाइ राख्दै विप्लवले समाजवादी मोर्चाको जन्म दलाल पुँजीवाद रोक्दै देशको न... |
समाजवादी मोर्चा घोषणा (तस्बिरहरू) काठमाडौं । चार दल सम्मिलित समाजवादी मोर्चा घोषणा भएको छ । राष्ट्रिय सभागृहमा आयोजित एक समारोहबीच मोर्चा घोषणा गरिएको हो । मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी र नेकपा छन् ।
कार्यक्रममा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘दाहाल’, गृहमन्त्रीसम... |
समाजवादी मोर्चाको घोषणा हुँदै (लाइभ) काठमाडौं । समाजवादी मोर्चाको घोषणा भइरहेको छ। पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सो मोर्चाको घोषणा भइरहेको हो । आज राष्ट्रिय सभा गृहमा भइरहेको कार्यक्रममार्फत औपचारिक घोषणा हुँदैछ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जन... |
मुलुकको अन्तर्राष्ट्रिय छवि विश्वसनीय तुल्याऔँ : अध्यक्ष लिङ्देन काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले राष्ट्रियता र राष्ट्रिय स्वाधीनतालाई केन्द्रविन्दुमा राखेर मुलुकको अन्तर्राष्ट्रिय छविलाई विश्वसनीय तुल्याउनुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न मन्त्रालयका बज... |
नागरिकता बिधेयकलाई लिएर राजनीतिकरण नगर्न लिङ्देनको आग्रह (भिडियोसहित) काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नागरिकता बिधेयकलाई लिएर राजनीतिकरण नगर्न आग्रह गरेका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा बिभिन्न मन्त्रालयमाथि बिनियोजित बजेटमाथिको छलफलका क्रममा लिङ्देनले एमाले, राप्रपा लगाएतका प्रति... |
बाढी पीडितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई निर्देशन (भिडियो) काठमाडाैं। संसदीय समितिले हालै बाढी र पहिरोबाट प्रभावित क्षेत्रको लगत संकलन गरि आवश्यक राहत र क्षतिपूर्ति उपलव्ध गराउन सरकारलाई निर्देशन दिएको छ।
सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समिति बैठकले बाढीपहिरोमा परि वेपत्ता... |
कोशी सरकार र पहिचानवादी बीच बार्ता सुरू विराटनगर। कोशी सरकार र आन्दोलनरत पहिचानवादीबीच बार्ता सुरु भएको छ। बिराटनगरस्थित बिग होटलमा डेढ घन्टा ढिलो गरी बार्ता सुरु भएको हो।
सो बार्तामा सरकारकोतर्फवाट संयोजक खानेपानी मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विका... |
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दैछ। पार्टी स्थापना दिवसकाे कार्यक्रम तय गर्न तथा ‘नयाँ युगको संकल्प’ नामक सैद्धान्तिक दस्ताबेजबारे छलफल गर्न उक्त बैठक बस्न लागेको हो।
संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारका अनुस... |
आजबाट ७० लागेका बाबुराम भट्टराईले सम्झिए, २४ वर्षको उमेरमा गरेका प्रतिबद्धता काठमाडौं। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफू ७० बर्ष उमेर पुगेको जानकारी दिँदै २४ वर्षको उमेरमा गरेको प्रतिवद्धता स्मरण गरेका छन्।
एउटा सामान्य किसानको छोरो बिभिन्न कालखण्ड पार गर्दै प्रधानमन्त्रीसमेत हुन सफल भएको बिषय उल्लेख गर्दै नेपाल... |
आज समाजवादी मोर्चाको घोषणा हुँदै काठमाडाैं। आज समाजवादी मोर्चाको घोषणा हुँदैछ। पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सो मोर्चाको घोषणा हुन लागेको हो। आज राष्ट्रिय सभा गृहमा दिउँसो ३ बजे आयोजना हुने कार्यक्रममार्फत औपचारिक घोषणा हुनेछ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृ... |
समाजवादी मोर्चाको साझा प्रतिबद्धता तय, भोलि घोषणा गरिने काठमाडौं। नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहितका चार दल मिलेर घोषणा गर्न लागिएको समाजवादी मोर्चाले साझा मुद्दा र लक्ष्य टुङ्गो लगाएको छ।
आज बसेको चार दलको बैठकले सोमबार घोष... |
समाजवादी शक्तिलाई एकताबद्ध गर्नका लागि समाजवादी मोर्चाः माधव नेपाल काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले समाजवादी शक्तिहरुलाई एकताबद्ध गर्नका लागि समाजवादी मोर्चा बनाउन खोजिएको बताएका छन्।
आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले निश्चित बिचार मिल्ने समाजवादी शक्त... |
बजेट सच्याउन बाध्य पार्नेगरी सशक्त विरोध गर्न प्रदेश सांसदलाई ओलीको निर्देशन काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बजेट सरकार सञ्चालन, भौतिक पूर्वाधार विकास र सामाजिक सेवालाई केन्द्रमा राखेर बन्नुपर्ने बताएका छन्।
ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आज सातै प्रदेशका एमालेबाट निर्वाचित प्रदेशसभा सदस्यहरू... |
उपचारका लागि राज्यबाट सहयोग लिनेको श्वेतपत्र जारी गर्न सांसदको माग काठमाडौं। विपन्न नागरिकले उपचार नपाएर मृत्युवरण गर्न बाध्य हुनुपर्दा गुनासो भइरहेका बेला राज्यबाट उपचारका लागि सहयोग लिनेको नामवली सार्वजनिक गर्न सांसदहरुले माग गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको जारी छलफ... |
वामदेव गौतम एमालेमा जान तयार, दोस्रो वरीयता चाहिने शर्त काठमाडौं। नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम एमालेमा जान दोस्रो वरीयता चाहिने शर्त राखेका छन् ।
आइतबार च्यासलस्थित एमाले मुख्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा उनले आफू एमालेमा फर्किन तयार रहेको र यसका लागि दोस्रो वरीयता दिनुपर्ने शर्त रा... |
समाजवादी मोर्चा घोषणाको पूर्वसन्ध्यामा ओली भेट्न किन पुगे वामदेव ? काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकता अभियानको संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न आइतबार गौतम च्यासलस्थित एमाले मुख्यालय पुगेका थिए ।
एमाले फर्किन लागेको चर्चाबीच ओलीलाई भेट्न गौतम च्यासल पुगेका हुन् । एमालेले ७० वर्ष... |
बाढीपहिरोमा बेपत्ता भएकाको खोजी र राहत कार्यलाई तीव्रता दिइएको छ: यातायातमन्त्री (भिडियो) काठमाडौं। सरकारले पूर्वी नेपालमा आएको बाढी र पहिरोका कारण बेपत्ता नागरिकको खोजीका साथै राहतका कार्यलाई तीव्र रुपमा अघि बढाएको जनाएको छ ।
आइतबार प्रतिनिधिसभा बैठकमा भौतिक पूर्वाधार तथा यातायत व्यवस्थामन्त्री प्रकाश ज्वालाले बाढी र ... |
सोमबार समाजवादी मोर्चा घोषणा हुने काठमाडाैं। संविधान प्रदत्त समाजवाद स्थापनालाई प्रमुख प्राथमिकतामा राखी सोमबार समाजवादी मोर्चा घोषणा हुने भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायतका राजनीतिक दलले स... |
देउवाको सिंगापुर डिलिङ, दाहाल सशंकित काडमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि यतिबेला सिंगापुरमा छन्। पत्नी आरजू र स्वकीय सचिव भानु देउवासहित सभापति देउवा गत मंगलबार सिंगापुर गएका थिए।
सभापति देउवा र उनका सहयोगी भानु देउवा काठमाडौंबाट सिधै सिंगापुर गएका थिए भने पत्नी आरजू देउवा भने काठमाडौंबाट द... |
देउवाले शेखरसँग निकटता बढाएपछि नजिकिँदै गगन-पूर्णबहादुर काठमाडौं। नेपाली कांग्रेसको आन्तरिक समीकरणमा बद्लाव आउन थालेको छ। सभापति शेरबहादुर देउवा र अर्का नेता शेखर कोइरालाबीच निकटता बढेपछि कांग्रेसको समीकरण बदलिने संकेत देखिएको हो।
सभापति देउवाका विश्वास्पात्र मानिएका उपसभापति पूर्णबहादुर खड्का देउवाको पछिल्लो गतिविधिले... |
आर्थिक परिवर्तनका लागि सुशासन पहिलो शर्त: उपप्रधानमन्त्री श्रेष्ठ काठमाडाैं। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा सुशासन कायम गर्न उच्च प्राथमिकता दिएको बताएका छन्।
उनले भने, “मुलुकमा समाजिक र आर्थिक परिवर्तनका लागि सुशासन पहिलो शर्त भएकाले सरकार अहिले मुलुकमा सुशासन कायम गर्न लागेको छ।”
जिल्ला समन्वय स... |
‘भ्रष्टाचारमा तानिएका नेताको राजनीतिक दलले प्रतिरक्षा गर्नु हुँदैन’ काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको आरोपमा तानिएका नेताहरुको प्रतिरक्षा राजनीतिक दलहरुले गर्न नहुने बताएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा फसेका कांग्रेस नेता बालकृष्ण खाँणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने दबाब... |
नेपालको भूमिमा चीन विरोधी गतिविधि हुन दिन्नौँ : अध्यक्ष तिमिल्सिना काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको भूमिलाई चीनको अखण्डतामा आँच आउने कुनै गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
चीनको स्वशासित क्षेत्र तिब्बतमा आयोजित पाँचौँ चीन तिब्बत पर्यटन तथा संस्कृति एक्स्पोलाई सम्बोधन गर्द... |
नक्कली शरणार्थी प्रकरणमा जोडिएका सांसदहरुलाई पार्टीबाटै निष्काशन गर्न रवि लामिछानेको चुनौती काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका सांसदहरुलाई पार्टीबाटै निष्काशन गर्न चूनौति दिएका छन्।
रास्वपा काठमाडौं निर्वाचन क्षेत्र नंवर ७ को प्रथम क्षेत्रिय भे... |
पार्टी गतिविधिमा सक्रियतापूर्वक लाग्न रवि लामिछानेको आग्रह काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचन २०८४ मा वडादेखि केन्द्रसम्म उपयुक्त उम्मेदवार बनाउने तयारीमा जुट्न आह्वान गरेका छन् ।
रास्वपाको बागमती प्रदेश समितिद्वारा आज आयोजित टोखा नगरपालिका–१ स्थित शिवपुरी नागार्जुन ... |
बलियो कम्युनिष्ट शक्ति निर्माणका लागि समाजवादी मोर्चाः माधव नेपाल काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा बलियो कम्युनिष्ट शक्ति निर्माणका लागि समाजवादी मोर्चा गठन गर्न लागिएको बताएका छन्।
पार्टी निकट गोरखा काठमाडौँ–सम्पर्क मञ्चको प्रथम जिल्ला अधिवेशनको शुभारम्भ गर्दै अध्यक्ष नेपालले मुलुक... |
७० बर्षे प्रावधानले पार्टीलाई अघि बढाउन समस्या भएकाले हटाइयोः केपी ओली काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा ७० वर्षको उमेरहद उपयुक्त नभएको र यसका कारण प्रगति गर्न पनि अप्ठेरो भएको बताएका छन्।
शनिबार ललितपुरमा अखिल नेपाल महिला संघ बागमती प्रदेश प्रथम सम्मेलन उद्घाटन गर्दै ओलीले संसारमा कहि नभएको ७० ब... |
दिल्लीबाट फर्के महन्थ ठाकुर काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर स्वदेश फर्केका छन ।
भारतको राजधानी नयाँ दिल्लीमा उपचारका लागि अघिल्लो साता दिल्ली गएका ठाकुर आज स्वदेश फर्केका हुन ।
उनको स्वागतका लागि सहरी विकास मन्त्री शरदसिंह भण्डारीलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ... |
समाजवादी मोर्चाको घोषणा असार ४ गते चितवन। समाजवादी मोर्चाको घोषणा असार ४ गते हुने भएको छ।
नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले आज असार ४ गते मोर्चाको घोषणा हुन लागेको जानकारी दिएका हुन्।
उनका अनुसार असार १ गते घोषणा गर्ने भनिए पनि प्रावधिक कारण रोकिन पुगेको सरकारमा र सरकार बाहिर रहेका कम्युनिष्ट पार्ट... |
विद्यालय शान्ति क्षेत्र हो, बन्द गरे कारबाही हुन्छः मेयर शाह काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बिद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिएका छन् ।
भोलिदेखि सुरु हुन लागेको अनिश्चतकालिन बन्द अघि मेयर शाहले सो चेतावनी दिएका हुन ।
‘काठमाडौं महानगरपालिकाभित्रका विद्यालयमा विद्यालय शान्तिक्षेत्रको अवधारणा व... |
एमाले सरकारमा नहुँदा अर्थतन्त्र निरन्तर ओरालो लाग्यो : केपी ओली काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनका कारण मुलुकको अर्थतन्त्र ओरालो लागेको बताएका छन्।
शनिबार एमाले पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको नाममा राजनीति मात्रै भएको तर मुलुकका... |
शेखर कोइराला भन्छन्- मैले ज्ञानेन्द्र शाहलाई कहिल्यै पूर्वराजा भनेको छैन काठमाडौं। नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालाले ज्ञानेन्द्र शाहलाई कहिल्यै पूर्वराजा नभनेको बताएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसँग भेटवार्ताको क्रममा कोइरालाले सो जानकारी दिएका हुन्। उनले दिएको जान... |
प्रधानमन्त्री दाहाल पुगे मेलम्ची, प्रभावकारी सञ्चालनमा तीव्रता दिन निर्देशन सिन्धुपाल्चोक। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न आज मेलम्ची आपुगेका छन्।
प्रधानमन्त्री दाहाललाई मेलम्चीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत,... |
राष्ट्रपति पौडेल फेरि अस्पताल भर्ना काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल फेरि अस्पताल भर्ना भएका छन्। राष्ट्रपतिमा निर्वाचित भए यता पौडेल पाँचौ पटक अस्पताल भर्ना भएका हुन्।
आज राति मुटुमा समस्या देखा परे पछि शनिवार बिहानै उनलाई त्रिभुवन बिश्वबिद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको छ।
उनका स्वकीय सचिव चिरञ्जि... |
नक्कली शरणार्थी प्रकरणमा १६ जनालाई थुनामा पठाउने आदेशको पूर्णपाठ यस्तो छ काठमाडौं। जिल्ला अदालत काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले प्रहरी हिरासतमा रहेका १८ जनामध्ये १६ जनालाई कारागार चलान गरेको हो। पुर्पक्षमा जेल चलान ... |
मधेश प्रदेशको बजेट ४४ अर्ब ११ करोड ४६ लाख (पूर्णपाठ) जनकपुरधाम। मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०\८१ का लागि रु ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार बजेट सार्वजनिक गरेको छ।
प्रदेश अर्थमन्त्री सञ्जय कुमार यादवले सार्वजनिक गरेको बजेटमा चालु तर्फ १८ अर्ब २१ करोड रुपैयाँ छुट्टाइएको छ।
पूँजीगततर्फ २५ अर्ब ७९ करोड रुपैयाँ... |
तीनवटा मन्त्रालयको बजेटमाथिको छलफल सकियो काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको छलफलअन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट माथि छलफल सकिएको छ ।
आइतबार बिहान बस्ने प्रतिनि... |
पदभार ग्रहण गर्दै प्रधानन्यायाधीश कार्कीले भने- न्यायलय सुधारका लागि कार्यकाल छोटो हुनु\नहुनुले असर पर्दैन काठमाडौं। नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायलय सुधारका लागि थालिएका कदमलाई निरन्तरता दिने बताएका छन्।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसँग सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गर्दै प्रधानन... |
टोपबहादुर रायमाझीको सांसद पद निलम्बन, अभियोग प्रमाणित भए पद रिक्त हुने काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानको इजलासले सांदर टोपबहादुर रायमाझीसहित १६ जनालाई थुनामा राख्ने आदेश दिएको छ।
उक्त आदेशसँगै नेकपा (एमाले)मा निलम्बित सचिवसमेत रहेका रायमाझीको सांसद पद निलम... |
गृह मन्त्रालयद्वारा प्रजिअको सरुवा र पदस्थापन काठमाडौं । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हरूको आज सरुवा गरेको छ । अवधि पुगेका र सुगम र दुर्गम मिलाएर प्रमुख जिल्ला अधिकारीको सरुवा र पदस्थापन गरिएको मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए ।
उनका अनुसार सामान्य प्रशासन मन्त्रालयबाट... |
नक्कली शरणार्थी प्रकरणः १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश, सुन्धारा कारागार पठाइने काठमाडौं। जिल्ला अदालत काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले प्रहरी हिरासतमा रहेका १८ जनामध्ये १६ जनालाई कारागार चलान गरेको हो... |
लुम्बिनी प्रदेशले ४० अर्ब ४७ करोडको बजेट ल्यायो (पूर्णपाठ) लुम्बिनी। लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ४७ करोडभन्दा बढीको बजेट ल्याएको छ।
प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले ४० अर्ब ४७ करोड ९७ लाखको बजेट पेश गरेका हुन्। कुल बजेटमध्ये चालुतर्फ १५ अर्ब ६३ करोड ३० लाख ९९ हजार अर्थात ३३.८... |
सुदूरपश्चिम प्रदेशको बजेट २९ अर्ब २६ करोड (पूर्णपाठ) सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि कुल २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार बराबरको बजेट प्रस्तुत गरेका छन्।
शुक्रबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले अगामी आर्थिक वर्षका लागि २९ बढिको बजेट प्रस्तुत गरेका हुन्। उनल... |
बागमती प्रदेशले ल्यायो ६२ अर्ब ७० करोडको बजेट, हेर्नुहोस् पूर्णपाठ बागमती। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजारको बजेट प्रस्तुत गरेको छ।
शुक्रबार बागमति प्रदेश सभामा बागमति प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले ६२ अर्व बढिको बजेट प्रस्तुत गरेका हुन्।
कुल विन... |
प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त, पद तथा गोपनियताको शपथ लिए काठमाडौं। प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन्। राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसँग उनले आजै पद तथा गोपनियताको शपथ लिएका छन्।
संघीय संसद्, संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश... |
गण्डकी प्रदेशमा ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट (पूर्णपाठ) गण्डकी। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०\८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट प्रस्तुत गरेको छ।
शुक्रबार गण्डकी प्रदेशसभामा आर्थिक मामिलामन्त्री जितप्रकाश आलेले ३३ अर्ब बढिको बजेट प्रस्तुत गरेका हुन्। जस अन्तर्गत पुँजीगततर्फ २० अर्ब १९ करोड ६२ लाख... |
कर्णाली प्रदेशको बजेट ३३ अर्ब ३७ करोड ९७ लाख (पूर्णपाठ) सुर्खेत। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
शुक्रबार प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले ३३ अर्ब बढिको बजेट प्रस्तुत गरेका छन्। उनले चालुतर्फ ९ अर्ब २० लाख २४ ह... |
जसपाले बोलायो केन्द्रीय समिति बैठक काठमाडौं। जनता समाजवादी पार्टी, (जसपा) नेपालले आफ्नो पार्टीको केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।
विधान अधिवेशनको तयारी लगायतका विषयमा छलफल गर्न यही असार ९ गतेका लागि बैठक आह्वान गरिएको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
उनका अनुसार बैठकमा केन्द्... |
सकियो जवाफी बहस, आजै आदेश आउने काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दाको थुनछेक बहस सकिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा दुवै पक्षबाट थुनछेक बहस सकिएको हो।
बिहीबारसम्म १८ जना प्रतिवादीतर्फबाट बहस भएको थियो भने शुक्रबार पाँचजना सरकारी वकिल र जाहेरतर्फकासमेत गरी ७ जनाले जव... |
समाजवादी मोर्चा घोषणालाई छिट्टै अगाडि बढाउने नेकपा एसकाे निर्णय काठमाडाैं। नेकपा एकीकृत समाजवादीले समाजवादी मोर्चा घोषणालाई छिट्टै अगाडि बढाउने निर्णय गरेको छ।
पार्टी कार्यालय तीनकुनेमा शुक्रबार बसेको समाजवादी बैठकले आवश्यक तयारी पुरा गर्दै समाजवादी मोर्चा घोषणालाई छिट्टै अगाडि बढाउने निर्णय गरेको प्रचार विभाग प्रमुख ज... |
चार महिनाको उपचारपछि चीनबाट फर्किए वर्षमान पुन काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन चार महिनाको स्वास्थ्य उपचारपछि चीनबाट स्वदेश फर्किएका छन्।
चीनमा चार महिना लामो स्वास्थ्य उपचारपछि शुक्रबार पुन श्रीमती ओनसरी घर्तीसहित स्वदेश फर्किएका हुन् । शुक्रबार उनको स्वागतका लागि उपप्रधानमन्त्री तथा गृहमन्त्र... |
दलहरुको शक्ति सञ्चय गर्ने नयाँ दाउ, जनाधार गुमाएकाहरु एकै ठाउँ काठमाडौं। लामो समयदेखिको रस्साकस्सीका बीच दलहरु समाजवादी मोर्चा गठनको तयारीलाई अन्तिम रुप दिन लागेका छन्।
गएको निर्वाचन अघिदेखि नै गठन गर्ने चर्चामा रहेको समाजवादी मोर्चा वामपन्थी दलहरुले लामो गृहकार्य पछि अन्ततः मुर्त रुप लिने भएको छ।
सरकारको नेतृत्व गरेको... |
सभामुखसँग ट्युनिसियाका राजदूतको शिष्टाचार भेट काठमाडौं। सभामुख देवराज घिमिरेसँग ट्युनिसियाका गैरआवासीय राजदूत हयात तालबी ईपी बिलेलले भेट गरेकी छन्।
सभामुखको कार्यकक्ष सिंहदरवारमा आज भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय अनुभव आदान प्रदान, द्विपक्षीय व्यापार र पर्यटन प्रवद्र्धन लगायतका विषयमा छलफल भएको छ।
सभामुख घिमिर... |
राष्ट्रिय परिचयपत्र बनाउँदा सिन्दुर पुछ्नुपर्ने नियम हटाउन माग काठमाडौं। राष्ट्रिय परिचयपत्र बनाउँदा आफ्नो सांस्कृति, रीतिरिवाजअनुसार लगाइएका श्रृंगार र पोशाक लगाउन नपाइने नियम हटाउन माग गरिएको छ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद अब्दुल खानले सांस्कृति, रीतिरिवाजअनुसार लगाइएका श्रृंगार पुछ्नुपर्ने र... |
प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सर्वसम्मत अनुमोदन काठमाडौं। संघीय संसद्, संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम भावी प्रधानन्याधीशका लागि अनुमोदन गरेको छ।
समितिको आजको बैठकमा कामु प्रधानन्यायाधीश कार्कीले समिति सदस्यको जिज्ञासाको जवाफ दिएपछि उनको नाम अनुमोदन भएको हो।
बैठकक... |
नेपालमा बढ्दो चिनियाँ लगानीप्रति भारतको आपत्ति काठमाडौं। नेपालमा चिनियाँ लगानीमा परियोजना सञ्चालन नगर्न भारतीय पक्षले चेतावनी दिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चारदिने भारत भ्रमणका क्रममा भारतीय पक्षले नेपालमा चिनियाँ लगानीमा कुनै पनि परियोजना सञ्चालन नगर्न र लगानी नभित्र्याउन चेतावनी दिँदै उक्त परियोजनास... |
सुनवाई समितिमा प्रस्तावित प्रधानन्यायीश कार्कीसँग प्रश्नोत्तर जारी काठमाडौं। संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँगको प्रश्नोत्तर जारी छ।
सो समितिमा कार्कीविरुद्ध परेका उजुरी तथा गत बिहीबारको बैठकमा पेस गरेको कार्ययोजनाका विषयमा सांसदहरुले प्रश्न सोध्ने क्रम जारी रहेको हो।
संसद सचिव... |
प्रतिनिधिसभा बैठक: उद्योग, भूमी व्यवस्था र भौतिक मन्त्रालयको बजेटमाथि छलफल हुने काठमाडौं। आज प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवनमा बस्ने बैठकमा बिनियोजन बिधेयक २०८० माथि छलफल हुनेछ।
बैठक ११ बजे बोलाइएको छ। संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस... |
भुटानी शरर्णाथी प्रकरण: आज सरकारी वकिलले जवाफी बहस गर्ने काठमाडौं। नक्कली शरणार्थी प्रकरणमा आजबाट जवाफी बहस सुरु हुने भएको छ।
सो प्रकरणमा पक्राउ परेका १८ जना आरोपीको तर्फवाट थुनछेक बहस सकिएपछि आज सरकारी वकिलले जवाफी बहस गर्नेछन्।
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख अच्यूतमणि न्यौपानेसहितका चारजना अधिवक्ताल... |
कांग्रेसको प्रचार विभागमा ३९ सदस्य मनोनित काठमाडौं । नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको सदस्यमा ३९ जना सदस्य मनोनित गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेसको विधानबमोजिम पार्टीका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा प्रमुख रहेको प्रचार विभागको सदस्यमा उनीहरूलाई मनोनयन गरेका हुन् ।
विभागको सद... |
दुई मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल सम्पन्न काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथिको छलफल सकिएको छ ।
ती मन्त्रालयमाथिको शीर्षकमा ३३ सांसदका लागि छलफलमा भाग लिन समय उपलब्ध गराइएको थियो । प्रतिनिधिसभाको आगामी असार... |
उपप्रधानमन्त्री श्रेष्ठ र बंगलादेशका राजदूतबीच भेटवार्ता काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र बंगलादेशका राजदूत सालाउद्दिन नोमन चौधरीबीच बिहीबार गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।
उपप्रधानमन्त्रीको निजी सचिवालयका अनुसार राजदूत चौधरीलाई मन्त्रालयमा स्वागत गर्दै नेपाल र बंगलादेशबीचको... |
कोशी प्रदेशको बजेट ३६ अर्ब २४ करोड (पूर्णपाठ) विराटनगर । कोशी प्रदेश सरकारले आर्थिकक वर्ष २०८०/८१का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट प्रस्तुत ल्याएको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशमार्फत उक्त बजेट ल्याएका हुन् ।
बजेटमध्ये १४ अर्ब ... |
नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतिवादीको तर्फबाट बहस सकियो, अब जवाफी बहस हुने काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीतर्फको बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा १८ जना प्रतिवादीतर्फबाट बहस भएको हो ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्... |
कोशी प्रदेश प्रमुख खापुङद्वारा दुईवटा अध्यादेश जारी विराटनगर। कोशी प्रदेशमा बजेटसम्बन्धी दुईवटा अध्यादेश जारी गरिएको छ।
बिहीबार प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेश आर्थिक अध्यादेश–२०८० र कोशी प्रदेश विनियोजन अध्यादेश–२०८० जारी गरेका प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनु... |
सदनमा व्यवस्थाका हिमायती र विरोधीको जुहारी काठमाडौं। सत्ता पक्ष र प्रतिपक्षका कतिपय सांसदहरुको गर्जनले यसपटक प्रतिनिधिसभामा नयाँ रौनक कायम गराएको छ।
संसदमा राष्ट्रिय राजनीतिको ज्वलन्त विषयमा आफ्ना धारणा शसक्त रुपमा व्यक्त गर्ने सांसदहरु मध्ये अधिकांश नयाँ अनुहारको बर्चस्व देखिएको छ। पहिलो पटक संसदीय यात्रा तय गरेका दल ... |
बजेट कम भएका जिल्लाका सांसद कुन मुख लिएर जाने काठमाडौँ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सीमित नेताहरुको गृहजिल्लामा धेरै बजेट विनियोजन गरिएकोमा आलोचना गर्दै अन्य सांसदहरु कुन मुख लिएर जनता कहाँ जाने भन्दै प्रश्न गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा बजेटको मन्त्रालयगत शीर्षकमाथिको छलफलका क्रममा सांसद के... |
सांसद आलेको व्यङ्ग्य-तार काट्ने मुसा पशुपतिनाथ छिरेको हो ? काठमाडाैं। नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेमबहादुर आलेले पछिल्लो समयमा पशुपतिनाथमा अनियमतता बढेको र त्यहाँ सिसी क्यामेरा भए पनि तार काटेर यस्ता कार्य गरिएको पाइएको आरोप लगाएका छन्।
पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेकानु आलेले पशुपतिनाथम... |
‘अखण्ड भारत’को नक्साबारे कूटनीतिक नोट पठाउन एमालेको माग काठमाडौँ। भारतले आफ्नो नयाँ संसदमा भवनमा राखेको ‘अखण्ड भारत’को नक्साको विरोधमा कूटनीतिक नोट पठाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माग गरेको छ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै एमाले सांसद रघुजी पन्तले नेपालको भू–भाग समेटेको ‘अखण्ड भारत’को ... |
शंकर दास वैरागीले लिए राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकारको शपथ काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त भएका शंकरदास वैरागीले शपथ लिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज(विहीबार) वैरागीलाई सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शपथ दिलाएका हुन्।
वैरागीले आज मुख्यसचिव... |
मुख्यसचिवमा बैकुण्ठ अर्याल नियुक्त काठमाडौं। नेपाल सरकारको मुख्यसचिवमा बैकुण्ठ अर्याल नियुक्त भएका छन्।
आज (विहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई मुख्यसचिवमा नियुक्त गरेको हो ।
शंकरदास बैरागीले मुख्य सचिवबाट राजीनामा दिएपछि अर्याललाई सरकारले आजै मुख्यसचिवमा नियुक्त गरेको हो । |
अदालतमा हुने भ्रष्टाचारमा शून्य सहनशीलता कायम गर्ने प्रस्तावित प्रधानन्यायाधीश कार्कीकाे प्रतिवद्धता काठमाडौं। सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले अदालतमा हुने भ्रष्टाचारमा शून्य सहनशीलता कायम गर्ने प्रतिबद्धता जनाएका छन्।
संसदीय सुनुवाइ विशेष समितिमा आफ्नो योजना पेश गर्दै कार्कीले बिचौलियाको ... |
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि मन्त्रालयगत छलफल हुने काठमाडौं। आज प्रतिनिधिसभाको बैठक बस्दै छ। संघीय संसद् भवन, नयाँ वानेश्वरमा बिहान ११ बजे सो बैठक बस्नेछ।
आजको बैठकवाट मन्त्रालयगत रुपमा विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुनेछ।
बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा ... |
प्रस्तावित प्रधानन्यायाधीश कार्कीको संसदीय सुनुवाइ सुरू काठमाडौं। संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ सुरु भएको छ ।
सर्वोच्च अदालतको प्रधानन्यायधीशमा सिफारिस कार्कीलाई आज छलफलका लागि समितिले बोलाएको थियाे।
कार्कीविरुद्ध ३८ जना उजुरीकर्ताले २९ उजुरी दर्ता गराएका छन्।
लामो समयदेखि ... |
बजेट नै नल्याई कोशी प्रदेशको बजेट अधिवेशन अन्त्य मोरङ। कोशी प्रदेश सरकारले बजेट अधिवेशन अन्त्य गरेको छ ।
प्रदेश प्रमुख पर्शुराम खापुङले यही जेठ ३१ गते राति १२ बजेदेखि प्रदेशसभाको चालु दोस्रो तथा बजेट अधिवेशन अन्त्य गरेका हुन्।
उनले कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को यही जेठ ३१ गतेको सिफारिसअनुसार नेपालको संविधानको धारा ... |
कोशी प्रदेशको नीति तथा कार्यक्रमः जनताको जलविद्युतदेखि ‘स्वस्थ नागरिक’ अभियानसम्म (पूर्णपाठ) विराटनगर। कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले आज प्रदेशसभामा आर्थिक वर्ष २०८०\८१ को वार्षिक नीति तथा कार्यक्रम पेश गरेका छन्।
नेपालको संविधानको धारा १८४ को उपधारा (२) तथा कोशी प्रदेशको प्रदेशसभा नियमावली, २०७४ को नियम ... |
सभामुख घिमिरे र दक्षिण कोरियाका राजदूतबीच भेटवार्ता काठमाडौं । सभामुख देवराज घिमिरेसँग आज दक्षिण कोरियाका नवनियुक्त राजदूत पार्क तइयोङले शिष्टाचार भेट गरेका छन् ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय अनुभव आदान(प्रदान, आर्थिक विकासलगायतका विषयमा कुराकानी भएको छ ।
भेटमा सभामुख घिमि... |
संसद भवन अगाडि नेविसंघको प्रदर्शन, १२ जना पक्राउ काठमाडौं। संघीय शिक्षा ऐन छिटो जारी गर्नुपर्ने माग राख्दै संसद भवन अगाडी प्रदर्शन गर्ने विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उच्च शिक्षा ऐन, संघीय शिक्षा ऐन लगायतका ऐन छिटो पारित गर्नुपर्ने भन्दै संसद भवन अगाडी प्रदर्शन गर्ने नेविसंघ आवद्ध १२ जना विद्यार्थीहरुल... |
प्रस्तावित प्रधानन्यायाधीश कार्कीको संसदीय सुनुवाइ भोलि काठमाडौं। संसदीय सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ बिहीबार गर्ने भएको छ।
बुधबार बसेको समिति बैठकले केहि उजुरीकर्तासँग छलफल गरेपछि सुनुवाईका लागि बिहीबार कार्कीलाई समितिमा बोलाउने निर्णय गरिएको समितिका ज्येष्ठ सदस्य ज्ञानेन... |
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र सांघाई म्युनिसिल पिपुल्स कंग्रेसका अध्यक्षबीच भेटवार्ता काठमाडौं। चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र चीनको सांघाई म्युनिसिपल पिपुल्स कंग्रेस स्थायी समितिका अध्यक्ष डोङ युन्हुबीच शिष्टाचार भेटवार्ता भएको छ ।
पिपुल्स बिल्डिङमा भएको भेटमा अध्यक्ष त... |
चीनमा स्वास्थ्य उपचारपछि वर्षमान पुन शुक्रबार स्वदेश फर्किँदै काठमाडौं। नेकपा(माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन चीनमा स्वास्थ्य उपचारपछि स्वदेश फर्कन लागेका छन्।
चीनमा उपचाररत रहेका उनको स्वास्थमा उल्लेख्य सुधार भएपछि शुक्रबार (१गते) स्वदेश फर्कन लागेका हुन्।
शुक्रबार ११ बजे त्रिभुवन बिमानस्थलमा अवतरण गर्न लागे... |
सरकारलाई निर्वाचन कार्यालय खारेज गर्ने निर्णय पुनरावलोकन गर्न निर्देशन काठमाडाैं। राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्ताव पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिएको छ।
सिंहदरबारमा बुधबार बसेको समिति बैठकले जिल्ला निर्वाचन कार्यालय खारेज गरि प्रशासन कार्यालयमा ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.