content stringlengths 20 64.1k ⌀ |
|---|
नक्कली भूटानी शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री खाणका तर्फबाट बहस जारी काठमाडौं। नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणका तर्फबाट बहस आज पनि जारी रहेको छ । खाणको पक्षका कानुन व्यवसायीले मंगलबारदेखि बहस सुरु गरेकामा आज दोस्रो दिन पनि जारी रहेको हो ।
पहिलो दिन उनका तर्फबाट १० कानुन व्यवसायीले बहस गरे... |
संसदीय सुनुवाइ समिति बैठक : प्रधानन्यायाधीशमा सिफारिस कार्कीविरुद्धका उजुरीकर्तासँग छलफल काठमाडौँ। संसदीय सुनुवाइ समितिमा प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल सुरु भएको छ।
समितिको आजको बैठकमा प्रधानन्यायाधीशमा सिफारिस कार्कीविरुद्ध २९ जनाले उजुरी दिएकामा २३ उजुरीकर्ता सहभागी भए... |
माधव नेपालको राजनीतिक बिल्लिबाठ काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेताहरु लर्को लागेर एमालेमा फर्कन थालेपछि अध्यक्ष माधव नेपाल हतास देखिएका छन्।
नेकपा एमालेबाट विद्रोहको हवाला दिँदै नयाँ पार्टी गठन गर्न पुगेका उनी पछिल्लो समय पार्टीलाई राष्ट्रिय राजनीतिमा स्थापित गर्न नसकेपछि कार्यकर्ताहरु लाखापाखा लाग्ने क्रम बढिर... |
नेपाल ट्रेड युनियन कांग्रेस बागमती प्रदेशको अध्यक्षमा भट्टराई काठमाडौँ। नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेस बागमती प्रदेशको अध्यक्षमा गणेश भट्टराई निर्वाचित भएका छन्। आज बिहान सम्पन्न मतगणनामा निकटतम प्रतिस्पर्धी लीलानाथ चौलागाईंलाई ११ मतले पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन्।
... |
समाजवादी मोर्चा बन्छ, फेरि नयाँ नेकपा बनाउँछौं : प्रधानमन्त्री दाहाल दाङ। प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी क्रान्तिको तयारीका लागि व्यापक समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति दाङद्वारा आयोजित अगुवा ... |
भ्रष्टाचार विरुद्धको लडाइँबाट प्रतिक्रियावादीहरु अत्तालिएः प्रधानमन्त्री दाहाल काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले सुरु गरेको भ्रष्टाचार विरुद्धको लडाइँबाट प्रतिक्रियावादीहरु अत्तालिएको बताएका छन्।
प्रेस सेन्टर नेपालको ज्ञापनपत्र ग्रहण गर्दै उनले सरकार भ्रष्टाचार विरुद्धको लडाइँमा दत्तचित्त भएर... |
राष्ट्रपति पौडेल भए डिस्चार्ज, स्वास्थ्य अवस्था सामान्य काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज भएका छन्।
मुटुमा समस्या देखा परे पछि हिजो मंगलबार शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेल आज डिस्चार्ज भएका हुन्। अस्पतालले बुधबार जारी गरेको विज्ञप्ति अनुसार उनको स्वास्थ्य अवस्था सामान्... |
देउवा र आरजु छुट्टाछुट्टै सिंगापुरमा, एक सातासम्म उपचार हुने काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका छन् ।
स्वास्थ्य उपचारका लागि मंगलबार मध्यराति पुर्व प्रधानमन्त्री देउवा सिंगापुर पुगेका हुन् ।
श्रीमती आरजु राणा भने सोमबार नै सिंगापुर पुगेको उनको सचिवालय सदस्य भानु दे... |
‘अखण्ड भारत’ को प्रतिवाद गर्दै जनस्तरमा ‘ग्रेटर नेपाल’ को बहस काठमाडौं। नेपालको भौगोलिक क्षेत्र समेटेर भारतले जारी गरेको अखण्ड भारतको नक्साले बिर्सिएको ग्रेटर नेपाललाई पुनःस्मरण गराएको छ।
अहिले देशभर आमजनतामा नेपालको विगतको सीमा स्मरण गराउने ग्रेटर नेपालको बहस सतहमा आएको छ।
देशको महत्वपूर्ण घटनाक्रम र संवेदनशील घडीमा ए... |
राष्ट्रपति पौडेल आज डिस्चार्ज हुने काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुँदैछन्।
मुटुमा समस्या देखा परेपछि मंगलबार शहीद गंगालाल राष्ट्रिय हृदय राेग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेल आज डिस्चार्ज हुन लागेका हुन्। सो अस्पतालले मंगलवार जारी गरेको बिज्ञप्ति अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
हि... |
देउवा उपचारका लागि सिङ्गापुर जाँदै काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिङ्गापुर जाँदै छन् ।
उनी नियमित स्वास्थ्य ‘फलोअप’का लागि आज राति त्यसतर्फ प्रस्थान गर्न लागेको उनका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए । सभापति देउवाले केही वर्षअघि पेटमा समस्या... |
मधेसका मुख्यमन्त्री यादवको पक्षमा दोस्रो पटक शतप्रतिशत मत धनुषा। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दोस्रोपटक विश्वासको मत प्राप्त गरेका छन् । आज आकस्मिकरुपमा बोलाइएको प्रदेशसभा बैठकमा उपस्थित कूल एक सय तीन प्रदेशसभा सदस्यमध्ये मुख्यमन्त्रीको पक्षमा एक सय तीन अर्थात् शतप्रतिशत मतदान भएको छ ।
नेकपा (एमाले)ले सर... |
मधेसका मुख्यमन्त्री यादवले पाए विश्वासको मत काठमाडौं। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सबै प्रदेश सभा सदस्यको विश्वासको मत पाएका छन्।
यही जेठको १ गते समर्थन फिर्ता लिँदै नेकपा एमाले सरकारबाट बाहिरिएपछि आज मंगलबार संसद्को आकस्मिक बैठकमा मुख्यमन्त्री यादवले प्रदेश सभामा उपस्थित एक सय तीन जना सांसदकै मत पाएका ह... |
अध्यक्ष तिमिल्सिना र सिपिसिसीका अध्यक्ष हु निङबीच भेटवार्ता काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष वाङ हु निङबीच भेटवार्ता भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका तिमिल्सिना र हुनिङबीच मंगलबार दिउँसो ग्रेट हल अफ पिपुल्स बेइजिङमा भेटवार्ता भएको हो ।
भेट... |
प्रधानमन्त्री दाहाल र बाबुराम भट्टराई विरुद्धको रिटमा कारण देखाउ आदेश जारी काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई कारबाही गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ।
न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा भएको प्रारम्भिक... |
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी काठमाडौं। मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक सूर्यकिरण शर्माले मङ्गलबार मन्त्रिपरिषद्को नियमित बैठकमा समसामयिक विषयमा छलफल हुने जानकारी दिए।
बैठकमा प्रधानमन्त्रीसहित उपप्रधान तथा ... |
स्थायी कर्मचारी दरबन्दी १५ दिनभित्र पठाउन मन्त्रालयको पत्राचार काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १५ दिनभित्र आफ्नो कार्यालयअन्तर्गत कार्यरत स्थायी कर्मचारीको दरबन्दी पठाउन सबै मन्त्रालय, आयोग र सचिवालयलाई पत्राचार गरेको छ ।
मन्त्रालयका उपसचिव कमानसिंह थापामगरद्वारा हस्ताक्षरित गरिएको उक्त पत्रमा ... |
नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणका तर्फबाट बहस जारी काठमाडाैं। नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने लोभ देखाएर करोडौं रकम असुल भएको घटनामा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणका तर्फबाट आजदेखि काठमाडौं जिल्ला अदालतमा बहस सुरु भएको छ।
उनका पक्षबाट बहस गर्न ३४ वकिलले नाम टिपाएका छन्। जिल्ला न्याय... |
बजेटमा देखिएको असन्तुष्टि अन्त्य गर्न सत्ता गठबन्धन सहमत काठमाडौं। बजेटमा देखिएको असहमतिलाई अन्त्य गरेर बजेटा पारित गर्ने विषयमा सत्ता गठबन्धनमा एकमत भएको छ। मंगलबार प्रधानमन्त्री निवासमा बसेको सत्ता गठबन्धनको बैठकले बजेटमा देखिएको विमतिलाई अन्त्य गर्ने सहमति भएको हो।
बजेटमा आफूहरुलाई बेवास्ता गरेको, अर्थमन्त्रीले एकमन... |
मधेस प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासकाे मत लिने काठमाडौं। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले प्रदेशसभाको आकस्मिक बैठक बोलाएर विश्वासको मत लिन लागेका हुन्।
त्यसका लागि प्रदेशसभाको बैठक आजै साँझ पाँच बजेका लागि बोलाइएको छ। मुख्यमन्त्री यादवमा स्कीय सचिव ... |
प्रधानमन्त्रीलाई पदबाट निलम्बन गर्न माग गरिएको मुद्दा सपना प्रधान मल्लको इजलासमा काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पदबाट निलम्बन गर्न माग गरिएको मुद्दाको पेशी सर्वोच्च अदालतमा न्यायाधीश सपना प्रधान मल्लको इजलासमा तोकिएको छ । रिटमा प्रधानमन्त्री दाहाल र तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराईलाई कारबा... |
स्वास्थ्य उपचारका लागि देउवा आज सिंगापुर जाँदै काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर जाँदैछन्। सभापति देउवा आज राति ११ सिंगापुर एयरलाइन्सबाट त्यसतर्फ जान लागेका हुन्।
नियमित फलोअपका लागि देउवा सिंगापुर जान लागेका हुन्। पेट सम्बन्धि समस्या देखिएपछि देउवाले विगत १३ वर्षदेखि सिंगापुरमा एक जना डाक्टरल... |
यथास्थितिबाट मुलुक अघि बढे दुर्घटना हुनेछ : कमल थापा काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक यथास्थितिबाट अघि बढे दुर्घटनामा पर्ने बताएका छन् ।
राष्ट्रियता कमजोर भएको र विदेशी हस्तक्षेप तथा प्रभाव बढेर गएको उनको भनाइ छ । ‘इतिहासकै डरलाग्दो आर्थिक मन्दि छ । भ्रष्टाचार संस्थागत भएको छ । बेरोजगारी र महङ्गिले आ... |
सामान्य प्रशासन मन्त्रालयका १०३ जना कर्मचारी कारबाहीमा काठमाडौं। कार्यालय समयमा उपस्थित नभएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका १ सय ३ जना कर्मचारी कारबाहीमा परेका छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीको निर्देशनमा सचिव डा. कृष्णहरी पुष्करले सोमबार मन्त्रालयमा छड्के जाँच गरेका थिए। सोही ... |
कांग्रेसले सत्ता र विचारका लागि सम्झौता गर्दैन : महामन्त्री थापा मनहरी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता र विचारका लागि कांग्रेसले कसैसँग पनि सम्झौता नगर्ने बताएका छन् ।
नेपाली कांग्रेस पार्टी पद मात्र पाउने आशमा जन्मेको पार्टी नभएको भन्दै उनले अब कांग्रेसले वडादेखि केन्द्र र राष्ट्रपति निर्वाचनमा गठबन्धन... |
खर्च कटौतीका नाममा जिल्ला निर्वाचन कार्यालय हटाउने निर्णय संविधान प्रतिकूल छः थपलिया काठमाडौं। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले खर्च कटौतीका नाममा जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्ताव उचित नरहेको बताएका छन्।
सिंहदरबारमा सोमबार बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समि... |
सरकारले नीति तथा कार्यक्रम भन्दा फरक बजेट ल्याएको छः माधव नेपाल (भिडियो) काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारले ल्याएको बजेट नीति तथा कार्यक्रम भन्दा फरक आएको बताएका छन्।
समाजवादी प्रेस संगठनका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिन सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले बजेट नी... |
मुकुन्द न्यौपानेलाई सदस्य बनाएपछि उठ्ने प्रश्नको सम्बोधन गर्न ७० वर्षे उमेरहद हटाइयोः शंकर पोखरेल काठमाडौं। नेकपा एमाले महासचिव शंकर पोखरेलले पार्टीको ७० वर्षे उमेरहद हटाउने निर्णयको बचाउ गरेका छन्।
ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुकुन्द न्यौपानलेलाई केन्द्रीय सदस्... |
बजेट कठिन परिवेशमा आएको छ, सोहीरुपमा बुझिदिनु हाेला : अर्थमन्त्री डा महत काठमाडाैं। अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट कठिन परिवेशमा आएकाले यसलाई सोहीरुपमा बुझ्नु आग्रह गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवा... |
नाममात्रको प्रधानन्यायाधीश बन्ने तयारीमा कार्की, फोटो झुण्ड्याउने र सुविधा लिने मात्र उपलब्धी काठमाडौं। कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले प्रधानन्यायाधीश पदमा नियुक्ति पाउनुभन्दा अगावै अनिवार्य अवकाशको पत्र पाएका छन्।
उनलाई संवैधानिक परिषदले प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ तर संसदीय सुनुवा... |
गणतन्त्र नमान्नेलाई पनि गणतन्त्रको उपभोग गर्ने अधिकार छ : राप्रपा प्रवक्ता श्रेष्ठ काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता माेहन श्रेष्ठले गणतन्त्र नमान्नेहरुलाई पनि गणतन्त्रको उपभोग गर्ने अधिकार रहेकाे बताएका छन्।
प्रवक्ता श्रेष्ठले राप्रपाका सांसदहरुले संसदमा उठाएका राजनीतिक, सामाजिक र जनजीविकासं... |
बजेटका विषयमा नेकपा एसको असन्तुष्टि के हो? काठमाडौं। सरकारलाई समर्थन गर्दै सरकारमै सहभागी भएको एकीकृत समाजवादीले बजेटप्रति असन्तुष्टि जनाउँदै सरकार ढल्ने आशयले अभिव्यक्ति दिन थालेको छ।
अध्यक्ष माधव नेपालले नै बजेट नसच्याउने हो भने सरकार ढल्ने आशयको अभिव्यक्ति दिइरहेका छन्।
खासमा बजेटप्रति एकीकृत समाजवादीको असन्तुष्टि क... |
संसदीय सुनुवाइ समिति बैठक : प्रधानन्यायाधीशमा सिफारिस कार्कीविरुद्ध परेका उजुरी अध्ययन हुने काठमाडौं। संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ। सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको भवनमा सोमबार बिहान ११ बजे बस्ने गरी समितिको बैठक बोलाइएको छ।
बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध परेका उजुरी खोलेर सदस्यह... |
कामु प्रधानन्यायाधीश कार्कीलाई न्यायपरिषदले दियो अनिवार्य अवकाश हुने पत्र काठमाडौं। न्यायपरिषदले कायम मुकाय प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई अवकाश हुने मितिको पत्र दिएको छ। आइतबार न्यायपरिषद सचिवालयका सहसचिव मानबहादुर कार्कीले कामु प्रधानन्यायाधीश कार्कीलाई अनिवार्य अवकाश हुने पत्र दिएका हुन्।
‘यस सचिवालयमा रहेको अभि... |
बुधबारका लागि बोलाइयो कोशी प्रदेश सभा बैठक विराटनगर। अनिश्चितकालका लागि स्थगित भएको कोशी प्रदेश सभाको बैठक बुधबारका लागि बोलाइएको छ ।
सभामुख बाबुराम गौतमले गत मंगलबारको बैठकबाट अनिश्चितकालका लागि स्थगित गरेको प्रदेश सभा बैठक जेठ ३१ गते बुधबारका लागि बोलाइएको सूचना प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले जारी गरेका छन् ... |
आँखामा केवल विकासको लक्ष्य लिएर अगाडि बढेको छुः विनोद चौधरी नवलपरासी। नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले आफूले सुरु गरेको विकासका कामको परिणाम देखिन थालेको बताएका छन् । उनले नवलपरासी १ को विकासका लागि व्यवस्थित रुपमा कामको सुरुवात भएको बताए ।
आइतबार परासीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘ह... |
कोशी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याए स्वीकार नगर्ने चार दलको चेतावनी विराटनगर। कोशी प्रदेश सरकारले संसद्को चालु अधिवेशन स्थगित गरेर अध्यादेशबाट बजेट ल्याउन लागेको विषयमा प्रतिपक्षी चार दलले विरोध गरेका छन् ।
अल्पमतमा परेको नेकपा (एमाले) नेतृत्वको वर्तमान सरकारले यथाशीघ्र विश्वासको मत लिनुको साटो मुख्यमन्त्री हिक्... |
निर्वाचनमा अन्तरघात गर्नेलाई कारबाही गर्ने जसपाको निर्णय काठमाडौं। जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले विसं २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अन्तरघात गर्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने भएको छ ।
उक्त पार्टीको कार्यकारिणी समितिको बैठकले गरेको निर्णयअनुसार चुनावमा अन्तरघात गर्ने नेता तथा कार्यकर्तालाई ... |
बजेट कार्यान्वयन गरेर परिणाम ल्याउन नसक्ने कुरालाई स्वीकार्नुपर्छः गगन थापा काठमाडौं। नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले बजेट कार्यान्वयन गरेर परिणाम ल्याउन नसक्ने कुरालाई स्वीकार गर्नुपर्ने बताएका छन्।
आइतबार संसदमा बजेटमाथिको छलफलका क्रममा थापाले बजेटको आकार ठूलो भएपनि वास्तविक परिणाम दिन नसक्ने भन्दै यसलाई स्व... |
अवकाशप्राप्त एक दर्जन जर्नेलहरु राप्रपाको कार्यक्रममा, लिङ्देन उत्साहित काठमाडौं। राप्रपाको भ्रातृ संगठनको रुपमा रहेको राष्ट्रिय प्रजातान्त्रिक भूतपुर्व सैनिक संगठनको महाधिवेशनको उद्घाटन समारोहमा नेपाली सेनाका अवकाशप्राप्त एक दर्जनभन्दा बढी जर्नेलहरु सहभागी भएका छन्।
संगठनको महाधिवेशनमा शुभेच्छा प्रकट गर्न अवकाश प्राप्... |
जघन्य अपराधमा मुद्दा दर्ता नभए प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ: ज्ञानेन्द्र शाही (भिडियो) काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले युद्ध अपराज जस्तो जघन्य अपराधमा मुद्दा दर्ता भएको भन्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा शाहीले उक्त मुद्धामा जेष्ठ ... |
प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री भट्टराई विरुद्ध सर्वोच्चमा रिट दायर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई कारबाही गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ।
माओवादी सशस्त्र द्वन्द्वकालमा बालबालिकाहरूलाई लडाकुको रूपमा प्रयोग गरेको आरोपमा पूर्व बा... |
लोसपाका अध्यक्ष महन्थ ठाकुर दिल्ली प्रस्थान काठमाडाैं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर नियमित स्वास्थ्य उपचारका लागि भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्।
स्वास्थ्य उपचारको ‘फलोअप’का लागि अध्यक्ष ठाकुर आज दिउँसो दिल्ली प्रस्थान गरेकाे लोसपाका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए।
उनक... |
सांसदहरु भन्छन्- बजेट सन्तुलित देखिएन काठमाडौं। सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा समेटिएका कार्यक्रम सन्तुलिन नभएको, नीति तथा कार्यक्रम र बजेट पनि तालमेल हुन नसकेको टिप्पणी गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै उनीहरुले वर्तमान आर्... |
विभाजित माओवादी घटकहरु पुनर्मिलनको तयारीमा काठमाडौं। टुटफुट र विभाजनबाट आक्रान्त भएका माओवादी घटहरुबीच एकता लागि औपचारिक प्रयत्नको थालनी भएको छ।
माओवादी धारका विभाजित शक्तिहरु पुनर्संगठित हुने प्रयत्न गर्दै एक अर्कालाई एकताको प्रस्ताव गरेका छन्।
लामो समयदेखि एउटै पार्टीमा सहकार्य गरेका माओवादी नेताहरु छिन्नभिन्न भएसँगै... |
के गर्दैछिन् पूर्वराष्ट्रपति विद्या भण्डारी? काठमाडौं। राष्ट्रपतिको रुपमा दुई कार्यकाल पूरा गरी फागुन २९ गते शितल निवासबाट बाहिरिएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी यतिबेला बालुवाटारस्थित छोरी उषाकिरणको घरमा बस्छिन्।
दुई कार्यकाल राष्ट्रपति हुँदा विवाद र प्रसंसा दुवै कमाएकी भण्डारी यतिबेला भने फुर्सदिलो बनेकी छन्। स... |
डिएलएको ४३ सदस्यीय नयाँ कार्यसमिति चयन, अध्यक्षमा केसी निर्वाचित चितवन। नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएसन (डिएलए)को ११औँ महाधिवेशनले सीताराम केसीको नेतृत्वमा ४३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
केसीले छ सय ५३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी लक्ष्मीदेवी दाहाल रावलले एक सय ७७ मत प्राप्त गरे। यस्तै अध्यक्ष पदका अर्... |
राजनीतिक हैसियत र टठ्याइँँ देखाएर उन्मुक्ति पाइँदैन : उपप्रधानमन्त्री श्रेष्ठ महोत्तरी। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासनको प्रत्याभूति दिलाउन प्रतिबद्ध रहेको बताएका छन्। शनिबारदेखि महोत्तरीका विभिन्न कार्यक्रममा सहभागि रहेका उनले आज बिहान बर्दिबास–४ माईस्थानमा स्थानीयवासीसँगको भेटघाटमा भ्रष्टाच... |
राष्ट्रियसभाको अध्यक्ष तिमिल्सिना चीन प्रस्थान, कैलाश पर्वत दर्शन गरेर फर्कने काठमाडौं। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना शनिवार राति चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन्।
तिब्बतको ल्हासामा आयोजना हुने पाँचौ चाईना तिब्बत पर्यटन तथा संस्कृति एक्स्पोमा सहभागी हुन ९ सदस्यीय प्रतिनिधिमण्डलको ने... |
देउवा-कोइराला नजिकिँदै, देउवाकै सहयोगमा सभापति बन्ने शेखरको दाउ काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवाले आफू आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार नबन्ने सार्वजनिक रुपमा घोषणा गरे। कांग्रेस विधानले सभापतिमा दुई पटक भन्दा बढी सभापति बन्न नपाइने व्यवस्था गरिएको छ।
विधानको बन्देज र बढ्दो उमेरका कारण देउवाले आगामी महाधि... |
प्रतिनिधिसभाको बैठक बस्दै, अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नकाे जवाफ दिने काठमाडौं। आज प्रतिनिधिसभाको बैठक बस्दैछ। संघीय संसद भवन बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक बिहान ११ः०० बजे बोलाइएको छ।
आजको बैठकमा आर्थिक बर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफलका साथै सांसदहरुले उठाएका प्रश्नहरुको अर्थमन... |
नेकपा एस कुनै पार्टीमा गएर विलय हुँदैन, बरु पुरानो नेकपा ब्युँताउछः माधव नेपाल भक्तपुर। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी अर्को कुनै पार्टीमा गएर विलय नहुने बताएका छन्। आज भक्तपुरमा एकीकृत समाजवादीको प्रथम जिल्ला अधिवेशनमा बोल्दै उनले एकीकृत समाजवादी अर्को पार्टीमा ... |
बोलेर होइन कामबाट पुष्टि गरौँ : मन्त्री गुरुङ वालिङ । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बोल्नेभन्दा पनि काम गर्ने समय आएको बताएका छन् ।
नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं २ ले आज स्याङ्जाको वालिङमा आयोजना गरेको प्रथम क्षेत्रीय सम्मेलनमा उनले नेताले जनतालाई आश्... |
विकास र समृद्धीको भिजन र दृष्टिकोण एमालेसँग मात्रै छः महेश बस्नेत काठमाडौं। नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य महेश बस्नेतले देश विकास र समृद्धीको भिजन र दृष्टिकोण आफ्नो पार्टीसँगमात्रै रहेको दाबी गरेका छन्।
रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षतकार कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेसँग मात्रै स्थिर सरकार र लिडरसि... |
कोशीबाहेक छ प्रदेशका नीति तथा कार्यक्रम सार्वजनिक, के छन् नयाँ कार्यक्रम? (पूर्णपाठसहित) काठमाडौं। केन्द्र सरकारले आगामी आर्थिक वर्ष २०८०\८१ का लागि वार्षिक बजेट ल्याइसकेको छ । सङ्घीय संसदमा बजेटमाथिको सामान्य छलफल चलिरहँदा प्रदेशमा भने आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यालयमाथिको छलफल सुरु भएको छ । कोशी बाहेकका... |
प्रधानमन्त्री दाहाल पशुपतिनाथ मन्दिरमा (फाेटाेफिचर) काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पशुपतिनाथको मन्दिरमा गएका छन् ।
परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाशशरण महत, पर्यटनमन्त्री सुदन किराँती लगायतसँग प्रचण्ड पशुपतिनाथको मन्दिर पुगेका हुन् । उनले त्यहाँ आरती पनि अवलोकन गरेका छन् ।
|
सत्ता गठबन्धन टुट्दैन, तत्काल एमालेसँग सहकार्य हुँदैन्ः रामहरि खतिवडा काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद रामहरि खतिवडाले तत्काल सत्ता गठबन्धन नटुट्ने बताएका छन् । उनले भविष्यमा हिजो लोकतन्त्रको लागि सँगै लडेको एमालेसँग सहकार्य भने हुनसक्ने विश्वास दिलाए ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको व... |
इतिहासमा पहिलोपटक भारतबाट देशको शीर ठाडो पारेर फर्किएँ: प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले देश र जनताको हितमा एकपछि अर्को काम गर्न थालेपछि भ्रष्टहरू अत्तालिन थालेको बताएका छन्।
शनिबार दिउँसो नुवाकोटको लाँकुरी भञ्ज्याङमा पञ्चकन्या गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै प... |
आम जनता पार्टीका दुई संगठनबीच एकता काठमाडौ । प्रभु साह नेतत्वको आम जनता पार्टी (आजपा)का दुई भातृ संगठनबीच एकता भएको छ।
शनिबार नेपाल क्रान्तिकारी ट्रेड युनियन फेडरेशन र आम ट्रेड युनियन महासंघ बीच एकता भएको अध्यक्ष साहले बताए ।
सो अवसरमा दुईटै संगठनहरूको संयुक्त केन्द्रीय समितिको बैठक पनि बसेको छ। |
राष्ट्रियताको रक्षाका लागि वर्तमान सरकारले केही गर्न सक्दैन : केपी ओली काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको राष्ट्रिय हित र राष्ट्रियताको रक्षाका लागि वर्तमान सरकारले केही पनि गर्न नसक्ने बताएका छन।
शनिबार काठमाडौंमा नेपाल निजामती कर्मचारी संगठनको दोश्रो राष्ट्रिय महिला भेला उद्घाटन गर्दै अध्यक्ष ओलील... |
सत्ता टिकाउन अदालतको आदेशविपरीत रेशम चौधरीलाई आममाफी दिइयोः शेखर कोइराला भक्तपुर। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सत्ता टिकाउनका लागि अदालतको आदेशविपरीत रेशम चौधरीलाई आममाफी दिने निर्णयले लोकतन्त्र कमजोर बनेकोे आरोप लगाएका छन्।
नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले आज यहाँ आयोजना गरेको कांग्रेस भक्तपुर ज... |
प्रजातन्त्र बलियो बनाउन कांग्रेस सुदृढ हुन जरुरी छः सभापति देउवा काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा प्रजातन्त्रलाई बलियो बनाउनका लागि कांग्रेसलाई बलियो बनाउदै लैजानुपर्ने आवश्यकता रहेको बताएका छन्।
शनिबार भक्तपुरमा कांग्रेस भक्तपुरको जिल्ला सम्मेदन उद्घाटन गर्दै सभापति देउवाले कांग्रेस बलियो ... |
राष्ट्रहित विपरितका काम हुन नदिन शसक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्छौं : रवि लामिछाने काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रहित बिपरितका काम हुन नदिन संसदमा शसक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताएका छन्।
शनिबार काठमाडौंमा रास्वपा अर्घाखाँची–काठमाडौं सम्पर्क भेलालाई सम्बोधन गर्दै ला... |
सांसद सोविता गौतमले डिलिट गरिन् ट्वीटर अकाउन्ट काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले सामाजिक सञ्जाल ट्वीटर छाडेकी छिन् ।
हालै मात्रै बैबाहिक बन्धनमा बाँधिएकी सांसद गौतमले आफनो ब्यक्तिगत जीवनमा नकारात्मक प्रतिक्रिया आएपछि ट्वीटर डिलिट गरेको बताएकी हुन् ।
‘पछिल्लो समय त्यो (नकारात्मक) न्युजहरु आईसके ... |
विकासका कुरालाई राजनीतिक आँखाबाट हेर्नु हुँदैन: विनोद चौधरी नवलपरासी। नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले विकास निर्माणको कामलाई राजनीतिक आँखाबाट हेर्न नहुने बताएका छन्।
उनले विकासलाई राजनीतिक रंग दिन नहुने भन्दै गुण र दोषका आधारमा आफूले हेर्ने गरेको प्रष्ट पारे। शुक्रबार नवलपरासीको बर्दघाट नगरपालिकाको नगरस... |
हचुवाको भरमा बोल्दा छिमेकी राष्ट्रसँगको सम्बन्ध बिग्रन्छः मन्त्री साउद भक्तपुर। परराष्ट्रमन्त्री एनपी साउदले हचुवाको भरमा टिप्पणी गर्दा देशको विदेश सम्बन्धमा आँच आउने बताएका छन्। उनले छिमेकी मित्रराष्ट्रको विषयमा हल्का टिप्पणी गर्दा सन्तुलन बिग्रने भएकाले त्यसतर्फ सतर्क हुनुपर्ने बताए।
सहिद राधेश्याम जोन्छेँ स्मृति प्र... |
समानुपातिक बजेट वितरण गर्न सांसदको माग काठमाडौं । प्रतिनिधिसभामा सबै भूगोलका लागि समानुपातिकरुपमा बजेट विनियोजन हुनुपर्ने माग गरिएको छ । सभाको आजको दोस्रो बैठकमा आगामी आर्थिक वर्षको आय र व्ययको अनुमान (बजेट) माथिको जारी सैद्धान्तिक छलफलमा भाग लिँदै उनीहरूले प्रधानमन्त्री, सत्ता गठबन्धका शीर्ष नेता र अर्थमन्त्रीका गृह ज... |
अनुदानको सही उपयोग हुन सकेन, अब सिधै किसानको हातमा दिन्छौँः प्रधानमन्त्री दाहाल काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका अनुभवबाट शिक्षा लिएर यसपटक सिधै किसानको हातमा अनुदान दिने नीति लिएको बताएका छन्र
शुक्रबार दिउँसो काठमाडौँमा आयोजित रिटर्नी सेन्टर नेपालको प्रथम राष्ट्रिय भेलामा उनले विगतमा अनुदानको ... |
भ्रष्टाचार विरुद्धको अभियानमा कांग्रेस खरो रुपमा उभिन्छ : नेता केसी काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले भ्रष्टाचार विरुद्धको अभियानमा कांग्रेस खरो रुपमा उभिने बताएका छन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घले आज यहाँ आयोजना गरेको ‘काठमाडौँ तद... |
कांग्रेसमा दुई पटकभन्दा बढी सभापति हुन पाइँदैन, मैले फेरि हुन्छु भनेको छैनः सभापति देउवा चितवन। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्ने बताएका छन्।
नेपाल डेमोक्र्याटिक लयर एसोसिएसन (डिएलए नेपाल)को ११औँ राष्ट्रिय महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उनले अहिलेको समयमा सबै मिल्नु... |
राजादेखि विप्लव माओवादीसम्म अट्ने प्रणालीबारे बहस गरौंः कमल थापा काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापा पार्टी आबद्ध जनवर्गीय संगठनको संयुक्त विरोध प्रदर्शनमा सहभागी हुँदै सम्बोधनसमेत गरेका छन् । आक्रोश युक्त भाषण गरेका थापाले गणतन्त्रका सम्बाहक शक्तिमाथी बारम्बार प्रश्न उठाएका थिए ।
उनले गणतन्त्रले देशलाई स्थायी र... |
रोजगारी सिर्जनालाई प्राथमिकता दिइएको लुम्बिनीको नीति कार्यक्रम (पूर्णपाठ) लुम्बिनी। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८०\०८१ को नीति तथा कार्यक्रम ल्याएको छ ।
शुक्रबार प्रदेश सभामा प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । १६९ बुँदामा समेटिएको नीति तथा कार्यक्रममा रोजगारी सिर्जना गर्... |
बजेटले आर्थिक संकटलाई सामना गर्न सक्दैनः राप्रपा काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले ल्याएको बजेटले मुलुकको आर्थिक संकटलाई सामना गर्न नसक्ने निष्कर्ष निकालेको छ।
शुक्रबार काठमाडौंमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले बजेटले जनताको आशा जगाउन नसकेको र आर्थिक संकटलाई सामना गर्न नसक्ने निष्कर्ष ... |
बजेटको न्यायपूर्ण ढंगले वितरण हुनुपर्छ : सांसद केसी काठमाडौँ। सांसद अर्जुनरसिंह केसीले बजेटको न्यायपूर्ण ढंगले वितरण हुनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उनले बजेटको न्यायपूर्ण ढंगले वितरण हुनुपर्नेमा जोड दिए।
उनले भने, “निरपेक्ष गरिब... |
प्रधानमन्त्री दहालविरूद्धको ‘युद्ध अपराध’सम्बन्धी रिट दर्ता गर्न बाटो खुल्यो काठमाडौं। सर्वाेच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध ‘युद्ध अपराध’को सम्बन्धीको रिट निवेदन दरपिट गर्ने आफ्नै प्रशासनको निर्णय खारेज गरेको छ।
सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजालासले शुक्रबार उक्त रिट निवेद... |
एमाले नेतामाथिको आक्रमणमा सत्ताधारीको संलग्नता देखियो : योगेश भट्टराई काठमाडौँ। नेकपा एमालेका सांसद योगेश भट्टराईले कोशी प्रदेश नामाकरणपछि आफ्ना नेतामाथिको आक्रमणमा सत्ताधारीको संलग्नता देखिएको आरोप लगाएका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सत्ताधारीकै समूहबाट आक्रमण हुँदा प्रहरी मौन बसेको आरोप लगाउँदै गृहमन... |
फेरि बहसमा ग्रेटर नेपाल, सम्भव छ? काठमाडौं। भारतले नवनिर्मित संसद भवनको भित्तामा अखण्ड भारतको नाममा नेपालको भूभाग समेटिएको नक्सा सार्वजनिक गरेपछि नेपालमा ग्रेटर नेपालको चर्चा सुरु हुन थालेको छ।
भारतले आफ्नो संसद भवनमा मुरल नक्सा सार्वजनिक गर्दै नेपालको कपिलबस्तु र लुम्बिनी समावेश गरेपछि अहिले नेपालको ग्रेटर नेपालको नक्... |
राष्ट्रपति पौडेलसँग स्विस राजदूतको बिदाई भेट काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले आज बिदाई भेट गरेका छिन्। राजदूत क्यापलर आफ्नो साँढे पाँच वर्षे कार्यकाल समाप्त गरेर स्वदेश फर्कँदै छिन्।
राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा राष्ट्रपति पौडेलले स्विस सरकारले नेपालको... |
जलहरी बहस संसदको रेकर्डबाट हटाइएकोमा रामहरि खतिवडाको आपत्ति काठमाडौँ। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदमा रेकर्डबाट हटाउने परम्परा अन्त्य हुनु पर्ने बताएका छन्।
प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै सांसद खतिवडा जलहरी प्रकरण सांसदमा उठेको तर पछि हटाएको भन्दै आपत्ति समेत जनाएका छन्।
‘महालेखाको प्रतिवेदनमा नै पशुप... |
प्रतिनिधिसभामा एमालेको विरोध, सरकारले सुरक्षा नदिएको आरोप काठमाडाैं। प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले विरोध जनाएको छ।
एमालेले पार्टीका केन्द्रीय सदस्य एवं कोशी प्रदेशसभाका संसदीय दलका उपनेता राम रानामाथि बिहीबार इलाममा आक्रमण भएको घटनालाई लिएर विरोध जनाएको हो।
शुक्रबार प्रतिनिधिसभा बैठक... |
प्रधानन्यायाधीशमा सिफारिस कार्कीविरुद्ध बहालवाला न्यायाधीशकै उजुरी (उजुरीसहित) काठमाडौं। संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेका हरिकृष्ण कार्की विरुद्ध बहालवाला न्यायाधीशले नै उजुरी दिएका छन्।
संसदीय सुनुवाइ विशेष समितिले कार्कीविरुद्ध उजुरीको सार्वजनिक आह्वान गरेपछि उनीविरुद्ध बहालवाला जिल्ला न्यायाधीश डा.... |
बजेटकाे सैद्धान्तिक धरातल कमजाेर, गन्तव्य अस्पष्ट : सांसद ढकाल काठमाडाैं। प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसद एकनाथ ढकालले सरकारले संसदमा पेश गरेकाे बजेटकाे सैद्धान्तिक धरातल कमजाेर र गन्तव्य अस्पष्ट रहेकाे बताएका छन्।
बिहीबार प्रतिनिधिसभामा बजेटमाथिकाे छलफलमा भाग लिँदै सांसद ढकालले सरकारको नीति तथा कार्यक्रम र बजेट ... |
कानुन निर्माणको मूल थलोमै मर्यादाको प्रश्न ! काठमाडौं। प्रतिनिधिसभा नियमावलीमा सभामुखले बोलेको कुरा ध्यानपूर्वक सुन्नुपर्ने, उनले समय दिएपछि मात्र बोल्नुपर्ने, पिठ्युँ फर्काएर बस्न र उभिन नहुने तथा सभामुखको आशन र बोलिरहेको सदस्यको बीचबाट हिँड्नसमेत नहुनेजस्ता कुरा उल्लेख छ।
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै राजनीति... |
राप्रपा नेपालले आज बिरोध प्रदर्शन गर्ने काठमाडौं। राप्रपा नेपालका जनबर्गीय संगठनहरुले संयुक्त रुपमा भ्रष्टाचार, कुशासनसँगै नागरिकता विधेयक र संघीयताको खारेजी र हिन्दराष्ट्रको माग राखी आज काठमाडौंमा बिरोध प्रदर्शन गर्ने भएको छ।
दिउँसो २:०० बजे बबलमहलमा जम्मा भई जुलुस प्रदर्शन गर्दै नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत हुन... |
आज प्रतिनिधिसभा बैठक बस्दै, बजेट माथिको छलफल जारी रहने काठमाडौं। आज प्रतिनिधिसभाको बैठक बस्दैछ। संघीय संसद भवन बानेश्वरमा उक्त बैठक बस्न लागेको हो। बैठक बिहान ११ः०० बजे बस्नेछ।
आज बस्ने बैठकमा आर्थिक बर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहनेछ।
गत जेठ १५ गते अर्थमन्त्री प्रकाशशरण महतले ... |
‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीले के भने ? काठमाडाैं । भारतीय विदेशमन्त्री एस जयशङ्करले ‘अखण्ड भारत’ नक्साका विषयमा स्पष्ट पार्दै सो विषयका बारेमा छिमेकी मुलुकहरूले बुझिसकेका छन् भन्ने आफूलाई लागेको बताएका छन् ।
भारतको नवनिर्मित संसद् भवनमा राखिएको उक्त भित्ते नक्सामा नेपालको समेत केही भूभाग समेटिएको भन्दै न... |
मविरुद्ध पापी मनहरूको घेराबन्दी छ : मन्त्री किराती खोटाङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूविरुद्ध पापी मनहरूले घेराबन्दी गरेको बताएका छन् । खोटाङको दिक्तेल बजारमा जडान गरिएको अग्नि नियन्त्रण यन्त्र (फायर हाइड्रेन्ट गेट भल्भ) उद्घाटन कार्यक्रममा उनले तीन वटा सानो जहाज किन्ने प्रक्रिया थालेपछि... |
कांग्रेसको सदस्यता र नवीकरण अनलाइनमार्फत भर्न सकिने काठमाडौं । नेपाली कांग्रेसले असार १ देखि सदस्यता वितरणलाई अनलाइनमार्फत गर्ने भएको छ । धनकुटाको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री गगन थापाले पार्टी सदस्यता अनलाइनमार्फत वितरण गर्ने व्यवस्था गर्न लागिएको बताएका छन् ।
उनले सदस्यता नवीकरण तथा नयाँ सदस्य... |
‘नहुनु मामाभन्दा कानो मामा बेस’ भन्ने शब्द संसद्को अभिलेखबाट हटाउन निर्देशन काठमाडौं । उपसभामुख इन्दिरा रानाले ‘नहुनु मामाभन्दा कानो मामा बेस’ भन्ने शब्दावली संसद्को अभिलेखबाट हटाउन निर्देशन दिएकी छन् ।
आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलका क्रममा सांसद डिल्लीराज पन्तले ‘नहुनु मामाभ... |
‘प्रचण्ड संरक्षित गुण्डाहरु’बाट एमालेमाथि आक्रमण भइरहेको छ अब प्रतिवाद गर्छौं : ओली काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले पहिचानवादीलाई प्रोत्साहित गरेर एमालेमाथि आक्रमण गराइरहेको आरोप लगाएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा (एकीकृत समाजवादी) पार्टी परित्याग गरी एमालेमा समाहि... |
नेपालले पनि ग्रेटर नेपालको नक्सा निकाल्छ : गगन थापा विराटनगर। कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालले पनि ग्रेटर नेपालको नक्सा निकाल्न सक्ने बताएका छन् ।
बिहीबार विरागटर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कुनै देशले सांस्कृतिक नक्सा बनाएर अघि बढाउँदा नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउन सक्ने बताएका हु... |
‘अखण्ड भारत’ को नक्सालाई काउण्टर दिँदै मेयर शाहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन्।
भारतले अखण्ड भारतको नाममा नेपालको भूमि समेटेर सार्वजनिक गररेको नक्साको सर्वत्र विरोध भइरहँदा मेयर शाहले महानगरको कार्यकक्षमा सुग... |
राप्रपा नेपालले शुक्रबार विरोध प्रदर्शन गर्ने काठमाडौँ। राप्रपा नेपालका जनवर्गीय संगठनहरुले संयुक्त रुपमा भ्रष्टाचार, कुशासन सँगै नागरिकता विधेयक र संघीयताको खारेजी र हिन्दराष्ट्रको माग राखेर शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ।
शुक्रबार दिउँसो २ बजे बबलमहलमा जम्मा भई जुलुस प्रदर्शन गर्दै नयाँ बानेश्वर पुग... |
नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियामा मेरो विमति छ: रवि लामिछाने (भिडियो) काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियामा विमति रहेको बताएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिदै लामिछानेले नागरिकता विधेयक सदनमा ल्याएर छलफल गरेको भए छलफ... |
नेसपाको केन्द्रीय समिति बैठक भक्तपुरमा सुरु काठमाडौं। नेपाल समाजवादी पार्टी, (नेसपा) को केन्द्रीय समिति बैठक भक्तपुरमा सुरु भएको छ । बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रम तय गर्ने नेसपाका अध्यक्ष डा बाबुराम भट्टराईले जानकारी दिए।
बैठकमा अध्यक्ष डा भट्टराईले राजनीतिक प्रतिवेदन... |
जहाज किन्न लाग्दा घेराबन्दी सुरू गरियाे : मन्त्री किराँती खोटाङ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले जहाज किन्न नदिन आफूविरुद्ध घेराबन्दी सुरु गरिएको बताएका छन्।
बिहिबार खोटाङको दिक्तेलबजारमा बनाइएको अग्नि नियन्त्रण यन्त्र उद्घाटनका क्रममा मन्त्री किराँतीले तीनवटा सानो जहाज किन्ने प्रक्रिया थालेपछि... |
वामदेवको नजर एमालेतिर, ७० वर्षे उमेरहदको प्रावधान हटेपछि उत्साहित काठमाडौं। राजनीतिक रुपमा दोधारमा रहेका नेकपा (एकता राष्ट्रिय अभियान) का संयोजक वामदेव गौतम एमालको ७० वर्षे उमर हद हटेपछि उत्साहित देखिएका छन्।
एमालेको भर्खरै सम्पन्न पाँचौ केन्द्रीय कमिटीको बैठकले यस अघि पार्टीमा लागू भएको ७० वर्षे उमेर हद हटाउने निर्णय ... |
प्रधानमन्त्री दाहालसँग देउवा सशंकित, बस्नै छाड्यो गठबन्धनको बैठक काठमाडौं। एमालेसँगको गठबन्धन तोडेर कांग्रेससँग गठबन्धन गरेर ‘कम्फर्टेवल फिल’ गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादु देउवाबीचको सम्बन्धमा ‘दरार’ आएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका नेता एवं पूर्वगृहमन्त्री बालकृ... |
जसपाको केन्द्रीय कार्यर्काकारिणी समितिको बैठक बस्दै काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यर्काकारिणी समितिको बैठक बोलाएको छ।
जेठ २७ गते बस्ने बैठकमा विधान अधिवेशनको तयारी, समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुने जसपाका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
बैठक पार्टी कार्याल... |
बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रीय समितिको बैठक आजबाट काठमाडौं। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक बस्दैछ।
उक्त बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रम बारे निर्णय गर्नेछ।
सो बैठकमा अध्यक्ष भट्टराईले ‘अबको राष्ट्रको संकल्पः नयाँ समाज... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.