content
stringlengths
20
64.1k
सञ्चार मन्त्री शर्मा भन्छिन्- सूचना प्रविधिको प्रयोग बढ्दो, तर राजस्व घट्दो किन ? काठमाडौं। विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर आज नेपाल दूरसञ्चार प्राधिकरणले ‘स्पेक्ट्रम म्यानेजमेन्ट’ सम्मेलनको आयोजना गरेको छ । सम्मेलनका क्रममा ‘नेपालमा दूरसञ्चारको बजार र आगामी बाटो’, ‘उदाउँदो मोबाइल प्रविधि’ र ‘इन्टरनेटको वर्तमान अवस्था र भविष्यको आवश्यकता’लगायत तीन सत्रका विभिन्न विषयमा विज्ञसँग अन्तरक्रिया गरिने प्राधिकरणका निर्देशक दीपेश आचार्यले जानकारी दिए। सम्मेलनमा ‘अतिकम विकसित मुलुकमा दूरसञ्चारको बजारः चुनौती र आगामी बाटो’, ‘नेपालको सूचना प्रविधि बजारको वर्तमान अवस्था’, ‘नेपालको दूरसञ्चार बजारको विश्लेषण र डिजिटल अर्थतन्त्रमा यसको भूमिका’, ‘नेपालमा फाइभ–जीको बाटो’, ‘विकसित मुलुकमा फाइभ–जीको अभ्यास’, ‘नेपालमा फाइभ–जीको बजार’लगायत विषयमा वक्ताहरुले प्रस्तुति दिनेछन्। सम्मेलनको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उद्घाटन गरिन् । उद्घाटनका क्रममा उहाँले सूचना प्रविधिसम्बन्धी सेवालाई सस्तो र गुणस्तरीय बनाउँदै सबैको पहुँचमा पु¥याउने सन्दर्भमा सेवा प्रदायक र नियामकले विशेष ध्यान दिनुपर्ने बताइन् । सरकार सूचना प्रविधिको पहुँच हुने र नहुनेको दूरी कम गर्न लागिपरेको जानकारी दिँदै उहाँले अझै पनि दूरदराजमा गुणस्तरीय मोबाइल सेवा नपुगेकातर्फ सेवा प्रदायकले सोच्नुपर्ने बताइन्। सूचना प्रविधिमा पहुँच हुने र पहुँच नहुने बीचको खाडल कसरी पुर्ने भन्ने विषयमा मिलेर काम गर्नु जरुरी रहेको जनाउँदै उनले विश्व बजारमा प्रविधि विकासको प्रतिस्पर्धामा उभिनका लागि तयार हुँदै गर्दा अर्कातिर भने यही देशको दूरदराजमा रहेका जनताले राम्रो दूरसञ्चारको सेवा पाइरहेका छैनन् भन्नेतर्फ ध्यान दिनुपर्ने बताइन् । “दूरसञ्चार क्षेत्रमा देखिएका समस्या, कमीकमजोरी, सुधार्नुपर्ने विषय, सूचना प्रविधि क्षेत्रबाट राजस्व सङ्कलन गर्ने, ‘डिजिटल डिभाइड’ कम गर्ने, दूरसञ्चार सेवाको गुणस्तर सुधार गर्नेलगायत विषयमा सम्मेलनमा घनिभूत छलफल हुनुपर्छ, विगतमा के–के भए त्यसको समीक्षा हुनुपर्छ”, उनले भनिन्। उनले सूचना प्रविधिको क्षेत्रमा सरकारका साथै निजी क्षेत्रले पनि लगानी बढाउनुपर्ने, प्रविधिको प्रयोग दिनप्रतिदिन बढ्दै गएको भए पनि यस क्षेत्रसँग सम्बन्धित राजस्व घट्दै गइरहेको विषयमा गम्भीर छलफल हुनुपर्ने बताइन्। “दिनप्रतिदिन दूरसञ्चार क्षेत्रको प्रविधिको प्रयोग विस्तार भइरहेको छ, तर राजस्व घट्दै आउने देखिएका छ, यसको कहाँनेर समस्या हो रु यसलाई कताबाट हल गर्नुपर्छ भन्ने विषयमा विशेष ध्यान दिन जरुरी छ”, मन्त्री शर्माले भनिन्। मन्त्रालयका सचिव कृष्णबहादुर राउतले सूचना प्रविधिको आविष्कारलाई मुलुकको आर्थिक समृद्धि, सामाजिक जीवनको उन्नतिका लागि सदुपयोग गर्नुपर्नेमा जोड दिए। डिजिटल विभेद न्यून तथा डिजिटल समावेशिता कायम गर्ने गरी पूर्वाधार निर्माण गर्न सरकार जुटेको उनको भनाइ थियो । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मुलुकको आर्थिक विकासमा डिजिटल रुपान्तरणले सहयोग पु¥याएको जनाउँदै दीर्घकालीन पूर्वाधार निर्माणमा प्राधिरकण जुटेको बताए। रासस
मदन भण्डारी र जीवराज आश्रितका सपना पूरा गर्नुपर्छः केपी ओली काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी र जीवराज आश्रितका सपना पूरा गर्नुपर्ने बताएका छन्। एमालेले मदन भण्डारी र जीवराज आश्रितको ३०औँ स्मृति दिवसको अवसरमा आज मदननगर बल्खुस्थित एमालेको पुरानो पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा उनले दुई नेताले छोडेर गएको अभिभारा पूरा गर्नुपर्ने बताए। “मुलुक बनाउन बोकेका सपना पूरा गर्न नभ्याउँदै उहाहरुको हत्या भयो,” अध्यक्ष ओलीले भने, “त्यो सपना आज उहाँहरुका उत्ताराधिकारी तपाई हामीले पूरा गर्नुपर्नेछ ।” उनले मदन भण्डारीका सपना पूरा गर्न चुनौती रहेको तर षड्यन्त्रलाई परास्त गरी उहाँको सपनालाई साकार पार्नुपर्ने बताए। अध्यक्ष ओलीले पार्टी एकताबद्ध र सङ्गठन सृदृढ भएर अघि बढ्यो भने मात्र उहाँहरुले छोडेर जानुभएको अभिभारा पूरा गर्न सकिने धारणा राखे। अध्यक्ष ओलीले मदन भण्डारीले अघि सारेको जनताको वहुदलीय जनवाद (जबज)का उद्देश्य साकार पार्न नयाँ ढङ्गले सङ्कल्प गर्ने धारणा राखे। उनले मुलुकको परिस्थिति जटिल रहेकाले अहिलेको राजनीतिलाई हल्काफुल्का नलिन आग्रह गरे । एमालेले देश, जनता, परिवर्तन, सुशासनका लागि एकता गर्ने उनको भनाइ थियो । मदन नगर बल्खुमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीलगायतका शीर्ष नेताहरुले नेता भण्डारीको शालिकमा माल्यापर्ण गरे।
चोलेन्द्रको महाअभियोग निष्क्रिय सबन्धी मुद्दामा आज संवैधानिक इजालासमा सुनवाई हुँदै काठमाडौं। तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाअभियोग सबन्धी रिटको सुनवाई आज संबैधानिक इजालासमा हुदैँछ । संघीय संसदको महासचिव भरतराज गौतमले संसद अधिवेसन समाप्त भएकाले राणा माथी लगाइएको महाअभियोग पनि स्वतः निष्क्रिय भएको भन्दै लेखिएको पत्रका बारेमा आज संबैधानिक इजालासमा सुनवाई हुन लागेको हो । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वको संवैधानिक इजलासमा रिटको सुनुवाइ हुनेछ । गत वैशाख ६ गते सुनुवाइका लागि पेसी तोकिए पनि समयअभावको कारण देखाउँदै ‘हेर्न नभ्याइने’ भन्दै सो दिन सुनुवाइ स्थगित गरिएको थियो ।
डिल्लीबजार कारागारमा नागरिक उन्मुक्तिकाे बैठक, जेलर महत भन्छन्-कारागारमा बैठक गर्न बन्देज छ काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रहेका रेशम चौधरीले सर्वोच्च अदालतको फैसलापछि पार्टीका नेताहरुसँग आन्तरिक छलफल गर्न डिल्लीबजार कारागारमा बैठक बोलाएका छन्। उनले मंगलबारको सर्वोच्चको फैसलाबारे पार्टीका नेताहरुसँग आन्तरिक छलफल गर्न बोलाइएको बैठक अहिले जारी छ। टिकापुर घटनाको प्रमुख दोषी ठहर गर्दै टिकापुर जिल्ला अदालत र दिपायल उच्च अदालतले चाधरीलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेपछि हाल चौधरीले डिल्लीबजार कारागारमा कैदभुक्तान गरिरहेका छन्। उच्च अदालतको फैसला विरुद्ध रेशमले सर्वोच्चमा पुनरावेदन गरेका थिए। तर मंगलबार सर्वोच्चको न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलाशले जिल्ला र उच्च अदालतको फैसला सदर गर्दै जन्मकैदको फैसला गरेको हो। सर्वोच्च अदालतले टिकापुर घटनामा दोषी ठहर गर्दै जिल्ला र उच्च अदालतले गरेको फैसला मंगलबार सदर गरेपछि पार्टीका नेताहरुसँग छलफल गर्न कारागारमै बैठक बोलाएका हुन्। नागरिक उन्मुक्तिको अध्यक्ष रहेकी रेशम चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ सरकारको भूमि व्यवस्था तथा सहकारी मन्त्री रहेकी छिन्। रेशम चौधरीको रिहाइको प्रमुख माग राखेको नागरिक उन्मुक्ति सर्वोच्चको फैसलापछि सरकारबाट बाहिरिन सक्ने सम्भावना रहेको समेत बताइन्छ। यही विषयमा डिल्लीबजार कारागारमा रहेका चौधरीले पार्टीका नेताहरुसँग छलफल गरिरहेका छन्। तर, नागरिक उन्मुक्तिका संरक्षक रहेका रेशम चौधरीले डिल्लीबजार कारागारमा बैठक बोलाएको बारे कारागार प्रशासनले अस्वीकार गरेको छ। डिल्लीबजार कारागारका प्रमुख रोमबहादुर महतले कारागारमा राजनीतिक दलको बैठक गर्न बञ्देज लगाइएको बताए। उनले डिसी नेपालसँग भने, ‘कारागारमा कैदी बन्दीका आफन्तर कानून व्यवसायी बाहेक अन्य राजनीतिक दलको बैठक छलफल गर्न बन्देज छ।’ उनले चौधरीका नातेदार र कानून व्यवसायीसँग भेटघाट बाहेक अन्य प्रयोजनको बैठक गर्न नमिल्ने जिकिर गरे। केही नातेदार, शुभचिन्तक र कानून व्यवसायीसँग सामान्य भेटघाट भएको हुन सक्ने बताउँदै दलको बैठक गर्न कारागारमा बन्देज लगाइएको उनले प्रष्ट्याए।
पूर्वराष्ट्रपतिद्वारा मदन भण्डारीको सालिकमा माल्यार्पण काठमाडाैं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको सालिकमा माल्यार्पण गरेकी छन्। मदन भण्डारी-जीवराज आश्रित स्मृति दिवसका अवसरमा कोटेश्वरस्थित मदन बाटिकामा रहेको उनको सालिकमा पूर्वराष्ट्रपति भण्डारीले माल्यार्पण गरेकी हुन्। यसैगरी पूर्वराष्ट्रपति भण्डारीले तीनकुनेस्थित मदन स्मृति उद्यानमा वृक्षरोपणसमेत गरेकी छन्। उद्यानमा उनले स्वामीको बिरुवा रोपे। पूर्वराष्ट्रपति भण्डारीसँगै एमाले स्थायी कमिटी सदस्य अग्नि खरेलले समेत स्वामीको बिरुवा रोपिन्। यसैगरी पूर्वराष्ट्रपति भण्डारीले महादेवस्थान नजिक रहेको मदन भण्डारी स्मृति सामुदायिक पुस्तकालयको समेत आज अवलोकन गरिन्। विसं २०५० जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटना परी तत्कालीन एमाले महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको निधन भएको थियो। एमाले र नेकपा (एकीकृत समाजवादी)ले आज विभिन्न कार्यक्रम गरी ३०औँ मदन-आश्रित स्मृति दिवस मनाउँदैछन्। रासस
मदन भण्डारी : माक्सर्वादलाई सिर्जनशीलरुपमा प्रयोग गर्ने नेता काठमाडौं। आज मदन भण्डारी र जीवराज आश्रितको ३०औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी)ले आज विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउँदै छन्। एमालेले स्मृति दिवसका अवसरमा आज मदन नगर बल्खुस्थित पुरानो पार्टी कार्यालयमा ‘मदन-आश्रित स्मृति कार्यक्रम’ गर्दैछ। कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीलगायत पार्टीका शीर्षनेताले जननेता भण्डारी र नेता आश्रितको तस्बिरमा माल्यार्पण गर्ने कार्यक्रम छ। तत्कालीन नेकपा (एमाले) का महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटनामा परी निधन भएको थियो। भण्डारीको निधनबाट नेपाली कम्युनिष्ट एवं लोकतान्त्रिक आन्दोलनले अपूरणीय क्षति व्यहोरेको नेताहरू बताउँछन्। एमालेले भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)लाई पार्टीको सिद्धान्त बनाएको छ। एमालेले पाँचौं राष्ट्रिय महाधिवेशनबाट जबजलाई नेपाली क्रान्तिको मौलिक कार्यक्रमका रूपमा पारित गर्दै सिद्धान्त बनाएको हो। जबजलाई एमालेले नेपाली क्रान्तिलाई मार्गदर्शन गर्ने सिद्धान्तका रूपमा लिएको छ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले भण्डारीको निधनबाट कम्युनिष्ट आन्दोलन मात्र नभई मुलुकले नै क्षति व्यहोरेको बताए। छोटो समयमा संसद्मा खेलेको भूमिकाको चर्चा गर्दै उनले भण्डारीको अभाव अहिले पनि खट्किएको बताए। “भण्डारी अहिले भइदिएको भए मुलुकमा अहिलेको समस्या आउँदैनथ्यो होला”, सभामुख घिमिरेले भने। भण्डारी छोटो अवधिमा कम्युनिष्ट आन्दोलनलाई अगाडि लैजान, संसदीय राजनीतिमा जनताको बीचमा गएर पार्टीलाई लोकप्रिय बनाउन र पार्टीले लिएका नीतिलाई व्यवहारमा लागू गर्न सफल नेताका रूपमा सभामुख घिमिरे स्मरण गर्छन्। विचारलाई व्यवहारमा उतारेर सबैलाई सञ्चालन गर्न सक्ने नेताको अभावले गर्दा अहिले राजनीति जसरी विकास हुनुपर्दथ्यो त्यो हुन नसकेको उनको भनाइ छ। “नेता भण्डारी भइदिएको भए अहिले मुलुकमा जे समस्या देखापरेका छन्, यस्तो स्थिति आउँदैन्थ्यो भन्ने कुरा सजिलै भन्न सकिन्छ। त्यो कुराको महसुस मैले गरेको छु र अन्यले पनि गर्नुभएको होला”, सभामुख घिमिरेले भने। विश्वभरि कम्युनिष्ट अन्दोलन कस्तो हुने भन्ने चर्चा भइरहेको बेला भण्डारीले सिर्जनात्मक ढंगले नेपालको कम्युनिष्ट आन्दोलन उचाइमा पुर्‍याएका थिए। भण्डारीले समकालीन राजनीतिमा माक्सर्वाद र लेनिनवाद सिद्धान्तलाई तत्कालीन परिस्थितिअनुसार वैज्ञानिक ढंगबाट बुझेर त्यस अनुरुप लागू गरे। “भण्डारी आफ्नो समयमा माक्र्सवादलाई कस्तो र कसरी प्रयोग गर्नुपर्दछ भन्ने बारेमा माक्सर्वाद दर्शनलाई जनताको बहुदलीय जनवाद (जबज) परिणत गरेर व्यवहारमा प्रयोग गर्न सक्ने सफल दार्शनिक नेता हुनुहुन्थ्यो”, सभामुख घिमिरेले भने, “माक्सर्वादलाई सिर्जनात्मक ढंगबाट देशको परिस्थितिअनुसार कसरी प्रयोग गर्न सक्नुपर्दछ भन्ने कुरामा स्पष्ट दृष्टिकोण राख्ने र त्यसलाई व्यवहारमा लागू गर्न सक्ने उहाँ सक्षम नेता हो।” एउटै कमिटीमा रहेर काम गरेका सभामुख घिमिरेले भण्डारी स्पष्ट दृष्टिकोण, सरल व्यवहार र आफ्नो कुरालाई तर्कले पुष्टि गर्न सक्ने नेताका रूपमा परिचित रहेको बताए। भण्डारीले पुष्पलालसँग विद्रोह गरेदेखि नै आफूले संगत गरेको घिमिरेले बताए। यसैबीच मदन-आश्रित स्मृति दिवसका अवसरमा आज पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी कोटेश्वरस्थित मदन बाटिकामा हुने कार्यक्रममा सहभागी हुनुहुने छ। भण्डारीले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन संकटमा परेका बेला जनताको बहुदलीय जनवाद (जबज)को नेपालमा आधारस्तम्भ निर्माण गरेका थिए। जुन जबज माक्र्सवादको नेपाली संस्करण थियो। एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भण्डारीसँग १५ वर्ष को-अर्डिनेशन केन्द्रको एउटै कमिटीमा रहेर काम गरेको बताए। उनले जबजजस्तो गतिशील विचार-निर्माण गरेर भण्डारीले माक्स्वादलाई नेपालको विशिष्टितामा लागू गरेको उल्लेख गरे। “भण्डारीले माक्सवार्दलाई नेपालको विशिष्टतामा लागू गर्न जबज सिद्धान्त बनाउनुभएको छ”, पोखरेलले भने, “एमालेले अहिले उहाँको विचार जबजलाई मार्गनिर्देशक विचारका रूपमा अँगालेको छ।” एमालेको नीति तथा कार्यक्रम जबजकै आधारमा रहेको उनको भनाइ छ। “सिद्धान्तलाई सिर्जनशीलतामा लागू गर्ने नेताका रूपमा भण्डारी चिनिनुहुन्छ”, नेता पोखरेलले भने, “भण्डारीले कम्युनिष्ट पार्टीका विचारलाई विशिष्टतामा लागू गर्नुभएको छ।” एमाले नेता मुकुन्द न्यौपानले भण्डारी र आश्रितको निधनले कम्युनिष्ट आन्दोलनलाई ठूलो क्षति पुगेको बताए। उनले विलक्षण प्रतिभा, सरल व्यवहार, आफ्नो अडान र दृष्टिकोणलाई तर्कसंगतरूपमा राख्न सक्ने कहिल्यै नबिर्सने दूरगामी नेताका रूपमा दुवैजना चिनिएको बताए। न्यौपानेले २०३४ सालदेखि भण्डारीसँगै काम गरेको स्मरण गर्दै उनी जनताको भावना बुझ्ने नेताका रूपमा परिचित रहेकाे बताए। “दूरदर्शी क्षमताका साथै जनताको भावना बुझेर उहाँ व्यवहारमा लागू गर्नुहुन्थ्यो”, न्यौपानेले भने, “जननेता सबै हुदैनन्, उहाँमा जननेता हुने गुण थियो।” नेता न्यौपानले मनमोहन अधिकारीले पनि रुचाएको नेता भण्डारी भएको उल्लेख गदै अधिकारी र भण्डारीको सांगठनिक एकताले नै एमालेले २०४८ सालमा ६९ सिट तथा २०५१ सालको निर्वाचनमा पहिलो पार्टी भएको बताए। उनले जनताको बीचमा गएर संगठन विस्तार गर्ने भण्डारीको कार्यशैलीका कारणले एमाले जनताबीच लोकप्रिय भएको बताए। भण्डारीलाई अध्ययनशील, छिटो कुरा बुझ्ने नेताका रूपमा न्यौपाने सम्झिन्छन्। उनका अनुसार भण्डारीमा विचारको व्यवस्थापन, संगठन व्यवस्थापन र कार्यशैलीको व्यवस्थापनजस्ता गुण थिए। “उहाँ सधैँ जनताकहाँ जाने, जनतासँग लिने र जनतालाई नै दिनेजस्ता कुरा गर्नुहुन्थ्यो”, नेता न्यौपानेले भने। भण्डारीले अघि सार्नुभएको जबज सिद्धान्तलाई नेपालको माटो सुहाउँदो परिस्कृत गर्न सके मुलुकको विकास गर्न सकिने धारणा उनले राखे। विश्व प्रसिद्ध अमेरिकी म्यागेजिन न्यूजविकले भण्डारीसँग लिएको अन्तर्वार्ताको हेडलाइनमा ‘इन नेपाल, कार्लमाक्र्स लिभ्स’ लेखिएको थियो। विसं २०४६ मा भएको नेकपा (माले) को चौथो महाधिवशेन र २०४७ सालमा नेकपा (माले) र नेकपा (माक्सर्वादी) बीच एकता भई भण्डारी नेकपा (एमाले)को महासचिव बनेका थिए। यस्तै एमालेको २०४९ सालमा भएको पाँचौँ महाधिवेशनबाट पनि उनी महासचिवमा चुनिएको थिए। भण्डारी २०४८ सालको संसदीय निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ बाट निर्वाचित भएका थिए। शरद् शर्मा/ रासस
एमसीसी पारित भएपछि अमेरिकन सक्रियता बढ्न थाल्यो : झलनाथ खनाल काठमाडौँ। नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले नेपाल प्रति बैदेशिक चासोसहित हस्तक्षेप बढेको बताएका छन्। अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित भए पछि अमेरिकन सक्रियता र चासो थप बढेको नेता खनालले बताएका छन्। आज बिहान काठमाडौंमा आयोजित ३० औं मदन–आश्रित स्मृति दिवसलाई सम्बोधन गर्दै एमसीसी पारित भएपछि अमेरिकन नेताहरु निरन्तर नेपाल आउन थालेका हुन्। ‘एमसीसी पारित भए पछि अमेरिकन नेताहरु निरन्तर नेपाल आएका छन्, आउने बितिक्कै उनीहरु तिब्बतियनहरुलाई भेट्न पुग्छन् र गृहमन्त्रीलाई भेटेर उनीहरुको परिचय पत्र बनाउन लगाउँछन्,’ उनले भने, ‘यो सब भईरहेको विषयलाई गम्भिर रुपमा हेर्नुपर्छ, अमेरिकनहरुबाट खुल्लम खुल्ला रुपमा यस्तो बैदेशिक हस्तक्षेप यसअघि कहिल्यै भएको थिएन।’ पछिल्लो समयमा राष्ट्र र राष्ट्रियतामाथि विदेशी चलखे‍ल थप बढेको उल्लेख गर्दै नेता खनालले देशमा संकट पर्दा मदन भण्डारीलाई स्मरण गर्नुपर्ने अवस्था आएको जनाएका छन्। भण्डारीले बैदशिक हस्तक्षेपका विरुद्ध डटेर सामना गर्नका लागि सदैव प्रेरणा दिने गरेको पनि खनालले स्मरण गरेका छन्। नेकपा एमालेसँग अलग भए पछि मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)का बिपक्षमा उभिदै आएका खनालले बामपन्थी एकता कायमै राख्न सकेमा सातवटै प्रदेशमा कम्युनिष्टहरुको सरकार भन्न बाँकी राखेनन्। ‘बामपन्थीहरु बित एकता कायम गर्ने हो भने सातै प्रदेशमा कम्युनिष्टहरुको सरकार बन्दछ, मदन भण्डारीले कम्युनिष्ट एकताका लागि सदैव त्याग गर्नु भएको थियो, उहाँवाट यो पाठ सिक्नु पर्छ,’ उनले भने। पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले नक्कली भुटानी शरणार्थी काण्डलाई सहि ढंगले टुंगोमा पुर्‍याउनुपर्नेमा जोड गरेका छन्। ‘यो काण्डलाई अपराधको मात्र हो भनेर सिमित गर्नु हुदैँन, यो राष्ट्रघाति र देशद्रोही कार्य हो, ’ खनालको भनाई थियो। प्रहरी अनुसन्धानलाई सहयोग गर्नुपर्ने जनाउँदै खनालले त्यसमा राजनीतिक हस्तक्षेप हुन नहुने जनाएका छन्।
शोषण र निरंकुशताविरुद्ध पार्टी प्रतिबद्ध छ : अध्यक्ष नेपाल काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजमा भएका शोषण, दमन र निरङ्कुशतासँग जुधेर लोकतन्त्रका मूल्य, मान्यता स्थापित गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन्। ३०औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा अध्यक्ष नेपालले आज विज्ञप्ति जारी गर्दै जनताको लामो संघर्षबाट प्राप्त राजनीतिक उपलब्धिलाई समाप्त गर्न कम्युनिष्ट आन्दोलन विसर्जनवादतर्फ उन्मुख भएकाले लोकतान्त्रिक माध्यमबाट सामाजिक न्यायसहितको समाजवादको आधार निर्माण गर्ने उद्देश्यले पार्टी पुनर्गठन गरिएको बताए। पुष्पलाल श्रेष्ठले कोरेको जनवादी क्रान्तिको रुपरेखाको उत्तराधिकार ग्रहण गर्दै एकीकृत समाजवादीले यस क्रान्तिलाई उच्चतम लक्ष्यसम्म पुर्‍याउने संकल्प गरिएको विज्ञप्तिमा उल्लेख छ। विश्वभर रक्षात्मक रहेको कम्युनिष्ट आन्दोलन तत्कालीन समयमा अग्रज नेता मदनकुमार भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादले नेपाली क्रान्तिको मौलिक सिद्धान्तलाई स्थापित गरी अन्तर्राष्ट्रिय तहमा कम्युनिष्ट विचार तथा आन्दोलनलाई उचाइमा पुर्‍याएको अध्यक्ष नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक, सिद्धान्तकार, लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनको नेतृत्वकर्ता जननेता भण्डारी र कुशल संगठक जीवराज आश्रितले पार्टीको विधि विधान, सिद्धान्त, नीति र आदर्शअनुरुप संगठन निर्माणमा गरेको अतुलनीय योगदानको स्मरणका साथै अध्यक्ष नेपालले उनीहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्। – रासस
जबजको पक्षमा खुल्न सुरुमा सबै नेता डराएका थिए : महासचिव पोखरेल काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले मदन भण्डारीले ‘जनताको बहुदलीय जनवाद’ सिद्धान्त प्रतिवाद गरी पार्टीमा ल्याउँदा सो प्रस्तावको बारेमा खुल्न धेरै जसो नेता डराएको स्मरण गराएका छन्। उनका अनुसार भण्डारीको जबजको पक्षमा शिर्ष नेता नखुले पनि सोको बारेमा छलफल गर्नका लागि पूर्व नेपालीको बिराटनगरवाट भेला सुरु गरिएको थियो र चितवनमा आइपुगेपछि मात्रै माधवकुमार नेपालले त्यसलाई समर्थन जनाएका थिए। तर, पदमकन्या क्याम्पसमा आएपछि माधव नेपाल पुरै खुलेर मात्रै लागेनन्, त्यसको पक्षमा माहौल बनाउन पनि नेपाल निकै सक्रिय भएको पोखरेलले आज स्मरण गरेका छन्। उनै भण्डारीका बारेमा बारेमा पोखरेलले लेखेको स्मरणः पाँचाै राष्ट्रिय महाधिवेशनको समय थियो। महाधिवेशनको प्रचारप्रसार कमिटीकाे संयोजक भरतमोहन अधिकारी र त्यसको सचिव म थिएँ। महाधिवेशनको अपिल प्रकाशित गर्ने जिम्मेवारी समेत उक्त समितिलाई दिइएको थियो। विचारको खुला बहस संचालन गरिएको उक्त महाधिवेशको अपिल विशेष हुनुपर्ने आग्रहका साथ मैले मदन कमरेडलाई लेख्न अनुरोध गर्ने प्रस्ताव भरतमोहन कमरेडसँग राखेको थिए। भरतमोहन कमरेडले त्यसमा सहमती जनाउदै मदनसँग कुरा गर्ने जिम्मेवारी मलाई नै सुम्पनु भयो । म वडो उत्साहकासाथ उहाँ बस्ने गरेको डेरामा पुगेर लेख्न अनुरोध गर्दा उहाँले तपाईंहरु जस्ता साथिहरुलाई जिम्मा लगाएको के अर्थ भयो र भन्दै लेख्न अस्विकार गर्नु भयो। उहाँले म अहिले दस्तावेज माथिको बहसको तयारीमा छु र प्राप्त सुझावका आधारमा परिमार्जन समेत गर्नुपर्नेछ भन्नु भभो। अनि उहाँले तपाई आफैले लेख्नुहोस् । बरु प्रकाशन गर्नु पूर्व मलाई देखाउनुहोस् भन्नु भयो। मैले पनि मदन कमरेडको सुझाव अनुरुप उत्साहकासाथ अपिलको मस्यौदा तयार गरेर उहाँलाई देखाए। उहाँले अपिल पढेर विना कुनै संशोधन प्रकाशनका लागि अनुमति दिनु भयो। विश्वास गरेर कामको जिम्मा दिने र त्यसप्रति खुलेर भरोसागर्ने उहाँको शैली बेजोड थियो। साेही महाधिवेशनका सन्दर्भको मदन कमरेडसँगको अर्को प्रसंग पनि वढो रोचक छ। महाधिवेशनमा जनताको वहुदलीय जनवाद पार्टीको कार्यक्रमरुपमा प्रस्तावित थियो। पार्टी केन्द्रीय कमिटीमा अत्यन्त झिनो मतवाट उक्त कार्यक्रम छलफलको आधिकारीक दस्तावेज वन्न पुगेको थियो। पार्टीको संस्थापन पक्षका जिम्मेवार नेताहरुसमेत वहसका वेलासम्म खुलेर जबजका पक्षमा उभिन सक्नु भएको थिएन। पूर्वको विराटनगर देखि खुला वहस आरम्भ गरिएको थियो। चितवनसम्म आइपुग्दा जबजका पक्षमा कार्यकर्ताको ठूलो पंक्ति पक्षमा देखिसकेको थियो  चितवनको वहसपछि माधव नेपाल जबजको पक्षमा खुल्न तयार हुनु भएछ। मदन कमरेडले माधव कमरेड जबजका पक्षमा खुलेर वोल्न तयार भएकोले काठमाण्डौमा विशेष कार्यक्रमको आयोजना गर्न लगाउनु भयो। उहाँको अनुरोधमा पद्मकन्या क्याम्पसमा विद्यार्थीहरुको भेला आयोजना गरेर माधवकुमार नेपाललाई बाेल्ने लगाइएको थियो। साेही भेलामा पहिलो पटक माधव कमरेड खुलेर जबजका पक्षमा वोल्नु भएको थियो। पाँचौ राष्ट्रिय महाधिवेशनवाट जनताको वहुदलिय जनवाद अत्यधिक वहुमतका साथ नेपाली क्रान्तिको मौलिक कार्यक्रमका रुपमा पारित भयो। पारित गराउने कुरामा समेत माधव कमरेडको सकृयता विशेष रह्यो। जननेता मदन भण्डारीको अगुवाईमा प्रतिपादन भएको जनताको बहुदलीय जनवाद यतिवेला नेपाली क्रान्तिलाई मार्गदर्शन गर्ने सिद्धान्त बन्न पुगेकोछ । सुरुको अवधिमा जबजको विचारले पार्टी भित्र समर्थन प्राप्तगर्न भएको त्यस प्रकारको कठिनाई भएको संझदा अनौठो अनुभूति हुन्छ। आज जेठ ३ गते जननेता मदन भण्डारी र कमरेड जीवराज आश्रितको ३०औं स्मृति दिवस। स्मृति दिवसका अवसरमा जबजका प्रतिपादक तथा कम्युनिष्ट आन्दोलनका नविन विचारक जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितप्रति भावपूर्ण श्रद्धान्जली।
राप्रपा केन्द्रीय समिति आज पनि बस्दै, केन्द्रीय सदस्यलाई जवाफ दिइने काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ। सोमबारबाट सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेन ‘यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ नामक राजनीतिक प्रतिवेदनलगायतमा केन्द्रीय सदस्यहरुले राखेको धारणाको जवाफ आज दिइँदैछ। अध्यक्ष लिङ्देनले पेश गरेकाे राजनीतिक प्रतिवेदन उपाध्यक्ष हेमजङ गुरुङले सचिवालय सम्बन्धी प्रतिवेदन, महामन्त्री धवलशम्शेर राणाले संगठन सम्बन्धी प्रतिवेदन, कोषाध्यक्ष नीलकण्ठ काफ्लेको आर्थिक सम्बन्धी प्रतिवेदन माथी केन्द्रीय सदस्यहरुले राखेकाे धारणाकाे जवाफ दिइने प्रवक्ता सगुन लावतीले जानकारी दिए। हिजाेकाे बैठक ९ घन्टासम्म चलेकाे थियाे भने सबै केन्द्रीय सदस्यहरुले ३-३ मिनेटमा आफ्नाे धारणा राखेका थिए। अध्यक्ष लिङदेनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बिदेशी इशारामा चल्न थाले पछि सरकार छाडनु परेको, नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा पनि बिदेशी संलग्न रहेको, प्रचण्ड नेतृत्वको सरकार भ्यागुताको धार्नी नपुगे जस्तै हुने मार्गमा रहेको, सरकार निर्माण र विघटनमा बाह्य प्रभावका रहने गरेको र जसकाकारण राष्ट्रिय लज्जाको विषय बन्न पुगेको जस्ता बुदाँ उल्लेख गरेर प्रतिवेदन पेश गरेका छन्। भ्रष्टचारको बिरुद्धमा निमर्म भएर उभिन पनि पार्टी पंक्तिलाई आग्रह गरेका अध्यक्ष लिङदेनले मुख्य दलका अराजनीतिक गतिबिधि र भ्रष्ट प्रवृतिका कारण संबैधानिक राजतन्त्रको औचित्य अझै बढन गएको निष्कर्षसहित पेश गरेका प्रतिवेदनमा हिजो केन्द्रिय सदस्यहरुले आ-आफनो धारणा राखेका थिए । जसअनुसार अध्यक्षको प्रतिवेदनको केही बुदाँहरु संशाेधन गर्नुपर्ने केन्द्रीय सदस्यहरुको धारणा रहेको थियो।
आज ३०औं मदन-आश्रित स्मृति दिवस मनाइँदै काठमाडौं। नेकपा एमालेले आज मदन भण्डारी र जीवराज आश्रितको ३०औं स्मृति दिवस मनाउँदैछ। तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते आजकै दिन चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो। हरेक वर्ष जेठ ३ गते एमालेले विभिन्न कार्यक्रम गरि मदन-आश्रित स्मृति दिवस मनाउँदै आएको छ। जिप त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा भण्डारी र आश्रितको मृत्यु भएको थियो भने चालक अमर लामा भने बाँच्न सफल भएका थिए। यसैबीच नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले पनि आज मदनआश्रित स्मृति दिवस मनाउने भएको छ। पार्टी केन्द्रीय कार्यालय अलोकनगरमा दिवसका सन्दर्भमा पार्टी अध्यक्ष माधवकुमार नेपालसहित नेताको उपस्थितिमा श्रद्धाञ्जलीसभालगायत कार्यक्रम गर्न लागेको हो। मदनआश्रितको योगदानबारे पार्टी निकट सङ्गठनले सबै जिल्लामा श्रद्धाञ्जलीसभा, खेलकुद प्रतियोगिता गर्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
राष्ट्रिय गौरवका आयोजनाका पदाधिकारी सरुवा नहुने व्यवस्था गर्नुपर्छः राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमै पूरा गर्न आयोजनामा कार्यरत पदाधिकारीको सरुवा नहुने व्यवस्था गर्नुपर्ने बताएका छन्। राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा उनले तोकिएको समयमा काम पूरा गर्नेगरी पदाधिकारीलाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिए। “राष्ट्रिय गौरवका आयोजना समयमा पूरा भएका छैनन्, यस्ता आयोजना समयमा पूरा नगर्ने जिम्मेवार पदाधिकारीलाई अन्यत्र सरुवा नहुने व्यवस्था सरकारले गर्नुपर्छ”, उनले भने, “त्यसो गरियो भने जवाफदेही सोही पदाधिकारीको हुने भएकाले काम समयमै सम्पन्न हुन्छ।” उनले उपलब्ध भएसम्म विकास, निर्माणका काममा स्वदेशी कच्चा पदार्थको उपयोग गर्नुपर्नेमा जोड दिए। अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजना भनेर जथाभावी नामकरण गर्न नहुने र स्पष्ट परिभाषा तय गरेर मात्रै नामकरण गर्न उपयुक्त हुने उल्लेख गरे। उनले देशमा राष्ट्रिय गौरवको आयोजना जति थोरै भयो त्यति गौरव हुने बताए।
आरजूको भनिएको अडियो तत्काल छानबिन गर्न नेविसंघको माग काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणाले दिएको उजुरीमाथि तत्काल छानबिन गर्न माग गरेको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले नक्कली अडियो छानबिनको लागि राणाले दिएको उजुरीमाथि तत्काल छानविन गर्न माग गरेका हुन् । उजुरी दिएको धेरै दिन वित्दा पनि छानबिन हुन नसक्नु दुःखद् रहेको भन्दै उनले तत्काल अडियोको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् । देशकै इज्जतमाथि प्रश्न उठाउने गरी भएको नक्कली शरणार्थी प्रकरणमा सत्य सूचना थाहा पाउनु नागरिकको अधिकार रहेको उल्लेख गर्दै नेविसंघले शरणार्थी प्रकरणलाई लिएर निराधार र अपुष्ट सूचनाका कारण सञ्चारमाध्यमकै विश्वसनीयतामा गम्भीर प्रश्न खडा भएको जनाएको छ । त्यसैले, नागरिकको सो अधिकारको सम्मान गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गरी नागरिकलाई झुठो अफवाह र गलत सूचनाबाट दिग्भ्रमित हुनबाट रोक्नका निम्ति सञ्चारमाध्यमको भूमिका थप प्रभावकारी बनाउन नेविसंघले जारी गरेको विज्ञप्तिमा आग्रह गरिएको छ ।
तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन विधेयकको मस्यौदा निर्माण गर्न सरकारको अनुमति काठमाडौं। सरकारले तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन विधेयकको मस्यौदा निर्माण गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको छ। सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन विधेयकको मस्यौदा निर्मण गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। बैठकले एपिजी बैठकमा भाग लिन राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेतृत्वको टोलीलाई स्वीकृती दिएको छ। त्यस्तै मोतिपुर सवस्टेशन निर्माणका लागि बाणगंगा नगरपालिकामा १५ विगाहा जग्गा प्राप्ती गर्ने र प्रारम्भीक कारवाही चलाउन अधिकारी तोक्ने निर्णय भएको छ। त्यस्तै बैठकले बुटवल–गोरुसिंगे–चन्द्रौटा सडकको विस्तारित सडक सिमाभित्रका घर टहराहरु हटाई क्षतिपूर्ति दिने निर्णय गरेको छ भने जनआन्दोलनमा घाइते भइ केहि दिन अघि निधन भएका मुकेश कायस्थलाई सहिद घोषणा गरेको छ। जनआन्दोलनमा घाइते भएर केही दिनअघि निधन भएका मुकेश कायस्थलाई सहिद घोषणा गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन्। जनआन्दोलनमा घाइते भएका मुकेशको वैशाख २७ गते मृत्यु भएको थियो । त्यस्तै प्रवक्ता शर्माले नागरिकता विधेयक प्रमाणीकरण गर्नु सरकारको भन्दापनि आम जनताको हतारोको विषय भएकाले यसलाई प्रधानमन्त्रीको भारत भ्रमणसंग जोडेर नहेर्न आग्रह गरिन्। उनले नागरिकता ऐन प्रमाणीकरणका लागि सरकारका तर्फबाट राष्ट्रपतिलाई कुनै दबाब नदिइएको स्पष्ट पारिन् ।
मुकेश कायस्थलाई राष्ट्रिय शहिद घोषणा गर्ने सरकारको निर्णय काठमाडौं । सरकारले मुकेश कायस्थलाई राष्ट्रिय शहिद घोषणा गर्ने निर्णय गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले उनलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको गत बुधबार निधन भएको थियो। २०६२-०६३को १९ दिने जनआन्दोलनको क्रममा वि.स. २०६२ चैत २७ गते बनेपामा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली कञ्चटमा लागेपछि उनलाई पक्षघात भएको थियो। गोलीका कारण उनी अचेत बनेका उनलाई ११ महिनासम्म अस्पतालमा राखिएको थियो। त्यसयता उनी हिँडडुल समेत गर्न सक्दैनथे। गोली लाग्दा मुकेश १४ वर्षका मात्र थिए। बनेपा नगरपालिका वडा नम्बर ८ स्थायी घर भएका मुकेश २०४८ साल भदौ ९ गते काभ्रेको बनेपामा मिरा कायस्थ र कृष्णमान कायस्थको छोराको रुपमा जन्मिएका मुकेश कायस्थ गोली लागेको १७ बर्ष लाग्दा पनि अर्धचेत थिए । सरकारले मुकेशको उपचार खर्च वापत १५ हजार मासिक, एक सुसारेको लागि ६ हजार २ सय भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको थियो ।
कांग्रेसका असन्तुष्ट पक्षले सातै प्रदेशमा अलग्गै बैठक गर्ने कामाडौं । नेपाली कांग्रेसका संस्थापन इतर असन्तुष्ट समूहले देशैभरी अलग्गै भेला गर्ने भएका छन् । संस्थापन पक्षको गतिविधि प्रति असन्तुष्ट जनाउँदै उनीहरुले  ‘रुपान्तरण अभियान’ अन्तर्गत देशैभरी अलग भेला गर्ने भएका हुन । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मधु आचार्य, गुरुराज घिमिरे, रञ्जित कर्ण लगायतका नेताहरुले सो अलग्गै अभियानको घोषणा गरेका हुन । जसअनुसार जनकपुरबाट सुरु प्रदेश स्तरीय बैठक र भेला २९ जेठमा इटहरीमा पुगेर सकिने छ । आज घोषित कार्यक्रम अनुसार जेठ ११ गते जनकपुरमा मधेश प्रदेशको भेला हुनेछ भने बाग्मती प्रदेशको भेला जेठ १६ गते काठमाडौंमा हुनेछ । यसैगरी, गण्डकी प्रदेशको २० गते पोखरामा, लुम्बिनी प्रदेशको जेठ २२ गते दाङमा, कर्णाली प्रदेशका २४ गते सुर्खेतमा, सुदुरपश्चिम प्रदेशको भेला जेठ २६ गते धनगढीमा र कोशी प्रदेशको भेला २९ गते जेठमा हुनेछ । कांग्रेसलाई रुपान्तरण गर्नका लागि सो भेला आयोजना गरिन लागेको आयोजकहरुले जानकारी दिएका छन् ।
रेशम चौधरीलाई जन्मकैदको फैसला सर्वोच्चद्वारा सदर काठमाडौं। पूर्वसांसद रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डमा दोषी ठहर गर्दै जिल्ला र उच्च अदालतले सुनाएको फैसला सजाय सदर गरेको छ। मंगलबार न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले सुनुवाइ गर्दै चौधरीलाई जेल पठाउने उच्च अदालत दीपायलको फैसला सदर गरेको हो। नेता चौधरीले आफूविरुद्ध जन्मकैदको फैसला खारेज हुनुपर्ने माग राखेर सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए। सर्वोच्चको उक्त आदेशसँगै यस मुद्दामा अब उनी जेलमुक्त नहुने भएका छन्। वि‍.सं. २०७२ भदौ ७ मा कैलालीको टीकापुरमा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा एसएसपी लक्ष्मण न्यौपाने र एक बालकसहित आठ जनाको मृत्यु भएको थियो। टीकापुर घटनामा जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले मुख्य अभियुक्त भनिएका रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको थियो।
अयोग्य लडाकुलाई रकम बितरण गर्न सर्वोच्चको रोक काठमाडौं। सर्वोच्च अदालतले बहिर्गमित लडाकुलाई २–२ लाख बाँड्ने सरकारको निर्णयमा रोक लगाएको छ। सरकारको सो निर्णय तत्काल लागु गर्न रोक लगाउन अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अदालतले दुवै पक्षलाइ छलफलका लागि बोलाएको छ। सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सो आदेश दिएको हो। सरकारको सो निर्णयविरुद्ध अधिबक्ता ज्ञानेन्द्रराज आरणनले रिट दायर गरेका थिए। सरकारले तत्कालिन माओवादीका अयोग्य लडाकुका लागि राहतस्वरुप जनही दुई लाख रुपैयाँका दरले राहत रकम दिने निर्णय गरेको थियो। राहत वितरणका लागि गृहमन्त्रालयले कार्यविधि बनाएर आयोग्य लडाकुलाई राहत वितरण गर्नेगरी आयोग्य लडाकु प्रमाणिकरणको प्रकृया सुरु गरिसकेको थियो। संयुक्त राष्ट्र संघीय मिशन अनमिनले तत्कालिन माओवादीका १९ हजार ६ सय २ लडाकु प्रमाणिकरण गरेको थियो। जसमध्ये चार हजार नौ सयलाई आयोग्य भनि लडाकुबाट अलग गरेका थियो। ५ मंसिर ०६३ मा भएको वृहत शान्ति सम्झौतापछि अनमिन नेपाल आएको थियो। प्रमाणिकरण गरिएका मध्ये एक हजार चार सय लडाकु नेपाली सेनामा समायोजन भएका थिए। बाँकी राहत रकम लिएर अवकाशमा गएका थिए।
सत्ता साझेदार दलसँग प्रधानमन्त्रीले मागे नीति तथा कार्यक्रममा प्राथमिकता दिने विषयबारे सुझाव काठमाडौं। सत्ता गठबन्धनको बैठक सम्पन्न भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठक सरकारले यही जेठ ५ गते सदनमा पेस गर्ने नीति तथा कार्यक्रममाथि केन्द्रित रहेको बैठकमा सहभागी नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए। “आजको छलफलको विषयवस्तु नीति तथा कार्यक्रमलाई कसरी अगाडि बढाउने भन्ने हो । नीति तथा कार्यक्रमका कुन विषयलाई प्राथमिकता दिने भन्ने बारेमा दलहरुका बीचमा छलफल भयो”, उनले भने। बैठकमा शीर्ष नेताहरुले जनअपेक्षा पूरा गर्ने विषयलाई प्राथमिकता दिन सुझाव दिएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा पेस गर्न लागेको नीति कार्यक्रममाथि सुझाव लिन सरकारलाई समर्थन गर्ने दलहरुको बैठक बोलाएका हुन्। बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउत, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, आम जनता पार्टीका अध्यक्ष प्रभु साहल गायतको उपस्थित थियो ।
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी काठमाडौं। सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ।
दश दलको बैठक सम्पन्न : नीति तथा कार्यक्रमबारे छलफल काठमाडौं । सरकारलाई समर्थन गर्ने दलहरुको बैठक सम्पन्न भएको छ ।  सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठक सरकारले यही जेठ ५ गते सदनमा पेस गर्ने नीति तथा कार्यक्रममाथि केन्द्रित रहेको बैठकमा सहभागी नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । “आजको छलफलको विषयवस्तु नीति तथा कार्यक्रमलाई कसरी अगाडि बढाउने भन्ने हो । नीति तथा कार्यक्रमका कुन विषयलाई प्राथमिकता दिने भन्ने बारेमा दलहरुका बीचमा छलफल भयो”, उनले भने । बैठकमा शीर्ष नेताहरुले जनअपेक्षा पूरा गर्ने विषयलाई प्राथमिकता दिन सुझाव दिएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा पेस गर्न लागेको नीति कार्यक्रममाथि सुझाव लिन सरकारलाई समर्थन गर्ने दलहरुको बैठक बोलाएका हुन् । बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउत, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, आम जनता पार्टीका अध्यक्ष प्रभु साहलगायत उपस्थित थिए ।
सत्तारुढ गठबन्धनको बैठक सिंहदरवारमा सुरु, सरकारको नीति तथा कार्यक्रमका बारेमा छलफल हुने काठमाडौं। सत्तारुढ गठबन्धनको बैठक सिंहदरवारमा सुरु भएको छ । सरकारको नीति तथा कार्यक्रमका बारेमा सत्ता साझेदार दलसँग राय लिनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठक सुरु भएको हो। सरकारले आगामी जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ । सो बैठकमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाललगायत सत्ता साझेदार दलहरुको सहभागिता रहेको छ ।
योहो टेलिभिजनबाट प्रशारित सामाग्रीप्रति युवासंघको आपत्ति काठमाडौं। नेकपा एमालेको भातृ संगठन युवा संघले योहो टेलिभिजनबाट प्रशारित सामाग्रप्रति आपत्ति जनाउँदै प्रेस काउन्सिलमा उजुरी दिएको छ। सो टेलिभिजनबाट वैशाख २८ गते प्रशारित ‘शरणार्थी प्रकरणः ओली–देउवा दम्पत्तिकै नाम मुछियो, गृहमन्त्रीको निर्देशन, एसएसपी कार्की गम्भीर तयारीमा’ शीर्षकको सामाग्रीप्रति युवासंघका अध्यक्ष क्षितिज थेबेले आपत्ति जनाउँदै प्रेस काउन्सिलमा उजुरी दिएका थिए। उक्त उजुरीप्रति प्रेस काउन्सिलले योहो टेलिभिनजलाई जानकारी गराएको थियो। पछि योहो टेलिजिभनले खण्डन प्रशारण गरी काउन्सिललाई जानकारी गराएको थियो। युवासंघले वैशाख २९ गते योहो टेलिभिनजबाट प्रशारित उक्त सामाग्रीप्रति आपत्ति जनाउँदै प्रेस काउन्सिलमा उजुरी दिएको युवा संघका केन्द्रीय सदस्य निरज पौडेलले जानकारी दिए। युवासंघले विना कुनै तथ्य प्रमाणका आधारमा अध्यक्ष ओली र उनकी श्रीमतीको संलग्नता रहेको भन्दै झुटो समाचार सम्प्रेषण गरेको भन्दै आपत्ति जनाएको थियो।
काम बढी भएको मन्त्रालयमा बजेट कम भयोः ज्येष्ठ नागरिकमन्त्री आचार्य काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले काम बढी हुने क्षेत्रमा बजेट कम विनियोजन हुने गरेको गुनासो गरेका छन्। महिला तथा सामाजिक मामिला समितिको आज बसेको पहिलो बैठकमा मन्त्री आर्चायले भने, “मन्त्रालय अन्तर्गत गर्नुपर्ने काम धेरै छन् तर बजेट भने न्यून विनियोजन हुने गरेको छ । मानवीय संवेदनशीलताको कार्यक्षेत्र बढी भएको मन्त्रालयमा बजेट बढाउन जरुरी छ ।” विगतमा समितिले गरेका निर्णय अध्ययन गरी प्राथमिकताका क्षेत्र विभाजन गर्दै कार्यान्वयन गर्नुपर्ने भन्दै उनले संविधानमा उल्लेखित महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी हकअधिकारलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। बैठकमा समिति सदस्यहरुले महिला, बालबालिका, ज्येष्ठ नागरिकका मौलिक हकको कार्यान्वयन गर्नुपर्ने, सम्बन्धित आयोगका कार्यको मूल्याङ्कन गर्नुपर्नेमा जोड दिए। साथै आजको बैठकमा बालबालिका पोषण कार्यक्रममा एकरुपता ल्याउनुपर्ने, एकल महिलाको अध्ययन गरी रोजगारीमा उन्मुख गराउनुपर्ने, दोहोरो सुविधा नलिने गरी वृद्धभत्तामा हेरफेर गर्नुपर्ने, समितिका निर्णयलाई कार्यन्वयन गरी नतिजामुखी बनाउनुपर्ने लगायतका विषयमाथि छलफल भएको थियो । ज्येष्ठ सदस्य रोशन कार्कीको सभापतित्वमा सञ्चालन भएको बैठक महिला आयोग, दलित आयोग, समावेशी आयोगका भएका कामकारबाहीको समीक्षा, खर्च गरिएका विवरण, भावीे कार्यक्रमको सम्भावित बजेटलगायतका विषयमा केन्द्रित थियो । समितिको कार्यक्षेत्रमा महिला, बालबालिक, तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारु आयोग, मुस्लिम आयोग, सामाजिक सुरक्षा, समावेशीता तथा सीमान्तकृत वर्ग समुदायको हकहितसम्बन्धी विषय र सम्बद्ध विषय तथा निकाय पर्छन ।
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा कांग्रेसको पूर्ण सहयोग रहने {भिडियो} काठमाडौं। नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा पार्टीको पूर्ण सहयोग स्पष्ट पारेको छ । मंगलबार काठमाडौंमा सञ्चारकर्मीसंगको छलफलका क्रममा प्रवक्ता डा. प्रकाश शरण महतले शरणार्थी प्रकरणको अनुसन्धान निष्पक्ष हुनुपर्ने भन्दै यसमा पार्टीको पूर्ण सहयोग हुने बताएका हुन् । निर्दोष दोषी हुने अवस्था र दोषी निर्दोष हुने अवस्था आउन नदिन सरकार सजक हुनुपर्ने उनको भनाइ छ । उनले पार्टीका नेता बालकृष्ण खाँणमाथि पनि अनुसन्धान जारी रहेको र कांग्रेस निष्कर्षको पर्खाइमा रहेको जिकिर गरे । खाँणले निर्दोष प्रमाणित गर्छु भनिरहेकाले निलम्बनको निर्णय पार्टीले नगरेको उनको भनाइ छ । महतले आरजु राणाको नाममा आएको अडियो झूठो हुनसक्ने भन्दै यस बिषयमा सत्य तथ्य छिटो बाहिर आउनुपर्ने धारणा राखे । नक्कली भुटानी शरणार्थी प्रकरणको छानविनका बिषयमा पार्टीभित्र कुनै मतभेद नभएको भन्दै महतले राज्यले गर्ने अनुसन्धान र निष्कर्षलाई स्वीकार गर्ने उल्लेख गरे। त्यस्तै महतले पार्टीको केन्द्रीय समिति बैठक बस्न ढिलाई भएको स्वीकार गर्दै केहिदिनपछि बैठक बसेर भातृसंगठनदेखि बिभाग लगाएतका बिषयमा आवश्यक निर्णय गर्ने बताएका छन्। हेनुहोस् भिडियो:
प्रतिनिधि सभा अन्तर्गतका बिषयगत समितिहरु क्रियाशिल {भिडियो} काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतका बिषयगत समितिहरु क्रियाशिल भएका छन् । मंगलबार सिंहदरबारमा संसदीय समितिहरुको बैठक बसेको हो । समिति बैठकहरुको ज्येष्ठ सदस्यहरुले सभापतिको भूमिका निर्वाह गरेका थिए । केहि दिन पछि समितिहरुको सभापतिको निर्वाचन गर्ने संसद सचिवालयको तयारी छ । समितिहरुको पहिलो बैठकमा परिचयात्मक तथा स्वागतका साथै बिषयगत रुपमा सांसदहरुले धारणा राखेका थिए भने केहि समितिले सरकारले निर्देशन समेत दिएका छन् । प्रतिनिधिसभा अन्तर्गत अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानून, न्याय तथा मानवअधिकार, राज्यव्यवस्था तथा सुशासन, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, लेखा, कृषि स्रोत, महिला तथा सामाजिक मामिला र पूर्वाधार विकास समिति रहेका छन् । हेर्नुहोस् भिडियो:
कांग्रेसकाे प्रतिक्रिया : आरजूकाे अडियो ‘फेक’ हो भन्ने विश्वासमा छाैं काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले नक्कली शरणार्थी प्रकरणमा आएको केन्द्रीय सदस्य आरजू राणा सम्बन्धी अडियो झुटो भएको बताएका छन्। सो प्रकरणमा मिडिया ट्रायल भएको भन्दै ‘दोषीलाई कारबाही होस्, निर्दोष नफसुन्’ भन्नेमा कांग्रेस दृढ रहेको पनि उनले जनाएका छन्। ‘आरजू राणाको नाममा आएको अडियो झुटो भएको हामीलाई विश्वास छ,’ उनले भने, ‘उहाँ (राणा) स्वयंले पनि सो अडियो झुटो भएको भन्दै प्रहरीमा उजुरी दिनु भएको छ, त्यसकाे सत्यतथ्य अझै बाहिर आएको छैन, यो आउनु पर्छ भनेर भनेर हिजो पनि उहाँले (संसदमा) बोल्नु भएको छ।’ मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्रीसमेत रहेको महतले नक्कली भुटानी शरणार्थी प्रकरणलाई कांग्रेसले गम्भिरतापुर्वक लिएको पनि जनाएका छन्। ‘बालकृष्ण खाँणजी माथि पनि अनुसन्धान जारी रहेको छ, सो छानबिनपछि केही न केही त अवश्य निष्कर्ष आउनेछ, हामी निष्कर्षको पखाईमा छौं’, उनको प्रतिक्रिया थियो। सो बिषयलाई लिएर पार्टी भित्र कुनै बिबाद नभएको पनि उनको भनाइ छ। ‘महामन्त्रीहरुले पनि त्यसबारेमा कुनै फरक मत राख्नु भएको छैन, पार्टी निर्णयप्रति उहाँहरु प्रतिबद्ध रहनु भएको छ’ उनले भने।
अर्थ समितिले अर्थमन्त्रीसँग छलफल गर्ने काठमाडाैं। प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले अर्थतन्त्रमा अहिलेको सूचकहरुका बारेमा अर्थमन्त्रीसँग छलफल गर्ने भएको छ। सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले अर्थतन्त्रको अवस्थामा र सूचकहरुका बारेमा अर्थमन्त्रीसंग छलफल गर्ने निर्णय भएको समिति सदस्य ज्ञानेन्द्र शाहीले जानकारी दिए। त्यस्तै अर्थतन्त्रसम्बन्धी सरोकारवालाहरुसँग छलफल गरि बजेट निर्माणमा सहयोग गर्ने निर्णय भएको उनले बताए। समितिलाई पूणरुपमा डिजिटल प्लेटफर्ममा लैजाने बिषयमा पनि छलफल भएको शाहीले बताए। बैठकमा बजेटका बारेमा समितिले आवश्यक सुझाव दिनुपर्ने बताए। सांसद बिष्णु पौडेलले बजेटको पोलिसीमा सुझावहरु दिनुपर्ने र छलफलमा अर्थमन्त्रीमा बोलाउनुपर्ने बताए। त्यस्तै सांसदहरुले समितिको डिजिटल अभिलेखिकरणलाई व्यवस्थीत गर्नुपर्ने बताएका थिए। अर्थ समितिको पहिलो बैठक कांग्रेस सांसद सन्तोष चालिसेको सभापतित्वमा बसेको थियो।
पाँच महिनापछि एकैपटक बस्यो संसदका १० समितिका बैठक काठमाडौं । निर्वाचन सम्पन्न भएको पाँच महिना पछि संसदीय समितिका बैठक बसेको छ । सिंहदरवारस्थित संघीय संसदको कार्यालयमा आज एकै पटक १० वटा बिषयगत समितिहरुको बैठक सुरु भएको हो । सभामुखका प्रेस संयोजक शेखर अधिकारीका अनुसार बैठक बिहान ९ बजेवाट एकैपटक सुरु भएको हो । गत मंसिर ४ गते निर्वाचन सम्पन्न भएको पाँच महिना नाघिसक्दा पनि अझैसम्म बिषयगत समितिका बैठक बस्न समेत सकेको थिएन । अघिल्लो अधिवेसनको अन्तिम दिनमा संयुक्त समितिसहित १० वटा बिषयगत समितिमा रहने सदस्यहरु मनोनयन भए पछि आज पहिलो बैठक बसेको हो । आजको पहिलो बैठक भने समितिमा रहेका जेष्ठ सदस्यले सभापतित्व गरिरहेका छन् । जेष्ठ सदस्यले सभापतित्व गरिरहेको समितिको पहिलो बैठकमा  ज्येष्ठ सदस्यले समितिका सदस्यहरूलाई स्वागत गर्ने, एक आपसमा औपचारिक रुपमा परिचय आदान प्रदान हुने र समितिमा आगमी दिनमा हुने छलफल र अजेन्डाका कार्यक्षेत्रका बारे जानकारी गराउने कार्यसूची रहेको संघीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए ।
सदनमा सरकारको जवाफ नपाएको भन्दै सभामुखले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको छ । साे भेटमा संसद् बैठक, नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको  सभामुखका पेस संयाेजक शेखर अधिकारीले जानकारी दिए । उनका अनुसार ‘आजबाट समितिहरुको बैठक सुरु भएपछि संसद्ले लय समातेको छ । संसदमा विचाराधिन विधेयकहरु टुंगो लगाउन अब सहज हुने अपेक्षा गरेको छु । सभामुखका तर्फबाट संसद् सञ्चालनका लागि सबै दलसँग समन्वय र सहकार्यको जुन प्रयास गर्नुभएको छ, त्यो सराहनीय छ । सरकारकाले जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको जानकारी गराउँदछु,’ प्रधानमन्त्रीले भने । जवाफमा सभामुखको भनाइ थियो, ‘सदन सञ्चालनका लागि सरकार र राजनीतिक दलका तर्फबाट प्राप्त सहयोगका लागि धन्यवाद दिन चाहन्छु । आजबाट समितिको बैठकहरु उत्साहपूर्ण रुपमा सुरु भएका छन् । संसद सचिवालयले नीति तथा कार्यक्रम र बजेटको तयारी गरिसकेको छ । सदनमा उठेका विषयमा सरकारको जवाफ नपाएको माननीयहरुको गुनासो छ, प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिनुहुन्छ भन्ने विश्वास लिएको छु ।’
निकम्मा गुप्तचर निकाय, पूर्वसूचनाबारे सधैं बेखबर काठमाडौं। नेपालको एकमात्रै गुप्तचर संस्था तथा जासुसी निकाय राष्ट्रिय अनुसन्धान विभागको फितलो कार्यसम्पादन बारे सर्वत्र टिप्पणी हुने गर्दछ। राष्ट्रिय हित र सुरक्षासँग सम्बन्धित विषयको पूर्व जानकारी दिने निकाय नै सूचनाबारे बखबर हुने गरेको तथ्य बारम्बार उजागर हुँदै आएको छ। देशमा व्याप्त राष्ट्रिय सुरक्षा अन्तर्गत महत्वपूर्ण घटना र सम्भावित अवाञ्छित गतिविधिको पूर्वसूचना दिनुपर्ने निकाय सदैब आफैं बेखबर बन्दै आइरहको छ। राष्ट्रहित विपरितका आन्तरिक तथा बाह्य क्रियाकालापको नियन्त्रणमा गुप्तचर विभागको पूर्वसूचनाको निकै महत्वपूर्ण भूमिका हुन्छ। बेलैमा गुप्तचर निकायले अन्य सुरक्षा निकायसँग समन्वय गर्दै जानकारी गराए त्यसको सहजै नियन्त्रण र राज्यले दीर्घकालीन योजना बनाएर भविष्यमा निरुपण गर्न सकिन्छ। तर नेपालको राष्ट्रिय अनुसन्धानको निकम्मापनले राष्ट्रिय सुरक्षा चुनौतीको रोकावटमा उत्साहप्रद भूमिका निभाएको छैन। देशका विद्यमान सुरक्षा चुनौतीको निक्र्योल गर्दै त्यसको आन्तरिक रुपमा सूक्ष विश्लेषण गर्ने र राष्ट्रहित प्रतिकूल गतिविधिहरुको निगरानी गर्दै सरकारलाई सुसूचित गर्ने जासुसी निकायको जिम्मेवारी हो। तर राष्ट्रिय अनुसन्धानको अन्योलग्रस्त अवस्थाले नेपालको सुरक्षा चुनौतीको न्यूनीकरणमा प्रशंसनीय भूमिका निर्वाह गर्न पहलकदमी लिन नसकेको र प्रभावकारी उपस्थिति नदेखिएको हालसम्मका तथ्यले दर्शाउँछ। हाम्रो जस्तो भौगोलिक र सामरिक महत्वको देशमा आन्तरिक सुरक्षा व्यवस्था मजबुद गर्न र बाह्य शक्ति राष्ट्रको अस्वाभाविक चलखेल न्यून गराउन गुप्तचरीको महत्वपूर्ण भूमिका हुने हुँदा राज्यले यसलाई सक्षम गराउन मुख्य जोड दिनुपर्ने हुन्छ। राष्ट्रिय घटनाक्रमका ज्वलन्त विषयहरुमा सूचना प्राप्त गर्ने ल्याकत गुप्तचर निकायले राख्नुपर्छ। त्यसका लागि अत्यावश्यकीय स्रोत साधनले निपुर्ण निकाय र अब्बल कर्मचारी परिचालन गर्नुपर्छ। तथापि नेपालको गुप्तचर निकायले त्यसो गर्न सकिरहेको छैन। राष्ट्रिय घटनाक्रमका ज्वलन्त विषयहरुमा सूचना प्राप्त गर्ने ल्याकत गुप्तचर निकायले राख्नुपर्छ। त्यसका लागि अत्यावश्यकीय स्रोत साधनले निपुर्ण निकाय र अब्बल कर्मचारी परिचालन गर्नुपर्छ। तथापि नेपालको गुप्तचर निकायले त्यसो गर्न सकिरहेको छैन। केही समय अघिसम्म राष्ट्रिय अनुसन्धान विभाग कार्यकर्ता भर्ती गर्ने थलोको रुपमा परिचित थियो। गृहमन्त्रालय मातहत रहँदा नेता कार्यकर्ताको भर्ती केन्द्रको रुपमा रहेको यो निकाय अहिले प्रधानमन्त्री कार्यालय मातहत रहेको छ। तथापि कार्यसम्पादनमा कुनै बदलाव आएको छैन। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको बेलामा २०७४ फागुन १६ गते मन्त्रिपरिषद्को निर्णयबाट गृहमन्त्रालयबाट प्रधानमन्त्रीको कार्यालयमा सारिएको हो। तर विभागलाई बलशाली बनाउने राजनीतिक तहबाट मूर्तरुपमा ठोस योजना कहिल्यै ल्याइएन। राजनीतिक नेतृत्वको लाचारी र सार्थक योजनाको अभावले गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान निरीह साबित भएको छ। स्रोत साधन र दक्ष जनशक्तिको अभावमा यो निकाय फगत एक सुरक्षा निकायको रुपमा मात्रै दर्ज भएको छ। हाल प्रधानमन्त्रीको कार्यालय मातहत रहेपनि यसको उल्लेख्य सुधार र सुसंगठित गुप्तचरी निकायको रुपमा अझै रुपान्तरित हुँदै सुरक्षा संवेदनशिलताको सूचना संकलन गर्ने ल्याकत आर्जन गर्न सकेको छैन। चरम दलीयकरणको उपज यस संस्थाले केही वर्ष पहिले कार्यकर्ता भर्तीकेन्द्र गर्ने मानक बनाएको थियो। गृहमन्त्री र विभागका प्रमुखको तजबीजमा कार्यकर्ता भर्ना हुँदै आएको यो निकायमा दक्ष र क्षमतावान व्यत्तिको छनोट भन्दा दलीय कार्यकर्तालाई जागिर खुवाउने थलोको रुपमा परिचित थियो। बहुदलीय व्यवस्था पछि गृहमन्त्री बनेका राजनीतिक दलका नेताहरु अधिकांशले छड्के भर्ना प्रणालीबाट कार्यकर्ता नियुक्त गर्दथे। उनीहरुले राजनीतिक नियुक्तिद्वारा जागीर दिलाएका कार्यकर्ताको संख्या अझै पनि रष्ट्रिय अनुसन्धानमा असंख्य छन्। खुल्ला प्रतिस्पर्धात्मक तवरले न्यून संख्यमामात्रै कर्मचारी नियुक्त हुने गर्दथे। सर्वोच्च अदालतले राजनीतिक नियुक्तिमार्फत गरिने छड्के भर्ना प्रणालीमा २०६९ सालमा रोक लगाएपछि मात्रै हालसालै प्रतिस्पर्धात्मक रुपमा कर्मचारी भर्ना गर्न थालिएको हो। यस अघि अनुसन्धान अधिकृत र सहायक अनुसन्धान अधिकृतको सिमीत संख्याबाहेक अधिकांश राजनीतिक रुपमा कार्यकर्तालाई भर्ना गर्ने प्रचलन थियो। तल्लो दर्जाको सहायक अनुसन्धान सूचकमा सम्पूर्ण कर्मचारी राजनीतिक आधारमा नियुक्त गर्ने गरिन्थ्यो। हालैमात्रै पहिलो पटक प्रतिस्पर्धात्मक रुपमा लिखित परीक्षाको माध्यमबाट क्षमताका आधारमा छनोट गरी कर्मचारी नियुक्ती गरिएको हो। चार सुरक्षा निकाय मध्ये सबैभन्दा निरीह देखिएको गुप्तचर निकायको काम कारवाहीबारे सदैव आलोचित हुँदै आएको छ। हरेक राष्ट्रिय महत्वका घटना घटित भएपछि जानकारी प्राप्त गर्ने यो मन्त्रालय सूचनाबारे पूर्व जानकारी होइन कि घटना भइसकेपछि खबर सम्प्रषण गर्ने निकायको रुपमा परिणत भएको छ। चार सुरक्षा निकाय मध्ये सबैभन्दा निरीह देखिएको गुप्तचर निकायको काम कारवाहीबारे सदैव आलोचित हुँदै आएको छ। हरेक राष्ट्रिय महत्वका घटना घटित भएपछि जानकारी प्राप्त गर्ने यो मन्त्रालय सूचनाबारे पूर्व जानकारी होइन कि घटना भइसकेपछि खबर सम्प्रषण गर्ने निकायको रुपमा परिणत भएको छ। देशमा विभिन्न समयमा घटेका सुरक्षा अवस्थालाई चुनौती दिने तवरका घटनाक्रममासमेत उसको खासै भूमिका देखिएको छैन। यस अघि नेपालमा अन्तर्राष्ट्रिय अपराधिक गिरोहबाट गरिएका हत्या, अवैध तस्करी, मानव बेचविखन लगायतका अपराधका घटनाको पूर्वजानकारी दिने दायित्वबाट सदैब विमुख भएको छ। पछिल्लो उजागर भएको भुटानी शरणार्थी प्रकरणको चलखेल विगत चार वर्षदेखि देशमा हुदाँ समेत गुप्तचर निकायले तदारुकता देखाएको भए सैयौंको संख्यामा नेपाली ठगिने अवस्था नआउने एक पूर्व उच्च गुप्तचर अधिकारीको दाबी छ। राष्ट्रिय सुरक्षासँग सम्बन्धित घटनाको सूचना र जानकारीको ल्याकत राख्न नसक्नु राष्ट्रिय अनुसन्धानको निकम्मापन रहेको ती पूर्व उच्च गुप्तचर अधिकारी बताउँछन्। ती पूर्व गुप्तचर अधिकारीले भने, ‘राजनीतिक दाउपेचले गुप्तचर निकायलाई सदैब निरीह बनाइयो। त्यसैले यसको भूमिका शशक्त हुन सकेन।’ उनले गुप्तचर निकायको अपरिहार्यता बारे अगाडि थपे, ‘हाम्रो जस्तो देशमा सबै भन्दा महत्वपूर्ण र सक्षम सुरक्षा निकायको रुपमा जासुसी निकाय हुनुपर्ने हो तर राज्यस्तरबाट त्यसको सशक्तिकरणमा सदैब बेवास्ता गरियो।’ उनले पर्याप्त अधिकार र स्रोतसाधनले सुसम्पन्न नगराउँदा परिणाममुखी प्रतिफल दिने नसकेको जिकिर गरे। राज्य सञ्चालकहरुले नै गुप्तचर निकायलाई सवल बनाउन पर्याप्त स्रोत साधनको परिपूर्ती र कर्मचारीको क्षमता अभिवृद्धि गर्र्ने ठोस कार्यक्रम ल्याउन नसकेको उनको आरोप छ। ती अधिकारीको भनाइ अनुसार राजनीतिक कारणले नै राष्ट्रिय अनुसन्धान विभागलाई निकम्मा बनाउन थालनी भएको हो। सत्तामा रहने राजनीतिक दलले अन्य दलकोविरुद्ध गुप्तचरी गर्न लगाउने तर राष्ट्रिय सुरक्षा मजबुद बनाउन गुप्तचरको भूमिका प्रभावकारी बनाउन कसैले प्रयत्न नगर्नेे प्रवृत्तिले समस्या निम्तिएको उनको भनाइ छ। देशका ज्वलन्त राष्ट्रिय घटनाक्रममा सदैव अनविज्ञ देखिने राष्ट्रिय अनुसन्धान कामयावी हुन नसकेको ती पूर्व गुप्तचर अधिकारीको दाबी छ। नेपालमा अ‍ौपचारिक रुपमा गुप्तचर सस्थाको आवश्यकता महशुस गर्दै २००८ सालमा नेपाल गुप्तचर विभाग गठन गरिएको हो। परिवर्तित राजनीतिक व्यवस्था अनुरुप सशक्त बनाउनुपर्ने यो संस्था अहिले झनै कमजोर बन्न पुगेको छ। बहुदलीय व्यवस्था आउनु अघि आन्तरिक र बाह्य गुप्तचरी गर्ने दुईवटा संरचना रहेको थियो। त्यतिबेला जनसम्पर्क निर्देशनालय (क) र (ख) गरी दुईवटा गुप्तचर निकाय सक्रिय थिए। (क) ले आन्तरिक र (ख)ले बाह्य गुप्तचरी गर्ने गरी दुईवटा संरचना बनाइएको थियो। तर २०४६ सालमा बहुदल आएपछि दुबै गुप्तचर निकायलाई गाभेर एउटै राष्ट्रिय अनुसन्धान विभाग बनाइएको हो। हाल विशेष सेवा ऐन,२०४२ अन्तर्गत रहेको बाह्य गुप्तचरीविहीन यस निकाय आन्तरिक गुप्तचरीमा समेत चुकेको छ। विभागको व्यापक संरचनागत सुधारका लागि हालको ऐन बाधक रहेको भन्दै तत्कालीन केपी ओली नेतृत्वको नेकपाको सरकारले नयाँ ऐन सदनमा पेश गरेको थियो। विभागलाई व्यापक अधिकार दिने उद्देश्यले हालको ऐनलाई प्रतिस्थापन गर्न नेपाल विशेष सेवा विधेयक २०७६ संसदमा पेश गरेर पारित पनि भइसककोे छ। यस विधेयकमा संदिग्ध गतिविधिमा संलग्न रहेको आशंकामा शंकास्पद व्यक्तिहरुको फोन कल रेकर्ड गर्ने अधिकार समेत राष्ट्रिय अनुसन्धानलाई दिने प्रावधान राखिएको थियो। संसदमा विभागलाई प्रत्यायोजित गर्न लागिएको उक्त अधिकारबारे कांग्रेसका सांसदहरुले वैयक्तिक अधिकारको हनन हुने भन्दै आपत्ति जनाएका थिए। यद्यपि दुबै सदनबाट पारित भएको थियो। अघिल्लो ओली नेतृत्वको नेकपा सरकारको बेलामा दुबै सदनबाट पारित भएको यस विधेयक तत्कालीन राजनीतिक उलटफेरले राष्ट्रपतिबाट प्रमाणीकरण नहुँदा ऐन बन्न नसकेर अलपत्र परेको छ।
राप्रपाको केन्द्रिय समिति बैठक जारी काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रिय समिति बैठक जारी रहेको छ। सोमबारबाट सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिंदेन ‘यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ नामक राजनीतिक प्रतिवेदनलगायतमा छलफल भएको हो । ‘अध्यक्षज्यूले पेश गरेको राजनीतिक प्रतिवेदनलगायतमा केन्द्रिय सदस्यहरुले धारणा राख्ने कार्य सुरु भएको छ,’ प्रवक्ता सगुन लावतीले भने। उनका अनुसार अध्यक्ष राजेन्द्र लिंदेनलगायतले सोमवार प्रस्तुत गरेका प्रतिवेदनमाथी केन्द्रिय सदस्यहरुले आ आफ्नो धारणा राख्ने छन्। अध्यक्ष लिंदेनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बिदेशी इशारामा चल्न थाले पछि सरकार छाडनु परेको हिजो जनाएका थिए। नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमासमेत बिदेशी संलग्नता रहनुलाई राष्ट्रिय लज्जाको विषय भएको निष्कर्ष उनको थियो। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार भ्यागुताको धार्नी नपुगे जस्तै हुने मार्गमा पुगेको जनाउँदै उनले सरकार निर्माण र विघटनमा बाह्य प्रभाव रहे पछि आफुहरुले सरकार छाड्नु पर्ने जानकारी केन्द्रिय समितिमा गराएका छन्। उनले बैदेशिक हस्तक्षेप र दलीय भ्रष्टचारको विरुद्धमा निर्मम भएर उभिन पनि पार्टी पंक्तिलाई आग्रह गरेका छन्। मुख्य दलका अराजनीतिक गतिबिधि र भ्रष्ट प्रवृतिका कारण संबैधानिक राजतन्त्रको औचित्य अझै बढ्न गएको उल्लेख गर्दै त्यसको पक्षमा माहौल सिर्जना गर्नका लागि उपयुक्त अवस्था सिर्जना भएको पनि लिंदेनले जनाएका छन्। अध्यक्षको राजनीतिक, महामन्त्रीको सांगठानिक र कोषाध्यक्षको आर्थिक प्रतिवेदनमाथि मंगलबार दिनभरी छलफल हुने प्रवक्ता लावतीले जानकारी दिए।
धरानका मेयरकाे बिरोधमा पत्रकारकाे आन्दाेलन जारी, आज पूर्वमेयरसँग अन्तर्किया गर्दै धरान। धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई साम्पाङको अभिब्यक्ति र अशोभनिय क्रियाकलापको खिलाफमा पत्रकारहरु मैदानमा उत्रेका छन्। मेयर साम्पाङले निरन्तर पत्रकारलाई अपमान गरेको तथा सार्वजनिक गरेको अभिब्यक्ति अशोभनीय भएको भन्दै आन्दाेलनमा उत्रेका नेपाल पत्रकार महासंघ सुनसरीले अाज धरानका पूर्व मेयरहरुसँग अन्तर्किया गर्ने भएका छन्। साेमबार उनीहरुले मेयर साम्पाङकाे बिरोध स्वरुप मौन जुलुस निकालेका थिए। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने गरी प्रमुख राईले पटक पटक पत्रकारहरूलाई गालीगलौज तथा सञ्चार क्षेत्रमाथि आक्रमण प्रयास गरेको पछि बाध्य भएर बिरोधमा मौन जुलुस प्रदर्शन गर्नु परेको अध्यक्ष जनकऋषि राईले जानकारी दिए। उनका अनुसार मेयर राईले आफनो अभिब्यक्ति नसच्चाएसम्म तथा प्रेस स्वतन्त्रता प्रति लिखित प्रतिबद्धता नजनाएसम्म आन्दोलन जारी रहने छ। राईका कारण सुनसरीका पत्रकारहरू असुरक्षित हुन पुगेको भन्दै सांकेतिक स्वरुप सोमबार नगरपालिकाको गेटमा पत्रकारहरूले मुख थुनेर विरोध जनाएका थिए। सो अघि भानु चोकबाट छाता चोक, चतराइन हुँदै धरान उपमहानगरपालिकाको गेटसम्म प्ले कार्ड प्रदर्शन गरिएको थियो। धरानका मेयर साम्पाङकाे अशभोभनिय क्रियाकलाप र अभिब्यक्तिका कारण गृहमन्त्रीसमक्ष सुरक्षा माग गर्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई यसअघि नै ज्ञापनपत्र बुझाइसकेका छन्।
आरजू देउवाको आत्मविश्वासको पछाडिको रहस्य के हो? काठमाडौं। नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गिरोहको पर्दाफास भएसँगै धेरै हाइप्रोफाइल व्यक्तिहरु पक्राउ परेका छन्। पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी, रायमाझीका छोरा सन्दीप, पूर्वगृह सचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायत पक्राउ परेका छन्। पूर्वगृहमन्त्री बालकृष्ण खाणकी श्रीमती मञ्जु, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक लगायत केही हाइप्रोफाइलहरु फरार छन्। यो प्रकरणमा लहरो तान्दा पहरो थर्किएको छ। अहिलेसम्म संलग्नता पुष्टि नभए पनि यस प्रकरणमा कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा, पूर्व गृहमन्त्री रामबहादुर थापा बादल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका बहालवाला प्रमुख आयुक्त तथा तत्कालीन गृह सचिव प्रेमबहादुर राई लगायतको नाम पनि यो प्रकरणमा तानिएको छ। तर, यो सबै प्रकरणमा आरजू राणा देउवाको आत्मविश्वासको स्तर निकै आश्चर्यजनक देखिएको छ। यो प्रकरणमा आफ्नो नाम तानिएपछि आरजुको बोली चर्को भएको छ। पछिल्लो समय प्रतिनिधि सभा बैठकमा उनले समय लिएरै यो विषयमा चर्को कुरा गर्न थालेकी छिन्। यसबाहेक पहिले मिडियामा बोल्न धेरै चासो नदिने उनले पछिल्लो समय विभिन्न मिडियालाई अन्तवार्ता दिने क्रमलाई बढाएकी छिन्। ती अन्तरर्वार्तामा उनले आफूले कत्ति पनि भ्रष्ठाचार नभएको दावी गर्दै आरोपलाई प्रमाणित गर्न चुनौती दिएकी छिन्। यस्तोमा उनको आत्मविश्वासको पछाडिको कारण के हो भन्ने कुरामा धेरैको चासो बढेको छ। आरजुको शैलीलाई पहिलेदेखि नै बुझेकाहरु भन्छन्-उनको आत्मविश्वासको पछाडिको प्रमुख कारण श्रीमान शेरबहादुर देउवाले आफूलाई जसरी पनि बचाउँछन् भन्ने आरजुको बुझाइ हो। आफूलाई बचाउन देउवा जुनसुकै हदसम्म जान सक्छन् भन्ने आरजुलाई लाग्छ। आरजुको शैलीलाई पहिलेदेखि नै बुझेकाहरु भन्छन्-उनको आत्मविश्वासको पछाडिको प्रमुख कारण श्रीमान शेरबहादुर देउवाले आफूलाई जसरी पनि बचाउँछन् भन्ने आरजुको बुझाइ हो। आफूलाई बचाउन देउवा जुनसुकै हदसम्म जान सक्छन् भन्ने आरजुलाई लाग्छ। उनको बुझाइमा आफू यो प्रकरणमा तानिए यो सरकार नै टिक्न सक्दैन। सरकार ढलेको अवस्थामा आफू अनुकूलको सरकार बन्छ र आफू जोगिन्छु भन्ने उनीमा विश्वास छ। अहिलेको सरकार कांग्रेसकै बलियो समर्थनमा अडिएको छ। यदि यो प्रकरणमा आरजु पनि तानिने हो भने कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा अहिलेको सरकार ढल्छ। र, आरजुले सम्भवतः आफू मुछिएको अवस्थामा त्यही रणनीति अपनाउने तयारी गरेकी छिन्। आफू मुछिएको अवस्थामा पति शेरबहादुरलाई दबाब दिएर समर्थन फिर्ता लिन लगाउने वा समर्थन फिर्ता लिने धम्की दिएर अहिलेका प्रधानमन्त्री र गृहमन्त्रीलाई तर्साएर पछि हट्न लगाउने रणनीतिमा आरजु छिन्। कांग्रेसले समर्थन फिर्ता लिएको अवस्थामा यो सरकार टिक्न निकै कठिन छ। नक्कली शरणार्थी प्रकरणमा एमालेका सचिव पनि तानिएको र उपाध्यक्ष समेत तानिने जोखिममा रहेको अवस्थामा एमालेले समर्थन दिएर यो सरकार टिकाइदिने सम्भावना न्यून देखिन्छ। यस्तो अवस्थामा यो सरकार ढल्ने जोखिम उच्च हुन्छ। त्यसपछि बन्ने सरकार सम्भवतः कांग्रेसकै नेतृत्वमा बन्ने र त्यो ‘आफ्नो’ सरकारले आफूलाई बचाउने कुरामा आरजु विश्वस्त रहेको स्रोत बताउँछ। यसबाहेक बोल्ने कुरामा सही र गलतको ख्याल नगरी बोलिदिने प्रवृत्ति पनि आरजूमा छ। यही प्रवृत्ति हामी भएको आक्रोशको अवस्थामा उनी यसरी बोलेको हुन सक्ने पनि केहीले अनुमान गर्छन्। आरजू बढी बोलेर विवादमा आएका घटना पहिले पनि भएका छन्। कहिले कांग्रेसको मेयर नभएको ठाउँमा पैसा पठाउँदैनौं भन्ने, कहिले हेलिकप्टर चढेर आउन सक्ने उम्मेदवारलाई भोट दिनुस् भन्ने त कहिले फ्रि भिसा फ्रि टिकटमा युवाहरुलाई मलेसिया पठाइदिन्छु भन्ने अभिव्यक्तिका कारण उनी यसअघि पनि धेरै पटक विवादमा परिसकेकी छिन्।
नक्कली शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री खाँणको बयान आज पनि लिइने काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँग आज पनि बयान लिइने भएको छ। गत बिहीबार पक्राउ परे पनि सोमवारबाट मात्रै बिषय केन्द्रित भएर बयान सुरु भएको र सो बयान अझै बाँकी रहेकाले आज पनि बयान लिन लागिएको हो। सरकारी वकिल प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानका अनुसार हिजोबाट सुरु भएको खाँणको बयान आज पनि जारी रहने छ। ‘मंगलबार पनि उहाँको बयान हुनेछ’ उनले भने। सो प्रकरणमा मुछिए पनि खाँणले ‘मोबाइल फरम्याट’ गरेको तथा सो मोबाइलको ‘डाटा रिकभर’ हुनका लागि समय लागे पछि सोमबारबाट मात्रै उनको बयान सुरु गरिएको प्रहरीले जनाएको छ। सो आरोपमा मुछिएका मुख्य आरोपित केशव दुलाल र सानु भण्डारीले सो काण्डमा गृहमन्त्रीको हैसियतमा खाँणको पनि संलग्नता रहेको र मन्त्रालयमा नै लगेर १ करोड ४६ लाख रुयैयाँ दिएको वयान दिए पछि खाँण सो पक्ररणमा तानिएका हुन्। साथै, तत्कालीन गृह सचिव टेकनारायण पाण्डेले पनि मन्त्रीको संलग्नतामा आफूले काम कारबाही अघि बढाएको बयान दिए पछि खाँणलाई पक्राउ गरी हिरासतमा लिइएको हो।
महानगरको कर्मचारीले भ्रष्टचार गरे मेरो माेबाइलमा खबर गर्नुहोस् : मेयर बालेन काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफू माताहातका कर्मचारीले भ्रष्टचार गरे प्रमाणसहित उजुरी दिन अपिल गरेका छन्। काठमाडौंका ‘भ्रष्ट कर्मचारी’ बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेत गएका मेयर साहले त्यस्तो टेक्स्ट, अडियो, भिडियोसहितको उजुरी दिनका लागि अलग्गै मोबाइल नम्बर पनि उपलब्ध गराएका छन्। ‘हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौं, हाम्रो अधिकार क्षेत्र काठमाडौ महानगर पालिका कार्यालयमा कुनै नि कर्मचारीले कुनै पनि प्रकारमा पैसा मागेमा प्रमाणसहित हामीलाई सम्पर्क गर्नु होला भिडियो अडियोसहित,’ उनले भनेका छन्, ‘कसैले बिना प्रमाण यस्ले यति भ्रस्टाचार गर्‍याे भनेर आरोप लगाउनु भन्दा पनि प्रमाण जुटाउनु होला। उनले अगाडि मोबाईल नम्बर उपलब्ध गराउँदै भनेका छन्, ‘हामी लाई 9863592011 मा whatsapp मा प्रमाण सहित सम्पर्क गर्न सक्नु हुनेछ। यो मोबाइल मैले मात्र बोक्ने भएको हुनाले पठाउने को नाम गोप्य राखिनेछ।’
भूटानी शरणार्थी प्रकरणका दोषीलाई छाड्न हुँदैनः रास्वपा काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकै भए पनि कुनै पनि हालतमा छाड्न नहुने बताएको छ। रास्वपाका प्रवक्ता एवम् महामन्त्री डा मुकुल ढकालले आज विज्ञप्ति जारी गर्दै भूटानी शरणार्थी प्रकरणका आरोपितको राहदानी जफत गरी दोषीलाई कारबाही र पीडकलाई क्षतिपूर्ति दिलाउन सरकारसँग माग गरेका छन्। उक्त प्रकरण सङ्गठित ठगी र राज्यविरुद्ध अपराध भएको रास्वपाले जनाएको छ । “यो घटनाले विश्वसामु स्वाभिमानी नेपालीको शिर झुकाएको छ, यस प्रकरणमा संलग्न जोसुकै भए पनि कुनै पनि हालतमा छाड्न हुँदैन, उक्त घटनाका सम्बन्धमा हालसम्म सरकार र नेपाल प्रहरीले उठाएका कदमप्रति हाम्रो साथ, समर्थन छ”, विज्ञप्तिमा भनिएको छ । रास्वपाले उक्त घटना भ्रष्टाचारको मुद्दामात्र नभई एक सङ्गठित ठगी र राज्यविरुद्ध अपराध भएको जनाएको छ । भूटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय समुदायमा नेपाल र नेपालीको छविमा आँच पुर्‍याएको भन्दै उक्त प्रकरणका बहुआयामिक पक्षलाई केलाएर अनुसन्धानलाई सोही ढङ्गले अगाडि बढाउन रास्वपाले सरकारसँग माग गरेको छ ।
सञ्चो नभएको जनाएपछि पूर्वगृहमन्त्री खाणको बयान रोकियो, रायमाझीसँग बयान लिन सुरु काठमाडौं। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पूर्वगृहमन्त्री बालकृष्ण खाणले आफूलाई सञ्चो नभएको जानकारी गराएपछि नक्कली भूटानी शरणार्थी प्रकरणका विषयमा सुरु गरिएको उनीसँगको बयान आजका लागि रोकिएको छ । खाणसँगको बयान बीचैमा रोकिएपछि कार्यालयले उक्त प्रकरणमा मुछिएर अनुसन्धानका लागि आजै तीन दिनको म्याद थप भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसँग बयान लिन सुरु गरेको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, सहन्यायाधीवक्ता अच्युतमणि न्यौपाने भने, “बयान लिँदालिँदै पूर्वमन्त्री खाणले सञ्चो नभएको बताउनुभयो, त्यसपछि उहाँसँगको बयान रोकेर पूर्वउपप्रधानमन्त्री रायमाझीसँग बयान लिन सुरु भएको छ ।” नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर सङ्गठित ठगीका आरोपीहरूमध्ये ११ जनासँग जिल्ला सरकारी वकिलको कार्यालयले यसअघि नै बयान लिइसकेको छ । कार्यालयले पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसँग बयान लिन बाँकी रहेकोमा आज बिहानदेखि नै खाणसँगको बयान सुरु भएको थियो । तर सञ्चो नभएको बताएपछि उनीसँगको बयान रोकेर कार्यालयले रायमाझीसँग बयान लिन थालेको हो । यसअघि आइतबार खाणका स्वकीय सचिव नरेन्द्र केसी र पूर्वगृहसचिव टेकनारायण पाण्डेसँग बयान लिएको थियो । उक्त घटनामा अहिलेसम्म खाण रायमाझी, पाण्डे र केसीसहित १३ जना पक्राउ परेका छन् । पक्राउ पुर्जी जारी भएका तीन आरोपीहरू भने फरार छन् । आइतबारअघि पक्राउ परेका १२ जनालाई अनुसन्धानका लागि आइतबार अदालतबाट चार दिनको म्याद प्राप्त भएको थियो । आइतबार पक्राउ परेका रायमाझीको हकमा भने आज तीन दिनको म्याद थप भएको छ । शरणार्थी ठगी प्रकरणमा जोडिएपछि प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई वैशाख २७ गते पक्राउ गरेको थियो । वैशाख १९ गते तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई र वैशाख २० गते बहालवाला सचिव ९तत्कालीन गृह सचिव० टेकनारायण पाण्डे पक्राउ परेका थिए । उक्त घटनामा संलग्न रहेको आरोपमा टोपबहादुर रायमाझी र छोरा सन्दीप रायमाझीलाई वैशाख २० गते नै पक्राउ पुर्जी जारी भएको थियो । त्यस दिन सन्दीप मात्रै पक्राउ परेका थिए । त्यसपछि फरार रहेका पूर्वउपप्रधानमन्त्री रायमाझीलाई प्रहरीले आइतबार काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ गरेको हो । यही वैशाख २६ गते काठमाडौँको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरी पक्राउ परेका थिए । त्यसअघि गत चैतमा उक्त प्रकरणका गिरोह मानिएका केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल, सागर थुलुङ पक्राउ परेका थिए । उनीहरूकै बयानका आधारमा तत्कालीन गृहमन्त्री र गृहसचिवको नाम मुछिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका डा राईका छोरा नीरज र शुक्रबार पक्राउ पुर्जी जारी भएका तत्कालीन गृहमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिक हाल सम्पर्कविहीन छन् । शरणार्थी ठगी प्रकरणमा एक सय छ जना पीडितले उनीहरू विरुद्ध २० वटा जाहेरी दिएका छन् । उनीहरूले कुल रु २३ करोड २५ लाख ठगी गरेको आरेप लगाएका छन् । उक्त घटनामा अझै धेरै पीडित भएको बताइएको छ । उक्त घटना विसं २०७६ सालदेखि नै सुरु भएको र २०७७ सालदेखि भने गृहका अधिकारीसहितको मिलेमतोमा सङ्गठित रूपमा ठगी भएको प्रहरीले दावी गरेको छ । लामो समयसम्म शरणार्थी बनेर अमेरिका जान नपाएपछि मात्रै पीडितहरू प्रहरीमा आएका थिए । गत जेठमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पीडितले जाहेरी दिएका थिए । तर उक्त घटनाका आरोपीहरू १० महिनापछि गत चैतमा मात्रै पक्राउ परेपछि उनीहरुको बयानका आधारमा घटनामा जोडिएका मन्त्री तथा सरकारी उच्च पदस्थ अधिकारीहरू समेत पक्राउ परेका हुन् । अन्य केही उच्च अधिकारीहरूका विषयमा भने प्रहरीले प्रमाण जुटाउने प्रयास जारी राखेको बताइन्छ ।
कांग्रेसका पूर्वसभासद शेर्पाले गरे प्रहरीमा आत्मसमर्पण काठमाडौं। फरार सूचीमा रहेका पूर्व सभासद आङटावा शेर्पाले प्रहरीमा आत्मसमर्पण गरेका छन्। नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई जोगाउन भन्दै सरकारी वकिलको कार्यालयमा पुगेको शेर्पालाई प्रहरीले अनुसन्धानका लागि पक्राउ पूर्जी जारी गरेपछि फरार भएका थिए। उनले अहिले साँझ जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेर आत्मसर्मपण गरेका हुन्। भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगेको आरोपमा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। प्रहरी उच्च अधिकारीका अनुसार सो घटनामा पक्राउ परेका पुर्व गृहमन्त्री बालकृष्ण खाँणलगायतको नाम नभन्नका लागि अनुरोध गर्न प्रहरी कार्यालय पुगेका शेर्पामाथि थप अनुसन्धानका लागि पक्राउ पुर्जि जारी भएको थियो। तर, शेर्पा सो घटना सार्वजनिक भए पछि मोबाईल अफ गरी बेपत्ता भएका थिए। सो प्रकरणमा पक्राउ परेका सानु भण्डारी र केशव दुलाललाई भेटघाट गरी खाँणको नाम नलिन उनले अनुरोध गरेको यसअघि सार्वजनिक भएको थियो।
भुटानी शरणार्थी प्रकरण राष्ट्रमाथिको घात र अपमान हो – शंकर पोखरेल काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रमाथिको घात र अपमान भएको बताएका छन् । राष्ट्रिय युवा संघले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले मानवबेचबिखनमा मुलुकको नाम जोडिनु अन्तराष्ट्रिय जगतमा नै लज्जास्पद भएको र यस प्रकरणमा राष्ट्रमाथिको घात र अपमान भएको बताएका हुन् । उनले उक्त प्रकरणमा बदमासी एउटाले गर्ने र संकेत अर्कोतर्फ गर्ने काम भएकाले त्यसप्रति सचेत हुन जरुरी रहेको बताए । एमाले नेतृत्वको सरकार भएका बेलामा बाँकी रहेका भुटानी शरणार्थीका विषयमा कार्यदल बनाइएको र कार्यदलले बनाएको प्रतिवेदनमाथि जालसाझी गरिएको पोखरेलले जिकिर गरे । पोखरेलले शरणार्थी प्रकरणमा संलग्न जोकोहिलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्ने बताए । उनले भ्रष्टाचारका सबै काण्डहरुको छानविन गर्न एमाले तयार रहेको भन्दै अहिलेको सत्ता पक्षपनि तयार हुनुपर्ने धारणा राखे । समाजमा रहेका सवै प्रकारका भेदहरुलाई अन्त्य गर्नका लागि युवाहरुले अगुवाई गर्नुपर्ने उनको भनाइ छ । कार्यक्रममा युवा संघका अध्यक्ष क्षितिज थेवेले मुलुकलाई सुशासनतर्फ अघि बढाउन युवा संघले निरन्तर सचेत गराएको बताए । उनले युवाहरुलाई मुलुकमा स्वरोजगार बनाउनेगरि अभियान चलाउने काम युवा संघले गर्ने बताए ।
नियमावली संशोधनका लागि मस्यौदा समिति गठन काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकले (सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली संशोधनका लागि मस्यौदा समिति गठन गरेको छ । सांसद देवेन्द्र पौडेलले ‘सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली संशोधन मस्यौदा समिति गठन गरियोस्’ भनी प्रस्ताव गरेका थिए। सो समिति १६ सदस्यीय छ । समितिले सात दिनभित्र नियमावलीको मस्यौदा गर्नुपर्नेछ । सांसद पौडेलले गरेको सो प्रस्तावलाई सांसदद्वय ईश्वरी न्यौपाने र योगेश भट्टराईले समर्थन गरेकी थिइन्। त्यस्तै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट खानेपानीमन्त्री महिन्द्रराय यादवले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गरेका थिए । सो प्रस्तावलाई सदनको सर्वसहमतिले सम्बन्धित समितिलाई पठाइएको छ । यस्तै, बैठकले २०६४ सालको संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधनप्रति शोक प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । बस्नेतको ७८ वर्षको उमेरमा गत वैशाख २९ गते शुक्रबार निधन भएको हो । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ४ गते ११ बजे बस्नेछ ।
इमान्दारिताले विचौलिया अन्त्य गर्छः कानुनमन्त्री गुरुङ काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राजनीतिमा इमान्दारिताले विचौलीयको अन्त्य गर्ने बताएका छन्। राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा उनले संसदीय समितिले दिने निर्देशनलाई भने मन्त्रालयले शिरोधार्य गरी तदारुकताका साथ कार्यान्वयन गर्ने विश्वास दिलाए। मन्त्री गुरुङले भने, “समितिका निर्देशन र सुझावलाई अङ्गिकार गरिनेछ, कानुनका विभेद्कारी प्रावधानलाई हटाइनेछ, समाजमा घृणा र हेलाको दृष्टिकोणले हर्ने प्रवृत्ति अन्त्य गर्ने समाजमा चेतना जागृत गराउने कार्यक्रम लैजानुपर्छ ।” समितिमा मनोसामाजिक अपाङ्गताको दृष्टिकोणबाट विद्यमान कानुनमा रहेका विभेद्कारी व्यवस्था हटाउने सम्बन्धमा समिति, सरकार र सरोकारवाला पक्षबीच छलफल भएको थियो । समिति सभापति प्रकाश पन्थले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई जोड्ने कार्यजिम्मेवारी भएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले समाजका हरेक क्षेत्रका आवाजलाई कानुनी पाटोबाट समयमै होसियारीपूर्वक सम्बोधन गर्ने विषयमा सजग र सचेत रहन आवश्यक रहन सुझाव दिए । समिति सदस्य वामदेव गौतमले समितिमा हुने गहन छलफलका निर्णय कार्यान्वयनका लागि समयमै सरकारलाई ताकेता गर्नुपर्ने आवश्यकतामा जोड दिए। सदस्य कमलादेवी पन्तले सम्मानपूर्वक बाँच्ने पाउने संविधानले दिएको नागरिक हकलाई सुरक्षित गर्दै समाजका ८० प्रतिशत नागरिक कुनै न कुनैरुपमा मनोसामाजिक समस्याबाट पीडित रहेकाले राज्यलाई त्यसतर्फ आवश्यक ध्यान पु¥याउन सुझाव दिए। समिति सदस्य शारदादेवी भट्ट र भुवन सुनारले दुरदराजमा अझै पनि कतिपय अपाङ्ताका भएका व्यक्तिले परिचयपत्र बनाउन नपाएका तथा मनोपरामर्श सेवा प्राप्त गर्न नसक्दा आत्माहत्यका घटना बढेको हुँदा हरेक विद्यालय र कलेजमा मनोपरामर्श सेवा उपलब्ध गराउने व्यवस्था आवश्यक रहेको बताए । सदस्य मृगेन्द्रकुमार सिंहले कानुनमा अझै विभेद्कारी शब्द र शब्दावली देखिने गरेकाले त्यसलाई समयमै सशोधन गर्न सुझाव दिए। सङ्घीय संसद् सचिवालयका सचिव डा रोजनाथ पाण्डेले संविधानमा उल्लेख भएका मौलिक हकसँग जोडिएका कतिपय विषय कानुन बनाउन ढिलाइका कारण कार्यान्वयन गर्न नसकिएकाले त्यस विषयमा सरकारको अग्रसरता आवश्यक रहेको उल्लेख गरे।
कम्युनिस्ट पार्टीहरू एक हुनुपर्छः माधव नेपाल काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघीयता जोखिममा पर्ने अवस्था देखिए भन्दै चिन्ता व्यक्त गरेका छन् । सोमबार विद्यार्थी दिवस र अबको बाटो विषयक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले लोकतन्त्र, गणतन्त्र र संविधान संकटमा पर्न थालेको टिप्पणी गरे। उनले अब कम्युनिष्ट पार्टीहरू एक भइ आफ्नो जिम्मेवारीलाई महशुस गर्नुपर्ने आवश्यकता देखिएको बताए। उनले कम्युनिष्ट एक भएर नागरिकको जनजीविका, सामाजिक न्याय र समानताको झण्डा उठाउनुपर्ने आवश्यकता रहेको बताए। विकासलाई अघि बढाइरहे पनि चाहेअनुसारको विकास हुन नसकेको उनले बताए।
दशै वटा संसदीय समिति बैठक मङ्गलबार बिहान काठमाडौं। प्रतिनिधिसभा गठन भएको छ महिनापछि अर्थात मङ्गलबारदेखि संसदीय समिति क्रियाशील हुने भएको छ । सभामुख देवराज घिमिरेले कानून निर्माण र जनताका सरोकारका मुद्दामा संसदीय समिति एकैसाथ छन् भन्ने सन्देश प्रवाह होस् भनी बिहान नौ बजे १० वटै समितिका बैठक राख्न सुझाव दिएका थिए। उनको सुझावअनुसार प्रतिनिधिसभा मातहतका सबै विषयगत समितिका बैठक एकैसाथ राख्ने तयारी भएको सङ्घीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए। समितिका सभापति चयन नभएसम्मका लागि बैठकको अध्यक्षता हाल तत् तत् समितिका ज्येष्ठ सदस्यले गर्नेछन्। समितिको पहिलो बैठकमा ज्येष्ठ सदस्यले सदस्यहरूलाई स्वागत गर्ने, परिचय कार्यक्रम हुने र कार्यक्षेत्रबारे जानकारी गराइने कार्यसूची बनाइएको छ । प्रतिनिधिसभा मातहत अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानून, न्याय तथा मानवअधिकार, कृषि सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला, राज्यव्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि तथा सार्वजनिक लेखा छन् । समितिको प्रमुख कार्यजिम्मेवारी भनेको सचिवालयमा दर्ता भई सभाले सैद्धान्तिक, दफावार छलफलका लागि पठाएका विधेयकलाई निकष्कर्षमा पुर्‍याउनु रहेको छ । सभामा ठूलो सङ्ख्या हुने भएको र सबै काम गहिरोसँग अध्ययन तथा अनुसन्धान गरी निष्कर्षमा पुर्‍याउन चुनौती खडा हुने भएकाले प्रभावकारी कार्यसम्पादन गर्न विश्वभर नै संसदीय समिति प्रणाली अभ्यासमा आएका हुन् । अधिकांश समिति करिब २५ सदस्यीय बनाइएको छ । संसद्का काम कारबाहीलाई व्यवस्थितरूपले सम्पादन गर्न संसदीय समिति प्रणाली विकसित भएकाले सभाका कामलाई सघाउने गर्छन् । कतिपय सवालमा दोहोरो संवाद गरी छलफल गर्नुपर्ने, अनुगमन निगरानी गरी प्रतिवेदन तयार गर्नुपर्ने तथा विधेयकमाथि प्रत्येक शब्द र प्रावधानमाथि छलफल हुनुपर्ने भएकाले समितिले सभाको कार्य जिम्मेवारीलाई सहज तुल्याउन सहयोग पुर्‍याउँछ । प्रतिनिधिसभाले यसअघि नै नयाँ नियमावली बनाई कार्यान्वयनमा ल्याइसकेको छ। नयाँ नियमावलीले साविकका केही समितिको नाम र कार्यक्षेत्रमा केही समान्य हेरफेर गरेको छ । सभाबाट गत वैशाख १५ गते ती समिति गठन भएको घोषणा भएको थियो । अघिल्लो कार्यकालमा प्रतिनिधिसभाका १० समितिमध्ये छ वटा समितिका सभापति महिला थिए। मुलुकका प्रमुख राजनीतिक दलबीच कुन समितिको नेतृत्व कसले पाउने भन्नेमा मोटामोटी सहमति भइसकेको बताइएको छ । विगतदेखि कै अभ्यास अनुरुप सार्वजनिक लेखा समिति भने प्रमुख प्रतिपक्षी दलले प्राप्त गर्नेछ । विषयगत समितिका केही बैठकपछि समितिको नेतृत्व चयन प्रक्रिया हुने अनुमान गरिएको छ।
शरणार्थी प्रकरण बिदेशी दबाबमा छानबिन हुनु राष्ट्रिय लज्जाको बिषयः राप्रपा काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको सरकार भ्यागुतोको धार्नी नपुगेको जस्तो भएको बताएको छ। आजदेखि काठमाडौंमा सुरु भएको केन्द्रिय समितिको पुर्ण बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष राजेन्द्र लिङदेनले नक्कली भुटानी शरणार्थी प्रकरणमा बिदेशीको दबाबवाट भएकोसमेत उल्लेख गरेका छन्। ‘प्रचण्ड नेतृत्वको सरकार भ्यागुताको धार्नी नपुगे जस्तै हुने मार्गमा छ। सरकार निर्माण र विघटनमा बाह्य प्रभावका प्रसङ्ग चले जस्तै बाह्य दबाबबाट मात्र भ्रष्टाचारको छानबिन हुन थालेको प्रसङ्ग चल्नु राष्ट्रिय लज्जाको विषय हो,’ अध्यक्ष लिङदेनले राजनीतिक प्रतिवेदन पेश गर्दै भने। सत्य, निष्ठा, इमान्दारीता, जवाफदेहीता दुर्लभ बस्तु बन्न गएको उल्लेख गर्दै लिङदेनले भनेका छन, ‘सानालाई ऐन, ठूलालाई चैन भन्ने अवस्था वर्तमान शासनको विशेषता बनेको छ, यो यथार्थ अवस्था दण्डहीनताको श्रृखलाहरूले आफैं प्रमाणित गरेको छ। धेरै पर जानै पर्दैन, वाइड बडीदेखि ललिता निवास जग्गा काण्ड, एनसेलदेखि क्यान्टोनमेन्ट घोटाला ध्यानमा लिने हो भने सत्यतथ्य सबै छर्लङ्ग हुन्छ।’
सभामुखले संसदलाई दिए रायमाझी पक्राउ परेको जानकारी काठमाडौं। सभामुख देबराज घिमिरेले सांसद टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गरेको जानकारी गराएका छन्। आइतबार बुढानिलकण्ठस्थित आफान्तको निवासवाट पक्राउ परी सोरहखुट्टे प्रहरी हिरासतमा रहेका रायमाझीका बारेमा प्रहरीले आज संसद सचिवालयलाई औपचारिक जानकारी दिएको हो। सो जानकारी पछि सभामुख घिमिरले उनी पत्राउ परेका संसदलाइ जानकारी गराएका हुन्। नेपाल प्रहरीले सांसद रायमाझी पक्राउ परेको सुचना संसदीय सचिवालयलाई आएको प्रवक्ता एकराम गिरीले जानकारी दिएका थिए ‘सांसद रायमाझी पक्राउ परेको औपचारिक जानकारी संसद सचिवालयमा आएको छ, अब सभामुखले नियमअनुसार त्यसको जानकारी संसदको बैठकमा गराउनु हुनेछ’ उनले भनेका थिए। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिए पछि पक्राउ पुर्जि जारी भए पछि पनि उनी ११ दिन देखी फरार रहेका थिए। उनलाई हिजो मात्रै पक्राउ गरिएको हो। (यसअघि समाचारमा भुलवश निलम्बित भनी पर्न गएकोले क्षमायाचनासहित सच्याइएको छः सं)
टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई अनुसन्धानका लागि ३ दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको हो । आइतबार साँझ पक्राउ परेका रायमाझीलाई सोमवार जिल्ला अदालत लगिएको थियो । पक्राउ पुर्जी जारी भएको ११ दिनपछि उनी काठमाडौंको बुढानीलकण्ठ क्षेत्रको एक घरबाट पक्राउ परेका थिए ।
भ्रष्टाचार विरुद्ध सरकार गम्भीर भएर लागेकाे छ : प्रधानमन्त्री प्रचण्ड कामठाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार भ्रष्टाचार विरुद्ध गम्भीर रुपमा लागेको बताएका छन्। सोमबार काठमाडौंमा राष्ट्र बैंक नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौंथो केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले अनियमितता र भ्रष्टाचार नियन्त्रण नभई सुशासन प्रवद्र्धन हुन नसक्ने भन्दै सरकार भ्रष्टाचार विरुद्ध गम्भीर रुपमा लागेको बताएका हुन्। भ्रष्टाचारीहरुलाई कारबाही गर्ने दिशामा सरकारले चालेको कदमप्रति आमजनताले समर्थन र ऐक्यवद्धता गरेको भन्दै उनले भ्रष्टाचारीहरुलाई कुनै पनि बहानामा बचाउने काम नहुने स्पष्ट पारे। प्रधानमन्त्री प्रचण्डले तरलता र ब्याजदर लगायतका अन्य कतिपय परिसूचकहरुमा समेत सुधार आएको भन्दै अर्थतन्त्रका अन्य क्षेत्रका समस्या समाधान गर्दै दिगो आर्थिक विकास र समृद्धि हासिल गर्नेतर्फ केन्द्रित गर्न जरुरी रहेको बताएका हुन्। सरकारले अर्थतन्त्रलाई संकटतर्फ जानबाट रोक्न चालेका कदमहरुको कारण अहिले शोधनान्तरमा उल्लेख्य सुधार आएको र विदेशी विदेशी मुद्राको सञ्चिति पनि बढेको जानकारी दिए। प्रधानमन्त्री प्रचण्डले अल्पविकसित मुलुकबाट विकसित मुलुकमा स्तरोन्नति हुने, दिगो विकासका लक्ष्य पूरा गर्ने लगायतका विकास र समृद्धिको लक्ष्य हासिल गर्न राज्यका सबै अंग, निजी क्षेत्र र सबै सरोकारवालाहरुले समन्वयात्मक पहल गर्नुपर्नेमा जोड दिए। उहाले आफ्नो नेतृत्वमा सरकार बनेपछि अर्थतन्त्रमा देखा परेका चुनौती सामना गर्न केही महत्वपूर्ण कदम चालिएको, सार्वजनिक सेवा प्रवाह हुने ठाउँमा लामो लाइन बस्नुपर्ने र बिचौलियाहरुबाट ठगिनुपर्ने अवस्थामा सुधार भएको र किसानहरुले सहज रुपमा पाउने गरि मलको आपूर्ति सुनिश्चित हुन लागेको बताए। उहाले सीमित व्यक्ति तथा समूहले बैंकिङ क्षेत्रको ठूलो स्रोत-साधनको उपयोग गर्ने, उपलव्ध स्रोत-साधन प्रत्यक्ष–अप्रत्यक्ष रुपमा अनुत्पादक वा कम उत्पादक क्षेत्रमा केन्द्रित हुने देखिएको र यसका कारण पनि अर्थतन्त्रमा समस्या देखिएकाले यस्तो प्रवृत्तिलाई रोक्न केन्द्रीय बैंक तथा बैंकिङ क्षेत्रले समयमै उचित कदम चाल्नु आवश्यक रहेको बताए। राष्ट्र बैंकले हालै मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत् उद्योगी-व्यवसायीलाई केही राहत दिने व्यवस्था गरेको भन्दै उनले आगामी दिनमा लगानी र आर्थिक क्रियाकलाप बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।
२०४८ साल पछिका उच्च पदमा रहेकाहरुको सम्पत्ति छानबिन गर्न संसदीय समिति गठनको माग काठमाडौँ। मुलकको जताततै भ्रष्टाचार देखा परेको भन्दै उच्चस्तरीय संसदीय समिति गठन गर्नुपर्ने माग उठेको छ। प्रतिनिधिसभाका जारी बैठकमा बोल्दै सांसद सुर्यप्रसाद ढकालले २०४८ पछिका उच्च पदमा गएका सबैको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन गर्नु पर्ने माग राखेका हुन्। ‘मलखाद्यमा भ्रष्टचार, नक्कली भुटानी प्रकरणमा भ्रष्टचार, यातायात कार्यालय, मालपोत र नापी कार्यालय भ्रष्टचार, न्यायलयमा भ्रष्टचार, प्रहरीको खाद्यान्नमा भ्रष्टचार, जताततै भ्रष्टचार छ,’ सांसद ढकालले भने, ‘त्यसैले २०४८ साल देखी अहिलेसम्म भएका प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, प्रधानन्यायधिस, न्यायधिस, नेपाली सेना प्रमुख, नेपाल प्रहरी प्रमुख, मुख्य सचिव, सभामुख, सांसद, संबैधानिक निकायका प्रमुख र सदस्यहरुको सम्पत्तिमाथि छानबिन गर्न संसदले उच्चस्तरीय छानविन समिति बनाउन माग गर्दछु।’
नक्कली भुटानी शरणार्थी प्रकरण : अनुसन्धानका विषयमा संसदलाई जानकारी गराउन माग काठमाडाैं। नक्कली भुटानी शरणार्थी प्रकरणका विषयमा संसदमा आवाज उठेको छ। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा अधिकांश सांसदले सो विषयमा आफ्नो धारणा राखेका हुन्। नेकपा एमालेका सांसद ठाकुर गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणमा भएका अनुसन्धानका बारेमा सदनमा जानकारी गराउन माग गरेका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा गैरेले भ्रष्टाचारविरुद्ध सिंगो देश आन्दोलित भइरहेको अवस्थामा सरकारले यस बिषयमा सदनमा जानकारी गराउन माग गरेका हुन्। उनले नक्कली शरणार्थी प्रकरणका बिषयमा पटक पटक सदनमा आवाज उठेको र यसअघि सभामुखले दिएको निर्देशन सरकारले पालना नगरेको जिकिर गरे। उनले एमालेको बैठकले नै जघन्य अपराध गर्नेमाथि कारवाी गर्न माग गरेको भन्दै यसको निष्पक्ष छानविन हुनुपर्नेमा जोड दिए। बैठकमा रास्वपाका सांसद मनिष झाले तीन दलका नेताहरु निरन्तर भेट्नुमा आशंका पैदा भएको बताए। उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा शंंकास्पद व्यक्तिहरुलाई घेरामा राखेर अनुसन्धान गर्नुपर्नेमा जोड दिए। उनले उक्त प्रकरणमा निष्पक्ष अनुसन्धान नभए आन्दोलन गर्ने चेतावनी दिए। रास्वपाकैसांसद सन्तोष परियारले नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्यले खेद प्रस्ताव गर्नु पर्ने बताए। नेपाल र नेपाली राजनीतिलाई लज्जाबोध गराएकाले सरकारले त्यसलाई लज्जाबोध मानि खेद प्रस्ताव पास गर्नुपर्ने बताएका हुन्। ‘नेपाली राजनीतिलाई लज्जित बनाएको सो घटनाका बारेमा नेपाल सरकारका गृहमन्त्रीलाई अनुसन्धान कहाँ पुग्यो? त्यसको जानकारी सदनलाई गराउन आग्रह गर्दछु,’ प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद परियारले भने, ‘साथै, यो घटना प्रति लज्जाबोध गरेर खेद प्रस्ताव पास गर्न अनुरोध गर्दछु।’ एमाले सांसद सूर्यप्रसाद ढकालले २०४८ पछिका उच्च पदमा गएका सबैको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन गर्नु पर्ने माग राखेका हुन्। ‘मलखादमा भ्रष्टचार, नक्कली भुटानी प्रकरणमा भ्रष्टचार, यातायात कार्यालय, मालपोत र नापी कार्यालय भ्रष्टचार, न्यायलयमा भ्रष्टचार, प्रहरीको खाद्यान्नमा भ्रष्टचार, जताततै भ्रष्टचार छ,’ सांसद ढकालले भने, ‘त्यसैले २०४८ सालदेखि अहिलेसम्म भएका प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, प्रधानन्यायधीश, न्यायधीश, नेपाली सेना प्रमुख, नेपाल प्रहरी प्रमुख, मुख्यसचिव, सभामुख, सांसद, संबैधानिक निकायका प्रमुख र सदस्यहरुको सम्पत्ति माथी छानबिन गर्न संसदले उच्चस्तरीय छानविन समिति बनाउन माग गर्दछु।’
शरणार्थी प्रकरणमा राज्यले खेद प्रस्ताव गर्नुपर्छः सांसद परियार काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्यले खेद प्रस्ताव गर्नु पर्ने जनाएका छन्। नेपाल र नेपाली राजनीतिलाई लज्जाबोध गराएकाले सरकारले त्यसलाई लज्जाबोध मानि खेद प्रस्ताव पास गर्नुपर्ने बताएका हुन्। ‘नेपाली राजनीतिलाई लज्जित बनाएको सो घटनाका बारेमा नेपाल सरकारका गृहमन्त्रीलाई अनुसन्धान कहाँ पुग्यो? त्यसको जानकारी सदनलाई गराउन आग्रह गर्दछु,’ प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद परियारले भने, ‘साथै, यो घटना प्रति लज्जाबोध गरेर खेद प्रस्ताव पास गर्न अनुरोध गर्दछु।’
नक्कली भुटानी शरणार्थी प्रकरण अपराध मात्रै होइन, राष्ट्रद्रोह हो : राजकिशोर यादव काठमाडौँ। जनता समाजवादी पार्टी नेपालका सांसद राजकिशोर यादवले नक्कली भुटानी शरणार्थी प्रकरणलाई सामान्य रुपमा लिन नहुने बताएका छन्। प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै सांसद यादवले सो प्रकरण राष्ट्रद्रोहको मुद्धा भएकाले गम्भिर रुपमा छानबिन गर्नुपर्ने बताएका हुन्। ‘नक्कली भुटानी शरणार्थी प्रकरणलाई एउटा अपराधको रुपमा मात्रै लिनु हुन्न, यो राष्ट्रद्रोह पनि हो,’ यादवले भने, ‘यस्तो बेलामा सो प्रकरणलाई ढाकछोप गर्ने गरी कार्यहरु हुन खोजेको आशंका उत्पन्न भएको छ, शिर्ष नेताहरुको बैठक यसैलाई कमजोर बनाउन त बसेको छैन ? जनताले आशंका गरेका छन्।’
प्रतिनिधिसभाको कार्यसुचीमा एक बुँदा थपियो, यस्तो छ नयाँ कार्यसुची काठमाडौँ । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठकमा एक कार्यसुची थप भएको छ। संघीय संसद  सचिवालयले यसअघि सार्वजनिक गरेको सम्भावित कार्यसुची भन्दा थप एक विषय थपेर नयाँ कार्यसुची सार्वजनिक गरिएको छ। जसअनुसार ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली संसोधन समिति गठन गरियोस’ भनी समितिमा रहने माननीय सदस्यहरुको नामावली प्रस्ताव हुने भएको छ। प्रतिनिधिसभाको दोस्रो अधिवेसनको पाँचौ बैठक सुरू हुन लागेकाे छ।  बैठक अपरान्ह १ बजे, बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने भनिएकाे थियाे। यसअघि सार्वजनिक भएकाे कार्यसुचीमा दुइवटा मात्र बुदाँ उल्लेख  थियाे। जसअनुसार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘भ्रष्टचार निवारण (पहिलो संसोधन) विद्येयक २०७७ लाई दफावार छलफलका लागि सम्बन्धित समिति पठाईयोस भन्ने प्रस्ताव पेश गर्नेछन्। यसैगरी, आज सार्वजनिक गरिएको सम्भावित कार्यसुचीमा संविधानसभा सदस्य पुरोषत्तम बस्नेतको निधनमा शोक प्रस्ताव पारित गरिने महासचिव भरतराज गौतमले जानकारी दिए। बस्नेतको गत २०८० बैशाख २९ गते ७८ वर्षको उमेरमा निधन भएको थियो।
सरकारी वकिल कार्यालयमा पूर्वगृहमन्त्री खाँणको बयान सुरु काठमाडौं। नक्कली भुटानी शरणार्थी पक्ररणमा पक्राउ पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान सुरु भएको छ। बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा नेपाली कांग्रेसका नेतासमेत रहेका खाँणको वयान सुरु भएको हो। गत बिहीबार पक्राउ परेका पूर्वगृहमन्त्री खाँण माथि अनुसन्धान गर्नका लागि जिल्ला अदालत, काठमाडौंले हिजो ४ दिनको म्याद थप गरिए पछि आज पुनः सरकारी वकिलको कार्यालयमा बयान दिन ल्याइएको हो। टेकु परिसरको हिरासतमा ४ दिनदेखि रहँदै आएका खाँणले सो घटनामा आफनो संलग्नता अस्विकार गर्दै आएका छन्। उनले हिजो पनि सञ्चारकर्मीसँग भने, ‘यसमा मेरो कुनै संलग्नता रहेको छैन।’ यद्यपि, सो प्रकरणमा पक्राउ परेका केशव दुलाल र सानु भण्डारीले आफनो बयानको क्रममा गृहमन्त्री खाँणलाई मन्त्रालयमा नै पुगेर १ करोड ४६ लाख रुपैयाँ बुझाएको प्रहरी स्रोतले यसअघि नै खुलासा गरिसकेको छ।
राप्रपाको केन्द्रीय समितिको पूर्ण बैठक बस्दै काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको पूर्ण बैठक आजदेखि सुरु हुँदैछ। धुम्बाराहीमा केही बेरमा सुरु हुने केन्द्रीय समिति बैठक यही जेठ ३ गतेसम्म सञ्चालन हुने बताइएको छ। बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, वैशाख १० गते सम्पन्न उपनिर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लाका सांगठनिक गतिविधिसहितको रिर्पोटिङ तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल गरिने पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। उनका अनुसार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले भावी कार्यदिशा सम्बन्धि राजनीतिक प्रतिवेदन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टी संगठनको रणनीति र कार्यनीति सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नु हुनेछ। बैठकमा पेस हुने सबै प्रतिवेदनमाथि केन्द्रिय सदस्यले आफ्नो धारणा राख्ने तथा सोही बैठकले पार्टीको आगामी कार्ययोजना र कार्यदिशाका बारेमा आफनो धारणा बनाउने बताइएको छ। बैठक वैशाख ३० र ३१ गते बस्ने भनिए पनि तयारी नभएको भन्दै आजका लागि सारिएको थियो। – रासस
प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएकाे छ। सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उक्त भेटवार्ता भएको हाे। संसद्को चालू बजेट अधिबेशनलाई प्रभावकारी बनाउने तथा सरकारको नीति तथा कार्यक्रम पेश गर्न संसदको संयुक्त बैठक कहिले बस्ने ? लगायतका बिषयमा प्रधानमन्त्री दाहाल र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच छलफल भएको हाे।
टोपबहादुर पक्राउ परेपछि बादलको ‘संलग्नता’ खुल्ला? काठमाडौं। पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पक्राउ परेपछि प्रहरीलाई पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रामबहादुर थापा बादलसँगको सम्बन्ध-सम्पर्क पहिल्याउन सहज भएको छ। बादलका छोरी प्रतिक थापा पनि फरार रहेको अवस्थामा रायमाझीको पक्राउले प्रहरीलाई उनीहरुबीचको सम्बन्ध सम्पर्क खोज्न सहज भएको हो। ‘अहिलेसम्म रामबहादुर थापालाई भेटेर यस्तो गरेका थियौ भन्ने बयान छैन, छोरालाई, सल्लाहकारलाई भेट्यौं भन्ने मात्रै छ, रायमाझीको बयानबाट केही आधार पाइन सक्छ’, प्रहरी परिसर काठमाडौ स्रोतले भन्यो। अनुसन्धानमा रहेका प्रहरी अधिकारीहरुले नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमै रायमाझीको संलग्नता रहेको र नीतिगत तहमै रायमाझी संलग्न रहेको बताउँदै आएका छन्। गिरोहको राय सल्लाहमा छुटेका भूटानी शरणार्थीहरुको विवरण संकलन गर्न र त्यसका लागि कार्यदल गठन गर्न सहयोग गरेको रायमाझीलाई आरोप छ। पूर्व गृहमन्त्री थापाले छोरालाई पक्राउ पूर्जी जारी गर्दा पनि केही बताएका छैनन्। उनी यो विषयमा मौन रहेका छन्। थापा सचिवालयमा रहेका इन्द्रजित राइ पक्राउ परिसकेका छन् भने छोरा प्रतिकका विरुद्ध आइतबार पक्राउ पूर्जी जारी भएको छ । उनी फरार रहेका छन्। रायमाझीले कार्यदल गठन गराएवापत करोडौ रुपैयाँ लिएको र त्यसको भिडियोसमेत रहेको प्रहरीले दावी गरेको छ। प्रहरी स्रोतका अनुसार गिरोहका सदस्य सानु भण्डारीले सो भिडियो प्रहरीलाई उपलब्ध गराएको बताइएपनि बाहिर सार्वजनिक गरिएको छैन। प्रतिनिधिसभा सदस्य समेत रहेका उनलाई प्रहरीले आइतबार साँझ काठमाडौँको बूढानिलकण्ठबाट विशेष व्यूरोले पक्राउ गरेको हो। बूढानिकण्ठको पासीकोटस्थित अर्घाखाचीका कार्यकर्ता नारायण पौडेलको घरमा बसेको बेला उनलाई प्रहरीले पक्राउ गरेको हो। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा यसअघि पक्राउ परेकाहरुको बयानका आधारमा प्रहरीले उनीविरुद्ध वैशाख २० मा पक्राउ पुर्जी (वारेन्ट) जारी गरेको थियो। त्यससता फरार रहँदै आएका उनलाई आइतबार भने प्रहरीले पक्राउ गर्न सफल भएको थियो। शनिबार राति काठमाडौं आएका उनलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको थियो। आजै उनलाई अनुसन्धानका लागि म्याद लिन प्रहरीले अदालत लैजाँदै छ।
नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई अदालतमा उपस्थित गराइँदै काठमाडौं। पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थित गराइँदैछ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भए पछि फरार रहेका रायमाझी हिजो बुढानिलकण्ठबाट पक्राउ परेका थिए। उनलाई आज अदालतमा उपस्थित गराउन लागिएको हो। आइतबार साँझ पक्राउपछि हिजो नै मेडिकल जाँच गरी लैनचौरस्थित प्रहरी हिरासतमा रात कटाएका रायमाझीलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौं लैजान लागिएको हो। स्राेतका अनुसार रायमाझी शनिबार मात्रै काठमाडौ छिरेको सूचना प्रहरीले पाएको थियो। उनी पासीकोटस्थित एक व्यक्तिको घरमा बसिरहेको अवस्थामा पक्राउ परेका थिए। सो प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, बहालवाला सचिव टेकनारायण पाण्डे, सुरक्षाविज्ञ डा. इन्द्रजित राईलगायत १२ जनालाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ। उनीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट वैशाख २० मा पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ पुर्जी आउँदा उनी अर्घाखाँचीस्थित महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हिरक महोत्सव उद्घाटन कार्यक्रममा थिए। त्यहाँबाट काठमाडौं हिँडेका रायमाझी फरार भएका थिए। प्रहरीले शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई वैशाख २७ गते पक्राउ गरेको थियो । त्यसअघि वैशाख १९ गते तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई र वैशाख २० गते बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे पक्राउ परेका थिए । प्रहरीले उक्त घटनाका गिरोहहरु सन्दीप रायमाझीलाई वैशाख २० मा साथै केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई गत चैतमा पक्राउ गरेको थियो । यही वैशाख २६ गते काठमाडौँको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरी पक्राउ परेका थिए । उनीहरु सबैका लागि आजै चार दिन म्याद थप भएको छ। घटनामा मुछिएर पक्राउ पुर्जी जारी भएकापक्राउ परेका डा इन्द्रजित राईका छोरा निरजलाई प्रहरीले खोजी गरिरहेको छ। आज पक्राउ परेका रायमाझीलाई नेकपा (एमाले)ले सचिवबाट निलम्बन पनि गरिसकेको छ । उक्त घटनामा हालसम्म एक सय छजनाले २० वटा जाहेरी दिएका छन् । उनीहरुले कूल रु २३ करोड २५ लाख ठगी भएको भनी जाहेरी दिएका छन् । घटनामा मुछिएपछि प्रहरीले थप दुईजनालाई पक्राउ पुर्जी जारी गरिसकेको छ । शुक्रबार पक्राउ पुर्जी जारी भएकामा तत्कालीन गृहमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक र कांग्रेसका नेता पूर्वसभासद् आङ्टावा शेर्पा छन् ।
जनमोर्चाको ‘अमेरिकी साम्राज्यबाद बिरुद्ध मेची महाकाली अभियान’ आजबाट सुरु काठमाडौं। राष्ट्रिय जनमोर्चाले ‘अमेरिकी साम्राज्यवादका विरुद्ध मेची-महाकाली अभियान’ आजबाट सुरु गर्दैछ। पूर्व निर्धारित कार्यक्रम अनुसार जेठ १-१५ गतेसम्म सम्म सञ्चालन हुने सो अभियानको आज दुई स्थानमा उदघाटन हुँदैछ। जसअनुसार कञ्चनपुरको महेन्द्रनगर तथा बागलुङमा सो अभियानको अलग अलग उद्घाटन गरिने महासचिव महासचिव मनोज भट्टले जानकारी दिए। उनका अनुसार महेन्द्रनगरबाट सुरु हुने अभियानको स्वयं महासचिव भट्टले नेतृत्व गर्नेछन् भने बाग्लुङवाट सुरु हुने अर्को अभियानको नेतृत्व उपाध्यक्ष दुर्गा पौडेलले गर्नेछिन्। यसैगरी, बाग्लुङबाट सुरु हुने अर्को टोलीको नेतृत्व युवा नेता कृष्ण अधिकारीले र बारादेखि सुरु भएको दोस्रो टोलीको नेतृत्व सचिव हिमलाल पुरीले गर्ने गरी कार्उक्रम तय गरिएको उनले जानकारी दिएका छन्। अमेरिकी साम्राज्यवादबाट मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतामाथि खतराका देखिएको भन्दै जेठ १ वाट जनजागरण अभियान सञ्चालन गर्न लागेको महासचिव भट्टले जानकारी दिए। अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लगायतका परियोजनाबाट अमेरिकाले नेपालमा आन्तरिक हस्तक्षेप बढाएको जनमोर्चाको निष्कर्ष रहँदै आएको छ। सो अभियानका क्रममा देशैभरी सांस्कृतिक कार्यक्रम, कोणसभा, विरोधसभा, पत्रकार सम्मेलन तथा जनभेटघाटसहित सडक अन्र्तक्रियाका कार्यक्रम हुनेछन्।  र, जेठ १५ गते एकै दिन बुटवल र काठमाडौंमा बिशेष कार्यक्रमका साथ अभियान समापन गरिनेछ।
नक्कली भुटानी शरणार्थी प्रकरण राजद्रोह होः स्वर्णीम वाग्ले काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरण राजद्रोह नै भएको बताएका छन्। आइतबार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले ललितपुरमा आयोजना गरेको कार्यक्रममा वाग्लेले अहिलेको प्रकरण ठगी, किर्ते, भ्रष्टाचार, मानव बेचबिखन र संगठीत अपराध भएकाले यसको गाम्र्भियता राजद्रोह भएको बताएका हुन्। राष्ट्रिय अन्तराष्ट्रिय अभिसन्धीलाई टेकेर यसलाई उचाईमा पुराउनुपर्ने उनको भनाइ छ । उनले नेपालबाट सिर्जित भएको काण्डका कारण अमेरिकामा रहेका नेपालीहरुको बिषय भएकाले यसलाई सामसुम हुन दिन नहुने जिकिर गरे। उनले अन्य सेटिङ र भ्रष्टाचारहरुलाई पनि गहिरो गरि अनुसन्धान गर्नुपर्ने बताए । त्यस्तै वाग्लेले तनहु १ मा राजनीतिलाई संङ्गो पार्ने मुद्धा बोकेर गएको र जनताले पनि देशै सपार्नुपर्छ भन्ने सन्देश दिएको धारणा राखे। उनले भ्रष्टहरुले सिष्टमलाई नै प्रभावमा पारेको भन्दै अव नयाँ तवरले अनुसन्धानलाई जोड दिनुपर्ने बताए।
न्यायिक समितिलाई मन्त्री गुरुङको निर्देशन- जनताले दुःख नपाउने गरी काम गर्नु चितवन। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ्ले न्यायिक समितिलाई जनताले दुःख नपाउने गरी काम गर्न निर्देशन दिएका छन्। भरतपुर महानगरपालिकाद्वारा आज यहाँ आयोजित न्यायिक समितिद्वारा हुने कार्यसम्पादनसम्बन्धी अन्तरक्रियामा उनले जनताको हित सोचेर काम गर्न आग्रह गरे । उनले भने, “जनताको बीचमा रहेर काम गर्दा आउने समस्या समाधानमा कानुन मन्त्रालयले काम गरिरहेको छ तर न्यायका नाममा अपराधी छुट्ने काम कहीँ कतैबाट नहोस् ।” कही कतै मेलमिलापको नाममा जघन्य अपराध गर्नेहरुसमेत छुटेको भन्ने सुनिएको भन्दै उनले कानुनको आँखाबाट अपराधी छुट्न नहुने बताए। महानगरपालिकाको न्यायिक समितिले गरेका काम सराहनीय भए पनि कार्यान्वयनमा लैजानुपर्ने सुझाव दिए। कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले न्यायका क्षेत्रमा महानगरले गरेको कामका प्रसंशायोग्य रहेको बताए। न्याय दिन गठित न्यायिक समितिले जनताको पक्षमा काम गर्न सक्नुपर्ने उनको भनाइ थियो । सो अवसरमा चितवन जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापा, जिल्ला बार एशोसियशन चितवन अदालतका अध्यक्ष खगराज कँडेल, भरतपुर महानगरपालिका–२३ का वडा अध्यक्ष दीपक दवाडी, महानगरका पर्यटन विज्ञ डा विश्वराज सुवेदी लगायतले बोलेका थिए। महानगरपालिका उपप्रमुख एवं न्यायिक समितिका संयोजक चित्रसेन अधिकारीले चालु आर्थिक वर्षमा भरतपुर महानगरपालिकाको न्यायिक समितिमा ठाडो निवेदन ४१ वटा उजुरी दर्ता भएको जानकारी दिए । जसमध्ये १३ वटा उजुरी मेलमलिाप भएको र अन्य मेलमिलापका लागि छलफलमा रहेको बताए। यस्तै फिरादपत्र प्रक्रियाबाट १३ वटा निवेदन दर्ता भएका थिए । जसमध्ये ६ वटाको निर्णय भइसकेको र अन्य छलफलमा रहेको उनले बताए।
अदालत लैजाने क्रममा पूर्वगृहमन्त्री खाँणले भने- मेरो संलग्नता छैन काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रकाउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन्। आइतबार सरकारी वकिलको कार्यालयबाट म्याद थपका लागि अदालत लैजाने क्रममा केहि भन्नुहुन्छ मिडियालाई भन्ने सञ्चारकर्मीको प्रश्नमा खाँणले उक्त प्रकरणमा आफु संलग्न नभएको प्रतिक्रिया दिएका हुन्। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्नता देखिएको भन्दै खाँणलाई प्रहरीले पक्राउ गरेको थियो। नेपाल प्रहरीले खाँणमाथि थप अनुसन्धान गर्नुपर्ने भन्दै जिल्ला अदालत, काठमाडौंवाट थप चार दिनको म्याद लिएको छ। यसअघि लिएको चार दिनको म्याद आजै सकिदै थियो। नक्कली भुटानी शरणार्थी बनाउन अमेरिका पठाउन पुर्वगृहमन्त्रीको हैसियतमा खाँणले पनि भुमिका खेलेको प्रारम्मिक अनुसन्धानमा देखा परेपछि उनलाई गत बुधबार पक्राउ गरिएको थियो।
बालकृष्ण खाँणलाई थप अनुसन्धानका लागि ४ दिन म्याद थप काठमाडौं। नक्क्ली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणमाथि अनुसन्धान नपुगेको भन्दै चार दिनको म्याद लिईएको छ । नेपाल प्रहरीले खाँणमाथि  थप अनुसन्धान गर्नुपर्ने भन्दै जिल्ला अदालत, काठमाडौंवाट थप चार दिनको म्याद लिएको हो । यसअघि लिएको चार दिनको म्याद आजै सकिदै थियो । नक्कली भुटानी शरणार्थी बनाउन अमेरिका पठाउन पुर्वगृहमन्त्रीको हैसियतमा खाँणले पनि भुमिका खेलेको प्रारम्मिक अनुसन्धानमा देखा परेपछि उनलाई गत बुधबार पक्राउ गरिएको थियो ।
राप्रपाले जेठ चार गते काठमाडौंमा भ्रष्टाचारविरुद्ध आमसभा गर्ने काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी जेष्ठ चार गते काठमाडौंमा भ्रष्टाचारबिरुद्ध आमसभा गर्ने भएको छ। आइतबार पार्टी कार्यालय धुम्वाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरण लगायत सवै भ्रष्टाचारका काण्डलाई छानविन गर्न दवाव दिने उदेश्यका साथ काठमाडौंमा पार्टीले आमसभा गर्न लागेको जानकारी दिएका हुन्। शरणार्थी प्रकरणको छानविनलाई शसक्त बनाउनुपर्ने र छानविनको कामलाई कमजोर बनाउन नहुने उनले बताए। उनले राप्रपा शसक्त प्रतिपक्षमा बसेर भ्रष्टाचार, सुशासन र राष्ट्रियताको पक्षमा आवाज उठाउने धारणा राखे। भ्रष्टाचारका बिषयमा आवाज उठाउने नैतिक क्षमता भएको एकमात्रै पार्टी राप्रपा भएको उनले बताए। उनले प्रहरीले राम्रो काम गरिरहेको भन्दै स्वतन्त्रपूर्वक काम गर्ने वातावरण बनाउनुपर्ने जिकिर गरे। त्यस्तै लिङ्देनले सोमबारबाट सुरु हुने पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकमा समसामयिक राजनीतिक अवस्था, निर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लामा भएका साङ्गठनिक गतिविधिको समीक्षा लगायतका बिषयमा छलफल हुने जानकारी दिए।
बालुवाटारमा तीन दलको बैठक, संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल काठमाडौं। प्रधानमन्त्रीको आह्वानमा संघीय संसदमा प्रतिनिधित्व गर्ने तीन ठूला दलका संसदीय दलका नेता र प्रमुख सचेतकहरूबिच छलफल भएको छ। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल जारी संसद अधिवेशनलाई प्रभावकारी बनाउने र विभिन्न समितिहरू गठन गर्ने विषयमा केन्द्रित रहेको माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए । बैठकमा सत्य निरूपण तथा मेलमिलाप सम्बन्धि विधेयकलाई छिटो टुंगोमा पुर्‍याउन संसदीय उपसमिति गठन गर्ने, संसदीय समितिहरूको नेतृत्व र प्रतिनिधित्व सहमतिका आधारमा गर्ने, संसदीय सुनुवाइ समिति गठन गर्ने लगायतका विषयमा छलफल भएको थियो। ‘निकै सकारात्मक छलफल भएको छ। संसदको बजेट अधिवेशन जारी छ, संसदलाई प्रभावकारी बनाउन समझदारीका साथ अगाडि बढ्ने विषयमा छलफल भयो,’ माओवादी केन्द्रका मुख्य सचेतक पाण्डेले भने, ‘संसदका विषयगत समितिहरू गठन गर्न बाँकी छ, सत्य निरूपण सम्बन्धि विधेयकलाई प्राथमिकता दिएर अगाडि बढाउनुपर्नेछ, संसदीय सुनुवाइ समितिसमेत गठन भइसकेको छैन। यिनै विषयमा छलफल भयो। संसद सहमतिका साथ अगाडि बढाउनेमा हामी एकमत छौँ। छिट्टै निष्कर्षमा पुग्छौँ।’ उक्त बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड, नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका नेता सुवास नेम्वाङ सहभागी थिए ।
कांग्रेसका पूर्वसांसद शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी, मोबाईल अफ गरेर फरार काठमाडौं। नेपाली कांग्रेसका पूर्व सांसद आङतावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। नक्कली भुटानी शरणार्थी प्रकरण ढाकछोपमा संलग्न रहेको आरोपमा आङतावा शेर्पाविरुद्ध पक्राउ पुर्जि जारी भएको हो। प्रहरी उच्च अधिकारीका अनुसार सो घटनामा पक्राउ परेका पुर्व गृहमन्त्री बालकृष्ण खाँणलगायतको नाम नभन्नका लागि अनुरोध गर्न प्रहरी कार्यालय पुगेका शेर्पामाथि थप अनुसन्धानका लागि पक्राउ पुर्जि जारी भएको हो। उनलाई पक्राउ गर्नका लागि शुक्रबार नै जिल्ला अदालत, काठमाडौंबाट अनुमति लिईएको छ। तर, शेर्पा सो घटना सार्वजनिक भए पछि मोबाईल अफ गरी बेपत्ता भएका छन्। उनको प्रहरीले शुक्रबारदेखि नै खोजी गरे पनि अझैसम्म फेला पार्न सकेको छैन। सो प्रकरणमा पक्राउ परेका सानु भण्डारी र केशव दुलाललाई भेटघाट गरी खाँणकाे नाम नलिन उनले अनुरोध गरेको यसअघि सार्वजनिक भएको थियो।
बालुवाटारमा शीर्ष नेताहरुको बैठक जारी काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरूबीच बालुवाटारमा भेटवार्ता जारी छ । आइतबार बिहान १० बजेदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल भइरहेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न उच्च तहका नेता र कर्मचारी अनुसन्धानको दायरामा तानिएपछि शीर्ष नेताहरु आन्तरिक छलफल तीव्र बनाएका छन् । जारी भेटवार्तामा संसदमा रहेको टीआरसी विधेयक, संवैधानिक परिषदको विधेयक र नागरिकता विधेयकबारे दलहरुबीच छलफल भइरहेको बताइएको छ।
बालेन शाह भन्छन्- भ्रष्टचारीलाई सिधै बागमतीमा चोपल्ने हो काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भ्रष्टचारीलाई बाग्मतीमा चोपल्न आग्रह गरेका छन्। सामाजिक सञ्जालमा अनेक कुरा लेख्ने मेयर शाहले यसपटक भने भ्रष्टचारी बिरुद्धमा मुख खोलेका छन्। उनले भ्रष्टचार बिरुद्ध प्रदर्शन गर्ने होइन, सिधै कारबाहीमा जानु पर्ने जनाएका छन्। ‘तपाईंहरुलाई यत्रो भोट दिएर नेता बनाएकोको आन्दोलन गर्नलाई हैन, सिधै कारवाही गर्नलाई हो, सिधै कारवाही गर्ने नीति बनाउनलाई हो।’ उनले फेसबुकमा लेखेका छन्: ‘भ्रस्टाचार बिरुद्धको आन्दोलन ? को नेता हो थाहा छ? घर कहाँ हो थाहा छ? सिधै लगेर बागमतीमा चोपाल्नुस्। यस्तो सडक नाटक धेरै देखीसक्यैं हामीले। पत्याउदिन म चाँही।  तपाईँहरुलाई यत्रो भोट दिएर नेता बनाको आन्दोलन गर्नलाई हैन, सिधै कारवाही गर्नलाई हो, सिधै कारवाही गर्ने नीति बनाउनलाई हो।
भारतमा के गर्दै छन् पूर्वराजा ज्ञानेन्द्र? काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणले मुलुक तरंगित भइरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाह भने यति बेला भारत भ्रमणमा व्यस्त छन्। राजाकै हैसियतमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निमन्त्रणामा भारतमा रहेको पूर्व राजा शाह गत शुक्रबार निजी भ्रमण भन्दै भारत पुगेका थिए। त्यहाँ उनले योगी आदित्यनाथसँग भेटवार्ता गरिसकेका छन्। सो भेटवार्ताका विषयमा पूर्वराजाको संवाद सचिवालयले विज्ञप्ति जारी गरेर जानकारी दिएको थियो। त्यसयता भने भारतमा पूर्वराजा के गर्दै छन् भन्ने विषय सार्वजनिक भएको छैन। स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पूर्वराजाबीच भेटवार्ता गराउने प्रयास भइरहेको छ। ‘भारतीय प्रधानमन्त्री मोदीजी पनि उहाँ (पूर्वराजा) सँग भेट गर्न इच्छुक हुनुहुन्छ,’ स्रोतले भन्यो, ‘अहिले मोदीजीको कार्यव्यस्तताले समय मिलिसकेको छैन। कोसिस भने जारी छ।’ पूर्वराजा भारत भ्रमणका रहेका बेला नेपालमा भने नक्कली भुटानी शरणार्थी प्रकरणले गति लिएको छ। पूर्व गृहमन्त्रीदेखि बहालवाला सचिवसम्म यो प्रकणमा पक्राउ परेका छन् भने अझै हाइ प्रोफाइलका व्यक्ति प्रकाउ पर्न सक्ने बताइएको छ। आफ्ना देशका नागरिकलाई शरणार्थी बनाएर अमेरिका पठाउने राज्य सत्ता नै संलग्न भएको भन्दै नागरिकमा आक्रोश देखिएको छ। भ्रष्टाचारीलाई कारवाही गर्न भन्दै दैनिक जसो राजधानीलगायत मुलुकका विभिन्न स्थानमा दबाव मुलक कार्यक्रम आयोजना हुन थालेका छन्। त्यस्ता कार्यक्रममा अहिलेको व्यवस्थाका नै खारेज गर्नुपर्ने आवाज उठ्न थालेको छ। वर्तमान व्यवस्थाप्रति नागरिकमा वितृष्णा फैलिएको भन्दै कतिपयले यो व्यवस्था नै परिवर्तन गर्नुपर्ने बताइरहेका बेला पूर्वराजाको लम्बिँदो भारत भ्रमणलाई महत्वका साथ हेरिएको छ। पूर्वराजा शाह आफ्ना सुरक्षाकर्मी र सहयोगी विनै लखनउ पुगेका हुन्। उनलाई उत्तर प्रदेश सरकारले सुरक्षा उपलब्ध गराउने र त्यहाँ रहँदा पूर्व राजाले विभिन्न धार्मिकस्थलको दर्शन गर्ने औपचारिक कार्यक्रम रहेको छ। योगी आदित्यनाथले विगतमा पनि उत्तर प्रदेशका विभिन्न धार्मिक कार्यक्रमहरुमा पूर्वराजालाई नेपालको राजाकै हैसियतमा निमन्त्रणा दिने गरेका छन्। त्यहाँ जाँदा पूर्वराजालाई नेपाल नरेशकै हैसियतमा मञ्च र आसन उपलब्ध गराइन्छ। यसअघि पूर्वराजा शाह फागुन २२ गते सोमबार स्थलमार्ग हुँदै भारत भएका थिए। नेपालका राजनीतिक दलहरु सत्ताको आपसी खिचातानीमा लिप्त भएको मौकामा पूर्वराजा ज्ञानेन्द्रले छिमेकी मुलुक भारतको साथ खोज्ने प्रयास विगत लामो समयदेखि गर्दै आएका थिए। यसअघि पनि उनी विभिन्न वाहनामा भारतको भ्रमणमा गएका थिए। पछिल्ला दिनहरुमा नागरिक बचाऊ अभियानमा भारतको राष्टिय स्वयं सेवक संघ ९आरएसएस०को विशेष सहयोग रहँदै आएको बताइएको छ जसको उद्घाटन झापाबाट पूर्वराजा ज्ञानेन्द्रले नै गरेका थिए। यो अभियानको नेतृत्व दुर्गा प्रसाईंले गर्दै आएका छन्। फागुन ७ गते प्रजातन्त्र दिवसको दिन पूर्वराजा ज्ञानेन्द्रबाट जारी भएको विज्ञप्तिमा राजनीतिक दलहरुले राजसंस्थासँग सहकार्य गर्नु पर्ने धारणा अघि सारेका थिए। विगत केही समयदेखि पूर्वराजाका विज्ञप्तिहरु राजनीतिकरुपले खरो बन्दै आएका छन्। यो परिस्थितिमा पूर्वराजाको सुटुक्क भारत भ्रमणलाई निकै अर्थपूर्ण मानिएको छ। नेपालको केन्द्रीय सत्तामा एकपछि अर्को अस्थिरताका घटना हुनु, यी सबै अस्थिरतामा भारतकै भित्री हात हुनु, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र अन्य गठबन्धनका नेताहरु भारतीय इशारामा सत्ताको गठजोडमा संलग्न हुनु र फेरि पनि थप अस्थिरताकै संकेतहरु देखिनुले पूर्वराजालाई भारतसँग सहकार्य गरेर पुन गद्दीमा फर्किन सकिन्छ कि भन्ने हिम्मत पलाएको हुनसक्ने बताइएको छ। नेपालमा शाहवंशले २४० वर्ष शासन गरेको थियो। २०६३/६३ को जनआन्दोलनबाट पुनस्र्थापना भएको संसद्ले गणतन्त्र घोषणा गरेपछि ज्ञानेन्द्र शाहले गद्दीत्याग गरेका थिए। उनी शाहवंशका अन्तिम राजा हुन्। गणतन्त्र घोषणापछि पत्रकार सम्मेलन गरेरै गद्दी त्यागेका ज्ञानेन्द्र शाह पछिल्लो सयम चटपटाउन थालेका छन् । उनी नेपालको अस्थिरतामा कतै व्यवस्था परिवर्तन गर्न पो सकिन्छ कि भनेर दौडधुप गरिरहेको हुन सक्ने विश्लेषण हुन थालेको छ।
एमालेले हरेक वडामा तीन प्रतिशत सदस्यता विस्तार गर्ने काठमाडौं। नेकपा (एमाले)ले वार्षिक कार्ययोजना तयार पारेको छ । तीन दिनसम्म सञ्चालन भएको केन्द्रीय कमिटी बैठकले पार्टीको सङ्गठन विस्तार र शुद्धीकरण कार्यअभियान सञ्चालन गर्नका लागि कार्ययोजना तयार पारेको हो । ललितपुरस्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले आज बसेको स्थायी कमिटी बैठकले तयार पारेको वार्षिक कार्ययोजना केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको जानकारी दिए । मिसन ग्रासरुट अभियानको नौवटै प्रदेशको समीक्षा प्रतिवेदनको आधारमा वार्षिक कार्ययोजना तयार पारेको हो । वार्षिक योजनाअनुसार पार्टीले पार्टी सदस्यता शुद्धीकरण र विस्तारको कार्यक्रम सञ्चालन गर्ने सञ्चालन गर्ने भएको छ । मिसन ग्रासरुट अभियान सकिए पनि सदस्यता वितरण र नवीकरण अझ बाँकी रहेकाले सङ्गठन विस्तार र शुद्धीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको उनले जानकारी दिए । उनका अनुसार कार्ययोजनाअनुसार पार्टी सदस्यता शुद्धीकरण अझ व्यापक बनाइने छ । एमाले आगामी जेठदेखि चैतसम्म कार्ययोजनाअनुसार सङ्गठन विस्तार र शुद्धीकरण अभियान सञ्चालन गर्ने छ । एमाले असार १५ गतेसम्म जिल्ला कमिटीले पार्टी सदस्यता नवीकरण गर्ने र नवीकरण भौतिक उपस्थितिमा मात्र गर्ने जनाएको छ । नयाँ सदस्य र नवीकरण आगामी असार मसान्तसम्म प्रदेश कमिटीमार्फत विवरण केन्द्रमा पठाउने निर्देशन दिएको छ । यस्तै नवीकरण विवरणसँगै नवीकरण नभएका र सदस्यताबाट हटाउनेको नाम पनि पठाउने भनिएको प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिए । अभियानअनुसार मिसन ५१ प्रतिशत पूरा गर्नका लागि प्रत्येकमा वडामा कुल मतदाता सङ्ख्याको तीन प्रतिशत पार्टी सदस्यता विस्तार गर्ने उनले बताए । “पार्टी सदस्यता मतदाताको सङ्ख्याको औषतरूपमा सात प्रतिशत रहेको छ । तर कतिपय पालिकामा न्यून रहेकाले प्रत्येक वडामा कुल मतदाताको तीन प्रतिशत विस्तार गर्ने योजना रहेको छ”, उनले भने । मिसन ग्रासरुट अभियानका क्रममा कतिपय कमिटी भद्दा भएर बैठक बस्दा गणपूरक सङ्ख्या पनि नपुगको देखिएको कमिटीलाई सानो बनाउने निर्णय गरेको छ । पार्टीले कमिटीमा रहेर बिनाकारण तीनपटक अनुस्थित हुनेलाई कमिटीबाट बिदा गर्न र खाली भएका कमिटीमा नयाँ सदस्य नथप्न पनि निर्देशन दिएको उनले बताए । “बैठकमा आउने काम गर्न नदिन, ती कमिटीमा रहेकाको सुधार नभए कमिटीबाट बिदा गर्ने निर्णयसमेत गरेको छ”, उनले भने, “मिसन ग्राससरुट अभियान जिम्मेवारी तोकिएको पूरा नगर्ने र कुनै जानकारी नदिई अनुपस्थिति हुनेलाई सम्बन्धित कमिटीले स्पष्टीकरण सोध्ने निर्णयसमेत गरिएको छ ।” प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने एमालेले पार्टीका नेता तथा कार्यकर्ताका लागि वैचारिक र राजनीतिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । प्रशिक्षण कार्यक्रम पार्टी स्कुल विभागले तयार पारेको पाठ्यक्रमका आधारमा सञ्चालन गर्नेछ । एमालेका उपमहासचिवसमेत रहनुभएका नेता गुरुङका अनुसार उच्च प्रशिक्षण केन्द्रीय कमिटी र मध्यम प्रशिक्षण प्रदेश कमिटी र आधारभूत प्रशिक्षण जिल्ला कमिटीलाई दिइने छ । प्रशिक्षण डिजिटलरूपमा पार्टीको ‘एक्सन रुम’बाट गरिने छ । मङ्सिरमा पनि अभियान सञ्चालन एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पार्टी सङ्गठन विस्तार गर्नका लागि आगामी मङ्सिरमा मध्यपडाडी लोकमार्ग तथा हुलाकी राजमार्ग केन्द्रित गरेर अभियान सुरु गर्ने जानकारी दिए । छोराछोरी अभियान यस्तै छोराछोरीलाई पार्टीमा आबद्ध गर्नका लागि छोराछोरी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । “हिजो बुवाआमा राजनीतिमा हुँदा छोराछोरी स्वतः राजनीतिमा आउने गर्दथे”, उनले भने, “तर आज बुवाआमा राजनीतिमा छन् भने छोराछोरी राजनीतिमा नआउने प्रवृत्ति विकास भएको छ । के कारणले छोराछोरी यो भइरहेको छ । हामीले आफ्नो परिवारमा पनि राजनीतिक प्रशिक्षण गर्न सकिरहेका छैनौँ भनेर छोराछोरी अभियान सञ्चालन गर्न गइरहेका छौँ ।” पार्टी गतिविधि पार्टी कार्यालयबाट एमालेले पार्टीका सबै गतिविधि सबै कार्यक्रम पार्टी कार्यालयमा केन्द्रित गर्ने निर्णय गरेको छ । पार्टीको संस्थागत विकासमा सहयोग पुर्‍याउनका लागि वडादेखि केन्द्रसम्म सबै पार्टीको गतिविधि पार्टी कार्यालयबाट गर्ने निर्णय गरेको नेता रिजालले जानकारी दिए । पार्टीका जिम्मेवार नेताहरू पार्टी कार्यालयमा नियमितरूपमा उपस्थिति हुने गरी केन्द्रदेखि वडा कार्यालयबाट पार्टीका गतिविधि गर्ने निर्णय गरेको उनले बताए । यही वैशाख २८ गतेदेखि सुरु भएको पाँचौँ केन्द्रीय कमिटी बैठक आज सकिएको छ । बैठकमा विभिन्न १० कार्यसूची रहेका थिए ।
एमालेले कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने काठमाडौं। नेकपा (एमाले)ले कम्युनिष्ट पार्टीको ‘अन्तर्राष्ट्रिय सम्मेलन’ गर्ने भएको छ। एमालेको ललितपुरस्थित पार्टी मुख्यालयमा तीन दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकले नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७५ वर्षका अवसरमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो। विश्व कम्युनिष्ट आन्दोलनका लागि नेपालको कम्युनिष्ट आन्दोलन उदाहरणीयरुपमा रहेकाले यही वर्ष कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। “जनताको बहुदलिय जनवादका माध्यमबाट हामीले कम्युनिष्ट आन्दोलनमा  ठूलो योगदान दिएका छाँै। आजको सन्दर्भलाई लिएर माक्र्सवादको सिर्जनात्मक प्रयोग लिएर विश्वका कम्युनिष्ट पार्टीको सम्मेलन गर्न थालेका छौँ”, उनले भने। एमालेले पार्टीलाई यहाँसम्म ल्याउन सहयोग गर्ने, आफ्नो जीवनलाई दाउमा राखेर सेल्टर उपलब्ध गराउनेको सम्झना गर्दै ‘सेल्टर पुस्तक’ प्रकाशन गर्ने निर्णय गरेको छ। एमालेले नेपालको कम्युनिष्ट आन्दोलनको विकासका क्रममा विभिन्न  ऐतिहासिक ठाउँले भूमिका निर्वाह गरेको र ती ठाउँको संरक्षण तथा प्रवद्र्धन गर्नका लागि स्मारक निर्माण गर्ने निर्णय गरेको उपप्रमुख रिजालले जानकारी दिए। यसैगरी एमालेले दुई महिने ग्रासरुट अभियानलाई निरन्तरता दिने निर्णय गरेको छ। पार्टी निर्माणका लागि केन्द्रीय सदस्यले आफ्नो भूगोलभन्दा बाहिर गएर एक वर्षसम्म योगदान गर्ने निर्णय गरेको उनले जानकारी दिए। “एक वर्षसम्म केन्द्रीय कमिटीका नेता फरक भूगोलमा गएर पार्टी निर्माणमा खट्नुहुने छ”, रिजालले भने, “मिसन ग्रासरुट अभियानकै क्रममा निरन्तरता दिन केन्द्रीय नेता फरक जिल्लामा गएर पार्टी सङ्गठन सुदृढीकरण अभियानमा खटिनुहुने छ ।” यही वैशाख २८ गतेदेखि सुरु भएको एमाले केन्द्रीय कमिटीको बैठक आज सकिएको छ।
भुटानी शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन : मुख्यमन्त्री चौधरी घोराही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नभएको बताएका छन् । आफ्नो नाम विभिन्न सञ्चारमाध्यममा आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उनले बताए । नेपाल प्रेस युनियन दाङको साधारणसभा एवं आठौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले सो प्रकरणमा आफू कहीँ कतै पनि नजोडिएको स्पष्ट पारे । सञ्चार माध्यमलाई सत्यतथ्य बुझेर मात्रै समाचार प्रकाशन गर्न उनले आग्रह गरे । मिडियालाई बलियो बनाउनका लागि प्रदेश सरकारले पत्रकार र सञ्चार गृहका लागि विशेष योजना बनाएको उनको भनाइ थियो । पत्रकारको पेशागत सुरक्षा, क्षमता विकास तथा दूरदराजसम्म सूचनाको पहुँच पु¥याउनका लागि प्रदेश सरकारले भूमिका खेल्दै आएको मुख्यमन्त्री चौधरीले बताए । रेडियोको सबलिकरणका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले लोकतान्त्रिक आन्दोलनको जगबाट अहिलेको व्यवस्था स्थापनाका लागि नेपाली सञ्चारकर्मीले  खेलेको भूमिकालाई राजनीतिक दलले विर्सन नहुने बताए । पछिल्ला दिनमा सार्वजनिक भइरहेका घटनाक्रमकै कारण लोकतन्त्र कमजोर हुन्छ की भन्नु गलत रहेको उनको भनाइ थियो । लोकतन्त्रको सम्वद्र्धन र संरक्षणका लागि नेपाली मिडिया सक्षम रहेको उल्लेख गर्नुहुँदै अध्यक्ष पोखरेलले राजनीतिक दलले मिडियामैत्री वातावरण निर्माणका लागि आवश्यक ऐन कानुन निर्माणमा ध्यान दिनुपर्ने बताए । “सामाजिक सञ्जालमा आउने विभिन्न खालका अफवाहले नागरिकमा भम्र सिर्जना गर्ने काम भइरहेकोप्रति नेपाल पत्रकार महासङ्घ गम्भीर रहेको छ”, उनले भने । नेपाली मिडियाको विश्वसनियता बढाउन अबको पत्रकारिता उत्तरदायी र जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो । सो अवसरमा प्रेस युनियन दाङ शाखाले स्थापना गरेको शिव गिरी स्मृति पत्रकारिता पुरस्कारबाट कृष्णराज सर्वहारीलाई पुरस्कृत गरिएको थियो । साथै महासङ्घको जिल्ला सदस्य हुँदै केन्द्रीय प्रतिनिधित्व गर्ने पत्रकार महासङ्घका अध्यक्ष पोखरेल र सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष अर्जुन गिरीलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा प्रदेशसभा सदस्य प्रचण्डविक्रम न्यौपाने, नेपाल प्रेस युनियनका केन्द्रीय  उपाध्यक्ष जीवन भण्डारी, महासचिव दिलीप पौडेल, केन्द्रीय सदस्य नारायणी रजौरे, युनियनका प्रदेश अध्यक्ष सुदीप गौतम, लुम्बिनी प्रदेशका महासचिव नवीन गिरीलगायतको उपस्थिति थियो ।
भारतबाट पक्राउ परेका टोपबहादुर रायमाझीलाई कसले भगायो ? काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि फरार भएका पूर्व मन्त्री टोपबहादुर रायमाझी भारतबाट पक्राउ परेका छन्। रायमाझीलाई भारतीय प्रहरीले भारतको उत्तर प्रदेशबाट पक्राउ गरेको हो। रायमाझी प्रकाउ परेपछि त्यसको जानकारी नेपाललाई पनि गराइएको थियो। स्रोतका अनुसार सो कुरा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसम्म पुग्यो। त्यसपछि रायमाझीलाई लिन सिआईबीको टोली भैरहवामा पुगेको थियो। भारतको उत्तर प्रदेशबाट पक्राउ परेका रायमाझीलाई भारतले भैरहवामा ल्याएर नेपाललाई बुझाउने तय भएको थियो। त्यसपछि रायमाझीलाई लिन सिआईबीको टोली भैरहवामा पुगेको थियो। तर भारतीय प्रहरीले रायमाझीलाई शनिबार बुझाएनन्। प्रहरी स्रोतका अनुसार रायमाझी पक्राउ परेपछि फेरि भाग्न सफल भएका छन्। उनलाई कसले भगायो भन्ने बारेमा खुल्न नसकेको प्रहरी स्रोतले जनाएको छ। पक्राउ परिसकेपछि उनी पुनः भाग्न सफल भएपछि रायमाझीलाई कसले भगायो भन्ने गम्भीर प्रश्न उठेको छ। पक्राउ परेका रायमाझीलाई लिन पुगेको सिआईबी रित्तो हात फर्किएको छ। र, रायमाझीलाई लुकाउन ठूलै शक्तिको हात रहेको निष्कर्ष प्रहरीले निकालेको छ। यसअघि एमाले सांसद लक्ष्मी महतो कोइरी पनि भारतको उत्तर प्रदेशबाट पक्राउ परेका थिए। तर उनलाई लिन गएको प्रहरी रायमाझी जस्तै भाग्न सफल भएको प्रहरी स्रोत बताउँछ। कोइरी र रायमाझीलाई भगाउने शक्ति एउटै भएको प्रहरी स्रोतको दाबी छ। अहिले रायमाझी भाग्न सफल पनि उनी चाँडै पक्राउ पर्ने प्रहरीले दाबी गरेको छ। रायमाझीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि उनी बुटवलबाट फरार भएका थिए। लामो समयसम्म खोजी गर्दासमेत फेला नपरेका रायमाझी भारतबाट पक्राउ परे पनि भाग्न सफल भएका हुन्। उनी नेकपा एमालेका सचिव र अर्घखाँचीबाट निर्वाचित सांसदसमेत हुन्। सो प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, बहालवाला सचिव टेकनारायण पाण्डे, सुरक्षाविज्ञ डा.इन्द्रजित राईलगायत १२ जनालाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ।
‘केन्द्रीय सदस्यले छोराछोरीलाई समेत सम्झाउन नसक्दा रास्वपा जस्ता पार्टीमा मत गयो’ काठमाडौं। तीन दिनसम्म चलेको एमाले केन्द्रीय कमिटी बैठक सकिएको छ। बैठक केही महत्वपूर्ण निर्णय गर्दै सकिएको हो। एमालेले वर्षैभरि केन्द्रीय सदस्यलाई मिसन ग्रासरूटकै भूगोलमा खटाउने निर्णय गरेको छ। पार्टी गतिविधिलाई थप रचनात्मक, सिर्जनात्मक बनाउने र मातहतका कमिटीको अधिवेशन गराउँदै एमालेलाई क्रियाशील बनाउन केन्द्रीय सदस्यलाई ग्रासरुटमा पठाउने भएको उपमहासचिव पृथ्वी सुब्बा गुरूङले बताए। केन्द्रीय कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले पार्टीमा युवाको आकर्षण कमजोर बनेको निष्कर्ष निकालेका थिए। कतिपय केन्द्रीय सदस्यले छोराछोरीलाई समेत सम्झाउन नसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता नवोदित पार्टीमा मत गएको बताएका थिए। पार्टीमा युवा पुस्ताको आकर्षण बढाउन, बाबुआमा एमालेमा प्रतिबद्ध हुने, छोराछोरीले कम्युनिष्ट पार्टी के हो नबुझ्ने अवस्था नहोस् भनेर छोराछोरी अभियान चलाउन लागिएको एमाले जनाएको छ।
तीन दिन चलेको एमाले केन्द्रीय कमिटी बैठकले के-के निर्णय गर्‍यो ? काठमाडौं । तीन दिनसम्म चलेको एमाले केन्द्रीय कमिटी बैठक सकिएको छ । बैठक केही महत्वपूर्ण निर्णय गर्दै सकिएको हो । एमालेले वर्षैभरि केन्द्रीय सदस्यलाई मिसन ग्रासरूटकै भूगोलमा खटाउने निर्णय गरेको छ । पार्टी गतिविधिलाई थप रचनात्मक, सिर्जनात्मक बनाउने र मातहतका कमिटीको अधिवेशन गराउँदै एमालेलाई क्रियाशील बनाउन केन्द्रीय सदस्यलाई ग्रासरुटमापठाउने भएको उपमहासचिव पृथ्वी सुब्बा गुरूङले बताए । केन्द्रीय कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले पार्टीमा युवाको आकर्षण कमजोर बनेको निष्कर्ष निकालेका थिए । कतिपय केन्द्रीय सदस्यले छोराछोरीलाई समेत सम्झाउन नसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता नवोदित पार्टीमा मत गएको बताएका थिए । पार्टीमा युवा पुस्ताको आकर्षण बढाउन, बाबुआमा एमालेमा प्रतिबद्ध हुने, छोराछोरीले कम्युनिष्ट पार्टी के हो नबुझ्ने अवस्था नहोस् भनेर छोराछोरी अभियान चलाउन लागिएको एमाले जनाएको छ ।
लगातार तीन बैठकमा अनुपस्थित भए एमालेले कमिटीबाट हटाउने काठमाडौं। नेकपा एमालेले सूचना पाएर पनि लगातार तीनवटा पार्टी बैठकमा उपस्थित नहुने सदस्यलाई कमिटीबाटै हटाउने निर्णय गरेको छ। पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटीको बैठकले लगातार तीन बैठकमा उपस्थित नहुने सदस्यलाई हटाउने निर्णय गरेको प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बताए। ठूलो कमिटीलाई छरितो बनाउनका लागि पदाधिकारीबाहेकको नयाँ सदस्य नथप्ने निर्णय पनि भएको उनले जानकारी दिए।
संघीयतामाथि पुनर्विचार गर्न सकिँदैनः केपी ओली काठमाडौं। नेकपा एमालेले मुलुक राजनीतिक, आर्थिक र सामाजिक रुपमा सङ्कटतर्फ उन्मुख हुँदै गएको भन्दै प्रमुख राजनीतिक दलबीच न्यूनतम समझदारी कायम गर्नुपर्ने जनाएको छ। तीन दिनसम्म चलेको पार्टीको केन्द्रीय कमिटी बैठकले बिशेष प्रस्ताव पारित गर्दै भ्रष्टाचार सङ्क्रामक रोग जसरी फैलिँदै गएको, राष्ट्रिय हितको रक्षाको प्रश्न चुनौतीपूर्ण बन्दै गएको र अस्थिरता र अराजकताका प्रवृत्तिहरू झाँगिन खोजेको भन्दै सामाजिक सद्भाव र एकता कायम गर्न देशका प्रमुख राजनीतिक पार्टीहरूबीच न्यूनतम समझदारी बन्नु आवश्यक रहेको जनाएको हो। राष्ट्रिय राजनीतिक दलहरूका बीचमा समझदारी निर्माणका लागि एमालेले पहलकदमी लिने निर्णय समेत बैठकले गरेको प्रचार बिभाग प्रमुख पृथ्वीसुव्वा गुरुङले जानकारी दिए। बैठकले बिभिन्न १६ बुँदे प्रस्ताव पारित गरेको छ, जसमा शरणार्थी प्रकरणको निष्पक्ष छानबिन हुनुपर्ने, भ्रष्टाचारका सवै काण्डहरुको निष्पक्षतापूर्वक छानविन हुनुपर्ने, राष्ट्रघाती नीति र कदमहरुलाई रोक्नुपर्ने लगाएतका रहेका गुरुङले बताए। बैठकले कतिपय तत्व संघीयता नै लोकतान्त्रीक प्रणालीमाथि नै प्रहार भएको प्रति ध्यानाकर्षण भएको भन्दै संविधानविरोधी हर्क बन्द गर्न सजक गराएको गुरुङले जानकारी दिए। एमाले केन्द्रीय कमिटी बैठकले पार्टीको बार्षिक कार्यायोजना पनि पारित गरेको छ। बैठकले भौतिक रुपमा नै उपस्थीति भएर असार १५ गतेसम्ममा जिल्ला कमिटीले पार्टीको सदस्यता नवीकरण गरिसक्ने निर्णय गरेको छ। बैठकले आगामी मंसिर महिनामा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको गुरुङले बताए। सूचना पाएर पनि तीनपटक कुनै पनि बैठकमा उपस्थीत नहुने सदस्यलाई कमिटीबाट विदा गर्ने निर्णय भएको उनले जानकारी दिए। बैठकका समापन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले संघीयता नमान्ने हल्लाको प्रतिवाद गर्दै संघीयतामाथि पुनर्विचार नगर्ने स्पष्ट पारेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। बैठकले पार्टीलाई शसक्त बनाउनका लागि युवा परिचालनलाई जोड दिने निर्णय समेत गरेको छ।
नक्कली शरणार्थी प्रकरणमा सरकारले गलत गर्न खोजे साथ दिन सकिँदैनः माधव नेपाल काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गलत गर्न खोजे साथ दिन नसकिने स्पष्ट पारेका छन्। पार्टीको उपत्यका र सम्पर्क विशेष प्रदेश कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले शरणार्थी प्रकरणमा अहिलेसम्म सरकारले राम्रो काम गरेको र पार्टीको समर्थन रहेको भन्दै गलत काम गर्न खोजे साथ दिनुपर्छ भन्ने बाध्यता नरहेको बताएका हुन्। उनले उक्त प्रकरणमा सरकारले खुट्टा कमाउन हुने भन्दै जुनसुकै ओहोदामा रहेका व्यक्तिलाई पनि उन्मुक्ति दिन नहुने धारणा राखे। देशद्रोही काममा कम्युनिष्ट भनिएका व्यक्तिहरु नै संलग्न हुनु लाजमदो कुरा भएको उनले बताए। त्यस्तै अध्यक्ष नेपालले सत्तामा बसेका माओवादी र कांग्रेसका कतिपय व्यवहारबाट सन्तुष्ट नरहेकाले सचेत गराउनु पार्टीको कर्तव्य रहेको बताए। उनले अहिले पनि नेकपा व्युताउन तयार रहेको भन्दै एमाले अध्यक्ष केपी ओली सच्चिएर आए एकै ठाउ बस्न सकिने जिकिर गरे। उनले अहिले राजावादीहरुले ठाउको उठाउन थालेकाले कम्युनिष्टहरुको जिम्मेवारी बढ्दै गएको उल्लेख गरे।
कालापानीबाट भारतले सुरक्षाफौज फिर्ता गर्नुपर्छः वामदेव गौतम काठमाडौं । राष्ट्रिय सभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले कालापानी, लिपुलेक र लिम्पियाधुराबाट भारतले तत्काल आफ्ना सुरक्षाफौज र कर्मचारी फिर्ता लैजानुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र डा. अच्युत गौतमद्वारा संयुक्त रुपमा लिखित पुस्तक ‘नेपाल भारत फर्नलेयर डिप्लोमेसी इन रिफ्रेन्स टु काली रिभर ः पर्सपेक्टिभ अफ इन्टरनेसनल ल’को विमोचन कार्यक्रममा बोल्दै उनले उक्त भूभाग नेपालको भएको र भारतले सेता फिर्ता लिनुपर्ने धारणा राखेका हुन् । नेपाली भूभाग कुनै पनि हालतमा नेपालले फिर्ता लिनैपर्ने उनको भनाइ थियो । भारतले नेपालको धेरै भूगोल मिचेको उल्लेख गर्दै उनले त्यो भूभाग फिर्ता लिन नेपाललाई अन्तराष्ट्रिय कानुनले पनि सहयोग गर्ने उनले स्पष्ट पारे । नेपालको सिंगो संसदमा सबै राजनीतिक दलहरुको सर्वसम्मतिले पारित गरेर नेपालले आफ्नो नक्शामा समावेश गरेको कुरा विश्वलाई नै जानकारी भएको उल्लेख गर्दै सांसद गौतमले त्यसमा भारतले मिचाहा प्रवृत्ति देखाउन नमिल्ने बताए । नेपाल ४ हजार वर्षदेखि स्थापित रहेको तर भारत १९४७ बाट बनेको उल्लेख गर्दै उनले त्यो भन्दाअघि किम्वदन्ती र पुराणमा उल्लेख भएको भारत भएको बताए ।
भ्रष्टचारको गन्ध मात्रै आए पनि कारबाही हुन्छ : मन्त्री मोदी काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले भ्रष्टचारको गन्ध मात्रै आए पनि कारबाही हुने चेतावनी दिएका छन् । प्रेस सेन्टर नेपाल काठमाडौंको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् । उनले भने, ‘विभिन्न मन्त्रालयमा हाम्रै मन्त्रालय मातहतका कर्मचारीहरु हुनुहुन्छ, मैले सबैलाई भनेको छु, भ्रष्टचारको गन्ध मात्रै आएको खण्डमा पनि कारबाही हुन्छ ।’ भ्रष्टचारलाई निर्मूल पारी सुशासन कायम गर्नेगरी कार्यसम्पादन गर्न आफूले सबैलाई निर्देशन दिएको बताउँदै उनले भ्रष्टचारको गन्ध मात्रै आउनेगरी काम देखिए कारबाही गर्ने बताएका हुन्। मन्त्री मोदीले अहिलेको सरकारको प्राथमिकता भनेकै सुशासन कायम गर्ने भएकाले कर्मचारीहरुबाट त्यसको कार्यान्वयन हुनुपर्ने बताए । ‘प्रधानमन्त्रीज्युको पहिलो मिसन भनेको सुशासन हो । सामाजिक न्याय, सुशासन र विकास र समृद्धि अहिलेको सरकाको मुख्य मिसन हो । यसबाहेक अन्य कुरामा ध्यान दिएको खण्डमा सबैलाई जुनसुकै हदसम्मको कारबाही हुन्छ ।’ आफूले सम्हालेको मन्त्रालयमा सुशासनसँग जोडिएका दूरगामी महत्वका कामहरु अगाडि बढाएको बताउँदै उनले भने, ‘संघीय निजामती सेवा ऐन ल्याउने र सुशासन कायम गर्ने विषय नै मेरो पहिलो प्राथमिकताको विषय हो, अहिले हामी निमित्तको शासन हटाउने काममा लागेका छौँ ।’ मन्त्री मोदीले थपे, ‘मैले मन्त्रालयको नेतृत्व सम्हालेपछि स्थानीय तहमा निमित्त नदिने, जसको जहाँ दरबन्दी छ त्यहाँ फर्किनेगरी नीतिगत निर्णय गरेका छौँ । अहिले झण्डै एक सयको हाराहारीमा निमित्त हटाएका छौँ, यो क्रम जारी रहन्छ ।’ उनले कसैको सोर्सफोर्स नसुनीकन बढुवा भएका उपसचिवहरुलाई स्थानीय तहमा खटाएको समेत बताए । हामीले स्थानीय तहमा पदस्थापना गरेका छौँ । सोर्सफोर्स लगाएर काठमाडौंको वरिपरी मात्रै केन्द्र बनाएर बसेका र विकट क्षेत्रमा खटाएको ठाउँमा जान रमाना नलिएकाहरुको सेवा अवधि रोक्ने समेत उनले चेतावनी दिए । त्यस्तै रमाना नदिने कार्यालय प्रमुखबाट क्षतिपूर्ति असुल उपर गर्ने भनेर निर्णय गरेको समेत उनले बताए । आफूले दुई महिनामा सबै सरोकारवालासँग छलफल गरेर संघीय निजामती सेवा ऐन कानुन र अर्थ मन्त्रालयमा रायका लागि पठाएको बताउँदै उनले भने, ‘कुनै पनि हालतमा संघीय निजामती ऐन ल्याई छाड्ने अहिलेको सरकारको संकल्प हो, हामीले २ महिनामा सबै पक्षसँग छलफल गरेर यो ऐन रायका लागि कानुन र अर्थ मन्त्रालयमा पठाएका छौँ, यो ऐन हामी कुनै पनि हालतमा ल्याउँछौँ ।’ मन्त्री मोदीले समाजको खराब मनोविज्ञान चिर्नका लागि प्रेस सेन्टरले अग्रमोर्चामा रहेर भुमिका निर्वाह गर्नुपर्ने बताउँदै सरकारको काम कारबाहीलाई सकारात्मक रुपमा प्रचारप्रसार गर्नका लागि यो क्षेत्रको भूमिका महत्वपूर्ण रहेको समेत औल्याए ।
मन्त्री किराती भन्छन्- देश र जनतामाथि गद्दार गर्नेहरुलाई जेल हाल्नुपर्छ काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले देश र जनतामाथि गद्दार गर्नेहरुलाई जेलमा हाल्नुपर्ने बताएका छन्। बाहिङ किरात मुलुखिमले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री किरातीले नक्कली भुटानी शरणार्थी प्रकरणले नेपाली सभ्यतामाथि नै धोका भएको भन्दै देश र जनतामाथि गद्दार गर्नेहरुलाई जेलमा हाल्नुपर्ने बताएका हुन्। नेपालीलाई सुख र नेपालको बिकास र समृद्धि होस भनेर लोकतन्त्र ल्याएको भन्दै उहाले अहिले लोकतन्त्रमा लुटतन्त्र चलेको धारणा राखे। मन्त्री किरातीले अव ढिलो नगरि ठूला ठूला भ्रष्टाचारका फाइलहरु खोल्नुपर्ने र यसमा आम नागरिकबीच एकता हुनुपर्नेमा जोड दिए। हिजोसम्म देशको गृह प्रशासन चलाउनेहरु नागरिकलाई शरणार्थी बनाएकै कारण जेलमा रहेको भन्दै उहाले समय भन्दा ठूलो केहि नभएको जिकिर गर्नुभयो । अहिलेको शत्रु भ्रष्टाचार र अशिक्षा भएकाले अव दुबै कुराको अन्त्य हुनुपर्ने उनको भनाइ छ । कार्यक्रममा मन्त्री किरातीले बाहिङ–नेपाली–अग्रेजी शव्दकोष बिमोचन गरेका थिए ।
एमाले स्थायी कमिटी बैठक जारी, यसपछि केन्द्रीय समिति बस्ने काठमाडौं। नेकपा एमालेले स्थायी कमिटीको बैठक जारी छ । पार्टीको वार्षिक कार्ययोजना तयार पार्नका लागि केन्द्रिय समिति बैठक अघि स्थायी कमिटी बैठक बोलाईएको हो । गत बिहिवार देखी सुरु भएको एमालेको चौथौ केन्द्रिय समिति बैठक जारी रहेको बखतमा नै आज बस्न लागेको स्थायी कमिटीले पार्टीको बार्षिक कार्ययोजना बनाउन लागेको हो । प्रचार बिभाग उपप्रमुख बिष्णु रिजालका अनुसार स्थायी कमिटीले तयार पार्ने बार्षिक कार्ययोजना केन्द्रिय समितिमा पेश गरी पारित गरिनेछ । शुक्रवार बसेको बैठकमा गैर–भौगलिकसहित ८ प्रदेशका प्रतिनिधिले पेश गरेको प्रतिवेदनमा सामुहिक छलफल भएको थियो । जसअनुुुसार गण्डकीवाट पदमा अर्याल, बाग्मतिवाट गोकर्ण बिष्ट, सम्पर्क समन्वय कमिटीवाट लालबाबु पण्डित, उपत्यका बिशेष प्रदेशवाट सुजिता शाक्यले आ आफनो क्षेत्रको प्रतिवेदन पेश गरेका थिए । सबै प्रदेशको प्रतिवेदनमाथी सामुहिक छलफल गरिएको थियो । आज बस्ने केन्द्रिय समिति बैठकले समुहगत छलफल पछिको निष्कर्षका बारेमा महासचिव शंकर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको छ ।
आज पनि एमालेको केन्द्रीय समिति बैठक, अध्यक्ष ओलीले जवाफ दिने काठमाडौं। नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ। गत बिहीबारदेखि सुरु भएको एमालेको चौथौ केन्द्रीय समिति बैठक बस्न लागेको हो। शुक्रबार बसेको बैठकमा गैर-भौगलिकसहित ८ प्रदेशका प्रतिनिधिले पेश गरेको प्रतिवेदनमा सामुहिक छलफल भएको थियो। जसअनुुुसार गण्डकीबाट पदमा अर्याल, बाग्मतिबाट गोकर्ण बिष्ट, सम्पर्क समन्वय कमिटीवाट लालबाबु पण्डित, उपत्यका बिशेष प्रदेशवाट सुजिता शाक्यले आ-आफनो क्षेत्रको प्रतिवेदन पेश गरेका थिए। सबै प्रदेशको प्रतिवेदनमाथि सामूहिक छलफल सुरु गरिएको थियो। आज बस्ने बैठकले समूहगत छलफल पछिको निष्कर्षका बारेमा महासचिव शंकर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको छ।
एमाले स्थायी कमिटी बैठक सर्यो काठमाडौं। नेकपा (एमाले)को आज बस्ने भनिएको स्थायी कमिटी बैठक सरेको छ। एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले आज दिउँसो ३ बजे बस्ने भनिएको बैठक सरेको जानकारी दिए। उनका अनुसार समय अभावको कारणले बैठक भोलि बिहान ८ बजेका लागि सारिएको हो। बैठक ललितपुरस्थित एमाले मुख्यालयमा बस्नेछ। केन्द्रीय कमिटीको बैठकमा मिसन ग्रासरुट अभियानको प्रदेश तर्फबाट कार्ययोजना प्रस्तुत भएपछि सोही कार्ययोजनाअनुसार स्थायी कमिटी बैठकमा एकीकृत वार्षिक कार्ययोजना बनाउनेबारे छलफल गरिनेछ।
भारतीय विदेश मन्त्रीले भेटे परराष्ट्र मन्त्री साउदलाई काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र उनका भारतीय समकक्षी डा एस जयशङ्करबीच भेटवार्ता भएको छ। छैटौँ हिन्द महासागर सम्मेलनमा भाग लिन बङ्गलादेशको ढाका पुगेका उनीहरूबीच आज भेटवार्ता भएको बङ्गलादेशस्थित नेपाली दूतावासले जनाएको छ। दुवै मन्त्रीले नेपाल–भारत सम्बन्धको उत्कृष्ट अवस्थाप्रति सन्तोष व्यक्त गर्दै व्यापार, पारवहन, कनेक्टिभिटी, जलविद्युतलगायतका क्षेत्रमा सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेका थिए। परराष्ट्रमन्त्री साउद बङ्गलादेशको ढाकामा यही वैशाख २९ र ३० गते हुने छैटौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन आज दिउँसो त्यसतर्फ प्रस्थान गरेका थिए। ‘शान्ति, समृद्धि र उत्थानशील भविष्यका लागि साझेदारी’ भन्ने नाराका साथ हुन लागेको उक्त सम्मेलनमा उनले भोलि वैशाख ३० गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्रमन्त्री र उनी नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी र बङ्गलादेशको परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीले स्वागत गरेका थिए। आजै परराष्ट्रमन्त्री साउद र उनका बङ्गलादेशी समकक्षी डा एके अब्दुल मोमेनबीच पनि भर्चुअल वार्ता भएको थियो। सो अवसरमा दुवै मन्त्री नेपाल–बङ्गलादेश सम्बन्धका विभिन्न पक्षको बारेमा जानकारी आदानप्रदान गर्नुका साथै व्यापार, पारवहन, लगानी, ऊर्जा, शिक्षा, जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्न मिलेर काम गर्न सहमत भएका थिए। परराष्ट्रमन्त्री साउद आज साँझ सम्मेलनको उद्घाटन सत्र र त्यसपछि बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले सम्मेलनमा सहभागी हुन आउने प्रतिनिधिमण्डलका प्रमुखको सम्मानमा आयोजना गर्नुहुने सांस्कृतिक सोइरी र रात्रिभोजमा सहभागी हुनेछन्। साथै उनले सम्मेलनका क्रममा जापान, सिङ्गापुर र संयुक्त राज्य अमेरिकाका प्रतिनिधिमण्डलका प्रमुखहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्। परराष्ट्रमन्त्री साउदका साथ उनकी धर्मपत्नी ज्योत्स्ना अधिकारी साउद, मन्त्रालयका सहसचिव रामप्रसाद सुवेदी, परराष्ट्रमन्त्रीका स्वकीय सचिव खुमान थापा क्षेत्री रहेका छन्। उनी वैशााख ३१ गते आइतबार स्वदेश फर्कने कार्यक्रम छ।
केन्द्रीय कमिटी बैठकमा महेश बस्नेतको प्रस्ताव- संघीयताको पुनरावलोकन गरौँ काठमाडौं। नेकपा एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा पोलिटब्युरो सदस्य महेश बस्नेतले संघीयताको पुनरावलोकन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। विभिन्न ११ बुँदे सुझाव पेस गर्दै उनले दुई दलीय व्यवस्था वा पाँच प्रतिशत थ्रेस होल्डको व्यवस्था राख्नेगरी पहल गर्न प्रस्ताव राखे। बस्नेतले पार्टी नेताहरू र जनप्रतिनिधिहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न र वर्षै पिच्छे अध्यवधिक गर्न उपयुक्त हुने सुझाव दिए। बैठकमा बस्नेतले राखेका सुझावहरुः १. विज्ञ सदस्य बनाऔँ । विविध क्षेत्र, पेशागत, व्यावसायिक र सामाजिक क्षेत्रका १६ देखि २५ वर्षका नवयुवा र महिलाहरूलाई फोकस गरेर डिजिटल सदस्यता आव्हान गरौँ । त्यसको तीन महिनापछि ती सदस्यलाई संगठित गरी पार्टी नेता र मुलुक हाँक्ने जनप्रतिनिधि बनाऔँ । २. युवाहरूलाई उनीहरूको आधारभूत आवश्यकता पूरा गराउन शिक्षा, स्वास्थ्य, रोजगारी र उद्ममशीलता विकास हुने गरी निर्वाचित जनप्रतिनिधिहरूलाई खटाउने र पार्टी कमिटी पनि सोही उद्देश्य पूरा गर्ने गरी दक्ष साथीहरू राखेर जाऔँ । ३. पार्टीले विगतमा गरेको महत्त्वपूर्ण उपलब्धि व्यापक प्रचार गर्ने, नयाँ कार्यक्रमहरूलाई ब्राण्डिङ गरेर प्रचार गरौँ । ४. विगतमा भएका कमीकमजोरीको समीक्षा गरौँ । गल्ती सुधार गर्दै सुशासन दिने भ्रष्टाचार उन्मुलन गर्ने र असल समाज निर्माणमा लाग्ने प्रतिबद्धता जनाऔँ । ५. पार्टी नेताहरू र जनप्रतिनिधिहरूको सम्पत्ति विवरण सार्वजनिक गरौँ र वर्ष पिच्छे अध्यवधिक गरौँ । ६. संघीयताको पुनरावलोकन गरौँ । शासकीय स्वरूप प्रत्यक्ष निर्वाचित सरकार प्रमुख बनाऔँ । निर्वाचन कम खर्चिलो अपनाऔँ । राजनीतिक स्थिरताका लागि दुई दलीय व्यवस्था अथवा पाँच प्रतिशत थ्रेस होल्ड राखौँ । ७. दुई कार्यकाल प्रधानमन्त्री तीन कार्यकाल मन्त्री र चार कार्यकाल सांसदभन्दा बढी हुन नपाउने संवैधानिक व्यवस्था गरौँ । ८. पार्टीको केन्द्र र प्रदेश कमिटीमा २५ प्रतिशत जिल्ला र स्थानीय तहको कमिटीमा ३५ प्रतिशत चालीस वर्षमुनिका युवा प्रतिनिधित्व ग्यारेन्टी गरौँ । ९. युवा संघको उमेरहद ३५ वर्ष, अनेरास्ववियुको ३० वर्ष र पार्टीको सबै तहमा जनसंगठन परिचालन संयन्त्र निर्माण गरौँ । १०. सोसल मिडिया र मिडिया परिचालन, कानुनी क्षेत्र, प्रचारको क्षेत्र, युवा विद्यार्थीको परिचालन, परराष्ट्र क्षेत्र, प्रवासको काम कमजोर भएकाले यो क्षेत्र सही, स्मार्ट र सिर्जनशील नेतृत्वलाई जिम्मा दिऔँ । ११. देशभक्त, जनवादी र प्रगतिशील शक्तिहरूको बीचमा एकता अभियान चलाउँदै साम्राज्यवादी, सामन्तवादी, यथास्थितिवादी र सस्तो लोकप्रियतावादीहरूका विरुद्ध र तिनले सिर्जना गरेका भ्रम चिर्न लागौँ ।
गण्डकीका नवनियुक्त चार मन्त्रीले लिए शपथ, दीपक मनाङे मन्त्री बन्न पाएनन् काठमाडौं। गण्डकी प्रदेशका नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। आज प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनीहरूलाई शपथ गराएका हुन्। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बाग्लुङका दीपेन्द्रबहादुर थापा, तनहुँका जीतप्रकाश आले र नेकपा माओवादी केन्द्रबाट रेशमबहादुर जुग्जालीलाई आजै मन्त्री नियुक्त गरेका थिए। यसअघि एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बन्ने चर्चा रहे पनि उनको ठाउँमा कांग्रेसका आले मन्त्री बनेका छन्। जिसीलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालय, थापालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, आले मगरलाई आर्थिक मामिला मन्त्रालय र जुग्जालीलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ। यसअघि वैशाख १५ मा शपथ लिएका दुई मन्त्री सुशीला सिम्खडालाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र सरस्वती अर्याललाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ। गत वैशाख ९ गते नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रेस–माओवादीसहितको गठबन्धनबाट पाण्डे गएको १४ गते मुख्यमन्त्री नियुक्त भएका थिए।
अमेरिकाबाट अवैध रकम भित्र्याउने कार्यमा जनार्दन शर्माको संलग्नता, केही दिनमै पक्राउ पर्न सक्ने! काठमाडौं । नेकपा(माओवादी केन्द्र)का नेता तथा पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ । स्रोतका अनुसार अमेरिकाबाट अवैध रकम भित्र्याएको आरोपमा पक्राउ परेका विवादित व्यवसायी पृथ्वी बहादुर शाहले जनार्दन शर्माको संलग्नता रहेको प्रहरी समक्ष बयान दिएपछि उनलाई प्रहरीले पक्राउ गर्ने तयारी थालेको हो । अमेरिकाबाट अवैध रुपमा गत वर्ष चैतमा आएको ४० करोड रकम राष्ट्र बैंकले रोक्का गरेको थियो । सोही प्रकरणमा गत पुसमा प्रहरीले पक्राउ गरी अनुसन्धानकै क्रममा शाह हिरासतमा रहेका छन् । शाहले अवैध रुपमा उक्त रकम नेपाल भित्र्याउने कार्यमा जनार्दन शर्माको संलग्नता रहेको प्रहरीलाई बयान दिएको स्रोतले जनाएको छ । शर्माले आफू अर्थमन्त्री रहेको बेलामा आएको सो रकम छुटाउन निकै दौडधुप गरेका थिए । तत्कालीन अर्थमन्त्री रहेका शर्माले रकम छुटाउन राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई दबाव दिएका थिए । शाहको नाममा आएको स्रोत नखुलेको उक्त रकम छुटाउन तत्कालीन अर्थमन्त्री रहेका शर्माले राष्ट्र बैकमा लिखित निर्देशनसमेत दिएका थिए ।उनको रकम छुटाउने निर्देशन राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अस्वीकार गर्दा उनलाई निलम्बन समेत गरिएको थियो ।सोही कारणले रुष्ट भएर निलम्बन गरिएका गर्भनर अधिकारी सर्वोच्च अदालतको आदेशले राष्ट्र बैंकमा फर्किएका हुन्। प्रहरीले यस विषयमा राजनीतिक दलका उच्च तहका नेताहरुसँग परामर्श लिइरहेको छ । शर्मा यस प्रकरणमा मुछिएपछि प्रहरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराएको छ । राजनीतिक दबाव नभएमा प्रहरीले केही दिनमै पक्राउ गर्ने स्रोतको दाबी छ । यसबारेमा नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुवेर कडायतले जनार्दन शर्मा पक्राउबारे कुनै जानकारी नपाएको डिसी नेपाललाई बताए । उनले अनुसन्धानकै क्रममा रहेको हुँदा यस प्रकरणका बारेमा आफू बेखबर रहेको बताए ।
एमालेले पार्टीलाई पहिलो शक्ति बनाउने गरि बार्षिक कार्यक्रम बनाएर अघि बढ्ने काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटीको दोश्रो दिन सवै प्रदेशले मिसन ग्रासरुट अभियानको समीक्षा प्रतिवेदन पेश गरेका छन्। शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको बैठकमा बागमती, पेशागत, सम्पर्क समन्वय, गण्डकी प्रदेशका तर्फबाट मिसन ग्रासरुट अभियानको समीक्षा प्रतिवेदन पेश गरिएको हो। यसअघि बिहीबार सुदूरपश्चिम, कर्णाली, कोशी प्रदेशको रिपोर्ट पेश गरिएको थियो। बैठकमा पेश भएको बिभिन्न प्रतिवेदनमाथि आठ वटा समूह बनाएर छलफल भएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। बैठकको तेश्रो दिन शनिबार पार्टीको स्थायी कमिटी बैठक बसेर पार्टीको बार्षिक कार्ययोजनाको प्रस्ताव तयार गर्ने र त्यसपछि बस्ने केन्द्रीय कमिटी बैठकमा पेश हुने रिजालले बताए। एमालेलाई पहिलो शक्तिमा रुपन्तरण गर्ने गरि पार्टीले बार्षिक कार्यक्रम बनाएर अघि बढ्ने उनले बताए। बैठकमा केन्द्रीय सदस्यहरुले राखेका सुझावहरुलाई अंगिकार गरेर अघि बढ्ने उल्लेख गरे।
नक्कली शरणार्थी प्रकरणको निष्पक्ष छानविन हुन्छः प्रधानमन्त्री प्रचण्ड काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीको ज्ञापनपत्र बुझ्दै उनले दोषीले छुट नपाओस् र निर्दोष नपरोस् भन्नेमा सरकार स्पष्ट रहेको बताएका हुन् । प्रधानमन्त्री दाहालले उक्त प्रकरणमा भइरहेको छानविनमा कुनै प्रभाव र दबाब पर्न नदिने प्रतिबद्धता पनि जनाए। उनले वर्तमान सरकार सुशासन, समृद्धि र संविधानको कार्यान्वयनमा पूर्ण प्रतिबद्धताका साथ लागिपरेको उल्लेख गर्दै कुनै पनि प्रभाव र दबाबलाई स्वीकार नगर्ने र पछि पनि नहट्ने बताए। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले २०४६ सालपछिका राजनीतिक नेतृत्व र कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्नेलगायत माग समेटिएको ज्ञापनपत्र प्रधानमन्त्री दाहाललाई बुझाएका थिए। ज्ञापनपत्र बुझाएपछि सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले नक्कली शरणार्थी प्रकरणमा निष्पक्ष छानविनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको बताए। प्रधानमन्त्रीले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि यो महत्वपूर्ण अवसर रहेको भन्दै कुनै पनि कमी कमजोरी हुन नदिने बताएको उनले जानकारी दिए ।
भ्रष्टाचारविरुद्ध राप्रपाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र काठमाडौँ। राप्रपाले भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ। केन्द्रका अध्यक्ष राजेन्द्र लिंदेनसहितको टोलीले शुक्रबार भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हो। साथै देशभरका सबै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत् राप्रपाले प्रधानमन्त्री प्रचण्डलाई भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध ज्ञापनपत्र बुझाएको छ। संगठित भ्रष्टाचारविरुद्धको कार्यक्रममा सहभागी हुन सबैमा आह्वान गरेको राप्रपाले केही दिनअघि प्रतिनिधिसभा बैठकमा पनि भ्रष्टाचारविरुद्ध जोडदार आवाज उठाएको थियो। नक्कली भुटानी शरणार्थी प्रकरणबारे राप्रपा अध्यक्ष राजेन्द्र लिंदेनले बोल्न समय मागेका थिए। तर, सभामुख देवराज घिमिरेले समय नदिएपछि राप्रपाका सांसदहरुले नाराबाजी गर्दै रोष्ट्रम घेरेका थिए। सदनदेखि सडकसम्म भ्रष्टाचारविरुद्ध आवाज बुलन्द गरेका राप्रपा अध्यक्ष लिंदेनले ‘भ्रष्टाचार गर्नु  आमाको रगत खानुसरह हो’ भन्दै आएका छन्।
गण्डकीमा मुख्यमन्त्री पाण्डेले गरे मन्त्रिमण्डल विस्तार, ४ बजे शपथ काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज  पाण्डेले मन्त्रिमण्डल विस्तार गरेका छन् । उनले शुक्रबार कांग्रेस, माओवादी र एकीकृत समाजवादीबाट थप चारजना मन्त्री नियुक्त गरेका हुन्। कांग्रेसबाट महेन्द्रध्वज जिसी र दिपेन्द्रबहादु्र थापा मन्त्री नियुक्त भएका छन् भने माओवादीबाट रेशमबहादुर जुग्जाली मन्त्री नियुक्त भएका छन् । यस्तै एकीकृत समाजवादीबाट स्वतन्त्र सांसद रहेका दिपक मनाङे गण्डकी सरकारको मन्त्री नियुक्त भएका छन् । मन्त्रालयको  शपथ ग्रहण पछि टुंगो लाग्ने मुख्यमन्त्री पाण्डेले बताएका छन् । यस अघि बैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले माओवादीबाट शुशिला सिम्खडा र कांग्रेसबाट सरस्वति अर्याललाई विनाविभागीय मन्त्री नियुक्त गरेका थिए । यो सँगै गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् सात सदस्यीय हुने भएको छ । नवनियुक्त मन्त्रीहरुलाई बेलुका ४ बजे प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शपथ गराउने कार्यक्रम रहेको छ ।
वर्तमान सरकार विदेशी लगानी आकर्षित गर्न प्रतिवद्ध रहेको छ: प्रधानमन्त्री दाहाल {भिडियो} काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार विदेशी लगानी आकर्षित गर्न प्रतिवद्ध रहेको बताएका छन्। शुक्रबार लगानी वोर्ड नेपाल र स्ट्याण्डर्ड चार्टर्ड वैंक नेपालले संयुक्त रुपमा काठमाडौंमा आयोजना गरेको लगानीका लागि अन्तर्राष्ट्रिय सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विदेशी लगानी आकर्षित गर्न र नयाँ अवसर सिर्जना गर्नका लागि अन्तर्राष्ट्रिय साझेदारहरूसँग काम गर्न प्रतिबद्ध रहेको बताएका हुन्। उनले नेपालको विकास प्रयासहरूमा वित्तीय संस्था र विकास साझेदारका साथै निजी क्षेत्रसँग प्रभावकारी साझेदारी गर्न उत्सुक रहेको धारणा पनि राखे। लगानीको वातावरण बनाउनका लागि नीतिगत, कानुनी, नियामक, प्रक्रियागत र संस्थागत व्यवस्था सुधार गर्न पहल गरिसकेको उहाले जानकारी दिए। कार्यक्रममा अर्थमन्त्री डा प्रकाशशरण महतले विश्वव्यापी वित्तीय घटनाहरुको खासै प्रभाव नपरेपनि केहि समस्या भने देखिएको भन्दै त्यसलाई समाधान गर्नका लागि सरकार अघि बढिरहेको जानकारी दिनुभयो । उनले रेमिट्यान्सले मुलुकको अर्थतन्त्रलाई टेवा पु¥याइरहेको भएपनि त्यसलाई उत्पादनशील क्षेत्रमा पर्याप्त रुपमा प्रयोग गर्न नसकिएको धारणा राखेका छन्। उनले सम्पूर्ण ध्यान परियोजनाहरूलाई नाफामुखी बनाउनेतर्फ केन्द्रित गर्न र आगामी दिनमा सम्भाव्य वित्तिय साधनको विकास गर्न निजी क्षेत्रसँग सहकार्य गर्नका लागि पनि तयार रहेको धारणा राखेका छन्। हेर्नुहोस् भिडियो:
नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्नुपर्छः : अध्यक्ष यादव जनकपुर। जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले संसद्बाट दुई पटक पारित भइसकेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई आग्रह गरेका छन्। जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा उनले सार्वभौम संसद्ले पारित गरेको कानुनलाई अड्काउन नपाइने भए पनि विगतमा गलत अभ्यास भएको आरोप लगाए। “संसदबाट पारित कानुनलाई राष्ट्रपतिले पहिलो पटक फिर्ता पठाउने प्रावधान भए पनि दोस्रो पटक पठाउँदा १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने प्रावधान छ। यदि प्रमाणीकरण नभएमा स्वतः कानुन बन्नुपर्ने हो। संसदीय अभ्यास भएका देशमा पनि यही अभ्यास छ”, अध्यक्ष यादवले भने, “नेपालमा भने राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि विधेयक वा अध्यादेश नै स्वतः निस्क्रिय हुने गलत काम भयो। अब वर्तमान राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्छ भन्ने मत सत्ता गठबन्धनको र त्यसो गर्दा कानुनसम्मत् नै हुन्छ भन्ने राय कानुनविद्को पनि छ।” संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि संविधान नै बाधक भएकाले त्यसलाई संशोधन गरेर अगाडि बढ्नुपर्ने बताउँदै अध्यक्ष यादवले प्रदेश सरकारलाई बलियो बनाउन संविधानप्रदत्त अधिकार कार्यान्वयन गर्न सबै इमान्दार बन्नुपर्ने धारणा राखे। “मन्त्री, सुरक्षा गार्ड र झण्डा हल्लाएर मात्रै हिँड्ने अवस्था अन्त्य गर्नुपर्छ। यसका लागि निजामती सेवा ऐन र प्रहरी समायोजनसम्बन्धी ऐन चाँडोभन्दा चाँडो पारित गरेर संघीयताको संस्थागत विकास गर्नुपर्छ”, उनले भने। त्यसैगरीे भुटानी शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए।
राप्रपाले भ्रष्टाचारविरुद्ध देशभरबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै काठमाडौं। राप्रपाले भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध देशभरबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउने भएको छ । देशभरका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री प्रचचण्डलाई भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध शुक्रबार दिउँसो १ बजे ज्ञापनपत्र बुझाउन लागिएको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन संयोजक तथा अधिवक्ता सुजित केसीले जानकारी दिए । अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको टोलीले भने प्रधानमन्त्री प्रचण्डलाई नै ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको राप्रपा प्रवक्ता ज्ञानेन्द्रबहादुरी शाहीले जानकारी दिए । संगठित भ्रष्टाचारविरुद्धको कार्यक्रममा सहभागी हुन सबैमा आह्वान गरेको राप्रपाले केही दिनअघि प्रतिनिधिसभा बैठकमा पनि भ्रष्टाचारविरुद्ध जोडदार आवाज उठाएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणबारे राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बोल्न समय मागेका थिए । तर, सभामुख देवराज घिमिरेले नदिएपछि राप्रपाका सांसदहरुले नाराबाजी गर्दै रोष्ट्रम घेरेका थिए । सदनदेखि सडकसम्म भ्रष्टाचारविरुद्ध आवाज बुलन्द गरेका राप्रपा अध्यक्ष लिङ्देनले ‘भ्रष्टाचार गर्नु  आमाको रगत खानुसरह हो’ भन्दै आएका छन् ।
रवि लामिछानेसँग प्रधानमन्त्रीले भने- भ्रष्टाचारविरुद्ध निर्मम भएर लाग्छु काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच समसामयिक तथा राजनीतिक विषयमा छलफल भएको छ । शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका रास्वपा सभापति लाछिानेले भ्रष्टाचारविरुद्ध सरकारले राम्रो काम गरेको भन्दै प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद समेत दिएका छन् । भ्रष्टाचारविरुद्ध हुने काममा आफू र आफ्नो पार्टीको साथ र समर्थन रहने लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएका छन् । जवाफमा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारीलाई कारबाही गर्ने विषयमा निर्मम भएर लाग्ने बताएको बालुवाटार स्रोतले जनाएको छ।
देश छोडेर भागेको हल्ला चलेपछि आरजूले पोस्ट गरिन् हेटौंडामा मार्ट उद्घाटन गरेको फोटो काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजू देउवा देश छोडेर भागेको हल्ला चल्यो। सामाजिक संजालमा आरजू भारत हुँदै तेस्रो मुलुक भागेको हल्ला चलेपछि आरजू देउवाले हेटौंडाको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेकी छन्। उनले हिजो हेटौंडामा स्वदेशी मार्टको उद्घाटन गर्दै गरेको फोटो समाजिक संजाल फेसबुकमा पोस्ट गरेकी हुन्। आरजूले उक्त फोटो पोस्ट गर्दै आफू नेपालमै रहेको जानकारी दिन खोजेकी छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजूको नाम पनि मुछिएको छ। एक अडियोमा पीडितले आरजू देउवा र मञ्जु खाँणलाई पैसा बुझाएको दाबी गरिएको छ। उक्त अडियोको वैज्ञानिक जाँच भइरहेको प्रहरीले जनाएको छ। बुधबार पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि कांग्रेसभित्र तरंग उत्पन्न भएको छ। सोही विषयलाई आधार बनाएर आरजू भारत हुँदै सिंगापुर भागेको हल्ला चलेको थियो। तर आरजूले आफू नेपालमै रहेको पुष्टि हुने गरि बिहीबार हेटौंडामा रहेको स्वदेशी मार्टको उद्घाटन गर्दै गरेको फोटो सामाजिक संजालमा पोस्ट गरेकी हुन्। सभापति देउवाका स्वकिय सचिव भानु देउवाले आरजु काठमाडौ निवासमै रहेको डिसी नेपाललाई जानकारी दिए । अहिले सामाजिक सञ्जालमा तेस्रो मुलुक गएको भन्ने हल्ला निराधार भएको उनको भनाइ छ ।
संविधानसभा सदस्य बस्नेतको निधन काठमाडौं। संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ। नेपाली काँग्रेस नेता समेत रहेका बस्नेतको ७८ वर्षको उमेरमा आज बिहान निधन भएको हो। उनी काठमाडौँको सिफलमा बस्दै आएका थिए। २००२ मङ्सिर २१ गते लिखु पिके गाउँपालिका, वार्ड नं ३ सोलुखुम्बुमा जन्मेका बस्नेत नेपाली कांग्रेसको सक्रिय राजनीतिमा लामो समयसम्म रहेका थिए। काग्रेसको केन्द्रीय सदस्यसमेत भएका बस्नेतले त्रिभुवन विश्वविद्यालयबाट एमए तथा बीएल गरेका छन्। बस्नेतले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षसमेतको जिम्मेवारी सम्हालेका थिए।
लेखा परीक्षण सार्वजनिक गर्न आयोगद्वारा कांग्रेस, एमाले र माओवादीलगायत ८२ दललाई निर्देशन काठमाडौं। निर्वाचन आयोगले लेखा परीक्षण गरी सार्वजनिक नगरेको भन्दै ८२ दललाई सचेत गराएको छ। नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित ८२ दलले पार्टीको लेखा परीक्षण गरी सार्वजनिक नगरेको भन्दै आयोगले सचेत गराएको हो। आयोगले पार्टीको लेखा परिक्षण बेवसाइट, आमसञ्चारका माध्यम, सामाजिक सञ्जालवाट सार्वजनिक गर्नुपर्ने जनाउँदै यसरी सार्वजनिक गरेको बिषय आयोगलाई बुझाउन पनि निर्देशन दिएको छ। राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा (१) बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र कानुन बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराई एक महिनाभित्र आयोगमा सो लेखा परीक्षण प्रतिवेदन पेस गर्नुपर्ने कानुनी व्यवस्था भएकोमा आर्थिक वर्ष २०७८/७९ को लेखा परीक्षण प्रतिवेदन तोकिएको समय सीमाभित्रै पेस गर्ने तपसिल बमोजिमका ८२ (बयासी) राजनीतिक दललाई सोही ऐनको सोही दफाको उपदफा (५) बमोजिम आयोगमा पेस गरेको लेखा परीक्षण प्रतिवेदन ७ (सात) दिनभित्र सम्बन्धित दलको कार्यालय वा वेबसाइट, आमसञ्चार माध्यम (पत्रपत्रिका, रेडियो, टेलिभिजन आदि), सामाजिक सञ्जाल (फेसबुक, ट्विटर, इन्स्टाग्राम)का माध्यमबाट सार्वजनिक गरी सार्वजनिक गरेको मितिले ७ (सात) दिनभित्र सो विवरण आयोगमा पेस गर्न सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशन गरिएको आयोगले जनाएको छ। ‘साथै आर्थिक वर्ष २०७८/७९ को लेखा परीक्षण प्रतिवेदन कानुनले तोकेको समयभित्र पेस गर्ने तपसिल बमोजिमका ८२ (बयासी) राजनीतिक दलहरूको विवरण आयोगको वेबसाइटमा हेर्न सकिने र तोकिएको समयावधिभित्र लेखा परीक्षण प्रतिवेदनको विवरण सार्वजनिक गरी आयोगमा जानकारी नगराएमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा (५) को खण्ड (ग) बमोजिम कारबाही भइजाने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ’ आयोगले भनेको छ। यी हुन लेखा परिक्षण सार्वजनिक नगर्ने दलहरुः
एमाले केन्द्रीय समिति बैठक जारीः बाँकी ४ प्रदेश कमिटीको प्रतिवेदन पेश गरिने काठमाडौं। नेकपा एमालेको केन्द्रीय समितिको बैठक आज पनि जारी रहने छ। गत २८ बैशाखदेखि सुरु भएको केन्द्रीय समिति बैठक बैशाख ३० गतेसम्म जारी रहनेछ। बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफनो राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने महासचिव शंकर पोखरेलले पार्टी बैठकमा हुने छलफलका लागि अजेन्डा पेश गरेका थिए। केन्द्रीय प्रचार तथा प्रकाशसन बिभागका सचिव गगन बिष्टका अनुसार हिजो पेश गर्न बाँकी रहेका प्रदेश कमिटीका प्रतिवेदन आज प्रस्तुत गरिनेछ। ‘आज गण्डकीबाट पद्मा अर्याल, बागमतीबाट गोकर्ण बिष्ट, सम्पर्क समन्वय कमिटीवाट लालबाबु पण्डित, उपत्यका बिशेष प्रदेशवाट सुजिता शाक्यले आ-आफनो क्षेत्रको प्रतिवेदन पेश गर्नेछन्,’ उनले भनेका छन्, ‘उक्त प्रतिवेदनमाथि समूह बिभाजन गथरी छलफल गरिने भएको छ, समूह छलफलपछि प्रदेश अध्यक्षहरुले निष्कर्षका रुपमा सुझाव प्रस्तुत गर्नु हुनेछ।’ उनका अनुसार हिजो सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहोरा, अनुशाषन आयोगका प्रमुख केशव बडाल, लेखा आयोगका अध्यक्ष पुष्प कँडेल र निर्वाचन आयोगका प्रमुख बिजय सुब्बाले आ-आफनो क्षेत्रको प्रतिवेदन प्रस्तुत गरेका थिए। यसैगरी, मिसन ग्रास रुटका बारेमा पाँचवटा प्रदेश प्रमुखले प्रतिवेदन पेश गरेका थिए। जसअनुसार सुदूरपश्चिमबाट लेखराज भट्ट, कर्णालीबाट योगेश भट्टराई, लुम्बिनीबाट छविलाल बिश्वकर्मा, मधेसबाट रघुवीर महासेठ र कोशी प्रदेशबाट राजेन्द्र गौतमले आ-आफनो प्रदेशको रिर्पोट प्रस्तुत गरेका थिए। बाँकी रहेका प्रदेश कमिटीहरुले आज आ-आफनो प्रतिवेदन पेश गर्नेछन्।