content
stringlengths
20
64.1k
बालकृष्ण खाणलाई कांग्रेसले तत्काल निलम्बन नगर्ने, नभागेर अनुसन्धानमा सहयोग गरेको निष्कर्ष काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई नेपाली कांग्रेसले तत्काल निलम्बन नगर्ने भएको छ । बिहीबार बसेको नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा नेता बालकृष्ण खा...
एमालेकै सम्पर्कमा छैनन् टोपबहादुर रायमाझी काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी आठ दिनदेखि फरार छन् । नेकपा एमालेले पनि उनी पार्टीसँग सम्पर्कमा नरहेको जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबारदेखि बसेको केन्द्रीय कमिटी बैठकमा भ्रष्टाचारमा दोषी ...
एक सातामा प्रदेश सरकारले पूर्णता पाउँछः मुख्यमन्त्री जमकट्टेल नुवाकोट। बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जमकट्टेलले एक साताभित्र प्रदेश सरकारले पूर्णता पाउने बताएका छन्। आज विदुरमा प्रेस सेन्टर नुवाकोटले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “केन्द्रीय नेतृत्व तहबाट केही निर्णय गर्नुपर्नेमा मन्त्रिपरिषद ब...
नक्कली भुटानी शरणार्थी प्रकरणका अपराधीलाई कारवाही गर्नुपर्ने भन्दै नेकपा एसको प्रदर्शन काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका सबै अपराधीलाई कडा कारवाही गर्नुपर्ने भन्दै नेकपा एकीकृत समाजवादीले काठमाडौंमा प्रदर्शन गरेको छ । बिहीबार काठमाडौंको माइतिघरमा एकीकृत समाजवादीका मोर्चा संगठनहरुले नक्कली भुटानी शरणार्थी प्रकर...
राजनीतिक दललाई लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्न आयोगको अल्टिमेटम काठमाडौं । निर्वाचन आयोगले आयोगमा बुझाएको लेखापरीक्षणको प्रतिवेदन सात दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएको छ । आयोगका अनुसार आयोगमा पेस गरेका ८२ राजनीतिक दललाई आफ्नो लेखापरीक्षण प्रतिवेदन सात दिनभित्र सार्वजनिक गरेर सोको जानकारी आयोगमा गराउन निर्देश...
नक्कली भुटानी शरणार्थी प्रकरणः कुनै दवाव विना निष्पक्ष छानविन गर्नुपर्नेमा जोड (भिडियो) काठमाडौं। बिभिन्न दल निकट विद्यार्थी संगठनका नेताहरुले नक्कली भुटानी शरणार्थी प्रकरणलाई कुनै दवाव विना निष्पक्ष छानविन गर्नुपर्नेमा जोड दिएका छन् । बिहीबार संवाद डवलीले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमा उनीहरुले नक्कली ...
आरजू राणालाई कालो झन्डा देखाउन खोज्ने युवक पक्राउ हेटौँडा। नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कालो झण्डा देखाउन खोज्ने युवक पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा आरजूलाई कालो झण्डा देखाउन खोज्ने हेटौँडाका कृष्णराज कोइरालालाई प...
नक्कली शरणार्थी प्रकरणलाई राजनीतिको फण्डा नबनाउन ओलीको सुझाव (भिडियो) काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी ओलीले नक्कली भूटानी शरणार्थी प्रकरणलाई राजनीतिको फण्डा नबनाउन सुझाव दिएका छन्। विहीबारबाट ललितपुरमा सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले नक्कली भूटानी शरणार्थी प्रकरणमा प्रहरीले निष्पक्ष छा...
पदाधिकारी बैठक बस्नु अघि देउवाले किन भेटे प्रधानमन्त्री प्रचण्डलाई? काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणले राजनीति तातिरहेका बेला बिहीबार पार्टीका उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई लिएर प्रध...
संसद बैठकमा राम्रोसँग नसुन्दा रास्वपाका सांसदहरु यसरी हाँसोका पात्र बने काठमाडौं । बुधबारको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु हाँसोका पात्र बनेका छन् । कांग्रेसकी सांसद ईश्वरी देवी न्यौपानेको भनाइलाई ठिकसँग नसुनेर अर्कै अर्थमा बुझ्दा उनीहरु हाँसोको पात्र बनेका हुन् । बैठकमा बोल्दै कांग्रेसकी सा...
लडाकु शिविरमा भएको भ्रष्टाचारको छानबिन अख्तियारले गर्नुपर्छः केपी ओली काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारको छानबिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्नुपर्ने बताएका छन् । च्यासलस्थित पार्टी मुख्यालयमा बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्द...
बर्तौला राप्रपा नेपालको सहायक महामन्त्रीमा मनोनित काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको सहायक महामन्त्रीमा राजाराम बर्तौला “चुनेली” लाई मनोनित गरेका छन्। परराष्ट्र सेवामा लामो समय काम गरि सेवा निबृत्त भएका बर्तौला अबकाश जीवन पछि राप्रपा नेपालमा आबद्ध भएका थिए। यस अघि उनी पार्टीको अन्तरास्ट्रिय सम्बन्ध ब...
टोपबहादुर रायमाझीलाई अहिले नै दोषी करार गर्न मिल्दैन : अध्यक्ष ओली काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टीका निलम्बित सचिव टोपबहादुर रायमाझीलाई अहिले नै दोषी र फरार करार गर्न नसकिने बताएका छन्। च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार बसेको केन्द्र...
अनुसन्धान गर्ने संवैधानिक आयोगका प्रमुख नै अनुसन्धानको दायरामा काठमाडौं। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहको बारेमा अनुसन्धान अगाडि बढ्दै जाँदा लहरो तान्दा पहरो थर्किंदै गएको छ। एकपछि अर्को पहुँचवाला नेता र कर्मचारीहरु पक्राउ पर्दै गएका छन्। यही बीचमा यस्ता अनियमितताको अनुसन्धान गर्ने संवैधानि...
सुशासनको दिशामा सरकार अग्रसर, प्रचण्डलाई अन्तिम अवसर काठमाडौं। नक्कली भुटानी शणार्थी प्रकरणमा एक पछि अर्का उच्च पदस्थ नेता र कर्मचारी भटाभट पक्राउ परेपछि सरकारको चौतर्फी प्रशंसा भइरहेको छ। बहालवाला नेपाल सरकारका सचिवदेखि पूर्व गृहमन्त्रीसमेत यस प्रकरणमा तानिएर अनुसन्धानको घेरामा परिसकेका छन्। लहरो तान्दा पहरो थर्किए जस...
आजबाट सरकारी वकिलले पूर्व गृहमन्त्री खाँणसँग बिषय केन्द्रित बयान लिने काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको आजबाट बयान सुरु हुने भएको छ। सरकारी वकिलले आजबाट पूर्वमन्त्री खाँण पक्राउको बिषयमा केन्द्रित भएर आज बयान लिन सुरु गर्ने भएको हो। ‘हिजो प्रहरीले किन पक्राउ गरेको हो...
आजबाट नेकपा एमालेको केन्द्रीय समिति बैठक काठमाडौं। नेकपा एमाले केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदैछ। गत मंसिर ४ गते सम्पन्न निर्वाचन पछि पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो। बैठक च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्नेछ। ‘यसअघि झापामा गर्ने तय भएको केन्द्रीय कमिटीको बैठक संसदीय काममा केन्द्रित हुनुपर्ने भएका...
कांग्रेस पदाधिकारी बैठक बस्दै, खाँणलाई निलम्बन गर्न सक्ने काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ। पार्टी नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परे पछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्नका लागि आज पनि बैठक बस्न लागेको हो। बुधबार बसेको बैठकमा खाँणका बारेमा प्रारम्भिक छलफल भए पनि उनी माथि प्रह...
पूर्वराजा ज्ञानेन्द्र भारतमाः योगी आदित्यनाथसँग भेटे, मोदीसँग भेटवार्ताको प्रयास काठमाडौं। नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह भारत पुगेका छन्। उनी गत शुक्रबार नेपालबाट स्थलमार्ग हुँदै भारत पुगेका हुन्। उनी निजी भ्रमणमा शुक्रबार बिहान लखनउ गएका हुन्। अघिल्लो हप्ता पश्चिम नेपालमा नागरिक अभिनन्दन ग्रहण गरेका पूर्वराजा शाहल...
जसपाको विधान अधिवेशन आगामी असारमा काठमाडौं । जनता समाजवादी पार्टी नेपाल, (जसपा)ले आफ्नो विधान अधिवेशन आगामी असारमा गर्ने निर्णय गरेको छ । पार्टी कार्यालयमा आज बसेको कार्यकारिणी समितिको बैठकले आगामी असार ९, १० र ११ गतेदेखि विधान अधिवेशन काठमाडौँमा गर्ने निर्णय गरेको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए । उन...
प्रलोभनमा धर्म परिवर्तन गर्नुहुँदैन : नेता कोइराला विराटनगर । नेपाली कांग्रेसका नेता एवं सांसद डा शेखर कोइरालाले प्रलोभनमा धर्म परिवर्तन गर्न नहुने बताएका छन् । मोरङको सुन्दरहरैँचास्थित सलकपुरमा निर्माण भएको पाथीभरा देवीमाताको मन्दिर उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले संविधानमै प्रलोभनमा धर्म परिवर्तन गर्न नपाइने ...
कानुनविद्सँग राष्ट्रपतिको प्रश्न- नागरिकता विधेयक यतिकै छाडिदिए संसद्को सार्वभौमिकता कहाँ पुग्छ? काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले केही दिनदेखि नागरिकतासम्बन्धी विधेयकबारे सरोकारवाला विज्ञसँग चरणबद्धरुपमा परामर्श गरिरहेका छन्। यसै सन्दर्भमा आज उनले संविधान तथा कानुनविद्सँग सो सम्बन्धमा परामर्श गर्दै संसद्बाट सबै अ...
मिटर व्याजीलाई कारबाही गर्ने अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत काठमाडौं। प्रतिनिधिसभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ सर्वसम्मतरुपमा स्वीकृत भएको छ। सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ¬का तर्फबाट अर्थमन्त्री डा प्रकाशशरण महतले सो अध्यादेशलाई स्वीकृत...
आधारभूत आवश्यकता पूर्ति गर्ने बजेट ल्याउन सुझाव काठमाडौं। विनियोजन विधेयक २०८०\८१ को सिद्धान्त र प्राथमिकतामाथि प्रतिनिधिसभामा चलिरहेका छलफलमा भाग लिँदै सांसदहरुले नागरिकका आधारभूत आवश्यकता र मौलिक हक पूरा गर्ने बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन्। सांसद रामहरि खतिवडाले विगतका वर्षका महत्वाकाङ्क्षी योजना ल्याएर जनताला...
शीर्ष नेताको छलफललाई आशङ्का गरिरहनु पर्दैनः प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शीर्ष नेताहरूको छलफल र भेटघाटलाई नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडेर हेर्न आवश्यक नरहेको बताएका छन्। सिंहदरबारमा आज शीर्ष नेताको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले शीर्ष नेताको छलफललाई लिएर आशङ्का गरि...
उद्योगमन्त्रीसँग अमेरिकी राजदूतको भेट काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनले शिष्टाचार भेटवार्ता गरेका छन् । आज मन्त्रालयमा भएको भेटमा द्विपक्षीय सम्बन्ध, व्यापार तथा लगानीलगायत विविध विषयमा विचारविमर्श भएको थियो । भेटमा मन्त्री रिजालले नेपालको विकासलगायत ...
नक्कली शरणार्थी प्रकरण अनुसन्धानमा प्रहरीलाई निष्पक्ष छानबिनमा सहयोग गर्ने सहमति काठमाडौं। तीन ठूला दलका शीर्ष नेताहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानविनमा पूर्ण रुपमा सहयोग गर्ने जनाएका छन्। बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र कांग्रेस...
बालकृष्ण खाँण पक्राउ परेपछि उनकी श्रीमती मञ्जु खाँण सम्पर्कविहीन काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेलगत्तै उनकी पत्नी मञ्जु खाण सम्पर्क विहीन भएकी छिन् । खाँण पक्राउ परेको खबर पाउनेबित्तिकै ललितपुरस्थित निवासमा रहेकी पत्नी मञ्जु मोवाइल स्विच अफ गरेर सम्पर्कविहीन भएको स्र...
पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ४ दिन थुनामा राख्न अदालतको अनुमति काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ४ दिन थुनामा राख्न जिल्ला अदालतले अनुमति दिएको छ । बुधबार बिहान पक्राउ परेका खाँणलाई अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमत...
सरकारले राम्रा काम मात्रै गर्छ : प्रधानमन्त्री प्रचण्ड काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले नराम्रो काम नगर्ने बताएका छन् । वामपन्थी नेता निर्मल लामाको २३औँं स्मृति दिवसको अवसरमा आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले राम्रो काम मात्रै गर्ने र नराम्रो कामा गर्दै नगर्न...
पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई अदालत लगियो काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला अदालत काठमाडौंमा लगेको छ । प्रहरीले बुधबार बिहान पक्राउ गरेको खाँणलाई हिरासतमा राख्न अनुमति लिन जिल्ला अदालतमा लगेको हो ।  जिल्ला प्रहरी परिसर काठमाडौंबाट उनलाई अपरान्ह ३ बजे बबरमह...
सिंहदरबारमा प्रधानमन्त्रीसहित शीर्ष नेताबीच छलफल जारी काठमाडौं। सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताबिचको छलफल सुरु भएको छ । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा जारी छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल गरिरहेका छन् । नक्क...
बिरामी विदा माग्दै संसद सचिवालयमा टोपबहादुर रायमाझीको निवेदन काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पक्राउ पुर्जी जारी भइसकेका एमाले सचिव टोपबहादुर रायमाझीले बिरामी विदा माग्दै संघीय संसद सचिवालयमा पत्र पठाएका छन् । प्रहरीले खोजी गरिरहेका र फरार भनिएका रायमाझीका स्वकीय सचिवले हस्ताक्षर गरेको पत्र संसद सचिवाल...
उद्योग मन्त्री रिजाल र अमेरिकी राजदूतबीच भेटवार्ता काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग अमेरिकी राजदूत डिन आर थम्पसनले भेटवार्ता गरेका छन्। बुधबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सम्बन्ध, व्यापार तथा लगानी लगायत विविध विषयमा कुराकानी भएको मन्त्री रिजालको सचिवालयले जनाएको छ । भे...
नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझी एमालेको सचिव पदबाट निलम्बित काठमाडाैं। नेकपा एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई पार्टीबाट निलम्बन गरेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि एमालेले रायमाझीलाई निलम्बन गरेको हो। एमाले महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै उक्त प्रकरणको अनुसन्धान र कानूनी क...
भुटानी शरणार्थी प्रकरणको अनुसन्धान भेटघाट र बजारको हल्लाले प्रभावित नहोस् : गगन थापा काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान निष्पक्ष र दबाबरहित भएर गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र ...
नक्कली भुटानी प्रकरणमा अमेरिकी चासो, अनुसन्धानमा कडाइ गर्न दबाव काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई गैरकानुनी रुपमा अमेरिका पठाउने षड्यन्त्रको खुलासा भएसँगै यस मामिलामा अमेरिकाले आफैं अनुसन्धान गर्ने अग्रसरता देखाएको छ। स्रोतका अनुसार अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले सोमबार प्रधानमन्त्री पुष्पकमल दा...
बालकृष्ण खाँण पक्राउ परेपछि देउवाकाे परिवारमा आतंक, आरजू अनुसन्धानमा तानिने डर काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा पराकम्पन गएको छ। सभापति देउवाका विश्वास पात्र रहेका खाँणको पक्राउले देउवा परिवारमा तरंग आएको हो। उनको पक...
प्रतिनिधिसभा बैठकमा राप्रपाको विरोध काठमाडौं। प्रतिनिधिसभा बैठक सुरु भएको छ। नयाँबानेश्वरस्थित संघीय संसद भवनमा जारी बैठकमा राप्रपाका सांसदहरुले आकस्मिक समयमा बोल्न पाउनुपर्ने माग राखेर विरोध जनाइरहेका छन्। सभामुख देवराज घिमिरेले शून्य समयबाहेक अरु समय अहिलेलाई हटाउने समझादारी भएको बताउँदै बस्न आग्रह गरे पनि राप्रपाका ...
नक्कली शरणार्थी प्रकरण : खुसीसँगै आम जनताको मनमा उब्जिएका डर र आशंका काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पछिल्लो समय पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन्। खाणलाई उनकै निवासबाट पक्राउ गरिएको हो। उनलाई अहिले महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ र त्यहाँबाटै अदालत उपस्थित गराउने तयारी भइरहेको छ। नक्कली शरणार्...
पार्टीको निर्देशनपछि टोपबहादुर रायमाझीले आफैं गिरफ्तारी दिने तयारी काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले आफैं गिरफ्तारी दिने तयारी गरिरहेका छन्। स्रोतका अनुसार यही प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँड पक्राउ परेपछि रायमाझी दबाबमा छन्। उनले आजै गिरफ्तारी दिन...
पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन्। खाँणलाई उनकै निवासबाट पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले डिसी नेपाललाई बताए। नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणको संलग्नता पुष्टि भएपछि उनलाई पक्राउ गरिएको हो। खाँणलाई ...
कोशीको विरोधमा आक्रमक बन्दै आन्दोलन : दमकमा गोली चल्यो, १० सुरक्षाकर्मी घाइते झापा। कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै सुरू भएको दोसो चरणको आन्दोलनको पहिलो दिनमा झडप हुन पुगेको छ। झापाको दमकमा मंगलबार साँझ राँके जुलुससहित बिरोध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरी बिच मुढभेड हुदाँ आन्दोलनले उग्र रुप लिएको छ। झ...
गगनको असन्तुष्टि : विद्रोहको शंखघोष कि बार्गेनिङको घुर्की ? काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाको सामाजिक सञ्जालमार्फत व्यक्त टिप्पणीले पार्टीको आन्तरिक किचलो उजागर गरेको छ। कांग्रेसमा चौधौं महाधिवेशनबाट सभापतिमा दोहोरिएका शेरबहादुर देउवाले आफू इतर समूहलाई उपेक्षा गर्दै अघि बढ्ने रणनीति तय गरेको आशय उनको अभ...
केन्द्रीय कमिटी बैठकका लागि एमालेले तय गर्‍यो १० एजेन्डा काठमाडौं। वैशाख २८ गतेदेखि हुने केन्द्रीय कमिटी बैठकका लागि नेकपा एमालेले १० वटा एजेन्डा तय गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठक १० वटा एजेन्डा तय गरेको हो । उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार मंगलबार...
नक्कली शरणार्थी प्रकरणलाई कमजोर बनाउन खोजे राज्य बिरुद्धको गद्दारीः भीम रावल काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्धालाई कमजोर बनाउन खोजे राज्य बिरुद्धको गद्दारी ठहरिने बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसंग कुरा गर्दै रावलले नक्कली भूटानी शरणार्थी प्र...
सहकारी सुधारका लागि मन्त्रिपरिषद् बैठकले गठन गर्‍यो कार्यदल काठमाडौं। सरकारले सहकारी सुधारका लागि कार्यदल गठन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यदल गठन गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। बैठकले बिदेशबाट आउदा आफ्नो साथमा दुईवटा मोबाइल ल्याउन पाउने व्यवस्थाका लागि झिटीगुण्टा सम्बन्धी सूचना न...
एमालेले नक्कली शरणार्थी प्रकरण अनुसन्धानमा सघाउने, रायमाझीलाई तत्काल कारबाही नगर्ने काठमाडौं। नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गर्ने प्रक्रियालाई सघाउने निर्णय गरेको छ। पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले एमाले कानुन र विधिको शासन मान्ने पार्टी भएकाले विधिपूर्वक कानुन पूर्वक अनुसन...
विदेशबाट आउँदा दुईवटा मोबाइल ल्याउन पाउने व्यवस्था बनाउने सरकारको निर्णय काठमाडौं। सरकारले सहकारी क्षेत्रमा देखिएको समस्याको सुधार गर्नका लागि कार्यदल गठन गरेको छ। सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी क्षेत्र सुधार कार्यदल २०८० गठन गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। बैठकले बिदेशबाट आउदा...
गण्डकीमा कुन दललाई कति मन्त्रालय? गण्डकी। गण्डकी प्रदेश सरकारमा कुन दलले कति मन्त्रालय पाउनेबारे गठबन्धनमा सहमति जुटेको छ। प्रमुख सत्ता घटक नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित चार, नेकपा (माओवादी केन्द्र)ले दुई र नेकपा (एकीकृत समाजवादी)ले एक मन्त्रालाय पाउने भएको हो। कांग्रेसको प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक नन्दप्र...
आगामी बजेटमा प्राथमिकता क्षेत्र स्पष्टरुपमा तोक्न सांसदहरुको सुझाव काठमाडौं । प्रतिनिधिसभाका सदस्यहरुले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषय स्पष्टरुपमा उल्लेख गरिनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक)माथिको...
माधव नेपाल र वामदेव गौतमबीच छलफल, पार्टी एकता होला? काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच भेटवर्ता भएको छ। मंगलबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटवार्तामा एकीकृत समाजवादीका तर्फबाट अध्यक्ष नेपालका अलवा महा...
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी काठमाडौं। सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ।
मेरो भारत भ्रमणमा विद्युत् निर्यातबारेमा सम्झौता हुनेछः प्रधानमन्त्री काभ्रे। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार नियन्त्रणका लागि एउटा नयाँ लडाइँ सुरु भएको बताउँदै त्यसका निम्ति जनयुद्धको जस्तै साथ पार्टी र आफूलाई चाहिएको बताएका छन्। काभ्रे जिल्लाको महाभारत गाउँपालिकामा सडक तथा ग्रामिण विद्युतीकरण कार्यक...
राप्रपा प्रवक्ता मोहन श्रेष्ठलाई मातृशोक काठमाडौं। राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठलाई मातृशोक परेको छ। प्रवक्ता श्रेष्ठकी ८१ वर्षीया आमा दिलमाया श्रेष्ठको उपचारका क्रममा ललितपुरको अल्का अस्पतालमा मंगलबार निधन भएको हो। उनी मुटु, रक्तचाप र स्नायुसम्बन्धी समस्याबाट पीडित थिइन्। दिलमायाको मंगलबार पशुप...
फजुल खर्च कटौती र अनावश्यक संरचना पुनरावलोकन गर्न राष्ट्रियसभाका सांसदको सुझाव काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले आगामी बजेटमा फजुल खर्च कटौती र अनावश्यक संरचनाको पुनरावलोकन गर्न सुझाव दिएका छन्। आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) सम्बन्धी आजको छलफलमा भाग लिँदै उनी...
भ्रष्टाचारविरुद्ध फाइलमात्र होइन फायर खोल्नुपर्छ : विश्वप्रकाश शर्मा काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले भ्रष्टाचारविरुद्ध फाइलमात्र होइन फायर नै खोल्नुपर्ने बताएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँद...
प्रचण्ड, देउवा र ओलीबीचको भेटवार्ताले सशंकित, प्रेम सुवालले सोधे-फिल्म देखाउन हो ? काठमाडौं। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणका दोषी जोगाउन प्रमुख तीन दलका शीर्षनेता लागेको भन्दै सांसदहरुले आशंका व्यक्त गर्न थालेका छन्। जसअनुसार मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा यस प्रकरणबारे बोलेका अधिकांश ...
छानविनबाट पछि नहट्न र दोषीलाई कारवाही गर्न सरकारलाई खबरदारी काठमाडौं। प्रतिनिधिसभा सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानविन गरि दोषीलाई कानूनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको शून्य समयमा उनीहरुले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविनबाट पछि नहट्न र दोषीलाई ...
लुम्बिनी प्रदेश सरकारले शुक्रवार भित्रै पूर्णता पाउँछ: सन्तोष पाण्डे (भिडियो) दाङ। लुम्बिनी प्रदेश सरकारका प्रवक्ता सन्तोष पाण्डेले शुक्रवार भित्रै सरकारले पूर्णता पाउने बताएका छन्। रिपोर्टर्स क्लव नेपाल लम्बिनी प्रदेश कार्यालय बुटवलले कानुन दिवसको अवसरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पाण्डेले जनताले अनुभ...
सांसद रमेशजंग रायमाझीले प्रयोग गरेको ‘झड्केलो छोरो’ शब्द रेकर्डबाट हटाउन निर्देशन काठमाडौं, २६ वैशाख । सांसद रमेशजंग रायमाझीले धारणा राख्ने क्रममा बोलेको ‘झड्केलो छोरो’ शब्द रेकर्डबाट हटाउन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् सचिवालयलाई निर्देशन दिएका छन् । गत आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव...
एमाले पूर्वसांसद सुर्य पाठकको टोपबहादुर इंगित टिप्पणीः ‘फरारको अर्थ अपराध स्विकार गर्नु हो’ काठमाडौं। नेकपा एमालेका पूर्व सांसद सुर्य पाठकले पार्टी सचिव टोपबहादुर रायमाझीको बिरुद्धमा फायर खोलेका छन् । उनले एक दुई जना नेताले गरेको गलत कार्यको प्रश्न लाखौं कार्यकर्ताले बोक्न नसक्ने पनि जनाएका छन् । ‘फरारको अर्थ अपराध स्व...
बालुवाटारमा शीर्ष नेताहरुको बैठक, नागरिकता र टीआरसी विधेयकमा सहमति जुटाउने प्रयत्न काठमाडौं। संवैधानिक परिषद्को बैठकले सोमबार प्रधानन्यायाधिश सिफारिस गरेपछि प्रमुख दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेृस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा ...
न्यायपालिकाले सुधारका कार्यक्रमलाई अगाडि बढाइरहेको छ : कामु प्रधानन्यायाधीश कार्की काठमाडाैं। कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायपालिकाको स्वतन्त्रतासम्बन्धी मूल्य, मान्यतालाई अक्षुण्ण राख्दै छिटोछरितो, स्वच्छ, निष्पक्ष, सुलभ, गुणस्तरीय एवं प्रभावकारी न्याय सम्पादन गर्नुपर्ने बताएका छन्। आज जारी गरेकाे श...
प्रि-बजेटका विषयमा आज पनि छलफल हुने काठमाडौं। आज पनि प्रि-बजेटका बारेमा छलफल हुने भएको छ। आइतafर बसेको प्रतिनिधिसभा कार्य ब्यवस्था समितिको बैठकले उक्त निर्णय गरे अनुसार आज पनि प्रि बजेटका बारेमा छलफल हुन लागेको हो। जसअनुसार बैशाख २५ देखि २८ गतेसम्म प्रि-बजेटका बारेमा छलफल हुने नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ज...
बयान लिने तयारी गरेको चाल पाएपछि बालकृष्ण खाण आफैं पुगे प्रहरी कार्यालय काठमाडौं। पूर्वगृहमन्त्री बालकृष्ण खाँण काठमाडौं प्रहरी परिसर पुगेर प्रहरीलाई सहयोग गर्ने बचन दिएर साँझ फर्केका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका खाँण काठमाडौ प्रहरी परिसर पुगेर सहयोग गर्ने बचन दिएको स्रोतले जनाएको छ। प्रहरी उच्च स्रोतका...
null
प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस काठमाडौं। संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई सिफारिस गरेको छ। सिंहदरबारमा बसेको परिषद बैठकले कार्कीलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सर्वसम्मत सिफारिस गरेको परिषदका एक सदस्यले जानकारी दिए। अब संसदीय सुनुवाइपछि राष्ट्रपतिले कार्...
लुम्बिनीमा तत्काल मन्त्रिपरिषद् विस्तार हुन्छ : मुख्यमन्त्री चौधरी तुलसीपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशमा तत्काल मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । दाङको तुलसीपुरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री चौधरीले दुई/चार दिनमै मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन् । “सबै प्र...
नक्कली शरणार्थी प्रकरणमा भ्रष्टलाई जोगाउने र एमालेविरुद्ध नियोजित प्रहार गरेको ओलीको आरोप काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी प्रकरणमा भ्रष्टहरुलाई जोगाउने र एमालेविरुद्ध नियोजित रुपमा प्रहार गर्ने काम भएको आरोप लगाएका छन्। सोमबार ललितपुरमा एमाले निकट राष्ट्रिय युवा संघको कार्यक्रमलाई सम्बो...
सिंहदरबारमा संवैधानिक परिषद्को बैठक जारी काठमाडौं। सिंहदरबारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा सोमबार सिंहदरबारमा परिषद्को बैठक बसेको हो। बैठकमा प्रधानमन्त्री दाहालसहित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना,...
विन्दबासिनी कंशाकारले पाइन् सांसदको प्रमाणपत्र, सर्वोच्चको आदेशले रोकियो शपथ काठमाडौं। निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की विन्दबासिनी कंशाकारलाई प्रतिनिधिसभा सदस्यको प्रमाणपत्र दिएको छ। रास्वपाको कारबाहीमा ढाकाकुमार श्रेष्ठको सांसद पद गुमेपछि समानुपातिक निर्वाचन प्रणालीको उम्मेदवारको सूचीमा रहेकी कं...
उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ राजदूत सङ्बीच भेटवार्ता काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङ्ले शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा आज भएको भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र चीनबीच ऐतिहासिक सम्बन्ध रहेको र चीनसँग नेपालको कुनै विवाद नरहेको...
ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश काठमाडौं । सर्वोच्च अदालतले ढाकाकुमार श्रेष्ठलाई सांसद पदबाट समेत हटाउने गरी भएको कारबाहीको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम अल्पकालीन आदेश जारी गरेको छ । आफूलाई सांसद पदबाट हटाउने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयविरुद्ध ढाकाकु...
सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियारमा उजुरी काठमाडौँ। प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। अकुत सम्पत्ति आर्जन गरेको भन्दै सिंहविरुद्ध सोमबार आयोगमा भ्रष्टाचारको मुद्दा दर्ता भएको हो। विकास ठाकुरले सोमबार उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेका हुन्। कुनै पेसा...
अर्थमन्त्री अनुपस्थित भएपछि संसद बैठक स्थगित काठमाडौँ। प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। सोमबारको आगामी आर्थिक वर्षको लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल भइरहेको छ। तर, अर्थमन्त्री डा प्रकाशशरण महत अनुपस्थित भएपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।...
बजेटमा कहिलेसम्म राख्ने कार्यान्वयन नहुने अमूर्त शब्द ? काठमाडौँ। सरकारले हरेक वर्षको नीति तथा कार्यक्रम र बजेटमा राखिने अमूर्त भाषाका सन्दर्भमा प्रश्न उठ्ने गरेको छ। सम्पादन गर्न सकिने वा नसकिने दुवै विषय राखेर तय गरिने कार्यक्रम र बजेट कार्यान्वयन हुन सकेको छैन। हरेक जसो बजेटमा कार्यान्वयन गरिनेछ, हुनेछ, प्राथमिकतामा...
राष्ट्रियसभा सदस्य: अर्थतन्त्रका समस्याको उपायसहितको बजेट ल्याउनू {भिडियो} काठमाडौं। राष्ट्रियसभा सदस्यहरुले मुलुकको अर्थतन्त्रमा देखिएको समस्याको उपायसहितको बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा प्रिबजेटमाथिको छलफलका क्रममा उनीहरुले निजी क्षेत्रको समस्या समाधानका साथै अर्थतन्त्रमा देखिए...
भ्रष्टाचार उन्मुलन गर्ने सशक्त कानुन यसै संसद‍्बाट ल्याउन नेता महरको माग काठमाडौँ। नेपाली कांग्रेसका नेता नैनसिंह महरले आर्थिक समृद्धिको मुख्य बाधक र सामाजिक कलंकका रूपमा रहेको भ्रष्टाचार उन्मुलनका लागि संसद‍्ले साझा संकल्प पास गरेर यसै चालु अधिवेशनबाट आवश्यक ठोस कानुन निर्माण गर्नुपर्ने बताएका छन्। सुशासनका लागि सामाज...
राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र भियतनामका पूर्वगृहमन्त्रीबीच भेटवार्ता काठमाडौँ। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र भियतनामका पूर्वगृहमन्त्री एवं नेपाल भियतनाम मैत्री संघका अध्यक्ष एचआर ट्रान आन तुआन बीच शिष्टचार भेटघाट भएको छ। अध्यक्ष तिमिल्सिना र भियतनामी प्रतिनिधि मण्डलको नेतृत्व गरेर नेपाल आएको टोली...
सांसद अमरेशकुमार सिंहले संसदभित्रै कपडा खोले {भिडियो} काठमाडौं । प्रतिनिधिसभा बैठकमा बोल्न समय नदिएको भन्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संसदभित्रै कपडा खोलेर विरोध जनाएका छन्। सोमबार बसेको बैठकको सुरुमै सिंहले बोल्नका लागि सभामुखसंग समय माग गरेका थिए। तर सभामुख देवराज घिमिरेले नियमित कार्यसूचीमा जाने र बोल्न समय ...
नागरिकता विधेयकका विषयमा राष्ट्रपति पौडेल कानुनी परामर्शमा काठमाडौं। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेको नागरिकता विधेयकलाई प्रमाणीकरण गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेपछि उनी कानुनी परामर्शमा व्यस्त छन्। आइचबार महान्यायाधीवक्तासहितका केही कानुनविदसँग परामर्श गरेका राष्ट्र...
हतियार कारोबारमा म संलग्न छैन : रक्षामन्त्री खड्का काठमाडौँ। उपप्रधान तथा रक्षा मन्त्री पुर्णबहादुर खड्काले आफु हातहतियार खरिदमा संलग्न नभएको बताएका छन्। नेपाली सेनाले खरिद गर्न लागेको हातहतियार बन्दोबस्तमा आफ्नो नाम पनि मुछिएको भन्दै उपप्रधानमन्त्री खड्काले आफ्नो संलग्नता अस्विकार गरेका हुन्। ‘केही दिनदेखि मेरो नाम सम...
आजदेखि प्रि-बजेटका बारेमा प्रारम्भिक छलफल सुरु हुने काठमाडौं। आजदेखि तीन दिनसम्म प्रि बजेटका बारेमा छलफल हुने भएको छ। हिजो बसेको प्रतिनिधिसभा कार्य ब्यवस्था समितिको बैठकले उक्त निर्णय गरे अनुसार आजबाट प्रि-बजेटका बारेमा छलफल हुनेछ। जसअनुसार बैशाख २५ देखि २८ गतेसम्म प्रि-बजेटका बारेमा छलफल हुने नेपाली कांग्रेसका सांसद र...
प्रधानन्यायाधीश नियुक्तीकाे विषयमा छलफल गर्न संबैधानिक परिषदको बैठक बस्दै काठमाडौं। आज संवैधानिक परिषद्को बैठक बस्दैछ। प्रधानन्यायधीश नियुक्तीलगायतको बिषयमा छलफल गर्नका लागि सोमबार संबैधानिक परिषदको बैठक बस्न लागेको हो। बैठक साँझ ६ बजे बस्नेछ। उपसभामुख इन्दिरा राना मगरका अनुसार गत बैठकको निरन्तरताको स्वरुप आजका लागि ब...
null
माओवादीसँग एकताको टुंगो लागि सकेको छैन: बाबुराम भट्टराई काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी केन्द्रसँग निर्वाचन तालमेल मात्रै भएको बताउँदै उनले पार्टी एकताको विषय टुंगोमा पुगिनसकेको स्पष्ट पारेका छन् । आइतबार हेटौँडामा पत्रकारसँग कुराकानी गर्दै डा. भट्टराईले पु...
null
कहिले लडेँ, कहिले मौन बसेँ, अब त अति भोः गगन थापा काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी नेतृत्वको कार्यशैलीप्रति आक्रोश व्यक्त गरेका छन् । आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै उनले नेतृत्व, पार्टी, पद्धति अनुसार अझैपनि चल्न नसकेको बताए । उनले आफूले पटक पटक मौनता सा...
मिटरब्याज समस्या सम्बोधन गर्ने अध्यादेश प्रतिनिधिसभामा पेश काठमाडौं। प्रतिनिधिसभामा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ पेश भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सो अध्ययादेश पेश गरेका छन्। यही वैशाख २० गते राष्ट्रपति रामचन्द्र पौडेलबाट ...
नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदमै सत्तापक्ष र प्रतिपक्षको जुहारी काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै अर्बौ रकम ठगी गरेको घटनाको छानबिनको विषयलाई लिएर सत्ता पक्ष र प्रतिपक्षबीच जुहारी चलेको छ । बैठकको प्रारम्भमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका ...
नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा सहयोग गर्छाैंः केपी ओली काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा सहयोग गर्ने बताएका छन्। संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको एमाले संसदीय दलको बैठकमा ओलीले सो घटनामा संलग्न पार्टीका कुनै पनि व्यक्तिलाई संरक्षण नदिने र अनुसन्धानमा पूर्ण...
भ्रष्टाचारको विषयले संसदमा सांसदको आरोप-प्रत्यारोप काठमाडौं। प्रतिनिधिसभ बैठकमा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणले सांसदहरुलाई आरोप–प्रत्यारोपमा उत्रिएका छन्। संघीय संसद सचिवालयका जारी बैठकका एमाले, कांग्रेस र माओवादीका सांसदहरु आरोप–प्रत्यारोपमा उत्रिएका छन्। तर, उनीहरु सबैले हालसम्मका भ्रष...
संघीय संसद्को बर्खे अधिवेशन सुरु काठमाडौं। सङघीय संसद्को बर्खे अधिवेशन आजदेखि सुरु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेश आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ भएको हो। नयाँ बानेश्वरस्थित संसद् भवनमा अपरान्ह ४ बजेदेखि राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक ...
क्यान्टोनमेन्ट घोटालाको फाइल खोलेर आफु चोखो छु भनेर देखाउन प्रधानमन्त्रीलाई राजेन्द्र लिङ्देनको सुझाव काठमाडौं। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली शरणार्थी प्रकरणको छानविनलाई निष्कर्षमा नै पुराउने गरि अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन्। आइतबार पार्टी निकट राष्ट्रिय प्रजातन्त्रीक महिला संगठनलेको महाधिवे...
ज्ञानेन्द्र शाहीलाई कार्यक्रममा बोल्न नदिएको भन्दै उनका समर्थकहरुले गरे विरोध {भिडियो} काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीलाई पार्टीले आयोजना गरेको कार्यक्रममा बोल्न नदिएको भन्दै उनका समर्थकहरुले विरोध जनाएका छन् । आइतबार राप्रपा निकट राष्ट्रिय प्रजातन्त्रीक महिला संगठनले काठमाडौंको प्रज्...
गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता पनि होः प्रधानमन्त्री प्रचण्ड काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता पनि भएको बताएका छन्। आइतबार राजधानीमा आयोजित आठौँ राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्र...
सांसदहरुको विद्युतीय हाजिरीको तयारी गर्न सभामुख घिमिरेको निर्देशन काठमाडौँ। सभामुख देवराज घिमिरेले सांसदहरुको ई-हाजिरी (विद्युतीय हारिजी)को व्यवस्था गर्न संघीय संसद सचिवालयलाई निर्देशन दिएका छन्। आइतबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा उनले ई-हाजिरीको तयारी गर्न र राष्ट्रिय सभाको अनुभवबारे अध्ययन गर्न संसद सचिव...
शरणार्थी प्रकरणका दोषीलाई कारवाही गर्न सरकारले खुट्टा कमाउन हुँदैन:माधव नेपाल (भिडियो) काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारवाही गर्न सरकारले खुट्टा कमाउन नहुने बताएका छन्। आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंँग कुरा गर्दै अध्यक्ष नेपालले नक्कली...
१० औँ पटक मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्री आचार्यले लिए शपथ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार १०औँपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री सुरेन्द्रराज आचार्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । आचार्यला...