content stringlengths 20 64.1k ⌀ |
|---|
‘अफ्रिकन स्वाइन फिभर’ फैलन नदिन उच्च सतर्कता पर्वत । ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमणका कारण बङ्गुर मर्न थालेपछि उच्च सतर्कता अपनाउन थालिएको छ । पर्वतमा स्वाइन फिभरको सङ्क्रमण भित्रिन नदिन बङ्गुर आयात–निर्यातमा रोक लगाइएको हो ।
काठमाडौँ, पोखरा, म्याग्दी र बागलुङमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणबाट ठूलो सङ्ख्यामा बङ्गु... |
काठमाडौंका विभिन्न नाकाबाट ठूलो परिमाणको लागूऔषधसहित १० पक्राउ काठमाडौं । अवैधरुपमा लागूऔषध बिक्री तथा ओसारपसार नियन्त्रणका लागि काठमाडौंको सीमानाकामा प्रहरीले उच्च निगरानी बढाएको छ । पछिल्लो एक सातामा मात्रै प्रहरीले ठूलो परिमाणको लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ ।
उनीहरूको साथबाट खैरो हेरोइन ७४ ग्राम, नाइट्राभेट ... |
भारतसँग जोडिएका सुदूरपश्चिमका पाँच नाकामा कोरोना परीक्षणलाई तीव्रता महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका पाँच सीमा नाकामा कोरोना परीक्षणलाई तीव्रता दिइएको छ । यहाँ भारतसँग सीमा नाका जोडिएका कैलाली, कञ्चनपुरसहित पहाडी जिल्ला बैतडी र दार्चुलामा गरी पाँच नाकामा कोरोना परीक्षण हुँदै आएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशन... |
सालको काठको अबैध तस्करी बढ्यो {हेर्नुहोस् भिडियो} त्रिशूली। नुवाकोटमा पछिल्लो दुई दिनमा तीन स्थानबाट अबैध रुपमा कटान गरेको सालको काठ सहित संलग्न दुई जना व्यक्तिलाई डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ । यही शुक्रबार सूर्यगढी गाँउपालिका–३ का वडाध्यक्ष समेत रहेका पिङ्गलबहादुर थापामगरले सञ्चालन गर्दै आएको विनायक फर्नि... |
निर्देशक भट्टराईको नयाँ फिल्ममा आर्यन सिग्देल अनुबन्धित काठमाडौँ। निर्देशक मधुसुदन भट्टराईको निर्देशन रहने नयाँ चलचित्रमा अभिनेता आर्यन सिग्देल अनुबन्धित भएका छन्। निर्माण पक्षले बुधबार आर्यनलाई अनुबन्ध गरेको हो।
लक्ष्मण सुवेदी लेखक रहेको चलचित्रमा यसअघि अभिनेत्री गरिमा शर्मा फाइनल भइसकेकी छन्। चलचित्रको छायांकन फागुन ... |
बेलायतमा कोरोना बाहेक अरु कैयौं रोगको प्रकोप ! बच्चादेखि ठूलासम्मका लागि एडभाइजरी जारी काठमाडौं । बेलायतमा पनि कोरोनाको प्रकोप बढ्दै गएको छ । त्यहाँ कोरोनाको पाँचौं लहर आइपुगेको छ । मिडिया रिपोर्टका अनुसार गत हप्ता बेलायतमा २ लाखभन्दा बढी मानिसमा पोजेटिभ देखिएको थियो ।
यसैबीच सरकारले नयाँ वर्षबाट कोरोनाको तथ्यांक सार्व... |
बौलाहा कुकुरको टोकाइबाट २५ घाइते चितवन। बौलाहा कुकुरले टोक्दा २५ जना घाइते भएका छन्। जिल्लाको इच्छाकामना गाउँपालिकाको विभिन्न गाउँमा बौलाहा कुकुरले उनीहरुलाई टोकेको हो।
गाउँपालिकाको वडा नं ३अन्तर्गत माझगाउँ, नागदह, ढाप, चिसापनीमा बौलाहा कुकुरले आतङ्क मच्चाएको थियो। घरमा काम गरिरहेको र बाटामा हिँडिरहेका व्यक्तिलाई बौलाह... |
पूर्वी चीनको नयाँ संरक्षण केन्द्रमा १२ हजार जलीय प्रजातिका नमुनाहरू संरक्षित नानचाङ । चीनको सबैभन्दा ठूलो ताजा पानीको ताल याङजी नदी र पोयाङ तालमा रहेको जैविक विविधताको संरक्षणका निम्ति जलीय जीव संरक्षण केन्द्र हालै सञ्चालनमा आएको छ ।
यो केन्द्र पूर्वी जियाङ्सी प्रान्तको जिउजियाङ सहरको हुकोउ काउन्टीमा अवस्थित छ । याङ्त्... |
मेक्सिकोको सर्वोच्च अदालतमा पहिलो महिला प्रधानन्यायाधीश निर्वाचित मेक्सिको सिटी । मेक्सिकोको सर्वोच्च अदालतले सोमबार तीन चरणको मतदानपछि नोर्मा पिना हर्नान्डेजलाई देशको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश निर्वाचित गरेको छ ।
मेक्सिकोको अखबार रिफार्माले जनाएअनुसार संघीय न्यायपालिकामा ३४ वर्षको अनुभव रहेकी नोर्माले चार उ... |
जेलमा आक्रमण गरी १४ को हत्या मेक्सिको । देशको उत्तरी सिउदाद जाउर्ज सहरमा रहेको कारागारमा अज्ञात बन्दुकधारी समूहले आक्रमण गर्दा दशजना सुरक्षाकमीसहित १४ जनाको ज्यान गएको छ भने अन्य १३ जना घाइते भएका छन् ।
चिउनाहु प्रान्तका प्रान्तीय प्रहरी प्रमुखका अनुसार हातहतियार बोकेर ठूलो सङ्ख्यामा आएको बन्दुकधारीको समूह जेलका सुरक्ष... |
नेपाल–चीन चित्रकला प्रदर्शनी {भिडियोसहित} काठमाडौं । नेपाल र चीनसँग सम्बन्धीत रहेर विगत १० वर्षमा खिचिएका फोटाहरु, पेन्टिङहरु, थाङ्का, क्यालिग्राफी (अक्षर लेख्ने तरिका) प्रदर्शनी गरिएको छ । बबरमहलस्थित नेपाल कला परिषद्मा आज आयोजना गरिएको प्रदर्शनीमा नेपाल र चीनको कला संस्कृतिसँग सम्बन्धीत विभिन्न फोटा, थाङ्का, अइल पेन्... |
युक्रेनको पूर्वी क्षेत्रमा भएको आक्रमणमा ६३ रूसी सैनिकको मृत्यु : मस्को मस्को । पूर्वी युक्रेनमा अमेरिकाले आपूर्ति गरेको हिमर्स प्रणाली प्रयोग गरी युक्रेनी सेनाले एउटा शिविरमा आक्रमण गर्दा ६३ जना रूसी सैनिकको मृत्यु भएको रुसी रक्षा मन्त्रालयले सोमबार पुष्टि गरेको छ ।
युक्रेनको सेनाले आक्रमणको दाबी नगरी मस्कोको नियन्त्र... |
घरमा आगलागी हुँदा कास्कीमा पूर्व वडाध्यक्षको मृत्यु पोखरा । आगलागीबाट घर जल्दा कास्कीमा एक जनाको मृत्यु भएको छ ।
कास्कीको मादी गाउँपालिका वडा नम्बर १ सिक्लेसस्थित घरमा लागेको आगलागीका कारण ७१ वर्षीय सुरज गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक गुरुङ कास्कीको मादी गाउँपालिका वडा नम्बर १ का निवर्तमान वडाध्यक्षसमेत ह... |
एकीकृत समाजवादी तत्काल सरकारमा नजाने काठमाडौं । नेकपा एकीकृत समाजवादीले तत्काल सरकारमा जाने कुनै तयारी नभएको स्पष्ट पारेको छ ।
सोमबारबाट काठमाडौंमा सुरु समाजवादीको पोलिट्ब्युरो बैठकले सरकारमा सहभागी हुन कुनै औपचारिक प्रस्ताव नआएको र सरकारमा जाने कुनै तयारी नरहेको स्पष्ट पारेको हो । बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले अहि... |
काठमाडौं महानगरः टुँडिखेललाई भूमिगत पार्किङ बनाउने निर्णय रोक्न माग {भिडियो} काठमाडौं। काठमाडौंको मध्यभागमा रहेको खुलामञ्चलाई भूमिगत पार्किङ बनाउने निर्णय रोक्न माग गर्दै अभियन्ताहरुले काठमाडौं महानगरपालीकामा ज्ञापन पत्र बुझाएका छन् । सोमबार टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन माग गर्दै दबाबमूलक अभियान चलाइरहेका अभियान... |
प्रधानमन्त्रीले पुस २६ गते विश्वासको मत लिने काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही पुस २६ गते विश्वासको मत लिने भएका छन्। यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा(माओवादी केन्द्र)का अध्यक्ष दाहालले पुस ११ गते पद तथा गोपनीयताको शपथ लिँदै पदभार ग्रहण गरेका थिए।
विभिन्न सात राजनीतिक दलसहित कूल ए... |
सम्पर्कमा छैनन् काठमाडौँका सहकारी काठमाडौँ। काठमाडौँ महानगरपालिका भित्रका सहकारीको नियमनमा समस्या देखिएको छ । राजधानीभित्रै यो खालको समस्या छ भने देशका अन्य स्थानको अवस्था के होला रु आम मानिसमा जिज्ञासा उत्पन्न हुनु स्वभाविक नै छ । तर, देशकै सबैभन्दा ठूलो काठमाडौँ महानगरपालिका भित्रै सहकारीको नियममा समस्या मात्रै नभइ क... |
राहुघाट जलविद्युत आयोजना निर्माणले गति लियो {भिडियो} म्याग्दी। नेपाल विद्युत प्राधिकरणद्धारा म्याग्दीमा सञ्चालित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना निर्माणले गति लिएको छ । नेपाल विद्युत् प्राधिकरणका अधिकांश रुग्ण आयोजना निर्माण सम्पन्न भए पनि बाँकी रहेको राहुघाट जलविद्युत् आयोजना अनेक आरोह–अवरोह पार गर्दै बल्... |
रवि लामिछाने उपप्रधानमन्त्री भएपछि माओवादीमा मन्त्रीका आकांक्षीलाई सकस काठमाडौं। आफ्नै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन माओवादीका मन्त्रीका आकांक्षीलाई उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका कारण सकस परेको छ।
सरकारमा रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्रीको हैसियतमा सहभागी भएसँगै ... |
चीनको नयाँ परराष्ट्रमन्त्रीमा छिन कङ नियुक्त बेइजिङ । चीनको परराष्ट्रमन्त्रीमा अमेरिकाका लागि चीनका राजदूत छिन कङ नियुक्त भएका छन् । राष्ट्रपति सी चिनफिङका विश्वासपात्र छिनलाई नयाँ परराष्ट्रमन्त्रीमा नियुक्त गरिएको चाइन रेडियो इन्टरनेशनल (सिआरआई)लाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
चिनियाँ विदेश... |
१ हजार ५७ रुपैयाँ खर्चेर ९ करोडको मालकिन बनिन् महिला, श्रीमानले पत्याएनन् काठमाडौँ। भनिन्छ भाग्य बदल्न धेरै समय लाग्दैन। एउटी महिलासँग पनि यस्तै भएको छ। उनी बिस्कुट किन्न बजार गएकी थिइन्। तर फर्किएपछि उनी ९ करोडभन्दा बढीको स्वामिनी बनेकी थिइन् । १ हजार ५७ रुपैयाँ मात्र खर्चेर महिला करोडपति बनिन्। घटना अमेरिकाको नर्थ क्... |
सरकारी वकिललाई थप बलियो बनाउने प्रयास गर्नेछु : महान्यायाधिवक्ता पोखरेल काठमाडौं । महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले आफूले सरकारी वकिललाई थप बलियो बनाउन सक्दो प्रयत्न गर्ने बताएका छन् । राष्ट्रपति कार्यालयबाट पद तथा गोपनीयताको शपथ लिएर महान्यायाधिवक्ताको कार्यालयमा पदभार ग्रहण गर्दै उनले नियमित कामका साथै थप सुधारका ... |
ऐतिहासिक सामरी पौवाको पुर्ननिर्माण {भिडियो} काठमाडौं । विसं. २०७२ को विनासकारी भूकम्पले क्षति पुराएको नुवाकोटको म्यागङ गाँउपालिका–५ सामरीभञ्याङमा अवस्थित ‘सामरी पौवा’को पुर्ननिर्माण गरिएको छ । एक करोड १५ लाख लगानीमा पुरातत्व विभाग मार्फत उक्त पौवाको पुर्ननिर्माण गरिएको विभागका उपमहानिर्देशक तथा प्रवक्ता रामबहादुर कुंवर... |
बिहारमा विषाक्त मदिरा सेवनबाट ९२ जनाको मृत्यु नयाँ दिल्ली । भारतको पूर्वी राज्य बिहारमा विषाक्त मदिरा सेवनबाट ९२ जनाको मृत्यु भएको छ भने बिरामी भएका कैयौँ अस्पतालमा भर्ना भएका छन् ।
सन् २०१६ मा राज्य सरकारले मदिरा बिक्री र उपभोगमा प्रतिबन्ध लगाए पनि यो महिना दूषित मदिरा पिएर ९२ जनाले ज्यान गुमाएका तथा धेरैलाई अस्पताल भ... |
माओवादी प्रदेश १ संसदीय दलको नेतामा आङ्बो विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ को संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बो निर्विरोध निर्वाचित भएका छन् ।
माओवादीबाट दलको नेता चयन भएका आङ्बो प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री हुन् । प्रदेशमा सबैभन्दा लामो समय मन्त्री बनेको अनुभव उनीसँग छ ।
पूर्वमुख्यमन्त्री शेरधन... |
दलका नेताहरु : प्रधानमन्त्री दाहालले ३० दिनभित्र विश्वासको मत लिनेमा आशंका काठमाडौं । नेपाली कांग्रेसका नेता मिनबहादुर विश्वकर्माले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले ३० दिनभित्र विश्वासको मत लिनेमा आशंका व्यक्त गरेका छन् । रिपोटर्स क्लवले मंगलबार काठमाडौंमा गरेको साक्षात्कारमा उनले सरकारमा सहभागी दलहरुलाई मिलाएर... |
अधिवक्ता डा. पोखरेल महान्यायाधिवक्तामा सिफारिस काठमाडौं । अधिवक्ता डा. दिनमणि पोखरेल महान्यायाधिवक्ता नियुक्तिका लागि सिफारिस भएका छन् ।
नेपाल सरकारको कानुनी सल्लाहकारका रुपमा नियुक्ति गर्नका लागि प्रधानमन्त्री कार्यालयले आज राष्ट्रपति समक्ष सिफारिस गरेको हो । नेपालको संविधानमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मह... |
खेलाडीहरुले राष्ट्रिय खेलकुद परिषद गरे घेराउ {भिडियो} काठमाडौं । नेपाल तेक्वान्दो संघ विघटन गरेको विरोधस्वरुप तेक्वान्दो खेलाडी तथा प्रशिक्षकहरुले राष्ट्रिय खेलकुद परिषद (राखेप) घेराउ गरेका छन् । अस्तित्वमा रहेको संघलाई नियमविपरित खारेज गरेको भन्दै उनीहरुले त्रिपुरेश्वरस्थीत राखेपको कार्यालय घेराउ गरेका हुन् । राखेपले ... |
सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप पुस २४ देखि सुरु {भिडियो} काठमाडौं । सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप पुस २४ देखि सुरु हुने भएको छ । नेपाल भलिबल संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा पुस २४ देखि माघ १ गतेसम्म च्याम्पियनसिप आयोजन... |
आत्मआलोचना गरे विप्लवसंग सहकार्य हुन्छ : धर्मेन्द्र बास्तोला {भिडियोसहित} काठमाडौं । नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोलाले आत्मआलोचना गरे विप्लवसंग सहकार्य हुन सक्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बास्तोलाले संसदीय राजनीतिमा गएकै कारण बिप्लवलाई कारवाही गरि छुट्टिएको भन्दै आत्मआलोचना गरे सहकार्... |
ज्येष्ठ नागरिक दिवसमा एक सय चार वर्षीय दाहाल सम्मानित काठमाडौं । दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा पोखरा वृद्धाश्रममा आश्रित एक सय चार वर्षीय नन्दलाल दाहाललाई नगर पिता घोषणासहित सम्मान गरिएको छ । माछापुच्छ्रे गाउँपालिकाको लाहाचोकमा विसं १९७५ मा जन्मनु भई विगत १४ वर्षदेखि वृद्धाश्रममा बस्दै आएको उनलाई सम्मान... |
सरकारको प्रवक्ताको जिम्मेवारी रवि लामिछानेलाई काठमाडौं । मन्त्रिपरिषद्को पहिलो बैठक बसेको छ । नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको हो ।
बैठकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ । सूचना तथा सञ्चारमन्त्र... |
अधुरै रह्यो पर्यटनमन्त्रीको वाचा काठमाडौं । “मन्त्री हुनुअघि जे सोचेको थिएँ, जुन कामको अपेक्षा गरेको थिएँ त्यो गर्न सकिन” सोमबार मन्त्रालयबाट बाहिरिँदै गर्दा निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले भावुक मुद्रामा भने । पर्यटनमन्त्रीका रुपमा पर्यटन क्षेत्रको संस्थागत विकासका लागि नीतिगत यो... |
संघीय संरचना अनुरुप श्रम प्रशासनको प्रभावकारी कार्यान्वयन : निवर्तमान श्रममन्त्री कुँवर {भिडियो} काठमाडौं । निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले संघीय संरचना अनुरुप श्रम प्रशासनको प्रभावकारी कार्यान्वयन गर्ने गरि काम सुरु भएको दावी गरेका छन् । सोमबार मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा ... |
सरोकारवाला निकायबाट पूर्ण रुपमा सहयोग प्राप्त भयो : निवर्तमान गृहमन्त्री खाँण {भिडियो} काठमाडौं । निवर्तमान गृहमन्त्री बालकृष्ण खाँणले शान्तिसुरक्षा कायम गर्ने लगायतका काममा आफुलाई सरोकारवाला निकायबाट पूर्ण रुपमा सहयोग प्राप्त भएको बताएका छन्। सोमबार मन्त्रालयमा आयोजित विदाइ कार्यक्रममा खाँणले निर्वाचन सम्पन्न गर्ने रा... |
टी–ट्वान्टी लिग: फार वेस्ट युनाईटेडले काठमाडौं नाईट्सलाई पराजित {भिडियो} काठमाडौं । काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिग अन्तर्गत सोमबार भएको पहिलो खेलमा फार वेस्ट युनाईटेडले काठमाडौं नाईट्सलाई पराजित गरेको छ। त्रिवि क्रिकेट मैदान किर्तिपुरमा पहिलो जित हात पार्ने क्रममा फार वेस्टले काठमाडौंलाई ४ विकेटल... |
माओवादी केन्द्रको पदाधिकारी बैठक जारी काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी रहेको छ । सरकारमा पठाउने मन्त्रीहरुको विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ । बैठकमा माओवादीले पाउने मन्त्रालय र ती मन्त्रालय सम्हाल्ने मन्त्रीहरुबारे छलफल भइर... |
सिद्धार्थ इन्स्योरेन्सको लाभांश घोषणा काठमाडौँ। सिद्धार्थ इन्स्युरेन्सले आफ्नो सेयरधनीलाई ९.४७ लाभांश दिने घोषणा गरेको छ। कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट ९ प्रतिसह्त बोनस सेयर दिने निर्णय गरेको हो। यसका साथै बोनसमा लाग्ने कर तिर्न ०.४७ प्रतिशत नगद लाभांश पनि दिने भएको छ।
कम्... |
रासायनिक मलको समस्या अब समाधान गर्छौं: प्रदेससांसद् तामाङ {भिडियोसहित} त्रिशूली । नुवाकोटमा रासायनिक मलको अभाव चर्किएपछि बागमति प्रदेससभा सदस्य तथा पूर्वकृषि विकास राज्यमन्त्री राधिका तामाङले चासो देखाउदै तत्कालै मल व्यवस्थापनको लागी पहल गर्ने प्रतिबद्धता जनाएकी छिन्।
नुवाकोटमा सरकारीस्तरबाट अनुदानमा मल उपलब्ध गराउदै आ... |
वायुसेवा निगमले तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ गर्ने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलसहित तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक भूमिस्थ प्रबन्ध (कमर्सियल ग्राउण्ड ह्याण्डलिङ) सेवा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्सले) ले गर्ने भएको छ ।
नेपाल नागरिक उड्डयन प... |
जनादेशलाई कदर गर्दै अगाडि बढ्ने एमाले सचिवालय बैठकको निर्णय काठमाडौं । नेकपा (एमाले)ले जनताले दिएको जनादेशलाई कदर गर्दै अगाडि बढ्ने निर्णय गरेको छ । आज भक्तपुरको बालकोटस्थित पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको एमाले सचिवालय बैठकले निर्वाचनको जनादेशअनुसार पार्टीले भूमिका निर्वाह गर्दै अगाडि बढ्ने निर्णय गरेको ओल... |
चार्ल्स शोभराज जेलबाट श छुट्ने काठमाडौं । कुख्यात अपराधी चार्ल्स सोभराज सुनधारस्थित केन्द्रीय कारागारबाट शुक्रबार छुट्ने भएका छन् । बुधबार सर्वोच्च अदाललते दिएको आदेशअनुसार उनी भोली जेलमुक्त भएका हुन् ।
शोभराजलाई अध्यागमन विभागको जिम्मा लगाइने र अध्यागमनले स्वदेश फिर्तीको प्रक्रिया सुरु गर्ने बताइएको छ । आज छुटन उनले न... |
ओरेण्टल सहकारी पीडितले बचत मागदावी गर्ने अन्तिम म्याद शुक्रबार काठमाडौं । ओरेण्टल कोअपरेटिभ लिमिटेडमा बचत गरेका बचतकर्ताले प्रमाणसहित निवेदन पेश गर्ने अन्तिम दिन शुक्रबारसम्म रहेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले मङ्सिर २३ गते १५ दिनको समय थप गरी ओरेण्टल पीडितलाई अनलाइनमार्फत मागदावी गर्न सूचना प्... |
राजेन्द्र लिङ्देनको थप शपथ– भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मानेर काम गर्नेछु काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
नयाँबानेश्वरस्थित संघीय संसद भवनमा संसदका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले नवनिर्वाचित सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ... |
एक सय ६२ दुर्घटनामा ४० जनाको मृत्यु चितवन । चितवनमा चालु आर्थिक वर्षको पाँच महिनामा भएका एक सय ६२ दुर्घटनामा ४० जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा ३३ पुरुष, चार महिला, एक बालक र दुई बालिका छन् ।
ती दुर्घटनामा ९२ गम्भीर घाइते र २१५ सामान्य घाइते भएको कार्यालयको तथ्याङ्कमा ... |
स्पेनको काथेरेन्यो फुटबल क्लव मैत्रीपूर्ण खेल खेल्न नेपाल आउने {भिडियोसहित} काठमाडौं । स्पेनको काथेरेन्यो फुटबल क्लव मैत्रीपूर्ण खेलका लागि नेपाल आउने भएको छ । लुम्बिनी गार्डेन फाउन्डेसनले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै दुई मैत्रीपूर्ण खेलका लागि काथेरेन्यो फुटबल क्लव नेपाल आउने जनाएको हो । लुम्बिनी ... |
पोखरा सडक महोत्सव हुँदै {भिडियोसहित} कास्की ।अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा यही पुस १३ देखि १७ गतेसम्म पोखरामा ‘२४औँ पोखरा सडक महोत्सव’ आयोजना हुने भएको छ । ‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ रेस्टुराँ एण्ड बार एशोसियशन ९रेवान० पोखराको आयोजनामा पाँचदिने महोत्सव हुन लागेको हो ।
रेवान पोखराले आज ... |
नवनिर्वाचित सांसदलाई सपथ ग्रहण गराउने कार्यक्रमको तयारी पूरा काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई सपथ ग्रहण गराउने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
नयाँबानेश्वरस्थित संसद् भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई सपथ ग्रहण गराउने कार्यक्रम छ । शपथ ग्रहणका लागि सां... |
धेरै जनसङ्ख्या हुनु भारत र चीनलाई अभिशाप हो कि वरदान ? काठमाडौं । आगामी एप्रिल महिनाको मध्यतिर भारत चीनलाई उछिन्दै संसारको सबभन्दा धेरै जनसङ्ख्या भएको मुलुक बन्दैछ।
एशियाका यी दुई विशाल राष्ट्रहरू प्रत्येकसँग १ अर्ब ४० करोड मानिस छन्।
विगत ७० वर्षदेखि यी दुई मुलुकले विश्वको कुल जनसङ्ख्याको एकतिहाइ हिस्सा ओगटेका छन्।
ची... |
नम्बरी सुनको मुख्य भुमिकामा अभिनेता गौरव पहारी काठमाडौं । राजु गिरीको निर्देशनमा निर्माण हुने सिनेमा नम्बरी सुनको मुख्य भुमिकामा अभिनेता गौरव पहारी अनुबन्धित भएका छन् । निर्माण टिमले दिएको जानकारी अनुसार नम्रता सापकोटाको अपोजिटमा गौरवलाई फाईनल गरिएको हो । गौरव र निर्माण टिमबीच मंगलबार लिखित सम्झौता भएको छ ।
माघ २० गतेब... |
पाल्पामा जग खन्दा तोपका गोला भेटिए {हेर्नुहोस् भिडियो} तानसेन। पाल्पाको जिल्ला सदरमुकाम तानसेन नगरपालिका–४ सिल्खानटोलको गोलाखानामा भवन निर्माणको लागि जग खन्ने क्रममा तोपका गोला फेला परेका छन् । अहिलेसम्म ३ सय बढी गोला फेला परेका छन् । अझै भेटिने क्रममा छन् ।
गोला भेटिएको जग्गा पाल्पा स्थित नेपाली सेनाको हो । यहाँ सेनाल... |
स्वास्थ्यमा सुधार आएपछि नेता पुन स्वदेश फिर्ता {भिडियोसहित} काठमाडौं। नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन चीनमा उपचार गराएर आज स्वदेश फर्किएका छन् । स्वास्थ्यमा सुधार भएपछि आज नेता पुन स्वदेश फर्किनुभएको हो । चीनको चाइना साउदर्न एयरलाइन्सको नियमित उडानमार्फत् उनी स्वदेश फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट... |
घोडेपानीमा पर्यटक आगमन लयमा फर्कियो {भिडियोसहित} म्याग्दी। म्याग्दीको प्रमुख पर्यटकीय स्थल घोडेपानी–पुनहिल क्षेत्रमा पर्यटन आगमन लयमा फर्किएको छ । अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर –६ मा अवस्थित घोडेपानी र पुनहिलमा पर्यटक आगमन तीन वर्षपछि लयमा फर्किएको हो । समुन्द्रि सतहदेखि दुई हजार आठ सय मिटरको उचाईमा अवस्थित घोडेपानी... |
वैदेशिक रोजगारीबाट फर्किएका युवा व्यवसायिक कृषिमा (भिडियोसहित) पाल्पा । पाल्पा जिल्लाको तानसेनमा बैदेशिक रोजगारीबाट फर्किएर कृषि र पशुपालन गर्नेहरुको संख्या वढ्दै जान थालेको छ । कोरोना संक्रमणका कारण वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई तानसेन नगरपालिकाले अनुदान र प्रोत्साहन दिएपछी यहाँ बैदेशिक रोजगारीबाट फर्किएर कृषि कर्... |
फ्रान्स र अर्जेन्टिनाको म्याच के इतिहासकै सबैभन्दा रोमाञ्चक फाइनल थियो ? काठमाडौं । ‘अहिलेसम्म हामीले त्यस्तो केही देखेका थिएनौं।’ इङ्ल्यान्डका पूर्व डिफेन्डर रियो फर्डिनान्डले फिफा विश्वकपको निकै रोमाञ्चक फाइनल खेललाई यी शब्दमा सङ्केत गरेका छन्- ‘हामीमध्ये धेरैले यसलाई विश्वकपको इतिहासकै उत्कृष्ट फाइनल खेलको रूपमा हेर... |
माओवादी केन्द्र रुपन्देही इन्चार्जले दिए राजीनामा काठमाडौं । नेकपा माओवादी केन्द्र रुपन्देही जिल्ला इन्चार्ज एवं मुस्लिम मुक्ति मोर्चाका इन्चार्ज हकिकुल्ला खाँले पदबाट राजीनामा दिएका छन् ।
माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका खाँले रुपन्देहीमा पार्टीको अवस्था अत्यन्त कमजोर भएको र गएको निर्वाचनमा माओवादीका उम्मेद... |
आप्रवासी नीति तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्न एनआरएनएको माग लण्डन । गैरआवासीय नेपाली संघले आप्रवासी नीति तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।
संघले शनिबार विश्व आप्रवास दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको सफलता कामना गर्दै यसको सकारात्मक सन्देश... |
नेपालमा कुल ऊर्जा खपतको ३ प्रतिशत नवीकरणीय ऊर्जाले ओगट्यो काठमाडौं । नेपालमा हालको कुल ऊर्जा खपतको ३ प्रतिशत नवीकरणीय ऊर्जाले ओगटेको छ । तर, जलविद्युत आयोजनाहरूलाई समेत समेट्दा नवीकरणीय ऊर्जा प्रयोग कुल ऊर्जा खपतको ८ प्रतिशत हुने सरोकारवालाहरूले बताएका छन् ।
नेपालको ऊर्जा प्रयोगमा करिब ६५ प्रतिशत जैविक ऊर्जा र २७ प्रति... |
साढे दुई वर्षभित्रै संसद् विघटन हुन्छः कमल थापा काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले साढे दुई वर्षभित्रै प्रतिनिधिसभा विघटन हुने दाबी गरेका छन् ।
राप्रपा नेपाल काठमाडौं जिल्लाले आइतबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले विद्यमान राजनीतिक संरचनाभित्र रहेका त्रुटिहरुका कारण आगामी दिनमा राजनीतिक अस्थिरता र... |
धूलाम्य सडकमा यात्रा गर्न बाध्य स्थानिय {भिडियोसहित} नवलपुर। धूलाम्य सडकका कारण नवलपुर क्षेत्रको सडक भएर यात्रा गर्ने व्यक्ति तथा स्थानियले समस्या भोग्दै आएका छन् । विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गत पूर्वी खण्डमा पर्ने नवलपुर क्षेत्रको सडकमा उडेको धूलोले स्थानियहरु प्रभावित भ... |
ट्रम्पको कठिनाइ बढ्यो, नयाँ आपराधिक आरोप लाग्न सक्ने काठमाडौं । गत वर्ष अमेरिकी संसदमा भएको दंगाको छानबिन गर्ने कङ्ग्रेसको समितिले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध थप तीनवटा फौजदारी अभियोग लगाउन सिफारिस गर्न सक्छ।
अमेरिकी मिडिया रिपोर्टका अनुसार प्रतिनिधि सभाको चयन समितिले अभूतपूर्व कदम चाल्न सक्छ र पूर्व राष्ट्रपति वि... |
पाकिस्तानी विदेशमन्त्रीले मोदीलाई ‘गुजरातको कसाइ’ भनेपछि… इस्लामाबाद। भारतले पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टोले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि गरेको व्यक्तिगत आक्रमणको निन्दा गरेको छ।
संयुक्त राष्ट्र संघमा बिलावल भुट्टोको मोदी लक्षित टिप्पणीको निन्दा गर्दै नयाँ दिल्लीले पाकिस्तानसँग भारतलाई आक्षेप लगाउने प्रमाण... |
बिकास र समृद्धिको जनताको चाहनालाई सवै मिलेर पुरा गर्नुपर्छ: सञ्चारमन्त्री कार्की {भिडियो} काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बिकास र समृद्धिको जनताको चाहनालाई सवै मिलेर पुरा गर्नुपर्ने बताएका छन् । द राइजिङ नेपालको ५७ औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा मम... |
अनाधिकृत वस्ती हटाउनुपर्ने भन्दै हस्ताक्षर अभियान सुरु [भिडियो] काठमाडौं। काठमाडौंको बागमती सभ्यता संरक्षण गर्न अनाधिकृत वस्ती हटाउनुपर्ने भन्दै उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले हस्ताक्षर अभियान सुरु गरेको छ ।
सुकुम्वासीका नाममा सार्वजनिक जग्गा अतिक्रमण भइरहेकाले नक्कली सुकुम्वासीलाई हटाउनुपर्ने र विश्वा... |
देशको हितमा काम गरेको भन्दै राजा महेन्द्रको शालिकमा माल्यार्पण {भिडियो} काठमाडौं । प्रथम निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्था शुरुवात गरेको दिनका रुपमा स्मरण गरिएको छ । यसदिनलाई प्रजातन्त्रमाथि ‘कू’ भएको दिनको रुपमा हेर्ने गरिएको छ । ... |
सिनामङ्गलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु काठमाडौँ। काठमाडौँको सिनामङ्गलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–९ सिनामङ्गल कार्गो गेट अगाडि बा ५ ख ५६२२ नं को बसको ठक्करबाट काभ्रे घर भई सिनामङ्गल बस्ने ४२ वर्षीय रामकृष्ण रञ्जितकारको आज बिहान मृत्यु भएको हो ।
बसको ठक्करबाट गम्भीर घाइते रञ... |
चुरे विनासले बस्ती नै सखाप धनुषा । झट्ट हेर्दा विश्वासै लाग्दैन, कुनै समय यहाँ बस्ती थियो । चुरे विनासको कारण कुनै बेला धनुषामा रहेको यो गुल्जार बस्तीको अहिले नामोनिसान छैन ।
तत्कालीन धनुषाको दिगम्बरपुर गाविस–४ छेडीपोखरी मानवविहीन बन्न पुगेर त्यहाँका सम्पूर्ण गाउँले अन्यत्र बसाइँ सर्न विवश भएका छन् । हाल उनीहरु गाउँभन्... |
दुई दिनमा दुई गैँडा मृत फेला चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुई दिनमा दुईवटा गैँडा मृत फेला परेका छन् । निकुञ्जका अनुसार मङ्सिर २८ गते बुधबार र आज दुईवटा गैँडा मृतावस्थामा फेला परेका हुन् ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान ५ः५५ बजे राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर लामीचौर पोष्टअन्तर्गत ग... |
शिक्षा मन्त्रालय र गाउँपालिका राष्ट्रिय महासङ्घबीच समझदारीपत्रमा हस्ताक्षर काठमाडौं । शिक्षाको पहुँच तथा गुणस्तर अभिवृद्धि गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र गाउँपालिका राष्ट्रिय महासङ्घबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
शिक्षा मन्त्रालयमा आज आयोजित विद्यालय शिक्षा क्षेत्र योजना (१० वर्षे विद्यालय सुधार योज... |
खुमलटार पुगेर विवेक ओबरायले भेटे प्रचण्ड काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय अभिनेता विवेक ओबरायले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेका छन् । बुबा सुरेश ओबरायसँगै खुमलटार उनले आज प्रचण्डलाई भेटेका हुन् ।
प्रचण्डकी पुत्री तथा सचिवालय सदस्य गंगा दाहाल पनि भेटवार्तामा सहभागी थिइन् । उनले भेटघाटको फोटो सामाजिक सञ्जालमा पोस्... |
भारतसँग युक्रेन आक्रोशित काठमाडौं । भारतले जी-७ देशहरू र तिनीहरूका सहयोगीहरूको तर्फबाट तोकिएको रूसी तेलको मूल्य सीमालाई समर्थन नगर्ने निर्णय गरेको छ। भारतको यो निर्णयपछि युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले भारतले युक्रेनका आम नागरिकको ज्यानको मूल्यमा रुसबाट तेल किनेको आरोप लगाएका छन् । उनले मंगलबार पत्रकार सम्मेलन... |
चितवनको ढुङ्ग्रे खोलामा तटबन्ध निर्माण थालियो चितवन । चितवनको ढुङ्ग्रे खोलामा तटबन्ध निर्माण थालिएको छ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको सहयोगमा खैरहनी नगरपालिकाको ढुङ्ग्रे खोलामा तटबन्धको काम सुरु भएको हो ।
दूतावासका महावाणिज्यदूत नितेश कुमार र खैरहनी नगरपालिकाका नगर प्रमुख शशीकुमार खनियाँले संयुक्तरुपमा बुधब... |
पाँचथरमा आगो तापिरहेकी वृद्धाको जलेर मृत्यु फिदिम । घरमा आगलागी हुँदा पाँचथरको फिदिम नगरपालिका १३ लुङरुपाका एक वृद्धाको ज्यान गएको छ ।
९१ वर्षीया सुखरानी नेम्वाङको जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
आगो तापिरहेको बेला शरीरमा आगो सल्केर नेम्वाङको बुधबार बिहान ८ बजेतिर निधन भएको हो । वृद्धा घरमा... |
कर्मचारीलाई आवास सुविधा दिने मन्त्रिपरिषद्को निर्णय काठमाडौं । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्थापना भएपछि बुधबार लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठक स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा बसेको छ ।
मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले राजधानी स्थानान्तरणमा सहयोग पुग्नेगरी कर्मचारीला... |
लियोनेल मेस्सीले भने – जारी विश्वकप मेराे अन्तिम यात्रा हुनेछ रियो दि जेनेरियो। अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेस्सीले सन् २०२२ को फिफा विश्वकपको फाइनल अर्जेन्टिनाका लागि आफ्नो अन्तिम खेल हुने पुष्टि गरेका छन्। बुधबार भएको पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले हराएपछि मेसीको सो भनाई आएको हो।
मेस्सीले अर... |
चीनसँग झडप भएको अरुणाचलको तवाङ भारतका लागि किन यति महत्त्वपूर्ण छ? काठमाडौं । गत शुक्रबार अरुणाचल प्रदेशको तवाङ सेक्टरमा भारतीय र चिनियाँ सैनिकबीच भएको हिंसात्मक झडपमा केही भारतीय सैनिक गम्भीर घाइते भएका छन् । यस झडपमा चिनियाँ सैनिक पनि घाइते भएको बताइएको छ ।
भारतका रक्षामन्त्री राजनाथ सिंहले मंगलबार संसदमा यस झडपमा के... |
अनेसास क्यानडाको आयोजनामा हजुरबुबा हजुरआमा दिवस सम्पन्न (तस्बिरसहित) क्यानडा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) क्यानडाले गत आषाड २९ गते भानुजयन्तिका दिन, मंशिर महिनाको तेश्रो शनिवारलाई हजुरबाआमा दिवस मनाउने घोषणा गरेको थियो । सोहीअनुरूप मंशिर २४ गते त्यस्तै गरी डिसेम्बर १० तारिकका दिन अनेसासले हजुरबाआमा दिव... |
रेशम चौधरीलाई छुटाउन तत्कालीन ओली सरकारले गरेको थियो यस्तो सहमति काठमाडौं । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ लाई संशोधन गर्न अध्यादेश ल्याएपछि अहिले सरकारको चौतर्फी विरोध भएको छ । सरकारले मंगलबार जारी गर्न उक्त अध्यादेश राष्ट्रपतिसमक्ष पेस गरेको छ ।
रेशम चौधरीसहित जघन्य अपराधमा जेल सजाय भोगिरहेका राजनीतिक कार्यकर्त... |
प्रादेशिक संरचनाअनुसार सुन वितरणको व्यवस्था मिलाउन आग्रह काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले प्रादेशिक संरचनाका आधारमा सुन वितरणको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वको टोलीले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रसँग भेट गरी सङ्घीय सरचनाअनुरुप हुनेगर... |
गठबन्धन पाँच वर्षसम्म कायम हुनुपर्छ : नेता भण्डारी डुम्रे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ क्षेत्र नं २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले गठबन्धन आगामी पाँच वर्षसम्म कायम रहनुपर्ने बताएका छन् ।
आज दमौलीको बिपी स्मृति भवनमा आयोजित निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै उनले निर्वाचनमा अपेक्षाअन... |
खेलकुद अर्थतन्त्र र अन्तर्राष्ट्रिय भाइचारा विकासको माध्यम : अध्यक्ष दाहाल काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेदकुद जनता–जनताबीचको सम्बन्धलाई सुदृढ गर्ने माध्यमका रूपमा रहेको बताएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आजदेखि सुरु भएको १८ वर्षमुनिको एसिया रग्वी प्रतियोगिताको उद्... |
भारतको बंगलादेशलाई विशाल लक्ष्य काठमाडौं । बंगलादेशमा जारी एकदिवसीय श्रीखंला अन्तर्गर्तको तेस्रो तथा अन्तिम खेलमा भारतले उत्कृष्ठ ब्याटिङ गर्दै बंगलादेशलाई विशाल लक्ष्य दिएको छ ।
चत्तोग्राममा जारी खेलमा पहिला ब्याटिङ गर्दै भारतले ५० ओभरमा ८ विकेट ४०९ रन बनाएको छ । भारतका इशान किसानले सर्वाधिक २१० रन बनाए । उनले १३१ बलम... |
जनताले चाहेको परिवर्तन पूरा गर्न लागिपर्छु : सिंह काठमाडौं । कांग्रेस नेता प्रकाशमान सिंहले देशलाई राजनीतिक स्थायित्व कायम गर्नु नवनिर्वाचित सांसदहरूको पहिलो चुनौती भएको बताएका छन् । काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले पहिला राजनीतिक स्थायित्व कायम गरी विकासको बाटोमा अघि बढ्नु पर्ने अवस्था रहेको बताए ।
उनले विकासको ब... |
धारा नेपालगञ्ज म्याराथनको उपाधि खड्कालाई राँझा । आठौँ संस्करणको धारा नेपालगञ्ज म्याराथनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खड्गबहादुर खड्काले जितेका छन् । नेपालगञ्जमा आज भएको म्याराथनमा खड्काले निर्धारित दूरी दुई घण्टा २० मिनेट २८ सेकेन्डमा पूरा गर्दै उपाधि हात पारेका हुन् ।
म्याराथनमा दोस्रो र तेस्रो आर्मीकै ... |
त्रिविले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गरेर नेपालको शिर उच्च बनाएको छ– प्रधानमन्त्री देउवा पाटन । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयले नेपालको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् । आज पुल्चोक क्याम्पसमा आयोजित त्रिभुवन विश्वविद्यालयको ४८ औँ दीक्षान... |
दण्डहिनताको अन्त्यको माग गर्दै माइतीघरमा प्रदर्शन {भिडियोसहित} काठमाडौं । ७४ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको पूर्वसन्ध्यामा दण्डहिनताको अन्त्यको माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ । नेपाल मानव अधिकार संगठनको आयोजनामा न्यायापालिकालाई राजनीतिक हस्तक्षेप मुक्त बनाउनु पर्ने माग राख्दै शुक्रबार प्रदर्शन गरिएको हो ।... |
स्काउटको सरकारसँग माग : ‘आफ्नो सम्पत्तिको उपभोग गर्न पाउने वातावरण सुनिश्चतता गर’ {भिडियो} काठमाडौं । नेपाल स्काउटले आफ्नो स्वामित्वमा रहेको सम्पत्तिको उपभोग गर्न पाउने वातावरण सुनिश्चतता गर्न सरकारसँग माग गरेको छ । नेपाल स्काउटले शुक्रवार पत्रकार सम्मेलन गर्दै आफ्नो स्वामित्वमा रहेको लैनचौरको जग्गा निर्विवाद उपभोग गर्... |
भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दैछ : प्रधानमन्त्री देउवा {भिडियोसहित} प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचारका बहुआयामिक स्वरूप, कारण र प्रभावले भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गइरहेको बताएका छन् । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आयोजना गरेको... |
मेलम्ची खानेपानी पुनः उद्घाटन गर्दै मन्त्री चौधरी {भिडियोसहित} काठमाडौं । नेपाल सरकारका खानेपानीमन्त्री उमाकान्त चौधरी मेलम्ची खानेपानी पुनःवितरणको उद्घाटन कार्यक्रममा सहभागी भएका छन् । उनले काठमाडौँको महाँकालचौरस्थित शाखा कार्यालयबाट खानेपानीको पुनः वितरण उद्घाटन गरेका हुन्।
वर्षायाममा बन्द गरिएको मेलम्ची आयोजनाको खान... |
महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्रविरुद्ध आज सुनुवाइ काठमाडौं । सर्वोच्च अदालतमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाभियोग प्रस्ताव निष्प्रभावी हुने भनी सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले दिएको पत्रविरुद्धको रिट निवेदनमा आज सुनुवाइ हुने भएको छ ।
सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, उपाध्यक्... |
जिप दुर्घटनामा चालकको मृत्यु बैतडी। बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ उकालीका ३६ वर्षीय चालक तेजबहादुर साउँद रहेका छन् । डडेल्धुराको अनारखोलीबाट घर फर्कने क्रममा साउँदले चलाएको से १ ज ८१६ नम्बरको जिप पाटन नगरपालिका–१० डंसेलीमा गए राति दुर्घटनामा परेको हो ।... |
धानको पूजा गरी मनाइयो धान्यपूर्णिमा काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइएको छ ।
मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने... |
भृकुटीको शालिक अनावरण {भिडियोसहित} काठमाडौं । राष्ट्रिय विभूति भृकुटीको शालिक भृकुटीमण्डपमा स्थापना गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बिहिबार काठमाडौंको भृकुटीमण्डपमा राष्ट्रिय विभूति भृकटीको शालिक अनावरण गरकी हुन् ।
शालिक अनावरणपछि बोल्दै मन्त्री रेग्मीले नेपालकी राजकुमारी भृकुटीको विब... |
किराँत समुदायले उधौली पर्व धुमधामसँग मनाए {भिडियो} काठमाडौं। मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बिहिबार पितृको मान र प्रकृतिको सम्मानका रुपमा किराँत समुदायले उधौली पर्व मनाएका छन् । किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा उधौली धुमधामसँग मनाउने गर्दछन् ।... |
व्हाट्सएपमा आयो फेसबुक-इन्स्टाग्रामको जस्तै फिचर काठमाडौँ। व्हाट्सएपले नयाँ फिचर जारी गरेको छ। कम्पनीका सीईओ मार्क जुकरबर्गले व्हाट्सएपमा नयाँ फिचर जारी भएको बारे जानकारी दिएका छन्। व्हाट्सएपको यो सुविधाको साथ, प्रयोगकर्ताहरूले आफ्नो अनुकूलित डिजिटल अवतार सिर्जना गर्न सक्नेछन्। व्हाट्सएपको यो सुविधा फेसबुक र इन्स्टाग्र... |
निर्वाचन नतिजा समीक्षा गर्दै लोसपा काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा सुरु गरेको छ । लोसपाले धनुषा क्षेत्र नम्बर ३ मा भएको पराजयबारे पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको उपस्थितिमा समीक्षा सुरु गरेको हो ।
विसं २०७४ को निर्वाचनमा धनुषा–३ बाट नेता म... |
पर्वहरूले सबैमा एकताको भावना विकास गराउन सहयोग गर्छ : मुख्यमन्त्री राई काठमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले हरेक वर्षको मार्ग शुक्ल पूर्णिमाका दिन मनाइने किराँतको महान् पर्व उधौली, लिम्बू समुदायको महान् चाड चासोक तङनाम र नेवारको महत्वपूर्ण पर्व यःमरी पुन्हिको अवसरमा शुभकामना व्यक्त गरेका छन्।
उनल... |
प्रधानमन्त्री देउवा भोली धनगढी आउँदै धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भोली धनगढी आउने भएका छन् । मंसिर–४ गते सम्पन्न निर्वाचनमा विजयी भएपछि देउवा पहिलो पटक धनगढी आउन लागेका हुन् ।
धनगढीमा प्रधानमन्त्री देउवाले कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्ने सुदूरपश्चिम महोत्सवको १६औं संस्करण ... |
महाकालीमा भारतीय हस्तक्षेपको विरोधमा दूतावास घेराउ, मोदीको तस्बिर जलाईयो काठमाडौं । भारतले गरेको महाकाली नदीमा हस्तक्षेपको विरोधमा काठमाडौंस्थित भारतीय दूतावास अगाडि प्रदर्शन भएको छ । अखिल क्रान्तिकारीले बुधबार भारतीय दूतावासअगाडि विरोध प्रदर्शन गरेको हो । साथै माइतीघरमा अखिल क्रान्तिकारीले भारतीय प्रधानमन्त्री नरेन्द्... |
गठबन्धनकै नेतृत्वमा स्थिर सरकार बन्नेछ: सञ्चारमन्त्री कार्की {भिडियोसहित} काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुुर कार्कीले सत्तारूढ गठबन्धनकै नेतृत्वमा स्थिर सरकार बन्ने बताएका छन् । सञ्चार मन्त्रालयले बुधबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा सरकारका प्रवक्ता तथा सुनसरी निर्वाचन क्षेत्र ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.