content
stringlengths
20
64.1k
पराजित उम्मेदवारको घरमा ढुंगामुढा र कुटपिट सिरहा । गोलबजार नगरपालिकाका पूर्वमेयर देवनाथ साहको घरमा एमाले कार्यक्रताले गरेको ढुंगामुढा र कुटपिटको विरुद्धमा सर्वसाधारणले सडक अवरुद्ध गरेका छन् । सिरहा ३ बाट निर्वाचित भएपछि लिलानाथ श्रेष्ठसहित सहभागी विजय र्यालीमा सहभागी कार्यकर्ताहरूले शुक्रबार साँझ प्रतिद्वन्द्वी विश्वना...
नुवाकोट–१ मा माओवादीका तामाङ विजयी नुवाकोट । नुवाकोट–१ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ निर्वाचित भएका छन् । तामाङले २३ हजार ६८३ मत ल्याएर विजयी हुँदा एमालेका बद्री मैनालीले २० हजार ९८२ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रद्युम्न महत क्षेत्रीले ५ हजार ९३८ मत ल्याउँदा राप्...
डडेल्धुरा अस्पतालबाट सागर ढकालले भने– काम थालिसके, ५ बर्ष कडा मेहनत गर्छु काठमाडौं । डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यमा प्रधानमन्त्री शेरबहादुर देउवासँग पराजित भएका सागर ढकालले आउने पाँच वर्षका लागि आफुले काम सुरु गरेको बताएका छन् । डडेल्धुराको केन्द्रिय अस्पतालमा पुगेर आज डाक्टरहरुसँग के गर्न सकिन्छ भन्ने सानोतिनो छलफ...
मतदाता शिक्षा अभावको नतिजाः डोटीमा साढे आठ हजारभन्दा बढी मत बदर काठमाडौं । मतदाता शिक्षा अभावका कारण डोटीमा साढे आठ हजारभन्दा बढी मत बदर भएको छ । मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन नहुँदा डोटीमा भारी  मात्रामा मत बदर हुन पुगेको हो । प्रतिनिधिसभातर्फ ६३ हजार ५५२ मत खसेकोमा ४ हजार ९६९ मत बदर भएको मुख्य निर्...
जनताको पक्षमा एकपक्षीय भएर लाग्छौँः रवि लामिछाने चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले जनताका पक्षमा एकपक्षीय भएर लाग्ने बताएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज यहाँ निर्वाचित प्रमाणपत्र वितरण कार्यक्रममा उनले देशहित, नागरिक र जनजीविकाका लागिसँगै अघि बढ्ने बताए । समाजलाई टेवा दिने र मुल...
प्रतिनिधिसभामा समानुपातिकतर्फ कुन दलको कति मत? काठमाडौँ। यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ। पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा छ। निर्वाचन आयोगको आज दिउँसोसम्मको मतपरिणाम विवरणअनुसार एमालेले ११ लाख २१ हजार दुई सय २१ मत प्राप्त ग...
सिरहा–१ मा एमालेका यादव निर्वाचित सिरहा । सिरहा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का रामशङ्कर यादव निर्वाचित भएका छन् । यादवले सत्ता गठबन्धनअन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार पूर्वउद्योग राज्यमन्त्री पदमनारायण चौधरीलाई पराजित गरी विजय हासिल गरेका हुन् । क्षेत्र नं १ का निर्वाचन अधिकृत लोकहरि बस्यालल...
दाङ १ मा मेटमणीलाई झण्डै पाँच हजार मतको अग्रता, दोस्रोमा शान्ता चौधरी दाङ । दाङ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका नेता तथा सहरी विकास मन्त्री मेटमणी चौधरीले अग्रता फराकिलो बनाउँदै लगेका छन् । ६४ हजार २ सय १३ मत गणना हुँदा गठबन्धनका उम्मेदवार चौधरीले २२ हजार २ सय २८ मत प्राप्त गरेका छन् । निकटतम प्रतिष्पर्धी ने...
हार निश्चित देखेपछि कोमल वलीले भनिन्– यस क्षेत्रको वास्तविक सेवक म नै हुँ दाङ । दाङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा तर्फ नेकपा एमालेबाट उम्मेद्वारी दिएकी कोमल वलीको हार निश्चीत भएको छ । पछिल्लो अपडेट अनुसार १० हजार मत गणना हुन बाँकी रहँदा वली नेपाली कांग्रेसका दिपक गिरीसँग ६ हजार ७ सय २९ मतले पछि परेकी छन् । हार निश्ची...
तीन निर्वाचन क्षेत्रको मतगणना बाँकी, किन भयो ढिलाई ? काठमाडौं । गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतगणना अझै तीन जिल्लाका तीन निर्वाचन क्षेत्रमा हुन बाँकी रहेको छ । बाजुरा, स्याङ्जा र दोलखाका तीन निर्वाचन क्षेत्रमा मगतणना हुन बाँकी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए...
यो निर्वाचनको ‘म्यान अफ दि इलेक्सन’ सागर ढकाल भएः मिलन पाण्डे काठमाडौं । काठमाडौं क्षेत्र नं. ९ को प्रतिनिधि सभा सदस्यमा पराजित भएका विवेकशिल साझाँ पार्टीका संयोजक मिलन पाण्डेले यो निर्वाचनको ‘म्यान अफ दि इलेक्सन’ सागर ढकाल भएको बताएका छन् । उनले सामाजिक सञ्जाल मार्फत आफ्नालागि यो निर्वाचनको ‘म्यान अफ दि इलेक्सन’ सागर ...
कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीको ‘क्लिन स्वीप’ धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ प्यानलसहित विजयी भएकी छन् । भारी मतका साथ प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका हुन् । श्रेष्ठ ३० हजार ४०४ मतसहित विजयी भएकी हु...
सप्तरी ३ मा कांग्रेसका दिनेशकुमार यादव विजयी काठमाडौं । सप्तरी ३ मा नेपाली कांग्रेसका उम्मेदवार दिनेशकुमार यादव निर्वाचित भएका छन् । २६ हजार १६६ प्राप्त गर्दै यादव विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका ताराकान्त चौधरीले २२ हजार ३०० मत पाए । यादवले ३ हजार ८६६ मतान्तरले जितेका हुन् । २०५४ सालमा जिल्ला...
यी चार चर्चित अनुहार जसले जमानत जोगाउन सकेनन् काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम धमाधम सार्वजनिक भइरहेको छ । यस पटकको परिणाम विगतका निर्वाचनभन्दा भिन्न रहेको राजनीतिक विश्लेषकहरूको तर्क छ । यस पटकको निर्वाचनले कतिपय नयाँ अनुहार र दललाई चिनाएको छ भने, कतिपय चर्चित अनुहारले हार व्यहोरेका छन् । केही चर...
केपी ओलीले लिए निर्वाचित प्रमाणपत्र काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अत्यधिक मतले विजयी भएपश्चात निर्वाचित प्रमणपत्र लिन झापा पुगेका छन् । उनीसहित झापा ५ बाट विजयी प्रदेशसभाका सांसदलाई पनि निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेले प्रमाणपत्र दिएका छन् ।
रेखा शर्मालाई बधाई दिदै मेटमणीले भने– पश्चागामीका मुख्य मतियारको हार भयो काठमाडौं । नेकपा एकीकृत समाजवादीको नेता तथा सहरि विकास मन्त्री मेटमणी चौधरीले एमालेका महासचिव शंकर पोखरेलको हारप्रति ब्याङ्गय गरेका छन् । उनले सामाजिक संजाल फेसवुक मार्फत् पोखरेलको हारलाई प्रतिगामिका मुख्य मतियारको हार भएको टीप्पणी गरेका हुन् । उन...
चितवनमा २ मा पोखरेललाई उछिन्दै दोस्रो स्थानमा उक्लिए श्रेष्ठ, लामिछानेको कति ? काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अग्रतालाई फराकिलो बनाएका छन् । लामिछाने २८ हजार ८ सय ९९ मतका साथ अग्रस्थानमा रहेका हुन् । पछिल्लो परिणाम अनुसार यस क्षेत्रमा नेकपा एमालेका कृष्णभक्त पोखर...
‘कमेडियन’ हिमेश पन्तले अहिलेसम्म कति मत ल्याए ? काठमाडौं । धादिङ क्षेत्र नम्बरमा एकमा राष्ट्रिय स्वातन्त्र पार्टीबाट उम्मेद्वारी दिएका ‘कमेडियन’ हिमेश पन्त तेस्रो स्थानमा रहेका छन् । उनले हालसम्म ८ हजार ७३ मत ल्याएका छन् । यस क्षेत्रमा नेकपा एकिकृत समाजवादीका राजेन्द्र प्रसाद पाण्डेले अग्रता कायम राखेका छन् । उनले नेकप...
मकवानपुर २ः प्रदेशसभा (२) मा इन्द्र बानियाँ विजयी मकवानपुर । मकवानपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा (२) मा सत्ता गठबन्धबाट नेपाली कांग्रेसका इन्द्र बानियाँ विजयी भएका छन् । उनले १८ हजार सात सय १६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का लालबहादुर थापामगरले १६ हजार नौ सय ३४ मत प्राप्त गरे । बान...
कञ्चनपुर ३ मा एमालेकी निरुदेवी पाललाई हराउँदै रमेश लेखक निर्वाचित कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका नेता रमेश लेखक निर्वाचित भएका छन् । उनले नेकपा एमालेकी नीरुदेवी पाललाई पराजित गर्दै विजयी भएका हुन् । कांग्रेसका लेखकले ३० हजार ५ सय २३ मत ल्याएका छन् । यस्तैगरि दोस्रो स्थानकी एमाले नेतृ ...
सुवासचन्द्र नेम्वाङको क्षेत्रमा विवाद भएपछि मतगणना रोकियो इलाम । इलाम क्षेत्र नम्बर २ मा मतगणना स्थगित भएको छ। नेपाली कांग्रेसका उम्मेदवारले गणना भइसकेको मतपत्रलाई लिएर विवाद उठाएपछि मतगणना स्थगित भएको हो। विवाद भएपछि सर्वदलीय बैठक बसेर विवाद मिलाउने तयारी भइरहेको छ । ‍इलाम २ मा एमालेका सुवासचन्द्र नेम्वाङ र कांग्रेसका...
बागलुङ २ मा शिक्षामन्त्री पौडेल जीत नजिक बागलुङ । बागलुङ क्षेत्र नं २ मा शिक्षामन्त्री देवेन्द्र पौडेल जीत नजिक पुगेका छन् । लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (माओबादी केन्द्र)का सचिव पौडेलले दिउँसो ३ बजेसम्मको मत परिणामअनुसार २३ हजार दुई सय २५ मतका साथ अग्रस्थानमा छन् । उनलाई नेकप...
सर्लाही २ मा महिन्द्र राय यादवको अग्रता, पछ्याउँदै राजेन्द्र महतो सर्लाही । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सर्लाही क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादवले अग्रता लिएका छन् । यादव २३४२ मतसहित अघि छन् ।  यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतोले  यादवलाई पछ्याइरहेका...
यस्तो छ कैलालीको पछिल्लो निर्वाचन ‘अपडेट’ कैलाली । कैलाली प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ कम जारी मतगणनामा प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रञ्जिता श्रेष्ठ चौधरीले अग्रता कायम राखेकी छिन् । उनले हालसम्म आठ हजार दुई सय ३६ मत प्राप्त गरेकी छिन् । उनलाई नेपाली कांग्रेसका रामजनम चौधरीले पाँच हजार...
बढ्यो रविको रफ्तार, कति पुग्यो मतान्तर ? काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रतालाई फराकिलो बनाएका छन् । पछिल्लो मतपरिणाअनुसार लामिछानेले ६ हजार ४ सय १ मत प्राप्त गरेका छन् । उनले एमालेका पोखरेललाई १७ सय ६५ मतले पछि पारेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृ...
कास्की–२ः घण्टीको सुरुवाती अग्रतालाई तोड्दै अगाडी बढीन विद्या भट्टराई कास्की । कास्की क्षेत्र नं २ मा नेकपा (एमाले) की विद्या भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का माधवप्रसाद कँडेललाई पछि पारेकी छिन् । जारी मतगणनामा कास्की क्षेत्र नं २ मा रास्वपाका कँडेलले सुरुआती अग्रता लिएका थिए । पछिल्लो मतपरिणामअनुसार ए...
कैलाली १ मा रेशम चौधरी पत्नी रञ्जिताको अग्रता कायमै टीकापुर । कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठले अग्रता कायम राखेकी छन् । हालसम्म भएको  १८ हजार ३६५ मत गणना हुँदा रञ्जिताले ८ हजार २३६ मत प्राप्त गरेकी छन् । यस्तै, नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरीले ५ हजार १८३...
डडेल्धुरामा सागर ढकालले कटाए ७ हजार मत काठमाडौं । डडेल्धुरा क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेद्वार सागर ढकालले ७ हजार मत कटाएका छन् । पहिलो स्थानमा रहेका प्रधानमन्त्री समेत रहेका गठबन्धनका उम्मेद्वार शेरबहादुर देउवाले १३ हजार मत कटाउदा सागरले ७ हजार मत कटाएका हुन् । पछिल्लो अपडेट अनुसार यस क्षेत्रमा देउवाले १३ हजार १ ...
स्वतन्त्र पार्टीका सेनसँग ५ सय मतले पछाडि परे विनोद चौधरी काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीसँग पाँच सय मतले पछि परेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका ठकुरीले ७ हजार ३ सय ९१ मत ल्याएका छन् । चौधरी ६ हजार ८ सय ९० मतसहित सेनलाई पछ्याइरहेका छन् । यसअघि सोह...
दाङ १ः मेटमणीको अग्रता कायमै, शान्ता झन्डै दोब्बर मतले पछि दाङ । दाङ क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका उम्मेदवार मेटमणी चौधरीले अग्रता कायम राखेका छन् । सहरी विकासमन्त्रीसमेत रहेका चौधरीले ६ हजार ९ सय ७० मत गन्दा २ हजार ५ सय ६२ मत प्राप्त गरेका छन् । यस्तै दोस्रो स्थानमा एमालेकी उम्मेदवार शान्ता चौधरी छन् । उनले १ ह...
ताप्लेजुङमा योगेशले लिए सुरुवाति अग्रता ताप्लेजुङ । ताप्लेजुङमा प्रतिनिधिसभा तर्फको मतगणनामा नेकपा एमालेका योगेश भट्टराईले प्रारम्भिक अग्रता लिएका लिएका छन् । फक्ताङलुङ गाउँपालिकाको याङ्मा र ओलाङचुङगोलाको १ सय ९ मत गणना हुँदा योगेशले ६८ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुडाक्षेत्रीले ३...
इलाम २ः तीन सय मतले पछि परे सुवास नेम्वाङ इलाम । इलाम क्षेत्र नम्बर २ बाट एमालेका उम्मेदवार सुवास नेम्वाङ तीन सय एक मतले पछि परेका छन् । नेम्वाङ तीन हजार चार सय ५५ मतसहित दोस्रो स्थानमा छन् । कांग्रेसका उम्मेदवार डम्बर खड्काले तीन हजार सात सय ५६ मतसहित अग्रता लिइरहेका छन् ।
झापा १ मा पाँच हजारभन्दा बढी मतले विश्वप्रकाश अगाडि झापा । झापा १ मा सत्ता गठबन्धनका उम्मेदवार विश्वप्रकाश पौडेल एमालेका अग्नी खरेलभन्दा पाँच हजारभन्दा बढी मतले अघि रहेका छन् । पछिल्लो मतपरिणामअनुसार पौडेलले १४ हजार नौ सय नौ र खरेलको नौ हजार सात सय नौ मत रहेको छ । झापाको सबै क्षेत्रको ताजा अपडेट झापा क्षेत्र नम्बर १ रु...
रुपन्देही– १ मा घनश्याम भुसाल एमालेका विश्वकर्माभन्दा ५७८ मतले पछाडि रुपन्देही । स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाल रुपन्देही– १ मा ५७८ मतले पछि परेका छन् । एमालेका छविलाल विश्वकर्मालाई पछ्याउँदै अघि बढिरहेका भुसालले पछिल्लो मतपरिणामअनुसार १,९६४ मत प्राप्त गरेका हुन् । यस्तै एमालेका विश्वकर्माले भने २५४२ मतसहित अ...
साढे सात सय मतले गृहमन्त्रीलाई पछि पार्दै बोहरा अघि बढे भैरहवा । रुपन्देही क्षेत्र नम्बर ३ मा दिपक बोहराको अग्रता कायम रहेको छ । १४ हजार सात सय ५५ मत गणना हुँदा बोहराले पाँच हजार ६ सय ५७ मतसहित अग्रता कायम गरेका हुन् । उनको निकटम प्रतिद्वन्द्वी एवं गृहमन्त्री बालकृष्ण खाणले  चार हजार नौ सय १० मत प्राप्त गरेका छन् । यति...
स्वतन्त्र उम्मेद्वार कापर भन्दा कति मतान्तरले पछि छन् महन्थ ठाकुर ? जनकपुर । महोत्तरी क्षेत्र न ३ लोकतान्त्रिक समाजवादी पार्टी का अध्यक्ष महन्थ ठाकुर पछि परेका छन् । नेकपा एमालेका बागी उम्मेदवार राम आधार कापरले उनलाई पछि पारेका हुन् । कापर ठाकुर भन्दा करिब १४ सय मतले अगाडि छन् । कापरले २८९३ मत ल्याउँदा ठाकुरले १५४५ मत ...
झापाका पाँच क्षेत्र मध्य कहाँ कसको अग्रता ? झापा । आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा झापामा नेकपा (एमाले)का अध्यक्ष ओलीसहित अर्का उम्मेदवार देवराज घिमिरे अग्रस्थानमा छन् भने नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र पार्टीका उम्मेदवारले एक÷एक ठाउँमा अग्रस्थान बनाएका छन् । क्षेत्र...
काठमाडौँ ६ मा रास्वपाका खनालको अग्रता कायमै काठमाडौं । काठमाडौँ क्षेत्र नं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल सात हजार सात सय ९६ मतसहित अग्रस्थानमा रहेका छन् । अपराह्न ३ बजेसम्म कूल १३ हजार तीन सय ४३ मत गणना हुँदा नेकपा (एमाले)का उम्मेदवार सर्वेन्द्र खनालले तीन हजार ६८ मत प्राप्त गरेका छन् । नेपाली ...
राजनीतिको यात्रामा तत्कालको जय–पराजय र अंकगणितले तात्विक प्रभाव पार्दैनः राजन भट्टराई काठमाडौं । काठमाडौं–४ मा एमालेका उम्मेदवार रहेका राजन भट्टराईले निर्वाचनमा लोकतन्त्रमा निर्वाचन नियमित प्रक्रिया भएको र एक पटकको जय–पराजय सधैँभरिको जय–पराजय हुन नसक्ने बताएका छन् । उनले संसदीय निर्वाचनको तत्कालको जय–पराजयले व्यक्ति र ...
राति २ बजेसम्म काठमाडौंका १० क्षेत्रमा को अगाडि ? काठमाडौं । सङ्घीय राजधानी काठमाडौँ जिल्लाका १० निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतगणना जारी छ । काठमाडौँका विभिन्न १० स्थानमा सोमबार विहानदेखि सुरु भएको मतगणना अधिकांश स्थानमा अहिले पनि जारी छ । सोमबार दिउँसोदेखि सुरु भएको काठमाडौँ क्षेत्र नं १ को मतग...
दाङ २ः अग्रता फराकिलो बनाउँदै रेखा, हजार बढी मतले पछि परे शंकर पोखरेल दाङ । दाङ २ मा माओवादी केन्द्रका रेखा शर्माले अग्रता कायमै राखेकी छन् । ८ हजार ५ सय मत गणना हुँदा सत्तागठबन्धनकी उम्मेदवार शर्माले एमालेका शंकर पोख्रेल भन्दा १ हजार २० मतले अग्रता लिएकी हुन् । शर्माले ३ हजार ६ सय ७३ मत प्राप्त गरेकी छिन् भने एमालेका ...
जुम्लामा माओवादीकी गोमा भन्दा झण्डै तेब्बर मतले अगाडी छन् ज्ञानेन्द्र शाही जुम्ला । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले अग्रतालाई बढाउदै लगेका छन् । पछिल्लो मतपरिणाम अनुसार उनले ८ सय ४७ मत ल्याएका छन् । उनकी निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रकी गोमा गौतमले २८४ मत पाएकी छिन् ...
कञ्चनपुर २ मा एनपी साउदको अग्रता काठमाडौ । कञ्चनपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेदवार एनपी साउदले सुरुवाती अग्रता लिएका छन् । कृष्णपुर नगरपालिकाको १ नम्बर वडाको मत गणना सम्पन्न हुँदा साउदले ११८ मतले अग्रता लिएका हुन् । उक्त वडामा खसेका ३ हजार २ सय मध्ये साउदले १ हजार ३२७ मत पाएका छन् । उनक...
मकवानपुर २ मा विरोध खतिवडाले लिए अग्रता मकवानपुर । मकवानपुर क्षेत्र नम्बर २ मा नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले अग्रता लिएका छन् । खतिवडाले अहिलेसम्म १ हजार ९ सय २० मत ल्याउँदा उनलाई एमालेका महेश बर्तौलाले १ हजार ६ सय ५ मतका साथ पछ्याइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ५ सय १ मत ल्याएका छन् । ...
बर्दिया २ मा एमालेका राठौंरलाई पछि पार्दै रेशम चौधरीका बुवाले लिए अग्रता बर्दिया । बर्दिया २ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरीले अग्रता लिएका छन् । अहिलेसम्मको मतगणनामा चौधरीले तीन हजार ४३६ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका सुरेश पन्थले एक हजार ९१० मत ल्याएका छन् । नेकपा एमालेका उम्मेदवार पंकजस...
रुपन्देही २ मा दुई पौडेलबीच टक्कर, घण्टीका पौडेलको अग्रता कायमै रूपन्देही । रूपन्देही २ मा नेकपा एमालेका बिष्णु पौडेल पछि परेका छन् । २ हजार १ सय मतगणना हुँदा पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल भन्दा ९१ मतले पछि छन् । रास्वपाका गणेश पौडेलले ७९८ मत ल्याएका छन् भने बिष्णु पौडेलले ७०७ मतले पछ्याइरहेका छन्। तेस्...
दाङ १ मा मेटमणीलाई पछ्याउँदै शान्ता, शान्ताको पछिपछि घण्टी दाङ । दाङ क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका उम्मेदवार मेटमणी चौधरीले अग्रता कायम राखेका छन् । सहरी विकासमन्त्रीसमेत रहेका चौधरीले एक हजार दुई सय मत गन्दा ४०४ मत प्राप्त गरेका छन् । यस्तै दोस्रो स्थानमा एमालेकी उम्मेदवार शान्ता चौधरी छन् । उनले ३२५ मतसहित मेट...
गुल्मी २ मा झाँक्रीलाई पछि पारे विष्टले गुल्मी । गुल्मी क्षेत्र नम्बर २ मा एमालेका गोकर्ण बिष्टले अग्रता बनाएका छन् । केहि समय अघि मात्र मतगणना सुरु भएको यस क्षेत्रमा १ सय मत गणना हुँदा बिष्टले ६१ मत प्राप्त गरेका छन् । उनलाई एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले ३२ मतका साथ पछ्याइरहेकी छिन् । मतदानका क्रममा बिभिन्न वि...
कैलाली १ र ३ मा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीलाई अग्रता कैलाली । प्रतिनिधिसभा निर्वाचनको कैलालीमा मतगणना सुरु भएको छ । मतगणना सुरु भएसँगै मतपरिणाम आउने क्रम जारी छ । कैलालीमा नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुईवटा निर्वाचन क्षेत्रमा अग्रता लिएको छ । कैलाली क्षेत्र नं १ मा पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र कै...
ललितपुर २ मा एमालेका महर्जन अघिअघि, लौरो पछिपछि काठमाडौं । ललितपुर क्षेत्र नं २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र हाम्रो नेपाली पार्टीबीच प्रतिस्पर्धा देखिएको छ । एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनलाई हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले पछ्याइरहेका छन् । शाक्यको चुनाव चिह्न लौरो हो । ललितपुर क्षेत्र नं २ का निर्व...
दोस्रो स्थानमा उक्लिएका सागर र देउवाबीचको मतान्तर कति ? काठमाडौं । डडेल्धुरामा स्वतन्त्र उम्मेद्वार सागर ढकाल दोस्रो स्थानमा उक्लिएका छन् । ५०० मत गन्दा तेस्रो नम्बरमा रहेका ढकाल एक हजार मत गणना हुँदा कांग्रेस बीपीका कर्णबहादुर मल्ललाई उछिन्दै दोस्रो नम्बरमा उक्लिएका हुन् । यस क्षेत्रमा एक हजार मत गणना हुँदा प्रधानमन्त...
भक्तपुर २ः झन्डै ७ सय मतले पछि परे महेश बस्नेत काठमाडौं । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेश बस्नेत फराकिलो मतान्तरले पछि परेका छन् । पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका दुर्लभ थापाले ६ हजार २०२ मत ल्याएका छन् भने बस्नेतले ५ हजार ५१० मत प्राप्त गरेका छन् । यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीका ...
सुनसरी– ४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको सुरुआती अग्रता सुनसरी । सुनसरी क्षेत्र नं ४ मा मतगणना सुरु भएको छ । इनरुवा– १ स्थित भगवती माविमा जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता छ । तीन सय मतगणना गर्दा कार्कीले एक सय ३७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका ज...
दाङ ३ मा कोमल वलीलाई उछिन्दै दीपक गिरी पहिलो नम्बरमा काठमाडौं । दाङ क्षेत्र नम्बर ३ मा गठबन्धनका दीपक गिरीले अग्रता बनाएका छन् । उनले नेकपा एमालेकी कोमल वलीलाई उछिन्दै पहिलो नम्बरमा आएका हुन् । दाङ ३ मा १३१८ मत गणना हुँदा गिरीले ६११ मत ल्याएका छन् भने वलीले ४८८ मत प्राप्त गरेकी छिन् ।
काठमाडौं–९ मा एमालेका श्रेष्ठ अघि, स्वतन्त्रका पोखरेल नौ मतले पछाडि काठमाडौं । काठमाडौँ क्षेत्र नं ९ मा प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कृष्णगोपाल श्रेष्ठ एक हजार एक सय ४४ मतसहित अगाडि छन् । नौ मतले पछि परेका राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल एक हजार एक सय ३५ मतस...
नेकपा एसको अग्रता कहाँ–कहाँ ? काठमाडौं । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक मतगणनामा धादिङ र सल्यानमा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ ।  धादिङमा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले ६ सय मात गन्दा ३१९ मतसहित अग्रता कायम गरेका हुन् । नेकपा एमालेका भूमि ...
सप्तरी– १ मा कांग्रेसको अग्रता, पछ्याउँदै जनमत पार्टीका राउत राजविराज । सप्तरी क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसले अग्रता लिएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका–८ स्थित सर्वोदय माध्यमिक विद्यालयमा जारी रहेको मतगनणामा लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रामदेव साहले छ सय ९२ म...
दाङ १ मा मेटमणि चौधरीको अग्रता, शान्ता पछिपछि काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सुरुवाती मतपरिणामअनुसार दाङ १ मा एकीकृत समाजवादीका उम्मेदवार मेटमणि चौधरीले अग्रताले लिएका छन् । सहरी विकासमन्त्रीसमेत रहेका चौधरीले दुई सय मतगन्दा ८९ मत प्राप्त गरेका छन् ।  यस्तै दोस्रो स्थानमा एमालेकी उम्मेदवार शान्ता चौधरी छ...
काठमाडौं ७ मा घण्टीलाई पछि पार्दै सूर्य अगाडी, मानुषी तेस्रो स्थानमा काठमाडौं । काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली पछि परेका छन् । उनलाई एमालेका श्याम घिमिरेले पछि पारेका हुन् । घिमिरेले ९४८ मत पाउँदा घण्टीका पराजुलीले ८५६ मतका साथ पछ्याइरहेका छन् । साथै? माओवादी केन्द्रकी मानुषी यमि ६९८ मतका साथ त...
इलाम २ मा पछि परे सुवास नेम्वाङ काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा एमालेका सुवासचन्द्र नेम्वाङ पछि परेका छन् । केहि समय अघि मात्र सुरु भएको मतगणनाको प्रारम्भीक परिणाम अनुसार नेम्वाङ कांग्रेसका डम्बर बहादुर खड्कासँग पछि परेका हुन् । यस क्षेत्रमा अहिलेसम्म ६७० मत गणना हुँदा नेम्वाङले २७५ प्राप्त गरेका छन् भने नेपाली कांग...
काठमाडौं ८ मा लौरो र घण्टीबीच भिडन्त, कलमका जीवनराम श्रेष्ठ चौथोमा काठमाडौं । काठमाडौं ८ मा लौरो चुनाव चिन्ह भएको हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीले अग्रता लिएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठलाई उछिन्दै अगाडी आएका हुन् । सायमीले ११३७ मत ल्याएका छन् भने श्रेष्ठले १०९१ मत ...
दाङ ३ मा कोमल वलीको अग्रता, घण्टीको कति ? दाङ– दाङ क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्य तर्फ नेकपा एमालले अग्रता बनाएको छ । दाङ ३ मा ८५५ मत गणना हुँदा नेकपा एमालेकी कोमल वलीले ३ सय ३६ मतका साथ अग्रस्थानमा छिन् । उनलाई गठबन्धनका दिपक गिरीले पछ्याइरहेका छन् । नेपाली कांग्रेसका नेता गिरीले ३२१ मत ल्याएका छन् । साथै, यस ...
स्थगन भएकामध्ये दुई स्थलमा मतदान जारी नवलपरासी। यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक विवादका कारण स्थगित भएकामध्ये दुई मतदानस्थलमा आज मतदान भइरहेको छ । स्थगित भएकामध्ये नवलपरासीपूर्व जिल्लाको देवचुली नगरपालिका–४ स्थित शान्ति सिर्जना आधारभूत विद्यालयमा आजै मतदान कार्य प्रारम्भ भए...
चुनाव जितेमा मुस्ताङका योगेश गौचन सम्भवत: कान्छो सांसद बन्ने कास्की। मुस्ताङमा जारी मतगणनाको रुझान हेर्दा मुस्ताङका योगेश गौचन सबैभन्दा कान्छो सांसद बन्ने देखिएको छ । मुस्ताङमा आधा मतगणना हुँदा कांग्रेसका गौचनले एमालेका प्रेमप्रसाद तुलाचनालाई पछि पार्दै हालसम्म थकालीले २०३५ मत ल्याएका छन् भने एमालेका उम्मेदवार १६५७ ले ...
उपेन्द्र र सीके राउतको निर्वाचन क्षेत्र सप्तरी–२ को मतगणना सुरू सप्तरी। सप्तरी १ र २ को मतगणना सुरु भएको छ । सोमबार बिहान ९ बजेबाट मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका निर्वाचन अधिकारी रमेश जोशीले जानकारी दिएका छन् । मतपेटिका संकलन कार्य मध्यरात सम्पन्न भएको सप्तरी ३ र ४ को मतगणनाका लागि बिहान १० बजे सर्व...
जीप दुर्घटना हुँदा बैतडीमा चारजनाको मृत्यु बैतडी । बैतडीमा प्रहरी बोकेको जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी जवान लोकन्द्रबहादुर थापा मगर, रमेश साउद र सहायक हवल्दार अर्जुन कठायत छन् । एकजनाको शव दुर्घटनाग्रस्त जिपमुनि रहेकाले निकाल्ने प्रयास भइरहेको छ । दुर्घटनामा घाइते भएका चारजनालाई नेपाल...
रुपन्देही–४ मा मतगणना शुरू रुपन्देही। रुपन्देहीको ४ नम्बर निर्वाचन क्षेत्रको मतगणना शुरू भएको छ । सर्वदलीय बैठकको निर्णयअनुसार बिहान साढे ९ बजेदेखि मतगणना शुरू भएको हो । रुपन्देहीको कोटहीमाइ गाउँपालिकाको भवनमा मतगणना शुरू भएको निर्वाचन अधिकृतको कार्यालय प्रमुख देवेन्द्रराज आचार्यले जानकारी दिए । प्रतिनिधिसभा सदस्यमा सत...
कास्की २ मा स्वतन्त्रका कँडेलको अग्रता कास्की । कास्की निर्वाचन क्षेत्र नं २ को प्रतिनिधि तथा प्रदेशसभा सदस्यको मतगणना सुरु गरिएको छ । प्रतिनिधिसभा सदस्यको पाँच सय मतगणना गर्दा स्वतन्त्र पार्टी (घण्टी) चिन्नका उम्मेदवार माधवराज कँडेलले सबैभन्दा धेरै एक सय ६२ मत प्राप्त गरेका छन्, भने नेकपा (एमाले) की विद्या भट्टराईले ए...
धनुषा–३ मा मतगणना जारी, एमालेको अग्रता धनुषा। मधेस प्रदेशका जिल्लामा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना प्रक्रिया सुरु भएको छ । अहिलेसम्म प्रदेशका आठ जिल्लामध्ये धनुषाको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा मात्रै मतगणना सुरु भएको छ । धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले सो क्षेत्र...
बाँके क्षेत्र नं ३ को मतगणना सुरु बाँके। बाँके जिल्ला निर्वाचन क्षेत्र नं ३ को मतगणना सुरु भएको छ । सर्वदलीय सहमतिका आधारमा मतगणना सुरु थालिएको हो । बाँके क्षेत्र नंं १ र २ को मतगणना बिहान १० बजेदेखि सुरु गर्ने सर्वदलीय सहमति भएको बाँकेका मुख्य निर्वाचन अधिकृत धनसिंह महराले बताए। प्रतिनिधिसभातर्फ क्षेत्र नं १ मा गठबन्ध...
देवचुलीमा मतदान जारी, नवलपुरमा ६६ प्रतिशत मतदान नवलपरासी । बर्दघाट–सुस्तापूर्वको निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने देवचुली नगरपालिकाका–४ मा मतदान जारी रहेको छ । आइतबार सो वडाको शान्ति सृजना आधारभूत विद्यालयको मतदान केन्द्रको मतदान स्थगित गरिएको थियो । नवलपुरका मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले आज साँझ ५ बजेसम्...
काठमाडौं–७ मा स्वतन्त्र पार्टी पहिलो, एमाले तेस्रो काठमाडौँ। काठमाडौं क्षेत्र नम्बर ७ को मतगणनाको प्रारम्भिक नतिजामा  सार्वजनिक भएको छ। प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले  १७७ मतसहित अग्रता लिएका हुन्। उता, अर्का स्वतन्त्र उम्मेदवार यादवलाल कायस्थले १०८ मत पाएका छन् भने नेकपा एमालेका उम्मेद...
महोत्तरीमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न, ६५ प्रतिशत मत खस्यो महोत्तरी । महोत्तरीमा कुल मतको ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा ३ लाख ९७ हजार मतदाता छन् । जसमध्ये २ लाख १५ हजार  १ सय ३१ पुरुष र १ लाख ८१ हजार ८ सय ९८ महिला रहेको छन् । मतदानस्थलमा स्थानिय निर्वाचनको जस्तो खासै उ...
सिन्धुपाल्चोकमा ५६.२१ प्रतिशत मत खस्यो सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिन्धुपाल्चोकमा ५६. २१ प्रतिशत मत खसेको छ । आइतबार बिहान सात बजेदेखि सुरु भएको सम्पन्न मतदानमा एक लाख ४६ हजार तीन सय ४९ मत खसेको छ । पुरुष ८० हजार ८ सय ६२ जना ६५ हजार ४ सय ४२ जना महिलाले मतदान गरेका छन...
हिमाली गाउँका मतपेटिका हेलिकप्टरमार्फत ल्याउने तयारी ताप्लेजुङ । ताप्लेजुङका हिमाली गाउँका मतपेटिकाहरू सोमबार मात्र सदरमुकाम ल्याउने तयारी भएको छ । फक्ताङलुङ गाउँपालिकामा पर्ने हिमाली बस्तीहरू घुन्सा, ग्याब्ला, याङ्मा र ओलाङचुङगोलाका मतपेटिका सोमबार बिहान हेलिकप्टरमार्फत ल्याउने तयारी भएको मुख्य निर्वाचन अधिकृत निर्मला...
बैतडीमा ११३ वर्षीया महिलाले गरिन् मतदान बैतडी । बैतडीको पाटन नगरपालिका वडा न.४ ठाँड निवासी मानमती देवी भट्टले यसपाली १ सय १३बर्षको उमेरमा मतदान गरेकी छन् । उनले यसअघिका अधिकांश चुनावमा मतदान गरेकी छन् । २०१५ सालमा चुनाव हुँदा मानमती ४९ वर्षकी थिइन् । उनले त्यसयताका सबै चुनावमा भोट हालेको बताइन् । जेठो मतदाताका कारण उनी...
मनाङमा मतदाताको उल्लासपूर्ण सहभागीता, ७३ प्रतिशत मत खस्यो लमजुङ । हिमालपारिको जिल्ला मनाङमा  मतदाताको उल्लासपूर्ण सहभागीता रहेको छ ।  जिल्ला निर्वाचन कार्यालय मनाङका प्रमुख पुस्पराज शर्माका अनुसार मनाङमा ६ हजार सात सय ७९ मतदाता रहेकोमा  अस्थायी मतदाता ७३ प्रतिशत मत खसेको छ ।  जिल्लामा जम्मा ४ हजार ८ सय ४५ मत खसेको छ । ...
काठमाडौंमा मतपेटिका संकलन सुरु (फोटोफिचर) काठमाडौं । आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा काठमाडौंमा मतदान सकिएको छ । काठमाडौंका दस वटा निर्वाचन क्षेत्रका ७ सय ६७ वटै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको हो । मतदान सम्पन्न भएसँगै मतपेटिका संकलन कार्य सुरु भएको छ । काठमाडौंका १० स्थानमा म...
सिद्धार्थनगर– ११ मा विवाद, एक जना घाइते भैरहवा । रुपन्देहीको सिद्धार्थनगर–११ मा रहेको मतदानस्थल अगाडि विवाद हुँदा एक जना स्थानीय घाइते भएका छन् । सिद्धार्थ नगरपालिका –११ को भुजौलि प्राविमा रहेको मतदान हुँदै गर्दा  स्थानीयबीच  विवाद सृजना भएको थियो । सत्ता गठबन्धनका पक्षधरले स्थानीय ३९ वर्षीय तबरेज आलममाथि आक्रमण गरेको ...
रोकिएका केन्द्रमा मतदान कार्य सुचारु गर्ने प्रयासमा आयोग काठमाडौं । निर्वाचन आयोगले विभिन्न स्थानमा रोकिएका मतदान प्रक्रिया सुचारु गर्ने प्रयास भइरहेको जनाएको छ । अपरान्ह साढे ३ बजेसम्म रोकिएका १५ मतदान केन्द्रको मतदान कार्य पुनः सुरु गर्ने प्रयास भइरहेको आयोगको भनाइ छ । साथै आयोगले अहिले देशभर शान्तिपूर्ण रूपमा मतदान...
संविधान, गणतन्त्र र समावेशीताका लागि मतदानः बिमलेन्द्र निधि जनकपुरधाम । नेपाली कांग्रेसका पूर्व उपसभापति बिमलेन्द्र निधिले संविधान, लोकतान्त्रिक गणतन्त्र र समावेशीताको सुदृढीकरणका लागि बढिभन्दा बढी नागरिक मतदानमा सहभागी हुनुपर्ने बताएका छन् । धनुषा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–३ को प्रदेशसभा १ स्थित नगराइन नगरपा...
तस्बिरमा हेर्नुहोस् शीर्ष नेताहरूको मतदान काठमाडौं । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभा र प्रदेशसभाको यो दोस्रो निर्वाचनको आज मतदानको दिन मतदान जारी छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दा...
गर्भवती कुकुर्नीलाई २५ जना कलेजका विद्यार्थी मिलेर सामूहिक बलात्कार काठमाडौं । दिल्लीमा एउटा यस्तो क्रुरताको घटना बाहिर आएको छ, जसले तपाईलाई लज्जित तुल्याउनेछ । एक गर्भवती सडक कुकुरलाई पहिले २५ विद्यार्थीहरूको समूहले सामूहिक बलात्कार गरेको थियो, त्यसपछि लाठीले कुटेर मारिएको थियो। आरोपितहरू दक्षिण दिल्लीको डन बोस्को टेक...
मुलुकभर निर्वाचन जारी, अवस्था कस्तो ? {भिडियो} काठमाडौं । मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान भइरहेको छ । देशभर छिटपुट घटनाबाहेक मतदान शान्तिपूर्ण मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दि...
होटल इच्छा दिनभर प्रहरीको घेरामा, सत्ता शक्तिको दुरुपयोग नगर्न स्वतन्त्र उम्मेदवार वाग्लेको आग्रह बारा । बारा क्षेत्र नम्बर ४ का स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्लेको लगानी रहेको सिमरास्थित होटल इच्छामा शनिबार दिनभर नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका ३ मा रहेको होटल परिसर भित्...
यी हुन् निर्वाचनमा मतपत्र बदर हुन सक्ने सात अवस्था काठमाडौं । आइतबार प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले आम निर्वाचनका क्रममा मतपत्र बदर हुन नदिन मतदाता शिक्षामा समेत बल गरिरहेको छ । निर्वाचनको पूर्वसन्ध्यामा मतपत्र बदर हुने अवस्था उल्लेख गर्दै...
स्थिर समयको फुर्सदमा पत्नीसँग साग केलाउँदै ओली काठमाडौं । आइतबार प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुँदै छ । मतदान सुरुहुनु ७२ घण्टा अघिबाट स्थिर समय चलिरहेको छ । यस अवधिमा मतदाता भेटघाट देखि प्रचारप्रसारसम्मका सबै कुरा बन्द भएपछि उम्मेदवारहरु फुर्सदमा छन् । सामाजिक संजाल मार्फत पनि उम्मेदवारहरुले मतदातासंग भोट माग्न नप...
निर्वाचनको सम्पूर्ण तयारी पूराः निर्वाचन आयोग काठमाडौं । नेपालको संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणालीबमोजिमको दोस्रो आमनिर्वाचन आइतबार मङ्सिर ४ गते एकैचरणमा मुलुकभर हुँदैछ । मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिब दुई लाख ४६ हजार नौ सय ६० कर्मचारी एवं आवश्यकताअनुसारका सुर...
यी परिचयपत्रका आधारमा मतदान गर्न पाइने काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन आयोगबाट जारी मतदाता परिचयपत्रको विकल्पमा अन्य पाँच प्रकारका सरकारी परिचयपत्रको सक्कलका आधारमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ । मतदानका लागि आयोगबाट जारी मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिच...
मतदान अधिकृत मतदान केन्द्रमै मदिरा सेवन गरेर गएपछि… कपिलवस्तु । नैतिक आचरण विपरीत मदिरा सेवन गरेको आरोपमा एक मतदान अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ । जिल्लाको क्षेत्र नम्बर ३ (२) को कृष्णनगर नगरपालिका–४ मा रहेको गणेश आधारभूत विद्यालय बालानगर ’ख’ केन्द्रका मतदान अधिकृत वेदप्रसाद पन्थीलाई जिम्मेवारीबाट हटाइएको हो । प्रत...
सिरहामा दुई थान बेवारिसे भरुवा बन्दुक बरामद सिरहा । सिरहाको मिर्चैया नगरपालिकाको जंगल क्षेत्रमा पर्ने कमल दह नजिक धुर्मी खोला किनारमा प्रहरीले दुई थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब निरीक्षक सुवाष बुढाथोकीका अनुसार हातहतियार बोकेर केही मानिस घुमिरहेको भन्ने स...
निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीले कस्ता सेवासुविधा पाउँछन् ? काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यसपटक निर्वाचन आयोगले दुई लाख ४६ हजार नौ सय ६० कर्मचारी खटाएको छ । देशभरका २२ हजार दुई सय २७ मतदान केन्द्र, एक सय ४१ अस्थायी मतदान केन्द्र र १० हजार आठ सय ९२ मतदानस्थलमा मतदान अधिकृत, सहायक मतदान अध...
मनाङ १ मा ६ हजार ७७९ मतदाताका लागि २८ मतदान केन्द्र मनाङ । आइतबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनाङ क्षेत्र नम्बर १ मा कूल ६ हजार ७७९ मतदाताका लागि २८ वटा मतदान स्थल र मतदान केन्द्र तोकिएको निर्वाचन आयोगले जनाएको छ । यस क्षेत्रमा ३ हजार २८१ पुरुष मतदाता छन् भने ३ हजार ४९८ जना महिला मतदाता छन् । यस क्षेत्रमा तीन वट...
मौन अवधिमा प्रचार गरेको भन्दै पर्साबाट दुई जना पक्राउ वीरगञ्ज । मौन अवधिमा चुनाव प्रसार गरेको भन्दै प्रहरीले पर्साबाट दुई जनालाई पक्राउ गरेको छ । जगरनाथपुर गाउँपालिका–४ का ४५ वर्षीय सहवीर अहमद र सिन्धुलीको दूधौली–९ का २१ वर्षीय सुरज साहलाई पक्राउ गरेको हो । सुरज सवारी चालक हुन् । पर्सा–४ मा पर्ने कालिकामाई गाउँपालिका–१...
१८५ जना यौनिक तथा लैंगिक अल्पसंख्यकले मतदान गर्न पाउने, सबैभन्दा धेरै मधेशमा काठमाडौं– आइतबार हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा देशभरबाट १८५ जना यौनिक तथा लैंगिक अल्पसंख्यकल मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले प्रकाशित गरेको अन्तिम मतदाता नामावलीमा देशभरबाट १८५ जना मतदाताले भोट हाल्न पाउने भएका हुन् । जसम...
प्रत्येक मतगणना स्थलमा प्रेस कर्नर स्थापना गर्ने आयोगको निर्णय काठमाडौं । निर्वाचन आयोगले प्रत्येक मतगणना स्थलमा प्रेस कर्नर स्थापना गर्ने निर्णय गरेको छ ।  पत्रकार तथा सञ्चारमाध्यमलाई मतगणनाको सूचना प्राप्तिमा सहज गराउन प्रेस कर्नर स्थापना गर्ने निर्णय गरेको आयोगले जनाएको छ । त्यस्तो प्रेस कर्नरमा निर्वाचन अधिृकत वा अ...
‘३० लाखमा पनि चुनाव जित्छ यार’ भनेपछि मनाङ्गेलाई आयोगद्वारा २५ हजार जरिवाना काठमाडौं । निर्वाचन आयोगले गण्डकी प्रदेश सभा सदस्य मनाङ (२) का उम्मेदवार, एवम् गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दिपक मनाङ्गे) लाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । गुरुङले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी निर्वाचन खर्च ...
नेपाल र युएइबीचको क्रिकेट खेलमा सट्टेबाजी गर्ने ४४ भारतीय पक्राउ काठमाडौं । नेपाल र युएईबीचको क्रिकेट सिरिजमा सट्टेबाजी गर्ने ४४ भारतीय नागरिकलाई प्रहरीले आज पक्राउ गरेको छ । उक्त एक दिवसीय क्रिकेट सिरिज भइरहेको स्थान कीर्तिपूरमा भारतमा दर्ता रहेका विभिन्न अनलाइन साइटमार्फत पेशेवररूपमा अनलाइन सट्टेबाजी (जुवा) खेलिरहेको...
देशकै प्रमुख व्यापारिक नाका ७२ घण्टाका लागि बन्द वीरगन्ज । वीरगञ्जको इनर्वास्थित भन्सारको मुख्य सडकमा शुक्रबार सशस्त्र प्रहरीले बेरिकेट लगाई वाहन तथा व्यक्तिको आवतजावतमा रोक लगाएको छ । निर्वाचनका बेला सीमापारिबाट हुन सकिने सम्भावित आपराधिक गतिविधिलाई रोक्न आवतजावतमा रोक लगाइएको हो । भारतसंँग जोडिएका जिल्लाको सबै नाकाला...
नेपाल एयरलाइन्सले भैरहवाबाट नयाँदिल्ली उडान गर्ने काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँदिल्लीमा उडान गर्ने भएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले मङ्सिर १२ गतेदेखि गौतमबुद्ध विमानस्थलबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय उडानका रु...