content
stringlengths
20
64.1k
बैतडीको बडियाँ बजारका दुई पसलमा लाखौंको चोरी काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका-२ स्थित बडियाँ बजारमा चोरी भएको छ । शुक्रबार राति पसलको ताल्चा फोडेर दुई लाख रकम बढीको मालसमान र नगद चोरी भएको व्यापारीले बताएकाछन् । स्थानीय व्यापारी उमापति भट्टले सञ्चालन गरेको केदार भूमिराज मसानी ट्रेडर्सबाट एक लाख ५० हजार बराबरको ...
सामुदायिक वनमा युवक मृत फेला काठमाडौं ।कैलालीको दक्षिण–पूर्वी जानकी गाउँपालिकास्थित अमरावती सामुदायिक वन क्षेत्रमा एक युवकलाई घाँटी रेटिएको अवस्थामा आज मृत फेला पारिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले सोही ठाउँका २५ वर्षीय अरुन दास मृत फेला परेको बताए । जोशीले भने, “युवकको घाँटी रेटेर...
लागुऔषध र जिउँदो सालकसहित पक्राउ काठमाडौं ।काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध एक हजार ४४० ट्याब्लेट नाइट्राभेटसहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको मोहनपुर गाउँपालिका–५ बस्ने २० वर्षीय गुड्डुकुमार राम रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सर्लाहीबाट काठ...
कार्यकारी निर्देशक घिसिङ सम्मानित काठमाडौँ । उज्यालो नेपालको अभियानमार्फत नेपालीलाई उज्यालो पुर्‍याई अतुलनीय योगदान गरेकामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मानित भएका छन् । लोडसेडिङ हटाएर नेपालीको घर घरमा खुसी ल्याउन महत्वपूर्ण योगदान गरेकाले कार्यकारी निर्देशक घिसिङलाई उत्कृष्ठ राष्ट्रसेव...
लमजुङमा नगदसहित आठ जुवाडे पक्राउ काठमाडौं ।जिल्ला प्रहरी कार्यालय लमजुङले नगदसहित आठ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले बेसीशहर नगरपालिका ७ भिमसेनस्थानस्थित सुरेश श्रेष्ठको घरमा शुक्रबार राति साढे ९ बजे हार जितको बाजी राखी जुवा खेल्दै गरेको अवस्थामा घरधनी श्रेष्ठसहित आठ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्य...
घाँटी रेटेर युवकको हत्या काठमाडौं ।कैलालीको जानकी गाउँपालिकामा एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । हत्या हुनेमा जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दाश रहेका छन् । जानकी गाउँपालिका–९ स्थित अमरावती सामुदायिक वनमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नाय...
भोलिदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप काठमाडौँ ।सरकारले भोलिदेखि ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो मात्रा यही पुस ४ देखि १४ गतेसम्म विद्यार्थीलाई लगाउने भएको मन्त्रालयका प्रवक्ता डा सङ्ग...
यौन दुव्र्यवहारका घटनामा वृद्धि काठमाडौं ।जुम्लामा बलात्कार तथा यौन दुव्र्यवहारका घटना क्रमशः बढ्दै गएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक जुम्लाले सार्वजनिक गरेको तथ्याङ्कमा यो वर्ष नौ वटा बलात्कार तथा यौन दुव्र्यवहारका घटना भएका छन् । अघिल्लो वर्ष बलात्कारका तीन र यौन दुव्र्यवहारका पाँच गरी आठ वटा घटना घटेका ...
केटीको बिहे गर्ने न्यूनतम उमेर १८ वर्षबाट बढाएर २१ वर्ष बनाइएपछि चर्को विवाद काठमाडौं। केटीको विवाह गर्ने न्यूनतम उमेर १८ वर्षबाट बढाएर २१ वर्ष बनाउने प्रस्तावलाई भारतको केन्द्रीय मन्त्रिमण्डलले मन्जुरी दिएपछि एआइएमआइएम सांसद असदुद्दीन ओवैसी समेत कैयौं नेताहरुले विरोध गरेका छन् । लोकसभा सांसद ओवैसीले ट्वीट गरेर भनेका छ...
चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ काठमाडौँ ।काठमाडौँ महानगरपालिका–१३ छाउनीमा ट्याक्सी चालकमाथि चक्कु प्रहार गर्ने एक व्यक्तिलाई आज साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कलैया बस्ने १९ वर्षीय विकास सराब रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । उनको चक्कु प्रहारबाट बा १ ज १४४६ नम्बरका ट्याक्सी चाल...
मर्यादित वैदेशिक रोजगारीमा जिफन्टको जोड काठमाडौं । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सरकारसँग अनुरोध गरेको छ । अन्तरराष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२१ को सन्दर्भ पारेर आज आयोजित कार्यक्रममा जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले वैदेशिक रोजगारका क्षेत्रमा देखिएको वेथ...
टिपरको ठक्करबाट एकै परिवारका तीनको मृत्यु काठमाडौं। सिरहाको लहान–ठाडी सडकखण्डअन्तर्गत लहान नगरपालिका–३ स्थित सडकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । स१क २६१ नम्बरको टिपरले प्रदेश २–०१–००२ प २६८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सप्तरीको बलान वि...
खाद्य संस्थान भन्छः ‘धान किन्छौँ तर स्तरीय मात्रै’ काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले सरकारले तोकेको मापदण्डका आधारमा स्तरीय धान मात्रै खरिद गरिने जनाएको छ । कैलाली/कञ्चनपुरमा किसानले धान बिक्री भई नरहेको दुखेसो पोखिरहेका बेला कम्पनीले सरकारले तोकेको मापदण्डका आधारमा स्तरीय धान खरिद गरिने जन...
जापानको एक भवनमा आगलागी, २७ जनाको मृत्यु भएको आशंका टोक्यो : जापानको ओसाका सहरमा रहेको एउटा व्यापारिक भवनमा आगलागी भएको छ। उक्त आगलागीमा परि कम्तीमा २७ जनाको मृत्यु भएको आशंका गरिएको छ। साथै, आगलागीबाट २८ जना घाइते भएका छन् । उद्दार कार्य जारी रहेकाले मृतकको संख्या बढन सक्ने माइनीची सिन्बुनमा समाचार छ। ओशाकास्थित ८ तले...
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका–१० लालगढमा आज साँझ यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख २५५९ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा ४९ प ६८८९ नम्बरको मोटरसाइक...
नागरिक लगानी कोष र अन्नपुर्ण न्यूरो अस्पताल सम्झौता काठमाडौँ । नागरिक लगानी कोष र अन्नपुर्ण न्युरोलोजिकल इन्स्टिच्युट एण्ड एलिड साइन्सबीच कोषका सहभागीलाई छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र अन्नपुर्ण न्यूरो अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा। शरदहरि गज...
सबै स्थानीय तहमा इन्टरनेट सेवा उपलब्ध गराउन सम्झौता काठमाडौं । नेपाल टेलिकमले देशका सबै स्थानीय तह र अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य कार्यालय, सामुदायिक विद्यालय र स्थानीय तहमा रहेका अन्य सरकारी कार्यालयमा टेलिफोन तथा ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । त्यसका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्...
सरकारी भवन शहरी विकास मन्त्रालयले नै बनाउन निर्देशन काठमाडौं । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले नेपाल सरकारका भवन तथा कार्यालय शहरी विकास मन्त्रायलले नै मापदण्डानुसार र गुणस्तरीय बनाउन निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले सरकारी भवन मन्त्रालयले नै निर्माण गर्ने नीतिगत व्यवस्था भएकामा हाल सम्बद्ध सरकारी निक...
मनकामनाको केबलकार चार दिनका लागि बन्द काठमाडौँ। मनकामनाको केबलकार चार दिन बन्द हुने भएको छ ।  गेयर बक्स र टावरको मर्मत गर्नुपर्ने भएकाले पुष ४ गतेदेखि ७ गतेसम्म केबलकार बन्द गर्नुपर्ने कम्पनीले जनाएको छ । केबलकारको स्तरोन्नतिका लागि अष्‍ट्रियाका प्राविधिकले अनुगमन गर्नेछन् । केबलकार बन्द रहे पनि स्टेशन वरिपरि रहेको रेष...
नेपाल विद्युत प्राधिकरणको सबै आय संकलन काउन्टरहरू पाँच दिनको लागि बन्द काठमाडौँ। नेपाल विद्युत प्राधिकरणको सबै आय संकलन काउन्टरहरू पाँच दिनको लागि बन्द हुने भएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै बिलिङ सिस्टम अद्यावधिक गर्नुपर्ने भएकाले आज पुस १ गतेदेखि आगामी पुस ५ गतेसम्मका लागि सबै आय संकलन काउन्टरहरू बन्द गरिएको ज...
तलब र अन्य सेवा सुविधा नदिएको भन्दै शिक्षकहरूले गरे विद्यालयमा तालाबन्दी बझाङ। बझाङ छबिसपाथिभेरा गाउँपालिका–७ मा रहेको मजखोरी माविमा कार्यरत निजी स्रोतका शिक्षकहरूले बुधबार विद्यालयको प्रशासन कक्षमा तालाबन्दी गरेका छन् । शिक्षकले  तलब नपाएपछि विद्यालय प्रशासन कक्षमा तालाबन्दी गरेका हुन्। १८ महिनासम्म पनि तलब र अन्य सेव...
धौलीगाड खानेपानी आयोजनाको बहुवर्षीय ठेक्का सहमति जुम्ला । कर्णाली प्रदेशकै गौरवको आयोजना धौलीगाड बृहत् खानी पानी आयोजनाको बहुवर्षीय ठेक्का सहमति प्रदान गर्ने निर्णय भएको छ । समुद्री सतहदेखि करिब चार हजार मिटर उचाइमा रहेको धौलीगाड बृहत् खानी पानी आयोजनाको बहुवर्षीय ठेक्का सहमति प्रदान गर्ने निर्णय भएको हो । नेपाल सरकार ...
कांग्रेस महामन्त्रीको मतगणना बिहीबार बिहान ८ बजेदेखि काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत महामन्त्रीको मतगणना बिहीबार बिहान ८ बजेदेखि सुरु गरिने भएको छ । कांग्रेस निर्वाचन समितिका अनुसार बुधबार साँझबाट उपसभापतिको मतगणना थालिएकोमा बिहीबार बिहानबाट महामन्त्रीको मतगणना सुरु गरिने छ । कांग्रेसको नयाँ नेतृत्व...
सभापतिज्यू ! अब गुटको होइन कांग्रेसको सभापति बन्नुहोस्: गगन थापा काठमाडौं । नेपाली कांग्रेसका नेता एवं महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवालाई अबको ‘इनिङ’मा गुटको नभइ सिंगो पार्टीको सभापति बन्न सुझाब दिएका छन् । १४औं महाधिवेशन समापनपछि काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा उनले यस्तो बताए...
रासायनिक मलको माग गर्दै सप्तरीका किसानले गरे जिल्ला प्रशासन कार्यालय घेराउ सप्तरी – सप्तरीका किसानले रासायनिक मल माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शनसहित घेराउ गरेका छन्।  रासायनिक मलको माग गरेर केही दिनदेखि आन्दोलन गर्दै आएका किसानले बुधवार जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शनसहित घेराउ गरेका हुन्। गहुँ ...
हङकङको सपिङ सेन्टरमा भीषण आगलागी हङकङ। हङकङको सपिङ सेन्टरमा भीषण आगलागी भएको छ। आगलागी हुँदा ३ सयभन्दा बढि मानिस सपिङ सेन्टर भित्रै फसेका छन् । हङकङको वल्र्ड ट्रेड सेन्टरको भवनमा बुधवार भीषण आगलागी हुँदा ३ सयभन्दा बढि मानिसहरु फसेका हुन् । आगलागी ३८ तले भवनमा मध्यान्ह १२:२७ बजे भएको हो । विद्युतीय तार सर्ट हुँदा आगलागी...
बसको ठक्करबाट ६० वर्षीया वृद्धाको मृत्यु जनकपुर। जनकपुरधामस्थित नयाँ बसपार्कमा बसले ठक्कर दिँदा ६० वर्षीया वृद्धाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका अनुसार बुधबार बिहान महोत्तरीको जलेश्वरबाट जनकपुरधाम आइरहेको ना ३ ख २६१० नम्बरको बसले ठक्कर दिँदा ६० वर्षीया वृद्धाको मृत्यु भएको हो । जलेश्वरबाट आएको ...
देउवालाई दिए नेपालले बधाई काठमाडौं । कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले  बधाई दिएका छन् । अध्यक्ष नेपालले सामाजिक सञ्जाल फेसबुक मार्फत बधाई दिएका हुन् । उनले फेसबुकमा लेखेका छन्,’दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसको सभापतिमा निर्वाचित हुनुभएकोमा सम्...
टिप्परको ठक्करबाट युवराजको मृत्यु हेटौंडा । हेटौंडामा टिप्परको ठक्करबाट १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनको रत्ननगरका ४० वर्षीय युवराज आचार्य रहेको प्रहरीले जनाएको छ । आज बिहान हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ख १८४९ नम्बरको टिप्परले चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ४९ प ८२५२ नम्बरको मो...
थाइल्याण्डमा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ जनाको मृत्यु एजेन्सी। थाइल्याण्डमा एक सैन्य हेलिकप्टर दुर्घटनामा परेको छ। मंगलबार सैन्य प्रशिक्षण उडानमा रहेको थाई हेलिकप्टर दुर्घटनामा परेको हो। चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार हेलिकप्टर दुर्घटना हुँदा चालक दलका दुवै सदस्यको मृत्यु भएको छ। यो विमान दुर्घटनाबारे अन...
काँग्रेस सभापतिको १३ सय मतगणना गर्दा कसको कति मत ? काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा शेरबहादुर देउवाले अग्रता लिएका छन् । प्रारम्भिक मतमै अगाडि रहेका देउवाले प्रतिद्वन्द्वी डा शेखर कोइरालासँग अग्रता बढाउँदै लगेका हुन् । देउवा र शेखरको मतअन्तर दुई सय कटेको छ । एक हजार तीन सय मत गनिसक्दा देउवाले ७६१ मत प्राप्त गरे...
कांग्रेस सभापतिमा देउवाको सुरुवाती अग्रता काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा शेरबहादुर देउवाले अग्रता लिएका छन् । राष्ट्रिय सभागृहमा जारी दोस्रो चरणको मतदानअन्तर्गत जारी मतगणनाको प्रारम्भिक नतिजामा देउवाले अग्रता लिएका हुन् । तीन  सय मत गन्दा देउवाले १७४ मत प्राप्त गरेका छन् । शेखर कोइरालाले १२४ मत प्राप्त गरेका ...
कांग्रेस सभापतिको पुनः मतदानको मतगणना (तस्बीरहरु) काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि मतगणना सुरु भएको छ । राष्ट्रियसभा गृहभित्र तीन ठाउँमा मंगलबार राति ११ बजेर १५ मिनेटमा गणना सुरु भएको हो । पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवार ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दिउँसो साढे ३ बाट मतदान भएको थियो । ...
ऋण तिर्न नसकेपछि अनिल अम्बानीको कम्पनी लिलामीमा बेचियो, ऋणको १ चौथाइ मात्र पर्‍यो काठमाडौं। ऋणमा डुबेको अनिल अम्बानीको कम्पनी रिलायन्स नेवल एण्ड इन्जिनियरिङ लिमिटेड (आरएनइएल) अब मुम्बइका उद्योगपति निखिल भी मर्चेन्टको हुने भएको छ । लिलामी प्रक्रियामा निखिलले सबैभन्दा धेरै मूल्य कबोल गरेर यो कम्पनी अधिग्रहणको अधिकार पाएक...
विभिन्न काम बनाइदिन्छु भन्दै रकम असुल्ने महिला पत्रकार पक्राउ काठमाडौँ। विभिन्न काम बनाइदिन्छु भन्दै रकम असुल्ने एक महिला पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एन्जिना कार्की रहेकी छिन् । महानगरीय प्रहरी प्रभाग जनसेवा, न्यूरोडले मंसिर २२ गते बसन्तपुरबाट एक लाख नगदसहित  कार्कीलाई पक्राउ गरेको हो।  बिशालबजा...
कोरोनाको ओमिक्रोन भेरिएन्टबाट पहिलो मृत्यु काठमाडौं। कोरोनाभाइरसको ओमिक्रोन भेरिएन्टको संक्रमणबाट सोमबार पहिलो मृत्यु भएको छ । यही बीचमा नर्वे सरकारले आफ्नो देशमा आंशिक रुपमा लकडाउन लगाएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार बेलायतमा २७ नोभेम्बरमा ओमिक्रेनको पहिलो केस भेटिएको थियो । सोमबार बेलायतमै एक व्यक्तिको ओमिक्रो...
जम्मू कश्मीरको श्रीनगरमा आक्रमण, २ प्रहरीको मृत्यु भारत।  भारतको जम्मू कश्मीरमा प्रहरीको एक बसमा आक्रमण भएको छ । उक्त आक्रमणमा परि दुई प्रहरीको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । अन्ध्यारोको फाइदा उठाउँदै चरमपन्थी समूहले आक्रमण गरेको अधिकारीहरुले बताएका छन्। घटना भएको जेवन क्षेत्रलाई अहिले सुरक्षाबलले घेराबन्दी ...
कर्मचारीमाथि कुटपिट काठमाडौं । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका कार्यालय परिसरमा फोटोसहितको मतदाता नामावली सङ्कलन गर्न पुगेका कर्मचारीमाथि कुटपिट भएको छ । बेथानचोक गाउँपालिका–२ का विष्णुप्रसाद सापकोटा अर्को जिल्लामा विवाह भएर गएको छोरीको विवरण भर्न आएपछि के गर्ने भन्ने विषयमा भएको विवादमा नामावली दर्ता गर्ने कर्मचा...
सामान्य विवादमा कुटाकुट हुँदा दाजुको मृत्यु हेटौंडा। मकवानपुरमा आफ्नै दाजुको हत्या आरोपमा भाइ पक्राउ परेका छन् । उत्तर पश्चिममा रहेको कैलाश गाउँपालिका वडा नम्बर ६ तल्लो पकनीका ३३ वर्षीय नन्दरे मोक्तानको हत्या आरोपमा ३० वर्षीय सीताराम मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ। दाजु र भाइ बीच सामान्य विवादमै कुटपिट हुँदा नन्दरे...
धनुषामा रासायनिक मलको अभाव, दिनभर डिलरमा कुरेर बस्छन् किसान जनकपुर । धनुषाका किसान यतिवेला गहुँको बीउ छर्ने बेलामा रासायनिक मल नपाएर समस्यामा परेका छन् । मल नपाउँदा गहुँको उत्पादन न्यून हुने हो की भन्ने चिन्तामा उनीहरु छन् । जनकपुरधाम उपमहानगरपालिका–१० का किसान रोहित साह नजिकैको डिलरमा मल खरिद गर्न गए तर पाएनन् । दुई द...
मिर्गौलापीडितलाई पाँच लाख बढी सहयोग काठमाडौं।आर्थिक अभावका कारण उपचारमा समस्या झेलिरहनु भएकी गलकोट नगरपालिका–१० पाण्डवखानीकी मिर्गौलापीडित १९ वर्षीया मुना सुनारलाई प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् ।गलकोट समाज जापान कान्तो क्षत्रीय समितिले सुनारको उपचारार्थ सङ्कलन गरेको रु पाँच लाख ३५ हजार शनिबार उनकी आमा लालमाया...
रुस–युक्रेन युद्धको आशंका किन ? पश्चिमी देश किन डराउँछन् ? के यसले विश्वयुद्ध हुन्छ ? काठमाडौं। रुस र युक्रेनबीच युद्धको स्थिति बनेको छ । यो तनावले पश्चिमी देशहरुमा भारी चिन्ता छ । पश्मिी देशहरुको सबैभन्दा ठूलो चिन्ता हो यो तनाव बढेर युद्धको संघारमा पुग्यो भने यसको आगो पूरै युरोपमा फैलिन सक्छ र दोस्रो विश्वयुद्ध यताकै ...
भारतीय प्रधानमन्त्री मोदीको ट्वीटर ‘ह्याक’ नयाँ दिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तिगत ट्वीटर ह्यान्डल ह्याक भएको छ। प्रधानमन्त्रीको कार्यालयले आइतबार ट्वीट गरेर प्रधानमन्त्री मोदीको व्यक्तिगत ट्वीटर एकाउन्ट केही समय ‘ह्याक’ भएको जानकारी दिएको हो। प्रधानमन्त्री कार्यालयले बिहान ३ बजेर १८ मिनेटमा ट्वीट ग...
मलद्वारमा लुकाएर सुन ल्याउने २ भारतीय नागरिक विमानस्थलबाट पक्राउ काठमाडौं। प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । दुबईदेखि मलद्वारमा लुकाएर सुन ल्याउने दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतीय नागरिक ३१ वर्षीय सद्दाम हुसेन सेगु अबुबैकर र ३५ वर...
रुकुमपश्चिममा पहिचान नखुलेका पुरुष मृतावस्थामा फेला जाजरकोट । रुकुमपश्चिममा एक जना पुरुषको शव फेला परेको छ। नाम र ठेगाना नखुलेका अन्दाजी ६० वर्षीय पुरुषको रुकुम आठबीसकोटमा शव फेला परेको प्रहरीले जनाएको छ । आठबीसकोट नगरपालिका–६ त्रिवेणी बजारको एक होटलमा २१ गतेदेखि बसेका उनी सोही होटलमा मृत भेटिएका हुन् । शनिबार  राति उन...
बैतडीमा भालुको आक्रमणबाट दुई जना घाइते बैतडी। जङ्गली भालुको आक्रमणबाट बैतडीमा दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका– ५ नेटाका ३२ वर्षीय महेशराम भुल र सोही ठाउँका ४० वर्षीया कमला चन्द रहेका छन्। शनिबार दिउँसो घर नजिकैको जङ्गलमा घाँस काट्न गएका बेला उनीहरुलाई भालुले आक्रमण गरेको जिल्ला प्रहरी ...
अवैध रूपमा सुन भित्र्याउने क्रम रोकिएन, तीन पक्राउ काठमाडौं ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा सुन भित्र्याउने क्रम अझै रोकिएको छैन । प्रहरीले हप्तापिच्छे नै विमानस्थलबाट सुनसहित मानिस पक्राउ गर्दै आएको छ । सोक्रममा हालैमात्र दुबईबाट काठमाडौँ आएका भारतीय नागरिकले अवैध रुपमा सुन भित्र्याएको पाइएको प्रहरी ...
फोनिज म्याग्दीमा राम्जाली काठमाडौं।नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) म्याग्दीको अध्यक्षमा साधन राम्जाली चयन भएका छन् । बेनीमा शनिबार सम्पन्न प्रथम अधिवेशनबाट राम्जालीको अध्यक्षतामा फोनिजको कार्यसमिति सर्वसम्मत चयन भएको हो । उपाध्यक्षमा दलप्रसाद तिलिजा, सचिवमा समिर रोका, कोषाध्यक्षमा धनिलाल गर्बुजा र सहसचिवमा...
मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौं । रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका–३ गोठमारे बस्ने वर्ष ३४ का दुर्गाबहादुर गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । रोल्पा सुनिल स्मृति गाउँपालिका–६ गजुलबाट घर फर्कने क्रममा लु६३प ९७२० नंको मोटरसाइकल चालक गिरीक...
प्रेस चौतारी नेपालको पुनर्गठन, २४९ सदस्यीय केन्द्रीय कमिटीको घोषणा काठमाडौँ ।एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल पुनर्गठन गरिएको छ । प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतका अनुसार गत ८ माघमा भएको राष्ट्रिय भेलाले दिएको म्याण्डेडअनुसार २४९ सदस्यीय केन्द्रीय कमिटीको पुनर्गठन गरिएको हो । उनका अनुसार केन्द्रीय कम...
युनिसेफद्वारा बालअधिकारका लागि सात युवा अधिवक्ता नियुक्त काठमाडौँ ।युनिसेफले विश्वका बालबालिकाको उन्नत भविष्यको कल्पना गर्न नेपालका बालबालिका र युवालाई असर पार्ने मुद्दा तथा तिनका मुख्य समाधानका बारेमा चेतना जगाउन सात युवा अधिवक्ता नियुक्त गरेको छ । संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) को स्थापनाको ७५औँ वर्ष पूरा भएको अवस...
ट्र्याक्टर दुर्घटनामा एकजनाको मृत्यु काठमाडौं।सदरमुकाम बेनीबजारसँगै सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा आज बिहान भएको ट्र्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । धाइरिङको घाखेतबाट मिलनचोकतर्फ जाँदै गरेको ध१त ४४५ नंको ट्र्याक्टर गुन्द्रिखेतको सडकमा पल्टिएर दुर्घटना भएको थियो । ट्र्याक्टरमा च्यापिएर धाइर...
बन्दसत्र जारी रहँदा एक महाधिवेशन प्रतिनिधि बेहोस, अस्पताल लगियो काठमाडौं ।नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार राति बन्दसत्र जारी रहँदा एक जना महाधिवेशन प्रतिनिधि बेहोस भएका छन् । आजै उद्घाटन सकिएको केही समय पछि बन्दसत्र सुरु भएको हो । बन्दसत्र जारी रहँदा एक जना महाधिवेशन प्रतिनिधि बेहोस भएका थिए ।बेहोस ...
करणी मुद्दाका फरार २१ वर्षपछि पक्राउ काठमाडौं ।प्रहरीले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी ललितपुर महानगरपालिका–१८ का राजु थापालाई २१ वर्षपछि आज पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दामा उच्च अदालत पाटनको विसं २०५७ असार २३ को फैसलाले ३ वर्ष कैद ठहर भई फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट ...
‘स्थानीय तहको निर्वाचन वैशाखमै हुन्छ’ काठमाडौं ।प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै हुने बताएका छन्। गृह जिल्ला सङ्खुवासभा आएका प्रमुख आयुक्त थपलियाले आगामी वैशाखभित्रै स्थानीयतहको निर्वाचन गराउन आयोगले तयारी थालिसकेको बताए। सदरमुकाम खाँदबारीमा आज पत्रकारलाई संक्षिप्त प्रतिक्रिया द...
हनुमान ढोका दरबार क्षेत्रको आँगछे शिलान्यास काठमाडौं ।हनुमान ढोका दरबार क्षेत्रमा अवस्थित आँगछे बल्ल शिलान्यास गरिएको छ । काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले विनाशकारी भूकम्पले क्षति पुर्‍याएको सो ऐतिहासिक सम्पदाको शिलान्यास गरेका हुन् । सो अवसरमा उनले बनाउन खोजेका केही सम्पदा स्थानीय विवादका कारण अगाडि ब...
दलमा स्थिरता छैन भने सरकार पनि स्थिर रहँदैनः महन्थ ठाकुर काठमाडौं।लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुरले राजनीतिक दलमा स्थिरता नहुँदा सरकार पनि स्थिर नरहने बताएका छन् ।काठमाडौंमा भइरहेको कांग्रेस १४औं महाधिवेशनको उद्घाटन कार्यक्रममा शुभकामना दिँदै उनले सरकार बनाउन दल स्थिर भएन भने सरकार पनि स्थिर नरहने बताए...
पोखराको विजयपुरमा ट्रक पल्टिंदा दुई जनाको मृत्यु पोखरा । पोखरामा ट्रक पल्टिंदा दुई जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२६ विजयपुरमा ट्रक पल्टिंदा दुई जनाको मृत्यु भएको हो। प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा लमजुङ पार्चे निवासी ४२ वर्षीय भीम बहादुर तामाङ र पहिचान नखुलेका अन्दाजी ४५ वर्षका पुरुषका छन्। लेखन...
भीरबाट लडेर एक जनाको मृत्यु काठमाडौं।मुगुमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । छायानाथ रारा नगरपालि १३ का दानसिंह विकको भीरबाट लडेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मुगुले दिएको जानकारी अनुसार मृतक विकका दाजु पनि सँगै थिए । उनीहरू दुवै जनाले मदिरा सेवन गरेर घर फर्कने क्रममा भीर बाट लडेर भाइ दानसिंहको मृत्यु भए...
लागूऔषध सहित एक युवक पक्राउ काठमाडौं।हिमाली जिल्ला मुगुमा ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् । छायानाथ रारा नगरपालिका १ बस्ने २२ वर्षीय भक्तराज शाही लागूऔषध खैरो हिरोइन ४.३५ ग्रामसहित पक्राउ परेका हुन् । सदरमुकाम गमगढी बजारको जिल्ला अस्पताल ठिनी मुगुको आसपासको क्षेत्रमा लागूऔषधको विक्री वितरण तथा ओसारपसार भइरहेको...
सरकारले बालबालिकालाई विद्यालयमै गएर कोरोनाविरुद्धको खोप लगाइदिने काठमाडौं।सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालयमै कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ । पुस ४ गतेदेखि १४ गतेसम्म ५७ जिल्लाका उक्त समूहका करिब १८ लाख बालबालिकालाई विद्यालयमै खोप लागउने स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख सागर दाहा...
अवैध सालको काठसहित एक पक्राउ काठमाडौं।तनहुँमा अवैध सालको काठसहित एक जना पक्राउ परेका छन् । देवघाट गाउँपालिका स्थायी घर भई शुक्लागण्डकी नगरपालिका–७ भोटेपानी बस्ने २५ वर्षीय हेमन्त थापालाई शुक्लागण्डकीको कैंडलेबाट प्रहरीले पक्राउ गरेको हो । थापाले शुक्लागण्डकी नगरपालिका–६ जाम्दीबाट ग१त २०१८ नम्बरको ट्याक्टरमा लोड गरेर खै...
सवारी दुर्घटनामा दुईको मृत्यु, एक घाइते उदयपुर ।उदयपुरमा सवारी दुर्घटनामा परी बिहीबार दुई जनाको मृत्यु भएको छ । छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा परी थप एक जना घाइते भएका छन् मदन भण्डारी लोकमार्गअन्तर्गत गाईघाट बेल्टार सडक खण्डमा पर्ने चौदण्डीगढी नगरपालिका–६ सातधारेमा बेल्टारबाट गाईघाट...
कांग्रेस महाधिवेशनः पिठ्युँमा दुधे बालक बोकेर पैसा कमाउन आएकी रुमा काठमाडौं । बिहिबार नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन स्थल भृकुटीमण्डप हेर्न आउनेहरूको घुइँचो थियो । त्यही घुइँचोको बीचमा पिठ्युँमा सानी नानी, हातमा झाडु अनि मुखमा कालो मास्क लगाएर फोहोर उठाउँदै गरेकी रुमा देउला भेटिइन् । महाधिवेशन स्थल हेर्न आए...
‘ट्राफिक जरिवना तिरेपछि तत्काल कागजपत्र लिन पाइने’ काठमाडौं ।ट्राफिक प्रहरीले ट्राफिक जरिवनामा परेका चालकलाई जरिवना तिरेर तत्काल कागजपत्र लिन पाइने व्यवस्था गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखामा आज आयोजित कार्यक्रममा ‘पे फाइन अन द स्पोर्ट, इन्स्ट्यान्ट पेमेन्ट सिस्टम’ को महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जन...
दुई लाख रुपैयाँसहित ६ जुवाडे पक्राउ दाङ ।दुई लाख नगदसहित दाङमा ६ जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उनीहरू घोराही १३ डुम्मरगाउँबाट पक्राउ परेका हुन् । ३२ वर्षीय निमबहादुर भण्डारीको घरबाट जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको दाङ प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ३२ वर्षीय भण्डार...
बढीको सम्पत्ति जोडेको भन्दै अर्थका अधिकृत विरुद्ध भ्रष्टाचारको मुद्दा काठमाडौँ । अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत उद्धवप्रसाद थपलियाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगले बिहीबार अवकाशप्राप्त शाखा अधिकृत थपलियाविरुद्ध १ करोड ६४ लाख ८९ हजार सात सय रुपैयाँ बराबरको गैरकान...
बाजुरामा ट्रक दुर्घटना, दुई जनाको मृत्यु बाजुरा । बाजुरामा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–६ काप्रीमा रहेको गर्जेगाड भिरबाट आज बिहान ट्रक खस्दा दुईको मृत्यु भएको हो । मृत्यु हुनेमा बाँकेका ४२ वर्षीय मोहन जोशी र ताजाकोट गाउँपालिका–३ का विपी शाही रहेको छ। नेपालगञ्जबाट हु...
६ निर्माण कम्पनी कालोसूचीमा काठमाडौं। सरकारले छ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।सार्वजनिक खरिद अनुगमन कार्यालयको बुधबार बसेको बैठकले आजदेखि लागू हुनेगरी छ निर्माण कम्पनीलाई तीन वर्षदेखि एक वर्षका लागि कालोसूचीमा राख्ने निर्णय गरेको कार्यालयद्वारा आज जारी सूचनामा उल्लेख छ ।कालोसूचीमा परेको कम्पनीमा काठमाडौँका निल...
अस्ट्रेलियाका उपप्रधानमन्त्रीलाई अमेरिका भ्रमणका क्रममा कोभिड पोजेटिभ काठमाडौं।अस्ट्रेलियाका उपप्रधानमन्त्रीलाई कोभिड पोजेटिभ भएको छ । अमेरिका भ्रमणका क्रममा उनलाई कोभिड पोजेटिभ देखिएको हो । बार्नेवी जोइसले यसै साता अमेरिका भ्रमणका क्रममा आफूलाई कोभिड भएको बताएका छन् ।जोइसले आफू अहिले आइसोलेसनमा रहेको र सामान्य लक्षण द...
बिन्ती र शान्ताको ‘होई मेरो संसार’ सार्वजनिक (भिडियो) काठमाडौं । अमेरिकामा बस्दै आएका गायक बिन्तीकुमार गुरुङ र गायिका शान्ता अर्यालको स्वर रहेको गीत ‘होई मेरो संसार’ सार्वजनिक भएको छ । गीतमा दीपक शर्माकोे शब्द तथा संगीत छ । विधान कार्की निर्देशित भिडियोमा सरोज प्रजा र बिना राउत फिचर्ड छन् । भिडियोमा विधानले गाउँबाट शहर...
पुथाउत्तरगङ्गामा प्रहरीले बाल विवाह रोक्यो काठमाडौं ।रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकामा प्रहरीले बाल विवाह रोकेको छ । पुथाउत्तरगङ्गा गाउँपालिका–१४ मा हुन लागेको बालविवाह कोल प्रहरी चौकीका इञ्चार्ज गनेश विक नेतृत्वको प्रहरी टोलीले रोकेको हो । केटा र केटी दुवैको उमेर नपुगी बिहेका लागि भन्दै भागेका उनीहरूको विवाह प्...
निगमद्वारा सोभेनियर सेल्स काउन्टरको स्थापना काठमाडौं ।राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले नेपाली मौलिक उत्पादन यात्रुलाई बिक्रीका रुपमा उपलब्ध गराउन निगमको टिकट बिक्री कक्षमा सोभेनियर सेल्स काउन्टरको स्थापना गरेको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारले उक्त सेल्स काउण्टरको आज यहाँ एक कार्...
लेनदेनको विवादमा आफ्नै साथीको हत्या काठमाडौं । लेनदेनको विवादमा आफ्नै साथीको हत्या भएको छ । राष्ट्रिय युवा संघ नेपाल भक्तपुरका सदस्य राजन भन्ने राजु श्रेष्ठलाई २५ लाखको लेनदेनमा आफ्नै साथीले हत्या गरेका हुन् । प्रहरीले श्रेष्ठको हत्यामा संलग्न २ जनालाई पक्राउ गरेपछि साथीले नै हत्या गरेको पाइएको हो । पक्राउ पर्नेमा भक्त...
राससकर्मी गौतम पुरस्कृत काठमाडौं ।राष्ट्रिय समाचार समिति (रासस)का म्याग्दी समाचारदाता सन्तोष गौतम बुधबार धनेश्वरी–तारानाथ स्मृति कोषबाट पुरस्कृत भएका छन्। बेनी नगरपालिका–५ पुलाचौरमा भएको समारोहमा मदन पुरस्कार विजेता साहित्यकार चन्द्रप्रकाश बानियाँ, कोषका सचिव माधवप्रसाद रेग्मीलगायतले गौतमलाई रु १० हजार नगद र प्रमाणपत्र...
कुटपिटबाट मृत्यु काठमाडौं ।अपरिचित व्यक्तिको कुटपिटबाट भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरुटार बस्ने ३३ वर्षीय राजन श्रेष्ठको मृत्यु भएको छ । सोही नगरपालिका–२ बालकोटस्थित हनुमन्ते खोलाको फलामे पुलतर्फ जाने बाटोमुनि कुटपिटबाट गम्भीर घाइते भएको अवस्थामा फेला परेका श्रेष्ठको उपचारका क्रममा मध्यपुर अस्पताल थिमीमा मृत्यु ...
जबरजस्ती करणी मुद्दाका दोषीलाई पाँच वर्ष कैद काठमाडौं ।इलाममा जबरजस्ती करणी मुद्दाका दुई जना दोषिलाई पाँच वर्ष कैद सजाय भएको छ । चौध वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा सूर्योदय नगरपालिकाका–२ का २३ वर्षीय लोकबहादुर भुजेल र वर्ष २३ कै सुमन राईलाई पाँच पाँच वर्ष कैद सजाय भएको हो । जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द...
रु १७ लाखसहित १६ जना पक्राउ काठमाडौं ।काठमाडौँ महानगरपालिका–१५ विजेश्वरीस्थित रिट्रिट अपार्टमेन्टको तेस्रो तलामा कौडा खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ कालिमाटी बस्ने भोजपुरका अरुण गाउँपालिका–१ घर भएकी विनिता परियारलगायत १६ जना रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । उक्त अप...
आफ्नै साथीले गरे योजनाबद्ध रुपमा श्रेष्ठको हत्या काठमाडौं ।आफूले लिएको ऋण तिर्नु नपरोस् भन्दै आफ्नै मिल्ने नजिकका साथीले सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने ३३ वर्षीय राजन श्रेष्ठको फर्माले हानेर हत्या गरेका छन् । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर र सूर्यविनायक नगरपालिका–३ बालकोटको सिमाना हनुमन्ते खोला किनारामा सूर्यविन...
जलिरहेको हेलिकप्टरबाट ३ जनाले हाम्फालेका थिए काठमाडौं। तमिलनाडुको कुन्नुरमा भारतीय सेनाका चीफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावत चढेको हेलिकप्टर दुर्घटना भएको छ । हेलिकप्टरमा जनरल रावत सहित १४ जना थिए । ११ जनाको शव भेटिएको भारतीय मिडिया रिपोर्टमा जनाइएको छ । शव जलेकाले पहिचान हुन नसकेको बताइएको छ । तर, जनरल रावतको अवस्था...
भारतीय सेनाप्रमुख चढेको हेलिकप्टर दुर्घटना ८० प्रतिशत जलेका लाश भेटिए (तस्वीरहरु) काठमाडौं। भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावत चढेको हेलिकप्टर तमिलनाडुको कुन्नुरमा दुर्घटना भएको छ । दुर्घटनास्थलबाट तीन जनाको उद्धार गरिएको छ । जनरल रावतको अवस्था अझैसम्म अज्ञात छ । जनरल रावत हेलिकप्टरमा पत्नी र परिवारका अ...
अ‍ोमिक्रोनलाई अहिले प्योगमा अ‍ाएकै खोपले काम गर्छः डब्लूएचओ काठमाडौं।अहिले प्रयोगमा अ‌ाइरहेका खोपहरुले नै कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनलाई काम गर्ने विश्व स्वास्थ्य संगठन९डब्लूएचअ‍ो ० ले जनाएको छ । अहिले प्रयोग भइरहेका खोपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी हुनबाट जोगाउने डब्ल्यूएचओका आपतकालीन निर्दे...
नेपाली कांग्रेस धादिङका निवर्तमान सभापति धमला पक्राउ काठमाडौं ।नेपाली कांग्रेस धादिङका निवर्तमान सभापति रमेश धमला पक्राउ परेका छन् । प्रहरीले स्वयम्भूबाट जुवा खेलिरहेको अवस्थामा निवर्तमान सभापति धमलासहित १० जनालाई पक्राउ गरेको हो । स्वयम्भू वृतका प्रमुख डिएसपी मिलन केसीले धमला पक्राउ परेको पुष्टि गरेका छन् ।
लागूऔषधसहित पक्राउ काठमाडौं।काठमाडौँ महानगरपालिका–१६ पकनाजोलबाट अवैध लागुऔषधसहित आज चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार उनीहरुबाट करिब २५० ग्राम पोल्यान्ड, करिब ६० ग्राम गाँजा, जरायोको सिङको एक भाग र १ थान खुकुरी बरामद गरिएको छ । पक्राउ पर्नेमा सोही ठाउँ डेरा गरी बस्ने काभ्रे नमोबुद्ध न...
भण्डारीलाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश काठमाडौं।सर्वोच्च अदालतले नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीलाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले आज भण्डारीसहितको तत्कालीन कार्य समितिलाई गैरकानूनीरूपमा हटाएको ठहर गर्दै सरकारको उक्त नि...
ओमिक्रोन जोखिमः यातायात र विद्यालयमा स्वास्थ्यका मापदण्डमा कडाइ काठमाडौं।भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमण जोखिम रहेकाले पूर्वसतर्कता अपनाउन थालिएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीएमसी)को बैठकले जिल्लामा उच्च सतर्कता अपनाउन निर्णय गरेको हो । निमित्त प्रमु...
‘हिंसा गर्नु र सहनु अपराध हो’ सप्तरी ।लैंगिक हिंसाविरूद्ध १६ दिने अभियानअन्तर्गत १३औं दिन मंगलबार अध्यक्षता जिल्लाबार इकाई सप्तरीले राजदेवी माविका विद्यार्थीहरूलाई लैंगिक हिंसामा पाइने कानुनी प्रावधानका विषयमा एक दिने कार्यक्रमको आयोजना गरेको छ । प्रादेशिक कानुनी सेवा केन्द्र सप्तरी प्रतिनिधि अधिवक्ता किरण साहले हिंसा ...
चितेपानी फाउन्डेशनद्वारा आमा समूहलाई मौरीसहित २८ घार वितरण पोखरा ।कास्कीको मादी गाउँपालिका–५ चितेपानी देउराली आमा समूहलाई चितेपानी फाउन्डेसनले मौरीसहितको २८ घार वितरण गरेको छ । चितेपानी गाउँको विकासका लागि सो क्षेत्रका महिला तथा युवाहरुलाई आयआर्जन लक्षित कार्यक्रम गरेर आत्मनिर्भर बनाउने उद्देश्यले स्थापना भएको फाउन्डेस...
रुपन्देहीमा ‘ओमिक्रोन’ भित्रिन नदिन उच्च सर्तकता काठमाडौं।रुपन्देहीको सीमा क्षेत्रमा कोभिड– १९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सङ्क्रमण भित्रिन नदिन उच्च सर्तकता अपनाइएको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अध्यक्षतामा बसेको जिल्ला कोभिड– १९ सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले सो निर्णय गरेको सहायक प्रमु...
चार महिनामा रु ३४ लाखको टिकट बिक्री काठमाडौं।जिल्ला हुलाक कार्यालयले चार महिनाका अवधिमा झण्डै चौतिस लाख बराबरको हुलाक टिकट बिक्री गरेको छ । गत साउनदेखि गत कात्तिक मसान्तसम्मका अवधिमा रु ३३ लाख ८३ हजार ८२० को टिकट बिक्री गरेको छ । कूल टिकट ६ लाख ६० हजार ८५० टिकट बिक्री गर्दा उक्त राजस्व सङ्कलन भएको कार्यालयका हुलाक अधिक...
केरा आयातमा रोक लगाउन माग काठमाडौं।केरा किसान तथा व्यवसायीले केरा आयातमा रोक लगाउन सरकारसँग माग गरेका छन् । नेपालका किसानलाई धरासायी हुनबाट जोगाउन १३ व्यवसायिक केरा उत्पादक सङ्घले आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा सो कुरामा जोड दिएका हुन् । उनीहरुले कैलाली, कञ्चनपुरलगायत जिल्लालाई केरा जोन तथा चितवनलाई सुपर जोन बन...
वीरगञ्ज सीमामा अनिवार्य स्वास्थ्य परीक्षण काठमाडौं।कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सम्भावित जोखिमलाई ध्यानदिँदै वीरगञ्ज सीमा क्षेत्रमा ‘हेल्थडेस्क’ स्थापना गरी अनिवार्य स्वास्थ्य परीक्षण थालिएको छ । भारतबाट नेपाल प्रवेश यात्रुलाई गर्दा अनिवार्य रुपमा स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको पर्साका प्रमुख जिल्ला अ...
तास खेलिरहेको अवस्थामा ७ जना जुवाडे पक्राउ काठमाडौं । प्रहरीले तास खेलिरहेको अवस्थामा ७ जना जुवाडेलाई पक्राउ गरेको छ । सोमबार साँझ  गोकर्णेश्‍वर नगरपालिका ८ माकालबारीमा किरण गौतमको घरमा तास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका ७ चाबहिल बस्ने कञ्चनपुर महेन्द्रनगर घर भएका २८ वर्षीय जगत नाथ लगायत ७ जनालाई  पक्राउ गरेक...
मोटरसाइकल चोरीमा संलग्न सात जना पक्राउ काठमाडौँ । प्रहरीले मोटरसाइकल चोरीमा संलग्न सात जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज मङ्गलवार रामशाहपथमा रहेकाे आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी मोटरसाइकल चोरी कार्यमा संलग्न सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । उनीहरुलाई सोमबार राती बबरमहलबाट चोर...
के कारण बच्चा गर्भमै तेस्रोलिङ्गी बन्छ ? यो संसारमा मनिसहरुलाई दुई भागमा विभाजन गरेको पाइन्छ । एउटा महिला र अर्को पुरुष । केही यस्ता मान्छे पनि हुन्छन् जो महिला र पुरुषभन्दा केही फरक हुने गर्दछन् । जसलाई तेस्रोलिङ्गी भनिन्छ । उनीहरुलाई महिला र पुरुषको वर्गमा समेट्न सकिदैँन । तेस्रोलिङ्गी मानिसहरुमा महिला र पुरुष दुवैको...
अनेरास्ववियुद्वारा मणिपाल कलेजमा तालाबन्दी काठमाडौं । चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै मणिपाल कलेजमा तालाबन्दी गरेको छ । नेकपा एमालेनिकट अनेरास्ववियु गण्डकीले उक्त कलेजमा तालाबन्दी गरेको हो । उक्त कलेजले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिएकाले कलेज प्रशासनमा तालाबन्दी गरेको गण्डकी ...
वर्षेनी १५ करोड मानिसलाई पुग्ने खानेकुरा फाल्छ अमेरिका काठमाडौं।अमेरिकाले उत्पादन हुने खानेकुराको एक तिहाई खानेकुरा फाल्ने गरेको छ । अमेरिकाको वातावरण स‌ंरक्षण सम्बन्धी निकाय इपीएचले एक प्रतिवेदन सार्वजनिक गर्दै सो जानाकारी दिएको हो । अमेरिकाले यसअघि सन् २०३० सम्म खाद्यन्न फोहर अ‌ाधा कटौती गर्ने प्रतिबद्धता जनाएको थियो...
जन्ती बस दुर्घटनाः घाइते एक जनाको मृत्यु काठमाडौं। रुकुम पश्चिमको मुसीकोट नगरपालिका–२, मा भएको बस दुर्घटनामा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । मुसीकोट नगरपालिका १, घिमानेका बुदुराम खड्कालाई उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा सल्यानको सल्लीबजारमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक डेकेन्द्र शर्माका ...
म्यानमारको सेनाले प्रदर्शनकारीमाथि चलायो ट्रकः पाँचको मृ्त्यु, दर्जनौं घाइते काठमाडौ।म्यानमारको सेनाले प्रदर्शनकारीमाथि ट्रक चलाउँदा पाँच जनाको मृत्यु भएको छ भने अरु दर्जनौ‌ं घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । म्यानमारको व्यावसायिक राजधानी यांगुनमा सेनाको एउटा ट्रक प्रर्दशनकारीहरुमाथि कुदाइदा उनीहरुको...
उदयपुरका १५ द्वन्द्वपीडित परिवारलाई सम्मान उदयपुर ।त्रियुगा नगरपालिका उपप्रमुख देवीकुमारी चौधरीले मुलुक परिवर्तनका लागि ज्यान गुमाएका सहिदलाई सम्मान गर्नसके मात्र लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सफल हुने बताएकी छन् । त्रियुगा नपा ११ का सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका १५ परिवारलाई सम्मान गर्दै उपप्रमुख चौधरी...