content
stringlengths
20
64.1k
कुटपिट गर्दा श्रीमतीको मृत्युभएपछि श्रीमान् पक्राउ काठमाडौं ।श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा दमकबाट एक पुरुष पक्राउ परेका छन् । दमक–१० का ४५ वर्षीय रामकुमार लिम्बूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । लिम्बूमाथि प्रहरी कार्यालयमा उजुरी परेपछि आवश्यक अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएक...
बरालको जीवन रक्षाका लागि आयोगको अपिल काठमाडौं ।राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत तारा बरालको जीवन रक्षाका लागि सम्बन्धित सबै पक्षसँग अपिल गरेको छ । आयोगले जीवन जोखिममा राखेर अनशन नबसी आफ्ना मागहरुलाई छलफलका माध्यमबाट सम्बोधन गर्ने वातावरण सिर्जना गर्न बराललाई आग्रहसमेत गरेको छ । आयोगका सहायक प्रवक्ता लोकनाथ बास्तोलाल...
लागूऔषधसहित दुई पक्राउ काठमाडौं ।लागूऔषधसहित सो कारोबारमा संलग्न दुईजनालाई आज पर्सा प्रहरीको टोलीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–१५ लक्ष्मनवा राजु डिजल ग्यारेजबाट खैरो हिरोइन ओसारपोसारमा संलग्न दुईजनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका–१० बस्ने २६ वर्षीय रामबाबु ठाकुर र वीरगञ्ज महानगर...
एनआरएनएमा सरकारी हस्तक्षेपविरुद्ध उच्च अदालत पाटनको अन्तरिम आदेश काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई परराष्ट्र मन्त्रालयले दिएको निर्देशन तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम जारी गरेको छ । न्यायधीशद्धय श्रीमणकुमार गौतम र नरिश्वर भण्डारी संयुक्त इजलासले आइतबार एनआरएनए अध्यक्ष कुमार पन्तको दायर ग...
बाजुरा अटो दुर्घटनामा दुईको मृत्यु काठमाडौं ।बाजुराको बडिमालिका नगरपालिका–८ मा पर्ने थुवाकाँधमा अटो दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । चार घाइतेमध्ये दुईजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । दुईजनाको अवस्था भने सामान्य रहेको प्रहरीको भनाइ रहेको छ । घटनामा परी मृत्यु हुनेको सनाखत ह...
अवरुद्ध सडक सञ्चालनमा काठमाडौं ।कृष्णपुर नगरपालिका–१ बङ्क नजिक पूर्व पश्चिम राजमार्गमा भारतीय नम्बर प्लेटको जीपको ठक्करबाट मृत्यु भएका व्यक्तिका आफन्तले क्षतिपूर्तिको माग राख्दै आज बिहानदेखि अवरुद्ध गरेको सडक सञ्चालनमा आएको छ । भारतीय डिएल १७ सी ४७५४ नंको जीपको ठक्करबाट पैदल यात्री अन्दाजी ६५ वर्षीय तारानाथको मृत्यु भए...
दोबामा अस्पताल भवन निर्माण सुरु काठमाडौं । अन्नपूर्ण गाउँपालिका–१ दोबामा पालिकास्तरीय अस्पतालको भवन निर्माण सुरु गरिएको छ । सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनाअनुसार दोबामा भवन निर्माण हुन लागेको हो । गाउँपालिकाका इञ्जिनीयर ईश्वरबहादुर भण्डारीले अपाङ्गमैत्री पाँच श्यया क्षमताको भूकम्प प...
आहा ! तोरी बारी (फोटोफिचर) कपिलवस्तु । तोरी फुलेर कपिलवस्तुका ग्रामीण बस्ती पहेँलाम्मे देखिएका छन् । पूर्व पश्चिम महेन्द्र राजमार्ग आसपासका बस्तीहरू निकै मनमोहक देखिएका छन् । कपिलवस्तुको बुद्धभूमि ३ मसुरे, रनगाई, बोक्टापुरका खेतहरूमा छपक्कै तोरी फुलेको देख्न सकिन्छ । यहाँका परम्परागत नेपाली शैलीका घर आँगन पहेँलपुर देख...
स्रोत नखुलेको ६९ लाख रकमसहित एक पक्राउ काठमाडौं।नेपाल प्रहरीले स्रोत नखुलेको रु ६९ लाख ५० हजार रकमसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय प्रहरीवृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले रु ६९ लाख ५० हजार नगदसहित हिरोसी खनाललाई गए राति पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प...
आफ्नो देशमा श्रीलंकन नागरिकलाई जिउँदै जलाइएपछि इमरानले राजापाक्षेलाई के भने ? काठमाडौं। पाकिस्तानको सियालकोटमा श्रीलंकाली नागरिकलाई भिडले जिउँदै जलाएको घटनापछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई फोन गरेर घटनाप्रति दुःख व्यक्त गरेका छन् । पाकिस्तानी अखबार डनका अनुसार पाक...
तीन महिनामै १० अर्बकाे चाँदी आयात काठमाडाैँ। चालु आर्थिक वर्ष २०७८/०७९ को तीन महिनामै १० अर्ब रुपैयाँ बराबरको चाँदी आयात भएको छ । अघिल्लो आवको यसै अवधिको तुलनामा चाँदी आयात २० गुणाले वृद्धि भएको हो। नेपाल राष्ट्र बैंकका अनुसार असाेज २०७७ सम्ममा ४९ करोड रुपैयाँ बराबरको मात्र चाँदी आयात भएको थियो ।असाेज २०७८ सम्ममा भने न...
हत्या अभियोगमा पक्राउ परेका चार जनालाई जन्मकैद काठमाडौं ।तुलसीपुर उपमहानगरपालिका–१२ उरहरिका रामबहादुर वलीको हत्या अभियोगमा पक्राउ परेका विवेकसिंह ठकुरीसहित चार जनालाई जन्मकैदको फैसला सुनाइएको छ । जिल्ला अदालतका न्यायाधीश रितेन्द्रबहादुर थापाको एकल इजलासले ठकुरीसँगै सौरभ मल्ल, भरत शाही र रमेश केसीलाई जन्मकैदको सजाय सुना...
अनुगमन संयन्त्रलाई एकीकृत गरिँदै काठमाडौँ ।काठमाडौँ महानगरपालिकाले अनुगमनलाई थप व्यवस्थित गर्न अनुगमन संयन्त्रलाई एकीकृत गर्ने भएको छ । अनुगमनमा एकीकृत गरिने विभिन्न क्षेत्र दैनिक प्रयोग हुने खाद्यान्न, तरकारीलगायत उपभोग्य वस्तुको भण्डारण, मूल्य र बजार, महानगरमा दर्ता हुने उजुरी तथा दर्तासँग सम्बन्धित विषय, फैसला कार्य...
क्यान इन्फोटेक मेला माघ १८ देखि २३ गतेसम्म हुने काठमाडौं ।कम्प्युटर एशोसिएशन अफ क्यान इन्फोटेकको २७औँ संस्करण आगामी माघ १८ देखि २३ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति ...
एक क्विन्टल गाँजासहित तीन पक्राउ काठमाडौँ ।महोत्तरीको एकडारा गाउँपालिका– ५ स्थित बहेडा गाउँबाट सशस्त्र प्रहरीले एक क्विन्टल लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकडारा गाउँपालिका–३ बस्ने ६० वर्षीय रामखेलावन मण्डल, वडा नं ५ बस्ने ३६ वर्षीय रमेश पासवान र जलेश्वर नगरपालिका–७ बस्ने ५० वर्षीय सुरेश य...
नेपालमा ‘जवाद’ चक्रवादको असर सामान्य काठमाडौँ ।बंगालको खाडीको मध्य पश्चिम भू-भागमा गए राति विकसित भएको ‘जवाद’ नामक सामुद्रिक चक्रवातले मौसम बदली र वर्षा गराएको छ । सो चक्रवात शनिबार बिहान भारतको ओडिसाको तटिय क्षेत्रमा पुगेको र तत्पश्चात उत्तर उत्तर पूर्वतर्फ सर्ने क्रममा रहेको छ । यसका कारण नेपालमा खासै ठूला प्रभावपर्न...
शिलान्यासमा हतारो: नेपाल-चीन मैत्री औद्योगिक पार्क निर्माण अझै सु्रु भएन काठमाडौं ।पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हतारमा शिलान्यास गरेको झापाको एउटा आयोजना अझै अघि बढ्न सकेको छैन । प्रक्रिया नै पूरा नभएको दमक, कमल र गौरादहस्थित नेपाल-चीन मैत्री औद्योगिक पार्क ओली प्रधानमन्त्री हुँदा १६ फागुनमा शिलान्यास गरेका थिए ...
२३८ जना नयाँ सङ्क्रमित थपिए काठमाडौं ।पछिल्लो २४ घण्टामा २३८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ६ हजार ७९७ जनामा पीसीआर परीक्षण गरिएकोमा २३८ जनामा र १ हजार ५०२ जनामा एन्टीजेन परीक्षण गर्दा १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७....
वाग्मती सफाइ महाअभियानः १० मेट्रिक टन फोहर व्यवस्थापन काठमाडौं ।वाग्मती सफाइ महाअभियानको ४४७ औँ हप्तामा सिनामङ्गल पुलमुनिको नदी क्षेत्रमा सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइबाट उठाइएको फोहर काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गरेको छ । महानगरपालिकाले फोहर गाडीमा राखेका आधारमा परिमाण सार्वजनिक गर्ने गर...
म्याद नाघेको ३२ टन चिया नष्ट गरिँदै काठमाडौं ।जिल्ला प्रशासन कार्यालय मकवानपुरले बहुराष्ट्रिय कम्पनी युनिलिभरको ३२ टन चिया नष्ट गर्ने निर्णय गरेको छ । हेटौँडा उपमहानगरपालिका–२ स्थित बसामाडीमा रहेको सो बहुराष्ट्रिय कम्पनीको चिया प्रशोधन केन्द्रबाट प्रशासनले सो म्याद गुज्रिएको चिया बरामद गरेको थियो । प्रशासनले कम्पनीका व...
सोह्रखुट्टेमा लागेको आगो नियन्त्रणमा काठमाडौं ।काठमाडौँको सोह्रखुट्टेमा लागेको आगो नियन्त्रणमा आएको छ । काठमाडौँ महानगरपालिका–१७ खुशीबुस्थित नर्सरी चोक नजिक रहेको आशिष गलैँचा स्टोरमा आज दिउँसो २ बजे लागेको आगो साँझ ५ बजेतिर नियन्त्रणमा आएको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनाली...
गृहसचिव पाण्डेद्वारा निर्देशन काठमाडौँ ।गृहसचिव टेकनारायण पाण्डेले बारा र पर्साका सुरक्षा निकायका प्रमुखलाई यस क्षेत्रको शान्ति सुव्यवस्था कायम राख्न निर्देशन दिएका छन् । आज जिल्ला प्रशासन कार्यालय पर्सामा एक कार्यक्रमबीच बारा र पर्साका दुवै जिल्लाका सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएको पर्साका प्रमुख जिल्ला अधिकार...
भारतमा ओमिक्रोन भेरियन्ट भेटिएसँगै उच्च सतर्कता अपनाउन डब्लुएचओको आग्रह काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का दक्षिणपूर्वी एसियाका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भेटिएसँगै उच्च सतर्कता अपनाउन आग्रह गरेकी छन् । उनले विज्ञप्ति जारी गर्दै भनेकी छन्, ‘यसले सबै दे...
दुर्घटनामा घाइतेको उपचारकै क्रममा निधन काठमाडौँ ।ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकामा भएको ट्र्याक्टर दुर्घटनामा घाइते भएका दुई जनाको ज्यान गएको छ । आज भएको दुर्घटनामा परी घाइते भएका चार जनामध्ये सिरीजङ्घा–३ का २५ वर्षीय बसन्त लिम्बू र सोही स्थानका १५ वर्षीय समीर लिम्बूको उपचारका क्रममा निधन भएको हो । वसन्त लिम्बूको धरान...
स्रोत नखुलेको नौ लाखसहित भारतीय युवक पक्राउ काठमाडौँ ।महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नजिकै आज सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट मटिहानीले स्रोत नखुलेको रु नौ लाखसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्यको मधुबनी जिल्लाको मधवापुर ग्रामपञ्चायत(१ बस्ने २४ वर्षीय...
मेला हेर्न गएका व्यक्ति मृत फेला, हत्याको आशङ्का काठमाडौं ।मेला हेर्न गएका बैतडीको सिगासका एक व्यक्ति आज मृतावस्थामा फेला परेका छन् । सिगास गाउँपालिका–८ का ५० वर्षीय कटकसिंह बोहरा मृत भेटिएका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । यही मङ्सिर १३ गते राति कालपोखरी कैलपाल मन्दिरमा मेला हेर्न ग...
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु काठमाडौं ।झापाको बिर्तामोड नगरपालिकामा आज ट्रकको ठक्करबाट मोटरसाइलक चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बिर्तामोड–भद्रपुर सडक खण्डअन्तर्गत बिर्तामोड–९ स्थित धौलापुल नजिकै ट्रकको ठक्करबाट मोटरसाइकल चालक बिर्तामोड–९ का सम्पत राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...
२५ विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि विद्यालय बन्द काठमाडौं ।विदेशमा कोरोनाको तेस्रो भेरियन्टको त्रास बढिरहेको सन्दर्भमा बागलुङमा कोरोना सङ्क्रमणदर पुनः उकालो लाग्न थालेको छ । बिहीबारमात्रै बागलुङमा एकै विद्यालयका २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै समुदायस्तरमा बिहीबार नै तीन जनामा कोरोना सङ्क्रमण पुष...
सिरहामा एकै दिन पक्राउ परे सात फरार अभियुक्त काठमाडौं ।विभिन्न मुद्दामा अदालतबाट सजाय पाएर फरार रहेका सात जनालाई एकै दिन आज सिरहा प्रहरीले पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय पाएर फरार सातै जनालाई पक्राउ गरेको सिरहा प्रहरीले जनाएको छ । कुटपिट तथा अङ्ग...
दुर्घटनामा दुई जनाको मृत्यु, ६ जना घाइते काठमाडौं ।पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनपुरमा बिहिबार बस र हायस एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।घटनामा ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा हायसमा सवार काठमाडौँ बस्ने ३८ वर्षीय ग्रीसमान सिंह र विराटनगर बस्ने ४१ वर्षीय चूडाबहादुर बस्नेत रहेको जिल्ला प्रह...
हलेसी तुवाचुङ नगरमा शुक्रबार सार्वजनिक बिदा काठमाडौं ।बालाचतुर्दशी मेलाको अवसरमा खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । बालाचतुर्दशीको अवसरमा शुक्रबार त्रि-धार्मिकस्थल हलेसीमा लाग्ने मेलालाई लक्ष्यीत गर्दै नगरपालिकाले एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बालाचतुर्दशी मेलाको अगाडि र पछाडि गरी...
सुरक्षा गार्डको हत्यामा संलग्न दुई आरोपी पक्राउ काठमाडौं । सुरक्षा गार्डको हत्यामा संलग्न दुई आरोपी प्रहरीको फन्दामा परेका छन्। एक महिना अघि दोलखाको गौरीशंकर गाउँपालिका–१ जुँगुस्थित हिमचुली बहुउद्देश्यीय सहकारीको सुरक्षा गार्डको हत्यामा संलग्न गौरीशंकर गाउँपालिका–१ घर भएका २७ वर्षीय बिक्रम कार्की र २० वर्षिय सुमन कार्क...
बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक काठमाडौं ।बागमती प्रदेश सरकार सञ्चालन समन्वय कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिएको छ । कार्यदलका संयोजक युवराज दुलालले प्रदेश सरकारलाई प्रस्ताव गरिएको न्यूनतम साझा कार्यक्रम आजै सार्वजनिक गर्दै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई हस्ता...
पेसी तोकिएका अधिकांश मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा काठमाडौं।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा कोभिड–१९ को सङ्क्रमणका कारण बिरामी भएर अस्पताल भर्ना भएपछि आज सर्वोच्च अदालतमा झण्डै तीन घण्टा ढिला गरेर मुद्दाको पेसी तोकिए पनि अधिकांश मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा रहेका छन् । प्रधानन्यायाधीश राणाले आफू बिरामी हुँदा का...
उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशभर बदली हुनाका साथै उच्च पहाडी तथा हिमाली भागमा हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणाली (पश्चिमी ट्रफ) र अरब सागरमा बनेको न्यून चापीय क्...
सहरमा माग बढेपनि गाउँमा कोदोखेती घट्दै काठमाडौं।म्याग्दीमा बर्सेनि कोदोखेती गर्ने क्रम घट्दै गइरहेको छ । केही समय पहिलेसम्म मालिका, मङ्गला, रघुगङ्गा, अन्नपूर्ण, धौलागिरि र बेनी नगरपालिकाका सबै गाउँमा प्रशस्त कोदोखेती हुन्थ्यो । आजभोलि कोदोखेतीप्रति किसानको मोह घट्दै गएको छ । जिल्लाका किसानले लगाएको कोदो प्रशस्तै मात्रा...
सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो बिहीबार सुनको मूल्य स्थिर रहेको छ । बुधबार ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोही मूल्यमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुनको मूल्य पनि  बुधबारकै मूल्य कायम हुँदै  ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । यता चाँदीको मूल्यमा भने घटे...
वर्षा र भारी हिमपातले चिसो बढ्ने, प्राधिकरणले दियो यस्तो चेतावनी काठमाडौं।पश्चिमी वायुसँगै आएको पश्चिमी न्युन चापीय प्रणाली र अबर सागरमा बनेको न्यून चापीय क्षेत्रका कारण नेपालमा मौसम प्रतिकूल बन्दै गएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार पश्चिम नेपालबाट प्रवेश गरेको यो प्रणालीले त्यस क्षेत्रमा बदली कायम गर्नुक...
रिपोर्टिङमा गएका सञ्चारकर्मीमाथि हातपात काठमाडौँ ।सोलुखुम्बुको सल्लेरीमा रिपोर्टिङका क्रममा सञ्चारकर्मीमाथि हातपात भएको घटनाप्रति विभिन्न सङ्घ सङ्गठनले आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेका छन् । घटनाको विषयमा सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सोलुखुम्बु, पत्रकार महासङ्घ प्...
गोलाप्रक्रियाबाट पेसीको पहिलो दिन : भएन उत्साहप्रद सुनुवाइ काठमाडौँ । नेपालको न्यायालयको इतिहासमा पहिलोपटक सर्वोच्च अदालतमा गोलाप्रक्रियाबाट आजदेखि मुद्दाको पेसी तोकी सुनवाइ प्रारम्भ गरे पनि उत्साहप्रद सुनुवाइ भएको देखिएन । उक्त प्रक्रियाबाट सर्वोच्च अदालतमा ११ वटा इजलास गठन भएका थिए । तीमध्ये संयुक्त नौवटा र एकल दुईवट...
एकै परिवारका तीनजना मृतावस्थामा फेला काठमाडौं।तामाकोशी गाउँपालिका–२ झुलेमा एकै परिवारका तीनजना सुतेकै अवस्थामा गएराति मृत फेला परेका छन् । मृत अवस्थामा फेला पर्नेमा अन्दाजी २७ वर्षीय श्याम तामाङ, उनकी श्रीमती अन्दाजी २६ वर्षीया अम्बिका तामाङ र उनका पाँच वर्षीय नाबालक छोरी रहेको छौंडे प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक...
नियुक्तिको केही घण्टामै राजीनामा दिएकी प्रथम महिला प्रधानमन्त्री ५ दिनमै फेरि नियुक्त काठमाडौं। स्वेडेनको पहिलो महिला प्रधानमन्त्रीको रुपमा नियुक्त भएको केही घण्टामै बल्पमतमा परेर राजीनामा दिन बाध्य पारिएकी म्याग्दालेना एन्डरसन फेरि प्रधानमन्त्री पदमै नियुक्त भएकी छिन् । स्वेडेनका सांसदहरुले सोसियल डेमोक्रेटिक पार्टीकी...
आज बेलुकादेखि हिमपातको सम्भावना काठमाडौं। नेपालमा पश्चिमी वायुसँगै न्यूनचापीय प्रणाली (पश्चिमी ट्रफ) र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्र (कम दबाब प्रणाली)को प्रभावले आगामी तीन दिन हिमपातको सम्भावना देखिएको छ ।जल तथा मौसाम विज्ञान विभागले एक विशेष बुलेटिन निकालेर उक्त प्रणालीका कारण आज बेलुकादेखि देशका सुदूरपश्चिम, कर...
प्रधानसेनापति शर्माद्वारा बाहिनीको निरीक्षण काठमाडौँ ।प्रधानसेनापति प्रभुराम शर्माले तनहुँको खैरेनीटारस्थित श्री नम्बर ३ बाहिनीको निरीक्षण गरेका छन् । मध्यकमाण्ड अन्तर्गतका हिमाली र उच्च पहाडी इलाकामा अवस्थित युनिटको भ्रमणको सिलसिलामा प्रधानसेनापति शर्माले आज खैरेनीटारस्थित बाहिनीको निरीक्षण गरेका हुन् । सो क्रममा प्रध...
गोलाप्रथा प्रक्रियाबाट पेसी तोक्ने कार्यको बारद्वारा स्वागत काठमाडौँ ।नेपाल बार एशोसिएशनले यही मङ्सिर १५ गतेदेखि सर्वोच्च अदालतमा गोलाप्रथा प्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ गर्ने कार्यको स्वागत गरेको छ । बारको सोमबार बसेको बैठकले उक्त कार्यको स्वागत गर्दै जिल्ला, उच्च र विशेष अदालतमा पनि गोलाप्रथा प्रक्रियाबाट प...
राखेपका नवनियुक्त सदस्य सचिवको पदभार ग्रहण काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य सचिव टङ्कलाल घिसिङले आज पद तथा गोपनियताको शपथ लिएका छन् । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले सिंहदरबारस्थित मन्त्रालयमा घिसिङलाई शपथ गराएका हुन् । मन्त्री गहतराजले खेलकुद परिषद्ले राजनीतिभन्दा पनि खेलाडीको ...
इन्टरपोलको महासभामा भागलिई प्रहरी प्रमुख थापा स्वदेश फिर्ता काठमाडौँ ।प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को ८९औं महासभामा सहभागी भई मंगलबार स्वदेश फिर्ता भएका छन् ।  उक्त महासभामा सहभागी प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्नकुमार कार्की र प्रहरी उपरीक्षक सबिन प्रधानसमेत स्व...
दोस्रोपटक संशोधन भयो निर्वाचन कार्यतालिका, मतदान राति २ बजे सौराहा । नेकपा एमालेको केन्द्रीय निर्वाचन समितिले दोस्रोपटक निर्वाचन कार्यतालिका संशोधन गरेको छ । दशौं राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचनबाट नेतृत्व चयन गर्न आइतबारदेखि नै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको समितिले पहिलो दिन नै मनोनयन स्थगित गरेर कार्यतालि...
अध्यक्षमा मनोनयन पत्र दाखिला गर्छु, ध्वनि मत स्वीकार्य छैनः भीम रावल काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले दशौं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेर मनोनयनका लागि आह्वान गरेका बेला सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष र...
बाघको आक्रमणबाट एकको मृत्यु काठमाडौँ ।बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आक्रमणबाट गेरुवा गाउँपालिका–४ राजीपुरका ६२ वर्षीया कालुराम थारुको मृत्यु भएको हो । आइतबार साँझ घर नजिकै मध्यवर्ती वनक्षेत्रमा गोठालो गएको बेला पाटेबाघले आक्रमण गरेको बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए। बाघक...
सर्लाहीमा एकै परिवारका तीन जना मृत भेटिए काठमाडौँ ।सर्लाहीको बरहथवा नगरपालिका–१ हजरियामा एकै परिवारका तीन जना मृत भेटिएका छन् । मृत भेटिनेमा आमा र उनका दुई छोराछोरी छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंका अनुसार कविता हजारी घरभित्रै झुण्डिएको अवस्थामा तथा उनकी ६ वर्षीया छोरी र चार वर्षीय छोरा भुइ...
बाढीपहिरो पीडितलाई आर्थिक सहयोग मनाङ ।हिमाली जिल्ला मनाङका बाढीपहिरो पीडितलाई राहतस्वरूप रकम वितरण गरिएको छ । गण्डकी प्रदेश आर्थिक मामिला मन्त्रायलले यहाँका बाढीपहिरो पीडितलाई घर निर्माणका लागि रकम हस्तान्तरण गरेको हो । प्रतिघरधुरीलाई रु दुई लाखका दरले मनाङका ७४ घरधुरीलाई राहत रकमस्वरूप घर बनाउन उक्त रकम वितरण गरिएको प...
सरकारले नेपाल स्याटेलाइट प्रालिलाई दिएको अनुमतिपत्र खारेज काठमाडौँ । सरकारले नेपाल स्याटेलाइट प्रालि (हेलो नेपाल) लाई दिएको अनुमतिपत्र खारेज गरेको छ ।शुक्रबार बसेको नेपाल दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको बैठकले बक्यौता रकम भुक्तानी नगरेको भन्दै हेलो नेपाललाई दिइएको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको हो । असार मसान्...
राष्ट्रियसभा सदस्य निर्वाचन कार्य तालिका स्वीकृत काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको आगामी निर्वाचनका लागि निर्वाचन कार्य तालिका स्वीकृत गरेको छ । आयोगको यही मङ्सिर ७ गतेको बैठकले निर्वाचन तयारी गर्न आन्तरिक प्रयोजनका लागि कार्य तालिका स्वीकृत गरेको प्रवक्ता शालीग्राम शर्माले जानकारी दिए ।सरकारले राष्ट्रियस...
सुन कछुवासहित चार पक्राउ काठमाडौँ महानगरपालिका–१३ सोल्टी दोबाटोबाट सुन कछुवासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूका साथबाट कछुवासहित रु ३६ हजार ६५५ पनि बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँ जनाएको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने ४४ वर्षीय सञ्जय तामाङ, तनहुँ घर भई काठमाडौँको माछा...
एनआरएनए एनसिसीहरुको दोस्रो विश्व भेला १५ मङ्सिरमा काठमाडौं ।गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्हरुको दोस्रो विश्व भेला मङ्सिर १५ गते बुधबार हुने भएको छ । भर्चुअल माध्यमबाट हुने सो भेलामा अन्तर्राष्ट्रिय समन्वय समितिका नवनिर्वाचित सदस्यहरुलाई पनि आमन्त्रण गरिएको छ । यसअघि पहिलो विश्व भेला गत २४ अक्टो...
घिमिरेकाे नेपालमा गाँजा पुस्तक बजारमा टाेरन्टाे । नेपाल संसारमै पाइनेमध्येका उत्कृष्ट गुणस्तरका लगभग ७ हजार रैथाने जडिबुटी (हर्बल) हरूको सुन्दर स्थान हो । यहाँका डाँडा, पाखा र पखेरामा सजिलै पाइने महत्वपूर्ण औषधीय वनस्पतिमध्ये गाँजा पनि एक हो । तत्कालीन परिवेशमा अमेरिकी सरकारको तीव्र दबाबका कारण नेपाल संयुक्त राष्ट्रसङ्...
कांग्रेस अधिवेशन : गण्डकी प्रदेशमा पनि देउवा बहुमतमा काठमाडौं। काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह प्रदेश गण्डकीमा पनि काँग्रेस संस्थापन (शेरबहादुर देउवा) पक्ष महाधिवेशन प्रतिनिधिमास्पष्ट बहुमतमा देखिएको छ । हालै सम्पन्न गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा भएको क्षेत्रीय अधिवेशनले महाधिवेशन प्रतिनिधिमा कांग्रे...
आयुर्वेद स्वास्थ्य शिविरबाट २२५ जना लाभान्वित काठमाडौं।म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीमा आज सम्पन्न निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट २२५ जना लाभान्वित भएका छन् । गाउँपालिकाले दुर्गम गाउँमै सर्वसुलभरूपमा उपचार सेवा उपलब्ध गराएको हो । शिविरबाट १०५ पुरुष र १२० महिला लाभान्वित भएका गाउँपालिकाका प्रमुख प्रशासक...
फोटो खिच्ने क्रममा कोशीमा डुबेर स्वास्थ्यकर्मीको मृत्यु राजविराज । कोशी ब्यारेजमा डुबेर आज एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक–६ का ४५ वर्षीय सुभाष नेपाल रहेका छन् । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रमोद यादवका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालय, मोरङमा अहेव पदमा कार्यरत नेपाल कोश...
मुख्यमन्त्री राईले भने- म रचना रिमाललाई वान साइड लभ गर्छु झापा । प्रदेश १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले गायिका रचना रिमाललाई वान साइड लभ गरेको बताएर आफू नेपाली गीतसंगीतलाई माया गर्ने व्यक्ति रहेको जानकारी दिएका छन् । झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा इन्ट्रा नेशनल वेल्फेर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका...
देवरको हत्यामा भाउजू पक्राउ काठमाडौँ ।आफ्नै देवरको हत्या गरेर जलाएको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्लाको शारदा नगरपालिका–५ का ३० वर्षीय शेरबहादुर चन्दको हत्याको आरोपमा प्रहरीले आफ्नै भाउजू २६ वर्षीया लक्ष्मी र छिमेकी भाउजू नातामा पर्ने २५ वर्षीया राधा पौडेल चन्दलाई प्रहरीले पक्राउ गरेको हो । चन्दको शव आधा जलेको ...
टिपरको ठक्करले स्कुटर चालकको मृत्यु काठमाडौँ ।अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–८ आदर्श चोक प्राइम बैंक अगाडि जगातीबाट आज तीव्रगतिमा आएको टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने सवार अर्का व्यक्ति गम्भीर घाइते भएको छन् । जगातीबाट सूर्यविनायकतर्फ जाँदै गरेको बा३ख ५४२३ नं को टिपरले सूर्यविनायक...
बालुवा खानीमा पुरिएर दुई महिलाको मृत्यु काठमाडौँ ।जुम्लाको तिला गाउँपालिका –९ स्थित बालुवा खानीमा पुरिएर दुई महिलाको मृत्यु भएको छ ।सोही वडा निवासी १९ वर्षीया निली रावत र १५ वर्षीया निरमाया रावत धाराखोलास्थित बालुवा खानीमा पुरिँदा मृत्यु भएको हो । स्थानीयवासी बिनबहादुर रावतका अनुसार शुक्रबार बिहान ७ बजे बालुवा सङ्कलनका...
आठ प्रहरी उपरीक्षकलाई दज्र्यानी चिह्न काठमाडौँ ।नेपाल प्रहरीको जनपद समूहतर्फ बढुवा भएका आठ प्रहरी उपरीक्षकलाई दज्र्यानी चिह्न प्रदान गरिएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित समारोहबीच उनीहरुलाई निमित्त प्रहरी महानिरीक्षक नीरजबहादुर शाहीले दज्र्यानी चिह्नबाट सुशोभन गरे । बढुवा हुने प्रहरी अधिकृतमा जनकबहादुर शाही, र...
गणकको लापरबाहीले सर्वसाधारण जनगणनाबाट वञ्चित सप्तरी ।राष्ट्रिय जनगणना ९ मंसिरबाट सम्पन्न भएको छ । तर सप्तरीका धेरै परिवार जनगणनाबाट वञ्चित भएको स्थानीयको भनाइ छ। धेरै परिवार जनगणनाबाट वञ्चित रहेको राजविराज ४ का सुरेश मुखियाले बताए। उनले भने,’गणक नआइदिनाले अहिले पनि हाम्रो छिमेकीहरू जनगणनामा सहभागी हुन पाएका छैनन्।’ जनग...
ट्याक्टर दुर्घटनामा एक युवकको मृत्यु जनकपुरधाम ।धनुषाको मिथिला नगरपालिकामा ट्याक्टर दुर्घटनामा परी एक युवाको मृत्यु भएको छ । मिथिला नगरपालिका २ नक्टाझिजमा शुक्रबार बिहान ट्याक्टरमा च्यापिएर क्षीरेश्वरनाथ नगरपालिका ७ का २५ वर्षीय चेतन महतोको मृत्यु भएको हो । स्थानीय नदीमा बालुवा अनलोड गर्ने क्रममा ज१त। ४१७२ नम्बरको ट्या...
माओवादी नेता पुनको स्वास्थ्य गम्भीर, बैंककमा सुधार नभएपछि चीन लगियो काठमाडौं ।नेकपा माओवादीका नेता तथा पूर्वमन्त्री वर्षमान पुनलाई थप उपचारका लागि थाइल्याण्डबाट बैंकक लगिएको छ । डेढ महिनासम्म थाइल्यान्डमा उपचार गराउँदा पनि सुधार नभएपछि थप उपचारका लागि चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेन लगिएको हो । यो रोग  विश्वमै बिर...
निधि र प्रकाशमानले एक अर्कालाई नछोड्ने काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनका लागि क्षेत्रीय र जिल्ला अधिवेशनका परिणामहरु आइरहँदा सभापतिको उम्मेदवारका लागि पनि रस्साकस्सी सुरु भएको छ । अहिलेलाई कसका कति प्रतिनिधि आए भन्ने लेखाजोखा भइरहँदा सभापतिको गठबन्धनका लागि पनि प्रयासहरु जारी नै छन् । यसै क्रममा उपसभ...
नेपाल प्रहरीमा ठूलो संख्यामा भर्ना खुल्यो (सूचनासहित) काठमाडौँ । के तपाँइ बेरोजगार हुनुहुन्छ ? यदि हुनुहुन्छ भने नेपाल प्रहरीले एक हजार नौ सय ७१ जना प्रहरी जवान माग गरेको छ । आज (शुक्रबार) प्रहरी प्रधान कार्यालयले गोरखापत्रमा सूचना निकालेर इच्छुकहरूलाई आवेदन दिन अनुरोध गरेको हो। साथै कार्यालयले एक सय ४६ जना प्रहरी निरी...
सेनालाई पाँच थान ट्रक सहयोग काठमाडौं ।नेपाली सेनालाई सहयोगस्वरूप भारतीय सेनाले पाँच वटा वर्कशप ट्रक उपलब्ध गराएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित कार्यक्रममा नेपाली सेना हतियार तथा नियन्त्रित उपकरण व्यवस्था निर्देशनालयका निमित्त निर्देशक सहायक रथी कृष्णदेव भट्टलाई यहाँस्थित भारतीय दूतावासका सैनिक सहचारी कर्णे...
निर्वाचन आयोगद्वारा दलको आय र व्ययको लेखा राख्ने ढाँचा स्वीकृत काठमाडौं ।निर्वाचन आयोगले राजनीतिक दलको आय र व्ययको लेखा राख्ने ढाँचा स्वीकृत गरेको छ । राजनीतिक दलले गर्ने आम्दानी र खर्चलाई विभिन्न शीर्षकमा वर्गीकरण गरी आम्दानी र खर्चको लेखाङ्कन तथा प्रतिवेदनको लागि आठ वटा फारामको ढाँचा तोकिएको छ । लेखा राख्नको लागि सम्...
लमजुङमा डाँका मुद्दाका दुई फरार अभियुक्त पक्राउ लमजुङ ।लमजुङ प्रहरीले डाँका मुद्दाका दुई जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मर्स्याङ्दी गाउँपालिका-६ का ४५ वर्षीय प्रकाश कतिला र मर्स्याङ्दी ९ का ३१ वर्षीय धुरमुस भन्ने अम्मरबहादुर घिमिरे रहेका छन् । उनीहरूलाई प्रहरीले बुधबार सदरमुकाम बेसीसहरबाट पक्राउ ग...
१५ मंसिरबाट गोलाप्रथा लागु गर्ने सर्वाेच्च अदालतको निर्णय गोलाप्रथासम्बन्धी नियमावली सोमबार राजपत्रमा प्रकाशित भएपछि बिहीबार फुलकोर्ट बैठक बसेर त्यसलाई कार्यान्वयन गर्ने गरी १५ मंसिरबाट लागु गर्ने निर्णय गरेको हो । गोलाप्रथाबाट पेसी तोक्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा राजी भएपछि १९ जना न्यायाधीश इजलासमा फर्किएका...
एमाले महाधिवेशन : लुम्बिनीबाट ७५ हजार कार्यकर्ता बोकेर एक हजार गाडी सौराहामा बुटवल । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि लुम्बिनी प्रदेशबाट झण्डै सात सय गाडी बुक भएका छन् । प्रदेशका १२ जिल्ला मध्ये रुपन्देही, नवलपरासी र कपिलवस्तुबाट मात्रै सात सय गाडी बुक भएको पश्चिम नेपाल बस व्यवसायी प्रालिले जनाएको छ । यद्य...
बैंकिङ कसुरका फरार पक्राउ काठमाडौं।बैकिङ कसुरमा दोषी ठहर भई फरार काठमाडौँ महानगरपालिका–१० घर भई ललितपुरको सानागाउँ दुर्गा शाही सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको विसं २०७७ मङ्सिर १६ को आदेशले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम सात दिन कैद र रु १३ लाख ६५ हजार जरिवाना हुने फैसला सुनाएको थियो । त्यसपछ...
बाबुको एसिड प्रहारबाट छोराछोरी घाइते सोलुखुम्बु ।सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा बाबुको एसिड प्रहारबाट छोराछोरी घाइते भएका छन् । सोलुदुधकुण्ड नगरपालिका ५ बसन्तबजारका २५ वर्षीय छोरा र १६ वर्षीया छोरी घाइते भएका हुन् । प्रहरीका अनुसार सोमबार राति करिब साढे ८ बजे अन्दाजी ५५ वर्षका मोहन बराइलीले मादक पदार्थ सेवन गरेर छोराछ...
बुहारीको कुटाइबाट जेठाजुको मृत्यु काठमाडौं।गोरखामा भाइबुहारीको कुटाइबाट जेठाजुको मृत्यु भएको छ । जिल्लाको आरुघाट गाउँपालिका–४ थुमीमा बुहारीको कुटाइबाट स्थानीयवासी ४९ वर्षीय चामबहादुर बरामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । आफ्नै भाइबुहारी डल्ली बराम र उनकी छोरी निशा बरामको कुटपिटबाट उनी गम्भीर घाइत...
रसुवामा जिप दुर्घटना हुँदा सात घाइते काठमाडौँ ।पासाङल्हामु राजमार्गअन्तर्गत ठाडे क्षेत्रमा आज साँझ यात्रुबाहक टाटा सुमो जिप दुर्घना हुँदा सात जना घाइते भएका छन् । जिपले गोसाइँकुण्ड गाउँपालिका–६ मा तीन पैदलयात्रीलाई ठक्कर दिई राजमार्गबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । सामान्य घाइतेमध्ये दुई जना रसुवा जिल्ला अस्पता...
दुर्घटनामा विद्यार्थी नेताको मृत्यु काठमाडौँ ।तनहुँको डुम्रे बेँसीसहर सडक खण्डमा पर्ने भानु नगरपालिका–१ भन्सारमा बसले स्कुटरलाई ठक्कर दिँदा आज अखिल क्रान्तिकारीका नेताको मृत्यु भएको छ । गोरखाको पालुङटार नगरपालिकाको पालुङटार नगरपालिका–४ निवासी २४ वर्षीय विद्यार्थी नेता सुर्वण देवकोटाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जन...
कात्तिकमा २३१ मानव अधिकार उल्लङ्घन काठमाडौँ ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले कात्तिक महिनामा २३१ जना व्यक्ति मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएको जनाएको छ । इन्सेकले गत कात्तिक महिनाको मासिक तथ्याङ्क विश्लेषण प्रतिवेदनमा १०४ जना महिला र १२७ पुरुष गरी २३१ जना पीडित भएका जनाएको छ । प्रतिवेदनअन...
अधिकांश न्यायाधीश इजलासमाःसुनुवाइ न्यून काठमाडौँ ।सर्वोच्च अदालतमा आज अधिकांश न्यायाधीशले बन्दीप्रत्यक्षीकरणसहित सबै खाले मुद्दामा सुनुवाइ प्रारम्भ गरे पनि अझै प्रभावकारी ढङ्गले मुद्दामा सुनुवाइ हुन सकेको छैन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्न...
बेहोस अवस्था फेला परेका डाक्टर सुबास लोहनीको अस्पताल नपुर्‍याउँदै मृत्यु काठमाडौं ।बेहोस अवस्थामा फेला परेका काठमाडौँको टोखा निवासी एक चिकित्सकको मृत्यु भएको छ । ग्राण्डी टावरको माथिल्लो तलामा रहेको आफ्नै कोठामा सोमबार बेहोस अवस्थामा फेला परेका न्युरोसर्जन डा सुवास लोहनीको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँले ज...
उपभोक्ता समितिमार्फत हुने कामको अध्ययन गर्न कार्यदल काठमाडौं ।उपभोक्ता समितिमार्फत हुने कामका विषयमा टीकाटिप्पणी बढ्न थालेपछि सहरी विकास मन्त्रालयले अध्ययन गर्न कार्यदल गठन गरेको छ । मन्त्रालयका सहसचिव रामचन्द्र दङ्गालको संयोजकत्वमा सरोकार भएका निकायका प्रतिनिधि पनि सदस्य रहने गरी समिति गठन गरिएको मन्त्रालयले जनाएको छ ...
निर्वाचन आयोगले शिक्षक र कर्मचारी दलको प्रतिनिधि भए सदस्यता वितरण नगर्ने काठमाडौँ ।निर्वाचन आयोगले राजनीतिक दललाई नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेका स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल रहेको व्यक्तिलाई सदस्यता वितरण नगर्न नगराउन निर्देशन दिएको छ । ...
गोदावरी सडकमा खाल्डैखाल्डा काठमाडौँ ।ललितपुरको गोदावरीबाट बिहान निस्केका रमेश सिलवाल दिउँसोसम्म कार्यालय पुग्दा धुलाम्मे हुन्छन् । निर्माणाधीन सो सडक हुँदै पाटन पुग्दासम्म वर्षामा हिलो र हिउँदमा धुलाम्मे हुने उनले बताए । अचेल उनी सडकमा हिँड्दा बाहिरबाट बर्षादी लगाएर निस्कन्छन् । उनले भने, “त्यसरी बाहिरको लुगा नफेरे त अ...
एमाले महाधिवेशनः मञ्च अत्याधुनिक प्रविधियुक्त, आकाशमा दुई वटा ड्रोन चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको लागि उद्घाटन र बन्द सत्र हुने स्थानमा आवश्यक पूर्वाधार निर्माणलाई तीव्र पारिएको छ । उद्घाटन स्थलको मञ्चमा अत्याधुनिक प्रविधिसहितको उपकरण जडान भइरहेको छ भने महाधिवेशन स्थल ड्रोनले निगरानी हुनेछ । मञ्च नेप...
चोरी गिरोहका चार भारतीय पक्राउ काठमाडौं ।भक्तपुरको एक उद्योगबाट कात्तिक ३० गते ढलौटका विभिन्न सामानहरु चोरी गरी फरार भएका गिरोहका चार भारतीय नागरिकलाई महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले पाँच दिनपछि पक्राउ गरेर आज सार्वजनिक गरेको छ । पक्राउपर्नेमा भारत मोतिहारी घरभई काठमाडौँ महानगरपालिका–३२ बानेश्वर बस्ने ३० वर्षीय ...
नर्सिङ भर्ना तत्काल खोल्न शिक्षामन्त्रीको निर्देशन काठमाडौं ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रमाणपत्र तह (पीसीएल) नर्सिङको भर्ना तत्काल खोल्न निर्देशन दिएका छन् । मन्त्री पौडेलले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरी, सीटीईभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारी, मन्त्रालयका सचिव रामप्रसाद...
बैतडीमा जिप दुर्घटना, चार जनाको मृत्यु बैतडी ।बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको दशरथचन्द नगरपालिका २ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका ६ सेरातर्फ जाँदै गरेको से१ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्डअन्तर्गत दशरथचन्द नगरपालिका ४ कलुवा...
यस वर्ष पनि रासायनिक मलको अभाव हुने काठमाडौँ । गत वर्षको असारमा खेत रोप्ने मुख्य समयमा रासायनिक मल नपाएका किसानले यस वर्ष पनि मल नपाउने भएका छन् । मल खरिद बिक्रीको जिम्मा पाएको कृषि सामग्री कम्पनीले पर्याप्त मात्रामा रासायनिक मल खरिद गर्न नसकिएको भन्दै अभाव हुने जनाएको हो । आलु र गहुँका लागि आवश्यक पर्ने मल गत फागुनदेख...
दाइजोबापत मोटरसाइकल र नगद नदिए पछि श्रीमतीको हत्या सप्तरी ।श्रीमतीलाई विष खुवाइ हत्या गरेका अभियोगमा एक व्यक्ती पक्राउ परेका छन्। प्रहरीले बोदे बरसाइन नगरपालिका–५ जाँजरका २५ वर्षीय लुकमान मियाँलाई पक्राउ गरेको हो। आज म्याद थपका लागि जिल्ला अदालत पठाइएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक वीरेन्द्रकुमार पास...
पहिलो अन्तर्राष्ट्रिय खेल खेलिरहेका खेलाडीको मुखमा लाग्यो बल, एम्बुलेन्समा अस्पताल पठाइयो काठमाडौं । वेष्ट इण्डिजको टिम २ टेस्टको सिरिजको लागि अहिले श्रीलंकामा छ । गल्लेमा पहिलो टेस्टको पहिलो दिन आइतबार ठूलो दुर्घटना भयो । आज पहिलो अन्तर्राष्ट्रिय खेल खेलिरहेका वेष्ट इण्डिजका जेरेमी सोलोजानोलाई सर्ट लेगमा फिल्डिङका क्र...
डुबेर युवकको मृत्यु उदयपुर ।जिल्लाको त्रियुगा नगरपालिका–११ पुरानो गाईघाटका ३० वर्षीय युवकको आज चौदण्डीगढी नगरपालिकास्थित खोलामा पौडी खेल्दा डुबेर मृत्यु भएको छ । मृत्यु हुने युवा त्रियुगा नगपालिका–११ का ३० वर्षीय मनोज चौधरी रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । केही युवासँग वनभोज खानका लागि गएका चौधरी २ बजेतिर देवधा...
दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु काठमाडौं ।अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकमा बागमती प्रदेश०२–०३०प ०१६८ नंको मोटरसाइकल प्रदेश नं ३–०१–००३क ७८५१ नंको टिपरसँग ठोक्किएर आज दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–६ राष्ट्रिय वाणिज्य बैंक अगाडि मोटरसाइकलले टिपरलाई दाहिने साइडबाट ओ...
दुर्घटनामा एकको मृत्यु, एक घाइते काठमाडौं ।अरनिको राजमार्गअन्तर्गत बलेफी–सुकुटेबीचको क्षेत्रमा आज बिहान सडक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रबिसेका एकबहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । काठमाडौँबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा५ख४२८२ नंको आइचर ट्रकले काठमाडौँतर्फ जाँदै गरेको बा ...
मौसममा क्रमिक सुधार काठमाडौं ।अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले विगत तीनदिनदेखि बिग्रिएको नेपालको मौसममा आजदेखि क्रमिकरुपमा सुधार आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि उक्त मौसमी प्रणालीको आंशिक प्रभाव कायमै रहेकाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक÷दुई स्थानमा हल्का वर...
विद्युत्को करेन्ट लागेर महिलाको मृत्यु काठमाडौं ।पाल्पामा माछा मार्न लगाइएको विद्युत्को करेन्ट लागेर महिलाको मृत्यु भएको रहस्य बाहिर आएको छ । पाल्पा रैनादेवी छहरा गाउँपालिका–२ तासियलका बलबहादुर विकको श्रीमती ३२ वर्षीय सुमित्रा विकको माछा मार्न लगाइएको विद्युत्को करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएका छन् । घरबाट सर्द...
बैंकिङ कसुर मुद्दाका फरार लिम्बु पक्राउ काठमाडौं ।नेपाल प्रहरीले बैंकिङ कसुरजन्य अपराधका फरार अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैङ्किङ कसुर मुद्दामा फरार ताप्लेजुङ फुङलिङ नगरपालिका–११ घर भई काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–३ चपली बस्दै आएका ४६ वर्षीय आन्दीराम इजम लिम्बुलाई आज ...
मुगुकी ६ वर्षीया बालिका खोलामा बेपत्ता मुगु ।मुगुमा एक बालिका बिहीबारदेखि बेपत्ता भएकी छन् । जिल्लाको खत्याड गाउँपालिका(४ का प्रकाश थापा की ६ वर्षीया छोरी रियाना थापा पौडी खेल्ने क्रममा बिहीबारदेखि बेपत्ता भएकी हुन् । बिहीबार ४ बजे तिर आफ्नै घर नजिकैको खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मुगुक...