content
stringlengths
20
64.1k
हिमपहिरामा हराएका किसानको चार दिनपछि शव भेटियो काठमाडौं।हिमपहिरामा परेर बेपत्ता भएका मनाङका एक किसान चार दिनपछि मृतावस्थामा भेटिएका छन् । मनाङको नासों गाउँपालिका–४ ओडारका ५३ वर्षीय आजुङ लाटा भनिने आच्यों गुरुङ आइतबार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ । चार दिनदेखि हिमपहिरामा परेर हराइरहेका गुरुङको शव ग...
हिउँमा फँसेका बाबुछोरा उद्धार गर्न गएको हेलिकप्टर आज पनि रित्तै फर्कियो काडमाडौं ।ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङमा पाँच दिनदेखि हिउँमा फँसेका बाबुछोराको उद्धार हुन सकेको छैन । आज बिहान दुई पटक अल्टिच्युट एयर कम्पनीको हेलिकप्टर उद्धारका लागि गए पनि ठाउँ पहिचान गर्न नसकेपछि उद्धार हुन नसकेको हो । अन्दाजी ५०÷५५...
स्थानीय तहद्वारा विद्यालय बन्द काठमाडौं। जाडो बढ्दै गएपछि काभ्रेपलाञ्चोकको स्थानीय तहले विद्यालय बन्द गर्न निर्देशन दिन थालेका छन् । चार दिनअघिको वर्षाले चिसो बढ्दै गएपछि जिल्लाका तीन स्थानीय तहले विद्यालय बन्द गर्न निर्देशन दिइसकेका छन् । तेमाल गाउँपालिकाले यसै साताको वर्षाका कारण जाडो बढ्दै गएको जनाउँदै आजदेखि एक हप्...
स्रोत नखुलेको ५० लाख नगदसहित सौर्य एयरलाइन्सका कर्मचारी पक्राउ काठमाडौं। नेपाल प्रहरीले स्रोत नखुलेको ५० लाख नगदसहित सौर्य एयरलाइन्सका कर्मचारीलाई पक्राउ गरेको छ ।प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले स्रोत नखुलेको ५० लाख नगदसहित मोरङको विराटनगर महानगरपालिका–४ की ३३ वर्षीया रेशा शाक्य पोखरेललाई शनिबार दिउँसो प...
जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ जाजरकोट। प्रहरीले जाजरकोटबाट जुवा-तास खेल्दै गरेका १३ जनालाई पक्राउ गरेको छ । भेरी नगरपालिका-४ गैरीखाली स्थित सन्तोष श्रेष्ठको घरमा अवैध रुपमा जुवातास खेलाइरहेको सूचना पाएपछि जिप्रका खलंगाबाट खटिएको प्रहरी टोलीले  १३ जना जुवाडेलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भेरी नगरपालिका-५...
सर्लाहीमा मोटरसाइल दुर्घटना हुँदा तीन जनाको मृत्यु सर्लाही। सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सर्लाहीको सागरनाथ जंगलमा मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा मोटरसाइकलमा सवार तीनजनाको मृत्यु भएको हो । दुर्घटनामा परि ज्यान गुमाउनेमा ईश्वरपुर नगरपालिका–१० दसबिघा बस्ने वर्ष २२ वर्षिय अरुण सिंह, २० वर...
एकैरात चार मन्दिरमा चोरी काठमाडौं। पूर्वी चितवनको कालिका नगरपालिका– २ मा रहेका चार मन्दिरमा चोरी भएको छ । वडा कार्यालय परिसरमा रहेका ती मन्दिरमा शनिबार राति एकैपटक चोरी भएको हो ।पदमपुर प्रहरी चौकीका अनुसार परिसरमा रहेको कल्पेश्वर महादेव मन्दिर, बिघ्नेश्वर गणेश, राधाकृष्ण र सिद्धिदाता भगवती मन्दिरको ढोका तथा सत्तल फोरेर...
नक्कली परीक्षार्थी बनी प्रहरी जवानको लिखित परीक्षा दिने २ जना पक्राउ काठमाडौँ। सशस्त्र प्रहरी बलमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परीक्षामा  नक्कली परीक्षार्थी बनी परीक्षा दिने २ जनालाई प्रहरीले शनिबार (पौष १७ गते) पक्राउ गरेको छ । अर्काको नाममा परीक्षा दिँदै गरेका बागलुङ जिल्लाको ढोरपा...
निर्वाचन गर्न एनआरएनएलाई परराष्ट्र मन्त्री खड्काको निर्देशन काठमाडौं। परराष्ट्र मन्त्री नारायण खड्काले गैरआवासीय नेपाली संघको निर्वाचन गर्न निर्देशन दिएका छन् । संघका अध्यक्ष कुमार पन्तको नेतृत्वमा शुक्रबार गएको एक प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री खड्काले संघको १०औं महाधिवेशन तथा निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देश...
अझै गर्न सकिएन हिउँमा फसेका बाबुछोराको उद्धार काठमाडौं।चार दिनदेखि हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ स्थित पापुङका बाबुछोराको अझै उद्धार हुनसकेको छैन । उद्धारका लागि आज गएको निजी कम्पनीको एक हेलिकोप्टर उनीहरू रहेको स्थान पत्ता नलागेपछि उद्धार नगरी फर्किएको छ । हिउँमा फसेको क्षेत्रमा दुई पटकसम्म हेलिकोप्ट...
बैंकले झुक्किएर हजारौं खातामा २१ अर्ब पठायो, प्रतिस्पर्धी बैंकमा गएपछि फिर्ता लिन समस्या काठमाडौं। बेलायतको एक बैंकले झुक्किएर हजारौं खातामा कूल १३० मिलियन पाउण्ड (करिब २१ अर्ब नेपाली रुपैयाँ) पठाएको छ । बेलायतको सान्ट्याण्डर बैंकले २५ डिसेम्बरमा क्रिसमसका दिन झुक्किएर ७५ हजार वटा फरक फरक खातामा यो रकम पठाएको हो । यो र...
लागुऔषध सहित चार युवा पक्राउ काठमाडौं। प्रहरीले गएराति लागुऔषध सहित चार युवालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका– ६ बस्ने २७ वर्षीय शत्रुधन मुखिया, सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–४ बस्ने १७ वर्षीय विरेन्द्र मुखिया, १८ वर्षीय सुरेश मुखिया र बरहथवा नगरपालिका–७ बस्ने १४ वर्षीय सु...
इस्वी सन्को नयाँ वर्ष २०२२ काठमाडौं । गे्रगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु हुँदैछ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुआत भएको भन्ने भनाइ रहेको छ । पोप गे्रगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रो अनुसारको नय...
चिसोका कारण विद्यालय सञ्चालन गर्न मुस्किल काठमाडौं ।अत्यधिक चिसोका कारण जिल्लाका विद्यालयमा पठनपाठन गराउन समस्या भएको छ । हिमाली तथा उच्च लेकाली क्षेत्रमा अवस्थित विद्यालयमा हिमपातको कारण पठनपाठनमा समस्या भएको हो । माथिल्लो भेगका कतिपय विद्यालय बन्द भएका छन् भने कतिपय विद्यालय खुले पनि पठनपाठन सञ्चालन गर्न सकिएको छैन ।...
लागूऔषधसहित पक्राउ काठमाडौं। काठमाडौँबाट लागूऔषधसहित आज एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–११ लोलाङ बस्ने धादिङ खनियाबास गाउँपालिका–४ का ४६ वर्षीय लेखबहादुर तामाङ रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनलाई काठमाडौँ महानगरपालिका–३२ नरेफाँटस्थित तरकारी बजारबाट नियन्त्रित लागूऔषध नुर्फिन २८६...
शितलहरबाट सप्तरीको जनजीवन प्रभावित काठमाडौं। चिसो हावासँगै बाक्लो हुस्सु तथा शितलहरका कारण मधेसका जिल्लासहित सप्तरीको जनजीवन कष्टकर बनेको छ ।बुधबार र बिहीबार वर्षासँगै चिसो हावा चलेका कारण अत्यधिक चिसो बढेको हो । शितलहरसँगै अत्यधिक चिसो बढेपछि सर्वसाधारणलाई घरबाट निस्किन समस्या भएको छ । सार्वजनिक ठाउँ बजार, सरकारी तथा ...
जाडो बढ्दा किन काटियो बिजुली ? काठमाडौं। मङ्गलबार रातिदेखि देशभर नै वर्षा भयो । बुधबार त दिनभर नै पानी पर्‍यो। जाडोको समयमा पानी पर्दा काठमाडौँ वरीपरीमा डाँडामा हिउँ पनि परे । चन्द्रागिरी त हिउँ खेल्नेको भीड नै लाग्यो । तर, यही बेला राजधानीका विभिन्न स्थानमा बिजुली काटियो । पुसको जाडोमा बिजुली काटिँदा धेरैले के भएको हो...
प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा कमी काठमाडौं। अघिल्लो वर्षको तुलनामा यस वर्ष नेपालमा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा कमी आएको छ । सन् २०२० मा ९६ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना घटेकामा सन् २०२१ मा सो सङ्ख्या ५९ रहेको छ । ‘फ्रिडम फोरम’ले तयार पारेकोे वार्षिक मिडिया प्रतिवेदनअनुुसार यस वर्ष नेपालमा प्रेस स्...
बाघको आक्रमणबाट महिलाको मृत्यु काठमाडौं। नवलपुरको मध्यबिन्दु–१२ मा आज बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बाघको आक्रमणबाट मध्यबिन्दु–१२, अरुणखोला निवासी ३९ वर्षीया बरिसा सारुको मृत्यु भएको हो । बिहान स्थानीय वनमा साग टिप्न जानुभएकी सारुलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पन्तले ब...
बालबालिकालाई विद्यालयमै खोप काठमाडौं। कोभिड विरुद्धको खोप व्यवस्थापन गर्ने क्रममा स्वास्थ्य कार्यलय उदयपुरले स्थानीय पालिकामार्फत जिल्लाको नगरपालिका र गाउँपालिकाको विद्यालयमा नै बालबालिकाको लागि खोप दिन थालेको छ । बुधबारदेखि जिल्लाको त्रियुगा, कटारी, चौदण्डीगढी, बेलका नगरपालिकासहित पहाडी क्षेत्रको रौतामाई, उदयपुर गढी, ...
बैतडी पुगेका योजना आयोग उपाध्यक्ष पौडेलसँग सडक र ग्रामीण विकासका योजना माग काठमाडौं। सुदूरपश्चिमको बृहत्तर विकास योजनाको खाका तयार गर्ने क्रममा बिहीबार बैतडी पुगेका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलसँग बैतडी जिल्लाका सरोकारवालाहरूले सडक निर्माण तथा सडकहरूको स्तरोन्नतिको माग राखेकाछन् । बिहीबार जिल्लाको प...
निर्वाचन अधिकृतको कार्यालय उद्घाटन काठमाडौं। राष्ट्रियसभा निर्वाचनका लागि धनगढीमा निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ । यही माघ १२ गतेदेखि हुन गइरहेको राष्ट्रियसभा निर्वाचनका लागि कार्यालयको उद्घाटन गरिएको हो । जिल्ला न्यायाधीश तथा निर्वाचन अधिकृत जयानन्द पनेरुले कार्यालय उद्घाटन गरेका हुन् । राष्ट्रियसभाको पहि...
आगलागीबाट दश लाखको क्षति काठमाडौं।सप्तरीको तिरहुत गाउँपालिका–३ मा आज भएको आगलागीबाट रु दश लाखभन्दा बढीको क्षति भएको छ । स्थानीयवासी हेमनारायण साफीको घर र किराना पसल तथा मेडिकल ल्याब रहेको अर्को घरमा विद्युत सर्ट भएर आगलागी हुँदा सो क्षति भएको हो । आगलागीबाट औषधि, दुई गोरु, पाँच बाख्रा, ल्यापटप, साइकल, अन्न, लत्ताकपडालग...
अनुदानमा आएको ३५ बोरा युरिया मल बिक्री गर्न खोज्ने दुई जना पक्राउ प्यूठान। किसानहरुका लागि अनुदानमा आएको मल बिक्री गर्न खोज्ने दुई जना पक्राउ परेको छ। पक्राउ पर्नेमा शिवराज नगरपालिका–३ खरेन्द्रपुरका विवश क्षेत्री तथा सोही ठाउँका केशर महतरा रहेका छन् । प्यूठान नगरपालिका-९ मरन्ठानाको दीर्घायू कृषि सहकारी लागि आएको अनुदान...
भक्तपुरमा कार दुर्घटना हुँदा एकको मृत्यु काठमाडौं।भक्तपुरबाट तीव्र गतिमा काठमाडौँतर्फ जादै गरेको कार दुर्घटना हुँदा एकको मृत्यु भएको भएको छ भने दुई जना घाइते भएका छन् ।मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोस्थित अरनिको राजमार्ग खण्डमा तीव्र गतिमा काठमाडौँ जाँदै गरेको बा ४ च ५७६ नम्बरको कार सडकको बीचमा रहेको डिभाइडरमा ठोक्कि...
आज सफला एकादशी : थाहा पाउनुहाेस् तपाईंकाे राशिफल काठमाडाैं। १५ पुस, ३० डिसेम्बर बिहीबार । सन् २०२१ को दोस्रो अन्तिम दिन । पौषकृष्णपक्ष, आज सफला एकादशी भनिन्छ । एकादशीको दिन विशेषगरी व्रत गर्ने र अन्न ग्रहण नगर्ने फलाहार लिने चलन छ । वर्षमा २४ एकादशी हुन्छन् हरेक एकादशीको फरकफरक महत्व रहेको छ । सफला एकादशी नामले पनि पुष...
सत्र दिनदेखि बेपत्ता बालक मृत फेला काठमाडौं। विगत १७ दिनदेखि बेपत्ता भएको एक बालक मृत अवस्थामा फेला परेका छन् । गत मङ्सिर २४ गते घरबाट गोरु चराउन घरबाट निस्किएका पर्वतको मोदी गाउँपालिका–६ तिलाहारका १२ वर्षीय सन्देश लामिछाने मङ्गलबार साँझ मृत भेटिएका हुन् । पर्वतका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीका अनुसार मङ्सिर २४...
२२० जना नयाँ सङ्क्रमित थपिए, २ जनाको मृत्यु काठमाडौं । पछिल्लो २४ घण्टामा २२०जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ६ हजार ४३३ जनामा पीसीआर परीक्षण गरिएकोमा २०९ जनामा र १ हजार १७५ जनामा एन्टीजेन परीक्षण गर्दा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना सङ्क्रमणम...
हिमपातले मध्यपहाडी मार्ग अवरुद्ध काठमाडौं। मङ्गलबार रातिदेखि परेको वर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । लोकमार्गको बुर्तिबाङ–पातिहाल्ने खण्ड अवरुद्ध भएको हो । जिल्लाको निसीखोला गाउँपालिका–६ सिपमा दुई फिट भन्दा धेरै हिमपात भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडक अवरुद्ध हुँदा पूर्...
ट्रकले कारलाई ठक्कर दिँदा बैंक म्यानेजरको मृत्यु, दुई जना घाइते कपिलवस्तु। कपिलवस्तुको बाणगंगामा ट्रकले कारलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बाणगंगा नगरपालिक- १ पिपराका अनुराग पाण्डेकाे दुर्घटनामा ज्यान गएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलीप क्षेत्रीले जानकारी दिए । उनी साइन रेसुङ...
प्रशिक्षक भट्ट भन्छन्- ऐतिहासिक दोस्रो स्वर्ण पदक दिलाउन सफल भएकोमा खुसी छु काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले ऐतिहासिक दोस्रो स्वर्ण पदक दिलाउन सफल भएकोमा खुसी व्यक्त गरेका छन् । मंगलबार बंगलादेशको ढाकामा सम्पन्न प्रतियोगिताको प्रतिस्पर्धात्मक फाइनलमा उज्बेकिस्तानलाई ३–२ सेटमा ...
३६ लाख बराबरको ब्याट्री बरामद काठमाडौं। जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले रु ३६ लाख बढीको ब्याट्री बरामद गरेको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको वाग्मती प्रदेश०३–००१ ख १५५२ नम्बरको ट्रकबाट प्रहरीले कागजागत बिनाका ब्याट्री बरामद आज गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रकाश...
वर्षा र हिमपातको सम्भावना काठमाडौं। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम...
रौतहटमा जन्ती बोकेको जीप दुर्घटना, पाँच जनाको मृत्यु काठमाडौं। रौतहटमा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । जन्ती लिएर सदरमुकाम गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर ०५ पीए ६९५३ नम्बरको जीप गरुडामा दुर्घटना भएको हो । दुर्घटनामा बाराको गढीमाई नगरपालिक...
रौतहटमा जिप दुर्घटना: पाँच जनाको मृत्यु, दुई जना घाइते (अपडेट) रौतहट । रौतहटमा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर ०५पीए ६९५३ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुनील मल्लले जानकारी दिए । ‘मंगलबार ४...
रकम फिर्ता गर्न कामपालाई आग्रह काठमाडौँ। हनुमानढोका दरबार हेरचाह अड्डाले सम्झौता भएअनुरुपको बाँकी रकम तत्काल फिर्ता गर्न काठमाडौँ महानगरपालिकालाई आग्रह गरेको छ । अहिले अड्डाले विदेशीको लागि रु ३०० को टिकटको व्यवस्था गरेको छ । यसअघिसम्म कामपाले विदेशीको लागि रु एक हजार र दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष...
हत्या आरोपमा बैतडीका एक युवक पक्राउ काठमाडौं। इलाका प्रहरी कार्यालय पाटनले हत्याका आरोपमा सिगास गाउँपालिका–७ का ३० वर्षीय रमेशसिंह ऐरलाई प्रक्राउ गरेको छ । सिगास–८ का ५५ वर्षीय कटक बोहराका हत्यामा संलग्न रहेको आरोपमा ऐरलाई पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । ऐरलाई प्रहरीले घर नजिक...
रामेछाप प्रहरीद्वारा २८ वर्षपछि फरार प्रतिवादी पक्राउ काठमाडौं। जिल्ला प्रहरी कार्यालय रामेछापले २८ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा साविक गौश्वारा गाविस–७ र हाल दोरम्बा शैलुङ गाउँपालिका–४ का ५८ वर्षीय होमबहादुर थापामगर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी...
अज्ञात समूहद्वारा पाँच पसलमा आगजनी, लाखौँको क्षति महोत्तरी। अज्ञात समूहले एकैसाथ पाँचवटा पसलमा आगजनी गरी लाखौँको क्षति पुर्याएको छ । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–३ भटौलिया बजारमा गए राति आगजनी गरी लाखौँको क्षति पुर्याएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भटौलिया बज...
अमेरिकाबाट गुनासो लिएर आए हरि अमेरिका।   नेपालीभाषी भुटानी श्रष्टा हरि उप्रेती गुनासो नामक गजल संग्रह लिएर पाठकमाझ आएका छन्। उनको गजलको सो पुस्तक २६ डिसेम्बरमा एक समारोह बीच ओहायो राज्यको रेनोल्ड्स्बर्ग शहरमा बिमोचन गरियो। नेपालीभाषी भुटानी समुदायका स्थानीय समाजसेवी आर.के उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमम...
नेपाली समाज टेक्सासको अध्यक्षमा राजेन्द्र वाग्ले विजयी टेक्सास, अमेरिका । नेपाली समाज टेक्सास(एनएसटी) को अध्यक्षमा राजेन्द्र वाग्ले निर्वाचित भएका छन्। आफ्ना प्रतिप्पर्धी उम्मेद्वार कमल सापकोटालाई पराजित गर्दै वाग्ले निर्वाचित भएका हुन्। आइतबार अवेरसम्म मतदानको परिणाम सोमबार अपरान्ह आएको थियो। लगभग ४ हजार मतदाता रहेको ...
कैदी फरार प्रकरणः जेलरसहित सात जना पक्राउ दाङ । कारागारका नाइके यामराज परियार फरार प्रकरणमा दाङको घोराही कारागारका जेलरसहित सात जना पक्राउ परेका छन् । सोमबार सम्ममा दाङ प्रहरीले कैदी भगाउने कार्यमा संलग्न भएको आरोपमा कारागार प्रमुखसहित सात जना पक्राउ परेको जनाएको छ । सोमबार घोराही कारागारका प्रमुख युवराज परियार, कारागा...
ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु डोल्पा । मुड्केचुला ७ गारापारीमा लु३त २६२५ नम्बरको ट्याक्टर आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी थप दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा मुड्केचुला ७ का ५० वर्षीय जंगे सार्की रहेका छन् । त्यस्तै घाइते हुनेमा जुम्ला तातोपानी गाउँपालिका ५ का १९ वर्षीय लक...
गोलबजारमा सटर फोडेर १० लाखभन्दा बढीको चोरी काठमाडौं। सिरहाको दुई किराना पसलमा सटर फोडेर १० लाखभन्दा बढी मूल्यको सामग्री तथा काउन्टरमा रहेको नगद चोरी गरेको छ ।गोलबजार नगरपालिका ६ गुम्बाचोकस्थित मनोज इन्टरप्राइजेज र लक्ष्मी जेनरल स्टोरबाट करिब नौ लाख मूल्य बराबरको सरसामान तथा दुवै पसलमा गरी एक लाख नगद चोरी भएकोे हो । चोर...
सप्तरीमा बियरको बोतल प्रहार गरी महिलाको हत्या काठमाडौं। सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही वीरपुरमा आज बिहान एक महिलाको हत्या भएको छ । स्थानीय जमाहर यादवकी ५० वर्षीया श्रीमती भुटनीदेवी यादवको घाँटी रेटी बियरको बोतल प्रहार गरी हत्या गरिएको अवस्थामा भेटिएको स्थानीयवासी शुभनारायण यादवले जनाकारी दिए । घरबाट खरानी लिएर ख...
मध्यपश्चिम र सुर्खेत बहुमुखी क्याम्पसबीच समझदारी काठमाडौं । मध्यपश्चिम विश्वविद्यालय सुर्खेत र त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस सुर्खेत बहुमुखी क्याम्पसबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । मध्यपश्चिम विश्वविद्यालय शिक्षा शास्त्र तथा व्यवस्थापन शास्त्र सङ्काय केन्द्रीय क्याम्पस र सुर्खेत बहुमुखी क्याम्पसबीच सहक...
मौसम पूर्वानुमान महाशाखाको अनुरोध काठमाडौं ।पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव आगामी मङ्गलबार र बुधबार देशभर फैलिएर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर ...
पृथ्वी जयन्तीमा राष्ट्रिय कविता प्रतियोगिता गर्दै सेना काठमाडौं । नेपाली सेनाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सम्मानमा कविता महोत्सव गर्नेभएको छ । सेनाले ३००औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा गैरसैनिक व्यक्तिलाई समावेश गरी राष्ट्रिय कविता प्रतियोगिता–२०७८ आयोजना गर्न लागेको सैनिक जनसम्पर्क तथा सूचन...
स्रोत नखुलेको रु १६ लाखसहित भारतीय नागरिक पक्राउ काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाराले स्रोत नखुलेको रु १६ लाख नगदसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकाको वडा नं १० स्थित मटिअर्वा चोकमा खटिएको प्रहरी टोलीले जाँचका क्रममा भारतको विहार मोतिहारी जिल्ला...
जनतामाझमा जाने एमालेको एजेण्डालाई प्रतिगमनसँग जोडियोः शंकर पोखरेल काठमाडौं । नेकपा एमाले महासचिव शंकर पोखरेलले जनताले क्रान्ति मात्र होइन परिवर्तन पनि खोजेको बताएका छन् । नेकपा माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले देशमा क्रान्ति पटक पटक भएको र जनताले अनुभूति गर्ने गर...
खेतीको समयमा मल नपाउँदा किसान चिन्तित सर्लाही।  सर्लाहीका किसान अहिले मलखाद नपाएर चिन्तित बनेका छन् । हिउँदेबालीका लागि पकेट क्षेत्र मानिने सर्लाहीमा आवश्यक मात्रामा मलखाद नपाउँदा किसानले लगाएको बाली बिग्रिने चिन्ता बढेको छ । जिल्लामा अहिले गहुँबालीको समय रहेको र गहुँबालीमा मल हाल्न नपाउँदा आफूहरुको मेहनत खेर जाने चिन्...
सर्लाहीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु, एक घाइते काठमाडौं।जिल्लाको छुट्टाछुट्टै स्थानमा भएको दुघटनामा दुई जनाको ज्यान गएको छ ।सर्लाहीको नवलपुर–मलंगवा सडक खण्डअन्तर्गत हरिपुर नगरपालिका–६, लक्ष्मीपुरमा साइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको हो । बाटो काट्दै गरेकी सोही स्थान निवासी अन्दाजी ५५ बर्षकी सैफुल खातुनला...
पर्वतमा बनेको विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइन सञ्चालन हुँदै कुश्माबजारमा निर्माण भएको विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइन सञ्चालनको तयारीमा छ । कुश्मा नगरपालिका–५ मा पर्ने चाक्लेको डिलबाट कालीगण्डकीको गहिरो खोँच हुँदै साउने बगरसम्म एक हजार ४०० मिटर लम्बाइको जीपलाइन अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चालनमा ल्य...
आगामी साताको मौसमः अधिकतम तथा न्यूनतम तापक्रम घट्ने काठमाडौँ । यो साता देशको अधिकांश भू–भागमा अधिकतम तथा न्यूनतम तापक्रम घट्ने भएको छ । पश्चिमी वायुको प्रभावले देशको धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही अधिकांश भू–भागमा अधिकतम तथा न्यूनतम तापक्रममा गिरावट आउने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सा...
पत्रकारलाई सुत्केरी भत्ता र उपचार खर्च काठमाडौँ । प्रेस सेन्टर मकवानपुरले जिल्लाका अग्रज पत्रकारलाई औषधि खर्च र महिला पत्रकारलाई सुत्केरी भएको अवस्थामा भत्ता प्रदान गर्ने निर्णय गरेको छ । सङ्गठनको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । प्रेस सेन्टर मकवानपुरले सुत्केरी महिला पत्रकारलाई भत्ता प्रदान गर्न र ज्येष्ठ पत्रक...
धारिलो हतियार प्रहार गर्ने पक्राउ काठमाडौं। प्रहरी र अर्को एक सर्वसाधारणलाई धारिलो हतियार प्रहार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको मन्थली लिखु घर भई हाल जरङ्खु बस्ने वर्ष २९ को शनि तामाङ रहेका छन् । काठमाडौँ तार्केश्वर नगरपालिका–८ शेषमतीस्थित लामवजार नजिक सामान्य विषयमा विवाद हुँदा ...
वैशाख १४ गते र २२ गते स्थानीय तहको निर्वाचन गर्न सरकारसमक्ष आयोगको प्रस्ताव काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १४ गते र २२ गते स्थानीय तहको निर्वाचन गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रीहरुसँग शुक्रबार छलफल गरेको निर्वाचन आयोगले पहिलो चरणमा वैशाख १४ गते र दोस्रो चरणको २२ गते न...
‘निर्वाचनमा नागरिक सहभागीता बढाउन मिडियाको भूमिका छ’ काठमाडौं। सरोकारवाला निकायका प्रतिनिधिले निर्वाचनमा नागरिकको सहभागिता बढाउन मिडियाको भूमिका महत्वपूर्ण हुने बताएका छन् । निर्वाचन आयोगले आयोजना गरेको महिला पत्रकारका लागि तालिमको आज यहाँ आयोजित समापन कार्यक्रममा निर्वाचन आयुक्त, आयोगका कर्मचारी र सञ्चारकर्मीलगायतले म...
मैले जन्ममिति सच्चाएको छैनः न्यायाधीश खड्का काठमाडौं। सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्काले आफ्नो जन्ममिति नसच्याएको स्पष्ट पारेका छन् । न्यायाधीश खड्काले आज प्रेस विज्ञप्ति जारी गरी न्याय परिषद्द्वारा राखिएको शैक्षिक प्रमाणपत्रसमेतका अभिलेखमा आफ्नो जन्म मितिको पूर्ण र यथार्थ विवरण नै उल्लेख भएको उल्लेख छ । “न्याय पर...
सिन्धुपाल्चाेकमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको मेलम्चीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा जुगल गाउँपालिका सेलाङका ३३ वर्षीय कमल कार्की रहेका छन्। बिहान ८ः३० बजे बा २ ख ३६८९ नंको महेन्द्रा निसान ट्रकबाट सामान झार्दै गर्दा क्लज थिचिएर ट्रक दुर्घटना भएको इलाका प...
नेतृत्व चयनको विषयमा कुरा नमिल्दा अनेरास्ववियू आरआरका विद्यार्थीबीच कुटाकुट काठमाडौं। काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा अनेरास्ववियू क्याम्पस कमिटीका विद्यार्थीहरू एकआपसमा कुटाकुट गरेका छन् । कमिटीको विस्तारित बैठकका क्रममा बिहीबार विहान कुटाकुट भएको हो । कमिटी पुनर्गठन र नेतृत्व चयन गर्ने विषय...
चिट चोर्न नदिएको भन्दै आरआरमा प्राध्यापकमाथि आक्रमण गर्ने विद्यार्थी क्याम्पसबाट निष्कासित काठमाडौं। परीक्षामा सार्न नदिएको भन्दै रत्न राज्यलक्ष्मी क्याम्पसमा प्राध्यापकमाथि सांघातीक आक्रमण गर्ने विद्यार्थी क्याम्पसबाट निष्कासित भएका छन् । क्याम्पसमा सञ्चालित आन्तरिक (प्रयोगात्मक) परीक्षाका क्रममा पुस ६ गते सोही क्याम्...
तीन दिनभित्र लिखित जवाफ माग काठमाडौं। सर्वोच्च अदालतले ‘बिकिनी किलर’का रूपमा परिचित कुख्यात अन्तर्राष्ट्रिय अपराधी चाल्र्स शोभराज गुरुमुखलाई ज्येष्ठ नागरिकले पाउने सुविधा पाउनुपर्ने हो कि होइन तीन दिनभित्र लिखित जवाफ पेस गर्न आदेश गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले आज उक्त विषयमा तीन दिनभित्र लिखित जवाफ...
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु चितवन । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२१ सुर्यनगर सोल्टी चोकमा आज बिहानै मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। चनौलीबाट गीतानगरतर्फ जाँदै गरेको ना ३० प ९२ ९९ नम्बरको मोटरसाइकल आज बिहान सवा ३ बजे दुर्घटना भएको हो।  मृत्यु हुने...
सिन्धुलीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते सिन्धुली । सिन्धुलीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । सिन्धुलीको सुनकोशी गाउँपालिका–६ मा कुखुरा बोकेको जीप दुर्घटना भएको हो। जीपमा सवार सर्लाहीको लालबन्दी नगरपालिका–१५ का २० वर्षीय कुनथाङ मोक्तानको मृत्यु भएको हो । उनको घटनास्...
माओवादी प्रदेश १ अधिवेशनः शर्मा र पुन निकटका नेता चुनावी मैदानमा, २९ जनाको उमेदवारी विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको ९ जना पदाधिकारीका लागि २९ जनाको उमेदवारी परको छ । उद्घाटन भएको १२ दिनमा हुन गइरहेको चुनावमा केन्द्रका दुई नेता निकाटका प्रदेशका नेताबीच प्रतिस्पर्धा हुन लागेको हो । अर्थमन्त्रीसमेत रहेका...
आयोगद्वारा दुई हजार ५९८ शिक्षक माग काठमाडौँ । शिक्षक सेवा आयोग सानोठिमीले आज निम्न माध्यमिक विद्यालय तृतीय श्रेणीमा दुई हजार ५९८ शिक्षकको स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ । आयोगले पुस ७ गतेदेखि माघ ६ गतेसम्म नियमित शुल्कमा र माघ १३ गतेसम्म अविलम्ब शुल्कमा अनलाइनबाटै आवेदन फाराम भर्ने गरी स्थायी पदपूर्तिका ...
ब्राउन सुगरसहित दुई भारतीय पक्राउ काठमाडौँ । सप्तरीको कञ्चनरूप नगरपालिका–२ कञ्चनपुरबाट २२ ग्राम ब्राउन सुगरसहित दुई भारतीय युवकलाई प्रहरीले आज पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारत बिहार राज्य सुपौल जिल्लाको भिमनगर ग्राम पञ्चायत–४ का ३१ वर्षीय गोलु भनिने रतन शर्मा र सोही ठाउँका ३५ वर्षीय जयप्रकाश पासवान रहेको प्रहरी ना...
लागुऔषधसहित पक्राउ काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधसहित एक जना व्यक्ति पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय गगनगौँडाको प्रहरी टोलीले पोखरा–३० पावर हाउस चोकस्थित पृथ्वीराजमार्ग सडकखण्डमा सवारीसाधन चाँचका क्रममा स्याङ्जाको फेदीखोला–२ सर्केटारी स्थायी घर भई पोखरा–६ लेकसाइड बस्ने २९ वर्षीय प्रदीप विकलाई प...
चोरीका मोटरसाइकल लुकाएर राख्ने पक्राउ काठमाडौं। मोटरसाइकल चोरी गरी घरमा लुकाइराखेको अवस्थामा काठमाडौँको लामबगरबाट आज दुई जना पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको टोलीले घरको पार्किङमा लुकाइ राखेको अवस्थामा प्रदेश ३–०२–०११ प ८०७३ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । पक्राउ पर्...
किसानलाई खेत जोत्ने ट्याक्टर वितरण काठमाडौं। जिल्लाको गल्छी गाउँपालिकाले किसानलाई खेत जोत्न आधुनिक प्रविधिको हाते ट्याक्टर (मिनी पावर टिलर) वितरण गरेको छ । चालु आर्थिक वर्षको बजेटबाट पचास प्रतिशत अनुदानमा पावर टिलर वितरण गरिएको गाउँपालिकाले जनाएको छ । कृषिमा यान्त्रीकरण गरी उत्पादन बढाउने र लागत घटाउने उद्देश्यले गाउाप...
‘आगामी वैशाख २० गते स्थानीय तहको निर्वाचन गर्ने तयारी’ काठमाडौं। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको जनप्रतिनिधिको पाँचवर्षे अवधि पूरा हुँदै गरेका कारण आगामी २०७९ साल वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग जुटिरहेको बताएका छन्। स्थानीय सरकार रिक्त रहने विषय कल्पनासम...
ललिता निवास प्रकरणमा मुछिएका एक दम्पती पक्राउ काठमाडौं। ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका भनिएका एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा ५६ वर्षीय रामकुमार सुवेदी र उनकी पत्नी ५२ वर्षीया माधवी सुवेदी रहेका छन् । माधवीलाई ताहाचल र रामकुमारलाई कमलादीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीको ...
जग्गा बैना गरेर ठगी गरेको आरोपमा पक्राउ काठमाडौँ ।जग्गा बैना गर्दै गठी गर्ने गरेको आरोपमा आज साँझ प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सङ्खुवासभा घर भई हाल काठमाडौँको बौद्ध बस्ने ५३ वर्षीय दुर्गाबहादुर भण्डारी रहेका छन् । जग्गा बैना गरेर जग्गा पनि नदिने र बैना पनि फिर्ता नगरी पैसा नभएको चेक दि...
न्याय सेवा आयोगको बैठक बुधबार काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्याय सेवा आयोगको बैठक बुधबारका लागि बोलाएका छन्। आयोगको बुधबार अपराह्न ३ बजे बस्ने बैठकले जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशन गर्नेछ । “न्याय सेवा आयोगको भोलि ३ बजे बैठक बोलाइएको छ”, न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले भ...
प्रधानसेनापति प्रथम राष्ट्रिय लन टेनिस प्रतियोगितामा पुरुष सिङ्गलतर्फ कास्कीका खड्का प्रथम काठमाडौँ । प्रधानसेनापति प्रथम राष्ट्रिय लन टेनिस प्रतियोगितामा पुरुष सिङ्गलतर्फको उपाधि कास्की पोखराका प्रदीप खड्काले जितेका छन् । सैनिक मुख्यालय परिसरमा आज आयोजित प्रतियोगितामा बुटवलका ऋतिक रानालाई सिधा सेटमा पराजित गर्दै उनले ...
अदालतको अवहेलना मुद्दामा पत्रकार दोषि काठमाडौं ।अदालतको अवहेलना गरेको कसुरमा जिल्ला अदालत सुर्खेतले दाङका एक पत्रकारलाई दोषी ठहर गरेको छ । पत्रकार एग्गेबहादुर बुढामगरलाई अदालतको अवहेलनासम्बन्धी कसुरमा पाँच महिना जेल सजाय तथा रु पाँच हजार जरिवाना तोकेको हो । न्यायाधिश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले सोमबार पत्रका...
अभिजितका हत्याराको सुराग दिनेलाई अमेरिकाद्वारा ६० करोड रुपैयाँ पुरस्कारको घोषणा काठमाडौं। बंगलादेशमा २०१५ मा मारिएका अभिजित रोयको हत्याराबारे कुनै सुराग दिनेलाई अमेरिकाले ५ मिलियन डलर (६० करोड रुपैयाँ) पुरस्कार घोषणा गरेको छ । अभिजितको हत्याको आरोप लागेका २ दोषीहरु फरार छन् । उनीहरुबारे जानकारी दिनेलाई अमेरिकाले पुरस्क...
रेडक्रसका कर्मचारी एक हप्तादेखि आन्दोलित काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी तदर्थ समितिले विधान एवं नियमावली विपरीत काम गरेको जनाउँदै त्यहाँ कार्यरत कर्मचारीले एक हप्ताअघिदेखि आन्दोलनमा उत्रेका छन् । मानवीय सेवालाई चुस्त बनाउन अहम् भूमिका निर्वाह गर्ने उनीहरु आन्दोलित हुँदा सोसाइटीका दैनिक सेवा प्रभावित समेत बनेको जनाइएक...
सुनको सिक्री लुटेर भाग्न खोज्ने तीन जना पक्राउ पूर्वी नवलपरासी। सुनको सिक्री लुटेर भाग्न खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। नवलपरासीको गैंडाकोटको अमरापुरीस्थित पसलमा बसिरहेकी अनिता श्रेष्ठले लगाएको सुनको सिक्री लुटेर भग्न खोज्नेका स्थानीय आशीष सुनार, सुस्ताका सन्जय गुरुङ र रुपौलियाका रामबहादुर क्षेत्री पक्राउ प...
परमाणु हतियारको होडमा एक यस्तो देश जसले आफ्नो परमाणु हतियार आफैं नष्ट गरिदियो काठमाडौं। मार्च २४, १९९३ का दिन दक्षिण अफ्रिकाका राष्ट्रपति फ्रेडरिक विलियम डी क्लार्कले एक यस्तो कुराको पुष्टि गरे जसलाई कैयौं वर्ष पछिसम्म पनि हल्ला मात्र मानिएको थियो । उनले विश्वलाई बताएका थिए कि उनको देशले एक गुप्त प्रोजेक्टमा काम गरिरहे...
हेटौंडामा तीन जना चढेको स्कुटर दुर्घटना, एक जनाको मृत्यु मकवानपुर । तीन जना चढेको स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१६ सिपाली चोकमा हटियाबाट चौघडातर्फ जाँदै गरेको स्कुटर पल्टिँदा २५ वर्षीय सुमन बयलकोटी मृत्यु भएको हो। सोमबार राति १० बजे तिर भएको दुर्घटनामा परेर दुई जना घाइते भएका छन्...
महिनावारीको रगतको रंगले बताउँछ तपाई स्वास्थ्य स्थिती काठमाडौंँ । महिनावारी हुनु महिलाहरुको प्राकृतिक प्रक्रिया हो । महिलाको जीवनको एक अभिन्न अंगका रुपमा महिनावारीलाई लिन सकिन्छ ।सामान्यतया यो प्रक्रिया १२ वर्ष देखि सुरु हुन्छ र ५ देखि सातदिनसम्म चल्छ भने कतिपय महिलाको ४ देखि ५ दिनसम्म चल्छ । यो समयमा महिलालाई चिडचिडाहट...
श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ काठमाडौँ। श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा भक्तपुरबाट एक पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा भोजपुर केराबारी घर भई हाल भक्तपुर, सूर्यविनायक नगरपालिका वडा नं. ५ कटुन्जे तज टोलमा डेरा गरी बस्ने २८ वर्षीय जीवन राई रहेका छन्। प्रहरीका अनुसार आइतबार राति राईले आफ्नै कोठामा २...
अवैध सुनसहित बंगलादेशी नागरिक पक्राउ काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाई छिपाई लैजान लागेको करीब ३३३ ग्राम सुनसहित एक बंगलादेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बंगलादेशी नागरिक ३५ वर्षीय अस्राफुल इजलाम रहेका छन्। हिमालयन एयरलाइन्सको उडानबाट दुबईबाट काठमाडौं हुँदै बंगलादेश जान लागेक...
लालबन्दीमा ट्रकको ठक्करबाट एक विद्यार्थीको मृत्यु सर्लाही । सर्लाहीको लालबन्दीमा ट्रकको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्द्रनगर गाउँपालिका–१ का १६ वर्षीय दीपेन्द्रकुमार यादव रहेका छन् । लालबन्दी नगरपालिका–९ स्थित पूर्व पश्चिम लोकमार्ग अन्तर्गत बस्तीपुर चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३...
रक्सी पिएर आफ्नै साथीको हत्या पोखरा । कास्कीमा एक जनाले रक्सी पिएर आफ्नै साथीको हत्या गरेका छन् । अन्नपूर्ण गाउँपालिका १० घान्द्रुकमा बागलुङका ५७ वर्षीय शिव परियारलाई बागलुङकै ३६ वर्षका अर्जुन विकले हत्या गरेका हुन् । रक्सी पिएर आपसमा झगडा हुँदा परियारले विकको हत्या गरेका प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । शव ...
मध्यपुरथिमिमा आज साँझदेखि नवदुर्गा नाच सुरु काठमाडौं । मध्यपुरथिमि नगरपालिका क्षेत्रमा आजदेखि नवदुर्गा नाच सञ्चालन हुने भएको छ । मध्यपुरथिमि नगरपालिकाको सहयोग र सहकार्यमा आठ दिनसम्म भक्तपुरको धार्मिक र सांस्कृतिक महत्व बोकेको नवदुर्गा नाच प्रदर्शन गर्ने गरी आज साँझदेखि सुरु भएको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले ज...
लागुऔषधसहित पक्राउ काठमाडौं । काठमाडौँको दक्षिणकालीबाट प्रहरीले लागुऔषधसहित एक जनालाई आज पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१५ बस्ने वर्ष १९ का अर्जुनकुमार शाह रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । उनी वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना १ ज ६६०६ नम्बरको टाटा सुमोमा सवार थिए । ...
टिममा सबैका लागि ढोका खुला छ: सन्दीप लामिछाने काठमाडौं । ज्ञानेन्द्र मल्ललाई हटाउँदै सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ कप्ताको जिम्मेवारी तोकेसँगै नेपाली क्रकेट विवादमा फसेको छ । मल्लसहितका खेलाडीलाई क्यानले कारबाही गरेपछि राष्ट्रिय स्तरमा यसको चर्चा र विरोध भइरहेको छ । यसैबीच नयाँ कप्तान नियुक्त भएक...
अवैध काठसहित तीन पक्राउ काठमाडौं । डिभिजन वन कार्यालय चितवनले अवैध रूपमा चोरी तस्करी गरेको एक हजार ३५५ क्युफिट काठसहित तीन जनालाई पक्राउ गरेको छ । पूर्वी चितवनको कालिका नगरपालिकामा रहेका तीन फर्निचर उद्योग र एउटा घरबाट सो परिणाममा काठ बरामत गरिएको हो । कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार कालिका नगरपालिका–८ ...
टोखामा मतदाता नामावली सङ्कलन कार्य सुरु काठमाडौं । टोखा नगरपालिकामा मतदाता नामावली कार्य सुरु भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको सो नगरपालिकामा आगामी स्थानीय, प्रदेश एवं प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर राख्दै मतदाता नामावली कार्य सुरु गरिएको हो । आजदेखि सुरु भएको मतदाता नामावली सङ्कलन कार्य यही पुस १८ गतेसम्म ...
ओमिक्रोन भित्रिन नदिन सीमा नाकामा उच्च सतर्कता काठमाडौँ । केही समयअघि दक्षिण अफ्रिकामा पहिचान गरिएको कोभिड–१९ को ‘ओमिक्रोन भेरियन्ट’ भित्रिन नदिनका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को सीमा नाकामा उच्च सतर्कता अपनाइएको छ । भारतसँग सीमा जोडिएको त्रिवेणी भन्सारमा उच्च सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रशासन कार्यालयले ...
सहकारी सञ्चालन गरी स्वरोजगार बन्दै महिला काठमाडौँ । शुक्लाफाँटा नगरपालिका–१० झलारीका महिला सहकारी सञ्चालन गरी स्वरोजगार बन्दै गएका छन्। बैजनाथ महिला विकास बहुउद्देश्यीय सहकारी संस्था सञ्चालन गरी महिला आयआर्जनका कार्यमा संलग्न हुन थालेका छन् । सहकारीमा रकम बचतसँगै ऋण निकालेर महिलाले व्यवसायीक कृषि, व्यापार र पशुपंछीपालन...
बसको ठक्करबाट स्कुटर चालकको मृत्यु काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । व्यास नगरपालिका–१ सिमलटारमा बसले स्कुटरलाई ठक्कर दिदाँ चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा व्यास–२ मालेबगर बस्ने ६० वर्षीय खड्कबहादुर लामा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ना ७ ख ६४०७ नम्ब...
के पाकिस्तान टाट पल्टिएको हो ? कुनै देश कस्तो अवस्थामा टाट पल्टिन्छ ? काठमाडौं। पाकिस्तानको वित्तिय मामिलाको जाँच एजेन्सी फेडरल बोर्ड अफ रेभेन्यु अर्थात एफबीआरका पूर्व अध्यक्ष सैयद शब्बद जैदीले यदि हालको चालु खाता र राजकोषीय घाटालाई हेर्ने हो भने यी मुद्दाहरु पाकिस्तान टाट पल्टिएकोसँग सम्बन्धित मुद्दा भएको बताएका छन् ।...
सर्लाहीको मलंगवाबाट नक्कली नोटसहित दुई भारतीय पक्राउ सर्लाही। सर्लाही सदरमुकाम मलंगवामा १ लाख १५ हजार नक्कली नेपाली रुपैयाँसहित दुई जना भारतीय पक्राउ परेका छन् । मलंगवातर्फबाट भारतको सोनवर्षा जान थालेको बीआर ३० वाइ ४१३९ नम्बरको मोटरसाइकललाई भन्सार कार्यालय अगाडी चेकजाँच गर्ने क्रममा नक्कली नोटसहित दुई भारतीय पक्राउ परे...
भोलि त्रिविको ४७औँ दीक्षान्त समारोह काठमाडौं।त्रिभुवन विश्वविद्यालयले भोलि सोमबार ४७औँ दीक्षान्त समारोह मनाउन लागेको छ । त्रिवि परीक्ष नियन्त्रण कार्यालय बल्खुमा आयोजना हुने समारोहमा प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाले अध्यक्षता गर्ने जनाइएको छ । प्रधानमन्त्री देउवा बिहान ११ बजे बल्खु पुग्ने कार्यक्रम छ ।
सिरहामा छुरा प्रहार गरेर एक युवकको हत्या सिराह। सिरहामा छुरा प्रहार गरेर एक युवकको हत्या भएको छ । शनिबार राति घर जाने क्रममा गोलबजार-६ डोहटियाका अन्दाजी २६ वर्षीय रामकुमार सदाय र १९ वर्षीय निकेश सदायमाथि अपरिचित युवाहरुको समूहले छुरा प्रहार गरेको हो । उक्त प्रहारबाट घाइते भएका रामकुमारको राति नै धनगढीमाईस्थित आरेक मेडि...
विद्युत्को खपत बढाऔँः घिसिङ काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले अहिलेको अवस्थामा विद्युत्को खपत बढाउने चुनौती रहेको बताएका छन्। भक्तपुर ख्रिसमस समाजले ख्रिसमस र आंग्रजी नयाँ वर्ष २०२२ का अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सम्मान ग्रहण गर्दै उनले पहिलो...