content
stringlengths
20
64.1k
पूर्वराजा ज्ञानेन्द्रको बक्तव्य सत्ताषड्यन्त्रको पूर्वसंकेत ? पूर्वराजा ज्ञानेन्द्रले बडादशैंको सन्दर्भ पारेर फुलपातीको दिनदिएको ‘राजनीतिक शुभकामना’को प्रतिक्रियाहरु आउने क्रम जारी छ । राष्ट्रियताको पक्षधर भनेर चिनाउने सबैधानिक राजतन्त्रवादी नागरिकहरु राजाको राजनीतिक शुभकामनाबाट हर्सित भएकाछन् । तर केही राजनीतिक पार्टी...
माधव नेपाल भेटेर फ्रान्सेली राजदूतले भने: दुई देशको सम्बन्धलाई थप सुमधुर बनाउन प्रयत्न गर्छु काठमाडौं । नेपालका लागि फ्रान्सका नवनियुक्त राजदूत गिल्स बोर्बाओले नेपाल र फ्रान्स बीचको सम्बन्धलाई थप बलियो र सुमधुर बनाउन प्रयत्न गर्ने बताएका छन् । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं नेपाल-फ्रान्स पार्लियामेन्टरी कमिटीका...
टुँडिखेलमा नेपाली सेनाको फूलपाती बढाइँ (फोटोफिचर) काठमाडौं । नेपाली सेनाले फूलपातीको अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ प्रदर्शन गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले फूलपाती बढाइँ अवलोकन गरेकी छन्। राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् । समारोहमा सैनिक हेलिकप्टरबाट पुष्पवृष्टि गरिनुुका साथै राइ...
चौविस घण्टाभित्र सडकका खाल्डाखुल्डी पुर्न जिल्ला प्रमुख अधिकारीको निर्देशन काठमाडौं। भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लाका मुख्य र सहायक सडकका खाल्डाखुल्डी २४ घण्टाभित्र पुर्न सरोकारवाला निकायलाई निर्देशन दिएका छन् । नेपालीहरुको महान चाड दसैँ तिहारमा सडकका खाल्डाखुल्डीले यात्रुलाई समस्या हुने, सडक...
जर्मन चान्सलर एंगेला मर्केलले इजरायल पुगेर इरानका विषयमा अहम घोषणा गरिन् काठमाडौं। १६ वर्षसम्म सत्तामा रहेपछि जर्मन चान्सलर एंगेला मर्केलले यसै वर्ष आफ्नो पद छोड्दैछिन् । तर, पद छोड्नुभन्दा पहिले उनी चान्सलरको रुपमा अन्तिम इजरायल भ्रमणमा छिन् । आइतबार उनले इजरायलका प्रधानमन्त्री नफ्ताली बेनेटसँग भेटघाट गरिन् । भेटवार्त...
नक्कली टिकटको किनबेच गर्ने दुई जना पक्राउ काठमाडौं। बसपार्कमा बसको नक्कली टिकटको किनबेच हुने गरेको खुलासा भएको छ । टिकटका लागि पुग्ने यात्रुलाई नक्कली टिकट दिएर पैसा असुलेको आरोपमा दैलेख आठविस नगरपालिका(४ का प्रकाश शाही र वीरेन्द्रनगर(६ शनिहललाइनका सञ्जु सुनार पक्राउ परेका हुन् । प्रहरीले उनीहरुको साथबाट एक ठेली नक्कली...
आत्महत्या गरेको डोरी करोडौँमा बिक्री हुने अन्धविश्वासका कारण तीन जना पुगे जेलको बास काठमाडौं । अन्धविश्वासले अपराध मात्रै चिताएनन्, अन्नतः तीन जनालाई जेलकै बास बनायो । कोही कसैले आत्महत्या गरेको डोरी भेटिए र वा त्यसलाई बेच्न सकिए करोडौमा विक्री हुने अन्धविश्वासका कारण एक महिलाको हत्या भयो जुन हत्याले तीन जनालाई जेलको ब...
वालिङमा जीप दुर्घटनाः २ को मृत्यु, १७ घाइते काठमाडौं । वालिङ नगरपालिकामा ग १ ज ४९१८ नम्बरको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १७ घाइते भएका छन्। दुर्घटनामा परी मृत्यु हुनेमा गल्याङ नगरपालिका १० का ७७ वर्षीय दलबहादुर पल्ली र ३२ वर्षीया गंगा पल्ली हुन् । प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार घा...
चरेस कारोबार गर्ने ७ पक्राउ काठमाडौँ । नेपालबाट हङकङमा अवैध लागुऔषध चरेसको कारोबार गर्ने गिरोहका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुको साथबाट ७ केजी ९ सय ७७ ग्राम अवैध लागुऔषध चरेस बरामद भएको ब्युरोका प्रवक्ता (एसपी) जीवन श्रेष्ठले बताए । पक्राउ पर्नेमा पर्सा घर भएका दिनदयाल महतो उराव, दीपेन्द्र महतो, मकवानपुरका र...
भरतपुरमा बसको ठक्करबाट बालकको मृत्यु काठमाडौं। भरतपुर महानगरपालिका–७ मा आज नबा १ प १२८४ नम्बरको बसको ठक्कबाट एक बालकको मृत्यु भएको छ । चौबिसकोठीबाट पटिहानीतर्फ जाँदै गरेको उक्त बसले स्थानीय पैदलयात्री आठ वर्षका बालकलाई विकास चोकमा ठक्कर दिएको थियो । बालकको अपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ल...
सन्दर्भ १४ औं महाधिवेशन : के नेपाली कांग्रेसमा धर्मसापेक्षका पक्षधरहरु एक हुन सक्छन् ? नेपालको राजनीतिमा धर्मनिरपेक्षता की धार्मिक सापेक्षता भन्ने बहस अहिले जोड्तोड्ले चलेको छ । धर्मनिरपेक्षता नेपालको संविधानले स्वीकार गरेको कुरा हो । मन्दिर नै मन्दिरको देश भनेर चिनिने नेपाललाई इतिहासमा तपोभूमिको देश भनेर चिनिन्छ । नेप...
दुई सातामा ३४ हजार नेपाली स्वदेश फर्किए महेन्द्रनगर । पछिल्लो समय भारतबाट नेपाल फर्किनेहरूको लर्को नै लागेको छ। दसैं–तिहारलगायतका चाडपर्व मनाउनका लागि सुदूरपश्चिमका प्रमुख नाकाबाट स्वदेश फर्किनेको लर्को लागेको हो। सुदूरपश्चिमेलीको रोजगारीको प्रमुख गन्तव्य भारतका विभिन्न सहरबाट चाडपर्व मनाउन यहाँको गड्डाचौकी र गौरीफन्टा...
तीन सय प्रतिबन्धित लागुऔषधसहित तीन युवक पक्राउ काठमाडाैं। प्रतिबन्धित लागुऔषध बरामद भएपछि तीन युवकप्रहरीका फन्दामा परेका छन्। प्रहरी चौकी खिरौना र सशस्त्र प्रहरी बल बुधौरा सिरहाबाट खटिएको संयुक्त टोलीले आज सिरहा नगरपालिका–१५ बुधौरास्थित दशगजाबाट लागुऔषधसहित सिरहा नगरपालिका–२१ लकडीगोठका १९ वर्षीय विमलेश कर्ण, २६ वर्षीय ...
जीप दुर्घटना हुँदा चालकको मृत्यु काठमाडाैं। रोल्पामा आज लु१च ९४९३ नं को जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रोल्पा नगरपालिकाको सल्लीबोटबाट बाजाबाङ जाने क्रममा लु१च ९४९३ नं को जीप छेर्लापोखरा भन्ने स्थानामा दुर्घटना हुँदा सो जीपका चालक सोही नगरपालिका–१ खेवासेका २० वर्षीय गोबद्र्धन घर्तीको घटनास्थलमै मृत्यु भएको जि...
बुटवलको मोतीपुर औद्योगिक क्षेत्र तनावग्रस्त, प्रहरीको गोली लागेर पाँच घाइते काठमाडौं।रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्ने विषयमा विवाद बढ्दा स्थिति तनाग्रस्त बनेको छ । अतिक्रमकणकारीले हट्न नमानेपछि प्रहरीले गोली चलाएको छ । गोली लागेर पाँच जना घाइते भएका छन् । प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि गोल...
पाकिस्तानलाई परमाणु शक्तिसम्पन्न देश बनाउने वैज्ञानिक डा. अब्दुल कादिर खानको निधन काठमाडौं। पाकिस्तानका प्रसिद्ध परमाणु वैज्ञानिक डा. अब्दुल कादिर खानको निधन भएको छ । डा. खानको आइतबार ८५ वर्षको उमेरमा निधन भएको हो । डा. खानलाई पाकिस्तानको परमाणु कार्यक्रमका जनक मानिन्छ । स्वास्थ्यमा खराबी आएपछि डा. खानलाई खान रिसर्च ल्...
कुपण्डोलमा भण्डारण गरिएको २० लाखको पटाकासहित एक जना पक्राउ काठमाडौं।महानगरीय प्रहरी अपराध महाशाखाले २० लाख मूल्य बराबरको पटाकासहित एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बारा गढिमाई–३ गञ्जभवानीपुर घर भई कुपण्डोल गुसिंगल बस्ने ३० वर्षीय उमेशकुमार जैसवाल रहेका छन् । गैरकानुनी रुपमा पटका, भुईचम्पा लगायतका आतिसबाजीजन्य व...
आज प्रदेश १, बागमती र गण्डकीमा वर्षाको सम्भावना काठमाडौं। आज आइतबार मध्य र पूर्वी नेपालमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णालीबाट मनसुन बाहिरिसकेको छ भने लुम्बिनीका पश्चिमी भुभागबाट पनि...
तिलगङ्गामुनिको पहेँलो पुलस्थित वाग्मती किनारमा सफाइ काठमाडौं । तिलगङ्गामुनिको पहेँलो पुल क्षेत्रस्थित नदी किनारमा सफाइ गरिएको छ । काठमाडौँ महानगरपालिकाले अझै राम्रोसँग फोहर नउठाएकाले नदी किनारमा धेरै फोहर भेटिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलले जानकारी दिए । यसका कारण वाग...
हेलिकोप्टरमार्फत घाइतेको उद्धार काठमाडौं । शुक्रबार भिरबाट लडेर घाइते भएका युवकलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत आज उद्धार गरिएको छ । बाजुराको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका २ का ४० वर्षीय नरेन्द्र बुढाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अन...
ट्रकको ठक्करबाट मृत्यु काठमाडौं । ट्रकको ठक्करबाट आज एक व्यक्तिको मृत्यु भएको छ । सुनसरीको दुहबी नगरपालिका–३ कोशी राजमार्गअन्तर्गत एनएल०२क्यू ०१३४ नंको ट्रकले को१०प २६८१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु भएको हो। मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङ सुन्दरहरैचा नगरपालिका–८ का ४५ वर्षीय लक्ष्मीप्रसाद लुइँटेल रहेको जिल्ल...
महोत्तरीमा सहिद परिवारका घरमा धनमाल लुटपाट काठमाडौं । आज बिहान डाँकाको एक समूहले सहिद परिवारको घरबाट लाखौँको धनमाल लुटेका छन्। आज बिहान अन्दाजी ३ बजे चार-पाँच जनाको समूहमा आएका डाँकाले सहिद गणेशप्रसाद चौधरीको छोरा र शहीद रोहन चौधरीको काका विजय चौधरीको घरबाट १० तोला सुनको गहना र रू २५ हजार लुटेका हुन् । महोत्तरी जिल्ला ...
१३६ देशहरुबीच ठूला कम्पनीलाई धेरै कर तिराउने सम्झौता काठमाडौं। विश्वका अधिकांश देशहरुले ठूला कम्पनीहरुलाई धेरै कर लगाउने ऐतिहासिक सम्झौता गरेका छन् । विश्वका १३६ देशहरु ठूला कम्पनीहरुमाथि कम्तीमा १५ प्रतिशत कर्पोरेट कर लगाउने कुरामा सहमत भएका छन् । यसका अलावा यी देशहरुबीच ठूला कम्पनीको मुनाफामा पनि उचित कर लगाउने सहमति...
नाक्चेलाग्ना सीमा नाका मिचिएको छैनः अध्ययन टोलीको प्रतिवेदन काठमाडौं ।  एक अध्ययन टोलीले प्रतिवेदन अनुसार नेपालको सीमा छिमेकी देश भारत र चीनले धमाधम मिचिरहेको अवस्थामा मुगु जिल्ला र उत्तरी नाका चीनसँग जोडिएको नाक्चेलाग्ना सिमाना नमिचिएको जानकारी दिएको छ । टोलीले नेपाल र चीनमा रहेको १३ नम्बरको सीमा पिल्लर रहेको नाक्चेला...
हुम्लाकै उत्कृष्ट गाउँपालिका बन्यो खार्पुनाथ काठमाडौं । सात गाउँपालिका मध्य हुम्लाका खार्पुनाथ गाउँपालिकाको स्वास्थ्य शाखा उत्कृष्टमा पर्न सफल भएको छ । सेवा प्रवाह, समन्वय, सम्पर्क र प्रतिवेदन तयारीमा उत्कृष्ट काम सम्पादन गरेबापत स्वास्थ्य सेवा कार्यालयले खार्पुनाथको स्वास्थ्य शाखालाई उत्कृष्ट छनोट गरेको हो । गाउँपालिक...
विद्यालयका शिक्षकले पाएनन् तलब काठमाडौं । शिक्षकले तलवसुविधा नपाएपछि यो वर्षको चाड खल्लो हुने गुनासो गरेका छन् । भैरवी आधारभूत विद्यालयमा विगत १२ वर्षदेखि निजीस्रोतमा पढाइरहेका प्रकाश बुढाले विगत तीन वर्षदेखि तलब नपाएकोले दैनिक गुजारा गर्न निकै समस्या भएको बताएका छन् । उनले अघिल्ला बर्षमा जस्तै यो वर्षको चाड पनि खल्लो ...
पानीमा डुबेर युवकको मृत्यु काठमाडौं । पानीमा डुबेर एक युवकको मृत्यु भएको छ । दाङ जिल्ला प्रहरी कार्यालयका अनुसार घोराही उपमहानगरपालिका–६ निवासी २६ वर्षीय गुरुप्रसाद चौधरीको डुबेर मृत्यु भएको हो । आज बिहान घरबाट निस्किएका उनी गाउँ नजिकैको खोलामा बिहान ८ः ३० बजे मृतावस्थामा फेला परेका थिए । प्रहरी प्रमुख सुरेश काफ्लेका अ...
प्रतिनिधिसभाको बैठक २५ असोजमा काठमाडौं । प्रतिनिधिसभाको बैठक यही २५ असोजमा बस्ने भएको छ। शुक्रबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अर्काे बैठक २५ असोज सोमबार बस्ने जानकारी दिएका हुन्। शुक्रबारको बैठक संघीय निजामति सेवा विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव स्वीकृत गरेको छ। साथै बैठकले रेल्वे विधेकय ...
साइकल यात्रीको ज्यान गयो काठमाडौँ ।  सर्लाहीको हरिपुर्वामा ट्याक्टरको ठक्करदिँदा एक साइकल यात्रीको मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका ९ स्थित सडकमा ज१त ९२७९ नम्बरको ट्याक्टरको ठक्करबाट हरिपूर्वा नगरपालिका ५ बस्ने अन्दाजी ४७ वर्षका पुकार महतोको घटनास्थलमै ज्यान गएको हो । ईश्वरपुरको जंगलबाट सुकेको दाउरा साइकलमा राखेर हर...
पहिरोले ३० लाख बराबरको क्षति काठमाडौँ । खत्याड गाउँपालिका ३ माथिखर्कमा बिहीबार बिहान ४ बजे पहिरो गएको छ । पहिरोले साविक गम्था घर भएका रत्नचन्द्र उपाध्यायको घर पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । लगातारको वर्षाका कारण बिहीबार पहिरो गएको हो । उपाध्यायको घर बगाएसँगै अन्य क्षतिसमेत भएको जनाइएको ...
फोन गर्न अग्लो डाँडा उक्लिनुपर्ने पिडा काठमाडौं। हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकामा नेपाल टेलिकमको टावरले काम नगरेपछि स्थानीय मारमा परेका छन् । अदानचुलीमा रहेको टावरले दैनकी १० घण्टा काम गर्न छाडेपछि सेवाग्राहीहरू डाँडाकाँडा धाउन बाध्य भएका छन् । नेपाल टेलिकमले राखेका दुईवटा र गाउँपालिकाको सिमाना जोडिएक...
९ जना बिचौलिया प्रहरीको फन्दामा काठमाडौं । काठमाडौँ बाहिर जाने यात्रुसँग तोकिएभन्दा बढी भाडा लिन खोज्ने नौ विचौलियालाई आज ट्राफिक प्रहरीको फन्दामा परेका छन् । तोकिएको टिकट काउण्टरमा परिचयपत्र बहाकहरुले मात्र टिकट काट्ने व्यवस्था भए पनि अनाधिकृत व्यक्तिले विचौलिया बनेर यात्रुसँग मोलमोलाई गरि तोकिएको भन्दा बढी भाडा लिँदै...
पूजाआजा गर्ने क्रममा आगलागी काठमाडौं ।  जुम्लाको तोतोपानी गाउँपालिका ५ स्थित एक घरमा आगलागी हुँदा एक घरमा क्षति भएको छ । माधवप्रसाद चौलागाईंको तीन तलाको घरमा आगलागी भएको हो । बिहीबार बिहान घरमा पूजाआजा गर्ने क्रममा बालेको दियोबाट आगलागी भएको हुनसक्ने जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईंले बताए । आगलागी...
बाग्मती र प्रदेश १ को मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिन सहमत काठमाडौं । सत्ता गठवन्धनका दलहरूबीच नेकपा (एकीकृत समाजवादी)लाई दुईवटा प्रदेशको मुख्यमन्त्री दिने भद्र सहमति भएको छ । संघीय मन्त्रालय बाँडफाँटमा असन्तुष्टि जनाउदै आएको नेकपा (एस)लाई मनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा ...
खसी, बोका, भेडा र च्याङ्ग्रा खानयोग्य कसरी चिन्ने ? काठमाडौं । बिहीबारबाट काठमाडौँ महानगरका चौपाया बजारका खसी, बोका, भेडा, च्याङ्ग्राको परीक्षण सुरु भएको छ । काठमाडौँ महानगरपालिकाले संघ सरकारको पशुसेवा विभाग र बाग्मती प्रदेशको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रसँग सहकार्य गरेर परीक्षण तथा अनुगमन थालेको हो । परीक्...
सामूहिक हत्याका अभियुक्त पक्रने प्रहरी पुरस्कृत काठमाडौं । गत भदौ २१ गते सङ्खुवासभाको मादी नगरपालिका– १ उम्लिङ खोला गाउँमा भएको छ जनाको हत्यामा संलग्न अभियुक्तलाई पक्राउ गर्ने दुई प्रहरी पुरस्कृत भएका छन् । उम्लिङ खोला गाउँमा भएको छ जनाको सामूहिक हत्याकाण्डको सफल अनुसन्धान गर्ने इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी नि...
करेन्ट लागेर मृत्यु काठमाडौं ।  बारामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महागढीमाई नगरपालिका ब्रह्मपुरी निवासी अन्दाजी ५० वर्षीय रामेश्वर महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । बारीमा रहेको पानी तान्ने मोटरमा जडान ग...
अष्ट्रेलिया पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने पक्राउ काठमाडौं । अष्ट्रेलिया पठाइदिन्छु भनी रु १२ लाख ठगी गर्ने एकजना प्रहरीको फन्दामा परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले क्विन्सल्याण्ड एजुकेशन फाउण्डेशन प्रालिको सञ्चालक रहेको बताउँदै अष्ट्रेलिया पठाइदिन्छु भनी रु १२ लाख ठगी गर्ने एक व्यक्तीलाई प्रहरीले पक्राउ गर...
ट्राफिक प्रहरीले ढाँचा अनुसार नम्बर प्लेट नलेखिए,स्पष्ट नभए, खुईलिएमा कारबाही काठमाडौं ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट नराखी चलाएका मोटरसाईकललाई धमाधम नियन्त्रणमा लिएको छ । महाशाखाले चलाएको नम्बर प्लेट बिरुद्धको कारबाही अभियानको क्रममा नम्बर प्लेट नलेखिएका १६५ वटा र अस्पष्ट खुइलिएका नम्बर प्लेट भएका ५४...
सैनिक कर्मचारीलाई निशुल्क बस र हवाइ सेवा (तालिकासहित) काठमाडौं । दशैं विदामा घर जाने आफ्ना कर्मचारी र उनीहरुका परिवारलाई नेपाली सेनाले बस तथा हवाइबाट निःशुल्क पुर्‍याइदिने भएको छ । २०७८ सालको बडा दशैंमा बिदा जाने नेपाली सेनाका बहालवाला सकलदर्जा तथा तिनका आश्रित परिवारहरुलाई नेपाली सेनाले प्रदान गर्दै आइरहेको विभिन्न क...
सप्तरीमा एक युवती मृत फेला काठमाडौं । सप्तरीको रुपनी गाउँपालिका–६ स्थित एक युवती रूखको हाँगामा पासो लागेर झुन्डिएको अवस्थामा फेला गरेको छ । सप्तरीको रुपनी गाउँपालिका–६ स्थित शनिमन्दिर नजिकै रहेको जङ्गलमा रुपनी गाउँपालिका–२ चाँदनी चौधरी रूखको हाँगामा पासो लागेर झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । घाँस ...
बेनी अस्पतालका स्वास्थ्यकर्मीलाई तीन महिनादेखि तलब नदिएपछि … काठमाडौं । बेनी अस्पतालका कर्मचारीहरुले तीन महिनादेखि तलब नदिएपछि आकस्मिक बाहेकको सेवा बन्ध भएको छ । अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरु बुधबारदेखि आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले आन्दोलन गरेपछि स्पतालको आकस्मिक बाहेकको सेवा बुधबारदेखि ठप्प भए...
गोदाममै थन्कियो सरकारी चामल काठमाडौं ।  उपभोक्तालाई सस्तो मूल्यमा चामल दिने भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य कार्यालय नेपालगञ्जले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । मूल गेटमै सूचनाका लागि ब्यानर टाँगेर असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । निर्धारित बजार मूल्यभन्दा प्रतिकिलो रु पाँ...
बडादसैँमा भक्तपुरको तलेजुभित्र बलि पूजा नहुने काठमाडौं ।बडादसैँका अवसरमा भक्तपुर दरबार स्क्वायरस्थित तलेजु मन्दिरभित्र बलि पूजा नहुने भएको छ । नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा मङ्गलबार बसेको सरोकारवालाको बैठकले कोरोनाको सङ्क्रमण घट्दै गए पनि जोखिम पूर्णरूपमा नहटेको निष्कर्ष निकाल्दै तलेजुमा बलि पूजा नगर्ने निर्णय...
दशैँमा च्याङ्ग्राको मूल्यमा वृद्धिः उपभोक्ता निरासमा काठमाडौं। वर्षभरि जे–जस्तो खाए, लाए पनि दशैँमा मीठै खाने, राम्रै लाउने नेपाली परम्परा नै बनिसकेको छ । यही परम्पराको सिको अहिलेको आधुनिक र नयाँ पुस्ताले पनि गर्दै आएको छ । दशैँसँग जोडिएर आउने प्रमुख चिजमध्ये च्याङ्ग्राको मासुका परिकार पनि एक हो । दशैँको बेला प्रायः ने...
जनगणनाका लागि घरपरिवारको सूचीकरण कार्य सम्पन्न काठमाडौं।  राष्ट्रिय जनगणना २०७८ अन्तर्गत पहिलो चरणको घर तथा घरपरिवार सूचीकरण कार्य सम्पन्न भएको छ । राष्ट्रिय योजना आयोगको केन्द्रीय तथ्याङ्क विभागबाट खटिएका सुपरीवेक्षकले सो कार्य पूरा गरेको र छुट भएका घर परिवार भएमा विभागको शुल्क नलाग्ने नम्बर ११७८ मा फोन गरेर जानकारी द...
ठगी गर्ने दुई युवती प्रहरीको फन्दामा काठमाडौं । २ लाख ५० हजार रुपैयाँ बराबरको सुनको औंठी ठगी गरेको आरोपमा प्रहरीले दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काभ्रे नमोबुद्ध नगरपालिका–८ की २६ वर्षीया सुनिता तामाङ र काभ्रे बनेपा नगरपालिका–३ की १९ वर्षीया युनिसा मगरलाई सोमबार गोंगबुबाट पक्राउ ...
२५ भेडाका पाठा जलेपछि दशैँको चिन्ता काठमाडौं। नेपालीहरुको महान चाडपर्व नजिकिँदै छ । जुम्लाका अधिकाशंका आम्दानी भनेकै भेडा हो तर, सोहि भेडाका २५ पाठा जले पछि समस्यामा छन् उनीहरु । हिमा गाउँपालिका– २ स्थित भेडीखर्कमा आगलागी हुँदा भेडाका २५ वटा पाठा जलेर मरेका छन्। सोमबार दिउँसो खर्कमा आगलागी हुँदा दत्तबहादुर शाही, धनबहाद...
एभरेष्ट प्रिमियर लिगको समूह चरणका सबै खेल सकिए, प्लेअफमा को–को भिड्दैछन् ? काठमाडौं। एभरेष्ट प्रिमियर लिगको समूह चरणका सबै खेलहरु सकिएका छन् । आजको खेल मैदान चिसो भएका कारण रद्द भएपछि अब लिगको प्लेअफ समीकरण पूरा भएको हो । आज हुनुपर्ने काठमाडौं किंग्स ११ र भैरहवा ग्लाडिएटर्सबीचको खेल रद्द भएसँगै दुवैले अंक बाँडेका छन् ।...
प्रधानन्यायाधीशले बोलाए ‘फुलकोर्ट’, यस्ता छन् तीन एजेन्डा काठमाडौं । एकपछि अर्को विवादमा मुछिँदै गाएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक बोलाएका छन्। सर्वोच्च अदालतले कुनै गम्भीर विषयमा सामूहिक निर्णय लिनुपर्ने अवस्थामा फुलकोर्टमा छलफल गर्ने प्रचलन छ। मन्त्रिपरिषद् विस्ता...
को हुन् आर्यन खानसँगै ड्रग्स केसमा पक्राउ परेकी मुनमुन धमेचा ? काठमाडौं। आइतबार क्रुजमा भएको ड्रग्स पार्टीको केसमा नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले शाहरुख खानका छोरा आर्यन खानसँगै अरबाज मर्चेन्ट र मुनमुन धमेचा नामका अन्य २ जनालाई पनि गिरफ्तार गरेको छ । अरबाज र मुनमुनको साथबाट ड्रग्स पनि बरामद भएको थियो । यी तीनैजन...
बजार अनुगमनः झापाको चार पसलेलाई जरिवाना काठमाडौं। दशैं तिहार नजिकिएसँगै बजार अनुगमनलाई तीव्रता दिईन थालेको छ। झापा जिल्ला अनुगमन समितिले चार वटा पसललाई जरिवाना गरेको छ भने ,२२ हजार बढीका खाद्य सामग्री जफत गरी नष्ट गरेको छ। पन्ध्र दिनदेखि अनुगमनमा निस्किएको समितिले जिल्लाका १० वटा पालिकाको अनगुमन गरिसकेको जनाएको छ । अनु...
रुकुम (पूर्व)मा मृत अवस्थामा फेला काठमाडौं । आएतबार बिहान खुपिचारस्थित घट्टे कुला नजिकै गोरेटो बाटोमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। रुकुम (पूर्व) को सिस्ने गाउँपालिका ६ को खुपिचारस्थित घट्टे कुला नजिकै गोरेटो बाटोमा सोही ठाउँ बस्ने ४० वर्षीय अम्मर सिंह बुढा मृत भेटिएका हुन्। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान...
यातायात कार्यालयबाट दुई बिचौलिया पक्राउ काठमाडौँ । लाइसेन्स बनाइदिने भन्‍दै सेवाग्राहीबाट पैसा असुल गर्ने २ जना विचौलिया प्रहरीको फन्दामा परेका छन् । यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट सुमन तामाङ र सुरज गुप्तालाई प्रहरीले पक्राउ गरेको हो। ललितपुर महानगर–१४ नख्खीपोटका ३० तामाङ र कुसुन्तीका २३ वर्षीय गुप्ताले लिखित ...
स्कुटरदेखि हिरा जित्ने मौका, दुइतर्फी टिकटमा ४ वटा ‘लक्की ड्र’ कुपन काठमाडौं । यती एअरलाइन्सले नेपालीहरुको महान पर्व दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर उपहार योजना सार्वजनिक गरेको छ । एयरलाइन्सले २३औं बर्षगाँठ मनाईरहँदा धमाकेदार दसैं तिहार अभियान अन्तर्गत स्कुटरदेखि हिरासम्मका उपहार ल्याएको हो। उक्त अभियानमा प्रथम वि...
दसैँ, तिहारमा पनि चन्द्रागिरि केबुलकार खुल्ने काठमाडौँ । चन्द्रागिरि हिल्स प्रालिले भालेश्वर मन्दिर दर्शन र चन्द्रागिरि रिसोर्टमा जाने पाहुनाका लागि लक्षित गरेर दशैँ तिहारमा पनि खुलाउने भएको छ । दसैँ तथा तिहारमा चन्द्रागिरि घुम्न जाने पाहुनालाई लक्षित गरेर दसैँ तथा तिहारका सबै दिन केबुलकार तथा रिसोर्ट सञ्चालन गर्न लागे...
बलिउड अभिनेत्री नेहा धुपियाले दोस्रो सन्तान जन्माइन् काठमाडौं। बलिउड अभिनेत्री नेहा धुपियाले दोस्रो सन्तानलाई जन्म दिएकी छिन् । नेहाले आइतबार बिहान छोरालाई जन्म दिएकी हुन् । यसको जानकारी उनका पति अंगद बेदीले दिएका छन् । अंगदले सामाजिक संजालमा गर्भवती अवस्थाकी नेहा र आफ्नो तस्वीर शेयर गर्दै यसको जानकारी दिएका हुन् । उनक...
शाहरुखका छोरा आर्यन हिरासतमा, केस दर्ता, रिया चक्रवर्तीका वकिलले केस लड्ने काठमाडौं। बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान ड्रग्स केसमा फसेका छन् । नारकोटिक्स कन्ट्रोल ब्युरोले शनिबार बेलुका मुम्बइमा एक लग्जरी क्रुज जहाजमा छापा मारेको थियो । यो क्रुज शिपमा ड्रग्स पार्टी चलिरहेको थियो । यहाँबाट एनसीबीले ८ जनालाई ह...
ट्र्याक्टर दुर्घटनामा सहचालकको मृत्यु काठमाडौं । रसुवाबाट बालुवा लिएर दिक्तेलतर्फ आइरहेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । स१त ७०७१ नंको ट्र्याक्टर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित पानी ट्याङ्कीमा दुर्घटना हुँदा सोही नगरपालिकाको वडा नं १२ जालपाका १९ वर्षीय सहचालक डिलक्स राई...
अपहरणमा परेका भारतीय नागरिकको उद्धार काठमाडौं । अपहरणमा परेका एक भारतीय नागरिकको उद्धार भएको छ । अपहरणमा परेका भारत बिहारको मधुवनी लौकाहा ग्राम पञ्चायत–९ का २२ वर्षीय शङ्करकुमार साहको उद्धार गरिएको हो । सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीमा खुट्टामा साङ्लोले बाँधिएको अवस्थामा प्रहरीले साहको उद्धार गरिएको ...
१७५ यात्रु बोकेर उडिरहेको विमानमा चट्याङ पर्‍यो काठमाडौं। रुसमा एक यात्रुवाहक विमान १७५ जना यात्रु लिएर आकाशमा उडिरहेका बेला विमानमा चट्याङ परेको छ । चट्याङका कारण विमान डरलाग्दो तरिकाले हल्लियो । विमानभित्र रहेका यात्रुले विमानमा चट्याङ खसेको देखेका थिए त्यसैले उनीहरुलाई अब बच्न कठिन छ भन्ने लागेको थियो । घटना अजुर एय...
मल नपाएर रौतहटका किसान चिन्तित रौतहट । किसानलाई यति बेला धानबालीमा प्रयोग गर्न रासायनिक मलको निकै खाँचो छ। तर, रौतहटमा अनुदानमा पाइने मल छैन। मल नपाउँदा किसानले सास्ती खेप्दै आएका छन्। धानबाली लगाएका किसानले मलखादको चरम अभाव भोगेको र कृषि सामग्रीकै अभावमा उत्पादन घटेको भन्दै केही दिनअघि आन्दोलनसमेत गरेका थिए। रौतहटका ब...
चन्द्रागिरीमा कांग्रेसकाे सहमतिमै नेतृत्व छानिने, बाँकीमा निर्वाचन हुने काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्र्तगत काठमाडौंका ११ पालिकामध्ये एउटामा सर्वसम्मत नेतृत्व चयन हुने भएको छ। आजबाट सुरु हुने काठमाडौंको पालिका अधिवेशनमा चन्द्रागिरी नगरपालिकामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन हुने देखिएको हो। त्यहाँ अहि...
अमेरिकाबाट रक्तदाता मैनालीले पठाए दुई व्लड बैंक बनाउन नेपाललाई सहयोग वासिंगटन डिसी । चर्चित नेपाली रक्तदाता अर्जुन मैनालीले नेपालमा दुईवटा ब्लड बैंक बनाउने एक एक लाख रुपैंया सहयोग पठाएका छन् । मैनालीले डिसी नेपाललाई दिएको जानकारीअनुसार, उनले नेपाल रेडक्रस सोसाइटी काभ्रे बनेपालाई एकलाख र त्रिभुवन विश्वविद्यालय लायन्स रक...
दसैँ बिदामा विद्यालय खुल्ने काठमाडौँ ।  यस वर्षको दसैँ बिदा घटाएर जिल्लाको पूर्वीक्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिकाले सबै सामुदायिक विद्यालय सञ्चालन गर्ने भएको छ । कोरोना महामारीका कारण लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइमा निकै घाटा भएको जनाउँदै यो वर्षको दसैँ बिदामा विद्यालय सञ्चालन गर्न सबै सामुदाय...
जीवन बचाउन रक्तदान काठमाडौँ । मानवको जीवन रक्षा गर्ने उद्देश्यले तीन लायन्स क्लब मिलेर रक्तदान कार्यक्रम गरेका छन् । लायन्स क्लब अफ काठमाडौँ हाइट, आयन्स क्लब अफ ओखलढुङ्गा पोकली वाटरफल र लायन्स क्लब अफ काठमाडौँ ब्राभोको संयुक्त आयोजना गरेको कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन् । लायन्स क्बल जोन चियर पर्सन गुरु केदार ब...
भावी कार्यदिशा बनाउँदै समावेशी आयोग काठमाडौं । राष्ट्रिय समावेशी आयोगले नीति, कानून, योजना र कार्यक्रमको प्रभावकारिता बढाउँदै अनुगमन तथा मूल्याङ्कनका माध्यमबाट आयोगका काम कारबाहीलाई अझ प्रभावकारी र परिमार्जन गर्ने भएको छ । पूर्णता पाएको १०० दिनका अवसरमा आयोगले आयोजना गरेको प्रगति समीक्षा तथा भावी कार्यदिशा विषयक गोष्ठी...
एक लाख ३५ हजारभन्दा बढी मूल्यका अखाद्य बस्तु बरामद काठमाडौं। नेपालीहरुको महान पर्व दशैँ तिहार नजिकिएसँगै बजार अनुगमन कार्य तिब्र गतिमा बढेको छ । आज खोड्पे बजारमा संयुक्त बजार अनुगमन टोलीले ३३ पसलबाट रू २५ हजार ४०० बराबरको लेबल नभएका र म्याद नाघेका सामान बरामद गरी नष्ट गरेको छ । विभिन्न किराना पसल, मदिरा पसल तथा होटेलमा...
पशुपतिको बाबामाथि खुकुरी हान्ने व्यक्ति पक्राउ काठमाडौँ ।काठमाडौँस्थित पशुपतिमा बाबामाथि खुकुरी प्रहार गरी फरार रहेको एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–८ स्थित पशुपतिको विश्वरुपा जाने बाटो छेउमा सन्तोष भन्ने बाबालाई खुकुरी प्रहार गरी फरार रहेका व्यक्तिलाई चितवनको जगतपुर घर भएका ३७ वर्षीय ...
जिपले ठक्कर दिँदा पाँच छात्रा सख्त घाइते काठमाडौं। आज दिउँसो डबल क्याप जिपले ठक्कर दिँदा पाँच छात्रा सख्त घाइते भएका छन् । सल्यान रुकुम सडक खण्डअन्तर्गत बरलामा सडक छेउमा बसिरहेका पाँचै जनालाई लु २ च ५७०१ नम्वरको जिपले ठक्कर दिँदा शारदा नगरपालिका–६ बरला बस्ने मीना परियार, सोही ठाउँका रेखा बुढाथोकी, सुशिला नेपाली, दीपा ब...
जेष्ठ नागरिक दिवसः नेपालमा जेष्ठ नागरिकको जनसंख्या कति ? काठमाडौ।आज १ अक्टोबर अर्थात् अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस । जेष्ठ नागरिकको सम्मान र अधिकारमा पुहँच पु¥याउने उद्देश्यले संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९१ देखि हरेक वर्ष १ अक्टोबरका दिन विश्वभर यो दिवस मनाइँदै आइएको छ । सन् १९८८ मा पहिलो पटक तत्कालीन अमेर...
एसईईका लागि रजिष्ट्रेसन र आवेदन फाराम खुल्यो, कहिलेसम्म भरिसक्नुपर्छ ? काठमाडौं।२०७८ मा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई)मा समावेश हुनका लागि रजिष्ट्रेसन र आवेदन फाराम खुलेको छ ।राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गरी ‘कक्षा १० मा नियमित रुपमा अध्ययनरत विद्यार्थी, माध्...
ट्याक्टर दुर्घटनामा एक महिलाको मृत्यु काठमाडौँ । स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा ४५ वर्षीया एक जना महिलाको मृत्यु भएको छ । आँधीखोला सेती दोभानमा बिहीबार साँझ रोकिराखेको ट्याक्टर एक्कासि गुड्दा माया विकको मृत्यु भएको हो । भारी बोकेर हिँडिरहेकी उनलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको उपचारको क्रममा पोखरास्थित पश्चिमा...
दशैँ अगावै पत्रकारका सबै सेवा उपलब्ध गराउन महासंघको माग काठमाडौं।नेपाल पत्रकार महासंघले दशैँ अगावै आफ्नो संस्थामा कार्यरत सबै श्रमजीवी पत्रकारको बाँकी बक्यौतासहित सबै प्रकारका सेवा, सुविधा उपलब्ध गराउन व्यवस्थापन समक्ष माग गरेको छ ।महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गर्दै दशैँ अगावै पत्रकारलाई सबै सुविधा उपलब्...
गृहमन्त्रीको नगरमा २५ दिनदेखि न्यायको खोजीमा आन्दोलन काठमाडौं।गृहमन्त्री बालकृष्ण खाणको गृहनगर रूपन्देहीको तिलोत्तमा नगरपालिकामा एक युवतीको मृत्यु प्रकरणलाई लिएर २५ दिनदेखि जारी आन्दोलन अझै रोकिएको छैन । तिलोत्तमा( ५ की २७ वर्षीया सीता भण्डारीको मृत्युको विषयलाई लिएर माइती पक्षसहित स्थानीय आन्दोलनमा उत्रेका हुन् ।सीताक...
दसैँ नजिकिँदै, भेडा च्याङ्ग्राको मूल्य बढ्दै काठमाडौं। महानपर्व दसैँ नजिकिँदै छ । यस पर्वमा मुस्ताङी भेडाच्याङ्ग्राको मासु माग ह्वात्तै बढ्ने गर्दछ । यसपटक पनि कोभिड–१९ का कारण कोरला नाका ठप्प भएपछि दसैँमा धेरै भेडा च्याङ्ग्रा बजारमा नआउने भएका छन् भने आएका भेडा च्याङ्‍ग्राको मूल्य पनि आकासिएको छ । तिब्बतबाट च्याङ्‍ग्र...
एक हप्तादेखि यातायात सेवा ठप्प, स्थानिय आक्रोशित काठमाडौं। जाजरकोट सदरमुकाम खलङ्गामा एक हप्तादेखि सडक अवरुद्ध भएपछि स्थानिय तनाबमा छन् । वर्षेनी भत्कने रेडक्रस नजिकैको यो सडक वर्षेनी मर्मत गरिए पनि दिगो र भरपर्दो निर्माण नहुँदा लाखौँ रकम खर्चने मात्र काम भएको छ । थाप्ले, ठाँटीलगायतका ठाउँको ढल सोही ठाउँमा जम्मा हुँदा स...
लिपुलेक, लिम्पियाधुरा र कालापानीमा जनगणनाको सूचीकरण अझै अनिश्चित काठमाडौं।घरपरिवार सुपरिवेक्षणको समयसीमा सकिनै लाग्दा लिपुलेक, लिम्पियाधुरा तथा कालापानीमा जनगणनाको विषय अझै अनिश्चित छ । ३० भदौदेखि सुुरु भएको घर तथा घरपरिवार सूचीकरणको समय सकिन अब चार दिन मात्र बाँकी छ ।दार्चुलाका जिल्ला जनगणना अधिकारी पदमराज पाण्डेले जी...
यस्तो गाउँ, जहाँ घाँस काट्न पनि साइत हेरिन्छ काठमाडौं। मनाङकी फू गाउँकी पाल्मा साङ्गे घाँस काट्न बिहीबार क्याङ झरेकी छिन् । यसपाली लामाले पात्रो हेरेर बिहीबारदेखि घाँस काट्ने साइत निकालेका छन् । गोठमा भएका पशुवस्तुलाई हिउँदको जोहो गर्न उनी बेशी झरेकी हुन् । फू बासी बढी हिउँ पर्न थालेपछि क्याङ झर्छन् । क्याङ फूभन्दा न्य...
प्रचण्डबहादुर श्रेष्ठ हिमालयन बैंकको अध्यक्षमा नियुक्त काठमाडौं। हिमालयन बैंक लिमिटेडमा नयाँ अध्यक्षमा चयन भएका छन्। २९ सेप्टेम्बरमा बसेको बैंकको सञ्चालक समितिको ४११ औं बैठकबाट अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ  नियुक्त भएका हुन् । श्रेष्ठ मर्जर प्रक्रियाको अन्तिम टुंगो नलागुन्जेल बैंकको अध्यक्ष हुनेछन्। बैंकले इन्भेष्टम...
अमेरिकी सेनाका बरिष्ठ अधिकारीहरुले भने – ‘तालिबान फर्किनुको कारण दोहा सम्झौता’ काठमाडौं। अमेरिकी सेनाका केही बरिष्ठ अधिकारीहरुले तालिबानले अफगानिस्तानमा कब्जा गर्नुको कारण तत्कालीन ट्रम्प प्रशासन र तालिबानबीच दोहामा भएको सम्झौता भएको बताएका छन् । दोहा सम्झौतामा फेब्रुअरी २०२० मा हस्ताक्षर भएको थियो । यो सम्झौता अनुसार ...
२ बालकको प्रधानमन्त्रीलाई पत्र – ‘दाँत उमिएनन्, खान गाह्रो भयो, आवश्य कारवाही गरिदिनुस्’ काठमाडौं। २ जना बालकले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखेको पत्र अहिले सामाजिक संजालमा चर्चामा छ । पत्रमा यी दुई बालकहरुले आफ्नो दाँत नउम्रिएका कारण आफूहरुलाई मन पर्ने खानेकुरा खान समस्या भएको प्रधानमन्त्रीसमक्ष गुनासो गरेका छन् ।...
आईपीओ निस्कासन तयारीमा रहेको इमर्जिङले बोलायो १२ कात्तिकमा साधारणसभा काठमाडौं । इमर्जिङ नेपालले आगामी १२ कात्तिकमा वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले एभरेस्ट होटल नयाँ बानेश्वर काठमाडौंमा दिउँसो ३ः३० बजे छैटौँ वार्षिक साधारण सभा आह्वान गरेको हो। सभामा कम्पनीको रजिष्टार कार्यालयको ठेगाना परिवर्तन गर्ने, अन्य प्रस्ता...
इडिभी भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश काठमाडौँ । इडिभी भिसाको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखा काठमाडौंले मंगलबार तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१४ कलङ्की बस्ने चितवनको जुगेडीका ३६ वर्षीय जीवन कार्की, च...
कोरोनाको कारण अग्रिम टिकट लिने यात्रुको सङ्ख्या न्यून काठमाडौं । कोभिड–१९ का कारण चाडपर्वमा काठमाडौँ उपत्यकाबाट बाहिरिन अग्रिम टिकट काट्ने यात्रुको सङ्ख्या न्यून रहेको छ । सामान्य अवस्थामा भन्दा चाडपर्वमा यस वर्ष उपत्यकाबाट बाहिरिने यात्रु ३० प्रतिशत मात्र रहेको यातायात व्यवसायीले बताएका छन् । कोभिड–१९ का कारण घर फर्कि...
घरधुरी सङ्कलन अन्तिम चरणमा काठमाडौं । जनगणनाको लागि घरधुरी सङ्कलनका लागि डोटीका नौवटै स्थानीय तहमा सुपरीवेक्षक खटिएको छन् । जिल्ला जनगणना कार्यालय डोटीले सुपरीवेक्षकलाई तालिम दिएर यही असोज १८ गतेसम्मका लागि प्रत्येक घरपरिवारको सूचीकरण लिइसक्ने गरी टोली घरदैलोमा खटाएपछि उक्त टोलीले काम तीव्ररुपमा अगाडि बढाएको कार्यालयले...
मदिराको नशामा श्रीमतीको हत्या काठमाडौं । मदिराको नशामा एक युवकले आफ्नै श्रीमतीको हत्या गरेका छन् । अर्घाखाँचीको खाँचीकोटमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका हुन्। सन्धिखर्क नगरपालिका–७ खाँचीकोटका ३० वर्षीय विष्णु विकले ३५ वर्षीया श्रीमती सीतालाई लठ्ठीले हानेर घरमै हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जना...
महिलाको चरित्र हत्या गर्ने ४ जना युट्युबर प्रहरीको फन्दामा काठमाडौं । युट्युव च्यानलमार्फत चरित्रहत्या गर्ने व्यक्तिहरु प्रहरीको फन्दामा परेका छन् । प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले युट्युव च्यानलमार्फत महिलाको चरित्रहत्या गर्ने भिडिओ, अन्तर्वार्ता तथा फोटोसहितको विवरण प्रसारण गर्ने व्यक्तिहरु पक्राउ परेका गरेको ...
सेवा निवृत्त सैनिकको रहरलाग्दो कालिजपालन काठमाडौँ । भारतीय सेनाबाट अवकास पाएका म्याग्दीको बेनी नगरपालिका–२ फापरखेतका नवीन घिमिरेले कालिजपालन व्यवसाय सुरु गरेको छ । १७ वर्ष भारतीय सेनामा काम गरेर अवकास पाएका उनले गाउँ फर्किएर कालिजपालन सुरु गरेको हो । उनले सुरु गरेको कालिजपालन व्यवसाय अहिले यस क्षेत्रकै रहरलाग्दो र रमाइ...
सेवा प्रवाहमा समस्या काठमाडौं ।  जिल्ला प्रशासन कार्यालय डोटीमा प्रमुख जिल्ला अधिकारी तथा प्रशासकीय अधिकृत नपठाएका कारण गणनाका लागि सेवा प्रवाहमा कठिन हुँदै आएको छ । राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणको गणनाका लागि घरधुरी सङ्कलनका लागि यहाँका नौवटै स्थानीय तहमा सुपरीवेक्षक खटिएको छ । जिल्ला जनगणना कार्यालय डोटीले सुपरी...
एमाले अध्यक्ष ओली गोदावरीमा काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारबाट सुरु हुने पार्टीको पहिलो विधान महाधिवेशनस्थल पुगेर तयारीबारे जानकारी लिएका छन् । यही असोज १५ देखि १७ गतेसम्म आयोजना हुन लागेको पार्टीको विधान महाधिवेशनको तयारीका बारेमा जानकारी लिन उनी गोदावरी पुगेका हुन् । अध्यक्ष ओलीसँगै पार्टीका महासचि...
संसद् बैठक भोलि बस्ने, यस्तो छ कार्यसूची काठमाडौं । प्रतिनिधिसभाको बिहीबार बैठक बस्दै छ । बैठकको सम्भावित कार्यसूची बुधबार सार्वजनिक भएको छ । जसमा दुई बुँदा छ । पहिलो बुँदामा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त अध्यादेश खारेज सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने उल्लेख छ । दोस्रो बुँदामा प्रधानम...
मृत्यु भइसकेकाको भत्ता लिने तत्कालीन गाविस सचिव अख्तियारको फन्दामा काठमाडौं । गाविसका तत्कालीन सचिवसहित पाँचजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता गरेको छ । मृत्यु भइसकेका व्यक्तिको दोहोरो नाममा र बनावटी नाममा सामाजिक सुरक्षा भत्ता बापतको रकम निकासा गरी आर्थिक अनियमितता गरेको भन्दै उदयपुरको रामपुर ठ...
यसवर्ष पनि च्याङ्ग्रा बिक्री नहुने काठमाडौं । सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्षको दशैंको लागि च्याङ्ग्रा नल्याउने भएको छ । हरेक वर्ष कम्पनीले बजार सन्तुलनको लागि सीमित संख्यामा खसीबोका र च्याङ्ग्रा खरिद गरी बिक्री गर्दै आएकोमा यो वर्ष भने नल्याउने भएको हो । दशैंका लागि च्याङ्ग्राको ब...
भारतीय गाडीकोे ठक्करले मोटरसाइकल चालकको मृत्यु काठमाडौं । अरनिको राजमार्गस्थित सूर्यविनायकको सल्लाघारी खण्डमा सोमबार राति भारतीय टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। आरजे ०२ जिबि १०१७ नम्बर प्लेटको गाडीले प्रदेश ३–०२–००८ प २५०१ नंको मोटरसाइकललाई ठक्कर दिँदा  मोटरसाइकल चालकको मृत्यु भएको हो।मृत्यु हुनेमा मोटर...
फरार अभियुक्त १२ वर्षपछि पक्राउ काठमाडौं ।  कञ्चनपुरमा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न  गणेशप्रसाद जोशी १२ वर्षपछि आज पक्राउ परेका छन् । जोशीले पिपलाडीकै एक महिलालाई ललाईफकाई बेचबिखन गर्न भारतको नयाँ दिल्ली पु¥याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ति महिलाका आफन्तले २०६४ सालमा जोशीविरुद्ध मानव बेचबिखनको आरोप लगा...
लोसपा दलको नेतामा सोनल चयन काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को प्रदेश २ को संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन भएका छन् । पार्टीभित्र सर्वसम्मति नभएपछि भएको चुनावी प्रक्रियामा सोनल नौ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी उपेन्द्र महतोले छ मत मात्र प्राप्त गरे । सोनल लोसपा पार्टी अध्यक्ष महन्थ ...
कपनबाट हराएका बालक भारत पुर्‍याइएको प्रहरीको दावी काठमाडौं । काठमाडौंको कपनबाट हराएका चार बर्षीय बालक पियुष शर्मालाई भारत पुर्‍याइएको प्रहरीले दावी गरेको छ । उनलाई अपहरण गरेर बालकलाई भारत पुर्‍याएको प्रहरीले जनाएको छ । भारतीय प्रहरीको समेत सहयोगमा खोजी गर्ने क्रममा बालक भारत पुर्‍याएको प्रहरीले जनाएको छ । भारत घर भइ कप...
दुर्घटनामा आमा–छोराको मृत्यु काठमाडौं । रुपन्देहीमा आज बिहान भएको दुर्घटनामा आमा र छोराको मृत्यु भएको छ । रुपन्देही सैनामैना नगरपालिका–५ स्थित पूर्व–पश्चिम लोकमार्ग खण्डमा अन्दाजी ३५ वर्षीया राधा भट्टराई र उनका छोरा अन्दाजी १९ वर्षीय महेश भट्टराई रहेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालले जान...
बजारमा हल्ला भएअनुसार अभाव छैनः वाणिज्य सचिव काठमाडौं । सरकारले चाडपर्वका लागि खाद्य सामग्री मौज्दात पर्याप्त मात्रामा रहेको भन्दै अभाव नहुने जनाएको छ । समितिमा भएको छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले अभाव नहुने बताएका छन् । उनले सरकारी कम्पनी तथा निजी उद्योगी व्यवसायीसँगले दिएको तथ्याङ...