content
stringlengths
20
64.1k
दसैँतिहार नजिकिएसँगै सस्तोमा चामल बेच्दै नेपाल खाद्य संस्थान काठमाडौं। नेपालीहरुको महान पर्व विजयादशमी, दीपावली र छठ नजिकिएसँगै नेपाल खाद्य संस्थानले सस्तोमा चामल बिक्री गर्न थालेको छ । अमरगढी नगरपालिका–५ बागबजारको बसपार्क तल रहेको गोदामबाट मोटा र मसिनो चामल बजारभन्दा सस्तो दरमा संस्थानले बिक्री गर्न थालेको हो । निषेधा...
डुबेर बेपत्ता किशोरको शव फेला काठमाडौं।  पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका किशोरको शव फेला परेको छ । सोमबार दिउँसो पोखरीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका बिगु गाउँपालिका–४ लादुकका १८ वर्षीय टीकाराम तामाङको शव आज फेला परेको हो । घर नजिकै शान्ति आर्दश माविसँगै रहेको पोखरीमा तामाङ हिजो दिउँसो साथीसँग पौडी खेल...
निःशुल्क सेनेटरी प्याड वितरण काठमाडौं। युग बुद्ध नेपालले भृकुटी मण्डपस्थित सार्वजनिक शौचालयदेखि निःशुल्क सेनेटरी प्याड वितरण अभियानको शुभारम्भ गरेको छ । यो अभियानबाट सयौँ महिला लाभान्वित भएका छन् । यसअघि सो संस्थाले महिलाका लागि निःशुल्क परिवार नियोजनका साधन वितरण गरिसकेको छ । संस्थाले क्रमशः देशका प्रमुख सहरका शौचालय,...
खातामा पैसा टाँट पल्टदाँ पनि धमाधम चेक काटेपछि काठमाडौं । बैंकिङ कसुरजन्य अपराधका फरार अभियुक्तलाई आजनेपाल प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जन्तेढुंगा गाउँपालिका ३ खोटाङ घर भइ हाल काठमाडौं कपन बालुवाखानी बस्‍दै आएका २६ वर्षीय खगेन्द्र खत्री रहेका छन् । उनलाई सोही स्थानबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्...
कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति दिने कि नदिनेमा प्रतिनिधिसभामा मतभेद काठमाडौं। कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति दिने वा नदिने भन्नेमा प्रतिनिधिसभामा आज मत बाझिएका छन् । आज ‘चिकित्सा शिक्षासँग सम्बन्धित कर्मचारीका छोराछोरी र स्थानीयवासीले पाउने आरक्षण सम्बन्धमा’ गरिएको छलफलमा समिति सदस्यबीच छात्रवृत्ति दिने वा नदिन...
जाे खुट्टा काट्नै पर्ने थाहा पाएपछि धित मर्ने गरी नाचिन् काठमाडौं। चितवन क्यान्सर अस्पताल रिफर गरेपछि मनमा चिसो पसेको थियो। अन्ततः खुट्टा नै काट्नु पर्‍यो।’  चितवन मेघौलीकी सीता सुवेदी आफ्नो २१ वर्ष पहिलाको दशैंको सम्झनामा गर्दै आफूलाई भाग्यमानी भएको बताउछिन्। सीतालाई त्यो बेला आफ्नो खुट्टा भन्दा ज्यान प्यारो भयो। न हो...
कपिलवस्तुमा बससँग विङ्गर ठोक्कियो : ९ घाइते, चार गम्भीर कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका-४ जितपुरमा बस र विङ्गर एकआपसमा ठोक्किएका छन्। रुकुमबाट काठमाडाैं जाँदै गरेको बा४ख२४४८ नम्बरको बस र लु१ज३००६ नम्बरको विङ्गर ठोकिँदा नाै जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलीप कार्कील...
यस्तो बन्दै छ एमाले महाधिवेशन स्थल (फोटोफिचर) काठमाडौं । एमालेको विधान महाधिवेशनको तयारीलाई तीव्रता दिइएको छ । ललितपुरको गोदावरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा १५–१७ असोजमा हुने विधान महाधिवेशनको तयारीलाई तीव्रता दिइएको प्रचारप्रसार समितिका संयोजक खिमलाल भट्टराईले जानकारी दिए । महाधिवेशनमा करिब पाँच हजार सहभागी हुन...
भागेका अफगानी पूर्वराष्ट्रपति अशरफ गनीले तालिबानको समर्थन गरेपछि हंगामा काठमाडौं। अफगानिस्तानका पूर्वराष्ट्रपति अशरफ गनीले आफ्नो आधिकारिक फेसबुक अकाउन्टबाट तालिबानी शासनको समर्थन गरेका छन् । यतिमात्र होइन उनले अन्तर्राष्ट्रिय समुदायसँग तालिबानसँग वार्ता गर्नको लागि अपिल पनि गरे । यसका साथै उनले अन्तर्राष्ट्रिय समुदायला...
दशैंको कारण देखाएर सर्‍यो माओवादी केन्द्रकाे महाधिवेशन कार्यतालिका काठमाडौं । माओवादी केन्द्रले आगामी पुसमा हुने राष्ट्रिय महाधिवेशनको कार्यतालिका हेरफेर गरेको छ । सोमबार बसेको स्थायी कमिटी बैठकले महाधिवेशनको कार्यतालिकाअनुसार स्थानीय तहका अधिवेशनको मिति सारेको हो । माओवादी केन्द्रका नेता देव गुरुङका अनुसार आगामी ३० अस...
हेटौँडा सिमेन्टको मूल्य घट्यो काठमाडौं ।  गुणस्तरीय सिमेन्ट उत्पादन र बिक्री गर्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगले सिमेन्टको मूल्य घटाएको छ । निजीक्षेत्रका सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न अहिले उत्पादित ओपिसी सिमेन्ट प्रतिबोरा रु ४७ घटाएर ७०० दुई रुपैयाँमा बिक्री गर्ने निर्णय गरिएको उद्योगका महाप्र...
चिल्लो कारमा हिड्नेलाई के थाहा बेनी–जोमसोम सडक खण्डको दर्दनाक अवस्था? ज्यानकै आश मारेर यात्रा गर्नुपर्ने बाध्यता काठमाडौं । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डको तीन ठाउँमा लेदोमाटोसहितको पहिरो आउन नरोकिएपछि ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । यहाँ सामान्य वर्षा हुदाँसाथ ढ...
सुत्केरीको मृत्यु, आफन्त भन्छन डाक्टरको लापरवाही काठमाडौं । अत्याधिक रक्तस्रावका कारण कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । मृतकका आफन्तले भने डाक्टरको लापरवाहीका कारण कल्पनाको मृत्यु भएको आरोप लगाएका छन् । उनीहरुले अस्पतालसँग मेडिकल रिपोर्ट माग गर्दै मृत्युको यथेस्ट कारण खुलाउन भन्दै अस्पत...
नापी कार्यालयको ज्यादतीः कर्मचारीको लापरवाही, सेवाग्राही मर्कामा काठमाडौं । सरकारी काम कहिले जाला घाम उखान त्यसै भनिएको होइन । एउटा सानो कामको लागि पनि बारम्बार दुःख दिने नियती रहेको छ कर्मचारीहरुका । प्रसंग रहेको छ महोत्तरीको जलेश्वरस्थित नापी कार्यालयको । जहाँ जग्गाको कित्ताकाटका लागि विनित चौधरीले २१ दिनदेखि कार्याल...
अमेरिका, रुस, चीन र पाकिस्तान एकसाथ मिलेर के गर्दैछन् ? काठमाडौं। अफगानिस्तानमा तालिबान शासन पूर्ण रुपमा स्थापित भइसकेको छ । तालिबानले संयुक्त राष्ट्रसंघमा आफ्नो स्थानको लागि अपिल पनि गरेको छ । यही बीच रुसले अफगानिस्तानको अवस्थाबारे निकै महत्वपूर्ण बयान दिएको छ । रुसका विदेशमन्त्री सर्गेइ लावरोभले शनिबार संयुक्त राष्ट्...
सम्मेलनपछि ‘आश्चर्यजनक’ साझा वक्तव्य जारी गरेको क्वाडप्रति चीनका मिडिया के भन्दैछन् ? काठमाडौं। अमेरिका, जापान, भारत र अस्ट्रेलियाका सरकार प्रमुखहरुले क्वाड शिखर सम्मेलन अन्तर्गत गत शुक्रबार बैठक गरे । क्वाड समूहका देशमा सरकार प्रमुखहरुको यो पहिले व्यक्तिगत भेटघाट थियो । चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले यो बैठकलाई च...
हिरासतको ग्रिल फुटाएर फरार युवक पक्राउ काठमाडौं । इलाका प्रहरी कार्यालय लहानको हिरासतबाट करिब अढाइ महिनाअघि फरार एक युवकलाई सिरहा प्रहरीले आज साँझ पक्राउ गरेको छ । गत असार २६ गते हिरासतकक्षको ग्रिल फुटाएर फरार नवराजपुर गाउँपालिका–१ निवासी ३४ वर्षीय रामप्रकाश भन्ने पशुपति यादवलाई आज पक्राउ गरेको प्रहरीले जनाएको छ । गोप्...
टिपर र मोटरसाइकल ठोक्किदाँ सुमन रेग्मीको मृत्यु काठमाडौं । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ अरनिको राजमार्गअन्तर्गत होटल अरनिको अगाडि एक जनाको मृत्यु भएको छ । टिपर र मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा ३३ वर्षीय सुमन रेग्मीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार शु...
होम सेन्टरमै सम्पन्न भयो कक्षा १२ को परीक्षा काठमाडौं ।राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै भदौ ३० गतेदेखि होम सेन्टरबाट सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजबाट सम्पन्न भएको छ । परीक्षामा सहभागी हुने अधिकांश विद्यार्थीलाई कोभिडविरुद्धको खोप लगाएर स्वास्थ्य मापदण्ड अपनाउँदै होम सेन्टरमा सञ्चालन भएको प...
सार्वजनिक सवारी साधनको भाडा बढ्यो काठमाडौं ।पेट्रोल र डिजलको मूल्य वृद्धि भएपछि आजदेखि लागू हुने गरी सरकारले सार्वजनिक सवारी साधनमा नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको यातायात व्यवस्था विभागले देशभर नयाँ भाडादर कार्यान्वयमा आएको जनाएको छ । विगतमा सार्वजनिक सवारी ...
आत्मनिर्भर केन्द्रको सामाजिक लेखाजोखा काठमाडौं ।सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले १४ औं सामाजिक लेखाजोखामार्फत वार्षिक कार्यक्रम, उपलव्धि, आम्दानी र खर्च सार्वजनिक गरेको छ । साथै संस्थाले भावी योजनाबारे पनि जानकारी गराएको छ । आत्मनिर्भर केन्द्रले वि.स. २०६४ देखि वार्षिक रूपमा सामाजिक लेखाजोखा गर्दै आएको छ । कार्यक्रम...
स्यानिटरी प्याडमा कर थपिएको छैन: अर्थमन्त्रालय काठमाडौं । महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्यवृद्धि भएको भन्दै आलोचना सुरु भएपछि सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ। अर्थ मन्त्रालयले कर वृद्धि नभएको र मूल्यवृद्धि हुनुपर्ने कारण नरहेको स्पष्ट पारेको छ। स्यानिटरी प...
डा पोखरेललाई भारतमा पत्रकारिता पुरस्कार काठमाडौं । वल्र्ड ट्रेड ग्रुप नेपालका अध्यक्ष डा शम्भु पोखरेलले पत्रकारिता क्षेत्रमा गरेको योगदानको सम्मानस्वरूप न्यूजपेपर्स एसोसिएशन अफ, इंडियाले ‘कलम के सिपाही’ पुरस्कार प्राप्त गरेका छन् । भारतको आईएमएस गाजियावाद (विश्वविद्यालय कोर्स क्याम्पस) भारतको सहयोगमा न्यूज पेपर्स एसोसि...
प्रदेश लोकसेवा आयोगबाट कार्य प्रारम्भ काठमाडौं । सुदूरपश्चिम प्रदेशमा गठन भएको प्रदेश लोकसेवा आयोगले नेपालको संविधान बमोजिम आफ्नो काम प्रारम्भ गरेको छ । प्रदेश लोकसेवा आयोग ऐन बमोजिम आयोगको नियमावली, कार्य सञ्चालन निर्देशिका, आयोगका पदाधिकारी, विषय विज्ञ, विशेषज्ञ र कर्मचारीको आचारसंहिता जारी भइसकेको छ । आयोगलाई योग्यत...
जुम्लामा १३७ किमी सडकको ट्र्याक तयार काठमाडौँ । जुम्लाको पूर्वाधार विकास कार्यालयले हालसम्ममा १३७ किलोमिटर भन्दा बढी सडकको नयाँ ट्र्याक खुलाएको छ । जिल्लाको हिमा गाउँपालिकाका चिउडी र मसानटाडामा दुई झोलुङ्गे पुल , साविकको ताम्ती गाविस हुँदै जाजरकोट जिल्ला जोड्ने पक्की पुल तथा चन्दननाथ नगरपालिकास्थित दानसाघुमा गुठीचौर गा...
सङ्कटमा परेको संस्कृत विषय पाटनमा पहिलोपटक सुरु काठमाडौं । बैतडीको पाटन नगरपालिकाले कक्षा ६ देखि ८ सम्मको आधारभूत तहमा संस्कृत विषयको पढाइ हुने भएको छ । पाटन जिल्लाका १० वटै स्थानीय तहमध्ये संस्कृत विषय पढाउने पहिलो पालिका हो । चालु शैक्षिक सत्रदेखि ऐच्छिक विषयका रुपमा कक्षा ६ मा पढाइ सुरु हुने शिक्षा शाखा प्रमुख बिर्ख...
मलेसियामा रोजगारी खुल्यो काठमाडाैं। कोरोना भाइरस महामारीका कारण लामो समयदेखि बन्द रहेको मलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउने भएका छन् । मलेसियामा श्रमिकको अभाव भएपछि केही सङ्ख्यामा विदेशी श्रमिक लिने नीतिअनुरुप नेपाली श्रमिक रोजगारीका लागि मलेसिया जान पाउने भएका हुन् । नेपालस्थित मलेसियाको दूतावासले विज्ञप्ति जा...
सशस्त्रका ११ कमाण्डर फेरिए, दुई डिआईजीलाई फेरि कमाण्ड दिइयो काठमाडौं । नेपाल सरकारले सशस्त्र प्रहरीका ११ जना सशस्त्र प्रहरी नायव महानिरीक्षक(डिआईजी)हरुको सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाँडको निर्णयले बिहीबार सांझ सो सरुवा गरिएको सशस्त्र प्रहरीले जनाएको छ । डिआईजी मन्दिप श्रेष्ठलाई गढिमाई वाहिनी हेटौंडाबाट सशस्त्र...
नेपाल एक चीन नीतिको पक्षमा सदैव दृढतापूर्वक उभिएको छः राष्ट्रपति काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एक चीन नीतिको पक्षमा सदैव उभिने बताएकी छन्। सी चिनफिङले आधुनिक चीनमा क्रान्ति, निर्माण र सुधारका साथै चिनियाँ राष्ट्रको पुनर्जागरणका लागि महत्वपूर्ण योगदान गर्ने माओ जेदोङ तङ स्याओफिङ, जियाङ जेमिनलगायतका अग...
प्रधानमन्त्री देउवालाई साक्षी राखेर सेनापतिले भने—सेनाले सुक्ष्म अध्ययन गरिरहेको छ काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले प्रधानमन्त्री एवं रक्षा मन्त्री शेरबहादुर देउवालाई साक्षी राखी मुलुकको स्थायित्वसंग सरोकार राख्ने गतिविधिहरुबारे सेनाले सुक्ष्म अध्ययन र विश्लेषण गरिरहेको बताएका छन् । उनले मुलुकमा उत्पन्न हुंदै...
वायुसेवा निगमको काम कारबाही प्रभावित काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारीको दुई महिनाभन्दा बढी लामो आन्दोलनले निगमको व्यवसायमा दूरगामी असर पार्ने महत्वपूर्ण काम कारबाही प्रभावित भएको जनाएको छ । निगमका प्रहाप्रबन्धक डिमप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गर्दै कर्मचारीको आन्दोलनका कारण संस्थाको द...
चाडपर्वमा आपूर्ति व्यवस्थापन चुस्त पार्न गृहमन्त्री खाँणको निर्देशन काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँडले चाडपर्वमा हुने गैरकानूनी क्रियाकलाप नियन्त्रण गर्दै आपूर्ति व्यवस्थापनलाई चुस्त बनाउन निर्देशन दिएका छन् । गृह मन्त्रालयमा बिहीवार आयोजित चाडपर्व लक्षित बजार अनुगमनसम्बन्धी बैठकमा मन्त्री खाँडले कालोबजारी, म्याद गु...
खतरा महसुस हुने वित्तिकै प्रहरीमा खबर गर्नुहोस् काठमाडौँ । विस्तारै मनसुनको समय उत्तराद्र्घतर्फ धकेलिएर नेपालीहरुको मुख्य चाड नजिकिएसँगै नेपाल प्रहरीले आफ्नो निगरानी बढाउन थालेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले आज सार्वजनिक अपिल जारी गर्दै घरमा डेरा गरी बस्ने व्यक्ति तथा काम गर्ने व्यक्तिको नाम, थर तथा स्थायी ठेगा...
नेबिकोले सुरु गर्‍यो पुनः उत्पादन काठमाडौं । आगलागिपछि नेबिको प्रालि आफ्नो उत्पादन पुनः सुरु गरेको छ । उद्योगमा साउन २३ गते भीषण आगलागी भएको थियो । छोटो अवधिमै सो कम्पनीले उद्योगको भवन संरचना पुनःनिर्माण र मेसिनरी मर्मत गरेर पुनः उत्पादन थालेको हो । काठमाडौंको बालाजुस्थित औधोगिक क्षेत्रमा रहेको प्लान्टमा गत साउन २३ गते...
दसैँको लागि अग्रिम टिकट बुकिङ ११ गतेदेखि खुल्ने काठमाडौं । यो वर्षको दसैँलाई लक्षित गरेर लामो दूरीको यातायातको अग्रिम टिकट बुकिङ ११ असोजभित्र खुल्ने भएको छ । यातायात व्यवस्था विभागले आज यातायात व्यवसायी, ट्राफिक प्रहरी महाशाखाको संयुुक्त छलफलले लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ सञ्चालन गर्ने निर्णय गरेको ने...
डिआइजीको नाममा पैसा उठाउने महिला पक्राउ काठमाडौं । प्रदेश २ प्रहरी प्रमुख डीआईजी उमेश रञ्जितकारको नाम लिएर रकम ‘डिल’ गर्ने सर्लाही घर भएकी शुसिला थापा दहाललाई प्रहरीले पक्राउ गरेको छ । थापाले रौतहटको गरुडा नगरपालिकाको विर्तामा रहेको प्रहरी विद्यालयमा स्थायी जागिर लगाइदिन भन्दै पर्सा मणिपुरका उदास कुमार पाण्डेसँग ६ लाख ...
राष्ट्रिय निकुञ्जबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ काठमाडौं । खप्तड राष्ट्रिय निकुञ्जभित्र चोरी सिकारमा संलग्न भएको आरोपमा दिलबहादुर जेठारा र वीरेन्द्रबहादुर कार्की पक्राउ परेका छन् । बझाङ खप्तड छान्ना गाउँपालिका १ का ५९ वर्षीय जेठारा र ३५ वर्षीय कार्कीलाई निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना तथा निकुञ्जका कर्मचार...
तोडफोड गर्नेलाई कारवाहीको माग काठमाडौं । पेशागत महासङ्घ नेपालले आफ्नो कार्यालयमा तोडफोड गर्नेलाई कारबाहीको माग गरेको छ । यही असोज ४ गते पदाधिकारीको बैठक बसिरहेका बेला एउटा समूहले कार्यालयमा तोडफोड गरेको थियो । महासङ्घका संयोजक बाबुराम थापाले आज विज्ञप्ति जारी गर्दै तोडफोडमा संलग्नलाई कारबाही गर्न माग गरेका छन् । उनले क...
कानुन मन्त्रीका गाडीले मात्र बर्षमा २६ सय लिटर तेल खर्च ! काठमाडौँ । सरकारी नियमअनुसार सहसचिवभन्दा तलका कर्मचारीलाई गाडी सुविधा दिइँदैन तर अरुलाई कानुन र नियमको पाठ सिकाउने कानुन मन्त्रालयमा उपसचिव तहका लागि ६ वटा गाडी सुविधाका सरकारी गाडी चढ्दै आएको भेटिएको छ । कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालयमा १७ वटा चार पांग...
पदक पाउने कस्ता? कालोबजारीमा मुछिएकादेखि राजश्वमारासम्म ! काठमाडौं । सरकारले हरेक बर्ष बाढ्ने मान पदवी अंलकारको गरिमा घट्दै गयो । यस बर्ष नेपाली इतिहासकै सबैभन्दा बढी ९०३ जनाले पदक पाए । पदक पाउने पनि कस्ता कस्ता भने कालोबजारीमा मुछिएकादेखि राजश्वमारासम्म । पदक पाउनेमध्ये एउटै उद्योगका तीन जना भेटिए । यसरी तक्मा पाउने ...
पाकिस्तानमा रहेको न्यूजिल्याण्डको क्रिकेट टिमलाई भारतबाट धम्की ! काठमाडौं। पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री फवाद चौधरीले न्यूजिल्याण्डको क्रिकेट टिमलाई जुन डिभाइसबाट धम्की पठाइएको थियो त्यो डिभाइसको सम्बन्ध भारतसँग भएको आरोप लगाएका छन् । इस्लामाबादमा बुधबार एक पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन् । फवाद...
भीरबाट लडेर एक पुरुषको मृत्यु काठमाडौं । मलेखु बजारबाट घर जाने क्रममा बुधबार साँझ धादिङमा एक जनाको मृत्यु भएको छ । जिल्लाको गजुरी गाँउपालिका–२ मलेखु बजार नजिकैको भीरबाट लडेर स्थानीय रामबहादुर गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका डिएसपी युवराज खड्काले बताए । बेनिघाट रोराङ गाँउपालिका–२ महादेवस्थान निवासी ६३ ...
सरस्वती प्रधान १ लाख १५ हजार धरौटीमा रिहा काठमाडौं । सञ्चारकर्मी रुपा सुनारमाथि जातीय छुवाछुत तथा विभेद गरेको आरोप लागेकी सरस्वती प्रधान धरौटीमा रिहा भएकी छन्। बबरमहलकी प्रधानले तनहुँकी रुपा सुनुवारलाई दलित भएको बताएपछि कोठा भाडामा दिन अस्वीकार गरेकी थिइन् । उनलाई जातीय विभेद तथा छुवाछुतजन्य कसूर गरेको भन्दै मुद्दा दाय...
सरकारले तोक्यो धानको न्यूनतम मूल्य काठमाडौं । सरकारले यसवर्षको धानको न्यूनतम मूल्य तोकेको छ। आज कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि तथा पशुपक्षी व्यवसाय प्रवद्र्वन महाशाखाले एक सूचना जारी गर्दै महाशाखाले मोटा धानको न्यूनतम समर्थन मूल्य रु २७५२ प्रति क्विण्टल र मध्यम धानको न्यूनतम समर्थन मूल्य रु २९०२ प्रत...
झापामा महिलाको शरीर टुक्रा टुक्रामा गिँडियो काठमाडौँ । झापा गाउँपालिका–१ सानो माई खोलामा टुक्रा–टुक्रा पारी महिलाको शवलाई खोलामा बगाइदिने ४ जनालाई झापा प्रहरीले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ । स्थानीय सानो माइखोलामा गत भदौ २५ गते धोन्नी टुडुको अर्ध शरीरको टाउको, घाँटी, पेट र कम्मरभन्दा माथिको भाग तथा घुँडाभन्...
वरिष्ठ पत्रकार कोइरालासहित पुरस्कृत काठमाडौँ । प्रेस काउन्सिल नेपालको ५२औँ वार्षिकोत्वसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने पत्रकारलाई पुरस्कार प्रदान गरेकी छिन् । वरिष्ठ पत्रकार भारतदत्त कोइरालालाई रु एक लाख ५१ हजार राशिको ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता...
डा. भक्तमानको अपहरणमा संलग्‍न पण्डित पक्राउ काठमाडौँ । चितवनका चिकित्सक (बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालीन कार्यकारी निर्देशक) डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न रही फरार एक व्यक्ति लामो समयपछि पक्राउ परेका छन् । प्रहरीको कन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को टोलीले नुवाकोट जिल्लाको विदुर नगरपालिका–१२...
भिरबाट खसेको ढुङ्गाले लाग्दा आमाछोरीको मृत्यु काठमाडौं । रोल्पा नगरपालिकाका–९ निवासी २७ वर्षीय सङ्गीता पुन र उनकी दुई वर्षीय छोरी कृतिकाको भिरबाट खसेको ढुङ्गा लाग्दा मृत्यु भएको छ । घर नजिकै रहेको मकैबारीबाट बाँदर हेरेर घर फर्कने क्रममा ढुङ्गाले लागेको प्रहरीले बताएको छ। भिरदेखि ४०० मिटर तल खोल्साको पानीमा शव देखेपछि स...
इन्टरनेट र टेलि‍फोनको पहुँच नहुँदा हुम्लाका गणकलाई फाराम भर्न समस्या काठमाडौँ । राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणमा अघिल्लो बुधबार सुरु भएको घर तथा घरपरिवार सूचीकरण कार्यमा सात प्रश्‍न लिएर सुपरिवेक्षक घरदैलो गरिरहेका छन् । केन्द्रीय तथ्यांक विभागले १२औं राष्ट्रिय जनगणनाका निम्ति तयार पारेको प्रश्नावली लिएर देशभरि ८ ...
अध्यक्ष नेपालद्वारा राजनीतिक प्रतिवेदन पेश काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । अध्यक्ष नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि विभिन्न पाँच समूह बनाई भोलि (बुधबार)देखि समूहगतरूपमा छलफल हुने केन्द्रीय सदस्य गरिमा शाहले जानकारी दिए । नेपालले पेस गरेको ...
डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सत्तारुढ गठबन्धनमा सहमति काठमाडौं । लामो समयसम्म सरकार विस्तार गर्न नसकेका प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने तयारी गरेका छन् । संयुक्त्त राष्ट्रसंघकाे महासभामा नेपालले प्रतिनिघिसमेत छन्न नसकेकाे बेला  रुढ गठबन्धनका शीर्ष नेता...
४० किलो चाँदीसहित रौतहटबाट एकजना पक्राउ काठमाडौँ । रौतहटको गौरबाट प्रहरीले ४० किलो चाँदी सहित सर्लाहीको मलंगवा घर भएका ३५ वर्षीय विद्यानन्द माझीलाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न सवारी साधन तथा पैदल यात्रीहरु समेतलाई रोकी चेक जाँच गर्ने क्रममा बस काउण्टरबाट दुबै हातमा कालो रंगको झोला बोकी पश्चिम तर्फ आउँदै गरेका सोन...
सर्पको टोकेपछि एक बालकको मृत्यु काठमाडौँ । बागलुङको बरेङ गाउँपालिका–३ नयाँ बजारका अनुप खत्रीलाई सर्पले डसेर मृत्यु भएको छ । सर्पले टोकेर घाईते खत्रीलाई उपचार गर्न गुल्मी लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ । पठनपाठनको लागि विद्यालय गएका मृतक खत्रीलाई कक्षा कोठामा सर्पले टोके...
प्रक्रिया पूरा नगरी दुई कर्मचारी भर्ना काठमाडौँ । मालपोत कार्यालय सुर्खेतले विज्ञापन र प्रतिस्पर्धा नगराई कम्प्युटर अपरेटरमा प्रकाश शर्मा र कार्यालय सहयोगीमा कमलबहादुर शाहीलाई नियुक्त गरेको छ । शर्मा यसअघि करार सेवामा कम्प्युटर अपरेटरको रुपमा मालपोत कार्यालयमा कार्यरत थिए । शर्मासहित सुनीता चन्द, सुमित्रा चपाइँ र लेखा ...
विश्वकै उत्कृष्ट १० मा पर्यो चाँगुनारायण नगरपालिका, अन्य कहाँका ? काठमाडौँ  । संयुक्त राज्य अमेरिकाको न्युयोर्क विश्वविद्यालय स्कुल अफ इञ्जिनीयरिङअन्तर्गत सञ्चालित द गोभल्याबको ओपन सिटी इन्क्युबेटर कार्यक्रममा भक्तपुरको चाँगुनारायण नगरपालिका विश्वकै उत्कृष्ट १० नगरपालिकाभित्र पर्दै उपाधि हासिल गरेको छ । अन्तर्राष्ट्रिय...
सरकारकै संरक्षणमा गुण्डागर्दी मौलायो काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारकै संरक्षणमा मुलुकमा गुण्डागर्दी भइरहेको आरोेप लगाएका छन् । अनेरास्ववियूको नयाँ नेतृत्वको शपथग्रहणका लागि मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले प्रहरी परिचालन ...
१९ वर्ष जेल बसेर छुटेपछि फेरि चरेस कारोबार काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले हस्तकलाका सामग्रीभित्र लागुऔषध चरेस राखेर ओसारपसार गर्दै आएको नौ जनालाई पक्राउ गरेको छ। ब्युरोले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी हस्तकलाका सामग्रीभित्र चरेस राखेर ओसारपसार गर्दै आएकाहरुलाई सार्वजनिक गरेको छ। उनीहरूको ...
यती एयरको २३ वर्ष पूरा काठमाडौं । सन् १९९८ को सेप्टेम्बर २१ बाट निजी क्षेत्रबाट सञ्चालित वायुसेवा कम्पनी यति एयरलाइन्सले उडानको २३ वर्ष पूरा गरेको छ। स्थापनाको सुरुमा यातायात सञ्जाल नजोडिएका हिमाली क्षेत्र र कर्णालीका बासिन्दालाई खाद्यान्न, औषधी, लत्ताकपडालगायत सामग्री ढुवानी गर्दै आएको यतीले पछिल्लो समय अन्तर्राष्ट्रि...
कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय नागरिक पक्राउ काठमाडौं । कञ्चनपुरमा सोमबार (हिजो) साँझ सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय नागरिक पक्राउ परेका छन् । उनलाई नेपाली प्रशासनको समन्वयमा भारतीय प्रहरीले पक्राउ गरेको हो । नेपाल–भारत सीमास्थित दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोजमा सोमबार साँझ सशस्त्र प्रहर...
ढुङ्गा प्रहार गरी बेहोस बनाएर सुन लुटियो काठमाडौं । पोखरा–३२ बडहरे घर भएकी ४८ वर्षीया मरियम गुरुङमाथि घाँस काट्न जाने क्रममा ढुङ्गा प्रहार गरी बेहोस बनाएर सुन लुटिएको छ । उनका श्रीमान् धनमान गुरुङका अनुसार घरबाट करिब एक सय मिटरको दुरीमा रहेको बारीमा घाँस काट्न गएकी मरियमको छातीमा ढुङ्गाले प्रहार गरी बेहोस बनाइएर उनले क...
कुलमानलाई काम गर्ने बाटो खुल्यो, सर्वोच्चले दिएन अन्तरिम आदेश काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरिएपछि हितेन्द्रदेव शाक्य सर्वोच्च अदालत पुगेका थिए। कुलम...
‘न्यायाधीशलाई मानपदवी नदेऊ’ काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले न्यायपालिकालाई प्रभावित गर्ने गरी कुनै पनि प्रकारका मान–पदवी दिने गरी सिफारिस र घोषणा नगर्न÷नगराउन सरकारलाई आग्रह गरेको छ । सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे आज जारी गरेको प्रेस विज्ञप्तिमा सो आग्रह गरिएको हो । विज्ञप्तिमा भनिएको छ, “न्यायपालिकालाई प्...
एमालेको विधान महाधिवेशनका लागि तीनवटा प्रतिवेदनमाथि छलफल, केन्द्रीय कमिटीमा लैजाने काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको हिजो आइतबारदेखि सुरु भएको स्थायी कमिटी बैठक सोमबार साँझ सम्पन्न भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटीको बैठकमा विधान महाधिवेशनका लागि स्थायी कमिटी सदस्यहरुले ...
कालीगण्डकीमा हाम फालेर पुरुष बेपत्ता काठमाडौं । कालीगण्डकीको पुट्टारघाट पुलबाट हाम फालेर एक व्यक्ति बेपत्ता भएका छन् । तनहुँ घिरिङ गाउँपालिका–१ पुट्टार निवासी अन्दाजी ४८ वर्षीय विष्णुभक्त सिग्देल आज दिउँसो करिब ३ बजेको समयमा पुलबाट हाम फालेर बेपत्ता भएका हुन् । पाल्पा रामपुर बेझाड बजारमा होटल व्यवसाय गर्दै आएका सिग्देल...
रसुवा कारागारबाट पाँच जनाले आममाफी पाए काठमाडौं । संविधान दिवसका अवसर पारेर रसुवा कारागारमा रहेका ५ जना कैदीको सजाय मिनाहा गरिएको छ। रसुवाका ५ जना कैदीको सजाय मिनाहा भएको जिल्ला कारागार रसुवाले जानकारी दिए। निमित्त जेलर साङतेम्वा तामाङका अनुसार बहुविवाह,चोरी,कर्तव्य ज्यानका कारण जेल जीवन बिताइरहेका ५ जनालाई संविधान दिव...
मान्छे ओसार्ने बसमा लागुऔषध काठमाडौं । नियन्त्रित लागूऔषध सहित एक युवक पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका २ नागढुंगाबाट नियन्त्रित लागूऔषध डाईजोपाम ८ एम्पुल, फेनरागन ८ एम्पुल र नुफिन ८ एम्पुल सहित सिरहा लहान नगरपालिका ४ बस्ने २६ वर्षीय आनन्द प्रसाद दासलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । सिरहाबाट काठमाडौं ...
रेडपाण्डाको दुई थान छालासहित पक्राउ काठमाडौं । प्रहरीले रेडपाण्डाको दुई थान छालासहित पक्राउ एक जनालाई पक्राउ गरेको छ। नलगाड नगरपालिका ५ कालिमाटीस्थित होटलबाट रेडपाण्डाको जस्तो देखिने २ थान छालासहित बारेकोट गाउँपालिका ५ नायकबाडा बस्ने १९ वर्षीय लोकेश परियारलाई प्रहरीले पक्राउ गरेको हो । उक्त होटलमा रेडपाण्डा जस्तो देखिन...
डा. केसी प्रदर्शनमा सहभागी हुन अमेरिका पुगे काठमाडौं । चिकित्सा शिक्षाका अभियन्ता प्रा.डा. गोविन्द केसी अमेरिकामा हुने शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन अमेरिका पुगेका छन्। विश्व शान्ति दिवसका अवसरमा डा.केसी आज अमेरिका प्रस्थान गरेका हुन् । सोलिड्यारिटी फर डा.केसी एलाइन्स फर अमेरिकाका संयोजक सामाजिक अभियन्ता शिव प्रकाश...
कैलालीमा ६ जना कैदीको सजाय मिनाहा काठमाडौं ।संविधान दिवसका अवसर पारेर कैलाली कारागारमा रहेका ६ जना कैदीको सजाय मिनाहा गरिएको छ। कैलालीका  ६ जना कैदीको सजाय मिनाहा भएको जिल्ला कारागार कैलालीले जानकारी दिए। संविधान दिवसको अवसरमा देशभरमा ५३१ जना कैदीलाई थुनामुक्त गर्ने निर्णय गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संवि...
नेपाल निजामती कर्मचारी संगठनमा गौतम काठमााडौं । नेपाल निजामती कर्मचारी सङ्गठनले रेवन्त गौतमको नेतृत्वमा १३९ सदस्यीय केन्द्रीय कार्य समिति गठन गरेको छ । यही असोज २ गते काठमाडौंमा बसेको राष्ट्रिय भेलाले ११६ केन्द्रीय सदस्य, १७ पदाधिकारी, जिल्ला विभागका साथै लेखा, अनुशासनलगायत आयोग गठन गर्ने निर्णय गरेको छ । आइतबार आयोजित...
“असोज तीन, कालो दिन !” काठमाडौं । संविधान दिवसको अवसरमा आइतबार नागरिक आन्दोलनले माइतीघर मण्डलदेखि संघीय संसद् भवन नयाँ बानेश्वरसम्म मार्च गरेको हो। संविधानका केही धारा विभेदकारी रहेको जनाउँदै नागरिक आन्दोलनले संशोधन गर्नुपर्ने माग गरेको छ। सभामा विभिन्न समुदायबाट प्रतिनिधित्व गर्दै विभिन्न वक्ताहरूले बोलेका थिए। उनीहरू...
आरोपीलाई पक्राउ गर्न खोज्दा झडप, ५ प्रहरी घाइते काठमाडौं । पूर्वी चितवनको राप्तीमा शुक्रबार राति ५९ वर्षीय कान्छा लामाको हत्या भएको छ । राप्ती नगरपालिका ९ शीतलपानीका लामाको हत्या आरोपित छिमेकी ५० वर्षीय दशरथ मल्ललाई नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको थियो । झडपमा प्रहरी निरीक्षक रोशन खड्कासहित पाँचजना...
ट्रेकिङ गाइडका लागि सहुलियतपूर्ण ऋण लिन आवेदन खुल्यो काठमाडौं । नेपाल पर्यटन बोर्डले कोभिडका कारण रोजगारी गुमाएका ट्रेकिङ गाइडहरुका लागि सहुलियतपूर्ण ऋण प्रदान गर्ने भएको छ । बोर्डले सूचना सार्वजनिक गर्दै रोजगारी गुमाएका ट्रेकिङ गाइडहरुका लागि सहुलियतपूर्ण ऋण लिन ७ दिनको समय तोकी आवेदन खुल्ला गरेको हो। पत्रयात्रा तथा प...
संविधान कार्यान्वयनको पक्षमा केही उदासिनता देखिएको छः डा. महतो काठमाडौं । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र महतोले वर्तमान संविधानलाई संशोधन गर्नुपर्ने भएपनि यसको विकल्प खोज्न नहुने टिप्पणी गरेका छन् । उनले भने,‘यो रगतको छिटामा यो संविधान जारी भएको हो । यो कुरा हामीलाई थाहा नै छ । समानुपातिक–समावेशीताको सवालमा केही समेट्न ...
सेवामैत्री कर्मचारी प्रशासन नै आजको आवश्यकता हो : कर्मचारी सङ्गठन काठमाडौं । सङ्गठनको कुनै पनि हैसियतमा नरहेका व्यक्तिहरुले अनधिकृतरूपमा हल्ला गरेको भन्दै नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले आपत्ति प्रकट गरेको छ । सङ्गठनका अध्यक्ष हरिबहादुर रावलले सङ्गठनको हितविपरीत काम गरेपछि गत चैत १६ गते नै कारबाहीमा परेका व्यक्तिले स...
लोकप्रिय गायिका विष्णु माझीलाई विभुषण प्रदान गरिदैँ काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीतमा सर्वाधिक चर्चित र लोकप्रिय गायिका विष्णु माझीलाई सरकारले विभुषण प्रदान गर्ने भएको छ । सरकारले हरेकवर्ष संविधान दिवसका अवसरमा राष्ट्रिय हितमा योगदान गरेका विभिन्न क्षेत्रका दिग्गजलाई विभुषणबाट सम्मान गर्दै आएको छ । उक्त विभुषण राष...
दोलखामा बसको ठक्करबाट एकको मृत्यु काठमाडौं । दोलखाको भीमेश्वर नगरापालिका वडा नम्बर ७ मकैबारीमा भएको सवारी दुर्घटनामा २४ वर्षीय सन्तोष थामी ज्यान गएको छ। दोलखाको भिमेश्वर मन्दिर दर्शन गरी काठमाडौं फर्कन लागेको बा ३ ख ४७३३ नम्बरको बस र मकैबारीबाट आउँदै गरेको बा ९७ प ७९३१ नम्बरको मोटरसाइकल भीमेश्वर नगरपालिका–७ मकैबारीमा ए...
आधिकारिक ट्रेड यूनियनको अध्यक्षमा घिमिरे काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनका पूर्व अध्यक्ष मोहन घिमिरे आधिकारिक ट्रेड यूनियनको अध्यक्षमा चयन भएका छन्। तत्कालीन अध्यक्ष पुन्य ढकाल उपसचिवमा बढुवा भएपछि उपाध्यक्ष भोला पोखरेल आधिकारिक ट्रेड युनियनको कार्यवाहक अध्यक्ष थिए । त्यस्तै नेपाल निजामती कर्मचारी संगठनका निवर्...
रेडपाण्डाको छालासहित चार पक्राउ काठमाडौं । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेत खजुरास्थित मानसरोवर होटलबाट एकथान रेडपाण्डाको छालासहित चार जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालीकोटको रास्कोट नगरपालिका–८ का २८ वर्षीय मनबहादुर बुढा, दैलखको ठाँटीकाध गाउँपालिका–६ का ३३ वर्षीय विष्णु रावत, नार...
हजुरआमाको सुन लुट्न हँसिया प्रहार गरी हत्या, शव घिसार्दै बारीमा पुरे काठमाडौं । बझाङको दुर्गाथली गाउँपालिका–५ मा कानको मुन्द्रा लुट्न नातिले ८५ वर्षीया हजुरआमालाई हँसियाले हानेर हत्या गरेका छन् । रिखीदेवी जप्रेल भदौ २७ गतेदेखि बेपत्ता थिइन्। उनका छोरा सोही वडाका अध्यक्ष रामबहादुरले उक्त कुरा प्रहरीलाई जानकारी दिए। रीखी...
६४ किलो गाँजा बरामद काठमाडौं । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भलुबा टोलबाट प्रहरीले ६४ किलो गाँजा बरामद गरेको छ। सोही ठाउँ बस्ने कोठारी यादवको घरमा गाँजा लुकाई राखेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भारदहबाट र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले शुक्रबार राति उनको घर तलासी गर्दा प्लाष्ट...
मलेसियाबाट एकैदिन ६ श्रमिकको शव र १५ जनाको अस्तु ल्याइयो काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ शव नेपाल ल्याइएको छ । यसैगरी १५ जनाको अस्तु पनि नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ । आज शनिबार नेपाल सरकार र मलेशियामा रहेको जनउद्धार केन्द्रकोे पहलमा मृतकको शव नेपाल ल्याएर आफन्तलाई बु...
माधव र प्रचण्ड मधु-कैटव हुन्ः ओली काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधव नेपाललाई मधु -कैटवको संज्ञा दिएका छन् । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको पूर्ण बैठकलाई शनिबार सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले आगामी चुनावमा प्रचण्ड र माधवकुमार नेपालको पार्टीसँग तालमेल नगर्ने प्रष्ट पारेका हुन् ।...
जसपाले संविधान दिवसको कार्यक्रममा भाग नलिने काठमाडौं । संविधान दिवसको पूर्वसन्ध्यानमा शनिबार जसपा अध्यक्ष उपेन्द्र यादवले प्रेस विज्ञप्ति जारी गरि संविधान दिवसमा सहभागी नहुने जनाएका छन्। “संविधानमा रहेका विभेदकारी एवम् त्रुटिपूर्ण प्रावधानहरू परिवर्तनका लागि उक्त दिन अर्थात् असोज ३ गते संविधान संशोधनद्वारा यसलाई सच्याउ...
नक्कली नेपाली नोटसहित दुई पक्राउ काठमाडौं । महोत्तरीबाट २२ हजार नक्कली नेपाली नोटसहित पिन्टुकुमार राय र अर्का एक बालक पक्राउ परेका छन् । पसलमा कारोबार गरिरहेको अवस्थामा सोधपुछ गर्दा वी आर ३० भी ९४८७ नम्बरको स्कुटीमा नक्कली नोट फेला परेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । औरही बजारबाट भारत बिहार राज्यको मनपौर ग्...
भरतपुर अस्पताललाई ५० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग काठमाडौँ । भरतपुर महानगरपालिकाले भरतपुर अस्पताललाई झन्डै ५० लाख बराबरको कोभिड १९ सम्बन्धित स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालबाट अस्पतालका अध्यक्ष डा भोजराज अधिकारी, मेसु डा कृष्णप्रसाद पौडेललाई स्वास्थ्य सामग्री हस्तान्तरण ...
पत्रकार र युवा उद्यमीमाथि निर्घात कुटपिट काठमाडौं । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा कार्य क्षेत्र बनाएर काम गर्दै आएका पत्रकार विमल धामी र युवा उद्यमी सन्देश पाण्डेयमाथि आज निर्घात कुटपिट गरिएको छ । सामान्य विवादमा स्थानीयवासी सुरेश खत्रीको समूहले दुवै जनामाथि निर्घात कुटपिट गरेको हो । युवा उद्यमी पाण्डेयमाथि कुटपिट ग...
त्रिविले गर्यो नतिजा सार्वजनिक काठमाडौं । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले नतिजा प्रकाशित गरेको छ। परीक्षा शाखा, बल्खुद्धारा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टम अनुसार २०७७ साल चैत्र र २०७८ साल बैशाख महिनामा सञ्चालन भएको स्नातकोत्तर तह इन्जिनियरि...
हिताधिकारीका जायज माग सम्बोधन गर्न सङ्गठन तयारः प्रधानसेनापति काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले कल्याणकारी कोषमार्फत हिताधिकारीका जायज माग र अपेक्षालाई सम्बोधन गर्न सङ्गठन सधैँ तयार रहने प्रतिबद्धता व्यक्त गरे । उनले द्वन्द्व तथा कर्तव्यपालनाको सिलसिलामा वीरगती प्राप्त सकलदर्जाका एकल महिलासँग जङ्गी अड्डामा आज भ...
‘लागूऔषध प्रयोग र ओसारपसार विश्वकै चुनौती’ काठमाडौं । आसरा सुधार केन्द्र रानीबारीको २५ औँ वार्षिकोत्सव तथा रजतजयन्ती समारोहमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले लागूऔषधको अबैध ओसारपसार र प्रयोग विश्वकै साझा चुनौती भएको बताएका छन् । उनले लागूऔषध उत्पादन, खरिद बिक्री, सञ्चय, ओसारपसार र उपभोगको वृद्धि हुँदै जानुले स...
दशैंका लागि नयाँ नोट असाेज ४ गतेदेखि वितरण हुने काठमाण्डौ । दशैंका लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट असोज ४ गतेदेखि वितरण गर्ने भएको छ । हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले गत वर्ष कोरोनाका कारण राष्ट्र बैंकले नयाँ नोट वितरण गरेको थिएन । ‘क’ वर्गका बैंकहरुले समेत दशैंका लागि नयाँ नोट वितरण गर्नेछ...
कांग्रेस डडेल्धुरामा विवादःछलफल गर्न देउवाले बोलाए बालुवाटार काठमाडौं। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले डडेल्धुराको विवादित अधिवेशन विषयमा छलफल गर्न पौडेल समूहका नेताहरुलाई छलफलमा बोलाएका छन्। प्रधानमन्त्री देउवाको आफ्नै गृहजिल्ला डडेल्धुरामा विधान विपरित मनपरि ढंगबाट क्रियाशील सदस्यता बितरण भन्दै जि...
खुले सुपथ मूल्यका पसल, दुर्गममा हेलिकप्टरबाट खाद्यान्य आपूर्ति गरिने काठमाडौं । चाडपर्वलाई लक्षित गरी सरकारले सहुलियत मूल्यका पसल आज(शुक्रबार)देखि सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बागमती प्रादेशिक बिक्री केन्द्र थापाथलीस्थित सहुलियत मूल्य पसलको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सच...
झापामा ५०० शय्याको अस्पताल निर्माण गरिँदै झापा । जिल्लाकाे कमल गाउँपालिकामा ५०० शय्याको अस्पतालको निर्माण सुरु गरिएको छ। नागरिकलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ कमल–५ स्थित भृकुटी अस्पताल निर्माण थालिएको अस्पतालका अध्यक्ष बुद्धिमान थापाले जानकारी दिए। वडा नं ५, पाडाजुँगी चोकबाट पूर्व आदिवासी रङ्गशाला ...
कर्मचारी सञ्चय कोष : सूचना प्रविधिमा फड्को मार्दै काठमाडौं । कर्मचारी सञ्चय कोष धनगढी शाखाले सेवा प्रवाहलाई अझ बढी प्रभावकारी र प्रविधिमैत्री बनाउने रणनीति लिएको छ । कोषको ६०औँ वार्षिकोत्सव मनाउन आज धनगढीमा आयोजित समारोहमा कार्यालय प्रमुख राजेन्द्रविक्रम केसीले सेवा प्रवाहलाई प्रविधिमैत्रीसहित प्रभावकारी बनाउँदै सेवाग्...
गुण्डा नाइके समीरमानका भतिज अभिमानसिंह बस्नेत पक्राउ काठमाडौँ । गुण्डा नाइके समीरमानसिंह बस्नेतका भतिज अभिमानसिंह बस्नेत पक्राउ परेका छन् । नेपालगन्जका एक युवालाई खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा बस्नेत पक्राउ परेका हुन् । उनलाई अपराध महाशाखाको टोलीले काठमाडौको सोल्टीमोडबाट पक्राउ गरेको हो । उनले दुई हप्ताअगाडि का...
उत्कृष्ट अनुसन्धान गर्ने पाँच जना प्रहरी कर्मचारीहरु नगद पुरस्कारद्वारा पुरस्कृत काठमाडौं । संखुवासभा मादी गाउँपालिका १ उम्लिङस्थित एकै परिवारका ६ जनाको हत्या गरिएको घटनाको सफल अनुसन्धान गर्ने ५ जना प्रहरी कर्मचारीहरु नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको छ । पुरस्कृत हुने प्रहरी कर्मचारीहरूमा १ नम्बर प्रदेश प्रहरी कार्या...
डा.गोविन्द केसी सत्याग्रहका लागि अमेरिका जाँदै काठमाडौं । डा. गोविन्द केसी विश्व शान्ति दिवसका अवसरमा हुने शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन अमेरिकी प्रस्थान गर्दै छन्। स्वास्थ्य तथा चिकित्सा शिक्षाको सुधार र सुशासनका लागि आन्दोलन गर्दै आएका डा. केसी बिहीबार अमेरिका जान लागेका हुन्। दुईदिने सामूहिक सत्याग्रह’ को अवधारण...
राष्ट्रिय विज्ञान दिवस मनाउने सरकारको तयारी काठमाडौं । राष्ट्रिय विज्ञान दिवस प्रत्येक वर्ष असोज १ गतेका दिन नेपालभर मनाइने गरिन्छ । देशका सबै वर्ग, समुदाय तथा पेसागत क्षेत्रका व्यक्ति तथा संस्थाहरूलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा योगदान पुर्याउने गरी परिचालन गर्ने तथा विज्ञान तथा प्रविधि विषयमा जनचेतना बढाउने, नीति...
बलात्कारपछि गर्भपतन गराएको आरोपमा युवक पक्राउ काठमाडौं । बालिका बलात्कारको आरोपमा प्रहरीले आकाश झालाई पक्राउ गरेको छ । जलेश्वर नगरपालिका–९ का २४ वर्षका झाले घरमा काम गर्ने १५ वर्षकी बालिका बलात्कार गरेको र बलात्कारबाट रहेको गर्भपतन गराएको आरोपमा उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ । झालाई उनलाई पीडित पक्षको उजुरीको आध...