content
stringlengths
20
64.1k
२५ किलो सालकको खपटासहित दुई जना पक्राउ काठमाडौं । संरक्षित वन्यजन्तु सालकको खपटा सहित सोनाम तामाङ र ध्यानबहादुर तामाङ पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले २५ किलो सालकको खपटासहित रामेछाप लिखु तामाकोशी गाउँपालिका–३ का ३८ वर्षीय सोनाम तामाङ र ३२ वर्षीय ध्यानबहादुर तामाङलाई पक्राउ गरेको सीआईबीले जनाएको...
संखुवासभा सामूहिक हत्या प्रकरण : मृतक रञ्जनाको मोबाइल भेटियो, आरोपी कार्कीका भाइ पक्राउ काठमाडौं । संखुवासभाको हत्या प्रकरणमा नयाँ तथ्य फेला परेको छ। मृतक रञ्जनाको मोबाइल आरोपी कार्कीका भाइको हातबाट फेला पारेपछि प्रहरीले उनलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। लोकबहादुर कार्कीका भाई नरेश कार्की हत्याको प्रत्यक...
पाँच किलो चाँदीसहित दुई पक्राउ लहान । ठुलो परिमाणमा चाँदीसहित सिरहा प्रहरीले दुई भारतीय युवकलाई पक्राउ गरेको छ। सिरहाको लहानबाट भारततर्फ तस्करी गर्न लगिरहेको करिब पाँच किलो चाँदीसहित प्रहरीले भारतको खुटौना पञ्चायतका रवि महतो र पिन्टु महतोलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष ...
कच्चा पदार्थकोे मूल्य बढ्दा तेलको मूल्य बढ्यो काठमाडौं । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपालमा प्रशोधित तेलको मूल्य बढेको तेल उत्पादक सङ्घले जनाएको छ । नेपाल वनस्पती घ्यू तेल उत्पादक सङ्घले आज एक विज्ञप्ति जारी गर्दै कोभिड पछि कच्चा पदार्थको मूल्य दोब्बरले वृद्धि हुँद...
बजेट कार्यान्वयन गर्न धेरै उपाय थिए, तर सरकार चुकेको छः कोइराला काठमाडौं । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पूर्व मुख्यसचिव डा. विमल कोइरालाले सरकारले ल्याएको बजेटको प्रतिस्थापन विधेयक पारित नहुँदा मुलुक ठूलो समस्यमा परेको बताएका छन् । उनले भने,‘हामी अहिले ज्यादै अप्ठ्यारो परिस्थिति...
कस्ले सुनिदिने यी चेलीको पिडा? आफ्नै ससुरा र श्रीमान शत्रु बनेपछि काठमाडौं । २ महिना अघि अदालतबाट अन्तरजातिय विवाह गरेकी सीता पटेल अहिले न्यायको खोजीमा छिन् । दाइजो नल्याएको भन्दै श्रीमान र ससुराले कुटपिट गरी ज्यानको धम्की दिएपछि उनी हाल राजधानी भौतारिदैँ हुन्। आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै ...
मालपोत र भूमिको काम एकै ठाउँबाट काठमाडौँ । मालपोत कार्यालय विराटनगर र भूमि सुधार कार्यालयले प्रदान गर्ने सेवा एकै स्थानबाट सुरु भएको छ । विगतमा भूमिमा हुने कामका लागि सेवाग्राही पुग्दा कर्मचारी मालपोत कार्यालयमा गएको र मालपोत कार्यालयमा कामका लागि पुग्ने सेवाग्राहीलाई कर्मचारी भूमि सुधार कार्यालय गएको व्यवहार कर्मचारील...
घट्यो कुखुराको मासुको मूल्य काठमाडौं । बजारमा उत्पादन बढेपछि ब्रोइलर कुखुराको मासुको मूल्य घट्ने क्रम जारी छ। कुखुरा बिक्री व्यवसायी संघका अनुसार हाल बजारमा कुखुराको तयारी मासुको मूल्य प्रतिकिलो ३१० रुपैयाँमा आइपुगेको छ । यसअघि, कुखुराको मासुको मूल्य प्रतिकिलो ३८० रुपैयाँसम्म थियो । संघले उत्पादन बढेपछि मूल्य घट्न थाले...
जुवा खालबाट आठ जना पक्राउ काठमाण्डौं । इलाका प्रहरी कार्यालय खैरहनीले आठ जना जुवाडेलाई नगद रु एक लाख ४४ हजार १७० सहित पक्राउ गरेको छ । खैरहनी नगरपालिका–८ लक्ष्मीनगरस्थित कृष्ण श्रेष्ठको घरबाट ४१ वर्षीय घर धनी श्रेष्ठ खैरहनी नगरपालिका–६ का ४४ वर्षीय नवीन श्रेष्ठ, खैरहनी ८ का ४१ वर्षीय विष्णु सुनार, राप्ती नगरपालिका–६ का...
ब्रा देखाउँदै एयरपोर्ट पुग्ने अभिनेत्री फेरि मोजाको ब्रा लगाएर सडकमा निस्किइन् (तस्वीरहरु) काठमाडौं। बिग बोस ओटीटी फेम उर्फी जावेद सानो पर्दाकी चर्चित अभिनेत्री हुन् । हालै बिग बोसमा देखिएकी उर्फी पहिलो हप्तामै आउट भइन् । शोबाट बाहिरिएपछि उनी आफ्नो ड्रेसअपका कारण लगातार ट्रोल भइरहेकी छिन् । पछिल्लो समय उर्फी सामाजिक सं...
दुई वरिष्ठ तालिबान नेताबीच राष्ट्रपति भवनमा ‘चर्काचर्की, समर्थकबीच झगडा’ काबुल (बीबीसी)। तालिबान नेताहरूबीच अफगानिस्तानमा नयाँ सरकारको संरचनाको विषयमा एउटा ठूलो विवाद उत्पन्न भएको वरिष्ठ तालिबान नेताहरूले बीबीसीलाई बताएका छन्। राष्ट्रपति भवनमा उक्त लडाकु समूहका सहसंस्थापक मुल्लाह अब्दुल गनी बरादर र एक मन्त्रीबीच चर्काच...
गाडी कुरिरहेकी बालिकालाई काभ्रे लगेर बलात्कार काठमाण्डौं । गाडी पर्खाइमा बसिरहेकी एक बालिकालाई गन्तव्यमा पुर्‍याइदिन्छु भन्दै गाडी भित्रै बलात्कार गर्ने दुईजना पक्राउ परेका छन् । भदौ २६ गते भक्तपुरको श्रृजनानगर स्थित सडकमा पूर्वतर्फ जानको लागि बालिका गाडी कुरिरहेकी थिइन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार भक्तपुर...
यस्तो छ आजको मौसम पूर्वानुमान काठमाण्डौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पहिलेको तुलनामा मौसम केही परिवर्तन भइ काठमाडौं उपत्यकालगायत धेरै क्षेत्रमा बिहानैदेखि मौसम सफा देखाएको छ । तर, केही प्रदेशका उच्च तथा हिमाली भेगमा र तराइका केही क्षेत्रमा भने वर्षा र चट्याङसहित हावाहुरीको सम्भावना रहेको महाशाखाले ...
म्याद नाघेका र अखाद्य वस्तु ज्यादा, बजारमा अनुगमन तीव्र काठमाण्डौं । सल्यान बजारमा जिल्ला प्रशासन कार्यलयले बजार अनुगमन कडाइ गरेको छ । उपभोक्ताहरुलाई ठगिन नदिन र म्याद नाघेको सामान बिक्रि गर्न बाट रोक्नका लागि जिल्ला प्रशासनले बजार अनुगमन गरेको हो । बिभिन्न चाडपर्व, मेलामहोत्सवमा ब्यापारीले धेरै सामानहरु खरिद गरी स्टक ...
जाजरकोटमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु, पाँच घाइते काठमाण्डौं । जाजरकोटका फोर्स गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । नलगाडबाट बारेकोट जाँदै गरेको भे १ ज ९८७ नम्बरको फोर्स गाडी नलगाड नगरपालिका ५ गेरेनी नजिकै दुर्घटना भएको हो। दुर्घटनामा परी मृत्यु हुनेमा बारेकोट गाउँपालिका २ की ...
८५ सहसचिवको सरुवा (सूचीसहित) काठमाडौं । सरकारले ८५ जना सहसचिवको सरुवा गरेको छ । १३ जना शिक्षा सेवा, ५ जना वन सेवा, ९ जना इन्जिनियरिङ र ५४ जना प्रशासन सेवा गरी ८५ जना सहसचिवको सरुवा भएको हो । मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीका अनुसार मन्त्रीस्तरीय निर्णय गर्दै उक्त सरुवा गरिएको हो । उक्त मन्त्रालयको जिम्मेवारी अहिले प...
चोरी भएर अमेरिकाको संग्रहालयमा राखिएको उमामहेश्वरको मूर्ति नेपालले फिर्ता पायो काठमाडौं। नेपालको पाटनबाट चोरी भएर अमेरिकाको संग्रहालयमा राखिएको उमामहेश्वरको प्राचीन मूर्ति नेपालले फिर्ता पाएको छ । अमेरिकाको कोलोराडो राज्यको डेनभरमा रहेको डेनभर आर्ट म्युजियमले यो मूर्ति अमेरिकाको वाशिङटनस्थित नेपाली दूतावासलाई हस्तान्तर...
बहराइनमा आन्दोलनरत नेपालीलाई स्वदेश फिर्तीका लागि पहल काठमाडौं । बहराइनस्थित एन.एच.एस.कम्पनीमा कार्यरत नेपाली श्रमिकहरुलाई स्वदेश फिर्तीका लागि प्रक्रिया थालिएको छ । बहराइनमा रहेको नेपाली दूतावासका अनुसार सो कम्पनी व्यवस्थापकसँग भएको विवादपछि स्वदेश फर्कन चाहने आन्दोलनरत नेपाली श्रमिकलाई स्वदेश फिर्तीका लागि पहल भएको ह...
‘तोरी खायो मौरीले’ गीतको शब्दप्रति मौरीपालक संघको आपत्ति ‘हान्छु तिम्लाई लौरी’ले भन्ने गीतमा ‘तोरी खायो मौरीले’ शब्द प्रयोग भएकोप्रति आपत्ति जनाइएको छ। शुभारम्भ डिजिटल म्यूजिकले सार्वजनिक गरेको तीजका गीतमा सो शब्द प्रयोग गरिएको थियो। नेपाल मौरीपालक महासङ्घले आइतबार साँझ एक विज्ञप्ति जारी गरी उक्त शब्दले मौरीपालक किसानल...
‘१०० प्रतिशत जब ग्यारेन्टी, मासिक २५ हजार तलब!’ भन्दै २५ सय जनालाई थाङ्नामा सुताए काठमाण्डौं । सामाजिक संजाल फेसबुकमार्फत आकर्षक जागिर मिलाइदिने भन्दै ४ हजार ५ सय जनालाई ठगी गर्ने एक व्यक्ती पक्राउ परेका छन्। ‘१०० प्रतिशत जब ग्यारेन्टी, मासिक २५ हजार तलब!’ भन्दै फर्म शुल्क २ हजार ५ सय रुपैयाँ प्रत्यक व्यक्तीबाट उठाउँदै...
दोलखाको नाम्डु केन्द्रविन्दू भएर परकम्प काठमाण्डौं ।  दोलखाको नाम्डु केन्द्रविन्दू भएर भर्खरै भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ८ बजेर ४१ मीनेट जाँदा दोलखाको नाम्डु केन्द्रविन्दू भएर ४.३ म्याग्नीच्यूटको भूकम्प गएको हो । आज साँझ गएको भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्र...
भारतमा नोट छाप्‍ने, नेपालमा कारोबार चलाउने ५ पक्राउ काठमाण्डौं । बारा र रौतहटबाट नक्कली नेपाली नोटको कारोबार गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाली नक्कली नोट कारोवार हुँदै गरेको थाहापाएपछि प्रहरीको स्पेसल टास्क फोर्स शनिबार बिहान निजगढ पुगेको थियो । प्रहरीले ९३ लाख नक्कली नेपाली रुपैयाँसहित उनीहरुलाई पक्राउ ग...
प्रतिस्थापन बजेटबारे नाडाः नेपालमा अब अटोमोबाइल उद्योगहरूको उदय हुनेछ काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आर्थिक वर्ष २०७८/७९ को प्रतिस्थापन बजेटको स्वागत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन बजेट मार्फत एसेम्बल गरी नेपालमा सवारी साधन उत्पदान गर्ने उद्योगले उत्पादन गरेको तयारी साधन बिक्री गर्दा...
ठेक्काको छ वर्षमा पनि पूरा भएन जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक काठमाडौं । जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक बिस्तार शुरु भएको छ वर्ष बितिसक्दा पनि सम्पन्न नहुँदा खाल्डा खुल्डीले सवारी सञ्चालनमा समस्या हुने गरेको छ । खाल्डा खुल्डीमा बनेको पोखरीले यात्रु एवं स्थानीयवासीले दुःख पाएको गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ...
राति चालकलाई कुटेर गाडी लिएर भागे, बिहान दुर्घटनामा परे ! काठमाडौं । भनिन्छ पाप  धुरीबाट कराउँछ । यस्तै भएको छ दुई युवक माथी । प्रंशग रहेको छ मारुदिन मियाँ र नबिब आलमका । शनिबार उनीहरुले चालकलाई कुटेर सोहि गाडी लिएर भागे तर, बिहान उनीहरु दुर्घटनामा परेका छन् । काठमाडौंबाट जनकपुरधाम जाने क्रममा बाँकेको जङ्गलमा पुगेपछि स...
२१ वर्षीय युवकको जोश, डिउटीमा खटेका प्रहरीलाई नै हातपात काठमाडौं। बाजुरामा डिउटीमा खटेका प्रहरीलाई नै हातपात गरेपछि एक युवक प्रहरीको फन्दामा परेका छन् । बुढिगंगा नगरपालिका ८ बस्ने २१ वर्षीय प्रकाश कुँवरले प्रहरीलाई हातपात गरेको अभियोगमा शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट रिठाबजार बाजुराबाट खटिएक...
संखुवासभा हत्या प्रकरणका आरोपी सार्वजानिक काठमाडौं। प्रहरीले संखुवासभाको मादी–१ उम्लिङ खोलागाउँका तेजबहादुर कार्कीसहित परिवारका ६ जनाको हत्याको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको छ । आइतबार चैनपुर इलाका प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी २६ वर्षीय लोकबहादुर कार्कीलाई आइतबार पत्रकार सम्मेलन गरी स...
शिक्षक शिक्षिकाको कुटाइबाट विद्यार्थीको हात भाँचियो काठमाण्डौं । जनकपुरधाम उपमहानगरपालिका–४ बसहिया रोडमा रहेको स्वस्तिक इङ्ग्लिस बोर्डिङ्ग स्कूलका शिक्षिका र शिक्षकको कुटाइबाट एक विद्यार्थीको हात भाँचिएको छ। भदौ २४ गते गृहकार्य नगरेको भन्दै शिक्षिका शोभा साह र शिक्षक रब्बानि हुसैनले कक्षा ४ मा अध्ययनरत सिद्धार्थ ठाकुरल...
मानव बेचबिखनको आरोपमा दुई महिला पक्राउ, दुई युवतीको उद्धार काठमाण्डौं । मानव वेचबिखनको आरोपमा सिराहाबाट दुई महिला पक्राउ परेका छन् । दुई युवतीलाई भारततर्फ लग्ने क्रममा उनीहरुलाई सिरहाको नरहा नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । १६ र १९ वर्षका दुई युवतीलाई भारततर्फ बेचविखनको लागि ल...
आधा करोडले लगाए कोरोनाको पूर्ण खोप काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म झण्डै ५२ लाख नागरिकले कोरोना विरुद्ध पूर्ण खोप लगाएका छन् । सरकारले दुई करोड ६५ लाख नागरिकलाई यस वर्षभित्र खोप लगाउने लक्ष्य लिए पनि हाल सम्म ५१ लाख ६० हजार पाँच सय २४ नागरिकले पूर्ण खोप लगाएका हुन् । हाल नेपालमा कोभ...
गृहमन्त्रीको सहयोगमा ४१ जनालाई प्रहरी बनाएको बताउने युवा पक्राउ गृह मन्त्री बालकृष्ण खाँणको सहयोगमा नेपाल प्रहरीमा ४१ जनालाई भर्ना गरिदिएको भन्दै फेसबुकमा स्टाटस लेख्ने नरेन्द्र गुरुङ प्रहरीको फन्दामा परेका छन्। प्युठानको ऐरावती गाउँपालिका १ का ३० बर्षीय गुरुङलाई प्युठान नगरपालिका ४ बाट पक्राउ गरिएको प्युठानका प्रहरी प...
फलाम उद्योगको भट्टी पड्किँदा घाइते पाँच जनाको उपचारकै क्रममा मृत्यु काठमाडौँ । वीरगन्जको सर्वोत्तम स्टिल उद्योगमा फलाम गलाउने भट्टी पड्किएर घाइते भएका १५ जना मध्ये ५ जना मजदुरको उपचारका क्रममा मृत्यु भएको छ । भदौ १० गते उद्योगमा फलाम गलाउने भट्टी पड्किदा भएको आगलागीमा घाइते भई भारतको पटनास्थित एपोलो अस्पतालमा उपचाररत ६...
एमालेलाई जेठ २ मा फर्काउने प्रयास, विरोध र असन्तुष्टि कायमै ओखलढुंगा । नेकपा एमालेको केन्द्रीय सर्कुलरअनुसार जिल्ला कमिटी ओखलढुंगालाई २ जेठ मा फर्काउने प्रयास शुरु भएको छ । नेकपा गठन हुनुपूर्वको एमालेको जिल्ला कमिटीको बैठक राखेर त्यसको शुरुवात् गरेको केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज यज्ञराज सुनुवारले जानकारी दिए । क...
आठ करोड बेरुजु फछ्र्यौट काठमाडौँ । वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्ष २०७७/७८ मा रु आठ करोड तीन लाख ९८ हजार बेरुजु फछ्र्यौट गरेको छ । कार्यालयले ९३ प्रतिशत उपलब्धि हासिल गरेको छ । गत आवमा रु आठ करोड ६२ लाख ५१ हजार बेरुजु फछ्र्यौटको लक्ष्य तोकिएको थियो । यसैगरी मूल्य अभिवृद्धि...
पारिवारिक रिसइवीका कारण लोकबहादुरले हत्याः कार्की परिवारकै छिमेकी पक्राउ काठमाडौँ । संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्यामा संलग्न रहेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । हत्या आरोपमा शनिबार बिहान प्रहरीले छिमेकी २६ वर्षीय लोकबहादुर कार्कीलालाई पक्राउ गरेको हो । पक्राउ परेका युवक मृतकका भतिजो नाता पर्ने हुन...
किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा ३ पक्राउ काठमाडौं । दाङको बंगलाचुली गाउँपालिकामा किशोरामाथि सामूहिक बलात्कार भएको छ । बलात्कार गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बंगलाचुली गाउँपालिका ७ बिर्खे बस्ने २७ वर्षीय पवन रोका, २० वर्षीय यम बहादुर मास्की र २७ वर्षीय विनाराम मर्साङी रहेका छन...
प्रधानमन्त्रीद्वारा राणाप्रति श्रद्धाञ्जलि काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले गए राति निधन भएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्यसचिव एवं पूर्वराजदूत रुक्मशम्शेर राणाप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्। नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले बत्तीसपुतलीस्थित स्व राणाको निवास पुगेर ...
८ वर्षीया बालिकालाई करणी गरेको आरोपमा एकजना पक्राउ काठमाडौं । प्रहरीले ८ वर्षीया बालिकालाई करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका ३२ खुदीखोला सुकुम्बासी बस्तीमा बस्ने धनकुटा घर भएका ५७ वर्षीय सोवितमान लिम्बु रहेका छन् । लिम्बुले ती बालिकालाई ललाई फकाई आफ्नो कोठामा लगि जबरजस्ती करण...
‘पशुपतिको जलहरीमा अनियमितता भएको छैन’ काठमाडौं । पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा करिब ११ केजी सुन घोटाला भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्यसचिवसहित बहालवाला तथा पूर्वपदाधिकारीसँग बयान लिएको छ । तर, पशुपतिनाथको शिव लिंगमा राखिएको सुनको जलहरीमा कुनै अनियमिता नभएको पशुपति विका...
अधिवेशन तालिका सारिएकोमा कांग्रेसका १२ युवा नेताको आपत्ति काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरूले अधिवेशन तालिका संशोधन भएकोप्रति आपत्ति जनाएका छन् । कांग्रेसका १२ युवा नेताले संयुक्त विज्ञप्ति जारी गर्दै अधिवेशन तालिका संशोधन गरिएको प्रति आपत्ति जनाएका हुन् । स्थानीय तहका अधिवेशनहरू पर सारिएको प्रति आफूहरूको गम्भी...
ढुंगा–गिट्टी उत्खनन्‌बारे छुट्टै कानुन बनाउन सर्वोच्चको आदेश काठमाडौँ । संघीय सरकारले पछिल्लोपटक ‘ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड– २०७७’ लागू गरेको छ । त्रिशुली र तादी नदीमा गैरकानुनी रूपमा क्रसर उद्योग र बालुवा प्रशोधन उद्योग सञ्चालन गरी नदीको पर्यावरणमा असर पुर्‍याएको भन्दै नुवाक...
युवा संघको टर्च र्‍याली काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन युवा संघले ‘सरकार खोज्ने’ भन्दै गरेको टर्च र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको छ। युवा संघको बाग्मती प्रदेश कमिटीको आयोजनामा भारतीय सीमा सुरक्षा बलले तुइन काटेर जयसिह धामीको मृत्यु भएको घटना, अफगानिस्थानमा नेपाली अलपत्र परेको, नेपाली आकासमा...
७५३ वटै पालिकामा सुरु भयो विद्युतीय भुक्तानी प्रणाली काठमाडौँ — देशभरका ७५३ वटै पालिकामा विद्युतीय माध्यमबाट वास्तविक समयमा नै भुक्तानी तथा लेखाङ्कन प्रणालीको सुरुवात भएको छ । महालेखा नियन्त्रक सुमनराज अर्यालले बिहीबार स्थानीय तहको भुक्तानी प्रणालीको सुरुवात गरेका हुन् । स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) मा...
संखुवासभा सामूहिक हत्याः चार दिन बित्दा पनि खै अपराधी काठमाडौं । मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा भएको सामूहिक हत्याकाण्डको अनुसन्धानमा तालिमप्राप्त कुकुर र विज्ञ टोली कुनै ‘क्लु’ फेला पार्न असफल भएको छ । विभिन्न चरणको अनुसन्धानमा खटिएको तालिमप्राप्त दुईवटा कुकुर ‘पिकु’ र ‘लैला’सहित प्रहरी उपरीक्षक (एसपी) भीम दाहाल न...
भीरबाट लडेर एकको मृत्यु, एक घाइते काठमाण्डौं । कालीकोटमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा नरहरिनाथ गाउँपालिका ८ का महारुप विक रहेका छन्सो त्यस्तै सोही स्थानकै दुर्ग विक भीरबाट लडेर गम्भीर घाइते भएका छन् । घाइते दुर्गको टाउको र अनुहारमा २४ वटा टाँका लगाई थप उपचारका लागि ...
आमाको निधन भएको भोलिपल्ट आफ्नो जन्मदिन, अक्षय कुमारले यसरी पोखे पीडा काठमाडौं। आज ९ सेप्टेम्बर बलिउड स्टार अक्षय कुमारको जन्मदिन हो । अक्षय कुमारको जीवनमा यो खास दिन आउनुभन्दा ठिक एक दिन अघि हिजो मात्र उनको जीवनमा ठूलो घटना घट्यो । हिजो उनकी आमा अरुणा भाटियाको निधन भयो । अक्षयले आफ्नो जन्मदिनमा आमाको साथमा एउटा तस्वीर ...
यस्ता छन् सरकारले एमसीसीलाई पठाएका प्रश्नका जवाफ (पूर्णपाठ) काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसिसीले नेपाल सरकारलाई जवाफी पत्र पठाएको छ। अर्थमन्त्री जनार्दन शर्मालाई सम्बोधन गर्दै एमसिसीले नेपालस्थित अमेरिकी दूतावासमार्फत् जवाफ पठाएको हो। गत शुक्रबार अर्थ मन्त्रालयले एक पत्र लेख्दै एमसीसीबारे उठेका विभिन्न विवादित स...
अमेरिकाले भन्योः एमसीसी संसोधन हुन सक्दैन, सैनिक सम्झौता पनि होइन काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता लागू गर्ने हो भने पहिले संशोधन हुनुपर्ने नेपालका प्रमुख दल र नागरिकस्तरबाट समेत आवाज उठिरहेको बेला अमेरिकाले इन्कार गरेको छ । नेपाल सरकारसँग भएको एमसीसी सम्झौता संशोधन हुन नसक्‍ने भन्दै अमेरिकाले ज...
मोरङमा लागु औषधको कारोबार गर्ने दाजुभाइ सहित तीन पक्राउ काठमाण्डौं । मोरङको बेलबारी नगरपालिका भित्रका केही होटलमा अवैध लागु औषधको कारोबार हुने रहस्य खुलेको छ । इलाका प्रहरी कार्यालय बेलबारीले बेलबारी १ का २३ वर्षीय सन्तोष राई, सोही ठाउँका ३२ वर्षीय ज्ञानबहादुर राई र धनकुटाका २६ वर्षीय महेश्वर राईलाई पक्राउ गरेको हो । इ...
लिफ्ट माग्दै चालकलाई नै ढुंगाले हानेर १४ लाख लुट्ने पक्राउ काठमाडौं। लिप्ट मागी गाडीमा चढेर चालकलाई कुटेर बेहोस बनाई लुटपाट गर्ने एकजना पक्राउ परेका छन् । ओखलढुंगाको चिसम्खुगढी गाउँपालिका–३ स्थायी घर भएका रमेशकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। सिद्धिचरण लोकमार्गको कटारी–घुर्मी सडकको बर्मी जंगलमा पिसाब गर्न बाहि...
भक्तपुरमा अधिकांश हार्डवेयर दर्ता र नवीकरणविना नै सञ्चालित काठमाडौं । भक्तपुर नगरपालिकाले दर्ता नगरी सञ्चालित हार्डवेयरलाई तीन लाखसम्म जरिवाना गराउनेभएको छ । नगरपालिकाको अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा आज सल्लाघारी, व्यासी र देकोचालगायतमा सञ्चालित हार्डवेयर पसलहरुको अनुगमनका क्रममा यस्तो जानकारी गराइएको...
कार्की परिवार हत्याः घरभित्रै भेटियो ४ लाख रुपैयाँ र गहना काठमाडौं । संखुवासभाको मादी नगरपालिका–१ उम्लिङमा सामुहिक हत्या गरिएका ६ जनाको शव पोष्टमार्टमका लागि धरान पठाइएको छ। घटनास्थलको अनुसन्धान, शव जाँच र मुचुल्का सकेर पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको हो। कार्की परिवारको घरभित्...
न्यायाधीशको कार क्यान्टिनभित्र छिर्दा महिलाको मृत्यु मोरङ — मोरङ अदालतका न्यायाधीशको गाडीले प्रयोग गर्ने कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । जिल्ला अदालत मोरङका न्यायाधीश ईश्वर पराजुलीले प्रयोग गर्ने बा १४ च ६०१६ नम्बरको कारले ठक्कर दिँदा ४२ वर्षीया लक्ष्मी दाहालको मृत्यु भएको हो । दाहाल अदालत परिसरभित्र क्यान्टन...
वीर अस्पतालले ५० नर्सका लागि रोजगारी खुलायो काठमाडौँ।  कोभिड–१९ यूनिफाइड केन्द्रीय अस्पतालले (वीर)ले ५० जना नर्स माग गरेको छ। अस्पताल प्रशासनले एक सूचना जारी गरी कोरोना संक्रमितको हेरचाह तथा उपचारका लागि ५० जना स्टाफ नर्स करारमा नियुक्त गर्न लागेको हुँदा इच्छुक उम्मेदवारले २४ गतेभित्र निवेदन दिन सक्ने सूचनामा उल्लेख छ।...
काष्ठमण्डप पुनर्निर्माणमा ११ करोड ५० लाख सकियो काठमाडौं । विसं २०७२ वैशाख १२ गते आएका विनाशकारी भूकम्पले क्षति पुगेपछि ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको बसन्तपुर स्थित काष्ठमण्डपको छानो छाउने काम सुरु गरिएको छ । सातौँ शताब्दीमा बनेको सो सम्पदामा मौलिक प्रविधिको प्रयोग गरेर झिङ्गटीको छानो छाउने काम सुरु गरिएको काष्ठ...
एचआईभी संक्रमितका लागि काम गर्ने राजीव काफ्ले पक्राउ काठमाडौँ- एचआईभी संक्रमितहरुका लागि काम गर्दै आएका राजीव काफ्लेलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर घर भएका काफ्लेलाई लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले बूढानीलकण्ठबाट पक्राउ गरेको हो । काठमाडौंको बूढानीलकण्ठमा काफ्लेले एचआइभी पीडितहरुका लागि काम गर्ने ‘नवजीव...
आँखा विशेषज्ञ डा. जुनु श्रेष्ठ बनिन् डब्लुएचओको आइएपीबीको नीतिगत तहमा पुग्ने पहिलो नेपाली काठमाडौँ । विश्व स्वास्थ्य संगठनको इन्टरनेशनल एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइडनेस(आइएपीबी)को भिजन २०२०को नीति तथा योजना म्यानेजरमा दृष्टि विशेषज्ञ डा.जुनु श्रेष्ठ नियुक्त भएकी छिन्। (आइएपीबी)मा नेपाली दृष्टि विशेषज्ञ नियुक्त भएको...
सङ्खुवासभामा हत्या काण्डको रहस्य खुल्दै, शव परीक्षण गर्न धरान लगियो सङ्खुवासभा । सङ्खुवासभाको मादी नगरपालिका–१ खोलागाउँको उम्लिङमा एकै परिवारका ६ जनाको बीभत्स हत्या गरिएको दर्दनाक घटनाले सबैलाई कौतुहल बनाएको छ । अहिले सङ्घीय प्रहरी इकाई कार्यालय धरानबाट एसपी भीम दाहाल नेतृत्वको विशेष टोलीले घटनास्थल पुगेर अनुसन्धान था...
भन्सार छली ल्याएको २ लाख बराबरको कपडा बरामद काठमाडौं। प्रहरीले भन्सार छली ल्याएको लाखौं मूल्यबराबरको नागढुंगास्थित चेक पोइन्टबाट बरामद गरेको छ । प्रहरीका अनुसार नुवाकोट दुप्चेश्वर– ४ का ३६ वर्षीय दावा तामाङ, सुनसरी बाँजोगरा– ७ की ४७ वर्षीया मनिका सुब्बा, मोरङ उर्लाबारी– ८ का ४१ वर्षीय सागर धिमाल र मनाङ निसान– ४ की सुनि...
हेलम्बु र मनाङको सडक दशैँअघि सुचारु गर्न मुश्किल काठमाडौँ । लगातारको वर्षासँगै आएको बाढीका कारण बाढीपहिरोले क्षति पु¥याएको सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु र मनाङको चामे जोड्ने सडक दशैं अघि सुचारु नहुने भएको छ । चामेसम्म पुग्ने मुख्य सडक निर्माणका लागि ठेक्का लगाइ सकिए पनि दशैअघि बन्न सक्ने अवस्था नभएको मनाङका प्रमुख ज...
एनसेलको ‘डेटा सधैं अन’ नयाँ अभियान सुरु काठमाडौँ  । एनसेल आजियाटा लिमिटेडले आफ्नो फोरजी सेवाको विस्तारलाई केन्द्रित गर्दै सोमबार नयाँ अभियान ‘डेटा सधैं अन’ सुरु गरेको घोषणा गरेको छ। यस अभियानले मोबाइल ब्रोडब्याण्ड सेवाबाट पाउन सकिने अवसरबाट लाभ लिन एनसेल फोरजी नेटवर्कका साथ सधैँ कनेक्टेड र अन रहन प्रोत्साहन गर्छ। एनसेल...
सामाजसेवी तथा नर्स प्रतिमा द्वारा गत्लाङमा अक्सिजन लगायत स्वास्थ्य सामाग्री हस्तान्तरण काठमाडौं । विगत लामो समय देखि स्वस्थ्य र शिक्षित सामाज निर्माण अभियानका अभियान्त नर्स प्रतिमा लामा द्वारा गत्लाङ स्वास्थ्य चौकीमा निम्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छन । अक्सिजन कन्सन्ट्रेसन मेसिन १ थान, नेवुलाईजर मेसिन २ थान,...
बुधबारदेखि मनकामना मन्दिर खुल्ने काठमाडौं । मनकामना मन्दिर भदौ २३ गतेबाट खुला हुने भएको छ । सोमबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले भक्तजनहरुलाई ढोका बाहिरबाटै दर्शन गर्ने व्यवस्था मिलाई मन्दिर खुला गर्ने निर्णय गरेको हो । पूजा सामाग्री भने मन्दिरका सहयोगीहरुले मूल पुजारीसम्म पुग्ने व्यवस्था मिलाउनेछन् । शह...
गोरु काटेको आरोपमा ३ जना पक्राउ काठमाडौं । गोरु काटेको आरोपमा प्रहरीले स्याङ्जाको भिरकोट नगरपालिका–८ ढापुकफेदीबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ढापुकफेदी बस्ने नैन सिंह गुरुङ, हुम प्रसाद गुरुङ र खेम गुरुङ छन् । भिरकोट नगरपालिका ८ ढापुकफेदीमा आइबार राति १ बजे जिउँदो गोरु काटेको भन्ने गोप्य सुचनाको आधारमा उनीह...
परीक्षा आवेदन फारम भर्ने सम्बन्धी त्रिविको सूचना काठमाडौं । परीक्षा आवेदन फारम भर्नेबारे बल्खुले सूचना जारी गरेको छ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टम अनुसार स्नातकोत्तर तह भौतिकशास्त्र विषय प्रथम वर्ष दोस्रो शत्रको आंशिक परीक्षा...
जुम्ला कांग्रेसमा सभापतिको लागि पाँच भाईको दौड जुम्ला – नेपाली कांग्रेसको जिल्ला अधिवेशन नजिकिँदै गर्दा जुम्ला जिल्ला सभापतिका लागि नेता, कार्यकर्ताको दौड बढ्दो छ । जिल्ला सभापतिका लागि वर्तमान सभापति दीपबहादुर शाहीसहित पार्टी सचिव कर्णबहादुर शाही, पूर्व वनमन्त्री भक्तबहादुर रोकाया, महाधिवेशन प्रतिनिधि लंकबहादुर शाही र...
सरकार ढल्ने र दल फुट्ने डरले मन्त्रिपरिषद् विस्तार नहुनु अचम्मको अवस्थाः सुवास नेम्वाङ काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकार ढल्ने डरले मन्त्रिपरिषद् विस्तार हुन नसकेको बताएका छन् । युवा संघ नेपालको भेलालाई सोमबार सम्बोधन गर्दै संविधानसभा अध्यक्ष नेम्वाङले सरकार ढल्छ, दल फुट्छ भन्ने भयले...
महान्यायाधिवक्ताको कार्यालय भवनको गुणस्तर अनुगमन गर्न अख्तियार छिरेपछि….. काठमाडौं । गुणस्तरको विषयमा गुनासो आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग महान्यायाधिवक्ताको कार्यालय छिरेको छ । रामशाह पथमा रहेको भवनमा आयोगले गुणस्तरको अनुगमन गरेको हो । रामशाह पथमा रहेको भवनको गुणस्तरको विषयमा गुनासो गरेपछि अख्तियारकी आयुक्त ड...
त्रिविको भर्नासम्बन्धी अत्यन्तै जरुरी सूचना प्रकाशित त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालयले भर्ना सम्बन्धी सूचना प्रकाशित गरेको छ । त्रिविले एक सूचना जारी गर्दै भनेको छ, ‘यस अध्ययन संस्थानअन्तर्गत शैक्षिक वर्ष २०७७÷७८ को लागि पक्लिहवा क्याम्पसमा सञ्चालन हुने पशु चिकित्सा स्नातक तहको श...
जंगी अड्डाबाट औपचारिक रुपमै बिदा भए प्रधानसेनापति पूर्णचन्द्र थापा काठमाडौं । सैनिक सेवामा चार दशक बिताएर प्रधानसेनापति पूर्णचन्द्र थापाले आइतबारदेखि अवकास लिएका छन्। उनको सेवा अवधि अझै एक महिना बाँकी भए पनि नेपाली सेनाको नियमअनुसार उनी हिजैदेखि बिदामा बस्न लागेका हुन्। यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले साउन २६ गत...
सेनामा यी हुन रथी दुई दावेदार काठमाडौं । सरकारले यही भदौ २४ गतेबाट सेनाको प्रधानसेनापतिमा प्रभुराम शर्मालाई नियुक्त गर्ने निर्णय गरिसकेपछि शर्माद्धारा औपचारिक रुपमा सेनाको कमाण्ड सम्हाल्नेछन् । हाल अनडफ मिसनमा फोर्स कमाण्डरका रुपमा कार्यरत सेनाका बलाध्यक्षरथी ईश्वर हमालले आगामी असोज २६ मा अवकास पाएसंगै सेनामा अर्को रथी...
नासुको अन्तर्वार्ता स्थगित काठमाडौं । यही भदौ २१ गतेदेखि अन्तर्वार्ता हुन बाँकी सम्पूर्ण परीक्षा लोकसेवा आयोगले अनिश्चितकालीन स्थगित गरेको छ । आइतबार बसेको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । आयोग(अध्यक्ष स्तर)को निर्णयले धनकुटा, जलेश्वर, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत र दिपायलबाट आर्...
अति गरिब विपन्न २०७ परिवारलाई खाद्य राहत सामग्री वितरण काठमाडौं।  कोभिड–१९ का कारण रोजगार गुमाएका व्यक्तीहरुलाई विभिन्न संघसंस्थाहरु द्धारा राहत सामग्री वितरण गरिएको छ । कञ्चपुरका अति गरिब विपन्न मुक्त हलिया र भूमिहीन २०७ परिवारलाई आज खाद्य राहत सामग्री वितरण गरिएको हो ।राष्ट्रिय हलिया मुक्ति सामाज, आईसीआरडी र डब्लूएचओ...
चाडपर्वका लागि सुपथ पसल १ असोज देखि काठमाडौं। जब चाडपर्व नजिकिन्छ त्यस पछि सुरु हुन्छ व्यापारीहरुको कालो बजारी आतकं । यसैलाई मध्यनजर गर्दै सरकारले संयुक्त बजार अनुगमनलाई प्रभावकारी बनाउने भएको छ । मुख्य सचिव शंकरदास वैरागीको अध्यक्षतामा आइतबार बसेको केन्द्रिय अनुगमन तथा मूल्याङ्कन समितिको ५७ औ बैठकले नजिकिदै गरेको नेपा...
एमसीसीको विरोधमा २२ दलको प्रदर्शन काठमाडौं। एमसीसी सम्झौता संसदबाट अनुमोदनको तयारी भइरहेको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी २२ दलीय संगठनले भदौ २३ गते राजधानीको माइतीघर मण्डलामा एमसीसी खारेजी आन्दोलनको ब्यानरमा संयुक्त बिरोध प्रदर्शन गर्ने घोषणा गरिएको हो । प्रदर्शन मण्डलाबाट र्याली रजुलुससहित नयाँ बानेश्वरमा प...
काठमाडौंका विभिन्न लाइन्स क्लवहरुद्धारा विद्यालयमा सहयोग काठमाडौं। आइतबार काठमाडौंका विभिन्न लाइन्स क्लबहरुले संयुक्त रुपमा काभ्रेको पाँचखाल स्थित श्री राधाकृष्ण आधारभुत विद्यालयका विद्यार्थीहरुलाई पोशाक सहयोग गरेको छ । लायन्स क्लब अफ काठमाडौं यूनाईटेड ब्राईट,लायन्स क्लब अफ काठमाडौं ब्राईट फ्युचर ,लायन्स क्लब अफ काठमाड...
गुरु भट्टराई राख्ने, निरञ्जन कुमार झा हटाउने ! काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडअन्तर्गत कानुन विपरीत राखिएका १५१ कर्मचारी हटाइएका छन्। रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक गुरू भट्टराईले कानुन विपरीत ज्यालादारीमा राखेका कर्मचारीहरु हटाइएका हुन्। कम्पनीले ती कर्मचारीहरुलाई हाजिर नगर्न निर्देशन दिइसकेको छ। नेपाल रेलवे क...
पशुपतिनाथ मन्दिर असोज १ देखि खुल्ने, स्वास्थ्य मापदण्डको पालना अनिवार्य काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले केही दिनभित्रमै विश्वभरका हिन्दूहरुको आराध्यदेव भगवान पशुपतिनाथको मन्दिर पूजाआजाका लागि खुल्ला गर्ने भएको छ । पशुपति क्षेत्र विकास कोषले स्वास्थ्य मापदण्ड पूरा गरी भक्तजनका लागि मन्दिर खोल्ने निर्णय गरेको हो । ...
राष्ट्रपतिसमक्ष दुई प्रतिवेदन प्रस्तुत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दुई आयोगका वार्षिक प्रतिवेदन पेस गरिएको छ । भाषा आयोगका अध्यक्ष लवदेव अवस्थी र राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आज आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छुट्टाछुट्टै पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । त्यसैगरि भाषा आ...
‘उपाय सिटी कार्गो’ले डिजिटल ढुवानी सेवा सुरु गर्दै काठमाडौं । ‘उपाय सिटी कार्गो’ले युकेएड स्किल्स फर एम्प्लोय्मेन्ट प्रोग्राम सीपको साझेदारीमा काठमाडौं उपत्यकामा डिजिटल दुई पाङ्ग्रे ढुवानी सेवा सुरु गर्ने भएको छ । शनिबार आयोजित एक कार्यक्रममार्फत ‘दुई पाङ्ग्रे ढुवानीको भविष्य’ योजनाबारे कार्गोले जानकारी गराएको थियो । क...
बाँके प्रहरीले बरामद गरेको ४ किलो सुन नेपालगन्जका व्यापारीको, जुत्ताको तलुवामा सुन बाेक्हनेरू भरिया मात्रै काठमाडौं । शुक्रबार दिउँसो बाँके प्रहरीले नेपालगन्ज विमानस्थलबाट चार किलो २१.४९ ग्राम सुनसहित दुई जनालाई पक्राउ गर्‍यो। सुनसहित पक्राउ पर्नेहरू काठमाडौंबाट श्री एयरलाइन्सको जहाजमा नेपालगन्ज गएका थिए । बाँके प्रहरी...
लागूऔषधसहित दुई भारतीय पक्राउ सर्लाही । सर्लाही मलंगवास्थित नेपाल–भारत सीमानाकाबाट अवैध लागूऔषधसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। शुक्रबार दिउँसो सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको टोलीले अवैध लागूऔषध वीनरिक्ससहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतको सीतामणी जिल्ला थानारुनी सहिदपुर ग...
विश्वकप छनोट : ब्राजिलको लगातार सातौं जित काठमाडौं । फिफा विश्वकप छनोटअन्तर्गत दक्षिण अमेरिकी छनोट खेलमा ब्राजिलले लगातार सातौं जित निकालेको छ। शुक्रबार बिहान भएको खेलमा कोपा अमेरिकी उपविजेता ब्राजिलले चिलीलाई १–० गोल अन्तरले पराजित गर्दै शतप्रतिशत जित निकालेको हो। ब्राजिलको जितमा एभर्टन रिबिरोले निर्णायक गोल गरे । उनल...
यादव राजनीतिले प्रदेश २ मा नयाँ समिकरण बन्ने सङ्केत नेपालमा जातिय राजनीतिले पटक पटक मलजल हुने अवसर पाउने गरेको छ । पछिल्लो पटक प्रदेश नं. २ मा जनता समाजवादी पार्टी विभाजित भएर महन्थ ठाकुरको नेतृत्वमा बनेको लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा निर्वाचन आयोगको कार्यालयमा बुधवार सनाखत गर्न जाने प्रदेश सांसद ११ मध्ये कोही...
एनआरएनएका आचार्यद्वारा गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन हुनुपर्नेमा जोड काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का केन्द्रीय सल्लाहकार कुल आचार्यले संविधानमै व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । काठमाडौंमा भएको पत्रकार भेटघाट कार्यक्रममा आचार्यले गैरकानुनी रुपमा नेपालको ...
सभामुख सापकोटाविरुद्ध १० वर्ष पुरानो मुद्दामा आजका लागि पेसी ताेकियाे काठमाडौं। सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको आरोप लागेका सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा आजका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतले सापकोटाविरुद्धको मुद्दा साप्ताहिक पेसी सूचीमा संवैधानिक इजलासमा पहिलो नम्बर...
कांग्रेसका केन्द्रीय सदस्यहरुले वडाबाटै प्रतिनिधि बन्नु पर्ने : १५ औं महाधिवेशनमा ६५ बर्ष कटेकाले उम्मेदवार हुन नपाउने व्यवस्था गर्न दवाव धनकुटा । भेडेटारमा मंगलवार सम्पन्न भएको १ नम्वर प्रदेशका नेपाली कांग्रेसका जिल्ला सचिवहरुको प्रदेश स्तरीय दुईदिने भेलाले १५ औं महाधिवेशनबाट ६५ बर्ष काटेका नेतालाई कुनै पदमा उम्मेदवा...
लण्डनमा नेपालीद्वारा गुम्बा स्थापना काठमाडौं । लण्डन शहरको दक्षिण पूर्वमा रहेका बुद्ध धर्म अनुयायी नेपालीले गुम्बा स्थापना गरेका छन् । डायमण्ड बुद्धिष्ट सेन्टर नामक संस्थाको पहलमा बनेको उक्त गुम्बाको क्षेत्रफल १ हजार ६ सय ६८ स्क्वायर फीट रहेको सेन्टरका अध्यक्ष सुमलकुमार गुरुङले बताए । कूल दुई लाख ८३ हजार ५ सय पाउण्डमा ...
फाइजर खोप लगाएपछि न्यूजील्यान्डमा एक महिलाको मृत्यु बीबीसी । न्यूजील्यान्डमा फाइजरको कोभिड खोप लिएपछि एक महिलाको मृत्यु भएको विवरण आएको छ। उक्त घटनालाई फाइजर कोभिड खोपसँग सम्बन्धित पहिलो मृत्यु मानिएको छ। एउटा स्वतन्त्र खोप सुरक्षा अनुगमन समूहले सम्भवतः फाइजर खोपका मायोकार्डाइटिस अर्थात् मुटुको मांसपेशीको सुजन भएर ती म...
वर्षाले तातोपानी नाका ठप्पजस्तै, दैनिक दुई कन्टेनर मात्र भित्रिन्छन् सिन्धुपाल्चोक । दुई महिनायता तातोपानी भन्सार नाका अनियमित बनेको छ। अत्यधिक वर्षासँगै पहिरोले सीमावर्ती क्षेत्र लिपिङ बजार जोड्ने लिपिङ मोटरबेल पुल र कोदारी राजमार्गकोे लार्चा-कोदारी बजार क्षेत्रको सडक भासिँदा असारबाट नाका ठप्पजस्तै बनेको हो। सडकअवरुद्...
श्रीकृष्ण जन्माष्टमी : कृष्ण जन्मको कारण अधर्मको नाश गर्न र धर्मको रक्षा हाे हाम्रो हिन्दु वैदिक परम्परा अनुसार विभिन्न धार्मिक चाडपर्वहरू मध्ये श्रीकृष्णजन्माष्टमी पर्व पनि एक धार्मिक पर्वको रूपमा मानिदै आएको छ। विशेष गरी भाद्रकृष्ण अष्टमी तिथिलाई कृष्ण जन्माष्टमी भनिन्छ। भगवान श्रीकृष्णको प्राकट्य यसै दिनमा भएको मान...
दुर्गमको सहारा हवाइ उद्धार : अछामका ११ गर्भवतीको निःशुल्क हवाइ उद्धार अछाम । ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ मार्फत अछामका ११ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाइ उद्धार गरिएको छ। दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाइ उद्धारसम्बन्धी कार्यविधि अनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरि...
लगातारकाे झरीले काठमाडाैंकाे जनजीवन प्रभावित (फाेटाेफिचर) काठमाडाैं। गत हप्ताकाे सुरुवातीबाटै वर्षा भए पनि १० भदौदेखि अबिरल वर्षा हुँदा तराईका विभिन्न जिल्लामा बाढी आएको छ। पूर्वपश्चिम राजमार्गका विभिन्न पुल भासिँदा यातायात पनि प्रभावित बनेका छन्। पहाडमा पहिराे खसेकाे छ। जेठ अन्तिमबाट सुरु भएको मनसुनपछिको बाढीपहिरोमा ...
उपेन्द्र महतो र एनआरएनएलाई सगुनको धन्यवाद (भिडियोसहित) वाशिंटन डिसी । गैरआवासीय नेपालीहरुको लगानी रहेको उदाउँदो समाजिक सञ्जाल एप सगुनले गैरआवासीय नेपाली संघ (एनआरएन) लाई धन्यवाद दिएको छ । सगुनले आफ्नो यात्रालाई सहज बनाइने र साथ दिने धेरै प्रिय पात्र रहेको उल्लेख गर्दै गैर आवासीय नेपाली संघका स्थापनाकालदेखिका पदाधिकारी ...
महोत्तरीमा बाढीको बितन्डा, हेर्दाहेर्दै उर्वर भूमि बगरमा परीणत महाेत्तरी । आधा बर्खा सकिएसँगै महोत्तरी बर्दिबासका विनोद पौडेललाई अब बाढी आउँदैन लागेकाे थियाे। तर १० भदाै यता अविरल वर्षा हुन थालेपछि उनलाई रातभरी निन्द्रा नै लाग्दैन। उनी रातु नदी पुग्छन्, नदीले खेत कटान गरिरहेकाे हेर्न विवश छन्। उनका अनुसार रातु नदीले उन...
अवरुद्ध बुटवल-नारायणगढ सडक अझै सूचारु भएन बुटवल । अविरल बर्षापछि आएको बाढीले सडकको पुल भत्किँदा अवरुद्ध बुटवल-नारायणगढ सडकखण्ड खुल्न अझै खुल्न सकेको छैन। बुटवल-नारायणगढ सडकका ठाउँठाउँमा पुल, कल्भर्ट भत्किएपछि सडक अवरुद्ध भएको हो। तर, भत्किएका, भासिँएका पुलको मर्मत गर्न केही समय लाग्ने भएकाले तत्कालै सडक सुचारु नहुने जन...
दिनदहाडै अमेरिकाको ओहायोमा यसरी लुटियो नारायणको सुन पसल (लुट्दै गरेको भिडियोसहित) वासिंगटन डिसी। उनका ग्राहक प्रायजसो नेपाली भाषी नै हुन्थे, नेपालीहरु आउँथे, आफूलाई चाहिएको सामान किनेर लैजान्थे, यी वाहेक फाट्ट फुट्टमात्र अरु मानिसहरु उनको पसलमा पुग्थे। तर, त्यसदिन अचम्म भयो, टाउकोमा फेटा बाँधेका चारवटी महिला र एशियन मू...
गण्डकी प्रदेशमा अर्बपति मन्त्री पोखरा। गण्डकी प्रदेशका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । जसअनुसार गण्डकीमा अर्बपति मन्त्रीसमेत देखिएका छन् । कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको प्रदेश सरकारमा ११ मन्त्री छन् । तीमध्ये मुख्यमन्त्री पोखरेलसहित नौ मन्त्रीले मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को क...
एनआरएनए आइसीसीको चुनावी रौनक, अध्यक्ष र उपाध्यक्ष पदमा क-कसकाे दाबी? काठमाडौं । विश्वभर छरिएर रहेका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी १०औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन अक्टोबर २३–२५, २०२१ मा हुने भएको छ। त्यसका लागि संघका अध्यक्ष कुमार पन्तको संयोजकत्वमा महाधिवेशन आयोजक समित...
नेकपा एमाले भित्र आएको विवाद प्रदेश नं १ मा पस्यो पछिल्लो समय नेकपा एमालेभित्र केपीशर्मा ओली र माधवकुमार नेपाललाई जसरी पनि मिलाउने पक्षमा लागेका एमालेका दोस्रो पुस्ताका नेताहरुको दौडधुप बढेको छ । यसको पछिल्लो उदाहरण भदौ ४ गते एमालेको केन्द्रिय कमिटी सदस्य तथा सांसदहरु समेत ५७ जनाको काठमाडौंमा भएको सहभागिता र सहमतिमा भए...