content
stringlengths
20
64.1k
सिन्धुपाल्चोकको सुनकोशीमा जीप दुर्घटना, ७ जना घाइते सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु जिरी सडक खण्डको ६ किलोमा आज बिहान बलेरो जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको टाउकोमा गहिरो चोट लागेकाले उपचारको लागि काठमाडौँ लगिएको र अरुको अवस्था सामान्य रहेको इलाका प्रहरी ...
कविता – “कठघरामा उभिएको म” – अस्मिता आचार्य मिथ्या पुज्नेहरुमाझ साँचो बोल्दा फटाहा बनेको म, कहिल्यै निरअपराध साबित भइन झूठको अदालतमा। तिमीहरुले पुज्ने ढुङ्गा ढोग्दिन आफ्नो देउता आफैं रचेको हुन्छु । तिमीहरुझैं सर्वज्ञाता हुने भ्रममा बाँच्दिन अज्ञानी हुनुको अभिमान सँगै लिएर मर्छु । सदियौं देखी सहिरहेछु सास्ती अझै बारबार ...
धनुषा बम विस्फोटका योजनाकार पक्राउ धनुषा । धनुषामा एक प्रहरी निरीक्षकसहित तीनजनाको मृत्यु भएको बम विस्फोटका योजनाकार पक्राउ परेका छन् । प्रहरीले मुख्य योजनाकार मानेका आदम राइन पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा बम विस्फोटको करिब तीन सातापछि घटनाको मुख्य योजनाक...
भरुवा बन्दुकसहित दुई पक्राउ धरान । बराह सबडिभिजन वन कार्यालय चतराले एक नाल भरुवा र गोलीसहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ । वन गस्ती गर्ने क्रममा बराह क्षेत्र नगरपालिका–३ बस्ने ४५ वर्षीय बमबहादुर मगर र ३२ वर्षीय पे्रम कार्कीलाई पक्राउ गरिएको बराह सबडिभिजन वन कार्यालय चतराका अधिकृत शिवलाल बिकले जानकारी दिए । शिवलाल...
ईन्जा द्वारा पुरस्कारका लागि आवेदन आह्वान डिसी नेपाल वासिंगटन डिसी । प्रिय पत्रकार तथा लेखक मित्रहरु, पत्रकारहरुको अन्तर्राष्ट्रिय सन्जाल (ईन्जा) द्वारा प्रदान गरिने १ हजार अमेरिकी डलर राशीको ईन्जा सामुदायिक पत्रकारिता पुरस्कारकालागि जनवरी १ , २०२० वाट आवेदन खुल्ला भइसकेको छ । त्यसैले इच्छुक पत्रकार तथा लेखकहरुले सन् २...
विमानस्थलमा भारतीय नागरिकको तलासी गर्दा भित्री वस्त्रमा भेटियो एक किलो सुन काठमाडौं। भित्री बस्त्रमा सुन लुकाएर ल्याउने भारतीय नानगरिकलाई बिहीबार प्रहरीले विमानस्थलबाट पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रामत्रिपाल शाहका अनुसार भारतीय नागरिकले नौलो तरिका अपनाएर एक...
पाँच किलो चरेससहित पक्राउ काठमाडौं । काठमाडौँको नागढुङ्गाबाट झण्डै पाँच किलो चरेससहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यहाँको चन्द्रगिरि नगरपालिका–२ नागढुङ्गाबाट चार किलो ८ सय ग्राम चरेससहित मकवानपुर थाहा नगरपालिका–७ का ५९ वर्षीय भगवान् खत्रीलाई आज प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खट...
दुर्घटनामा दुईको मृत्यु कास्की । पोखरामा बुधबार बिहान भएको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पोखरा महानगरपालिका–१४ चाउथेमा बिहान अन्दाजी २ः५० बजेको समयमा बस, जिप र मोटरसाइकल एकापसमा ठोक्किँदा जिप चालक पोखरा–२९ बस्ने ३६ वर्षीय सरोज लामा र मोटरसाइकल चालक तनहुँ थप्रेक घर भई हल पोखरा च...
बाराको पिलुवास्थित एनसेलको टावरमा आगजनी बारा। बाराको जितपुर सिमरा उपमहानगरपालिका– १६ पिलुवास्थित एनसेल टावरमा आगजनी भएको छ। सशस्त्र औद्योगिक सुरक्षा बलको ३०० मिटर पूर्वमा रहेको सो टावरमा मङ्गलबार राति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए। आगजनी कसले गर्यो भ...
भरतलाल र पुष्करलालका नाममा एक लाख राशीको अवार्ड घोषणा काठमाडौं। सुप्रसिद्ध समाजसेवी तथा व्यवसायी स्व. भरतलाल श्रेष्ठ र पत्रकार तथा सञ्चार उद्यमी स्व. पुष्करलाल श्रेष्ठको नाममा कामना न्यूज पब्लिकेसन्स प्रालिले सम्मान अवार्ड स्थापना गरेको छ। सो अवार्ड यही पुस १९ गते सीजी इन्टरटेनमेन्टको प्रस्तुतिमा राजधानीमा हुने गोदरेज ...
तमु ल्होसारको विदा कटौति गरिएकोमा अमेरिकामा आक्रोश डिसी नेपाल वासिंगटन डिसी । तमु ल्होसारको उपलक्ष्यमा अमेरिकाको भर्जिनियामा आयोजित कार्यक्रममा नेपाल सरकारले तमु ल्होसारको विदा कटौति गरेकोप्रति राजदूतसमक्ष आक्रोश पोखिएको छ । तमु ल्होसारको उपलक्ष्यमा तमु धीं भर्जिनियाले डिसेम्बर २९ मा आयोजना गरेको सो कार्यक्रममा मन्तव्य...
लागुऔषधसहित पक्राउ भक्तपुर। महानगरीय प्रहरी वृत्त थिमिले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सर्लाही लालबन्दी नगरपालिका–१ घर भई हाल मध्यपुरथिमि–१ लोकन्थली बस्ने वर्ष २६ को धर्मेन्द्रकुमार कुशवाहालाई पक्राउ गरेको प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए। प्रहरीले पक्राउ गरेका कुशवाहको कोठामा छापामा मार्दा ल...
छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु काठमाडौं । सप्तरी, डोटी, सुनसरी, भोजपुर, चितवन र बाँकेमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। सप्तरी, सुरुङ्गा नगरपालिका–५ स्थित सडकमा ना.७ ख ३७०२ नम्बरको ट्याङकरले स.२ प ६५८८ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा गम्भीर घाइते...
घुस लिएको अभियोगमा पक्राउ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग १५ हजार घुस लिएको अभियोगमा वीरगञ्ज महानगरपालिकाको कार्यालयमा कार्यरत कम्प्युटर अपरेटर राकेशकुमार जैसवाललाई पक्राउ गरेको छ । आयोगका अनुसार जैसवालले उपभोक्ता समितिले सम्पन्न गरेको कामको भुक्तानी गरी दिएबापत सेवाग्राहीसँग घुस माग गरेको भ...
तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ । केहीबेरअघि घरमा कोही नभएको मौका छोपी स्थानीयवासी इन्द्र चुनाराले तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी ...
अबको जनगणनामा राउटेलाई पनि समेटिने सुर्खेत । राउटेको यकिन सङ्ख्या कति छ ? जनगणना अद्यावधिक गर्ने केन्द्रीय तथ्याङ्क विभागसँग यसको उत्तर छैन । यही प्रश्न राउटे अगुवालाई सोध्दा पनि सिधा जवाफ आउँदैन । ‘टाउको गन्न हुन्न’ भन्ने मान्यताका कारण राउटे समुदाय अहिलेसम्म राष्ट्रिय जनगणनामा अटाउन सकेको छैन । सरकारले १२ औँ राष्ट्रि...
तीनकुनेमा वृद्धालाई ठक्कर दिएर भागेको टिप्पर क्षेत्रपाटीबाट नियन्त्रणमा काठमाडौँ । काठमाडौँको तीनकुनेमा एक वृद्धालाई ठक्कर दिएर भागेको टिप्पर क्षेत्रपाटीमा फेला परेको छ । शनिबार राति नाम नखुलेकी वृद्धालाई ठक्कर दिएर भागेको बा ३ क १७४२ नम्बरको टिप्परलाई क्षेत्रपाटीबाट नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले...
मोहनले हराए जापानी बक्सरलाई टोकियो, जापान । किक बक्सिङ खेलका नेपाली खेलाडी मोहन ड्रागनले जापानी बक्सरलाई पराजित गरी बिगव्याङ ३७ को उपाधि जितेका छन् । नेपाली झण्डा फहराउदै रिङमा गएका उनले तीन चरणको भिडन्तमा जापानी बक्सरलाई हराउन सफल भएका थिए ।खेल टोकियो डोममा रहेको कुराकोएन हलमा भएको थियो । निर्णायकले प्रदर्शित खेलका आध...
काठमाडौँको मीनभवनमा सवारीको ठक्करबाट एक जनाको मृत्यु काठमाडौँ । काठमाडौँको मीनभवनमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक जनाको ज्यान गएको छ । शनिबार राति नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा एक वृद्धाको ज्यान गएको प्रहरीले जनाएको छ। ज्यान गुमाउने वृद्धाको परिचय र ठक्कर दिने सवारी साधनको नम्बर पनि नखुलेको प्रहरीले ज...
जर्मनीमा यसरी हुर्किदा रहेछन् बालबालिका दीपक धिताल, जर्मनी हामी जर्मनीको एक सानो सहर कुस्कहाफेनमा बस्छौं । यहाँ बच्चा जन्मिएपछि उसलाई गाडीमा राख्ने सिटदेखि उसको सुरक्षाका लागि चाहिने सम्पूर्ण व्यवस्था अनिवार्यरुपमा गर्नैपर्ने हुन्छ । बच्चा जन्मेको करिब ३ महिना पुगेपछि अभिभावकले पौडी खेलाउन स्वीमिङ पुलमा लैजाने गर्दछन ।...
ललितपुरको कबाडी कारखानामा आगलागी ललितपुर । ललितपुर नगरपालिका–३ सानेपास्थित कबाडी कारखानामा भीषण आगलागी भएको छ । प्रहरी सहायक निरिक्षक पुरन बर्देवाका अनुसार आज बेलुकी करीब ८ः१५ बजेतिर लागेको आगो नियन्त्रणका लागि काठमाडौँ, भक्तपुर, ललितपुरका ६ दमकल, केही पानीट्याङ्कर प्रयोग गरिएको छ । आगो नियन्त्रण अहिलेसम्म ६० प्रतिशत भ...
पाल्पामा टिपरसँग ठोक्किएर स्कुटर चालकको मृत्यु बेझाड । टिपरसँग ठोक्किएर पाल्पाको तिनाउमा स्कुटर चालकको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–३ ड्यामसाइटस्थित सिद्धार्थ राजमार्गमा टिपरलाई ओभरटेक गर्दा स्कुटर चालक बुटवल उपमहानगरपालिका–१३ रुपन्देहीका २५ वर्षीय सिद्धान्त थापाको शनिबार मृत्यु भएको छ । पाल्पाबाट बुटवलतर्फ जाँदै ग...
घुस दिएको अभियोगमा पक्राउ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शान्ति सुरक्षाको काममा खटिएका प्रहरीलाई घुस दिन खोजेको अभियोगमा वीरगन्ज महानगरपालिका २ छपकैयाका अम्बेया खातुनलाई पक्राउ गरेको छ । वीरगन्जबाट हेटौडा जाँदै गरेको भाडाको बसमा भन्सार छलेर आयात गरेको लत्ता कपडा नियन्त्रणमा लिए पश्चात् ती सामान छुटाइदिन ...
ईञ्जा कार्यसमिति पुनर्गठन, पुरस्कारका लागि आवेदन माग वासिङ्टन डिसी, अमेरिका । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (ईञ्जा) ले आगामी दुई वर्षका लागि ग्लोबल कमिटी र युरोप तथा एशिया महादेशीय कमिटीहरुको चयन गरेको छ । वरिष्ठ पत्रकार गुणराज लुइटेलको अध्यक्षतामा निर्वाचित ग्लोवल कमिटीको वरिष्ठ उपाध्यक्षहरुमा सुनिलमणि दा...
तारकेश्वरमा फोहोर बोक्ने टिपर पल्टिँदा चालक र सह–चालकको मृत्यु काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–३ पोटगाउँस्थित सडकमा ना२क ३३८ नम्बरको फोहोर बोक्ने टिपर अनियन्त्रित भई पल्टिँदा आज दुई जनाको मृत्यु भएको छ। टिपर सडकबाट करिब ५० मिटर तल खसेर भएको दुर्घटनामा चालक मकवानपुर घर भएका ३० वर्षीय माइला लामा र सहचालक धादिङ ...
जापानबासी संखुवासभालीद्वारा गाउंमा ब्लड बैंक खोल्न सहयोग डिसी नेपाल जापान । संखुवासभाका विभिन्न गाउंबाट काम र अध्ययनका लागि जापान पुगेका नेपालीहरुले संखुवासभामा ब्लड बैंक खोल्न १ लाख १ हजार ५ सय जापानी येन सहयोग गरेका छन् । विरामी गाउंलेहरुलाई सदरमुकाम खांदबारीको अस्पतालमा पु¥याउंदा पनि रगतको अभावले कतिपयको मृत्यु हुने...
हत्या आशङ्कामा दुई पक्राउ जुम्ला । चन्दननाथ नगरपालिका–३ डाँडाकोट गाउँका ५० वर्षीय परबहादुर कामीको हत्या आशङ्कामा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गुठीचौर गाउँपालिका–३ गज्याङकोटका २८ वर्षीय दल रावत र सोही गाउँपालिका–५ का २३ वर्षीय उपेन्द्र भण्डारीलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको हो । “नियन्त्रणमा लिएकाहरु...
टिपर पल्टिँदा दुई जनाको मृत्यु काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिका–३ पोटगाउँस्थित सडकमा ना२क ३३८ नम्बरको फोहोर बोक्ने टिपर अनियन्त्रित भई पल्टिँदा शुक्रबार दुई जनाको मृत्यु भएको छ । टिपर सडकबाट करिब ५० मिटर तल खसेर भएको दुर्घटनामा चालक मकवानपुर घर भएका ३० वर्षीय माइला लामा र सहचालक धादिङ गल्छीका २५ वर्षीय कमल लाम...
मकवानपुर दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो हेटौंडा । मकवानपुरमा शुक्रबार भएको सुमो दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । रौतहटबाट काठमाडौँका लागि जाँदै गरेको सुमो मकवानपुरमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु ह...
सुमो दुर्घटनामा तीनको मृत्यु हेटौँडा। मकवापुरको इन्द्रसरोवर गाउँपालिका वडा नं ३ ओखरेडाँडा नजिक सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु र पाँच घाइते भएका छन्। चन्द्रनिगापुरबाट काठमाडौँतर्फ जाँदै गरेको ना१ज ३४३३ नंको सुमो अन्दाजी ३०० मिटर तल खसी आज दुर्घटना भएको थियो। मृतकको सनाखत हुन नसकेको भीमफेदी प्रहरीले जनाए...
अख्तियारमा स्थानीय तहका उजुरी धेरै नेपालगञ्ज। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित सम्पर्क कार्यालयमा स्थानीय तहका उजुरी धेरै परेका छन्। बाँके, बर्दिया र दाङ कार्य क्षेत्र रहेको अख्तियारको नेपालगञ्जस्थत सम्पर्क कार्यालयमा आर्थिक बर्ष २०७६/७७ को पहिलो पाँच महिनामा परेका ४३३ उजुरीमध्ये करिब आधा स्थानीय तहका ...
महिनावारी महिलालाई छाउगोठमा राख्नेलाई कारवाही डोटी। जिल्लामा भएका छाउगोठ हटाउन जिल्ला प्रशासन कार्यालयले उर्दी जारी गरेको छ। महिनावारी भएकी महिलालाई छाउगोठमा राख्नेलाई कारवाही गर्ने भन्दै प्रशासन कार्यालय ले यस्तो उर्दी जारी गरेको हो। जिल्लामा रहेका छाउगोठ हटाउन जिल्लाव्यापी अभियान चलाइएको जिल्ला प्रशासन कार्यालयले जना...
दुर्घटनामा एकको मृत्यु बनेपा । धुलिखेल नगरपालिका–११ पात्लेखेतस्थित बिपी राजमार्गमा बिहिबार अपराह्न सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–८ की अन्दाजी २५ वर्षीया मीनाकुमारी बोगटी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । रामेछापबाट काठमाडौँतर्फ आउँदै गरेको...
भन्सार छलेर ल्याएकोे सामानसहित दुई पक्राउ काठमाडौं । नेपाल प्रहरीले भन्सार छलेर ल्याएको सामानसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले काठमाडौँ महानगरपालिका–२५ टङ्गालस्थित हरिबहादुर श्रेष्ठको घरमा भन्सार छलेर अवैध रुपमा लुकाएर राखेको रु ५५ लाख मूल्य बराबरको सामान र नगदसहित दुई जनालाई बुधब...
बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भरतपुर । चितवनमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१ दियालो रोडमा बसले ठक्कर दिँदा राप्ती नगरपालिका–१३ बाक्सिलिङका १७ वर्षीय फिलिप प्रजाको मृत्यु भएको छ। पुल्चोकबाट पोखरा बसपार्क जाँदै गरेको ना४ख ६३३० नंको बसले आज बिहान ७ः३० बजे साइकलयात्रीलाई ठक्कर दिएको...
७० हजारसहित कम्प्युटर अपरेटर पक्राउ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरेलु तथा साना उद्योग कार्यालय मलङ्गवा, सर्लाहीमा कार्यरत कम्प्युटर अपरेटर नवीनकुमार सिंहलाई रु ७० हजार घुससहित नियन्त्रणमा लिएको छ । उद्योग दर्ता गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगबाट खटिइएको टो...
वैदेशिक रोजगारीमा ठगी गर्ने पक्राउ काठमाडौं । वैदेशिक रोजगारीमा ठगी गर्ने एक व्यक्तिलाई प्रहरीको महानगरीय अपराध नियन्त्रण महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको छ । धादिङ घर भई ललितपुर बस्ने मानबहादुर गुरुङलाई काठमाडौँको डिल्लीबजारबाट पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।...
त्रिशूलीमा डुबेर एक बालकको मृत्यु नुवाकोट । विदुर नगरपालिका–७ का एक बालकको बुधबार बिहान नदी तर्ने क्रममा त्रिशूली नदीमा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अविनारायण काफ्लेका अनुसार विदुर–७ का १४ वर्षीय शङ्कर तामाङको मृत्यु भएको हो । शङ्कर र उनका दुई साथी प्रातः भ्रमणमा निस्किनुभएको थियो । काफ्...
प्रेमीसँग बस्न महिलाले आफ्नै ‘हत्या’ गराएपछि… काठमाडौं। प्रेमीसँग बस्नको लागि एक महिलाले आफ्नै र आफ्नी छोरीको हत्या भएको हल्ला फैलाइन् । यतिमात्र होइन पिताको मोवाइलमा आफ्नो रगतमा लत्पतिएको फोटो पठाइन् । पुलिसले यो घटनाको अनुन्धान गर्दै जाँदा २ दिनपछि आमाछोरीलाई नै जिउँदै भेट्टायो । त्यसपछि यो नक्कली हत्या काण्डको आश्चर...
व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको भौचर मेला सम्पन्न काठमाडौं । दुई दिने भौचर मेला मंगलबार सम्पन्न भएको छ । व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको आयोजनामा भएको मेला मंगलबार सम्पन्न भएको हो । भौचरमा आधारित छोटो अवधिको तालिमा सहभागि हुन आवेदन दिएका मध्ये छनौट भएकाहरुलाई भौचर वितरण गर्ने उद्देश्यले ...
झापामा बसको ठक्करबाट बाटो काट्दै गरेकी अपरिचित महिलाको मृत्यु दमक । झापाको दमकमा बसले ठक्कर दिँदा पैदलयात्री महिलाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्गको दमक पश्चिम बस बिसाउने ठाउँमा आज बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना६ख ९३४३ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा अन्दाजी ४६ वर्षीया महिलाको ज्यान गएको इलाका प्रहर...
मिनीटिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वर–जनकपुर सडकखण्डको चाँदनीचोकमा मिनीटिपरले ठक्कर दिँदा एक साइकलयात्रीको सोमबार साँझ मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको पिपरा गाउँपालिका–४ का ५५ वर्षीय रामदिनेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले...
बीस किलो चरेस बरामद वीरगञ्ज । सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट भिस्वाले आज बिहान २१ वटा पोकामा रहेको २० किलो ८६० ग्राम लागुऔषध चरेस बरामद गरेको छ । नेपालबाट भारततर्फ अवैधरुपमा लगिरहेको सो चरेस सशस्त्र प्रहरी निरीक्षक हरि पराजुलीको कमाण्डमा खटिएको टोलीले धोबिनी गाउँपालिका–५ ओरिया खोला नजिकबाट बरामद गरेको हो । बिहान ४ः१...
जीप नियन्त्रणमा लिई लुटपाट गर्ने छ जना पक्राउ धनगढी । कैलालीको धनगढीबाट अत्तरियातर्फ गइरहेको बा१८च ९६४३ नं को जीप आइतबार नियन्त्रणमा लिई तोडफोड र लुटपाट गर्ने समूहका छ जनालाई प्रहरीले पक्राउ गरेको छ । गोदावरी नगरपालिकाका सुमित भट्टले चलाएको उक्त जीप धनगढीको बोराडाँडीमा नियन्त्रणमा लिई तोडफोड गर्दै निज भट्टका साथबाट मोब...
यार्सागुम्बासहित तीन पक्राउ काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गाबाट ४ किलो २ सय ४५ ग्राम यार्सागुम्बासहित तीन जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दार्चुला दुहम गाउँपालिका–५ का गर्जेसिंह महरा, भारत उत्तराखण्डका प्रेमसिंह र सोही ठाउँ बस्ने हरिशसिंह रहेको प्रहरी प्रधान कार्यालय ...
सेवाग्राहीसँग प्रहरीले घुस मागेपछि… काठमाडौं । शान्ति सुरक्षा र अमनचयन कायम गराउने जिम्मेवारी लिएको सुरक्षाकर्मीले नै सेवाग्राहीसँग घुस लिए भन्ने सुन्दा तपाईंलाई कस्तो लाग्छ ? पक्कै पनि नराम्रो लाग्छ होला । यस्तै भएको छ मोरङमा । विराटनगर, मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक श्यामकुमार दाहालले सेवाग्राहीलाई अनावश्यक दु...
विदेशबाट फर्केर गाउँमै तरकारीखेती गरेका मोहनको आम्दानी वार्षिक सात लाख बागलुङ। बागलुङको गलकोट नगरपालिका–२ तोरिखोलाका ३९ वर्षीय मोहन घर्तीमगरले विदेशबाट फर्केर गाउँमै तरकारीखेती गरी मनग्य आम्दानी गर्दै आएका छन्। तेह्र वर्ष साउदी अरब र तीन वर्ष दक्षिण कोरिया बिताएर नेपाल फर्किएका मगरले गाउँमै तरकारी उत्पादन गरी विदेशमा भ...
बिहीबार बिहान झण्डै तीन घण्टा खण्डग्रास सूर्यग्रहण काठमाडौं। यही पुस १० गते बिहीबार पौष कृष्ण औँसीका दिन बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। ग्रहणले बिहान ८ः४२ मा स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। पश्चिम र नैऋत्य कोणको बीचबाट बिहान ग्...
कर्णालीका प्रत्येक वडामा स्वास्थ्य संस्था निर्माण कार्य शुरु जाजरकोट। कर्णाली प्रदेशमा दुई वर्षभित्र १ सय ७० वटा आधारभूत स्वास्थ्य केन्द्र निर्माण गर्ने उद्देश्यका साथ काम शुरु भएको छ। स्वास्थ्य संस्था निर्माण कार्य शुरु भएसँगै स्थानीयवासी खुशी भएका छन्। बसैनि कुनै न कुनै समस्याबाट पीडित बन्दै आएको कर्णालीका दुर्गम जिल...
छ किलो कोकिनसहित चार जना विदेशी नागरिक पक्राउ काठमाडौं । नेपाल प्रहरीले ६ किलोग्राम अवैध लागुऔषध कोकिनसहित चार विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले अवैध रुपमा लागुऔषध लिएर हिँडेको अवस्थामा बेलारुसी नागरिक पाभेल भेसिलयु, एलिना एल्डोसाइना, बोलिभियन नागरिक रोवर्टो कार्लोस मेरुविया...
इराक कुर्दिस्तानमा रहेका नेपाली इसाई धर्मावलम्बीहरूले मनाए ख्रीष्टमस सुलेमानी । इराक कुर्दिस्तानमा रहेका नेपाली इसाई धर्मावलम्बीहरूले मेरी ख्रीष्टमस मनाएका छन् । गएको शुक्रबार  कुर्दिस्तानको सुलेमानी शहरमा नेपाली  इसाईहरुद्वारा स्थापना गरेको  चर्चमा विशेष कार्यक्रम गरेर मेरी  ख्रीष्टमस मनाएका हुन् । कार्यक्रममा कुर्दिस...
नुवाकोटको मुल्थलामा आइचर दुर्घटना, २ जनाको मृत्यु विदुर । नुवाकोटको विदुर नगरपालिका–६ स्थित मुल्थलामा बाटोको काम गर्ने नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालिका कर्मचारीको आइचर दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ। मुल्थलाबाट चैनपुरतर्फ काम गर्न जाँदै गरेको बा२क ७९१० नंको आइचरमा सवार सोही कम्पनीका कर्मचारी दुईजनाको दुर्घ...
किन बोलाइन् राष्ट्रपतिले शितल निवासमा नेकपाका नेताहरु ? काठमाडौंं। राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तारुढ दलका नेता र केही मन्त्रीलाईसमेत शितल निवास बाेलाएको विषयले सोही दिनको पार्टी स्थायी कटिमीको बैठकमा उग्ररुप लिन पुग्यो। राष्ट्रपति पदीय मर्यादा भन्दा बाहिर गई सक्रिय भूमिका निर्वाह गर्न खोजेकोले पार्टीलाई अप्ठेरो ...
मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौं । काठमाडौँको गोकर्णेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–११ कपन कृष्णमन्दिर सडकमा बा७प ८८५१ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापा धुलाबारी नगरपालिका–१३ का ५५ वर्षीय यासाङ ढुन्दु शेर्पाको मृत्यु भएको हो । दुर्घटनामा गम्भी...
प्रेस सङ्गठनको राष्ट्रिय भेला पुस १२ मा काठमाडौं । प्रेस सङ्गठन नेपालको एकतापछि शपथ ग्रहण प्रथम राष्ट्रिय भेला तथा कार्यक्रम यही पुस १२ गते काठमाडौँमा हुने तय भएको छ । भेलामा सङ्गठनका केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय आयोगका सदस्य, प्रदेश कमिटीका पदाधिकारी, जिल्ला (प्रतिष्ठान र एसोसिएट) का संयोजक र सहसंयोजक सहभागी हुन...
रामपुरलाई फोहोरमैला व्यवस्थापनको चुनौती पाल्पा। प्रकृतिले धेरै सुन्दरता दिए पनि आन्तरिक फोहोरमैलाको व्यवस्थापन नहुनु पाल्पाको रामपुर नगरपालिकाका लागि चुनौतीको विषय बनेको छ। प्रकृति र संस्कृतिको बरदानजस्तै बनेको रामपुरमा फोहरमैला सङ्कलन गरेर नगरपालिकाले राम्रो आम्दानी गर्न सक्ने भए पनि उचित व्यवस्थापन नहुँदा फोहर मोहरमा...
चिसो बढेसंगै राजविराजका विद्यालय तीन दिनका लागि बन्द गरियो सप्तरी। सप्तरीको राजविराज नगरपालिकाका सम्पूर्ण विद्यालय अगामी तीन दिनका लागि बन्द गरिने भएको छ। राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले शनिबार जारी गरेको विज्ञप्तिमा केही दिनयता अत्यधिक चिसो बढेकाले विद्यालय जाने बालबालिकालाई असर पर्ने भएकाले यही पुस ६ द...
चिसो अझै बढने, धनगढीको न्यूनतम तापक्रम माइनसमा झर्यो काठमाडौं। पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज एक बुलेटिन जारी गदैँ पश्चिमी वायुक...
बागलुङको सिसाखानीतर्फ जाँदै गरेको जिप दुर्घटना बागलुङ । बागलुङको खर्वाङ बजारबाट सिसाखानीतर्फ जाँदै गरेको जिप आज बिहान दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्र्यालयले जनाएको छ। लु१च ७७१८ नंको पिकअप जिप बडिगाड गाउँपालिका–२ सक्न्यार टुटीफेदमा दुर्घटना भएको हो। खर्वाङ...
अन्तर्राष्ट्रिय मिडियाको नजरमा मोदी ‘धर्मान्ध’, जबरजस्ती हिन्दूधर्म लाद्न खोजेको आरोप काठमाडौं। भारतमा नागरिकता कानुनका विषयमा भइरहेको प्रदर्शन र प्रदर्शनकारीहरुमाथि पुलिस दमनका विषयमा अन्तर्राष्ट्रिय मिडियाहरुले लगातार समाचार र विचार प्रकाशन गरिरहेका छन् । धेरैजसो अन्तर्राष्ट्रिय मिडियाहरुले भारतको संविधानमा धर्म निरप...
अर्टेटा बने आर्सनलको मूख्य प्रशिक्षक एजेन्सी । इन्ग्लिश क्लब आर्सनलले मिकेल अर्टेटालाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । आर्सनलले शुक्रबार म्यानचेस्टर सिटीका सहायक प्रशिक्षक अर्टेटालाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो । पेप ग्वार्डीवाला सन् २०१६ मा सिटी आएपछि उनी सहायक प्रशिक्षक बनेका थिए । आर्सनलले मुख्य प्रशिक्षक उना...
आव २०७५/०७६ मा १३ हजार ३ सय ६६ दुर्घटना, २ हजार ७८९ को मृत्यु काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले सडक दुर्घटना न्यूनिकरण गर्न मन्त्रालय एक्लैले नसक्ने बताएका छन्। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकमा मन्त्रालयका सचिव कार्कीले सडकको क्षेत्...
झापाको बिर्तामोडमा बसको ठक्करबाट सेक्युरिटी गार्डको मृत्यु सुरुङ्गा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड सडकखण्डमा आज बिहान यात्रुवाहक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम घर भई हाल कनकाई नगरपालिका–३ लक्ष्मीपुर बस्दै आएका ५६ वर्षीय होमनाथ ढुङ्गेल रहेका छन्। बिर्तामोडस्थित कृषि थोक बजारमा...
नेपाल फोटो पत्रकार महासङ्घको अध्यक्षमा आले विराटनगर । नेपाल फोटो पत्रकार महासंघको बिहिबार भएको पहिलो महाधिवेशनले ध्रुव आलेको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मतिले चयन गरेको छ । महासंघको उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहसचिव र सहकोषाध्यक्षमा क्रमशः सागर श्रेष्ठ, हरि रेग्मी, रत्नकृष्ण श्रेष्ठ, ब...
नेकपा निकट प्रेस सङ्गठन काठमाडौँले पायो पूर्णता काठमाडौं । प्रेस सङ्गठन काठमाडौँले पूर्णता पाएको छ । प्रेस चौतारी र प्रेस सेन्टरको एकतापछि बनेको प्रेस सङ्गठन काठमाडौँ जिल्लाको संयोजकमा सागर पन्त र सहसंयोजकमा पुकार तिमल्सिना चयन भएका छन्। सङ्गठनका प्रदेश नं ३ इन्चार्ज विश्वमणि सुवेदी, उपत्यका प्रदेश इन्चार्ज सुरोजङ्ग पा...
एकलाख नगदसहित नौ जुवाडे पक्राउ काठमाडौं । नेपाल प्रहरीले १ लाख सात हजार ५ सय १० नगदसहित नौ जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग स्वीचाटारबाट खटिएको प्रहरी टोलीले नागार्जुन नगरपालिका–९ स्वीचाटारस्थित सीताराम बुढाथोकीको घरमा जुवा खेलिरहेको अवस्थामा बुधबार राति पक्राउ गरेको हो । पक्राउ परेकासँग प्रहरीले तास र...
सवारी दुर्घटनामा परी २ जनाको मृत्यु काठमाडौं । ललितपुर र काभ्रेका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। ललितपुर महानगरपालिका–९ बालकुमारी खरीबोटस्थित सडकमा बिहीबार बिहान बा.२ ज २८०६ नम्बरको ट्याक्सीको ठक्करबाट गम्भीर घाइते भएकी महिलाको ज्यान गएको छ । ट्याक्सीको ठक्करबाट गम्भीर घाई...
कसले घन्कायो मन्त्रिपरिषद्को बैठकमा अंग्रेजी गीत ? काठमाडौं । मन्त्रीपरिषद्को बैठक शुरु भइसकेको थियो। सबै मन्त्रीहरुले आ—आफ्नो ल्यापटप खोल्न थाले । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठकका एजेण्डाहरु कागजमा नभई ल्यापटपमै राख्न दिएको निर्देशनवमोजिम प्रधानमन्त्री कार्यालयले मन्त्रीहरुलाई पासवर्ड राखेर बैठकका एजेण्डाहरु...
बग्गीखाना क्षेत्रमा विशेष सफाइ काठमाडौँ । उपत्यकाका विभिन्न स्थानका सफाइ अभियानकर्मीले मुलुककै प्रमुख प्रशासनिक स्थल सिंहदरबारअघिको बग्गीखाना क्षेत्रको सफाइ गरेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखा रहेको यस क्षेत्रमा चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा दिन दैनिक सयौँको सङ्ख्यामा सेवाग्राही आउने भएकाले सफाइका क्रममा...
जिप दुर्घटना, प्रहरी जवानको मृत्यु बैतडी । यात्रुबाहक जिप पल्टिँदा बैतडीमा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका–१ का २४ वर्षीय सुदीप श्रेष्ठ रहेको बैतडीका प्रहरी प्रवक्ता किसन चन्दले जानकारी दिए । मृतक श्रेष्ठ बैतडीस्थित पुरघाट प्रहरीचौकी हाटमा कार्यरत थिए । आज खोड्पेबाट पुर्चौडी...
घुससहित प्रहरी रङ्गेहात पक्राउ कलैया । अपराध नियन्त्रणका लागि सादा पोशाकमा खटिएका घुमुवा प्रहरीलाई अख्तियारको टोलीले रु १५ हजार घुससहित रङ्गेहात पक्राउ गरेको छ । पक्राउपर्नेमा जिल्ला बारा देवताल गाउँपालिका वडा नं १ बडकी फूलबरिया बस्ने प्रहरी जवान सरोज यादव रहेको अख्तियारका प्रहरी नायब उपरीक्षक केशव भट्टराईले जानकारी दि...
जबर्जस्ती करणी कसुरमा १७ वर्ष कैद नुवाकोट । बालिकालाई जबर्जस्ती करणी गरेको कसुरमा थुनामा रहेका विदुर नपाका ४० वर्षीय चन्द्रबहादुर सुनारलाई जिल्ला अदालतले १७ वर्ष कैद सजाय सुनाएको छ । छ वर्षीय बालिकालाई विसं २०७३ पुस २० गते सुनारले जबर्जस्ती करणी गरेको मुद्दामा दोषी ठहर गर्दै उक्त फैसला गरिएको हो । जिल्ला न्यायाधीश उमेश...
अधिकांश सडक दुर्घटनाहरु मानविय कारणले हुन्छन् : महानिर्देशक शर्मा काठमाडौं । सडक विभागका महानिर्देशक केशव शर्माले अधिकांश सडक दुर्घटनाहरु मानविय कारणले हुने गरेको बताएका छन् । रिपोर्टस क्लबमा भएको साक्षत्कारमा महानिर्देशक शर्माले विश्वव्यापी अध्ययनले पनि सडक दुर्घटनाको पहिलो कारण मानविय त्रृटी नै भएको देखाएको बताएका हु...
काँग्रेस नेता ढुङ्गेलको पुशपति आर्यघाटमा अन्त्येष्टि काठमाडौं । नेपाली काँग्रेसका नेता एवं दोस्रो संविधानसभा सदस्य सूर्यविनायक नगरपालिका–५ कटुञ्जे निवासी रामेश्वर ढुङ्गेलको पुशपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । विसं २०१६ असार २९ गते कटुञ्जेमा जन्मनुभएका ढुङ्गेलको गत आइतबार मष्तिस्काघात भएपछि त्रिवि शिक्षण अस्पताल महार...
भारतीय नम्बर प्लेट भएको जीपको ठक्करबाट मृत्यु कञ्चनपुर । भारतीय नम्बर प्लेटको स्कारपियो जीपको ठक्करबाट कञ्चनपुरको भीमदत्तनगरपालिकामा मंगलबार बेलुकी एक जनाको मृत्यु भएको छ । भीमदत्तनगर बजारबाट गड्डाचौकीतर्फ गइरहेको डिएल १ आरटी ८९४२ नंको जीपले विपरीत दिशाबाट आइरहेको म२प ९४९५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भ...
प्रसिद्ध जापानी आरोही हिरोताका भन्छन्– नेपाल पृथ्वीको स्वर्गजस्तो काठमाडौँ। “पाकिस्तानको गासेरब्रुम हिमाल चढ्दा दुर्घटनामा परेँ। मेरुदण्डको हड्डी भाँच्चियो, सँगैका केही साथी पनि त्यसैमा परेर मरे। मलाई पनि बचुँलाजस्तो लागेन। भ्रमण दलका एकजना आरोही चिकित्सक रहेछन्। उनले भने– तिमी भोलिसम्म मर्छौं, तिम्रो घर परिवारलाई केही...
सामाखुशीमा दुई बस एकापसमा ठोक्किँदा पच्चीस यात्रु घाइते काठमाडौं । काठमाडौँको सामाखुशीमा दुई बस एकापसमा ठोक्किँदा २५ यात्रु घाइते भएका छन् । नयाँ बसपार्कबाट महाराजगञ्जतर्फ जाँदै गरेको बा ५ ख ८२२६ नं को यात्रुबाहक बस र महाराजगञ्जदेखि नयाँ बसपार्कतर्फ जाँदै गरेको बा १ ख ८६९३ नं को यात्रुबाहक बस आज साँझ ६।१५ बजे ठोक्किँदा...
नेपाली काँग्रेसद्वारा शाेक वक्तव्य जारी, मृतक ४ जनाप्रति श्रदाञ्जली काठमाडाैं ।  नेपाली काँग्रेसले प्रजातन्त्र सेनानी बलाराम नायक, बष्ठि अभिनेता दिपक क्षेत्री, चलचित्र बार्डका अध्यक्ष केशव भट्टराई र नेविसंघका संस्थापक सदस्य चित्रबहादुर कार्कीको निधन प्रति गहिरो दुख व्यक्त गरेको छ । सोमबार एक शोक वक्तव्य जारी गर्दै काँग...
सिन्धुपाल्चोक बस दुर्घटना : गाउँ शोक र चिन्तामा चाैतारा। पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको लोथरमा आज बिहान दुई वटा ट्रक एकापसमा ठक्कर खाँदा एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा ट्रकका चालक कन्काई नगरपालिका–१ झापाका ४० वर्षीय अर्जुन जोगी रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको ज...
एक किलो चाँदीसहित भारतीय नागरिक पक्राउ महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वर–मटिहानी सडकखण्डमा सशस्त्र प्रहरीले एक किलो चाँदीसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत, बिहार राज्यस्थित मधुबनी जिल्लाको महरैल गाउँ पञ्चायत बस्ने २१ वर्षीय प्रदीपकुमार ठाकुर रहेको सशस्त्र प्रहरी नेपाल ९ नं गण हेडक्वार्टर जलस...
चितवनको लोथरमा २ वटा ट्रक ठोक्किए, एकको मृत्यु, ३ जना घाइते चितवन । पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको लोथरमा आज बिहान दुईवटा ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। मृत्यु हुनेमा ट्रकका चालक हेटौँडा उपमहानगरपालिका–१४ का २६ वर्षीय वीरबहादुर लोप्चन रहेका छन्। जिल्ला प्रहरी का...
सिजी कम्युनिकेशनद्वारा सर्वोच्चमा रिट काठमाडौं । सर्वोच्च अदालतमा चौधरी समूहद्वारा सञ्चालन गरेको सिजी कम्युनिकेशन प्रालिले फ्रिक्वेन्सी बढाबढ गर्ने कार्य रोक्न माग गर्दै रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाइ आइ...
सिन्धुपाल्चोक दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १५ पुग्यो, १४ को सनाखत काठमाडौं । सिन्धुपाल्चोकदेखि दोलखाको कालिञ्चोक तीर्थ यात्रा गएर फर्केको बस दुर्घटनामा मृत्यु भएका १५ मध्ये हालसम्म १४ यात्रुको सनाखत भएको छ । दुर्घटनामा दोलखा, भीमेश्वर नगरपालिका–९ की ४२ वर्षीया लक्ष्मी श्रेष्ठ, दोलखा, शैलुङ्गेश्वरी गाउँपालिका फ...
सिन्धुपाल्चाेकमा दुर्घटना अपडेट : चौध मृतकमध्ये १२ को सनाखत काठमडौं । सिन्धुपाल्चोकदेखि दोलखाको कालिञ्चोक तीर्थ यात्रा गएर फर्केको बस दुर्घटनामा मृत्यु भएका १४ मध्ये हालसम्म १२ यात्रुहरुको सनाखत भएको छ । दुर्घटनामा दोलखाको भिमेश्वर नगरपालिका–९ की वर्ष ४२ की लक्ष्मी श्रेष्ठ, रामेछाप उमाकुण्ड गाउँपालिका–४ प्रितिका वर्ष २...
धनुषा विस्फोट ‘रिसइवी’का कारण ! धनुषा। धनुषा जिल्लाको सखुवा महेन्द्रनगरमा शुक्रवार राति भएको बम विस्फोटको घटनाको अनुसन्धान साँघुरो पार्दै लगिएको प्रहरीले जनाएको छ। प्रदेश नं २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रद्युम्नकुमार कार्कीले अनुसन्धानको घेरालाई साँघुरो बनाइँदै गरिएकाले अनुसन्धान चाँडै निष्कर्ष...
पन्ध्र वर्षपछि हत्यारा पक्राउ काठमडौं । नेपाल प्रहरीले १५ वर्षअगाडि धारिलो हतियार प्रयोग गरेर हत्या गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विस २०६१ वैशाखमा नुवाकोटको तारकेश्वर गाउँपालिकाका १५ वर्षीय लैलु लामाको हत्यामा सङ्लग्न सन्तबहादुर तामाङ र केशव लामालाई शनिबार पक्राउ गरी आ...
कालिञ्चोक दर्शन गरेर फर्किँदै गरेको बस दुर्घटना, ठुलो हताहतिको आशंका नयाँ बानेश्वर । सिन्धुपाल्चोकको सुनकोशी–७ मा यात्रुवहाक बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा ठुलो हताहति भएको बताईएको छ। सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नम्बर ७ स्थित छ किलो भन्ने स्थानमा बा ४ ख ४४६८ नम्बरको यात्रुवहाक बस दुर्घटना भएको जिल्ला प...
गुल्मीमा एक युवक मृतावस्थामा भेटीए गुल्मी । गुल्मीमा एक युवक मृतावस्थामा फेला परेका छन् । गुल्मी, धुर्कोट गाउँपालिका–४ को जैसीथोक बस्ने २२ वर्षीय कमल खत्री मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए । शुक्रबार बेलुकी घरबाट निस्केका खत्री रातिसम्म पनि घर नफर...
काठमाडौँ आउँदै गरेको मोटरसाइकल काभ्रेमा दुर्घटना, चालकको मृत्यु, एक घाईते बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं ६ चौकीडाँडास्थित बिपी राजमार्गमा पूर्वबाट काठमाडौँतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका एक जनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। शुक्रबार दिउँसो बा९२प ५१९२ नंको मोट...
चितवनमा सवारी दुर्घटना, ६३ जना घाईते चितवन । सिमसिम पानी परेसँगै ठाउँठाउँमा सवारी दुर्घटना हुँदा ६३ जना घाइते भएका छन्। बिहीबार राति १०ः४५ बजे यता भएका पाँच सवारी दुर्घटनामा ती व्यक्तिहरु घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाका अनुसार आज दिउँसो भरतपुरको मालपोत चोकमा स्कुटर र मोटरसाइक...
उत्पादनशील क्षेत्रमा विप्रेषणको प्रयोग नभएकोप्रति चिन्ता काठमाडौं । ठूलो सङ्ख्यामा विदेशमा श्रम र पसिना बगाएर स्वेदश पठाएको विप्रेषणको सही सदुपयोग नभएकोमा चिन्ता व्यक्त गरिएको छ । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस २०१९ को सन्दर्भमा पारेर नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघ (फियोजना) ले आयोजना गरेको ‘कामद...
विद्यालयमा विद्यार्थी घट्दै गए, जग्गा मिचिदै गयाे काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको वडा नं २ भूमिस्थलीमा रहेको बालसुधार माध्यमिक विद्यालयको जग्गा वरिपरिबाट मिचिन थालेको छ । विद्यालयमा विद्यार्थी घट्दै जान थालेपछि विद्यालयको जग्गासमेत मिचिएको छ । पुर्जामा विद्यालयको २० रोपनी जग्गा छ । भोगचलनमा आधाजति जग्गा मात्र देखिन्...
आगलागी हुँदा ५ जना घाईते लाखौँ धनमालको नष्ट काठमाडौं । देशका विभिन्न स्थानमा आगलागी हुँदा लाखौँ रुपैयाँको क्ष्ति भएको छ । बुधबार राति र बिहीबार विहान देशका विभिन्न स्थानमा भएको आगलागीबाट बुधबार राति काठमाडौं महानगरपालिका–२२ सुन्धारास्थित कुलमान श्रेष्ठको पानस रेष्टुरेण्टको भान्सामा ग्याँस लिक भई आगलागी हुँदा रेष्टुरेण्...
सवारी दुर्घटनामा ७ को मृत्यु ६ घाईते काठमाडौं । देशका विभिन्न स्थानमा भएका दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । मकवानपुर, बर्दिया, सुनसरी, नवलपरासी(पूर्व), दोलखा र सिन्धुपाल्चोकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको हो । मकवानपुरको हटौंडा उपमहानगरपालिकामा सडकमा ना.४२ प ७५०६ नम्ब...
श्रोत नखुलेको १३ लाख रुपैयाँसहित २ जना पक्राउ काठमाडौं । बाँकेमा श्रोत नखुलेको १३ लाख नेपाली रुपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र पाँच नम्बर प्रदेश ब्युरोबाट खटिएका प्रहरीले भे. ५ प २७१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा १३ लाख रुपैयाँ सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । ...
दोलखामा स्काभेटर दुर्घटना, एकको मृत्यु, तीन घाइते दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–२ तिखातलमा गए राति स्काभेटर दुर्घटना हुँदा एकको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्। गए राति १० बजेको समयमा चरिकोटबाट दोलखा बजार जाने क्रममा स्काभेटर दुर्घटना हुँदा दोलखा जिल्ला बिगु गाउँपालिका–८ खोपाचागुका २२ वर्षीय राजु थामीको ज्...
टान र नेपाल भ्रमण वर्ष २०२० सचिवालयबीच सम्झौता काठमाडौं । नेपाल भ्रमण वर्षको प्रभावकारी प्रवद्र्धनका लागि नेपाल भ्रमण वर्ष २०२० सचिवालय र ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) बीच दुईपक्षीय समझदारी भएको छ । भ्रमण वर्षको राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गरी भ्रमण वर्षलाई सफल बनाउने विभिन्न कार्यक्रम आ...
पत्रकारमाथि भएको कुटपिटप्रति विरोध काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद ९साग० को समापनका दिन मङ्गलबार पत्रकार सुमन चापागाईं माथि नेपाल प्रहरीले निर्घात कुटपिटप्रति प्रेस काउन्सिल नेपालले विरोध गरेको छ । काउन्सिलले बुधबार प्रेस विज्ञप्ति जारीगरी मङ्गलबार बिहान ११ः०० बजे फोटो खिच्ने क्रममा नागरिक दैनिक तथा नेपाल खेलक...
प्रेस युनियनको महाधिवेशन स्थगित, अध्यक्ष सिग्देलले मागे माफी काठमाडौं। नेपाल प्रेस युनियनको महाधिवेशन फेरि रोकिएको छ। पटक पटक मिति घोषणा गरेर रोकिँदै आएको प्रेस युनियनको महाधिवेशन यही मंसिर २८ र २९ गते काठमाडौंमा गर्ने भनिएको थियो। तर, दुई दिन अगाडि बुधबार अध्यक्ष बद्रि सिग्देलले विज्ञप्ति जारी गर्दै हाललाई महाधिवेशन ग...
नाइजेरियन नागरिकले नेपालीको सहयोगमा ठगी धन्दा चलाएको खुलासा काठमाडौं। विभिन्न सामाजिक सञ्जालमा मानिसहरुलाई प्रलोभन देखाएर ठगी गर्ने गिरोह प्रहरीको फन्दामा परेको छ। भाइबर, इमो लगायतका सामाजिक सञ्जालको प्रयोग गरी ठगि गर्ने गिरोहका तीनजालाई प्रहरीले पक्राउ गरेसँगै ठगी धन्दा चलाउनेको सञ्जालबारे खुलासा भएको हो। भाइबर, इमो, ...