content stringlengths 20 64.1k ⌀ |
|---|
हिमालयको क्वालालम्पुर पुनः सीधा उडान शुरु काठमाडौं । हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान शुरुआत गरेको छ । नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानी रहेको सो एयरलाइन्सले सोमबारदेखि सो शहरमा सीधा उडान शुरु गरेको बुधबार विज्ञप्तिमार्फत जनाएको छ ।
हिमालयले पहिलो उडान सन् २०१७ फेब्रुअरी १० दे... |
मकववानपुरमा सवारी दुर्घटना, २ जनाको मृत्यु हेटौँडा । मकववानपुरको हेटौँडा र मकवानपुरगढी गरी दुई छुट्टाछुट्टै स्थानमा गएराति सवारी दुर्घटनामा परी दुईको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।
गएराति हेटौँडा बजारबाट मकवानपुरगढीतर्फ जाँदै गरेको बा४ख ६३५५ नंको टिपरले ठक्कर दिँदा एकको मृत्यु भएको छ ।
मकवानपुरगढी गाउँपालिका–४, ... |
बाबुको हत्या आशङ्कामा आमा–छोरा पक्राउ सुर्खेत । प्रहरीले पूर्वी सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ मालनेटाबाट बाबुको हत्या आशङ्कामा आमा–छोरालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार सोही ठाउँका ४७ वर्षीय लोकबहादुर बिसीको हत्या आशङ्कामा श्रीमती सुमित्रा र छोरा कमल बिसीलाई मङ्गलबार साँझ पक्राउ गरिएको हो।
इला... |
५० हजार घुस रकमसहित सइ र प्रहरी जवान पक्राउ सर्लाही । नेपाल–भारत सीमा नजिकै रहेको ब्रम्हपुरी गाउँपालिका त्रिभुवननगर प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सइ) राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले रु ५० हजार घुस रकमसहित मङ्गलबार पक्राउ गरेको छ।
भारतबाट ... |
शहरी उत्थानशीलता परियोजनासम्बन्धी समझदारी पाेखरा । पोखरा महानगरपालिका र बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास मन्त्रालय (डिएफआइडी)बीच नेपाल शहरी उत्थानशीलता परियोजना (सुदृढ) सञ्चालन समझदारी भएको छ । परियोजनाका माध्यमबाट महानगरको दिगो शहरी विकास तथा आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यसहित महानगर प्रमुख मानबहादुर जिसी र डिएफ... |
खेलकुद पत्रकार मञ्चद्वारा पत्रकारमाथि भएको दुव्र्यवहारको भत्र्सना काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले १३औं सागको समापनको दिन सदस्य सुमन चापागाँईमाथि भएको दुव्र्यवहारको भत्र्सना गरेको छ । १३औं सागको समापनको दिन फोटो लिने क्रममा पत्रकार माथि भएको घटनालाई निन्दनीय भनेको छ ।
विज्ञप्तिमा घटनामा संलग्न प्रहरीलाई कारवाहीको... |
यातायात कार्यालयमा कर्मचारीको अभाव, सेवाग्राहीलाई सास्ती काठमाडौं । काठमाडौँ उपत्यकामा रहेका चार वटा यातायात कार्यालयमध्ये सेवाग्राहीको सबैभन्दा बढी चाप रहेको एकान्तकुनास्थित चालक अनुमतिपत्र कार्यालयमा आवश्यकतानुसार कर्मचारी छैनन् । कार्यालयमा कामको चापअनुसार कर्मचारीको संख्या कमी देखिएको हो ।
थोरै कर्मचारीबाटै काम गरा... |
पूर्वमन्त्री महासेठद्वारा सवारीसाधन फिर्ता काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूर्वमन्त्री रघुवीर महासेठले मन्त्रालयबाट पाएका सवारीसाधन फिर्ता गरेको जनाएको छ ।
पूर्वमन्त्री महासेठले सवारीसाधन फिर्ता नगरेको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति ध्यानाकर्षण भएको मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवलीद... |
उपसचिव रिजाललाई निलम्बन गर्न आयोगको पत्र काठमाडौं । सेवाग्राहीसँग घुस लिएको अभियोग लागेका जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयलाई आग्रह गरेको छ ।
नेपाल सरकारका उपसचिवसमेत रहेका रिजालले आफ्नो क्षेत्राधिकार भित... |
नवलपरासीमा गहुँ ‘जोन’ कार्यक्रम लागू परासी । गहुँमा आत्मनिर्भर हुने उद्देश्यसाथ पश्चिम नवलपरासीको चार स्थानीय तहमा गहुँ ‘जोन’ कार्यक्रम लागू भएको छ। सङ्घीय सरकारअन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत चालू आव २०७६/०७७ देखि जिल्लामा सो कार्यक्रम सञ्चालन गरिएको हो।
हालै जिल्लामा स्थापना भएको परियोजना कार्... |
ललितपुरका सांसदबाट सडक अनुगमन, कालोपत्रलाई मुख्य ध्यानमा राखेको भनाई ललितपुर । ललितपुरका प्रदेश तथा प्रतिनिधिसभाका सांसदले सातदोबाटो–चापागाउँ– लेले सडक खण्डको सोमबार अवलोकन गरेका छन् । हाल सो क्षेत्रमा भइरहेको कालोपत्र तथा मर्मतसम्भारको काम कतिको प्रभावकारी छ भन्ने जानकारी हासिल गर्न उनिहरुले आज बिहान टाहाखेल चौताराबाट... |
कार दुर्घटनामा परी ग्लोबल आईएमई बैँकका प्रबन्धकको मृत्यु कपिलवस्तु । पूर्व–पश्चिम राजमार्गमा पर्ने कपिलवस्तुको बोर्डगाउँ नजिकै बा. ६ च ६३९० नम्बरको कार सोमबार बिहान ८ बजेतिर दुर्घटना हुँदा ग्लोबल आईएमई बैंक बनगाई शाखाका प्रबन्धकको मृत्यु भएको छ ।
कार दुर्घटनामा परी कपिलवस्तु नगरपालिका–९ हरनामपुर निवासी २९ वर्षीय सुरज... |
बेलकोटगढीबाट ४४ राउण्ड गोलीसहित २ जना पक्राउ नुवाकोट । बेलकोटगढी नगरपालिका–७ रातमाटा बस्ने आईतराम राई र उनको घरमा डेरा गरी बस्ने ३५ वर्षीय नारायणकाजी आलेमगरलाई म्याग्नममा लाग्ने ४४ राउण्ड गोली सहित आइतबार प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी तारुकाबाट खटिएको प्रहरीले नारायणकाजी आलेमगरको कोठा जाँच गर्ने क्रममा उक्त गोली... |
मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु धनगढी । धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा मोटरसाइकलको ठक्करबाट आज बिहान एक महिलाको मृत्यु भएको छ।
बैयाबेहडी–२ कै २१ वर्षीय गोविन्द सुनारले चलाएको से६प २३११ नंको मोटरसाइकलको ठक्करबाट स्थानीयवासी ५५ वर्षीया पैदल यात्री शान्तादेवी जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रह... |
गाडीको ठक्करबाट प्रहरी हवल्दार पाठकको मृत्यु चितवन । भरतपुर महानगरपालिका–१ रामनगरमा गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ।
मृत्यु हुनेमा धादिङ जिल्ला नीलकण्ठ नगरपालिका–१० घर भई जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार यदुप्रसाद पाठक रहेका छन् ।
जिप्रका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरा... |
प्रहरीद्वारा फरार अभियुक्त पक्राउ काठमाडौं । हाडनाता करणी मुद्दाका फरार अभियुक्तलाई धादिङ प्रहरीले पक्राउ गरेको छ ।
पक्रउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका ५ का अम्बर बहादुर राना मगर रहेको प्रहरीले जनाएको छ । २०५४ सालमा हाडनाता करणीको मुद्दा लागेर फरार रहेको अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालत धादिङमा बुझाएको धादिङ प्रहर... |
लागूऔषध बनाउने रसायन सहित चिनियाँ नागरीक पक्राउ काठमाडौं । प्रहरीले लागू औषध बनाउने रसायन सहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । लागू औषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले लागू औषध बनाउने ४ किलो २ सय ग्राम रसायन ईफेड्रिनसहित एक जना चिनियाँ नगारिकलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।
प्... |
बेलायतमा चुनावअघि दुई नेताबीच आरोप प्रत्यारोप, ब्रेक्जिट नै मुख्य मुद्दा लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसन र विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनबीच शुक्रबार राति अन्तिम चुनावी टेलिभिजन बहसमा आमनेसामने भएका छन्।
बेलायतमा संसदको आमचुनाव आउन छ दिन बाँकी हुँदा आयोजित यो बहस निकै रोचक बनेको थियो । ब्रेक्जिट र ... |
चितवनको अटो दुर्घटनामा परी ज्यान गुमाउनेको पहिचान खुल्यो काठमाडौं । चितवनमा शनिबार अटो दुर्घटनामा परी ज्यान गुमाउने ५ जनामध्ये ४ जनाको पहिचान खुलेको छ।
चितवनको राप्ती नगरपालिका–४ मा शनिबार साँझ ना १ ह ६४०९ नम्बरको अटो दुर्घटना हुँदा पर्वतको कुस्मा नगरपालिका घर भई चितवनकै खैरहनी नगरपालिका–८ बस्दै आएका ४९ वर्षका श्यामप्र... |
झापामा वनभोजका लागि जाँदै गरेको बस दुर्घटना झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोड सडकखण्डको रेखापुल नजीकै आज बिहान भएको बस दुर्घटनामा परी १३ जना घाइते भएका छन्।
झापाको दमकबाट वनभोजका लागि इलामको कन्याम हिँडेको ना६ख ६१८१ नंको बस दुर्घटनमा परेको हो।
दुर्घटनामा परी घाइते भएका सबैको बिर्तामोडस्थित बी एन्ड सी अस्पता... |
पत्रकारमाथि भएको आक्रमणको भत्र्सना काठमाडौं। पत्रकारहरु रामचन्द्र दुलाल, सिबी खड्का (छक्कबहादुर खड्का), प्रकाशचन्द्र दाहाल माथि भएको आक्रमणको नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले भत्र्सना गरेको छ ।
स्थलगत रिपोर्टिङका क्रममा बिहीबार दिउँसो काठमाडौँबाट काभ्रेको बनेपा नगरपालिका–६ स्थित बुडवल पुगेका शाखाका सदस्य दुलाल, खड... |
गोरख यादवले गरे आफ्नै बाबु–आमाको हत्या रुपन्देही। रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरका ७२ वर्षीय रामनारायण यादव र ७० वर्षीया खगना यादवको उनकै कान्छा छोरा गोरख यादवले हत्या गरेका छन् ।
२८ वर्षीय छोरा गोरख वृद्धा बुबा आमासँगै बस्दै आएका थिए । पाँच भाइमध्ये कान्छा गोरखले शुक्रबार अपरान्ह एक्कासी बुबाआमालाई खुर्पा प्... |
खुर्पा प्रहार गरी बाबुआमाको हत्या, दाजु घाईते रुपन्देही । रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरका ७२ वर्षीय रामनारायण यादव र ७० वर्षीया खगना यादवको उनकै कान्छा छोरा गोरख यादवले हत्या गरेका छन् ।
२८ वर्षीय छोरा गोरख वृद्धा बुबा आमासँगै बस्दै आएका थिए । पाँच भाइमध्ये कान्छा गोरखले शुक्रबार अपरान्ह एक्कासी बुबाआमालाई ख... |
विद्यालय हिँडेकी बालिकालाई गाडीमा लिफ्ट दिएर ड्राइभरले गरे बलात्कार गुल्मी । गुल्मीमा विद्यालय हिडेकी एक बालिका बलात्कृत भएकी छन्। गुल्मीको रुरुक्षेत्र गाउँपालिकाकी १० वर्षीया बालिका विद्यालय जाँदै गर्दा बाटोमा बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
बलात्कार गरेको आरोपमा रुरुक्षेत्र गाउँपालिकाका भोज बह... |
इञ्जिनीयरिङ परिषद् ऐनका लागि समन्वयात्मक छलफल गर्न निर्देशन काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले नेपाल इञ्जिनीयरिङ परिषद् ऐन, २०५५ लाई आवश्यक संशोधन गर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका उच्च अधिकारीलाई समन्वय... |
भालु आतङ्क रोक्न प्रहरी परिचालित रसुवा । जङ्गली भालुको आतङ्क बढ्दै गएपछि जीउज्यानको सुरक्षाका लागि सम्भावित क्षेत्रमा प्रहरी गस्ती परिचालन गरिएको छ । जिल्ला प्रहरी प्रमुख भाग्येन्द्रपुरूष ढकालका अनुसार जङ्गली भालुले घरघरमा पसी गाउँ समाजमा त्रसित पार्नाका साथै केही स्थानमा आक्रमणसमेत गरेकाले थप सुरक्षा संयन्त्र परिचालन ... |
करेन्ट लागेर १ जनाको मृत्यु पाल्पा । पाल्पामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । राष्ट्रिय प्रसारणलाईन जोडने क्रममा करेन्ट लागेर धादिङ रोलाङका २६ बर्षका नेत्रबहादुर विसुन्केको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।
घटनाकोे इलाकाप्रहरी कार्यालयका प्रहरी निरिक्षक भिम बहादुर कार्कीको नेतृत्वमा अनुसन्धान ... |
हरेक २ हप्तामा धरहराको एक तला थपिने काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त धरहराको पुननिर्माण तिव्रगतिमा अगाडी बढेको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहरा पुननिर्माणको काम तिव्र गतिमा अगाडी बढेको बताए । तेस्रो तलासम्म ढला... |
पाल्पा जीप दुर्घटनामा ज्यान गुमाउने दुई जनाको सनाखत पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका – ५, चौबीस माइलमा बिहान भएको जीप दुर्घटनामा ज्यान गुमाउने दुई जनाकै पहिचान खुलेको छ ।
बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप दुर्घटना हुँदा जीप चालक रैनादेवी गाउँपालिका– ५ छहराका २५ वर्षीय दिलीप बम्रेल र सहचालक २४ वर... |
नियोगको टिप्पणीप्रति ध्यानाकर्षण भएकोछ : आयोग काठमाडौं । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको मङ्सिर १४ गते भएको उपनिर्वाचनका सन्दर्भमा गठित मिडिया अनुगमन एकाइले बिहिबार निर्वाचन आयोगलाई प्रतिवेदन बुझाएको छ ।
उपनिर्वाचको विषयलाई लिएर आमसञ्चारका माध्यममा प्रकाशित र प्रसारित समाचारको अनुगमन गर्न आयोगले मिडि... |
कपास उद्योगमा आगलागी दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेस्थित मनकामना कपास उद्योगमा बिहिबार बिहान आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ । विद्युत् चुहिएर एक्कासि आगलागी हुँदा उद्योगमा रहेका सामग्री जलेर नस्ट भएको छ ।
आगलागीबाट उद्योगभित्र रहेको कच्चा सामग्री, उद्योगका मेसिनलगायतका सामग्रीमा क्षति पुगेको उद्... |
पाल्पामा जीप दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु तानसेन । पाल्पाको तिनहुँमा जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान गएको छ।
सिद्धार्थ राजमार्गमा पर्ने तिनहुँ गाउँपालिका–५ चौबिसमाइलमा लु.१ ज ४२०९ नम्बरको जीप दुर्घटना हुँदा घटनास्थलमै २ जनाको ज्यान गएको हो । सडकबाट खसेको जीप दुई सय मिटर तल खसेको बताईएको छ।
दुर्घटनामा... |
डोटीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु डोटी । जोरायल गाउँपालिका वडा नं २ मा से १ ज २०३९ नम्बरको महेन्द्रा जीप गए राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
कैलालीको धनगढीबाट जोरायल आउँदै गरेको उक्त जीप राति साढे ८ बजेतिर अनियन्त्रित भई दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ।
मृत्यु हुनेमा जोरायल ४ बस्... |
रानीपोखरीको जिर्णोद्धार तथा पुनःनिर्माणमा सहयोग गरेकामा नेपाली सेनाको प्रशंसा भक्तपुर । नेपाली सेनाको ब्यारेकभित्र रहेको रानीपोखरीको जीर्णोद्धार गर्न नेपाली सेनाले अनुमति दिई सहयोग गरेको भन्दै भक्तपुर नगरपालिकाले नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई मयूर झ्याल उपहार दिएको छ।
नगरपालिकाका प्रमुख सुनिल प्रजापति... |
छतिस हजार नगद सहित एक जना पक्राउ धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले सहकारी संस्थाको र बैंकका सटर फुटाइ चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा राप्ति नगरपालिका ३ लोथर घर भई हाल बेनिघाट गाउपालिका ५ बस्ने १८ बर्षका निरज चेपाङ रहेको धादिङ प्रहरीले जनाएको छ ।
मंसिर ८ गते कषि सहकारी संस्था लि.को काउन्टरबाट ८... |
मुआब्जा पुनःविचार गर्न माग गर्दै आन्दोलन काठमाडौं । बुढीगण्डकी प्रभावित क्षेत्रमा सरकारले तोकेको मुआब्जा कम भएको भन्दै सरोकारवालाहरुले विरोध प्रदर्शन गरेका छन् ।
बुढीगण्डकी जलविद्युत आयोजना सरोकार समितिले बुधबार राजधानीमा सरकारले तोकेको मुआब्जा कम भएको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।
सरोकारवालाहरुले बुढीगण्डकी जलविद्... |
चोरीका घटना बढ्दै गएपछि पाँचखालमा सशस्त्र प्रहरीको सुरक्षा गस्ती काठमाडौँ । पछिल्लो समयमा पाँचखाल नगरमा चोरीका घटना बढ्दै गएपछि सशस्त्र प्रहरीले सुरक्षा दिने भएको छ। पाँचखालस्थित सशस्त्र प्रहरी बल १५ नं हेडक्वार्टरले पाँचखाल नगरमा रातको समयमा गस्ती गर्ने व्यवस्था मिलाएको हो।
पाँचखालको प्रमुख व्यापारिक केन्द्र तामाघाट ब... |
‘बीओपी‘ स्थापनाका लागि जग्गा खोज्दै सशस्त्र प्रहरी बल काठमाडौं । भारतीय भूमि नजिक रहेको कैलाली जिल्लाको सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको बीओपी (सीमा सुरक्षा कार्यालय) स्थापनाका लागि जग्गा खोजी गर्न थालिएको छ ।
सीमा क्षेत्रको बङ्गारा कटान, जुगेडा, खोनापुर, भुँइयाफाँटा, हिक्मतपुर र श्रीलङ्का टापुमा गरी छ ठाउँमा बीओपी क... |
पोलिग्राफ परीक्षण कक्ष र नेटवर्किङ उपकरण हस्तान्तरण काठमाडौं । नेपालका लागि अमेरिकी राजदूतावासले नेपाल प्रहरीलाई अत्याधुनिक पोलिग्राफ परीक्षण कक्ष हस्तान्तरण गरेको छ । राजदूतावासको आर्थिक तथा प्राविधिक सहयोगमा गण्डकी प्रदेश कार्यालय पोखरा, कर्णाली प्रदेश कार्यालय सुर्खेत, जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी का... |
जीप दुर्घटना अपडेटः घाइतेलाई सेनाको हेलिकोप्टरद्वारा काठमाडौं लगियो गलकोट । बागलुङमा आज बिहान भएको जीप दुर्घटनाका गम्भीर घाइते तीन जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ ।
दुर्घटनामा १४ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने तीन घाइते र एकजना बेपत्ता भएको जिल्ला प्रहरी... |
विकासोन्मुख देशहरुमा नारीशोषण बढी काठमाडौं । धार्मिक अगुवाहरुले अज्ञानता र अन्धविश्वासको कारण विकासोन्मुख देशहरुमा धर्मको नाउँमा नारीशोषण, भेदभाव, दमन तथा पितृसतात्मक व्यवहार हुने गरेको बताएका छन् ।
महिला हिंसा न्यूनिकरणमा धार्मिक अगुवाहरुको भुमिका सम्बन्धी मंगलबार काठमाडौंमा आयोजित एक अन्तरक्रियामा उनीहरुले धर्मका नाउ... |
‘अवसर पाए सपाङ्गसरह गर्न सक्छौँ’ भरतपुर । भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कमा किराना व्यवसाय गर्दै आउनुभएका न्यून दृष्टियुक्त पर्शुराम पौडेलले राज्यले अवसर नदिए पनि आफैँ व्यवसाय गरेर आत्मनिर्भर बनेको बताउछन् । उनले विसं २०६० देखि भाडामा सटर लिएर व्यवसाय गर्दै आएको आएका हुन्।
सानो व्यवसायबाट शुरु गरेका उनले अहिले त्यस... |
गढीमाई मेलामा अहिलेसम्मकै बढी घुइँचो कलैया । बाराको गढीमाई नगरपालिका–१ मा रहेको गढीमाईको मेलामा अहिलेसम्मकै सबै भन्दा बढी घुइँचो लागेको छ । नेपाल, भारत र सार्क राष्ट्र, दक्षिण एशियाबाट गरी करीब ६० लाख भन्दा बढी भक्तजनले मेला अवलोकन गर्नुका साथै पूजाअर्चना गरेको मन्दिरका मुख्य पूजारी मङ्गल चौधरीले बताए ।
मेलामा आउने क... |
लागुऔषध गाँजासहित भारतीय नागरिक पक्राउ लहान । प्रतिबन्धित लागुऔषध गाँजासहित प्रहरीले लहान नगरपालिका–१ स्थित बस बिसौनीबाट एक भारतीयलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय लहानबाट खटिएको गस्ती टोलीले सोमबार साँझ जाँच गर्ने क्रममा पाँच केजी गाँजासहित भारतको दरभङ्गा जिल्ला शिवराम थाना–२ निवासी ३८ वर्षीय सञ्जयकुमार यादवल... |
बागलुङको कोप्चेमा जीप दुर्घटना, १४ जनाको मृत्यु काठमाडौँ । बागलुङको बडीगाड गाउँपालिका–७ भिमगिठे घोपर्नामा जीप दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ।
गुल्मीको ईस्माबाट बागलुङको बुर्तिवाङ जाँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप मंगलबार बिहान ९:४५ बजे बडीगाड खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकार... |
बसले हानेर युवतीको ज्यान लिने चालक ३ वर्षपछि पक्राउ दमौली । सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादी तीन वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तनहुँ, म्याग्दे गाउँपालिका–३ बस्ने ३४ वर्षीय थमन भुजेल छन् । विसं २०७३ कात्तिक १७ गते पृथ्वीराजमार्गस्थित म्याग्दे–३ मा भएको सवारी दुर्घटनाको घटनामा तनहुँ जिल्ला अदालतबाट विसं... |
हस्तकलाले मौलिक परम्परालाई जगेर्ना गर्ने काठमाडौं । सरकारले उद्यमीलाई कच्चा पदार्थ आयातदेखि उत्पादनको बजार विस्तार गर्ने उद्देश्यले सहायता कक्ष स्थापना गर्ने भएको छ ।
नेपाल हस्तकला महासङ्घले भृकुटीमण्डपमा आयोजना गरिएको १७ औँ हस्तकला व्यापार मेला तथा १५औँ हस्तकला प्रतियोगिताको समापन समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति ... |
अनुमतिपत्र लिन जाँदैनन् चालक काठमाडौं । सडक नियम उल्लङ्घन गरेको भनी ट्राफिक प्रहरीले कारवाही गरेका धेरै सवारी चालक लामो समयसम्म चालक अनुमतिपत्र बुझ्न नआउने गरेका छन् । यातायात व्यवस्था कार्यालय, एकान्तकुनामा अहिले १० वर्ष वा त्योभन्दा पहिलेदेखि रहेका चालक अनुमतिपत्र लिन सेवाग्राही नआएको पाइएको छ ।
लामो समयसम्म चालक अनु... |
बौद्धिक अपाङ्ग सम्मेलन काठमाडौँमा काठमाडौं । एशियाली बौद्धिक अपाङ्ग महासंघको २४औँ सम्मेलन मङ्गलबारदेखि काठमाडौँमा शुरु हुँदैछ । सम्मेलनको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नेछन्।
सम्मेलनको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष सचितानन्द श्रीवास्तवले सुस्त मनःस्थिति भएका व्यक्तिको विकासका लागि छलफ... |
घरेलु तथा साना उद्योगको प्रवर्धन सरकारको प्राथमिकतामा : मन्त्री भट्ट काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आर्थिक विकासका आधार लघु, घरेलु तथा साना उद्योगको प्रवर्धन र विकास सरकारको प्राथमिकता भएकाले सोका लागि दृढ भएर लाग्ने बताएका छन्।
नेपाल घरेलु तथा साना उद्योग महासंघ र विभिन्न वस्तुगत संघको संय... |
रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु काठमाडौँ । पूर्व पश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१२ स्थित नयाँमिलमा रोकिराखेको टिपरमा गए राति मोटरसाइकलले ठक्कर दिँदा दुई युवाको घटनास्थलमै मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार भे १ ब १४४८ नम्बरको टिप... |
‘पुरानै पदाधिकारीबाट न्याय पाउने आशा छैन’ काठमाडौं । द्वन्द्वपीडित साझा चौतारी नेपालले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका आयोगमा पुरानै पदाधिकारीलाई पुनः नियुक्ति गर्न नहुने जनाएको छ ।
चौतारीले सभामुखको सचिवालय सिंहदरबार, कानून, न्याय तथा मानव अधिकारी समिति र राष्ट्रिय मानव अधिकार आयोगमा ध्यानाकर्षण पत्र आ... |
उदयपुर अस्पतालमा सुत्केरीको मृत्यु गाईघाट । जिल्ला अस्पताल उदयपुरमा आइतबार उपचार गर्न ढिलो ल्याउने क्रममा एक सुत्केरीको मृत्यु भएको छ । जिल्ला अस्पतालका अनुसार उदयपुर, त्रियुगा नगरपालिका–७ घर बताउने २६ वर्षीया सरिस्मा बुढाथोकीको उपचार गर्न ढिला ल्याइपु¥याउँदा मृत्यु भएको जिल्ला अस्पतालका प्रमुख डा विजय मेहताले बताए ।
ब... |
ट्र्याक्टरको ठक्करबाट वृद्धाको मृत्यु चितवन । माडी नगरपालिका–६ कल्याणपुरमा ट्र्याक्टरको ठक्करबाट एक जना वृद्धाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय माडीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा माडी नगरपालिका–६ कल्याणपुरकी ९० वर्षीया देवकला खत्री रहेकी छन् । नम्बर मेटिएको ट्र्याक्टरले खत्रीलाई आज बिहान ठक्कर दिएको थियो ।... |
राष्ट्रपतिद्वारा १३ औं सागको औपचारिक उद्घाटन काठमाडौँ । नेपालमा आयोजित १३औँ दक्षिण एशियाली क्षेत्रीय खेलकूद (साग) को दशरथ रङ्गशालामा उद्घाटन भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजित भव्य समारोहबीच उद्घाटन गरेकी हुन्।
उद्घाटन कार्यक्रममा राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति नन्द बहादर पुन, खेलकुदमन्त्री जगत बहादुर ... |
अनुदानको सोलारमा ठगिएको रकम फिर्ता जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिका–५ का १ सय ८१ घर परिवारलाई दिइएको अनुदानको सोलारमा ठगिएका दलित र जनजातिले रकम फिर्ता पाएका छन् ।
‘हाम्रो साझा बहुउद्देश्यीय सहकारी संस्था’, जुम्लाको पहलमा सो रकम फिर्ता हुने भएको संस्थाका अध्यक्ष मनसुर सुनारले बताए।
सोलारमा ठगी गर्ने मीनवहादुर मल्लल... |
प्राविधिक शिक्षा लिने थलो बन्दै रामपुर बेझाड । केही वर्ष अघिसम्म माध्यमिक शिक्षा हासिल गरिसकेका पाल्पा, रामपुरका विद्यार्थीलाई प्राविधिक शिक्षा कहाँ पढ्ने भन्ने चिन्ताले सताउँथ्यो । कमजोर आर्थिक हैसियतका कारण प्राविधिक विषय पढ्ने इच्छा भएर पनि उनीहरु खुम्चिएर बस्नुपर्थ्याे । समय फेरिएको छ, अब त्यो पिरलो छैन ।
पछिल्लो स... |
चितवनको खैरहनी ५ मा कांग्रेसकी प्रतिमा कार्की विजयी चितवन । चितवनको खैरहनी नगरपालिका वडा नम्बर ५ मा नेपाली कांग्रेस विजयी भएको छ।
नेपाली कांग्रेसकी उम्मेदवार प्रतिमा कार्कीले नेकपाका उम्मेदवार पुननारायण प्रधानलाई ८६ मत अन्तरले पराजित गरेकी हुन्।
कार्कीले ८४२ मत र प्रधानले ७५६ मत प्राप्त गरेका छन् । |
लमजुङमा उपनिर्वाचन : नेकपाका श्रेष्ठ विजयी लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका २ मा वडाध्यक्ष पदको लागि आज भएको उपनिर्वाचमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नवीनकुमार श्रेष्ठ विजयी भएका छन् ।
श्रेष्ठले ४४२ मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रकाश सेढाइले ४४२ मत प्राप्त गरेका छन् ।
म... |
बाजुरामा उपनिर्वाचन : त्रिवेणी नगरपालिका १ मा कांग्रेस विजयी बाजुरा । बाजुरा जिल्लाको त्रिवेणी नगरपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेस विजयी भएको छ ।
नेपाली कांग्रेसका वडाध्यक्ष पदका उम्मेदवार खकेन्द्रबहादुर चदारा ४७३ मतसहित विजयी भएका हुन् ।
उनका प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवारले जम्मा २९... |
उपनिर्वाचन बैतडी : सुर्नया गाउँपालिका १ मा कांग्रेस विजयी बैतडी । बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेदवार गजेन्द्र बहादुर चन्द ४ अन्तरले विजयी भएका हुन् ।
उनले २१९ मत ल्याएर भने नेकपाका धनबहादुर चन्दले २१५ मत पाएका छन्। आज भएको मतदानमा ६३८ मत खसेको निर्व... |
इलाका प्रहरी कार्यालय लक्ष्मीपुरबाट सात थुनुवा फरार लहान । इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारी सिरहाबाट आज साँझ सात जना थुनुवा फरार भएका छन् ।
इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीमा विभिन्न मुद्दामा थुनुवाका रुपमा रहेका ११ जना शनिबार साँझ ६ः ३० बजेतिर फरार भएकोमा चार जनालाई तत्कालै प्रहरीले पक्राउ गर्न सफल भएको छ ... |
उपनिर्वाचन २०७६ : कुमाखमा नेकपाका बुढाथोकी विजयी कुमाख गाउँपालिका–५ मा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार धर्मे बुढाथोकी विजयी भएका छन् । उनी ७९२ मत प्राप्त गरी विजयी भएका हुन् ।
बुढाथोकीका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खड्कबहादुर बोहराले २५१ मत प्राप्त गरे । यस... |
उपनिर्वाचन : पुनर्वास नगरपालिका–३ मा नेकपा विजयी कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विजयी भएको छ ।
नेकपाका उम्मेदवार कृष्णबहादुर तामाङ ५ सय २८ मत ल्याएर विजयी भएका हुन् । तामाङका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार दिलबहादुर लामाले ३ सय १० मत प्राप्त गरे ।... |
क्यालिफोर्नियामा नेपाली युवाहरुद्वारा निर्मित वृतचित्र ‘राईज अप’ प्रदर्शनी क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा लसएन्जल्सका युवाहरुको समूहले निर्माण गरेको ‘राईज अप’ नामक वृतचित्र प्रदर्शनमा आएको छ ।
शनिवार (नोभेम्बर ३०) देखि डिसेम्बर १ सम्म चौथो संस्करणको ग्लोबल नेपाली फिल्म अर्वाड कार्यक्रमसँगै सन्फ्रान्सिस बर्... |
थवाङमा उपनिर्वाचन : नेकपाका जनकबहादुर बुढा विजयी रोल्पा । रोल्पाको थबाङमा गाउँपालिका–१ को उपनिर्वाचनमा नेकपाका वडाअध्यक्ष उम्मेदवार जनकबहादुर बुढा विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कलम रोकालाई १४८ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । नेकपाका बुढाले एक सय ७४ मत ल्याए भने उनका प्रतिद्वन्द... |
दिनभर काम गरेर पनि रात परेपछि सडकमा सुत्नुपर्ने बाध्यता काठमाडौं । करिब रातको १० बजेको समय । काठमाडौँको सडक चकमन्न बन्दै गए पनि शुक्रबारको रात अघिपछि भन्दा सवारीको चाप बढी नै थियो । साना सवारी र मोटरसाइकल कालीमाटी हुँदै कलङ्की, बल्खु र त्रिपुरेश्वर हुइकिँदै थिए ।
काठमाडौँमा जाडो शुरु भइसकेको छ । बिहान–बेलुका न्याना कपड... |
देशको प्रतिष्ठामा आँच नआउने गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुन नेपाल आउने विशिष्ट अतिथिहरु तथा खेलाडीहरु आगमन समयमा देशको प्रतिष्ठामा आँच नआउने गरी सद्व्यवहारसाथ सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुपर्ने बताएक... |
‘महिनावारीको बेला हुने भेदभाव बिरुद्ध’ सुन्दरीहरुको अभियान काठमाडौं । महिनावारीको समयमा हुने भेदभाव बिरुद्ध काठमाडौँमा कार्यक्रमको आयोजना गरिएको छ ।
शनिवार भृकुटीमण्डपको बगैचामा पूर्वनेपाल सुन्दरीहरुको समूहले महिनावारीको समयमा हुने भेदभाव बिरुद्धको अभियान सुरु गरेका हुन् ।
महिनावारीको समयमा परिवार समाजमा हुने भेदभाव, व... |
भृकुटीमण्डपमा ‘हस्तकला व्यापार मेला’ हेर्नेको घुँइचो काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित १७ औं हस्तकला व्यापार मेला तथा १५ औं हस्तकला प्रतियोगितामा अवलोकनकर्ताको घुँईचो लागेको छ ।
हस्तकला व्यापार मेलाको तेस्रो दिन शनिबारसम्ममा एक लाख भन्दा बढीले मेलाको अवलोकन गरेको आयोजक नेपाल हस्तकला महासंघले जनाएको छ ।
नेपाली ... |
सामाजिक सुरक्षामा जान मजदुरको जोड काठमाडौं । मजदुरहरुले सामाजिक सुरक्षा कोषमा सूचिकृत हुने कामलाई ढिलाई गर्न नहुने बताएका छन् ।
नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेन्ट मजदुर यूनियनको ३९औं स्थापना दिवसको अवसरमा मजदुरहरुले सामाजिक सुरक्षा कोषमा तत्काल सहभागी हुनुपर्ने बताएका हुन् । जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले... |
नारायणगढ-मुग्लिन सडकखण्डमा बस र ट्रक ठोक्किँदा १३ जना घाइते चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत गाईघाटस्थित काठमाडौँबाट सुर्खेततर्फ जाँदै गरेको ना ४ ख ९८१९ नम्वरको बस र ना ५ ख ९१९७ नम्वरको ट्रक ठोक्किँदा १३ यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बिग्रिएर रोकी राखेको बसलाई ट्रकलाई पछाडिबाट आएको ट्रकले... |
उपनिर्वाचन कास्की : साझाकी रजनी केसीले गरिन् मतदान, पौडेलले आफैँलाई भोट हाल्न पाएनन् पोखरा । रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीकी उम्मेदवार रजनी केसीले मतदान गरेकी छिन् ।
कास्की क्षेत्र नं २ की प्रतिनिधिसभा सदस्य पदकी उमेदवार रजनी केसीले कास्की २ मा रहेको पोखरा गैह्रपाटनमा रहेको नबिन स्कूलमा रहेको मतदान केन्द्रबाट मत... |
प्यूठानमा एम्बुलेन्स दुर्घटना, एक जनाको मृत्यु, ४ घाईते प्यूठान । शुक्रबार प्यूठानमा एबुलेन्स दुर्घटना हुँदा १ जनाको मृत्यु हुनुकासाथै ४ जना घाइते भएका छन्।
ऐरावती गाउँपालिकाको बरौलाबाट धुवाङ जाँदै गरेको धुवाङ स्वास्थ्य चौकीको रा १ च ७६४ नम्बरको एम्बुलेन्स शुक्रबा राति खोलामा खसी दुर्घटना भएको हो।
गम्भीर घाइते भएका ऐरा... |
२ केजी चरेससहित ३ जना पक्राउ सुर्खेत । लागुऔषध दुई केजी चरेससहित जिल्ला प्रहरी कार्यालय सुर्खेतले तीन जनालाई पक्राउ गरेको छ।
वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत पञ्चकोशी टोलस्थित दीपचन्द्र होटलको तेस्रो तलाको १०६ नं कोठाबाट शुक्रबार प्रहरीले एक केजी ९३० ग्राम चरेस फेला पारेको थियो।
चरेसहित वीरेन्द्रनगर नगरपालिका–१२ निवास... |
नक्कली ‘रत्न’ बिक्री गर्ने पक्राउ धनगढी । नक्कली रत्न (पत्थर) लाई बहुमूल्य भनी बिक्री गर्दै हिँड्ने एक गिरोहलाई प्रहरीको महानगरीय अपराध नियन्त्रण महाशाखाले पक्राउ गरेको छ ।
पत्थरलाई गैरकानूनी रुपमा ओसारपसार गरी करोडौँ मूल्य पर्ने भनी झुक्याएर कारोवार गर्न लागेको भन्ने सूचनाका आधारमा खटिएको महाशाखाका टोलीले उनीहरुलाई का... |
नेकपाका अध्यक्षद्वयको गृह जिल्लामा जेष्ठ नागरिकको प्रदर्शन काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिविरुद्ध मुलुकका विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ ।
कास्की क्षेत्र नम्बर २ को चुनावीसभामा नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलको उमेरमाथि सवाल उठाउँदै ‘देवघाट जाने बेला... |
स्काउटले देशप्रेमको भावना बढाउँछ : प्रदेश प्रमुख अधिकारी प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले स्काउटले बालबालिका तथा युवायुवतीलाई देशप्रेम र विकास निर्माण कार्यमा उत्प्रेरित गर्ने गरेको बताएका छन् ।
‘देश विकासका लागि स्काउट’ भन्ने नाराका साथ स्टार बोर्डिङ स्कूलले आजदेखि विराटनगरमा शुरु गरेको तीनदिने स्क... |
शहीदपार्क त्याग र लगनशीलताको उपज हो : मुख्यमन्त्री पौडेल प्रदेश ५ को पाल्पामा बन्न लागेको पर्यटकीय पार्क निर्माण समितिका पदाधिकारीले प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग आज भेट गरेका छन् ।
मुख्यमन्त्री कार्यालय, हेटौँडामा आज भएको साक्षत्कारमा मुख्यमन्त्री पौडेलले हेटौँडाको शहीद स्मारक पार्क ठूलो लगनशीलता र त्यागको ... |
प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे मिडियामा अतिरञ्जित कुरा आए : प्रेस सल्लाहकार थापा काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे तथ्यभन्दा पनि अतिरञ्जित कुरा बढि मिडियामा आएको भन्दै गुनासो पोखेका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको व... |
दुर्घटनाको छानबिन समिति गठन अर्घाखाँची । अर्घाखाँचीको नरपानीमा १९ जनाको ज्यान जाने गरी बुधबार भएको बस दुर्घटना छानबिन गर्न समिति गठन गरिएको छ । समितिले १५ दिनभित्र आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछ ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले दुर्घटनाको ... |
सहिद स्मारक ए डिभिजन लिग फुटबल मंसिर २८ बाट काठमाडौं । यो वर्षको सहिद स्मारक ए डिभिजन लिग फुटबल मंसिर २८ बाट सुरु हुने भएको छ ।
शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले टाइसिट ‘ड्र’ सार्वजनिक पनि गरेको छ । टाइसिट ‘ड्र’ अनुसार लिगको पहिलो खेलमा मच्छिन्द्र क्लब र ब्रिगेड ब्वाइज क्लब भिड्ने भएका छन् ।
दोस्रो खेल भने मंसिर ... |
शहरी पूर्वाधारमा लागनी गर्न अर्थमन्त्रीको आग्रह काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले कानूनले नै वैदेशिक लगानीलाई संरक्षण गरेको भन्दै निर्धक्क भएर नेपालमा लगानी गर्न आह्वान गरेका छन्।
नेपालस्थित चिनियाँ दूतावास र चिनियाँ लगानीकर्ताले संयुक्तरूपमा आयोजना गरेको ‘नेपाल–चीन लगानी प्रवद्र्धन तथा उपयुक्त परियोजना छनोट’ व... |
सरकारी कागज कीर्ते गर्ने फोटो स्टुडियो सञ्चालक पक्राउ काठमाडौं । सरकारी कागजात कीर्ते गर्ने फोटो स्टुडियो सञ्चालकहरु पक्राउ परेका छन् ।
शुक्रबार केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)को टोलीले पत्रकार सम्मेलन गर्दै बिहीबार काठमाडौँको विभिन्न स्थानबाट तीन जनालाई नियन्त्रणमा लिएको बताएको छ ।
केन्द्रीय अनुसन्धान व्युरो (सिआइ... |
जीप पल्टिँदा एकको मृत्यु, नौ घाइते रुकुमपूर्व । रुकुमपूर्वमा जीप पल्टिँदा एकको मृत्यु भएको छ भने नौ घाइते भएका छन् । मृत्यु हुनेमा रुकुमपूर्व भूमे गाउँपालिका–२ खावाङकी तीन वर्षीया बालिका निसीम पुन रहेको प्रहरीले जनाएको छ।
कर्णाली प्रदेशको रुकुमपश्चिम मुसिकोटबाट रुकुमपूर्वको तकसेरा जाँदै गरेको रा१ज ४४४ नंको जीप भूमे गाउ... |
‘भारत र चीनले नेपालसँगको सम्बन्धलाई २१ को रणनीति बनाउन खोज्यो’ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपाका) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत र चीनले नेपालसँगको सम्बन्धलाई २१ को रणनीति बनाउन खोजेको भन्दै अशन्तुष्टि व्यक्त गरेका छन् ।
शुक्रबार काठमाडौंमा नेपाल चाइना मिडिया फोरमले आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाह... |
हिउँ चितुवाको ‘सेटलाइट कलार’बाट आउन थाल्यो सूचना काठमाडौं । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको क्षेत्रमा दुई हिउँ चितुवामा सफलतापूर्वक जडान गरिएको सेटलाइट कलारबाट हिउँ चितुवाको अवस्थितसम्बन्धी सूचनाको नियमित जानकारी आउन थालेको छ ।
वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग नेतृत्वको... |
बैंकका कर्मचारीमाथि आक्रमण कन्चनपुर । अज्ञात समूहले पुनर्वास नगरपालिकाको आइबीआरडी बजारमा बिहिबार दुई बैंक कर्मचारीमाथि साङ्घातिक आक्रमण गरेको छ । आक्रमणबाट माछापुच्छ्रे बैंकमा कार्यरत प्रवीन भट्ट र शारदा पन्त घाइते भएका छन् ।
दुवै जनाको टाउको र मुखमा चोट लागेको प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए। बैंकका व्यवस्थ... |
माटोको ढिस्कोले पुरिएर दुईको मृत्यु काठमाडौं । चन्द्रागिरिमा माटोको ढिस्कोले पुरिएर दुईको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–८ मातातीर्थ खुशी होटल नजिक बाटो बनाउने क्रममा माथिबाट आएको माटोको ढिस्कोले पुरेर दाङ बबई गाउँपालिका–१का प्रेम पुन र प्रकाश घर्तीको मृत्यु भएको हो ।
महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख, प्रह... |
सरकारले दियो मेलम्चीका पीडित कामदारलाई भुक्तानी काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा पीडित कामदारलाई सरकारले भुक्तानी दिएको छ । इटालेली कम्पनी सिएमसीले ज्यालाबापतको रकम दिन बाँकी राखेर गएपछि नेपाल सरकारले सोबापतको रकम उनीहरुलाई भुक्तानी दिएको हो ।
उक्त कम्पनी निर्माण कार्य अलपत्र पारेर जाँदा त्यहाँ कार्यरत कामदार र आपू... |
भ्यानको ठक्करबाट पैदलयात्रीको मृत्यु भक्तपुर । मध्यपुर थिमि नगरपालिका–५ जलाखुमा बिहिबार पानी ढुवानी गर्ने एउटा भ्यानले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । बा १२ च ५६५६ नम्बरको भ्यानले ठक्कर दिँदा सिन्धुपाल्चोक बाह्रबिसे घर भएकी २५ वर्षीया ज्योति मगरको मृत्यु भएको मध्यपुरथिमि प्रहरी वृत्तले बताएको छ ।
भ्यानले ठक्कर... |
जनताले महसुस गर्ने गरी काम गर्न मातहतका निकायलाई निर्देशन काठमाडौं । खानेपानी मन्त्रालय र मन्त्रालय मातहत रहेका विभिन्न निकायहरुले आर्थिक वर्ष २०७६÷०७७ मा गरेका भौतिक तथा वित्तीय प्रगतिका बारे पहिलो चौमासिक समीक्षा बैठक सम्पन्न भएको छ ।
खानेपानी मन्त्री बिना मगरको अध्यक्षतामा मन्त्रालयको सभाहल सिंहदरबारमा बिहीबार बसेको... |
दक्षिण चीनमा भूकम्प : १ मृत्यु, २ हजार प्रभावित नानिङ (रासस/सिन्ह्वा) । चीनको गुआङ्सी झुआङमा तीन दिनअघि आएको ५.२ म्याग्नीच्यूडको भूकम्पबाट हालसम्म एक व्यक्तिको मृत्यु हुनुका साथै दुई हजारभन्दा बढी व्यक्ति प्रभावित भएको स्थानीय प्रशासनले जनाएको छ ।
भूकम्पबाट पाँच जना घाइते भएका थिए । भूकम्पबाट जियाङ्सी र चोङजाओमा सबैभन्... |
दुर्घटनामा ज्यान गुमाउनेप्रति मुख्यमन्त्रीद्वारा दुःख व्यक्त प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले अर्घाखाँचीको नरपानीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
आज शोक विज्ञप्ति जारी गर्दै उनले ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
उनले ... |
अर्घाखाँची बस दुर्घटना, ज्यान गुमाउनेको संख्या १९ पुग्यो (अपडेट) काठमाडौँ । अर्घाखाँचीमा भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । बुधबार बेलुका सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नम्बरको बस सन्धिखर्क–६ नरपानीमा दुर्घटना हुँदा गाडी धनी सितगंगा–२ का सन्तबहादुर बस्नेत र चालक कपिलवस्तुका ओमबहाद... |
अदालतको आदेश विपरित इँटा उत्पादन बनेपा । अदालतको आदेशको अवज्ञा गर्दै नमोबुद्ध नगरपालिका–२ भकुण्डेस्थित सत्यनारायण ब्रिक इण्ड्रष्ट्रिज प्रालिले इँटा उत्पादन तथा बिक्री वितरण थालेको छ। उच्च अदालत पाटन, ललिपतपुरद्वारा नमोबुद्धमा रहेका इँटा उद्योगलाई कुनै पनि कार्य नगर्न जारी गरेको अल्पकालीन अन्तरिम आदेशको अवज्ञा गर्दै सो ... |
हुम्ला : टिपर दुर्घटनामा परी ज्यान जानेको संख्या ४ पुग्यो (अपडेट) काठमाडौँ । हुम्लाको सिमकोट गाउँपालिका–७ को लाग्नाडाँडामा बुधबार साँझ भएको टिपर दुर्घटनामा परी ज्यान जानेको संख्या ४ पुगेको छ ।
दुर्घटनामा परेका १३ घाईने मध्ये एक जनाको जिल्ला अस्पताल हुम्लामा उपचारका क्रममा मृत्यु भएपछि मृतकको सङ्ख्या चार पुगेको हो।
नेपा... |
नेपाल–भारत पारवहन बैठक : जलमार्गदेखि पानीजहाज सञ्चालनसम्मको विषय समावेश काठमाडौं । नेपाल–भारत पारवहन सन्धिको प्रोटोकलमा जलमार्ग, बहुविधिक ढुवानी रुटहरु, ढुवानीका प्रक्रिया, भन्सार सहजीकरण र नेपाली ध्वजाबाहक पानीजहाज सञ्चालन गर्ने विषयलाई समावेश गरिने भएको छ ।
नेपाल–भारत पारवहन सन्धिको विस्तृत पुनरावलोकनको लागि बुधबार स... |
सिन्धुपाल्चाेकमा केन्द्र बनाएर ५ रेक्टर स्केलकाे भूकम्प काठमाडौं । सिन्धुपाल्चाेकमा केन्द्र बनाएर ५ रेक्टर स्केलकाे भूकम्प गएकाे छ ।
बुधबार राती १० बजेर ८ मिनेट जाँदा सिन्धुपाल्चाेककाे फुल्टिङ्गकाेटमा केन्द्र बनाएर भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ ।
भूकम्पकाे धक्का काठमाडाैंलगायतका क्षेत्रमा महसुस... |
नेपाल प्रहरी र टेलिकमबीच फुटबल क्षेत्रको विकासमा सहयोग गर्ने सम्झौता काठमाडौं । नेपाल प्रहरीको फुटबल क्षेत्रको विकासका लागि नेपाल टेलिकमले सहयोग गर्ने भएको छ ।
प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा नेपाल पुलिस क्लबको महिला तथा पुरुष फुटबल खेलाडीलाई प्रायोजन गर्न नेपाल टेलिकमले रु ३२ लाख बराबरको सामाग्री सहयोग ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.