content
stringlengths
20
64.1k
हिउँले पुरिएका दुई युवकको शव फेला मेलम्ची । लाङटाङ राष्ट्रिय निकुञ्जमा ११ दिनदेखि बेपत्ता दुई युवकको शव सोमबार हिउँले पुरिएको अवस्थामा फेला परेको छ । गोसाइँकुण्ड पदयात्रामा जाने क्रममा हराएका सिन्धुपाल्चोक हेलम्बुका १७ वर्षका वाङ्गेल लामा र काठमाडौँ जोरपाटीका २० वर्षका जापान तामाङ हिउँमा पुरिएर मृत्यु भएको अवस्थामा भेट...
ओखलढुङ्गामा जीप दुर्घटना, एकको मृत्यु, तीन घाइते ओखलढुङ्गा। ओखलढुङ्गामा आज बिहान सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने चालकसहित अन्य तीन जना गम्भीर घाइते भएका छन्। चम्पादेवी गाउँपालिका–५ को सिद्धडाँडामा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा सोही ठाउँका ५५ वर्षीय सन्तोष विश्वकर्माको घटनास्थलमै ज्यान गएको हो। गाउँबाट ...
बिरामी लिएर अस्पताल आउँदै गरेको बोलेरो दुर्घटना, एक जनाको मृत्यु, तीन गम्भीर ओखलढुङ्गा । ओखलढुङ्गामा आज बिहान सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने चालकसहित अन्य तीन जना गम्भीर घाइते भएका छन्। चम्पादेवी गाउँपालिका–५ को सिद्धडाँडामा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा सोही ठाउँका ५५ वर्षीय सन्तोष विश्वकर्माको घटनास...
म्यानचेस्टर यूनाइटेडको आधा दर्जन गोल एजेन्सी । म्यानचेस्टर यूनाइटेड एफए कप फुटबलको पाँचौ चरणमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा लिग वान क्लब ट्रान्मेरे रोभर्सलाई ६–० गोल अन्तरले पराजित गर्दै युनाइटेड पाँचौं चरणमा पुगेको हो । युनाइटेडको जितमा ह्यारी मागुएर, डिगो डालोट, जेसे लिंगार्ड, फिल जोन्स, एन्थोनी मार्सियल र मासु...
एक्काइस तोला सुनसहित युवक पक्राउ जलेश्वर । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित सडकबाट सशस्त्र प्रहरीले आज बेलुका २१ तोला सुनसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ बस्ने २३ वर्षीय दीपक महतो रहेको सशस्त्र प्रहरी बिओपी मटिहानीका प्रहरी निरीक्षक हिमाल थापाले...
माइक्रोबस दुर्घटनामा चालकको मृत्यु सिन्धुली । झापाबाट काठमाडौँ जाँदै गरेको बा४ख ६९६ नंको माइक्रोबस बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२ भद्रकाली ढुङ्ग्रेभञ्ज्याङमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायबउपरीक्षक श्यामबहादुर खत्रीले काठमाडौँ महानगरपालिका–११ गठ्ठाघ...
बसको ठक्करबाट मृत्यु हरिवन । सर्लाहीको वाग्मतीमा आज बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ग१ख ८१४० नंको यात्रुवाहक बसले ठक्कर दिँदा वाग्मती नगरपालिका– २ धरहरा निवासी ५२ वर्षीय छोयाङ दोर्जे लामाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक सुवास भट्टराइले जानकारी दिनुभयो । नयाँरोड मधुवनी सडकखण...
भारतमा आयोजना हुने टी–२० विश्वकप पाकिस्तानले बहिस्कार गर्ने! एजेन्सी । पाकिस्तानले आगामी बर्ष सन् २०२१ मा भारतमा आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकप बहिष्कार गर्ने भएको छ। पाकिस्तान क्रिकेट बोर्डका प्रमुख कार्यकारी वसिम खानले सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपमा भारत सहभागि नभए अर्को वर्ष भारतमा हुने टी–२०...
माटो ढिस्कोले पुरिँदा तीन घाइते पाल्पा । कालीगण्डकी नदीको किनारामा पूजा गर्ने क्रममा माटो ढिस्कोले पुरिँदा तीनजना घाइते भएका छन् । तानसेन नगरपालिका–१४ ऋषिकेश मन्दिरदेखि तल कालीगण्डकी नदीमा स्नान गरी पूजा गर्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिँदा तीनजना महिला घाइते भएका हुन् । घाइते हुनेमा कपिलवस्तु बाणगङ्गा नग...
ट्याक्टर दुर्घटनामा चालकको मृत्यु बैतडी । ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालक कैलालीको धनगढी उपमहानगरपालिका–६ मनहेरा का २६ बर्षीय दीलकुमार चौधरीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले महाकाली राजमार्गअन्तर्गत सतबाँझ–गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा गएराती से २ त ९०१ नम्ब...
घुस लिएको अभियोगमा सबइञ्जिनीयर पक्राउ काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्पपीडितको पुनःनिर्माण भएको घरको निर्माण सम्पन्न भएको कागजात बनाउने क्रममा घुस मागेको अभियोगमा पुनःनिर्माण प्राधिकरणका सबइञ्जिनीयर प्रकाश तिवारीलाई पक्राउ गरेको छ । आयोगको इटहरीबाट गएको टोलीले तिवारीलाई भोजपुर नगरपालिका–७ मा रहेको प्...
गाई काटेको आरोपमा पक्राउ इटहरी । गाई काटेको आरोपमा सुनसरीको हरिनगरा गाउँपालिका–२ भुटाहाका ४५ वर्षीय सदुल अन्सारी र हरिनगरा–४ का ४२ वर्षीय लुकमान अन्सारीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । शुक्रबार बिहान सदुल अन्सारीको घरमा गाई काटेको सूचनाका आधारमा खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले उनी...
सात छोराछोरी सुरक्षा फौजमाः आमा बुबा सम्मानित डोटी । दिपायल जोगीडाब्रेमा रहेको सशस्त्र प्रहरी ३६ नम्बर गणले केआइसिंह गाउँपालिका–६ का प्रेमराज जैसी र वासुदेवी जैसीलाइ सम्मान गरेको छ। उनका सात सन्तानमध्ये ५ छोरा र एक छोरी नेपाली सेना र एकछोरा सशस्त्रप्रहरी बलमा कार्यरत रहेका छन्। गणपति जहरसिंह बुढामगरले प्रमाणपत्र तथा दो...
सवारी दुर्घटनामा १ महिलाको मृत्यु दमक । सवारी दुर्घटनामा परेर झापा गौरीगञ्जकी एक महिलाको भारतमा मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–५ फत्तेपुरकी ३५ वर्षीया करिस्मा गनगाइ रहेकी छन् । गौरीगञ्जस्थित फत्तेपुरबाट टेम्पुमा सवार भएर आफन्तको घर जाने क्रममा भारतको टेढागाछ लालपानी भन्ने स्थानमा दुर्घटना हुँदा उनको ...
एक प्रदेशमा तीन ‘राजधानी’, कसरी हुन्छ काम? बीबीसी । भारतको आन्ध्र प्रदेशको विधानसभाले सोमवार राजधानीको विकेन्द्रीकरण गर्ने कानुन पारित गरेको छ। उक्त कानुनअनुसार प्रदेश राजधानी तीन ठाउँमा हुने छन् जुन भारतमै पहिलो अभ्यास हो। अब आन्ध्र प्रदेशको कार्यपालिका अर्थात् सरकारले विशाखापत्तनमबाट काम गर्नेछ भने राज्यको विधानसभा अ...
मोटरसाइकल बिजुलीको पोलमा ठोकिँदा चालकको मृत्यु भक्तपुर । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । चाँगुनारायणमा भएको मोटरसाइकल दुर्घटनामा परी सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भई हाल दुवाकोट बस्ने २० वर्षका गणेश वयलकोटीको ज्यान गएको हो । बुधबार राति चाँगुनारायण नगरपालिका २ को महाङ्कालमा बा ६७ प ४८७१...
मदिरा सेवनपछि सामान्य विवादमा साथीको हत्या, २ जना पक्राउ भक्तपुर । मदिरा सेवन गरी सामान्य विवाद हुँदा आफ्नै साथीको छुरा प्रहारबाट एक किशोरको मृत्यु भएको छ। भक्तपुर नगरपालिका–६ भोलाछेंमा भएको विवादमा छुरा प्रहार गर्दा भक्तपुर–१० चोखा कमलविनायक बस्ने १५ वर्षीय रोहन सुवालको बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ। छुरा ...
करेन्ट लागेर महिलाको मृत्यु कैलाली । धनगढी उपमहानगरपालिका– १३ स्थित श्रीलङ्का गाउँमा बुधबार एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरमा मोटर चलाएर लुगा धुने क्रममा अचानक करेन्ट लागेर ४० वर्षीया हरिनादेवी विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । मृत...
आयोगद्वारा खातुन उपर २८ हजार बिगो सहित आरोपत्र दायर काकाठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पर्साको वीरगञ्ज महानगरपालिका–२ छपकैयाकी अम्बेया खातुन उपर बिगो २८ हजार कायम गरी आरोपपत्र दायर गरेको छ । भन्सार छलेर आयात गरेको लत्ताकपडा नियन्त्रणमा लिएपश्चात सो सामानहरू छुटाइदिने भनी खातुनले इलाका प्रहरी कार्यालय जीतपुर ...
आईसीसी टी–२० वरियतामा नेपालको स्थान यथावत काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टी विश्व वरियतामा नेपाल यथावत रहन सफल भएको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा अनुसार नेपाल यथावत रहदै १२ औं स्थानमा रहेको हो । नयाँ वरियतामा नेपालले २४ खेलमा १ सय ९२ रेटिङ पाएको छ । यसअघि पनि नेपाल टी-ट्वान्टीत...
मोटरसाइकल चोरी गर्ने पक्राउ विराटनगर । झापाको विर्तामोडस्थित बिर्तासिटी अस्पताल परिसरबाट मोटरसाइकल चोरी गर्ने एक व्यक्तिलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१३ चारआली बस्ने २० वर्षीय विनोद तामाङलाई मे११प २२७३ नंको मोटरसाइकल चोरेर भाग्दै गर्दा प्रहरीले पक्राउ गरेको हो । स्थानीयको सहयोगमा...
जापानी बक्सरलाई ढालेर भिजिट नेपालको प्रचार, अविरलले जिते ठूलो उपाधि टोकियो, जापान । हिट ४६ किक बक्सि¨ खेलमा नेपाली किक बक्सि¨का खेलाडी अविरल घिमिरेले जापानी बक्सरलाई हराउंदै टाइटल उपाधि जित्न सफल भएका छन् । जनवरी २० आइतवार जापानको टोकियमा भएको भीडन्तमा जापानी च्याम्पियनलाई पहिलो राउण्डमै ढालेर घिमिरेले उपाधि जितेका हुन...
धादिङमा दर्शनार्थी चढेको मिनी ट्रक दुर्घटना ६ जनाको मृत्यु काठमाडौं । धादिङको निलकण्ठ नगरपालिका–८ मा दर्शनार्थी चढेको मिनी ट्रक दुर्घटना भएको छ । दुर्घटनामा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । मृतकको सनाखत भएको छैन । धादिङ प्रहरीका अनुसार दुर्घटनामा घाइते १५ जना मध्ये ५ जना गम्भीर घाइते छन् । ...
सवारी लाइसेन्स बनाइदिने भनी पैसा लिने दुई पक्राउ काठमाडौं । ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाइदिन्छु भनी पैसा लिने दुईजनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले यातायात व्यवस्था कार्यालय ठूलोभ¥याङमा लाइसेन्स परीक्षामा पास गरिदिने भन्दै रकम लिने बाजुराका २५ वर्षीय मानबहा...
धादिङ दुर्घटना : मापसे गरी गाडी हाक्दा सात जनाको ज्यान गयो धादिङ । मध्य धादिङको ढोलामण्डली पुलाको प्रसाद खाएर घर फर्कंदै गरेका यात्रु बोकेको ट्रक मंगलबार नीलकण्ठ नगरपालिका–८ ससाह ज्यामिरेमा सडकमा पल्टिएर भएको दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । ज्वालामुखी गाउँपालिका–४ ढोला मण्डलीको दर्शन गरेर फ...
स्कुलबाट फर्कंदै गरेका बालकको मृत्यु सप्तरी । स्कुलबाट फर्कंदै गरेका एक बालकको सडक दुर्घटनामा परी मंगलबार अपराह्न मृत्यु भएको छ । काठमाडौँबाट झापातर्फ तीव्र गतिमा गइरहेको बा३ख ७९७७ नंको हायस गाडीको ठक्करबाट शम्भुनाथ नगरपालिका–१ खोक्सर प्रवाहा बस्ने रामकुमार चौधरीको आठ वर्षीय छोरा प्रशान्तको मृत्यु भएको प्रहरीले जनाएको ...
धादिङमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो काठमाडौं । मंगलबार साँझ धादिङको निलकण्ठ ८ मा मिनिट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ। ज्वालामुखी गाउँपालिकामा रहेको मण्डलीथान दर्शन गरेर फर्कंदै गरेका दर्शनार्थीहरू चढेको ग १ ख १२८० नम्बरको मिनिट्रक दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय धादिङ...
घट्दो छ बाँकेमा लागुऔषधका घटना नेपालगञ्ज । बाँके जिल्लामा लागुऔषध सेवन र कारोवारको घटना १३ प्रतिशतले घटेको छ । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाका अनुसार, प्रभावकारी सूचना संयन्त्र, चेकजाँचमा कडाइ, प्रहरी सक्रियता र ब्यूरो कार्यालयको स्थापनाका कारण यसवर्ष ती घटनामा...
डिसी मेट्रो क्षेत्रमा नेपाली समुदायलाई थप संगठित गर्दै एनइसीसी डिसी नेपाल मेरिल्याण्ड । अमेरिकाको मेरिल्याण्डस्थित नेपाली शिक्षा तथा सांस्कृतिक केन्द्र (एनइसीसी) ले सामाजिक, धार्मिक कार्यका माध्यमबाट डिसी मेट्रो क्षेत्रमा बसोबास गर्ने नेपालीहरुबीच आपसी सहयोग र सद्भाव बृद्धि गर्न थप प्रयासहरु गर्ने निर्णय गरेको छ । जनव...
मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु राजविराज । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णा सवरण गाउँपालिका–१ मा गएराति मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्षको मृत्यु भएको छ। मोटरसाइकल दुर्घटनामा परी अग्निसाइर कृष्णा सवरण गाउँपालिकाका–१ का वडाध्यक्ष सुशीलकुमार चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनप...
ट्रकको ठक्करबाट एक युवकको मृत्यु लम्की । कैलालीको लम्की चुहा नगरपालिका–२ गणेशपुरमा आज ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आइरहेको ना २ ख ४५८ नं को ट्रकले प्रदेश न २–०३००४ प ९६११ नं को मोटरसाइकललाई ठक्कर दिँदा वडा नं–६ का ३६ वर्षीय रतन विकको मृत्यु भएको जिल्ला प्रहरी कार्...
सूर्योदय र सूर्यास्त हेर्ने बतासे डाँडामा नगरकोट महोत्सव भक्तपुर । ‘प्राकृतिक सम्पदा कला र संस्कृति, पर्यटनको विकास नगरकोटको उन्नति’ भन्ने मूल नाराका साथ पर्यटन वर्ष २०२० लाई सफल बनाउन दोस्रो नगरकोट महोत्सव हुने भएको छ। नगरकोट नाल्दुम पर्यटन विकास समितिको संयोजनमा यही माघ १०, ११ र १२ गते बतासे डाँडामा हुने महोत्सवको तय...
घुस लिएको अभियोगमा मुद्दा दायर काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक निर्माणमा अनियमितता गरेको अभियोगमा बागचौर नगरपालिका सलयानका तत्कालीन सबइञ्जिनीयर सहितका अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले नेपाल सरकारलाई गैरकानूनीरुपमा हानि पु¥याइ मापदण्डविपरीत काम गरेको पाइएपछि सवइञ्जिनीयर थमन योग...
चीनको शहरी जनसङ्ख्या ६०.६ प्रतिशत बेइजिङ । चीनको कुल जनसङ्ख्याको ६०.६ प्रतिशत शहरी क्षेत्रमा बसोबास गर्दै आएका चीनको आधिकारिक तथ्याङ्कले देखाएको छ । तथ्याङ्क सन् २०१८ को तुलनामा १.२ प्रतिशतले बढेको देखिएको छ । सन् २०१९ को अन्त्यसम्ममा चीनको शहरी क्षेत्रमा कुल ८४ करोड ८४ लाख ३० हजार जनसङ्ख्या रहेको छ भने गाउमा ५५ करोड १...
एसी मिलान विजयी एजेन्सी । इटालियन सिरि ‘ए’मा एसी मिलान विजयी भएको छ । आइतबार भएको खेलमा उडिनेसलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा उडिनेसविरुद्ध १ गोलले पछि परेको मिलानले दोस्रो हाफमा उत्कृष्ट ‘कमब्याक’ गरेको हो । छैटौं मिनेटमा उडिनेसका जेम्स लार्सेनले गोल गर्दै उडिनेसलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा...
काठमाडौँबाट वीरगञ्ज जाँदै गरेको बसको ठक्कबाट साइकलयात्रीको मृत्यु हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित बसले ठक्कर दिँदा ४० वर्षीय भीमराज स्याङतानको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ३८४४ नम्बरको बसले विपरीत दिशाबाट आउँ...
बाख्रालाई जोगाउन खोज्दा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना, २ जनाको मृत्यु, ५ घाईते लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–७ पुरानो चोहर्वामा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुँदा दुुईको मृत्यु र पाँच घाइते भएका छन्। जन्ती लिएर जाँदै गरेको स १ त ६५६० नम्बरको ट्रयाक्टर शनिबार दिउँसो दुर्घटना हुँदा ट्...
टोटेनहमको गोलरहित बराबरी एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले बराबरी खेलेको छ । शनिबार साँझ वाटफोर्डको घरेलु मैदानमा टोटेनहमले गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो। घरेलु टोलीका ट्रोय डेनीको पेनाल्टी प्रहार असफल बनेपछि टोटेनहम हारबाट जोगिन पुग्यो । डेनीले लिगका पछिल्ला ६ खेलमा प्राप्त तीन पेनाल्टीलाई खेर फा...
अफगानी तालिवानद्वारा जनवरीको अन्त्यसम्म सम्झौता गर्ने तयारी काबुल । अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता गर्ने र अफगानिस्तानमा स्थायी शान्तिका लागि यही जनवरीको अन्त्यसम्ममा सम्झौता गर्ने तयार भइरहेको तालिवान समूहले शनिबार बताएको छ । तालिवान समूहले सम्झौताको तयारी भइरहँदा आफ्ना सैनिक गतिविधिलाई पनि बिस्तारै ‘घटाउँदै’ लगेक...
विद्रोहको झण्डा बोक्न आवश्यक छैनः मुख्यमन्त्री पोखरेल परासी । मुख्यमन्त्री शङ्कर पोखरेलले नेपाली समाजमा अब विद्रोहको झण्डा बोक्न आवश्यक नभएको बताएका छन् । उनले परम्परागत आन्दोलनले निर्माण गरेको मनोविज्ञानको प्रभावले नागरिकहरु राज्यबाट टाढा हुन खोज्ने गरेका समेत बताए। पश्चिम नवलपरासीको बर्दघाटमा नेपाल स्काउटको प्रदेश नं...
चीनमा रहेको विश्वको सबैभन्दा विशाल रेडिओ टेलिस्कोप सञ्चालनमा बीबीसी । दक्षिण चीनमा पहाडहरूको बीचमा एउटा ठूलो कचौरा आकाशतिर फर्किएको छ। यो विश्वको सबैभन्दा ठूलो र सबैभन्दा शक्तिशाली रेडिओ टेलिस्कोप हो। र, यो जनवरी १२ को सातादेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। यसको औपचारिका नाम फाइभ–हन्ड्रेड–मिटर एपेर्चर स्पेरिकल टेलिस्को...
घुस लिएको आरोपमा पशुसेवा विभागका लेखाअधिकृतविरुद्ध मुद्दा दायर काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा पशुसेवा विभाग, हरिहरभवन ललितपुरका लेखाअधिकृत रमेश कार्कीविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । लुलु मिडिया एन्ड पब्लिकेशन प्रालिले विभागको सूचना पत्रिका प्रकाशित गरेप...
अशान्तिका कारण इथियोपियाली विश्वविद्यालयबाट ३५ हजार विद्यार्थी विस्थापित अदिस अबाबा । इथियोपियामा जारी अशान्तिका कारण विभिन्न विश्वविद्यालयबाट ३५ हजार विद्यार्थीले अध्ययनका लागि अनुकुल नभएको भन्दै अन्यत्र गएका अफ्रिकी राष्ट्र इथियोपियाको शिक्षा मन्त्रालयले जनाएको छ । विश्वविद्यालयमा हुने राजनीतिक गतिविधिका कारण उनीहरूल...
देशैभरिको खानेपानीको अवस्था थाहा पाउन नयाँ सफ्टवेयर काठमाडौं । खानेपानी मन्त्रालयले देशैभरिका खानेपानी आयोजनाको अवस्था, आयोजनाको सुचारुपना, दिगोपना र पहुँचबाहिर रहेका उपभोक्ताबारे डिजिटल तथ्याङ्क, जानकारी र सूचना दिने उद्देश्यले वेबमा आधारित सफ्टवेयर तयार गरेको छ । विश्व बैंकको सहयोगमा तयार भएको उक्त सफ्टवेयरबारे शुक्र...
बस दुर्घटनामा घाईते भएका दुई जनाको मृत्यु चितवन । भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार बिहान भएको दुर्घटनामा परी घाइतेमध्ये दुईको मृत्यु भएको छ । अन्य २१ जनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकको सनाखत हुन सकेको छैन । मृतकमध्ये एक महिला र एक पुरुष रहेका छन् । उनीहरुको ...
ट्याङ्करको ठक्करबाट मृत्यु सुरुङ्गा । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट एनएल ०८ ए ७८३० को पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करले ठक्कर दिँदा झापामा बिहिबार एक व्यक्तिको मृत्यु भएको छ । मृतकको नाम थर बतन भने खुल्न सकेको छैन । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको साइकललाई ट्याङ्करले पूर्वपश्चिम राजमार्गअन्तर्गत ...
सुदूरपश्चिमलाई हराउँदै पुलिस एमएम कपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लब सुनसरीमा जारी मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । इनरुवामा बिहिबार भएको दोस्रो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ९९ रनले पराजित गर्दै पुलिस फाइनलमा...
६ महिनाभित्र एनआरएनएको विशेष अधिवेशन गर- डा. पौडेल काठमाडाैं। गैर आवासीय नेपाली संघ युएसएका  पूर्व सभापति डा. केशव पौडेलले  एक महिनाभित्र संघको  विशेष अधिवेशन आह्वान गरी ६ महिनाभित्र विशेष अधिवेशन डाकेर संस्थालाई गतिशील र संस्थागत बनाउन माग गरेका छन् । बुधबार एक विज्ञप्ति निकाल्दै डा. पौडेलले गत अक्टुबर महिनाको १५ देखि...
शिशु हत्याको आरोपमा महिला पक्राउ सप्तरी । सप्तरीमा शिशु हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाइएको छ । सप्तरीको रुपनी गाउँपालिका–३ मा नवजात शिशु जन्माई मारी फालेको घटनाको आरोपमा २५ वर्षीया ती महिलालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए । महिलाको नाम भने प्रहरीले ख...
वडाध्यक्ष खड्का भारतको बहराइचमा मृत फेला काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका–१२ का वडाध्यक्ष कृष्णबहादुर खड्का भारतको बहराइचस्थित एक होटलमा मृतावस्थामा फेला परेका छन् । भारतको बहराइचमा रहेको शङ्कर होटलमा वडाध्यक्ष खड्काको शव फेला परेको कोहलपुर नगरकार्यपालिका सदस्य डिलबहादुर परियारले जानकारी दिए। उनका अनुसार, घटनाबारे ...
साइकल जोगाउन खोज्दा बस पल्टियो चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–१ ज्यामीरेमा बुधबार दिउँसो साइकललाई जोगाउन खोज्दा यात्रुवाहक बस पल्टिएको छ । लोथरबाट नारायणगढतर्फ आउँदै गरेको बा४ख १३७० नम्बरको बसले साइकलयात्रीलाई जोगाउन खोज्दा आफँै अनियन्त्रित भई सडकबाट २० मिटर तल नालीमा पल्टिएको हो । जिल्ला प्रहरी...
देवघाटमा प्रहरीको गाडी दुर्घटना, एकको मृत्यु, २९ घाइते चितवन । तनहुँको देवघाट गाउँपालिका–५ कालीमाटीमा प्रहरीको गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा एकको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । मृत्यु हुनेमा प्रहरी जवान सन्दीप केसी रहेका छन् । चितवन, तनहुँ र नवलपुरको सङ्गमस्थल देवघाटमा लागेको मकर मेलाको सुरक्षाका लागि...
अवैध लागूऔषध सहित नागढुङ्गाबाट १ जना पक्राउ काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुंगाले अवैध लागूऔषध गाँजा सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ सेराङ गाउँपालिका–१ बस्ने २१ वर्षीय देवराज लामा रहेको प्रहरीले जनाएको छ । उनलाई अवैध लागूऔषध गाँजा २ सय ५३ ग्राम र अवैध लागूऔषध चरेश जस्तो देखिने वस्तु ९ सय ५० ...
अमेरिकाको मनाससमा नेपालीको आफ्नै भवनका लागि जमिन खरीद गर्ने सर्वसम्मत निर्णय वासिंगटन डिसी। अमेरिका नेपाल सामुदायिक केन्द्र (NACC) को आइतबार स्थानीय लोटस मन्दिरमा बसेको विशेष साधारण सभाले मनाससस्थित चर्चको जमिन र भवन १७ लाख डलरमा खरिद गर्ने प्रस्ताव सर्वसम्मतरुपमा पारित गरेको छ। अव फेब्रुअरी १५ तारिकमा आधिकारिक रुपमा प...
गाडीमा अश्लिल हर्कत गर्नेलाई ५ बर्ष कैद र ३ लाख जरिवाना हुन सक्ने काठमाडौं । करिब १ बर्ष पहिला काठमाडौंको एउटा सार्वजनिक गाडीभित्र अश्लिल हर्कत गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । अभियुक्तको पहिचान गर्न गाह्रो भएको भन्दै प्रहरीले खोजतलास जारी राख्यो । अन्ततः पक्राउ गरी सार्वजनिकसमेत गरेको छ । नेपाल प्रहरी अपराध म...
बहुविवाह गरेको आरोपमा ५३ वर्षीय तिलकप्रसाद र २१ वर्षीया मुना कारागार चलान भोजपुर । जिल्ला अदालतले बहुविवाह गर्ने एक जोडीलाई कारागार सजायको फैसला सुनाएको छ । अदालतले पौवादुङ्मा गाउँपालिका वडा नम्बर २ तिवारीभञ्ज्याङका ५३ वर्षीय तिलकप्रसाद ढकाल र सोही ठाउँकी २१ वर्षीया मुना धमलालाई जनही एक वर्ष छ महिना कैद र जनही रु १५ हज...
नयाँ बसपार्कबाट अनैतिक क्रियाकलापमा संलग्न ७३ पक्राउ काठमाडौं । नेपाल प्रहरीले गोङ्गबु नयाँ बसपार्क क्षेत्रबाट अनैतिक क्रियाकलापमा संलग्न ७३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले गोङ्गबु नयाँ बसपार्क क्षेत्रका खाजाघर तथा रेस्टुरेन्टमा चलाएको ‘स्विप अप्रेशन’मा अनैतिक क्रियाकलाप गर्ने ७३ व्यक्...
कृषि विकास बैंक घोटाला : अख्तियारद्वारा अरोपपत्र दायर काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको न्यूरोडस्थित कृषि विकास बैंकको कर्मचारी दीपिका रेग्मीसहित आठजनाविरुद्ध सरकारी रकम दुरुपयोग गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले सो बैंकको नयाँ सडक शाखाकी ट्रेलर सहायक रेग्मीविरुद्ध चार ...
ज्यान र हतियार खरखजाना मुद्दामा पक्राउ लहान । कर्तव्य ज्यान र हातहतियार खरखजाना मुद्दामा अदालतबाट १३ वर्षको कैद सजाय पाएर फरार एकसहित तीन जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा १० वर्ष र हातहतियार खरखजाना मुद्दामा तीन वर्ष कैद तथा एक लाख जरिवाना सजाय पाएका सिरहा, कल्याणपुर नगरपालिका ८ निवासी ३५ व...
छुट्टछुट्टै सवारी दुर्घटनामा परी दुईको मृत्यु तनहुँ । छुट्टछुट्टै सवारी दुर्घटनामा परी घाइते भएकामध्ये तनहुँमा दुई जनाको मृत्यु भएको छ । गत शुक्रबार तनहुँको घिरिङ गाउँपालिकास्थित कृष्ण मोटरमार्गमा बस दुर्घटना हुँदा सख्त घाइते भएकी घिरिङ गाउँपालिका–१ का ७० वर्षीया आइतीमाया विकको पोखरा मणिपाल अस्पतालमा उपचारको क्रममा गएर...
देवघाटमा माघे संक्रान्ति मेला शुभारम्भ चितवन। तीर्थस्थल देवघाटको बेनीमा आज बिहान बाँसको लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ। नेपाल सन्त समाजका अध्यक्ष एवं हरिहर सन्न्यास आश्रमका पीठाधीश ज्ञानानन्द सरस्वती, महेश सन्न्यास आश्रमका पीठाधीश रमाणानान्द गिरी, अभय वेदान्त साधना कुटिरका स्वामी कृष्णानन्द सरस्व...
दुर्घटना न्यूनिकरण गर्ने भन्दै टिप्पर चालकले खाए सपथ काभ्रे । दुर्घटना न्यूनीकरण गर्न चालकको मुख्य भूमिका रहेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय र वाग्मती टिपर व्यवसायी संघ काभ्रेपलाञ्चोकले आज जिल्लामा सञ्चालित टिपर चालकलाई सुरक्षित र धैर्यताका साथ गाडी चलाउन निर्देशन दिँदै शपथ गराएको छ । ‘भ्रमण वर्ष २०२० को प्रचार...
लामा पक्राउ प्रकरणः शंकाको घेरामा प्रहरी, नियन्त्रणमा लिएर गोली हानेको आरोप काठमाडौं । अभियुक्त विष्णु लामाका आफन्तले प्रहरीले उनलाई आत्मसमर्पण गरिसकेपछि नियन्त्रणमा लिई गोली हानेको आरोप लगाएका छन् । २७ पौषमा जोरपाटीस्थित मेडिकल कलेज बाहिर खाजा खाइरहेको ठाउँमा प्रहरी आई समातेको र जबमुडाँडामा लगेर गोली हानेपछि घाइते अवस...
पञ्चको बाटोमा कांग्रेस, कांग्रेसको बाटोमा नेकपा नेपालमा झण्डै दुइ तिहाइको दम्भको नेकपाको ‘खुर्माने’ सरकार छ, इतिहास भएको तर कान्ती गुमाएको निम्छरो नेपाली कांग्रेस प्रमुख बिपक्षी छ । नेपालमा पछिल्लो उपनिर्वाचनले समेत पुष्टी गरेको तथ्य के हो भने कम्युनिष्ट र लोकतन्त्र पक्षधरबीच नेपाली जनमत बिभाजित छ, भोलि पनि त्यस्तै हुन...
रु ५० करोड राजश्व छलीको आरोप काठमाडौं । विभिन्न कम्पनीमार्फत भन्सार चोरी पैठारी गरी राजश्व चुहावट गरेको आरोपमा रुपन्देहीका दुई जनाविरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा चलाएको छ । रुपन्देहीको सम्मरीमाइका श्रुति ट्रेडर्स सञ्चालक आशिष गुप्तासमेत दुई जनालाई भन्सार चोरी पैठारी गरी राजश्व चुहावट गरेको अभियोगमा रु ४९ करोड ६...
धनुषाको घटनाको निष्पक्ष अनुसन्धान गर्न आग्रह काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले धनुषामा मानवाधिकार रक्षक दिलीप भनिने ओमप्रकाश महतोलाई टिपरले टाउकामा कुल्चाएर हत्या गरेको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारवाही गर्न सरकारसँग माग गरेको छ । धनुषाकोे मिथिला नगरपालिका–५ का वातावरण संरक्षण अभियानकर्मी महतोको यही पुस ...
कुटपिटका कारण एक युवाको ज्यान गयो रसुवा । कुटपिटका कारण उत्तरी रसुवास्थित गोल्जुङ गाउँ निवासी एक युवकको गए राति निधन भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज गिरीका अनुसार मृत्यु हुनेमा रसुवा, आमाछोदिङ्मो गाउँपालिका वडा नं ४ गोल्जुङ निवासी ४६ वर्षीय सार्की गुरूङ छन् । सोही स्थानका ४१ वर्षीय मिङ्गार सिंगी ...
व्यवसायीसँग घुस लिएको अभियोगमा पक्राउ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक निर्माण ठेक्का सम्झौता भई काम गर्दै गर्दा शुरुआती रकम लिन आएका निर्माण व्यवसायीसँग घुस लिएको अभियोगमा पूर्वाधार विकास कार्यालय प्रदेश नं ३ ललितपुरका लेखा अधिकृतलाई पक्राउ गरेको छ । आयोगका अनुसार लेखा अधिकृत विष्णुहरि पुडासैनीले निर्...
कर कार्यालयका कर्मचारीको व्यवहार राम्रो नभएको गुनासो काठमाडौं । कर तिर्ने व्यवसायीहरुलाई कर कार्यालयका कर्मचारीहरुले राम्रो व्यवहार नगरेको व्यवसायीहरुले बताएका छन् । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल आवद्ध व्यवसायीहरुले आइतबार आन्तरिक राजश्व विभागका अधिकारीहरुलाई भेट गरी आफुहरुमाथि कर्मचारीहरुले राम्रो व्यवहार नगरेको ...
तनहुँमा एनसेल टावरमा आगजनी, सबै उपकरण जलेर नष्ट तनहुँ। तनहुँको भिमाद नगरपालिका–५ मिर्छुलुङस्थित एनसेल टावरमा गए राति आगजनी भएको छ। अज्ञात समूहले एनसेल टावरमा आगलागी गरेको इलाका प्रहरी कार्यालय भिमादले जनाएको छ। आगजनीबाट टावरको सबै उपकरण जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भिमादका प्रमुख प्रहरी नायब निरीक्षक भेषराज रेग...
नेपाल भ्रमण वर्ष : खोइ पर्यटक बसपार्क ? काठमाडौं। सरकारले भ्रमण वर्ष–२०२० मनाउन शुरु गरे पनि मुलुकको राजधानी काठमाडौँमा भने अहिलेसम्म पर्यटकीय सवारीसाधनका लागि छुट्टै बसपार्क बन्न सकेको छैन। मुलुकको आर्थिक मेरुदण्डको मुख्य आधारका रुपमा रहेको पर्यटक बसका लागि व्यवस्थित बसपार्क नहुँदा अस्थायीरुपमा सोह्रखुट्टेको सडकबाट सव...
जङ्गी अड्डामा पृथ्वीनारायण शाहप्रति सलामी अर्पण काठमाडौं। नेपाली सेनाले २९८ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डाको मुख्य भवन अगाडि अवस्थित राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण गरेको छ। सो अवसरमा आयोजित विशेष समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्र ...
पृथ्वी जयन्ती आज, विविध कार्यक्रम गरेर मनाइँदै काठमाडौं। आज २९८ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर मनाइँदैछ। १७७९ साल पुस २७ गते गोर्खामा जन्मिएका शाहले आफ्नो शासनकालमा चार दर्जनबढी साना साना राज्यलाई जोडेर नेपालको एकीकरण गरेका थिए। भौगोलिक रुपमा नेपाल ...
नयाँ बसपार्कको विकृति अन्त्य गरिने काठमाडौं । नयाँ बसपार्क क्षेत्रमा हुने विकृति, विसङ्गति अन्त्यका लागि थप प्रहरी परिचालन गरिने भएको छ । सामुदायिक प्रहरी सेवा केन्द्रले गोँगबुले आयोजना गरेको ‘शान्ति सुरक्षा सुदृढीकरण कार्यक्रम’मा गोँगबु क्षेत्रलाई अपराधमुक्त क्षेत्र बनाइने बताइएको हो । कार्यक्रममा महानगरीय प्रहरी कार्...
भारतीय नागरिकको हत्या अभियोगमा सात जना पक्राउ चौतारा । एक भारतीय नागरिकको हत्या अभियोगमा सात जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । भारतको विहार घर भई पर्सा जिल्ला पोखरीया नगरपालिका–८ बस्दै आएका २७ वर्षीय राजकुमार मुखियाको हत्या अभियोगमा वीरगञ्ज महानगरपालिका–११ का २७ वर्षी...
पाल्पाबाट पोखरा जाँदै गरेको बस दुर्घटना हुँदा दुई जनाकोे मृत्यु दमौली । तनहुँको घिरिङ गाउँपालिकास्थित कृष्ण मोटरमार्गमा शुक्रबार बिहान भएको बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पाल्पाको रामपुरबाट पोखरातर्फ जाँदै गरेको ग१ख ६१७५ नंको बस घिरिङ गाउँपालिका–३ स्थित थानीमाइमा अनियन्त्रित भई सडकबाट तल खस्दा बसमा सवार दु...
पाल्पाबाट पोखरा जाँदै गरेको बस दुर्घटना, एक जनाको मृत्यु, २५ जना घाईते दमौली । तनहुँको मानपुर नजिक अर्चलकोटमा यात्रुवहाक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । उक्त बस दुर्घटनामा परी २५ जना घाईते भएका छन् । घाईतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पाल्पाको रामपुरबाट भिमाद हुँद...
भीमफेदीमा कार दुर्घटना, भारतीय नागरिकको मृत्यु हटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–९ अघोरमा कार दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ। गए राति वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बा १ य १२८३ नम्बरको कार अघोरमा दुर्घटना हुँदा ४५ वर्षीय सन्तोषसल्वा कुमारको मृत्यु भएको हो। दुर्घटनाबाट गम्भीर घाइते भएका उनको आ...
१५ किलो गाँजासहित तीन पक्राउ हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानी र हेटौँडा उपमहानगरपालिका–१५ गरी दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध गाँजा १५ किलोसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको हरिपुर नगरपालिका–९ का २४ वर्षीय रञ्जितकुमार गुप्ता, सोही ठाउँ बस्ने ३१ वर्षीय बालकृष्ण गुप...
सुर्खेतबाट जाजरकोट जाँदै गरेको गाडी दुर्घटना सुर्खेत । सुर्खेतबाट जाजरकोटका लागि छुटेको भे १ ख २५७३ नम्बरको काँक्रेविहार यातायातकाको फोर्स गाडी दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। सुर्खेतबाट यात्रु लिएर जाजरकोट जाँदै गरेको गाडी आज बिहान साढे ८ बजेको समयमा बनगाड कुपिण्डे–११ बालुवासंग्रही नजिकै दुर्घटना भएर १ सय ५० मिट...
नेपालको पासपोर्ट विश्वकै खराब पासपोर्टको सूचीमा काठमाडौं । नेपालको पासपोर्ट (राहदानी) विश्वकै खराब पासपोर्टको सुचीमा सामेल भएको छ। हेन्ली पासपोर्ट ईन्डेक्सले सार्वजनिक गरेको नयाँ दशकको रिपोर्टमा नेपालको पासपोर्ट १०१ औं स्थानमा परेको छ। जुन सबैभन्दा खराब सुची हो। नेपाल उत्तर कोरिया र सुडान भन्दा पनि पछि परेको सीएनएन ट्र...
रामबाबु र सञ्जय साह रौनियारको ऋण आतंक : न्याय खोज्दै पीडित राजधानीमा काठमाडौं। सर्लाहीका रामबाबु राय र सञ्जय साह रौनियारको ऋण आतंकबाट बन्धक बनेका स्थानीयहरु न्याय खोज्दै राजधानी आइपुगेका छन्। ऋण लिएको पैसा भन्दा तीन गुणाबढीको कागज बनाउन लगाउने र घरजग्गा समेत बन्धकी राखेर हडप्ने गरेको आरोप स्थानीयले लगाएका छन्। फिर्ता न...
कुलपति डा. गंगा प्रसाद उप्रेती अमेरिकामा अभिनन्दित डिसीनेपाल, क्यालिफोर्निया प्रतिनिधि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति, साहित्यकार तथा प्रकाण्ड विद्वान डा गङ्गाप्रसाद उप्रेतीलाई अमेरिकाको क्यालिफोर्नियामा एक सुमधूर समारोहका विच नागरिक अभिनन्दन गरिएको छ। हाल अमेरिकाको नीजी भ्रमणमा रह्नु भएका उप्रेतीलाई नेपाली भाषा, सा...
सडक दुर्घटनामा दुईको मृत्यु राजविराज । सप्तरीको छुटाछुटै ठाउँमा आज भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बलानबिहुल गाउँपालिका¬–२ झिझहा टोलस्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको ज्यान गएको प्रहरीले जनाएको छ । स८प ७०११ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्री सुरुङ्गा नगरपालिका–१० थलाहा बस...
रोकिराखेको ट्रकमा ठोकिएर मोटरसाइकल चालकको मृत्यु भरतपुर । चितवनमा गएराति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृतकको पहिचान खुलेको छैन । रत्ननगर नगरपालिका–४ देबैलीस्थित सडकखण्डमा रोकिराखेको ना५ख ६४४५ नंको मिनीट्रकमा सौराहादेखि टाँडीतर्फ आउँदै गरेको ना३८प ८३२८ नंको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो। दुर्घटनामा घ...
दाजुको कुटाइबाट भाईको मृत्यु इलाम । इलामको सूर्योदय नगरपालिका–१२ आठघरेका ४६ वर्षीय हर्कबहादुर रसाइलीको आफ्नो दाजुको कुटपिटबाट मृत्यु भएको छ । दाजुसँग झगडा गरी घरमा सुत्न गएका हर्कबहादुर बिहान मृत अवस्थामा फेला परेका थिए । आइतबार मादकपदार्थ सेवन गरी ४८ वर्षीय रामबहादुर र हर्कबहादुरबीच झगडा भएको थियो । दाजुले काठको पिरा ...
पचहत्तर हजार घुस रकमसहित पक्राउ विरगञ्ज । सेवाग्रहीसँग ७५ हजार घुस लिएको अभियोगमा नापी कार्यालय वीरगञ्जका सर्वेक्षकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । जग्गाधनीको प्रमाण पूर्जा बनाइ दिने नाउँमा सेवाग्रहीसँग माग गरेको घुस रकम लिँदै गरेको अवस्थामा आयोगको मकवानपुरको टोलीले नापी कार्यालयका सर्वेक्...
प्रहरीद्वारा चरेशसहित एक पक्राउ काठमाडौं । नेपाल प्रहरीले नागढुङ्गाबाट चरेशसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभागबाट खटिएको टोलीले धादिङबाट काठमाडौँ आउँदै गरेको प्रदेश ३–०१–००५ ख ९५७३ नम्बरको यात्रुबाहक बसमा अवैधरुपमा चरेश ल्याउँदै गरेको अवस्थामा पर्सा छिपरमाई गाउँपालिका–६ का ३४ वर्षीय शम्भु साहलाई सोमब...
निस्सासिएर एकको मृत्यु सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–२ कोलडाँडा नयाँबस्तीमा घरभित्र निस्सासिएर एक महिलाको मृत्यु भएको छ । कोइला बालेर सपरिवार सुतिरहेको अवस्थामा चन्द्रा कामीको आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चन्द्राका पति हरिबहादुर कामीको कोहलपुर मेडिकल कलेजको सघन उपचार कक...
लागुऔषधसहित पेस्तोल र गोली बरामद सप्तरी । सशस्त्र प्रहरीले छिन्नमस्ता गाउँपालिका–३ गोबिन्दपुरबाट एक थान कटुवा पेस्तोल, दुई राउण्ड गोली र लागुऔषध फेला पारेको छ । बेबारिसे अबस्थामा फेला परेको हतियार र लागुऔषध आज आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी गण नम्बर ६ का सशस्त्र प्रहरी उपरिक्षक उ...
चितुवाको आक्रमणबाट बालकको मृत्यु दमौली । चितुवाको आक्रमणबाट तनहुँको आँबुखैरेनी गाउँपालिका–१ रानागाउँमा आज साँझ एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ वर्षीय पुजन सिंजाली मगर रहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए । घर बाहिर खेलिरहेको अवस्थामा चितुवाको आक्रमणबाट बालकको मृत्यु भएको हो । बालकक...
सर्वोच्चको आदेशविपरीत सडक विस्तार नगर्न माग काठमाडौं। सर्वोच्च अदालतको आदेशविपरीत सडक विस्तार शुरु भएको भन्दै जोरपाटी–सुन्दरीजल सडक पीडित सङ्घर्ष समितिले आपत्ति जनाएको छ। सहमतिमा काम भइरहेको स्थानमा एकतिर पेलेर निर्माण व्यवासायीले गुण्डागर्दी गर्न खोजेको सङ्घर्ष समितिका अध्यक्ष सरोजकुमार श्रेष्ठले बताए। दुई पक्षको विवा...
भारतीय ट्रकको ठक्करबाट २ जनाको मृत्यु दमक । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमकमा गए राति भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्। दमक–९ स्थित क्याम्पसमोडमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१ह ४९१९ नंको अटोरिक्सालाई विपरीत दिशाबाट आइरहेको भारतीय नम्बरको बीआर०७जीएच७८ को ट्रकले ठक्क...
टिपरको ठक्करबाट एक महिलाको मृत्यु धनुषा । टिपरको ठक्करबाट जनकपुरधाम उपमहानगरपालिका–६ का ४५ वर्षीया सुधादेवी ठाकुरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जनकपुरधाम–७ स्थित पगलाबाबा धर्मशाला नजिक ना१क ४५०९ नंको टिपरले ठक्कर दिदाँ गम्भीर घाइते भएका सुधाको उपचारका क्रममा जानकी हेल्थ केयर सेन्टरमा शनिबार मृत्यु भ...
हत्या र लुटपाटमा संलग्न दुर्गाबहादुर पक्राउ काठमाडौं । धादिङ जिल्लाको उत्तरी भेगमा हत्या, डकैती र लुटपाट मच्चाई सर्वसाधारणलाई त्रासमा पार्दै आएका साइला भनिने दुर्गाबहादुर तामाङ पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को विशेष टोलीले उनलाई कास्कीको पोखराबाट पक्राउ गरेको हो । पहिचान बदलेर बसिरहेका ...
५५ केजी गाँजासहित चारजना पक्राउ मकवानपुर । ५५ केजी गाँजासहित चार जना पक्राउ परेका छन् । तीन भारतीय र एक नेपालीलाई शनिबार मकवानपुरबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । करिब २० केजी गाँजासहित मकवानपुरको राक्सीसाङ गाउँपालिका–५ का राजकुमार मोक्तान र ३५ केजी लागुपदार्थसहित भारत मोतीहारीका दिलीपकुमार सिंहसहित अन्य दुई जनालाई...
बस दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते मध्यपुरथिमि । चाँगुनारायण नगरपालिका– १ दुवाकोटस्थित चाँगुनारायण इञ्जिनयिरिङ कलेजबाट दुवाकोटतर्फ आउँदै गरेको बा१ख ९०९० नं को बस अनियन्त्रित भई सडक छेउमा खसेर दुर्घटना हुँदा शनिबार एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका– ६ घर भई हाल दुवाकोट बस्ने ३० वर्...
काठमाडौंबाट धुन्चेका लागि गएको बस रसुवाको थाडेमा दुर्घटना काठमाडौं। काठमाडौंबाट रसुवाको धुन्चेका लागि गएको यात्रु बाहक बस शनिबार रसुवाको थाडे भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको छ। रसुवाको धुन्चे नजिकैको थाडे भन्ने स्थानमा बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। प्रहरीका अनुसार प्रदेश ३–०३००५–९४६५ नम...
स्कुटरको ठक्करले सहचालकको मृत्यु भक्तपुर । अरनिको राजमार्गअन्तर्गत भक्तपुर नगरपालिका–१ सिर्जनानगरमा स्कुटरले ठक्कर दिँदा काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको एनएल ०१ एडी ५९१८ नंको कन्टेनरका सहचालकको मृत्यु भएको छ । कन्टेनर गाडी पछाडि सार्ने क्रममा ठाउँ माग्दै गरेका सहचालक फरकुवावाद भारतका २५ वर्षीय नरेन्द्र पाललाई काठमा...
दाङमा लागुऔषध कारोवार बढ्दो लुम्बिनी । ङमा लागुऔषध कारोवार बढिरहेको छ । चालू आर्थिक वर्ष २०७६/७७ को पाँच महिनामा ११ लागुऔषधका मुद्दा दर्ता भएका छन् । यसमा २१ पुरुष, चार महिलालाई पक्राउ गरिएको छ । यस्तै पाँच सेवनकर्ता, तीन बिक्री वितरण र तीन ओसारपसारको रूपमा पक्राउ परेका छन् । चालू आवको अहिलेसम्म तीन किलोग्राम अफिम, आठ ...