content
stringlengths
20
64.1k
काठमाडौं महानगरमा निःशुल्क कानुनी सेवा लिनेको सङ्ख्या तीन हजार काठमाडौं। काठमाडौं महानगरपालिकाले गत चैत एक गतेदेखि सुरु गरेको निःशुल्क कानुनी परामर्श सेवा दुई हजार आठ सय नौ जनाले लिएका छन् । नागरिकलाई सामान्य किसिमको कानुनी परामर्श दिने उद्देश्यसहित कामपाले एक महिनाअघिदेखि कामपाको ३२ वटै वटा कार्यालयमार्फत निःशुल्क कान...
दश प्रतिशत शय्या गरिब बिरामीलाई छुट्याउन मन्त्रालयको निर्देशन काठमाडौं।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई कूल शय्याको १० प्रतिशत शय्या गरिबीलाई निःशुल्क उपचारका लागि छुट्याउन निर्देशन दिएको छ। मन्त्रालयका उपसचिव एकदेव खनालले आज सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजलाई ...
साढे चार सयले लिए सगरमाथा आरोहणको अनुमति काठमाडौं। यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि चार सयभन्दा बढी आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार आजसम्म ४२ आरोही समूहका चार सय ६३ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका हुन्। पर्वतारोहण शाखाका शाखा अधिकृत विज्ञान कोइरालाका अनुसार अब दुई÷तीन जना नेपाली र केही वि...
जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ सुनसरी। जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। ईटहरी उपमहानगरपालिका-२ पशपति चोक बस्ने ६० वर्षीय केदर श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-२ बस्ने ३४ वर्षीय दिपक थापासहित ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। विशेष सूचना...
ईजरायल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने ३२ वर्षीया महिला पक्राउ काठमाडौँ। ईजरायल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक महिलालाई पक्राउ परेकी छन्।  पक्राउ पर्नेमा झापा कमल गाउँपालिका-७ घर भई काठमाडौं कपन बस्ने ३२ वर्षीया हरीकला दाहाल रहेकी छन् । वैदेशिक रोजगारीको लागि ईजरायल पठाई कन्सट्रकसनको काम लगाईदिन्छु भन्दै प्र...
‘दक्षिण एसियामा प्रभावकारी खाद्य प्रणाली’ विषयक सापलिङको क्षेत्रीय सम्मेलन नेपालमा ढाका। सुधारिएको पोषण तथा वृद्धिको लागि दक्षिण एशियाली नीति निर्माताहरुको संगठनको दोस्रो बैठक कृषि–खाद्य प्रणालीमा सुधार गर्ने सम्बन्धमा काठमाडौ, नेपालमा २४ र २५ अप्रिलमा सम्पन्न भएको छ। सापलिङको शुरुवाती पहल सन् २०१९ मा भएको थियो र यस सं...
बसन्त चौधरीले ल्याए वातावरणसम्बन्धी इपेपर काठमाडौँ। कवि, लेखक तथा समाजसेवी वसन्त चौधरीले servedplanet.com नामक वातावरण केन्द्रित इपेपर सुरु गरेका छन्। सोही नामको पोर्टलमा होस्ट गरिएको इपेपरले वातावरण, पृथ्वी, जलवायु परिवर्तन, पानीको अभाव, खाद्य असुरक्षा र वन्यजन्तुका बारेका लेख तथा विश्लेषणहरुलाई प्राथमिकताका साथ प्रका...
पश्चिम नवलपरासीमा भन्सार छलेर ल्याईएको ४२० बोरा चिनी बरामद नवलपरासी।  भन्सार छलेर ल्याएको १६ लाख मूल्य बराबरको चिनी बोकेको ट्रकसहित एक जना पक्राउ परेका छन्। पश्चिम नवलपरासी प्रहरीले भन्सार छलेर ल्याउँदै गरेको ट्रक पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाटबाट नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका सू...
आजको मौसमः पहाडका केही भू-भागमा मेघगर्जनसहित पानी पर्ने संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आँशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। दिउँसो लुम्बि...
उपत्यका प्रहरी र बूढानीलकण्ठ नगरपालिकाबीच सिसीटिभी जडान सम्झौता काठमाडौं। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र बूढानीलकण्ठ नगरपालिकाबीच नगर क्षेत्रभित्र सहरी सुव्यवस्थापनका लागि सिसीटिभी क्यामेरा जडान, सञ्चालन, मर्मतसम्भार र सूचनाको उपयोग गर्नेसम्बन्धी समझदारी–पत्रमा हस्ताक्षर भएको छ। आज बूढानीलकण्ड नगरपालिकाको...
ज्यान मार्ने उद्योग कसुरमा संलग्न १३ जना बालिकाहरू पक्राउ मोरङ। मोरङको मिक्लाजुङ गाउँपालिकाबाट ज्यान मार्ने उद्योग कसुरमा संलग्न १३ जना बालिकाहरूलाई प्रहरीले पक्राउ गरेको छ। बैशाख ६ गते मिक्लाजुङ गाउँपालिका वडा न. ३ स्थित रहेको कालिका माध्यमिक विद्यालयमा अध्ययन गर्ने  १४ बर्षकी बालिकालाई स्कुलमा भएकै समयमा सोही ठाँउ बस...
इजरायल पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ काठमाडौं । इजरायल पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका–७ स्थायी घर भई हाल काठमाडौंको कपन बस्ने हरीकला दाहाल रहेको प्रहरीले जनाएको छ । पाँच जनालाई वैदेशिक रोजगारीको लागि इजरायल पठाइदिन्छु र ‘कन्स्ट्रक्सन’ मा काम ...
बलियो नेपाल न्युट्रिशन इनिसियटिभले गर्यो पोषण सचेतना अभिमुखीकरण कार्यक्रम काठमाडौँ। खाद्य स्वच्छता र पोषणबारे सचेतना फैलाउने उदेश्य अनुसार बलियो नेपाल न्युट्रिशन इनिसियटिभले स्वेता सेक्युरेटिज तथा बाल सारथीसँगको समन्वयमा  आइतबार (बैशाख १० गते) पोषण सचेतना अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ। जसमा बलियो नेपालले बाल सार...
२०७२ सालकाे शक्तिशाली भूकम्पकाे आठ वर्ष पूरा काठमाडौं मंगलबार २०७२ सालको भूकम्पको आठ वर्ष पूरा भएकाे छ। वैशाख १२ गते शनिबार बिहान ११ बजेर ५६ मिनेटमा गाेरखाकाे बारपाक क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७‍‍.६ म्याग्नेच्युडकाे शक्तिशाली भूकम्प गएकाे थियाे। राष्ट्रिय योजना आयोगको अगुवाइमा संकलन गरेको तथ्यांक अनुसार साे भूकम्पब...
आजको मौसमः पाँचवटा प्रदेशमा पानी पर्ने संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली रही सुदुरपश्चिम प्रदेश, कार्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्क...
जग्गाको कित्ताकाट खुला गर्ने निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन भक्तपुर। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यहीँ ५ गते नेपाल सरकार मन्त्रीपरिषद्ले जग्गाको कित्ताकाट खुला गर्न गरेको निर्णय तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन्। आज नेपाल जग्गा तथा आवास विकास महासङ्घका अध्यक्ष भेषराज लोहनी...
फ्लाई दुबईको जहाज किन त्रिभुवन विमानस्थलमा अवतरण गरेन? काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि सोमबार राति उडेको फ्लाई दुबईको जहाजको इञ्जिनमा खराबी देखियो। विमानस्थलबाट उडानभरे लगत्तै उक्त जहाजको इञ्जिनमा ठूलो आवाजसहित आगोको झिल्को देखियो। विमान चालक (पाइलट)ले जहाजलाई धादिङको धार्केमाथिको आकाशमा करि...
फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको थियो काठमाडौं। फ्लाई दुबईको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको उक्त जहाजको इञ्जिनमा खराबी आएको थियो। विमानस्थलबाट उडे लगत्तै ठूलो आवाजसहित जहाजमा आगोको झिल्को देखिएको थियो। फ्लाई दुबईको एफजेड ५७६विमानमा चरा ठोक्किएपछि आगो देखिए...
ठूलो दुर्घटनाबाट जोगियो फ्लाई दुबईको जहाज, धार्केमाथिको आकाशमा ७ मिनेट होल्ड गराइएको थियो काठमाडौं। फ्लाई दुबईको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको उक्त जहाजको इञ्जिनमा खराबी आएको थियो। विमानस्थलबाट उडे लगत्तै ठूलो आवाजसहित जहाजमा आगोको झिल्को देखिएको थियो। विम...
फ्लाइ दुबईको जहाजमा यसरी आकाशमै आगो देखिएको थियो (भिडियोसहित) काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको देब्रे इन्जिन फेल भएपछि आकाशमै आगलागी भएको छ। १६२ जना यात्रु बोकेको फ्लाई दुबईको विमानको इञ्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी भएको थियो। राति ९ बजेर २१ मिनेटमा उडेको केहिबेरमै इञ्जिन ...
फ्लाइ दुबईको जहाज सुरक्षित, पाइलटले काठमाडौंमा अवतरण गराएनन् काठमाडौं।काठमाडौंबाट दुबईका लागि उडेको फुलाई दुबईको विमानमा समस्या भएपछि कामाठाडौंतर्फ फर्किएको विमान फेरि दुबईतर्फ गएको छ। फ्लाइट नम्बर एफजेट ५७६ सो विमानमा सुरुमा इन्जिनमा समस्या आएको बताएपछि काठमाडौंं डाइभर्ट गरिएको र अहिले दुबईतर्फ फर्किएको विमानस्थलका प्...
काठमाडौंबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल, अवतरण गर्ने तयारी काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएको छ। १६२ जना यात्रु बोकेको फ्लाई दुबईको विमानको इञ्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी समेत भएको थियो। उडेको केहिबेरमै इञ्जिन फेल भएपछि अवतरण गर्न लागेको विमानस्थलका...
१४ वर्षीया बालिका बलात्कार आरोपमा ७० वर्षीय वृद्ध पक्राउ कालीकोट । सुस्त मनस्थिति भएकी १४ वर्षीया बालिका बलात्कारको आरोपमा तिलागुफा(१० रानावाडाका ७० वर्षीय वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा खाम्मा राना रहेको प्रहरीले जनाएको छ । फागुनदेखि लगातार बलात्कारको सिकार हुँदै आएकी बालिकाका बुबाको जाहेरीका आधारमा रानालाई प...
घरजग्गा व्यवसायीले भेटे प्रधानमन्त्री, दर्ता भएका कम्पनीलाई मात्रै घरजग्गा किनबेच गर्न दिन माग काठमाडौं। घरजग्गा व्यवसायीहरुले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। नेपाल जग्गा तथा आवास विकास महासंघ (एनएलएचडीएफ) का अध्यक्ष भेषराज लोहनी नेतृत्वको टोलीले प्रधानमन्त्रीसँग भेटघाट गरेको हो। महासंघ टो...
साढे नौ हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएनन् काठमाडौं । कानूनअनुसार सार्वजनिक सेवामा रहेका सरकारी कर्मचारीले आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्छ । भ्रष्टाचार निवारण ऐन, २०५९ ले पनि सो व्यवस्था गरेको छ । राष्ट्रिय सतर्कताकेन्द्रका अनुसार उक्त व्यवस्थाको बर्खिलाप गर्दै नौ हजार पाँच सय ९०...
रहस्यमै छ कपनकी भाँडा व्यवसायी नीरा हत्या प्रकरण काठमाडौं काठमाडौँको कपनस्थित सरस्वतीनगरमा वैशाख ७ गते मध्याह्नको समयमा एक भाँडा व्यवसायीको चक्कु प्रहारबाट भएको हत्या प्रकरण आज पाँच दिन पुग्दा पनि रहस्यमै छ । घटनाका दोषीको अझै पहिचान हुन सकेको छैन । अपराह्न २ देखि ३ बजेभित्रको समयमा पसलमा बसिरहेका बेला ३५ वर्षीया नीरा ...
प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिर्सेसको शाखा नेपालमा काठमाडौं। प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिर्सेसले नेपालमा नयाँ शाखा सञ्चालनमा आउने भएको छ। नेपालमा उद्घाटन हुने उक्त शाखाको नाम भने नेपाल प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिसेस रहने बताइएकाे छ। काठमाडौंको सेन्ट्रल बिजनेश पार्क, थापाथलीको दोस्रो तल्लामा मुख्यालय रह...
अदालतभित्रै होहल्ला गरी अशान्ति मच्चाउने तीन जना पक्राउ गोरखा। अदालत परिसरभित्रै होहल्ला गरी अशान्ति मच्चाउने तीन जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ। जिल्ला अदालतकोे मेलमिलाप केन्द्रमा सम्बन्धविच्छेदको मुद्दालाई लिएर भइरहेको छलफलमा अशान्ति मच्चाउने तथा हुलहुज्जत गरेको आरोपमा प्रहरीले उनीहरुलाई आइतबार पक्राउ...
आफ्नै साथीले बोकेको बन्दुक पड्किँदा नुवाकोटमा एक जनाको मृत्यु नुवाकोट। आफ्नै साथीले बोकेको बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ। नुवाकोटको किम्ताङ जंगलमा आफ्नै साथीले बोकेको भरुवा बन्दुक पड्केर २६ वर्षीय पञ्च घलेको मृत्यु भएको हो। प्रहरी नायव उपरीक्षक खन्द्रबहादुर खड्काका अनुसार म्यागङ गाउंपालिका ४ किम्ताङस्थित होङभङ...
आजको मौसम: हावाहुरीसहित वर्षाकाे संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी तथा मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली र...
नगरपालिकाको जिपको ठक्करबाट बालकको मृत्यु मध्यविन्दु। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१५ मा जिपको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु भएको छ । मध्यविन्दु नगरपालिकाको बा२झ २३१२ नं को जिपको ठक्करबाट ४ वर्षीय आदित्य माझीको मृत्यु भएको चोरमारा प्रहरी चौकीका सई ढाकाराम लामिछानेले बताए । दुर्घटनापछि प्रहरीले...
८४ वर्षको उमेरमा धौलागिरि हिमालको कीर्तिमानी आरोहण गर्दै स्पेनका कार्लोस बेनी। उमेरले ८४ वर्ष पुगेका स्पेनका अनुभवी पर्वतारोही कार्लोस सोरिया संसारको सातौँ अग्लो धौलागिरि हिमालमा कीर्तिमानी आरोहणको तयारीमा छन्। म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमाल आरोहण गर्न कार्लोस...
काठमाडौंमा चट्याङसहित वर्षा काठमाडौं। राजधानी काठमाडौँमा मेघगर्जन\चट्याङ्गसहित हल्का वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा साँझ हल्का वर्षा भएको छ । रातिको समयमा पनि बदली र वर्षाको सम्भावना रहेको छ । देशक...
आगलागीबाट आठ घर खरानी जलेश्वर। महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६ मा आज दिउँसो आगलागी हुँदा आठवटा घर खरानी भएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी सरोज राईका अनुसार आज दिउँसो अचानक स्थानीय गफार शेष, सतार शेष, सदरे शेष, अन्सारुल मोमिन, इलझारुल मोमिन, अतिम नदाफ, तालिम मोमिन र राजकिशोर मुखियाको घरमा ...
मान्छे मार्ने बाघलाई राखियो चिडियाखानामा काठमाडौं। कञ्चनपुरको बेलौरीबाट नियन्त्रणमा लिइएको बाघलाई ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखानामा राखिएको छ। ९ वैशाखमा बेलौरी नगरपालिका–पचुईबाट नियन्त्रणमा लिइएको नरभक्षी बाघलाई आइतबार सदर चिडियाखानास्थित बाघ खोरको होल्डिङ कोठामा राखिएको हो। राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य...
एलिजा गौतमद्धारा १० विद्यार्थीलाई कक्षा १ देखि एसईईसम्म पूर्ण छात्रावृत्तिको घोषणा काठमाडौं। नागरिक उन्मुक्ति पार्टीकी नेतृ एवम् समाजसेवी एलिजा गौतमले १० जना गरिब, असहाय तथा जेहेन्दार विद्यार्थीहरुलाई कक्षा १ देखि एसईईसम्म पूर्ण छात्रावृत्ति प्रदान गर्ने भएकी छिन् । उनले सुकेधारामा रहेको आफूले पढेको विद्यालय सेन्ट देवि...
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ दाङ। दाङमा पत्नीको हत्या गरेर भारततर्फ फरार भइरहेको अवस्थामा प्रहरीले पतिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१२ रतनपुर बस्ने ४१ वर्षीय मेघराज केसी रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी वीरबहादुर ओलीका अनुसार केसीलाई शुक्रबार राति करिब साढे ९ बजे...
पाल्पामा बस दुर्घटनामा एक महिलाको मृत्यु, ३८ घाइते रामपुर (पाल्पा)। पाल्पामा यात्रुवाहक बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा बुटवल सडकखण्डको तिनाउँ गाउँपालिका–५ जोरधारामा भएको यात्रुवाहक बस दुर्घटनामा रुपन्देहीको देवदह नगरपालिका–३ सूर्यपुराकी ३६ वर्षीया राधिका पौडेलको मृत्यु भए...
अनधिकृतरूपमा प्रकाशन भएका पात्रोहरू नियन्त्रण गर्न गृहको परिपत्र काठमाडौं। अनधिकृतरूपमा प्रकाशन भएका पात्रो, भित्तेपात्रो र गोजीपात्रोको निरीक्षण अनुगमन गरी नियन्त्रण गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । मन्त्रालयका उपसचिव भीमकान्त शर्माले जारी गरेको परिपत्रमा मन्त्रिपरिषद्ले समेत सा...
प्रधानसेनापति ट्रफी १६ वाहिनी र जगदल गणलाई प्राप्त काठमाडौं। नेपाली सेनाको १६ नं वाहिनी र जगदल गणले ‘प्रधानसेनापति ट्रफी–२०७९’ जितेको छ। सैनिक मुख्यालयमा आज आयोजित समापन समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले विजेता वाहिनी र गणलाई तीन लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरे। सेनाले हरेक वर्ष आयोजना गर्दै आएको उक्त प्रत...
शान्ति गोरेटोमा मोटर गुड्ने भएपछि स्थानीय खुसी काठमाडौँ। काठमाडौँ महानगरपालिका–७ मा पर्ने शान्ति गोरेटोमा मोटर गुड्ने भएपछि स्थानीय खुसी भएका छन्। यसअघि उक्त स्थानमा गोरेटो बाटो साँघुरो थियो । पानी पर्दा हिलाम्मे हुने र घाम लाग्दा धुलाम्य हुँदा स्थानीय समस्या भोग्दै आएका थिए। त्यसका कारण आवतजावतमा निकै सास्ती थियो। ढल ...
अवैध लागूऔषधसहित दुई जना पक्राउ कञ्चनपुर। बेलौरी नगरपालिका-६ विद्यानगरबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ७५ मिलिग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-१३ कैलाली गाउँ बस्ने २३ वर्षीय सुमित राना र कैलाली धनगढी उपमहानगरपालिका-७ मनहेरा बस्ने...
पाल्पाको जोरधारामा बस दुर्घटना काठमाडौं । पाल्पाको जोरधारामा बस दुर्घटना भएको छ । करिब ३० जना यात्रु लिएर बुटवलबाट पाल्पातर्फ जाँदै गरेको बस दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बस भीरमा अड्किएको अवस्थामा छ । यात्रुहरूको उद्धार गरेर लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइँदैछ । बुटवलबाट पाल्पातर्फ आउँदै...
धौलागिरि आधार शिविरमा सामान पुर्‍याएर फर्कने क्रममा भरिया बेपत्ता पोखरा। धौलागिरि हिमालको आधार शिविरबाट एक भरिया बेपत्ता भएका छन्। धौलागिरि आधार शिविरवाट समान पुर्‍याएर फर्किने क्रममा भरिया अमृत राई बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालयका अनुसार सोलुखुम्बुको दुधकुण्ड नगरपालिका– १ नुथलाका २० वर्षीय राई हिमपातमा परी ...
आज अक्षय तृतीया: सातु खाएर तथा दान गरेर मनाइँदै काठमाडाैं। आज अक्षय तृतीया। आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो। आजको दिनलाई युगहरूको सुरुवाती दिनका रूपमा पनि लिइन्छ। आजकाे तिथिबाटै सत्य युग सुरुवात भएको थियो भने आजकै दिनवाट द्...
आजको मौसमः पहाडी भू-भागमा पानी र तराईमा हावाहुरी चल्ने संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदलीदेखि मौसम सा...
दुई किलो चरेससहित चार जना पक्राउ कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ वन समितिस्थित पूर्व–पश्चिम राजमार्ग क्षेत्रबाट दुई किलो चरेससहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका–५ वन समितिका सुनिल बोहरा भीमदत्त नगर...
दुर्घटनामा तीनको मृत्यु काठमाडौँ । काठमाडौँ र ललितपुरमा आज भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौँको चन्द्रगिरि नगरपालिका–१० सतुङ्गलमा बा५ख ७००४ नंको हाइस गाडीलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई एउटा मोटरसाइकल सोही गाडीमुनि पर्दा मोटरसाइकल चालक पाल्पा तानसेन नगरपालिका–३ ...
‘भिक्टोरिया क्रस’ विजेता लिम्बूको निधन, दमकमा अन्त्यष्टी गरिने झापा। ‘भिक्टोरिया क्रस’ विजेता भिसी क्याप्टेन रामबहादुर बेघा लिम्बूको निधन भएको छ। मेडिसिटी अस्पतालमा उपचारको क्रममा भिसी क्याप्टेन लिम्बुको ८८ वर्षको उमेरमा आज बिहान निधन भएको हो । झापास्थित बिएण्डसी अस्पतालमा ठीक नभएपछि चिकित्सकको सल्लाह र सुझावमा उनलाई ल...
कञ्चनपुरमा मान्छे खाने बाघ २२ घण्टापछि नियन्त्रणमा कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा महिलालाई आक्रमण गरी बेपत्ता पार्ने पाटे बाघलाई नियन्त्रणमा लिईएको छ। राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले झन्डै २२ घन्टापछि नियन्त्रणमा लिदैँ  बेपत्ता महिलालाई मृत अवस्थामा फेला पारेको छ । कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुइका गंगा चन्दलाई...
जंगली हात्तीले कुल्चेर वृद्धको मृत्यु झापा। जंगली हात्तीको आक्रमणमा परी बुद्धशान्ति गाउँपालिका–५ खारखोलाका एक वृद्धको मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार आज बिहान ७० वर्षीय भीमबहादुर भट्टराईलाई हात्तीले कुल्चेर मारेकोे हो । बारीमा पाक्न लागेको मकैबाली खान आएको हात्तीलाई लखेट्ने क्रममा भ...
खोटाङमा खरायो समाउन खोज्दा बसबाट लडेर मृत्यु खोटाङ । खोटाङमा गाडीबाट खसेर एकजनाको मृत्यु भएको छ । शुक्रबार राति गाडीवाट खस्दा जन्तेढुङ्गा–३ का ३८ वर्षीय दिनेश राई मृत्यु भएको हो । प्रहरी नायब उपरीक्षक मन्जिल मुकारूङका अनुसार शुक्रवार राती दिक्तेलबाट खोटाङ बजार जाँदै गरेको बा ३ ख ३४४१ नम्बरको बसबाट खसेका राईको उपचारको क...
आज ईद उल फित्र: कसरी मनाइन्छ ? काठमाडौं । इद उल फित्र मुस्लिमहरूको सबैभन्दा ठूलो चाड हो, जुन रमजान महिना पूरा भएपछि मनाइन्छ। उपवास ईद उल फित्र सँगै समाप्त हुन्छ। इस्लामिक क्यालेन्डरका अनुसार रमजानपछि शवालको पहिलो दिन इद उल फित्र मनाइन्छ। यो बिहान प्रार्थना सँगै सुरु हुन्छ । रमजान १० चैत शुक्रबारबाट सुरु भएको थियो । त्य...
सगरमाथा आधार शिविरमा ‘हिमालयन म्याभरीक’ पुस्तक सार्वजनिक काठमाडाैं। सगरमाथा आधार शिविर बुक्स राईटिङ नेपालद्वारा प्रकाशन गरिएको विश्व कीर्तिमानी पर्वतारोही लाक्पा देन्डी शेर्पा बारे लेखिएको किताब सार्वजनिक भएको छ। शुक्रबार सगरमाथा आधार शिविरमा कार्यक्रमको आयोजना गर्दै ‘हिमालयन म्याभरीक’ नामक किताब विश्व कीर्तिमानी पर्...
आज विश्व पृथ्वी दिवसः स्वच्छ पृथ्वीका लागि यात्रा गर्दा यसरी गर्न सकिन्छ योगदान काठमाडौं। विश्व पृथ्वी दिवसलाई अन्तर्राष्ट्रिय आमा दिवस पनि भनिन्छ। यो दिवस हरेक वर्ष अप्रिल २२ मा मनाइन्छ। पृथ्वी दिवस मनाउनुको उद्देश्य वातावरण संरक्षण र वातावरणलाई कसरी क्षति हुनबाट जोगाउन सकिन्छ भन्ने बारे मानिसहरूलाई सचेत गराउनु हो। वा...
रातो मच्छिन्द्रनाथको रथारोहण (फोटो फिचर) काठमाडौं। एक महिनासम्म चल्ने जात्राका लागि रातो मच्छिन्द्रनाथ देउतालाइ रथमा राखिएको छ। ललितपुरमा शुक्रबार साँझ ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको हो। हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा रथारोहण गर्ने चलन छ।
आज पृथ्वी दिवस, बिभिन्न कार्यक्रम गरी मनाइँदै काठमाडौं। आज पृथ्वी दिवस । विश्वभरी बिभिन्न कार्यक्रमका साथ मनाइँदैछ। पृथ्वी दिवस विश्वमा २२ अप्रिलको दिन मनाइन्छ। यो एउटा दिवस हो जसलाई पृथ्वीको पर्यावरणको बारेमा प्रशंसा र जागरूकतालाई प्रेरित गर्न निर्धारण गरिएको हो। यो दिवस प्रत्येक वर्ष १९२ भन्दा बढी राष्ट्रहरूमा मनाइन्...
आजको मौसम: पहाडी भू-भाग पानी र तराईमा हावाहुरी चल्ने काठमाडौं। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका साथै देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्...
काठमाडौंको टोखामा आगलागी, पाँच सटर जलेर नष्ट काठमाडौं। काठमाडौंको टोखामा आगलागी हुँदा पाँच सटर जलेर नष्ट भएको छ। आज साँझ अन्दाजी ७ बजेतिर ग्राण्डी अस्पताल नजिक मासु पसलमा लागेको आगलागीले पाँच सटर जलेर नष्ट भएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले मासु पोल्दा प्रयोग हुने आगोको झि...
कतार प्रहरीमा जागिर लगाउने प्रलोभनमा ६३ लाख ठगी काठमाडौं। वैदेशिक रोजगारअन्तर्गत कतारको प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाएर एक व्यक्तिले १८ जनाको रु ६३ लाख ठगी गरेका छन्। उनीहरुबाट रु ६३ लाख ठगेर फरार भएका सप्तरीको कञ्चनपुर घर भई हाल काठमाडौँको टोखा बस्ने पूर्णकुमार दाहाललाई पक्राउ गरी कारबाही थालिएको काठमाडौँ उपत्य...
बार र बेञ्च मिलेर न्यायपालिकाको सुधार गर्नुपर्छ: कामु प्रधानन्यायाधीश कार्की दोलखा। कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले बार र बेञ्च मिलेर न्यायपालिकाको शुद्धीकरण र सुधार गर्नुपर्ने बताएका छन्। नेपाल बार एशोसिएसन दोलखा इकाइको भवन उद्घाटन कार्यक्रममा आज उनले बार र बेञ्च मिलेर न्यायपालिकाको सुधारका लागि काम गर्नु...
कोरोनाबाट थप एक जनाको मृत्‍यु काठमाडौं। छिल्लो २४ घण्टामा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको हो। सोही समयमा एक हजार ८८३ जनाको कोरोना परीक्षण गर्दा १०६ जना कोरोना सङ्क्रमित थपिएका छन्। त्यस्तै, सोही समयमा ४६ जना सङ्क्रमित सङ्क्रमणमु...
ट्रयाक खुलेको २३ वर्षपछि कालोपत्रे पर्वत। पर्वतको दोविल्ला-फलेवास सडकको कालोपत्रेको काम सम्पन्न भएको छ। कूल १६ किलोमिटर लामो यो सडकको घोइनौला–चन्दनी खण्डमा बुधबार कालोपत्रे सकिएको हो। चन्दनीदेखि ढिकसम्मको कालोपत्र गत वर्षनै भइसकेको थियो भने घोइनौलादेखि धर्मशालासम्मको खण्डमा कालोपत्रे सकिएसँगै दोविल्ला–फलेवास सडक कालोपत...
त्रिविले सार्‍यो १० गतेको परिक्षा, अब कहिले हुन्छ ? काठमाडौँ। आगामी वैशाख १० गते हुने भनिएको परीक्षा वैशाख १६ गतेका लागि सारेको छ। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले उपनिर्वाचनको दिन हुन गइरहेको परिक्षा एकसाता पछि सारेको हो। गत वैशाख ४ गतेदेखि सुरु भएको स्नातक तह पहिलो वर्षको परीक्षा अन्तर्गत वैशाख १० ...
मुआब्जा समस्याले रोकियो गल्छी–त्रिशूली सडक निर्माण काठमाडौँ। निर्माण सुरु भएको सात वर्ष बित्दा पनि गल्छी–त्रिशूली सडक निर्माण सकिएको छैन। कुल ९० प्रतिशत प्रगति भएको सडक निर्माण अहिले कानुनी अड्चनका कारण रोकिएको हो। कुल ४६ किमी लम्बाइको गल्छी–त्रिशूली सडकमा हालसम्म ३५ किमी सडक कालोपत्रे सकिएको छ। बाँकी सडक खण्डमा कतै का...
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु काठमाडौँ। विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ। काठमाडौं, टोखा नगरपालिका-२ चण्डेश्वरीस्थित सडकमा बागमती प्रदेश ०१-०२६ च ०३७४ नम्बरको कारको ठक्करबाट सोही ठाउँ बस्ने पैदलयात्री ८ वर्षीया स्वेच्छा गुरुङको बिहीबार दिउँसो मृत्यु भएको छ।  ठक्करबाट गम्भीर घ...
विषालु सर्पको डसाईबाट सिरहामा बालकको मृत्यु सिरहा। विषालु सर्पले डस्दा सिरहामा एक बालकको मृत्यु भएको छ। गोलबजार नगरपालिका–८ का श्याम साहका ४ वर्षीय छोरा अविनास साहको सर्पले डसेर मृत्यु भएको हो। सर्पको टोकाइबाट सिकिस्त बालकलाई उपचारका लागि फूलकुमारी अस्पताल, कन्जरवामा लगिएको र उपचारको क्रममा उनको त्यही मृत्यु भएको हो। स...
सहकारीका अध्यक्षले १४ करोड रकम कुम्ल्याएर भागेपछि सञ्चालक पीडित ! काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित एक सहकारीका अध्यक्षले अर्को सहकारीको समेत गरी रु १४ करोड रकम कुम्ल्याएर भागेपछि अन्य सञ्चालक न्यायका लागि विभिन्न निकाय धाउन थालेका छन् । दौपदा बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष तथा पुण्यश्वर बच...
सुरुङ खन्ने मेसिन पुरिदा सुनकोशी–मरिन डाइभर्सनको काम १८ दिनदेखि ठप्प सिन्धुली। सुनकोशीमरिन डाइभर्सनमा १८ दिनदेखि सुरुङ खन्ने काम ठप्प भएको छ। सुक्खा माटो खसेर टनेल बोरिङ मेसिन (टीबीएम) पुरिएपछि १६ दिनदेखि काम ठप्प भएको हो। आयोजनाका प्रमुख मित्र बरालका अनुसार टनेल बोरिङ मेसिन पुरिएर काम ठप्प भए पछि बाइपास सुरुङ बनाएर आय...
पर्यटकको रोजाइमा जलविरे झरना मुग्लिन। चितवनको इच्छाकामना गाउँपालिका–६ जलविरेमा अवस्थित जलविरे लामो झरनामा पछिल्लो समय पर्यटकीय गतिविधि बढ्दै गएको छ। यहाँ आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको छ। मुख्यतया गर्मी याममा झरनामा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ। जलविरे झरना पर्यटन विकास समितिका अध्यक्ष देवकुमार गुरुङले...
नेपाली सेनामा जागिर खुल्यो, एकै पटक ४५ सयले जागिर पाउने काठमाडौं। लामो समयपछि नेपाली सेनामा जागिर खुलेको छ। नेपाली सेनाले आज गरेको बिज्ञापन अनुसार ४५ सय जनाका लागि जागिर खुलाएको हो। जसअनुसार सैनिक परिवारका लागि २ सय २५ जनालाई आरक्षण गरिएको छ भने खुल्लातर्फ २ हजार दुई हजार ३ सय ५१ जनाको माग गरिएको छ। भर्ना छनौट निर्देशन...
नक्कली नागरिकता बनाई दिने बाराका वडा अध्यक्ष पक्राउ बारा, ८ बैशाख । नक्कली विवरण बनाएर नागरिकताका लागि सिफारिस गर्ने वडाध्यक्षसहित ३ जना पक्राउ परेका छन् । मावली हजुरबुवावाट बंशजको आधारमा नागरिकता दिलाउनका लागि सिफारिस गरेको आरोपमा कलैया उपमहानगरपालिका– १० का वडाध्यक्ष महम्मद साबिरसहित ३ जनालाई पक्राउ गरिएको हो । वडा अ...
आजको मौसम: मुलुकका पहाडी भू-भागहरुमा पानी पर्ने संभावना काठमाडौं। हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूर पश्चिम प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आँशिक देखी सामान्यतया बदली रही देशका बाँकी भू-भागहरूको मौसम स...
२८ हजारमा राहदानी बनाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ काठमाडौं । प्रतिव्यक्ति रु २८ हजारमा राहदानी बनाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । ठगी गरेको आरोपमा चन्द्रागिरि नगरपालिका–२ मगर गाउँका ३४ वर्षीय स्माइल स्टार पुनसहित तीनजनालाई आज प्रहरीले पक्राउ गरेको हो । काठमाडौँ महानगरपालिका–१...
९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा झापामा एक जना पक्राउ काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले झापामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–५ बस्ने ४१ वर्षीय उद्धव तामाङ रहेका छन् । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो । तामा...
अन्नपूर्ण आधार शिविरमा हराएका भारतीय नागरिकको सेनाद्वारा उद्धार काठमाडौं । नेपाली सेनाले अन्नपूर्ण हिमालको आधार शिविर क्षेत्रमा केही दिनदेखि हराइरहेका भारतीय नागरिक अनुराग मल्लुको उद्धार गरी पोखरा हुँदै काठमाडौँ ल्याएको छ । अन्नपूर्ण हिमाल आरोहणका क्रममा मल्लु यही वैशाख ४ गते दिउँसो २ः३० बजे क्याम्प–२ र ३ को बीचमा हिउँ...
हरियो नम्बर प्लेट पर्यटकमैत्री बनाइने काठमाडौं । सरकारले पर्यटक सवारीसाधन (हरियो नम्बर प्लेट) पर्यटकमैत्री बनाउने भएको छ । सर्वसाधारणबाट आएको गुनासोलाई सम्बोधन गर्ने उद्देश्यले हरियो नम्बर प्लेट पर्यटकमैत्री बनाउन लागिएको हो । उक्त प्रयोजनका निम्ति पर्यटक सवारीसाधन सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८० मस्यौदा समिति ग...
करिब पाँच किलो सुनका गरगहनासहित दुई जना पक्राउ बाँके। नेपालगञ्जबाट प्रहरीले करिब पाँच किलो अवैध सुनका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले नेपालगञ्जको न्यूरोडस्थित एक होटलबाट ४ दशमलव नौ सय २७ किलोग्राम सुनका विभिन्न गहनासहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका...
सवारी दुर्घटनामा एकै परिवारका दुई जनाको मृत्यु महोत्तरी। सर्लाहीको लालबन्दीमा भएको सवारी दुर्घटनामा महोत्तरी गौशाला बस्ने एकै परिवारका दुई जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा गौशाला न.पा ११ का श्रवणकुमार महतो र मोटरसाईकलमा पछाडि सवार श्रवणका भतिज बिक्रम कुमार महतोको घटनास्थलमै ज्यान गएको हो। लालबन्दीबाट रानीगञ्जतर्फ जा...
पाँच वर्षदेखि फरार पूर्व वडाध्यक्ष ठाकुर पक्राउ जलेश्वर। महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका एक पूर्ववडा अध्यक्ष लेनदेन मुद्दामा पक्राउ परेका छन्। विगत पाँच वर्षदेखि फरार रहँदै आएका जलेश्वर–१२ का पूर्ववडा अध्यक्ष रामतपेश्वर ठाकुर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार ...
अवैध लागूऔषधसहित दुई जना पक्राउ कैलाली। अवैध लागूऔषधसहित प्रहरीले दुई जना पक्राउ गरेको छ। भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३१ ग्राम ७ सय मिलिग्रामसहित घोडाघोडी नगरपालिका-३ बस्ने २४ वर्षीय अंकित चौधरीसमेत २ जनालाई प्रहरीले पक्राउ गरेको हो। ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्र...
मातातीर्थमा दर्शनार्थीको घुइँचो (फोटो फिचर) काठमाडौं। शुक्रबार (आज) वैशाख कृष्ण औँसी अर्थात् मातातीर्थ औंसी। यस दिनलाई आमाको मुख हेर्ने दिनको रुपमा मनाइने गरिन्छ। मातातीर्थ औंसीमा आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा लिइन्छ। आमालाई विभिन्न खानेकुरा, कपडा तथा मनपर्ने वस्त...
स्रोत नखुलेको १४ लाख नगदसहित ३२ वर्षीय व्यक्ति पक्राउ पर्सा। वीरगंज महानगरपालिका-११ स्थित सडकबाट स्रोत नखुलेको १४ लाख नगदसहित एक व्यक्ति पक्राउ परेको छ। पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने ३२ वर्षीय छठु महत्तो रहेका छन्। विषेश सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले प्रदेश ३-०३...
भुटानी शरणार्थी प्रकरण : पाँच करोड १९ लाख ठगिएको भन्दै १० जना प्रहरीको सम्पर्कमा काठमाडौँ। भुटानी शरणार्थी बनाई अमेरिका लैजाने बहानामा नागरिकलाई फसाएर रु पाँच करोड १९ लाख ठगी भएको भन्दै १० जना प्रहरीको सम्पर्कमा आइपुगेका छन्। नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अहिलेसम्म १० जना पीडितहरु सम...
खानीखोलाको तीन जङ्गलमा आगलागी, सचेत रहन आग्रह काभ्रेपलाञ्चोक। खानीखोला गाउँपालिकास्थित तीन जङ्गलमा गए रातिदेखि आगलागी भएको छ। धाप्ले सामुदायिक वन, साल्धारा र साल्मे सामुदायिक वनमा आगलागी भएको गाउँपालिकाले जनाएको छ। आगलागीबाट भौतिक एवं मानवीय क्षति नभएपनि जङ्गलका रुख बिरुवा नष्ट भइरहेको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थ...
मैदान अभावमा खेल सञ्चालन गर्न असहज सिन्धुपाल्चोक।  वैशाख २५ बाट सुरु हुन लागेको जिल्ला स्तरीय भलिबल प्रतियोगिताका लागि मेलम्ची बगरमा खेलमैदान तयार गर्न आयोजक व्यस्त छन्। राम श्रेष्ठको प्रायोजनमा यही वैशाख २५ गतेबाट सुरु हुने प्रतियोगितामा जिल्लाभित्रका खेलाडीले प्रतिस्पर्धा गर्न पाउनेछन्। मेलम्ची युवा क्लबको आयोजनामा ह...
आजको मौसम: मधेस प्रदेश बाहेकका पहाडी भू-भागमा पानी पर्ने संभावना काठमाडाैं। हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी ...
आज आमाको मुख हेर्ने दिन, श्रद्धा भक्तिसाथ मनाइँदै काठमाडौं। प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ। शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, स...
तीन हुण्डी कारोबारी पक्राउ वीरगञ्ज । हुण्डी कारोबार आरोपमा रकमसहित ३ जना पक्राउ परेका छन् । वीरगञ्ज–८ स्थित सडकखण्डबाट चेकजाँच गर्ने क्रममा बारा परवानीपुर गाउँपालिका–३ लिपनीमाल बस्ने कृष्णप्रसाद सोनार र सुनिल साह कानुलाई प्रहरीले पक्राउ गरेको हो । दुवै जनाको साथबाट स्रोत नखुलेको साढे पाँच लाख रकम बरामद गरिएको पर्सा प्र...
रुपन्देहीमा गोली चलेको आशङ्का, प्रहरीद्वारा अनुसन्धान भैरहवा। आज साँझ रुपन्देहीको अमवामा गोली चलेको आशङ्कामा प्रहरीले अनुसन्धान सुरु गरेको छ। घाइतेले गोली चलेको भने पनि घटनास्थलमा गोली चलेको कुनै प्रमाण नभेटिएको प्रहरीको भनाइ छ। रुपन्देहीको सियारी गाउँपालिका–३ रगरगञ्जका १९ वर्षीय वीरेन्द्र केवटले आफूमाथि गोली प्रहार भए...
कोशी नदीमा बेपत्ता तीनमध्ये एकको शव फेला काठमाडौं। कोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन जनामध्ये एकको शव फेला परेको छ। सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका १ स्थित सप्तकोशी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन जना मध्ये एक जनाको शव सशस्त्र प्रहरीले फेला पारी नदीबाट बाहिर निकालेको छ भने अन्य दुई जनाको खोजी...
थप १०८ जनामा कोरोना, संक्रमण दर बढ्न थाल्याे काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ सय ७८ जनाको पीसीआर र १ हजार ६ सय ७२ जनाको एन्टिजेन गरी २ हजार ४५० को नमुना परीक्षण गर्दा १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमित...
बागलुङ–बेनी सडक सात दिनका लागि बन्द म्याग्दी। म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ सडक सात दिनका लागि बन्द गरिएको छ। बेनी नगरपालिका–१ रत्नेचौरको भुवानेदेखि हुलाके खण्डको सडक कालोपत्र गर्नका लागि मङ्गलबारदेखि यही वैशाख १२ गतेसम्मका लागि सडक पूर्ण रुपमा बन्द गरिएको पूर्वाधार विकास कार्यालय म्याग...
लमजुङका स्थानीय तहसँग छैन दमकल लमजुङ। जिल्लाका अघिकांश स्थानीय तहसँग आगलागी नियन्त्रण गर्न दमकल रहेका छैनन्। जिल्लामा चार नगरपालिका र चार गाउँपालिका छन्। आगलागी भइहाले पनि बेँसीसहर नगरपालिकाकै दमकल पुग्नुपर्ने बाध्यता छ। टाढाटाढा आगलागी हुँदा जान समय लाग्ने गरेकाले पनि समस्या हुने गरेको छ। बेँसीसहर नगरप्रमुख गुमानसिंह ...
मलेसिया पठाइदिन्छु भन्दै ठगी गर्ने ३६ वर्षीय व्यक्ति पक्राउ काठमाडौँ। मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा बहुदरमाई गाउँपालिका-५ भौराटार घर भई काठमाडौं कीर्तिपुर बस्ने ३६ वर्षीय हिरालाल महतो नुनिया रहेका छन्। वैदेशिक रोजगारीको लागि मलेसिया पठाइदिन्छु, त्यहाँ...
सन्दीप लामिछानेको मुद्दाको पेसी न्यायाधीश नारायणप्रसाद दाहालको इजलासको एक नम्बरमा काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको रिटको पेसी काठमाडौं जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालाको एकल इजलासमा तोकिएको छ । इजलासको पहिलो नम्बरमै तोकिएको पेसी तोकिएको छ । एक नाबालिकलाई जबरजस्ती करणी गरेको आरोपमा उनीविरुद्ध ...
त्रिदेशीय महावु सडक कर्णालीको मेरुदण्ड दैलेख। त्रिदेशीय महावु सडकखण्डलाई सरकारले कर्णालीको सुर्खेत, दैलेख, कालिकोट जुम्ला, हुम्ला, मुगु, डोल्पा हुँदै चीनको सिमाना नाग्चेनाग्लासम्म विस्तारका लागि सरकारले प्राथमिकतामा राखेको छ। भारतीय सीमा जमुनाहानाकासँग जोडिएको यो सडक निर्माण सम्पन्न भएमा प्रदेशको समग्र विकासमा सहयोग पु...
आजबाट बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइने काठमाडौं। बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आजवाट खुवाउन सुरु गरिँदैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ महिनादेखि ५५ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन सकिने जनाएको छ। यसैगरि, १२ महिना देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई जुकाको...
देशका अधिकांश भागमा तुवाँलो : मौसम सफा हुन केही दिन लाग्ने काठमाडौं। हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आँशिक बदली रही बाँकि भू-भागहरुको मौसम समान्यतया सफा रहेको छ। दिउँसो देशका सुदूर पश्चिम प्रदेश र कर...
‘होटल हायात रेजेन्सी’लाई सरकारले सोध्यो स्पष्टीकरण- सम्झौता किन नतोड्ने? काठमाडौं। सरकारले तारागाउँ रेजेन्सी होटल लिमिटेडअन्तर्गतको ‘होटल हायात रेसेन्सी’लाई समिति र होटलबीच भएको सम्झौता किन नतोड्ने भनी प्रश्न सोधेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले आज पत्राचार गरी मातहतको होटल हायतलाई २७ र तारागाउँ विक...