content
stringlengths
20
64.1k
प्रहरीले भन्यो- नक्कली भुटानी शरणार्थी प्रकरणबारे तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नू काठमाडौं। नेपाल प्रहरी प्रधान कार्यालय महानिरीक्षकको सचिवालयले नक्कली भुटानी शरणार्थी प्रकरणबारे  सही, सत्य र तथ्यमा आधारित सूचना र समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ । बुधबार सचिवालयको तर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक दिपेन्द्र जिसील...
बेमौसमी आलु खेतीः सोचेभन्दा बढी उत्पादन कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका किसान बमनु राना बेमौसमी जातको आलु खेतबारीमा रोपेर सोचेभन्दा बढी उत्पादन गर्न सफल हुनुभएको छ । डिजिरे जातको ४० किलो आलु खेतबारीमा रोपेर उनले छ क्विन्टल उत्पादन गरेका छन्। नगरपालिकाको कृषि शाखाबाट ५० प्रतिशत अनुदानमा आलुको बीउ पाएका उन...
नेक्सन इभी म्याक्स अब नेपाली बजारमा काठमाडौँ। यातायात क्षेत्रको द्रुत विद्युतीकरण गर्ने आफ्नो प्रतिवद्धता अनुरुप टाटा मोटर्सले आजबाट नेक्सन इभी म्याक्सको नेपाली बजारमा विक्री वितरण शुभारम्भ गरेको छ। कम्पनीको सर्वोत्कृष्ट ढंगले बिक्री भइरहेको नेक्सन इभीको विस्तारित स्वरूप यो नँया गाडी ७.२ किलोवाट चर्जिंगको व्यवस्था सहित...
स्रोत नखुलेको नगदसहित दुई भारतीय नागरिक पक्राउ पर्सा। बिन्दबासीनी गाउँपालिका-५ प्रसौनिभाठ्ठा पुलस्थित सडकबाट स्रोत नखुलेको १२ लाख नेपाली रूपैयाँसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारत पूर्वी चमपारण ग्राम पञ्चायत भेलाही बस्ने ४० वर्षीय धनन्जय कुमार गुप्ता र २६ वर्षीय मुसाहेब आलम रहेक...
मुगु हिमपहिरो अपडेट : १० फिट हिउँ जमेकाले बेपत्ता खोज्न समस्या मुगु। अत्यधिक हिमपातका कारण मुगुम कार्मारोङ गाउँपालिका–१ र २ मा पर्ने च्याँखुलेकमा हिमपहिरोमा परी बेपत्ता भएका तीन जनाको खोजी गर्न समस्या भएको छ। सो क्षेत्रमा १० फिटभन्दा बढी हिउँ जमेकाले उनीहरुको खोजी हुन सकेको छैन। यही वैशाख २२ गते च्याँखुलेकमा हिमपहिरोमा...
सम्मान नपाएको भन्दै भाग्न खोज्ने भारतीय बेहुला र उनका बाबु पक्राउ बारा । बारामा विवाहमा पहुनाहरुलाई राम्रोसँग स्वागत नगरेको भन्दै भाग्न लागेको भारतीय बेहुला र उनका बुबालाई बारा प्रहरीले पक्राउ गरेको छ। प्रहरीले बेहुला भारत जिल्ला पूर्वी चम्पारण ग्राम पंचायत कथवलिया सुगौली बस्ने २३ बर्षिय शशी कुमार चौरसिया र उनका बुबा ४...
काठमाडौँकी उपमेयर डंगोलले चीनमा आफ्नो प्रस्तुतिकरण दिने काठमाडौँ। काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले चीनमा आज आफ्नो प्रस्तुतिकरण गर्दैछिन्। चीनको छाङ्सा सहरमा मंगलबारबाट सुरु भएको ‘छाङ्सा फ्राग्रान्ट टुरिजम समिट’ मा नेपालकोतर्फबाट उपमेयर डंगोलले आफ्नो प्रस्तुतिकरण दिन लागेकी हुन्। वर्ल्ड टुरिजम सिटिजन फेडेरे...
पढाइसँगै करेसाबारी स्याहार्दै विद्यार्थी टीकापुर। कैलालीको जानकी गाउँपालिकामा विद्यार्थी पढाइसँगै करेसाबारीमा व्यस्त रहने गरेका छन्। जानकी–२ स्थित जय पार्वती आधारभूत विद्यालयमा ‘विद्यालय करेसाबारी कार्यक्रम’अन्तर्गत उनीहरुले खेतीसमेत गरेका छन्। विद्यार्थीले पाँच कठ्ठा जमिनमा तरकारी खेती गरेका छन्। विद्यालयको हाताभित्र ...
सुर्तीजन्य सामग्रीको मूल्य अंकित पोष्टर किराना पसलमा टाँसे कारबाहीमा परिने काठमाडौँ। सुर्तीजन्य सामग्रीको मुल्य उल्लेख गरिएको पोष्टर किराना पसल वा होलसेल पसलमा राखेमा कारबाही हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सुचना सार्वजनिक गरी यसरी मुल्य अंकित पोष्टर टाँसिएको पाईएमा सुर्तिजन्य पदार्थ नियन्त्रण र नियम...
सेनाद्वारा अन्नपूर्णबाट तीन हजार किलो फोहर संकलन म्याग्दी। म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालबाट तीन हजार छ सय किलोग्राम फोहर संकलन गरिएको छ। नेपाली सेनाको हिमाल सरसफाइ अभियानमार्फत अन्नपूर्ण हिमाल र आधार शिविरबाट फोहर संकलन गरिएको हो। आठ हजार ७१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा ...
थाहा पाउनुहाेस् आजको मौसम काठमाडौं। हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली...
नागार्जुनको एक रेष्टुरेष्टमा आगलागी काठमाडौं। नागार्जुनको एक रेष्टुराँमा आज राति आगलागी भएको छ । राति १०ः०० बजे आगलागी शुरु भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयले आगो निभाउने प्रयास गरिरहेको प्रहरी वृत्त स्वयम्भुले जनाएको छ । नागार्जुन नगरपालीका–४ स्थित सरलपुरको मिन्ट लिफ रेष्टुराँमा आगलागी भएको घटनास्थलमा खटिएका ...
पाल्पामा आगलागीबाट चार घर जलेर नष्ट, दुई जना घाइते रामपुर (पाल्पा)। पाल्पाको रामपुर नगरपालिका–९ स्थित मधुकोटमा आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ । आज दिउँसो करिब ३ बजेको समयमा गाउँदेखि तल रहेको जङ्गलमा लागेको आगो सल्केर घरमा क्षति गरेको छ । मधुकोटका दलबहादुर साठीघरे, ऐतराम साठीघरे, लोकबहादुर साठीघरेको घर पूर्णरुपमा ...
रुपन्देहीमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिकामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । रोहिणी–३ झुमा परासीस्थित सडकमा ना ८ ख २०९७ नम्बरको ट्रकले लु ७५ प ७६७६ नम्बरको मोटरसाइकललाई सोमबार राति ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका मोटरसाइकल चालक ओमसतिया गाउँपालिका ५ तरैनी ...
अर्घाखाँचीमा एउटा घरमा लागेको आगो निभाउने क्रममा जलेर पाँच जना गम्भीर घाइते सन्धिखर्क । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा लागेको आगो निभाउने क्रममा जलेर पाँच जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा भूमिकास्थान–२ तिरतिरे खोलाका ५५ वर्षीय पदम वेल्वासे, ३६ वर्षीय माधव वेल्वासे, ५२ वर्षीय घनश्याम वेल्वासे, ७२ वर्षीय पि...
नक्कली शरणार्थी प्रकरणमा संलग्न थप दुईजना पक्राउ काठमाडौं। प्रहरीले नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर ठगी गरेको आरोप लागेकामध्ये थप दुई विचौलियालाई आज काठमाडौँबाट पक्राउ गरेको छ ।
कानून दिवस मनाइयो काठमाडौं। नेपालमा कानून दिवस विविध कार्यक्रम आयोजना गरी मनाइएको छ। प्रधानन्यायालय स्थापना भएको दिनलाई नेपालमा कानून दिवसका रुपमा मनाउने गरिन्छ। नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने विसं २००९ वैशाख २६ गतेबाट लागू भएको थियो। सोही दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कान...
सातदोबाटोस्थित टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा काठमाडौं । नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग मिलेमतो रहेको आरोप लागेपछि प्रहरीको खोजी सूचीमा रहेका नेकपा (एमाले) का सचिव एवं पूर्वउपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीको घरमा आज प्रहरीले खानतलासी लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ...
जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ डडेलधुरा। अमरगढी नगरपालिका-७ बाट जुवातास खेलिरहेको अवस्थामा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। नगरपालिका-७ जोशीगाउँ बस्ने तिर्थ राज जोशीको कुखुरा पाल्ने खाली टहराभित्र जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय तेज कैनी समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको हो। विशेष सूचना...
मकैको खोस्टाबाट टोपी र झोला उत्पादन, विदेशमा निर्यात तनहुँ। व्यास नगरपालिका–५ की प्रतिमा श्रेष्ठ मकैको खोस्टाबाट टोपी र झोला बनाउन व्यस्त छिन्। उनी भन्छिन् “कच्चा पदार्थ विदेशबाट ल्याएर सिकेको सीपले बजार आफैँ खोज्नुपर्ने हुन्छ, गाउँघरमा फालिएका खेर जाने कच्चा पदार्थ प्रयोगबाट सिकेको सीपले आम्दानी हुने हुँदा प्रेरित र प...
कक्षा १२ को परीक्षा सुरु काठमाडौं। कक्षा १२ को परीक्षा सुरु भएकाे छ। बिहान ८ बजेदेखि सुरु भएको परीक्षा मध्याह्न १२ बजेसम्म चल्ने छ। परीक्षामा देशभरबाट कूल चार लाख ६७ हजार ३८९ विद्यार्थीले परीक्षा दिन लागेकाेपरीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए। उनले देशभर शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न गर्न सबैमा आ...
टुकुचा खोला र आसपासको जग्गाको लगत कट्टा गर्न पत्राचार काठमाडाैं। काठमाडौं महानगरपालिकाले टुकुचा खोला र खोलाको बहाव क्षेत्रभित्र व्यक्तिका नाममा रहेको जग्गाको लगत कट्टा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गरेको छ। महानगरप्रमुख बालेन्द्र साहको निर्णयअनुसार प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिका...
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख ६७ हजारले परीक्षा दिँदै काठमाडौं। कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ। परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले तयारी पूरा भएकाले परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई आह्वान गरेका छन्। उनले देशभर शान्तिपूर्ण रुपमा परीक्षा सम्पन...
थाहा पाउनुहाेस् आजको मौसम काठमाडौं। हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुुसार हाल लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशको पहाड...
मोरङबाट १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ मोरङ । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–८ हाटखोला बस्ने २४ वर्षीय  प्रवेश बस्नेत रहेका छन् । उनलाई  सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । बेलबारी नगरपालिका–७ स्थित मक...
नक्कली शरणार्थी प्रकरणले रोकियो आइजीपीको अमेरिका भ्रमण काठमाडौं। मुलुकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान चलिरहेको बेला सरकारले नेपाल प्रहरीका महानीरिक्षक (आइजीपी)लाई अमेरिका भ्रमण रोकेको छ। अमेरिकामा हुने लिडरशिप एक्सचेन्ज कार्यक्रममा भाग लिन जान लागेका आइजीपी वसन्त कुँवरको भ्रमण रोकेको हो। सो कार्यक्रममा भाग...
गोरखाबाट हत्या आरोपमा एक जना पक्राउ गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङका दोर्जे घ्याल्जेन लामाको हत्या आरोपमा स्थानीय ५९ वर्षका छिरिङ धुनडुप लामा पक्राउ परेका छन् । १७ वैशाखको बिहान आफ्नै घरको कोठामा घ्याल्जेन मृत अवस्थामा भेटिएका थिए । घाँटीमा धारिलो हतियार प्रहार भएको चोट देखिएकाले उनको हत्या भएको आशंका ग...
कालीकोटमा बलात्कार आरोपीलाई पक्राउ गर्न गएको प्रहरीमाथि आक्रमण मान्म। कालीकोटमा बलात्कारको आरोप लागेका एक जनालाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेका छन्। बलात्कारको आरोप लागेका पलाँता गाउँपालिका–६ सैनका ३१ वर्षीय संकल्प बुढालाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आज गाउँलेले आक्रमण गरेका हुन्। आक्रमणबा...
आर्थिक अपराधका घटनामा वृद्धि, दैनिक ३० देखि ३५ चेक बाउन्सको उजुरी काठमाडौँ। काठमाडौँमा दिनानुदिन आर्थिक अपराधका घटना वृद्धि हुँदै गएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय काठमाडौँमा आर्थिक अपराधका घटनामा वृद्धि भएको बताएका छन्। समुदाय–प्रहरी साझेदारी कार्यक्...
काठमाडौँका अब्यबस्थित तार हटाउन सुरु (फोटोफिचर) काठमाडौँ। काठमाडौं महानगरपालिका भित्रका क्षेत्रका अब्यबस्थित तार काट्ने कार्य आजदेखि सुरु भएको छ। महानगरको सौन्दर्य बढाउन तथा आगजानीको घटनालाई नियन्त्रण गर्नका महानगरपालिकाले विभिन्न  स्थानमा  रहेका अव्यवस्थित तार ब्यबस्थित गर्न सुरु गरेको हो। गत आइतबार बसेको काठमाडौँ मह...
मुगु हिउँ पहिरो अपडेट : हेलिकप्टबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान मुगु। च्याखु लेकमा हिउँ पहिरोमा परी बेपत्ताको खोजीका लागि आज बिहान नेपाली सेनाको हेलिकप्टबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान गरेका छन्। हेलिकप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विपद् उद्धारकर्मी र बेपत्ता भएकाका आफन्तसहित २० जना रहेका जिल्ल...
किसानको बाली जोगाउन ‘बाँदर उद्यान’ बलेवा। जैमिनी नगरपालिका-८ को पुरानो गाउँ बन क्षेत्रमा ‘बाँदर बगैँचा’ तथा पर्यटकीय क्षेत्र बनाउन पहल सुरुआत गरिएको छ। धार्मिक र ऐतिहासिक स्थलको पर्यटनबाहेक यहाँ जैमिनी नगरपालिकाका बाँदरको संकलन गरेर फरक प्रकारको पर्यटन गन्तव्य बनाउन लागिएको हो। बाँदरको बगैँचा र प्राकृतिक वन्यजन्तु उद्य...
थाहा पाउनुहाेस् आजको मौसम काठमाडौं। हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णा...
null
null
१८ जना एसपी एसएसपीमा बढुवा काठमाडौं। गृह मन्त्रालयको बढुवा समितिले सिफारिस गरेका १८ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गरिएको छ । एसपीबाट एसएसपीमा बढुवा हुनेमा विश्व अधिकारी, भुपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अभिनारायण काफ्ले, सोमेन्द्रसिंह राठोर, मु...
‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान-२०७९’ दीप श्रेष्ठ र शक्ति वल्लभलाई काठमाडौं। सिटी एक्सप्रेस मनि ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त आयोजनामा हरेक वर्ष प्रदान गरिँदै आएको ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७९’ प्रदान गरिएको छ। यो वर्ष गायनतर्फ गायक दीप श्रेष्ठ र संगीततर्फ संगीतकार शक्ति वल...
भूपेन्द्र बडुवाल हत्या प्रकरणः मुख्य अभियुक्तले ६ महिनापछि गरे आत्मसमर्पण धनगढी। कैलालीको लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवाल हत्या प्रकरणका मुख्य अभियुक्त भनिएका नवीन रावलले आत्मसमर्पण गरेका छन्। गत वर्षको कात्तिक २३ गते टीकापुर नगरपालिका–१ मा बडुवालको धारिलो हतियार प्रहार गर्दै हत्या गरेर फरार भएका रावलले आइतबा...
यामाहा परिवार निर्माणको पहल गर्न यामाहाले ल्यायो ‘ब्लु स्ट्रिक्स’ काठमाडौं। यामाहा नेपालले यामाहा ब्लू स्क्वायर, नक्सालमा आफ्नो बहुप्रतिक्षित ‘ब्लु स्ट्रिक्स’ पहल सुरु गर्ने घोषणा गरेको छ । यामाहा मालिकहरूलाई एकै ठाउँमा ल्याउन र चालक तथा उनीहरूका मोटरसाइकलहरूबीच बलियो सम्बन्ध सिर्जना गर्न यो डिजाइन गरिएको हो । ‘ब्लु स...
सचिव पाण्डेलाई थप सात दिन हिरासतमा राख्न अनुमति काठमाडौं। नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई अदालतले थप सात दिन हिरासतमा आज राख्न प्रहरीलाई अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले सचिव पाण्डेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्...
सङ्खुवासभाको चैनपुरमा एकै घरका चार बालबालिका अचेत अवस्थामा फेला परे किमाथाङ्का। सङ्खुवासभाको चैनपुर नगरपालिका–९ खाम्लिङमा चार बालबालिका अचेत अवस्थामा फेला परेका छन् । आज बिहान चैनपुर–९ खाम्लिङका मन बहादुर तामाङका चार जना छोराछोरी अचेत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानक...
कक्षा १२ को वार्षिक परीक्षाको तयारी अन्तिम चरणमा काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को वार्षिक परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । यही वैशाख २६ गतेदेखि सञ्चालन हुन लागेको उक्त परीक्षाका लागि कूल चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले फाराम भरेको बोर्डले जनाएको छ । यस वर्षको कक्षा १२ को वा...
सिम्रिक एयरका सबै उडानमा प्रतिबन्ध काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै उडानमा प्रतिबन्ध लगाएको छ । गत शुक्रबार संखुवासभामा सिम्रिक एयरको नाइन एन– एजेजेट हेलिकप्टर दुर्घटनामा परेको थियो । चालक सुरेन्द्र पौडेलसहित पाँचजना सवार उक्त हेलिकप्टर दुर्घटनाका तीनजना घाइतेमध्ये एकजनाको मृत्यु भएको भने बा...
सप्तरीमा एकैदिन तीनजनाले गरे आत्महत्या सप्तरी। सप्तरीमा आइतबार तीनजनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमध्ये दुईजना महिला र एक जना पुरूष छन् । राजविराज नगरपालिका–१ डुमरीका महेशप्रसाद यादवका १८ वर्षिया छोरी की बेबी भन्ने देव कुमारी यादव, राजविराज नगरपालिका–६ खर्साल टोल बस्ने  शिसन मण्डलको ३५ वर्षीया श्रीमती तिलाठी...
प्रतिकूल मौसमले सगरमाथा आरोहणमा कठिनाई काठमाडौँ। यतिबेला सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सयौं संख्यामा यतिबेला प्रतिक्षारत छन्। तर मौसम अनुकुल नहुँदा आरोहण हुन सकेको छैन। सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले सगरमाथाको चुचुरोसम्म बाटो खुलाएपछि आरोही चुचुरोतिर उक्लिन्छन्। तर, झण्डै दुई सातादेखि सगरमाथाको ...
सिरहामा बढ्दो लागुऔषध तस्करी, १४ केजी गाँजासहित दुई युवक पक्राउ सिरहा। सिरहामा पछिल्लो समय गाँजाको खेती तथा तस्करी व्यापक रुपमा भइरहेको पाइएको छ। जिल्लाको पूर्व पश्चिम लोकमार्गअन्तर्गत पर्ने कर्जन्हा, मिर्चैया, गोलबजार, धनगढीमाई र लाहान नगरपालिकाको उतरी चुरे क्षेत्रमा  वर्षौ‌ंदेखि किसानहरुले  गाँजा खेती गर्ने र तस्करहर...
पार्किङ क्षेत्र नभएको भन्दै ट्याक्सी व्यवसायीद्वारा सडक अवरुद्ध (फोटोफिचर) काठमाडौं। ट्याक्सी व्यवसायीहरुले काठमाडौंको मैतीदेवीमा सडक अवरुद्ध गरेका छन्। पार्किङ क्षेत्र नभएको भन्दै व्यवसायीहरुले सडक अवरुद्ध गरेका हुन्। व्यवसायीले सडक अवरुद्ध गर्दै वार्ताका लागि काठमाडौं महानगर पुगेका छन्। उनीहरुले माग पूरा नभए महानगर...
साइपालमा खाद्य संकट, सिंहदरबार नधाएर पुग्दैन चामल बझाङ। साइपाल गाउँपालिका–४ धुलीका सोनाम तामाङको परिवारमा सात जना छन् । गाउँमै बस्ने उनीहरूको आयस्रोत ‘सिजन’अनुसार यार्सागुम्बा सङ्कलन नै हो । दुई वृद्धावस्था उमेरका बाहेक पाँचै जना यार्सागुम्बा सङ्कलनमा हिमाल चढ्नुहुन्छ । यसबाट तामाङको परिवारले रु पाँच–छ लाख आम्दानी गर्द...
५४ तोला सुन र ८ केजी चाँदीसहित तीन जना पक्राउ विराटनगर। कोशी प्रदेश प्रहरीले ५४ तोला सुन र आठ केजी चाँदीसहित तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतीय नागरिक ६१ विनोद कुमार मुरारका, उनकी ५६ वर्षीया श्रीमती पुष्पा मुरारका र भ्यान चालक विराटनगर–२ का ५२ वर्षीय विमल कामत रहेका छन्। विराटनगरको रानी नाकाबाट भारततर्फ लै...
मनास्लु पदमार्ग पार गर्ने क्रममा भरियाको मृत्यु गोरखा। लार्केपास गर्ने क्रममा विदेशी पर्यटकसँग गएका भरियाको ज्यान गएको छ। मनास्लु पदमार्ग हुँदै लार्केपास गरी मनाङतर्फ निस्कने क्रममा अत्याधिक हिमपातका कारण बिरामी परेका भरिया प्रकास दवाडीको ज्यान गएको हो। नीलकण्ठ नगरपालिका–११ धादिङका २० वर्षीय दवाडी यही वैशाख १८ गते ज्या...
सिम्रिक एअरका तीनवटै हेलिकोप्टर ग्राउन्डेड काठमाडौं। सिम्रिक एयरका तीनवटा हेलिकोप्टर ग्राउन्डेड भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका तीनवटा हेलिकोप्टर ग्राउन्डेड गरेको हो। सङ्खुवासभामा हेलिकोप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएपछि कम्पनीका बाँकी तीनवटा हेलिकोप्टरलाई ग्राउन्डेड गराइएको हो। पछिल्लो ए...
आजको मौसम: यी प्रदेशहरूमा हुनेछ मेघगर्जनसहित बर्षा काठमाडौं। हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। साथै कोशी प्रदेशका पहाडी भू भागका एक दुई ...
यसकारण हेर्न मिलेको छैन भर्खरै सार्बजनिक डिभी चिठ्ठाको नतिजा काठमाडौँ । ‘अमेरिकी डिभी चिठ्ठा’को नतिजा सार्वजनिक भएको छ । गत वर्ष (२०२२) मा भरेको डिभीको नतिजा आज ९ः४५ (मे ६ तारिख न्यूयोर्क समय मध्यान्ह १२ बजेपछि) बजेपछि सार्बजनिक भएको हो। डिभी लट्री २०२४ को नतिजा आज आएको हो। तर, नतिजा सार्वजनिक भएको केही मिनेटमै नतिजा ज...
null
दैलेखमा खोलामा डुबेर एक युवकको मृत्यु दैलेख । दैलेखमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । दैलेखको नारायण नगरपालिका–११ को भन्भनेमा रहेको लोहोरे खोलामा डुबेर नौमुले गाउँपालिका–८ चौराठाका १८ वर्षीय खगेन्द्र नेपालीको ज्यान गएको हो । आज दिउँसो लोहोरेखोलामा पौडी खेल्न लाग्दा डुबेका नेपाली मृत अवस्थामा फेला परे...
रूखको हाँगा खसेर एक जनाको मृत्यु महेन्द्रनगर । रुखको हाँगा खसेर कञ्चनपुरका आज एक जनाको मृत्यु भएको छ । सामुदायिक वनमा दाउरा खोज्न हिँडेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का ४५ वर्षीय अनिल डगौराको मृत्यु भएको हो । गाउँलेसित स्थानीय बैजनाथ सामुदायिक वनमा दाउरा खोज्न हिँडेका डगौरालाई रूखको हाँगा खसेर टाउकोमा चोट लागेको...
भाइले गरे दिदीको हत्या दोलखा। आफ्नै दिदीको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। ३२ वर्षीया कल्पना भुजेल श्रेष्ठको हत्या आरोपमा मेलुङ गाउँपालिका-१ पोवटी बस्ने २३ वर्षीय रामभरत भुजेललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो। विगत १ वर्षदेखि माइतमा बस्दै आएकी कल्पनालाई उनकै भाई रामभरतले उतिसको दाउराले टाउकोमा...
बजेट अधिवेशन भोलिदेखि, यस्तो छ सम्भावित कार्यसूची काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन भोलिदेखि सुरु हुने भएको छ । संसद्का दुवै सदनको बैठक आइतबार अपराह्न ४ बजे बस्ने गरी बोलाइएको हो । राष्ट्रियसभाको १४औं अधिवेशनको पहिलो बैठक बस्न लागेको हो । प्रतिनिधिसभाको भने यो दोस्रो अधिवेशनको पहिलो बैठक हो । नयाँ बानेश्वरस्थित संघ...
भारतीय गाडीले ठक्कर दिएका बैठाको उपचारको क्रममा मृत्यु सर्लाही । नवलपुर–मलङ्गवा सडकखण्डमा गाडीको ठक्करवाट एकजनाको मृत्यु भएको छ । सो सडकखण्ड अन्तर्गत हरिपुर नगरपालिका –४, हरैयामा डीजेजडित गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार बीआर ३० ए २७२१ नम्बरको भारतीय गाडीले ठक्कर दिँदा प...
युवा पुस्ताले चासो नदिँदा आरन व्यवसाय गाउँघरबाटै हराउँदै बागलुङ। निसीखोला गाउँपालिका–४ झिवाखोला बजार छेउमा पुरानो जस्तापाताले बारेको एउटा सानो छाप्रो देखिन्छ । त्यही छाप्रोमा दैनिकजसो भेटिन्छन् ६४ वर्षीय हिरामान सुनार। अनुहारभरि कालोमोसो लत्पतिएको । एक हातले घन र अर्को हातले पङ्खा घुमाइरहेको भेटिने हिरामान फलामबाट बन्न...
खैरो हेरोइनसहित कैलालीबाट एक जना पक्राउ धनगढी। कैलालीबाट प्रहरीले खैरो हेरोइनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बिहीबार साढे ९ बजे राति  जोशीपुर गाउँपालिका-७ वस्ने २१ वर्षीय अमृत चौधरीलाई शंकास्पद रूपमा हिँडिरहेका बेला प्रहरीले नियन्त्रणमा लिएको थियो। लम्कीचुहा नगरपालिका-३ ब्यवस्थितनगरस्थित इलाका प्रहरी कार्यालय ल...
कञ्चनपुरका सशस्त्र प्रहरी सिमा सुरक्षा प्रमुखमाथि खुकुरी प्रहार कञ्चनपुर। सशस्त्र प्रहरीका बोर्डर आउट पोष्ट (बीओपी) का प्रमुखमाथि खुकुरी प्रहार भएको छ । दोधारा चाँदनी नगरपालिका–७ कञ्चन भोजमा बीओपी का प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र चैंसिरमाथि खुकुरी प्रहार भएको हो । गत शुक्रवार राती होहल्ला गरेपछि सम्झाउन ...
डिभीको नतिजा आज राति आउँदै काठमाडौं। अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) को रिजल्ट आज राति आउँदै छ। अमेरिकी प्रशासनका अनुसार मे ६ अर्थात आज राती ९ः४५ मा रिजल्ट सार्वजनिक हुन लागेको हो। डिभीको नतिजा https://www.dvlottery.state.gov/ मा हेर्न सकिने छ । यसअघि डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकाम...
आजको मौसम: देशका पहाडी भू-भागमा पानी पर्ने संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रहेको छ । दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रह...
ढिस्कोले पुरिएर चारको मृत्यु मङ्गलबारे । इलाममा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको छ । इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको हो । स्थानीय विनोद श्रेष्ठको घडेरी खार्ने क्रममा ढिस्कोले पुरिएर बेपत्ता भएका भारतीय कामदारको मृत्यु भएको । जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्...
६४ वर्षदेखि भेडापालनमा, थाहा छैन कृषक अनुदान ढोरपाटन। तमानखोला गाउँपालिका–५ खुङ्खानीका रनबहादुर सिर्पाली उमेरले सात दशक पार गरे । उमेर घर्कँदै गए पनि उहाँमा काम गर्ने जोस जागर भने तन्नेरीको भन्दा कम छैन । बिहान उठेदेखि राति नसुतुन्जेलसम्म भेडाबाख्राको स्याहार सुसारमा लाग्ने सिर्पालीका दुई सय ५० बढी भेडाबाख्रा छन् । जाड...
काठमाडौंलाई सिसीटिभी चेक प्वाइन्ट बनाउने तयारी काठमाडौं। सिसीटिभी चेक प्वाइन्ट बनाउने तयारी अनुसार काठमाडौँ महानगरका विभिन्न स्थानमा सिसिटिभी जडान गरिने भएको छ । काठमाडौँ महानगरले दिने बजेटबाट काठमाडौँका विभिन्न स्थानमा एक सय ६० वटा सिसीटिभी जडान गर्न लागिएको प्रहरीले जनाएको छ । काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृ...
इलाममा घरको जग खन्ने क्रममा ढिस्कोले पुरिएर चार जनाको मृत्यु इलाम। इलामको सूर्योदय नगरपालिका-१० फिक्कल बजारनजिकै घर बनाउने क्रममा पुरिएर चार जनाको ज्यान गएको छ। आज अपराह्न ४ः४५ बजेतिर घरको जग खन्दै गर्दा खसेको ढिस्कोले पुरिएका चार जनाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुने सबै भारतीय नागरिक रहेका छन्। मृत्यु हुनेमा ब...
कञ्चनपुरमा करेन्ट लागेर ट्रक चालकको मृत्यु कञ्चनपुर । कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–९ खल्लामसेट्टीमा करेन्ट लागेर एक जना ट्रक चालकको मृत्यु भएको हो । नेपालगञ्जबाट तार–जाली बोकेर आएको भे १ ख ३९५३ नम्बरको ट्रकले शुक्रबार बिहान बिजुलीको मेन लाइन छुँदा ३२ वर्षीय चालक खुमबहादुर ...
गोप्य अंगमा लुकाएर ल्याएको अवस्थामा ब्राउन सुगरसहित दिदीबहिनी पक्राउ झापा। झापा भद्रपुर विमानस्थलबाट दुई दिदीबहिनी महिला लागुऔषधसहित पक्राउ परेका छन्। बुद्ध एयरको जहाजबाट काठमाडौं जान लागेका मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ कि घर भई हाल झापाको मेचीनगर बस्ने २१ वर्षीया सोनी श्रेष्ठ राजवंशी र उनकी दिदी २३ वर्षीया सन्ध...
हेलिकोप्टर दुर्घटना अपडेटः एक जनाको मृत्यु खाँदबारी। सङ्खुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एकको मृत्यु भएको छ । दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए । हेलिकोप्टरमा सवार चारजना गम्भीर घाइते भएको उनले बताए। आज दिउँसो १ः१० बजे भोटखोला गाउँपालिका–४ हटि...
हेलिकोप्टर दुर्घटना : घाइतेहरूलाई उपचारका लागि काठमाडौं ल्याइयो काठमाडौं । संखुवासभामा शुक्रबार भएको हेलिकप्टर दुर्घटनाका घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । अरुण तेस्रोको सामान लिएर गएको सिम्रिक एयरको हेलिकप्टर शुक्रबार दुर्घटना हुँदा घाइते भएका क्याप्टेन सुरेन्द्र पौडेल र भविन्द्र गुरुङलाई उपचारका लागि काठमाड...
मोटर चढ्ने गुर्जालीको धोको कहिले पूरा होला ? बेनी। धवलागिरि गाउँपालिका–१ गुर्जाका ८३ वर्षीय खिमबहादुर छन्त्याललाई गाउँबाटै मोटर चढेर सदरमुकाम पुग्ने धोको छ। जीवनका आरोह अवरोध संघर्षपूर्ण तवरले बिताएका उनी युवावस्थामा देश तथा विदेशमा समेत पुगे। विदेशको विकासको समेत अनुभूति सँगालेका उनले आफ्नै गाउँमा समेत विकासका पूर्वाध...
हेलिकोप्टर दुर्घटना अपडेटः घाइतेको उद्धार हुँदै, तीन जनाको अवस्था गम्भीर काठमाडौं। सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर भएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका प्रशासकीय अधिकृत भोगेन्द्र श्रेष्ठले जानकारी दिए। घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो । नेपाली सेन...
संखुवासभामा हेलिकप्टर दुर्घटना काठमाडौं। काठमाडाैं। सिम्रिक एयरको हेलिकोप्टरसंखुवासभामा दुर्घटना भएको छ। संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेका अनुसार भोटखोला गाउँपालिका सिप्रुङमा सिम्रिक एयरको हेलिकोप्टर अवतरणका क्रममा दुर्घटना भएको हो। उनले भने, “सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा परेको स्थानीयले ज...
साकेला शिलीमा नाच्दै गरेका किराँत समुदाय {भिडियो} काठमाडौं। ललितपुरको हात्तीवनमा किराँतीहरुले आज धुमधामका साथ उभौली साकेला पर्व मनाएका छन्। प्रत्येक वर्ष बैशाख पुर्णिामा देखि राई, लिम्बु, याक्खा सुनुवार जातिहरूले भव्य रूपमा किराँती रितीअनुसार भूमीको पूजा गरी उभौली चाड अर्थात भूमी पूजा गरी साकेला शिलि नाच्दै १ महिना सम्...
सशस्त्र प्रहरीको ‘एक जवान, एक बेडिङ कार्यक्रम’ काठमाडौं। सशस्त्र प्रहरी कर्मचारीहरुले अब सरुवा भएर अन्यत्र जाँदा गुन्टा बोकेर जानु नपर्ने भएको छ । सशस्त्र प्रहरी बल नेपालले ‘एक जवान एक बेडिङ’ अवधारणाअनुसार आवश्यक व्यवस्थापन गरेकाले अब आफ्नो व्यक्तिगत सामान मात्रै बोकेर गए हुने भएको जनाइएको छ । यसअघि सशस्त्र प्रहरी सरुव...
गिट्टीको थुप्रोमा टाउको भेटियो, पहिचान खुल्न सकेन बैतडी। पाँच दिन अगाडि बैतडीको पाटनमा एक व्यक्तिको टाउको भेट्टिए पनि उनको पहिचान भने खुल्न सकेको छैन। गत आइतबार सडक निर्माणका लागि पाटन नगरपालिका–६ तल्लो बजारमा ल्याएको गिट्टीको थुप्रोमा एक व्यक्तिको टाउको भेट्टिएको थियो। टाउकोलाई परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको  ।...
पहिरोले पाल्पा–बुटवल सडक खण्ड अवरुद्ध, सयाैँ सवारी साधान अलपत्र पाल्पा । पहिरो खसेपछि पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध भएको छ। शुक्रबार बिहानदेखि सिद्धार्थ राजमार्गको गौडेपुलको कालीमाटी क्षेत्रमा पहिरो खसेपछि सो सडक खण्ड अवरुद्ध हुन पुगेको हो। सडक डिभिजन कार्यालयले घुम्ती सुधार गरेको स्थानमा नै ठूलो पहिरो खसे पछि सयाैँ सवा...
बुद्ध पूर्णिमामा १३९ वर्षपछि देखा पर्दै उपछायाँ चन्द्रग्रहण काठमाडौं। चन्द्र ग्रहणको एउटा भौगलिक घटना मानिन्छ। यो सालको पहिलो चन्द्रग्रहण बैशाख २२ गते लाग्दैछ। यस वर्षको चन्द्रग्रहण यस अर्थमा पनि खास छ कि यो बुद्ध पूर्णिमाका दिनमा लाग्दैछ, जो १३९ वर्ष पछि लाग्न लागेको हो। यो चन्द्रग्रहण तुला राशी र स्वाती नक्षत्रमा लाग...
आजको मौसम: कोशी र गण्डकीसहित मुलुकका पहाडी भूभागमा पानी पर्ने संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रहेको छ। दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। ...
आज २५६७औं बुद्ध जयन्ती, विविध कार्यक्रम गरी मनाइँदै काठमाडौं। शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ। सिद्धार्थ गौतमले विश्व शान्त...
महिलाको फोटो र भिडियो तोडमोड गरी टिकटकमा चरित्रहत्या गर्ने एक जना पक्राउ काठमाडौं । सामाजिक सञ्जाल टिकटकमार्फत महिलाको चरित्र हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चितवन प्रहरीको सहयोगमा साइबर ब्युरोको टोलीले बुधबार विजय लामा भन्ने डम्बर बहादुर तामाङलाई पक्राउ गरेको हो । उनले सामाजिक सञ्जाल टिकटकमा पीडितको फो...
लागूऔषधसहित कञ्चनपुरबाट तीन युवक पक्राउ धनगढी । कञ्चनपुरबाट लागूऔषधसहित प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पुनर्वास नगरपालिकाबाट प्रहरीले लागूऔषधसहित तीन जना पक्राउ परेका हुन् । कञ्चनपुर प्रहरीका अनुसार बुधवार राति पुनर्वास नगरपालिका वडा नम्बर ५ स्थित दोदा पुल नजिकबाट प्रहरीले ६ सय मिलिग्राम खैरो हेरोइनसहित तीन जनाल...
विवाह हुन एक हप्ता बाँकी रहँदा भक्तपुरमा युवतीले गरिन् आत्महत्या भक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिका- ७ गुण्डुुकी २४ वर्षीया सुस्मिता खड्काले आत्महत्या गरेकी छन् । २८ वैशाखमा विवाह मिति तोकिएकी खड्काले बिहीबार झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको भक्तपुर प्रहरी परिसरले जनाएको छ । काठमाडौ दक्षिणकाली नगरपालिका-...
नक्कली शरणार्थी प्रकरण : १०६ जनाले दिए २३ करोड ठगिएको उजुरी काठमाडौँ। नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ। अझै केही व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको र उनीहरुको खोजी भइरहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरी...
धरानबाट २२७ किलो बढी गाजाँसहित दुई व्यक्ति पक्राउ सुनसरी। सुनसरी जिल्लाको धरानबाट २ सय २७ किलो बढी गाजाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। धरान उपमहानगरपालिका १३ शिवधारास्थित कोशी राजमार्गबाट बैशाख २१ गते प्रहरीले २ सय २७ किलो ४ सय ग्राम गाजँसहित दुई जना व्यक्ति र ट्रक नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा गाडी चा...
काठमाडौँबाट जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ काठमाडौँ। काठमाडौँ महानगरपालिका-९ देबकोटा मार्गबाट जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। देबकोटा मार्गस्थित स्टिकर पसलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। विशेष सूचनाको आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको प्र...
२५६७औँ बुद्धजयन्तीमा साताव्यापी कार्यक्रम, प्रधानमन्त्री लुम्बिनी जाने भैरहवा। लुम्बिनी विकास कोषले बिहीबार परेको २५६७औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस–२०८० को अवसरमा साताभरि विविध कार्यक्रमसहित मनाउने जनाएको छ।  बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरिनिर्वारणको नियोग परेको दिन वैशाख पूर्णिमाको अवसरमा कोषले विशेष महत...
वर्षाले रुझेको असन बजार {फोटो फिचर} काठमाडौं। काठमाडौंको व्यस्त बजार असन बजार, इन्द्रचोकमा वर्षाका कारण मानिसहरुलाई किनमेल गर्न निकै असहज भइरहेको छ। आफ्नो अत्यावश्यक समाग्री किनमेला गर्न मानिसहरु छाताको साहार लिएर निस्किएका छन्। केही दिनदेखिको निरन्तर परेको वर्षाले काठमाडौंको जनजिवन प्रभावित भएको छ। व्यवसाय गर्ने होस् ...
गुच्चीच्याउ आम्दानीको स्रोत बन्दै मुगु। सोरु गाउँपालिका–४ फोतुकी रामदेवी शाहीलाई अहिले गुच्चीच्याउ टिप्न भ्याइनभ्याइ छ। उनी बिहान सबेरै नजिकका सामुदायिक वनमा पुगेर साँझअबेर मात्र घर फर्किन्छिन्। हिमपात र वर्षा धेरै भएकाले यसपाली गुच्चीच्याउको उत्पादन राम्रो भएको जनाउँदै उनी दिनभरी गुच्चीच्याउ टिप्न व्यस्त छिन्। गतवर्ष ...
भीमफेदीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु मकवानपुर। मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी पर्सौनि नगरपालिका–५ बाराका २५ वर्षीय लाल बाबु सहनी र २० वर्षीय रवीन्द्र मण्डल रहेका छन्। भिमफेदी गाउँपालिका–६ जुरिखेतमा बागमती प्रदेश ०२–०२० प ४२३७ नम्बरको मोटरसाइकल दुर्घटनामा परी द...
आजको मौसमः देशका अधिकांश भागमा पानी पर्ने संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको छ। दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्...
मातातीर्थमा चट्याङ लागेर एकको मृत्यु काठमाडौं। काठमाडौंको मातातीर्थमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–६ मातातीर्थमा आज दिउँसो चट्याङ लागेर मकवापुर भीमफेदी घर भई काठमाडौं बस्दै आएका ३५ वर्षीय राजु तामाङको मृत्यु भएको हो । मातातीर्थमा निर्माणाधीन घरमा काम गरिरहेका बेलामा कौसीमा चट्याङ लागेपछि ...
करेन्ट लागेर दाङमा एक जनाको मृत्यु, दुई घाइते दाङ । दाङको तुलसीपुरमा बुधबार साँझ करेन्ट लागेर एक जनाको ज्यान गएको छ । थप दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १२ घर भएका २८ वर्षीय महेश बिक छन् । उनी तुलसीपुर बसेर जापानी भाषा पढाउँदै आएका थिए । इलाका प्रहरी कार्यालय तुल...
कञ्चनपुरमा १७ वर्षीया किशोरी बलात्कृत कञ्चनपुर । कञ्चनपुरमा एक १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । बेदकोट नगरपालिका–१० का १८ वर्षीय किशोरले जबरजस्ती करणी गरेको भन्दै ती किशोरीले प्रहरीमा उजुरी दिएपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीका अनुसार पीडित किशोरीले ती किशोरविरुद्ध गत...
लोकसेवा आयोगको डाटा रिकभरी नभएपछि पुनःदरखास्त आह्वान काठमाडौं। लोकसेवा आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएको सरकारी एकीकृत डाटा सेन्टरमा रहेको तथ्याङ्क हराएपछि आज उम्मेदवारका लागि पुनःदरखास्त आह्वान गरेको छ । आयोगले डाटा सेन्टरबाट पहिले दरखास्त बुझाएको फारामको तथ्याङ्क हराएकाले उम्मेदवारलाई पुनःदखास्त गर्न आह्वान ...
विद्यालय हिँडेका बालबालिका विद्यालय पुग्नै पाएनन्…. दमौली। तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलाका बालबालिका सधैँझै विद्यालय जान सडक छेउमा उभिएका थिए । बिहान ९ः३० बजे सडक छेउमा छ जना बालबालिका विद्यालय जानका लागि विद्यालय पोशाक लगाएर तयारी अवस्थामा थिए । आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित मित्रता माध्यमिक विद्...
घरमा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु तनहुँ । तनहुँमा घरमा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गको दमौली मुग्लिङ सडक खण्डअन्तर्गत आँधिखोलामा ना ४ ख १९७३ नं.को ट्रक अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किन पुग्दा सो हताहती भएको हो । दुर्घटनामा बन्दिपुर गाउँपालिका–१ बस्ने १२ वर्षीय आयुष भुजेल, ५० वर्षीय चेतब...
कोभिडपछि पुरानो अवस्थामा फर्कन सकेन छापा पत्रकारिता काठमाडौं। कोभिड–१९ को सङ्क्रमणपछि पत्रकारिताको छापामाध्यम पुरानो अवस्थामा फर्कन सकेको छैन । कोरोना भाइरसले छापा पत्रकारितालाई अस्तव्यस्त बनाएको बताउँछन् नेपाली छापा माध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष देवप्रकाश त्रिपाठी । कोरोना महामारीका बेला पत्रिकाको छपाइ र वितरणमा अ...