content stringlengths 20 64.1k ⌀ |
|---|
पृथ्वीराजमार्ग चार घण्टापछि पुन: सञ्चालनमा दमौली। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा ट्रकको ठक्करबाट स्थानीय घाइते भएपछि अवरुद्ध भएको सडक चार घण्टापछि पुन: सञ्चालनमा आएको छ ।
आज बिहान १० बजेदेखि अवरुद्ध रहेको याम्पा–आँबुखैरेनी सडकखण्ड दिउँसोबाट सञ्चालन भएको हो। सहायक प्रमुख जिल्ला अध... |
व्यवसायी कँडेल मृत्यु प्रकरण : दुई जनाविरुद्ध उजुरी चितवन। पोल्ट्रि व्यवसायी शंकर कँडेल मृत्यु प्रकरणमा दुई जनाविरुद्ध किटानी जाहेरी परेको छ।
कँडेल मङ्गलबार साँझ आफ्नै कार्यालय नारायणगढमा मृतावस्थामा भेटिएका थिए। परिवारका तर्फबाट राति आत्महत्याको कारण कम्पनीको ८५ प्रतिशत शेयर खरिद गरेका व्यवसायी प्रदीप रुंटा र कँडेलकै ... |
दार्चुला हिम पहिरो अपडेट : दुई महिलासहित तीन जनाको शव भेटियो महेन्द्रनगर। दार्चुलाको व्यास गाउँपालिका–१ मा आज हिमपहिरोमा परी सम्पर्कबिहीन रहेका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव फेला पारेको छ। मंगलबारदेखि हिमपहिरोमा परी सम्पर्कबिहीन रहेका यार्सा संकलकमध्ये सात जनाको सशस्त्र प्रहरीले उद्धार गरेको थियो भने पाँचजना ... |
१६ बुँदे माग पूरा नभए आन्दोलनमा उत्रने हिस्टुनको चेतावनी (मागसहित) काठमाडौं। माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले सरकारसमक्ष राखेकाे विभिन्न १६ बुँदे माग पूरा नभए आन्दोलनमा उत्रने चेतावनी दिएको छ । हिस्टुनको प्रतिनिधिमण्डलले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा ध्यानाकर्षणपत्र बुझाई एक हप्ताभित्र माग पू... |
रवि लामिछानेका सवारी चालक थापाको अन्त्येष्टि काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापाको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
४ वैशाखमा सभापति लामिछानेको चितवनस्थित घरबाट खसेर घाइते भएका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का ३९ वर्षीय चालक थापाको उपचारका क्रममा मंगलबा... |
किसानले बारी जोत्न ट्र्याक्टर छाडेर गोरुकै प्रयोग गर्दै सिन्धुपाल्चोक। परम्परागत कृषि कर्ममा अभिन्न अंग मानिएको हलो र गोरुलाई हिजोआज ट्र्याक्टरले विस्थापित गर्न थालेको छ । किसानले विस्तारै गोरु पाल्न छोडेको देखिन्छ ।
तर, सिन्धुपाल्चोकका किसान भने ट्र्याक्टरको प्रयोग छाडेर गोरुकै प्रयोग गर्र्न थालेका छन् । भौगोलिक विकटत... |
वैदेशिक रोजगारमा आकर्षित हुँदै खेलाडी रामपुर। खेल क्षेत्रमै सम्भावना बोकेका खेलाडी पछिल्लो समय वैदेशिक रोजगारका लागि आकर्षित भइरहेका छन्।
रामपुर नगरपालिका–७ किसानबारी बस्ने असिम राना आफ्नै खर्चमा खेलमा लगानी गरेर प्रतिस्पर्धा गर्नुपर्दा खेलाडीलाई समस्या पर्ने गरेको बताउँछन्। आठवर्षदेखि भलिबल खेलमा आबद्ध उनी अहिले २४ वर... |
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ दाङ। घोराहीमा जुवातास खेलिरहेको अवस्थामा सात जनालाई प्रहरीले पक्राउ गरेको छ।
घोराही उपमहानगरपालिका-१८ नवलपुरस्थित स्युजाली होटल एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१७ बस्ने ४६ वर्षीय माधव गैरे समेत ७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।
विशेष सूचना... |
अरुण तेस्रोमा कार्यरत एक मजदुरको मृत्यु, दुई घाइते किमाथांका। संखुवासभामा निमार्णाधीन नौ सय मेगावाट विद्युत् उत्पादन क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा अडिट–२ मा कार्यरत एक मजदुरको मृत्यु भएको छ। मकालु गाउँपालिका–५ आमाराङस्थित अडिट–२ को सुरुङभित्र माथिबाट ढुंगा खसेर सिलिचोङ गाउँपालिका–५ का २७ वर्षीया प्रेम राईको ... |
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै काठमाडौं। प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धनमा जोड दिँदै नेपालका पत्रकारहरुले पनि आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदैछन्। सन् १९९३ को संयुक्त राष्ट्रसंघको साधारण सभाले अनुमोदन गरेपछि यो दिन संसारभरि प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो।
हरेक वर्षको मे महिनाको ३ तारिखम... |
आजको मौसम: मुलुककाे पहाडी भू-भागमा पानी पर्ने संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ, जसका कारण सुदूरपश्चिम प्रदेशका थोरै स्थान र अन्य पहाडी पहाडी भू-भागका एक दुई स्थानमा हल्का... |
सभापति लामिछानेका सवारी चालकको मृत्युप्रति रास्वपाद्वारा दुःख व्यक्त काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा (शम्भु)को मृत्युप्रति दुःख व्यक्त गरेको छ । महामन्त्री डा. मुकुल ढकालद्वारा जारी विज्ञप्तिमा पार्टी निर्माणमा थापाको पनि योगदान रहेको उल्लेख गरिएको छ ।
विज्ञप्तिम... |
अखाद्य वस्तु मिसावट गरी मह उत्पादन, एक पक्राउ काठमाडौं । नेपाल प्रहरीले अखाद्य वस्तु मिसावट गरी मह उत्पादन गर्ने एकजनालाई पक्राउ गरेको छ ।
प्रहरी प्रभाग बूढानीलकण्ठको टोलीले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–२ स्थित गार्डेन अपिएरी उद्योग प्रालिमा अखाद्य वस्तु मिसावट गरी मह उत्पादन गर्ने ५७ वर्षीय पवन सत्याललाई पक्राउ गर... |
महाकाली नदीमा डुबेर एक जनाको मृत्यु कञ्चनपुर । कञ्चनपुरको महाकाली नदीमा डुबेर एक जनाको ज्यान गएको छ । दोधारा चाँदनी नगरपालिका–१० का ७५ वर्षीय रनु नाथको महाकाली नदीमा डुबेर मृत्यु भएको हो ।
सोमबार रातिदेखि बेपत्ता नाथ मंगलबार फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनी बिहान मृत अवस्थामा नदीमा तैरिरहेको ... |
मालपोत अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृत पदमप्रसाद अर्याल र तत्कालीन नायब सुब्बा लेखनाथ भट्टराईसमेत चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
गलत लिखत तयार गरी ऐलानी जग्गामा बनेको घर राजीनामा पास गरिदिएर भ्रष्टा... |
रवि लामिछानेका सवारी चालक थापाको निधन काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापाको उपचारको क्रममा मंगलबार निधन भएको छ।
४ वैशाखमा सभापति लामिछानेको चितवनस्थित घरको छतबाट खसेर घाइते भएका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का ३९ वर्षीय चालक थापाको मेडिसिटी अस्पतालमा उपचारको क्रममा ... |
अखाद्य वस्तु मिसाएर मह उत्पादन गर्ने व्यक्ति पक्राउ काठमाडौँ। अखाद्य वस्तु मिसावट गरी अवैध रूपमा मह उत्पादन गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-२ बस्ने ५७ वर्षीय पवन सत्याललई प्रहरीले पक्राउ गरेको छ।
बूढानीलकण्ठ नगरपालिका-२ स्थित पवनले सञ्चालन गरेको गार्डेन अपिएरि उद्योग प्रालिमा अखाद्य मिसावट गरी अवैध रुपमा मह उत्पाद... |
गौतमबुद्धको अस्थिधातु सर्वसाधारणको दर्शनलाई खुल्ला भैरहवा। लुम्बिनीमा सोमबारदेखि भगवान गौतमबुद्धको अस्थिधातु सर्वसाधारणले दर्शन गर्न पाउने गरी खुल्ला गरिएको छ। यसअघि बुद्धजयन्तीका दिन मात्र दर्शनका लागि खुल्ला गरिने बुद्धका अस्थिधातु अब सधैँ दर्शन गर्न सकिने व्यवस्था गरिएको छ। अन्तर्राष्ट्रिय बौद्ध समाजको आयोजनामा धर्म... |
अठार घन्टापछि एकतर्फी खुल्यो पृथ्वी राजमार्ग काठमाडाैं। पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडक एकतर्फीरुपमा खुलेको छ।
धुनीबेँसी नगरपालिका-६ र थाक्रे गाउँपालिका-८ को सिमाना जोड्ने गणेशखोला पुलमाको जमि भासिँदा सोमबार अपराह्न ४ बजेदेखि ठप्प बनेको राजमार्ग मङ्गलबार बिहान १० बजेबा... |
कमर्सियल गाडीको लागि एक्साइड एक्सप्रेस ब्याट्रीको साथ काठमाडौँ। पिकअप, ट्रक, टिप्पर, बस जस्ता कमर्सियल गाडीहरुको लागि उच्च प्रविधिबाट निर्मित एक्साइडको एक्सप्रेस ब्याट्री नेपालमा किफायती साबित भइरहेको छ।
सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले नेपाली बजारमा सबै प्रकारका ठूला गाडीहरुमा प्रयोग गर्न सकिने एक्साइड एक्सप्रेस ब्याट्री ... |
उपचारका क्रममा भागेका थुनुवा पक्राउ महोत्तरी। उपचारका क्रममा प्रहरीको आँखा छली भागेको थुनुवालाई करिब एक महिनापछि प्रहरीले फेला परेको छ । महोत्तरी कारागारका थुनुवा कृष्णकुमार यादव गत चैत २४ गते बिरामी भई उपचारका लागि जनकपुर लगिएका बेला चिकित्सकको क्लिनिकबाटै भागेका थिए ।
सोमबार जलेश्वर नगरपालिका–३ स्थित भारतीय सीमावर्ती... |
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएकाे आरोपमा इन्द्रजित राई पक्राउ काठमाडौं। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा इन्द्रजित राई पक्राउ परेका छन्। उनलाई सुनाकोठी, ललितपुरबाट पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा राई... |
७२ घण्टाका लागि जमुनाह नाका बन्द हुने बाँके। नेपाल–भारत सीमास्थित जमुनाह नाका आज रातिदेखि बन्द हुने भएको छ।
भारत उत्तर प्रदेशको बहराइच जिल्लामा हुने गाउँ पञ्चायत निर्वाचनका कारण आज रातीदेखि ७२ घण्टासम्म जमुनाह नाका बन्द हुन लागेको हो। आगमी २१ बैशाखमा भारत, उत्तर प्रदेशमा गाउँ पञ्चायत निर्वाचन हुदैँछ।
जिल्ला प्रहरी कार्... |
मोटरसाइकलको ठक्करबाट मृत्यु, अरनिको राजमार्ग ठप्प बनेपा। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं १३ स्थित भैँसेपाटीमा गएराति काठमाडौँतर्फ जाँदै गरेको बा६३प २७२ नंको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ६० वर्षीय बालकृष्ण बुढाथोकीको निधन भएको छ।
बुढाथोकीको उपचारका क्रममा धुलिखेल अस्पतालमा निधन भएको इलाका प्रहरी कार्यालय बनेप... |
अवरुद्ध सडक खुलाउन सेना सक्रिय काठमाडाैं। धादिङ धुनीबेँसी नगरपालिका वडा नं ६ स्थित गणेश खोलामा सोमबार गएको पहिरो पन्छाउन नेपाली सेना परिचालन भएको छ।
उक्त स्थानमा आएको पहिरोका कारण सोमबार अपराह्नदेखि पृथ्वीराजमार्ग अवरुद्ध भएपछि सडक खुलाउन तत्कालै सेना परिचालित भएको हो। उक्त स्थानमा परिचालित सैनिक इञ्जीनियर्स टोलीले उक्... |
मौसम बिभागले भन्यो-आजकाे बर्षाले खेलकुद र हवाई क्षेत्र प्रभावित हुन सक्छन् काठमाडौं। आज दिनभरी जसो पर्ने पानीले खेलकुद र हवाई क्षेत्रलगायत प्रभावमा पर्ने भएका छन्। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज पर्ने पानीले खेलकुद र हवाई क्षेत्रलगायतमा प्रभावित हुन सक्ने भन्दै आवाश्यक सर्तकता अपनाउन अनुरोध गर... |
आजको मौसमः देशैभरी पानी पर्ने संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आशिक देखि सामान्य बदली रहेको छ।
दिउँसो कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा सामान्य बदली... |
कञ्चनपुरमा बेवारिस शव फेला धनगढी । कञ्चनपुरमा बेवारिस अवस्थामा एक जनाको शव फेला परेको छ ।
आइतबार प्राहरीले भीमदत्त नगरपालिका–११ भुजेला नहर किनारमा बेवारिस अवस्थामा अन्दाजी ५५ वर्षीय गहु गोरो उचाई ५ दशमलव २ फिट भएको कालो पाइन्ट खैरो सर्ट कालो कलरको हाइनेक निलो कलरको आस्कोट टाउकोमा ढाका टोपी पातलो शरिर कपाल र दारी जुंगा ... |
निरा पाण्डे आचार्यको आज अन्त्येष्टि गरियो काठमाडौं। यही वैशाख ७ गते हत्या गरिएकी काठमाडौँ कपन सरस्वतीनगरकी निरा पाण्डे आचार्यको आज पशुपतिस्थित आर्यघाट अन्त्येष्टि गरिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी० को टोलीले आइतबार हत्यामा संलग्न भएको आरोपमा झापाबाट विनोद विकलाई पक्राउ गरेको थियो ।
सिआइबीको ट... |
बीस वर्षीया युवती आफ्नै घरमा मृत फेला बाँके । बाँकेको कोहलपुरमा २० वर्षीया युवती आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् । कोहलपुर २ बर्दहवामा २० वर्षीया युवती प्रिती थारु गए राति करिव १२ बजेतिर मृत फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
युवती मृत अवस्थामा फेला परेको घटना शंकास्पद रहेको भन्दै प्रहरीले मृत... |
नर्स मृत्यु प्रकरणः डा ढकाल र उनका बुबाविरुद्ध दुरुत्साहनमा जाहेरी दर्ता काठमाडौं। काठमाडौंको वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठको मृत्यु प्रकरणमा काठमाडौं महानगरपालिका–१६ बोहराटारका डा सुजन ढकाल र उनका बुबा मुरलीप्रसादविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दर्ता भएको छ ।
प्रहरी वृत्त बालाजुमा अनुमाका बुबा ग... |
गुरु (बृहस्पति) उदयको बाल दोष आजदेखि सकियो काठमाडौं । एक महिनाअघि अस्त भएको गुरु उदय भई आजदेखि बाल दोष पनि सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
गत चैत १७ गते शुक्रबारदेखि गुरु अस्त भएको थियो । गुरु यही वैशाख १५ गते शुक्रबार उदय भएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । गुरुको बाल दोष... |
‘बालविवाह, जिन्दगी तबाह’ जनकपुरधाम। सप्तरीको खडक नगरपालिका–८ की सोनियाकुमारी मण्डल वडास्तरीय कोपिला बाल सञ्जालकी अध्यक्ष हुन्। उनले १४ वर्षकै उमेरमा भागेर विवाह गरेकी आफ्नी साथी माइतीघर फर्केर आउन नसकेको तर पोइलीघरमा भोगेको समस्याको खबर भने बेलाबेला आइरहेको सुनाइन् ।
“आठ कक्षा पढ्दै गर्दा भागेर विवाह गरेकी साथीको त्यसप... |
महावीर पुन र सरकारबीच ७ बुँदे सहमति काठमाडौं । विभिन्न माग राखेर आन्दोलनमा उत्रिएको राष्ट्रिय आविष्कार केन्द्र र सरकारबीच ७ बुँदे सहमति भएको छ ।
गत शुक्रबारदेखि माइतीघर मण्डलामा धर्ना दिएर आन्दोलनमा उत्रिएका केन्द्रका अध्यक्ष महावीर पुन र उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सोमबार ७ बुँदे सहमतिपत्रमा ह... |
भिरबाट लडेर ५३ वर्षीय वृद्धको मृत्यु तनहुँ। जिल्लाको ऋषिङ गाउँपालिका–७ बाजगरा निवासी ५३ वर्षीय कृष्णकुमार थापाको भिरबाट लडेर मृत्यु भएको छ। घर नजिकै रहेको चण्डी भयर सामुदायिक वनको गोरेटो बाटोदेखि करिब सय मिटर तल खस्दा मृत्यु भएका उनी आइतबार दमौलीमा आँखासम्बन्धी उपचारपश्चात् घर फर्किएको परिवारले जनाएका छन्।
भिरको रुखमा ... |
आठ वर्षमा पनि पूरा भएन जोरपाटी-गोकर्ण-सुन्दरीजल सडक काठमाडौँ। जोरपाटी-गोकर्ण-सुन्दरीजल सडक विस्तार गरिएको आठ वर्ष वितिसक्दा पनि पूरा नहुँदा खाल्डाखुल्डीले सवारी सञ्चालनमा समस्या पर्दै आएको छ।
खाल्डाखुल्डीमा बनेको पोखरीले यात्रु एवं स्थानीयवासीले दुःख पाएको गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता नारायणबहादुर सुवेदीले बताए। सं... |
तेह्रथुमको छथरमा उद्यमशीलता विकास तालिम काठमाडौँ। कोशी प्रदेश अन्तर्गतको तेह्रथुम जिल्लाको छथर गाउँपालिका स्थानीयलाई उद्यमशीलता विकास तालिम दिइएको छ। राष्ट्रिय युवा परिषद्, छथर गाउँपालिका र नबिल बैंकबिच भएको त्रिपक्षीय समझदारी अनुसार एक साता लामो तालिम प्रदान गरिएको नबिल बैंकले जनाएको छ।
२०८० वैशाख १० गतेदेखि १६ गतेसम्... |
दुई सातादेखि बेपत्ता आमाछोरा अझै फेला परेनन् तनहुँ। दुई सातादेखि बेपत्ता भएका आमाछोरा अझै फेला परेका छैनन्।
दुई सातादेखि बेपत्ता भएका ब्याँस नगरपालिका–१० बिपी भञ्ज्याङ्ग का २० वर्षीया राममाया विक र ४ वर्षीयाको छोरा लप्सन विक अझै फेला नपरेका हुन ।
राममायाको श्रीमान् लोकबहादुर विकले गत वैशाख ३ गते बिहान देखि बेपत्ता भएक... |
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, बिभिन्न कार्यक्रम गरी मनाइँदै काठमाडौं। आज अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो।
श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन्... |
आजको मौसम: देशका धेरैजसाे भू-भागमा पानी पर्ने संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागहरूमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहेको छ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने... |
आयुर्वेदिक चिकिस्ता पद्धति मात्र नभएर जीवन दर्शन होः कार्यवाहक राष्ट्रपति यादव काठमाडौं। कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले आयुर्वेदिक चिकिस्ता पद्धति मात्र नभएर जीवन दर्शन रहेको बताएका छन् ।
आयुर्वेदा मेडिकल डेभलोपमेन्ट एण्ड रिसर्च फाउण्डेशनले काठमाडौँस्थित नाचघरमा आज आयोजित कार्यक्रममा उहाँले संस्कृति र दैनिकी... |
देश बाहिर रहेका मतदातालाई मतदान प्रक्रियामा समावेश गर्न ध्यानाकर्षण काठमाडौं। अर्थमन्त्री प्रकाशशरण महतसमक्ष नेपाल मतदाता अधिकार मञ्चले जिल्ला बाहिर र देश बाहिर रहेका मतदातालाई मतदानको प्रक्रियामा समावेश गर्न माग गरेको छ ।
मञ्चका अध्यक्ष भक्त विश्वकर्मासहित आज सिंहदरबारमा भएको भेटमा लोकतान्त्रिक शासन व्यवस्थाको अभ्यास ... |
तत्काल प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन बारको माग काठमाडौं। नेपाल बार एशोसियशनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया तत्कालअघि बढाउनुपर्नेलगायतका माग राख्दै दबाबमूलक कार्यक्रम प्रारम्भ गरेको छ ।
बारको मागमा प्रधानन्यायाधीशको नियुक्ति अविलम्ब गर्नुपर्ने, सर्वोच्च अदालतलगायत सबै तहका अदालतमा रिक्त रहेका न्याया... |
इनार सफा गर्ने क्रममा एकजनाको मृत्यु मध्यविन्दु। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१४ बेल्डीहामा इनार सफा गर्ने क्रममा एकजनाको मृत्यु भएको छ ।
इनार सफा गर्ने क्रममा अचानक इनार भासिँदा गैँडाकोट १३ का ४४ वर्षका तुलसी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)को सूचना अधिकार... |
कीर्ते धनीपुर्जा बाँडेर सुकुम्वासीसँग लाखौँ असुली, दुई आरोपी पक्राउ झापा। जग्गाको नक्कली धनीपुर्जा दिएर मेचीनगर नगरपालिका–५ मेचीडाँडाका ६० परिवारसँग रकम असुली गरेको आरोपमा दुई व्यक्ति पक्राउ परेका छन् ।
आरोपीले पीडितसँग लाखौँ रकम असुलेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालका अनुसार जग्... |
स्वदेश फर्किएपछि चन्द्र भण्डारीले भने- आगामी दिनमा कुनै नेपालीले आगोमा जल्न नपरोस् काठमाडौं। नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारी भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरमा उपचारपछि आज स्वदेश फर्किएका छन्।
गत फागुन ३ गते बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास लिक हुँदा आगालागीमा परी गम्भीर घाइते ... |
रोल्पामा जीप दुर्घटना, एक विद्यार्थीको मृत्यु रोल्पा। रोल्पामा जीप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गङ्गादेव गाउँपालिका–२ ओइलाम निवासी १५ वर्षीय तिलक वली रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी उपरीक्षक श्याम सारुमगरले जानकारी दिए ।
तुलसीपुरदेखि रोल्पाको गङ्गादेव गाउँपालिका–६ ताप्लातर्फ आउँदै... |
उपचारपछि स्वदेश फर्किए कांग्रेस सांसद भण्डारी काठमाडौं। नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारी आज उपचारपछि स्वदेश फर्किएका छन्।
गत फागुन ३ गते बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास चुहावट हुँदा आगालागीमा परी घाइते भएका नेता भण्डारी भारतको मुम्बईमा साढे दुई महिना उपचारपछि आज स्वदेश फर्किएका हुन... |
जुवा खेलेर ऋण लागेपछि लुटपाट गर्न थाले, प्रतिकार गरेपछि पसलकै चक्कुले घोचेर नीराको हत्या
काठमाडौं। काठमाडौंको कपनस्थित सरस्वती नगरमा वैशाख ७ गते भाँडा व्यवसायी ३५ वर्षकी नीरा पाण्डे आचार्यको लुटपाटका लागि हत्या भएको पाइएको छ।
प्रहरीले लामो अनुसन्धान गरी घटना भएको ११औँ दिनमा आज त्यसको कारणबारे जानकारी गराउँदै लुटपाट गर... |
१० लाख ३० हजार हेक्टर कृषियोग्य जमिन बाँझो छः मन्त्री भुसाल काठमाडौं। कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा बेदुराम भुसालले १० लाख ३० हजार हेक्टर कृषियोग्य जमिन बाँझो रहेको बताएका छन्।
अखिल नेपाल किसान महासङ्घले ७३औँ स्थापना दिवसमा मन्त्री भुसालले उत्पादन वृद्धि गर्नका लागि बाँझो जमिनमा खेतीपातिको व्यवस्था गर्नुपर्ने आवश... |
सडक निर्माणका लागि थुपारेको गिट्टीमा मानिसको टाउको भेटियो बैतडी। बैतडीको पाटनमा सडक निर्माणका लागि ल्याइएको गिट्टीमा मान्छेको टाउको भेटिएको छ। पाटन नगरपालिका–६ स्थित पाटन तल्लो बजारमा सडक निर्माणका लागि ल्याइएको गिट्टीमा आज दिउँसो मान्छेको टाउको भेटिएको हो।
गिट्टीको थुप्रोबाट कुकुरले टाउको लग्दै गरेको अवस्थामा फेला परे... |
महिनावारी सुकेको ५ वर्षपछि नर्भिक आइभिएफमा ५२ वर्षे महिलाले जन्माइन् जुम्ल्याहा काठमाडौं। महिनावारी सुकेको ५ वर्षपछि काठमाडौंकी एक महिला आइभिएफ प्रविधिबाट जुम्ल्याह सन्तान जन्माउन सफल भएकी छिन्।
थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलअन्तर्गतको नर्भिक आइभिएफ सेन्टरमा उपचार गराइरहेकी ५२ वर्षीया ती महिलाले आइभिएफ प्रविधिम... |
विद्युत् प्राधिकरणका कर्मचारीलाई लाग्यो चुनाव काठमाडौं। देशकै सबैभन्दा ठूलो सार्वजनिक संस्थान नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई यतिबेला चुनाव लागेको छ । आधिकारिक टे«ड युनियन चयनका लागि हुन लागेको निर्वाचनका लागि संस्थानमा क्रियाशील ट्रेड युनियन नेतृत्व लिनका लागि प्रचारप्रसारमा केन्द्रित छन् ।
यही वैशाख २८ गते हुन... |
निरा पाण्डेका हत्या आरोपी विनोद विश्वकर्मा सार्वजनिक काठमाडौं। काठमाडौं कपनस्थित सरस्वतीनगरकी निरा पाण्डे आचार्यको हत्या आरोपमा पक्राउ परेका झापाका विनोद विश्वकर्मालाई सार्वजनिक गरिएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर पाण्डेको हत्यामा संग्लन भएको दाबी गर्दै आरोपी झापा मेचीनग... |
डाक्टरको घरमा नर्स मृत फेला काठमाडौं। डाक्टरको घरमा नर्स मृत अवस्थामा फेला परेकी छिन्। काठमाडौंको बोहराटारस्थित डाक्टर सुजन ढकालको घरमा वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अमुना श्रेष्ठ मृत फेला परेकी हुन्।
काठमाडौ प्रहरी परिसरका प्रवक्ता एसपी सिताराम रिजालका अनुसार उनी झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। ढकाल भने कान्त... |
दण्डहीनताविरुद्ध शान्ति समाजले देशव्यापी अभियान चलाउने काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले छ सुत्रीय धारणासहित कुशासन र दण्डहीनताविरुद्ध २०८० जेठ १ गतेदेखि देशव्यापी रुपमा तेस्रो चरणको अभियान प्रारम्भ गर्ने भएको छ ।
विसं २०८० वैशाख अन्तिम सातासम्म पनि शान्ति समाजले अघि सारेका छ वटा विषयमा ठोस् प्रगति नभए तेस्रो चर... |
जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ चितवन। भरतपुरमा जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई प्रहरीले पक्राउ गरेको छ।
भरतपुर महानगरपालिका-१० रेडक्रस चोक बस्ने राम बहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरुङसहित ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएक... |
महावीर पुनको आन्दोलनमा राप्रपाको ऐक्यबद्धता, लिङ्देनसहितका नेता माइतीघरमा (फोटो फिचर) काठमाडौं। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले गत शुक्रबारदेखि विभिन्न माग राखेर आन्दोलन जारी राखेका छन्।
कुल बजेटको २ प्रतिशत अनुसन्धानमा खर्च गर्नुपर्ने, नवउद्यमीहरुलाई हतोत्साह गर्न नहुने,जस्ता माग राखेर पुनले शुक्रबा... |
निरा पाण्डेको हत्या आरोपीलाई झापाबाट काठमाडौं ल्याइयो, आजै सार्वजनिक गरिने काठमाडौं। निरा पाण्डेको हत्या आरोपमा पक्राउ परेका विनोद विश्वकर्मालाई झापाबाट काठमाडौं ल्याइएको छ ।
काठमाडौंको कपनस्थित सरस्वतीनगरमा ७ वैशाखमा भएको पाण्डेको हत्या आरोपमा शनिबा झापामा पक्राउ परेका विश्वकर्मालाई आइतबार काठमाडौं ल्याइएको हो । उनल... |
प्रतिकूल मौसमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ ।
भिजिबिलिटी कमजोर हुँदा विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडान सामान्यरुपमा प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थलका महाप्रबन... |
वन्यजन्तुको आक्रमणबाट नौ महिनामा नौको मृत्यु चितवन। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा वन्यजन्तुको आक्रमणबाट नौ जनाको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयको क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो।
जसमा ६ जनाको निकुञ्ज क्षेत्रमा र तीन जनाको डिभिजन वन क्षेत्र मृत्यु भएको हो। निकुञ... |
चट्याङमा परी पाँचथरमा ५४ भेडा मारिए पाँचथर। फालेलुङमा चट्याङमा परी ५४ वटा भेडा मारिएका छन्। पाँचथरको फालेलुङ गाउँपालिका–३ स्थित एउटै खोरमा रहेका ५४ वटा भेडा मरेका छन् भने एकजना गोठालो भने घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार चट्याङ पर्दा भेडा फर्ममा नै रहेका याङबरक–३ निवासी प्रेम राई भने सख्त घाइते भ... |
चट्याङ लागेकी महिलाको उपचारको क्रममा मृत्यु ओखलढुंगा। चट्याङ लागेर गम्भिर घाइते भई उपचाररथ महिलाको मृत्यु भएको छ। शनिबार अपराह्न चट्याङमा परी घाइते भएकी खिजीदेम्बा गाउँपालिका–२ तोपडाँडाकी ५७ वर्षीय देवमाया बुढाथोकीको उपचारको क्रममा आज मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार बुढाथोकीलाई उपचारका लागि रा... |
बिहानै सिन्धुलीमा कार दुर्घटना, दुईको मृत्यु सिन्धुली। सिन्धुलीमा आज बिहान कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। आइतबार बिहान बा ८ च ५१३५ नम्बरको कार दुर्घटना परी घाइते भएका एक जनाको सिन्धुली अस्पतालमा उपचार भईरहेको छ।
सिन्धुली प्रहरीका प्रवक्ता तथा डिएसपी चिरञ्जीवी दाहालका अनुसार विपि राजमार्ग अन्तरगत कमलामाई न... |
वर्षाले निर्थुक्क रूझेकाे राजधानी (फाेटाे फिचर) काठमाडाैं। काठमाडौं उपत्यकामा शनिबार अपराह्नपछि मध्यम वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकामा ३१ मिलीमिटर वर्षा मापन गरिएको जनाएको छ।
काठमाडौंमा भारी वर्षासँगै सिंहदरबार वरिपरि न्यूप्लाजा, पुतलीसडक, जमललगायत क्षेत्रको सडक जलम... |
आजको मौसमः देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाकाे संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहेको छ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदल... |
मिनेन्द्र रिजालद्वारा बाल अस्पताललाई रु ५० लाख सहयोग दमक। दमकमा हालैमात्र सञ्चालनमा आएको किओच दमक बाल अस्पताललाई नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री डा मिनेन्द्र रिजालले रु ५० लाख प्रदान गरेका छन्।
आफ्ना मातापिताको स्मृतिमा स्थापना गरेको पुण्यश्री फाउन्डेसनमार्फत उनले बाल अस्पतालका परिकल्पनाकार एवं संस्थापकसमेत रहेका... |
पूर्वप्रधानन्यायाधीश श्रेष्ठको ‘जिन्दगीका तरेली’ गीति एल्वम लोकार्पण काठमाडौं। पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको ‘जिन्दगीका तरेली’ नामक गीति एल्वम लोकापर्ण गरिएको छ । उनका पिता कुलबहादुर श्रेष्ठ र माता लक्ष्मीदेवी श्रेष्ठले आज यहाँ आयोजित समारोहमा उक्त एल्वम सार्वजनिक गरेका हुन्।
उक्त एल्वममा तिमी अर्कै भयौँ, म सिँ... |
काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा, राति पनि पर्ने काठमाडौं। स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले राजधानी काठमाडौँ उपत्यकासहित देशका आधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार काठमाडौँमा विगत दुई घण्टादेखि मेघगर्जनरच... |
‘अयोग्य लडाकु’लाई दुई लाख दिने निर्णय कार्यान्वयन नभए प्रतिरोधमा उत्रने चेतावनी काठमाडौं। बहिर्गमित जनमुक्ति सेना नेपालले अयोग्य लडाकुलाई दुई लाख दिने निर्णय कार्यान्वयन नभए प्रतिरोधमा उत्रने चेतावनी दिएको छ।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बहिर्गमित जनमुक्ति सेना नेपाल, केन्द्रीय संघर्ष समितिले लामो कानुनी लडा... |
महावीर पुनको आन्दोलनमा समर्थन जनाउन रवि लामिछाने माइतिघर मण्डलामा काठमाडौं। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको जारी आन्दोलनमा समर्थन जनाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माईतीघर मण्डला पुगेका छन्।
शुक्रबारदेखि ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ नामबाट आन्दोलनमा उ... |
अष्ट्रेलिया पठाइदिन्छु भन्दै ३० लाख ठगी गरेको अभियोगमा युवती पक्राउ काठमाडौं। अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जना पक्राउ गरेको छ। पक्राउपर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१३ घर भई हाल काठमाडौँ महानगरपालिका–१ लाजिम्पाट बस्ने २५ वर्षीया सयना श्रेष्ठ रहेकी छन्।
सयनासमेतले वैदेशिक रोजगारीक... |
कैलालीमा बुवाले गरे आफ्नै छोराको हत्या धनगढी। कैलालीमा बुवाले आफ्नै छोराको हत्या गरेका छन्। धनगढी उपमहानगरपालिका-६ मट्यारीका ४७ वर्षिय महेश कुमार चौधरीले आफ्नै २१ वर्षीय छोरा अर्जुन चौधरीको हत्या गरेका हुन्।
अर्जुनलाई घरदेखी करिब १५० मिटर टाढा जंगलमा लगेर टाउकोमा ईट्टा प्रहार गरी महेशले हत्या गरेको प्रहरीले जनाएको छ।
ख... |
काम नगर्ने नेतालाई ढ्यांग्रो ठटाएर लखेट्नुपर्छ : महावीर पुन काठमाडौं। राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले जनताको मतबाट निर्वाचित सांसदहरूले काम नगरे ढ्यांग्रो ठटाएर लखेटिने चेतावनी दिएका छन्।
माइतीघर मण्डलामा शुक्रबारबाट अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निम्ति सरकार गम्भीर नभएको गुनासो गर्दै आन्दोलन थाल... |
लापसे गरेर स्कुल बस चलाउने चालक पक्राउ काठमाडौं।लागू पदार्थ सेवन गरी विद्यार्थी बस चलाउने चालकसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्ने नोवेल इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थी बोकेको प्रदेश ३ -०१ ००६ ख ०६ ३० नम्बरको बसका चालक धादिङ गल्छी गाउँपालिका-९ का चन्द्रबहादुर तामाङ, ग १ य १११२ नम्बरको पर्यटक बस चालक... |
कञ्चनपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु कञ्चनपुर। कञ्चनपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। शुक्रवार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा माछा मार्ने क्रममा करेन्ट लागेर ४८ वर्षीय दान बहादुर चुनाराको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय झलारीले शुक्लाफाँटा–१० लालपनिया खोलामा म... |
राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवस मनाइँदै काठमाडौं। प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ।
त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायणलगायत ... |
आजको मौसमः देशका पहाडी भू-भागमा मेघगर्जनसहित पानी पर्ने संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागहरूमा आँशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहेको छ।
दिउँसो देशका पहाडी भू-भागमा आंश... |
१८ जना एसपी एसएसपीमा बढुवा सिफारिस काठमाडौंं । गृह मन्त्रालयले नेपाल प्रहरीमा रिक्त १८ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा सिफारिस गरेको छ।
शुक्रबार बसेको गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको बैठकले १८ जना प्रहरी उपरीक्षक (एसपी)हरूलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो।
|
सामुदायिक विद्यालयमा विद्यार्थीलाई टाइ अनिवार्य नगर्न काठमाडौं महानगरको परिपत्र काठमाडौं। काठमाडौं महानगरपालिकाले विद्यार्थीलाई टाइ अनिवार्य नगर्न सबै सामुदायिक विद्यालयलाई परिपत्र जारी गरेको छ ।
बिहीबार काठमाडौं महानगरभित्र सञ्चालित सबै सामुदायिक विद्यालयलाई महानगरले टाइ अनिवार्य नगर्न परिपत्र गरेको हो।
पठाइएको पत्रमा... |
एघार महिनामा पाँच हजार तीन सयले छाडे गाउँ तम्घास। बढ्दो बेरोजगारी, गुणस्तरीय शिक्षा र स्वास्थ्यको अभावका कारण अहिले बसाइँसराइ बढ्दो छ। यही समस्याको परिणामस्वरुप अहिले गाउँ रित्तिदै गएका छन्। यस्तै अवस्थामा गुल्मीमा पनि छ।
गुल्मीमा पछिल्लो ११ महिनामा बसाइँसराइ बढ्दो अवस्थामा छ। जिल्लाबाट गत वर्ष ०७९ वैशाख १ देखि चैत ८ ... |
ललितपुरबाट नक्कली नोटसहित दुई जना पक्राउ ललितपुर। ललितपुरबाट नक्कली नोटसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। गोदावरी नगरपालिका-१३ झरुवारासी बस्ने ओखलढुंगा सिद्धिचरण नगरपालिका-११ घर भएका ३६ वर्षीय जिवन भन्ने सुरेश तामाङ र कास्की मादी गाउँपालिका-१ घर भएका २१ वर्षीय सुकुटे भन्ने भुपाल बिकलाई नक्कली नोट र विभिन्न दशीका ... |
अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने २५ वर्षीय श्रेष्ठ पक्राउ काठमाडौँ। अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक युवती पक्राउ गरेकी छन्। पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका-१३ घर भई काठमाडौं महानगरपालिका-१ लाजिम्पाट बस्ने २५ वर्षीया सयना श्रेष्ठ रहेकी छन्।
सयना समेतले वैदेशिक रोजगारीको लागि अ... |
महावीर पुन सडकमा (फोटो फिचर) काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले विभिन्न माग राखेर आन्दोलन सुरु गरेका छन् ।
कुल बजेटको २ प्रतिशत अनुसन्धानमा खर्च गर्नुपर्ने, नवउद्यमीहरुलाई हतोत्साह गर्न नहुने,जस्ता माग राखेर पुनले शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । उनलाई युवाहरुले साथ दिएका छन् ।... |
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भरतपुर। भरतपुर महानगरपालिका–२८ साझापुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय जलवा महतो रहेका छन्।
गए राति ना २२प ६८०० नंको मोटरसाइकलले पैदल हिँडिरहेका महतोलाई ठक्कर दिएको हो। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते महतोको भरतपुर अस्पतालम... |
गुल्मीमा जडीबुटी उद्यानमा आगजनी गर्ने व्यक्ति पक्राउ गुल्मी। गुल्मीमा जडीबुटी उद्यानमा आगो लगाउने एक व्यक्तिलाई पक्राउ गरिएको छ।
इस्मा गाउँपालिका–५ इस्मा जडीबुटी उद्यानमा आगो लगाउने सोही ठाउँका कृष्णबहादुर बस्नेतलाई पक्राउ गरिएको जिल्ला वन अधिकृत जीवन पङ्गेनीले जानकारी दिए। उनले यही वैशाख १० गते जडीबुटी उद्यानमा आगो लग... |
थाहा पाउनुहोस् आजको मौसम काठमाडाैं। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदुरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आँशिक बदली रहेको छ।गण्डकी प्रदेशको एक-दुई स... |
श्रीमतीको हत्या गरी परिचय लुकाई बसेका व्यक्ति १८ वर्षपछि पक्राउ काठमाडौं । श्रीमतीको हत्या गरी वास्तविक परिचय लुकाई बसेका एकजना १८ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्घाखाँची वल्कोट स्थायी घर भई काठमाडौं महानगरपालिका–१७ क्षेत्रपाटी ढल्कु डेरा गरी बस्ने ५८ वर्षीय खुमे दर्जी रहेका छन् ।
खुमे दर्जीले रुपन्देही सा... |
मिटरब्याज पीडितलाई निवेदन दिन आयोगको आह्वान काठमाडौं। अनुचित लेनदेन (मिटरव्याज) सम्बन्धि जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले मिटरब्याजपीडितलाई निवेदन दिन आह्वान गरेको छ।
बिहीबार आयोगले यही वैशाख १७ देखि ३१ गतेसम्म निवेदन सकिने जनाएको छ । आयोगको कार्यालय वा सम्बन्धित् जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सकिने आयोगका अध्य... |
भक्तपुरमा दिगु (देवाली) पूजा मनाइयो (भिडियो) भक्तपुर । भक्तपुरमा बिहीबार दिगु (देवाली) पूजा गरिएको छ । भक्तपुरका अधिकांश किसान परिवारले उक्त पूजा गरेका हुन् । पूजामा बोकाको बलि दिने गरिन्छ । स्थानीय केशव कासुलाले दिगु पूजाका अवसरमा कूल परिवारका प्रायः सबै जना जमघट हुने र पूजाआजा गरिसकेपछि सोहि स्थानमा प्रसाद खाने प्रचल... |
नेपालमा उत्पादित सवारीसाधन दर्ताका लागि बाटो खुल्यो काठमाडौँ। नेपालमा जडान वा उत्पादन भएका सवारीासाधन दर्ता गर्न बाटो खुलेको छ। यातायात व्यवस्था विभागले बिहीबार सूचना निकालेर नेपालमा जडान वा उत्पादन हुने सवारीसाधन दर्ता सम्बन्धी विशेष व्यवस्था गरेको जनाएको छ।
यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा संशोधन गर्द... |
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ काठमाडौँ। विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ।
बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ३ सय ४० मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा बाँके ख... |
अजरवैजान पुर्याई अलपत्र पारेर ठगी गर्ने २५ वर्षीय युवक पक्राउ काठमाडौँ। अजरवैजान पुर्याई ठगी गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङ लमही नगरपालिका-५ बस्ने भीमजंग रसाइली भन्ने २५ वर्षीय भिम कुमार सुनार रहेका छन्।
सुनारले एक जना पीडितलाई वैदेशिक रोजगारीका लागि अजरबैजानको होटलमा मासिक ७ सय डलर तलब... |
बर्दियाका थारु महिला : चर्को गर्मीमा छुट्टै तरिकाले दिन बिताउँछन् बर्दिया। बर्दियाका थारु समुदायका महिलाहरु यो दिउँसोको चर्को गर्मीमा छुट्टै तरिकाले दिन बिताउँछन्। परिवारलाई खुवाएर, घरकाे सबै काम सकिएपछि उनीहरू समूहमा भेला भएर गाउँबाट केही किलोमिटर टाढा नजिकैको पोखरीतिर जान्छन्।
हातले बुनेको माछा मार्ने जाल अर्थात हेल... |
न्युट्रीप्लसद्वारा शेफ सत्रको आयोजना काठमाडौँ। नेपालका प्रमुख होटलका शेफहरूलाई एकै ठाउँमा ल्याएर सञ्जाल बनाउन र शेफ समुदाय समक्ष न्युट्रीप्लसलाई परिचित गराउने उद्देश्यका साथ, आरएमसी फुड्सले शेफ सत्रको पहिलो संस्करण सफलतापूर्वक आयोजना गरेको छ। शेफ समुदायलाई एकताबद्ध गर्न र उत्कृष्ट खाना बनाउने तेलको महत्त्वबारे छलफल गर्... |
गुल्मीमा जीप दुर्घटना, एककाे मृत्यु गुल्मी। गुल्मीमा जीप दुर्घटनामा परेर एक जनाको मृत्युको छ। मालिका गाउँपालिका– २ मा लु १ च ९९११ नम्बरको जीप गए राति खाल्टुङ्ग खोलामा दुर्घटना हुदाँ एक जनाकाे मृत्यु भएकाे हाे।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार साे जीपका सहचालक बाग्लुङ बडि... |
चट्याङ लागेर बालक मृत्यु, दुई घाइते फुङ्लिङ। ताप्लेजुङमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुई घाइते भएका छन्। गए राति अनिसा पानीसँगै परेको चट्याङ लागेर मैवाखोला गाउँपालिका–४ साँघु चित्रेका ११ वर्षीय दोर्ची शेर्पाको मृत्यु भएको हो।
चट्याङ लागेर दोर्चीका बुबा दारिञ्जी र आमा मिङ्लाल्हमु सख्त घाइते भएका छन्। घाइते ... |
स्वास्थ्य बिमा गराउनेमा महिला बढी गोरखा। गोरखा जिल्लामा ८८ हजारभन्दा बढी नागरिकले स्वास्थ्य बिमामा आवद्ध भएका छन् । विसं २०७४ असारबाट जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरुआत भएको थियो ।
स्वास्थ्य बिमा बोर्ड कार्यालय गोरखाका प्रमुख विशाल लौडारीका अनुसार एघार स्थानीय तह रहेको जिल्लाभित्र स्वास्थ्य बिमा गराउनेको सङ्ख्या ... |
निजी अस्पतालमा गएर सेवा लिनुपर्ने बाध्यताको अन्त्य गर्नुपर्छ: नारायणमान बिजुक्छेँ भक्तपुर। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले गरिब जनतालाई निजी अस्पतालमा गएर सेवा लिनुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने बताएका छन् ।
आज भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा कार्यरत नर्सहरुसँगको अन्तक्रियाम... |
सडेको अवस्थामा भक्तपुरको जंगलमा एक जनाको शव फेला काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–५ खरिपाटीस्थित सेतीदेबी सामुदायिक जंगलमा एक पुरुषको शव भेटिएको छ ।
अन्दाजी ४०/४५ वर्षको पुरुषको शव झुण्डिएको अवस्थामा भेटिएको भक्तपुरका एसपी प्रजित केसीले जानकारी दिए । उनका अनुसार हरियो डोरीको पासोमा ती पुरुषको टाउको रुखमा झुण्... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.