content
stringlengths
20
64.1k
सीतापाइलामा सीके सिनेमाज् मल्टिप्लेक्स हल सञ्चालनमा काठमाडौँ। शुक्रबार अर्थात आजबाट सितापाइलास्थित अनुपम मलमा सिके सिनेमाज् मल्टिप्लेक्स हल सञ्चालनमा आएको छ। नरेन्द्र महर्जन सञ्चालक रहेको हलमा छविलाल तिमिल्सेना, किशोर खतिवडा र बिवेक तिमिल्सेनाको लगानी रहेको छ । सिके सिनेमाज्को उद्धघाटन कार्यक्रममा चलचित्र बिकास बोर्ड अ...
मानव बेचबिखनविरुद्धको घटनामा वृद्धि पोखरिया। देशकै प्रमुख नाकाको रुपमा चिनिने वीरगञ्ज नाका मानव बेचबिखनका लागि पनि मुख्य ‘ट्रान्जिट प्वाइन्ट’ बन्ने गरेको देखिएको छ। बालबालिका, किशोर–किशोरी तथा महिला वा पुरुष रोजगारीको प्रलोभनमा परेर बेचिने क्रम यो नाकाबाट बढ्दो छ। मानव तस्करले बेचबिखन गर्ने उद्देश्य राखेर विभिन्न प्रलो...
नारी दिवसमा नर्भिकको सौगात : फिमेल वेलनेसदेखि म्यामोग्राफीसम्म छुटैछुट काठमाडौँ। नर्भिक इन्टरनेशनल हस्पिटलले यसपटकको नारी दिवसको अवसर पारेर विभिन्न उपचारसेवा र हेल्थ प्याकेजहरुमा भारी छुटको स्कीम सार्वजनिक गरेको छ। निजी क्षेत्रबाट अन्तराष्टिय स्तरको गुणस्तरीय उपचार सेवा दिंदै आएको नर्भिक हस्पिटलले आगामी मार्च ८ (फागुन ...
छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु काठमाडौँ।  कञ्चनपुर र नवलपरासीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कञ्चनपुर, बेलौरी नगरपालिका-६ रिछामा से.१ त १८३५ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा ट्याक्टर चालक सोही नगरपालिका-३ पडाउ बस्ने ४५ वर्षीय शिवचरण चौधरीको मृत्यु भएको छ। ...
तनहुँमा चितुवाको आक्रमणबाट पाँच वर्षमा १४ बालबालिकाको मृत्यु तनहुँ । चितुवाको आक्रमणबाट यहाँ १४ बालबालिकाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । विसं २०७४ फागुन ९ गतेदेखि हालसम्म पाँच वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएको चितुवा आक्रमणमा परी १० बालक र चार बालिकाको मृत्यु भएको हो । यसरी मृत्यु हुनेमा बन्दीपुर...
इसेवा मनी ट्रान्सफरको मेरो डिजिटल देश अभियान प्रवर्धन गर्न कलाकार दयाहाङ राई युएई जाँदै काठमाडौँ। नेपाली चलचित्र क्षेत्रका बहुचर्चित अभिनेता तथा इसेवा मनि ट्रान्सफरका ब्राण्ड हिरो समेत रहेका दयाहाङ राई संयुक्त राज्य इमिरेट्स् (युएई) जाने भएका छन्। ईसेवा मनि ट्रान्सफरको “मेरो डिजिटल देश” अभियान अन्तर्गत इमिरेट्स एक्सचेन...
युएचएस होल्डिंगले नेपालमा ल्यायो हेफेल काठमाडौँ। इंटीरियर सम्बन्धि सेवामा अग्रणी कम्पनी युएचएस होल्डिंग हेफेल डिजाइन स्टूडियोको शुभारम्भ गरेको छ। यहि फाल्गुन १८ गते गैरिधारा स्थित हाफेल सोरुममा आयोजित एक समारोहबिच हाफेले दक्षिण एसियाका प्रबन्ध निर्देशक फ्र्यांक सोडर एवं युएचएस होल्डिंगका अध्यक्ष पुरुषोत्तम न्यौपानेले य...
अवरुद्ध डुम्रे–बेँसीसहर सडक सञ्चालनमा लमजुङ। सुक्खा पहिराले गएरातिदेखि अवरुद्ध भएको डुम्रे बेँसीसहर सडकखण्ड पुनः सञ्चालनमा आएको छ। यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा सुक्खा पहिरा हटाएसँगै आज बिहानदेखि पुनः सञ्चालनमा आएको हो। अघिल्लो भदौ महिनामा पहिराले पक्की सडक भत्काएपछि सो स्थानमा गत वर्ष पुनः...
मुग्लिन-पोखरा सडक तनहुँ खण्ड १० दिनसम्म राति ४ घन्टा बन्द हुने तनहुँ। मुग्लिन–पोखरा सडक योजना (पूर्वीखण्ड) आगमी २९ गतेसम्म बन्द हुने भएको छ। तनहुँको बिमलनगरदेखि घाँसीकुवा खण्डमा सडक विस्तारको काम गर्न राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने भएको हो। फागुन १८ गते बिहीबारदेखि १० दिनसम्म राति १२ बजेदेखि बिहान ४ बजेस...
आजको मौसमः काेशी, बागमती र गण्डकी प्रदेशमा मेघ गर्जनसहित वर्षाकाे पूर्वानुमान काठमाडौं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामा...
मालपोत कार्यालय महोत्तरीबाट नायब सुब्बा र लेखनदास पक्राउ महोत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयको टोलीले आज दिउँसो महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित मालपोत कार्यालयबाट घुसको रकमसहित नायब सुब्बा र एक जना लेखनदास (लेखापढी व्यवसायी) लाई पक्राउ गरेको छ । पक्राउपर्नेमा मालपोत कार्यालय महोत्...
जीपको ठक्करबाट सिन्धुलीमा बालिकाको मृत्यु सिन्धुली । सिन्धुलीमा आज दिउँसो जीपको ठक्करबाट एक बालिकाको ज्यान गएको छ । जीपले ठक्कर दिँदा तिनपाटन गाउँपालिका–११ की ९ वर्षीया ममता तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । वीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–७ मा सडक पार गर्ने क्रममा बालिक...
लागुऔषधसहित ७ जना पक्राउ काठमाडौं । बाँकेको बैजनाथ गाउँपालिका–१ माथिल्लो करेलीबाट अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ २ सय ५ मिलिग्राम र नगद ९७ हजार ९ सय ७२ रुपैयाँसहित सोही गाउँपालिका–१ चिसापानी बस्ने २२ वर्षीय दिपक खत्री समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्...
यौन दुर्व्यवहार आरोपमा अनाथालयका प्रमुख कारागार चलान कञ्चनपुर । कञ्चनपुर जिल्लामा यौन दुर्व्यवहार तथा जबरजस्ती करणीको आरोपमा एक जनालाई कारगार चलान गरिएको छ । जिल्लाको भिमदत्त नगरपालिका–४का शंकर बहादुर चन्दलाई कारागार चलान गरिएको छ । कल्याण अञ्चल बाल अनाथालयका प्रमुख शंकर बहादुर चन्दले विगत एव वर्षदेखि वालवालिका विद्याल...
आफ्नै साथीलाई नेपाल बोलाएर यौन धन्दामा लगाएको आरोपमा युगाण्डाकी किशोरी पक्राउ काठमाडौं । आफ्नै देशको नागरिकलाई नेपाल बोलाएर यौन धन्दामा संलग्न गराएको आरोपमा अफ्रिकी मुलुक युगाण्डाकी एक किशोरी पक्राउ परेकी छिन् । युगाण्डामा रहेका आफ्नी साथीलाई काठमाडौंमा बोलाई यौनधन्दामा लगाएको आरोपमा युगाण्डाकै अर्की किशोरी पक्राउ पक्र...
डिशहोममा १ वर्षको रिचार्ज गर्दा अंगाई र भण्डारीले जिते जनही एक लाख काठमाडौँ। १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सक्नुहुन्छ। यो योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलर दाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन्। साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये...
जुवातास खेलीरहेको अवस्थामा २२ जना पक्राउ काठमाडौँ। ईलाम, देउमाई नगरपालोका-४ मंगलबारेस्थित मामाभान्जा होटल एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय कुमार चेम्जोङसमेत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मंगलबारेबाट खटीएको प्रहरीले उनीहरूलाई नगद ...
स्रोत नखुलेको ७ लाखबढी भारतीय नगदसहित दुई जना पक्राउ मोरङ। स्रोत नखुलेको ७ लाखबढी भारतीय नगदसहित दुई जना पक्राउलाई प्रहरीले पक्राउ गरेको छ। बिराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट स्रोत नखुलेको  ७ लाख २० हजार भारतीय नगदसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा भारत हरियाणा बहादुरगंज बस...
राष्ट्रिय परिचयपत्र आवेदनका लागि तोकियो थप पाँच स्थान काठमाडौँ। राष्ट्रिय परिचयपत्रको आवेदन र वितरणको काममा ढिलासुस्ती भइरहेको भन्दै आलोचना भएपछि सरकारले काठमाडौँमा थप पाँच स्थान तोकेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चासोपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले थप नयाँ केन्द्र स्थापना गरी आवेदन प्रक्र...
तीन वर्षीया छोरीको हत्या आरोपमा बुबा पक्राउ बाग्लुङ । आफ्नै छोरी ३ वर्षीया अरिसा दिनको हत्या गरेकोआरोपमा बागलुङ नगरपालिका-१२ अमलाचौर घर भई जैमिनी नगरपालिका-४ सर्कुवा बस्ने २० वर्षीय सायर दिनलाई प्रहरीले पक्राउ गरेको छ । सायरले ढुङ्गाले टाउकोमा प्रहार गरी आफ्नै छोरीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरील...
मुगुमा ६१ प्रतिशत नागरिक विद्युतको पहुँच बाहिर मुगु। विद्युत् उत्पादन क्षमताका हिसाबले देशकै दोस्रो स्थानमा रहेको कर्णाली प्रदेशका केही जिल्लासहित मुगुवासी अँध्यारोमा नै रात कटाउन बाध्य छन् । आगामी २ वर्षमा देशका सबै घरधुरीमा विजुली पुर्‍याउने सरकारको लक्ष्य छ। अहिले वैकल्पिक ऊर्जासहित ९४ प्रतिशत जनसंखया विजुलीको पहुँच...
कतारबाट फर्किएर कफी व्यवसाय पर्वत । मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतदेखि पोखरा पुग्नु अगावै लुम्ले गाउँ आउँछ । मुटु काम्ने गरी चिसो हावा चल्ने भएरै होला, यस ठाउँलाई लिएर गायक तिलक बम मल्लले ‘मुटु छुने लुम्लेको हावाले’ बोलको गीत नै गाएका थिए । लुम्ले गाउँ गीतमा मात्रै सीमित छैन । कृषि, कृषि पर्यटन र कृषि अध्ययन गर्न चाह...
जग्गा बन्धकीमा लिएर सामूहिक खेती तनहुँ । म्याग्दे गाउँपालिका–१ गुणादीस्थित बाराही सामुदायिक वन उपभोक्ता संस्थाले जग्गा बन्धकीमा लिएर गरिब परिवारलाई सामूहिक खेती गर्न दिएको छ । संस्थाले उक्त वडामा रहेका तीन सय आठ घरधुरीमध्ये सम्पन्नता स्तरीकरणका आधारमा गरिब तथा विपन्न परिवार छनोट गरी जग्गा उपलब्ध गराएको हो । स्थानीय केद...
एक्साइडको नँया इ–रिक्सा ब्याट्री, १५ महिनाको वारेन्टी काठमाडौँ। सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले एक्साइड ब्राण्डको विद्युतीय रिक्सामा प्रयोग हुने नँया इ–रिक्सा ब्याट्रीको नेपाली बजारमा विक्री वितरण सुरु गरेको छ। एक्साइड ब्राण्डको इ–रिक्सा ब्याट्री नेपालको एक मात्र १५ महिना लामो वारेन्टी भएको ब्याट्री हो। विश्व प्रसिद्ध एक...
एउटै रुखमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शब फेला धनगढी। एउटै रुखमा झुन्डिएको अवस्थामा कैलालीमा महिला र पुरुषको शव भेटिएको छ। कैलारी गाउँपालिका–७ बसन्ताको खरौला सामुदायिक वन क्षेत्रमा सोही ठाउँका ५८ वर्षीया गेदुराम दास र ४५ वर्षीया ललितादेवी चौधरीको शव एकै ठाउँमा झुन्डिएको अवस्थामा भेटिएको हो। जिल्ला प्रहरी कार्याल...
विमलनगर–घाँसीकुवा खण्ड दैनिक चार घण्टा बन्द दमौली। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ। मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्डमा काम गर्नका लागि आज राति १२ बजेदेखि दैनिक चार घण्टा राजमार्ग बन्द गर्न लागिएको हो। मुग्लिन पोखरा सडकखण्डको विस्तार ...
थानकोट–चित्लाङ सडकमा यातायात सञ्चालन मकवानपुर। थानकोट–चित्लाङ सडकखण्डमा आजदेखि यातायातका साधन सञ्चालनमा आएका छन्। कान्तिलोकपथ अन्तर्गत ललितपुरको बागमती र भट्टेडाँडामा सडकको मर्मतका कारण केही दिन यातायात बन्द गर्नुपरेको थियो। काठमाडौँको बल्खुबाट हेटौँडातर्फ आउने दक्षिणकाली हुँदै सिस्नेरीतर्फको सडकमा आज बिहानैदेखि याताया...
एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पढाउँदै रेसुङ्गा। गुल्मीको एउटा विद्यालयमा कक्षाकोठा अभाव भएपछि एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पढाउँदै आएका छन्। रेसुङ्गा नगरपालिका–१४ पराल्मीस्थित जन विकास माध्यमिक विद्यालयमा नर्सरी र अर्को कक्षाका विद्यार्थीलाई एउटै कोठामा एकैपटक पढाउनु परिरहेको छ। एउटै कोठामा फरक कक्षाका व...
आयुर्वेदिक औषधिप्रति बिरामीको विश्वास बढ्दो ढाेरपाटन। कोरोना सङ्क्रमण फैलिनु अगाडि धौलागिरि आयुर्वेद औषधालय धाउने बिरामीको सङ्ख्या निकै कम थियो। त्यसपछि भने औषधालयमा बिरामीको चाप ह्वात्तै बढ्यो। पछिल्लो समय जिल्ला सदरमुकाम बागलुङ बजारमा रहेको आयुर्वेद औषधालयमा जँचाउन आउने र औषधि लिनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ...
आजको मौसमः तीन प्रदेशमा चट्याङसहित बर्षाकाे संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभावको साथै गण्डकी प्रदेशको पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुुसार दिउँसोː प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि स...
मर्स्याङ्दीमा नुहाउने क्रममा बगेर एक कामदार बेपत्ता लमजुङ । लमजुङको राइनास नगरपालिका–८ तार्कुघाटबाट मर्स्याङ्दी नदीले बगाउँदा एक जना कामदार बेपत्ता भएका छन् । नुहाउने क्रममा ती युवकलाई बगाएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश श्रीमलले बताए । तनहुँको नेपालडाँडातर्फ खानेपानी लिफ्टिङ योजनामा कार्यरत बैतडीको पाटन नगरप...
विद्युत् चुहावट गर्ने आठ जना पक्राउ वीरगञ्ज। हुकिङ गरी विद्युत् चुहावट गर्ने आठ जनालाई आज पर्साको पोखरीयाबाट पक्राउ गरिएको छ। चुहावट नियन्त्रण गर्न खटिएको विद्युत् प्राधिकरण वितरण केन्द्र पोखरीयाको टोलीले हुकिङ गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा आठै जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा विन्दावासिनी गाउँपालिक...
रोजगार बन्दै कारागारका कैदीबन्दी सुर्खेत। सल्यान कारागारका कैदीबन्दी स्वरोजगार बन्ने क्रममा छन्। विभिन्न कसुरमा जेल सजाय काटिरहेका कैदीबन्दीले समयको सदुपयोगसँगै आम्दानी गर्ने बाटो अवलम्बन गरेका हुन्। कैदीबन्दीले कारागारभित्रै मुडा, टोपी, स्वेटर बुनेर आम्दानी गर्दै आएका छन् । कारागारमा बस्दा यत्तिकै जाने समयको सदुपयोग ग...
कृषिप्रतिको आकर्षण बढाउन प्रदर्शनी मेला गण्डकी। पोखरा महानगरपालिका–१३ को आयोजना एवं महानगरपालिकाको कृषि महाशाखाको साझेदारीमा एक दिने बृहत् कृषि मेला प्रदर्शनी गरिएको छ। वडास्तरीय कृषि सञ्जाल पोखरा–१३ को समन्वयमा गरिएको प्रदर्शनीमा वडाभित्रका विभिन्न कृषक समूहबाट आआफ्ना कृषिजन्य उत्पादन प्रदर्शनमा राखेको वडाध्यक्ष किरण ...
एक करोडभन्दा बढीको सुन र हीराका गहनासहित तीन जना पक्राउ चितवन। भन्सार छलेर ल्याएको रु एक करोड १० लाख बराबरको सुन र हीराको गहनासहित तीन भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। भारतबाट काठमाडौँ लैजाँदै गरेको ६३ दशमलव ८९८ तोला र हीरा जडित गरगहना २२ दशमलव ८७८ तोला गहनासहित भारतीय नागरिक पक्राउ परेका हुन्। भारतको कलकत्ताब...
नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानु पर्दछः प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानु पर्ने बताएका छन्। आज अपरान्ह अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) का महानिर्देशक डा. ब्रुनो ओबेरल सहितको एक प्रतिनिधि मण्डलसँगको छलफलका क्...
सडकमै ट्राफिक प्रहरीको सुरक्षा सचेतना कार्यक्रम काठमाडौं । ट्राफिक प्रहरीले सडकमै पुगेर सडक सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मङ्गलबार उपत्यकाका विभिन्न स्थानमा छ सय ८२ चालकसँग सडक सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गरेको हो । कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक...
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु काठमाडौँ। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। झापा, कन्काई नगरपालिका-८ लक्ष्मीपुर चोकमा ना.४ च ४५२५ नम्बरको कारको ठक्करबाट दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेहरुमा पैदलयात्री सोही ठाउँ बस्ने ३२ वर्षीय सन्तोष गुरुङ र सोही ठाउँ ...
इलाम कारागारमा मदिरा सेवन गरी जुवातास खेलेको विषयमा छानबिन गर्न समिति गठन इलाम । इलाम कारागारभित्र मदिरा सेवनसहित जुवातास खेलेको भिडियो सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय इलामले छानबिन सुरु गरेको छ । समिति नै गठन गरेर छानबिन सुरु गरिएको हो । सञ्चारमाध्यममा कैदीहरुले कारागारभित्र नै मदिरा सेवन गर्दै गरेको भिडियो सा...
सात महिनामा ४७ दुर्घटना, २२ को मृत्यु मध्यविन्दु। नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा सात महिनामा ४७ सवारी दुर्घटनामा हुँदा २२ जनाको मृत्यु भएको छ। यस अवधिमा एक सय ४८ घाइते भएका छन्। तीमध्ये ६१ गम्भीर र ८७ सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरको तथ्याङकले देखाएको छ। प्रहरी कार्यालयको तथ्याङ्क अनुसार सात महिनाको ...
जुवाखालबाट नगद ६ लाख ५२ हजारसहित ३७ जना पक्राउ काठमाडौँ। जुवातास खेलिरहेको अवस्थामा काठमाडौँका विभिन्न स्थानबाट प्रहरीले ६ लाख ५२ हजार ११० रुपैयाँसहित ३८ जनालाई पक्राउ गरेको छ । काठमाडौं, महानगरपालिका-१४ कुलेश्वर गैरीशंकर बस्ने बसन्त सापकोटाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१२ टेकु बस्ने ४२ वर्षीया द...
स्वादका लागि चर्चित बागलुङको आलु बागलुङ । कृषिमा अब्बल बागलुङको ताराखोला आलुका लागि चर्चित गाउँपालिका हो । ताराखोलाका पाँचवटै वडामा बर्खे आलु फल्छ । हिउँदमा पनि गाउँपालिका–४ का बेसी फाँटमा आलु फलेको छ । ताराखोले आलुले अहिले गण्डकी प्रदेशमा नै आफ्नो नाम स्थापित गरिसकेको छ । यहाँको आलुमा मिसावट पनि छैन । किसानले आलुबाटै ...
यान्त्रिक हलोको प्रयोगले गोरु पाल्ने प्रचलन हराउँदै पर्वत । एक दशक अघिसम्म फलेवास नगरपालिका–५ का ढाकाराम सुवेदीको गोठमा हलगोरु हुन्थे । पूर्वकृषि प्राविधिक सुवेदीले २०७५ सालमा यान्त्रिक हलो किने । उनले त्यसपछि गोरु पाल्ने झनझट गरेनन्। कुस्माकै किसान विष्णु भुँवाजीले पनि यान्त्रिक हलोले जोतेर खेती गर्न थालेको नौ वर्ष भइ...
भन्सार छली ल्याएको नक्कली सुनका गहना बरामद काठमाडौँ। भन्सार छली ल्याएको नक्कली सुनका गहना प्रहरीले बरामत गरेको छ। कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका ७ स्थित मर्यादपुरबाट मंगलबार (फागुन १६ गते) करिब ३ लाख रुपैयाँ बराबरको विभिन्न किसिमका नक्कली सुनका गहना बरामद गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानका...
बजार अनुगमन, ठूलो परिमाणमा सामान नष्ट वीरगन्ज। होली पर्वलाई दृष्टिगत गरी वीरगन्ज महानगरपालिकाले सुरु गरेको बजार अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद नाघेका सामान बरामद गरी नष्ट गरिएको छ। सरोकारवाला निकायसँग समन्वय गरी महानगरपालिकाले बजार अनुगमन थालेको हो। वीरगन्ज महानगरपालिका–९ स्थित पानगल्लीमा रहेका किराना तथा खाद्यान्...
७० प्रहरी निरीक्षकको काज सरूवा (सूचीसहित) काठमाडौं। प्रहरी प्रधानकार्यालयले ७० जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को काज सरूवा गरेको छ। प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले एक वर्ष समय अवधि पुगेका सबैलाई काज सरुवा गरेका हुन्। इन्स्पेक्टर प्रमुख रहने विभिन्न युनिटका नेतृत्व हेरफेर गरेको प्रहरी प्रधानकार्यालयले जनाएको छ।...
आजको मौसम: देशको पहाडी भू-भागमा हल्का वर्षाकाे संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभावको साथै पहाडी भू-भागमा स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका ए...
बागलुङमा भिरबाट लडेर बालिकाको मृत्यु ढोरपाटन। बागलुङमा विद्यालय जाँदै गरेकी बालिकाको भिरबाट लडेर मृत्यु भएको छ। बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटकी आठ वर्षीया प्रतिक्षा घर्ती मगरेको आज भिरबाट लडेर ज्यान गएको हो। मगरको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिए। उनी ...
दुई सय ग्राम ब्राउन सुगरसहित धनगढीबाट एक नियन्त्रणमा कैलाली । धनगढी उपमहानगरपालिका– ९ त्रिवेणीघाटबाट अवैध लागूऔषध ब्राउनसुगरसहित एक पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार २ ग्राम ३ सय ९० मिलिग्राम ब्राउनसुगर सहित सोही उपमहानगरपालिका–८ धनगढीगाउँ बस्ने २६ वर्षीय राजेश रानालाई सोमबार साँझ प्रहरीले पक्रा...
‘नेपाली सेनाको संवेदनशीलता, नीति नियम र अनुशासनलाई ख्याल गर्ने’ दाङ। प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको संवेदनशीलता, नीति नियम र अनुशासनलाई ख्याल गर्ने गरिमा र प्रतिष्ठा अभिवृद्धि गर्न भूपूसैनिकको महत्त्वपूर्ण जिम्मेवारी हुने बताएका छन्। नेपाली सेनाको व्यवस्थापन र कल्याणकारी वार्डको संयोजनमा आज घोराहीस्थित रण...
चार दिनदेखि सम्पर्कविहीन युवक मृत फेला तनहुँ । आबुखैरेनी गाउँपालिका–३ घर भएका ३६ वर्षीय मदन घिमिरे सम्पर्कविहीन भएको चार दिनपछि मृत अवस्थामा फेला परेका छन् । फागुन १२ गतेदेखि सम्पर्कविहीन घिमिरे मङ्गलबार मस्र्याङ्दी नदीमा मृत फेला परेका हुन् । सशस्त्र प्रहरीको गोताखोरले उनको शव नदीबाट निकालेको छ । मृतकको स्कुटर आबुखैरे...
२८५ किलो गाँजासहितको गाडी छाडी ड्राईभर फरार सुनसरी । करीब २ सय ५८ केजी गाँजासहित सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको गाडीको सवारी चालकको खोजी कार्य जारी छ । हरिनगर गाउँपालिका– ५ नरकटियास्थित भुटाहा–घुस्की भित्री सडकमा नियन्त्रण्मा लिएको बिआर १ एके ६१०० नम्बरको भारतीय स्कारपियो गाडीको सवारी चालकको खोजी कार्य जारी राखिएको...
गणतन्त्रको मर्मानुसार सङ्गीत, कला र संस्कृतिको विकासमा लाग्नुस् : पर्यटनमन्त्री किराती काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सङ्घीय गणतन्त्र नेपालको मर्मानुसार नेपाली सङ्गीत, कला र संस्कृतिको विकासमा लाग्न तीनवटै प्रज्ञा–प्रतिष्ठानका कुलपतिलगायत प्राज्ञहरूलाई आग्रह गरेका छन् । नेपाल लतिलकला...
नयाँ राष्ट्रिय बालबालिका नीतिको मस्यौदा तयार काठमाडौं । नेपाल सरकारले राष्ट्रिय बालबालिका नीति, २०७९ को मस्यौदा तयार गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालबालिका नीति, २०६९ लाई खारेज गरी बालअधिकार र बालसंरक्षणका लागि नयाँ र समयसापेक्ष नीति ल्याउन लागेको हो । सो मन्त्रालय, राष्ट्रिय बाल अधिकार परि...
अचेल गुञ्जिन छोडे ‘बिना सालैजोको ठाडी भाका’ बागलुङ । सोमबार दिउँसो १२ बजेतिर मगर संघ बागलुङको भवनबाट एउटा ठूलो र्‍याली निस्कियो । त्यो र्‍याली थियो मगर एकता दिवस मनाउने सहभागीको । र्‍यालीमा नाच्ने, गाउने र बनाउनेको धेरै टोली थियो । त्यसमध्ये एउटा ठूलो समूहमा पृथक खालको गीत र नाच देखिन्थ्यो । त्यहाँ केही पुरुष मादल बजाउ...
एक घण्टा आरन चलाएर औजार बनाएको ज्याला एक माना चामल मुगु । खैरो रङको हाफ टिसर्ट । धुवाँ धुलोले मैलो देखिएको अनुहार । आगोको राप अगाडि हातमा हतौडा, अनि जिन्दगीको स्वास फेर्ने पंखा । साथैमा काखमा छोरी । बनाउन बाँकी र बनाइसकेका कुटो, कोदालो, हँसियासहित मुगूम कार्मारोङ्ग गाउँपालिका–८ का आरन पेसा गर्दै आएका ३१ वर्षीय पेमा छिर...
बलात्कार आराेपमा २ जना पक्राउ भक्तपुर । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आराेपमा दोलखा मेलुङ गाउँपालिका-५ घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली बस्ने २३ वर्षीय जय थापा भन्ने श्री थापालाई प्रहरीले पक्राउ गरेको   छ । ती किशोरीलाई थापाले आफ्नै कोठामा फागुन ७ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधा...
स्रोत नखुलेको भारतीय रुपैयाँसहित तीन जना पक्राउ मोरङ । विराटनगर महानगरपालिका-९ चुलाचुली मार्गबाट स्रोत नखुलेको  १ लाख ८३ हजार ७ सय ५० भारतीय रुपैयाँसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जहदा गाउँपालिका-७ का २६ बर्षीय रमेश कुमार मण्डल, २२ बर्षीय धर्मेन्द्र कुमार मण्डल र कटहरी गाउँपालिका- ३ का ३० बर्ष...
एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली सुरु काठमाडौं। सरकारले एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली तथा वेब मनिटरिङ प्रणाली सुरु गरेको छ। मंगलबार सिंहदरबारमा आयोजित एक कार्यक्रमकाबीच सञ्चार तथा सूचना प्राविधिमन्त्री रेखा शर्माले उक्त प्रणालीको शुभारम्भ गरेकी हुन्। सूचना प्रविधि विभागले सो प्रणाली हाल मन्त्रालय मातहतका सूचना तथ...
जुवातास खेलेकाे आराेपमा १५ जना पक्राउ काठमाडौं । काठमाडौं महानगरपालिका-६ बौद्ध तिनचुली बस्ने ६६ वर्षीय पेम्बा छोटुप लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामासमेत १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ३६ हजार ५०० रुपैयाँ र ३१ बुक ताससहित फेला...
छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु, १६ जना घाइते काठमाडौँ। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा १२ जना घाइते भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ। सप्तरीमा दुई स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु र १२ जना घाइते भएका छन्। कञ...
बौद्धबाट जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ, ३ लाखबढी नगद बरामत काठमाडौँ। काठमाडौं महानगरपालिका-६ बौद्धबाट जुवातास खेलिरहेको अवस्थामा १५ जनालाई पक्राउ गरेको छ। महानगरपालिका-६ बौद्ध तिनचुली बस्ने ६६ वर्षीय पेम्बा छोटुप लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामासमेत १५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो। ...
आन्तरिक र बाह्य पर्यटकको रोजाइमा ‘चन्द्रागिरि डाँडा’ काठमाडौं । नेपालको ऐतिहासिक एवं धार्मिक महत्व बोकेको ‘चन्द्रागिरि डाँडा’ पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख रोजाइ बन्दै गएको छ । मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित रमणीयस्थल चन्द्रागिरि डाँडाबाट काठमाडौँ उपत्यकाका साथै धादि...
मोटरसाइकलको ठक्करबाट भारतीय नागरिकको मृत्यु जलेश्वर।  महोत्तरीको बलवा नगरपालिका–१० मा गए राति मोटरसाइकलले ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा भारत विहार राज्यको मधुबनी जिल्लाको साहरघाट ग्रामपञ्चायत बस्ने ६७ वर्षीय प्रेमलाल महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तोषकुमा...
अफ्रिकन स्वाईन देखिएपछि लमजुङमा बंगुर ओसारपोसारमा प्रतिवन्ध लमजुङ। लमजुङमा बंगुर तथा बंगुरजन्य पदार्थ ओसारपोसारमा प्रतिवन्ध लगाइएको छ। बेसीशहरस्थित विभिन्न फार्ममा पालिएका बंगुरमा अफ्रिकन स्वाईन फिभरको संक्रमण फैलिएसँगै जिल्लामा बंगुर तथा बंगुरजन्य पदार्थ ओसारपोसारमा प्रतिबन्ध लगाइएको हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा...
आजको मौस : देशको पहाडी भू-भागमा मेघ गर्जनसहित बर्षाकाे संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक...
‘ठमेलको रात्रिकालीन व्यवसायलाई व्यवस्थित गरौँ’ काठमाडौं। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख दानबहादुर कार्कीले नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको ठमेल क्षेत्रको रात्रिकालीन व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन आचारसंहिता निर्माण गर्नुपर्ने बताएका छन्। ठमेलका व्यवसायी तथा घरधनीको साझा संस्था ठमेल पर्यटन व...
नाबालिकालाई यौन शोषण गरेको आरोपमा चिनियाँ नागरिकमाथि अनुसन्धान काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पक्राउ गरेका चिनियाँ नागरिक ४९ वर्षीय याङ ली मिङले नाबालिकासँग फेसबुकबाट चिनजान गरी पैसाको लोभ देखाएर यौन शोषण गर्ने गरेको जनाइएको छ । ललितपुर महानगरपालिका–२२ बुङ्गमतीस्थित कोका न्यू प्युरी एन...
बेलायतको डाक्टर भन्दै २३ लाख रुपैयाँ ठग्ने २ जना पक्राउ काठमाडौं। बेलायतमा रोजगारी मिलाई दिन्छु भन्दै अनलाईनमार्फत नगद २३ लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी घर भई काठमाडौं कालीमाटी बस्ने २५ वर्षीय सुदिश कुमार साह र काभ्रेपलाञ्चोक ...
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल दक्षिण सुडान प्रस्थान काठमाडौं। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल मेडल परेडमा भाग लिन सोमबार अफ्रिकी मुलुक दक्षिण सुडानतर्फ प्रस्थान गरेका छन्। जहाँ सशस्त्र प्रहरी बल नेपालको फर्म्ड पुलिस युनिट (एफपीयु) तैनाथ छ। मेडल परेडको साथसाथै सशस्त्र प्रहरी बल नेपालको थप मिसन तैनाथी तथा...
मन्दिर र सहकारीमा चोरीका घटना बढ्दो गुल्मी । गुल्मीमा पछिल्लो समयमा मन्दिर र सहकारीमा चोरीका घटना बढ्दै जान थालेको छ । एक साताको अवधिमा जिल्लामा दुई सहकारी र मन्दिरमा चोरी भएको थियो । चन्द्रकोट गाउँपालिका–४ को चन्द्रकोट बचत तथा ऋण सहकारी संस्थाको रु तीन लाख ५० हजारका साथै सिसी क्यामेरासमेत चोरी भएको शान्तिपुर इलाका प्र...
खानेपानी संस्थानलाई राजनीतिको अखडा नबनाउन खानेपानीमन्त्रीको आग्रह काठमाडौं। खानेपानीमन्त्री अब्दुल खानले खानेपानी संस्थानलाई राजनीतिको अखडा नबनाउन आग्रह गरेका छन्। नेपाल खानेपानी संस्थाको ३४ औं बार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले कर्मचारीलाई उचालेर राजनीति गर्दा संस्थामा चूनौति आएको भन्दै सं...
प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्यहरुलाई दोहोरो सुविधा कटौती काठमाडौं। नेपाल प्रज्ञा प्रतिष्ठानले आजीवन सदस्यहरुलाई पारिश्रमिक\सुविधा उपलव्ध नगराउने निर्णय गरेको छ। प्रतिष्ठानको नयाँ कार्यसमितिले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आजीवन सदस्यहरुले दोहोरो सुविधा लिएकाले फाल्गुन महिनादेखि प्रतिष्ठानबाट पारिश्रमिक÷सुवि...
नर्भिकको उपचारबाट प्रभावित जर्मन पर्वतारोही मार्टिना भन्छिन्–‘मलाई फेरि नेपाल जानूछ’ काठमाडौँ। केही महिनाअघि नेपालका हिमालहरुको आरोहण गर्ने क्रममा अचेत भएकी एक जर्मन पर्वतारोही मार्टिना कुसले थापाथलीस्थित नर्भिक अस्पतालको उपचार सेवाको प्रशंसा गरेकी छिन्। नर्भिकको विश्वस्तरीय उपचार सेवाका कारण मृत्युको मुखबाट फिर्ता हुन...
ट्राफिक नियम उल्लंघन गर्ने तीन हजार एक सय ४८ चालक कारबाहीमा काठमाडौँ। ट्राफिक प्रहरीले एकैदिन काठमाडौँ उपत्यकामा ट्राफिक नियम उलङ्घन गर्ने तीन हजार एक सय ४८ चालकलाई कारबाही गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार चलाएको विशेष कारबाहीमा काठमाडौँ, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उलङ्घन गर्ने उक्त सङ्ख...
जुवातास खेलिरहेको अवस्थामा चन्द्रागिरीबाट ७ जना पक्राउ काठमाडौँ। चन्द्रागिरी नगरपालिका-१ दहचोकबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। नगरपालिका-१ दहचोकस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा धादिङ गजुरी गाउँपालिका-८ घर भएका ३२ वर्षीय नितेश राज तामाङसमेत ७ जनालाई  प्रहरीले पक्राउ गरेको हो। प्रहर...
बाल यौन शोषण कार्यमा संलग्न चिनियाँ नागरिक पक्राउ ललितपुर। बाल यौन शोषण कार्यमा संलग्न रहेको अभियोगमा चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ४९ वर्षीय याङ लि मिङ रहेका छन्। ललितपुर महानगरपालिका-२२ वुंगमतीस्थित कोका न्यू प्युरी एण्ड म्याट्रेस कम्पनी सञ्चालन गरी बस्दै आएका उनले फेसबुकमार्फत नाबालिकाहरुसँग चिनजा...
सेगवेको नयाँ शोरुम पोखरामा काठमाडौँ। सेगवे ई–स्कुटरको नेपालका लागि आधिकारिक वितरक आईहब प्रा.लि.ले पोखराको पुरानो विमानस्थल नजिकै नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। नयाँ शोरुमले यस क्षेत्रका ग्राहकहरूलाई सेगवेको मौलिक उत्पादनहरूको अनुभव गर्ने अवसर प्रदान गर्नेछ। नयाँ शोरुमको सञ्चालनसँगै नेपालमा सेगवेको निरन्तर बजार विस्तार...
लमजुङमा अफ्रिकन स्वाइन फिभरको संक्रमणले ७८ बंगुर मरे लमजुङ। लमजुङमा पहिलोपटक अफ्रिकन स्वाइन फिभरको संक्रमण देखिएको छ। घरपालुवा सुंगुर, बंगुर र जंगली बँदेल प्रजातिमा विषाणुका कारण लाग्ने महामारीजन्य अफ्रिकन स्वाइन फिभरको संक्रमण बेसीशहर नगरपालिकाका विभिन्न फार्ममा पालिएका बंगुरमा देखिएको हो। बेसीशहर नगरपालिका  ६ र ८ मा ...
टिभिएसको पहिलो अन्तर्राष्ट्रिय एओजी राइड भारतमा काठमाडौँ। अपाचे ओनरस्ग्रुप (एओजी)को पहिलो अन्तर्राष्ट्रिय माक्र्यु राइडको बिहिबार बाट सुरु भएको छ। काठमाडौंको भृकुटीमण्डप स्थित नेपाल पर्यटन बोर्डको केन्द्रिय कार्यालयमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी र जगदम्बा ...
फागु पर्व सुरु, हनुमानढोकामा चीर ठड्याइयाे (फोटोफिचर) काठमाडाैं। फागु अर्थात् होली पर्व सुरु भएको छ। वसन्तपुर हनुमानढोकामा चीर ठड्याइएसँगै यस वर्षको होली सुरु भएको हो। आज बिहान ७ बजेर ४५ मिनेटको साइतमा हनुमानढोका दरबारको दक्षिण पटांगिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा रंगीविरंगी ध्वजापताकासहितको चीर ठड्याइएको हो। ...
सोलुखुम्बुमा यस वर्षको पहिलो हिउँ सोलुखुम्बु। हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्षकै पहिलो पटक हिमपात भएको छ। बितेका वर्षहरूमा पुस अन्तिम र माघको पहिलो सातादेखि नै हिउँ पर्ने सोलुखुम्बुमा यस वर्ष भने ढिला गरी हिउँ परेको हो । देशका अन्य भूभागमा अघिल्लो सातादेखि नै वर्षा तथा हिमपात सुरु भए पनि जिल्लामा भने आइतबार मात्रै वर...
आजको मौसम: मुलुकका अधिकांश स्थानमा वर्षाकाे संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। उता, देशको पहाडी भू-भागका एक दुई स्...
विमानस्थलमा आपत्कालीन कार्ययोजनामा आधारित अभ्यास काठमाडौं। नेपाली सेनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन कार्ययोजनामा आधारित विमान अपहरण विरुद्धको एकीकृत अभ्यास सञ्चालन गरेको छ। प्रधानसेनापति प्रभुराम शर्माको उपस्थितिमा युद्धभैरव गणको विशेष फौजद्वारा उक्त अभ्यास गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशना...
गुराँसले बिस्तारै रङ्गिँदै वनपाखा ताप्लेजुङ। वसन्त ऋतुको आगमनसँगै पहाडी जिल्लाका वनपाखाहरू गुराँसले रङ्गीन थालेका छन्। गुराँस पाइने ताप्लेजुङसहितका पूर्वी पहाडी जिल्लाहरूमा गुराँस फुल्न सुरु भएसँगै यहाँका वनपाखाहरू रङ्गीन थालेका हुन्। यहाँका वनपाखामा कतै फक्रनै लागेका कोपिला त कतै फक्रिएर ढकमक्क भएको गुराँस देख्न थालिए...
पर्यटकको रोजाइमा गुप्तेश्वर गुफा लेखनाथ। ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्त्व बोकेको प्रमुख पर्यटकीय गन्तव्य मानिन्छ, पोखरा–१७ को छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफा। पोखरामा आउने जो–कोही विदेशी तथा स्वदेशी पर्यटक गुप्तेश्वर महादेश गुफा अवलोकन गर्न पुग्ने गर्छन्। पोखराका प्रमुख पर्यटकीय स्थलमध्ये गुप्तेश्वर महादे...
वृद्धभत्ता माग्दा नदिएपछि आफ्नै काकाको चक्कु प्रहार गरी हत्या जलेश्वर। आफ्नै काकालाई चक्कु प्रहार गरी हत्या गरेका एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका–३ मडैका ३० वर्षीय विजेन्द्र महरा छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार...
बालिकालाई दुर्व्यवहार गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ काठमाडौं। एक किशोरीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको हो। कानुनी कारबाहीका लागि ब्यूरोले चिनियाँ नागरिक याङली मिङलाई ललितपुर प्रहरीमा बुझाएको छ। जिल्ला प्रह...
मेयर बालेनले सञ्चारमन्त्रीलाई भेटेर फेसबुक र युट्युब दर्ता गर्नुपर्ने व्यवस्था गर्न गरे आग्रह काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी तथ्याङ्कलाई थप सुरक्षित बनाउन देशभरका सबै स्थानीय तहको तथ्याङ्क व्यवस्थापन एउटै सफ्टवेयरबाट गर्ने तयारी भइरहेको बताएकी छन्। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र...
पल शाहलाई उच्च अदालतले दियो सफाइ, भोलि छुट्ने काठमाडौं। बालयौन दुराचारको मुद्दामा अभिनेता पूर्णविक्रम (पल) शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ। उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले नायक शाहलाई सफाइ दिएको हो। नवलपुर अदालतले बालयौन दुराचारको मुद्दामा शाहलाई साढे दुई वर्ष क...
पोखरामा अत्याधिक पानी पर्दा अध्याँरो छायो पोखरा। पोखरामा आज कालो बादलसहित पानी पर्दा दिउँसै अँध्यारो भएको छ। दिउँसो १ बजेदेखि असिनासहित ठूलो वर्षा भए पछि पोखरा सहरसहित यसका आसपास क्षेत्रमा अध्यारो छाएको हो। यस अघि पोखरामा गत बिहीबार हिउँदे वर्षा भएको थियो भने त्यसपछि आज आइतबार असिनासहित ठूलो वर्षा भएको हो। लामो हिउँदे ...
माउन्ट ग्लोरीमा यसरी फहराइयो चन्द्र सूर्य काठमाडौँ। माउन्ट ग्लोरी इन्टरनेशनल स्कुलले आफ्नो २४ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गरेर सम्पन्न गरेको छ। व्यावहारिक, सैद्धान्तिक र वैज्ञानिक शिक्षा प्रदान गर्ने उद्देश्यका साथ २०५५ सालमा स्थापना भएको माउन्ट ग्लोरी इन्टरनेशनल स्कुलको अभिभावक दिवस सम्पन्न भएक...
रित्तिँदै गाउँ, भरिँदै बजार तनहुँ । “यो गाउँमा कुनै कार्जे पर्दा १२ पाथी चामलको भात पकाउनै पथ्र्यो । त्यसरी नपकाए पुग्थेन”, व्यास नगरपालिका–८ कोटथोकका ६८ वर्षीय रामसिं गुरुङले विगत सम्झँदै भन्नुभयो, “तर अहिले ती सबै एकादेशको कथा जस्ता भए । सत्तरी घर रहेको गाउँ अहिले सातमा झर्‍यो । हेर्दा हेर्दै गाउँ रित्तियो ।” भारतीय ...
ट्रायलमा ७० प्रतिशत लागू हुँदा पास हुने २० प्रतिशतसम्म बढे काठमाडौँ। चालक अनुमतिपत्रका लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू भएसँगै चालक अनुमतिपत्र पास हुनेको सङ्ख्या १० देखि २० प्रतिशतसम्म बढेको छ। बागमती प्रदेश सरकारले गरेको निर्णयका आधारमा काठमाडौँ उपत्यकाका चारवटै यात...
चितुवाको हड्डीसहित दुई जना पक्राउ डडेल्धुरा। अमरगढी नगरपालिका-५ बागबजारबाट चितुवाको हड्डी जस्तो देखिने वस्तु करिब ४ किलोसहित दुई जनालाई  प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बाजुरा बुढीगंगा नगरपालिका-१० बस्ने २६ वर्षीय  राजेन्द्र जैसी र खप्तडछेडेदह गाउँपालिका-७ बस्ने २७ वर्षीय बीर बहादुर वली रहेका छन्। सुदूरपश्चि...
घरको जग खन्ने क्रममा पुरिएर एक मजदुर घाइते, अवस्था गम्भीर भक्तपुर।  काठमाडाै‌ं महानगरपालिका-३२ नरेफाँट बस्ने वर्ष ६१ को तुलसीप्रसाद गौतमको बन्दै गरेको घरको जग खन्दै गर्दा एकजना मजदुर घाइते भएका छन्। सुनसरी बराहक्षेत्र- ४ घर भई हाल सोही साईटमा काम गरी बस्ने मञ्जय विश्वकर्मालाई एक्कासि छिमेकी रामप्रसाद ओलीको घरको उत्तरतर...
सन्दीप लामिछानेसँग सम्बन्धित मुद्दाको सुनुवाइ सुरु काठमाडौँ।  बलात्कार अभियुक्त क्रिकेटर सन्दी लामिछानेसँग सम्बन्धित् मुद्दाको सर्वाेच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा सुनुवाइ सुरु भएको छ। आफूलाई देश बाहिर जान रोक लगाउन उच्च अदालत पाटनको आदेशविरुद्ध सन्दीपले दिएको निवेदन र सन्दीपलाई धरौटीमा ...
लिच्छवीकालीन विहारको अध्ययन सुरु त्रिशूली। नुवाकोटको विदुर नगरपालिका–२ महामण्डलमा अवस्थित प्रसिद्ध विहार स्वयम्भू/चैत्यको पुरातत्व विभागले अध्ययन थालेको छ। प्राप्त इतिहासअनुसार करिब चौध सय वर्षअघि लिच्छवीकालीन समयमा निर्माण गरिएको उक्त विहार जीर्ण भएसँगै उत्खनन, अध्ययन, अन्वेषणसहित पुरातात्विक स्वरुपमा पुनःनिर्माणका ला...
सडक दुर्घटनामा पत्रकार हितङ्गाको निधन रुपन्देही।  बुटवलको मिलनचोकमा भएको सडक दुर्घटनामा पत्रकार मनोज हितङ्गाको ज्यान गएको छ। गए राति बुटवलको मिलनचोकबाट अस्पताललाइनतर्फ गइरहेका उनी सवार लु८प ९०६८ नंको मोटरसाइकल र अस्पताललाइनतर्फबाट मिलनचोकतर्फ आउँदै गरेको सुपप्र०७–०२–००१ख १२५६ नंको यात्रुबाहक बस बसपार्क नजिकै एकापसमा ठक...
अलैँची बिक्रीबाट रु २० करोड आम्दानी लमजुङ। अलैँची दाना बिक्रीबाट यहाँका किसानले रु २० करोड आम्दानी गरेका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन एकाइ लमजुङका अनुसार यसवर्ष जिल्लामा तीन सय ८० मेट्रिक टन अलैँची बिक्री भएको थियो। विसं २०४१ देखि अलैँची खेती विस्तार भएपछि यसवर्ष हालसम्मकै बढी अलैँची बिक्रीबाट...