content
stringlengths
20
64.1k
जीर्णाेद्धारपछि चिटिक्क कालिका मन्दिर (फाेटाेफिचर) काठमाडाैं। भूकम्पले क्षतिग्रस्त भएको प्रसिद्ध कालिका भगवती मन्दिरको जीर्णाेद्धार गरिएको छ। मन्दिरको कलात्मक ढङ्गले भक्तपुरको इँटा प्रयोग गरी जीर्णाेद्धार गरिएको हो। मन्दिरको छानो ताम्रपत्रले छाइएको छ। भक्तपुरे साना इँटाको प्रयोगले मन्दिरलाई थप आकर्षक बनाएको हो। मुख्य...
कोरोनाका सक्रिय सङ्क्रमित बढ्दै काठमाडौं। कोरोना भाइरसको सक्रिय सङ्क्रमित फेरि बढ्न थालेको पाइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्ला केही दिनयता अहिले दैनिक सक्रिय सङ्क्रमित बढिरहेका छन्। फागुन २६ गतेदेखि सक्रिय सङ्क्रमित दैनिक बढिरहेका हुन्। फागुन २६ गते सक्रिय सङ्क्रमित पाँच, २७ गते १२, २८ ...
सेनाको बाहिनीपति ट्रफीको उपाधि वीरभद्रजङ्ग गुल्मलाई महेन्द्रनगर। कञ्चनपुरको महेन्द्रनगरमा आज सम्पन्न नेपाली सेनाको बाहिनीपति ट्रफी भलिबल प्रतियोगिताको उपाधि वीरभद्रजङ्ग गुल्म बझाङले जितेको छ। महेन्द्रनगर श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकको आयोजनामा प्रतियोगिताको फाइनलमा श्रीदल गुल्म कञ्चनपुरको टिमलाई तीन सोझो सेटल...
वाईवाईद्वारा कीर्तिपुरस्थित क्रिकेट रङ्गशालाको सरसफाई काठमाडौं। आइसीसी लिग टू अन्तर्गतको बिहीबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न अन्तिम खेलमा नेपालले युएईलाई डकवर्थ लुइस मेथडबाट ९ रनले पराजीत गरेर जिम्बावेमा हुने विश्वकप छनौट प्रतियोगिताका लागि स्थान पक्का गरेको छ। मैदानभित्र र बाहिर गरेर तीसौँ हजार दर्शकको उपस्थिति रहे...
अर्घाखाँचीमा जीप दुर्घटना हुदाँ ७ जना घाइते अर्घाखाँची । शितगंगा नगरपालिकामा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । बुटवलबाट सन्धिखर्क जाँदै गरेको लु १ ज १४४० नम्बरको जिप शितगंगा नगरपालिका ४ गोर्थुममा दुर्घटना हुदाँ ७ जना घाइते भएका हुन । ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीका अनुसार दुर्घटनामा...
लोकगायक राजेन्द्र लम्सालको अन्त्येष्टि गरियो काठमाडौं। लोकगायक राजेन्द्र लम्सालको पार्थिव शरीरलाई आज स्पेनबाट नेपाल ल्याई विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ। लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरसहितको टोली र परिवारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज मध्याह्न शव बुझेपछि पशुपतिस्थित शवदाह ...
जीर्णाेद्धारपछि चिटिक्क कालिका मन्दिर बलेवा। भूकम्पले क्षतिग्रस्त भएको प्रसिद्ध कालिका भगवती मन्दिरको जीर्णाेद्धार गरिएको छ। मन्दिरको कलात्मक ढङ्गले भक्तपुरको इँटा प्रयोग गरी जीर्णाेद्धार गरिएको हो। मन्दिरको छानो ताम्रपत्रले छाइएको छ। भक्तपुरे साना इँटाको प्रयोगले मन्दिरलाई थप आकर्षक बनाएको हो। मुख्य मन्दिरलाई पुरानै श...
श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान पक्राउ मोरङ। आफ्नै श्रीमती ५३ वर्षीया देबि महतको हत्या गरी फरार रहेका प्रतिवादी बेलबारी नगरपालिका-१ नक्सालबारी बस्ने ५७ वर्षीय हेम कर्ण महतलाई प्रहरीले पक्राउ गरेको छ। घरायसी वादविवादको कारण हेम कर्णले आफ्नै श्रीमतीलाई गत २५ फागुनमा धारिलो हतियार प्रहार गरी हत्या गरी फरार रहेका उन...
इसेवा मनि ट्रान्स्फरको बम्पर उपहारमा प्राप्त हुने घर सार्वजनिक काठमाडौँ। विश्वका दुईसय भन्दा धेरै मुलुकबाट रेमिटेन्स भित्राउँदै आएको इसेवा मनि ट्रान्स्फरले हाल सञ्चालन गरिरहेको ‘मेरो डिजिटल देश’ अभियानका विजेतालाई प्रदान गरिने घर सार्वजनिक गरेको छ। इसेवाले ६ महिना अघि ‘मेरो डिजिटल देश’ अभियान सुरुवात गरेको हो। यस अभिया...
पत्रकार महासंघले दियो राष्ट्रपतिलाई बधाई काठमाडौं । नेपाल पत्रकार महासंघले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई ज्ञापन गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा पुगेर महासंघको प्रतिनिधिमण्डलले राष्ट्रपतिलाई सफल कार्यकालको शुभकामना दिएको हो । सो अवसरमा महासङ्घका अध्यक्ष विपुल पोख्रेलले यही चैत १७ गते लुम्बिनीमा हु...
नक्कली नोटको कारोबारमा संलग्न दुई जना पक्राउ काठमाडौँ। नक्कली नोटको कारोबारमा संलग्न रहेको अभियोगमा दुई जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा रामेछाप खाँडा देवी गाउँपालिका-८ घर भई हाल काठमाडौं माकलबारी बस्ने ३४ वर्षीय छिरिङ लामा र दोलखा भिमेश्वर नगरपालिका-७ घर भई हाल काठमाडौं सतुङगल बस्ने २४ वर्...
भूकम्पबाट क्षति भएका १७ घर निर्माण गरिँदै लमजुङ। जिल्लामा क्रियाशिल गैरसरकारी संस्था ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिसी) नेपाल र सी.आर.एस.नेपालको साझेदारीमा सञ्चालित लमजुङ पुनर्लाभ परियोजना अन्तर्गत जिल्लामा १७ घर निर्माणाधीन अवस्थामा रहेको छ। परियोजनाअन्तर्गत जिल्लाको चार स्थानीय तहमा भूकम्पबाट क्षति पुगेको १७ वट...
परम्परागत संस्कृतिको झलक, भक्तपुरको पोटरी चौकमा (फोटाहरु) भक्तपुर। काठमाडाैं उपत्यकाको भक्तपुरमा रहेको पोटरी चौक एक लोकप्रिय पर्यटक आकर्षण हो। यस चोकको वरपर माटोको पुरानो भाडाहरू बनाउने प्रजापति परिवारहरु बस्छन्। उनीहरुले दिनभर आ-आफ्नो पसलमा मेकानिकल चक्का प्रयोग गरेर आकर्षक भाडाहरु बनाउने, आफूले बनाएका भाडाहरू घाममा ...
पोखरामा बसको ठक्करबाट युवतीको मृत्यु अन्नपूर्ण। पोखरामा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ। आज बिहान नगरबसले ठक्कर दिँदा स्कुटर चालक झापाको दमककी २४ वर्षीया दीक्षा कार्कीको मृत्यु भएको हो। पोखरा महानगरपालिका–४ चिप्लेढुङ्गामा ग१ख ७१०८ नंको बसले कार्कीले चलाइरहेको ग९प ९९८९ नंको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो। का...
आज दिउँसो काठमाडौंमा पानी पर्ने सम्भावना काठमाडौं। हाल देशभर आंशिकदेखि सामान्य बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्यका कारण केही स्थानमा आंशिकदेखि सामान्य बदली भइरहेको हो। अहिले बर्दिया, गोरखा, नुवाकोट, मकवानपुरलगायत स्थानमा वर्षा भइरहेको महाशाखाका मौसमविद् शान्ति क...
कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधारः जलेको छाला पनि राम्रो हुँदै काठमाडाैं। नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्र भण्डारीको जलेको अनुहारको छाला राम्रो हुँदै गएको छ। बुद्धनगरस्थित निजी निवासमा गत फागुन ३ गते ‘ग्यास लिक’ भएर आगलागीबाट जलेको अनुहारको छाला राम्रो हुँदै गएको हो । भारतको मुम्...
स्रोत नखुलेको १० लाख भारतीय मुद्रासहित युवक पक्राउ जलेश्वर । महोत्तरी जिल्लाको मूल भन्सार नाका जलेश्वर नगरपालिका–३ भिट्टामोडमा आज प्रहरीले स्रोत नखुलेको १० लाख भारतीय रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–३ बस्ने २९ वर्षीय विमलेश पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ...
चट्याङ लागेर प्यूठानमा एक जना घाइते प्यूठान । प्यूठानमा बिहीबार साँझ परेको चट्याङ लागेर एक जना घाइते भएका छन् । प्यूठान नगरपालिका–६ झुलेनीकी २५ वर्षीया रोसनी सुनार घाइते भएको प्यूठान नगरपालिका–६ का वडाध्यक्ष एनपी मगरले जानकारी दिए । चट्याङ लागेर सुनारको बायाँ हातमा नचल्ने अवस्थामा पुगेको वडाध्यक्ष मगरले बताए । उनलाई उप...
एनसेलले ल्यायो ‘मज्जाको प्लान’ काठमाडौं । एनसेल आजियाटा लिमिटेडले प्रिपेड ग्राहकहरुको बढ्दो सञ्चारको आवश्यकतालाई ध्यानमा राख्दै आकर्षक डेटा र भ्वाइस सेवाको बन्डल रहेको नयाँ प्रिपेड स्टार्टर प्याक ल्याएको घोषणा गरेको छ। यस नयाँ स्टार्टर प्याक ‘मज्जाको प्लान’ ३ चैत शुक्रबारदेखि सञ्चालनमा आउने कम्पनीले जनाएको छ। कम्पनीका ...
रवि लामिछानेको राहदानीसम्बन्धी अनुसन्धान सकेर प्रहरीले बुझायो प्रतिवेदन काठमाडौं। नेपाली नागरिकता लिने क्रममा प्रकृयागत त्रुटी गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानीसम्बन्धी अनुसन्धान सकिएको छ। प्रहरीले अनुसन्धान सिध्याएर रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाएको स्रोतले जनाएको छ। ‘फ...
अमेरिकी डलर र बंगलादेशी टाकासहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ काठमाडौं। अमेरिकी डलर र बंगलादेशी टाका लुकाएर लैजाने लागेको अवस्थामा एक चिनियाँ नागरिक पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाएर लैजान लागेको अमेरिकी डलर ९ हजार १ सय र बंगलादेशी टाका २९ हजार ५ सयसहित चिनियाँ नागरिक ५२ वर...
श्रीपशुपति हिन्दू विश्वविद्यालय स्थापना गरिने काठमाडौं। सरकारले हिन्दू धर्मको बृहत्तर खोज तथा अनुसन्धान गर्ने उद्देश्यले ‘श्रीपशुपति हिन्दू विश्वविद्यालय’ स्थापना गर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (मन्त्रीस्तरको निर्णय)ले हिन्दू धर्मको खोज तथा अनुसन्धान गर्ने उद्देश्यले विश्वविद्यालय स्थापना गर...
हत्या गरेर फरार व्यक्तिलाई इन्टरपोलमार्फत युएईबाट पक्राउ गरी ल्याइयो काठमाडौं। इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई संयुक्त अरब इमिरेट (युएई) बाट पक्राउ गरी आज नेपाल ल्याइएको छ। कपिलवस्तु बुद्धभूमि नगरपालिका–४ बस्ने ६६ वर्षीय गङ्गाराम थारूलाई विसं २०७६ साउन ७ गते धारिलो हतियार प्रय...
परम्परागत गाईपालनमा रमाउँदै बर्दिवासका किसान महोत्तरी । जिल्लाको बर्दिवास नगरपालिका–७ जुरेटोलका किसान वचनदेव यादवले स्थानीय जातका एक सय गाई पालेका छन्। यादवलाई ‘ल न अब चैँ मेरो बारीमा गाई ओलार (मलको प्रयोजनका लागि बारीमा चारैतिर ढाट लगाएर गाई राख्ने) राखी दिनु’ भन्दै किसानहरु आउँछन् । यादवको वर्षको आधा समय त विभिन्न गा...
झापामा लागुऔषध र नक्कली नोटसहित दाजुभाई पक्राउ झापा । बिर्तामोड नगरपालिका(४ मेघाबारी बस्ने २४ वर्षीय सुवास ताजपुरीया र उनकै भाई १९ वर्षीय प्रविण ताजपुरीयालाई अवैध लागुऔषध र नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी विर्ताबजारबाट खटिएको प्रहरीले सुवास ताजपुरीयाको घर तलासी गर्दा अवैध लागूऔ...
मलमा दिँदै आएको अनुदान कटौती गरेको भन्दै किसान आन्दोलित {भिडियो} काठमाडौं । सरकारले किसानलाई मलमा दिँदै आएको अनुदान कटौती गरेको बिरोधमा बिभिन्न दल निकट किसान संगठनहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । एमाले निकट अखिल नेपाल किसान महासंघ, राष्ट्रिय प्रजातन्त्र पार्टी निकट नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन ...
उमेर पुगेपछि विवाह गरे रू दश हजार पुरस्कार मान्म। कालीकोटको शुभकालिका गाउँपालिका– ७ ले उमेर पुगेर विवाह गर्ने महिलालाई जनही रू १० हजार पुरस्कार दिने निर्णय गरेको छ। चैत १ गतेबाट लागू हुने गरी २० वर्ष उमेर पुगेपछि विवाह गर्ने महिलालाई रू १० हजार दिने निर्णय गरेको हो। बालविवाहका घटना बढ्दै जान थालेकाले त्यसलाई रोकथाम गर्...
अवैध लागूऔषध र नक्कली नोटसहित दुई जना पक्राउ झापा। प्रहरीले बिर्तामोडबाट अवैध लागूऔषध र नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-४ मेघाबारी बस्ने २४ वर्षीय सुवास ताजपुरीया र उनकै भाई १९ वर्षीय प्रविण ताजपुरीया रहेका छन्। विशेष सूचनाको आधारमा प्रहरी चौकी विर्ताबजारबाट खटिएको प्रहरीले ...
ओझेलमा ढोरपाटनः सिकार आरक्ष, सौन्दर्यता र अपार सम्भावना बागलुङ । कच्ची पहाडी बाटोको लामो सकसपूर्ण यात्रा, त्यो पनि खोला र जङ्गल छिचोल्दै पुग्नुपर्ने गन्तव्य । जहाँ नपुग्दासम्म मन आत्तिने तर पुगिसकेपछि सोही स्थानमा रमाइरहन मन लाग्छ । ढोरपाटन त्यही आकर्षक गन्तव्य हो । यहाँ आन्तरिक र बाह्य पर्यटक मात्र होइन, विश्वका सौखिन...
दुईवर्षे श्रम स्वीकृतिको प्रावधान खारेज, अब श्रम स्वीकृतिका लागि नेपाल आइरहनु नपर्ने काठमाडौं। सरकारले वैदेशिक रोजगारीका लागि दिने गरेको दुई वर्षे श्रम स्वीकृतिको प्रावधान हटाएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार प्रधानमन्त्रीस्तरको निर्णयबाट यस्तो प्रावधान हटाइएको हो। अब सबै कामदारले गन्तब्य मुलुकब...
बिहीबारदेखि कामपाको सबै वडामा निःशुल्क कानूनी परामर्श सेवा काठमाडौं। काठमाडौं महानगरपालिकाका सबै वडामा बिहीबारदेखि निःशुल्क कानूनी परामर्श सेवा सुरु हुने भएको छ। नेपाल ल क्याम्पससँग गत माघ १७ गते सम्पन्न सम्झौताका आधारमा उक्त क्याम्पसले खटाएको विद्यार्थीले प्रत्येक वडामा पुगेर सेवा दिनेछन्। सेवामा जानुअघि आज उनीहरूलाई ...
नगरकोटमा हाइयर कमाण्ड तालिम काठमाडौं। नगरकोटस्थित नेपाली सैनिक वार कलेज हाइयर कमाण्ड तथा म्यानेजमेन्ट सुरु भएको छ। बलाधिकृत रथी सरोज प्रताप राणाले शुभारम्भ गरेको उक्त तालिममा एक महिलासहित ३३ जना महासेनानीको सहभागिता छ। सेनाले सैनिक अधिकृतका लागि सञ्चालन गर्दै आएको यो सबैभन्दा उच्चस्तरको तालिम भएको सैनिक जनसम्पर्क तथा स...
महोत्तरीको बल्वामा आगलागी हुँदा एक जनाको मृत्यु, एक जना घाइते महोत्तरी । महोत्तरीको वल्वा स्थित परौल टोलमा आगलागी हुँदा एक जनाको मृत्यु र एक जना घाइते भएका छन् । मृत्यु हुनेमा सोही स्थान बस्ने ५० बर्षिय चन्दनदेवि र घाइते हुनेमा ५२ वर्षीय जयकरण यादव रहेको प्रहरीले जनाएको छ । स्थानीय रामसागर यादवको घरमा लागेको आगोमा परी ...
सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकप्रति मानवअधिकार राष्ट्रिय सञ्जालको विरोध काठमाडौं। मानव अधिकार राष्ट्रिय सञ्जालले सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन गर्न बनेको विधेयकप्रति विरोध जनाएको छ। गत १५ फागुनमा सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बने...
नक्कली लाइसेन्स बनाउने र बैंकिङ कसुरका फरार व्यक्ति समातिए काठमाडौं । सवारीसाधनको नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाएर प्रयोग गर्ने र बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरिएको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले नक्कली सवारी चालक अनुमतिपत्र बनाएर प्र...
पोखरा विमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थपियो काठमाडौं। सरकारले यति एयरको विमान दुर्घटनाको जाँच आयोगको म्याद ४५ दिन थप गर्ने निर्णय गरेको छ। मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता रेखा शर्माले यती एयरको विमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थप्ने निर्णय गर...
कर्मचारीको विवरण बुझाउन निर्देशन काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीय कार्यालयका कर्मचारीहरुको विवरण माग गरेको छ। मन्त्रालयले सबै मन्त्रालय, संवैधानिक आयोग र संवैधानिक निकायहरुलाई परिपत्र गर्दै तीन दिनभित्र कर्मचारीको विवरण बुझाउन आग्रह गरिएको छ। मन्त्रालयका उपसचिव कमानसिंह थापाद्वारा हस्ताक्ष...
किसानलाई मलमा दिएको अनुदान कटौती विरुद्धमा राप्रपा सडकमा (फाेटाेफिचर) काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी निकट किसान संगठनले मलमा दिइरहेको अनुदान कटौतिको विरोधमा आज काठमाडौमा धर्ना दिएको छ। बुधबार काठमाडौंको माइतीघरमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले, मलमा दिइएको अनुदान कटौतीको विरोधमा धर्ना सहित...
मलमा दिइदै आएको अनुदान कटौती गरिएको भन्दै प्रदर्शन {भिडियो} काठमाडौं । रसायनिक मलमा दिइदै आएको अनुदान कटौती गरिएको भन्दै राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । अनुदान कटौती गर्ने सरकारको निर्णय किसान विरोध रहेको भन्दै उनीहरुले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हु...
मूर्ति चोरीको प्रयास गर्ने इटालियन नागरिकलाई थप पाँंच दिन थुनामा राख्न अनुमति भक्तपुर । भक्तपुर दरवार क्षेत्रभित्रको पुरातात्त्विक कलात्मक काठ तथा धातुको मूर्ति दिउँसै चोरीको प्रयास गर्ने विदेशी नागरिकमाथि दोस्रोपकट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । भक्तपुर दरवार क्षेत्रभित्रको तलेजु मन्दिरभित्रको मूर्ति चो...
बञ्चरेडाँडामा फोहोर बिसर्जनमा रोक लगाउने चेतावनी (पत्रसहित) काठमाडौं । बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर फाल्न रोक लगाउने चेतावनी दिइएको छ । बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले बैशाखसम्म आफनो माग सम्बोधन नभएमा आगामी जेठदेखि फोहोर फाल्नमा रोक लगाउने चेतावनी दिएको हो । सरोकार समितिका संयोजक श्री...
मौसमी तरकारीको उत्पादन न्यून हुँदा आयातित तरकारीको मूल्य बढ्यो उदयपुर। हरियो तरकारी उत्पादनका उदयपुर लागि उर्वर भूमि मानिए पनि हरियो तथा मौसमी तरकारीहरु उत्पादन घटदा जिल्लाभित्र विभिन्न रासायनिक पदार्थ, भएको तरकारीको आयात बढ्न थालेकोे छ। फागुनको पहिलो हप्तासम्म स्थानीयस्तरमा उत्पादन भएको हरियो तरकारीले जिल्लाभित्र धाने...
जथाभावी सडक पार गर्ने यात्रुलाई सडकमै सचेतना कक्षा काठमाडौं। ‘जेब्रक्रसिङ’ तथा आकाशे पुल प्रयोग नगरी सडक पार गर्ने पैदलयात्रीका लागि ट्राफिक प्रहरीले सडकमै सचेतना कक्षा सञ्चालन गरेको छ। पहिलो दिनमै ट्राफिक प्रहरीले ६ सय ३७ पैदलयात्रीलाई सचेतना कक्षामा सहभागि गराई सकेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जेब्...
डढेलोको असर : वनमा चराचुरुङ्गी र वन्यजन्तुको चहलपहल घट्यो महोत्तरी। वनमा पस्ने बित्तिक्कै सुनिने चराचुरुङ्गीको चिरबिर महोत्तरीमा सुनिन छाडेको छ। रङ्गीविरङ्गी चरा र वन्यजन्तुको चहलपहल हुन छाड्दा वनको रमाइलो घटेको नजिकका बासिन्दा बताउँछन्। अहिले दिनहुँजसो वनक्षेत्रमा डढेलो बढ्दै गएपछि चराचुरुङ्गी र वन्यजन्तुको चहलपहल देख...
भैसेपाटीबाट जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ ललितपुर। ललितपुर महानगरपालिका-२५ भैसेपाटी स्थित टहराबाट जुवातास खेलिरहेको अवस्थामा १४ जनालाई पक्राउ गरेको छ। भैसेपाटी बस्ने ४० वर्षीय अनिल कुवँर समेत १४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर जावलाखेलबाट खटिएको प्रहरीले...
छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु काठमाडौं। सुनसरी, भोजपुर र दाङमा भएका सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ। गुडिरहेको मोटरसाइकलबाट खसेर सुनसरीको बर्जु गाउँपालिका २ ढट्टाटोलमा एक महिलाको मृत्यु भएका छ। को ७ प ५६५ नम्बरको मोटरसाईकलमा पछाडी सवार सुनसरीकै बर्जु गाउँपालिका ३ बस्ने ३६ बर्षीया चन्द्रकलादेबी रा...
उपकरण र संरचनाहरुमा क्षति भएको भए खबर गर्न नेपाल टेलिकमको आग्रह काठमाडौं।  नेपाल टेलिकमले पछिल्लो समयमा देशका विभिन्न स्थानमा रहेका विभिन्न उपकरण र संरचनामा क्षति पुर्याउने र कम्पनीको सेवा प्रवाहमा अवरोध ल्याउने क्रम बढेको जनाएको छ। टेलिकमले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो अवस्थाका कारण निरन्तर सेवा प्रवाहम...
हेटौँडामा गाडीको ठक्करबाट महिलाको मृत्यु मकवानपुर। पूर्व–पश्चिम सडकखण्डअन्तर्गत पर्ने मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा आज बिहान गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। बिहान ५ः५० बजेको समयमा नवलपुरतर्फबाट हेटौँडातर्फ आउँदै गरेको मधेस प्रदेश०३–००१च ६९४३ नंको हात्ती गाडीले ठक्कर दिँदा पैदलयात्री हाल न...
झापामा भन्सार छली ल्याईएका अवैध कुखुरा नष्ट झापा। विभिन्न स्थानबाट भारततर्फबाट नेपाल ल्याइएको कुखुरा बरामद गरी नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापा गाउँपालिका–र ४ बाट भन्सार छली गरी ल्याएको ८० केजी ब्रोइलर कुखुरा बरामद गरी नष्ट गरेको हो । प्रहरीका अनुसार अन्दाजी २४ हजार मूल्य बराबरको कुखुरा नियन्त्रण...
आजको मौसमः देशका पहाडी भू-भागमा वर्षाकाे संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू-भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ। कोशी प्रदेश लगायत बाग्मती प्रदेशको पहाडी भू–भागका थोरै ...
दश वर्षीया बालिकालाई बलात्कार गर्ने युवालाई जन्मकैद सप्तरी । बालिका बलात्कार अभियुक्तलाई आज अदालतले जन्मकैदको सजाय सुनाएको छ । बलात्कार गरेको कसुरमा सप्तरी डाक्नेश्वरी नगरपालिका–३ हटेलका १९ वर्षीय चन्दनकुमार साहलाई जन्मकैदको सजाय भएको अदालतले जनाएको छ । जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले अभियुक्तलाई जन्मकैद...
वीरेन्द्रनगरमा ३० वर्षीय युवकको शव फेला सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा एक युवाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ। वीरेन्द्रनगर नगरपालिका–१० बुदबुदिमा मंगलबार  उक्त शव फेला परेको हो। हत्या गरिएको अवस्थामा फेला परेका अन्दाजी ३० वर्षीय युवाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्य...
मंगलसेनबाट खैरो हिरोइनसहित एक महिला पक्राउ अछाम । अछाममा खैरो हिरोइनसहित एक महिला पक्राउ परेकी छन्। जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ५ मंगलसेन बजारबाट लागु औषध (खैरो हिरोइनसहिन)सहित २८ वर्षिया महिलालाई पक्राउ गरिएको हो। अछाम प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन । प्रहरीका अनुसार आठ सय १० मिलिग्राम खैरो हिरोइनसहित ...
विषाक्त खानाले मर्ने गिद्धको सङ्ख्या ६ पुग्यो कावासोती। पूर्वी नवलपरासीको कावासोतीमा विषाक्त सिनो खाएर मर्ने गिद्धको सङ्ख्या ६ पुगेको छ। साथै चार वटा बिरामी गिद्धलाई उद्धार गरेर कावासोती १३ मा रहेको जटायु रेष्टुराँमा उपचार गरिएको छ। मर्ने सबै गिद्ध लोपोन्मुख डङ्गर प्रजातीका हुन्। कावासोती नगरपालिका–३ नजिकै रहेको ज्योति...
‘खल्ती’ वीरगंज उद्योग वाणिज्य संघद्वारा सम्मानित काठमाडौँ।  डिजीटल वालेट ‘खल्ती’ वीरगंज उद्योग वाणिज्य संघद्वारा सम्मानित भएको छ।  स्वदेशमै बसी केहि गरौँ भन्ने अभिलाषा लिएको मोबाइल वालेट ‘खल्ती’को ६ वर्षको सफलतालाई सघंले सम्मान गरेको हो खल्ती प्राइभेट लिमिटेडले, २०७९ फागुन २८ मा आयोजित वीरगंज उद्योग वाणिज्य संघ (वीउवास...
साप्सुखोला–विजयखर्क खानेपानी आयोजनाको काममा लापरबाही खोटाङ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा सञ्चालित लिफ्टिङ खानेपानी आयोजनाको काममा लापरबाही भएको पाइएको छ। नेपाल सरकार, सङ्घीय खानेपानी मन्त्रालयको रु २९ करोड १३ लाखको लागतमा सञ्चालित साप्सुखोला–विजयखर्क–बसेरी लिफ्टिङ खानेपानी आयोजनामा ठेकेदार क...
सिभिल अस्पतालले माग्यो १८ विशेषज्ञ चिकित्सकसहित ११२ जना कर्मचारी काठमाडौँ। काठमाडौं मीनभवनस्थित सिभिल अस्पतालले ६३ जना नर्ससहित ठूलो संख्यामा कर्मचारी माग गरेको छ। मंगलबार एक सूचना प्रकाशित गर्दै अस्पतालले ६३ जना नर्ससहित ११२ जना कर्मचारी माग गरेको हो। शैक्षिक संस्थाका रुपमा विकास गर्ने योजनाका साथ सामान्य प्रशासन मन्त...
वीर अस्पातालका पाँच स्टाफ नर्सलाई स्वास्थ्य मन्त्रालयले हटायो काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँच जना स्टाफ नर्सलाई हटाइएको छ। कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पताल अन्र्तगत कार्यरत स्टाफ नर्सहरुलाई सेवावाट हटाइएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिदा स्वीकृत नगराई कार्यालयमा अनुप...
आजको मौसम : देशको पहाडी भू-भागमा वर्षाकाे संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्या...
सङ्घीय निजामती ऐन, शिक्षा ऐन तथा प्रहरी समायोजन ऐन छिट्टै ल्याइनेः प्रधानमन्त्री दाहाल काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीय निजामती ऐन र शिक्षा ऐन तथा प्रहरी समायोजन ऐन निर्माण प्रक्रिया तीव्र गतिमा बढाइएको बताएका छन्। नेपाल नगरपालिका सङ्घको ३०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा स्...
गोरखामा ट्रक दुर्घटनामा दुईको मृत्यु, छ घाइते गोरखा । गोरखामा ट्रक दुर्घटना हुँदा आज दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । गोरखा नगरपालिका–६ स्थित बिसौनीमोडमा प्र–३–०१–००३ क ६१७० नम्बरको तरकारी बोकेको ट्रक दुर्घटनामा परेकोे जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ...
विवाह गरेर बेलायत लैजाने लोभ देखाएर १५ लाख ठगी काठमाडौं। बेलायत लैजाने लोभ देखाएर अनलाइनमार्फत रु १५ लाख २० हजार रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका–१ की ३६ वर्षीया अञ्जली बिसुन्केलाई प्रहरीले पक्राउ गरेको छ। उनले फ्याङ्कलीन पाउल नामको सामाजिक सञ्जालबाट आफू बेलायती पुरुष भएको र आफ्नो श्रीमती मृत्यु ...
दैलेखको रानीवान केन्द्रविन्दु भएर भूकम्प काठमाडौं। दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ६ बजेर ५६ मिनेट जाँदा दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो। यसअघि यही फागुन २१ गते अछाम र काभ्रेपलाञ्चोक के...
चिराइतोको मूल्य अलैँचीको भन्दा बढी ताप्लेजजुङ। चिराइतोको मूल्य गत वर्षको तुलनामा रु १० हजारले वृद्धि भएको छ। गएको वर्ष प्रतिमन (४० किलो)रु ३० हजार दरले कारोबार भएको चिराइतोको मूल्य हाल रु ४० हजार पुगेको छ। पहाडी क्षेत्रको मुख्य आमदानीको स्रोतका रूपमा रहेको अलैँचीको भन्दा चिराइतोको मूल्य माथि पुगेको हो। अलैँची प्रतिमन र...
ज्यान मार्ने उद्योग कसूरमा संलग्न ३ जना पक्राउ काठमाडौँ। ज्यान मार्ने उद्योग कसूरमा संलग्न भई फरार रहेका ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा नुवाकोट बेलकोट नगरपालिका-१० घर भएका २८ वर्षीय दिनेश तामाङ, ईलाम चुलाचुली गाउँपालिका-३ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका-८ नेपालटार बस्ने २० वर्षीय...
खन्ती–जोमसोम सडक कालोपत्र सुरु जोमसोम। मुस्ताङको थासाङ गाउँपालिकाको केन्द्र खन्तीदेखि जिल्ला सदरमुकाम जोमसोम जोड्ने सडक कालोपत्र सुरु भएको छ। राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत १६ किलोमिटर पाँच सय मिटर दूरीको खन्ती–जोमसोम खण्ड कालोपत्रको काम सुरु भएको हो। आयोजना प्रमुख जगत प्रजापतिल...
धनगढीबाट एक लाख बढी रकमसहित चार जुवाडे पक्राउ धनगढी। कैलालीको धनगढीबाट नगदसहित चार जुवाडे पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ बोराडाडीमा विरेन्द्र चन्दले संचालन गरेको चन्द फास्टफुड होटलबाट उनीहरू समातिएका हुन्। जुवातास खेलिरहेको अवस्थामा एक लाख चार हजार नगद र ताससहित चारै जनालाई प्रहरीले आइतबार पक्राउ गरिएको हो। ज...
सुखदुःखका गफ गर्ने चौतारी बन्दै दिवाकालीन आश्रम दमाैली। तनहुँको व्यास नगरपालिका-५ चापाघाट निवासी ६० वर्षीया चिनीमाया वाग्ले बिहान खाना खाने बित्तिकै दिवाकालीन ज्येष्ठ नागरिक आश्रम पुग्छिन्। बिहान १० बजे नै आश्रममा पुगिसक्ने उनी त्यहाँ पुगेर गीत गाउने, सुखदुःखका कुरा गर्ने, नाच्ने काममा लाग्छिन्। घरमा एक्लै बस्नुभन्दा आ...
आजको मौसमः कोशी, बाग्मती र गण्डकीको पहाडी भू-भागमा बर्षाकाे संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ। देशका पहाडी भू-भागका केही स्थानहरुमा...
तरकारीले उचित मूल्य नपाएपछि किसान चिन्तित सुर्खेत\भेरीगङ्गा। सुर्खेत वीरेन्द्रनगर १३ मा रहेको इन्द्रपुर गाउँका किसानले उत्पादन गरेको तरकारीले उचित मूल्य नपाएको भन्दै लागत मूल्य नउठ्ने चिन्ता गरेका छन्। बजारमा भारतीय तरकारी सस्तो हुँदा आफूहरुले उचित मूल्य पाउन नसकेको उनीहरुको गुनासो छ। सरकारले स्वदेशी उत्पादनलाई प्रोत्स...
मदिराजन्य पदार्थका विज्ञापन हटाउन सञ्चारमाध्यमलाई बोर्डको निर्देशन काठमाडौं। विज्ञापन बोर्डले मदिराजन्य पदार्थका विज्ञापन तत्काल हटाउन सञ्चारमाध्यमलाई निर्देशन दिएको छ। बोर्डले आज विज्ञप्ति जारी गरी कुनै पनि सञ्चारमाध्यमबाट अब उप्रान्त मदिराको विज्ञापन नगर्न\नगराउन निर्देशन दिएको हो। सर्वोच्च अदालतले गत फागुन ११ गते नै...
बालाजुमा धारिलो हतियार प्रयोग गरी कुटपिट गर्ने तीन पक्राउ काठमाडौं। नेपाल प्रहरीले काठमाडौंको बालाजुमा एक व्यक्तिलाई धारिलो हतियार प्रयोग गरी कुटपिट गर्ने तीनजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौं र मातहतको टोलीले शनिबार काठमाडौँ महानगरपालिका–१६ गङ्गाहल नजिक नुवाकोट विदुर नगरपालिका–४ घर भई काठमाडौं महानगरप...
बस दुर्घटनामा मृत्यु भएका सबैको परिचय खुल्यो कमलामाई (सिन्धुली)। मध्यपहाडी राजमार्गअन्तर्गत फिक्कल गाउँपालिका–४ कुहिभिरमा आज भएको यात्रुवाहक बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ओखलढुङगाका पाँच र उदयपुरका एकजना छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार ...
निजामती अस्पतालमा राष्ट्रिय व्यक्तित्वलाई उपचारमा सहुलियत दिने कार्यविधि बन्दैछः मन्त्री मोदी काठमाडौं। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले निजामती सेवा अस्पतालमा राष्ट्रिय व्यक्तित्वलाई निजामती सरह सुविधा दिने तयारी भइरहेको बताएका छन्। राष्ट्रिय समावेशी म्युजिक अवार्ड वितरण कार्यक्रमलाई सम्बोधन गर्द...
सिन्धुली बस दुर्घटना अपटेड: तीन जनाको सनाखत कमलामाई (सिन्धुली)। मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुहिभीरमा बस दुर्घटनामा परी ज्यान गुमाएका छमध्ये तीन जनाको सनाखत भएको छ। उक्त दुर्घटनामा तीन महिला र तीन पुरुषको मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालकाअनुसार दु...
नागरिक सामुदायिक अस्पतालको १४ औँ वार्षिक साधारण सभा सम्पन्न काठमाडौँ।  भक्तपुरको गठ्ठाघरमा रहेको नागरिक सामुदायिक अस्पतालको १४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। उक्त कार्यक्रम अस्पतालका अध्यक्ष शैलेन्द्र मोहन झाको अध्यक्षतामा सम्पन्न भएको हो। साधारण सभामा वार्षिक प्रतिबेदन पेश गर्दै अस्पतालका अध्यक्ष झाले भने,’हाम्...
पृथ्वीराजमार्गको विमलनगर–घाँसीकुवा खण्ड थप पन्ध्र दिन बन्द दमौली। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको विमलनगर–घाँसीकुवा खण्ड आजदेखि थप १५ दिन बन्द हुने भएको छ। मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्ड १५ दिनसम्म दैनिक चार घण्टाका लागि बन्द गर्न लागिएको हो। उक्त खण्डमा यही फागुन १८ गतेदेखि राति १२ बजेदेखि बिहान ४ बज...
सिन्धुली बस दुर्घटना अपटेडः थप एकजनाको मृत्यु, मृतकको संख्या ६ पुग्यो सिन्धुली । सिन्धुलीमा भएको बस दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । योसँगै दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । मृत्यु हुनेमा तीन पुरुष, दुई महिला र एक बालिका रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब ...
दाङमा बलात्कारको आरोपमा ३ जना पक्राउ दाङ । २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१७ बेलभार बस्ने २९ वर्षीय निर्मल चौधरीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले ती माहिलालाई बेलभार चोकदेखि करिब १ सय मिटर पश्चिममा रहेको  खाली जग्गामा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस...
श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु जुम्ला। जुम्लामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। तिला गाउँपालिका–४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीको कुटपिटबाट उनकी २१ वर्षीया श्रीमती ममता नेपालीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक यामबहादुर बुढा मगरका अनुसार आइतेलाई पक्राउ गरिएको छ। घट्नाबारे ...
ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, ५ जनाकाे मृत्यु काठमाडौं। ओखलढुंगाको रुम्जटारबाट काठमाडौं आउँदै गरेको बस सिन्धुलीको फिक्कल गाउँपालिका-४ कुइभिरमा दुर्घटना भएको छ । मध्यपहाडी राजमार्गको फिक्कल गाँउपालिका- ४ कुइभिर भन्ने स्थानमा बा २ ख ६५९६ नम्बरको बस भित्तामा ठोक्किँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो। ...
महोत्तरीमा मोबाइल पसलमा आगलागी हुदाँ लाखौंको क्षति बर्दिवास। महोत्तरीको गौशाला बजारमा एक मोबाइल पसलमा आगलगी हुँदा लाखौंको क्षति भएको छ। शनिवार राति गौशाला बजारमा सञ्चालित आरोही मोबाइल पसलमा आगलगी हुँदा करिब १५ लाख बराबरको सरसमानहरु जलेर नष्ट भएका हुन्। ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवका अनुसार प...
आजको मौसमः देशको पहाडी भू-भागमा वर्षाकाे संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणि...
दलित समुदायमाथि अपमानित गर्ने गाउँपालिका अध्यक्षलाई कारबाही माग गर्दै सिरहामा प्रदर्शन सिरहा। सिराहामा दलित समुदायमाथि अपमानित व्यहार गरेको विरुद्धमा भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कारबाहीको माग गर्दै सिराहाको गोलबजारमा प्रदर्शन गरेका छन्। दलितमाथि सार्बजनिक स्थानमा छोईछिट्टोको व्याबहार गरिनु कानुनी रुप...
हवाई उडानसँगै गण्डकी र कोशी प्रदेशको पर्यटन प्रवर्द्धनमा जोड पोखरा। गण्डकी प्रदेश र कोशी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि स्थानीय तह र पर्यटन व्यवसायीबीच झापाको भद्रपुरमा बृहत अन्तक्र्रिया गरिएको छ। बुद्ध एयरले पोखराबाट झापा (भद्रपुर) सिधा उडान गरेसँगै उत्साहित पोखराका पर्यटन व्यवसायीले गन्तव्य पोखरा कार्यक्रममार्फत क...
बस दुर्घटना हुँदा बन्दीपुरमा १२ जना घाइते काठमाडौं। तनहुँको बन्दीपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अवदेश विष्टका अनुसार बन्दीपुर गाउँपालिका–१ नाहालास्थित पृथ्वी राजमार्गमा गाडी दुर्घटना हुँदा १२ जना घाइते भएका थिए। घाइतेमध्ये केहीलाई पोखराको मणीपाल अस्पतालमा प...
आगलागीमा परी दुई बालबालिकाको मृत्यु विराटनगर । उदयपुरको रौतामाई गाउँपालिका वडा नं ८ पाखाटोलस्थित घरमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको छ । हिजो बेलुका सवा ५ बजे स्थानीय रामबहादुर मगरको ढुङ्गा माटाले बनेको दुईतले घरमा विद्युत् सर्ट भई आगलागी हुँदा उनका छ वर्षीया छोरी जस्मिन र दुई वर्षीय छोरा रोजनको जलेर मृत...
आफूले गरेको फोहर आफैँ सफा गर्ने बानी बसालौँः मन्त्री किराँती काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफूले गरेको फोहर आफैँ सफा गर्ने बानीको विकास हुनुपर्ने बताएका छन्। पशुपतिनाथ मन्दिर क्षेत्रमा आजदेखि सुरु गरिएको तीनमहिने बृहत् सरसफाइ अभियानको सुभारम्भ गर्दै मन्त्री किराँतीले सफा रहनु सभ्यता...
मेघ गर्जनसहित वर्षाको सम्भावना काठमाडाैं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। उक्त मौसमी प्रणालीको प्रभावले मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोसी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा ब...
छुवाछूत गर्ने गाउँपालिका अध्यक्षलाई कारवाही गर्न माग काठमाडौं। विभिन्न राजनीतिक दलनिकट भ्रात्रृ सङ्गठन र दलित सङ्घ\संस्थाहरूले सिरहा जिल्लामा भएको छुवाछूतसम्वन्धी घटनामा संलग्न गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कारवाही गर्न माग गरेका छन्। नेकपा (माओवादी केन्द्र) निकट नेपाल दलित मुक्ति मोर्चा, नेपाली कांग्रेस निकट द...
उच्च रक्तस्राव भएकी सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार सिमकोट । दुई हप्ता अगाडि सुुत्केरी हुने समय नपुुगी गर्भ तुहिएर उच्च रक्तस्रावभएकी महिलाको आज हेलिकप्टरमार्फत उद्वार गरिएको छ । हुम्लाको सर्केगाड गाउँपालिका–५ को गोठी गाउँकी ३३ वर्षकी कलसी छत्याल शाहीको हेलिकप्टरबाट उद्धार गरिएको हो । गर्भ तुहिएर उच्च रक्तस्रावले पी...
जग्गाको कम मूल्याङ्कन गरी राजश्व छली गरेको अभियोगमा वडाअध्यक्ष विरुद्ध मुद्दा काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपश्चिम राजमार्गमा जोडिएको जग्गाको कम मूल्याङ्कन गरी राजश्व छली गरेको अभियोगमा हरिवन नगरपालिका–१० सर्लाहीका वडाअध्यक्ष शम्भुप्रसाद मैनालीसमेत तीन जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ...
नवनिर्वाचित राष्ट्रपति पौडेलले गरे स्वयम्भुनाथको दर्शन काठमाडौं। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार साँझ विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भुनाथको दर्शन गरेका छन्। पौडैलले शुक्रबार बिहान पशुपतिनाथको दर्शन गरेका थिए। स्वयम्भुनाथ बौद्धमार्गी समुदायका लागि बढी प्रसिद्ध छ भने पशुपतिनाथ हिन्दुहरूका आराध्यदेव ...
आगलागी नियन्त्रणका लागि फायर होज पाइपको परीक्षण र अभ्यास ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा अग्नि नियन्त्रणका लागि प्रयोग हुने फायर होज पाइप र उपकरणको प्रयोगसम्बन्धी अभ्यास गरिएको छ । फुङलिङ नगरपालिकाले बजार क्षेत्रमा हुने आगलागी नियन्त्रणका लागि पम्पसहितको पाइप खरिद गरेर आज यसको परीक्षणसहित प्रयोग गर्ने अभ्यास गर...
नेपाली तानमा बनाइएको ‘नेचुरल कार्पेट’ अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन गरिने पोखरा। पच्चिस जना महिलाले झन्डै छ महिना लगाएर तयार पारेको ‘नेचुरल टेक्सटायल कार्पेट’ अन्तर्राष्ट्रिय बजारमा प्रदर्शनी गरिने भएको छ। ब्रिटिस काउन्सिलको सहयोगमा पोखरास्थित महिला सीप विकास संस्थाले तयार पारेको उक्त कार्पेट १६ मिटर लामो रहेको संस्थ...
मासिँदै सिमल, लोप हुँदै गिद्ध म्याग्दी । हिमाली तथा उच्च लेकाली क्षेत्रबाट सिमल प्रजातिको वनस्पति मासिँदै गएको छ । विसं २०६४ मा वन मन्त्रालयले सिमल कटानमा फुकुवा गरेकाले सिमल मासिँदै गएको हो । सिमल मासिएसँगै पर्यावरणमा समेत प्रत्यक्ष असर पर्ने गरेको र गिद्धसमेत मासिएको जानकारहरुले बताए । “वन मन्त्रालयले सिमल कटानमा फुक...
देशका  विभिन्‍न स्थानबाट लागुऔषधसहित ९ जना पक्राउ काठमाडौं । देशका  विभिन्‍न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ परेका छन् ।  काठमाडौं महानगरपालिका-४ सुकेधारा टोयटा पार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १६ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनुषा धनुषाधाम नगरपालिका-६ हरिप...
विद्युत् चुहावट नियन्त्रण गर्न ‘सर्च अपरेसन’ सप्तरी। नेपाल विद्युत् प्राधिकरण राजविराज शाखाले गैरकानुनी ढङ्गबाट विद्युत् चोरी गर्ने माथि निगरानी बढाएको छ। विद्युत् चोरीका घटनामा वृद्धि भएको गुनासो आउन थालेपछि शाखाले प्रहरीको सहयोग लिएर अहिले विद्युत चुहावट नियन्त्रणको काम सुरु गरेको हो। नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा...
माेटरसाइल दुर्घटना हुँदा चालककाे मृत्यु काठमाडौँ। काठमाडाैंकाे घण्टाघरमा पैदलयात्रुलाई ठक्कर दिएर मोटरसाइकल पल्टिदा चालकको मृत्यु भएको छ भने पैदलयात्रु घाइते भएका छन्। मोटरसाइकल चालक भोजपुरको षडानन्द गाउँपालिका ११ घर भई हाल काठमाण्डौ बस्ने सुजल छावुहाङ राईको उपचारको क्रममा शुक्रबार बिहान सवा ७ बजे राष्ट्रिय ट्रमा सेन्ट...
बहुमूल्य जडीबुटी सुनाखरीसहित दुई जना पक्राउ बागलुङ। बागलुङमा बहुमूल्य जडीबुटी सुनाखरीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले एक सय ३८ किलो सुनाखरी, २२ किलो जङ्गली च्याउ र नौ किलो वनलसुनसहित उनीहरुलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीका अनुसार अवैध जडीबुटी ओस...