content stringlengths 20 64.1k ⌀ |
|---|
गड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी दोधारा चाँदनी। कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामका माया जोशीले गड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी गर्दै आएकी छन्।
गड्यौला मलबाट थोरै लगानीमा मनग्य आम्दानी गर्न सकिने थाहा पाएपछि उनले कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित बाणीबाट गड्यौला ल्याएर मल उत्पादनमा लागेकी हुन्। “द... |
गाउँ रित्तिए, बजार भरिए ढोरपाटन। एक दशक अगाडिसम्म बागलुङमा धेरै बजार थिएनन्। अधिकांश गाउँमै बस्ने, पशुपालन र कृषि गरेर जीवन निर्वाह गर्थे। उनीहरूमा बजारमोह त्यत्ति थिएन। बजार साना थिए। अहिलेका जस्ता ठूला–ठूला पक्की घर थिएनन्। बजारमा पनि माटो, ढुङ्गा र काठले बनेका घर बढी थिए।
स्थानीय तह बनेसँगै गाउँ–गाउँमा मोटरबाटो पुग... |
आजको मौसम: गण्डकी र बागमतीका पहाडी भू-भागमा वर्षाकाे संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी पहाडी भू-भागमा आंशिक बदली रही अन्य स्थानहरूमा मौसम सामान्यतया... |
परिवारको सहारा बन्दै बालबालिका बझाङ। जयपृथ्वी नगरपालिका– ३ पडेसका रोशन विष्ट भैरवनाथ आधारभूत विद्यालयमा पढ्छन्। पाँच कक्षामा पढ्ने उनी बिदाको दिनमा जहिल्यै पुङर लेकमा पुग्छन्। दोघरी (दुईवटा घर भएको) विष्ट परिवारको अधिकांश समय पुङरमै बस्ने हो।
खेतीपाती, वस्तुभाउ, नजिकै जङ्गल भएका कारण विष्ट परिवारको अघिल्लै पुस्ताको रोज... |
विदेशमा अलपत्र परेकाका लागि सहयोगी बन्दै सामी कार्यक्रम देउखुरी। घोराही उपमहानगरपालिका–१५ की अनिसा घर्ती १३ वर्षअघि दुवई पुगिन्। काम ठिकै थियो। कमाइले घरपरिवार धानेकै थियो।
अघिल्लो वर्ष बिहान काम गर्न जाने बेलामा उनी दुर्घटनामा परेपछि उपचारका लागि एक वर्षसम्म अस्पतालको शैयामा बिताउनुपर्यो। त्यो बेलामा अनिसालाई स्वदेश ... |
‘बुस्टर डोज’ लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन आग्रह गरेको छ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोभिड–१९ को जोखिम रहेकाले बुस्टर डोज लगाउन आग्रह गरिएको बताए। उनका अनुसार कोभिड–१९ विरुद्धको पूर्ण मात्रा लगा... |
२९ हजारले लिए ई-सिम काठमाडौं। नेपालमा ई-सिम (इम्बेडेड सवस्क्राइबर आइडेन्टिटी मोड्युल) प्रयोगकर्ताको सङ्ख्या २९ हजार नाघेको छ। नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले गत भदौ ३१ देखि हालसम्म २९ हजारभन्दा बढी वितरण भइसकेको जानकारी दिए।
नेपाल टेलिकमले सुरुमा सुन्धारा काउन्टरबाट ई-सिम वितरण गरेको थियो। साथै गत असोज ४ देखि भन... |
भिरबाट लडेर बाजुरामा एक बालिकाको मृत्यु बाजुरा । भिरबाट लडेर बाजुरामा एक बालिकाको मृत्यु भएको छ । विद्यालय जाने क्रममा भिरबाट लडेर बालिकाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार बडीमालिका नगरपालिका–६ कोर्ध फडील्लाकी ६ वर्षीया कमला बडुवालको आज बिहान लडेर मृत्यु भएको हो । उनी सोही वडामा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालयम... |
भक्तपुर दरवार क्षेत्रभित्र मूर्ति चोरीको प्रयास, इटालियन नागरिक पक्राउ भक्तपुर। भक्तपुरको दरवारक्षेत्रस्थित तलेजु मन्दिरभित्र मूर्ति चोरीको असफल प्रयास भएको छ। तलेजु मन्दिर सुन्धारा परिसरमा करिब पौने १ बजे एक जना इटलियन नागरिकले मूर्ति चोरीको असफल प्रयास गरेका हुन्।
ती विदेशी नागरिकले आफूसँंग भएको चक्कुले धातुको मूर्ति... |
मोटरसाइकल दुर्घटनामा कुस्तीका पूर्वराष्ट्रिय खेलाडीको मृत्यु सप्तरी। सप्तरीको राजविराज नगरपालिका–११ स्थित पम्प नहरको भित्री सडकमा स ४ प ३२७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा कुस्तीका पूर्वराष्ट्रिय खेलाडीको मृत्यु भएको छ।
दुर्घटनामा मोटरसाइकल चालक तिलाठी कोईलाडी गाउँपालिका–२ लौनियाका ५० वर्षीय पूर्व खेला... |
गुल्मीको धुर्कोटमा नयाँ गुफा फेला पर्यो गुल्मी। गुल्मीको धुर्कोट गाउँपालिकामा नयाँ गुफा फेला परेको छ। गत छ दिनअघि हाडहाडेको बर्दबासस्थित धाराखोलामा करिब एक सय मिटर लामो गुफा फेला परेको वडाध्यक्ष पदम विष्टले जानकारी दिए।
दुम्सीको दुलो भनेर चिनिएको उक्त ठाउँमा मान्छे छिर्नसक्ने प्वाल थियो। गुफाभित्र शिवलिङ्ग, गाईको थुन,... |
छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु काठमाडौँ। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ। काठमाडौं, शंखरापुर नगरपालिका-९ ईन्द्रायणीस्थित सडकमा बा.५ ख २४१४ नम्बरको टिपरले बा.९४ प ४४९८ र बा.८२ प ८३५७ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ।
मृत्यु ... |
सहरी संरचनाले बालबालिकालाई दिएको सास्ती काठमाडौं। विदेशबाट नेपाल आएका मामालाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गएका सहज लामिछाने निकै उत्साहित थिए।
लामो समयपछि मामा र भाञ्जाको भेट हुँदै थियो। दश वर्षका उनी विमानस्थलको स्वागत कक्षमा रहेको शौचालय प्रयोग गर्न भित्र छिरे । पिसाब गर्नसक्ने बालमैत्री शौचालय नहु... |
ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, सात घाइते रोल्पा। रोल्पाको त्रिवेणी गाउँपालिका–२ दहवनमा गए राति ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा सात घाइते भएका छन्।
मृत्यु हुनेमा ट्र्याक्टरमा सवार मजदुर सल्यानको कुमाक गाउँपालिका–६ का ३२ वर्षीय टोपलाल विक रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता... |
आजको मौसम: पहाडी भू-भागमा वर्षा, हिमाली भू-भागमा हिमपातकाे संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
देशका पहाडी भू-भागका एक दुई स्थानमा... |
समाज र राष्ट्र निर्माणका लागि महिला एकजुट हुनुपर्छः उपसभामुख रानामगर बनियानी। प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले समाज र राष्ट्र निर्माणका लागि महिला एकजुट हुनुपर्नेमा जोड दिएकी छन्।
एक सय १३औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा झापाको कनकाई नगरपालिकाले आज आयोजना गरेको सम्मान तथा सांस्कृतिक कार्यक्रममा उनले समाज... |
तातोपानी भन्सारका मजदुरले एक वर्षदेखि ज्याला पाएनन् चौतारा । तातोपानी भन्सारमा विभिन्न ट्रान्सपोर्टका लागि काम गर्ने मजदुरले एक वर्षदेखि ज्याला नपाउँदा दैनिक जीवन कष्टकर बनेको छ । चीनबाट ढुवानी गरेर आइपुगेका सामान भन्सार जाँचका लागि पल्टी गरेवापतको ज्याला नपाउँदा छ सय ४२ मजदुरलाई हात–मुख जोड्न नै समस्या भएको हो ।
दैनिक... |
कानुनमा व्यवस्था छ तर अधिकारबाट बञ्चित छन् महिला काठमाडौं। संविधान र कानुनले महिलाको हक अधिकारका लागि राम्रो व्यवस्था गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा महिला आफ्नो हक अधिकारबाट बञ्चित छन्।
कानुनमा व्यवस्था गर्ने, राजनीतिक दलले लोकप्रियताका लागि घोषणापत्रका उल्लेख गर्ने तर व्यवहारमा कार्यान्वयन हुन नसक्दा... |
धनगढीमा एक किशोरीमाथि सामूहिक बलात्कार धनगढी। कैलालीको धनगढीबाट एक किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई किशोर पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका वडा नम्बर १० जुगेडाकी एक १३ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा १६ र १७ वर्षका दुई किशोर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
घटना गएको १७ गत... |
अमेरिकाबाट पार्सल आयो सात किलो गाँजा! काठमाडौं। अमेरिकाबाट चकलेट तथा बालबालिकाको खेलौना उल्लेख गरी आएको पार्सलमा गाँजा तस्करी हुने गरेको पाइएको छ।
प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा आउने पार्सलको सूक्ष्म निगरानी गर्दा उक्त तथ्य फेला पारेको हो।
पछिल्... |
तिलोत्तमा नगरपालिकालाई ‘नो हर्न’ नगरपालिका घोषणा गरिँदै बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई ‘नो हर्न’ नगरपालिका घोषणा गर्ने तयारी गरिएको छ।
नगरपालिकाले सञ्चालन गरेको हरियाली प्रवर्द्धन एवं सरसफाइ अभियानको सयौँ शृङ्खलाको अवसरमा यही चैत १ गते तिलोत्तमा नगरपालिकालाई ‘नो हर्न’ नगरपालिका घोषणा गर्न लागिएको हो।
नगरपालि... |
मेलम्चीको पानी वितरणका लागि विच्छाइएका पाइपबाट चुहावट काठमाडौँ। मेलम्ची खानेपानी वितरणका लागि काठमाडौँ उपत्यकामा बिछ्याइएका पाइपमा चुहावट भएको पाइएको छ। पछिल्लो एक दशकयता विच्छाइएका नयाँ पाइपमा चुहावट भएको पाइएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ।
निर्देशनालयले एशियाली विकास ब... |
श्रमिक महिलालाई छुँदैन महिला दिवसले राँझा। बाँके बैजनाथ गाउँपालिका–८ टिटिहिरियाका वुधी थारू प्रत्येक दिन कामको खोजीमा बिहानै नेपालगञ्जको रामवाग र आसपासको क्षेत्रमा पुग्छिन्। नेपालगञ्जको श्रमिक बजारमा उभिएर ज्यालादारी काम खोज्नु वुधीको दैनिकी हो। आज एक सय १३औँ अन्तर्राष्ट्रिय महिला दिवसको दिन पनि उनी साथीहरुसँगै कामको ख... |
काठमाडौंसहित देशका विभिन्न स्थानमा वर्षा काठमाडाैं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। उक्त मौसमी प्रणालीको प्रभावका कारण देशभर बदली हुनाका साथै विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार अहिले ... |
सामाजिक सञ्जालमार्फत बढ्दै छ हिंसा काठमाडौँ। पछिल्लो समय सामाजिक सञ्जालबाट पीडा भोग्नेहरूको सङ्ख्या बढ्दै गएको देखिएको छ। गैरसरकारी संस्था महासङ्घ नेपालले मङ्गलबार आयोजना गरेको ‘सूचना प्रविधि र महिला अधिकारका सवाल’ विषयक अन्तरक्रियामा सञ्चारकर्मी बबिता बस्नेतले पछिल्लो समय सामाजिक सञ्जालबाट हिंसा हुने गरेको तथ्य सुनाइन... |
जीवन रक्षाका लागि कान्छी प्राध्यापकको अपिल काठमाडौँ। आज ८ मार्च विश्वभर अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेका बेला यसै अवसर पारेर एक प्राध्यापकले आफ्नो जीवन रक्षाका लागि सार्वजनिक अपिल गएकी छन्।
स्तन, डिम्बाशय, पेट, कलेजो र फोक्सोको क्यान्सरका विरुद्ध सात वर्षदेखि संघर्षरत प्रा डा उर्मिला प्याकुरेलले थप उपचारका लागि खर्च... |
नेपालको इतिहासमा पहिलोपटक महिला क्रु–मेम्बरहरुले मात्रै अन्तर्राष्ट्रिय उडान भरे काठमाडौँ। नेपालको इतिहासमा पहिलो पटक नेपाली महिला पाइलट समुहले अन्तर्राष्ट्रिय उडान भरेर रेकर्ड राखेका छन्।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाल वायुसेवा निगमले युएईका लागि अहिले उडेको आफनो बिमानका सबै क्रु मेम्बर महिलालाई मात्रै राखेर... |
महिला विभेदविरुद्ध नारी जागरण आजको आवश्यकता : सभापति देउवा काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरण आजको आवश्यकता भएको बताएका छन्।
एक सय १३औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महिला दिदी बहिनीमा शुभकामना... |
नारी दिवसमा विभिन्न प्रचलन: फूल साटासाट गर्नेदेखि मार्चभरी नै मनाउने चलनसम्म काठमाडौं। आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ।
संयुक्त राष्ट्र संघवाट ‘Digitall: Innovation and Technology for Gender Equality’ नारा तय भएको छ। नेपालमा भने ‘लैङ्गिक समनताका लागि बलियो आधार, सिर्जनात्मक प्रबिधिमा महिलाको पहु... |
आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस : यसरी सुरु भयो महिला दिवस काठमाडौं। आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ। संयुक्त राष्ट्र संघवाट ‘Digitall: Innovation and Technology for Gender Equality’ नारा तय भएको छ।
नेपालमा भने ‘लैङ्गिक समनताका लागि बलियो आधार, सिर्जनात्मक प्रबिधिमा महिलाको पहुँच’’ भन्ने रा... |
आजको मौसम: कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा वर्षाकाे संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
उता, देशका पहाडी भू-भ... |
नहरमा डुबेर कोहलपुरमा दुई जनाको मृत्यु बाँके । कोहलपुर नगरपालिका-१३ बन्दास्थित नहरमा नुहाउने क्रममा डुबेर मंगलबार दिउँसो २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही नगरपालिका-१२ बस्ने १५ वर्षीय अनिल भट्टराई र १५ वर्षीय मनसुन बराल रहेका छन्।
नुहाउने क्रममा डुबेर बेपत्ता भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय क... |
चिकित्सा शिक्षा आयोगद्वारा विभिन्न कलेजलाई एमबिबिएस कोटा निर्धारण काठमाडौं। चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको विभिन्न स्नातक तहतर्फको कोटा निर्धारण गरेको छ।
आयोगको कार्यकारी समितिको बैठकले शिक्षण अस्पताल\कलेजका लागि स्नातक तहको कोटा सङ्ख्या निर्धारण गरेको हो।
आयोगले विभिन्न २१ वटा शिक्षण अस्पताल\कलेजको एमबिबिएसक... |
आमाका नामबाट नागरिकता नपाउने समस्या समाधान गर्न लागि पर्छुः राष्ट्रियसभा उपाध्यक्ष अर्याल काठमाडौं। राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले आमाका नामबाट नागरिकता नपाउनेलगायत नागरिकता समस्या समाधान गर्न लागि पर्ने प्रतिबद्धता जनाएकी छन्।
एक सय १३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला, कानून र विकास मञ्च ... |
बुधबार सय जना महिलालाई चन्द्रागिरिको टिकट २ सयमै काठमाडौं। चन्द्रागिरि केबलकार प्रालिले भोलि बुधबार १ सय जना महिला यात्रुलाई २ सय रुपैयाँमै केबलकारको टिकट उपलब्ध गराउने भएको छ।
८ मार्चका दिन पर्ने अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी कम्पनीले यस्तो घोषणा गरेको हो।
कम्पनीकाअनुसार सर्वप्रथम टिकट लिने १ सय जना महिलाले य... |
विदुरमा ‘बलियो महिला अभियान’ सुरू, महिलालाई उद्यमशील बनाइने काठमाडौं। महिलाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले नुवाकोटको विदुर नगरपालिकामा ‘बलियो महिला अभियान’ सुरु गरिएको छ। बलियो नेपाल संस्था र विदुर नगरपालिकाले उक्त कार्यक्रम आयोजना गरेको हो।
“बलियो महिला” नामक चार दिने कार्यक्रमको उद्घाटनमा नगरपालिकाका मेयर राजन श्र... |
दार्चुलामा जिप दुर्घटना, एक जनाको मृत्यु धनगढी। दार्चुलामा जिप दुर्घटना भएको छ। जिप दुर्घटनामा परेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएकी भारतको पिथौरागढ जिल्लाको धार्चुला सिमखोलाकी ६० वर्षीया कालीदेवी नेगीको जिल्ला अस्पताल दार्चुलामा उपचारका मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका ... |
बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सुरक्षा दिन गृहमन्त्रालयको सर्कुलर काठमाडौं। गृहमन्त्रालयले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सुरक्षा दिन देशभरका प्रमुख जिल्ला अधिकारीलाई सर्कुलर जारी गरेको छ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि आक्रमण तथा दुर्व्यवहारका घटना हुन थालेपछि गृहमन्त्रालयले देशभरका ७... |
कोरियामा सीप सिकेर नेपालमा उद्यम नवलपुर। वैदेशिक रोजगारका लागि दैनिक हजारौँको सङ्ख्यामा नेपालीहरु विदेश जान्छन्। वैदेशिक रोजगारमा गएकामध्ये निकै कमले मात्रै त्यहाँ आफूले सिकेको सीप नेपाल फर्किएर प्रयोग गर्छन्।
वैदेशिक रोजगारका क्रममा १५ वर्ष दक्षिण कोरिया बसी फकेका इभान गिरीले अहिले फ्रोजन मःमःको व्यवसाय सुरु गरेका छन्... |
कौडा खेलिरहेको अवस्थामा नौ जना पक्राउ काभ्रे। धुलिखेलमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ।
धुलिखेल नगरपालिका – ३ स्थित ग्रेस होटलमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका – ५ बस्ने २७ वर्षीय महेन्द्र दाहालसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको हो।
उक्त होटलमा कौडा खेलिरहेको भन्ने सूचनाका आधारमा जि... |
कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते काठमाडौं । काठमाडौंको कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरमा प्रदेश ३–०२–००९प ७००६ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक भक्तपुर चाँगुनारायण नगरपालिका–५ ताथली बस्ने ४२ वर्षीय मधु... |
कलाकार सागर लम्साल ‘बले’का पिता लोकगायक राजेन्द्र लम्सालको निधन काठमाडौं । चर्चित हास्य कलाकार सागर लम्साल ‘बले’ का पिता तथा लोकगायक राजेन्द्र लम्सालको ६० वर्षको उमेरमा निधन भएको छ। स्पेनमा बस्दै आएका उनी केही महिनादेखि नै अस्वस्थ थिए।
सोमबार उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। सागर लम्सालले काम गर्दै आएको हास्य... |
महामूर्ख साबित हुन तछाडमछाड धनुषा। होली पर्वको अवसरमा मिथिला ना्ययकला परिषद् (मिनाप)ले प्रत्येक वर्ष धुमधामसँग मनाउँदै आएको दुई दिवसीय होरी (होली) महोत्सवअन्तर्गत आज महामूर्ख सम्मेलनको आयोजना हुँदैछ।
जनकपुरधामको जानकी मन्दिरको प्राङ्गणमा मिनापले फागुन २२ र २३ गते होली महोत्सवको आयोजना गरेको हो। महोत्सवअन्तर्गत होलीको ज... |
सिटी सफारीको ठक्करबाट पैदलयात्रीको मृत्यु इनरुवा। सुनसरीको रामधुनी नगरपालिका–१ झुम्का बजारमा सिटी सफारीको ठक्करबाट गए राति एकजनाको मृत्यु भएको छ।
मृत्युहुनेमा रामधुनी–५ का ५९ वर्षीय भक्तबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको क... |
हाेलीमा रंगिएका रंङहरू (फाेटाेफिचर) काठमाडाैं। हिन्दुहरुको रङहरुको पर्व होली मनाउन सोमबार काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा भीड लागेको थियाे।
होली, जसलाई “प्रेमको पर्व,” र “वसन्तको पर्व,” भनेर पनि चिनिन्छ, नेपाल, भारत, बंगलादेश र पाकिस्तान लगायत विश्वभरका धेरै हिन्दू समुदायहरूले मनाउँछन्। यो पर्वले वसन्त ऋतुको सुरुवा... |
लोप हुँदै भक्तपुरको परम्परागत होली शैली भक्तपुर। ‘भिसीं द्यो या लग खङ लो वान ला, बिस्यु वाने मायक स्व वया ला’ अर्थात् ‘भीमसेनको लिङ्गले मन लोभियो कि, भाग्नुपर्ने गरी हेर्न आको हो कि’ भक्तपुर नगरपालिका तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा होली पर्वमा गुञ्जने यस्ता गीतहरु अहिले लोपोन्मुख अवस्थामा पु... |
आजको मौसमः कोशी गण्डकी र कर्णाली प्रदेश प्रदेशमा वर्षाकाे संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका प... |
१४ लाख भारुसहित महोत्तरीबाट ९ जना पक्राउ काठमाडौं । महोत्तरीको जलेश्वरबाट प्रहरीले १४ लाख भारतीय रुपैयाँसहित नौ जनालाई पक्राउ गरेको छ । महोत्तरीको जलेश्वर नगरपालिका ३ मलिवारा बजारमा अवैध रुपमा नेपाली नोटबाट भारतीय नोट सटही गर्ने ९ जनालाई सोमबार महोत्तरी प्रहरीले नगदसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा जलेश्वर ... |
होलीमा अभद्र व्यवहार गरेको आरोपमा २ सय भन्दा बढी पक्राउ काठमाडौं । होलीमा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले काठमाडौंबाट २ सय भन्दा बढी पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौका अनुसार काठमाडौंका विभिन्न स्थानबाट होलीको क्रममा उच्छृंखल व्यवहार गर्ने, एक अर्कालाई इच्छा विपरित पानी छ्याप्ने रंग दल्ने जस्ता कार्य... |
झाँक्रीको यातनाबाट १४ वर्षीया बालिकाको मृत्यु बुटवल । झारफुक गर्ने बहानामा कुटपिट गरी एक बालिकाको हत्या गरेको आरोपमा झाँक्री महिला पक्राउ परेकी छन् । इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीले सैनामैना नगरपालिका १० फूलवारीकी १४ वर्षीया सीता ज्ञवालीको शारीरिक यातनाका कारण मृत्यु भएको विषयमा अनुसन्धान गर्न ती महिलालाई पक... |
दार्चुलामा चितुवा मृत फेला दार्चुला । दार्चुलाको शैल्यशिखरमा एक चितुवा मृत फेला परेको छ । शैल्यशिखर नगरपालिका –२ स्थित कालिपातली र थामुको सीमा छुट्टाउने घट्टेखोलामा चितुवा मृत अवस्थामा फेला परेको स्थानीय शङ्कर जोशीले जानकारी दिए ।
पाँच फिट तीन इन्च लम्बाई र दुई फिट एक इन्च चौडाइ रहेको चितुवा सोमबार मृत अवस्थामा भेटिएको... |
ओखलढुंगामा झुण्डिएको अवस्थामा दम्पती मृत फेला ओखलढुंगा । ओखलढुङ्गामा एक वृद्ध दम्पतीको शव भेटिएको छ ।
मोलुङ गाउँपालिका–२ लामिडाँडा निवासी ७० वर्षीय हेमप्रसाद दाहाल र उनकी श्रीमती ६९ वर्षीया बेदुकाको घर नजिकैका रुखमा झुन्डिएको अवस्थामा शव भेटिएको प्रहरी प्रमुख निरीक्षक देवेन्द्र दासले जानकारी दिए । घट्नाबारे थप अनुसन्ध... |
बालुवामुनि गाडेर राखेको गाँजा बरामद सप्तरी । सप्तरी प्रहरीले बालुवामुनि गाडेर लुकाएर राखेको ६० केजीगाँजा बरामद गरेको छ ।
कन्चनरूप प्रहरी टोलीले हनुमाननगर कंकालिनी नगरपालिका १ कोशी ब्यारेजभन्दा दक्षिण कोशी बाँधको २ सय मिटर तल बालुवामुनि अवैध रुपमा गाडेर राखेको अवस्थामा गाजा बरामद भएको सप्तरीका एसपी नरेन्द्र कुमार कार्क... |
राजधानीमा हाेलीकाे उमंग (फोटोफिचर) काठमाडौं। देशभर सोमबार फागुपूर्णिमा हर्षाेल्लासका साथ मनाइँदै छ। तराईमा औपचारिक रुपमा मंगलबार मनाइने भए पनि आइतबार पनि फागुपूर्णिमा मनाइरहेका छन्।
फागु पूर्णिमा अवसरमा काठमाडौंको वसन्तपुरमा भेला भएका बालबालिकादेखि युवाहरुले हर्षाेल्लासका साथ मनाइरहेका छन्। एक अर्कालाई रङ लगाएर शुभकाम... |
मर्यादित बन्दै होली काठमाडौँ। विगत केही वर्षअघिसम्म फागुपूर्णिमा (होली) पर्वको एक साताअघिदेखि नै राजधानीमा युवतीको आवागमन बन्द हुन्थ्यो।
काम विशेषले निस्कनै पर्ने युवतीले घर फर्कंदा निथ्रुक्क हुनुपर्ने बाध्यता थियो। फागुन शुक्ल अष्टमीको बिहान हनुमानढोका दरबार क्षेत्रमा चीर गाडेपछि युवतीलाई पानी भरेको लोलाले हिर्काउने प... |
बसन्तपुरमा हाेलीकाे राैनक (फाेटाेफिचर) काठमाडाैं। आज फागुन पुर्णिमा। आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ। असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ।
फागु अर्थात् होलीको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ।
हरेक ... |
‘नेपाल प्रहरी-एभरेष्ट बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना काठमाडौँ। नेपाल प्रहरी र एभरेष्ट बैंकबीच छात्रवृत्ति अक्षयकोष स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
प्रहरी प्रधान कार्यालय नक्सालमा आइतबार आयोजित कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहबीच ‘ने... |
पृथ्वी राजमार्गको जामुने खैरेनी खण्ड एकतर्फी सञ्चालन दमौली। गाडी फसेर अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत तनहुँको जामुने खैरेनी खण्ड एकतर्फी सञ्चालनमा आएको छ। म्याग्दे गाउँपालिका–४ स्थित थर्पु घुम्तीमा सडकमा गाडी फसेर अवरुद्ध रहेको उक्त खण्ड आज बिहानदेखि एकतर्फी सञ्चालनमा आएको हो।
आइतबार राति परेको वर्षाका कारण बाटो ह... |
बिदा मनाउन मेक्सिको गएका यी नेपालीभाषीमाथि यस्तो बज्रपात कोलम्बस। मानिसलाई विपत् कसरी आइलाग्छ भन्ने कुराको कुनै पत्तो हुँदैन। खुसी खुसी विदा मनाइरहेका बेला अमेरिकाको कोलम्बस, ओहायो निवासी बालकृष्ण न्यौपानेलाई अकस्मात् आइलागेको काहालीलाग्दो विपतले ओहायो र आसपासका क्षेत्रमा बसोबास गर्ने नेपालीभाषी समुदाय शोकमग्न भएका छन्... |
केबलकार निर्माणका लागि सम्भाव्यता अध्ययन गलकाेट। गण्डकी प्रदेशको धार्मिक गन्तव्य बागलुङको कालिका मन्दिरदेखि भकुण्डेसम्म केबलकार निर्माणको योजना अघि सारिएको छ। बागलुङमा यसअघि बागलुङ नगरपालिका-४ कुडुलेस्थित दाबगरादेखि पञ्चकोटसम्म केबलकार लैजाने योजनाअघि सारिएको भए पनि स्थानीयको विरोधकापछि योजना अघि बढेको थिएन।
अहिले बागल... |
आज फागु पूर्णिमा, पहाडी क्षेत्रमा होली पर्व मनाइँदै काठमाडाैं। आज फागुन पुर्णिमा। आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ। असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ।
फागु अर्थात् होलीको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिए... |
लोसपाले मनायो होली पर्व काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा होली पर्व मनाएको छ।
लोसपाका नेता, कार्यकर्ताहरूले ‘होली मिलन समारोह’ मा आपसमा रङ दलेर होली पर्व मनाएका हुन्। पार्टीका नेताकार्यकर्ताबीच होली मिलन समारोह गरेर होली मनाइएको लोसपाका कार्यकारिणी सदस्य डा स... |
अभिनेत्री निशा अधिकारीको मुद्दामा सम्पतिको फाँटबारी देखाउन आदेश काठमाडौं। काठमाडौं जिल्ला अदालतले अभिनेत्री निशा अधिकारीले पति क्रिकेटर शरद भेषवाकरविरुद्ध दिएको अंशबन्डाको मुद्दामा सम्पत्ति फाँटबारी माग गर्न आदेश दिएको छ।
न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले आज सम्पत्ति फाँटबारी माग (आफ्नो सम्पत्ति के कति छ अदालतलाई द... |
जहाँ शिक्षक र विद्यार्थी आफ्नो जातीय पोशाकमा भेटिन्छन् पाँचथर। पाँचथरको फिदिम नगरपालिका–७ रानीटारमा अवस्थित रानीटार माध्यमिक विद्यालयमा साताको हरेक सोमबार र बिहीबार विद्यार्थी तथा शिक्षकहरू आ–आफ्नो जातीय पोशाकमा भेटिने गर्छन्।
यस दिन उक्त विद्यालय पुग्दा यहाँ कुनै सांस्कृतिक कार्यक्रम होला भन्ने अनुभूति हुन्छ। नामजस्तै... |
खडेरीले सुक्यो गहुँबाली: वर्षा नहुँदा मकै रोप्न ढिलाइ गलेश्वर। लगातारको खडेरीले म्याग्दीसहित धौलागिरि क्षेत्रमा लगाइएको गहुँबाली सुकेको छ। यो वर्ष हिउँदे वर्षा नहुँदा गहुँबाली सुकेको किसानले बताएका छन्। फागुन अन्तिमसाता लागिसक्दासमेत हिउँदे वर्षा हुन सकेको छैन्।
बेनी नगरपालिका–२ का किसान चन्द्रबहादुर कार्कीले लामो समयद... |
काठमाडौंबाट सौराहा घुम्न आएका एक युवकको राप्ती नदीमा डुबेर मृत्यु चितवन। काठमाडौंबाट चितवनको सौराहा घुम्न आएका एक युवकको राप्ती नदीमा डुबेर मृत्यु भएको छ।
काठमाडौं महानगरपालिका महाकाल घर भएका २४ वर्षीय सन्देशप्रसाद बडालको राप्ती नदीमा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय टाँडीका डीएसपी... |
आयुर्वेद क्याम्पसमा सहमति, खुल्यो ताला कीर्तिपुर। आयुर्वेद क्याम्पसका विद्यार्थीलाई छ महिनासम्म नरदेवी अस्पतालमा इन्टर्नसिप गराइने सहमति भएपछि कीर्तिपुरस्थित आयुर्वेद क्याम्पसमा लागेको ताला खुलेको छ।
विद्यार्थीहरूले कीर्तिपुरस्थित क्याम्पसमा भौतिक संरचना अपर्याप्त रहेकोे भन्दै नरदेवी अस्पतालमा इन्टर्न गर्न दिइनुपर्ने म... |
धनकुटाबाट १ सय ६ केजी गाँजा बरामद धनकुटा। धनकुटाको साँगुरीगढी गाउँपालिका ८ बाट प्रहरीले १०६ किलोग्राम गाँजा बरामद गरेको छ।
कोसी राजमार्गको धरान-धनकुटा सडकमा रोकिराखेको को १ ज १८११ नम्बरको पिकअप गाडीबाट उक्त परिणामको गाँजा बरामद गरेको प्रहरीले जनाएको छ।
गाडी चालक भने फरार रहेको बताइएको छ। शनिबार फेला परेको उक्त गाँजा कह... |
नेपाल एयरलाइन्सका दुई महिला पाइलटको पहिलो अन्तर्राष्ट्रिय उडान काठमाडौं। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का दुई महिला विमानचालक (पाइलट)ले पहिलो अन्तर्राष्ट्रिय उडान गरेका छन्।
निगमको उडान इतिहासमै पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान (काठमाडौँदेखि दुबई) भरेका हुन्।
पाइलटद्वय भावना पन्त ... |
गण्डकी प्रदेश वृत्तचित्र सार्वजनिक काठमाडौं। नेपाललाई ‘फिल्मिङ् डेस्टिनेशन’को रुपमा प्रवर्द्धन गर्ने उद्देश्यसहित तयार भएको गण्डकी प्रदेशको वृत्तचित्र सार्वजनिक भएको छ।
फिल्म छायांकनको लागि खुल्ला स्टुडियोको रुपमा नेपाललाई प्रवद्र्धन गर्ने हेतुले श्रव्यदृश्य सामग्री निर्माणको पहिलो चरणमा यो वृत्तचित्र सार्वजनिक गरिएको ... |
कक्षा १२ को परीक्षा वैशाख २६ गतेदेखि (तालिकासहित) काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी भक्तपुरले कक्षा १२ को परीक्षा वैशाखमा गर्ने निर्णय गरेको छ।
जसअनुसार बोर्डले परीक्षा तालिकासमेत प्रकाशित गरेको छ। वैशाख २६ गते मंगलबारदेखि परीक्षा सुरू हुनेछ।
परीक्षा बिहान ८ बजेदेखि १... |
विश्वप्रसिद्ध अवार्ड जितेलगत्तै सन्दुक रुइत पुगे जन्मगाउँको आँखा शिविर ताप्लेजुङ । विश्वप्रसिद्ध बहराईन सरकारको ईशा अबार्ड प्राप्त गरेका वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइत यति खेर आफनै गृह जिल्लाकाे आँखा शिविरमा पुगेका छन् ।
गत ९ फागुनमा बहराइनका राजा सेख हमद विन इसा अल खालिफाको हातवाट विश्व प्रसिद्ध अवार्ड ग्रहण गरे प... |
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु काठमाडौँ। देशका विभिन्न स्थानमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। ओखलढुंगाको दियालेको राहुटार भन्ने स्थानमा बोलेरो जिप दुर्घटना हुँदा चिशङ्खुगढी–३ का ७० वर्षीय भक्तबहादुर थापा र ५२ वर्षीय मीनबहादुर श्रेष्ठको मृत्यु भएको छ।
चिशङ्खुगढी गाउँपालिकाबाट ओखल... |
सहकारीको सहयोगमा स्वरोजगार बन्दै महिला घोराही। पछिल्लो समय सहकारी संस्थाका कारण दाङका महिला स्वरोजगार बन्दै गएका छन्। जिल्लामा खुलेका सहकारी संस्था महिलाका लागि आम्दानीको स्रोत बन्दै गएका हुन्।
विगतमा घरको काम र घाँसपातमा व्यस्त हुने महिला गाउँघरमा सहकारी खुलेपछि अहिले आफ्नो र परिवारका लागि रकम जम्मा गर्नाका साथै ऋण लि... |
बहिनीमाथि यौन हिंसा गर्ने दिदी पक्राउ, भिडियो बनाएर पुरुष साथीलाई पठाएको दाबी भक्तपुर। आफ्नै नाबालिग बहिनीमाथि यौन हिंसा गरेको आरोपमा दिदी पक्राउ परेकी छन्। बहिनीसँग यौनजन्य गतिविधि गर्दै त्यसको भिडियोसमेत बनाएर पुरुष साथीलाई पठाएको आरोपमा महिललाई पक्राउ गरेको भक्तपुर प्रहरी परिसर सूचना अधिकारी कुमारप्रसाद मैनालीले जान... |
अख्तियारमा कर्णालीका ७२ वटा पालिकाविरुद्ध ४८१ वटा उजुरी सुर्खेत। कर्णालीका ७९ पालिकामध्ये ७२ वटा पालिकामा ४८१ वटा उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।
अनियमितता बढी हुने गरेको प्रदेशका रुपमा लिइए पनि पछिल्लो समय रिसईवीका कारण दुःख दिन उजूरी अख्तियारमा पठा... |
नागार्जुन नगरपालिकामा नेपाल टेलिकमको सेवामा समस्या काठमाडौँ। नागार्जुन नगरपालिकास्थित गुम्बाचोक लगायतका स्थानमा शुक्रबारदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ।
वडा कार्यालयले तार व्यवस्थापन गर्ने सिलसिलामा टेलिकमको एरियल केबलमा क्षति पुर्याएपछि टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा अवरुद्ध भएको टेलिकमले जनाएको छ। कम्पनीक... |
अछाम र काभ्रेपलाञ्चोकमा भूकम्प काठमाडौँ। अछाम र काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर दुई भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार अछामको पातलकोट र काभ्रेपलाञ्चोकको काशीखण्ड केन्द्रविन्दु भएर भूकम्प गएको हो।
केन्द्रका अनुसार अछामको पातलकोट केन्द्रविन्दु भएर आज बिहान ८ बजेर ३५ मिनेटमा ४ दशमल... |
ओखलढुंगामा बोलेरो दुर्घटना हुँदा दुईको मृत्यु, ११ घाइते ओखलढुंगा । ओखलढुंगामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चिशङ्खुगढी गाउँपालिकाबाट ओखलढुंगाको सदरमुकाम जाँदै गरेको बोलेरो जीप वडा नं. ३ दियालेको राहुटार नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा परी चिशङ्खुगढी-३ का ७० वर्षीय भक्तबहादुर थापा र ५२ वर्षीय मीनबहा... |
इन्टरनेट प्रोटोकल आईपीभी सिक्स कार्यान्वयनमा, डिशहोम ग्राहकलाई नयाँ प्रविधि काठमाडौँ। डिसहोम फाइबरनेटले नयाँ इन्टरनेट प्रोटोकल आईपीभी सिक्स (IPV6) कार्यान्वयनमा ल्याएको छ। कम्पनीले अङ्ग्रेजी नयाँ वर्ष २०२३ को सुरुवातबाट आईपीभी सिक्स प्रविधिमार्फत सेवा दिन थालेको छ।
इन्टरनेटले जसरी काम गर्छ, त्यसमा इन्टरनेट प्रोटोकल एड्... |
नारायणगढ-मुग्लिन सडक आजबाट नियमित सबारीसाधान चल्ने चितवन। नारायणगढ-मुग्लिन सडक आइतबारदेखि नियमित सञ्चालनमा आउने भएको छ। नयाँ पुल बनाउन तथा सडक मर्मत गर्नु परेका कारण गत पुस ५ गतेदेखि दैनिक चार घण्टा बाटो अबरुद्ध हुँदै आएको नागरिक मुग्लिङ सडक खण्डमा आजदेखि नियमित सवारी साधान आबातजावत हुने भएको हो।
मुग्लिन सडक आयोजना पश्... |
आजको मौसमः देशका पहाडी भू-भागमा वर्षा हुने, हिमाली भेगमा हिमपातकाे संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाक... |
एक महिनादेखि बेपत्ता बालिका मृत अवस्थामा फेला ताप्लेजुङ। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा झण्डै एक महिनादेखि बेपत्ता भएकी छ वर्षीय बालिका मृत अवस्थामा भेटिएकी छिन्।
स्थानीय गणेश लिम्बू कि छोरी सोनिया लिम्बू मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। सोनिया गत माघ २५ देखि बेपत्ता थिइन... |
अतिकम विकसित देशलाई ठूलो लगानीको आवश्यकता छः उपप्रधानमन्त्री श्रेष्ठ काठमाडौं। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अल्पविकसित देशलाई हरित र लचिलो उद्योग, शिक्षा, स्वास्थ्य, विज्ञान र प्रविधि र कृषिमा ठूलो लगानीको आवश्यकता रहेको बताएका छन्।
कतारको दोहामा सुरु भएको अतिकम विकसित मुल... |
माधव नेपालका भाइले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान काठमाडौं। नेकपा एसका अध्यक्ष माधव नेपालका भाइ इन्जिनियर सरोजकुमार नेपालले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान गरेको छ।
काठमाडौंको शंखमुलस्थित रेस्टुरेन्टको छतमा रहेको टेबुलमा चढेर हाम्फालेको देखिएपछि नेपालले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक निष्कर्... |
माइतीघर मण्डलामा मनाइयो फगुवा उत्सव काठमाडौं। विभिन्न मुद्दा र माग लिएर दिनहुँ भिडभाड भइरहने माइतीघर मण्डला परिसरमा आज फरक दृश्य देखियो। उखु किसानदेखि विभिन्न समुदायका पहिचान, लोकतन्त्र, नागरिक खबरदारीका कैयन विषयमा दैनिकजसो सङ्घर्षका कार्यक्रम भइरहने माइतीघरमा ‘फगुवा उत्सव २०२३’ को माहोलले सबैको ध्यान त्यसतर्फ खिचेको ... |
आहारा नपाउँदा रूखका बोक्रा खाँदै छाडा चौपाया कैलाली । सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा छाडा चौपाया व्यवस्थापन चुनौतिपूर्ण बन्दै गएको छ । आहारा अभाव हुँदा छाडा चौपाया रुखका बोक्रा खाएर बाँचेका छन् ।
छाडा छोडिएका चौपाया व्यवस्थापनका लागि दुवै जिल्लाका स्थानीय तहले लाखौँ रुपैयाँ खर्च गरेका छन् । खर्च गर्ने क्रम बर... |
कैलालीमा स्कुल बसले ठक्कर दिँदा बृद्धाको मृत्यु कैलाली । कैलालीमा ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।
गोदावरी नगरपालिका–६ खैरानामा माउन्ट सैपाल स्कुलको से १ क ४४१ नम्बरको बसको ठक्कर दिदाँ ६५ वर्षीय बाटुबट्टे आलेमगरको मृत्यु भएको हो ।
शैक्षिक भ्रमणका लागि हिडेको बसले पूर्वपश्चिम राजमार्गमा पैदलयात्री आलेमगरलाइ ठक्कर दि... |
ग्रास रुट अभियानमा सहभागी हुन जाँदै गर्दा एमाले नेताकाे दुर्घटनामा परी मृत्यु प्युठान । नेकपा एमालद्धारा सञ्चालिनत ग्रास रुट अभियानमा भाग लिन जाँदै गर्दा प्युठानमा एकजनाको दुर्घटनाबाट मृत्यु भएको छ ।
माण्डवि गाउँपालिका – ५ आपचौरमा जेसिबि र मोटरसाइकल ठोक्किएर दुर्घटना हुदाँ गोपाल थापाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार ... |
कञ्चनपुरमा दुर्लभ प्रजातिको सर्प भेटियो कञ्चनपुर । बेलौरी नगपालिका–७ मा दुर्लभ प्रजातिको सेतो सर्प फेला परेको छ । सबडिभिजन वन कार्यालय कुण्डाका प्रमुख दिनेश यादवका अनुसार ‘ननभेनोमोअस वल्फ’ नामक सर्प फेला परेको हो ।
दुर्लभ प्रजातिको करेत जस्तै देखिने सर्प पहिलो पटक देखिएको यादवले बताए । “मैले वन क्षेत्रमा काम गरेको २५ व... |
अस्मिताको संघर्षः जीवन धान्न बालुवा बोक्नेदेखि ‘कटन क्यान्डी’ मेसिन चलाउनेसम्म बागलुङ । सैतीस वर्षीया अस्मिता आजभोलि हरेक बिहान बागलुङ कालिका मन्दिरको प्रवेशद्धार अगाडि ‘कटन क्यान्डी’ बेच्दै गरेको भेटिन्छिन् । अस्मिताको जीवनमा उमेरको मात्र सङ्ख्या बढेको छैन, सहज जीवनयापनका लागि गरेका संघर्षको चाङ पनि थपिँदो छ । विसं २०... |
व्यवसाय प्रवर्द्धनबाट आर्थिक प्रगति गर्दै तुलबहादुर काठमाडौँ। प्राकृतिक सौन्दर्यले सजिएको स्थानमा खहरेबाट बग्दै गरेको मनमोहक झरना।
डाँडाको बीचबाट कलकलाउँदै झरेको पानी सङ्कलित पोखरी। पोखरीमा पौडिएका माछाहरू हेर्दा जो-कोहीलाई पनि आकर्षित पार्ने दृश्य हो सिन्धुपाल्चोकस्थित हाबुङ्ग-२ मा स्थापना गरिएको ट्राउट भिलेज रिसोर्ट ... |
आजको मौसमः कोशी र गण्डकीका पहाडी भू-भागमा वर्षाकाे संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका थोरै ... |
बैंक तथा वित्तीय संस्थाविरुद्धका गतिविधि रोक्न गृह मन्त्रालयको निर्देशन काठमाडौं। गृहमन्त्रालयले बैंक तथा वित्तीय संस्थाविरुद्ध हुने गैरकानूनी गतिविधि रोक्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।
गृहसचिव विनोदप्रकाश सिंहले कतिपय ठाउँमा वित्तीय संस्थाका प्रतिनिधिलाई कालोमोसोसमेत दलेका घटना सार्वजनिक भएकाले यस्ता अ... |
बर्दिबासमा दिनदहाडै चोरी हुन थालेपछी व्यवसायीहरु असुरक्षित महोत्तरी । महोत्तरीको बर्दिबास सहरमा दिनदहाडै चोरी हुन थालेपछी व्यापारीहरुले असुरक्षित महसुस गर्न थालेका छन् ।
मंगलबार प्रदिप सेन्चुरीको सुनचाँदी पसलबाट सुन चोरी गर्ने ब्यक्तीलाइ प्रहरीले समेत पक्राउ गर्न नसक्नुले असुरक्षित महसुस भएको व्यापारीले बताए ।
यसैबीच ... |
ग्रिनसिटी हस्पिटलमा ३० किलोको ट्युमरको शल्यक्रिया, उपचार निशुल्क काठमाडौं। बसुुन्धरास्थित ग्रीनसिटी हस्पिटलमा एक महिलाको पेटमा रहेको ३० किलोभन्दा बढीको ट्युमरको शल्यक्रिया गरिएको छ।
४९ बर्षकी रिता शेर्पाको पेटमा रहेको ३० किलो बढी ट्युमरको शल्यक्रिया गरिएको हो। आर्थिक अवस्था कमजोर रहेपछि बेलैमा उपचार गर्न नसक्दा रिताको ... |
छोरीबाट पीडित ८१ वर्षीय सर्वजीत सिंहले गुहारे मानवअधिकार आयोग काठमाडौं । काठमाडौं महानगरपालिका ४ धुम्बाराही बस्ने ८१ वर्षीय सर्वजीत सिंह तामाङले आफ्नै कान्छी छोरीबाट आफू अन्यायमा परेको भन्दै राष्ट्रिय मानवअधिकार आयोग गुहारेका छन् ।
आफ्नो आर्जनले किनेर छोरीका नाममा राखेको घरजग्गा आफूलाई थाहै नदिई बेचिदिएर आफू घर न घाटको... |
बाँकेमा होली पर्व लक्षित सुरक्षा योजना नेपालगञ्ज। प्रहरीले नजिकिँदै गरेको होली पर्वलाई लक्षित गरेर बाँकेमा सुरक्षा व्यवस्था कडा पारेको छ। पर्वमा कुनै आपराधिक घटना हुन नदिन ‘हाइवे चेकिङ’, एम्बुस चेकिङ, डग स्निफिङ, सरप्राइज चेकिङ, मोबाइल गस्ती, पैदल गस्ती, सिसीटिभी निगरानी, स्कटिङ, काउन्टर पार्टस्, क्विक रेस्पोन्स टिम र ... |
धराप बन्दै जाजरकोटका सडक जाजरकोट। पश्चिम जाजरकोटमा जताततै सडक निर्माण गरिए पनि यातायातका साधन गुड्न भने मुस्किल हुँदै आएको छ। हिउँदयाममा समेत यहाँका सडकमा यातायातका साधन सञ्चालन गर्न विद्युतीय धरापझैँ हुँदै आएका छन्।
भेरी करिडोरसँग जोडिएको छेडा–कचाली सडकबाट मोर्क हुँदै जुनिचाँदे र कुशेसम्मका सडक विद्युतीय धरापजस्तै असह... |
जडिबुटीको निकासी पैठारीलाई व्यवस्थित गर्न सरकारले नीतिगत निर्णय गर्दै (भिडियो) काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जडिबुटीको निकासी पैठारीलाई व्यवस्थित गर्न सरकारले नीतिगत निर्णय गर्ने बताएका छन् । महर्षि वैदिक फाउण्डेसन र नेपाल आयुर्वेद चिकित्सक संघले शुक्रबार काठमाडौँमा आयोजना गरेको अन्तर्राष्ट्रिय आयुर... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.