content
stringlengths
20
64.1k
सामाखुसीमा खोलाले बगाउँदा १३ वर्षीय बालक बेपत्ता काठमाडौँ । काठमाडौँको सामाखुसीमा खोलाले बगाउँदा आज १३ वर्षीय साजन मगर बेपत्ता भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीका अनुसार पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा अध्ययनरत निज बालक आज फुटसल खेल्न जाँदै गर्...
महाकाली सिँचाइको नहरमा एक जनाको शव भेटियो कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकीस्थित महाकाली सिँचाइको नहरमा एक शव भेटिएको छ। नहरमा बग्दै गरेको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। शव पहिचान गर्न तथा घटनाबारे अनुसन्धान गर्न प्रहरी निरीक्षक भरतराज गिरीको नेतृत्वमा टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्...
कालीकोटको सरुवा रोग अस्पताल नसार्न अदालतमा रिट मान्म । कालीकोटको सरुवा रोग अस्पताल अन्यत्र नसार्न माग गर्दै आज उच्च अदालत सुर्खेतमा रिट निवेदन दर्ता भएको छ । कालीकोट खाँडाचक्र नगरपालिका–८ निवासी विद्यार्थी हिक्मतबहादुर मल्लले जुम्ला पुगेर रिट दर्ता गरेका हुन् । कालीकोटमा स्थापना भई दरबन्दीसहित सञ्चालनमा आएको उक्त अस्पत...
म्याग्दीका ग्रामीण बस्तीलाई सहरसँग जोड्न १३ पक्की पुल निर्माण गलेश्वर। म्याग्दीका विभिन्न स्थानमा १३ पक्की पुल निर्माण भएका छन्। जिल्लाका ग्रामीण बस्तीलाई सहरसँग जोड्ने गरी सडकको पहुँच पुर्‍याउने उद्देश्यले गण्डकी प्रदेश र संघ सरकारको लगानीमा १३ पक्की पुल निर्माण भएका हुन्। प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास ...
सामुदायिक वनका पदाधिकारी नै वन फडानीमा संलग्न सुदूरपश्चिम। कैलालीको चुरे पहाडसँग जोडिएको गोदावरी नगरपालिका–१२ मा रहेको रातोपानी सामुदायिक वनमा पछिल्लो समयमा फडानी गरिएको छ। सामुदायिक वनका अध्यक्ष कैलाश विकसहितका पदाधिकारी, केही वनका कर्मचारीको मिलेमतोमा वन फडानी भएको आरोप स्थानीयवासीले लगाएका छन्। फडानीमा संलग्न भएको आ...
कार्यालय सार्नेबारे गरिएको दुष्प्रचारप्रति गोलबजार नगरपालिकाको आपत्ति सिरहा।  सिरहाको गोलबजार नगरपालिकाले आफ्नो कार्यालय सार्न लागेको भनेर गरिएको दुष्प्रचारप्रति आपत्ति जनाएको छ। पछिल्लो केही दिनयता नगरपालिका, जनप्रतिनिधि र कर्मचारीकाबारे गरिएका भ्रामक र चरित्र हत्या हुने सम्प्रेषण भएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाक...
दुई सातादेखि मुगुमा विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित मुगु। मुगुमा करिब दुई सातादेखि विद्युत् सेवा अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ। विद्युत् सेवा अवरुद्ध भएपछि जिल्लाको एकमात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाको पाँच हजार घरधुरीका २६ हजार परिवार साथै यहाँ रहेका सरकारी तथा गैरसरकारी संघसंस्था प्रभावित भएका हु...
जुम्लामा नुनको अभाव छैन, सत्र सय क्विन्टल नुन मौज्दात छ : साल्ट ट्रेडिङ कर्पाेरेशन जुम्ला। जुम्ला सदरमुकामस्थित खलंगा बजारमा रहेको साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडमा पर्याप्त मात्रमा नुन रहेको छ। यहाँस्थित डिपोमा अहिले एक हजार सात सय २१ क्विन्टल नुन मौज्दात रहेको कार्यालय प्रमुख खगेन्द्र मल्लले जानकारी दिए। सदरमुकामको ...
‘लम्पी स्किन’बाट काभ्रेमा ६ सय ८१ पशु मरे काभ्रे। लम्पी स्किनका कारण काभ्रेपलाञ्चोकमा ३० हजार सात सय ४३ पशु सङ्क्रमित बनेका छन्। यो रोगबाट जिल्लामा छ सय ८१ पशुचौपाया मरेका भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । पछिल्ला महिना काभ्रेपलाञ्चोकमा लम्पी स्किन रोग प्रकोपका रूपमा फैलँदै पशुचौपायाको अवस्था भय...
आजदेखि पोखरा बसपार्क क्षेत्रको सडकमा पार्किङ निषेध पोखरा। आजदेखि पोखरा बसपार्क क्षेत्रका सडक छेउमा पार्किङ निषेध गरिने भएको छ। पोखरा महानगरपालिकाले पृथ्वी चोकदेखि सेती पुल (चाइनापुल) सम्मका सडक छेउमा पार्किङ गर्न लागेको हो। पोखरा-१६ का वडाध्यक्ष अमृत तिमिल्सिनाका अनुसार जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले पृथ्...
रु ५० लाखसम्मका योजना स्थानीय तहमा पठाइने हेटौँडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले रु ५० लाखसम्मका साना योजना स्थानीय तहमा पठाइने बताएका छन् । मकवानपुरको बकैया गाउँपालिका–५ का भूमीहीन सुकुम्वासी तथा दलितलाई जग्गाधनी प्रमाणपूर्जा वितरणका क्रममा मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले जिल्लाका न...
गुल्मीमा नागरिकताभन्दा राहदानी बनाउने बढी तम्घास। गत आर्थिक वर्ष २०७९\८० मा गुल्मीमा नागरिकता बनाउनेभन्दा राहदानी बनाउनेको सङ्ख्या बढी देखिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार गत आर्थिक वर्षमा जिल्लामा नागरिकता बनाउनेको सङ्ख्याभन्दा राहदानी बनाउनेको सङ्ख्या करिब पाँच हजारभन्दा बढी छ । गत आवमा वंशज, वैवाहिक र...
लघुवित्त पीडितद्वारा राष्ट्र बैंक घेराउ काठमाडौं । विभिन्न माग राख्दै आन्दोलनरत लघुवित्तिय संस्था विरुद्धको संघर्ष समितिले शनिबार राष्ट्र बैंक घेराउ गरेको छ । लघुवित्तिय संस्थाहरु खारेज गर्नुपर्ने लगाएतका माग राख्दै समितिले काठमाडौंको बालुवाटारस्थीत राष्ट्र बैंक घेराउ गरेका हुन् । आफुहरुलाई लघुवित्तिय संस्थाहरुले ज्याद...
बेनीमा खानेपानीको हाहाकार, म्याग्दी नदीको पानी तानेर वितरण गरिँदै म्याग्दी। म्याग्दी नदीको पानी तानेर बेनी बजारमा वितरण गर्न थालिएको छ । खडेरी, मुहान सुक्दा, पाइप फुटेको, पहिराका कारण बेनीमा खानेपानी आपूर्ति बन्द भई हाहाकार मच्चिने समस्या हटाउन विकल्पमा म्याग्दी नदीको पानी तानेर वितरण गर्ने व्यवस्था मिलाइएको हो । बेनी ...
पाइपबाट पानी ल्याएर पश्चिम रुकुमको गाउँमा घट्ट सञ्चालन रुकुम (पश्चिम)। प्रायजसो पानीघट्ट खोला वा नदी किनारामा हुने गर्छन् । बाँफीकोट गाउँपालिकाको एउटा गाउँमा भने साढे तीन किलोमिटर टाढाबाट पाइपमार्फत पानी ल्याएर गाउँमा घट्ट सञ्चालन गरिएको छ । बाँफीकोट–५ माथिल्लो काँडामा तीन किमी टाढाबाट पानी ल्याएर गाउँमा घट्ट सञ्चालन ग...
आरन पेसा बचाउन जुटेको आई.एन.एफ, जसले मुगुमा काम गरिरहेकाे छ मुगु। हिमाली जिल्ला मुगुमा सञ्चालित एक गैर सरकारी संस्था आई.एन.एफ मुगुले दलित समुदायको पहिलो पेशामा रहेको लोपोन्मुख आरन पेसा प्रवर्द्धनका लागि कार्यक्रम सुरु गरि उसलाई बचाउन लागि परेका छन् । जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउपालिका वडा नं , ६,७ लगायत दर्जनौ ...
पोखराको फेवातालबाट जलकुम्भी निकालियो पोखरा। पोखराको फेवातालमा वर्षासँगै फैलिएको जलकुम्भी झारले ताल कुरुप बनेपछि पर्यटन व्यवसायी झार हटाउन सक्रिय बनेका छन् । प्रत्येक वर्षको वर्षात्को समयमा फेवातालको सिरान पश्चिमी भागबाट पूर्वीभागतर्फ फैलिँदै आउने जलकुम्भी झार हटाउन पोखराका विभिन्न सङ्घसंस्था, सुरक्षाकर्मी र पर्यटन व्यव...
देशैभरी डेंगु संक्रमितकाे संख्या बढ्याे, सतर्कता अपनाउन मन्त्रालयकाे अनुराेध काठमाडौं। नेपालमा डेंगुका बिरामी दिनहुँ बढ्दै गएका छन्। पछिल्लो दुई हप्तामा मात्र दुई हजारभन्दा बढी जनामा डेंगु पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दुई साताअघि असार २५ गते सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार पुस यता एक ह...
लम्पी स्किन नियन्त्रणमा मिलेर काम गर्न भारत सकारात्मक काठमाडौं । नेपाली पशुमा आक्रमकरूपमा फैलिरहेको लम्पी स्किन रोग नियन्त्रणमा मिलेर सहकार्य गर्न भारत तयार देखिएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसाल र भारतीय मत्स्य, पशुपक्षी तथा डेरी मन्त्री पुरुषोत्तम रुपालाबीच भएको छलफलमा लम्की स्किन रोगको नियन्त्रण...
null
युवतीमाथि एसिड प्रहार गर्ने युवक पक्राउ काठमाडौं । युवतीलाई लक्षित गरी एसिड प्रहार गर्ने एक जना पक्राउ परेका छन् । शुक्रबार साँझ सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १४ मैकल बजार नजिक युवतीलाई लक्षित गरी एसिड प्रहार गर्न खोज्ने वीरेन्द्रनगर–१४ का १६ वर्षीय आशिष सुनारलाई पक्राउ गरिएको हो । बेलुका पाँच बजेतिर विनपा–१४ को मैक...
सुनसरी–धरान सडकखण्डमा गोली प्रहार गरी युवकको हत्या विराटनगर । सुनसरी–धरान सडकखण्डमा गोली प्रहारबाट घाइते भएका विराटनगरका एक युवकको ज्यान गएको छ। शुक्रबार बेलुका विराटनगर महानगरपालिका–५ का २८ वर्षीय रोहित चौधरीमाथि गोली प्रहार भएकोमा उनको ज्यान गएको हो। उनीमाथि धरान–इटहरी सडक खण्डको सेउती पुल नजिकै गोली प्रहार भएको थियो...
जाजरकोट-जुम्ला सुरुङमार्ग निर्माणका लागि अध्ययन सुरु जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका-८ साङटादेखि जुम्लाको तातोपानी गाउँपालिका-८ इमिल्चाघारी जोड्ने सुरुङमार्ग निर्माणका लागि अध्ययन सुरु भएको छ। पहिलो चरणको अध्ययनको जिम्मेवारी आईटेको टीएमएस रे जेभीले पाएको छ। निर्माण कम्पनी आईटेको टीएमएस रे जेभीका प्रमुख राजीव झाले पह...
जंगली च्याउ खाँदा एकै परिवारका पाँच सिकिस्त बैतडी। जंगली विषालु च्याउ खाँदा बैतडीमा पाँच जना सिकिस्त बिरामी भएका छन्। बिरामी पर्नेमा जिल्लाको सुर्नया गाउँपालिका-३ तडीगाउँमा ४८ वर्षीय टेकराज भट्ट, उनकी श्रीमती ३६ वर्षीया धैली भट्ट, छोरा दस वर्षीय भुवन, पाँच वर्षीय छोरा दशरथ र ७ वर्षीया छोरी शारदा रहेका छन्। स्थानीय जंगल...
अव्यवस्थित तार हटाउन नगरपालिकाको निर्देशन झापा। मेचीनगर नगरपालिकाले सहर तथा ग्रामीण क्षेत्रका अव्यवस्थित तार हटाउन केबुल तथा इन्टरनेट कम्पनीलाई निर्देशन दिएको छ। नगरपालिकाका प्रमुख गोपाल बुढाथोकीले केबुल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधिलाई बोलाएर बिहीबार उक्त निर्देशन दिइएको जानकारी दिए। काँकडभिट्टा, धुलाबा...
कावासोतीका किसान व्यावसायिक कागतीखेतीमा आकर्षित बर्दघाट सुस्तापूर्व। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका वडा नं १७ गोछडाटारका सागर लम्साल आजभोलि कागतीका बिरुवा रेखदेखमा व्यस्त छन्। पन्ध्र वर्षदेखिको वैदेशिक रोजगारीको यात्रालाई विट मार्दै लम्सालले गत वर्षदेखि सुनकागती लगाउन सुरु गरे। “अहिले बारीमा कागती ...
झोलुंगे पुल बनेपछि एक घन्टाको यात्रा १० मिनेटमै गलकोट। बागलुङ जिल्लाको गलकोट नगरपालिका–१ दुदिलाभाटीमा गलकोट क्षेत्रकै लामो र अग्लो झोलुंगे पुल निर्माण भएको छ। दुदिलाभाटीस्थित मध्यपहाडी लोकमार्गको काफालठुटादेखि गौदी गाउँ जोड्ने गरी मान्द्रेखोलामाथि २२७दशमलव दुई मिटर लामो झोलुंगे पुल निर्माण गरिएको हो। निर्माण कम्पनीले स...
मिटरब्याजीद्वारा सर्लाहीमा चार बिघा जमिन पीडितलाई फिर्ता सर्लाही। चर्को ब्याजदरमा लिएको रकम तिर्न नसकेपछि साहु (मिटरब्याजी) ले जबर्जस्ती हड्पेको सर्वसाधारणको करिब चार बिघा जमिन यहाँ सम्बन्धित व्यक्तिकै नाममा फिर्ता भएको छ। पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोग र सहायक प्रमुख जिल्ला अधिकारीको ...
पर्सामा नयाँ उद्योग दर्ता घट्यो, गत वर्षमा एक हजार ८९ मात्र दर्ता वीरगन्ज। पर्सामा आर्थिक वर्ष २०७९/०८० मा नयाँ उद्योग दर्तामा कमी आएको छ। घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आव २०७९/८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएको छ। जबकि आव २०७८/८९ मा एक हजार चार सय ८० उद्योग दर्ता भएको थियो। आव २०७९/८० मा नयाँ उद्योग दर्...
बाँकेकाे नरैनापुर गाँउपालिकाबाट श्रम स्वीकृति सुरु नरैनापुर। बाँकेका स्थानीय तहबाट श्रम स्वीकृति दिने प्रक्रिया सुरु भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था सुरु भएको हो। जिल्लाका स्थानीय तहमा रहेका रोजगार केन्द्रबाट उक्त सेवा सुरु भएको छ। नरैनापुर गाउँपालि...
अवैध स्वास्थ्य क्लिनिक सिल, सञ्चालक पक्राउ बैतडी।  बैतडीको सिगास गाउँपालिका–२ स्थित गाँजरीबजारमा अवैधरूपमा सञ्चालन रहेको स्वास्थ्य ‘क्लिनिक सिल’ गरिएको छ। प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नेतृत्वमा बिहीबार गरिएको छड्के अनुगमनका क्रममा गाँजरीमा रहेको जै अनिरुद्र सिगास क्लिनिक सिल गरिएको हो। प्रहरीले सो स्वास्थ्य क्लि...
दाङमा बसभित्र ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार दाङ। दाङमा ७३ वर्षीया एक वृद्ध महिलालाई बसभित्र सामूहिक बलात्कार गरेको आरोप दुई जना पक्राउ परेका छन्। तुलसीपुर-५ स्थित बसपार्कभित्र पार्किङ गरि राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र वृद्धालाई सामूहिक बलात्कार गरेको आरोप तुलसीपुर १५ का ३० वर्षीय पुष्कर रोका र सल्यानका र...
लम्पी स्किनको प्रभाव : २६ हजार पशुचौपायाको मृत्यु, ६ लाख संक्रमित महेन्द्रनगर। ‘लम्पी स्किन’ रोगको संक्रमणबाट सुदूरपश्चिम प्रदेशमा हालसम्म २५ हजार नौ सय ९१ पशुचौपाया मरेका छन्। प्रदेशका नौवटै जिल्लामा छ लाख ३४ हजार सात सय ९९ पशुचौपायामा लम्पी स्किनको सङ्क्रमण पुष्टि भएको छ। तीन वर्षदेखि छिटपुटरूपमा देखापर्दै आएको लम्पी...
डेंगु सङ्क्रमण भदौ र असोजमा उच्च हुने काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु सङ्क्रमण भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ। एक वर्षको डेंगु रोकथाम तथा नियन्त्रण कार्ययोजनामा डेंगु सङ्क्रमण असारदेखि बढ्दै गई भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरिएको इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाख...
कोशीका एघार जिल्लामा फैलियो डेङ्गु झापा। लामखुट्टेको टोकाइबाट हुने डेङ्गु सङ्क्रमण झापा, मोरङ, सुनसरीलगायत कोशी प्रदेशका ११ जिल्लामा फैलिएको छ । एडिज प्रजातिको दिउँसो टोक्ने लामखुट्टेको टोकाइबाट मानिसमा यसको सङ्क्रमण फैलिन्छ । कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका पब्लिक हेल्थ अधिकृत (डेङ्गु फोकल पर्सन) विवेचना चम...
आगामी असोज १ देखि द्रुत बस सेवा काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी असोज १ देखि भक्तपुरको सूर्यविनायकबाट रत्नपार्कसम्म द्रुत बस सञ्चालन गर्ने भएको छ । काठमाडौँ उपत्यकामा अत्यधिक सवारीसाधनको चापका कारण यात्रु सार्वजनिक यातायातमा समयमै गन्तव्य पुग्न कठिन भएपछि मन्त्रालयले द्रुत बस सेवा सञ्चालनको व्यव...
बाँकेमा गड्यौलाबाट मलको उत्पादन गरिँदै नेपालगञ्ज। बाँकेमा परीक्षणका रुपमा गड्यौलाबाट मलको उत्पादन गर्न गर्न थालिएको छ। रासायनिक मल समयमा नपाउने, पर्याप्त नपाइने र पाए पनि त्यसले माटोको उत्पादकत्व क्षमतामा प्रतिकुल प्रभाव पारेको भन्दै किसान गड्यौला मलप्रति आकर्षित भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। कृषि ज्ञान केन्द्रका...
स्थानीय जातका भैँसीको दूध ‘ब्रान्डिङ’ गर्ने गलकोटका किसानको तयारी बागलुङ। गलकोट नगरपालिका–९ का किसानले स्थानीय जातका भैँसीबाट उत्पादित दूधको आफ्नै ब्रान्ड बनाउने तयारी गरेका छन् । रिस्मी गाउँभरीका किसानले पालेका स्थानीय लिमे र पाराकोटे जातका भैँसीको दूध संकलन केन्द्र बनाएर ब्रान्ड गर्ने तयारी गरेका हुन् । छुट्टै संकलन ...
खोटाङमा किबी र लिचीको उत्पादन बढ्यो खोटाङ। अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७९/२०८० मा खोटाङमा किबी र लिचीको उत्पादन बृद्धि भएको छ। दश स्थानीय तह रहेको जिल्लामा यसवर्ष किबी ३.१५ मेट्रिक टन र लिची पाँच मेट्रिक टनले उत्पादन बढेको हो। जिल्लामा ४० हेक्टर क्षेत्रफलमा किबी खेती गरिए पनि ३७ हेक्टर क्षेत्रफलमा लगाइएको किबी...
बाँकेमा बढ्दैछन् क्यान्सरका रोगी जानकी। “मैले मेरो जेठानीलाई क्षयरोगले दिएको पीडा देखेपछि पाठेघरको क्यान्सरविरुद्धको खोप लगाएकी हुँ।” यो भनाइ हो, नेपालगञ्ज उपमहानगरपालिका–१० पासाङल्हामु मार्गकी कुसु दुगडको। क्षयरोग लागेकी जेठानीलाई पीडामा छटपटिएको देखेर क्यान्सर लाग्यो भने त आफूलाई योभन्दा बढी पीडा दिन्छ भन्ने डरले आफू...
डेङ्गुबाट चितवनमा दुई हजार सङ्क्रमित चितवन। चितवनमा डेङ्गुबाट दुई हजार तीन सय छ जना सङ्क्रमित भएका छन्। आर्थिक वर्ष २०७९/८० मा जिल्लामा डेङ्गुबाट चार जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार गत आवमा जिल्लाका विभिन्न अस्पतालमा १४ हजार ७२८ जनाको परीक्षण गरिएकामा तीन हजार तीन सय २४ ...
ठगी गरेको आरोपमा भारतीय नागरिक पक्राउ पर्सा । वीरगन्ज महानगरपालिकाबाट वितरण हुने छात्रवृति दिलाइ दिने भन्दै ठगी गरेको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन् । मोदी इन्स्टिच्यृट एन्ड ट्रे्निङ सेन्टरका सञ्चालक राहुलकुमार मोदीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको वीरगन्ज महानगरपालिकाले जनाएको छ । नगर प्रमु...
हत्या आरोपमा १४ वर्ष कैद सजाय तोकिएका शेरचन पक्राउ काठमाडौं । व्यक्ति हत्यामा १४ वर्ष कैद सजाय तोकिएर फरार एक व्यक्तिलाई पक्राउ गरी प्रहरीले आज अदालतमा पेस गरेको छ । विसं २०६६ मा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका मुस्ताङको थसाङ घर भई काठमाडौंको जोरपाटी बस्ने सम्राट शेरचनलाई काठमाडौंको गोकर्णेश्वरस्थित अत्तरखेलबाट पक...
भूजीखोलामाथि बुर्तिबाङ बसपार्क ! बागलुङ। साँघुरो बजार, नमिलेको भूगोल । छेउमै उर्लिएको भूजीखोला । त्यही भूजीखोलामाथि बन्दै छ बुर्तिबाङ बसपार्क । बन्दै गरेको बसपार्क देख्ने कसैले पनि भन्दैनन्, कि यो ठाउँ सुरक्षित। तर नयाँ सहर आयोजना कार्यालय बुर्तिबाङले यहाँ बसपार्क निर्माण जारी राखेको छ। ढोरपाटन नगरपालिका–२ खप्तरीबाङ बु...
सदरमुकाममा चामल, गाउँका डिपो रित्तै जाजरकोट। कर्णाली प्रदेशभित्रका जिल्ला सदरमुकाममा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका डिपोमा चामल भए पनि गाउँका डिपो, बिक्री केन्द्र रित्तै भएका छन्। गाउँमा रहेका डिपो तथा बिक्री केन्द्रमा कर्मचारी नभएका कारण ठेकेदारले आफैँ ढुवानी गरेर चामल बिक्री गरिरहेका छन्। सदरमुकाममा डिपोमा मात्र...
पूर्वीनाका काँकडभिट्टाबाट बढ्यो कृषिजन्य वस्तुको निर्यात झापा। पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तु अलैँची, चिया, अदुवा र अम्रिसोको निर्यात बढेको छ। मेची भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार आर्थिक वर्ष २०७९/८० मा रु आठ अर्ब २४ करोड १५ लाख १३ हजार मूल्य बराबरको ९९ लाख ३१ हजार ५०४ केजी अलै...
कालीपुल बसपार्कमा निर्मित टर्मिनल भवन सञ्चालन बेनी। म्याग्दी सदरमुकाम बेनी बजारस्थित कालीपुल बसपार्कमा निर्माण भएको टर्मिनल भवन सञ्चालनमा आएको छ। बसपार्क सञ्चालन भएको १६ वर्षपछि निर्माण भएको टर्मिनल भवन आज बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गरेका हुन्। बागलुङस्थित सघन सहरी तथा भवन निर्माण आयोजनाले निर्माण गरेक...
नेपालगञ्जबाट जुम्लामा तीन सय २० क्विन्टल नुन ढुवानी जानकी। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगञ्जमा गत आर्थिक वर्षको ०७९/८० असार मसान्तसम्म दुई हजार सात सय ८६ क्विन्टल नुन मौज्दात रहेको छ। प्रदेश कार्यालय प्रमुख महेश चौधरीले कर्णाली प्रदेश, पूर्वी रुकुम, पश्चिम रुकुम र रोल्पामा असार मसान्तसम्म छ हजार...
चितवनमा ३९ जनाले लिए अंगीकृत नागरिकता चितवन। जिल्ला प्रशासन कार्यालय चितवनबाट ३९ जनाले अंगीकृत नागरिकता लिएका छन् । गत आर्थिक वर्षमा वैवाहिक अंगीकृत ३५ जना र अंगीकृत चार जनाले नागरिकता लिएका हुन्। कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेका अनुसार सोही समयमा १३ हजार आठ सय ३५ जनाले वंशका आधारमा नागरिकता लिएका छन्। यस्त...
हतुवागढीमा पदमार्ग निर्माण गरिँदै भोजपुर। भोजपुरको हतुवागढी गाउँपालिकाले जोर आहाल, शङ्खामचुली र दिमालुङमा पदमार्ग निर्माण गरिँदै छ। प्राकृतिकरुपमा मनोरम ऐतिहासिक हतुवा क्षेत्रलाई समेटेर पदमार्ग निर्माण गर्न लागिएको हो। रु एक करोड ३४ लाख लागतमा पदमार्ग निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ। यसलाई मुख्य पर्यटन क्षेत्रको ...
कैलालीका भन्सारमा लक्ष्यअनुसार राजस्व उठेन टीकापुर। कैलालीका भन्सार कार्यालयमा गत आर्थिक वर्ष २०७९/८० मा लक्ष्यअनुसारको राजस्व संकलन हुन सकेको छैन। दुई भन्सार कार्यालय रहेको कैलालीमा भन्सार विभागले तोकेको लक्ष्यभन्दा कम राजस्व उठेको छ। कैलाली भन्सार कार्यालयलाई गत आव २०७९/८० मा भन्सार विभागले रु १२ अर्ब ३० करोड ६६ लाख ...
लम्पी स्किनको औषधि र खोप वडा वडामा बलेवा। बागलुङका सबै स्थानीय तहका वडा वडामा पशु चौपायालाई लम्पी स्किन रोगबाट बचाउन औषधि र खोप पठाएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र्रले औषधि र खोप पठाएको हो। दुई हजार नौ सय पशु बिरामी भएकोले पालिका तहका प्राविधिकमार्फत खोप र औषधि पठाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा ...
महाकालीमा पानीको बहाव बढ्यो, बनबासा पुलमा चार पांग्रे सवारी साधन सञ्चालनमा रोक कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजको पुलमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।  पानीको बहाव बढेपछि मंगलबार बिहान ११ बजेदेखि चार पांग्रे सवारी साधन आवागमनमा रोक लगाइएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ...
भारतमा १६ वर्षीया नेपाली किशोरी बेपत्ता धनगढी । कैलालीकी एक किशोरी भारतमा बेपत्ता भएकी छन् । जिल्लाको लम्कीचुहा नगरपालिकाको व्यवस्थित नगरकी १६ वर्षीया मेनुका खनाल भारतको मुम्बईबाट बेपत्ता भएकी हुन् । उनी भारतको मुम्बईस्थित कान्दिवली पटेल नगरबाट असार ३० गते साँझदेखि बेपत्ता भएको परिवारले जनाएको छ । उनलाई फेला पार्नेले न...
फोहोरका गाडीबाट शुल्क नलिन ककनी गाउँपालिकालाई सर्वोच्चको आदेश काठमाडौं । काठमाडौंबाट फोहोर बोकेर गएका गाडीसँग प्रवेश शुल्क लिने नुवाकोटको ककनी गाउँपालिकाको निर्णय कार्यान्वनय नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको छ। गाउँपालिकाले आफ्नो आर्थिक ऐनमार्फत साउन १ गतदेखि फोहोर बोक्ने ठूला गाडीसँग १५ सय र सानासँग एक हजार लिने नि...
तस्करीको सुन बिक्रीमा संलग्न पाँच जनालाई थुना पठाउने आदेश काठमाडौं । काठमाडौँ जिल्ला अदालतले ‘भेप’को प्याकेटमा तस्करी गरी ल्याइएको सुन चोरी गरी बिक्री वितरणमा संलग्न रहेकामध्ये पाँच जनालाई थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश दीपक ढकालको इजलासले उक्त प्रकरणमा पक्राउ परी हाल हिरासतमा रहेका सुन चोरी र बिक्री वितरणमा सं...
रानी जमरा कुलरीया सिँचाइ आयोजनामा डुबेर एक युवकको मृत्यु टीकापुर । कैलालीको रानी जमरा कुलरीया सिँचाइ आयोजनामा डुवेर एक युवकको ज्यान गएको छ। लम्कीचुहा–६ तिलखा निवासी धर्म विष्टका छोरा १७ वर्षीय योगेश विष्टको आज दिउँसो साढे २ बजे रानी जमरा कुलरीयामा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ। उनको शव नदीमा डुबेको तीन घण्टापछि फे...
बसेकै कुर्सीमा एक कर्मचारी मृत फेला बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिकाका कृषि शाखा प्रमुख मृत अवस्थामा फेला परेका छन्। ४८ वर्षीय जयलाल दानी आफ्नै क्वाटर अगाडी कुर्चीमा बसेको अवस्थामा मृत फेला परेको नगरपालिकाले जनाएको छ। उनी क्वाटर अगाडी कुर्सीमा बसी रहेको अवस्थामा मृत भेटिएको इलाका प्रहरी चौकी कोल्टिले जनाएको छ। बुढ...
सेवा ठप्प पारेर सिम्रौनगढ नगर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरू आन्दोलित बारा। सिम्रौनगढ नगर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरू आन्दोलित हुँदा  सोमबारदेखि स्वास्थ्य सेवा ठप्प भएको छ। अस्पतालमा  कार्यरत करार र ज्यालादारीमा भर्ना गरिएका स्वास्थ्यकर्मी र कर्मचारीहरुले तलबसहित विभिन्न माग राखेर नगर अस्पतालको मुख्य...
आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना ढोरपाटन। बागलुङ नगरपालिकाले आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गरेको छ। केन्द्रमा एम्बुलेन्सका साथै दमकल, शववाहन, डोजर, ब्याक लोडर, उद्धार तथा राहतका लागि आवश्यक सामग्रीका साथै ‘फायर सिलिन्डर’लगायत सामग्री तयारी अवस्थामा राखेको छ। नगरभित्र सडक पुगेका सबै बस्तीमा पुगेर बिरामी...
खुदोले चिनिएको गाउँ ढोडबेँसी र मालेपाटन पोखरा। पोखरा–३२ मालेपाटन निवासी ७५ वर्षीय लालकान्त अधिकारीले उखु खेती गर्न थालेको ५० वर्ष पुगिसक्यो, बाबुबाजेका पालादेखि अँगाल्दै आएको उखु खेती उमेरले नेटो काटिसक्दा पनि उनले छाड्न सकेका छैनन्। ‘चार छोरा, बुहारी र नातिनातिनी छन् तर उनीहरु उखु खेती गर्दैनन्, उखु खेती गर्न दुःख छ, ...
अब कुकुर पाल्न दर्ता अनिवार्य बाग्लुङ। बागलुङ नगरपालिकाले छाडा कुकुर, सामुदायिक कुकुर र घरपालुवा कुकुरको व्यवस्थापनका लागि कुकुर दर्ता गर्ने काम थालेको छ। नगरपालिकाले चालु आर्थिक वर्षदेखि घरपालुवा कुकुरको अनिवार्य दर्ता गर्नुपर्ने नीति लिएको हो। नगरपालिकाले कुकुर दर्तासँगै रेबिज विरुद्धको खोप प्रदान गर्ने, छाडा कुकुर न...
रुकुम पश्चिममा पहिलो ब्लड बैंक सञ्चालनमा रुकुम। रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा पहिलो पटक ब्लड बैंक सञ्चालनमा आएको छ। नेपाल रेडक्रस सोसाइटी चौरजहारी शाखाको पहल र चौरजहारी नगरपालिकाको लगानीमा वडा नं १ मा ब्लड बैंक सञ्चालनमा आएको हो। दुई वर्ष अघि ब्लड बैंक स्थापनाको तयारी भए पनि बीचमा यो काम अलपत्र परेको थियो। अलपत्र...
कसले रोक्यो जहाज दुर्घटना रोक्ने कानुन? काठमाडौं। नेपालमा हुने हवाइ दुर्घटना न्यूनिकरण गर्नका लागि हवाइ सेवा सम्बन्धी सेवा प्रदान गर्ने निकाय छुट्टै र हवाइ सेवालाई नियमन गर्ने निकाय पनि छुट्टै बनाउने गरी तयार गरिएका दुई विधेयक पारित हुन सकेनन्। २०७६ को फागुनमै राष्ट्रिय सभामा दर्ता गरिएका र राष्ट्रिय सभाबाट पारित सकेत ...
इलामकाे महाभीर चट्टान बन्याे पूर्वकाे पहिलाे आरोहण रुट (फाेटाेफिचर) इलाम।  इलाम नगरपालिका वडा नं ८ मा रहेको महाभीर चट्टानमा आरोहणको रुट तयार भएको छ। विश्व कीर्तिमानी सगरमाथा आरोही तथा इलाम नगरपालिकाकोे पर्यटन सदभाबना दूत कल्पना महर्जनको संयोजकत्वमा याे रुट तयार भएकाे हाे। साे रुट तयार पारी आरोही महर्जन काठमाडौं फर्किसक...
अबिरल वर्षाका कारण कल्भर्ट भत्किँदा आवागमन ठप्प कञ्चनपुर।  लामो समयदेखि मर्मतसम्भार नगरिँदा शुक्लाफाँटा नगरपालिका–१० स्थित बञ्जरिया (लापनिया) खोलामा निर्माण गरिएको कल्भर्ट (पुल) भत्किएको छ। दुई दिनदेखिको अबिरल वर्षाको पानीले कल्भर्टको पूर्वतर्फको भाग भत्काएको हो। एसियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा निर्माण गरिएको क...
ललिता निवास प्रकरण : भोलि पनि सुनुवाइ हुने काठमाडौं । ललिता निवास प्रकरण बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि भोलि पनि सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा आज बहस हुँदाहुँदै समय सकिएपछि उक्त विवादमा भोलि सुनुवाइ हुने भएको हो । उक्त प्रकरणमा कीर्ते गर...
लुतो फाली मनाइयो साउने (कर्कट) सङ्क्रान्ति काठमाडौं । असार महिनामा धान रोप्दा लागेको हिलो पखाली छाला रोग नलागोस् भन्ने कामनाले आज साँझ घर घरमा लुतो फाली साउने सङ्क्रान्ति पर्व मनाइएको छ । नेपालीले परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर...
अध्यक्षमाथि हातपात गरेको आरोपमा गाउँपालिका उपाध्यक्ष प्रहरी नियन्त्रणमा जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढामाथि कार्यकक्षमै हातपात गरेको आरोपमा उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उपाध्यक्ष भण्डारी पालिकादेखि जिल्ला प्रहरी कार्यालयमा आफैँ पुगेकी थिइन् । उपाध्य...
प्रधानमन्त्रीको फोटो दुरुपयोग गरी सामाजिक सञ्जालमा राख्ने पक्राउ काठमाडौं । नेपाल प्रहरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फोटो दुरुपयोग गरेर भारतीय आधार कार्ड, आयकर कार्डलगायत बनाउने एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोको टोलीले प्रधानमन्त्रीको फोटो ‘सम्पादन’ गरी सामाजिक सञ्जालमा राख्ने रुपन्...
सप्तकोशी किनारमा तीन युवतीमाथि कुटपिट, एक जना पक्राउ विराटनगर । सुनसरीको बराहक्षेत्रस्थित सप्तकोशी नदी किनारमा तीनजना युवतीमाथि भएको निर्घात कुटपिट भएको छ । प्रेमीको कुरा काटेको निहुँमा पाँच जना युवतीको समूहले तीन जना युवतीमाथि निर्घात कुटपिट गरेका हुन् । कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले बराह क्षेत्र नगरपालिका–९ कि...
राप्रपाको मैतीदेवी-पशुपतिनाथ धार्मिक पदयात्रा (फोटोफिचर) काठमाडौं । राप्रपानिकट नेपाल सनातन धर्म संस्कृति संगठनले सोमबार मैतीदेवी–पशुपतिनाथ धार्मिक पदयात्रा गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपाका नेताहरू, धार्मिक क्षेत्रका अगुवाहरू, सामाजिक जीवनका विशिष्ट व्यक्तिहरु, समान विचार भएका व्यक्ति, ...
एक्काइस वर्षपछि रेल चढ्न पाउँदा… महोत्तरी। महोत्तरीको भंगाहा-४ पलारकी सियानकीदेवी बाँतरको रेल चढ्ने रहर पूरा भएको छ। सोमबार बिहानै भंगाहा-५ स्थित रेलस्टेसनबाट उनी रेल चढिन्। “हमरा सैद्खन रेल चलके इञ्तिजार छल, आव पूरा भेल (मलाई सधैं रेल कहिले चल्ला भन्ने पखाई थियो, अब पूरा भयो)”, भंगाहा स्टेसनबाट रेल जनकपुरतर्फ गुडेपछि ...
झापा र दाङबाट बलात्कार आराेपमा दुईजना पक्राउ काठमाडाैं। झापा र दाङबाट बलात्कार आराेपमा दुईजना पक्राउ परेका छन्। १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा अर्जुनधारा नगरपालिका-१ बस्ने ५९ वर्षीय नरेश रसाईलीलाई प्रहरीले पक्राउ गरेको छ। रसाईलीले ती बालिकालाई बुवाआमा धान रोप्न खेतमा गएको अवस्थामा फकाई आफ्नै घरक...
देवघाटधाममा स्नान गर्नेको भीड भरतपुर। पवित्र धार्मिक एवं तीर्थस्थल देवघाटमा स्नान गर्ने भक्तजनको भीड लागेको छ।आज साउनको पहिलो दिन सोमबार परेकाले पनि बिहानैदेखि भक्तजनको भीड लागेको हो। कालीगण्डकी र त्रिशूली नदीको संगमस्थल देवघाटमा हरेक वर्षको साउने सङ्क्रान्तिमा बोलबम मेला लाग्ने गर्छ। भोलिदेखि मलमास सुरु हुने भएका कारण...
युवाको व्यावसायिक पशुपालनमा आकर्षण बाँके। बाँकेका शशीराम डाँगी बिहानै ६ बजे दूध लिन आउने गाडीको प्रतिक्षामा बस्छन्। उनले तयार पारेकाे ३५ लिटर दूधको भाँडो उठाएर गाडीले लैजान्छ। बिहान दूध लैजान आउने गाडीले बेलुका पनि उहाँको घर छेउमा आएर हर्न बजाउँछ। अनि शशीरामले तयार पारी राखेको २५ लिटर जति दूधको भाँडो बिहान जसरी नै उठाए...
वीरमा आज देखि बिहान ८ बजेदेखि नै ओपीडी सञ्चालन हुने काठमाडौं। वीर अस्पतालमा साउन १ गतेदेखि ओपीडी सेवा बिहान ८ देखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने भएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले असार २२ गते गरेको निर्णय अनुसार वीर अस्पतालमा बिहान ८ बजेदेखि ओपीडी सेवा सञ्चालन गर्ने कार्यक्रम आज देखी कार्यान्वयन...
बैतडीका आधाभन्दा बढी मुहानको पानी पिउन अयोग्य बैतडी । बैतडीका आधाभन्दा बढी मुहानको पानी पिउन अयोग्य पाइएको छ । स्वास्थ्य कार्यालयले मुहानको पानी परीक्षण गर्दा आधाभन्दा बढी मुहानको पानी पिउन अयोग्य पाइएको हो । यहाँका खानेपानीका मुहानको पानी परीक्षण गर्दा ५० दशमलव आठ प्रतिशत मुहानको पानीमा दिसामा हुने ‘कोलिफर्म’ कीटाणु भ...
लागु औषधसम्बन्धी मुद्दा चार वर्षयताकै बढी कञ्चनपुर । कञ्चनपुरमा लागु औषधसम्बन्धी मुद्दा चारवर्ष यताकै बढी रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक वर्ष २०७९/८० को वार्षिक गतिविधि सार्वजनिक गरेको हो । प्रहरीले सार्वजनिक गरेको विवरणमा सबैभन्दा बढी लागु औषधसम्बन्धी १५४ मुद्...
वृहत दाङ उपत्यका सिँचाइ आयोजनाले दियो पूर्वाधार निर्माणका कामलाई तीव्रता दाङ। दाङको खेतीयोग्य जमिनमा सिँचाइ पुर्‍याउने उद्देश्यले सञ्चालनमा आएको ‘वृहत दाङ उपत्यका सिँचाइ आयोजना’ले पूर्वाधार निर्माणका कामलाई तीव्रता दिएको छ । विसं २०७३ देखि सञ्चालनमा आएको उक्त आयोजनाले अहिले सिँचाइका पूर्वाधार निर्माणलाई अघि बढाएको हो ।...
कर्णालीका घरघरमा प्रहरीको स्टिकर सुर्खेत । कर्णाली प्रदेशका घरघरमा स्टिकर टाँस्ने अभियान सुरु भएको छ । सुरक्षित कर्णाली अभियानअन्तर्गत कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतले आजदेखि प्रदेशका सबै जिल्लाका घरका मूलढोकामा प्रहरीको मोबाइल नम्बर रहेको स्टिकर टाँसेको हो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काल...
ललिता निवास प्रकरण : पक्राउ परेका १७ जनालाई थप ५ दिन थुनामा राख्न अनुमति काठमाडौं । बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास हिनामिना प्रकरणमा पक्राउ परेका १७ जनालाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइएको छ । जिल्ला अदालत काठमाडौंले उनीहरुलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन आद...
पर्सामा तीन ठाउँको सार्वजनिक जग्गा भू-माफियाको कब्जामाः जफर अन्सारी काठमाडौं। राष्ट्रिय सम्पदा संरक्षण अभियानका संयोजक जफर अन्सारीले पर्साको विभिन्न ठाउँमा भू–माफियाहरुले सरकारी जग्गा कब्जा गरेको आरोप लगाएका छन् । आज (आईतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले प्रमोद विक्रम साह, इन्दुमती देवी केडिया र ह...
बैतडीमा ८७ करोड बजेट खर्च हुन सकेन बैतडी। जिल्लाका स्थानीय तहले चालू आर्थिक वर्षमा रु ८७ करोडभन्दा बढी बजेट खर्च हुन नसकेको पाइएको छ। जिल्लाका १० वटै स्थानीय तहले चालु र पुँजीगत दुवै गरेर रु ८७ करोड २३ लाख १४ हजार बजेट खर्च हुुन नसकेको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख मदन मगरातीले बताए। यहाँका सबै स्थानीय तहमा ...
कनकाईमा सुर्तीजन्य पदार्थ बेच्नेलाई ५० हजार जरिवाना बनियानी। झापाको कनकाई नगरपालिकाले सार्वजनिक क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ। नगरपालिकाले ऐन नै बनाएर साउन १ गतेदेखि लागू हुनेगरी सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको हो। नगरसभाबाटै सुर्तीजन्य पदार्थको ...
मधेशको बहुचर्चित मेडिकल कलेजको गाँठो कहाँ अड्कियो ? महोत्तरी। मधेश प्रदेशको बहुचर्चित मानिएको बर्दिबास मेडिकल कलेज जग्गा प्राप्तिमा नै अल्झिएको छ। वन मासिने भन्दै हालिएको रिटलाई सर्वोच्च अदालतले खारेज पनि जग्गा प्राप्ति प्रक्रियाको फाइल संघीय वन मन्त्रालयमा नै थन्किँदा कलेजको प्रारम्भिक कार्य अगाडि बढन नसकेको हो। बर्दि...
‘आफ्नै बारीको तरकारीले आत्मनिर्भर बनायो’ जानकी। बाँके बैजनाथ गाउँपालिका–८ टिटीहिरियाकी ५२ वर्षीया शान्ति चौधरीको दैनिकी २३ किलोमिटरको दूरी पार गर्दै आफ्नै बारीमा फलेको तरकारी लिएर नेपालगन्जको बजारमा बेच्नमै व्यस्त छ। प्रत्येक साँझ बारीमा फलेको तरकारी टिपेर घरको छानामाथि शीतमा राख्ने र भोलिपल्ट बिहानै ती तरकारीलाई बोराम...
गाउँमा पुरुष नहुँदा महिलाले नाचे लोपोन्मुख ‘पाउदुरे’ नाच तनहुँ। भानु जयन्तीका अवसरमा शुक्रबार भानु नगरपालिका–४ चुँदीरम्घामा आयोजित कार्यक्रममा २९ वर्षीया मनिषा र ४२ वर्षीया हीरा कुमालले लोपोन्मुख पाउदुरे नृत्यमा मारुनी बनेर तालमा ताल मिलाएर घन्टौँ नाचे। पाउदुरे नाच पुरुषले महिला बनेर नाच्ने प्रचलन छ। तर गाउँमा पुरुष नह...
खहरेखोल्सा झोलुंगे पुल : स्थानीयवासीको दिनचर्या सहज बनाउँदै कास्की। कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा निर्माण गरिएको झोलुंगे पुलले स्थानीयवासीको दिनचर्या सहज बनाएको छ। घाचोकको भुजेलथर खहरेखोल्सा खोलामाथि ६७ मिटर लामो झोलुंगे पुल निर्माणसँगै वारपारका लागि स्थानीयवासीको समय बचत भएको छ। पुल नहुँदा दुई गाउँ वारपार...
बर्खामा ढुवानी गर्न घोडा खच्चडकै भर बागलुङ। वर्षाका कारण गाडी गुड्ने सडकमा ठूला–ठूला ढुङ्गा मुठासहितको पहिरो थुप्रिएको छ। पहिराले सडक छेकिँदा पैदलयात्रा पनि सहज छैन । बागलुङको बजार क्षेत्रमा बर्खामा पनि सडक सञ्चालन भए पनि ग्रामीण सडक भने पूर्णरूपमा अवरुद्ध छन्। सडक अवरुद्ध हुँदा ग्रामीण क्षेत्रका हजारौँ नागरिक प्रभावित...
‘रोयल ट्रेक’लाई प्रवर्द्धन गरिँदै गण्डकी। गण्डकी प्रदेशभित्रका विभिन्न पदमार्गमध्येको एक हो ‘रोयल ट्रेक’। तत्कालीन बेलायती राजकुमार चाल्र्सले विसं २०३९ मा पदयात्रा गरेको यो पदमार्गसँगै प्रदेशमा विश्वकै १० उत्कृष्ट पदमार्गमध्येको अन्नपूर्ण चक्रीय पदमार्गदेखि धवलागिरि, मर्दी, सहस्राब्दी आदि चर्चित पदमार्ग छन्। तल्कालीन स...
जयनगर-जनकपुरको रेल्वे सेवा विस्तार, आजबाट थप १७ किमी बढी रेल गुड्ने जनकपुर। नेपालको एक मात्र जनकपुर-जयनगर रेल्वे सेवाले आफनो क्षेत्र विस्तार गरेको छ। जसअनुसार आजदेखि उक्त रेल आफनो क्षेत्र विस्तार गर्दै महोत्तरीको भंगहासम्म चल्ने भएको छ। जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म थप १७ किलोमिटर दूरीमा संचालन हुन लागेको...
घरमै नागरिकता पाउँदा… भाेजपुर। विभिन्न समस्याका कारण नागरिकता पाउनबाट बञ्चित भएका नागरिकलाई जिल्ला प्रशासन कार्यालय भोजपुरले घरमै पुगेर नागरिकता दिन सुरुआत गरेको छ। नागरिकताबाट बञ्चित जिल्लाको पूर्वी अरुण गाउँपालिकाका तीन जनालाई प्रमुख जिल्ला अधिकारीसहितको टोलीले घरमै पुगेर नागरिकता वितरण गरेको छ। भोजपुरका प्रमुख जिल्ल...
धादिङका दुई तिहाई खेतमा अझै भएन रोपाइँ मलेखु । असारको अन्तिम दिनसम्म धादिङका दुई तिहाइ खेतमा रोपाइँ हुन सकेको छैन । धान बालीको पकेट क्षेत्र मानिएको फाँटहरुमा अघिल्लो बाली पाकिनसकेका कारण रोपाइँ हुन नसकेको हो । यो वर्ष असार मसान्तसम्म ३५ प्रतिशतमा मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्र धादिङका कृषि प्रसार अधिकृत कमलराज श...
मनहरि गाउँपालिकाका उन्नाइस विद्यालयका प्रअले दिए सामूहिक राजीनामा मनहरी । मकवानपुरको मनहरि गाउँपालिकाभित्रका १९ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकले संयुक्त रुपमा राजीनामा दिनुभएको छ । राजीनामा दिनेहरुमा मनहरि गाउँपालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालय र एक माध्यमिक विद्यालयका प्रधानाध्यापकहरु छन् । प्रधानाध्या...
सवा अर्बको बजेट ल्याउँदै पर्यटन बोर्ड, यस्ता छन् प्राथमिकता काठमाडौं । वार्षिक १० लाख विदेशी पर्यटक भित्र्याउने योजनासहित नेपाल पर्यटन बोर्डले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु सवा एक अर्बको बजेट ल्याउने तयारी गरेको छ । कोरोना महामारीपछि घटेको विदेशी पर्यटकको सङ्ख्या लयमा फर्कन थालेको समयमा पर्यटन बोर्डले पर्यटन क्ष...
मुटुरोग अस्पताल निर्माणको पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा मुटुरोग अस्पताल निर्माणको पहल भइरहेको बताएका छन् । रोटरी क्लब अफ पोखरा अन्नपूर्णको १८औँ पदस्थापन समारोहमा मुख्यमन्त्री पाण्डेले मुटु रोगका कारण धेरै नागरिकले ज्यान गुमाउनु परेकाले उनहिरुको ...
लागुपदार्थ सेवन गर्ने एक सय ५९ चालक कारबाहीमा काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउने एक सय ४९ जना सवारी चालकलाई कारबाही गरिएको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको जाँच अभियानका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका चालकलाई नियन्त्रणमा लिई ...
दाङमा जंगली च्याउ खाँदा दुई जना बिरामी दाङ । दाङमा जंगली च्याउ खाँदा दुई जना बिरामी परेका छन् । शुक्रबार जंगलमा भटाएको च्याउ पकाएर खाँदा बंगलाचुली गाउँपालिका- १ स्युजाका ३८ वर्षीया यमाकुमारी कवर वली र उनका १२ वर्षीय छोरा यकिन वली बिरामी परेका हुन् । खाना खाएसङ्गै पेट दुख्न थालेपछि दुबैलाई प्राथमिक स्वास्थ्य केन्द्र स्य...
मधेसमा मनाइयाे भानु जयन्ती महोत्तरी। भानुभक्तको जन्मजयन्ती मधेशमा पनि भब्यताका साथ मनाइएकाे छ । शुक्रबार महोत्तरीको गौतम होटलमा ८४ जना बिद्यार्थीहरुले सोही अवसरमा आफ्ना रचनाका माध्यमवाट भानुभक्तलाइ मात्र सम्झिएनन, देशको अवस्थाप्रती तीखो व्यंग्य प्रहार समेत गरे । बर्दिबास हेल्प फाउन्डेसनद्वारा भानुजयन्तिको अवसरमा आयोजित...