content
stringlengths
20
64.1k
तातोपानी नाका खुलाउन कूटनीतिक पहल आवश्यकः मन्त्री बस्नेत सिन्धुपाल्चोक। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले २०७२ सालको विकासकारी भूकम्पपछि पूर्णरुपमा सञ्चालनमा आउन नसकेको चीनसँगको तातोपानी नाका खुलाउन कूटनीतिक पहल आवश्यक रहेको बताएका छन् । भोटेकोशी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन आज उद्घाटन गर्दै म...
बजेट जनमुखी र जनताप्रति जवाफदेही छ : मुख्यमन्त्री जम्कट्टेल मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारद्वारा प्रस्तुत बजेट जनमुखी, सन्तुलित र जनताप्रति जवाफदेही रहेको बताएका छन् । विनियोजित बजेटमाथि प्रदेशसभा बैठकमा सदस्यहरूले उठाएका प्रश्नहरूको आज जवाफ दिँदै उनले बजेट इमान्दारीपूर्वक कार...
अदालतका कर्मचारी र वकिलबीचको विवाद सहमतिमा टुङ्गियो काठमाडौं । ललितपुर जिल्ला अदालतका कर्मचारी र वकिलबीचको विवाद सहमतिमा टुङ्गिएको छ । आज ललितपुर बार एशोसिएसनका पदाधिकारी र अदालतका कर्मचारीको रोहबरमा दुई पक्षबीच सहमति भएपछि विवाद सल्टिएको र आजैदेखि सबै विरोधका कार्यक्रम स्थगन भएको सहमतिपछि जारी सूचनामा जनाइएको छ । अदाल...
बागमती प्रदेशको बजेट बहुमतले पारित मकवानपुर । बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । बिहीबार बसेको प्रदेशसभा बैठकले आगामी आर्थिक वर्ष २०८०र०८१ को विनियोजन विधेयक र आर्थिक विधेयक बहुमतले पास गरेसँगै बजेट पारित भएको हो । प्रदेशसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको असहमतिका बीच सत्तारुढ दलका बहुमत सदस्यको सम...
कालीकोटको एक विद्यालयमा देखियो अज्ञात रोग, एक जनाको मृत्यु मान्म। कालीकोटको तिलागुफा नगरपालिका–१० मा रहेको श्री महादेव माध्यमिक विद्यालयमा अज्ञात रोगले अधिकांश विद्यार्थी बिरामी भएका छन् । सामान्य रोग होला भनेर केही बेवास्ता गर्दा विद्यालयको कक्षा ६ मा अध्ययनरत विद्यार्थी १४ वर्षीया कर्मा थापाको बुधबार ज्यान गएको र हाल...
महाकाली सिँचाइ तेस्रो चरणः परीक्षण गरिँदै मूल नहर वेदकोट। निर्माणाधीन महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गतको मूल नहरमा पानी छाडेर परीक्षण गरिने भएको छ । भीमदत्त नगरपालिकाको ब्रह्मदेवबाट शुक्लाफाँटा नगरपालिकाको फुलेली घरकटुवा खोलासम्मको मूल नहर परीक्षण गरिन लागेको हो । शुक्रबार (भोलि)देखि एक साता ब्रह्मदेवबाट २८ किल...
लम्पी स्किन रोगले सुदुरपश्चिम र कर्णाली प्रदेशका पशु बढी प्रभावित ललितपुर । लम्पी स्किन रोगले सुदुरपश्चिम र कर्णाली प्रदेशका पशु बढी प्रभावित भएका छन् । यद्यपी गाईवस्तुमा लाग्ने यो रोग देशभर फैलिएको छ । विसं २०७७ असारमा मोरङ जिल्लाबाट फैलिएको पशुमा लाग्ने लम्पी स्किन रोग हालसम्म देशभरि फैलिएको पशु सेवा विभागका सूचना अध...
अङ्कको आधारमा नभइ रुचिको आधारमा विषय छनोट गर्न ओलीको सुझाव काठमाडौं । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को परीक्षाफल सार्वजनिक भएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  उत्तिर्ण सबै विद्यार्थीलाई बधाई दिएका छन् । बधाई दिँदै उनले अब कक्षा ११ मा भर्ना हुँदा विषय छनोट गर्दा आफ्नो रुचीको आधारमा विषय छनोट गर्न सुझ...
मल खरिद प्रक्रिया जी टू जी नै हुनुपर्छ : मन्त्री भुसाल काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालले मल खरिद प्रक्रिया जी टू जीबाटै गर्नुपर्ने बताएका छन् । बिहीबार बसको संसदको अर्थ समितिको बैठकमा उनले मल अभाव हुन नदिन बजेट समयमै सुनिश्चित गर्नुपर्ने र खरिद प्रक्रिया जी टू जी हुनुपर्ने बताएका हुन् । खरिद...
२०८६ सम्म बेरोजगारीको संख्या ३ लाखमा झार्ने योजना काठमाडौं । राष्ट्रिय योजना आयोगले समग्र मानव संशासन विकास योजना तर्जुमालाई अगाडि बढाएको छ । आयोगका सदस्य डा. रमेश पौडेलको संयोजकत्वमा गठित निर्देशक समितिले मानव संशासन विकास योजना सम्बन्धी प्रतिवेदन तयार पारेर छलफल अघि बढाएको हो । देश विकासको लागि मानव संशाधन विकासको मह...
महाकाली प्रादेशिक अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा समस्या दोधारा चाँदनी। महाकाली प्रादेशिक अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको छ। अस्पतालमा २८ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि हाल १५ जना मात्रै कार्यरत छन्। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णनन्द भट्टले अस्पतालमा बि...
मुगुमा पनि देखियो लम्पी स्किन, १२१ गाईगोरु मरे मुगु। मुगुमा पनि पशुचौपायामा लम्पी स्किन रोगको संक्रमण देखिएकाे छ। मुगुका चार स्थानीय तहमा लम्पी स्किन रोग देखिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुले जनाएको छ। कार्यालयका अनुसार २७ असार २०७९ देखि हालसम्म ४२९ वटा पशु चौपायाहरुलाई संक्रमण देखिएको छ। मुगुमा लम्पी स्किन ...
रिब्दीकोट गाउँपालिकाले गोरु पाल्ने किसानलाई पाँच हजार भत्ता दिने पाल्पा। गाउँमा खेतीयोग्य जमिन बाँझिन थालेपछि गोरुपालन गर्ने किसानलाई प्रोत्साहनमुलक कार्यक्रम ल्याइएको छ। पाल्पाको रिब्दीकोट गाउँपालिका–१ को कार्यालयले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी गाउँमा बसेर गोरुपालन गर्ने किसानलाई प्रोत्साहन भत्ता दिने भएको छ। ग...
इलामको महभीर चटानमा आरोहणको रुट बनाउन थालियो (तस्बिरहरु) काठमाडौं। विश्व कीर्तिमानी सगरमाथा आरोही तथा इलाम नगरपालिकाकोे पर्यटन सदभावना दूत कल्पना महर्जनको संयोजकत्वमा इलाम नगरपालिका वडा नम्बर ८ मा रहेको महभीर चटानमा आरोहणको रुट वढाउने कार्य सुरु गरिएको छ । उक्त रुट फिक्सिगको लिड इन्टरनेशल माउन्टेन गाइड नरबहादुर अस्तानी...
पोखरालाई पर्यटकीय राजधानीका रूपमा विकास गर्छु– मुख्यमन्त्री कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्राकृतिक एवं सुन्दर नगरी पोखरालाई पर्यटकीय राजधानीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । लेखनाथ उद्योग वाणिज्य सङ्घको २७ औँ संस्थापना दिवस तथा २६ औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले पोखरा...
सरकारले गरेका कामलाई सकारात्मकरूपमा लिनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ चितवन । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले गरेका कामलाई सकारात्मकरूपमा लिनुपर्ने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले सरकारका कामलाई नकारात्मक दृष्टिले मात्रै हेर्न नहुने बताए । उनले भने, “सरकारले जति काम गरेक...
नयाँ आवधिक योजनाका लागि प्रदेश आयोगसँग सुझाव माग काठमाडौं । राष्ट्रिय योजना आयोगले १६औँ पञ्चवर्षीय आवधिक योजनाका लागि प्रदेश योजना आयोग र स्थानीय सरकारका प्रतिनिधिमूलक संस्थासँग छलफल गरेको छ । सिंहदरबारस्थित आयोगको हलमा आज भएको छलफलमा नयाँ आवधिक योजनाका लागि सुझाव दिन कोशी प्रदेशबाहेक सबै प्रदेश योजना आयोगका उपाध्यक्षह...
मुद्दा परेपछि तिलोत्तमाको नमुना सडक निर्माण सुस्त रुपन्देही । अदालतमा मुद्दा परेपछि तिलोत्तमा नगरपालिकाको मङ्गलापुर–कान्छीबजार सडकखण्ड स्तरोन्नति सुस्त बनेको छ । नगरपालिकाले नमुना सडकखण्ड विस्तार तथा स्तरोन्नति अघि बढाएपछि घरधनी भने सडक विस्तारमा राजी नहुँदा मुद्दा अदालतमा पुगेको हो । सडक स्तरोन्नतिका लागि स्थानीयका सं...
दासढुंगा–मुग्लिन खण्डको तनहुँतर्फ निर्माण कार्य सुरु गर्न माग दमौली। तनहुँको देवघाट गाउँपालिकाका जनप्रनितिधि र राजनीतिक दलका नेताहरुले दासढुंगादेखि मुग्लिनसम्म त्रिशूली नदीको किनारमा तनहुँतर्फ राष्ट्रिय राजमार्ग निर्माण गर्न माग गरेका छन्। तनहुँको देवघाट गाउँपालिका–५ का अध्यक्ष पूर्णबहादुर कुँवरको नेतृत्वमा नेकपा (एमाल...
दुईभन्दा बढी सन्तान जन्माउनेलाई रिब्दीकोट गाउँपालिकाले पाँच हजार भत्ता दिने पाल्पा। पाल्पाको रिब्दीकोट गाउँपालिकाले गाउँमा बसेर काम गर्ने जनशक्ति अभाव हुन थालेपछि नयाँ कार्यक्रम ल्याएको छ । गाउँपालिका–१ को कार्यालयले दुईभन्दा बढी सन्तान जन्माउने अभिभावकलाई रू पाँच हजार भत्ता दिने कार्यक्रम ल्याएको हो । आगामी आर्थिक वर्...
अवरुद्ध बाटो खुलाउन पहल सिमकोट। हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको च्याछहरा भिर नजिकै वर्षाका कारण भत्किएर अवरुद्ध भएको बाटो खुलाउन गाउँपालिकाले पहल थालेको छ। चार दिनदेखि अवरुद्ध बाटो खुलाउन आज बिहानैदेखि सुरु गरिएको छ। गाउँपालिकाका अध्यक्ष प्रेम लामाका अनुसार डोजरको सहयोगमा बाटो खोल्ने काम भइरहेको छ। यसका लागि नाम्खा...
रामपुर नगरपालिकाले गर्‍यो किसानलाई घाँसका बिरुवा वितरण पाल्पा। पशुपालनलाई व्यवस्थित गर्ने उद्देश्यले पाल्पाको रामपुर नगरपालिकाले किसानलाई उन्नत जातका घाँस बिरुवा वितरण गरेको छ । नगरपालिकाभित्र करिब एक हजार एक सय जनालाई समूहमार्फत बिरुवा उपलब्ध गराएको हो । नगरपालिकाले रामपुर कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाअन्तर्ग...
दुई हप्तामै जडान भयो भुरुङखोलामा बेलीब्रिज म्याग्दी। म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडकअन्तर्गत भुरुङखोलामा दुई हप्तामै बेलीब्रिज जडान गरिएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ मा पर्ने भुरुङखोलामा करिब रु ३५ लाखको लागतमा ३० मिटर लामो बेलीब्रिज जडान भएको बेनी-जोमसो...
महोत्तरीमा गोली चल्याे, एक जना गम्भीर घाइते महोत्तरी। महोत्तरीको रामगोपालपुर नगरपालिकाको बसबिट्टीमा गोली प्रहारबाट एक जना गम्भीर घाइते भएका छन्। रामगोपालपुर नगरपालिका वडा न. १ बसबिट्टिका ३८ वर्षीय कौशल मण्डलको गोलीबाट सोही स्थानका ४४ वर्षीय श्रवण यादव गम्भीर घाइते भएका हुन्। मण्डलले तीन राउन्ड प्रहार गरेको गोलीले यादवल...
वडाध्यक्षद्वारा उपभोक्ता समितिका अध्यक्षमाथि कुटपिट गरेकाे भन्दै वडा कार्यालयमा तालाबन्दी, सेवाग्राही समस्यामा कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ को कार्यालयमा तालाबन्दी गरिएको छ । सोही वडाका वडाध्यक्ष रामबहादुर गुरुङले उपभोक्ता समितिका अध्यक्षमाथि कुटपिट गरेको भन्दै नेकपा (एमाले) ले वडा कार्यालयमा आज बिहानदेख...
तनहुँमा व्यावसायिक एभोकाडोको खेती तनहुँ । एक वडा एक उत्पादन कार्यक्रमअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिकामा ‘घ्यू फल’ भनेर चिनिने एभोकाडोको खेती सुरु गरिएको छ । आँबुखैरेनी–२ मा ७५ प्रतिशत अनुदानमा एक हजार आठ सय ४० वटा एभोकाडोको बिरुवा तथा सामग्री वितरण गरिएको हो । उक्त बिरुवा रोपेको तेस्रो वर्षबाट उत्पादन दिन सुरु हु...
काठमाडौंका प्रजिअ उपाध्याय सचिवमा बढुवा काठमाडौं । सरकारले जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) घनश्याम उपाध्यायलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बैकुण्ठ अर्याल मुख्य सचिव भएपछि रिक्त रहेको सचिवमा उपाध्याय बढुवा भएका हुन् । मन्त्रिपरिषद्को मंगलबार सिंहदरबारमा बसेको बैठकले सहसचिव उपाध्य...
नदीमा पौडी खेलिरहेका एकै परिवारका बाह्र जना बगे क्वालालम्पुर । मलेसियाको एक नदीमा पौडी खेलिरहेका परिवारका १० जना सदस्य बगेका छन् । पौडी खेलेको स्थानबाट २५ किलोमिटर मुनि सात जनाको शव भेटिएका एक जना वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् । गत शुक्रबार पूर्वीराज्य तेरेङ्गगानुको चुकाई जिल्लाको जङ्गलमा रहेको जेराम मावारमा उक्त ...
गण्डकी प्रदेशसभा: बजेटका सम्बन्धमा उठेका प्रश्नमा सम्बन्धित मन्त्रीको जवाफ कास्की । गण्डकी प्रदेशसभाको आजको बैठकमा आव ०८०÷८१ का लागि विनियोजित बजेटको मन्त्रालयगत छलफलका क्रममा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले बजेटमा...
सुरक्षाको माग राख्दै ललितपुर अदालतका न्यायाधीश र कर्मचारी सर्वोच्चमा ललितपुर । ललितपुर अदालतका न्यायाधीश र कर्मचारीहरु भने सुरक्षाको माग राख्दै मंगलबार सर्वोच्च अदालत गएका छन् । ललितपुर अदालतमा कार्यरत नायव सुब्बा प्रेमिका तमाङ र अधिवक्ता अमीर तामाङबीचको विवादलाई लिएर कानुन व्यवसायीले मंगलबार पनि आन्दोलन गरेपछि उनीहरु ...
प्रतिपक्षको विरोधकाबीच लुम्बिनीमा विनियोजन विधेयक पारित दाङ । लुम्बिनी प्रदेशसभाले २०८०/८१ का लागि विनियोजन विधेयक पारित गरेको छ । आज बसेको बैठकले आगामी आर्थिक वर्षको सेवा र कार्यका लागि सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरिएको हो । अर्थमन्त्री धनबहादुर मास्कीले विध...
लगेजको तौल बढाएर यात्रु ठग्दै त्रिभुवन विमानस्थलका कर्मचारी काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायु सेवा निगमका कर्मचारीहरुले यात्रुहरुबाट लगेजको तौल मनोमानी ढंगले बढाएर ठगी गर्ने गरेको पाइएको छ। नेपालबाट विदेशका विभिन्न मुलुकमा जाने यात्रुहरुलाई उनीहरुको लगेजको तौल साविक भन्दा बढी देखाएर चर्को शुल्क ...
अर्घाखाँची पहिरो अपडेटः तीन बालबालिकाको मृत्यु अर्घाखाँची। अर्घाखाँचीको पणेनामा आज विहान साढे ६ बजे आएको पहिरोमा परी तीन बालबालिकाको मृत्यु भएको छ । पहिरोले पुरिएका चार बालबालिकामध्ये एकको सकुशल उद्धार भएको र तीनको मृत्यु भएको पाणिनी गाउँपालिकाका निर्वतमान अध्यक्ष तथा स्थानीय अच्युत गौतमले जानकारी दिए। पाणिनि-१ पणेनाको...
बाख्रापालनमा हौसिँदै रामपुरका महिला रामपुर। करिब एक दशकअघि गाउँको सबैका घर–घरमा कम्तीमा पनि एक–दुईवटा बाख्रापालन गरिन्थ्यो। आम्दानीका लागि बाख्रापालनलाई कमैले मात्र जोड दिने गरिन्थ्यो। गाईभैँसी बाँध्ने गोठमा सामान्य दानापानी, घाँसपात दिएर परम्परागत तरिकाले बाख्रापालन गर्ने चलन थियो। बाख्रापालन गरेर आम्दानी धेरै लिन सकि...
अर्घाखाँचीमा पहिरोले पुरिएर चार बालबालिका घाइते, तीनको अवस्था गम्भीर अर्घाखाँची। अर्घाखाँचीको पणेनामा पहिरोले पुरिएर चार बालबालिका घाइते भएका छन् । जसमध्ये तीन जनाको अवस्था जटिल रहेको प्रहरीले जनाएको छ । पाणिनि गाउँपालिका-१ पणेनाको गोहनपानीमा आज विहान साढे ६ बजे घरमाथिबाट खसेको पहिरोमा उनीहरु पुरिएका थिए । चारमध्ये तीन...
नारायणगढ-मुग्लिनको वैकल्पिक सडक : शक्तिखोर-फिस्लिङ अन्तिम चरणमा भरतपुर। असार महिना लागेपछि पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्डमा पटक-पटक अवरुद्ध हुँदै आएको छ। घन्टौँसम्म सडक सञ्चालन नहुँदा हजारौँ यात्रु सास्ती खेप्न बाध्य भएका छन्। कतिपय यात्रु त अत्यावश्यक काम हुँदा पनि पहिराका कारण गन्तव्यमा पुग्न सक्दैनन्। यो सडकख...
पहिरो पन्छाउन नसक्दा पाँच दिनदेखि यातायात ठप्प त्रिवेणी। पहिरो पन्छाउन नसक्दा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा पाँच दिनदेखि यातायात सञ्चालन हुनसकेको छैन। जिल्लाको पहाडी क्षेत्रका लागि यातायात सञ्चालन हुने मुख्य सडक मार्गको ठाउँ–ठाउँमा पहिरो खसेर यातायात पूर्णरूपमा अवरुद्ध भएको हो। दलदले-कुसोत-पोख...
चिडियाखानाका जनावरको आकृति काष्ठकलामा ललितपुर । जावलाखेलस्थित सदर चिडियाखानामा रहेका जनावरको आकृति काष्ठकलामा उतारिएको छ । चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाले कछुवा, हात्तीको टाउको, गोही, लाटोकोसेरो र चिलको चित्र काठमा उतारिएको जानकारी दिए । उनका अनुसार चिडियाखानाभित्र नै रहेका काठबाट जनावरहरूको चित्र बनाइएको हो ...
लुम्बिनी प्रदेशसभा : विपक्षीको अवरोधबीच बजेटमाथि छलफल लुम्बिनी । लुम्बिनी प्रदेशसभामा आजदेखि बजेटमाथिको छलफल अगाडि बढेको छ । विपक्षी दलको विरोधकाबीच पनि सभामुख तुलाराम घर्तीले आजको बैठक सञ्चालन गर्दै बजेटमाथिको छलफल अगाडि बढाएका हुन् । सभामुखले छलफल अगाडि बढाए पनि प्रतिपक्ष दलका प्रदेश सदस्यहरूले ‘रोष्ट्रम’ अगाडि उभिएर...
बाँकेमा अझै आएन ‘लम्पी स्किन’ को खोप नेपालगञ्ज । बाँकेमा अहिलेसम्म ‘लम्पी स्किन’ को सङ्क्रमण भएका पशुमा लगाउने खोपको प्रबन्ध भएको छैन । सो सङ्क्रमणबाट बाँकेमा अहिलेसम्म २५ पशु मरिसकेका छन् । जिल्लामा करिब सात हजार पशु सङ्क्रमित भएका छन् । पशु पालक किसान समयमा खोप नपाउँदा ठूलो आर्थिक नोक्सानी व्यहोर्न बाध्य छन् । केही क...
‘लम्पी स्किन’को प्रकोपले ४० प्रतिशत दूधको उत्पादन घट्यो मलेखु। देशभर फैलिएको ‘लम्पी स्किन’को प्रत्यक्ष असर धादिङका दुग्ध उत्पादक किसानमा परेको छ। दूध बेचेरै जीविका चलाउँदै आएका किसानका गाई भैँसीमा सो रोग देखिएसँगै दूधको उत्पादन घटेको किसानले बताएका छन्। भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको तथ्याङ्अनुसार लम्पी स्किनक...
कर्णाली प्रदेशमा ४५ प्रतिशत धान रोपाइँ कर्णाली। असारको दोस्रो सातासम्म कर्णालीमा ४५.०६ प्रतिशत धान रोपाइँ भएको छ। यहाँका हिमाली जिल्लामा उल्लेख्यमात्रामा रोपाइँ भए पनि पहाडी तथा भित्री मधेसका जिल्लामा अपेक्षाकृत रोपाइँ हुन सकेको छैन। हिमाली जिल्लामध्ये डोल्पामा सबैभन्दा बढी रोपाइँ भएको छ। छिटो तथा सिँचाइ कुलोबाट गरिने ...
कङ्क्रिटका घरले भरिन थाल्यो खहरे गाउँ ढोरपाटन। बागलुङ बजार नजिकै छ खहरे गाउँ। दशक अगाडिसम्म गाउँमा ढुंगाले बान्की मिलाएर छाएको छानो, सेतो कमेरो र माटोले पोतिएका घर थिए। सहरबाट नजिक सुन्दर गाउँ भएकाले घुम्न आउने मोहित हुन्थे। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमै पर्ने भए पनि खहरे गाउँलाई आधुनिकताले छोएको थिएन। म...
झर्रोवादी साहित्यकार विजय खरेलको अमेरिकामा निधन झापा। झापाका झर्रोवादी साहित्यकार विजय खरेलको ७७ वर्षको उमेरमा आज अमेरिकाको टेक्सासमा निधन भएको छ। मेचीनगर नगरपालिका वडा नं ६ काँकडभिट्टा निवासी उनका एक दर्जनभन्दा बढी साहित्यिक कृति प्रकाशित छन्। उनी एक महिनाअघि पारिवारिक भेटघाटका लागि अमेरिका गएका थिए। ज्वरो र पिसाबमा स...
कर्णाली राजमार्गमा अतिक्रमण गरी बनाइएका घरटहरा हटाइँदै जुम्ला। सडक डिभिजन कार्यालयले कर्णाली राजमार्गमा जथाभावी निर्माण गरिएका घरटहरा हटाउने भएको छ। सडक डिभिजन कार्यालयको कार्यक्षेत्रभित्र पर्ने राजमार्गअन्तर्गत खुलालुदेखि नाग्म बजार हुँदै जुम्ला खलंगासम्म र रारा राजमार्गको नाग्मदेखि गमगढी हुँदै नाक्चालाग्ना सडकखण्डको ...
जुम्लामा पनि देखियो लम्पी स्किन रोग जुम्ला। हिमाली जिल्ला जुम्लाका गाईभैँसीमा लम्पी स्किन रोगको संक्रमण देखिएको छ। तिला गाउँपालिका-२ का धनबहादुर नेपालीले गाउँभरका गाईभैँसीमा लम्पी स्किन रोग देखिएको जानकारी दिए। लम्पी स्किन रोगको संक्रमणबाट लिही गाउँका करिब ३० वटा गाईगोरु मरिसकेका छन्। रोगलाई नियन्त्रण गर्नेका लागि गाउँ...
बुटवलका दुई सुन पसलमा सिलबन्दी लुम्बिनी। रुपन्देहीको कालिदह नाका हुँदै भारत लैजाँदै गर्दा बरामद भएको साढे दुई केजी सुनको अनुसन्धानका क्रममा बुटवलका सुन व्यवसायीको संलग्नता भेटिएको छ। नाका हुँदै यही असार १० गते भारततर्फ लैजाँदै गर्दा सशस्त्र प्रहरीले इँटाजस्तै रङ र आकारको झण्डै साढे दुई किलोको शंकास्पद वस्तु बरामद गरेको...
शिवालयका पूर्व जनप्रतिनिधिले अझै गरेनन् सरकारी सम्पती फिर्ता सुर्खेत। जाजरकोटको शिवालय गाउँपालिकाका पुर्व जनप्रतिनिधिले आफूले कार्यालय प्रयोजनका लागि प्रयोग गर्दै आएका सामान सम्बन्धित स्थानीय तहलाई फिर्ता गरेका छैनन्। जनप्रतिनिधि र कर्मचारीले आफ्नो कार्यकाल सकिएपछि आफूले कार्यालय प्रयोजनका लागि कार्यालयबाट भरपाई गरी लि...
मधेस प्रदेशमा नौ प्रतिशत मात्र धान रोपाइँ वीरगञ्ज। अन्नको भण्डार मानिएको मधेस प्रदेशका जिल्लामा यस वर्ष समयमा धान रोपाइँ हुन सकेको छैन। असारको तेस्रो सात्ता बित्नै लाग्दा अहिलेसम्म मधेस प्रदेशमा करिब ९.५२ प्रतिशत खेतीयोग्य जग्गामा मात्र धान रोपाइँ हुन सकेको छ। समयमा वर्षा नहुदाँ यो प्रदेशको ९० दशमलव ४८ प्रतिशत खेत अझै ...
जंगली हात्तीले कुल्चेर ८० वर्षीय वृद्धाको मृत्यु झापा। मेचीनगर नगरपालिका–१० मा आज बिहान जंगली हात्तीले कुल्चेर वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा ८० वर्षीया पन्नादेवी साह रहेको वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालले बताए। पूजा गर्न फूल टिप्न हिँड्ने क्रममा आज बिहान साहलाई सडकमा हात्तीले कुल्चेर मारेको उनले जानकारी ...
गुरुपूर्णिमाको अवसरमा ब्यास नगरपालिकामा बिदा तनहुँ गुरूपूर्णिमाको दिन ब्यास नगरपालिकाले सार्बजनिक बिदा दिएको छ। तनहुँको व्यास नगरपालिकाले व्यास अवतरण (गुरुपूर्णिमा) का अवसरमा सोमबार सार्वजनिक बिदा दिएको हो। महर्षी बेदब्याँसको जन्मस्थान मानिदै आएको उक्त स्थानमा गुरुपूर्णिमाका दिन बिदा दिइएको हो। गुरुपूर्णिमाका अवसरमा का...
नारायणगढ-मुग्लिन सडक फेरि दुईतर्फी अवरुद्ध चितवन। नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पुलमा आज बिहान पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध बनेको हो। पहिरोले एउटा ट्रक पल्टिएको छ भने पहिरो हटाउन सुरु गरिएको छ। अहिले सडक दुईतर्फी नै ठप्प भएको इलाका प्रहरी कार्यालय मुग्लिनका...
प्रदेश समृद्ध हुन नागरिकको आर्थिक अवस्था सुधारिनुर्छः मुख्यमन्त्री चौधरी रामपुर (पाल्पा)। लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश समृद्ध बन्नका लागि नागरिकको आर्थिक अवस्थामा सुधार आउनुपर्ने बताएका छन्। नागरिकको आर्थिक अवस्था सुधार गर्नका लागि प्रदेश सरकार रोजगारमूलक कार्यक्रममा केन्द्रित भएको उ...
मधेस प्रदेशको गृह मन्त्रालयमा तालाबन्दी महेन्द्रनगर (धनुषा)। जनयुद्धका सहिद परिवारले मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयमा तालाबन्दी गरेको छ । सहिद प्रतिष्ठानले दिने घोषणा गरेको रु तीन लाख नदिएको भन्दै मन्त्रालयमा तालाबन्दी गरेको हो । आज विभिन्न जिल्लाबाट आएका जनयुद्धका सहिद परिवारले मन्त्रालयमा तालाबन्दी गर्...
रामपुरको दश उत्कृष्ट विद्यालयभित्र पर्ने मदरसा विद्यार्थीको मुठ्ठीदानबाट सञ्चालन पाल्पा। मुठ्ठीदान तथा चन्दादाताबाट खर्च जुटाएर धेरै विद्यालय सञ्चालन गरिएका छन् । पाल्पा रामपुर नगरपालिका–४ स्थित इस्लामपुरमा रहेको मदरसा नुरुल हुदा आधारभूत विद्यालय एक नमुना धार्मिक विद्यालयका रुपमा चिनिएको छ । मुस्लिम समुदायका बालबालिकाल...
राप्तीको बाढीमा फसेका ६ ग्वालाको उद्धार कोहलपुर। बाँकेको राप्ती नदीमा आएको बाढीमा फसेका ६ ग्वाला र ७८ बाख्राको सकुशल उद्धार गरिएको छ। राप्ती सोनारी गाउँपालिका–२ शम्शेरगञ्जस्थित राप्ती नदीको टापुमा फसेका ग्वाला र चौपायाको सकुशल उद्धार गरिएको हो। शनिबार नदीको टापुमा बाख्रा चराउन गएका उनीहरु नदीमा बाढी आएपछि बाख्रासँगै टा...
रोकिएन ‘असारे विकास’ र बढ्दै भ्रष्टाचार सिरहा। पछिल्लो समय सिरहाका सबैजसो स्थानीय तहहरुमा असारे विकासले तीव्रता पाएको छ। वर्षको ११ महिना सुस्ताएर बसेका जनप्रतिनिधि, ठेकेदार कम्पनी, कर्मचारी र उपभोक्ता समितिलाई असारको मध्येतिर भ्याइनभ्याइ हुने गरेको छ। वर्षभरि सुस्ताएर बसेका सिरहाको नरहा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचा...
अतिक्रमित जग्गा खाली गराउँदै वीरगञ्ज महानगरपालिका वीरगञ्ज। सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काउने कार्यलाई वीरगञ्ज महानगरपालिकाले निरन्तरता दिएको छ। महानगरले आदर्शनगरस्थित राष्ट्रिय वाणिज्य बैंकको पर्खाल भत्काएको छ। सार्वजनिक जग्गामा बैंकले निर्माण गरेको २३ फिट अग्लो पर्खाल हटाउन पटक–पटक आग्रह गर्दासमेत ब...
उत्तिममानकाे पीडा- उपचारमै सकियो सम्पत्ति जनकपुरधाम।  उमेरले ७० पुग्न लाग्दै गर्दा कुन बुबाको चाहना नहोला र दुःख बिसाउने र सुखको श्वास फेर्ने। जीवनको उत्तरार्द्धमा सन्तानलाई सबै जम्मा लगाएर हलुंगाे जीवन बाँच्ने धेरैको सपना पनि हुन्छ। यस्तै चाहना र सपना महोत्तरीको लोहरपट्टी नगरपालिका-९ बिनमा टोल खुटापिपरारीका उत्तिममान ...
बझाङमा बजार अनुगमन गर्दा भेटियो पसलैपिच्छे घरेलु मदिराको व्यापार बझाङ। शुक्रबार मध्याह्नतिर सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीको नेतृत्वमा प्रहरीसहितको टोली बजार अनुगमनमा निस्क्यो। किराना पसल, मासु पसल हुँदै एउटा चिया पसलमा पुग्दा टोलीको नजर प्लाष्टिकको बोलतमा भएको घरेलु मदिरामा पर्‍यो । चिया पकाउने भट्टीका छे...
नारायणगढ-मुग्लिन सडक : पहिरो सफा गर्न समय लाग्ने चितवन। नारायणगढ-मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाउन अझै समय लाग्ने भएको छ। इच्छाकामना गाउँपालिका-५ तीन नम्बर पुलमा गए राति पहिरो खसेको हो। डिभिजन सडक कार्यालय चितवनका प्रमुख रमेशकुमार पौडेलले थप पहिरो नखसे केही घण्टापछि सडक खसलाउन सकिने बताए। पहिरोको एउटा ढिस्को नै झर...
कृष्णसेन स्मृति शिक्षालयलाई आवश्यक बजेटको व्यवस्थापन गर्ने अर्थमन्त्री मास्कीको प्रतिबद्धता दाङ। लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले सहिदका नाममा खोलिएका शिक्षालय तथा विद्यालयलाई राजनीतिक पूर्वाग्रहले नहेरी सबैप्रति समान दृष्टिकोण राख्नुपर्ने बताएका छन्। दाङको घोराहीस्थित सहिद कृष्णसेन स्मृति बहुप्राविधिक श...
ओखलढुंगाका सुकुम्बासीलाई निस्सा वितरण ओखलढुंगा। यहाँका सुकुम्बासीलाई लालपुर्जाका लागि निस्सा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समितिले जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर भूमिहीन र सुकुम्बासीलाई निस्सा वितरण गर्न थालेको हो । जिल्लामै पहिलो पटक सुनकोशी गाउँपालिका–१ का राजु लुइँटेल र विनोद मगर, वडा नं ४ की बेलम...
महाेत्तरीका साहित्यकारहरु भ्रष्टाचार विरुद्धको आन्दोलनमा महोत्तरी। महोत्तरीमा भ्रष्टाचारविरुद्धको साहित्यिक आन्दोलनलाइ साहित्यकारहरुले निरन्तरता दिने भएका छन् । गणतन्त्र दिवसको अवसर पारेर औपचारिक सुरु गरेका कविहरुले विभिन्न माध्यमवाट आफ्ना रचनाहरु वाचन र प्रकाशन गरी भ्रष्टाचारलाई निरुत्साहित गर्ने अभियानमा जुटेका हुन ।...
मधेस प्रदेशमा रासायनिक मलको अभाव नहुने वीरगन्ज। बर्सेनि धानखेतीको समयमा रासायनिक मलको अभाव झेल्दै आएका मधेस प्रदेशका किसानलाई यस वर्ष मलको समस्या नहुने जनाएको छ। कृषि सामग्री कम्पनी लिमिटेड मधेस प्रदेश प्रादेशिक कार्यालय वीरगन्ज पर्साले यस वर्ष असार महिनासम्म चाहिने जति मल गोदाममा रहेको र अन्य मल आउने क्रममा रहेकाले यस...
अमरपुरमा सय शय्याको आयुर्वेद अस्पताल निर्माण हुने कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–११ अमरपुरमा सय शय्याको आयुर्वेदिक अस्पताल निर्माण हुने भएको छ। दुई वर्षअघि सरकारले सातवटै प्रदेशमा आयुर्वेदिक अस्पाल निर्माण गर्ने निर्णयअनुसार अस्पताल निर्माण हुन लागेको हो। तीन बिघा क्षेत्रफलमा प्रादेशिक आयुर्वेदिक अस्पताल निर्माण हुने ...
पश्चिम चितवनमा बाढीको जोखिम घट्दै चितवन। घरनजिकै बगिरहेको नारायणी नदीमा वर्षात्मा भेल आएसँगै स्थानीय घर छाडेर विद्यालय वा सार्वजनिक भवन खोज्दै हिँड्नुपर्थ्याे। वर्षात्का धेरै रात स्थानीयवासीले यसरी नै बिताएका छन्। यस वर्ष नारायणी नदीमा तटबन्धको काम थालिएपछि विगतका वर्षजस्तो समस्या नआउनेमा उनीहरु आशावादी छन्। निर्माण सम...
बेनी–गलेश्वर सडक स्तरोन्नतिमा आशालाग्दो प्रगति म्याग्दी। उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक योजनाअन्तर्गत बेनी–गलेश्वर सडक स्तरोन्नतिको काममा भएको भौतिक प्रगतिले चौतर्फी प्रशंसा बटुलेको छ। कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नं ९ गलेश्वर ज...
आज श्री एअरलाइन्सका सबै उडान स्थगित काठमाडौं। आज श्री एयरलाइन्सका सबै उडान स्थगित हुने भएका छन्। श्री एअरलाइन्स प्रालिले आज आइतबारका लागि पूर्व निर्धारित सबै उडानहरु स्थगित गरेर बिमान परीक्षण गर्ने भएको हो। एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले शनिबार जारी गरेको प्रेस नोट अनुसार आइतबारका सबै उडान स्थगित गरिएको छ...
रोजगार मेलामा पचास जनाले पाए रोजगारी भक्तपुर। मध्यपुरथिमि नगरपालिकाले शनिबार सानोथिमिस्थित आदर्श माध्यामिक विद्यालयको प्राङ्गणमा आयोजना गरेको एकदिने ‘वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला’मा ५० जनाले रोजगारी पाएका छन्। मेलामा राखिएका विभिन्न संघसंस्था, उद्योग, व्यवसाय एवं रोजगारदाता कम्पनीले मेलामा आवेदन दिएकामध्ये उनीह...
हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत महानगरपालिकाले रोप्दै बिरुवा 1काठमाडाैं। काठमाडौं महानगरपालिकाको हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत महानगरका विभिन्न क्षेत्रमा फूललगायत विभिन्न जातका बिरुवा रोप्न थालेको छ। यसै सिलसिलामा महानगरपालिकाको वडा नं २८ ले भने बागबजार क्षेत्रमा रहेका गमलासहित फूल तथा अन्य बिरुवा राखेको छ।...
नारायणगढ-मुग्लिन सडक : वर्षाभरि पहिराको जोखिम चितवन । पहिरोका कारण अवरुद्ध  नारायणगढ-मुग्लिन सडकखण्ड शुक्रबार साँझ २८ घण्टापछि सञ्चालनमा आयो । तर अझै पनि ढुङ्गा खस्न भने रोकिएको छैन । माथिबाट खसेका ढुङ्गा लागेर पल्टिएका मोटरसाइकल, सिसा फुटेका गाडीका तस्बिर सामाजिक सञ्जालमा छरिएका छन् । केही मानिसहरु ढुङ्गा खस्दै गर्दा ...
चिया बगानका रुखमा प्रयोग गरिने पहेँलो स्टिकर हटाउने तयारी झापा। मेचीनगर नगरपालिकाले चिया बगानका रुखमा प्रयोग गरिएका पहेँलो सङ्केत (स्टिकर)लाई हटाउने भएको छ। स्टिकरका कारण मौरीलगायतका मित्रुजीव टासिइ नष्ट हुने भएका कारण नीति नै बनाएर निरुत्साहित गर्ने भएको हो। पालिकाले हालै सार्वजनिक गरेको बजेट तथा नीति कार्यक्रममै सो क...
मनाङको यात्राः कटे मनाङ, झरे मर्स्याङ्दीमा लमजुङ। घन, छिनो र सावेलले ठूलाठूला चट्टान खोपेर बनाइएको सडक । तल हेर्दा आँङ नै सिरिङ हुने भीर, त्यो भन्दा तल रिँगटा लाग्ने गरी गड्गडाउँदै बगिरहेको मर्स्याङ्दी नदी । माथि उस्तै अजङ्गको चट्टानी पहरो । यो अवस्था हिमालपारीको जिल्ला मनाङ जाने सडकको हो । उतिबेला अहिले जस्तो डोजर र ए...
वायुसेवा निगमले मनायो ६५औँ वार्षिकोत्सव काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ६५औँ वार्षिकोत्सव मनाएको छ । दिवसका अवसरमा नयाँसडकस्थित निगमको केन्द्रीय कार्यालयमा आज वैदिक विधिअनुसार आकाश भैरवको पूजा आराधना गरिनुका साथै प्रभातफेरी आयोजना गरिएको छ । विगतका वर्षहरुमा औपचारिक कार्यक्रम गरे...
आजबाट बन्द भए देशैभरीका क्रसर उद्योग भैरहवा। लुम्बिनीका क्रसर उद्योगीहरु आन्दोलित हुँदै क्रसर उद्योग नै बन्द गर्ने घोषणा गरेका छन्। सरकारको अव्यवहारिक निर्णयले नविकरण हुन नसकेको भन्दै लुम्बिनी प्रदेशका सबै उद्योगीले असार १६ गते देखि उद्योग बन्द गर्ने जानकारी गराएका हुन्। विगत १० वर्ष देखि नेपाल सरकारबाट जारी भएका अव्यव...
पहिराले मध्यपहाडी लोकमार्गको निसीखोला खण्ड अवरुद्ध ढोरपाटन। दुई दिनदेखिको वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। लोकमार्गको बुर्तिबाङ–रुकुम खण्डअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका–२ जुग्जाखोला नजिकै आज पहिरो जाँदा सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध हुँदा बुर्तिबाङदेखि रुकुम र रुकुम, निसीखोला लगायतका ठाउँबाट का...
राजश्वको दायरा बढाएका छौं, बजेटको लक्ष्य लोकप्रिय छ : अर्थमन्त्री महत पोखरा। अर्थमन्त्री प्रकाशशरण महतले हाल प्रस्ताव गरिएको बजेटले अर्थतन्त्रलाई चलायमान गर्ने र देशभित्रै उद्योग व्यवसाय गर्ने प्रेरित गरेको बताएका छन्। शनिबार बिहान प्रेस युनियन कास्कीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री महतले भने, ‘यो बजेटको...
बत्तीमुनिको अँध्यारोमा बागलुङको पर्यटन गलकोट। नेपालमा भित्रिने विदेशी पर्यटकमध्ये ४० प्रतिशत गण्डकी प्रदेशको राजधानी पोखरा पुग्ने गरेको तथ्यांक छ। पर्यटनको राजधानी मानिने पोखराबाट बागलुङ बजार त्यस्तै ७० किलोमिटर हाराहारीमा पर्छ। तर पोखरा आएका कति पर्यटक बागलुङसम्म पुग्छन् ? यसको खोजी र लेखाजोखा सकैसँग छैन। पोखरा आएका ध...
पहिराले गोरुसिङ्गे सन्धिखर्क सडक अवरुद्ध अर्घाखाँची। अविरल वर्षाका कारण गोरुसिङ्गे सन्धिखर्क सडक अवरुद्ध भएको छ । सन्धिखर्क–६ नरपानीको बहखोरामा गए राति पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए। गोरुसिङ्गे सन्धिखर्क सडकको सन्धिखर्क–६ नरपानीकै दहखो...
पढेर विदेश जानुभन्दा यहीँ अवसर छ : अध्यक्ष ओली चितवन । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा हासिल गरिसकेपछि रोजगारीको अवसरका लागि विदेशिनुभन्दा नेपालमा नै अवसर भएको बताएका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा आज आयोजना गरिएको कृषि उद्यमबाट संवृद्धि विषयक कार्यक्रममा उनले नेपालमा क...
हेटौंडामा बस दुर्घटना हुँदा ५२ जना घाइते मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ नवलपुरमा यात्रुवहाक बस दुर्घटना हुँदा ५२ जना घाइते भएका छन् । आज पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने नवलपुरमा बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ९इन्स्पेक्टर० रामचन...
सङ्खुवासभाः बाढीमा बेपत्ता एकजनाको शव टाउकोबिना १३ दिनपछि भेटियो, १९ अझै बेपत्ता किमाथाङ्का । सङ्खुवासभाको हेंवाखोलामा असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले बेपत्तामध्ये एक जनाको शव अरुण नदी किनारमा फेला परेको छ । टाउको बाहेकको शरीरमात्र फेला परेकाले शव पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरो...
आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई १५ महिना कैद सजाय, ९ करोड बढी जरिवाना काठमाडौं । नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्का अकुत सम्पत्ति आर्जनमा दोषी ठहर भएका छन् । विशेष अदालतले अकुत सम्पत्ति आर्जन गरेकोमा दोषी ठहर गर्दै १८ करोडभन्दा बढी बिगो र जरिवाना तथा १५ महिना कैद सजा...
कृषिलाई सहकार्य, सहकारी र सामूहिक प्रणालीबाट व्यापकरूपमा अघि बढाउनुपर्छ : ओली चितवन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कृषिलाई सहकार्य, सहकारी र सामूहिक प्रणालीबाट व्यापकरूपमा अघि बढाउनुपर्ने बताएका छन् । धान दिवसका अवसरमा शुक्रबार चितवनको भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै पनि उत्पादन ठूलो म...
हराउँदै रोपाइँको मौलिकता : अहिले सुनिँदैनन् असारे भाका गलेश्वर। आज असार १५ देशभर धान दिवस मनाइँदै छ। असारलाई ‘मानो खाएर मुरी उब्जाउने’महिनाको रुपमा लिने गरिन्छ। असारको दोस्रो साता बितेपछि मात्रै म्याग्दीमा रोपाइँ सुरु भएको छ। दर्के झरी र चर्को घामको प्रवाह नगरी जिल्लाका ग्रामीण क्षेत्रमा किसानले रोपाइँ गरिरहेका छन्। कि...
दुईवटा घरका लागि बस्ती नै जोखिममा पारेर सडक खन्दै सुर्खेत। दुईवटा घरमा मात्र सडक निर्माण गर्नका लागि कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जाजरकोटमा असार लाग्नै लाग्दा बजेट पठाएर जंगल विनास गरेर सडक निर्माण गरेको खुलासा भएको छ। भेरी नगरपालिका-४ का बोहरा गाउँका २ घरमा सडक पुर्‍याउनका लागि प्रदेश सरकारले १५ ...
११ बुँदे घोषणापत्र जारी गर्दै बागमती प्रदेश प्रथम युवा सम्मेलन सम्पन्न हेटौंडा। ११ बुँदे घोषणापत्र जारी गर्दै बागमती प्रदेश प्रथम युवा सम्मेलन-२०८० मंगलबार हेटौंडामा सम्पन्न भएको छ। प्रदेशका १३ वटै जिल्लाबाट १ सय ५० प्रतिनिधि युवाको सहभागितामा बागमती प्रदेश युवा परिषद्को आयोजनामा सम्मेलन भएको हो। सम्मेलनको समापनका अवसर...
धान दिवसमा कर्णालीमा सार्वजनिक बिदा, जुम्लामा भने नहुने सुर्खेत। कर्णाली प्रदेश सरकारका नौ जिल्लामा आज सार्वजनिक बिदा दिईएको छ । धान दिवसको अवसरमा जुम्लाबाहेक कर्णाली प्रदेशका बाँकी जिल्लामा सार्वजनिक बिदा दिईएको हो । गत चैत २९ को मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार असार १५ मा राष्ट्रिय धान दिवसका अवसरमा जुम्लाबाहेक नौ ...
लम्पिस्किनले गोरु मरेपछि किसानलाई खेत जोत्न सकस सुदूरपश्चिम । धान रोपाइँको चटारो बढेका बेला कैलालीको पहाडी क्षेत्र चुरे गाउँपालिकाका अमर शाहलाई घरको गोरु लम्पीस्किन रोगले मरेपछि रोपाइँ कसरी गर्ने भन्ने चिन्ताले सताएको छ । घरमा पालिएको हलगोरु बिरामीले मरेपछि पाखोखेत खनजोत गर्न नसक्दा उनलाई चिन्ताले सताएको हो । “एक हल गो...
ललिता निवास प्रकरण : तीन जना आरोपीद्वारा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता काठमाडौं । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका चारमध्ये तीन जना बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च पुगेका छन् । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले तीन जनाले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेको जानकारी दिए । उनका अनुसार यस...
अदालतका कर्मचारी कुटपिट गरेको आरोपमा वकिल पक्राउ काठमाडौं । प्रहरीले ललितपुर जिल्ला अदालतका कर्मचारीलाई कुटपिट गरेको आरोपमा एकजना वकिललाई पक्राउ गरेको छ । अदालतकी महिला कर्मचारीले आफूलाई कुटपिट तथा अभद्र व्यवहार गरेको भनेर जाहेरी दिएपछि वकिल अमिर लामिछानेलाई पक्राउ गरिएको ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकार...
स्वास्थ्यसम्बन्धी हक कार्यान्वयनका लागि सरकारले काम गरिरहेको छ : मन्त्री बस्नेत काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले संविधानमा उल्लेखित स्वास्थ्यसम्बन्धी मौलिक हक कार्यान्वयनका लागि सरकारले काम गरिरहेको बताएका छन् । आज काभ्रेपलाञ्चोकको बनेपास्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालको निरीक्षणका ...
सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भरतपुर । सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज दिउँसो सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका– ५ स्थित तीन नम्बर पुलमा सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको हो । पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् । अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्...
बागलुङका स्थानीय तहका नीति: कुकुरलाई ‘होस्टेल’, बाँदरलाई बगैँचा बागलुङ। बागलुङका स्थानीय तहले पृथक नीति तथा कार्यक्रम ल्याएका छन्। जिल्लाको दुई पालिकाले कुकुर र बाँदर नियन्त्रणका लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका छन्। जिल्लाको बागलुङ नगरपालिकाले छाडा कुकुर नियन्त्रण गर्न कुकुर होस्टेल निर्माण गर्ने भएको छ, भन...
आन्तरिक पर्यटकको रोजाइमा पर्दै ‘श्रवणकुमार पार्क’ वालिङ। स्याङ्जाको वालिङ-८ घ्याङ्लिङमा अवस्थित श्रवणकुमार पार्क पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ। वालिङ बजारदेखि नजिकै रहेको उक्त पार्कमा पूर्वाधार निर्माण भएसँगै आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको हो। घ्याङ्लिङस्थित अमिलीथुम आधारभूत विद्यालयको जीर्ण भ...
६ हजार बढी गाईभैँसीमा ‘लम्पीस्किन’ चितवन।  चितवनका सात पालिकामा नै गाईभैँसीमा लाग्ने लम्पीस्किन रोगको संक्रमण फैलिएको छ। सबै पालिकामा पालिएका पशुमा रोग फैलिएको हो। ती पालिकामा ६ हजार सात सय ९९ गाईभैँसीमा यो रोगको संक्रमण देखिएको छ। जिल्लामा ९३ हजार एक सय ८२ गाई र ७२ हजार ९७८ भैँसी पालिएको तथ्यांक छ। तीमध्ये छ हजार पाँच...
केरुंगा खोलाको सीमांकनको काम सुरु भरतपुर। भरतपुरको केरुंगा खोलाको सीमांकनको काम सुरु भएको छ। आज महानगरपालिकाको वडा नं ५ र ६ को सिमानाबाट सीमांकनको काम सुरु गरिएको हो। खोला सीमांकनको काम सुभारम्भ गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकाले सार्वजनिक जमिन संरक्षणको कामलाई निरन्तर अघि बढाएको बताइन्। उनले ...
भक्तपुरमा ‘रोजगार मेला’ भक्तपुर। मध्यपुरथिमि नगरपालिकाले स्थानीय जनशक्तिलाई स्थानीयस्तरमै रोजगारी उपलब्ध गराउने उद्देश्यले ‘मेरो वृत्ति मेरो खोजी, मेरो सीप भविष्यको दीप’ भन्ने नाराका साथ ‘वृत्ति मार्ग निर्देशन तथा रोजगार’ मेला आयोजना गर्ने भएको छ। नगरपालिकाले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्लामै पहिलो पटक स्...
बंगुरपालनमा रमाउँदै वडाध्यक्ष सिंजाली गल्याङ। स्याङ्जाको गल्याङ नगरपालिका–११ का वडाध्यक्ष दलबहादुर सिंजालीको बिहान र साँझको समय हिलो, धुलो र गोबरसँग खेलेर बित्ने गरेको छ। सिंजाली बिहानै बङ्गुरका लागि कुँडोे पकाउँछन्। कुँडो पाक्दै गर्दा उनी बंगुरको गोबर सफा गर्न थाल्छन्। अनी पालैपालो बंगुरका माउ र बच्चालाई पाकेकोे कुँडो...