content stringlengths 20 64.1k ⌀ |
|---|
भारतमा एक नेपालीको शव फेला धनगढी । भारतमा एक नेपालीको शव फेला परेको छ । अछामको मंगलसेन नगरपालिका वडा नम्बर १२ का गोपाल नाथ भारतमा मृत फेला परेका हुन् ।
भारतमा रहेकी पत्रकार ललिता विश्वकर्माले हरियाणा राज्यको रोहतक सहरमा काम गर्दै आएका नाथको शव फेला परेको बताएकी छन् ।
मृतकका आफन्तका अनुसार उनको हत्या गरिएको आशंका गरिएको... |
म्याद सकिँदा पनि नगर अस्पताल भवनको काम सकिएन बागलुङ । आगामी आसर मसान्तमा तोकिएको समयसीमा सकिनलाग्दा नगर अस्पतालको पहिलो तला मात्रै ढलान भएको छ । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण नगर अस्पतालको भवन समयमा निर्माण सम्पन्न नहुने भएको हो ।
लामो समय अलपत्र अवस्थामा रहेको अस्पताल भवनको काम धिमा गतिमा छ । बागलुङ नगरपालिकाले... |
घोराहीमा ९३ सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम, सिकाइ प्रभावकारी बन्दै दाङ । घोराही उपमहानगरपालिका–१८ स्थित श्री मावि रझेनामा कक्षा ५ मा अध्ययनरत सुदीप मगर दिवा खाजा खान पाउँदा खुसी छन्। आइतबार हलुवा, सोमबार चना, मङ्गलबार खीर, बुधबार चिउरा/पुलाउ, बिहीबार खिचडी/चिउरा शुक्रबार अण्डा खाने गरी विद्यालयले तालिका बनाएक... |
जनकपुधाम उपमहानगरको आगामी रणनीतिः आन्तरिक आयवृद्धि र प्राथमिक क्षेत्रमा लगानी जनकपुरधाम। मधेस प्रदेश राजधानीकारुपमा रहेको धनुषाको जनकपुरधाम उपमहानगरपालिकालाई स्थानीय जनताका आवश्यकता पूर्ति गर्दै हेर्न लायक प्रादेशिक सहर बनाउनुपर्ने जिम्मेवारीसमेत छ।
त्यसैमा पौराणिक, ऐतिहासिक एवं धार्मिक सहरको स्थापित पहिचानलाई मध्यनजर ... |
पुतलीबजारमा फस्टाउँदो ‘ड्रागन खेती’ वालिङ। सिउँडीको जस्तै काँडामा फल्ने अनौठो फलमा मुक्तबहादुर रानाको मन गयो।
स्याङ्जाको पुतलीबजार–१३ का रानाले १५ वर्षअघि अनौठो र नौलो देखेका फल लाग्ने चार वटा विरुवा घरमा ल्याए।
सुरुमा लगाएका चार वटा बेर्नाबाटै अहिले हजारौँ बेर्ना लगाउने र व्यावसायिक उत्पादन थाल्ने कल्पना सुरुमा उनमा थ... |
लगातार किन भइरहेको छ जहाज ‘ओभरसुट’ ? काठमाडौं। यही वैशाख २७ गते भारतको नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) मा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गर्यो ।
काठमाडौँ विमानस्थलमा दिउँसो ‘मिस एप्रोच’ भएपछि उक्त जहाजले ओभरसुट गरेर सिमरामाथिको आकाशमा करिब एकघण्टा आकाशमा फन्को लगाउने ‘होल... |
null |
वीरगञ्जमा दोस्रो पटक रात्रि बजार वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले दोस्रो पटक आजदेखि रात्रि बजार लगाएको छ । अर्थतन्त्र चलायमान बनाउने उद्देश्यले नयाँ वर्षदेखि सुरु गरिएको रात्रि बजारलाई निरन्तरता दिन आजदेखि दुई दिने रात्रि बजार लगाएको हो ।
हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार रात्रि बजार लगाउने योजनाअन्तर्गत आज र रात्र... |
मुलुकमा सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद अपरिहार्य : उपराष्ट्रपति काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकमा सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद अपरिहार्य रहेको बताउँदै त्यसको कार्यान्वयनमा जोड दिएका छन् ।
स्वप्नबालिका प्रकाशनद्वारा यहाँ आज आयोजित कार्यक्रममा स्व नेता प्रेमकृष्ण पाठकबारे लेखिएको ‘अनेक आयाम... |
माइतीघरमा शिक्षक र कर्मचारीको प्रदर्शन काठमाडाैं । शिक्षकहरु शिक्षा क्षेत्रको समस्या समाधान गर्न संघीय शिक्षा ऐन ल्याउनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका छन् ।
काठमाडौंको माइतीघर मण्डलामा नेपाल शिक्षक महासंघको अगुवाइमा विभिन्न १४ संघसंगठनका शिक्षक तथा कर्मचारीले संघीय शिक्षा ऐन ल्याउन सरकारलाई दबाब सृजना गर्न प्रदर्श... |
मुगु हिमपहिरो अपडेट : घटनास्थलसम्म उद्घार टोली पुग्न सकेन मुगु। हिमपहिरामा परी बेपत्ता भएको घटना हप्ता दिन भइसक्दा पनि सुरक्षाकर्मीसहितको टोली घटनास्थलसम्म पुग्न सकिरहेको छैन। हिमाल तथा पाटनमा १० फिटभन्दा बाक्लो हिउँ जमेको र लगातार मौसममा खराबी आइरहेकाले घटनास्थलसम्म पुग्ने बाटो पहिल्याउन कठिनाइ हुँदा उद्घारमा गएको टोल... |
शुक्लाफाँटा नगरपालिकाले तयार गर्यो आफ्नै पाठयक्रम कञ्चनपुर। स्थानीय संस्कृति, जनजीवन, भूगोललगायतका विषयवस्तुबारे बालबालिकालाई जानकारी दिनका लागि शुक्लाफाँटा नगरपालिकाले कक्षा १ देखि ८ सम्म ‘हाम्रो शुक्लाफाँटा’ पाठयक्रम तयार गरेको छ । उक्त पाठयक्रम चालु शैक्षिकसत्रदेखि लागू गरिएको छ ।
निर्माण गरिएको पाठ्यक्रमले स्थानीय... |
पर्यटकीय गन्तव्य बन्दै ‘बराह ताल’ ढोरपाटन। वरपर जंगल र बस्ती। बीचमा छ बराह ताल। शान्ता वातावरण, स्वच्छ हावापानी र चिरबिर चराचुरुंगीको आवाजले धेरैको मन फुरुङ हुन्छ। बागलुङ नगरपालिका-१० भकुन्डेमा पर्ने बराह ताल प्राकृतिक सुन्दरताले भरिपूर्ण छ।
एक हजार तीन सय २६ मिटरको उचाइमा रहेको बराह ताल जिल्ला सदरमुकाम बागलुङ बजारबाट ... |
अनुदान उत्पादनमा प्रेरक कास्की। कास्कीको रुपा गाउँपालिका-५ देउरालीकी खोमाया गुरुङ यतिखेर बाख्रापालन गरिहेकी छन्। विगतमा परम्परागत खोरमा बाख्रा पालेकी उनले अहिले आधुनिक खोर निर्माण गरेकी छन्।
दश बाख्राबाट सुरु गरेकी उनका खोरमा हाल २४ बाख्रा भइसकेका छन्। गएको दशैँमा घरमा मासुको व्यवस्थासँगै पाँच पाठा बेचेर अन्य खर्च एवं ... |
जन्ती बस दुर्घटना, ३० घाइते सिन्धुपाल्चोक । चौतारा साँगा चोक गढी नगरपालिका–७ झ्याडीमा जन्ती लिएर हिँडेको बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।
जलबिरे खमारेबाट जन्ती लिएर इन्द्रावती गाउँपालिका जाँदै गरेको हेलम्बु यातायातको बा २ ख ८४२२ नम्बरको गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ । इन्द्रावती–१० पाटीगाउँतर्फ हिँडेको ... |
कुकुरको टोकाइबाट पर्यटक घाइते गोरखा । उत्तरी गोरखाको मनास्लु क्षेत्रमा घुम्न गएका विदेशी नागरिक कुकुरको टोकाइबाट घाइते भएका छन् ।
अस्ट्रेलियन नागरिक अन्दाजी ३३ वर्षीय क्रिस्टेन लुइस विल्सनलाई बिहीबार साम्दोमा कुकरले टोकेको हो । उनको टाउँको र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।
उपचारका लागी उनलाई बिहीवार हेलिकप्टर ... |
खेल क्षेत्रले देशलाई चिनाउन मद्दत गर्छ : मन्त्री बस्नेत सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले खेल क्षेत्रले देशलाई चिनाउन सहयोग गर्ने बताएका छन् । मेलम्चीमा आज सम्पन्न जिल्लास्तरीय भलिबल प्रतियोगिताको समापन कार्यक्रममा मन्त्री बस्नेतले खेलले स्वस्थ रहन पनि धेरै सहयोग पुग्ने बताए ।
सिन्धुपाल... |
‘लम्पी स्किन’बाट एक सय २७ पशु मरे, सोह्र सय सङ्क्रमित सिमकोट । हिमाली जिल्ला हुम्लामा वैशाख दोस्रो सातायता पशुचौपायामा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण देखापरेको छ । सुरुमा फाट्टफुट्ट पशुचौपायामा देखिएको यो रोगको सङ्क्रमण हाल प्रकोपकै रूपमा फैलिएको छ ।
लम्पी स्किनको सङ्क्रमणले पशु बिरामी हुने र दैनिक मर्ने गरेको पशु अस्पता... |
राष्ट्रिय सम्मानसहित मुकेशको अन्त्येष्टि काभ्रेपलाञ्चोक । दोस्रो जनआन्दोलनमा घाइते भई बुधबार साँझ उपचारका क्रममा निधन भएका बनेपाका ३२ वर्षीय मुकेश कायस्थको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । कायस्थको नेवारी परम्पराअनुसार उग्रतिर्थेश्वर घाटमा दाहसंस्कार गरिएको हो ।
बनेपा नगरपालिका–८ का कायस्थको शव आज बिहान १... |
अर्घाखाँचीमा आगोले जलेर मृत्यु भएका चार जनाको सामूहिक दाहसंस्कार अर्घाखाँची । आगोले जलेर मृत्यु भएका अर्घाखाँचीको भुमिकास्थान नगरपालिका ढाकाबाङ्गका चार जनाको सामूहिक दाहसंस्कार गरिएको छ ।
खाकाबेँसीको बघमारे घाटमा सो सामूहिक दाहसंस्कार गरिएको भुमिकास्थान नगरपालिका–१ का वडाध्यक्ष गोपाल खनालले बताए । भुमिकास्थान नपा–२ ढाक... |
गण्डकीमा मन्त्रालयको कार्यविभाजन हेरेफेर गण्डकी । गण्डकी प्रदेश सरकारले मन्त्रालयको कार्यविभाजन हेरेफेर गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश सरकार (कार्यविभाजन) नियमावली, २०७४ को नियम ८ अनुसार मन्त्रालयको नयाँ कार्यविभाजन गरेको हो । सरकारको उक्त निर्णय आजै प्रदेश राजपत्रमासमेत प्रकाशित भइसकेको छ । यसअघ... |
चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मृत भेटिए चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गएको दुई दिनमा दुई वटा गैँडा मृत भेटिएका छन् । वैशाख २६ र २७ गते ती गैँडा मृत भेटिएका हुन् ।
२६ गते कसरा क्षेत्रको तमोर ताल क्षेत्रमा चार महिनाको पोथी गैँडा र २७ गते सौरहाको पटना क्षेत्र राप्ती नदी किनारमा भाले गैँडा मृत अवस्थामा भेटिएको हो... |
शरणार्थी प्रकरणको ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौँ : उपप्रधानमन्त्री श्रेष्ठ काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै ‘नेक्सस’लाई कारबाहीको दायरमा ल्याइने बताएका छन् ।
आज आफूसँग भेट गर्न आएका नेकपा (एकीकृत समाज... |
ऋषि जल उद्योगकाे प्रशोधित पानीको बोतलमा लेउ भेटियो सिरहा। सिरहामा प्रशोधित पिउने पानीको बोतलमा लेउ भेटिएको छ। गोलबजार नगरपालिका १० का वसन्त कुमार महतोले लहानकाे एक पान पसलबाट किनेको ऋषि जल नामक पानीको बोतलमा कागजको टुक्राजस्तो अखाद्य वस्तु देखिएको हो।
तिर्खाएका महतोले पानी किनेर बोतलकाे बिर्काे खाेल्न लाग्दा बोतल भित्... |
विद्यालय पुग्न घण्टौँ हिँड्नुपर्ने बाध्यतामा दुर्गमका विद्यार्थी कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लाकी मनिषा साउदले यसपटक कक्षा आठ उर्तीण गरिन्। गाउँकै विद्यालयबाट कक्षा आठ उर्तीण गरेकी उनी ब्रह्मदेवस्थित सिद्धनाथ माध्यमिक विद्यालयमा कक्षा नौ मा भर्ना भएकी छन्।
अर्को गाउँको विद्यालय जानुपर्ने हुनाले आजभोलि म... |
स्थानीय तहमा कर्मचारी अभावका कारण सेवा प्रभावित सिरहा। सिरहाका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा विकास निर्माणको मुख्य समयमा सेवा प्रभावित भएको छ। सिरहाको विष्णुपुर गाउँ पालिका, मिर्चैया र धनगढीमाई नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुदा सेवाग्राहिको काम प्रभावित भएको हो।
भ्रष्टाचार मुद्दामा प्रमुख प्रशासकी... |
राप्ती बगरबाट गोहीका २५९ अण्डा संकलन चितवन। चितवन राष्ट्रिय निकुञ्जले राप्ती नदी किनारबाट गोहीका दुई सय ५९ अण्डा संकलन गरेको छ। बगरमा भेटिएकामध्ये नौ वटा गुँडबाट अण्डा संकलन गरिएको हो।
खोजीको क्रममा भेटिएका थप ६ वटा गुँडका अण्डा प्राकृतिमा छाडिएको छ। गोही प्रजनन केन्द्र हेर्दै आएका सहायक संरक्षण अधिकृत सान्तबहादुर मगरक... |
कञ्चनपुरमा रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती महेन्द्रनगर। कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भासीका विजयराज पन्त आठ वर्षदेखि श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्दै आएका छन्। उनी श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्ने सुदूरपश्चिमकै पहिलो व्यक्ति हुन्।
विसं २०५० यता झण्डै दुई दशकसम्म विभिन्न गैरसरकारी संस्था... |
दोस्रो जनआन्दोलनका ‘जिउँदो शहिद’ मुकेश कायस्थको निधन बनेपा। दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन भएको छ । बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ ।
२०६२-०६३को १९ दिने जनआन्दोलनको क्रममा वि.स. २०६२ चैत २७ गते बनेपामा भएको आन्दोलनमा प्रहरीले चलाएको... |
बाजुराको बिछ्या केन्द्रविन्दु भएर भूकम्प काठमाडाैं। बाजुरा जिल्लाको बिछ्या केन्द्रविन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछ्या केन्द्रविन्दु भएर आज बिहान ५ बजेर १५ मिनेट जाँदा ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो।
यसअघि बाजुराकै बिछ्या केन्द्रविन्दु भएर यही वैश... |
सूर्तीजन्य प्रदार्थको कर बढाउन पहल गर्ने स्वास्थ्यमन्त्रीको भनाइ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सूर्तीजन्य प्रदार्थको कर बढाउन पहल गर्ने बताए । स्वास्थ्य पत्रकारसँगको अन्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले नेपालमा अर्थतन्त्र बिग्रिएको बेला सूर्तीजनय पदार्थ कर बढाएर क्यान्सरका बिर... |
भारतीयको कुटाइबाट नेपाली युवाको मृत्यु भैरहवा । सीमावर्ती भारतीय गाउँमा शङ्कास्पदरूपमा नेपाली युवा मृतावस्थामा भेटिएका छन् । मृत भेटिनेमा रोहिणी गाउँपालिका–२ बस्ने २६ वर्षीय रविकुमार यादव रहेका छन् । यादवको शव हात बाँधिएको र शरीरमा चोटपटक लागेको अवस्थामा भेटिएको छ ।
स्थानीयवासीका अनुसार रविको मानसिक अवस्था ठीक थिएन । अ... |
म्याग्दीमा ‘लम्की स्किन’ देखियो म्याग्दी । म्याग्दीमा पालिएका गाईगोरुमा ‘लम्की स्किन’ रोग देखिएको छ । देशका विभिन्न स्थानमा महामारीका रुपमा फैलिएर पशुधनको क्षति गरेको ‘लम्की स्किन’ म्याग्दीमा पनि भित्रिएको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका प्रमुख जीवनप्रसाद आचार्यले रघुगङ्गा गाउँपालिकाको पाखा... |
नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारवाही गर्नुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन भएको छ ।
नक्कली भुटानी शरणार्थीको काण्डको सक्कली छानविन गर्नुपर्ने भन्दै बृहत् नागरिक आन्दोलनले काठमाडौंको भद्रकालीमा प्रदर्श... |
नेपालगञ्जको किङ्स क्लबबाट हतियारसहित तीन जना पक्राउ नेपालगञ्ज । नेपालगञ्जको किङग्स क्लबबाट हतियारसहित बाँके प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गएराति साढे ११ बजे नेपालगञ्ज–१२ स्थित सुर्खेत रोडमा रहेको किङग्स क्लबमा पेस्तोलसहित आएर झगडा गर्दै गरेको अवस्थामा तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
क्लबमा झगडा हुँदै गरेको... |
महाकालीमा बालुवा छान्नेको पीडा : ‘बालुवा नछाने भोकै बस्नुपर्छ’ बेदकोट। गिट्टी, बालुवाको स–साना थुप्रा, नजिकै ठडिएका छन् छान्ने जाली। गिट्टी, बालुवा उत्खनन गर्न नदीमा ठाउँठाउँमा खाल्डा पारिएका छन्।
उखरमाउलो तराईको गर्मीकै बीच असिनपसिन भएर कोही उत्खननका लागि खाल्डामा पसेका छन्। सँगै नदीजन्य पदार्थ उत्खननका लागि कुटो, फरु... |
मुगु अस्पतालमा औषधि अभाव, किन्ने पैसा छैन मुगु। कर्णालीका १० जिल्लामध्ये सबैभन्दा बढी मुगुका नागिरकहरु स्वास्थ्य क्षेत्र बञ्चित हुँदै आइरहेका छन् । विगतका वर्षहरुमा रोग र भोगले थला परिरहने मुगुवासी अहिले सामान्य औषधि सेवा समेत पाउन तड्पिनुपरेको छ ।
सामान्य नागरिकलाई सिटामोलसमेत किन्न पैसा नभएको सुन्दै आए पनि अहिले भने ... |
रामपुरको जनविकास प्राविमा विद्यार्थी भर्ना शून्य, विद्यालय समायोजनको तयारी पाल्पा। सुन्दा पनि जो–कसैलाई आश्चर्य र पत्यार नलाग्न सक्ला, विद्यालयमा एक जना विद्यार्थी पनि भर्ना नभएको खबर । रामपुर नगरपालिका–३ स्थित लामटाङमा रहेको जनविकास प्राथमिक विद्यालयमा यस शैक्षिकसत्रमा विद्यार्थी भर्नादर शून्य छ ।
यहाँ वैशाख २६ गतेसम्... |
अर्घाखाँची आगलागी अपडेट : घाइते भएका चार जनाको मृत्यु अर्घाखाँची। अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका चार जनाको मृत्यु भएको छ।
आगलागीमा परी घाइते भएका भुमिकास्थान–२ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर बेल्वासे, ५५ वर्षीय पदम बेल्वासे, ५२ वर्षीय घनश्याम बेल्वासे र ३६ वर्षीय माधव ... |
कोशीको विरोधमा आक्रमक बन्दै आन्दोलन : दमकमा गोली चल्यो, १० सुरक्षाकर्मी घाइते झापा। कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै सुरू भएको दोसो चरणको आन्दोलनको पहिलो दिनमा झडप हुन पुगेको छ।
झापाको दमकमा मंगलबार साँझ राँके जुलुससहित बिरोध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरी बिच मुढभेड हुदाँ आन्दोलनले उग्र रुप लिएको छ। झ... |
१३ वर्षीया बालिकालाई बलात्कार गर्ने युवकलाई १८ वर्ष कैद सप्तरी । सप्तरीमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई आज १८ वर्ष कैद सजाय भएको छ ।
जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको इजलासले राजविराज नगरपालिका–१२ विषहरियाका २१ वर्षीय कलदीपकुमार खंगलाई १८ वर्ष कैद सजाय भएको सप्तरी जिल्ला अदालतले जनाएको... |
लिफ्टिङ सिँचाइले हैरान भए गाउँले धनकुटा। हस्तान्तरण भएको तीन महिनादेखि पाइप फुट्न थालेपछि तमोर नदीको पानी तानेर खेती गर्ने सहिदभूमि गाउँपालिका गोपालपुर गाउँका किसानको सपना त्यसै तुहिएको छ ।
सङ्घीय सरकारको रु एक करोड ८५ लाख सहयोगमा आर्थिक वर्ष २०७६र०७७ मा गाउँका एक सय ५० घरधुरीका लागि सिँचाइ सम्पन्न भएको थियो तर आयोजना... |
सफा हिमाल अभियान, २९ हजार किलो फोहर सङ्कलन काठमाडौं । नेपाली सेनाको अगुवाइमा भइरहेको ‘सफा हिमाल अभियान–२०२३’ अन्तर्गत परिचालित टोलीले सगरमाथा, ल्होत्से, बरुन्चे तथा अन्नपूर्ण हिमाल सफाइ कार्य जारी राखेको छ ।
तीन वटा समूहमा परिचालित टोलीले सगरमाथा, ल्होत्से सात हजार छ सय ३२, बरुन्चे १८ हजार पाँच सय २०, अन्नपूर्णबाट तीन ... |
कोशीको अधिकांश जिल्लामा फैलियो ‘लम्पी स्किन’ झापा । कोशी प्रदेशको अधिकांश पहाडी जिल्लामा गाई गोरुमा लाग्ने ‘लम्पी स्किन’ नामक सङ्क्रामक रोगको महामारी फैलिएको छ । इलाम र झापा जिल्लामा मात्रै चार सय ६२ वटा पशु रोग सङ्क्रमणबाट मरेका छन् ।
इलाम, उदयपुर, धनकुटा, सङ्खुवासभालगायतका पहाडी जिल्लामा यसको प्रकोप फैलिरहेको कोशी प्... |
वालिङले दिन थाल्यो श्रम स्वीकृति वालिङ। स्याङ्जाको वालिङ नगरपालिकाले वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिलाई श्रम स्वीकृति दिन सुरु गरेको छ। वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सेवा पाएपछि स्थानीयवासीलाई सहज भएको हो।
वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले यसअघि श्रम स... |
मनाङमा सडकको ट्र्याक खोलिदै मनाङ। हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकामा ट्र्याक खोलिदै छ। सडक विस्तार भएको २० वर्षपछि विकट क्षेत्रको रुपमा रहेको नार्पाभूमिमा सडकको ट्र्याक खोल्न थालिएको हो।
प्रदेश सरकार र पालिकाले बजेट छुट्याएपछि नार्पाभूमिमा विष्फोटक पदार्थ प्रयोग गरी पहाड फोरेर सडकको ट्र्याक खोल्न सुरुआत गरिएक... |
विदेशबाट फर्किएका लोकबहादुर पशुपालनमै व्यस्त, गाउँमै रोजगारी र आम्दानी गर्दै बाँके । लोकबहादुर सिंह ठकुरी चारवर्ष अगाडि साउदी अरबबाट घर फर्किए। खजुरा गाउँपालिका–२ निवासी उनी घर फर्किएलगत्तै सुबेदार द्रोण कृषि फार्म प्रालि फार्म सञ्चालन गरेर व्यवसाय गर्न थाले। करिब २४ वर्ष विदेशमा बसेका लोकबहादुर अहिले पशुपालनमै व्यस्त ... |
लुम्बिनी प्रदेश सरकारले शुक्रवार भित्रै पूर्णता पाउँछ: सन्तोष पाण्डे (भिडियो) दाङ। लुम्बिनी प्रदेश सरकारका प्रवक्ता सन्तोष पाण्डेले शुक्रवार भित्रै सरकारले पूर्णता पाउने बताएका छन्। रिपोर्टर्स क्लव नेपाल लम्बिनी प्रदेश कार्यालय बुटवलले कानुन दिवसको अवसरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पाण्डेले जनताले अनुभ... |
गर्मीले मधेश प्रदेशको जनजीवन प्रभावित, तापमान ४० डिग्री सेल्सियस पुग्यो रौतहट। रौतहटसहित मधेश प्रदेशका जिल्लामा तापमान ४० डिग्री सेल्सियस पुग्दा यहाँको जनजीवन प्रभावित बनेको छ । प्रचण्ड गर्मीको कारण तापक्रम बढ्दै जाँदा मधेशमा जनजीवन प्रभावित बनेको हो । सप्तरी राजविराजको ४० दशमलव चार डिग्री सेल्सियस ताप मापन गरिएको जल त... |
मकैको खोस्टाबाट टोपी र झोला उत्पादन, विदेशमा निर्यात तनहुँ। व्यास नगरपालिका–५ की प्रतिमा श्रेष्ठ मकैको खोस्टाबाट टोपी र झोला बनाउन व्यस्त छिन्।
उनी भन्छिन् “कच्चा पदार्थ विदेशबाट ल्याएर सिकेको सीपले बजार आफैँ खोज्नुपर्ने हुन्छ, गाउँघरमा फालिएका खेर जाने कच्चा पदार्थ प्रयोगबाट सिकेको सीपले आम्दानी हुने हुँदा प्रेरित र प... |
निजी विद्यालयमा विद्यार्थी आकर्षित भएपछि… स्वर्गद्वारी। प्युठानमा नयाँ शैक्षिकसत्र २०८० का लागि भर्ना अभियान सम्पन्न भइसक्यो। जिल्लाका सबै विद्यालयमा पठनपाठनसमेत धमाधम चलिरहँदा प्युठान नगरपालिका कार्यालयकै छेउमा रहेको विद्यालयका कक्षाकोठा रित्ता छन्।
प्युठान–४ थापडाँडास्थित सरस्वती प्राथमिक विद्यालय विद्यार्थी नभएका का... |
गुप्तेश्वर महादेवको संरक्षण गरिँदै भोजपुर। यहाँको रामप्रसादराई गाउँपालिका–३ भुल्केस्थित गुप्तेश्वर महादेवको संरक्षण थालिएको छ। धार्मिक क्षेत्रका रूपमा विकास गर्न यसको संरक्षण थालिएको हो। सडक खन्ने क्रममा अनोठौ प्रकृतिका ढुंगा फेला परेपछि यहाँ गुप्तेश्वर नामकरण गरेर संरक्षण थालिएको हो।
सडकको भित्तामा देवी–देवताको आकृति ... |
दुर्गमको व्यथा: विद्यालय पुग्न चार घन्टा पैदल गलकोट। बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–६ भित्रीवनका ललिता छन्त्याल बिहानै ७ बजे विद्यालय अध्ययनका लागि हिँड्छिन्। तमानखोला गाउँपालिका–५ खुङ्खानीस्थित शान्ति माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छन्त्याल बिहानै उठेर विद्यालय हिँड्न थालेको एक वर्ष बित्यो।
गाउँकै डिल्ली ... |
भरतपुर महानगरले केही दिनमा मापदण्ड विपरितका संरचना भत्काउने चितवन। भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले मापदण्ड विपरितका संरचना भत्काइने काम छिटोभन्दा छिटो अघि बढाइने बताएकी छन्।
भरतपुर भवन निर्माण व्यवसायी समितिको १०औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मेयर दाहालले भरतपुरलाई व्यवस्थित सहर निर्माण गर्ने उद्देश्यसह... |
कोशी प्रदेश नामाकरणविरुद्ध आजबाट पुन: आन्दोलन बिराटनगर। आजदेखि कोशी प्रदेश नामाकरण बिरुद्ध पुन: आन्दोलन सुरु हुने भएको छ। आज वैशाख २६ गते झापाको दमकमा राँके जुलुस प्रदर्शन गर्दै सो आन्दोलनको सुरुवात गर्न लागिएको हो।
संयुक्त संघर्ष समितिका किराँत राई यायोक्खाका अध्यक्ष जीवन हाताचोका अनुसार सो आजवाट सुरु हुने आन्दोलन जेठ... |
विद्यालयको जग्गामा पार्किङस्थल निर्माण नगर्न जनकपुरधाम उपमहानगरपालिकालाई अदालतको आदेश धनुषा । उच्च अदालत जनकपुरले राष्ट्रिय प्राथमिक विद्यालय दशरथनगरको जग्गामा पार्किङस्थल निर्माण नगर्न जनकपुरधाम उपमहानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको छ ।
आज उच्च अदालत जनकपुरका न्यायाधीशद्वय भोजराज अधिकारी र सागर विष्टको संयुक्... |
null |
भरतपुर महानगरले केही दिनमा मापदण्ड विपरितका संरचना भत्काउने चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले मापदण्ड विपरितका संरचना भत्काइने काम छिटोभन्दा छिटो अघि बढाइने बताएकी छन् ।
भरतपुर भवन निर्माण व्यवसायी समितिको १०औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मेयर दाहालले भरतपुरलाई व्यवस्थित सहर निर्माण गर्ने उद्देश्य... |
नीति तथा कार्यक्रम तयार पार्न छलफल हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम तयार पार्नका लागि प्रदेशको संसद्मा सहभागी सातवटै दलहरुसँग छलफल गरेको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज मुख्यमन्त्री शालिकराम जमकट्टेलले अध्यक्षतामा छलफल भएको हो ।
छलफल... |
चार लाख ६७ हजारले कक्षा १२ को परीक्षा दिँदै काठमाडौं । मङ्गलबारदेखि सुरु हुुने कक्षा १२ को परीक्षाको तयारी पूरा भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले तयारी पूरा भएकाले परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई आह्वान गरे । उनले देशभर शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न गर्न सबैमा आग्रह गरे ।
कक्षा १... |
टोपबहादुर रायमाझीलाई पक्राउ गर्न सबै जिल्लामा सर्कुलर काठमाडौं । पूर्वउप्रधानमन्त्री समेत रहेका एमाले सचिव टोपबहादुर रायमाझीलाई पक्राउ गर्न सबै जिल्ला प्रहरी कार्यालयमा सर्कुलर गरिएको छ । भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोप लागेका रायमाझीलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी भएको छ ।
गत ब... |
समृद्धिको यात्रामा चेपाङ युवा बागमती। परम्परागत ज्ञानलाई आधुनिकीकरण गरी मकवानपुरका चेपाङ युवाले आफ्नो सीपलाई बजारीकरण गर्न सुरु गरेका छन्। गिठ्ठाको चिप्स, सिस्नोको धुलो तथा भाङको पाटबाट बनेका झोला तथा महको उत्पादन र बजारीकरणमा चेपाङ युवाले अग्रसरता देखाएका छन्।
जिल्लाको विकट क्षेत्र मानिने राक्सिराङको सिलिंगेका ३९ वर्ष... |
धाराबाट पानी आएपछि खोलेस्बाङवासी दंग ढोरपाटन। “गाउँमा खानेपानीको हाहाकार हुन्थ्यो, सबैभन्दा बढी समस्या त चैतदेखि असारसम्म हुथ्यो, अहिले घरकै आँगनको धारोमा पानी आउँछ, घरमै पानी आउन थालेपछि हाम्रो दैनिकी नै फेरिएको छ।” तमानखोला गाउँपालिका–२ खोलेस्बाङकी श्यामकुमारी रसाइलीलाई एक गाग्री पानी भर्न डेढ घण्टासम्म लाइनमा बस्नुप... |
सबैलाई रुवाउँदै अस्ताए व्यवसायी कँडेल चितवन। “दुःखी र कमजोर मन लिएर मसँग डाक्टरको रुपमा पीडा पोख्न कोही आए म शंकर कँडेल दाइजस्तो हँसिलो, व्यस्त र समाधानपरक जीवन जिउनुपर्छ भन्थेँ।
आज आफ्नो आँखा अघि त्यो आशा दिलाउने दियो निभ्यो, सहन गाह्रो भो।” जिल्लाका परिचित चिकित्सक डा. भोजराज अधिकारीले व्यवसायी शंकर कँडेलको निधनको खब... |
नारायणघाट-बुटवल सडक खण्डको काम २६ प्रतिशत मात्रै बुटवल। महेन्द्र राजमार्ग अन्तर्गत बुटवल-नारायणगढ सडक विस्तारका लागि थप डेढ बर्ष म्याद थप्न अनुरोध परेको छ।
कोरोनाको महामारी देखाउँदै यसअघि दुई पटक म्याद थप गरेको चिनियाँ ठेकेदार कम्पनिले डेढ बर्ष म्याद थप गरिदिन अनुरोध गरेको हो। सो सडक खण्डको काम हाल २६ प्रतिशत मात्रै सम... |
उदयपुरमा स्थानिय तहबाटै श्रम स्विकृति दिन सुरु उदयपुर। वैदेशिक रोजगारीमा जानेहरुका लागि स्थानिय पालिकाहरुले श्रम स्विकृति दिन सुरु गरेका छन्। यसै क्रममा त्रियुगा नगरपालिकाले पनि आइतबारबाट वैदेशिक रोजगारीमा जानेलाई श्रम स्वीकृति दिन सुरु गरेको हो।
संघीय सरकारले वैदेशिक रोजगारीमा जानका लागि स्थानीय तहमार्फत श्रम स्वीकृति... |
null |
null |
पाल्पा महोत्सव समापन रामपुर (पाल्पा)। पाल्पामा सञ्चालन भएको महोत्सव सम्पन्न भएको छ । पाल्पा उद्योग वाणिज्य सङ्घको आयोजनामा गत वैशाख १४ गते देखि सुरु भएको महोत्सव आज सम्पन्न भएको हो ।
दश दिनसम्म चलेको महोत्सवमा करिब रु आठ करोड बराबरको कारोबार भएको तथा करिब तीन लाख दर्शकले मेला अवलोकन गरेको सङ्घका अध्यक्ष शैलेन्द्र भट्टर... |
दर्ताविना सञ्चालनमा रहेका कुश्मीशेराका पसलमा ताला बागलुङ। पटकपटक आग्रह गर्दासमेत कानुनी प्रक्रिया पूरा नगरेका बागलुङको कुश्मीशेरा बजारका केही पसलमा जिल्ला प्रशासन कार्यालयले ताला लगाएको छ । अनुगमनका क्रममा दर्ताविना नै सञ्चालनमा रहेका पसलमा ताला लगाइएको हो ।
जैमिनी नगरपालिकाको मुकाम रहेको कुश्मीशेरा बजारमा शनिबार अनुगम... |
तमानलाई ‘मौलिक गाउँ’ बनाइँदै ढोरपाटन। बाक्लो मगर बस्ती। काठ, ढुंगा र माटोले सलक्क बान्की मिलाएर बनाइएका घरहरु। रातोमाटो र सेतो कमेरोले पोतिएका ती घरले धेरैलाई आकर्षित गरिरहेका छन्। वरिपारी गाउँमा बीचमा कलकल बग्ने तमानखोला। चौबिसै घण्टा सिरसिर हावा चलिराख्ने यो गाउँको विशेषता हो।
बागलुङको तमानखोला गाउँपालिका–३ मा पर्ने ... |
साइपालमा खाद्य संकट, सिंहदरबार नधाएर पुग्दैन चामल बझाङ। साइपाल गाउँपालिका–४ धुलीका सोनाम तामाङको परिवारमा सात जना छन् । गाउँमै बस्ने उनीहरूको आयस्रोत ‘सिजन’अनुसार यार्सागुम्बा सङ्कलन नै हो । दुई वृद्धावस्था उमेरका बाहेक पाँचै जना यार्सागुम्बा सङ्कलनमा हिमाल चढ्नुहुन्छ । यसबाट तामाङको परिवारले रु पाँच–छ लाख आम्दानी गर्द... |
मुगु हिमपहिरो : जुम्लाका तीन जनाको मृत्यु जुम्ला। मुगुको च्यार्खु लेकमा हिउँ पहिरामा परेर जुम्लाको पातारासी गाउँपालिकाका तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।
पातारासी-२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र ३६ वर्षीय वीर बोहोराको मृत्यु भएको पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले जानक... |
हिम पहिरोमा परेर जुम्लाका तीन जना बेपत्ता मुगु । हिम पहिरोमा परेर जुम्लाका तीन जना बेपत्ता भएका छन् । जुम्लाको पातारासि गाउपालिका(२ तल्फि गाउँका तारासिंह सार्की, पुन्न सार्की र बीरबोहोरा बेपत्ता भएको जुम्लाको पातारासि गाउँपालिकाका अध्यक्ष पुन्न सिंह बोहोराले बताए ।
अन्दाजी १२ देखि १३ जनाको टोली मध्ये ३ जना बेपत्तामा पर... |
null |
शिशु बुद्धलाई लुम्बिनीबाट तिलौराकोट लगियो रुपन्देही । मायादेवीले सिद्धार्थ गौतमलाई लिएर तिलौराकोट दरबार फर्कँदै गर्दाको प्रतीकका रूपमा लुम्बिनीबाट शिशु बुद्ध कपिलवस्तुको तिलौराकोट लगिएको छ ।
लुम्बिनीमा जन्मिनुभएका सिद्वार्थ गौतमलाई बुद्धपूर्णिमाको अर्को दिन लुम्बिनीबाट गृहनगर प्राचीन कपिलवस्तु लगिएको थियो । त्यही दिनको... |
विकासका नाममा खोला र पहाड क्षेत्र दोहन, सरोकारवाला निकाय मौन सुर्खेत। मध्यपहाडी लोकमार्ग जाजरकोट खण्डमा मौकाछोपी लगातार खोला, पहाड क्षेत्र दोहन भइरहेको छ । मध्यपहाडीलोकमार्ग जाजरकोट खण्डको कुदुदेखि गिमा र गिमादेखि थलहसम्मको कालोपत्रेको जिम्मा पाएको ठेकेदारले पहाड दोहन गरेको हो ।
रातदिन मेसिन प्रयोग गरेर निर्माण कम्पनील... |
दार्चुला हिमपहिरोमा परेका दुई जना अझै बेपत्ता, खोजी कार्य जारी दार्चुला । हिमपहिरोमा परेर बेपत्ता भएका दुई जना अझै फेला परेका छैनन ।
डोटीको जोरायल गाउँपालिका–२ बुडरकी २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी सोमो थापा अझै फेला नपरेका हुन ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसा... |
मिटर ब्याज पीडित एक महिनादेखि धर्नामा काठमाडौं। मिटर ब्याज पीडित एक महिना देखी धर्नामा बसेका छन्। गत चैत २९ देखि काठमाडौं रत्नपार्कस्थित खुल्ला स्थानमा धर्नामा बसेका मिटरब्याज पीडितलाई भने सरकारले अझै सम्बोधन गर्न सकेको छैन।
पटक पटक बार्ता भए पनि मिटर ब्याज पीडितले धर्नालाई भने जारी राखेका छन्। सरकारले मिटरब्याजी पीडित... |
दोधारा चाँदनी सुक्खा बन्दरगाहः नेपाली सीमासम्म भारतले खोल्यो पहुँचमार्ग बेदकोट। भारतीय पक्षले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ गडिगोठसम्म सुक्खा बन्दरगाहका लागि पहुँचमार्गको ट्रयाक खोलेको छ । दोधारा चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाहका लागि भारततर्फ रुख कटान गरेर नेपाली सीमासम्म पहुँचमार्ग ट्रयाक खोलिएको हो ।
भा... |
श्रम स्वीकृति लागू गर्दै काभ्रेका स्थानीय तह काभ्रेपलाञ्चोक । सरकारको वैदेशिक रोजगारमा जान चाहने नागरिकले सम्बन्धित स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिनुपर्ने प्रावधानलाई काभ्रेपलाञ्चोकको स्थानीय तहले धमाधम लागू गर्दैछन् । तेह्र स्थानीय तह रहेको यस जिल्लामा वैशाख तेस्रो हप्तासम्म पाँच तहले ‘श्रम स्वी... |
स्वच्छ र सुन्दर वीरगञ्ज बनाउने अभियान : फोहर पाल्नेलाई कारबाही पोखरीया । सफा, स्वच्छ र सुन्दर वीरगञ्ज महानगर बनाउने अभियानका साथ सरसफाइलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको महानगरले जथाभावी फोहर फालेर दुर्गन्ध फैलाउनेलाई कारबाहीको क्रम जारी राखेको छ ।
वीरगञ्ज महानगरपालिकाले आज जथाभावी फोहर फाल्ने एक जनालाई कारबाही ... |
कर्णाली करिडोरसँग जोडिएपछि खत्याडवासीको मुहारमा खुसी मुगु। मुगुको खत्याड गाउँपालिका कर्णाली करिडोरसँग जोडिएपछि खत्याडवासी उत्साहित भएका छन् । सुकाढिक झुगलास्थित हुम्ला कर्णाली नदी बेलिब्रिज(पुल) निर्माण भएर कर्णाली करिडोरमा गुड्ने गाडी अब खत्याड गाउँपालिकातिर चल्ने भएपछि खत्याडवासीको मुहारमा खुसी छाएको हो ।
कर्णाली नदी... |
अपहरण परेका बालकको भारतबाट सकुशल उद्धार सुनसरी । सुनसरीको दुहबीबाट अपहरणमा परेका एक बालकको सकुशल उद्धार गरिएको छ । सुनसरीको दुहबी नगरपालिका–१२ बुगडरीमा गाई फार्म सञ्चालन गरेका बिन्देश्वर यादवको ११ वर्षे छोरा अपहरणमा परेका थिए । उनको भारतबाट नेपाल प्रहरीले सशकुशल उद्धार गरेको हो ।
भारतीय समूहबाट अपहरणमा परेका बालकलाई भा... |
आज विरल छायाँजनित चन्द्रग्रहण काठमाडाैं। वैशाख शुक्ल पूर्णिमाका दिन आज बेलुकी विरल छायाँजनित (पेनम्ब्रल) चन्द्रग्रहण लाग्ने भएको छ।
नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो)का अनुसार विरल छायाँजनित (पेनम्ब्रल) चन्द्रग्रहण राति ८:५९ बजे सुरू भई ११:०७ बजे मध्य हुन्छ। राति १:१६ बजे ग्रहण सकिने जनाइएको छ।
यो चन्द्रग्रहण खग्रास वा... |
चुँगा गाउँ दलित बस्तीका नागरिक ४७ वर्षदेखि ‘नजरबन्द’मा सुर्खेत। मुगुको छायाँनाथ रारा नगरपालिका-८ चुुगाँ गाउँका दलित समुदाय जो ४७ बर्ष देखि नजरबन्द जस्तै जिवनयार्पन गदै आएका छन् । रारा राष्ट्रिय निकुुञ्जभित्र रहेको यस गाउँका स्थानीय निकुञ्जको नीति नियम कानुनका कारण उनीहरू नजरबन्द जस्तै जीवनयापन गदै आएका हुन् ।
रारा राष... |
बुद्धजयन्तीमा लुम्बिनीमा विशेष समारोह, प्रधानमन्त्रीले सम्बोधन गर्दै रुपन्देही। २५६७ औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस आज धुमधामका साथ मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई गौतमबुद्धको जन्मजयन्तीका रुपमा मनाउने गरिन्छ ।
बुद्धजयन्ती तथा लुम्बिनी दिवसका अवसरमा लुम्बिनीमा विशेष समारोहको आयोजना गरिएको छ । ... |
सुन्दरबजारको नमूना अस्पतालमा निःशुल्क सुरक्षित प्रसुति सेवा शुरु लमजुङ। लमजुङ क्लब सुन्दरबजारमा सञ्चालित एचडिसिएस नमूना सामुदायिक अस्पतालमा प्रसुति सेवा निःशुल्क उपलब्ध हुने भएको छ। सुन्दरबजार नगरपालिकाको स्वास्थ्य शाखाले आवश्यक अनुगमन गरी आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्न बिहिबारबाट स्वीकृत दिएको हो।
यसअघि सुन्दरबजार... |
किराँत समुदायले आज उभौली पर्व मनाउँदै काठमाडाैं। प्रकृतिको पुजारी किराँत समुदायले बैशाख पुर्णिमाका दिनमा पर्ने उभौली पर्व धुमधामसहित मनाउँदै छन्। मुख्यत अन्न बाली सप्रियोस्, खेतबारीमा राम्रो बालीनाली लागोस्, पृथ्वीमा कहीँ कतै खाद्यान्नको कमी नहोस् भन्दै किराँत समुदायले यस उभौली पर्व मनाउँने गरिन्छ।
किराँत समुदायले मुख्... |
बागमती करिडोरका विभिन्न सडकमा मर्मत हुँदै काठमाडौँ । राजधानी काठमाडौँका मुख्य सडकको जाम कम गर्न निर्माण गरिएको बागमती करिडोरका विभिन्न स्थानमा सडकको मर्मत अघि बढाइएको छ ।
करिडोरका कतिपय खण्डमा ट्र्याक खोल्न नै बाँकी हुँदा कतिपय खण्डमा पहिले बनिसकेका सडक भत्कन थालेकाले मर्मत अघि बढाइएको हो । चालु आर्थिक वर्षमा बागमती कर... |
भवन नक्सा अद्यावधिक गर्न सात हजार बढी निवेदन काठमाडौँ । काठमाडौँ महानगरपालिकामा मापदण्ड भएका तर नक्सा स्वीकृत नगरी भवन निर्माण गरेका सात हजार बढी निवेदकले नक्सा स्वीकृत गराउन निवेदन दिएका छन् ।
प्राप्त निवेदनमध्ये एक हजार सात सय ३५ जनाको नक्सा पास भएको छ । बाँकी निवेदकबाट नक्सा दर्ता गर्नेलगायत प्रक्रिया चलिरहेका छन् ।... |
सुडानमा रहेका १३ नेपाली आइपुगे काठमाडौं । सुडानमा हालै विकसित परिस्थितिमा त्यहाँ रहेका नेपाली नागरिकको सकुशल उद्धार तथा घर फिर्तीका लागि कायरोस्थित नेपाली राजदूतावासको सम्पर्कमा रहेका १३ जना नेपाल आइपुगेका छन् ।
दूतावासको सम्पर्कमा रहेका ३१ जना मध्ये साउदी अरेबिया सरकारको सहयोगमा जेद्दा पु¥याइएका १९ जनामा १३ जना आज नेप... |
समाजमा अपराधको मोडल फेरिँदै गएको छ– प्रहरी महानिरीक्षक कुँवर लुम्बिनी । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) वसन्त कुँवरले समाज विकाससँगै अपराधको मोडल पनि फेरिँदै गएको बताएका छन् । उनले प्रविधिको प्रयोगबाट गरिने अपराध आजको मुख्य चुनौती रहेको बताए ।
इलाका प्रहरी कार्यलय बुटवलको नवनिर्मित भवनको आज उद्घाटन कार्यक्रममा उनले... |
अझै पक्राउ परेनन् हात्तीको सुँड काट्ने अभियुक्त चितवन । सौराहामा एक महिनाअघि हात्तीको सुँड काट्ने अभियुक्तलाई पक्राउ गर्न सकिएको छैन । गत चैत २१ गते राति पर्यटन व्यवसायी दीपेन्द्र खतिवडाले पालेको चञ्चलकली नामको हात्तीको सुँड काटिएको थियो । राति ११ः३० बजे हात्तीसारमा बाँधेर राखिएको हात्तीको सुँड धारिलो हतियार प्रहार गरी... |
सार्वजनिक बिदामा पनि रामेछाप प्रशासन खुल्ने रामेछाप । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक बिदाका दिनसमेत कार्यालय खोलेर नागरिकलाई सेवा दिइरहेको छ । उक्त व्यवस्था यही वैशाख १ गतेदेखि लागू गरिएको कार्यालयले बिहीबार सूचनामार्फत जानकारी गराएको हो । शनिबार र दसैं तिहारजस्ता सार्वजनिक बिदाबाहेक सार्वजनिक बिदाका दिनमा कार्याल... |
सर्वोच्चको परमादेश : ‘विदेशबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण प्रतिशत पेस गर्नू’ काठमाडौं । सर्वोच्च अदालतले दुई महिनाभित्र भारतलगायतका देशबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण गरी अदालतमा प्रतिवेदन पेस गर्न परमादेश गरेको छ । न्यायाधीशद्वय शुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले आज उक्त आदेश गरेको हो । अदालत... |
वन अतिक्रमण गरेर बनाइयो तरकारी संकलन केन्द्रको भवन सुर्खेत । सामुदायिक वन अतिक्रमण गर्नेक्रम बढेको छ । दैनिक विभिन्न व्यक्ति तथा संघ, संस्थाले सामुदायिक वन अतिक्रमण गर्न थालेका हुन् । जसको गतिलो उदाहरण हो, जाजरकोट भेरी नगरपालिका १२ को गुराँस सामुदायिक वन । यो वनलाई सहकारीदेखि विभिन्न व्यक्तिहरुले अतिक्रमण गर्दै आएका हु... |
विद्युतीय सवारीको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री ज्वाला काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले विद्युतीय सवारीको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार सङ्घ र नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालको सहकार्यमा आयोजित ‘इलेक्ट्रिक मोबिलिटी आगामी नीति तथा बजेटका... |
अनुकूल मौसमको प्रतीक्षामा सयौँ सगरमाथा आरोही काठमाडौँ । मौसम अनुकूल भइदिएको भए आजकै दिन सगरमाथाको चुचुरोमा पुग्ने बाटो खुलिसक्थ्यो । पूर्वनिर्धारित तालिकाअनुसार आज सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) गर्ने योजना थियो । तर, एकसातादेखि बिग्रिएको मौसमले सगरमाथा आरोहणमा समेत अवरोध पुगेको छ ।
सगरमाथा आरोहणका लाग... |
कोरोना भाइरस र डेंङ्गुबाट सङ्क्रमितको मृत्यु सुदूरपश्चिम । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारार्थ भर्ना गरिएका कोरोना भाइरस र डेंङ्गुबाट सङ्क्रमित एक युवकको उपचारका क्रममा गएराति मृत्यु भएको छ । अस्पतालको ‘भेन्टिलेटर’मा उपचाररत बैतडीका ३० वर्षीय युवकको गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले जानक... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.