content
stringlengths
20
64.1k
झापामा १०२ मिटरब्याज पीडितद्वारा उजुरी झापा। अनुचित लेनदेन (मिटरब्याज) बाट पीडित एक सय दुई जनाले जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दिएका छन्। गत वैशाख १७ देखि जेठ १४ गतेसम्म दुई पटक म्याद थपेर सरकारले उजुरी दर्ताका लागि सूचना जारी गरेपछि पीडितले धमाधम निवेदन दिन थालेका हुन्। तीन जना विपक्षीले समेत जिल्ला प्रशासन कार...
उपप्रधानमन्त्री खड्काकी बुहारीको सवारी दुर्घटनामा परी निधन बाँके। सवारी दुर्घटनामा परी उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी बुहारीको मृत्यु भएको छ। मंगलबार साँझ भएको सवारी दुर्घटना परी घाइते भएकी उपप्रधानमन्त्री खड्काको माइली बुहारी सञ्जु खडकाको उपचारको क्रममा मृत्यु भएको हो। साथै, सो कारका चालक गोरखा आँपपिपल-...
नेपाल–भारत सम्बन्ध जीवन्त बनाउनुपर्छ : महासचिव पोखरेल काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भ्रमणमा नेपाल–भारत सम्बन्धलाई जीवन्त बनाउनुपर्ने बताएका छन् । एमाले केन्द्रीय सम्पर्क समन्वय कमिटीले आज ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आयोजना गरेको ‘प्रधानमन्त्...
विराटनगरमा विषादी प्रयोग गरिएका आँप छ्यापछ्याप्ती विराटनगर । मोरङको विराटनगर बजार क्षेत्रमा विषादी प्रयोग गरी पकाइएका आँप छ्यापछ्याप्ती रुपमा बिक्री वितरण भइरहेका छन् । सरोकारवाला निकायले अनुगमन नगर्दा व्यापारी विषादी प्रयोग गरिएका आँप महङ्गोमा बिक्री गरिरहेका छन् । नाफा कमाउन समयभन्दा पहिला नै आँप बजारमा बेच्न थालिएको...
संघीय बजेटले छोएन मुगुलाई, सधैं उपेक्षित गरेको स्थानीयको आरोप मुगु। नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार करिब ३ घण्टा लामो समय खर्चिएर सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटले मुगु जिल्लालाई गतिल्लोसँग छुन सकेन। सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गर्द...
‘लम्पी स्किन’बाट धमाधम पशु मर्न थाले जलेश्वर। महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाको एउटै वडामा एक सय ५० बढी गाईगोरुमा ‘लम्पी स्किन रोग’ देखा परेको छ। बर्दिबास–१० खयरमारामा स्थानीयले पालेका गाईगोरुमा लम्पी स्किन रोग देखिएको स्थानीय पशुपालक कृष्णबहादुर थापाले बताए। उनका अनुसार विगत १०–१५ दिनदेखि गाउँमा रोगले समस्या हुँद...
यस्ता छन्, संघीय बजेटमा समेटिएका कर्णालीका मुख्य आयोजनाहरु सुर्खेत। सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ। सरकारले कर्णाली प्रदेशका दश वटै जिल्लामा लिप्ट सिंचाई सुविधा पुर्‍याउन ‘कर्णाली एकीकृत कर्णाली सिंचाई आयोजना’ सञ्चालन गर्ने र अर्गानिक उत्पादन (कोदो, फापर, जौ लगायतका...
लुम्बिनी प्रदेश : कानुन निर्माण प्रभावकारी, कार्यान्वयन फितलो लुम्बिनी।  जनतामा सम्पूर्ण अधिकार निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था गणतन्त्र स्थापना भएको डेढ दशक पुगेको छ। जननिर्वाचित पहिलो विसं २०६५ जेठ १५ गते संविधानसभाबाट निरंकुश राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शास...
कैलालीमा मिटर ब्याजीविरुद्ध २४४ उजुरी दर्ता धनगढी। कैलालीमा मिटरब्याजी (अनुचित लेनदेन)विरुद्ध दुई सय ४४ उजुरी परेका छन्। सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेपछि दुई सय ४४ मिटरब्याजी पीडितले जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी दिएका हुन्। उजुरी परेका साहुकारहरूलाई जिल्ला प्रशासन कार्यालयमा बोलाई मिलापत्र गर...
कैलालीमा मिटरब्याजीविरुद्ध २४४ उजुरी दर्ता धनगढी । कैलालीमा मिटरब्याजी (अनुचित लेनदेन)विरुद्ध दुई सय ४४ उजुरी परेका छन्। सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेपछि दुई सय ४४ मिटरब्याजीपीडितले जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी दिएका हुन्। उजुरी परेका साहुकारहरूलाई जिल्ला प्रशासन कार्यालयमा बोलाई मिलापत्र गरा...
अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइयो काठमाडौं । आज १६औँ अन्तरर्राष्ट्रिय सगरमाथा दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक सफल आरोहण भएको आज ७० वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम गरी दिवस मनाइएको हो । सन् १९५३ मे २९ तारिख आजकै दिन तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलो...
सन्दर्भ गणतन्त्र दिवस : गन्तव्य गण्डकी गण्डकी । अमेरिकी समाचार संस्था ‘सिएनएन’ले हालै सार्वजनिक गरेको सन् २०२३ मा विश्वका घुम्नै पर्ने २३ गन्तव्यको सूचीमा गण्डकी प्रदेशको मुस्ताङ उपत्यका पनि परेको छ । तीन वर्षअघि चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले पनि यहाँको अन्नपूर्ण चक्रीय पदमार्गलाई घुम्नै पर्ने दश ...
शहीद परिवारको गुनासोः गणतन्त्र कार्यान्वयन फितलो भयो चितवन । गणतन्त्र प्राप्तिपछि आम नागरिकले गरेको अपेक्षाअनुसार काम अझै हुन नसकेको शहीद परिवारले गुनासो गरेका छन् । आफ्ना परिवारका सदस्यले परिवर्तनका लागि गरेको त्यागको प्राप्त आम नेपालीले पाउनुपर्ने उनीहरुको भनाइ छ । परिवारले जस्तोसुकै पीडा भोग्नुपरेको भए पनि देशको परि...
पाँच पटक म्याद थप्दा पनि भएन लोकमार्ग कालोपत्र ढोरपाटन। साँढे दुई दशक अगाडि ट्र्याक खुलेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको अक्षते–घोडाबाँधे खण्ड अहिलेसम्म कालोपत्र हुनसकेको छैन। विसं २०७३ मा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भइ हालसम्म पाँच पटक म्याद थप्दा पनि उक्त सडक कालोपत्र हुन सकेको छैन।...
मध्यनेपालका पाँचवटा वडामा भूमिहीन नागरिकहरूलाई निस्सा वितरण लमजुङ। राष्ट्रिय भूमि आयोग लमजुङले मध्यनेपालका भूमिहीन नागरिकहरुलाई निस्सा वितरण गरेको छ। मध्यनेपाल नगरपालिकाअन्तर्गत जग्गा प्राप्तिका लागि निवेदन दिएकाहरुमध्ये वडा नम्वर १ देखि ५ सम्मका नागरिकहरुलाई अभिमुखिकरणसहित निस्सा वितरण गरेको हो। राष्ट्रिय भूमि आयोग लम...
राजतन्त्रको निशानी रत्नमन्दिर गणतन्त्र दिवसमा खुल्यो गण्डकी।  देशमा गणतन्त्र आउनुपूर्व फेवाताल किनाराको रत्नमन्दिर परिसर एक छिन घोरिएर हेर्न पनि डराउनुपर्थ्याे सवारीसाधन परिसरको मार्गमा रोक्न त पाइँदैनथ्यो नै नजानेर किनाराबाट पैदल हिँड्ने सर्वसाधारण पनि सुरक्षाकर्मीको गाली खाएपछि अर्को किनाराबाट हिँड्न बाध्य थिए। त्यही...
सर्लाहीमा मिटरब्याजीविरुद्ध एक हजार नौ सय २० उजुरी दर्ता मलंगवा। सर्लाहीमा मिटरब्याजी (अनुचित लेनदेन) विरुद्ध एक हजार नौ सय २० उजुरी परेका छन्। सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिने आह्वान गरेपछि एक हजार नौ सय २० मिटरब्याजी पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन्। उजुरी परेका साहुकारहरुलाई मंगलबारदेखि जिल्ला ...
सोलुखम्बुको खुन्दे र खमजुङ गाउँमा पुग्यो फाइबर इन्टरनेट, अब उच्च गतिको इन्टरनेट चलाउन सकिने सोलुखम्बु। नेपाल इन्टरनेट फाउन्डेसन र इन्टरनेट सोसाइटीको सयुक्त प्रयासमा एभरेष्ट कम्युनिटी नेटवर्क सोलुखम्बुको खुन्दे र खमजुङ गाउँमा फाइबर बिच्छ्याइएको छ। तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारी विश्वकै सर्वोच्च शिखर सगरमाथा आर...
१३२ केभी प्रसारण लाइनको तार फेर्न हेटौंडा क्षेत्रमा अवरोध काठमाडौँ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सुकौली क्षेत्रका बासिन्दाले १३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति (तार फेर्ने) कार्यमा अवरोध गरेका छन्। करिब ४१ वर्षअघि प्रसारण लाइन निर्माण गर्दा प्रभावित जग्गाहरुको मुआब्जा तथा क्षतिपूर्ति नदिएको, रु...
लुम्बिनी केबुलकार सञ्चालनमा आउँदै लुम्बिनी। बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भएको लुम्बिनी केबुलकार सोमबारदेखि व्यावसायिक रुपले सञ्चालनमा आउने भएको छ । बुटवल उपमहानगरपालिका–३ बमघाटमा आधार ‘स्टेशन’ रहेको केबुलकारको ‘टप स्टेसन’ पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित वसन्तपुरमा रहेको छ । लुम्बिनी केबुलकार प्रालिम...
चौध दिनपछि खुल्यो कर्णाली कोरिडोर मान्म। कर्णाली करिडोरअन्तर्गत खुलालुको पुल मर्मतका लागि चौध दिन बन्द गरिएको करिडोर खुला गरिएको छ । कालीकोटको खुलालु पुल आसपासको सडक मर्मत गर्नुपर्ने भएकाले गत वैशाख ३० गतेदेखि कर्णाली कोरिडोर बन्द गरिएको थियो । पुलको आसपासको सडक मर्मत भएपछि कालीकोटको खुलालुदेखि हुम्लाको सलिसल्ला सडकखण्...
मर्स्याङ्दी नदीमा पानीको बहाव बढेसँगै बढ्यो बिजुली उत्पादन लमजुङ। यहाँ उत्पादिन मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली वृद्धि हुन थालेको छ। मर्स्याङ्दी नदीमा पानीको बहाव बढ्न थालेसँगै बेँसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना केन्द्रबाट बिजुली उत्पादन वृद्धि ह...
सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दू भएर भूकम्प धक्का काठमाडाैं। सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दू भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सिन्धुपाल्चोकको गोल्चे आसपास केन्द्रविन्दु भएर आज दिउँसो १ बजेर १९ मिनेट जाँदा ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो। यसअघि यही जेठ १० गते ...
भेडापालनमा तमानखोलाका युवाको आकर्षण, भन्छन्- दुई सय भेडा पाल्न सके खाडी मुलुक जानु पर्दैन बागलुङ। तमानखोला गाउँपालिका–४ लाम्मेला बागलुङका २५ वर्षीय युवा सिजन छन्त्याल भेडापालनमा गरिरहेका छन्। युवा जोस तथा उत्सुकताको उमेरमा उनको सन्तुष्टि भने भेडापालनमा भेटिएको छ । अहिलेका युवामा वैदेशिक रोजगारीको मोह बढिरहेको सन्दर्भमा...
भारत तस्करी गर्न लागिएको मदिरासहित मोटरसाइकल बरामद जलेश्वर। महोत्तरी प्रहरीले गएराति नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको ठूलो परिमाणको मदिरा र भारतीय नम्बरको मोटरसाइकल बरामद गरेको छ। जिल्लाको पश्चिमी सीमावर्ती मनरासिस्वा नगरपालिका–९ स्थित दशगजा क्षेत्रबाट भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा प्रहरीले २२ कार्टुन मदिर...
उज्यालो गण्डकी प्रदेशको अँध्यारो मनाङ मनाङ । हिमाली जिल्ला मनाङमा केन्द्रीय विद्युत् प्राधिकरण लाइनसँग जडान हुने गरी विद्युत् उत्पादन भएको छैन । जुनकिरीझैँ आफ्नै उत्पादनमा आत्मनिर्भर हुँदै लघुजलविद्युत्मार्फत उज्यालो बनेको मनाङ बाढीपहिराले अँध्यारोमा धकेलियो । मनाङमा सञ्चालित १३ वटा लघुजलविद्युत्को संरचना नै भत्किँदा अ...
महोत्तरीका साहित्यकारहरू भ्रष्टाचारविरुद्धको आन्दोलनमा महोत्तरी। बीसको दशकयता नेपाली साहित्यमा देखापरेका साहित्यिक आन्दोलनमध्ये केहीमात्र अस्तित्वमा छन । तर ‘राल्फा’ आन्दोलनको  चर्चा हिजोआज पनि भइरहन्छ ।  २०२१ सालमा सरकारका विरुद्ध सुरु भएको  राल्फा प्रगतिशील संगीत बनेर स्थापित भयो । काठमाडौंमा जन्मिए पनि यो आन्दोलन गा...
खप्तडः अब आध्यात्मिक पर्यटनको केन्द्र बझाङ। अहिले खप्तड ‘भू–स्वर्ग’को उपमाले चिनिन्छ । खप्तडको ‘रूप’ फैलावटबारे थाहा पाउन भने आजभन्दा ७७ वर्षअगाडि फर्कनुपर्छ। चिकित्सक पेसा छाडेर साधनाका लागि विसं १९८६ मा इलाम हुँदै नेपाल प्रवेश गरेका खप्तड बाबाले कालिञ्चोक, मुसिकोट र चन्दननाथमा १६ वर्ष बिताएपछि विसं २००३ मा ‘भू–स्वर्ग...
बेलडाँडीका जागरुक महिला : व्यावसायिक तरकारी खेतीबाट गतिलो आम्दानी गर्दै कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका सहकारीमा आबद्ध महिला व्यावसायिक कार्य गरेर गतिलो आम्दानी हात पार्न थालेका छन्। व्यावसायिक तरकारी खेती, बङ्गुरपालन, बाख्रापालन, माछापालनलगायतको कार्य गरेर महिलाले आम्दानी गर्दै आएका हुन्। गाउँका महिला एकज...
नारायणगढ–बुटवल सडक विस्तार : मासिए वरपिपलका चौतारा, भत्किए प्रतिक्षालय नवलपुर। पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा सडक किनारमा रहेका दशकौँ पुराना वरपिपलका चौतारा तथा यात्रु प्रतिक्षालय मासिएका छन्। पूर्वपश्चिम राजमार्ग निर्माणको बेला बाटोको दुवैतर्फ किनारमा रहेका चार सयभन्दा बढी वरपिपलक...
कैलाली बहुमुखी क्याम्पसका प्राध्यापकहरूले बुझाए सामूहिक राजीनामा धनगढी। आन्दोलित कैलाली बहुमुखी क्याम्सपका प्राध्यापकहरूले सामूहिक राजीनामा बुझाएका छन्। क्याम्पसका विभागीय प्रमुखहरू शुक्रबार सामूहिक राजीना दिएर आन्दोलित बनेका हुन्। उनीहरूले क्याम्पसमा तालाबन्दीसमेत गरेका छन्। सुदूरपश्चिमाञ्चल विश्विद्यालयले सामायोजन हु...
बीस वर्ष नपुगी विवाह गर्ने १६ प्रतिशत खोटाङ। खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा एउटै वस्तुलाई फरक-फरक मुल्यमा बेच्ने गरिएको सरकारी प्रतिबेदन सार्वजनिक भएको छ। राष्ट्रिय मानव अधिकार आयोगको २३औं वार्षिकोत्सवको अवसरमा आयोगको कोशी प्रदेश शाखा कार्यालय खोटाङले शनिबार दिक्तेलमा आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रममा बजारम...
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा श्रमदान अभियान खाेडाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले श्रमदान अभियान सुरु गरेको छ। जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह (१५ वडा रहेको) यस नगरपालिकाले जिल्लास्थित विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा शनिबारदेखि औपचारिकरूपमा श्रमदान अभियान सुरु गरेको हो। श्रमदान अभियानअन्तर्गत पहिलो च...
सुरुङमार्ग निर्माण थाल्न सबैको पहल जरुरी : सभामुख घिमिरे विदुर । सभामुख देवराज घिमिरेले नुवाकोटलाई राजधानीसँग सहजरूपमा जोड्नका लागि सुरुङमार्गले पूर्णता पाउनुपर्ने बताएका छन् । आज दुप्चेश्वर गाउँपालिका–६ रामतीस्थित दुप्चेश्वर माध्यमिक विद्यालय परिसरमा वामपन्थी नेता गणेश पण्डितको अर्धकदको सालिक अनावरण गर्दै जिल्लाको विक...
गौतमबुद्ध विमानस्थल नियमित सञ्चालनको माग रुपन्देही । उद्योगी–व्यवसायीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमितरूपमा सञ्चालनका लागि पहल गर्न लुम्बिनी प्रदेश सरकारका मन्त्रीसँग माग गरेका छन् । उनीहरूले विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नहुँदा विकासमा बाधा पुगेको गुनासो गरेका हुन् । चेम्बर अफ कमर्स,...
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभावले हाल बदली र वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा...
लगातारको हावाहुरीबाट निरास छन् फलफूल र तरकारी किसान महाेत्तरी। लगातारको हावाहुरीले महोत्तरीका फलफूल र तरकारी किसान निरास भएका छन्। जेठ लागीकन प्रत्येक दुई/तीन दिनको फरकमा चलेको हावाहुरीले बग्रेल्ती आँपका दाना झार्नसँगै लहरे तरकारीका बेला (लहरा) हुत्याएर चुँडाएपछि उत्पादन हात नलाग्ने भएपछि किसान निरास भएका हुन्। पछिल्लो...
पदमार्गको आकर्षण : रैथाने प्रजातिका गुराँस मौरिस हर्गोज म्याग्दी। नेपालमा मात्र पाइने रैथाने प्रजातिका गुराँस म्याग्दीको मौसिज हर्गोज पदमार्गको आकर्षण बनेको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङदेखि हुमखोला हुँदै अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने मौसिस हर्गोज पदमार्गमा पाइने ‘रोडोडेन्ड्रन कोवानियनम’ र ‘रोडोडे...
फेवाको सिमसार क्षेत्र पुर्ने काम रोक्ने निर्णय पाेखरा। पोखरा महानगरपालिका र अन्नपूर्ण गाउँपालिका क्षेत्रमा पर्ने फेवाताल जलाधार सिमसार क्षेत्रभित्र हुँदै गरेको जमिन पुर्ने तथा खार्ने काम रोक्ने निर्णय भएको छ। जिल्ला समन्वय समिति कास्की प्रमुख एवं कास्कीका भू तथा जलाधार संरक्षण समितिका अध्यक्ष लीलाधार पौडेलको अध्यक्षताम...
बिराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा बिराटनगर। कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ। कोशी नामकरणको विरोधमा ‘पहिचानवादी’बाट हुनसक्ने सम्भाबित आन्दोलनलाई ध्यान दिँदै निषेधाज्ञा जारी गरिएको हो। जसअनुसार शनिबार बिहान ६ बजेबाट अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन निषेधित क्षे...
null
हज यात्रा–२०२३ का लागि एक हजार ९२ जना छनोट काठमाडौं । सन् २०२३ को हज यात्राको तयारी अन्तिम चरणमा पुगेको नेपाल हज समितिले जनाएको छ । हालै नयाँ जिम्मेवारी पाएका समितिका अध्यक्ष मकबुल मिया (शाह)को नेतृत्वमार्फत हज यात्राको व्यवस्थापनको जिम्मेवारी नेपाल हज समितिले लिएको छ । उनका अनुसार सन् २०२३ को हज यात्राका लागि एक हजार ...
‘यातायातमा भएको अनियमितताको छानबिन हुन्छ’ भक्तपुर । यातायात व्यवस्था कार्यालय भक्तपुरमा भएको अनियमितताका बारेमा छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाइने भएको छ । कार्यालयको आफ्नै लिखित परीक्षा हल हुँदाहुँदै प्रलोभनमा परेर निजी क्षेत्रलाई परीक्षा सञ्चालन गर्ने जिम्मेवारी दिएकोबारेमा विवाद बढेपछि प्रदेश सरकारले यसबारेमा...
एक हप्ताभित्र वीर अस्पतालको सेवा सुधार गर्न स्वास्थ्यमन्त्रीको निर्देशन काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले एक हप्ताभित्र बिरामीले महसुस हुने गरी र सुधार भएको देखिने गरी वीर अस्पतालको सेवा सुविधा सुधार गर्न नेतृत्वलाई निर्देशन दिएका छन् । आज वीर अस्पतालको आकस्मिक निरीक्षणपछि मन्त्री बस्नेतले अ...
null
सेनालाई हतियार खरिद गर्नुपर्ने आवश्यकता नै छैन : प्रधानसेनापति काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनालाई शान्ति मिसनका लागि हतियार खरिद गर्नुपर्ने आवश्यकता नै नरहेको बताएका छन् । अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसङ्घीय शान्ति सैनिक दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा पत्रकारसँग कुराकानी गर्दै उनले सङ्...
मर्चवारीमा खुल्यो आँखा उपचार केन्द्र भैरहवा। रुपन्देहीको मर्चवारमा आँखा उपचार केन्द्रको शाखा स्थापना गरिएको छ । आँखाको कुनै पनि समस्या भए भैरहवा आउनुपर्ने बाध्यताको अन्त्यका लागि स्थानीयस्तरमा आँखासम्बन्धी सेवा प्रदान गर्न मर्चवारी–२ अमवामा आखा उपचार केन्द्रबाट सेवा सुरु गरिएको हो । नेपाल नेत्रज्योति संघ लुम्बिनी नेत्र...
मन्दिरकाे सामान चाेरी गरेको आराेपमा २८ वर्षीय युवक पक्राउ सिरहा। बरियारपट्टी गाउँपालिका-३ नवटोलीस्थित राजदेवी मन्दिरबाट धनमाल चोरी गरेको अभियोगमा सप्तरी खड्क नगरपालिका-१ बस्ने २८ वर्षीय प्रकाश मण्डललाई प्रहरीले पक्राउ गरेको छ। उक्त मन्दिरभित्र रहेको राजदेवी माताको मूर्तिमा लगाएका सुन तथा चाँदीको गरगहना चोरी भएको भन्ने ...
खुकुरी प्रहारबाट युवतीको हत्या संखुवासभा। संखुवासभामा एक युवतीको खुकुरी प्रहारबाट हत्या गरिएको छ। खाँदबारी नगरपालिका-१ मा शुक्रबार २१ वर्षीया युना दर्नालको खुकुरी प्रहारबाट हत्या भएको प्रहरीले जनाएको छ। उनको सभापोखरी गाउँपालिका–१ कै २३ वर्षीय नन्दराम गदालले दर्नालको हत्या गरेको प्रहरीको भनाइ छ। युनाको हत्या गरेपछि आफ्न...
वर्षासँगै आएको हावाहुरीले खोटाङका विद्यालयमा क्षति, पठनपाठन प्रभावित खोटाङ । वर्षासँगै आएको हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीबार साँझ परेको भारी वर्षासँगै आएको हावाहुरीले कक्षा ८ सम्म पढाइ हुँदै आएको विद्यालयको दुईवटा भवनको जस्तापाताको छाना...
घट्यो सार्वजनिक यातायातको भाडा काठमाडौँ। काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा चल्ने सार्वजनिक यातयातको भाडा घटेको छ। बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाएको हो। नेपाल आयल निगमले डिजेलको भाउ घटाएको नौ दिनपछि बागमती प्रदेशमा छोटो दूरीमा चल्ने गाडीको भाडा घटाइएको हो। मन्त्रालयले घटाएको भाडादर राजपत...
जंगली च्याउँ खाँदा तनहुँमा तीन जना बिरामी तनहुँ। जंगली च्याउ खाँदा तनहुँमा एकै घरका तीन जना बिरामी परेका छन्। बिहीबार बिहान घर नजिकैको जङ्गलबाट ल्याइएको च्याउ पकाएर खाएपछि व्यास नगरपालिका–५ चिन्तुटारका एकै परिवारका तीनजना बिरामी परेका हुन्। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक तथा प्रबक्ता मोहनबहादुर खाँ...
अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण बेनी। अग्ला पहाडबाट खस्ने झरना। झरनाको फेदीमा बनेका सफा तलाउ। वरिपरि वनजंगल। पदयात्राबाट देखिने सुन्दर झरनाका मनमोहक दृश्यले यात्राका थकान मेटाइदिने गर्छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविर पुग्ने पदमार्गमा रहेका आधा दर्जन बढी य...
बुर्तिबाङ बजारको फोहर व्यवस्थापनमा समस्या ढोरपाटन। पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङमा तीव्रगतिमा बजार विस्तार भइरहेको छ। बजारमा जनघनत्व बढ्दो छ। गाउँबाट बसाइँसराइ गरेर यहाँ आउनेको सङ्ख्या दैनिक बढ्दै गएको छ। वर्षौँ अगाडि निर्माण भएका पूर्वाधारले अहिले थेग्न सक्ने अवस्था छैन। बजारको फोहर व्यवस्थितरूपमा व्यवस्...
कर असुलीका लागि संयन्त्र बनाएर अनुगमन गर्दै कामपा काठमाडौँ । काठमाडौँ महानगरापालिकाले आफ्नो क्षेत्रभित्र रहेका सम्पत्ति कर र बहाल कर बुझाएरनबुझाएको, व्यवसाय दर्ता र नवीकरण भएरनभएबारे बुझ्न अनुगमन गर्ने भएको छ । त्यसका लागि वडास्तरीय राजस्व अनुगमनका संयन्त्र बनाएर अघि बढ्नका लागि कामपा राजस्व विभागले ३२ वटै वडा कार्यलयल...
सत्र वर्षदेखि वन कार्यालयमै थन्कियो २० मेट्रिकटन रक्तचन्दन झापा । सत्र वर्षअघि झापाको विभिन्न स्थानमा तस्करबाट बरामद गरिएको २० मेट्रिकटन बहुमूल्य रक्तचन्दन (काठ) जिल्ला वन कार्यालयको दुईवटा कोठामा थन्किएको छ । त्यसबेला पक्राउ परेका छ जना अभियुक्त अदालतको आदेशबमोजिम कैद भुक्तान गरी जेलबाट मुक्त भइसकेका छन् । कोठामा थन्क...
जनसङ्ख्या वृद्धिका हिसाबले चितवन तेस्रो चितवन । विसं २०७८ को जनगणनाअनुसार जनसङ्ख्या वृद्धिका हिसाबले चितवन तेस्रो स्थानमा रहेको छ । पहिलोमा भक्तपुर, दोस्रोमा रुपन्देही र तेस्रोमा चितवन रहेको तथ्याङ्क कार्यालय चितवनले जनाएको हो । कार्यालयले आज यहाँ आयोजना गरेको जिल्लास्तरीय नतिजा सार्वजनिक कार्यक्रममा कार्यालयका प्रमुख ...
पदबहाली गरेको एक वर्ष : सरसफाइ विशेष कार्यक्रममा सहभागी हुन प्रमुख साहको आग्रह काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख बालेन्द्र साहले यही जेठ १३ गते शनिबार विशेष सरसफाइ कार्यक्रममा सहभागी हुन सरोकारवाला सबैलाई आग्रह गरेका छन् । स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदबहाली गरेको एक वर्ष पूरा भएक...
अरुण तेस्रो प्रवेश मार्गको छुट जग्गाको मुआब्जा दर निर्धारण, प्रतिरोपनी ११ लाख ७५ हजार किमाथाङ्का । सङ्खसवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो प्रवेश मार्ग छ्याङकुटी–दिदीङ–पुखुवासडक खण्डको जग्गा छुट मुआब्जको दररेट निर्धारण गरिएको छ । अरुण तेस्रो प्रवेश मार्ग छ्याङकुटी–दिदीङ–पुखुवा ९०–२४ किमी० सडक खण्डको...
सफा हिमाल अभियान : ३५ हजार किलोभन्दा बढी फोहर सङ्कलन काठमाडौं । नेपाली सेनाले सञ्चालन गरेको सफा हिमाल अभियानका क्रममा अहिलेसम्म झण्डै ३६ हजार किलो फोहर सङ्कलन गरिएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सफा हिमाल अभियान २०२३ मा ३५ हजार किलो फोहर सङ्कलन गर्ने लक्ष्य रहेको थियो । हालसम्म अन्नपूर्ण हिमालबाट ...
कोरला नाकामा चाँडो भन्सार बन्नुपर्छ : अध्यक्ष तिमिल्सिना नवलपुर । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरला नाकामा चाँडो भन्सार कार्यालय बन्नुपर्ने बताएका छन् । चीन र भारत जोड्ने देशकै सबैभन्दा छोटो नाकाका रूपमा रहेको कालीगण्डकी करिडोर निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै उनले कोरलामा चाँडो भन्सार स्थापना...
भोटो जात्राले चिडियाखानामा एकै दिन १२ हजार अवलोकनकर्ता, शुल्क आधाभन्दा कम काठमाडौं । रातो मछिन्द्रनाथको भोटो देखाउने दिन आज मात्रै ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा १२ हजार अवलोकनकर्ता आएका छन् । वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको भोटो देखाउने दिन परेकाले अन्य दिनभन्दा धेरैले चिडियाखाना अवलोकन गरेका हुन् ।...
कीर्तिमानी आरोही कामीरिता शेर्पालाई काठमाडौंमा भव्य स्वागत काठमाडौं । २८ औँ पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान कायम गर्नुभएका पर्वतारोही कामीरिता शेर्पालाई काठमाडौंमा भव्य स्वागत गरिएको छ । सगरमाथाको सफल आरोहण गरेर बिहीबार काठमाडौं फर्किएका कामिरितालाई शेर्पा समूदाय लगाएत शुभेच्छुकहरुले भव्य स्वागत गरेका हुन् । यस ...
कर्णाली प्रदेशसभामा विनियोजन विधेयकका सिद्धान्त, उद्देश्य र प्राथमिकता प्रस्तुत हेमन्त केसी सुर्खेत ।  कर्णाली प्रदेशसभामा विनियोजन विधेयक, २०८० का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरू प्रस्तुत गरिएको छ ।  बिहीबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले  कर्णाली प्रदेशको विनियोज...
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १४ मा बागमती । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत गर्ने भएको छ । प्रदेशसभाको आजको बैठकमा सभामुख भुवनकुमार पाठकले नीति तथा कार्यक्रम प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गर्ने जानकारी दिए ।...
नारायणगढ–बुटवल सडकको प्रगति ३५ प्रतिशत नवलपुर । विस्तारको काम सुरु भएको पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायगढ सडकको पूर्वी खण्डमा ३५ प्रतिशत काम सकिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पर्ने पूर्वी खण्डमा प्रतिमहिना तीन प्रतिशतभन्दा बढी प्रगति आउने गरी काम भइरहेको हो । नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सू...
ढुंगामा आकृति खोपेर आकर्षक बनाइँदै ऐनापहरा दमौली।  तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहराका ढुंगामा आकृति खोपर आकर्षकस्थल बनाउने काम भइरहेको छ। ऐनापहरालाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित गाउँपालिकाले यहाँ रहेका ढुंगामा आकृतिक खोप्ने कामलाई अगाडि बढाएको हो। पृथ्वीराजमार्ग नजिकै रहेको ऐनापहरामा रहेको झरना...
म्याग्दीमा मह उत्पादन घट्यो गलेश्वर। हिमाली जिल्ला म्याग्दीका स्थानीय तहले खेतीयोग्य जमिन र बस्ती नजिकका रुख काट्ने अभियान चलाएपछि मौरीपालन व्यवसाय प्रभावित बनेको छ। बस्ती नजिकका आरु, चिउरी, पैँयू, दुदिलो लगायतका वनस्पति नासिँदै गएपछि पुष्परसको अभावका कारण मह उत्पादन घट्दै गएको किसानको भनाइ छ। त्यसैगरी वातावरणीय प्रदूष...
हिले–छिन्ताङ त्रिवेणी सडकको काम धमाधम, ७० प्रतिशत काम सम्पन्न भोजपुर। कालोपत्र गर्ने लक्ष्यका साथ भोजपुरमा निर्माण भइरहेको हिले–उत्तरपानी–छिन्ताङ–त्रिवेणी सडकको काम धमाधम भइरहेको छ। दश किलोमिटर लामो सडकको हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको छ। पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत कोशी प्रदेश सरकारको रु २९ करोड ७२ ला...
विभेदविरुद्धको उजुरी प्रकरण : छलफलमा बोलाएर विणुदेव पासवानमाथि कुटपिट सिरहा। भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवको कार्यकर्ताले छलफलमा बोलाएर ‘भोजको उजुरी हाल्ने यही मान्छे हो’ भन्दै दलितमाथि कुटपिट गरेका छन्। अध्यक्ष उग्रनारायण यादवको कार्यकर्ताले छलफलमा बोलाएर भोजको विषयमा मुद्दा हाल्ने यही हो भन्दै सिरहाको भ...
६ महिना अघि निर्माण सम्पन्न भएको औद्योगिक प्रदर्शनीस्थल प्रयोगबिहीन चितवन। उद्योग संघ चितवनको अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्र परिसरमा प्रदेश सरकारले निर्माण गरेको औद्योगिक प्रदर्शनीस्थल प्रयोगबिहीन अवस्थामा रहेको छ। विसं २०७७ मा निर्माण सुरु भएको सो प्रदर्शनीस्थल ६ महिना अघि निर्माण सम्पन्न भएको हो। तर त्यसय...
पाँचखाल खानेपानी आयोजना : सात हजार घरमा पानी पुर्‍याइने काभ्रे। सात हजारलाई खानेपानी पुर्‍याइने लक्ष्यकासाथ सुरु गरिएको पाँचखाल बृहत् सहरी खानेपानी तथा सरसफाइ आयोजना थपिएको निर्धारित समयमा सम्पन्न गर्न निर्माणका कामलाई तीव्रगति दिइएको छ। विविध कारण आयोजनाको समायावधि एक वर्ष थपिएपछि आउँदो पुस महिनाभित्र नगरका सात हजार घ...
धौलागिरी अस्पतालमा मेरुदण्डको शल्यक्रिया गलकोट। बागलुङको धौलागिरी अस्पतालमा पहिलोपटक  मेरुदण्डको शल्यक्रिया गरिएको छ। मेरुदण्डको हड्डी भाँच्चिएर समस्यामा पर्नुभएका बागलुङकै ५२ वर्षीय एक पुरुषकोे बुधबार  शल्यक्रिया गरिएको हो। धौलागिरी अस्पतालका डा विनित ढकाल, डा समिर लामिछाने, डा प्रमेश थापा, डा राजन शर्मा, डा अमित ढुंग...
null
अव्यवस्थित बसोबासी समस्या हल नहुँदा सम्पन्न भएन वाग्मती करिडोर काठमाडौं । निर्माण सुरु भएको साढे दुई दशक बित्दासमेत अव्यवस्थित बसोबासका कारण वाग्मती करिडोरको निर्माण सकिएको छैन । सहरको मध्यभागमा समस्या नभएका ठाउँमा ट्र्याक खोलिइसकिएको भए पनि तिलगङ्गा, थापाथली, बल्खुलगायतका क्षेत्रमा अव्यवस्थित बस्तीले गर्दा ट्र्याक खुल...
राणाकालीन दरबार संरचना नारायण भवनको अस्तित्व मेटिँदै ललितपुर । ललितपुरको जावलाखेलमा जुद्ध शमशेरले उहाँका कान्छा छोरा नारायण शमशेरका लागि निर्माण गरिएको राणाकालीन दरबार संरचना नारायण भवन जीर्ण बन्दै गएको छ । विसं २०७२ को भूकम्पपछि जीर्ण बन्दै गएको उक्त भवनमा अहिले बोटबिरुवा उम्रेका छन् । अबको दिनमा नारायण भवनको भविष्य क...
स्वास्थ्यकर्मीले पाँच महिनादेखि तबल पाएनन् तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब नपाएपछि हातमा कालोपट्टि बाँधेर आन्दोलन गरेका छन् । तिलोत्तमा नगरपालिकाअन्तर्गतका १७ वटा स्वास्थ्य संस्थामा कार्यरत ७८ जना स्वास्थ्यकर्मीले पुस महिनादेखिको तलब नपाएपछि बाध्य भएर आन्दोलित ग...
पशुपति वनकालीमा पार्थिव शिवलिङ्ग पूजाआजा हुने काठमाडौं । मानश तथा बोलबम परिवार, जनकपुरधामको आयोजनामा भोलि बिहीबार पशुपति वनकालीस्थित हंशमण्डपमा दिनभर पार्थिव शिवलिङ्ग पूजाआजा हुनेभएको छ । स्वदेश तथा विदेशमा समेत धार्मिक अनुष्ठान गर्दै आएको सो बोलबम परिवार नामक संस्थाले जनकपुरबाट ल्याएको माटोले पशुपतिनाथ परिसरमा शिवलिङ्...
आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कीर्तिमानी आरोही हरि बुढामगरसहितको टोलीलाई आज सिंहदरबारस्थित कार्यकक्षमा सम्मान गरेका छन् । अध्यक्ष तिमिल्सिनाले दुवै खुट्टा गुमाउँदा पनि सगरमाथा आरोहण गरेर बुढामगर सबैको प्रेरणाको स्रोत बनेको बताए...
सगरमाथा आरोहण गर्दा ज्यान गुमाएका दुई विदेशी नागरिकको शव फेला सोलुखुम्बु । सगरमाथा आरोहणको क्रममा ज्यान गुमाएका दुई जनाको शव फेला परेको छ । जेठ ५ गते सगरमाथा आरोहणको क्रममा मृत्यु भएका मलेसियाका ५६ वर्षीय अग अस्कन्ड्रा बिन अम्पुआन याकूब र वैशाख ३१ गते मृत्यु भएका मालडवाका ४६ भिक्टर व्रिन्चको आज शव फेला परेको जिल्ला प्र...
‘नक्कली शरणार्थी प्रकरणमा आईजीपी कुँवरको संलग्नता छैन’ काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरको संलग्नता नरहेको आईजीपीको सचिवालयले जनाएको छ । बुधबार सचिवालयका प्रहरी नायव महानिरीक्षक एवं केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले प्रेस विज्ञप्ति जारी गर्दै कुनै दुई व्यक्तिले गरेक...
टेलिकमले भन्यो- जागिर खुलेको छैन, भ्रममा नपर्नू काठमाडौं । नेपाल टेलिकमका विभिन्न शाखाहरूमा ‘भ्याकेन्सी’ खोलिएको भन्दै गलत सूचना फैलिएकाले नेपाल टेलिकमले भ्रममा नपर्न आग्रह गरेको छ । टेलिकमले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएको हो । ‘केही दिन यता नेपाल टेलिकमका विभिन्न शाखाहरुमा काम गर्न भ्याकेन्सी खोलिएको ...
लुम्बिनी प्रदेशसभाको अधिवेशन आह्वान, शुक्रबार बैठक बस्ने दाङ । लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनबाट प्रदेशसभाको दोस्रो अधिवेशन १२ जेठ शुक्रबार दिउँसो १ बजे प्रदेशसभा भवनमा बस्नेगरी आह्वान भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । ‘नेपालको संविधानको धारा १८३ को ...
उखु किसानको अनुदान रकम भुक्तानीका लागि प्रधानमन्त्रीसंग कुरा गर्ने बाबुरामको प्रतिबद्धता काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले उखु किसानको अनुदान बापतको रकम भुक्तानीका लागि प्रधानमन्त्रीसंग कुरा गर्ने प्रतिबद्धता जनाएका छन् । बुधबार काठमाडौंको माइतिघरमा धर्नामा बसेका उखु...
स्थानीय सरकारका एक वर्षः विमानस्थल निर्माणदेखि एकल पुरुषलाई भत्तासम्म गुल्मी। स्थानीय सरकारमा नयाँ जनप्रतिनिधिले शपथ ग्रहण गरेको एक वर्ष पुगेको छ । गत वर्षको वैशाख २९ गते सम्पन्न निर्वाचनमा विजयी उम्मेदवारले जेठ ६ गते शपथ लिएका थिए । यस अवधिमा जिल्लाका कतिपय पालिकाले उदाहरणीय काम गरेका छन् । पालिकाले नीतिगत निर्णय मार्...
लक्ष्यभन्दा कम राजस्व असुली झापा। आन्तरिक राजस्व कार्यालयले लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसकिएको जनाएको छ। जिल्लाका उद्योगधन्दा, कलकारखाना तथा व्यापार व्यवसायमा आएको मन्दीको असर राजस्वमा पनि परेको कार्यालयका प्रमुख कर अधिकृत सुभप्रसाद रिजालले बताए। उक्त कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा रु दुई अर्ब ८५ करोड ...
रासायनिक मल आपूर्ति भएपछि किसान उत्साहित डुम्रे। तनहुँ जिल्लामा रासायनिक मल आपूर्ति भएपछि किसान उत्साहित भएका छन्। व्यास नगरपालिका–१ का मीनबहादुर दरैले मल आएपछि यसपाली त बालीनाली राम्रो हुने आशा जागेको बताए। “मल आएको छ भन्ने थाहा पाएपछि हतारमा अन्य काम छाडेर मल लिन दौडिएँ, कम नै भए पनि मल पाएपछि थोरै थोरै गरी हाल्ने र ...
मनाङमा वैशाखमा मात्रै तीन हजार दुई सय पर्यटकले गरे भ्रमण मनाङ। हिमाली जिल्ला मनाङमा नयाँ वर्ष २०८० को पहिलो महिनामा सबैभन्दा बढी इजरायलका पर्यटकले भ्रमण गरेका छन् । जोखिमयुक्त पदमार्गमध्ये विश्वकै १०औँ स्थानमा पर्ने अन्नपूर्ण पदमार्गमा इजरायली पर्यटकले भ्रमण गरेका हुन् । नेपाल आउने पर्यटकमध्ये अधिकांश पर्यटक यहाँ पुग्न...
अन्नपूर्ण आधार शिविरमा ‘पञ्चकुण्ड ताल’को छुट्टै आकर्षण बेनी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड ताल’ले पर्यटकलाई आकर्षित गर्ने गरेको छ। समुद्री सतहबाट चार हजार एक सय मिटर उचाइमा करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको यो ताल अन्नपूर्ण हिमाल आरोहण र आधार श...
महोत्तरीमा मिटरब्याजीविरुद्ध १७ सय उजुरी जलेश्वर। सरकारले मिटरब्याजीलाई कारबाही गर्न कानुन ल्याएसँगै महोत्तरीमा मिटरब्याजीविरुद्ध धमाधम उजुरी पर्न थालेको छ। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेका अनुसार महोत्तरीमा हालसम्म मिटरब्याजीविरुद्ध एक हजार सात सय ३४ उजुरी दर्ता भएका छन्। सरकार...
अन्नपूर्ण आधार शिविरमा ‘पञ्चकुण्ड ताल’को छुट्टै आकर्षण बेनी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड ताल’ले पर्यटकलाई आकर्षित गर्ने गरेको छ। समुद्री सतहबाट चार हजार एक सय मिटर उचाइमा करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको यो ताल अन्नपूर्ण हिमाल आरोहण र आधार श...
धारापानीमा पर्यटकीय चहलपहल बढ्यो देउखुरी। बर्दियाको राजापुर नगरपालिका-३ की बिन्दु चौधरी दाङको घोराही-५ धारापानीमा भेटिइन्। बिदाको सदुपयोग गर्दै उहाँ यहाँ घुम्न आएकी हुन्। चौधरीले भनिन्, “धारापानी साह्रै राम्रो ठाउँ रहेछ, यहाँ आएर मन आनन्दित भयो।” यस्तै तुलसीपुर-६ का यमलाल भण्डारीपनि साथीसँग धारापानी घुम्न आए। गर्मीमा श...
बझाङको दौलीचौर केन्द्रविन्दु भएर भूकम्प काठमाडाैं। सुदूरपश्चिम प्रदेशको बझाङ दौलीचौर केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको दौलीचौर वरपर केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ६ मिनेटमा चार दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको हो। यसअघि पूर्वीरुकुमको हुकाम केन्द्...
काठमाडौं ‘भ्यू टावर’ १२ देखि १४ तला थप्ने तयारी उक्त टावर विसं २०७२ को भूकम्प अघि २९ तलाकै बनाउने भने पनि भूकम्प पछि १२ तलाको काम अघि बढाईएको थियो । अहिले १२ तलालाई बढाएर २४ देखि २६ तलासम्म बनाउने तयारी भइरहेको कामपा सार्वजनिक निजी साझेदारी एकाईका प्रमुख महेश काफ्लेले जानकारी दिए। उनका अनुसार कामपाको प्राविधिक टोलीले प...
काठमाडौँ ‘भ्यू टावर’ १२ देखि १४ तला थप्ने तयारी काठमाडौँ । निर्माणाधीन काठमाडौँ दृश्यावलोकन स्तम्भ ‘भ्यू टावर’ मा १२ देखि १४ सम्म तला थप्ने तयारी भइरहेको छ । साविक पुरानो बसपार्कमा निर्माण भइरहेको टावरको काम हालसम्म १२ तला सम्पन्न भइसकेको छ । १२औँ तला निर्माणबारे प्राविधिक जाँचका लागि पुल्चोक इञ्जिनियरिङ क्याम्पसले अध्...
चट्याङ लागेर अछाममा चार जना घाइते अछाम । अछाममा चट्याङ लागेर चार जना घाइते भएका छन् । अछामको कमलबजार नगरपालिका–१ मा गएराति हावाहुरी र वर्षासँगै परेको चट्याङ लागे ४ जना घाइते भएका हुन् । घाइते हुनेमा कमलबजार नगरपालिका–१ का १८ वर्षीया गिताकुमारी रावत बिष्ट, ३२ वर्षीय धिर्जा बजगाई, ३० वर्षीया सरस्वती बजगाई र ५० वर्षीया मो...
सभामुख र प्रमुख प्रतिपक्षी दलको नेतालाई लिएर सुदूरपश्चिमका सिंगो मन्त्रिपरिषद् सिंहदरबारमा काठमाडौं। सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोलिले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठलाई भेटेको छ। सुदुरपश्चिम प्रदेशका सभामुख भिमबहादुर भण्डारी तथा प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका निवर...
राष्ट्रिय प्रशारणमा जोडिँदै ५३ किलोवाट विद्युत् सुर्खेत। त्रिपन्न किलोवाट क्षमताको खमारी खोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रशारण लाइनमा जोड्न प्रक्रिया अघि बढाइएको छ। विसं २०६८ देखि सुर्खेत पश्चिमको बाबियाचौर क्षेत्रमा विद्युत् वितरण गर्दै आएको यस आयोजनाबाट उत्पादित विद्युत्लाई नेपाल विद्युत् प...
ओझेलमा ‘सुकौरा’ तुलसीपुर। तत्कालीन थारू राजा दंगीशरणले राज गरेको तुलसीपर–११ स्थित सुकौरा ओझलेमा परेको छ। सोही स्थानमा हेर्न आकर्षक संरचना बनेका छैनन्। प्रदेश सरकार र तुलसीपुर उपमहानगरपालिकाको लगानीमा त्यहाँ पाँच तलाको ‘भ्यूटावर’ मात्र बनेको छ। त्यो बाहेक अन्य कुनै पनि संरचना छैनन्। बनेका संरचना पनि अलपत्र छन्। त्यहाँ द...
तराईमा मेघ गर्जनसहित हावाहुरी, अन्नबालीमा असर महोत्तरी। मधेश प्रदेशमा मेघ गर्जनसहित चलेकाे हावाहुरीबाट अन्नबालीमा असर गरेकाे छ। मंगलबार बिहान करिब एक घण्टा चलेकाे हावाहुरीले अन्नबालीमा नोक्सान पुर्‍याएको किसानहरुले जानकारी दिएका छन्। `फल लाग्ने बेला भएको मकैमा नोक्सान पुर्‍याएको छ’, बर्दिबास-९ का किसान राम नरेशले भने,`...