content stringlengths 20 64.1k ⌀ |
|---|
बालविवाह अन्त्यका लागि रणनीतिक योजना बन्दै सुर्खेत। मुगुमा बालविवाह अन्त्यका लागि पहल सुरु भएको छ। छायानाथ रारा नगरपालिकाले बालविवाह अन्त्यका लागि रणनीति योजना बनाउन लागेको छ। मेयर विष्णुकुमार भामले १४ वडामध्ये ४, ५, ६, ३, १०, ११, १३, १४ मा बालविवाह बढी भएको पाइएको बताए।
सबै वडामा नगरपालिकाले बालविवाह अन्त्यका लागि योज... |
लुम्बिनी प्रदेशः राजधानी कार्यान्वयन मुख्य उपलब्धि तुलसीपुर। लुम्बिनी प्रदेशको पहिलो कार्यकालमा स्थायी राजधानी कार्यान्वयनलाई मुख्य उपलब्धिका रूपमा लिइएको छ। लुम्निबी प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माका अनुसार स्थायी राजधानी राप्ती उपत्यका (भालुवाङ)मा तोक्नुका साथै सोही स्थानबाट काम सुरु गर्नु नै पाँचवर्षे कार्यकाल... |
गाउँपालिका अध्यक्ष घर्तीलाई तीन वर्ष कैद फैसला गलकाेट। बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुऔषध कारोबारमा सोमबार तीन वर्ष छ महिना कैद फैसाला भएको छ।
बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष घर्तीमाथि लागेको लागुऔषधसम्बन्धी कसुर ठहर गर्दै बागलुङ जिल्ला अदालतका न्यायाधीश डा दिवाकर भ... |
यसपालिको भूकम्प सुरक्षा दिवस काठमाडौँ महानगरमा मनाउने निर्णय काठमाडौं । यसपालिको २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह काठमाडौँ महानगरपालिकामा गर्ने निर्णय भएको छ । आज गृहमन्त्रालयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा बसेको २५औँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकले उक्त निर्णय ... |
आँखाको शल्यक्रिया अब गाउँमै भोजपुर । आर्थिक अवस्थाका कारण ग्रामीण क्षेत्रका नागरिकलाई सुविधा सम्पन्न अस्पतालमा गएर उपचार गराउन समस्या हुने गरेको छ । गाउँघरमा नै सञ्चालन हुने शिविर उनीहरुका लागि वरदान सावित हुने गरेको छ ।
भोजपुरको दक्षिण आमचोक गाउँपालिकाको केन्द्र बालङखामा नेपाल नेत्र ज्योति सङ्घ आँखा तथा कान उपचार केन्... |
कोरोना जोखिम बढेपछि झुलाघाट नाकामा कडाइ बैतडी । कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएकाले भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा कडाइ गरिएको छ । छिमेकी देश चीन र भारतमा कोरोना सङ्क्रमण फेरि देखिन थालेपछि नाकामा कडाइ गरिएको हो ।
झुलाघाटमा ‘हेल्थ डेस्क’ स्थापना गरेर भारतबाट फर्किरहेका नागरिकमा कोरोना परीक्षणको काम भइरहेको स्वास्... |
मधेस प्रदेश : प्रदेशसभा सभामुखको निर्वाचन माघ २ मा जनकपुर । मधेस प्रदेशसभा सभामुखको निर्वाचन आगामी माघ २ गतेका लागि तोकिएको छ । नवनिर्वाचित प्रदेशसभाको आजको पहिलो बैठकमा सभाअध्यक्ष गोविन्दबहादुर न्यौपानेले आगामी माघ २ गते सभामुखका लागि निर्वाचन हुने जानकारी दिए । उनले पुस २९ गते सभामुखको निर्वाचन कार्यक्रमसम्बन्धी सूचन... |
विपत् जोखिम न्युनिकरणको सुरुवात मन्त्रालयबाटै गर्न गृहमन्त्रीको निर्देशन काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विपत् जोखिम न्युनिकरणको सुरुवात मन्त्रालयबाटै गर्न निर्देशन दिएका छन् ।
सोमबार सिंहदरबारमा २५ औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै लामिछानेले भूकम्प आइहाले मन्त्रालयबाट त... |
चिसोले जम्न थाले मनाङका नदीनाला मनाङ । यस वर्ष मनाङमा हिमपात नभए पनि अत्यधिक चिसो बढेको छ । चिसोले गर्दा यहाँका तालतलैया, शाखा नदी, सिँचाइ कुलो, घरका धारा र सेफ्टी ट्याङ्की क्रमशः जम्न थालेका छन् ।
चिसोले यहाँको दैनिकीमा प्रतिकूल असर परेको छ । हिउँदयाममा चिसोका कारण ङिस्याङ गाउँपालिका–९ तिलिचो ताल, गङ्गापूर्ण ताल, आइस ... |
अफ्रिकन स्वाइन फिवरले चितवनमा दुई हजार सात सय बढी बङ्गुर मरे चितवन । जिल्लामा पशुपालक किसानका दुई हजार सात सय ४२ बङ्गुर अफ्रिकन स्वाइन फिवरका कारण मरेका छन् । यसबाट रु पाँच करोड ८९ लाख ८५ हजारको क्षति भएको छ । यहाँका नौ वटा कृषि फर्ममा रहेका बङ्गुर मरेका हुन । रोगले एक सय ८७ वटा बङ्गुर अझै बिरामी छन् ।
भेटेरिनरी अस्पता... |
नेपाली दूतावास भित्रै समाजका अगुवा कुटिए, एनआरएनए अध्यक्षमाथि कुटपिटको आरोप दोहा । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारको दशौं अधिवेशनको विषयलाई लिएर नेपाली राजदूतावास दोहा कतारको हलमा भएको एक कार्यक्रममा जनप्रगतिशील मञ्च कतारका अध्यक्ष बुद्धि भण्डारी र शनी कुमार ओली कुटिएका छन् ।
एनआरएनए कतारका अध्यक्ष मो... |
मन नेपालमा, रोजीरोटी प्रवासमा भारत। “हाम्रो मन मातृभूमि नेपालमै पुगिरहेको हुन्छ तर कामका सिलसिलामा आइएकाले बसोबास र रोजीरोटी यतै गर्नुपरेको छ । प्रवासमा रहेर नेपाल आमालाई पुकार्दै जीवन गुजारिरहेका छौँ ।” पश्चिम बङ्गालको कोलकाता–बेहलास्थित परिवहन (ट्रान्सपोर्ट) सम्बन्धी व्यवसाय गर्दै आएका तनहुँका केशव अधिकारी क्षेत्रीला... |
पोर्चुगलमा तीन महिनादेखि नेपाली युवक बेपत्ता, खोजीदिन आग्रह अर्घाखाँची। अर्घाखाँचीको खिल्जीबाट रोजगारीका लागि पोर्चुगल गएका एक युवक तीन महिनादेखि बेपत्ता भएका छन् ।
रोजगारीका लागि पोर्चुगल गएका भूमिकास्थान नगरपालिका–६ खिल्जीका २५ वर्षीय भुपाल दमासे गत वैशाख १३ गतेदेखि सम्पर्कविहीन भएको उनका बुबा झविरामले बताए।
सम्पर्क... |
मलेशियामा अलपत्र तीन दर्जन बढी नेपाली कामदारले न्युनतम पारिश्रमिक पाउने क्वालाम्लमपुर। वैदेशिक रोजगारीका लागि मलेशिया पुगेका ३ दर्जन बढी नेपाली श्रमिकले न्युनाेतम पारिश्रमिक पाउने भएका छन्।
वैदेशिक राेजगारीका लागि मलेशिया पुगेका नेपाली श्रमिकले लामाे समयदेखि पारिश्रमिक नपाएकाे समाचार सार्वजिनक भएपछि नेपाली श्रमिकलाई न्... |
एनआरएनए स्पेनको अध्यक्षमा पेशल कोइराला निर्विरोध काठमाडौं। एनआरएनए स्पेनको अध्यक्षमा पेशल कोइराला निर्वाचित भएका छन्। अध्यक्षमा अन्य कसैको उम्मेवारी नपरेपछि कोइराला निर्विरोध निर्वाचित भएका हुन्।
आइतबार भएको मनोनयन दर्तामा अध्यक्ष पदको लागि कोइरालाको मात्रै उम्मेवारी परेकाे थियो।
अध्यक्षसँगै अन्य पदाधिकारीसमेत निर्विर... |
एनआरएनए जर्मनी फुटबल कपको तयारी पूरा ह्यामवर्ग। जर्मनीको ह्यामवर्ग सहरमा शनिबार एनआरएनए जर्मनी फुटबल कपको आयोजना हुँदैछ ।
गैर आवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति ह्यामवर्ग र नेप्लीज फुटबल क्लब ह्यामवर्गको संयुक्त आयोजनामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा १२ ओटा नेपाली टोली... |
एनआरएनए कतारको अध्यक्षमा गुरुङको उम्मेदवारी दोहा (कतार) । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए/एनसीसी) कतारको नेतृत्वमा उत्तम गुरुङले उम्मेदवारी घोषणा गरेका छन् ।
गुरुङले आगामी कार्यकाल २०२३ देखि २०२५ सम्मका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
झण्डै दुई दशकदेखि कतारमा बसोबास गर्दै आएक... |
दित्या इन्टरनेशनल मेनपावरबाट मलेशिया पुगेका तीन दर्जन श्रमिक अलपत्र प्रवास। स्वदेशमा रोजगारीको अभावले वैदेशिक रोजगारीमा जाने नेपाली युवा युवतीको संख्या दिनानुदिन बढ्दो छ ।
यही क्रममा नेपालबाट वैदेशिक रोजगारीको लागि मलेशिया पुगेका तीन दर्जन नेपाली श्रमिक अलपत्र परेका छन्। काठमाडौंको सिनामंगलस्थित दित्या इन्टरनेशनल मेनपा... |
कुवेतमा एक नेपाली कामदारको मृत्यु काठमाडौं । कुवेतमा एक नेपाली श्रमिकको ज्यान गएको छ। तेल निकाल्ने मेसिनमा च्यापिएर ओखलढुंगाका मान बहादुर भुजेलको मृत्यु भएको हो।
कुवेतको स्पिडको कम्पनीमा कार्यरत भुजेलको केओसी प्रोजेक्ट अन्तर्गत रद्का भन्ने ठाउँमा तेल उत्खनन् गर्ने मेसिनमा च्यापिएर मृत्यु भएको त्यहाँस्थित प्रहरीले जनाएक... |
भारतमा खोलाले बगाउँदा एक नेपालीको मृत्यु काठमाडौं । भारतमा खोलाले बगाउँदा एक नेपालीको ज्यान गएको छ । रोल्पाको त्रिवेणी-४ चालढुंगा निवासी नरेश वलीको भारतमा खोलाले बगाउँदा मृत्यु भएको हो ।
खोलाले बगाउँदा ४७ वर्षीय वलीको असार २५ गते चन्डीगढमा मृत्यु भएको प्रहरीको भनाइ छ । बिदाको दिनमा आफन्तसहित चन्डीगढस्थित अमरावाती नदी क... |
श्रम स्वीकृतिसहित कुवेत जान लागेका ११७ श्रमिकलाई विमानस्थलबाटै फर्काइयो काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले कुवेत जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलबाट फिर्ता गरिदिएको छ।
उनीहरुको भिसा शंकास्पद भएको र उनीहरु ‘प्रतिबन्धित’काममा जान लागेको समेत आशंका भएकोले उनीहरुलाई फर्काइएको हो। त्रिभुव... |
एनआरएनएका एक्ला ‘राम’, जो अरुलाई छोड्दै जाँदा आफैं छुटिरहे काठमाडौं। करिब ४७ वर्षअघि जर्मनीको भूमी टेक्दा त्यहाँका सडकमा नेपाली अनुहार बिरलै देखिन्थे। जर्मन युवतीसँग प्रेममा परेका तन्नेरी रामप्रताप थापा पनि प्रेमिकाको हात समाउँदै केही समय जर्मन सहरहरू घुमे। त्यहीँ पढे। बिहे गरे। अनि घरजम भएपछि त्यही मायाले तान्यो।
गोरख... |
विधानअनुसार महाधिवेशन गर्न एनआरएनएलाई मन्त्री साउदको आग्रह काठमाडौं। परराष्ट्रमन्त्री एनपी साउदले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लाई विधानअनुसार महाधिवेशन गर्न आग्रह गरेका छन् । एनआरएनएको संस्थापन पक्ष र १०औँ महाधिवेशनमा असन्तुष्ट भएको पक्षका प्रतिनिधिहरुलाई उनले आज विधानअनुसार महाधिवेशन गर्न आग्रह गरेका हुन्।
परराष्ट... |
एनआरएनएको विवाद मिल्यो, प्रधानमन्त्री दाहालको पहलमा दुई पक्षबीच चार बुँदे सहमति काठमाडौँ । गैरआवसीय नेपाली संघ (एनआरएनए)को विवाद समाधान भएको छ । १० औं महाधिवेशनपछि दुई समूहमा विभाजित भएको एनआरएनए अन्ततः एउटै बन्ने सहमति भएको छ । दुई पक्षबीच एकतासम्बन्धी चार बुँदे सहमति भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पह... |
ओलीकृत ‘सुलभ’ कतारमा विमोचन हुने काठमाडौं। शोभाराम ओलीद्वारा लिखित पुस्तक ‘सुलभ’ कतारमा विमोचन गरिने भएको छ। यही शुक्रबार कतारको दोहा सनैयास्थित फूलबारी रेस्टुरेन्टको सभाहलमा बिहान १० बजे ‘सुलभ’ विमोचन गरिने भएको हो।
दोहामा स्थापित संघसस्था, साहित्यकार, समालोचक तथा पाठकहरूको उपस्थितिमा ‘सुलभु विमोचन गरिनेछ। उक्त विमोचन... |
नेपाल यूएईबीचको श्रम सम्झौता नवीकरण काठमाडौं। नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच भएको श्रम सम्झौता नवीकरण भएको छ । काठमाडौंमा बुधबार बसेको उच्चस्तरीय संयुक्त समितिको बैठकले श्रम सम्झौता नवीकरण गरेको हो । सो क्रममा दुवै देशका उच्च श्रम अधिकारीहरुको सहभागिता थियो ।
चार वर्षअघि भएको सम्झौताको म्याद सकिने दिन बुधबार न... |
जेन ट्राभल्ससँग सस्तोमा अमेरिकाबाट नेपाल यात्रा गर्नुहोस् जेन ट्राभल्स वाशिङ्टन डिसी २०२-५५२-१५०८ zentravels.com
वाशिङ्टन डिसी । यो गर्मीमा भाडा निकै महँगो भएको छ । यदि तपाइँ दशैं र तिहारको लागि नेपाल भ्रमण गर्ने योजनामा हुनुहुन्छ भने, कृपया तपाइँको टिकटहरू अहिले नै खरिद गर्नुहोस्। धेरैजसो सहरहरूको भाडा ११०० अमेरिकी ... |
साउन १ देखि विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन गरिने काठमाडौं। निर्वाचन आयोगले आगामी १ साउनदेखि विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन गर्ने जानकारी दिएको छ ।
सोमबार बसेको राष्ट्रियसभाको राष्ट्रिय तथा समन्वय समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी १ साउनदेखि विदेशमा रहेका नेपालको मतदाता... |
दौत्य सम्बन्ध कायम भएका मुलुकमा बैदेशीक रोजगार खुला गर्ने तयारी काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालसँग दौत्य सम्बन्ध कायम भएका मुलुकमा बैदेशीक रोजगार खुला गर्ने तयारी भइरहेको जनाएको छ।
आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा श्रम सचिव एक नारायण अर्यालले अहिले संस्थागत रुपमा १ सय ११ देशमा बै... |
जर्मनी र रोमानियासँग श्रम सम्झौताको पहल हुँदै, श्रममन्त्री भन्छन्- वैदेशिक रोजगारका मुद्दा तत्काल सम्बोधन गर्छौं काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले श्रम र रोजगारसम्बन्धी जोडिएर आएका मुद्दा तदारुकताका साथ सम्बोधन गर्न मन्त्रालय कटिबद्ध रहेको बताएका छन्।
मन्त्रालयमा आज आयोजित पत्रकार भेटघ... |
नाइल नदीको किनारामा विद्यार्थीले कोरे हिमालका चित्र काठमाडाैं। विश्व वातावरण दिवसका अवसरमा नेपाली राजदूतावास, कायरोको आयोजनामा एक चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। “जलवायु परिवर्तन र हिमालय” शीर्षकमा उक्त प्रतियोगिता इजिप्टको राजधानी कायरोमा शनिबार आयोजना गरिएको थियो।
प्रतियोगितामा पाकिस्तान इन्टरनेशनल स्कुल, आइरिश ... |
एनआरएनएमा ‘एकता महाधिवेशन’ गर्न शेष घले तयार काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष शेष घले र बहालवाला महासचिव गौरीराज जोशीबीच भेटवार्ता भएको छ ।
अमेरिका भम्रणमा रहेका घले र जोशीबीच टेक्सासमा भेटवार्ता भएको हो। भेटमा संघलाई अब एक ढिक्का बनाउने विषयमा कुराकानी भएको छ ।
१० औं महाधिवेशनका बेला विवाद भएप... |
नयाँ व्यवस्था अनुसार विदेशबाट फर्कँदा के-के ल्याउन पाइन्छ? के मा भन्सार तिर्नुपर्छ? काठमाडौं। सरकारले झिटीगुण्टा सम्बन्धी सूचना नियमावली संशोधन गरेसँगै विदेशबाट नेपाल फर्किदा यात्रुले आफ्नो साथमा ल्याउन पाउने सामानहरुबारे भन्सार विभागले नयाँ व्यवस्था लागू गरेको छ।
जसमध्ये महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा भने २५ ग्र... |
कास्कीका गोकर्ण कार्की बने एसियाका ‘योङ इन्टरप्रेन्योर अफ द इयर’ काठमाडौं। कास्कीका गोकर्ण कार्की आइकन अफ एसिया अवार्डमा ‘योङ इन्टरप्रेन्योर अफ द इयर २०२३’ घोषित भएका छन् ।
ग्लोबल एम्पायर इभेन्ट्स र बिजनेसन टिभीको संयुक्त आयोजनामा दुबईमा भएको कार्यक्रममा कार्की उक्त अवार्डबाट सम्मानित भएका हुन् । उनलाई ग्लोबल एम्पायर ... |
गैर आवासीय नेपालीले नागरिकता पाउने निर्णय स्वागतयोग्य : आनन्द विष्ट काठमाडौं। गैर आवासीय नेपालीहरूले नागरिकता पाउने बाटो खुलेसँगै नेपाली जनसम्पर्क समिति अमेरिकाले स्वागत गरेको छ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकता ऐनको संशोधन विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेसँगै गैर आवासीय नेपाली नाग... |
भारतको हरिद्वारबाट स्याङ्जाका ७० वर्षीय वृद्ध वेपत्ता, खोजी गरिदिन अपिल नयाँ दिल्ली। पुतली बजार नगरपालिका-१ , स्याङ्जा निवासी ७० वर्षीय डोलराज रेग्मी १० दिनदेखि भारतको उत्तरखंड राज्यको हरिद्वारबाट हराएका छन्।
चारधाम दर्शनको लागि २१ जनाको समूह नेपालबाट हिँडेको थियो। १७ मई २०२३ को हिँडेर १९ मई २०२३ मा साे समूह हरिद्वार ... |
जर्मनीमा मनाइयो साकेला जर्मनी। जर्मनीको फ्रयांकफर्टमा आइतबार किराँतराई समुदायले उभौली पर्व अर्थात साकेला भव्यताका साथ मनाएका छन्। किरात राई समुदायले आफ्ना मौलिक संस्कार तथा संस्कृतिलाई पुस्ता हस्तान्तरण गर्दै जाने माध्यमका रुपमा साकेला मनाउँदै आएका छन्।
गर्मी मौसम सुरु भएपछि गर्मी छल्न लेक चढ्ने र जाडो मौसम सुरुभएसँगै... |
पोर्चुगलमा राहदानी शिविरबाट पाँच करोड राजस्व संकलन लिस्बन। पोर्चुगलमा राहदानीलगायत विभिन्न समस्यामा रहेका नेपालीलाई लक्षित गरी सञ्चालन गरिएको राहदानी सेवा शिविरबाट रु पाँच करोड २२ लाख राजस्व संकलन भएको छ।
राजधानी लिस्बनमा करिब एक महिनासम्म सञ्चालन भएको उक्त शिविरबाट सो राजस्व संकलन भएको पोर्चुगलका लागि गैर आवासीय नेपाल... |
एनआरएनए मलेसियाका सचिव नारायण अधिकारी ‘हापा अवार्ड’ बाट सम्मानित मलेसिया। गैर आवासीय नेपाली संघ एनआरएनए मलेसियाका सचिव नारायण अधिकारी मलेसियाको हस्पिटालिटि क्षेत्रको सर्वश्रेस्ठ अवार्ड हापा अवार्डबाट सम्मानित भएका छन ।
हालै मलेसियामा आयोजित एक कार्यक्रममा एनआरएनए मलेसियाका सचिव अधिकारीलाई मलेसियाको हस्पिटालिटि क्षेत्रक... |
युएइमा नेपाली युवाले १ करोड ८० लाख रुपैयाँ जिते काठमाडौं । युएइमा एक नेपाली युवाले ५ लाख दिराम (१ करोड ८० लाख रुपैयाँ) जितेका छन् । उनले राफल ड्र क्याम्पेनमा यति ठूलो रकम जितेका हुन् । इड उल फित्रको अवसरमा यो राफल ड्र क्याम्पेनको विजेता घोषणा गरिएको हो ।
यो ड्र ‘शप एण्ड विन’ प्लेटफर्म आइडियल्ज र विश्वव्यापी मनी ट्रान्स... |
१४ बुँदे घोषणापत्र जारी गर्दै सकियो एनआरएनए यूरोपेली सम्मेलन (घोषणापत्रसहित) प्राग। गैरआवासीय नेपाली संघ (एनआरएनए)को १५ औँ क्षेत्रीय सम्मेलन १४ बुँदे प्राग घोषणापत्र जारी गर्दै समापन भएको छ। चेक रिपब्लिकको राजधानी प्रागमा ५, ६ र ७ मेमा ३ दिनसम्म चलेको सम्मेलनले १४ बुँदे प्राग घोषणापत्र जारी गरेको छ।
सम्मेलनमा प्रमुख अत... |
बृहत र्यालीसहित कोभेन्ट्रीमा २५६७ औँ बुद्ध जयन्ती सम्पन्न बेलायत। कोभेन्ट्रीमा भगवान् बुद्धको २५६७ औँ बुद्ध जयन्ती मनाइएको छ। कोभेन्ट्री नेपाली समाज बेलायतको आयोजनामा कोभेन्ट्रीस्तिथ सेन्टर पुस्तकालयमा बुद्धको बारेमा लेखिएका पुस्तकहरु हस्तान्तरण गरी २५६७ औं बुद्ध जयन्ती मनाइएको हो।
सोही अवसरमा नेपाली भाषामा लेखिएको भा... |
अमेरिकामा ट्रकको ठक्करबाट नेपाली महिलाको मृत्यु काठमाडौं। अमेरिकाको टेक्सास राज्यमा ट्रकको ठक्करमा परी एक नेपाली महिलाको मृत्यु भएको छ ।
रक्डेल सिटीनजिकै बिहीबार साँझ ट्रकले ठक्कर दिए पछि घाइते भएकी प्रमिला सुवेदीको निधन भएको हो । उनी एनआरएन आइसीसीको अमेरिकाका क्षेत्रीय उपसंयोजक रामकुमार सुवेदीकी धर्मपत्नीसमेत हुन ।
रक... |
अमेरिकामा राजनीतिक सफलता पछ्याउँदै नेपालका ह्यारी वाशिङटन डिसी । विश्वका कुनै पनि देशबाट अमेरिका आएका जो कोही पनि आत्मनिर्भर र आर्थिक रुपले सहज जीवन बिताउने सपना देख्छन् । सुखद भविष्यको सपना साँचेर अवसरको खोजीमा अध्ययन, व्यवसायको सञ्जाल विस्तार, सुव्यवस्थित बसोबासका लागि अमेरिका आउनेहरु आज पनि उत्तिकै छन्।
आफ्नो भूगोलब... |
बुद्ध जन्मस्थलको भ्रम निस्तेज पार्ने अभियान मेलबर्न। नेपालबाट मेलबर्न आएर बसोबास गर्नेहरुको अभिभावकहरुको संस्था ‘मिलन पार्क आमा बुवा मेलबर्न’ले ज्याक रोपर रिजर्भ पार्कमा वनभोज कार्यक्रम आयोजना गरेको छ। उक्त कार्यक्रममा करिब डेढ सय जनाको उपस्थिति रहेको थियो।
उक्त संस्थाले नेपालको गर्व र पहिचानमा महत्वपूर्ण भूमिका निर्वा... |
सुडानमा सम्पर्कमा रहेका १९ जना नेपाली नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय काठमाडौं। नेपाल सरकारले यही वैशाख २ (१५ अप्रिल २०२३) गतेदेखि सुडानमा विकसित जटिल सुरक्षा अवस्थालाई लिएर त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारका लागि उच्च सतर्कताका साथ सबै पक्षसँग समन्वय गरी आवश्यक प्रयास जारी राखेको जनाएको छ ।
इजिप्टको ... |
कांग्रेस समर्थित विदेशस्थित जनसम्पर्क समितिद्वारा गठबन्धनका उम्मेदवार जिताउन अपिल काठमाडौं। विश्वका विभिन्न देशमा रहेका नेपाली कांग्रेस समर्थित जनसम्पर्क समितिले वैशाख १० मा हुने उपनिर्वाचनमा सत्ता गठबन्धन आबद्ध उम्मेदवारलाई विजयी गराउन अपिल गरेका छन्। ३४ देशमा रहेका जनसम्पर्क समितिले संयुक्त अपिल जारी गर्दै मुलुकको हि... |
यूएईमा नेपाली युवाले जिते ७१ करोड बढीको चिठ्ठा काठमाडौं। रोजगारीको लागि संयुक्त अरव इमिरेट्स (यूएई) पुगेका एक नेपाली युवालाई २० मिलियन दिराम (नेपाली झण्डै साँढे ७१ करोड रुपैयाँ)को चिठ्ठा परेको छ।
विगत २३ वर्षदेखि यूएईमा सवारी चालकको काम गर्दै आएका पदम नाम गरेका नेपाली नागरिकले ‘महजुज ड्र’ मार्फत पहिलो विजेता हुँदै यो र... |
युरोपमा सुरु भयो नेपाली पाठशाला लिस्बन। युरोपेली मुलुकमा जन्मेका र हुर्केका नेपाली बालबालिकालाई लक्षित गरेर नेपाली पाठशाला सञ्चालन गरिएको छ।
नेपाली नारी समाज पोर्चुगल र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलको संयुक्त संयोजनमा शनिबारदेखि नेपाली पाठशाला सञ्चालन गरिएको हो।
नयाँ वर्ष २०८० को अवसर पारेर भर्च... |
भारतको पन्जावमा एक नेपाली महिलाको शंकास्पद मृत्यु नयाँ दिल्ली। भारतमा नेपालीको मृत्यु हुने क्रम दिनानुदिन बढ्दो छ। पञ्जाबस्थित गुरदीप कालोनीमा २६ वर्षीया विवाहित नेपाली युवतीको शंकास्पद मृत्यु भएको छ। मृतक युवतीका बुवाका अनुसार दाइजाेकाे निहुमा हत्या गरेकाे अभियाेगका युवतीका श्रीमान,सासु र सुसुरा विरूद्ध मुद्दा दायर ग... |
ए.एन.ए. कन्भेन्सन कोलोराडोको डेनभरमा हुँदै काठमाडौँ। सन् २०२३ को ए.एन.ए. कन्भेन्सन कोलोराडोको डेनभरमा हुने भएको छ। आगामी जुलाईको १ र २ मा हुने उक्त सम्मेलन द्रुत गतिमा अघि बढेको ए.एन.ए. ले जनाएको छ।
कोलोराडोको डेनभर क्षेत्रमा सक्रिय रहेका नेपाली संस्थाहरु Rocky Mountain Friends of Nepal (RMFN), INLS Colorado Chapter, N... |
जापानको फुजी हिमाल आरोहणका क्रममा नेपाली युवाको निधन टोकियो। जापानको माउन्ट फुजी चडने क्रममा दुर्घटनामा परि एक नेपाली युवाको निधन भएको छ।
सोलुखुम्बुको नाम्चे घर भएका छिरिङ शेर्पा सहित दुईजना जापानी नागरिक र एकजना अमेरिकी गरी जम्मा चार जनाको टोली फुजी हिमाल आरोहण गरी फर्कने क्रममा दुर्घटनामा परि शेर्पाको निधन भएको हो।
फ... |
अष्ट्रेलियामा एनटीएफका अध्यक्ष दिनेश शर्मा ‘अन्तर्राष्ट्रिय राजदूत पुरस्कार’बाट पुरस्कृत हुने बारा। नेपाल तेक्वान्दो महासंघ (एनटीएफ) का अध्यक्ष दिनेश शर्मा अष्ट्रेलियामा पुरस्कृत हुने भएका छन् । निजगढ नगरपालिका-३ सिंगोल घर भएका शर्मालाई ‘अन्तर्राष्ट्रिय राजदूत पुरस्कार’ बाट अष्ट्रेलियामा पुरस्कृत गर्न लागिएको हो ।
अष्ट... |
मेलवर्नमा पनि मनाइयो चैते दशैं मेलवर्न। मेलवर्नमा पहिलो पटक बिधिपूर्वक गरिनुपर्ने संपूर्ण बिधि पुरा गरी चैते दशैं मनाइएको छ। अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टरको आयोजनामा यो चैते दशैं मनाइएको हो।
कार्यक्रममा बिधिपूर्वक पूजा, भगवान रामको बिषयमा प्रवचन, भजन किर्तन, नाचगान गर्नुका साथै नयाँ आजीवन सदस्यको रुपमा आएका प... |
राहदानी विभागको टोली पोर्चुगलमा लिस्बन। युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग काठमाडौँको टोली पोर्चुगल आइपुगेको छ।
विद्युतीय राहदानीका लागि दरखास्त सङ्कलन गर्न विभागको टोली बुधबार राजधानी लिस्बन आइपुगेको हो।
विभागकी शाखा अधिकृत रञ्जिता दाहाल नेतृत्वको टोलीलाई गैरआवासीय ... |
रोजगारीका लागि विदेशमा हुनुहुन्छ? स्वास्थ्यमा समस्या आए यी नम्बरमा सम्पर्क गर्नुस् काठमाडौं। वैदेशिक रोजगार बोर्डले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु गरेको छ।
वैदेशिक रोजगारीमा रहेका श्रमिकको स्वास्थ्य समस्या सम्बोधनका लागि चिकित्सकको टोलीसहित टेलिमेडिसिन सेवा सुरुआत गरिएको बोर्डले जनाए... |
पाँच महिनादेखि मलेसियामा पाँच नेपाली अलपत्र खाेटाङ। खोटाङका दुईसहित पाँच नेपाली युवा पाँच महिनादेखि मलेसियामा अलपत्र छन्। वैदेशिक रोजगारीको सिलसिलामा गत कात्तिकमा मलेसिया पुगेका उनीहरु नेपालस्थित म्यानपावर कम्पनीका एजेन्टको लापरवाहीका कारण अलपत्र परेका हुन्।
मलेसियामा अलपत्र पर्ने युवामा खोटाङको दिक्तेल रुपाकोट मझुवागढ... |
युरोपका नेपाली बालबालिकाका लागि नेपाली पाठशाला लिस्बन। युरोपका विभिन्न मुलुकमा रहेका नेपाली बालबालिकालाई लक्षित गरेर नेपाली पाठशाला सञ्चालन गरिने भएको छ। नेपाली नारी समाज पोर्चुगल र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलले संयुक्तरूपमा नेपाली पाठशाला सञ्चालन गर्ने भएको हो।
युरोपेली मुलुकमा जन्मेका र हुर्... |
गोरखा सेवा समाज कतारको १२औं साधारणसभा सम्पन्न दोहा। ‘तन, मन, वचन र कर्मले सेवा गरौं।’ भन्ने उद्देश्यका साथ २००३ मा कतारमा स्थापना भएको गोरखा सेवा समाज कतारले आफ्नो १२ औं साधारणसभा सम्पन्न गरेको छ।
शुक्रबारका सनैयास्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा भएको साधारणसभामा नेपालबाट आएका मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामज... |
बेलारुसमा अलपत्र पारिएका ९ जना महिलाहरुलाई नेपाल फर्काइयो काठमाडौं । बेलारुसमा अलपत्र पारिएका नौ जना नेपाली महिलाहरुलाई आम जनदवाव र सामाजिक अभियन्ताहरु मिलेर स्वदेश फर्काइएको छ ।
स्वदेश फर्किनेमा सानुमाया तामाङ, कविता थापा मगर, अन्जना मगर, रत्नमाया राई, पावती तिलुङ, रमिता राई, सानुमाया तामाङ, मीना गुरुङ र मार्था सोताङ ... |
राहदानी विभागको टोली पोर्चुगल आउने लिस्बन। युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभागको टोली पोर्चुगल आउने भएको छ। विद्युतीय राहदानीका लागि दरखास्त सङ्कलन गर्न विभागको टोली यही मार्च २९ मा पोर्चुगल आउने भएको हो।
लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्य दूतावासको समन्वय र सहजीकर... |
एनआरएनए युएई र एनएबीच एकता, ठाकुर ढुंगानाको नेतृत्वमा नयाँ कार्यसमिति युएई। गैरआवासिय नेपाली संघ एनआरएनए युएई र नेपाल एसोसियसनबीच एकता भएको छ। दुवै संस्थाले संयुक्तरुपमा वार्षिक भेला सम्पन्न गरेर विश्वभर रहेका गैरआवासिय नेपालीलाई सकारात्मक सन्देश दिन सफल भएका छन्।
दुवै संस्थालाई एकतावद्ध गराउन एनआरएनए मध्यपूर्वका संयोज... |
पिरामिडको देशमा मनाइयो नेपाली वसन्त उत्सव काठमाडौं । इजिप्टस्थित नेपाली राजदूतावासको आयोजनामा राजधानी कायरोमा शनिबार ‘नेपाली वसन्त उत्सव, २०२३’ मनाइएको छ ।
नेपाली बालबालिकाको स्वागत नृत्य प्रस्तुतिबाट सुरु भएको उक्त कार्यक्रममा इजिप्टका प्रथम सगरमाथा आरोही ओमार साम्राले नेपाली कला, संस्कृति र परम्पराको विविधता तथा सम्प... |
नेपाली महिला पाईलट समूहले पहिलो पटक गरे अन्तर्राष्ट्रिय उडान लण्डन । काठमाण्डौं–युएई तर्फको उडानमा पहिलो पटक नेपाली महिला पाइलटको टोलीले आफ्नो उडान सफलतापूर्वक भरेका छन् ।
आइतवार, नेपाल वायुसेवा निगमको इतिहासमा पहिलो पटक दुई जना महिला पाइलटले सँगै उडान गरेको पाइलट भावना पन्तले जनाएकी छन् । उनीसंगै को– पाईलट शृजना रावत... |
एक लाख जनसहभागिता हुने पाको फेस्टामा नेपाल प्रबर्द्धन जिलोङ, अस्ट्रेलिया। अस्ट्रेलियाको भिक्टोरिया राज्यमा बर्षेनी मनाइने अष्ट्रेलियाकै ठूलोमध्येको बहुसांस्कृतिक महोत्सव पाको फेस्टामा नेपालीहरुको संस्था ग्रेटर नेपाली समाजले नेपालको प्रबर्द्धन गरेको छ।
सन् १९८३ बाट शुरु भएको र नेपालीहरुको पहिलो सहभागिता २०१३ देखि भएको य... |
बर्लिनस्थित नेपाली दूतावासले भन्यो- गैरकानुनी रूपमा युक्रेन नपस्नु, दूतावास जिम्मेवार हुँदैन काठमाडौं। युद्धग्रस्त मुलक युक्रेनमा अहिले पनि नेपाली जाने गरेको पाइएको छ।
युक्रेन मामिलासमेत हेर्दै आएको जमर्नीको बर्लिनमा रहेको नेपाली दूतावासका अनुसार अहिले पनि नेपालीहरू विभिन्न माध्यमबाट युक्रेन पुग्ने गरेका छन्। त्यहाँबाट... |
प्रवासी नेपाली संघ भारतको आठौं केन्द्रीय सम्मेलन: अध्यक्षमा हुमागाईं निर्वाचित नयाँ दिल्ली। प्रवासी नेपाली संघ भारतको आठौँ केन्द्रीय सम्मेलन मंगलबार सम्पन्न भएको छ। १९ देखि २१ फरवरी, २०२३ सम्म महाराष्ट्रको पुणे शहरमा आयोजित सम्मेलनले संघका पूर्व उपाध्यक्ष नारायणप्रसाद हुमागाईंलाई सर्वसम्मतिले अध्यक्षमा चयन गरेको हो।
स... |
माघमा ६४ हजार बढीले लिए श्रम स्वीकृति काठमाडौं। गत माघमा ६४ हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन्।
वैदेशिक रोजगार विभागका अनुसार, माघमा ५८ हजार चार सय ४७ पुरुष र पाँच हजार आठ सय ३७ जना महिला गरी कूल ६४ हजार दुई ८४ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका हुन्।
यो सङ्ख्या पहि... |
कतारको राष्ट्रिय खेलकुद दिवसमा नेपाली दूतावास बन्द हुने काठमाडौं। कतारको राष्ट्रिय खेलकुद दिवसको अवसरमा त्यहाँस्थित नेपाली राजदूतावास बन्द हुने भएको छ।
२ फागुन २०७९ अर्थात १४ फेब्रअरी २०२३ को दिन दूतावास कतारस्थित नेपाली दूतावास बन्द हुन लागेको हो।
कतारस्थित नेपाली दुतावासका अनुसार कतार सरकारले राष्ट्रिय खेलकुद दिवसको ... |
अस्ट्रेलियाको भिक्टोरियामा सामुहिक ब्रतबन्ध अस्ट्रेलिया। अस्ट्रेलियाको भिक्टोरिया राज्यको बेन्डिगो शहरमा अवस्थित गणेश मन्दिर (नेपालीद्धारा भिक्टोरियामा बनाइएको पहिलो मन्दिर) परिसरमा आयोजना गरिएको पहिलो सामुहिक ब्रतबन्ध सम्पन्न भएको छ।
कार्यक्रममा भिक्टोरिया निवासी सात र क्यानडादेखि घुम्न आएका एक गरी ८ जनाको सामुहिक ब्... |
किर्गिजस्तानमा एनआरएनएको ८६औं शाखा गठन, अध्यक्षमा भण्डारी चयन लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को ८६ औं राष्ट्रिय समन्वय समिति (एनसीसी) किर्गिजस्तानमा स्थापना भएको छ ।
गैरआवासीय नेपाली संघको आयोजनामा किर्गिजस्तानमा रहेका नेपालीहरुको संयुक्त भर्चुअल भेलाले ११ सदस्सीय नयाँ तदर्थ समिति गठन गरेको हो ।
भेलाले डा. किशन ... |
टर्की भूकम्पः ८ नेपाली सम्पर्कमा हुँदा, ३ जना सम्पर्क बाहिर टर्की । टर्कीमा गएको भूकम्पको ‘इपिसेन्टर’बाट ८ जना नेपाली सम्पर्कमा आएका छन्।
भूकम्प गएको गाजियान्टेपबाट अहिलेसम्म ८ नेपाली सम्पर्कमा आएको र उनीहरू सबैजना सुरक्षित रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) टर्कीले जनाएको छ।
‘अहिलेसम्म गाजियन्टेपबाट ३ जना नेपाली मह... |
यति नेपाली एशोसिशन यूकेको अध्यक्षमा पिपला देवान निर्विरोध लण्डन। भारतमा बाहेक अन्य देशमा रहेकानेपाली सामाजिक संस्था मध्येको सबै भन्दा जेठो संस्थाका रूपमापरिचित यति नेपाली एशोशियसन युकेको २९ औं अधिवेशन सम्पन्न भएको छ।
लण्डनको ह्यारो फुटबल क्लबमा आईतबार सम्पन्न अधिवेशनबाट समाजसेवी पिपला पाण्डे देवानको नेतृत्वमा १७ सदस्य ... |
कतारमा बस्ने नेपालीले ८२ करोड रूपैयाँको चिठ्ठा जिते अबुधाबी । कतारमा रहेका एक नेपाली प्रवासीले शुक्रबार बिग टिकट अबुधाबीको ड्र बाट २ करोड ३० लाख दिरामको चिठ्ठा जितेका छन् । यो रकम नेपाली रूपैयाँमा ८२ करोड रुपैयाँ हुन्छ ।
गल्फ न्युजका अनुसार रणजित कुमार पालले जनवरी १६ मा २३२९३६ नम्बरको टिकट किनेका थिए जुन टिकटले यति ठूल... |
नेपाली कला-संस्कृति प्रवर्द्धनको लागि डेल्फिक नेपाल र इनासले जर्मनीमा कार्यक्रम गर्ने काठमाडौं। नेपाली कला-संस्कृतिको उत्थान र प्रवर्द्धनका लागि विश्वव्यापी रुपमा कार्यरत दुई संस्था नेशनल डेल्फिक काउन्सिल नेपाल र अन्तराष्ट्रिय नेपाली कलाकार समाज(इनास)को सहकार्यमा जर्मनीको बर्लिनमा बिशेष कार्यक्रम हुने भएको छ । कार्यक्र... |
विप्रेषण पठाउने वैधानिक च्यानल बनाइदिन आग्रह काठमाडौं। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मकाउले नेपालमा पैसा पठाउन वैधानिक च्यानलको व्यवस्था गरिदिन सरकारसँग माग गरेको छ।
मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पाँचबुँदे ध्यानाकर्षण पत्र दिँदै एनआरएनए मकाउले सरकारकै पहलमा विप्रेषण (रेमिट्यान्स) कम्पनी खोलिदिन आ... |
रवि लामिछानेको मुद्दाले एनआरएनलाई कुनै असर गर्दैनः उपाध्यक्ष शर्मा लण्डन् । गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेम राज शर्माले गृहमन्त्री रवि लामिछाने बिरुद्ध सर्वोच्च अदालतले शुक्रबार दिएको फैसलाले एनआरएनहरुलाई कुनै असर नपर्ने बताएका छन्।
डा. शर्माले फैसलाले ‘गैरआवासीय नेपालीको एक पटकको नेपाली सधैंको नेपाली’ अभियानल... |
परराष्ट्र मन्त्री डा. पौडेलसँग प्रवासी नेपाली मञ्चकाे अन्तरक्रिया काठमाडाैं। प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको सचिवालयले परराष्ट्र मन्त्री डा. विमला पौडेलसँग विभिन्न विषयमा छलफल गरेको छ। मंगलबार मञ्चले जुममार्फत परराष्ट्र मन्त्री पौडेलसँग विभिन्न समस्याको बारेमा छलफल गरेको हो।
छलफलमा माल्टाबाट युके आउन भिसामा... |
एनआरएनए आईसीसी सदस्य एनबी क्षेत्री मलेसियाका लागि टुरिजम गुडविल एम्बेसडर नियुक्त काठमाडौं । लामो समयदेखी गैर आवासीय नेपाली संघ एनआरएनएसँग आबद्ध रहदै नेपालको पर्यटन क्षेत्रको बारेमा देश तथा बिदेशमा सकारात्मक सन्देश प्रबाह गर्ने सामाजिक एवं एनआरएनए अभियन्ता नन्द बहादुर क्षेत्री ‘नेत्र’ मलेसियाका लागि टुरिजम गुडविल एम्बेस... |
नेपालकै पहिलो ब्रम्हकुमारी सिस्टर प्रनिता गुरुङको मेलबर्नमा कार्यक्रम मेलबर्न। नेपालकै पहिलो ब्रम्हकुमारी एवं पश्चिम नेपालको ब्रम्हकुमारीका निर्देशक सिस्टर प्रनिता गुरुङले मेलबर्नको ब्रन्सविक टाउन हलमा आयोजित कार्यक्रममा प्रवचन दिएकी छन्।
कार्यक्रममा प्रवचन दिने क्रममा कसैबाट केही अपेक्षा नगरी समभावका दृष्टिकोणका साथ... |
आजदेखि पाँच प्रदेशबाट श्रम स्वीकृति, सुर्खेत र धनगढीबाट छिट्टै सुरू गरिने काठमाडौं। आज आइतबारदेखि जनकपुर र बिराटनगरबाट श्रम स्वीकृति लिन सकिने भएको छ।
सरकारले पुस ११ गते गरेको निणर्य कार्यान्वयन गर्ने क्रममा आजदेखि उपरोक्त स्थानबाटै श्रम स्वीकृत लिन सकिने छ। यसअघि काठमाडौं र उपत्यकाबाहिर पोखरा र भैरहवाबाट मात्रै यस्तो... |
आइतबारदेखि जनकपुर र विराटनगरबाट श्रम स्वीकृति लिन सकिने काठमाडौं । आइतबारदेखि जनकपुर र विराटनगरबाट पनि श्रम स्वीकृति लिन सकिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले यही पुुस ११ मा गरेको निर्णय कार्यान्वयन गर्ने क्रममा भोलि आइतबारदेखि दुवै स्थानबाट श्रम स्वीकृत लिन सकिने व्यवस्था गरिए... |
टेक्सास लुट काण्ड : छानविन समिति गठन, सेवाग्राहीको काम रोकियो वासिंगटन डिसी । अमेरिकाको टेक्सास राज्यमा लुटिएको भनिएको नेपाली दूतावासको २ लाखभन्दा बढी अमेरिकी डलर रकमसम्बन्धी प्रकरणमा अमेरिकाका लागि नेपाली राजदूत प्राध्यापक श्रीधर खत्रीले छानविन समिति गठन गरेका छन् ।
दूतावासका चार्ज डि एफियर सहसचिव कुमार खरेलको संयोजकत... |
कम्पनीले मलेसियामा २७ नेपाली कामदारलाई बन्धक बनायो, उद्धारका लागि आग्रह काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका २७ जना नेपाली कामदार चार महिनादेखि अलपत्र परेका छन् । सानेपाको फोजी म्यानपावरबाट एक सप्लायर्स कम्पनीमा काम गर्न भनेर गत ८ सेप्टम्बर (२३ भदौ)मा मलेसिया पुगेका उनीहरु अलपत्र परेका हुन् । म्यानपावरलाई त... |
राजदूत अधिकारी र पाकिस्तानी प्रधानमन्त्रीका विदेशमामिलासम्बन्धी विशेष सहायकबीच भेटवार्ता काठमाडौं । पाकिस्तानका लागि नेपालका राजदूत तापस अधिकारीले पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफका विदेशमामिलासम्बन्धी विशेष सहायक सैयद तारिक फातेमीसँग आज इस्लामाबादस्थित उनको कार्यकक्षमा भेटवार्ता गरेका छन् ।
त्यस अवसरमा उनीहरूबीच ... |
एनआरएनए १५औँ यूरोप क्षेत्रीय सम्मेलन मे ६ र ७ मा लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १५औँ युरोप क्षेत्रीय सम्मेलन मेको पहिलो साता हुने भएको छ ।
गैरआवासीय नेपाली संघको यूरोप क्षेत्रीय पदाधिकारीहरूको उपस्थितीमा गत सोमबार बसेको बैठकले ६ र ७ मेमा चेक रिपब्लिकामा सम्मेलन गर्ने निर्णय गरेको एनआरएनए चेक रिपब्लिकले जनाएक... |
पशुपतिनाथ फाउण्डेशन यूएसएको अध्यक्षमा रामेश्वर भण्डारी लस एन्जलस । लस एन्जेलस अबस्थित श्री पशुपतिनाथ फाउण्डेशन यूएसए को डिसेम्बर १८ गते सम्पन्न वार्षिक साधारण सभाले रामेश्वर भण्डारीको अध्यक्षतामा २१ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको छ ।
नयाँ बिधान अनुसार अर्को दुई बर्षमा स्वत अध्यक्ष हुनेगरी प्रेसिडेन्ट एलेक्टमा विम... |
नेपालबाट आएका आमाहरुको लागि नि:शुल्क ब्रेस्ट स्क्रिनिङ काठमाडौँ। दिदी-बहिनी समाज भिक्टोरियाले अस्ट्रेलियाको भिक्टोरिया राज्यभरीका विभिन्न शहरमा स्थापना गरेको आफ्ना शाखाहरु मार्फत नेपालबाट आएका ५० बर्षमाथिका आमाहरुको लागि “PREVENTION IS BETTER THAN CURE” नीतिलाई अख्तियार गर्दै नि:शुल्क रुपमा ब्रेस्ट स्क्रिनिङ कार्यक्रम ... |
नेपाली नागरिक चैतनारायणलाई खोज्दै भारतीय प्रहरी नयाँ दिल्ली। भारतीय प्रहरीले नेपाली नागरिक चैतनारायणको खोजी तीब्र पारेको छ। भारतको चण्डीगढस्थित किसनगढ गाउँमा एउटा क्याटरिंगमा वेटरको काम गर्ने चैतनारायण गत साता मंगलबार रातिदेखि फरार छन्। उनलाई आफ्नै साथी अमरबहादुरलाई खाना पकाउने कुकरले हानेर मारेको अभियोग लागेको छ।
चैतन... |
अवैधरूपमा विदेशिएका नेपाली श्रमिकलाई कानूनले नचिने पनि राज्यले चिन्छः श्रममन्त्री कुँवर काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीका क्रममा गन्तव्य मुलुकमा समस्यामा परेका नेपाली श्रमिकको उद्धार तथा पुनःस्थापना राज्यको दायित्व भएको बताएका छन् ।
प्रवासी नेपाली समन्वय समितिले आजदे... |
साइप्रसमा चासोक तङ्नाम येले तङ्बे ५०८२ सम्पन्न साइप्रस । याक्थुङ लिम्बुहरुको गौरवशाली संस्था किराँत याक्थुङ चुम्लुङ साइप्रसू को आयोजनामा आइतबार ११ डिसेम्बर २०२२ मा साइप्रसको सुन्दर शहर लिमासोल को ब्रीटानिया म्युजिक हलमा याक्थुङ लिम्बुहरुको महान पर्व (न्वागि पुजा) चासोक तङ्नाम येले तङ्बे ५०८२ तथा २०७९ को पावन अवसरमा शुभ... |
बेलायत र नेपालबीच वार्ता, वेल्फेयर र पेन्सनका विषयमा छलफल लन्डन । भूतपूर्व गोर्खाहरूको मुद्दामा बेलायत र नेपालबीच जारी वार्तामा प्राविधिक स्तरको बैठक सम्पन्न भएको छ । लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा बिहीबार दुई छुट्टाछुट्टै सत्रमा वेल्फेयर र पेन्सनका विषयमा छलफल भएको नेपाली दूतावास लन्डनले जनाएको छ ।
दूतावासले बिह... |
भारतमा रुसी युवती बलात्कार अभियोगमा दुई नेपाली पक्राउ नयाँ दिल्ली। भारतको पर्यटकीय शहर गोवामा एकजना रुसी युवतीलाई बलात्कार गरेको आरोपमा दुई नेपाली पक्राउ परेका छन्।
यसरी पक्राउ पर्नेमा २३ बर्षीय सकिल अन्सारी र २३ बर्षीय नै सयुम्दीन अन्सारी छन्। यी दुबैजना नेपालको बर्दिया जिल्लाका स्थायी बासिन्दा भएको गोवा प्रहरीले जनाए... |
मन्त्री हटचिनसद्वारा मेलबर्नमा महिला संघर्ष र सफलतामा केन्द्रित पुस्तक बिमोचन मेलवर्न। मेलवर्नमा ‘Nepalese Women’s Tales of Resilience’ नामक पुस्तक विमोचन गरिएको छ। अष्ट्रेलियाको भिक्टोरिया राज्यको महिला तथा शिक्षा मन्त्री नातालिय हटचिनसले उक्त पुस्तक विमोचन गरेकी हुन्।
दिदी- बहिनी समाज भिक्टोरियाले नेपालबाट अष्ट्रेल... |
मलेसियामा हत्या गरिएका दुई नेपाली गार्डको पहिचान खुल्यो, हत्या आरोपमा नेपाली नै पक्राउ क्वालालाम्पुर। मलेसियाको सेरेम्बन शहरमा हथौडाले मुखै मुखमा हानेर दुई नेपाली सुरक्षा गार्डको हत्या अर्का एक नेपालीले नै गरेको भन्दै मृतक र अभियुक्तको पहिचान खुलाइएको छ। र,ती अभियुक्त नेपालीलाई अदालतसमक्ष मलेसियन प्रहरीले पेश गरेको छ।
... |
आफ्ना उपाध्यक्ष तथा राखेपका पूर्व सदस्य सचिव सिंहप्रति हिमानी ट्रष्ट अमेरिकाको श्रद्धाञ्जली काठमाडौँ । हिमानी ट्रष्ट अमेरिकाका उपाध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्यसचिव किशोरबहादुर सिंहको निधनको १३ औं दिनमा हिमानी ट्रष्ट अमेरिकाले उनीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
हिमानी ट्रष्ट अमेरिकाका अध्यक... |
अनेसास क्यानडाको आयोजनामा हजुरबुबा हजुरआमा दिवस सम्पन्न (तस्बिरसहित) क्यानडा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) क्यानडाले गत आषाड २९ गते भानुजयन्तिका दिन, मंशिर महिनाको तेश्रो शनिवारलाई हजुरबाआमा दिवस मनाउने घोषणा गरेको थियो । सोहीअनुरूप मंशिर २४ गते त्यस्तै गरी डिसेम्बर १० तारिकका दिन अनेसासले हजुरबाआमा दिव... |
जापानमा सुतेकै अवस्थामा एक नेपाली युवाको निधन टोकियो । जापानको नागोयामा नेपाली युवा विद्यार्थी नवराज वाग्लेको निधन भएको छ । जापान आएको ६ महिना नपुग्दै उनको असामयिक निधन भएको हो।
नेपालको नुवाकोट घर भएका वाग्ले हाल जापानमा विद्यार्थी भिसामा आएका थिए । आफ्नै कोठामा सुतेको अवस्थामा उनको निधन भएको बुझिएको छ ।
राति कामबाट फ... |
हथौडाले अनुहारमा हानेर मलेसियामा दुई नेपाली सुरक्षा गार्डको हत्या क्वालालाम्पुर। मलेसियाको सेरेम्वान शहरमा दुईजना नेपाली अनुहारमा हथौडाले हानेर मारिएको अवस्थामा फेला परेका छन्।
ओकल्याण्ड कमर्सियल सेन्टर नजिक भएको सो घटनामा घटनास्थलमै एकजना नेपाली पनि पक्राउ परेका छन्। घटना डिसेम्बर ३ तारिकको हो। साँझ ६ बजेर ४५ मिनेटमा ... |
साथीलाई गुप्ताङ्गमा हानेर हत्या गरेकाे अभियोगमा भारतमा चार नेपाली पक्राउ नयाँ दिल्ली। आफ्नै सहकर्मीको हत्या गरेर नालीमा फालेको आरोपमा भारतको बेंगलोरमा चार नेपाली पक्राउ परेका छन्। उनीहरुले धनसिंह धामी नामक नेपाली युवाको गुप्ताङ्गमा हानेर हत्या गरेको बयान पनि प्रहरीसमक्ष दिएका छन्।
धनसिंह धामीको हत्याको चारदिनपछि हत्याक... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.