content
stringlengths
20
64.1k
इजरायल रोजगारीः भाषा परीक्षा १ बजेदेखि हुँदै, रिजल्ट दुई दिनभित्रै निकाल्ने काठमाडौं । रोजगारीका लागि इजरायल जान सञ्चालन गरिने अंग्रेजी भाषाको परीक्षा आज(सोमबार) हुने भएको छ । इजरायलमा दीर्घकालीन सेवा केन्द्रमा रोजगारीका लागि गरिने अंग्रेजी भाषाको परीक्षा वैदेशिक रोजगार विभागले तोकेको आज(भदौ २८ गते दिउँसो १ बजेदेखि)को ...
अमेरिकाको केन्टकीमा नेपाली युवाहरुलाई प्रोत्साहन र सम्मान केन्टकी, अमेरिका । गैरआवासीय नेपाली संघ, केन्टकीले स्थानीय अरु नेपाली संस्थाहरुसँग मिलेर अमेरिकामा हुर्कदैँ गरेको दोस्रो पुस्ताका नेपाली युवा युवतीलाई प्रोत्साहित गरेको छ। एएनकेए, एनएएसके र इनास केन्टकीसमेतको सहभागितामा नेपाली समुदायबाट हाइइस्कुल ग्राजुएट गर्ने ...
चुनाव जित्न राजनीतिक दलको शरण लिनु एनआरएनएकै बेइज्जत : डा. केसी जर्मनी ।    गैर आवासीय नेपाली संघका उपाध्यक्ष तथा अध्यक्ष पदका प्रत्यासी डा. बद्रि केसीले राजनीतिक दलका शरणमा पुगेर चुनाव जिताइदिन आग्रह गर्ने परिपाटीको अन्त्य हुनुपर्ने बताएका छन । एनआरएनएको अक्टोबरमा हुने भनिएको दशौं महाधिवेशनको अवसर पारेर शनिबार देश र व...
अनियमितता छानविन नहुञ्जेलसम्म एनआरएनएको निर्वाचन रोक्न नेपाल सरकारको निर्देशन (पत्रसहित) काठमाडौं । नेपाल सरकारले विश्वभर छरिएर रहेका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन र अधिबेशन रोक्न लिखित आदेश दिएको छ । सरकारले संघको निर्वाचन प्रक्रियमा भएका अनियमितताबारे छानविन गर...
मलेसियामा कोरोनाले बित्यो मेरो तन्दुरुस्त भतिजो काठमाडाैं । शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गोबिन्दबहादुर कार्की हातमा डकुमेन्ट बोकेर एक्लै अध्यारो अनुहार लगाएर टोलाइरहेका थिए। वैदेशिक रोजगारीको क्रममा विदेशमा कोरोना संक्रमणबाट मृत्यु भएका ४० वर्षीय भतिज नरबहादुर कार्कीको अस्तु लिन गएका उनी त्यहाँ  आउँदै गर...
अमेरिकामा छोरो मारिएकै ठाउँमा पुगेर सागरका पिताले गरे श्राद्ध (तस्वीरहरु सहित) मेरिल्याण्ड,अमेरिका । चार महिनाअघि अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर क्षेत्रमा एका विहानै बन्दुकधारी व्यक्तिद्वारा अन्धाधुन्ध गोली प्रहार गर्ने क्रममा मारिएका आफ्ना छोराको मोक्ष प्राप्तिका लागि उनी मारिएकै स्थानमा पुगेर उनका पिताले श्र...
एनआरएनए आईसीसी निर्वाचनमा मतदानसम्बन्धी सिष्टममै कम्युनिष्टहरुबाट धाँधलीको आशंका, विज्ञ परीक्षण गर्न माग काठमाडौं । विश्वभरका गैरआवासीय नेपालीहरुलाई गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए, आईसीसी)को चुनाव लागिरहेका बेला अध्यक्षका एकजना प्रत्यासीले अनलाइन भोटिङको विश्वसनीयतामा प्रश्न उठाएका छन्। अध...
एनआरएनए युरोप उप संयोजकमा पत्रकार सुवेदीको उम्मेदवारी घोषणा जर्मनी  । एनआरएनएको युरोप क्षेत्रिय उपसंयोजकमा अष्ट्रियाबाट सक्रिय पत्रकार सागर सुवेदीले उम्मेदवारी घोषणा गरेका छन् । पर्वतको कुश्मा घर भइ बर्षौदेदी अष्ट्रियामा रहेर पत्रकारिता क्षेत्रमा समेत सक्रिय रहेका सुवेदीले एनआरएनएको आगामी कार्यकाल २०२१–२०२३ का लागि युर...
स्थानीय तहबाटै कन्सुलर सेवा विस्तार गरिने काठमाडौं । परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागले अध्ययन र श्रमलगायत विभिन्न पेसा तथा व्यवसाय गरी विदेशमा रहेका नेपाली नागरिकका लागि आवश्यक कागजात विश्वसनीय, सरल र छिटोछरितो तुल्याउन स्थानीय तहसँग सहकार्य गर्ने जनाएको छ । सेवा प्रवाहलाई बढी प्रभावकारी तुल्याउन विभागले...
कुवेत विमानस्थलमा बालुवाको ढिस्कोले पुरिएर झापाका दुई युवाको मृत्यु काठमाडौं । कुवेतको निर्मणाधिन विमानस्थलमा काम गर्दै गर्दा दुई जना नेपाली कामदारको मृत्यु भएको छ । रोजगारीको क्रममा कुवेतको निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल २ को करिब ६ मिटर गहिरो खाल्डोमा भूमिगत पाइप मर्मत गर्ने क्रममा माथिबाट बालुवाको ढिस...
एमसीसीका उपाध्यक्ष र नायब उपाध्यक्ष भोलि नेपाल आउँदै काठमाडौं। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)उपाध्यक्ष फतेमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्स नेपालको चारदिने भ्रमणमा बिहीबार बिहान कतारबाट काठमाडौँ आउँदैछन् । एमसीसी परियोजना कार्यान्वयन भएका देशहरुमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ...
अफगानिस्तानबाट हालसम्म ८९५ नेपालीको उद्धार काठमाडौँ । अफगानिस्तानबाट नेपालीलाई यथाशक्य चाँडो उद्धार गरी स्वदेश फर्काउन क्रम जारी रहेको छ । काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेकाहरूलाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको पनि...
पाँच बुँदे प्रतिबद्धता सहित एनआरएनए मध्यपूर्व क्षेत्रिय संयोजकमा राजेन्द्र अर्यालको उम्मेदवारी घोषणा साउदी- गैरआवासीय नेपाली संघ (एनआरएनए)को मध्यपूर्व क्षेत्रीय संयोजकमा साउदी अरबबाट राजेन्द्र अर्यालले उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान कार्यसमितिमा मध्यपूर्व क्षेत्रीय उप-संयोजकको जिम्मेवारी निर्वाह गरेका अर्यालले सं...
इजरायल रोजगारी : तोकियो अंग्रेजी भाषाको परिक्षा केन्द्र(सूचीसहित) काठमाडौं । इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा इजरायल पठाउने नेपाली सहायक कामदार छनौट गर्न अंग्रेजी भाषा परीक्षा संचालनको लागि परीक्षा केन्द्रहरु तोकिएको छ । वैदेशिक रोजगार विभागले एक सूचानामार्फत काठमाडौं उपत्यकाका विभिन्न स्कुल र कलेजहरुमा परीक्षा के...
कुवेत सबै प्रकारका भिसा खुलाउने तयारीमा काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण बन्द भएका सबै प्रकारका भिसा कुवेतले आगामी अक्टोबरदेखि खुला गर्ने भएको छ । लामो समयपछि भिजिट भिसा खुला गर्ने तयारी गरेको कुवेतले सबै प्रकारका भिसा खुला गर्ने तयारी गर्न लागेको हो । कुवेतको आन्तरिक मन्त्रालयका अनुसार कुवेतले पारिवारिक, व्यापार...
नेपाली–अमेरिकन कलाकार सङ्घको अध्यक्षमा सुनुवार काठमाडौं । नेपाली–अमेरिकन कलाकार सङ्घको अध्यक्षमा निशा सुनुवार निर्वाचित भएकी छिन् । सङ्घको मङ्गलबार सम्पन्न चौथो अधिवेशनबाट सुनुवारको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो। सङ्घको वरिष्ठ उपाध्यक्षमा वसन्ती राई, उपाध्यक्षमा विमल डाँगी, विक्की पुलामी, ...
अमेरीकामा कलाकारहरुको अधिवेशन सम्पन्न न्यूयोर्क । उत्तर अमेरीकामा रहेका नेपाली कलाकारहरुको संस्था नेपाली अमेरीकन कलाकार संघको साधारण सभा तथा ५ औ महाधिवेशन सम्पन्न भएको छ। न्युयोर्कको क्विन्समा हिजो सम्पन भएको महधिवेशनले आगामी नयाँ कार्यसमिति अनेक बाधा बिरोध र अड्चनका बाबजुत पनि निर्विरोध चयन गरेको छ । नयाँ अध्यक्षमा लो...
कुवेतमा चार नेपाली मदिरा व्यापार गरेको आरोपमा पक्राउ काठमाडौं । कुवेतमा गैरकानूनीरुपमा मदिरा व्यापार गरेको आरोपमा चार नेपाली पक्राउ परेका छन् । त्यहाँको सञ्चार माध्यमका अनुसार कुवेतको हवेलीस्थित अपार्टमेन्टमा गोप्य रुपमा घरेलु मदिरा उत्पादन गरी बिक्री गर्ने तयारी गरिरहेका बेला उनीहरु पक्राउ परेका हुन् । कुवेती सुरक्षाक...
दसैंमा पैसा लिएर आउने बाचा गरेका शेरबहादुर बाकसमा आइपुगे काठमाडौं। हातमा काजगपत्र लगायतका डकुमेन्ट लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान यताउति गर्दै गरेका स्तब्ध दुई अनुहार दुबईबाट आइपुगेको आफन्तको शव लिएर जाने प्रक्रिया पूरा गर्दै थिए। एक महिना अघि दुबईमा मृत्यु भएका बाँकेस्थित कोहोलपुरका ३० वर्षीय श...
रक्तदानलाई न्यूयोर्कबाट हैटीसम्म ‘रक्तदान गर्नु राम्रो हो’ धेरै जनाले भन्ने गर्छन् । तर एकदमै कमले मात्र रक्तदान गर्ने गरेका छन् । साइन्स अलर्टमा कार्ली क्यास्सेलाले ‘सन् २०१७ मा संसारभर करीब ३० करोड युनिट रगत चाहिनेमा २७ करोड युनिटमात्र आपूर्ति हुन सक्यो’ भनेर लेखेकी थिइन् । किन हो कुन्नि १ यस्ता समाचारहरुले मलाई बेचै...
एनआएनएमा राजनीतिक हस्तक्षेप असह्यः सिम्खडा लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रिय सचिव पदका प्रत्यासी रामशरण सिम्खडाले एनआरएनमा राजनीतिक हस्तक्षेप अस्वीकार्य भएको बताएका छन् । एनआरएनएको दशौं महाधिवेशनको अवसरमा युरोपका प्रवासी पत्रकारहरुसँगको एक कार्यक्रममा बोल्दै सिम्खडाले पार्टीगत राजनीति गर्नेहरुका लागि ...
मलेसियाबाट शनिबार एकैपटक २० नेपालीको शव ल्याइयो काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मलेसियाबाट २० नेपालीको शव र अस्तुु एकै पटक आइपुगेको छ । वैदेशिक रोजगारीको सिलसिलमा मलेसियामा विभिन्न कारणले मृत्यु भएका आठ जनाको शव र १२ जनाको अस्तु शनिबार नेपाल ल्याइएको हो । नेपाल एयरलाइन्सको वाइडबडीको विमानमार्फत मलेसियाम...
फिलिपिन्सद्वारा नेपालसहित १० देशमाथि लगाएको यात्रा प्रतिबन्ध सुचारु काठमाडौं । फिलिपिन्सले नेपालसहित १० वटा एसियाली देशमाथि लगाएको यात्रा प्रतिबन्ध हटाएर सुचारु गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार फिलिपिन्सले कोरोना भाइरस संक्रमणको हालको अवस्था सुधार हुँदै गएको र खोपको प्रयोग पनि बढेको भन्दै यात्रा प्रतिबन्...
नेपाली युवा पोखरेलको क्यालिफोर्नियामा निधन काठमाडौं । अमेरिकाको क्यालिफोर्नियास्थित सानफ्रान्सिस्को नर्थ इष्ट बे एरियामा बस्दै आएका २७ वर्षीय नेपाली युवा सुमन पोखरेलको निधन भएको छ । उनको हिजो(सेक्टेम्बर ४) शनिबार बिहान उपचारका क्रममा अस्पतालमा निधन भएको हो । गत बिहीबार सुतिरहेको अवस्थामा अचेत भेटिए पछि पोखरेललाई आफन्त ...
एनआरएनए अधिवेशन : उम्मेदवारी घोषणा सुरु बर्लिन । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अधिवेशन नजिकिएसँगै धमाधम उम्मेदवारी घोषणा भइरहेका छन्। नयाँ कार्यसमिति चयनका लागि जर्मनीका प्रतिनिधिलाई चासोका साथ हेरिने गरिन्छ। वर्तमान अध्यक्ष कुमार पन्त र पूर्वअध्यक्ष जीवा लामिछाने पनि यही देशबाट प्रतिनिधित्व गर्छन्। यसैगरी रामप्रता...
एनआरएनए तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन लन्डनमा लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन हुने भएको छ। १७ देखि १९ सेप्टेम्बरसम्म बेलायतको राजधानी लन्डनमा हुने सम्मेलनमा २५ देशका तीन सयभन्दा बढी नेपाली चिकित्सहरुको सहभागिता रहने छ। सम्मेलनमा ५० भन्दा बढी नेपाली चिकित्...
समस्यामा एकअर्का नेपालीलाई सहयोग गर्न एएनए र एनआरएनए, अमेरिकाको आग्रह वासिंगटन डिसी । आंधी र त्यसको प्रभावले बाढी पहिरो गएका कारण अमेरिकाका समस्याग्रस्त क्षेत्रमा रहेका नेपालीहरुलाई सुरक्षित बासस्थानमा जान एसोसिएसन अफ नेप्लिज इन द अमेरिका(एनएनए) ले आग्रह गरेको छ एएनएका अध्यक्ष विजयराज भट्टराईले शुक्रबार दिउंसो एक विज्ञ...
अफगानिस्तानबाट बिहिबार थप दश जनाको उद्धार, हालसम्म ८५७ जना स्वदेश फर्किए काठमाडौं । अफगानिस्तानबाट नेपालीलाई यथाशक्य चाँडो उद्धार गरी स्वदेश फर्काउन क्रम जारी रहेको जनाउँदै सरकारले त्यहाँबाट उद्धार गरिएका १० जना आज यहाँ आइपुगेका बताएको छ । काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेकाहरूलाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग ...
नेपालमा सहयोग गर्न अमेरिकामा चित्रकला प्रदर्शनी वासिङ्टन डिसी । नेपालमा बालबालिकाका क्षेत्रमा सहयोग गर्न इन्गेज नेपालको आयोजनामा अमेरिकाको भर्जिनियामा दुईदिने चित्रकला प्रदर्शनी सुरु गरिएको छ । भर्जिनियाको रेष्टन आर्ट ग्यालरीमा आजसम्म चल्ने प्रदर्शनीमा नेपालका चित्रकलाको विभिन्न ६० वटा चित्र प्रदर्शनीमा राखिएको छ । नेप...
इजरायलमा १० नेपाली फरार, जान लागेका हजार श्रमिकलाई असर पर्नसक्ने काठमाडौं । तालिम तथा अध्ययनका लागि इजरायल पुगेकामध्ये १० नेपाली उतै फरार भएका छन् । इजरायलको तेल अविवस्थित नेपाली दूतावासले विज्ञप्तीमार्फत सो को बारे जनाकारी गराएको हो । फरार ती नेपाली इजरायली अन्तर्राष्ट्रिय विकास साझेदार संस्था (एमएएसएचएभी)द्वारा सञ्चा...
साथी बाल्टिमोरले सेप्टेम्बर ४ र ५ मा क्रिकेट खेल आयाेजना गर्ने बाल्टिमोर । अमेरिकाको बाल्टिमोर शहरमा रहेको नेपाली युवाहरुको संस्था साथी बाल्टिमोरले सेप्टेम्बर ४ र ५ मा गर्ने क्रिकेट खेलको आयोजना गर्ने भएको छ। साथी बाल्टिमोरका रमेश भट्टका अनुसार उक्त खेलमा ६ वटा टिमले सहभागिता जनाउने भएका छन्। खेलमा आयोजकका दुई टिम रहेक...
वैदेशिक रोजगारीमा जाने र आउनेका लागि आप्रवासन सहायता कक्ष सञ्चालन म्याग्दी । वैदेशिक रोजगारमा जान लागेका र फर्किएकाहरूलाई लक्षित गरी बेनीमा आप्रवासन सहायता कक्ष सञ्चालन गरिएको छ । सुरक्षित आप्रवासन परियोजनाअन्तर्गत रिड नेपाल नामक संस्थाको सहयोगमा म्याग्दी सामुदायिक पुस्तकालयले कक्ष सञ्चालनमा ल्याएको हो । वैदेशिक रोजगार...
इराकमा १२ नेपालीकाे हत्या भएको त्यो दिन काठमाडौं। आज इराक हत्याकाण्डको १७ वर्ष पूरा भएकाे छ। रोजगारीका लागि इराक पुगेका १२ नेपालीको १६ भदौ २०६१ मा हत्या भएको थियो। इस्लामिक संगठन अन्सर अल सुन्नाले हत्या गरेको थियो। सो घटनालाई लिएर वैदेशिक रोजगार व्यवसायी संघ-संस्थाले आजको दिनलाई कालो दिनमा रुपमा मान्ने गरेका छन्। ती ने...
लण्डनमा नेपालीद्वारा गुम्बा स्थापना काठमाडौं । लण्डन शहरको दक्षिण पूर्वमा रहेका बुद्ध धर्म अनुयायी नेपालीले गुम्बा स्थापना गरेका छन् । डायमण्ड बुद्धिष्ट सेन्टर नामक संस्थाको पहलमा बनेको उक्त गुम्बाको क्षेत्रफल १ हजार ६ सय ६८ स्क्वायर फीट रहेको सेन्टरका अध्यक्ष सुमलकुमार गुरुङले बताए । कूल दुई लाख ८३ हजार ५ सय पाउण्डमा ...
इजरायल रोजगारीको परीक्षा भदौ अन्तिम साता हुने काठमाडौं । इजरायलले ‘केयरगिभर’का लागि माग गरेको १ हजार जना नेपाली श्रमिकको कोटाको परिक्षा यहि भदौ अन्तिम साता हुने भएको छ । वैदेशिक रोजगार विभागको सूचनाका अनुसार रोजगारीका लागि आवेदन दिई वैदेशिक रोजगार विभागबाट स्वीकृत भएकाहरूको यहि भदौ २८ गते अंग्रेजी भाषाको लिखित परीक्षा ...
श्रीलङ्कन एयरको काठमाडौं सिधा उडान काठमाडौं । श्रीलङ्कन एयरलाइन्सले भोलि मङ्गलबारदेखि काठमाडौं–श्रीलङ्का सिधा उडान गर्ने भएको छ । एयरलाइन्सलाई सातामा दुई उडानका लागि अनुमति दिइएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । उनका अनुसार श्रीलङ्कन एयरले गृष्मकालीन समयक...
विदेशको कमाई सबै लिएर टाप कसिन् विष्णुकी श्रीमती, बिचल्लीमा दुई बच्चा काठमाडौं। केही दिनअघि डिसी नेपालका एक प्रतिनिधिलाई अन्जान व्यक्तिको फोन आउछ, तपाई मिडिया हो भनि। त्यसपछि दुबैतर्फको वार्तालाप हुन्छ। उनी आफ्नो दुःख सुनाउँदै सल्लाह सुझाव माग्छन् र न्याय दिलाई दिन आग्रह गर्छन्। उनी आफ्नो सबै वास्तविकता मिडियामार्फत उज...
गैरआवासीय नेपाली संघ टेक्सस च्याप्टरको पदस्थापन काठमाडौं । गैरआवासीय नेपाली संघ (टेक्सस) च्याप्टरको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ। शनिबार अर्भिंग सिटीमा आयोजना भएको कार्यक्रममा च्याप्टरका निवर्तमान अध्यक्ष राजेश अर्यालले नव निर्वाचित अध्यक्ष शोफीन थापालाई पद हस्तान्तरण गरेका हुन्। नवनिर्वाचित सच्याप्टरको उपाध्यक्षम...
उपेन्द्र महतो र एनआरएनएलाई सगुनको धन्यवाद (भिडियोसहित) वाशिंटन डिसी । गैरआवासीय नेपालीहरुको लगानी रहेको उदाउँदो समाजिक सञ्जाल एप सगुनले गैरआवासीय नेपाली संघ (एनआरएन) लाई धन्यवाद दिएको छ । सगुनले आफ्नो यात्रालाई सहज बनाइने र साथ दिने धेरै प्रिय पात्र रहेको उल्लेख गर्दै गैर आवासीय नेपाली संघका स्थापनाकालदेखिका पदाधिकारी ...
श्रमिकलाई लाखौँ ठगी गुमनाम हुने आँट कहाँबाट आउँछ म्यानपावर व्यवसायीलाई? केही समय अघि म्यानपावर व्यवसायीबाट ठगिएका एक युवा वैदेशिक रोजगार विभागमा भेटिए। उनी म्यानपावर व्यवसायीले गरेको ठगीलगायतका अनेक झमेलामा परेकाले त्यहाँ पुगेका थिए। उनी भन्दै थिए, ‘मैले त हातै छोडेँ म्यानपावरको मान्छेलाई। त्यही भएर मसँग लिएको साढे तीन...
इराकमा कोरोनाका कारण एक नेपाली महिलाको मृत्यु काठमाडौं । इराकको कुर्दिस्तानमा कोरोना भाइरस संक्रमणका कारण एक नेपाली महिलाको मृत्यु भएको छ । वैदेशिक रोजगारका लागि त्यहाँ पुगेकी दोलखाकी पेमडिकु शेर्पाको गत मंगलबार निधन भएको हो । कोभिडको संक्रमणपछि अर्बिलको एक अस्पतालमा उपचार गर्ने क्रममा उनको अस्पतालमै मृत्यु भएको बताइएक...
वैदेशिक रोजगार विभागको महानिर्देशकमा दिपक काफ्ले काठमाडौं । वैदेशिक रोजगार विभागको महानिर्देशकको कार्यभार दिपक काफ्लेले समाल्ने भएका छन्। श्रोतका अनुसार केहि दिनदेखि रिक्त रहेको विभागको महानिर्देशकको कार्यभार आज(बिहीबार)देखि काफ्लेले समाल्ने भएका हुन्। काफ्ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिव एवं प्र...
टेक्सासमा सञ्चालित नेपाली पाठशालाका कक्षा आगामी हप्ता देखि शुरु हुने टेक्सास । नेपाली समाज टेक्सासले सञ्चालन गर्दै आएको Fall Session कक्षा आगामी हप्ता(अगष्ट २८) बाट शुरु हुने भएकाे छ । Fall Session कक्षामा भर्ना हुन सम्पूर्ण नेपालीहरुलाई नेपाली पाठशालाका प्रिन्सिपल विजयराज भट्टराइले अनुरोध गरेका छन्। पाठशाला अनलाइन सञ्...
सामाजिक अभियानकर्मी डा विष्णुमायाका बारेमा विश्वव्यापी पढाइ हुँदै काठमाडाैं । सामाजिक अभियानकर्मी डा विष्णुमाया परियारका बारेमा विश्वव्यापी कलेजका पाठ्यपुस्तकमा पढाइ हुने भएको छ। अमेरिकी प्रकाशक म्याकग्रो हिलले डा लिसा राइट होफ्नरद्वारा लिखित ‘दि राइटर्स माइण्डसेट’ पुस्तकमा डा परियारको जीवन सङ्घर्षको कहानी प्रकाशन गरिए...
वैदेशिक रोजगार विभागका महानिर्देशक दवाडीको अवकाश काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडी सेवा निवृत्त भएका छन् । बैशाख ५ गते विभागको नेतृत्वमा आएका दवाडी उमेरहदका कारण यहि भदौं ५ गते विभागबाट विदा भएका हुन् । उनी चार महिनाको कार्यकाल सकेर सेवा निवृत्त भएका हुन् । दवाडीको अवकाशपछि अब विभागमा नयाँ...
बेलायतमा १२औँ नेपाली मेला हुँदै लण्डन । प्रत्येक वर्षजस्तै यस वर्ष पनि बेलायतमा नेपाली मेला हुँदैछ। कोरोना महामारीका कारण गत वर्ष स्थगित मेला यस वर्ष आउँदो साता सम्पन्न गर्न लागेको तमुधिं युकेले जनाएको छ। बेलायतमा सबैभन्दा धेरै नेपाली सदस्य रहेको परोपकारी संस्था तमुधिं युकेले लण्डनस्थित नेपाली दूतावाससँगको सहकार्यमा मे...
आदिवासी चलचित्र अवार्ड जा मनः गुभाजुलाई न्युयोर्क । नेपाल आदिवासी चलचित्र (निफ) अवार्ड नेवार भाषाको चलचित्र जा मनः गुभाजुले जितेको छ । अमेरिकाको न्युयोर्कमा दुई दिनसम्म भएको तेस्रो नेपाल आदिवासी चलचित्र महोत्सवमा सहभागि विभिन्न भाषाका सातवटा चलचित्र मध्ये नेवारी भाषाको चलचित्र गुभाजुले उत्कृष्ट आदिवासी चलचित्र अवार्ड ज...
एनआरएनएको सहयोगमा कुवेतमा अलपत्र द्रौपतीको शव आइपुग्यो नेपाल काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)कुवेतले आर्थिक संकलन अभियान चलाएर कुवेतमा अलपत्र परेको मोरङकी द्रौपती माझी चौधरीको शव नेपाल पठाएको छ । एनआरएनको सहयोगमा मृतक चौधरीको शव नेपालस्थित परिवार भएको ठाउँसम्म हिजो(आइतबार) राति आइपुगेको हो । मोरङ जिल्ला, बुढी ...
नेपाललाई टिपिएसको लागि पुन: नियुक्त ‘रिडेजिग्नेट’ गर्न ४४ जना कँग्रेसका सदस्यहरुको बाइडेन प्रशासनलाई आग्रह वाशिङ्टन, डिसी । अमेरिकी जनप्रतिनिधिहरूले अमेरिकामा टीपीएस स्टाटसमा बसिरहेका नेपालीहरूका पक्षमा एक पत्र लेख्दै अमेरिकी सरकारलाइ  घच्धच्याएका छन्। नेपालीहरूसमेत आप्रवासीहरूकाे हितमा कार्यरत संस्था अधिकारकाे पहलमा ४...
बैतडी घर भएकी २२ वर्षीया नेपाली चेली कसरी दिल्लीमा बेचिन पुगिन् ? नयाँ दिल्ली । पछिल्लो केहि समयदेखि भारतको दिल्ली–मुम्बईमा नेपाली किशोरी बेचिने घटनाहरु निरन्तर बढ्नु चिन्ताको विषय बनेको छ। यस्तै घटनाको उदाहरण हो दिल्लीको जीबी रोडमा भेटिएकी २२ वर्षीया नेपाली चेली । नेपाल भारत सिमानामा अशिक्षित, गरिब परिवारका नेपाली चेल...
सरकारसँगको सहकार्यमा इजरायल पठाउने भ्रमको पछि नलाग्न मन्त्रालयको आग्रह काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक विज्ञप्तिमार्फत वैदेशिक रोजगारीका लागि इजरायल जाने युवाहरूलाई कसैको पनि प्रलोभनमा नपर्न आग्रह गरेको छ । मन्त्रालका प्रवक्ता दीपक काफ्लेका अनुसार पछिल्लो सयम इजरायल जान फारम भरेका युवाहरूलाई म...
एनआरएनएम युरोपको उपसंयोजकमा भीम केसीले उम्मेदवारी दिने पोर्चुगल । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को आगामी अक्टोबरमा हुने १०औँ महाधिवेशनमा किस्टानो रोनाल्डोको देश भनेर चिनिने पोर्चुगलबाट युरोपको उपसंयोजकमा भीम केसी (कमल), युवा संयोजक पदमा रोबर्ट लिम्बूले उम्मेदवारी दिने तयारीमा छन् । पोर्चुगलका पूर्वअध्यक्ष भीम केसी डे...
१३ दिनपछि भुपू गोर्खाहरुले ताेडे अनसन काठमाडौं । बेलायती प्रधानमन्त्री कार्यालयअघि आमरण अनसनमा बसेका भुपू गोर्खाहरुको अनसन तोडिएको छ । समानताको माग गर्दै १३ दिन देखि अनसन बसेका भूतपूर्व गोर्खा सैनिकहरुको मागबारे वार्ताका लागि दुई देशको टोली बनाउन बेलायत सरकार सहमत भएपछि आमरण अनसन स्थगित भएको हो। टेन डाउनिङ स्ट्रिटमा ज्...
इजरायल रोजगारीको हजार कोटामा झण्डै १० हजार युवाले भरे फारम काठमाडौं । रोजगारीका लागि इजरायल जान माग गरिएको एक हजार कोटामा करिब १० हजार युवाले फारम भरेका छन् । वैदेशिक रोजगार विभागका निर्देशक महेन्द्रनाथ भट्टराईका अनुसार तोकिएको अवधिभित्र परेका आवेदनमा ९ हजार ६ सय ९९ युवाले आवेदन दिएका हुन् । यो आवेदन इजरायलले पहिलो चरण...
नेपाल र इजरायलको विश्वविद्यालयबीच सम्झौता काठमाडौं । नेपाल र इजरायलको विश्वविद्यालयबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल ईजरायलबीच शैक्षिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक एवं वातावरणीय क्षेत्रमा हुँदै आएको आपसी सहकार्यलाई थप सघन तुल्याउने लक्ष्यसहित नेपालको सबैभन्दा ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय र...
९०० डलरसम्मको सगुनको शेयर खरिद गर्न पाइने काठमाडौं । सामाजिक सञ्जालमा आधारित इ–कमर्स कम्पनी सगुनले रेग ए प्लस (मिनी आइपिओ) अन्तर्गत उपलब्ध गराइएका शेयर ३१ अगष्ट २०२१ सम्म खरीद गर्न सकिने व्यवस्था गरेको छ । कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार इच्छुक लगानीकर्ताले ‘सी’ क्लासको शेयर, प्रति शेयर ३० डलरको दरले कम्तीमा ९०० डल...
अफगानिस्तान घटनामा सरकारको धारणा सार्वजनिक काठमाडौं । सरकारले अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमबारे नेपाल सरकारको धारणा सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले सरकारको धारणा सार्वजनिक अफगानिस्तानमा विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएको छ । नेपालले शान्ति, सुरक्षा र अमनचयनको ग्यारेन्टी गर्न आग्रह गरेको छ ।...
काबुलबाट आइपुगे १२७ नेपाली, वैधानिक १५ सय श्रमिक छन् अफगानिस्तामा काठमाडौं। अफगानिस्तानस्थित अमेरिकी दूतावासमा सुरक्षा गार्डका रूपमा कार्यरत १ सय २७ जना नेपालीलाई उद्दार गरी काठमाडौं ल्याइएको छ। नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार अमेरिकाले उद्धार गरेको ती नेपालीहरु कुवेतबाट जजिरा एयरवेजको जहा...
अफगानस्तानमा रहेका नेपालीकाे विवरण संकलन जारी, हालसम्म १ सय ३४ जनाले विवरण टिपाए काठमाडौं । अफगानिस्तानमा रहेका नेपालीहरुले आफ्नो विवरण टिपाएका छन्। सोमबार बेलुकीसम्म एक सय ३४ जना नेपालीले विवरण टिपाएको परराष्ट्र मन्त्रालयले जनाएको छ। विवरण टिपाएकाहरुलाई चाडैँ नेपाल फर्काउने तयारी भइरहेको छ। परराष्ट्र मन्त्रालयको काउन्...
मजदुर एकता समाज मलेसियाको पहिलो अधिवेशन सम्पन्न, अध्यक्षमा अर्जुन सिंह अनुरागी मलेसिया । नेपाली मजदुर एकता समाज मलेसिया समितिको पहिलो अधिवेशन सम्पन्न भएको छ । आइतबार मलेसिया समय अनुसार दिउसो १२ बजेदेखि नेपाली मजदुर एकता समाज मलेसिया समितिका निवर्तमान अध्यक्ष राम प्रसाद सुबेदी संगमको अध्यक्षता नेपाली मजदुर एकता समाज केन...
भारतको हिमाचलबाट एक नेपाली बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह काठमाडौं। अर्घाखाँची जिल्ला भूमिकास्थान–१ का साम्नेखोलाका ४४ वर्षीय श्रीराम खनाल (दुर्गा) भारतको हिमाचल प्रदेशबाट बेपत्ता भएका छन् । भाइ टीकारामका अनुसार उनी विगत दुई वर्षदेखि सम्पर्कविहीन छन् । खनाल ७ जुन २०१९ देखि भारतको हिमाचल प्रदेशको सुन्दरनगरबाट बेपत्...
म्यानपावरलाई क्यूआर कोडसहितको प्रमाणपत्रको शुल्क नलिन आग्रह काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाएको क्यूआर कोडसहितको प्रमाणपत्र निःशुल्क गर्न म्यानपावर कम्पनीलाई आग्रह गरेको छ । केही म्यानपावर कम्पनीले उक्त प्रमाणपत्रको लागि वैदेशिक रोजगारमा जाने व्यक्तिसँग शुल्क लिइरहेको भन्ने सू...
विभागले बोलायो अफगानिस्तानमा श्रमिक पठाउने दुई म्यानपावरलाई काठमाडौं । वैदेशिक रोजगार विभागले अफगानिस्तानमा श्रमिक पठाएका दुई म्यानपावर कम्पनीलाई छलफलका लागि विभागमा बोलाएको छ। अफगानिस्तानमा रहेका नेपालीको अवस्थाबारे छलफल गर्नका लागि विभागले ति म्यानपावर कम्पनीलाई विवरणसहित उपस्थित हुन निर्देशन दिएको हो। विभागका निर्दे...
हैटीको भूकम्पबारे त्यहाँ कार्यरत नेपालीको बर्णन, एक नेपाली घाइते अरू सकुशल (तस्वीरहरु सहित) वासिंगटन डिसी। क्यारेवियन मुलक हैटीमा अगष्ट १४ तारिक शनिवार विहान गएको ७ दशमलव २ रेक्टर स्केलको विनासकारी भूकम्पमा परी एकजना नेपाली घाइते भएका छन्। उनको खुट्टा भाँच्चिएको छ तर खतरामुक्त छन्। उनी उपचारपछि आफ्नो निवासस्थान फर्किइस...
श्रमिकले अब म्यानपावरमार्फतै कोरोनाविरुद्ध खोपको प्रमाणपत्र पाउने काठमाडौं । वैदेशिक रोजगारमा जाने श्रमिकहरुले अबदेखि क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र म्यानपावर कम्पनीमार्फत् नै पाउने भएका छन् । शुक्रबार वैदेशिक रोजगार विभागले सो को बारे सूचनामार्फत जानकारी गराएको हो । कोरोनाविरुद्ध खोपको पूर्ण मात्रा लगाएर सं...
एनआरएनए अमेरिकाका निर्वाचन आयुक्तले गरे विद्रोह, डेलिगेट निर्वाचन अवैधानिक वासिंगटन डिसी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको निर्वाचन आयोगका एकजना आयुक्तले नै निर्वाचन आयोग व्यक्तिगत पक्षपातमा लागेको आरोप लगाउँदै जारी कार्यविरुद्ध बिद्रोह गरेका छन् । उनले आज गरिने भनेको डेलिगेट निर्वाचनमा विधि र प्रक्रियाविना नै...
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने अभिमुखीकरण तालिम पुनःबन्द काठमाडौं । कोरोना महामारीको सङ्क्रमण बढ्दै गएपछि वैदेशिक रोजगारीमा जाने श्रमिकलाई भौतिक उपस्थितिमा दिइने अभिमुखीकरण तालिम पुनःबन्द गरिएको छ । कोरोना सङ्क्रमण रोकथामको लागि भन्दै उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले साउन २८ देखि भदौ ८ सम्म निषेधाज्ञा थप ...
एनआरएनए पोर्चुगलको अध्यक्षमा रविन र महासचिवमा राजकुमार विजयी लिस्बन । गैरआवासीय नेपाली संघ पोर्चुगलको अध्यक्षमा रविन अधिकारी र महासचिवमा राजकुमार थापा निर्वाचित भएका छन् । त्यसैगरी आईसीसी सदस्यमा भिमसेन थापा चुनिएका छन् । भिमसेन यसअघि वरिष्ठ उपाध्यक्ष थिए भने रबिन आईसिसी सदस्य थिए । राजकुमार पत्रकार हुन्, उनी नेपाल पत्...
एनआरएनए अमेरिकामा षड्यन्त्रपूर्ण चलखेल न्यूयोर्क । गैरआवासीय नेपाली संघ अमेरिकाले अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचनमा प्रतिनिधि पठाउन घिनलाग्दो चलखेल गरेको छ । अमेरिकाबासी एनआरएनए अमेरिकाका सदस्यहरुबाट निर्वाचन गरी छान्नु पर्ने ४७ जना प्रतिनिधिहरुका लागि उम्मेद्वार सार्वजानिकरुपमा आह्वान गर्नुपर्नेमा गुपचुपरुपमा...
गोर्खाहरूको आमरण अनशनमा बेलायती विपक्षी दलको समर्थन लण्डन। गत शनिबारदेखि बेलायती प्रधानमन्त्री निवास नजिक आफ्ना माग पूरा गर्न आमरण अनशन गरिरहेका भूपू गोर्खाहरूको आन्दोलनप्रति यहाँको प्रमुख प्रतिपक्ष दल लेबर पार्टीले ऐक्यबद्धता जनाएको छ। विपक्षी लेबर पार्टीले बोरिस जोनसन नेतृत्वको वर्तमान सरकारलाई ब्रिटिस आर्मीसँगै जोडि...
सिंगापुर पठाइदिन्छु भनि ठगी गर्ने एक पक्राउ, अन्यको खोजि हुँदै काठमाडौं । सिंगापुर पठाइदिन्छु भन्दै सयौं युवाहरुलाई ठगी गरेको अभियोगमा समृद्धि अब्रोड नामक कन्सलटेन्सीका मार्केटिङ म्यानेजर दिप बहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–...
१० औं वार्षिकोत्सवका अवसरमा न्यूयोर्कमा मिस नेपाल यूएसए २०२१ आयोजना गरिने वाशिङ्गटन डिसी । मिस नेपाल अमेरिकाको १० औं वार्षिकोत्सवका अवसरमा न्यूयोर्कमा मिस नेपाल अमेरिका आयोजना गरिने भएको छ । सेप्टेम्बर २३ देखि २५ सम्म न्यूयोर्कमा मिस नेपाल अमेरिकाको वार्षिकोत्सव समारोह भव्य रुपमा मनाइने भएको हो । नेपालकी चर्चित सञ्चारक...
नेपाली ट्रक यात्राका कथामा अमेरिकामा बन्यो फिल्म वाशिङ्गटन डिसी । नेपालका सडकमा प्रायः रहिरहने खाल्डाखुल्डीलाई छिचोल्दै र आफ्नो ज्यानलाई हत्केलामा राखेर गाडी चालकले पूर्व काँकडभिट्टादेखि पश्चिम महाकालीसम्म गुड्ने ट्रकको कथालाई एक अमेरिकीले फिल्म (डकुमेन्ट्री) मा समेटेका छन् । “टयाटुड ट्रक्स अफ नेपाल( हर्न प्लिज” नाम दि...
नेपाली मजदुर एकता समाज मलेसियाको प्रथम अधिवेशन खुला प्रतिष्पर्धाबाट हुने मलेसिया। मजदुरका लागि मजदुर अभियान नेपाली मजदुर एकता समाज मलेसिया समितिको प्रथम अधिबेशन खुल्ला प्रतिस्पर्धाबाट हुने भएको छ। गैरसरकारी, गैरराजनीतिक तथा गैर मुनाफा मुखी रहने प्रतिबद्धतासहित स्थापना भएको नेपाली मजदुर एकता समाज मलेसिया समितिको प्रथम अ...
इजरायल रोजगारीमा ३० लाखसम्मको चलखेल: विभाग भन्छ, यताउता नलाग्नू काठमाडौं। वैदेशिक रोजगार विभागमा भेटिएका एक युवा भन्दै थिए, ‘अहिलेको इजरायल रोजगारीमा जानको लागि ३० लाख रुपैयाँसम्म डिल भएको छ भनेर केही साथीहरुले पैसा खोजेर ठिक्क पारेका छन्। मेरा २–४ जना साथीहरुले जनही ३० लाख खोजेर इजरायल जान ठिक्क परेर बसेका छन्।’ त्यस...
कोरोनाका कारण विदेश जाने श्रमिकको संख्यामा ५५ प्रतिशतले कमी काठमाडौं। गत आर्थिक वर्ष (२०७७/७८)मा पनि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ५५ प्रतिशतले घटेको छ। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनका अनुसार गत आव अर्थात् २०२० जुलाई १६ देखि २०२१ जुलाई १५ तारिखसम्ममा १ लाख ६६ हजार ६ सय ९८ जना नेपाली ...
कोरियामा बस्ने विदेशीलाई दक्षिण कोरिया सरकारले जारी गर्‍याे नयाँ सूचना (सूचनासहित) कोरिया। दक्षिण कोरियाको सरकारले बुधबाार यहाँ लामो समयका लागि बसोबास गरिरहेका सबै विदेशी नागरिकहरुलाई कोरोना खोप लगाउन आग्रह गरेको छ। सरकारले सबै विदेशीहरुलाई यथासक्य छिटो खोप लगाउन भनेको छ। “सबै विदेशी नागरिकलाई खोपका सम्बन्धमा कोरियन ना...
अमेरिकाबाट नेपाललाई बौद्धिक सहयोग दिन एनएनए तयार वासिंगटन डिसी । अशोसिएसन अफ नेप्लिज इन द अमेरिकाज् (ए.एन.ए) ले नेपाल सरकारले बौद्धिक सहयोग चाहेमा अमेरिकाबासी नेपाली बौद्धिक जनशक्ति का तर्फबाट सहयोग गर्न तयार रहेको बताएको छ । नेपालका नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गर्दै एएनएका तर्फबाट लेखिएको बधाइ ...
खोप प्रमाणीकरणमा समस्या, अब आयुर्वेद केन्द्रबाट दिइने काठमाडौं । सुरुदेखि नै विदेश जाने नेपाली श्रमिकहरूले कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र लिन समस्या भोग्दै आएका छन् । सोही समस्यालाई मध्यनजर गर्दै पछिल्लो सयम विदेश जाने नेपालीहरूका लागि ‘क्युआर कोड’सहितको खोप लगाएको प्रमाणपत्र दिन राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा...
इजरायल रोजगारीको लागि खुलाइएको फारम भर्न किन झुक्किँदैछन् युवा? काठमाडौं । महिला र पुरुष गरी १ हजार जना नेपाली युवालाई इजरालयको दीर्घकालीन स्याहार केन्द्रमा सहयोगी कामदारको रुपमा पठाउने गरी नेपाल सरकारले अनलाइन आवेदन फारम खुलाएको छ। योग्यता पुगेका इच्छुक नेपाली नागरिकका लागि यहि साउन १२ गतेदेखि खोलिएको उक्त अनलाइन आवेद...
रूसले ‘विश्वव्यापी विपत्ति’ निम्त्याएको युक्रेनी राष्ट्रपति जेलेन्स्कीको आरोप कीएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ओडेसा बन्दरगाहको पूर्वाधारमा भएको आक्रमणले मस्कोकोे ‘विश्वव्यापी विनाश’ सिर्जना गर्ने मनसाय देखाएको बताएका छन् । मस्कोले विश्व खाद्य बजारमा अभाव, मूल्य वृद्धि र आपूर्तिमा अवरोध सिर्जना गरेको ...
यस्तो देश जहाँ सेनाले २ सय पटक सत्ता कब्जाको प्रयास गरिसकेको छ ! काठमाडौं । करिब एक साताअघि नाइजरका राष्ट्रपति मोहम्मद बजुमलाई हिरासतमा लिएर सेनाले देश आफैं नियन्त्रणमा लिने घोषणा गरेको थियो। साथै अरु कुनै देश सहयोगको बहानामा नआओस् भनेर आफ्नो सिमाना पनि सिल गरेको थियो । यहाँ युरेनियम भण्डार भएका कारण युरोपेली संघले निर...
अन्तर्राष्ट्रिय रेसमा खेलाडी हदैसम्म ढिलो दौडिएपछि देशले लज्जित भएर माफी माग्यो काठमाडौं । अहिले वर्ल्ड युनिभर्सिटी गेम्स चीनमा आयोजना भएरहेको छ। यो खेलमा सोमालियाकी एक खेलाडीको नाममा यस्तो कीर्तिमान दर्ता भएको छ कि देशले माफी माग्नुपर्ने भएको छ । यसबाहेक खेल अधिकारीलाई बर्खास्त गर्न पनि नागरिकको माग छ । वास्तवमा, चीनम...
सांसद पद गुमाएको मुद्दामा राहुल गान्धीले सर्वोच्च अदालतमा भने – ‘म माफी माग्दिन’ काठमाडौं । कांग्रेस नेता राहुल गान्धीले बुधवार सर्वोच्च अदालतमा मानहानि मुद्दाको सम्बन्धमा शपथ पत्र दायर गर्दै भनेका छन् कि उनी चुपचाप माफी माग्न तयार छैनन् । उनले सुरत अदालतले दिएको सजाय उचित नभएको भन्दै देशको सर्वोच्च अदालतमा भएको यो पुन...
एउटै एयरलाइन्सका दुई एयर होस्टेस, एउटी कुकी र अर्की मैतेइले मणिपुर हिंसाबारे के भने ? काठमाडौं । मणिपुरमा कुकी र मैतेई समुदायबीच विगत तीन महिनादेखि हिंसा जारी छ । यस हिंसामा १५० भन्दा बढीको मृत्यु भइसकेको छ । हालै मे महिनामा मणिपुरको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । यस भिडियोमा पुरुषको भीडले दुई महिलामाथि...
भारतमा भएको हिंसाबारे अमेरिकामा प्रश्न उठ्यो, अमेरिकी विदेश मन्त्रालयले के भन्यो ? काठमाडौं । भारतमा हरियाणाको नुहमा हिंसा भड्किएपछि गुरुग्राममा पनि हिंसा भएको थियो । यी हिंसाका घटनामा हालसम्म ६ जनाको मृत्यु भइसकेको छ । हरियाणाका मुख्यमन्त्री मनोहर लाल खट्टरले दोषीमाथि कडा कारबाही गरिने बताएका छन्। बुधवार बजरंग दलले यस...
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी पत्नी सोफीले सम्बन्धविच्छेदको घोषणा गरे काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी श्रीमती सोफीले बुधबार सम्बन्धविच्छेदको घोषणा गरेका छन् । दुवैले १८ वर्षअघि सन् २००५ मा विवाह गरेका थिए । सोफी र जस्टिनले इन्स्टाग्राममा पोष्ट गर्दै आफ्नो सम्बन्धविच्छेदको जानकारी ...
आफूमाथि अभियोग तय भएपछि डोनाल्ड ट्रम्पको बाइडेन प्रशासनमाथि जवाफी आक्रमण काठमाडौं । सन् २०२० को राष्ट्रपतीय निर्वाचनको नतिजा उल्ट्याएको मामिलामा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध आपराधिक अभियोग दायर गरिएको छ । आफ्नो राष्ट्रपति पदको उम्मेदवारी प्रस्तुत गरेका ७७ वर्षीय ट्रम्पले जो बाइडेन सरकारलाई प्रहार गर्द...
मणिपुर हिंसामा १४ हजार स्कुले बालबालिका घर छोड्न बाध्य काठमाडौं । मणिपुरमा झण्डै तीन महिनादेखि जारी हिंसामा १४ हजार भन्दा बढी विद्यालयका बालबालिका आफ्नो घरबाट विस्थापित भएका छन्, जसले उनीहरूको पढाइ प्रभावित भएको छ। बुधबार राज्यसभामा एक प्रश्नको लिखित जवाफमा शिक्षा राज्यमन्त्री अन्नपूर्णा देवीले यी विस्थापित बालबालिकामध...
अक्षय कुमारको फिल्म ओह माइ गड-२ को ट्रेलर रिलिज काठमाडौं । अक्षय कुमारको फिल्म ओएमजी २ लाई लिएर फ्यानहरु उत्साहित छन् । सन् २०१२ मा आएको फिल्म ओएमजीले दर्शकको राम्रो प्रतिक्रिया पाएको थियो । यस्तो अवस्थामा जब निर्माताले यो नयाँ फिल्मको घोषणा गरे, अभिनेताका फ्यानहरू खुसी भए। ओएमजी २ को टिजर गत महिना मात्रै रिलिज भएको थि...
तालिवानले तोडेको बुद्धको मूर्ति हेर्न अफगानिस्तानमा पर्यटकको घुइँचो अफगानिस्तान। रमणीय बाम्यान प्रान्तले अफगानिस्तानको पर्यटक हबको रूपमा आफ्नो हैसियत कायम राख्न प्रयास गरिरहेको छ, लाखौं पर्यटकहरू यस प्रान्तको बन्द ए अमिर भ्रमण गर्न आउँछन्, यो  समुद्र सतहबाट करिब ३ हजार मिटर उचाइमा रहेको छ, जहाँ ६ वटा प्राकृतिक तालहरूको...
रुसमा अपहरण गरी १४ वर्षसम्म यौन दासी बनाएकाे खुलासा मस्को। एक व्यक्तिले एक महिलालाई अपहरण गरी १४ वर्षसम्म आफ्नो घरमा यौन दासी बनाएर राखेको हालेको खुल्न आएको छ। यस क्रममा उक्त व्यक्तिले महिलालाई कोठरीमा कम्तीमा एक हजार पटक बलात्कार गरेको आरोप छ। उनले पीडितलाई शारीरिक र मानसिक यातना पनि दिए । यो घटना श्चिमी रुसको चेल्याब...
अमेरिकी संसदमा बन्दुकधारी प्रवेश गरेको सूचनाले हंगामा वासिंगटन डिसी। अमेरिकी संसद भवन परिसरमा बन्दुकधारी प्रवेश गरेको खबर आएपछि त्यहाँ हलचल मच्चिएको छ। यसपछि अमेरिकी क्यापिटल प्रहरीले सिनेटको कार्यालयमा खोजी गरेको थियो। आदेश जारी गर्नुका साथै सुरक्षित स्थानमा बस्न मानिसहरूलाई भनिएको थियो। तर प्रहरीले खोजी गर्दा शंकास्प...
एक सय चालीस वर्षपछि बेइजिङमा भीषण वर्षा बेइजिङ । चीनको राजधानी बेइजिङलगायत आसपासका क्षेत्रमा हालै परेको मुसलधारे वर्षा एक सय ४० वर्षपछि भएको मौसम विज्ञान विभागका अधिकारीहरूले बताएका छन् । बेइजिङ मौसम विज्ञान विभागका अनुसार आँधीसहित चाङपिङको वाङ्जियायुआन जलाशय आसपासको क्षेत्रमा ७४४ दशमलब आठ मिलिमिटर वर्षा भएको छ । सन् १...
नाइजरमा सत्ता कब्जापछि युरेनियमको आपूर्ति बन्द, पश्चिमी देशहरूमा खल्बली काठमाडौं । नाइजरमा भएको उथलपुथलको प्रतिध्वनि सारा विश्वमा, विशेषगरी शक्तिशाली देशहरूमा पुगेको छ । हुन त अफ्रिका पहिलेदेखि नै निरन्तर अस्थिर छ तर अहिलेको मामिला फरक छ। हालै सेनाले राष्ट्रपति मोहम्मद बजुमलाई सत्ताबाट हटाएपछि सत्ता कब्जामा लिएको थियो।...
कराची र लाहोरको विषयमा युरोपियन युनियनको चेतावनी, पाकिस्तान आक्रोशित काठमाडौं । पाकिस्तानको हवाई क्षेत्रमा उडान गर्नु विमानको सुरक्षाका लागि प्रमुख समस्या बन्दै गएको छ । आइतबार, युरोपियन युनियन एभिएसन सेफ्टी एजेन्सी (इएएसए) ले युरोपेली एयरलाइन्सहरूलाई धेरै पाकिस्तानी सहरहरूको हवाई क्षेत्रमा कम उचाइमा उडान गर्दा ‘उच्च ज...
अष्ट्रेलियाको समुन्द्रमा भेटिएको भग्नावशेष भारतको स्याटेलाइटको भएको पुष्टी, यो कति खतरनाक हुन्छ ? काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले सोमबार पुष्टि गरेको छ कि जुलाई १७ मा अस्ट्रेलियाको पश्चिमी तटमा भेटिएको रहस्यमय वस्तु यसको रकेट पीएसएलभीको भग्नावशेष हो। चन्द्रयान–३ को सफल प्रक्षेपण भएको तीन दिनपछि यो...
युक्रेनले अन्न राखेको भण्डारमा रुसको ड्रोन आक्रमण काठमाडौं । रुसले युक्रेनको बन्दरगाह र औद्योगिक एकाइहरूमा ड्रोन आक्रमण गरेको अधिकारीहरूले बताएका छन्। यो आक्रमण युक्रेनको ओडेसामा भएको हो । यस आक्रमणबाट खाद्यान्नको सुरक्षित भण्डारणका लागि राखिएको संरचनामा क्षति पुगेको छ । युक्रेनको वायुसेनाले यसअघि रुसी ड्रोन इज्मेलको म...
चुनावी नतिजा उल्ट्याएको मामिलामा ट्रम्पमाथि आधिकारिक अभियोग तय, अदालतमा उपस्थित गराइने काठमाडौं । सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा आफ्नो पराजयको नतिजा उल्ट्याउन खोजेको सम्बन्धी मुद्दामा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध आपराधिक आरोप दायर गरिएको छ। ट्रम्प बिहीबार वासिङ्टन डिसीको अदालतमा उपस्थित हुने भएका ...
नासाको गलत आदेशले भोयाजर–२ को पृथ्वीसँगको सम्पर्क टुट्यो, अब के छ आशा ? काठमाडौं । नासाको गलत आदेशका कारण भोयाजर आर -२ को पृथ्वीसँग सम्पर्क टुटेको छ । यो अन्तरिक्ष यान विगत ४६ वर्षदेखि अन्तरिक्ष अन्वेषणका लागि यात्रा गरिरहेको छ । गत महिना, नासाले अन्तरिक्ष यानलाई गलत कमाण्ड दियो, त्यसपछि यसको सम्पर्क टुट्यो र डाटा पठाउ...