content
stringlengths
20
64.1k
एनआरएनए महाधिवेशनः मुख्यसचिव र सेनाप्रमुखलाई विवादमा तान्ने प्रयास लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनसम्बन्धी विवादमा मुख्यसचिव शंकरदास बैरागी र सेनाप्रमुख प्रभुराम शर्मालाई तान्ने प्रयास भएको छ । गैरआवासीय नेपाली संघको १०औं महाधिवेशनका अध्यक्ष प्रत्यासी कुल आचार्यले केही दिनअघि मुख्यसचिव बैरागी र सेनाप...
नेपाली जनसम्पर्क समिति भारतको अध्यक्षमा पुन: बालकृष्ण पाण्डे विजयी नयाँदिल्ली। नेपाली कांग्रेसको महाधिवेशन चलिरहेको बेला नेपाली काङ्ग्रेस निकट नेपाली जनसम्पर्क समिति भारतको नवौं महाधिवेशन पन्जाबको राजधानी चण्डीगढमा आइतबार सम्पन्न भएको छ। अध्यक्षमा संस्थापन पक्षका बालकृष्ण पाण्डे विजयी भएका छन्। नवौं अधिवेशनबाट पाण्डे त...
एनआरएनएमा सरकारी हस्तक्षेपविरुद्ध उच्च अदालत पाटनको अन्तरिम आदेश काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई परराष्ट्र मन्त्रालयले दिएको निर्देशन तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम जारी गरेको छ । न्यायधीशद्धय श्रीमणकुमार गौतम र नरिश्वर भण्डारी संयुक्त इजलासले आइतबार एनआरएनए अध्यक्ष कुमार पन्तको दायर ग...
जापान हिडेका ३४ नेपालीलाई फर्काइयो क्वालालम्पुर विमानस्थलबाट काठमाडौं । नेपालबाट मलेसिया हुँदै जापान जानका निम्ति क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट बनाएका ३४ नेपालीलाई नेपाल फर्काइएको छ । उनीहरुलाई कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको कारण देखाउँदै फर्काइएको हो । जापानले ओमिक्रोन भेरियन्ट देखिएपछि अन्तर्र...
कुर्दिस्तान प्रवासी नेपाली समाजको अध्यक्षमा विनोद श्रेष्ठ निर्विरोध चयन इराक। इराकको कुर्दिस्तानमा बसोवास गर्दै आएका नेपालीहरुको संस्था कुर्दिस्तान प्रवासी नेपाली समाज, सुलेमानीले आफ्नो नयां नेतृत्व चयन गरेको छ। सो संस्थाको हिजो सम्पन चौथो साधारण सभाले विनोद श्रेष्ठको अध्यक्षतामा निर्विरोध कार्यसमिति गठन गरेको छ। कार्य...
नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति काठमाडौं । नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको छ । नेपाल–कतार संयुक्त समितिको चौथो बैठकमा सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्नेलगायत विषयमा सहमति भएको हो । बैठकमा नेपालको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य कतारमा काम गरेर फर्केका नेपालीको आ...
एनआरएनए निर्वाचन तालिका सार्वजनिक, डिसेम्बर २६ र २७ गते मतदान लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पछिल्लो पटक डिसेम्बर १५ तारिखमा निर्धारण गरेको नयाँ नेतृत्व चयनको निर्वाचन केही दिन हेरफेर गर्दै नयाँ निर्वाचन तालिका सार्वजनिक गरेको छ । संघको बैठकले यसअघि १०औं अन्तर्राष्ट्रिय महाधिवेशन डिसेम्बर १९ र २० मा हुने र त्...
नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको अध्यक्षमा क्षेत्री काठमाडौं । नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको छैटौँ अधिवेशनले भजिन्द्र क्षेत्रीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपसभापतिद्वयमा लक्ष्मण दाहाल, जीतेन्द्र महता, महामन्त्रीद्वयमा मित्रबन्धु काफ्ले, रामप्रसाद उप्रेती, सहमहामन्त...
इजरायल रोजगारी छनौटमा परेकाहरुलाई पासपोर्ट नविकरण गर्न र खोप लगाउन आग्रह काठमाडौं । इजरायलको दीर्घकालिन स्याहार केन्द्रको लागि छनौट भएका उम्मेदवारहरुलाई वैदेशिक रोजगार विभागले पासपोर्ट(राहदानी) नविकरण गर्न र कोरोनाविरुद्धको खोप लगाउन आग्रह गरेको छ । विभागले नियमानुसार सन २०२५ जनवरी ३१ गते यता राहदानी म्याद सकिने उम्मेद...
दक्षिण अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक काठमाडौं । दक्षिण अफ्रिकामा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट पहिलो पटक पुष्टि भएपछि नेपालले सम्भावित जोखिम टार्न अफ्रिकन नागरिकलाई अर्को व्यवस्था नभएसम्म प्रवेश गर्न नदिने भएको छ । गृह मन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका प्रशासन कार्यालयलाई...
युएइमा अहिलेसम्मकै सबैभन्दा ठूलो कानुनी सुधार, बलात्कारको सजायमा पनि परिवर्तन काठमाडौं। संयुक्त अरब इमिरेट्ले आफ्नो देशको कानुनी प्रणालीमा व्यापक सुधारको लागि स्वीकृति दिएको छ । यी सुधारको उद्देश्य सामाजिक स्थिरता र अधिकारको सुनिश्चितताका साथै अवसरहरुमा वृद्धि गर्नु भएको बताइएको छ । एक आधिकारिक घोषणाका अनुसार यो कानुनी...
सरकारविरुद्ध एनआरएनए अदालतमा लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकार परराष्ट्र मन्त्रालय विरुद्ध मुद्दा दायर गरेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले परराष्ट्र मन्त्रालयले अन्यायपूर्ण पत्रजारी गरेको कारणले संघ बाध्य भएर सरकारविरुद्ध अदालतमा गएको बताएका छन् । संघले शनिबार पत्रकार सम्मेलन गर्दै...
श्रममन्त्री श्रेष्ठद्वारा भिजिट भिसामा पठाउने म्यानपावरलाई कारवाहीको चेतावनी काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले ‘भिजिट भिसा’मा नेपालीलाई विदेश पठाउन सघाउने वैदेशिक रोजगार व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएका छन् । यही मंसिर १६ र १७ गते राजधानीमा हुने द्विपक्षीय श्रम सम्झौतासम्बन्ध...
नेपाली कार्यरत कुवेतको एक कम्पनीमा दूतावासको निरीक्षण काठमाडौं । नेपाली कामदारहरू कार्यरत रहेको कुवेतको एक कम्पनीमा कुवेतस्थित नेपाली दूतावासले निरीक्षण गरेको छ । कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीको नेतृत्वमा गएको टोलीले नेपाली कामदारहरू कार्यरत ‘एजिलिटी’ कम्पनीको निरीक्षण गरेको हो । टोलीले त्यहाँको व्यवस...
विदेशी नागरिक भएका पनि कांग्रेसमा पदका आकांक्षी जर्मनी। नेपाली कांग्रेसको १४औं महाधिवेशनको नजिकिएसँगै देश तथा परदेशमा काग्रेस समर्थकहरुलाई यतिबेला चुनावी अभियानले तताएको छ। भदौ महिनाबाटै कांग्रेसको महाधिवेशन प्रक्रिया सुरु भइसकेको भएपनि केन्द्रीय महाधिवेशनसहित सबै तहका अधिवेशनको समयतालिका धेरै पटक संशोधन भए। यतिबेला वि...
कुर्दिस्तानको नेपाली समाज चौथो बार्षिकोत्सव मनाउंदै कुर्दिस्तान, इराक । इराकको कुर्दिस्तानमा बसोवास गर्ने नेपालीहरुको साझा संस्था कुर्दिस्तान प्रवासी नेपाली समाज, सुलेमानीले चौथो बार्षिकोत्सब मनाउने भएको छ । विभिन्न पेशा, व्यवसाय एवं रोजगारीका सिलसिलामा इराकको कुर्दिस्तान, सुलेमानी पुगेका नेपालीहरुले आपसी हितका लागि गठ...
स्वीडेनमा विहान प्रधानमन्त्रीको नियुक्ति साँझ राजीनामा, पहिलो महिला प्रधानमन्त्रीले पद त्यागिन् काठमाडौं । संबैधानिक राजतन्त्र भएको युरोपेली मुलुक स्वीडेनमा इतिहासमै पहिलोपल्ट प्रधानमन्त्री पदमा महिला नियुक्त भएको सात घण्टामै उनले पदबाट राजीनामा दिनु परेको छ। बुधवार विहान प्रधानमन्त्री पदमा बहुमतसहित नियुक्त भएकी म्याग...
वैदेशिक रोजगारीमा जानको लागि एक महिनामै करिब ५५ हजारले लिए श्रम स्वीकृति काठमाडौं । पछिल्लो समय वैदेशिक रोजगारी जानेको संख्यामा वृद्धि हुँदै गएको छ । वैदेशिक रोजगारीमा जानको लागि गत महिनामा करिब ५५ हजारले श्रमि स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागले तयार पारेको प्रतिवेदन अनुसार गत कात्तिक महिना अर्थात् २०२१–१०–१८ ...
नेपाली विद्यार्थीले अमेरिकाको टेक्सासमा ‘इन्टरनेशनल फुड फेयर’मा प्रथम पुरस्कार जिते काठमाडौं। अमेरिकाको टेक्सासमा रहेको युनिभर्सिटी अफ टेक्सासले एल पासोमा आयोजना गरेको ‘इन्टरनेशनल फुड फेयर’मा नेपाली विद्यार्थी संघले पहिलो पुरस्कार जितेको छ । यो पुरस्कार ३ सय डलर राशीको छ । विश्वविद्यालयमा विद्यावारिधि तहका विद्यार्थी श...
एनआरएनए कार्यसमितिलाई महाधिवेशन गराउन रोक, महाधिवेशन गर्ने जिम्मा संरक्षक परिषदलाई काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को वर्तमान कार्यसमितिलाई परराष्ट्र मन्त्रालयले महाधिवेशन गराउन रोक लगाएको छ । मन्त्रालयले पत्र लेख्दै वर्तमान कार्यसमितिको कार्यकाल पूरा भइसकेको भन्दै महत्वपूर्ण निर्णय पनि नगर्न संघला्रई निर्देश...
वैदेशिक रोजगारीबाट फर्किएका रिटर्नीका लागि अभिमुखीकरण कार्यक्रम खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकामा वैदेशिक रोजगारीबाट फर्किएका रिटर्नीका लागि सुरक्षित आप्रवासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । वैदेशिक रोजगारलाई सुरक्षित, भरपर्दो र उपलब्धीमूलक बनाउनमा सघाउ पुर्याउने लक्ष्यका साथ रिटर्नीलाई सहभागी गराएर सुरक्...
जापान जनप्रगतिशील मञ्चको अध्यक्षमा बर्तौला चयन काठमाडौं । नेकपा (माओवादी केन्द्र)को प्रवास भातृ सङ्गठन नेपाली जनप्रगतिशील मञ्च, जापान कान्तो क्षेत्रीय समितिको आठौँ अधिवेशन सम्पन्न भएको छ । शनिबार टोकियोमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा गोकर्ण बर्तौला चयन भएका छन् । अधिवेशनले बर्तौलाको नेतृत्वमा २१ सदस्यीय नेतृत्व सर्वसम्...
मेरुदण्ड भाँचिएकी २६ वर्षीया सुनितालाई कतारका नेपालीले गरे सहयोग तनहुँ । काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचारार्थ २६ वर्षीय सुनिता थारुलाई कतारमा भएका नेपालीहरुले आर्थिक सहयोग जुटाएर पठाएका छन् । आर्थिक अभावले उपचार नपाएकी उनको लागि कतारमा रहेका नेपालीले रकम सङ्कलन गरेर पठाएपछि उपचारार्थ पठाइएको हो । उनको सवारी दुर्घटनाम...
प्रवासीले एम्बुलेन्स किन्न पठाएको २८ लाख सरकारी नीतिका कारण फिर्ता बागलुङ । धौलागिरि अस्पतालका लागि सुविधायुक्त एम्बुलेन्स खरिद गर्न अष्ट्रेलियामा रहेका बागलुङेले पठाएको २८ लाख दुई हजार रुपैयाँ फिर्ता गरिएको छ । बागलुङ–अष्ट्रेलिया कमिटीमार्फत प्राप्त सो सहयोग रकमबाट दोस्रो श्रेणीको ट्रमा एम्बुलेन्स किन्ने योजनामा अस्पत...
बेलायत रोजगारीमा १० हजार नर्स पठाउने सरकारको तयारी काठमाडौं । सरकारले बेलायत रोजगारीमा १० हजार नर्स पठाउने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्टाफ नर्स पठाउने गरी समन्वय गरिरहेको जानकारी दिएको छ । शुक्रबार वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव सूर्यप्र...
युएइले कामदारको भिसाको अवधि बढाएर ५ वर्ष बनायो काठमाडौं। संयुक्त अरब इमिरेट्सले आफ्नो देशमा काम गरिरहेका अन्तर्राष्ट्रिय कम्पनीका विदेशी कामदारहरुको लागि भिसाको अवधि बढाएर ५ वर्ष बनाएको छ । क्राउन प्रिन्स शेख हमदान बिन मोहम्मदले ट्वीटरमा यसको जानकारी दिएका छन् । शेखले मंगलबार ट्वीट गरेका छन् ‘हाम्रो लक्ष्य कम्पनीहरुलाई...
इजरायल रोजगारीः मंसिर ५ सम्म स्वास्थ्य परीक्षण र प्रहरी चारित्रिक प्रमाण पेस गरिसक्नुपर्ने काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायल रोजगारीमा जानको लागि छनौट भएका श्रमिकलाई स्वास्थ्य परीक्षण तथा प्रहरी चारित्रिक प्रमाणपत्र पेस गर्न आग्रह गरेको छ । इजरायलको दीर्घकालिन स्याहार केन्द्रमा सहायक कामदार पठाउने प्रयोजनका लागि...
इजरायलमा खोप नलगाएका एक नेपालीको कोरोनाका कारण मृत्यु काठमाडौं । इजरायलमा कोरोना खोप नलगाएका एक नेपालीको मृत्यु भएको छ । इजराइलस्थित तेल अबिबमा रहेको नेपाली दूतावासका अनुसार कोरोनाको खोप नलगाएका झापाका रमेश कुमार विश्कर्माको कोरोनाका कारण मृत्यु भएको हो । त्यस्तै, नेपालको सुनसरी स्थायी ठेगाना भएका लाल बहादुर बिष्टको सड...
नेपाली संस्था चीनमा अनुसन्धानका लागि छनोट काठमाडौं । चीनको सियानमा अवस्थित सियान मेडिकल युनिभर्सिटीमा स्थापित ‘चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजीवकुमार झा’ चीन सरकारद्वारा आह्वान गरिएको अनुसन्धान इन्स्टिच्युटमा छनोट भएको छ । चीनको साङ्सी प्रान्तको विज्ञान तथा प्रविधि मन्त्रालयले चीनमा रहेर अध्...
अमेरिकाको देउसीको दक्षिणाले शिविरका बालबालिकालाई शिक्षा कोलम्बस । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले देउसी भैलो खेलेर उठेको रकमले पूर्वी नेपालको शरणार्थी शिविरमा रहेका बालबालिकाको शिक्षामा सहयोग गर्ने भएको छ। शिविरमा रहेका आर्थिकरुपमा बिपन्न बालिबालिकालाई सहयोग गर्ने उदेश्यले फाउन्डेसनले ओहायोको र...
अमेरिकी शहरलाई ‘बहादुर’ उपहार (भिडियोसहित) वासिंगटन डिसी। अमेरिकाको ओहायो राज्यको रेनोल्ड्सवर्ग शहरमा बसोवास गर्ने नेपाली भाषी समुदायले नेपाली चाड तिहारको उपलक्ष्यमा स्थानीय शहर प्रशासनलाई ‘बहादुर’ उपहार दिए। नेपाली भाषी भुटानी अमेरिकन समुदायका तर्फबाट सो उपहार तिहारको गोबर्धनपूजाको दिन दिइएको थियो। ‘बहादुर’ उपहार दिइँ...
कोरियन भाषा इपिएस परीक्षा उत्तीर्ण गरेकालाई शीघ्र कोरिया लैजान सरकारको आग्रह काठमाडौं।सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा उत्तीर्ण गरेका नेपाली कामदारलाई जतिसक्दो चाँडो लैजाने व्यवस्था गर्न कोरिया सरकारसँग अनुरोध गरेको छ ।नेपाल र गणतन्त्र कोरियाबीच बुधबार सम्पन्न द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठकमा सर...
दसैँको मुखमा ७३ देश गए करिब ४० हजार नेपाली श्रमिक काठमाडौं । दसैँको मुखमा करिब ४० हजार युवा वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार गत असोज(०२१–९–१७ देखि ०२१–१०–१७) महिनाभरि नेपालका ७५ जिल्लाबाट ३९ हजार ६ सय ७१ जना युवाहरु रोजगारीको लागि विभिन्न देश गएका हुन् । जसमा ३७ हजार २ सय ८ जना पुरुष र...
अमेरिकामा अर्का एक नेपाली निर्वाचित, सिन्धुपाल्चोकका श्रेष्ठले जिते ब्रानफोर्ड नगर चुनाव न्यूयोर्क । नेपाल सिन्धुपाल्चोक स्थाई घर भई हाल कनेक्टिकट राज्यको ब्रानफोर्ड नगरमा बस्दै आएका रामचन्द्र श्रेष्ठ सो नगरको नगर समिति सदस्यमा निर्वाचित भएका छन। नोभेम्बर २ बुधबारका दिन भएको चुनावमा उनी विजयी बनेका हुन्। गत २४  सेप्टेम...
एएनएचएसकाे देउसी भैलाे सम्पन्न काठमाडाैं ।  अमेरिका नेपाल सहयोगी समाज (एएनएचएस) ले बार्षिक रुपमा गर्दै आएको देउसी भैलो कार्यक्रम अक्टोबर ३० शनिबारको दिन सम्पन्न गरेको छ। अमेरिकाको भर्जिनिया राज्यमा कृयाशील नेपालीहरुको सामाजिक संस्था एएनएचएसले शिक्षा सदन सञ्चालनको लागि सहयोगार्थ हरेक वर्ष देउसी भैलो कार्यक्रम गर्दै आएको...
एनआरएनए मेरिल्याण्ड च्याप्टरको कार्यालय उद्घाटन,अभियन्ताहरूले गरे प्रसंसा बाल्टिमोर । गैरआवासीय नेपाली संघ, अमेरिकाको मेरिल्याण्ड च्याप्टरले अक्टोबर ३० तारिकदेखि आफ्नो कार्यालयबाटै कार्यारम्भ गरेको छ । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय समितिका क्षेत्रीय संयोजक राजन त्रिपाठी, अवैतनिक महाबाणिज्यदूत प्रेमराजा म...
लगानी ल्याउन एनआरएनएलाई प्रधानमन्त्री देउवाको आह्वान लन्डन । बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीलाई वैदेशिक लगानी ल्याउन आह्वान गरेका छन् । नेपाली दूतावास लन्डनमा शनिबार बिहान एनआरएन युकेले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले उक्त आह्वान गरेका हुन् । ‘एनआरएनएलाई वैदेश...
दूतावासद्वारा मलेसिया रोजगारी सुचारु नभएको जानकारी काठमाडौं । मलेसियास्थित नेपाली दूतावासले मलेसियामा रोजगारी खुलेको र दूतावासबाट मागपत्र प्रमाणीकरण भइरहेको भन्ने विषयका सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ । दूतावासले एक सूचना जारी गर्दै मलेसियामा वैदेशिक रोजगारीको लागि मागपत्र प्रमाणीकरण सुचारु नभएको जनाएको हो । सूचना...
परीक्षा दिएर उत्कृष्टस्थान हासिल गरेका पीडित युवाहरुको माग : हामी पनि इजरायल जान पाउनुपर्छ ‘हामी पास भएर पनि पीडित भयौं। घरपरिवार छोडेर बाहिरबाट काठमाडौं आएर मेहनत गरी पहिलो, दोस्रो आदि पोजिशनमा पर्‍याैं। तर, हाम्रो मेहनतको कदर भएन। हामी दुःखी छौं, किन छनौट गरिएन?’, यो भनाइ हो वैदेशिक रोजगार विभागमा भेटिएका इजरायल रोजग...
‘अमेरिकाय नेवा’को एक सय अंक पूरा, भव्य कार्यक्रम गरी मनाइयो (फोटोफिचर) काठमाडौं। नेपाल भाषा टाइम्स अमेरिकाले संचालन गर्ने ‘अमेरिकाय नेवा’ कार्यक्रमको एक सय भाग पुरा भएको छ। उक्त अन्तरर्वाता कार्यक्रमको एक सय भाग पुगेको अवसरमा एक भव्य समारोहको आयोजना गरी मनाइएको छ। बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले दीप प्रज्वलन गरी...
मलेसियामा ३ वर्षमा ११५८ नेपालीको मृत्यु, त्यहाँको मानवअधिकार आयोगले जाँच गर्ने काठमाडौं। मलेसियाको मानव अधिकार आयोग (सुहाकाम)ले त्यहाँ नेपाली नागरिकको उच्च मृत्युदरबारे जाँच गर्ने भएको छ । मलेसियास्थित नेपाली दूतावासले पछिल्लो समय त्यहाँ नेपाली नागरिकको मृत्युदर उच्च भएको रिपोर्ट सुहाकामलाई बुझाएको थियो । त्यसपछि शुक्र...
राजदूत अञ्जान शाक्य नेपाल फिर्ती, कार्यवाहक राजदूतमा घिमिरे काठमाडौं । आफ्नो करिब तीन बर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरी इजरायलको लागि नेपाली राजदूत डा.अञ्जान शाक्य हिजो(शनिबार) टर्किस एयरलाइन्सको उडानमार्फत् ईजरायलबाट नेपाल फिर्ता आएकी छन् । स्वदेश फिर्तीको क्रममा इजरायलस्थित नेपाली दूतावासलगायत विभिन्न संघसंस्था ...
मलेसियामा अवैध तरिकाले बसेका कामदारलाई वैधानिक हुन समय थप क्वालालम्पुर। मलेसिया सरकारले अवैधानिक रूपमा बसोबास गरिरहेका अर्थात विभिन्न कारण बिना भिषा मलेसियामा बसेर काम गरिरहेका विदेशी आप्रवासी कामदारलाई पुनः वैधानिक हुन वा स्वदेश फर्किन दोस्रो पटक दिएको आम माफी कार्यक्रमको समय अवधि सकिन लागेको छ। विगत लामो समयदेखि विभि...
दुबईमा अलपत्र सात नेपालीको उद्धार वीरजञ्ज। वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवा उद्धार पश्चात घर फर्केका छन्। बहुदरमाईका नगरप्रमुख नितेन्द्र साहको पहलमा दुबईमा अलपत्र परेका युवालाई सकुसल घर फकाईएको हो। दुबई गएकालाई नगरप्रमुख साहले त्यहाँ अलपत्र परेका हरिशङ्कर ठा...
बेलायतमा कोराना संक्रमण तीब्र : दैनिक संक्रमण एक लाख पुग्ने सरकारी आँकलन लण्डन । बेलायतमा पछिल्लो साता कोरोना भाइरसकाे संक्रमण तीब्र रुपमा बढेकाे छ। कोरोना संक्रमण बढेपछि बेलायत सरकारले प्रत्येक हप्ता ‘र्‍यापिड टेष्ट’ गर्न आग्रह गरेको छ। सरकारले दैनिक एक लाख भन्दा बढी कोरोना संक्रमित पुग्नसक्ने अनुमान गरेको छ। स्वास्थ्...
बाल्टिमोरमा शिवहरिको हास्य, किरण, श्रृंखला र नारायणको प्रस्तुती बाल्टिमोर, अमेरिका। अमेरिकाको बाल्टिमोरबासी नेपाली समुदायका लागि दशैं र तिहारको उपलक्ष्ममाबाल्टिमोर एशोसियशन अफ नेप्लिज इन अमेरिका– बानाले सांस्कृतिक—सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। अक्टोबर ३० शनिवार आयोजना गर्न लागिएको दशैं–तिहार विशेष साँझमा ने...
युवा पुस्ताले देशको नेतृत्व लिनुपर्ने अध्यक्ष तामाङको भनाइ पोर्चुगल। लाक्पा तामाङ नेतृत्वको राप्रपा नेपालले शुभ विजया दशमी, दिपावली तथा छठ पर्वको अवसरमा चियापन तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ। पोर्चुगलको मान्तेगर्दोमा सम्पन्न उक्त चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा राप्रपा नेपालका राष्ट्रिय ...
नेपाली व्यबसायी लालकिशोरकाे अमेरिकामा गोली हानी हत्या बोस्टन, अमेरिका । अमेरिकाको बोस्टन शहर नजिक आफ्नै व्यबसाय गरेर बसेका एकजना नेपाली व्यवसायीको गोली हानी हत्या भएको छ। लालकिशोर महासेठ नाम गरेका ती व्यवसायी म्यासाचुसेटको बोस्टन शहरबाट करिव डेड घण्टा टाढा फल रिभर सिटी, रक स्ट्रीटमा “स्टप एन्ड सेभ” नाम गरेको खुद्रा पसल...
अमेरिकाका पूर्व विदेश सचिव पावेलको कोभिडका कारण मृत्यु वासिंगटन डिसी । अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको कोरोना संक्रमणका कारण देहान्त भएको छ। उनको परिवारले यसबारे फेसबुकमार्फत जानकारी सार्वजानिक गरेको अमेरिकी संचारमाध्यमहरुले जनाएका छन्। उनी ८४ बर्षका थिए। अमेरिकी सेनाका प्रमुखसमेत भएका पहिलो अस्वेत विदेशमन्त...
रक्त क्यान्सरका कारण मलेसियामा एक नेपालीको मृत्यु बैतडी । वैदेशिक रोजगारिका सिलसिलामा मलेसियामा रहेका बैतडीका एकजनाको गएराति मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका–५ बिनाबस्तीका ४२ वर्षीय धनन्जय जोशी रहेका छन्। रक्त क्यान्सरबाट ग्रसित जोशीको गएराति उपचारको क्रममा अस्पतालमै मृत्यु भएको मृतकका आफन्त हर...
युवा पत्रकार शाहीको कुवेतमा देहान्त काठमाडौं । युवा पत्रकार एवं समाजसेवी माधव शाहीको अल्पआयुमै दुःखद निधन भएको छ। दशैंको नवमीका दिन अकस्मात उनको निधन भएको हो। डिसी नेपालका पूर्व कुवेत सम्वाददाता र गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतका वर्तमान उपाध्यक्ष, दर्शन ठकुरी समाज कुवेतका सल्लाहकार, पत्रकार महासंघ...
एचके नाइट २०२१ को तयारी पूरा, नेपाली गीतले बेलायत गुञ्जिने लन्डन । कोभिड महामारीका कारण बेलायतमा लामो समयदेखि हुन नसकेको नेपाली कलाकारको सांगीतिक कार्यक्रम आगामी महिनादेखि शुरु हुने भएको छ। नेपालका चर्चित गायकको प्रस्तुतिमा आगामी १२ नोभेम्बरको साँझ अल्डरसटमा एचके नाइट २०२१ को तयारी गरिएको छ। एचके युथ नेप्लिज एशोसिएसनको...
बेलायतमा नेपालीले मनाए दसैँ लण्डन । पिटरवरोमा रहेका नेपालीहरूले दशैं भव्य रूपमा मनाएका छन्। पिटरवरोस्थित नेपाली हलमा आयोजित कार्यक्रममा विविध सांस्कृति कार्यक्रम सहित दशैं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो। पिटरवरो नेपाली समाजका अध्यक्ष हरिहर भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली दूतावास लण्डनका प्रत...
परदेशीको दसैंं काठमाडौं। कोरोना संक्रमणका कारण अघिल्लो वर्ष ठप्प जस्तै बनेको हिन्दुहरुको महान चाड वडादसैंँ यस वर्ष भने केही चहलपहल बढेको छ। धेरैजनाले कोरोना खोप लगाएका कारण निर्धक्क भएर यस वर्षको दसैंं मनाउने तरखरमा छन्। विभिन्न जिल्लाबाट काठमाडौंलगायत ठूला सहरहरुमा कर्म गर्दै आएका प्राय परिवारहरु दसैंं मनाउन आ–आफ्नो ग...
विवाद समाधान गर्ने जिम्मा संरक्षक परिषद् दिन माग लण्डन । गैरआवासीय नेपाली सङ्घमा देखिएका विवाद समाधान गरी नयाँ निर्वाचन गराउन संरक्षक परिषद् तयार रहेको पूर्वअध्यक्ष शेष घलेले बताए।आइतबार एनआरएनए युकेको अल्डरसटस्थित नयाँ कार्यालयको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले विवाद समाधान गर्ने जिम्मा परिषद्लाई दिन आग्रह गरे। ...
एनआरएनए दिवसः संस्थालाई राजनीतिभन्दा माथि राख्न सुझाव काठमाडौं । प्रवासी नेपालीहरुको छाता सङ्गठन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लाई राजनीतिभन्दा माथि राखेर व्यावसायिक ढङ्गले सञ्चालन गरिनुपर्नेमा यसका संस्थापक तथा अग्रज व्यक्तित्वहरुले सुझाव दिएका छन् । गैरआवासीय नेपाली दिवस (एनआरएन डे) का अवसरमा संस्थाको बालुवाटारस्थि...
एनआरएनएको निर्वाचन र महाधिवेशन ६ महिनाका लागि स्थगित, सरकारको निर्देशन अस्वीकार गर्ने निर्णय काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् एनआरएनए आईसीसीको अन्तराष्ट्रिय महाधिवेशन र चुनाव छ महिनाका लागि स्थगित भएको छ । गैरआवासीय नेपाली संघको सचिवालय बैठकले तत्कालका लागि अधिवेशन र चुनाव स्थगित गर्ने निर्...
कन्टेनरमा थुनेर अमेरिका लैजान लागिएका ११ नेपालीसहित १२६ आप्रवासीको ग्वाटेमालाबाट उद्धार काठमाडौं। बन्द बन्टेनरभित्र थुनेर गैरकानुनी रुपमा अमेरिका लैजान लागिएका नेपालीसहित १२६ जना आप्रवासीको ग्वाटेमालाबाट उद्धार गरिएको छ । यी आप्रवासीलाई बन्द कन्टेनरमा राखेर गैरकानुनी रुपमा अमेरिका लैजान लागिएको थियो । उनीहरुलाई कन्टेनर...
एनआरएनएका चार मुख्य गैरकानूनी काम, सच्याएरमात्र चुनाव गर्न सरकारको निर्देशन वासिंगटन डिसी । नेपाल सरकारले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्(एनआरएनए,आईसीसी) का चार मुख्य गैरकानूनी नियम र विधानविपरीतका काम भएको भन्दै तिनीहरुलाई सच्याएरमात्र आगामी नेतृत्व चयन गर्न निर्देशन दिएको छ । परराष्ट्र मन्त्रालयका ...
नेपालीलाई बिचल्ली पार्ने दलालहरु होसियार रहनूः श्रममन्त्री श्रेष्ठ तनहुँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले सोझा नेपालीलाई वैदेशिक रोजगारको बहानामा विदेश लगेर बिचल्ली पार्ने दलालहरुलाई होसियार रहन चेतावनी दिएका छन् । मन्त्रालयको कार्यभार सम्हालेको दोस्रो दिन शनिबार गृह जिल्ला आएका मन्त्री श्...
दसैँको मुखमा मलेसिया र साउदीबाट आइपुग्यो १० नेपालीको शव काठमाडौं । हिन्दुहरुको महान चाड वडादसैँको मुखैमा आज बिहान(शनिबार) मलेसिया र साउदीबाट १० जना नेपालीको शव र अस्तु(खरानी) आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारको क्रममा मृत्यु भएका १० जना नेपालीहरुको शव र अस्तु आइपुगेको हो । वैदेशिक रोजगार बोर्...
बेलायतले नेपाललाई रातोसूचीबाट हटायो लण्डन। कोरोना महामारीका कारण विश्वका धेरै देशलाई रातोसूचीमा राखेको बेलायत सरकारले नेपाललाई हटाएको छ। अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमितरूपमा हेरेफेर गर्ने तालिकाअनुरुप बेलायत सरकारले बिहीबार नेपाललगायत ४७ देशलाई आफ्नो रातोसूचीबाट हटाएको जनाएको छ। यससँगै अझै अन्य सात देश भने रातोसूच...
इटालीकाे राेममा आगलागी हुँदा ३० वटा बस जलेर नष्ट रोम । इटालीको राजधानी रोममा आगलागी हुँदा ३० वटा बसहरु जलेर नष्ट भएका छन्। रोम नगरपालिकाको यातायात कम्पनी एटीएसीका ३० वटा बसहरु मंगलबार बिहान भएको आगलागीमा  नष्ट भएका हुन्। आगलागी त्यहाँको समय अनुसार विहान ४ बजे भएको थियो। आगलागीको कारण बारे अनुसन्धान भइरहेको प्रहरीलाई उ...
एनआरएनए आईसीसी निर्वाचन : सम्पत्तिको अधिकार र नागरिकता कुल आचार्यका प्रतिबद्धता काठमाडौं। गैरआवासीय नेपाली संघको आसन्न महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले संसारभर छरिएर रहेका नेपालीहरूलाई नेपालमा नेपाली नागरिकता कायम राखी आफ्नो सम्पत्तिको अधिकार स्थापित गर्ने आफ्नो मुल एजेण्डा सार्वजानिक गरेका छन्। यसका सा...
एनआरएन अध्यक्ष पदका लागि डा बद्री केसीको उम्मेदवारी घोषणा काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को अध्यक्ष पदका लागि डा बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन् । हाल एनआरएनएका उपाध्यक्ष रहेका डा. केसीले आज पत्रकार सम्मेलन गरी आफ्नो प्यानलसहित उम्मेदवारी तथा निर्वाचन प्रतिबद्धता सार्जजनिक गरेका हुन् । रसियामा बसोबा...
वैदेशिक रोजगारको पीडा : आठ वर्ष अघि मलेसिया गएका खडकबहादुर बाकसमा फर्किए काठमाडौं। जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिकाका खडक बहादुर शाही, मलेसिया गएको आठ वर्षपछि शव बनेर गत शनिबार नेपाल आइपुगे। सजीव भएर मलेसियामा आठ वर्षसम्म लगातार काम गरेका उनी निर्जीव बनेर बाकसमा प्याक भई आफ्नो देश, घर र परिवार भएको ठाउँमा आइपुगे। ...
शाहीन ट्रपिकल चक्रवात : ओमानमा नेपालीलाई सर्तक रहन आग्रह काठमाडौं । ओमानको राष्ट्रिय बहु–विपद पूर्व सतर्कता केन्द्रद्वारा जारी सूचनाका अनुसार पछिल्लो समय अरब सागरमा केन्द्रविन्दु बनाएर शाहीन नामको ट्रपिकल चक्रवात सुरु भएको छ । २ देखि ३ दिनसम्म रहने उक्त चक्रवातको असर मस्कटसम्म पर्ने हुनाले त्यहाँ रहेका नेपालीलाई सतर्कत...
अबदेखि टोकन प्रणालीमार्फत श्रम स्वीकृति दिइने काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचलले अबदेखि टोकन प्रणालीको माध्यमबाट भौतिक उपस्थितमा श्रम स्वीकृत दिने भएको छ । ताहाचल कार्यालयका शाखा अधिकृत प्रदीप कुमार ढकालका अनुसार कार्यालयमा उपलब्ध जनशक्ति, स्रोत आदि समस्याका कारण एवं सेवाग्राहीहरुको हितसमेतलाई दृष्टिगत गरी टोक...
मलेसियाबाट एकैपटक आइपुग्यो ७ शव र ६ अस्तु, आफन्त भावविह्वल (तस्बिर) काठमाडौं । आज(शनिबार) बिहान मलेसियाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आर.ए.को फ्लाईटबाट ७ जनाको शव र ६ जनाको अस्तु(खरानी) एकैपटक आइपुगेको छ । वैदेशिक रोजगारका क्रममा मलेसियामा मृत्यु भएका नेपालीहरुको शव र अस्तु एउटै फ्लाईटबाट काठमाडौं आइपुगेको हो...
अमेरिकाबाट नेपाल पैसा पठाउनु छ ? अब ‘हाम्रो पात्रो’बाट सस्तोमा काठमाडौं । नेपालको सर्वाधिक लोकप्रिय एप हाम्रोपात्रोले रेमिटेन्स सेवा सुरु गरेको छ। एउटै एपमा विभिन्न सुविधा उपलब्ध गराउँदै आएको एपमा विदेशबाट नेपाल रकम पठाउन सकिने सेवासमेत थपिएको हो। शुक्रबारदेखि सुरु भएको यो सेवामार्फत तत्कालका लागि अमेरिकामा रहेका नेपाल...
अमेरिकाबाट रक्तदाता मैनालीले पठाए दुई व्लड बैंक बनाउन नेपाललाई सहयोग वासिंगटन डिसी । चर्चित नेपाली रक्तदाता अर्जुन मैनालीले नेपालमा दुईवटा ब्लड बैंक बनाउने एक एक लाख रुपैंया सहयोग पठाएका छन् । मैनालीले डिसी नेपाललाई दिएको जानकारीअनुसार, उनले नेपाल रेडक्रस सोसाइटी काभ्रे बनेपालाई एकलाख र त्रिभुवन विश्वविद्यालय लायन्स रक...
दशैँकाे अवसर पारेर माल्टामा एकदिवसीय फुटबल प्रतियाेगिता हुने काठमाडाैं । युरोपको माल्टामा एक नेपाली संगठन झापाली समाज माल्टा (JSM) ले हिन्दुहरुको सबैभन्दा ठूलो चाड विजया दशमी (दशैँ) को अवसर पारेर १० अक्टोबर २०२१ मा एक भव्य एकदिवसीय फुटबल  प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ। JSM EUROCUP २०२१ (7-साइड फुटबॉल टूर्नामेन...
राजदूत खतिवडालाई अमेरिकी शहर क्याम्ब्रिजको साँचो हस्तान्तरण वासिंगटन डिसी । अमेरिकाको मेसेचुसेट्स राज्यका क्याम्ब्रिज शहरले अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडालाई शहरको साँचो हस्तान्तरण गरेर स्वागत गरेको छ। सो राज्यको बोस्टनलगायतका शहरहरुमा बसोबास गर्ने नेपाली र नेपाली मूलका अमेरिकीहरुसहित अन्य नेपाल भ्रमण गर...
संस्थाको लोगो अनाधिकृत प्रयोग भएको भन्दै नासाले जनायाे आपत्ति (विज्ञप्तिसहित) काठमाडौं । नेपालिज एसोसियशन इन साउथइष्ट अमेरिका (नासा)ले संस्थाको लोगो अनाधिकृत प्रयोग भएको भन्दै आपत्ति जनाएको छ। संस्थाका अध्यक्ष विनय अर्याल र महासचिव कृष्ण श्रेष्ठले विज्ञप्ति जारी गर्दै संचार माध्यायममा आएका समाचारहरु पनि भ्रामक भएको बता...
सडकमार्गबाट नेपाल भित्रिँदा कोरोना परीक्षण अनिवार्य, खोप नलगाई आउनेलाई सिमामै खोप काठमाडौं । सडकमार्ग हुँदै नेपाल भित्रिने हरेकको कोरोना परीक्षण गरिने भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सिमानाका हुँदै नेपाल प्रवेश गर्ने हरेकले अनिवार्य रुपमा कोरोना परीक्षण गर्नु पर्नेछ । चाडपर्वको समयमा भारत तथा चीनबाट सिमानाका हुँद...
दक्षिण कोरियामा कोरोना भाइरसले पुनःमहामारीको रुप लियो सोल । दक्षिण कोरियामा कोरोना भाइरसको सङ्क्रमण फेरि ह्वात्तै बढेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका अनुसार शनिबार नयाँ सङ्क्रमितको सङ्ख्या तीन हजार २७३ पुगेको छ । योसँगै कोरियामा दैनिक सङ्क्रमितको सङ्ख्या पहिलो पटक तीन हजार नाघेको छ । गत सोमबारदेखि कोरियन ...
महावाणिज्य दूतावासप्रति अमेरिकामा रहेका सामाजिक संघसंस्थाहरुको आपत्ति (विज्ञप्तिसहित) काठमाडौं। अमेरिकाको न्यूयोर्कमा सुरु भएको राष्ट्रसंघको महासभामा भाग लिन गएका परराष्ट्रमन्त्रीलाई स्वागत गर्न नपाएको भन्दै विभिन्न संघसंस्थाहरुले महावाणिज्य दूतावासमाथि आक्रोश पोखेका छन्। नेपाल आदिबासी जनजाति महासंघ (अमेरिका), प्रवासी ...
अमेरिकामा एउटी नेपाली चेलीको दुखद अन्त्य, पूर्वपतिले दिए दागबत्ती वासिंगटन डिसी । अमेरिकाको टेक्सासमा सडक दुर्घटनामा परी मृत्युबरण गरेकी एकजना नेपाली चेलीका आफन्त र नातेदार कोही नहुँदा स्थानीय नेपाली समाजले अभिभावकत्व ग्रहण गरेर अन्तिम संस्कार गरेको छ । नेप्लिज सोसाइटी इन टेक्सास (एनएसटी) ले ती चेलीका पूर्वपतिसमेतको सह...
इजरायलमा ‘केयरगिभर’का लागि १ हजार ६ सय जना सिफारिस (सूचीसहित) काठमाडौं। वैदेशिक रोजगार विभागले इजरायलमा ‘केयरगिभर’का लागि एक हजार ६ सय जनाको नाम सिफारिस भएको छ। विभागले आइतबार बिहान इजरायलमा ‘केयरगिभर’का लागि जान चाहानेमध्येबाट एक हजार ६ सयको नाम सिफारिस गरेको हो। विभागले भाषा परीक्षा उर्तीण गरी अन्तरवार्तामा सहभागी मध...
भारतमा नेपाली बालिका बलात्कार गर्ने युवालाई फाँसीको सजाय काठमाडौं । भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा नेपाली बालिकामाथि बलात्कार गर्ने एक युवालाई भारतको अदालतले फाँसीको सजाय सुनाएको छ । चार बर्षीया सौतेली बहिनीलाई बलात्कार गरेको आरोपमा पिथौरागढ प्रहरीले नेपालको बझाङ घर भई हाल पिथौरागढको जाजरदेवल...
विमानस्थलमा मलेसियाबाट आएको नेपालीका ६ शव र ५ अस्तु (तस्विर) काठमाडौं । शनिबार बिहान वैदेशिक रोजगारीका क्रममा मलेसियामा मृत्यु भएका केही नेपालीहरुको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । विभिन्न कारणले मृत्यु भएका ५ जना नेपालीको अस्तु(खरानी) र ६ वटा शव आज (शनिबार) बिहान काठमाडौं आइपुगेको हो । विमानस्थलमा...
इजरायल जान अन्तरवार्तामा छुटेकालाई पुनः परीक्षा काठमाडौं । रोजगारीका लागि इजरायल जान लिखित परीक्षा पास भए पनि अन्तरवार्तामा छुटेका ५१ जनाले परीक्षामा सहभागी हुन मौका पाएका छन् । वैदेशिक रोजगार विभागले किरिया तथा सुत्केरीलगायतका कारणले विगतमा अन्तरवार्तामा छुटेकालाई सहभागी हुने अवसर मिलाएको हो । प्रतिनिधिसभा, उद्योग तथा...
नेपाली दूतावासले बोस्टनमा घुम्ती शिविर गर्ने काठमाडौं। अमेरिकास्थित नेपाली राजदूतावासले अमेरिकाको बोस्टनमा घुम्ती शिविर गर्ने भइको छ । दूतावासले आफ्ना सेवाग्राहीहरुलाई लक्षित गरी म्यासाच्युसेट्स राज्यको बोस्टनमा दुइ दिने घुम्ीत कन्सुलर सेवा शिविर गर्ने जानकारी दिएको हो । शिविरमार्फत म्यासाच्यूसेट्स राज्यसहित न्युह्याम्...
नासाका बहुमत कार्यकारी सदस्यद्वारा राजीनामा काठमाडौं । अमेरिकास्थित नेपालीहरुको साझा संस्था ‘नेपलिज एसोसियसन अफ साउथ इस्ट अमेरिका’ (नासा)का ११ जना पदाधिकारीले राजीनामा दिएका छन्। यो संख्या कार्यकारी समितिको बहुमत रहेको छ। जम्मा २१ जनाको समितिबाट ११ जनाले राजीनामा दिएका हुन्। राजीनामा दिनेहरुमा बरिष्ठ उपाध्यक्ष अम्बिा ल...
प्रवासी नेपालीका लागि मुत्थूट फाइनान्सद्वारा दशैं तिहारको उपहार मुत्थूट फाइनान्सले प्रवासी नेपालीका लागि दशैं तिहारको अवसरमा उपहारको घोषणा गरेको छ। फाइनान्सले यो वर्ष ग्राहकहरुका लागि अहिलेसम्म कै डबलको डबलको डबल (आठगुणा) अफर दिने सार्वजनिक घोषणा गरेको मुत्थुट फाइनान्स (रेमिट्यान्स विभाग) भारतमा नेपालका लागि कन्ट्री प्...
बेल्जियमको सुन्दरी प्रतियोगिताको पहिरन डिजाइनरमा नेपाली महिला छनोट पोर्चुगल । सुन्दरी प्रतियोगिता बेल्जियमको फाइनल ‘गाला राउन्ड’ का उत्कृष्ट दस प्रतिस्पर्धीले लगाउने पहिरनको प्रारुप पार्ने (डिजाइनर) मा आरती प्रधान काफ्ले छनोटमा परेकी छन् । बेल्जियममा धेरै प्रसिद्ध मानिने यस प्रतियोगितामा पहिरन डिजाइनर गर्नेमा आरती युरो...
बेलायतस्थित नेपाली दूतावासद्वारा घुम्ती सेवा सञ्चालन काठमाडौं । बेलायतस्थित नेपाली दूतावासले लन्डन सहर बाहिर रहेका स्वीन्डेनवासी नेपालीका लागि एकदिने घुम्ती सेवा सञ्चालन गरेको छ । नेपाली एशोसिएशन विल्सायरको सहकार्य र आयोजनामा भएको सो घुम्ती सेवामा कोरोना महामारीका कारण दूतावास जान नपाएका थुप्रै नेपाली लाभान्वित भएका छन...
२८ बुँदे लण्डन घोषणापत्र जारी गर्दै विश्व नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न लण्डन । तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन २८ बुँदे लण्डन घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न भएको छ । ‘महामारी युगमा सम्पूर्ण स्वास्थ्य’ मूल नारा रहेको घोषणापत्रले कोरोना भाइरसको महामारीका कारण उत्पन्न विषम परिस्थितिमा देखाएको धैर्य र साहसका...
एनआरएनएको आसन्न चुनाव विधान विपरीत हुन लागेको आरोप काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का प्रतिनिधिहरुले एनआरएनको आसन्न निर्वाचन विधानविपरीत हुन लागेको आरोप लगाएका छन्। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघको आइसिसीका मानार्थ सदस्य नवराज ओली (शनि), एनसिसी अमेरिकाका सल्लाहकार वेदप्रसाद खरेल र आईसिसीको पूर्वसचिव...
मलेसियाबाट एकैदिन ६ श्रमिकको शव र १५ जनाको अस्तु ल्याइयो काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ शव नेपाल ल्याइएको छ । यसैगरी १५ जनाको अस्तु पनि नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ । आज शनिबार नेपाल सरकार र मलेशियामा रहेको जनउद्धार केन्द्रकोे पहलमा मृतकको शव नेपाल ल्याएर आफन्तलाई बु...
जापानद्वारा नेपालसहित देशका आगन्तुक प्रतिबन्ध फुकुवा, क्वारेन्टिनमा नयाँ नियम काठमाडौं । उच्च दरको कोरोना संक्रमणलाई नियन्त्रण गर्न जापान सरकारले नेपालसहितका केही देशहरुमा लगाएको आगन्तुक प्रतिबन्ध फुकुवा गरेको छ । त्यहाँको विदेश मन्त्रालयले शुक्रबार राति आफ्नो आधिकारिक वेबसाईटमार्फत सूचना प्रकाशित गर्दै जापानको रि–इन्ट...
नेपाललाई रातो सूचीबाट हटाउन बेलायत सरकारसँग माग लण्डन । कोभिड–१९ महामारीका कारण नेपाललाई रातो सूचीबाट हटाउन गैरआवासीय नेपाली सङ्घ युकेले बेलायत सरकारलाई एक पत्र पठाएर माग गरेको छ। अध्यक्ष प्रेमगाहा मगरले पठाएको पत्रमा नेपाल र बेलायतबीचको भ्रमणमा देखिएका अव्यवहारिक मापदण्ड हटाउन अनुरोध गरिएको छ। बेलायती यातायातमन्त्री ग...
रद्द भयो कतार प्रहरीमा छनोट भएका २ सय जनाको माग काठमाडौं । कतारस्थित नेपाली दुतावासले कतार प्रहरीका लागि पठाएको दुईसय जनाको माग रद्द गरेको छ । दूतावासले २९ अगस्ट २०२१ मा २ सय नेपालीलाई कतार प्रहरीमा भर्ना गर्ने गरी काठमाडौंको लाजिम्पाटस्थित अल ताक्वेत ओभरसिज नेपाल प्रालिका नाममा गरेको मागपत्र प्रमाणीकरणलाई रद्द गरेको ह...
कतार प्रहरीको डिमाण्ड आएसँगै अल ताक्वेत म्यानपावरले प्रतिव्यक्ति १० लाख बढी असुल्दै काठमाडाैं । कतार प्रहरीको डिमाण्डमा जान हौसिएका एक युवा भन्दै थिए, ‘मेरो सबै काम सकिएको छ, तर म्यानपावरले मसँग साढे १० लाख रुपैयाँ मागिराखेको छ। त्यत्रो पैसा मसँग छैन, सरकारले तोकेअनुसार लाग्ने खर्च दिन्छु भनेको उल्टै मलाई थर्काउछ।’ वैद...
वैदेशिक रोजगारीमा रहेका ७० प्रतिशत श्रमिक भन्छन्– फेरि त्यही मेनपावरबाट विदेश जान्नँ ! काठमाडौं । वैदेशिक रोजगारीमा रहेका दुई तिहाइभन्दा बढी श्रमिकले पुनः विदेश जाँदा आफूले अघिल्लो पटक सेवा लिएको मेनपावर कम्पनीबाट सेवा नलिने बताएको पाइएको छ । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ (आइटियुसी) ले गरेको वैदेशिक रोजगारीमा पठ...
इजरायल रोजगारीः अंग्रेजी भाषाको परीक्षा दिएको भोलिपल्टै नतिजा प्रकाशित काठमाडौं । सरकारी संयन्त्र (जीटुजी)मार्फत रोजगारीको लागि १ हजार श्रमिक इजरायल पठाउन हिजो(सोमबार) १ बजे गरिएको अंग्रेजी भाषाको परीक्षाको परीक्षाफल आज(मंगलबार) प्रकाशित भएको छ । वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा रोजगारीका ला...
बहराइनमा आन्दोलनरत नेपालीलाई स्वदेश फिर्तीका लागि पहल काठमाडौं । बहराइनस्थित एन.एच.एस.कम्पनीमा कार्यरत नेपाली श्रमिकहरुलाई स्वदेश फिर्तीका लागि प्रक्रिया थालिएको छ । बहराइनमा रहेको नेपाली दूतावासका अनुसार सो कम्पनी व्यवस्थापकसँग भएको विवादपछि स्वदेश फर्कन चाहने आन्दोलनरत नेपाली श्रमिकलाई स्वदेश फिर्तीका लागि पहल भएको ह...
राजनितिक दलको निर्देशनमा एनआरएनएमा परराष्ट्रको हस्तक्षेप : अध्यक्ष पन्त काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले सत्तारूढ प्रमुख दलको ठाडो निर्देशनमा परराष्ट्रमार्फत निर्वाचन प्रकृया अघि नबढाउन भन्दै हस्तक्षेप हुनु दुर्भाग्य भएको बताएका छन्। डीसी नेपालसँग कुरा गर्दै उनले एनआरएनएको आफ्नै विधान व...
अमेरिकाको ओहायोस्थित घरमा आगलागी हुँदा ५ नेपालीभाषी भुटानीको मृत्यु, कारण अस्पष्ट वासिंगटन डिसी । अमेरिकाको ओहायो राज्यको एक्रोन शहरमा बसोबास गर्ने ५ नेपालीभाषी भुटानीको घरमा आगलागीका कारण मृत्यु भएको छ। सेप्टेम्बर १२ तारिक आइतवार राति भएको सो घटनामा मृत्यु हुने ५ जनामा ३ जना बालबच्चा परेका छन्। एक्रोन नर्थहिल क्षेत्रक...
मलेसिया गएका युवा १६ वर्षदेखि बेपत्ता काठमाडाैं । रोजगारीका लागि मलेसिया गएका पर्वतका एक युवा १६ वर्षदेखि वेपत्ता भएका छन्। महाशिला गाउँपालिका–१ होश्राङ्दीको अर्गाउदीका उमाराज र विष्णुमाया विकका छोरा सर्वजित विक सम्पर्कविहीन भएका हुन्। विसं २०६२ मा त्यसतर्फ गएका सर्वजित हालसम्म परिवारका सम्पर्कमा नआएपछि परिवारले खोजी ग...