content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।, महानगरीय अपराध महाशाखाले बिहीबार दिउँसो काठमाडौंको मिनभवनबाट तीन जनालाई पक्राउ गरेको हो। , क्रिप्टो करेन्सी बिटकोइनबाट वित्तीय कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरीको टोली खटिएको थियो। सो टोलीले तीन जनालाई पक्राउ गरेको हो। , पक्राउ पर्नेमा पर्वत घर भई कास्की पोखरा बस्ने २१ वर्षीय राजन भट्टराई, सुनसरी इटहरी बस्ने २५ वर्षीय विशाल श्रेष्ठ र काठमाडौंको थापाथली बस्ने २७ वर्षीय दिपेनराज श्रेष्ठ छन्।, उनीहरूमाथि महाशाखाले बैंक तथा वित्तिय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम अनुसन्धान अघि बढाएको छ।, पक्राउ परेका राजन भट्टराईले हालसम्म ९७५ जना व्यक्तिहरूसँग एक हजार ९२६ पटक कारोबार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। , उनले मंसिरदेखि पुससम्म २६ लाख रुपैयाँ बराबरको कारोबार गरेको र अन्य दुई जना पनि कारोबारमा संलग्न देखिएको महाशाखाले जनाएको छ। , नेपालमा क्रिप्टो करेन्सीको कारोबार गर्ने गराउने काम कानुनविपरीत छ। यस्तो काम गर्ने सबैलाई कानुनबमोजिम कारबाही हुने भन्दै त्यसबारे सचेत रहन महाशाखाले अनुरोध समेत गरेको छ। , पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान गर्न महाशाखाले उनीहरूलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको छ। , क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा तीन पक्राउ
सेतोपाटी संवाददाता सरकारले नेपाली सेनाका उपरथी सीताराम खड्का र ताराध्वज पाण्डेको कार्यकाल थपेको छ।, गत पुस ३० गते बसेको मन्त्रिपरिषद् बैठकले उपरथीद्वय खड्का र शाहीको कार्यकाल थप्ने निर्णय गरेको हो।, दुई उपरथीको कार्यकाल थपिएको पत्र जंगी अड्डामा आएको सैनिक स्रोतले सेतोपाटीलाई बतायो।, खड्का र पाण्डेको कार्यकाल थपिएसँगै अर्का उपरथी अनन्त कार्कीले अवकाश पाउने निश्चित भएको छ।, कार्यकाल नथपिने भएपछि कार्कीले रक्षा मन्त्रालयमा उजुरी समेत दिएका थिए।, उपरथीको कार्यकाल थप्ने अधिकार प्रधानसेनापतिमा भएकाले कार्की सिफारिसमै परेका थिएनन्।, सैनिक स्रोतका अनुसार कार्कीमाथि सांकेतिक भए पनि कारबाहीको तयारी भएको छ। उनलाई सैनिक अनुशासन उल्लंघन गरेर मिडियाबाजी गरेको आरोप लागेको छ।, आफ्नो पदावधि थपको सिफारिस नभएपछि उपरथी अनन्त कार्कीले प्रधान सेनापति प्रभुराम शर्माको सिफारिसविरूद्ध उजुरी दिएका थिए। , उनले रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गरी मंगलबार उजुरी नै दिएका हुन्।, उनले प्रधानमन्त्रीको सचिवालयमा समेत निवेदन दर्ता गरेका छन्।, यी पनि:, आफ्नो पदावधि नथपिएपछि सेनाका उपरथी कार्कीले प्रधानमन्त्रीको सचिवालयमा गरे उजुरी, उपरथीद्वय पाण्डे र खड्काको कार्यकाल थप, उजुरी दिएका कार्कीले अवकाश पाउने
सेतोपाटी संवाददाता पछिल्लो पटक पर्सामा देखिएको कोरोना सङ्क्रमणको तेस्रो लहरअन्तर्गत एक जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सङ्क्रमित पुरुषको मृत्यु भएको हो। मृत्यु हुनेमा बाराको महागढीमाई नगरपालिका–६ निवासी ५० वर्षीय पुरुष रहेको अस्पताल स्रोतले जनाएको छ । , कोरोना सङ्क्रमणको तेस्रो लहरमा पर्साको यो नै पहिलो मृत्युको घटना हो। सङ्क्रमित पुरुष वीरगञ्जकै एक निजी अस्पतालमा उपचारका लागि पुगेका थिए। सङ्क्रमणको लक्षण देखा परेपछि यही माघ ६ गते गरिएको एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ देखिएको थियो ।, कोरोना सङ्क्रमण पुष्टि भएपछि निजी अस्पतालले उपचारका लागि सङ्क्रमितलाई नारायणी अस्पतालमा रेफर गरेको थियो। मधुमेह, कोभिड र निमोनियासहित अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको र उनले कोरोनाको खोप पनि नलगाएको पाइएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी दिए।, पर्सामा कोरोना सङ्क्रमणको तेस्रो लहरमा पहिलो व्यक्तिको मृत्यु
सेतोपाटी संवाददाता नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमित संख्या ५७ हजार नाघेको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ३ सय ३८ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमित ५७ हजार ३ सय २८ पुगेको हो।, मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको २७ हजार ४ सय ९७ परीक्षणबाट १२ हजार ३ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो। , आज ६४९ जना डिस्चार्ज भएका छन् भने ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। , हालसम्म नेपालमा कोरोनाबाट ९ लाख ९५ हजार जनामा संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये ८ लाख १८ हजार  निको भइसकेका छन्। , मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ३७ हजार ९३ जना सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा मात्र २६ हजार ९ सय ९८ जना छन् भने भक्तपुरमा ३७८३ र ललितपुरमा ६६१२ जना सक्रिय संक्रमित छन्। , पछिल्लो २४ घन्टामा उपत्यकामा काठमाडौं उपत्यकामा ६९८१ संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५००१, भक्तपुरमा ८५० र ललितपुरमा ११३० संक्रमित थपिएका हुन्।,  , नेपालमा कोरोनाका सक्रिय संक्रमित ५७ हजार नाघे
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार ३३८ जना कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार पिसिआर परीक्षणबाट १० हजार ५२  र एन्टिजेन परीक्षणबाट २२८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, पछिल्लो २४ घण्टामा २७ हजार ४९७ जनामा कोरोना परीक्षण गरिएको थियो।, देशभर ५७ हजार ३ सय  २८ जना कोरोनाका सक्रिय संक्रमित छन्। , पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ४ जनाले ज्यान गुमाएका छन्। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ३२ छ।, यस्तै ६४९ जना संक्रमणबाट मुक्त भएका छन्। कोरोनाबाट अहिलेसम्म निको हुनेको संख्या ८ लाख १८ हजार ८ सय ९ पुगेको छ। , यस्तै कोरोनाबाट निको हुनेको दर ९२.२ प्रतिशत छ।, काठमाडौं उपत्यकामा ६९८१ संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५००१, भक्तपुरमा ८५० र ललितपुरमा ११३० संक्रमित थपिएका छन्।, एकैदिन थपिए १२ हजार बढी कोरोना संक्रमित
सेतोपाटी संवाददाता अनलाइनमार्फत् जुवा खेलाएको आरोपमा पक्राउ परेका १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। , महानगरीय अपराध महाशाखाको टोलीले कीर्तिपुरबाट १२ जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए। पक्राउ पर्नेमा तीन जना सञ्चालक छन्। अरू कर्मचारीहरू हुन्।, अनलाइन जुवा वा क्यासिनो खेलाउँदै गरेको भन्ने सूचनाको आधारमा खटिएको टोलीले कीर्तिपुर नगरपालिका-६ चोभार, नगाउँ र बाघभैरवस्थित विभिन्न घरबाट १२ जनालाई पक्राउ गरेको हो। , कीर्तिपुर-६ चोभारका ३३ वर्षीय सुजेन्द्र थापा, २७ वर्षीया कविता थापा, ३० वर्षीया रविन खड्का, वडा १० का ४५ वर्षीय बुद्ध महर्जन, २० वर्षीया रोजा महर्जन र वडा ८ पाँगाका १९ वर्षीय साहिल महर्जन पक्राउ परेका छन्। , यस्तै १९ वर्षीय हनिशा महर्जन, वडा १० नगाउँका ३५ वर्षीय प्रदीपमान सिंह बस्नेत, बझाङ घर भई कीर्तिपुर-५ बस्ने १९ वर्षीय बिनोद ठगुन्ना छन्। महाशाखाका अनुसार पक्राउ पर्नेमध्ये तीन जना १७ वर्षका समेत छन्।, प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार पक्राउ पर्नेमध्ये सुजेन्द्र, प्रदीपमान र बुद्ध महर्जन अनलाइन क्यासिनोका सञ्चालक हुन्। , उनीहरूकै योजनामा तीन वटा घरमा सो अनलाइनमार्फत् गेम खेलाउने काम भइरहेको प्रहरी उपरीक्षक पंगेनीले बताए। तर उनीहरूले यसमा आफ्नो पैसा भने लगानी नगरेको उनले बताए।, कीर्तिपुरमा तीन वटा घरमा २४ सै घण्टा अनलाइन जुवा सञ्चालन गर्ने गरेको प्रहरीले जनाएको छ। उनीहरूले सिफ्ट अनुसार अनलाइन जुवा खेलाउन त्यसैअनुसार कर्मचारीहरू खटाएको पाइएको हो। , यस्तै, तीन जना सञ्चालकले अरू कर्मचारीहरूलाई भने तलब दिने गरेको उनले जानकारी दिए।, ‘उनीहरूले १० देखि १५ हजारसम्म तलब दिएर कर्मचारीहरू राखेको देखिन्छ,’ उनले भने, ‘सिफ्टमा आठ-आठ घण्टा गरेर चलाउने रहेछ। यस्तो गरेको सायद नेपालमा पहिलो पटक होला। यसबारे थप अनुसन्धान फोरेन्सिकमार्फत् गर्‍यौं भने थप खुल्छ।’, प्रहरी उपरीक्षक पंगेनीका अनुसार उनीहरूले फेसबुकमार्फत् अमेरिकन तथा युरोपियन नागरिकहरूलाई सो गेम खेलाउने गर्थे।, अमेरिकी तथा युरोपियन नागरिकलाई साथी बनाएर जुवा, फायर किलिङ, रिभर स्विप्स, रिभर मन्स्टर, भेगास-एक्स लगायत अनलाइन जुवा खेल्न उनीहरूलाई लिंक पठाउँथे। , त्यसरी लिंक पठाएर अमेरिकी डलर लोड गर्न लगाई गेम खेलाउने तथा जित्ने पक्षले तोकिएको पैसा समेत पुरस्कारको रूपमा दिने गरेको महाशाखाले जानकारी दिएको छ। , ‘उनीहरूले कम्तीमा पनि १० डलर राख्नुपर्ने बनाएको रहेछ। त्योभन्दा तल पैसा राख्न नमिल्ने त्यो भन्दामाथि जति हाले पनि हुने,’ प्रहरी उपरीक्षक पंगेनीले भने, ‘खेलाडीहरू सबै विदेशी मात्रै हुन्। सबै खेल डलरमा मात्रै हुन्छ।’, पक्राउ परेका व्यक्तिहरूमाथि सोधपुछ गर्दा उनीहरूले यो खेल १० महिना अघिदेखि सञ्चालन गरेको बताएका छन्। , यसरी उनीहरूले महिनाको करिब एक लाख अमेरिकी डलरभन्दा बढी रकम हारजित हुने गरी अनलाइन जुवा खेलाउने गरेको प्रहरी उपरीक्षक पंगेनीले बताए।, यो खेल खेलाउन पनि विदेशीले सहयोग रहेको प्रहरीले जनाएको छ। , ‘यिनीहरूको गुरू सायद अमेरिका वा बेलायतमा छ। उनीहरूले उतैबाट सिकेका हुन्। हामीलाई पनि पैसा दिएरै खेलाउन लगाएको हो भनेर भनेका छन्,’ उनले भने, ‘तर सबै उनीहरूले नै खेलाएको देखिन्छ।’, एउटा एपबाट खेलाउँदामात्रै २५ सय डलर कमिसनसम्म आएको देखिएको उनले बताए। , उनीहरूबाट प्रहरीले ल्यापटप, कम्प्युटर, राउटर, गेमिङ विवरण लेखिएको रजिस्टर, ह्वाइट बोर्ड लगायतका सामग्री बरामद गरेको छ। , उनीहरूमाथि थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ। हारजित हुने गरी जुवा खेलाएको मुद्दामा सात दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ। , काठमाडौंमा बसेर विदेशीलाई खेलाउने गर्थे 'अनलाइन क्यासिनो'
सेतोपाटी संवाददाता जनमत पार्टीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले हत्या-हिंसा भड्काउन खोजेको भन्दै मन्त्री पदबाट बर्खास्त गर्न माग गरेको छ। , बिहीबार पार्टीका उपाध्यक्ष दीपककुमार साहले विज्ञप्ति जारी गर्दै यादवलाई मन्त्री पदबाट बर्खास्त गर्न माग गरेका हुन्। , ‘सरकारले आपराधिक अभिव्यक्ति दिने, हत्या-हिंसा भड्काउन खोज्ने र अर्को नरसंहारको षड्यन्त्र रच्ने सो मन्त्रीलाई अविलम्ब बर्खास्त गर्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ,‘गौर नरसंहारका फरार अभियुक्तहरूलाई सुरक्षाकर्मीहरूले विशिष्ठ सुरक्षा घेरामा राखेर सुरक्षा दिने हैन कि उनीहरूलाई तत्काल पक्राउ गरी नरसंहार पीडितहरूलाई न्याय दिँदै मधेशमा विद्यमान आपराधिक पार्टीको आपराधिक राजलाई समाप्त पार्नुपर्छ भन्ने हाम्रो ठहर छ।’, भौतिक पूर्वाधार तथा यातायात मन्त्री यादव धम्कीपूर्ण भाषणका कारण अहिले विवादमा छिन्।, बुधबार रौतहटको गौरमा आयोजित कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतविरूद्ध लक्षित भाषण गर्दै मन्त्री यादवले गौर हत्याकाण्ड दोहोरिन सक्ने धम्की दिएकी थिइन्।, जनता समाजवादी पार्टीकी सांसदसमेत रहेकी यादव बलिदानी दिवसको कार्यक्रमलाई सम्बोधन गर्न बुधबार गौर पुगेकी थिइन्।, पछिल्लो समय राउत नेतृत्वको जनमत पार्टीले किसान आन्दोलनका नाममा मधेसका विभिन्न जिल्लामा आन्दोलन गर्दै आएको छ। बन्द, हड्तालसहित केही समयअघि प्रदर्शन गरेको जनमत पार्टीले केन्द्रीय मन्त्रीहरूलाई जिल्ला प्रवेशमा रोक लगाउने, कालो झन्डा देखाउनेलगायत कार्यक्रम सार्वजनिक गरेको छ।, मन्त्री यादवलाई पनि बुधबार गौर अवरोध गर्ने राउतका कार्यकर्ताको तयारी थियो। यसबारे स्थानीय प्रशासनले मन्त्री यादवलाई जानकारी दिएको थियो। , ‘तुफानसँग टकराउनु भयो भने तपाईंको त्यही हालत हुन्छ जुन गौरको राइस मिलमा भएको थियो। त्यो इतिहासलाई नबिसर्नुस्,’ मन्त्री यादवले भनेकी थिइन्, ‘म डाक्टर साबलाई यहीँबाट आग्रह गर्छु। तपाईं  पिएचडी डाक्टर हो रिसर्च गर्नुहोस्, चिरफार नगर्नुहोस्। चिरफार गर्नुभयो भने बिरामी मर्नेछन्। फेरि घेराबन्दी गरेर तपाईंलाई मारिदिनेछन्। त्यसैले बस तपाईं रिसर्चमात्रै गर्नुहोस्।’, २०६३ चैत ७ गते राइस मिलमा तत्कालीन मधेसी जनअधिकार फोरम र नेकपा माओवादी दुबैले कार्यक्रम राखेका थिए। त्यस क्रममा हिंसात्मक घटना भएको थियो। घटनामा २८ माओवादी कार्यकर्ताको हत्या भएको थियो।, मन्त्री यादवको भाषण पदीय मर्यादाविपरीत हिंसा भड्काउने खालको भएको भन्दै अहिले आलोचना भइरहेको छ।, मन्त्री यादवले भने आफूले सिके राउतलाई कुनै धम्की नदिएको दाबी गरेकी छन्।, सेतोपाटीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री यादवले गौरको कार्यक्रममा आफूले त्यहाँका जनताले अन्याय नसहने धारणा राखेको बताइन्।, 'म सडकको निरीक्षणमा गएकी थिएँ। कसैलाई पनि निषेध गर्न त भएन नि। अर्को कुरा राजनीति गर्नलाई स्पष्ट विचार र एजेन्डा चाहिन्छ भनेको हो,' उनले भनिन्, 'मैले गौर ऐतिहासिक ठाउँ हो। यहाँका युवाहरूले आफ्नै बलबुतामा अधिकार लिएका हुन्। त्यसैले कसैले पनि अलमल्याउने कोसिस नगरोस् भनेर भनेको हो।', आफूले गौर घटना दोहोरिने भनेर नभनेको उनले दाबी गरिन्। आफ्ना एजेन्डा स्पष्ट पारेर जनतामा आउनुपर्ने धारणा राखेको उनले बताइन्।, 'आज बलिदानी दिवस छ, कोही पनि सानोतिनो कुरामा नअल्झिएर कार्यक्रम गर्ने भनेको हो। विगतमा पनि यहाँ घटना भएको हो। त्यसैले आफ्नो एजेन्डा स्पष्ट पारेर जनताको माझमा आउनुपर्‍यो भनेको हो,' उनले भनिन्, 'हामीले धेरै माग पूरा गरेका छौं र अधुरा पनि छन्। त्यसबारे केही छ भने आउनुस् भनेको हो।', तपाईंले सिके राउतको जनताले हत्या गर्छन् भनेको हो भन्ने प्रश्नमा उनले आफूले त्यस्तो भन्दै नभनेको बताइन्।, 'सिके राउतको मैले किन हत्या हुन्छ भन्ने। मैले भनेकै छैन। त्यो कुन ठूलो मान्छे हो र, हामी उसको पछाडि लाग्ने हो,' उनले भनिन्।, भौतिक पूर्वाधार मन्त्री यादवले हिंसा भड्काउन खोजेको भन्दै बर्खास्त गर्न जनमत पार्टीको माग
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ६९८१ संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५००१, भक्तपुरमा ८५० र ललितपुरमा ११३० संक्रमित थपिएका छन्।, यस्तै काठमाडौं उपत्यकामा ३७ हजार ९३ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा २६ हजार ६९८, ललितपुरमा ६ हजार ६१२ र भक्तपुरमा ३ हजार ७८३ सक्रिय संक्रमित छन्। , नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार ३३८ जना कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार पिसिआर परीक्षणबाट १० हजार ५२  र एन्टिजेन परीक्षणबाट २२८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, पछिल्लो २४ घण्टामा २७ हजार ४९७ जनामा कोरोना परीक्षण गरिएको थियो।, देशभर ५७ हजार ३ सय  २८ जना कोरोनाका सक्रिय संक्रमित छन्। , पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ४ जनाले ज्यान गुमाएका छन्।, यस्तै ६४९ जना संक्रमणबाट मुक्त भएका छन्।, काठमाडौं उपत्यकामा थपिए झन्डै सात हजार संक्रमित, सक्रिय ३७ हजार बढी
सेतोपाटी संवाददाता लोक सेवा आयोगले आगामी माघ ११ गतेदेखि माघ मसान्तसम्म हुने सबै पूर्व निर्धारित परीक्षाहरू स्थगित गरेको छ।, आयोगको बिहिबार बसेको बैठकले कोरोना संक्रमण तिब्र रूपमा फैलिएको भन्दै लिखित परीक्षाहरु माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको , ‘लोक सेवा आयोगमा कार्यरत कर्मचारीहरूमा कोभिड १९ को संक्रमण देखा परेको कारणले आगामी २०७८ माघ ११ गतेदेखि २०७८ माघ मसान्तसम्म आयोगबाट सञ्चालन हुने गरी पूर्वनिर्धारित सबै  लिखित परीक्षा कार्यक्रम हाललाई स्थगित गरिएको छ’, आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ।, यस्तै फागुन १ गतेपछिको परीक्षाका लागि १ साताको समय दिएर पुनः प्रकाशन गर्ने भएको छ।, ‘माघ ११ गतेदेखि माघ मसान्त सम्म स्थगित गरिएका तथा फागुन १ गतेदेखि सञ्चालन हुने लिखित परीक्षा कार्यक्रमसमेत कम्तिमा ७ दिनको पूर्व सूचना दिई पुनः तालिकिकरण गरी यथाशिघ्र परीक्षा सञ्चालन गर्ने,’ विज्ञप्तिमा भनिएको छ।, आयोगका अनुसार लिखित परीक्षाबाहेक आयोगका अन्य पूर्व निर्धारित कार्यहरू यथावत रूपमा सञ्चालन हुने छन्।,  , लोक सेवा आयोगका सबै परीक्षाहरू स्थगित
सेतोपाटी संवाददाता मोरङको कानेपोखरी-२ (दर्बेसा र केराउन जोड्ने) मा रहेको गेउरिया खोलाको पुल निर्माणमा ढिलाइ गर्ने निर्माण कम्पनीलाई कारबाहीको माग गर्दै बिहीबार जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी परेको छ।, गेउरिया खोलाको पुल निर्माण दुई वर्षमा सम्पन्न गर्ने गरी २०७१ साल कात्तिकमा सम्झौता भएको थियो।, तर, अहिलेसम्म पुल सम्पन्न भएको छैन। हाल ७० प्रतिशत काम भएपछि निर्माण कम्पनीले बिना कारण काम रोकेको स्थानीयले बताएका छन्।, ‘दुई वर्षभित्र सक्ने गरी सम्झौता भए पनि सात वर्ष बितिसक्दा पुल निर्माण हुन सकेको छैन, पुल नहुँदा उक्त ठाउँमा सर्वसाधरण आवतजावतमा समस्या छ,’ जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदनमा उल्लेख छ, ‘गत बुधबार राति आगो निभाउन हिँडेको दमकल खोला तर्ने क्रममा त्यहीँ पल्टिएको थियो। सो स्थानमा यसखालका सवारी साधन पल्टिने, दुर्घटना हुने क्रम लामो समयदेखि निरन्तर जारी छ। यसको सम्पूर्ण कारण भनेको पुल नहुनु नै हो।’, पुल नबनाउँदा भइरहेको क्षतिको जिम्मेवारी निर्माण कम्पनीले लिनुपर्ने बताउँदै निवेदकमध्येका राजेन्द्रकुमार मण्डलले पुल निर्माणमा लापरबाही गर्नेलाई कारबाही गर्नुपर्ने बताए।, ‘आवश्यक छानबिन गरी दोषी उपर कारबाही गर्न तथा छिटोभन्दा छिटो पुल निर्माणको लागि पहल गरिदिन हामीले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हौं,’ मण्डलले भने।, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनाले निर्माण कम्पनीका सञ्चालक सराजुद्धिन अन्सारीलाई बोलाएर जवाफ माग गर्ने बताए।, ‘हामीले जिल्ला प्रशासन कार्यालयमा यस विषयमा छलफल गरेका छौं,’ तिम्सिनाले भने, ‘कानुन अनुसार सरकारले प्रक्रिया अगाडि बढाउँछ, त्यहाँ पुल नहुँदा समस्या छ, म पनि त्यस ठाउँबाट ओहोरदोहोर गरेको छु।’, पुल निर्माण नहुँदा सर्वसाधारणलाई आवतजावत सहज बनाउन निर्माण कम्पनीलाई तुरून्त निर्देशन दिइने पनि तिम्सिनाले बताए।, पुल निर्माणको लागि भुटाहा सुनसरीको फ्युचर र सराउद्धिन निर्माण सेवाले संयुक्त रुपमा ठेक्का पाएका थिए।, एक करोड १८ लाखमा पुल निर्माणको सम्झौता भएर ५७ लाख रूपैयाँ भुक्तानी पनि लगिसकेको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय इटहरी अन्तर्गतको सडक डिभिजन कार्यालय विराटनगरले जनाएको छ।, निर्माण कम्पनीका संचालक सराजुद्धिन अन्सारीलाई पटक-पटक ताकेदा गर्दा पनि काम नभएको सडक डिभिजन कार्यालयको भनाइ छ। ‘विश्वास गर्नै गाह्रो भइसक्यो, दसैं अगाडिदेखि नै काम गर्न भन्दा पनि दसैंपछि, तिहारपछि, छैठपछि, एक हप्तापछि भन्दै ढाँट्दै आउनुभएको छ,’ सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख इन्जिनियर सुदर्शन कार्कीले भने, ‘हामीले आज मात्रै कार्यालयमा बोलाएर कारबाहीको चेतावनी दिएका छौं, उहाँले आउँदो आइतबार, सोमबारदेखि काम गर्छु भन्नुभएको छ।’, यता, निर्माण कम्पनीका सञ्चालक अन्सारीले आफूले पुल निर्माणको लागि अढाइ करोड खर्च गरिसकेको बताए।, पुल ढिलो निर्माण हुनुमा पिलर निर्माण गर्ने क्रममा अत्यधिक पानी रहेको कारण खर्च बढेको उनले बताए। आफूले काम सम्पन्न गर्ने उनले बताए। ‘दुई चार दिनपछि म काम सुरू गर्छु,’ उनले भने, ‘अहिले बिरामी भएर हो।’, सात वर्षमा पनि बनेन गेउरियाको पुल, आगो निभाउन गएको दमकल खोलामै पल्टियो
सेतोपाटी संवाददाता पर्सा प्रहरीले बिल बिजकभन्दा बढी खुद्रा मालवस्तु बोकेको ट्रक नियन्त्रणमा लिएको छ। बुधबार राति प्रहरीले ना३ख ५६७१ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो।, वीरगञ्ज महानगरपालिका-१६ इदगाह चोकबाट ट्रक नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ।, भन्सार छली गरेर ल्याइएका सामानसहित जगरनाथपुर गाउँपालिका-१ का चालक लालबाबु महरालाई नियन्त्रणमा लिइएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।, बरामद ट्रक र सामानको तीस लाख रुपैयाँ मूल्यांकन गरी आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको उनले बताए।, भन्सार छलेका सामान बोकेको ट्रक नियन्त्रणमा
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा जोरबिजोर प्रणालीमा सवारीसाधन चल्ने भएका छन्।, काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यकाभित्र जोरबिजोर प्रणालीमा यातायात सञ्चालन गर्ने आदेश जारी गरेको हो।, यो आदेश भक्तपुर र ललितपुरमा पनि लागू हुने प्रशासनले जनाएको छ। ललितपुर प्रशासनले पनि काठमाडौं प्रशासनको जस्तै आदेश जारी गरेको छ।, आदेश जारी गर्नुअघि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बसेको थियो। कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रशासनले बिहीबार यस्तो आदेश जारी गरेको हो।, आदेश शुक्रबार राति १२ बजेदेखि लागू हुने काठमाडौंकी निमित्त प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलले जानकारी दिइन्।, अर्को आदेश जारी नहुञ्जेलसम्मका लागि यो आदेश जारी गरिएको उनले बताइन्।, यसैगरी, सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुलाई मास्क अनिवार्य, सेनिटाइजरको वव्यवस्था, चालक र सहचालकले फेस सिल्ड लगाउनुपर्ने, सवारीसाधनलाई दैनिक निसंक्रमित गर्ने, मासस्क नलगाउने व्यक्तिलाई सवारीसाधनमा प्रवेश नदिने प्रशासनको आदेशमा उल्लेख छ।, आदेश औषधी, स्वास्थ्य सामग्री बोक्ने सवारीसाधन, एम्बुलेन्स, दमकल, शवबाहन, ग्यास तथा पेट्रोलियन पदार्य बोकेका साधन, पशुपन्छीका दाना, अण्डा, फलफूल, खाद्यान्न, तरकारी र माछामासु बोकेका साधनबाहेकमा लागू हुने छ।, लामो दुरीमा चल्ने सार्वजनिक यातायातमा बीच बाटोमा थप यात्रु नचढाउने गरी सुरूदेखि अन्तिम गन्तव्यसम्म यातायात सञ्चालन गर्ने, यात्रुहरूको विवरण जिल्लास्थित कोभिड-१९ संकट व्यवस्थापन केन्द्रमा उपलब्ध गराउनुपर्ने छ।, यस्तै, आदेशमा लामो दुरीमा चल्ने यात्रुहरूलाई सम्भव भएसम्म एन्टिजेन परीक्षण व्यवस्था मिलाउन भनिएको छ।, आदेशमा आसभा, जुलुस, सभा, भेला, सम्मेलन, सिनेमा हल, डान्सबार, दोहोरी नाचघर, क्यासिनो, क्लब, हेल्थ क्लब, जिमखाना, रंगशाला, महोत्सव, स्वीमिङ पुल, हाटबजार लगायत बन्द हुनेछन्।, शैक्षिक संस्थाहरू भौतिक उपस्थितिमा पठन-पाठन गराउन पाइने छैन। विश्वविद्यालय, विद्यालयका परीक्षा, भर्नालगायत सबै किसिमका परीक्षा गराउन पाइने छैन।  , अब काठमाडौं उपत्यकामा जोरबिजोरमा सवारीसाधन चल्ने
सेतोपाटी संवाददाता उच्च अदालत पाटनका १३ न्यायाधीश कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्।, अदालतका रजिष्टार ठगेन्द्र कट्टेलका अनुसार ५७ कर्मचारीमा समेत कोरोना सङ्क्रमण पुष्टि भएको छ।, यस्तै, सर्वोच्च अदालतमा एक न्यायाधीश र ३९ कर्मचारी कोरोनाबाट सङ्क्रमित भएका छन्।, सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार देशभरिका अदालतमा न्यायाधीश र कर्मचारीसहित १५० भन्दा बढीलाई कोरोना सङ्क्रमण भएको छ। रासस, उच्च अदालत पाटनका १३ न्यायाधीशलाई कोरोना
सेतोपाटी संवाददाता फेवातालमा बिहीबार विदेशी नागरिक मृत अवस्थामा भेटिएका छन्।, ती पुरूष बेलायतका नागरिक रहेको साथमा भेटिएको झोलामा रहेको पासपोर्टबाट थाहा भएको कास्की प्रहरीले जनाएको छ।, डिएसपी सुन्दर तिवारीका अनुसार पासपोर्टमा नाम मार्क सुट र उमेर ४६ वर्ष उल्लेख छ। उनी २०१९ मै नेपाल आएको थाहा भए पनि अन्य जानकारी नखुलेको तिवारीले जनाए।, पोखरा २२ अँधेरीखोलानजिकै पूर्वी फेवातालमा तैरिरहेको अवस्थामा मार्क भेटिएका थिए।, दिउँसो साढे १२ बजेतिर डुंगा चालक रामचन्द्र परियारले शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो। शव सड्न लागेको अवस्थामा भेटिएको तिवारीले बताए।, कास्की प्रहरी प्रवक्ता तिवारीका अनुसार शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।, शरीरमा बाहिरी चोटपटक नरहेकोले पोष्टमार्टमपछि थप कुरा खुल्ने उनले बताए। , फेवातालमा मृत फेला परे विदेशी नागरिक
सेतोपाटी संवाददाता अरनिको राजमार्गसँग जोडिएको भक्तपुरको रिखेटार क्षेत्रमा करिब सय रोपनी सार्वजनिक जग्गा हडपिएको भन्दै नागरिक सरोकार समितिले संरक्षण गर्न सरकारसँग माग गरेको छ।, समितिले भक्तपुर सूर्यविनायक नगरपालिका-९ स्थित उक्त जग्गा ‘भू-माफिया’ले हडपेको भन्दै संरक्षण गर्न माग गरेको हो।, बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर समितिले ग्रीन हाउजिङ प्रालिले त्यहाँका वडाध्यक्ष उपेन्द्रराज केसीसँग गोप्य सम्झौता गरी सार्वजनिक जग्गा कब्जा गरेको दाबी गरेको छ।, समितिले व्यक्तिहरूको नाममा रहेको ७३ रोपनी र नेपाल सरकारको नाममा रहेको ५३ रोपनी ५ आना जग्गा हाउजिङ कम्पनीले लिएको उल्लेख दाबी गरेको छ। , वडा कार्यालयले गरेको सम्झौता नेपाल सरकारको सम्पत्ति र प्राकृतिक सम्पदा, खानेपानी, सिँचाइ, चरिचरण र वनजंगलमाथि हस्तक्षेप भएको समितिको भनाइ छ।, समितिका सदस्य पशुपति खत्रीले हाउजिङ कम्पनीले वडा कार्यालयसँगको मिलेमतोमा सय रोपनी भन्दाबढी जग्गा हाउजिङले कब्जा गरेको बताए।, सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने जिम्मा स्थानीय निकायको भए पनि स्थानीय तहहरूले नै हाउजिङसँग मिलेमतो गरेको उनले आरोप लगाए। खत्रीले भने, ‘यो विषयमा सम्बन्धित स्थानमा कुरा राख्दा कुनै पनि हिसाबले सरकारी जग्गा हिनामिना हुन दिदैनौं भन्ने तर काम रोक्न कसैले पनि सकेनन्।’, सबै गाउँलेहरू एकीकृत भएर सार्वजनिक जग्गा, सम्पत्तिको रक्षा गर्न नागरिक समिति गठन गरेको उनले जानकारी दिए। उनले भने, ‘आज हामी सरकारी सम्पत्ति सुरक्षा र सम्पत्ति हिनामिना नहोस् भनेर यहाँसम्म आएका छौं।’, सदस्य खत्रीले अबको केही दिनमा पनि हाउजिङको काम नरोकिएमा कानुनी रूपमा अगाडि बढ्ने चेतावनी दिए।, यसको बारेमा वकिलसँग पनि कुरा भइरहेको बताए। प्रधानमन्त्री कार्यालयमा गएर कुरा राख्दा समेत सुनुवाइ नभएको उनले बताए। त्यस्तै, सहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई कुरा राखेको उनले बताए। झाँक्रीले तत्काल काम रोक्ने आश्वासन दिए पनि काम नरोकिएको उनले गुनासो पोखे।, प्रधानमन्त्री कार्यालयदेखि वडासम्म जाँदा पनि काम नभएको भन्दै उनले भने, ‘पैसाको अगाडि कसैको पनि केही नलाग्दो रहेछ। पैसासँग सबै डराउने रहेछन्। सकिँदैन रहेछ।’, हाउजिङ कम्पनीले भक्तपुरमा सय रोपनी सार्वजनिक जग्गा हडपेको दाबी
रासस तनहुँको बन्दीपुरमा निर्माणाधीन पाँचतारे होटलसहितको केबुलकारमा लगानी वृद्धि भएको छ। , होटल र केबुलकारको स्तरोन्नति गरिएपछि लगानी बढेको हो।, बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले केबुलकार र होटलको क्षमता बढेकाले लगानी पनि वृद्धि भएर रु दुई अर्ब ६० करोड पुगेको जानकारी दिए।, यस अगाडि केबुलकारको क्षमता प्रतिघण्टा तीन सय रहेकामा त्यसलाई बढाएर पाँच सय पुर्‍याइएको छ।, होटलको कोठा संख्या ६६ रहेकामा त्यसलाई बढाएर ८७ पुर्‍याइएको छ।, शर्माका अनुसार केबुलकारको संरचनाको काम ९५ प्रतिशत सकिएको छ।, कोरोना कहरका कारण संरचना निर्माणमा ढिलाइ भएको उनले बताए।, 'दुई वर्षदेखि कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमले धेरै काम प्रभावित भयो', उनले भने, 'कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमकै बीचमा पनि स्वास्थ्य मापदण्ड अपनाएर काम सुचारू गर्दै आएका छौं।', विसं २०७५ साउन पहिलो साता शिलान्यास भई विसं २०७७ फागुन १ गते केबुलकार सञ्चालन गर्ने लक्ष्य लिइएको थियो।, तर कोभिड-१९ को प्रभावका कारण उक्त लक्ष्य प्रभावित भएको छ।, अब विसं २०७९ फागुन १ गते बटम स्टेशनको सम्पूर्ण काम र केबुलकारको सम्पूर्ण काम सकेर व्यावसायिक सञ्चालन गरिने शर्माले जानकारी दिए।, कम्पनीले विसं २०७९ वैशाख १ गतेदेखि होटललगायत सम्पूर्ण पूर्वाधार प्याकेजसहित फुलफेजमा पर्यटन पूर्वाधारयुक्त केबुलकार परियोजना सञ्चालनमा ल्याउने रणनीति बनाएको थियो।, माथिल्लो स्टेशनको बहुआयामिक चारतारे होटलसहितको निर्माण सम्पन्न गरी विसं २०८० असोज १ गते परियोजना मूलयोजना सञ्चालनमा ल्याउने तयारी गरिएको छ।, तर कम्पनीले त्यस भन्दा अगावै विसं २०७८ फागुन १ गते रेष्ट्रो जोन जोन सञ्चालनमा ल्याउने भएको छ।, 'केबुलकारभित्र रेष्ट्रोको सुविधा प्रत्येक आकर्षण र हट प्रडक्ट बन्छ, प्रत्येक दिनको अफ आवर साँझ ५ बजेदेखि ९ बजेसम्म यो सेवा दिने तयारीमा छौं,' शर्माले भने।, उनका अनुसार तल्लो र माथिल्लो स्टेशनमा रेष्टुरेण्ट हुने भएकाले रेष्ट्रो प्याकेजमा सेवा दिनसक्नेछ। , यहाँ ल्याण्डस्क्यापिङ र कृत्रिम झरना पनि बनाइनेछ। बन्दीपुरको ऐतिहासिकता झल्कने गरी बन्दीपुर घडी, बन्दीपुर गार्डेन बनाउने लक्ष्य लिइएको छ।, यस गार्डेनभित्र बटम स्टेशनको पाँच तलामाथिबाट पानीको आकर्षक झरना बनाइनेछ। यसले पर्यटकलाई लोभाउने विश्वास गरिएको शर्माले बताए। यसैगरी वाटर पार्क, म्युजिकल वाटर शो बनाउने लक्ष्य छ। , बन्दीपुर गाउँपालिका-४ ठूलाढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केबुलकारबाट एसियाकै ठूलो दाबी गरिएको बिमलनगरस्थित सिद्धगुफा पनि अवलोकन गर्न सकिनेछ।, ठूलाढुङ्गास्वाँराबाट सुरू हुने केबुलकार सिद्धगुफाको छेउहुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केवलकारले एक किलोमिटर ६०० मिटर यात्रा गर्नेछ । , आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन प्रालि, पन्चासे केबुलकार एण्ड टुर्स प्रालि, टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयबासीको लगानीमा केवलकार परियोजना निर्माणको कामलाई अगाडि बढाइएको हो। लगानीदाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीको कम्पनी हो, जहाँ एक हजार एक सय भन्दा बढी लगानीकर्ता रहेका छन्। ,  , बन्दीपुरमा पाँचतारे होटल र केबुलकारमा दुई अर्ब ६० करोड लगानी
रासस प्रहरीले नक्कली नोट कारोबारमा संलग्न दुई व्यक्तिलाई पक्राउ गरेको छ।, चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ३ बस्ने २५ वर्षीया पवित्रा घताने र राप्ती–७ का २७ वर्षीय गगनलाल तामाङलाई प्रहरीले पक्राउ गरेको छ।, भरतपुरको बेलचोकमा रहेको एक फेन्सी पसलमा नक्कली नोट दिएर कपडा खरिद गरेपछि कारोबारी पक्राउ परेका हुन्।, घतानीबाट १० थान रु एक हजारका नक्कली नोटसहित उनीहरुलाई पक्राउ गरिएको थियो।, उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत मुद्रासम्बन्धी कसूर (खोटा मुद्रा) मुद्दामा चितवन जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिएर अनुसन्धान थालिएको छ।, पक्राउ परेकाबाट नक्कली रु एक हजार रुपैयाँका १० थान नोट, एक/एक थान मोबाइल र ल्यापटप बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, निजहरुका साथबाट गगनबहादुर तामाङ नामको सैर्य दैनिकको प्रेस कार्डसमेत फेला परेको छ। पत्रिकाले भने निज आफ्नो कार्मचारी नभएको जनाएको छ।, नक्कली नोट दिएर लुगा किन्नेहरू पक्राउ
सेतोपाटी संवाददाता अर्थ मन्त्रालयअन्तर्गत भन्सार विभाग त्रिपुरेश्वर काठमाडौंले भन्सार एजेन्टको लिखित परीक्षा स्थगित गरेको छ।, यही माघ २९ गतेका लागि परीक्षा तोकिएको थियो।, भन्सार एजेन्टको इजाजतपत्रका लागि विभागले ०७७ चैत १६ मा दरखास्त आह्वान गरेको थियो।, कोरोना महामारीका कारण एजेन्टहरूको लिखित परीक्षा स्थगित गरिएको विभागले जानकारी दिएको छ।, लोक सेवा आयोग र त्रिभुवन विश्वविद्यालयले पनि परीक्षा स्थगित गरेको भन्दै विभागले भन्सार एजेन्टहरूका लागि लिइने परीक्षा स्थगित गरिएको जनाएको छ।, परिस्थिति सहज हुनासाथ परीक्षाको मिति तय गरिने विभागको भनाइ छ।, यस्तो छ सूचना:, भन्सार एजेन्टको परीक्षा स्थगित
सेतोपाटी संवाददाता नेपाल प्रहरी अस्पताल महाराजगञ्जले नर्स र कर्मचारी माग गरेको छ।, कोरोना रोकथाम तथा नियन्त्रण कार्यका लागि करार सेवामा २७ जना नर्स र १० जना सरसफाइ गर्ने कर्मचारी माग भएको अस्पतालले जनाएको छ।, इच्छुकहरूबाट आवेदनसमेत माग गरिएको छ।, नेपाल प्रहरीको वेबसाइट ,www.nepalpolice.gov.np, मा यसबारे सूचना प्रकाशित गरिएको अस्पतालले जनाएको छ।, यस्तो छ सूचना:, प्रहरी अस्पतालले माग्यो नर्स र कर्मचारी
सेतोपाटी संवाददाता पश्चिमी वायुको प्रभाव कायमै रहेकोले सोमबारसम्म मौसम सफा नहुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, हाल देशभर आंशिकदेखि सामान्य बदली भई बागमती तथा प्रदेश नम्बर १ का थोरै स्थानमा हल्का वर्षा/हिमपात भइरहेको छ। मौसमविद्ले बताएका छन् ।, मौसविद् शान्ति कँडेलका अनुसार काठमाडौं उपत्यकासहित देशका अधिकांश ठाउँमा आज पनि सिमसिम पानी परिरहेको छ।, आज दिउँसो कतै कतै केहीबेर घाम देखिए पनि फेरि बादल लाग्ने कँडेलले जानकारी दिइन्।, ‘यो प्रणाली सोमबारसम्म रहने देखिन्छ, फेरि अर्को प्रणाली नआए त्यसपछि मौसम सफा हुनेछ’, कँडेलले भनिन्, ‘अहिले काठमाडौंसहित प्रदेश-१ र वाग्मती प्रदेशका केही ठाउँमा हल्का पानी परिरहेको छ। उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भइरहेको छ। आज दिउँसो पनि मौसम खुला हुन्न।’, यस्तै, राति पनि देशका एक/दुई ठाउँमा हल्का पानी पर्ने छ भने उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात हुने सम्भावना छ।, पश्चिमी वायुको प्रभावका कारण भोलि र पर्सि पनि मौसम यस्तै रहने मौसमविद् कँडेलले जानकारी दिइन्।, हल्का वर्षा र बादलका कारण देशभरको अधिकतम तापक्रम घटेको छ। अधिकतम तापक्रम अझै घट्नसक्ने कँडेलले सचेत गराइन्।, मौसम बद्ली भइरहेकाले न्यूनतम तापक्रम भने घटेको छैन। तर अधिकतम तापक्रम घट्दा चिसो बढ्छ।, सोमबारसम्म मौसम सफा नहुने, आज पनि हल्का वर्षा र हिमपातको सम्भावना
सेतोपाटी संवाददाता बैतडीमा माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएको छ।, सिगास गाउँपालिका वडा नम्बर ९ सगीनाडमा बिहीबार मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो।, उक्त दुर्घटनामा कञ्चनपुरका करिब २७ वर्षीय धनराम चौधरीको मृत्यु भएको हो।, प्रहरीका अनुसार चौधरी आफैँले उक्त मोटरसाइकल चलाएका थिए।, उनको घटनास्थलमै मृत्यु भएको थियो।, मोटरसाइकल अनियन्त्रित हुनुको कारण खुलेको छैन। प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।, मोटरसाइकल अनियन्त्रित हुँदा बैतडीमा एकको मृत्यु
रासस धेरै प्रजातिको चरा पाइने कथन रहँदै आएको चाँगुनारायण नगरपालिकाको जङ्गल क्षेत्रमा गणना सुरु गरिएको छ।, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक कमलराज गोसाइँसहितको टोलीले वडा नम्बर ६ र ७ को सिमाना क्षेत्रमा रहेको मुहानपोखरी आसपास क्षेत्रमा रहेका चराको गणना सुरु गरेको हो।, त्रिवि केन्द्रीय वातावरण विज्ञान विभागलगायत विभिन्न कलेजका स्नाकोत्तर तह र विद्यावारिधि अध्ययनरत विद्यार्थी एवं पक्षी संरक्षण सङ्घका प्रतिनिधि सहभागी रहेको टोलीले चरा गणना सुरु गरेका हुन्।, गोसाइँका अनुसार चाँगुनारायणको यस क्षेत्रमा ५३ प्रजातिका चरा पाइन्छन्। थप प्रजातिका चराको पनि गणनाको क्रममा अध्ययन हुनेछ।, चाँगुनारायण नगरपालिकाबाट सुरु भएको चराको गणना र अध्ययन अरु क्षेत्रमा पनि गरिने उपप्राध्यापक गोसाइँले बताए।, चाँगुनारायण जंगलमा चरा गणना सुरु
सेतोपाटी संवाददाता नारायणगढ-मुग्लिन सडकको तोपेखोलामा सुख्खा पहिरो झरेर सवारी आवागमन बन्द भएको छ।, चितवनको इच्छाकामना गाउँपालिका-६ अन्तर्गत तोपेखोलामा राति अन्दाजी साढे २ बजे सुख्खा पहिरो झरेर दुबैतर्फ बाटो अवरुद्ध भएको हो।, जिल्ला ट्राफिक प्रहरी कार्यालयले अहिले पहिरो पन्छाउने कार्य भइरहेको जानकारी दिएको छ।, पहिरो हटाउन केही घण्टा समय लाग्ने उक्त कार्यलयले जनाएको छ। कार्यालयका अनुसार पहिरो पन्छाउन करिब तीन घण्टा लाग्ने छ।, पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध
रासस गत बर्खामा आएको गेग्रानसहितको बाढीले पुरिएका संरचना पुनःनिर्माणमा सम्बन्धित निकायले ध्यान नदिँदा मेलम्ची खानेपानी आयोजनामाथिको अन्योल कायमै छ ।, सरकारले आगामी वैशाखभित्र मेलम्चीको पानी पुनः काठमाडौँ उपत्यकावासीका धारामा खसाल्ने बताए पनि पुरिएका संरचनाको पुनःनिर्माणमा भने सम्बन्धित निकायको चासो गएको छैन । ,  , गत असार १ गतेको बाढीका कारण फेरि अनिश्चित बनेको मेलम्ची खानेपानी आयोजना सञ्चालनमा सरकारको ध्यान गएको पाइन्न । दैनिक १७ करोड लिटर पानी काठमाडौँ लैजाने गरी सुरु भएको काम पूर्णरूपमा सम्पन्न नहुँदै गेग्रानभित्र पुरिएको थियो । हेलम्बु गाउँपालिकाले आयोजनाको बाँधस्थलसम्म अस्थायी बाटो निर्माण गरी सञ्चालनमा ल्याए पनि अन्य कुनै काम सुरु हुनसकेको छैन, जसले वैशाखभित्र काठमाडौँका धारामा पुनः पानी खसाल्ने सरकारी योजना पूरा नहुने देखिएको गाउँपालिकाका अध्यक्ष निमाग्यालजेन शेर्पाले बताए।, आयोजनाको बाँधस्थलमा १५ मिटर अग्लो गेग्रान थुप्रिएको छ भने पानी नियन्त्रणका लागि बनाइएका संरचना बगरभित्र हराएका छन् । आयोजनाबाट प्रभावित स्थानीय तहसँग अहिलेसम्म समन्वय नभएको र आयोजनास्थलमा कुनै कामको सुरुआत नहुनुले पनि सरकारले तोकेको समयमै पानी काठमाडौँ जान्छ भन्ने विश्वास गर्न सकिने आधार नभएको मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले बताए।, असार १ गतेकै बाढीका कारण मेलम्ची आयोजनाको दोस्रो चरणको याङरी, लार्केको कामसमेत अलपत्र अवस्थामा छ । याङरीखोला थुनिएर आएको बाढीले निर्माणाधीन पक्की पुल, सडकलगायत आयोजनाको मुहानस्थलसम्मको पहुँचमार्ग बगाएको छ भने निर्माण सामग्री बेवारिसे अवस्थामा छन् । याङरीखोलाको बाढीले तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको याङरी, लार्के खानेपानी स्थानीय सरोकार समितिका अध्यक्ष गोपाल स्याङवोले बताए।, ३५ अर्बभन्दा बढी लगानीमा आयोजना सुरु भएको २२ वर्षपछि मेलम्चीको पानी काठमाडौंका धारामा झरे पनि बाढीले क्षति पुर्‍याएपछि आयोजनाको भविष्य अझै अन्योलमा छ। पाँच वर्षभित्र दोस्रो चरणको याङरी र लार्केखोलाको पानीसमेत सरकारले काठमाडाँै लैजाने बताए पनि कामको शैली हेर्दा विश्वास गर्ने आधार नरहेको बताइन्छ।, मेलम्ची खानेपानी आयोजनामा सम्बन्धित निकायको चासो कम
रासस महामारीका रूपमा फैलिएको कोभिड–१९ विरुद्ध लगाइने खोप उपल्लो डोल्पाका सर्वसाधारणले नपाउने भएका छन्।, बाह्र वर्षदेखि १७ वर्षसम्मका बालबालिकाले मोडर्ना खोप र १७ वर्षमाथिका सर्वसाधारणले भेरोसेल, ६० वर्षमाथिका सर्वसाधारणलाई बुस्टर खोप अन्य पालिकामा लगाइरहेको भए पनि उपल्लो डोल्पाका तीन पालिकाका कुनै पनि सर्वसाधारणले खोप लगाउन पाएका छैनन्।, स्वास्थ्य सेवा कार्यालय डोल्पाले यहीँ माघ १० देखि १३ गतेसम्म खोप लगाउन मध्य र तल्लो डोल्पाका सर्वसाधारणलाई मात्र सूचना निकालेको छ। उपल्लो डोल्पामा खोप लगाउन नसकिने भन्दै कार्यालयले सूचनामा उल्लेख गरेको छ।, सिसीएमसीको बैठकले माघ १६ देखि २० गतेसम्म विद्यार्थीलाइ खोप लगाउनका लागि विद्यालय खोल्ने निर्णय गरिएको थियो। सिसीएमसीसीले निर्णय गरे पनि उपल्लो डोल्पामा विद्यार्थीले यो समयमा खोप नपाउने भएका छन्। त्यस्तै खोप कार्ड नभएको व्यक्तिले माघ ७ देखि सरकारी सेवा लिन नपाउने निर्णयले उपल्लो डोल्पाका सर्वसाधारण पीडित हुने भएका छन्।, भारी हिमपातका कारण उपल्लो डोल्पाका सर्वसाधारणले कोभिडविरुद्धको खोप लगाउन पाएका छैनन्। उपल्लो डोल्पामा खोप लिएर तीन पालिकाका सर्वसाधारणलाई लगाउन नसक्ने अवस्था आएपछि यहाँका सर्वसाधारण खोपविहीन बन्नुपरेको हो।, हिमपातका कारण उपल्लो डोल्पा बन्धकजस्तै भएको छ। बाटो हिउँले पुरिदिएपछि कुनै पनि सेवा उपल्लो डोल्पाका सर्वसाधारणले पाउन सकेका छैनन् ।, त्यस्तै अन्य बालबालिकालाई लगाइने नियमित खोप, सुरक्षित सुत्केरी सेवा कात्तिकदेखि फागुन मसान्तसम्म नै बन्द छ। शे–फोक्सुण्डो, छाकाताङसुङ र डोल्पोबुद्ध गाउँपालिकाभित्रका सर्वसाधारण हिमपात र चिसोका कारण पाँच महिना सदरमुकाम दुनैलगायत देशका विभिन्न ठाउँमा जाने काम पूर्णरूपमा ठप्प हुने गर्दछ।, त्यस्तै ती पालिकामा खटिने स्वास्थ्यकर्मी, महिला स्वयंसेविकले समेत खोप नपाएको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक टेकबहादुर गुरुङले बताए।, उपल्लो डोल्पाका सर्वसाधारणले कोरोनाविरुद्धको खोप तत्काल नपाउने
रासस मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले परीक्षाका सबै कार्यक्रम स्थगन गरेको छ।, परीक्षा व्यवस्थापन कार्यालयले कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमण फैलावटका कारण आजदेखि परीक्षा स्थगन भएको जनाएको छ।, परीक्षा व्यवस्थापन प्रमुख डा आनन्दप्रसाद सुवेदीले अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगन गरिएको जानकारी दिए।, यही माघ २ गतेदेखि इञ्जीनियरिङ सङ्कायअन्तर्गत स्नातक तह प्रथम सेमेस्टरको परीक्षा चलिरहेको थियो।, स्थगन गरिएका परीक्षाका कार्यक्रम कम्तीमा सात दिनको सूचना दिई पुनः प्रकाशन गरिने परीक्षा व्यवस्थापन कार्यालयले जनाएको छ।,  , मध्यपश्चिम विश्वविद्यालयले रोक्यो परीक्षा
रासस काठमाडौँ महानगरपालिकाले महामारी तीव्ररूपमा बढिरहेका बेला केही निजी विद्यालय सञ्चालन भइरहेको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ।, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयविपरीत महानगरपालिकाका केही निजी विद्यालय सञ्चालन भइरहेका छन्।, कोरोना भाइरसको तेस्रो लहर तीव्ररूपमा बढिरहेको भन्दै सरकारले गत पुस २७ गतेदेखि सबै विद्यालय भौतिक उपस्तिथिमा सञ्चालन नगरी वैकल्पिक माध्ययमबाट सञ्चालन गर्न निर्देशन दिएको थियो।, सरकारले दिएको निर्देशनको बेवास्ता गरी महानगरपालिकाका वडा नम्बर १५ र १८ का केही निजी विद्यालय सञ्चालन भइरहेका बताइएको छ।, कामपा–१५ मा सञ्चालित फ्युचरस्टार बोर्डिङ स्कुलले बिहान र दिउँसो दुई समूहमा पठनपाठन गरिरहेको छ।, त्यस्तै कामपाकै घना बस्ती रहेका अन्य केही वडामा पनि विद्यालय सञ्चालन भइरहेका जनाइएको छ।, यस सन्दर्भमा महानगरपालिकाका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले सरकारले जारी गरेको निर्देशनविपरीत सञ्चालन भएका विद्यालय तत्काल बन्द नगरे कारबाही गर्ने चेतावनी दिए।, ‘महामारी नियन्त्रणका लागि सबैले साथ र सहयोग गर्नुपर्ने समयमा निर्देशनविपरीत शुल्क लिने बहानामा विद्यालय सञ्चालन गर्नु दण्डनीय छ,’ उनले भने।, अहिले पनि सबै विद्यार्थीमा खोपको पहुँच पुगेको छैन। बाह्र वर्ष उमेर पुगेका विद्यार्थीले खोप लगाए पनि अझै धेरैले खोप लगाउन बाँकी छ।, ‘महामारी बढिरहेको समयमा विद्यालय खोल्नु घातक छ, यो तत्काल रोक्नुपर्छ, अन्यथा कडा कारबाही हुन्छ। सरकारले भौतिकरूपमा मात्रै विद्यालय सञ्चालन नगर्न भनेको हो, यसअघि झै अनलाइनका माध्ययमबाट विद्यालय सञ्चालन गर्न सकिन्छ,’ उनले भने।, अहिले काठमाडौँ उपत्यका महामारीको केन्द्र बनेको छ। यहाँ दैनिक सात हजार सङ्क्रमित देखिन थालेका छन्।, महामारी नियन्त्रण गर्न भन्दै लोकसेवा आयोग र त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्ने परीक्षासमेत स्थगन गरिसकेको अवस्था छ भने यातायातका साधनमा पनि जोर–बिजोर प्रणली लागू गरिसकिएको छ।, पछिल्ला केही दिनयता देशभर दैनिक १२ हजार बढी कारोना सङ्क्रमित थपिइरहेका छन्।, सरकारको निर्देशन अवज्ञा गर्ने बोर्डिङलाई कारबाहीको चेतावनी
सेतोपाटी संवाददाता सैनिक अनुशासन उल्लंघन गरेको आरोपमा जंगी अड्डाले उपरथी अनन्त कार्कीमाथि कारबाहीको तयारी गरेको छ।, उपरथी कार्कीले आफ्नो पदावधि नथपिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयमा लिखित उजुरी दिएका थिए।  , उनले राष्ट्रपति, सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई उजुरीको बोधार्थसमेत पठाएका थिए। सैनिक ऐनअनुसार उपरथीको कार्यकाल थप्ने/नथप्ने अधिकार प्रधानसेनापतिमा निहित छ।, उपरथी कार्कीको कार्यकाल नथपिएपछि उनले माघ २४ गतेदेखि अवकास पाउँदैछन्।, त्योभन्दा १५ दिनअगावै विदामा बस्ने सैनिक परम्परा छ।, त्यसैले कार्कीमाथि १/२ दिनभित्रै कारबाही हुन सक्ने सैनिक स्रोतले बतायो।, 'उहाँले चेन अफ कमाण्डको उल्लंघन गर्नुभएको छ। चित्त नबुझेमा प्रधान सेनापतिलाई पहिला भन्ने हो। त्यसपछि तालुकदार रक्षा मन्त्रालयसमेत छ। तर उहाँ सिधै प्रधानमन्त्री कार्यालय पुग्नुभएको छ,' सैनिक स्रोतले भन्यो,'उहाँले त मिडियाबाजी समेत गर्नुभएको छ। उहाँलाई यस्तै कारबाही हुन्छ भन्न सकिँदैन तर कुनै न कुनै रूपको सांकेतिक कारबाही हुनसक्छ।', यो पनि पढ्नुस्:, आफ्नो पदावधि नथपिएपछि सेनाका उपरथी कार्कीले प्रधानमन्त्रीको सचिवालयमा गरे उजुरी, उपरथी कार्कीलाई कारबाही गर्ने सेनाको तयारी
सेतोपाटी संवाददाता धनगढीमा मोबाइल चोरी गरेको आरोपमा दुई जना प्रहरी हिरासतमा परेका छन्।, प्रहरी हवल्दार होमबहादुर माल र जवान भरत बुढालाई हिरासतमा राखेर चोरी मुद्दामा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।, माघ ५ गते धनगढीको मोबाइल ग्यालरीमा प्रहरी टोली पुगेको थियो। कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी टोली पुगेको थियो।, त्यस क्रममा तीन जना लागुऔषध कारोबारी ब्राउनसुगरसहित समातिएका थिए।, प्रहरी टोलीमा गएका माल र बुढाले एक-एक वटा मोबाइल चोरी गरेको सिसिटिभी फुटेजमा देखिएको छ।, ‘उनीहरूबाट एउटा-एउटा मोबाइल चोरी भएको फुटेजमा देखियो, ती मोबाइल बरामद भइसकेको छ,’ अधिकारीले भने।, पक्राउ परेकालाई शुक्रबार म्याद थपका लागि अदालतमा लैजाने प्रहरीको तयारी छ।, धनगढीमा प्रहरीले नै मोबाइल चोरेपछि…(भिडिओ)
सेतोपाटी संवाददाता स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकनमा दोलखाको शैलुङ गाउँपालिका देशभरीकै उत्कृष्ट भएको छ।  , स्थानीय तहको कार्य प्रक्रिया र उपलब्धिको बारेमा लेखाजोखा गरी सुशासन कायम राख्न गरिएको स्वमूल्यांकनमा गाउँपालिकाले ८९.५ प्रतिशत अंक प्राप्त गरेको छ।, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूको विभिन्न १० वटा विषय क्षेत्रको एक हजार २४ वटा सूचकाङ्क तयार गरेर स्वमूल्यांकन गर्ने गर्छ।, शैलुङ गाउँपालिकाले गत वर्ष पनि देशभरीका गाउँपालिकामध्ये सबैभन्दा बढी अंक ल्याउन सफल भएको थियो।  , ‘गत आर्थिक वर्ष देशभरीका ४ सय ६० वटा पालिकाहरूमध्ये सबैभन्दा ८८ नम्बर ल्याउन सफल भएको थियो,’ पालिकाका अध्यक्ष भरतप्रसाद दुलालले भने, ‘२०७६ सालमा गाउँपालिकालाई बागमति प्रदेशले प्रदेशकै उत्कृष्ट गाउँपालिकाको रुपमा सम्मान गरेको थियो।’, उनकाअनुसार कार्यसम्पादन, महालेखा परीक्षकको कार्यालयको वित्तीय प्रतिवेदन लगायतका सूचकको आधारमा प्रदेशका १३ वटा जिल्ला १ सय १९ स्थानीय तहमध्ये गाउँपालिका उत्कृष्ट भएको थियो।, स्वमूल्यांकनमा दोलखाको शैलुङ गाउँपालिका देशकै उत्कृष्ट
रासस कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण तीव्र रूपमा फैलिँदै गएपछि शनिबारदेखि राजधानीका सबै संग्रहालय बन्द गरिने भएको छ।, उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बिहीबार सम्पन्न बैठकले आज राति १२ बजेदेखि राजधानीका सबै संग्रहालय बन्द गर्ने निर्णय गरेको थियो।, आजसम्म स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर चलिरहेका संग्रहालय शनिबारदेखि बन्द गर्ने गरी तयारी गरिएको हनुमानढोका दरबार संग्रहालयका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए। ,  , राजधानीमा हनुमानढोका दरबार संग्रहालयका साथै मुख्य रूपमा राष्ट्रिय संग्रहालय, मुद्रा संग्रहालय, नारायणहिटी दरबार संग्रहालय, भक्तपुर र पाटन दरबार संग्रहालयलगायत संग्रहालय छन्।, कोरोना बढ्दै गएपछि सरकारले भिडभाड हुने सबै कार्यालय बन्द गर्ने क्रममा शनिबारदेखि संग्रहालय पनि बन्द गर्न लागेको हो।, अर्को सूचना जारी नभएसम्म संग्रहालय बन्द गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंको विज्ञप्तिमा उल्लेख छ।,  , शनिबारदेखि राजधानीका सबै संग्रहालय बन्द गरिने
सेतोपाटी संवाददाता तोपे खोलामा सुख्खा पहिरो झरेपछि अवरूद्ध बनेको नारायणगढ-मुग्लिन सडक ९ घण्टापछि सवारी साधन चल्न थालेका छन्। , चितवनको इच्छाकामना गाउँपालिका-६ अन्तर्गत तोपे खोलामा बिहान साढे २ बजेतिर सुख्खा पहिरो झरेर बाटो अवरूद्ध भएको थियो। बाटो बन्द हुँदा सयौं सवारी साधन रोकिएका थिए।, जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिबारीले सवा ११ बजेपछि सवारी साधन चल्न थालेको बताए।, सडकमा खसेको पहिरो हटाएपछि यातायातका साधन दुई तर्फी सञ्चालनमा आएको उनले बताए।, ९ घण्टापछि खुल्यो सुख्खा पहिरोले अवरूद्ध नारायणगढ-मुग्लिन सडक
एजेन्सी छिमेकी भारतमा एकैदिन तीन लाख बढी मानिसमा कोरोनाभाइरसको संक्रमण भएको छ।, कोरोनाको तेस्रो लहर चलिरहेको भारतमा पछिल्लो २४ घन्टामा तीन लाख १७ हजार ५ सय ३२ संक्रमित थपिएको बिबिसी हिन्दीले जनाएको छ।, संक्रमणसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि बढेको छ। बुधबार चार सय ९१ जना संक्रमितको मृत्यु भएको छ।, अहिले भारतमा  कोरोनाका सक्रिय संक्रमित १९ लाख २४ हजार पुगेका छन्।, पछिल्लो समय ओमिक्रोन भेरियन्टका कारण संसारभरि कोरोनाको संक्रमण तीव्र रूपमा फैलिइरहेको छ।, भारतमा जनवरी लागेसँगै कोरोनाको संक्रमण उकालो लागेको हो। जनवरी १५  सम्म निरन्तर उकालो लागेको संक्रमण त्यसपछि दुई दिन ओह्रालो लागेको थियो। तर  मंगलबारदेखि  संक्रमण फेरि बढेको हो।, भारतमा एकैदिन तीन लाख बढी संक्रमित, झन्डै पाँच सयको मृत्यु
रासस बाँकेको कोहलपुर नगरपालिकामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।, कोहलपुर–१४ हवल्दारपुरमा गए राति करिब १० बजे ट्रकले ठक्कर दिँदा नेपालगञ्ज उपमहानगरपालिका–७ का त्रिलोक केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताए।, उनकाअनुसार हवल्दारपुरस्थित विकासे पुलमा रहेको धर्मकाटाँमा कार्यरत कर्मचारी केसीलाई भे१क १९९९ नम्बरको ट्रकले ठक्कर दिएको हो।, ठक्करबाट केसीको मृत्यु भएपछि चालक फरार रहेका छन्।, फरार रहेका चालकको खोजीकार्य जारी रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक खनालले बताए।, ट्रकको ठक्करबाट बाँकेमा एकको मृत्यु
सेतोपाटी संवाददाता प्रहरीमाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका व्यक्ति पुर्पक्षका लागि जेल चलान भएका छन्। , बुधबार काठमाडौं जिल्ला अदालतले प्रहरीमाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका व्यक्तिलाई पुर्पक्षका लागि जेल चलान गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , रामेछाप मन्थली लिखु गाउँपालिका घर भई काठमाडौंको तार्केश्वर नगरपालिका जरङ्खु बस्ने २९ वर्षीय शनि तामाङ जेल चलान भएका हुन्। , पुस १० गते मध्यराति तार्केश्वर-८ शेषमती लामबगर नजिकै उनले दोलखा चरिकोट गाउँपालिका-१ घर भई लामाबगर बस्ने २८ वर्षीय सुवास तामाङलाई खुकुरी प्रहार गरेका थिए। उनीहरूबीच सामान्य विवाद भएको प्रहरी उपरीक्षक मैनालीले बताए।, खुकुरी प्रहारबाट सुवास घाइते भएका थिए। शनि भने घटनास्थलबाट भागेका थिए। , भागेका उनलाई महानगरीय प्रहरी प्रभाग धर्मस्थलीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) पदम अवस्थी पक्राउ गर्न गएका थिए। तर शनिले सई अवस्थीमाथि पनि खुकुरी प्रहार गरी घाइते बनाएका थिए। , सई अवस्थीले आफू घाइते भएर पनि शनिलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक मैनालीले बताए। , घटना सम्बन्धमा प्रहरी वृत्त बालाजुबाट अनुसन्धान गरी सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन पेस गरी काठमाडौं जिल्ला अदालतमा पेस गरिएको थियो। अदालतले शनिलाई पुर्पक्षका लागि जेल चलान गरेको हो। , सईमाथि खुकुरी प्रहार गर्ने व्यक्ति पुर्पक्षका लागि जेल चलान
एजेन्सी दुई वर्षदेखि संसारभरि कोरोनाभाइरसको महामारी चलिरहेको छ। मानिसहरू सकभर संक्रमणबाट जोगिन विभिन्न स्वास्थ्य मापदण्ड पालना गरिरहेका छन्। संक्रमण भइहाले पनि सिकिस्त बिरामी नपरियोस् भनेर खोप लगाइरहेका छन्।, संक्रमणबाट जोगिने हरसम्भव उपाय अपनाएर खोप लगाउँदा पनि कतिले भने विभिन्न कारणले कोरोनासँगको लडाइँ हार्ने गरेका छन्। अहिले पनि दैनिक हजारौं संक्रमितले ज्यान गुमाइरहेका छन्। संसारभरि भइरहेको यो ट्रेन्ड सामान्य र स्वभाविक हो। युरोपेली मुलुक चेक रिपब्लिकमा भने कोरोनाकालको एउटा अनौठो घटना भएको छ।, बिबिसीका अनुसार चेककी एक जना लोक गायिकाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। र उनले जानीजानी आफूलाई कोरोना संक्रमण गराएकी थिइन्।, ५७ वर्षीया हाना होर्काले कोरोनाविरूद्धको खोप लगाएकी थिइनन्। पछिल्लो समय संक्रमण फेरि फैलिन थालेको चेक रिपब्लिकमा सार्वजनिक स्थानहरूमा जान खोप लगाएको प्रमाण देखाउनु पर्छ नभए हालसालै संक्रमित भएको हुनु पर्छ। हानाले खोप लगाउनुको साटो संक्रमित हुने निर्णय गरेकी थिइन्।, हानाका छोरा  जान रेकका अनुसार केही दिनअघि उनी र उनका बुवालाई कोरोना संक्रमण भएको थियो। बाबु-छोरा दुबैले खोप लगाएका थिए। श्रीमान  र छोरा संक्रमित भएपछि हानाले आफूलाई उनीहरूको सम्पर्कबाट टाढा राख्न सक्थिन् तर उनले त्यसो गरिनन्।, ‘कम्तीमा पनि एक सातासम्म उनी हामीबाट अलग हुनुपर्थ्यो। तर आमाले त्यसो गरिनन् जतिबेला पनि हामीसँगै बसिरहिन्,’ उनका छोराले बिबिसीसँग भनेका छन्।, संक्रमित भएकी हानाले सामाजिक सञ्जालमा आफूलाई निको भइरहेको लेखेकी थिइन्। तर गत आइतबार बिहान उनको मृत्यु भयो।, मृत्यु हुनु केही घन्टाअघिसम्म हानाले आफूलाई निको भइरहेको ठानेर हिँड्न जाने तयारी गरेकी थिइन्। अचानक उनलाई ब्याक पेन सुरू भयो।, ‘१० मिनेटमा त आमाको मृत्यु भइहाल्यो,’ उनका छोराले भने।, खोप नलगाएको र हेलचक्र्याइँ गरेका कारण आफ्नी आमाले ज्यान गुमाएको उल्लेख गर्दै उनका छोराले आफ्नी आमाको  घटनाबाट अरूलाई कोरोनाविरूद्ध खोप लगाउने प्रेरणा मिलोस् भनेर यो कुरा सार्वजनिक गरेको बताएका छन्।, कोरोना कालको एउटा अनौठो घटना!
सेतोपाटी संवाददाता जनजागृति माध्यमिक विद्यालयका शिक्षकसहित गोलधापका २१ जनालाई कोरोना संक्रमण देखिएपछि झापाको हल्दीबारी १ नं वडा कार्यालयले लकडाउन घोषणा गरेको छ।, बुधबार गोलधाप स्वास्थ्य चौकीमा ६० जनाको परीक्षण गर्दा १३ पुरूष र ८ महिला गरी २१ जनालाई संक्रमण पुष्टि भएको थियो।, त्यसमा जनजागृति माविका ६ जना शिक्षक छन्।, आज बसेको हल्दीबारी गाउँपालिका वडा नं १ को कारोना रोकथाम नियन्त्रण समिति र सर्वदलीय बैठकले आजदेखि अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि लकडाउन घोषणा गरेको हो।, वडाध्यक्ष त्रिलोचन सापकोटाले जारी गरेको सूचनामा आजदेखि अत्यावश्यक कामबाहेक हिँड्डुल गर्न रोक लगाउने,साप्ताहिक हाटबजार पूर्णरूपमा बन्द गर्ने, स्थानीय व्यवसाय तथा वित्तीय कारोबारहरू स्वास्थ्य मापदण्ड अनिवार्य रूपमा अपनाई सेवा प्रदान गर्ने, ओमिक्रोनको लक्षण हुने र संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङमा पर्नेहरूले प्रत्येक हप्ताको शुक्रबार गोलधाप स्वास्थ्य चौकीमा गई एन्टिजेन टेष्ट गराउने निर्णय गरिएको उल्लेख छ।,  , झापाको हल्दीबारीमा लकडाउन
रासस रोल्पामा श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ परेकी छन्।, सुनछहरी गाउँपालिका–६ फगाम झिरवाङकी ४१ वर्षीया मीना पुनले ४५ वर्षीय पति काले पुनको हँसिया र ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।, मानसिक सन्तुलन ठीक नभएकी मीनाले पति काले गोठमा सुतिरहेको अवस्थामा एक्कासि हँसिया र ढुङ्गा प्रहार गरेको बताइएको छ।, पत्नी मीनाले पति कालेको हत्या गरेको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय जेल्वाङको प्रहरी टोली घटनास्थल पुगी अभियुक्त मीनालाई नियन्त्रणमा लिएको थियो।, घटनामा संलग्न मीनालाई जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्ण रानाले जानकारी दिए।, अभियुक्तलाई इलाका प्रहरी कार्यालय सुलिचौरको हिरासतमा राखिएको छ।, ढुङ्गा र हँसिया प्रहार गरी श्रीमतीले गरिन् श्रीमानको हत्या
रासस गत पुस २६ गते बिहान छोरासहित घरबाट निस्किएकी गलकोट नगरपालिका-७ मल्मकी धनकुमारी बस्नेत विक अझै परिवारको सम्पर्कमा आएकी छैनन्। , पैतीस वर्षीया उनको साथमा चार वर्षीय छोरा सक्षम पनि रहेको श्रीमान राजेन्द्र विकले जानकारी दिए।, सम्पर्कविहीन भएयता निरन्तर खोजी गरिए पनि अहिलेसम्म स्थिति पत्ता लाग्न नसकेको उनको भनाइ छ।, राजेन्द्रले बेपत्ता श्रीमतीको खोजीका लागि प्रहरी र वडा कार्यालयमा निवदेन दिएका छन्।, टेलिफोनको ‘कल डिटेल’ अनुसन्धानका लागि मंगलबार जिल्ला प्रहरी कार्यालयमा पनि निवेदन दिएको राजेन्द्रले बताए। पुस २६ गते साँझ फोनमा कुराकानी भएपछि श्रीमतीसँग रहेको मोबाइल बन्द रहेको उनको भनाइ छ। , ‘म २५ गते गाडी लिएर पोखरा गएको थिएँ, २६ गते घर आउँदा उनी छोरासहित आफ्नो लुगाफाटो लिएर हिँडेकी रहेछिन्’, राजेन्द्रले भने, ‘कुराकानी हुँदा भाइकोमा आएकी छु भन्थिन, पछि मोबाइल बन्द भयो, त्यसपछि सम्पर्क हुन सकेन।’, आफन्त, छरछिमेक र सम्भाव्य ठाउँमा खोजी गर्दा पनि नभेटिएको उनको भनाइ छ। परिवारजनले हराएका आमाछोरा फेला परेमा नजिकको प्रहरी या आफन्तकहाँ खबर गरिदिन आग्रह गरेका छन्। , चार वर्षीय छोरासहित महिला बेपत्ता
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय भक्तपुरले आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ। , कार्यालयको शान्ति, सुरक्षा र मुद्दासम्बन्धी सेवाबाहेक अन्य सेवा बन्द गरिएको प्रजिअ रूद्रादेवी शर्माले जानकारी दिइन्।, कोभिड–१९ को नयाँ भेरियन्टसहितको ओमिक्रोन सङ्क्रमण बढ्दै गएको अवस्थामा जिल्ला प्रशासन कार्यालयमा कार्यरत विभिन्न फाँटका कर्मचारी पनि कोभिड–१९ बाट सङ्क्रमित भई उपचार र आइसोलेशनमा बस्नुपरेकाले  प्रशासनले यस्तो निर्णय गरेको हो।, अत्यावश्यक सेवा लिन चाहने सेवाग्राहीलाई अनिर्वायरूपमा मास्क लगाएर, स्वास्थ्य मापदण्डको पूर्णरूपमा पालना गरी साथमा खोप कार्ड वा मोबाइलमा कार्डको फोटो लिएर लिएर आउन आग्रह गरिएको छ। , जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाह गर्दै आएको शान्ति सुरक्षा, मुद्दासम्बन्धी सेवाबाहेक अन्य सेवा अहिलेलाई स्थगन गरेका छौं’, प्रजिअ शर्माले भननि्, ‘कर्मचारी तथा सेवाग्राहीको नियमित र प्रत्यक्ष सम्पर्क हुने नागरिकता, नागरिकता प्रतिलिपि, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी फाँटका सेवा अर्को सूचना जारी नभएसम्म स्थगन गरेका छौं।’, उनले पूर्णरूपमा स्वास्थ्य मापदण्ड पालना गर्न, अनावश्यकरूपमा घर बाहिर ननिस्कन, अनिवार्य मास्क प्रयोग गर्न र भीडभाड नगर्न सबैमा आह्वान गरेका छन्।,  , आजदेखि जिल्ला प्रशासन कार्यालय भक्तपुरमा अत्यावश्यकबाहेकका सेवा बन्द
सेतोपाटी संवाददाता 'अनलाइन क्यासिनो' चलाएको आरोपमा प्रहरीले कीर्तिपुरबाट १२ जनालाई पक्राउ गरेको छ। , महानगरीय अपराध महाशाखाको टोलीले अनलाइन जुवा तथा क्यासिनो चलाएको आरोपमा १२ जनालाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तबहादुर कुँवरले जानकारी दिए। , प्रहरीले कीर्तिपुरका चोभारसहित तीन ठाउँबाट १२ जनालाई पक्राउ गरेको हो। , पक्राउ पर्नेमा तीन जना सञ्चालक समेत रहेको एसएसपी कुँवरले बताए। बाँकी कर्मचारीहरू छन्।, ‘अनलाइन जुवा र क्यासिनो चलाउने व्यक्तिहरू हुन्। तीन ठाउँबाट तीन जना सञ्चालकसहित कर्मचारीहरू पक्राउ गरेका छौं,’ उनले भने। , उनीहरूले अनलाइनमार्फत् विभिन्न गेमहरू खेलाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। , एक एपमार्फत् उनीहरूले सो अनलाइन क्यासिनो सञ्चालन गरिरहेको पाइएको हो। , उनीहरूले सञ्चालन गरेको अनलाइन गेममा कम्तीमा पनि १० डलर वा सोभन्दा माथिको रकम हाल्नुपर्ने अनुसन्धानमा संलग्न एक प्रहरीले बताए। , पक्राउ परेका व्यक्तिहरू सबै नेपाली रहेको महाशाखाले जनाएको छ।, प्रहरीले पक्राउ परेका व्यक्तिहरूलाई सार्वजनिक गर्ने तयारी गरिरहेको छ। महाशाखाले यस सम्बन्धमा थप अनुसन्धान अघि बढाएको बताएको छ। , 'अनलाइन क्यासिनो' चलाएको आरोपमा कीर्तिपुरबाट १२ जना पक्राउ
नवीनबाबु गुरूङ पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विद्यार्थीले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन्।, अनेरास्ववियु संगठनका विद्यार्थीले बिहिबार काठमाडौंको अस्कल क्याम्पस परिसरमा प्रधानमन्त्रीको पुत्ला जलाएका हुन्।, आन्दोलनरत विद्यार्थी र प्रहरीबीच केहीबेर धकालाकेलसमेत भएको थियो। विद्यार्थीलाई रोक्ने क्रममा सामान्य बल प्रयोग गरेको थियो।, नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटिर ३-३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो ।, नयाँ मूल्यअनुसार अब एक लिटर पेट्रोललाई १ सय ३९ रुपैयाँ तिर्नुपर्ने छ । यसैगरी एक लिटर डिजल र मट्टीतेलको मूल्य समान १२२ रुपैयाँ पुगेको छ।,  , पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको भन्दै विद्यार्थीले जलाए प्रधानमन्त्रीको पुत्ला (तस्बिरहरू)
विवेक राई केही दिनदेखि कोरोना खोप लगाउन चाहिने सिरिन्जको अभाव हुन थालेपछि खोप कार्यक्रम प्रभावित भएको छ।, सरकारले सबै खोप केन्द्रहरूमा खोप पठाए पनि त्यसका लागि चाहिने आवश्यक सिरिन्ज नपठाउँदा खोप कार्यक्रम प्रभावित बनेको हो। , ललितपुरमा मात्र १० देखि १५ हजार वटा सिरिन्जको अभाव रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सतिस विष्टले जानकारी दिए।, 'झन्डै १० देखि १५ हजार सिरिन्जको अभाव भएको हो। केन्द्रमा कुराकानी गर्दा व्यवस्थापन गर्दैछौं भन्नुहुन्छ। सायद केन्द्रमै अभाव भएको होला,' उनले भने।, उनले सिरिन्जको अभावलाई मध्यनजर गर्दै सबै खोप केन्द्रहरूलाई दक्ष जनशक्ति राखेर सकेसम्म सिरिन्ज खेर जान नदिन भनिएको बताए।, हिजै मात्र सबै खोप केन्द्रहरूको निरीक्षण गरेको उल्लेख गर्दै उनले भने, 'खोप केन्द्रहरूलाई एउटा खोपका लागि एउटा सिरिन्ज वितरण गरिएको छ। त्यसैले सकेसम्म खेर जान नदिनुस् भनेर भनेका छौं।', ललितपुरमा सरकारी अस्पतालसँगै आठ वटा निजी अस्पतालहरूलाई खोप केन्द्र तोकिएको छ। जसमा सर्वाङ्ग, स्टार, सुमेरू सिटी, अल्का, निदान, बिएण्डबी, मेडिसिटी र सुमेरू अस्पताल छन्। तर यी निजी अस्पतालहरूमा पनि सिरिन्जको अभाव भएको छ। , अल्का अस्पतालका सञ्चालक कुमार थापा झन्डै आधा मात्र सिरिन्ज उपलब्ध गराइएको बताउँछन्।, 'एक हजार वटा खोप आयो भने ६ सय वटा मात्र सिरिन्ज आएको छ। माग गर्दा पनि सिरिन्ज नै छैन भन्नुहुन्छ।', सरकारले सिरिन्ज उपलब्ध नगराउँदा अल्का अस्पतालले खोप लगाउन आउने व्यक्तिलाई नै सिरिन्ज किन्न लगाएर खोप लगाइदिएको छ।, थापाले भने, 'पुग्ने जतिलाई सरकारले दिएकै सिरिन्जबाट खोप लगाउने र नपुग्नेलाई किनाउने गरेका छौं।', सबै खोप केन्द्रहरूमा माग भए अनुसार सिरिन्जको व्यवस्थापन गर्न नसक्दा धेरै मानिसहरू घण्टौ लाइन बस्दा पनि खोप लगाउन पाएका छैनन्।, सीमित खोप केन्द्रहरूमा मात्र सिरिन्जको माग पुर्याउन सक्दा ती केन्द्रहरूमा मानिसहरूको अत्यधिक भिड हुने गरेको छ। टेकु अस्पतालमा हिजो धेरै मानिसहरूले खोप लगाउन नपाएपछि झपड नै भएको थियो। , अस्पतालका प्रशासन प्रमुख नवराज गौतमले भने, 'धेरै जना अरू अस्पतालहरूमा लाइन बस्दा पनि नपाउनु भएपछि टेकु अस्पताल आउनुभयो। तर हामीकहाँ पनि थिएन। पछि त्यही कारणले झडपको स्थिति बन्न पुग्यो।', सरकारले भोलिबाट सार्वजनिक स्थान वा सेवा लिन जाँदा खोप कार्ड अनिवार्य गरेसँगै पछिल्लो एक सातायता खोप लगाउन जाने मानिसहरूको संख्या ह्वात्तै बढेको छ। तर यसरी सिरिन्जको व्यवस्थापन हुन नसक्दा मानिसहरूले सास्ती झेलिरहेका छन्।, झिसमिसेमै खोप केन्द्रहरूमा लाम लाग्न गएकाहरू घण्टौ लाइनमा बस्दा पनि खोप लगाउन पाएका छैनन्। , सरकारले सिरिन्जको व्यवस्थापन गर्न नसकेको यो पहिलोपटक होइन। गत पुस १२ गते पनि सिरिन्जको अभाव हुँदा १२ देखि १७ वर्षका बालबालिकाका लगाइने भनिएको खोप एक साता धकेलिएको थियो।, सिरिन्ज अभाव हुँदा खोप कार्यक्रम प्रभावित
रासस शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक अस्पताल भरतपुर महानगरपालिकामा बन्ने र यसका लागि तत्काल काम अघि बढ्ने जानकारी दिएका छन्। , उनले भने,‘शिक्षक अस्पताल चितवनमा बनाउन आवश्यक कानुनी प्रक्रिया अघि बढाएर यसै आर्थिक वर्षमा काम थालिने छ। हामी छिट्टै फाइल उठाएर मन्त्रिपरिषद्को बैठकमा लैजान्छौं।’, जग्गा अस्पतालको नाममा आएपछि विस्तृत अध्ययन प्रतिवेदनको काम अघि बढ्ने छ।, कानुनी प्रक्रियाका कारण केही समय लाग्ने भए पनि अन्य कारणबाट काम नरोकिने उनको भनाइ छ। , पूर्वसम्भाव्यता अध्ययन र जग्गा पहिचान समितिले बुधबार मन्त्री पौडेललाई भरतपुरमा अस्पताल बनाउन उपयुक्त हुने जनाउँदै प्रतिवेदन बुझाएको छ।, सुरूमा तीन ३०० शय्याको अत्याधुनिक शिक्षक अस्पताल बनाइने छ। क्रमशः अस्पतालको शय्या थप गर्दै लगिने उनले बताए।, अस्पताल परिसरमा कुरुवा घर समेत बनाइने छ।, महानगरपालिकाका प्रमुख रेनु दाहालले महानगरपालिकाको वडा नं १५ भगवानपुरमा आवश्यक जग्गा उपलब्ध गराउने बताइन्।, महानगरले सो स्थलमा रहेको ८ बिघा १६ कठ्ठा जग्गा उपलब्ध गराउन आवश्यक निर्णय गरी कागजपत्र समितिलाई उपलब्ध गराएको थियो।, महानगरपालिकाले प्रमुख जिल्ला अधिकारीसहित जिम्मेवार सरोकारवालासमेत बसेर सो जग्गा शिक्षक अस्पतालका लागि उपलब्ध गराउने सहमति गरेको हो।, सहमतिपत्रसँगै सार्वजनिक जग्गाको फिल्ड बुक र नक्सा, प्राविधिक (नापी कर्मचारी) को स्थलगत नापजाँच प्रतिवेदन, वडा नं १५ को सहमतिपत्र र महानगरपालिकाको निर्णय प्रतिलिपिसहित आवश्यक सम्पूर्ण कागजपत्र पेश गरिसकेको छ।, देशकै केन्द्र भागमा रहेकाले चितवन उपयुक्त हुने भन्दै समितिले प्रतिवेदन बुझाएको हो।, महानगर प्रमुख दाहालले भने, ‘यस अस्पतालले भरतपुरलाई मेडिकल सिटीको रूपमा विकास गर्न सहयोग पुग्नेछ।’  , शिक्षक अस्पतालपछि शिक्षण अस्पताल हुने उनको भनाइ छ।, अस्पतालले यहाँको समग्र विकासमा समेत सहयोग पुग्ने जनाइएको छ। भरतपुरमा क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज, संघीय सरकारी अस्पतालको सुविधा भएकाले काठमाडौं बाहिर आउँदै गर्दा भरतपुर जस्तो उपयुक्त ठाउँ अन्यत्र नहुने भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले जानकारी दिइन्। , उनले भनिन्,‘सबै हिसाबले शिक्षक अस्पताल भरतपुरमा उपयुक्त हुन्छ।’, शिक्षा मन्त्रालयले डा. बिमल शर्मा चालिसेको संयोजकत्वमा पूर्वसम्भाव्यता अध्ययन र जग्गा पहिचान समिति बनाएको थियो।, समितिका सदस्य शिक्षक महासंघका सहसंयोजक पूर्णप्रसाद दवाडीले समितिले हेरेका अन्य क्षेत्रका तुलनामा भरतपुरको जग्गा उपयुक्त रहेको बताए। , समितिले जग्गा हेर्नुपूर्व पेशागतसँग सङ्गठनसँग छलफलसमेत गरेको दवाडीले जानकारी दिए।, अधिकांशले मध्यभाग भएकाले भरतपुरलाई रुचाएका थिए। दवाडीका अनुसार चार लाख भन्दा बढी शिक्षक कर्मचारी र तीनका परिवार प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। , नेपालमा स्थायी शिक्षक एक लाख सात हजार, राहत ४० हजार, पाठ शिक्षक ४० हजार, विद्यालय कर्मचारी ३६ हजार, निजी स्कुलका शिक्षक एक लाख ५० हजार र पूर्वशिक्षक ३० हजार रहेका छन्।, यस अस्पतालले सर्वसाधारणको पनि उपचार गर्नेछ। अस्पताल बन्दै गर्दा कार्यविधि बन्ने र शिक्षक कर्मचारीले पाउने सुविधाको बारेमा निर्णय हुने उनले जानकारी दिए।, नमूना अस्पताल बन्ने भन्दै उनले टाढाबाट आएका बिरामी र आफन्त बस्नका लागि कुरूवा घरसमेत हुने बताए। , चितवनमा क्यान्सर उपचारका लागि देशैभरबाट बिरामी आउने गर्दछन्।, केन्द्रीयस्तरको भरतपुर अस्पताल र मेडिकल कलेजमा देशभरबाट बिरामी उपचारका लागि आउने गर्दछन्।, भरतपुरलाई मेडिकल सिटीको रूपमा लिने गरिन्छ।,  , शिक्षक अस्पताल चितवनमाः मन्त्री पौडेल
सबिना श्रेष्ठ सहरको कथा: पनौती, पनौती कथा शृंखलाको पहिलो अंकमा तपाईंहरूलाई मैले पनौती उत्पत्ति र सभ्यता विकासको कथा सुनाएँ। त्यस क्रममा मैले यो ठाउँको इतिहास र किम्बदन्तीलाई आधार बनाएको थिएँ। आज यो अंकमा पनौतीको बाह्रवर्षे मकर मेलासँग जोडिएको कथा सुनाउँदैछु जुन सहर बसोबासको कथा पनि हो।, यो कथा सुरू गर्नुभन्दा पहिला ,अघिल्लो अंक,लाई छोटकरीमा फर्केर हेरौं।, धेरैले चौधौं शताब्दीका मल्लराजा आनन्ददेव (बिक्रम सम्बत् १३३१–१३६७) ले पनौती सहर बसालेको विश्वास गर्छन्। उनैले आफ्नो शासनकालमा सातवटा गाउँहरू बनेपा, पनौती, नाला, धुलिखेल, खडपुर, चौकोट र साँगा बनाएको भनाइ चलिआएको छ। तर यहाँ उत्खनन क्रममा नवपाषाणकालका ढुंगे हातहतियार फेला परेका छन्। लिच्छविकालका त शिलालेख, मूर्ति र मुद्राहरू नै पाइएका छन्। यस आधारमा इतिहासकारहरू यो सहरलाई मल्लकालमा सीमित राख्न चाहँदैनन्। उनीहरू पनौतीमा प्राचीनकालदेखि नै बसोबास सुरू भइसकेको बताउँछन्।, यति मात्र होइन, पनौती र आसपासका ठाउँमा केही किराँती शब्द (भुजङ्ग, नालाङ्ग, पिराखचो, कुर्पासी, शाङ्गा) प्रयोग भइरहेकाले यो ठाउँको इतिहास किराँतकालसम्म तन्किने विश्वास पनि गरिन्छ।, किम्बदन्तीले त पनौतीको उत्पत्ति कथालाई झनै रोचक बनाएको छ। पहिलो किम्बदन्तीअनुसार पनौतीमा धनञ्जय बासुकी नागको बसोबास छ जसले यो सहरमा आफ्नो धन लुकाएर राखेका छन् र सहरको सुरक्षा पनि गरिरहेका छन्।, दोस्रो किम्बदन्तीमा महासत्व नाम गरेका एक जना राजकुमारले जंगलमा भोकाएका बघिनी र डमरूहरू देखेपछि आफ्नै शरीरको मासु खुवाउँछन्। उनकै कंकाल र लुगाहरू पुरेर त्यो स्थलमा एउटा चैत्य निर्माण गरियो जसलाई 'नमोबुद्ध' भनिन्छ। यस आधारमा गौतम बुद्धको पूर्वजन्म मानिने नमोबुद्धको जन्मस्थल नै पनौती हो भन्ने स्थानीयहरूको भनाइ छ।, यहाँसम्मको कथा तपाईंहरूले अघिल्लो अंकमा पढ्नुभयो। अब म पनौतीसँग जोडिएको तेस्रो किम्बदन्ती भन्छु है।, हिन्दु धर्ममा ब्रह्मालाई सृष्टिकर्ता मानिन्छ। उनले सारा संसार सृष्टि गरेपछि मान्छे बनाए। मान्छेका विभिन्न रूप रचना गरे। थरीथरीका पुरूष बनाए, थरीथरीका नारी बनाए। किन्नर बनाए, किन्नरी बनाए। ऋषि बनाए, राक्षस बनाए।, त्यही क्रममा उनले 'अहिल्या' नामकी नारीको रचना गरे।, अहिल्या परम् सुन्दरी थिइन्। गुण र यौवनले भरिपूर्ण थिइन्। बत्तीसै लक्षणले युक्त उनको चर्चा पृथ्वी जगतमा मात्र नभई देवलोकमा पनि फैलियो। आफूले कसरी यस्तो विलक्षण सिर्जना गरेँ भनेर स्वयं ब्रह्मा छक्क परे।, उनलाई आफैंप्रति शंका लाग्यो, 'कतै म आफूले सिर्जना गरेको नारीको सुन्दरतामा अल्झिने त होइन!', कुनै पनि सर्जक जब आफ्नो पुरानो सिर्जनामा अल्झिन्छ, त्यहाँबाट उसको नयाँ सिर्जनाको बाटो भाँडिन थाल्छ। उसको नयाँ सिर्जनामा चुनौती आउँछ। ऊ पुरानो सिर्जनाको भारले यतिविधि थिचिन्छ, अगाडिको बाटो तय गर्न सक्दैन। ऊ त्यसैमा अलमलिन थाल्छ। त्यसैले सर्जकले आफ्नो सिर्जनालाई माया त गर्नुपर्छ तर सधैंभरि त्यसैमा अल्झिएर बस्नु हुँदैन। झन् सृष्टिकर्ता ब्रह्मालाई त त्यो छुट हुँदै हुँदैन।, ब्रह्मालाई त्यही डर थियो।, सँगसँगै, आफ्नो सुन्दर सिर्जनालाई अन्य पुरूषहरूको कुदृष्टिबाट कसरी जोगाउने भनेर उनलाई हम्मे–हम्मे पर्‍यो।, उनले लाख कोसिसपछि एउटा जुक्ति फुराए– अहिल्याको सुन्दरता रक्षा गर्न नाम कहलिएका गौतम ऋषिसँग विवाह गरिदिने।, गौतम ऋषि मिथिला क्षेत्रको ब्रह्मपुरी भन्ने ठाउँको नदी किनारमा कुटी बनाएर बसेका थिए। धार्मिक एवं प्राकृतिक रूपले त्यो ठाउँ अत्यन्तै महत्वपूर्ण थियो। गौतम ऋषिसँग अहिल्याको विवाह भए उनीमाथि कसैले कुदृष्टि लगाउन सक्दैनन् भन्ने ब्रह्माको विश्वास थियो।, ब्रह्माले अहिल्यासँग विवाह गर्न गौतम ऋषिसमक्ष प्रस्ताव राखे। आफैंलाई सृष्टि गरेका ब्रह्माको यस्तो प्रस्ताव गौतम ऋषि कसरी नकार्न सक्थे र!, गौतम ऋषि र अहिल्याको विवाह भयो।, अहिल्या परम् सुन्दरी भए पनि उनमा आफ्नो सुन्दरताप्रति एकनिमेष घमण्ड थिएन। पतिको सेवामै रमाउने उनी पतिव्रता नारी थिइन्। रूप र गुण दुवैले युक्त अहिल्याजस्ती श्रीमती पाएर गौतम ऋषि पनि दंग परे। दुवै जना आफ्नो कुटीमा सुखपूर्वक जीवन बिताउन थाले।, गौतम ऋषि हरेक दिन सबेरै उठ्थे र नजिकै खोलामा स्नान गर्न जान्थे। स्नानबाट फर्किएपछि पूजाआजा गर्थे। अहिल्या पनि घरायसी गतिविधिमा व्यस्त हुन्थिन्।, पनौतीको त्रिवेणीघाटमा माघ १ देखि जारी बाह्रवर्षे मकर मेलामा यसपालि कोरोनाका कारण दर्शनार्थीहरूको संख्या कम छ। तस्बिर: प्रशान्त श्रेष्ठ, यसरी भगवानको आराधना गर्दै सुखपूर्ण दाम्पत्य जीवन बिताइरहेका यी जोडीमा देवलोकका राजा इन्द्रको कुदृष्टि पर्‍यो।, देवलोकका अप्सराहरू छानी छानी सुखभोग गर्दा पनि इन्द्रको मनलाई अहिल्याको सौन्दर्यले अनियन्त्रित बनायो। उनमा अहिल्याजस्ती परमसुन्दरी भोग्ने लालसा दिनानुदिन बढ्दै गयो।, यही मनसाय बोकेर एकदिन इन्द्र पृथ्वीलोक झरे। उनले अहिल्यालाई भोग्न सबै तारतम्य मिलाइसकेका थिए। उनलाई थाहा थियो, हरेक बिहान गौतम ऋषि स्नान गर्न नजिकै नदीमा जान्छन्। त्यही भएर इन्द्रले एकरात चन्द्रदेवलाई गौतम ऋषिको कुटीनजिकै आएर बस्न आग्रह गरे।, चन्द्रदेवको चमकले झिसमिसेको आभास भयो।, ऋषि दम्पती निद्राबाट ब्युँझिए। सधैंझैं गौतम ऋषि स्नान गर्न जान हतारिए। अहिल्यालाई भने अरू दिनभन्दा निकै चाँडो बिहान भएजस्तो भान भयो। उनले पतिलाई सोधिन्, 'आज अलि छिट्टै बिहान भएजस्तो लागेन हजुरलाई? मलाई त अझै निद्रा नपुगेजस्तो भइरहेको छ।', ऋषिले मुसुक्क हाँस्दै भने, 'हेर त कति उज्यालो भइसक्यो। सूर्य उदाउने बेला भइसक्यो। बरू तिमीलाई निद्रा पुगेको छैन भने केही बेर सुत।', यति भनेर ऋषि स्नान गर्न नदीतर्फ लागे। अहिल्या ओछ्यानमै पल्टिरहिन्।, केही समय नबित्दै गौतम ऋषिकै भेष धारण गरेर देवराज इन्द्र कुटीभित्र पसे र ऋषिकै स्वरमा भने, 'तिमीले भनेको साँचो रहेछ प्रिय। अझै बिहान भइसकेको छैन रहेछ। म भ्रममा परेछु। त्यही भएर बीच बाटोबाटै फर्किएँ।', त्यसपछि उनी पनि अहिल्यासँगै ओछ्यानमा सुत्न गए।, ऋषि भेषधारी इन्द्रले अहिल्यासँग मीठा कुरा गर्दै सम्भोग गरे र आफ्नो अनियन्त्रित मन शान्त बनाए।, दुवै जना सम्भोगमा लीन भइरहेका बेला गौतम ऋषि आफ्नो कुटीमा फर्किए। फर्किएपछि उनले जे दृश्य देखे, त्यसले उनी रिसले आगो भए।, उता आफ्नै अगाडि दुई-दुई जना गौतम ऋषिलाई देख्दा अहिल्या खङ्ग्रङ्गै परिन्। कुन आफ्नो श्रीमान र कुन नक्कली भनेर छुट्याउनै नसक्ने अवस्थामा पुगिन्।, गौतम ऋषिले भने आफ्नो रूप धरेर आफ्नी पत्नीसँग सम्भोगरत व्यक्ति अरू कोही होइन, स्वयं देवराज इन्द्र हुन् भन्ने ध्यानदृष्टिले चाल पाइहाले।, भेद खुलेपछि देवराज इन्द्र वास्तविक रूपमा आए।, त्यो देखेर अहिल्यालाई आफ्नो पतिव्रता धर्म भंग भएको र आफूले ठूलो पाप गरेँ भनेर ग्लानि भयो।, उनले जे गरिन्, जानाजान गरेकी थिइनन्। इन्द्रलाई आफ्नै श्रीमान भन्ठानेर मात्र उनले तनमन सुम्पेकी थिइन्। तर गौतम ऋषिले यो सत्यबाट मुख मोडे। वास्तविकता स्वीकार्नुको साटो रिसले चुर भएर अहिल्यालाई नै श्राप दिए, 'दुष्ट पापिनी, तँ एक विवेकहिन नारी होस् जसमा कुनै गुण, विवेक र लाज छैन। तँ विवेक नभएकी शिला (ढुंगा) जस्ती रहिछस्। त्यसैले म तँलाई शिलामै परिणत हुने श्राप दिन्छु। त्रेतायुगमा जब भगवान श्रीरामको चरणकमल तँमाथि पर्ला, उहाँको स्पर्शले मात्र तँ पापमुक्त हुनेछस्।', गौतम ऋषिले यति भन्नासाथ अहिल्या शिलामा परिणत भइन्।, यता देवराज इन्द्रले पनि आफूबाट गल्ती भएको भन्दै क्षमायाचना गर्न थाले। आफ्नै श्रीमतीलाई त माफ नगरेका ऋषिले इन्द्रको कुरा किन सुन्थे? उनले इन्द्रलाई श्राप दिए, 'दुष्ट इन्द्र, स्वर्गका अप्सराहरूबाट पनि नपुगेर तैंले अर्काकी श्रीमतीसँग अनैतिक सम्बन्ध राखिस्। तैंले मेरो इज्जतसँग खेलिस्। यो कदापि क्षमायोग्य होइन। तेरो शरीरभरि हजारौं योनी उत्पन्न होस्।', ऋषिको श्रापले हजारौं योनी शरीरभरि उत्पन्न भएपछि इन्द्र लाजले कसैलाई मुख देखाउन लायक रहेनन्। उनी त्यो हविगतमा देवलोक फर्किन पनि सकेनन्। पाताललोकमा बस्न उनलाई मुस्किल भयो। त्यही भएर उनी जंगल–जंगल लुक्दै हिँड्न थाले।, इन्द्र लामो समय नफर्किएपछि स्वर्गमा खैलाबैला मच्चियो। उनकी श्रीमती शची (इन्द्रायणी) लाई चिन्ता पर्‍यो। उनी देवाताहरूका गुरू बृहस्पतिको शरण परिन्।, ध्यानदृष्टिले हेरेपछि बृहस्पतिको अनुहार मलिन भयो। उनले शचीलाई केही भन्नै सकेनन्।, शचीले अनुनयविनय गरेर वास्तविक कुरा फुत्काइछाडिन्।, सबै घटना सुनिसकेपछि शची पनि एकछिन त अहिल्याझैं शिलाजस्तै जड भइन्।, उनले बृहस्पतिलाई आफ्ना श्रीमान इन्द्र भएको ठाउँमा लैजान आग्रह गरिन्। दुवै पृथ्वीलोक झरे।, आफूलाई यसरी खोज्दै आएको देख्दा इन्द्र आत्मग्लानिले लज्जित भए। उनले आफ्नो शिर ठाडो पार्न सकेनन्। शची र गुरू बृहस्पतिलाई देख्नेबित्तिकै उनले क्षमायाचना गरे।, इन्द्रले आफ्नो पापबाट पाउनुसम्मको सजाय पाइसकेका थिए। आफ्ना श्रीमानलाई त्यस्तो अवस्थामा देख्दा शचीलाई पनि माया जागेर आयो। अनि उनैले बृहस्पतिसँग इन्द्रलाई पापमुक्त गर्ने उपाय सोधिन्।, गुरू बृहस्पतिले भने, 'देवराजको पाप र गौतम ऋषिको श्रापबाट मुक्त हुने एउटै उपाय छ, महादेवको तपस्या।', त्यसपछि इन्द्रले भगवान शिवको र इन्द्र-पत्नी शचीले शिव-पत्नी पार्वतीको बाह्र हजार वर्षसम्म तपस्या गर्नुपर्ने भयो।, बृहस्पतिले तपस्या गर्ने ठाउँ पनि सुझाइदिए, 'पनौतीस्थित दुई नदी पुण्यमती र लीलावतीको किनार गएर तपस्या गर्नुभयो भने तपाईं पापबाट मुक्त हुनुहुनेछ।', उनीहरूले गुरू बृहस्पतिले भनेबमोजिम नै बाह्र हजार वर्ष तपस्या गरे।, तपस्याबाट प्रसन्न भएर पार्वती रूद्रवती नदीको रूप धारण गरेर पर्वतबाट बग्दै आइन्। रूद्रावती, लीलावती र पुण्यमती मिलेपछि त्यो नदी शची तिर्थ बन्यो जसलाई त्रिवेणीघाट भन्न थालियो।, शचीको तपस्याले बनेको उक्त नदीलाई हरेकपटक पनौती पुग्दा हरेकले देख्न पाउँदैनन्। बत्तीस लक्षणले युक्त भएका मानिसले मात्र त्यो नदी देख्न सक्छ भन्ने धार्मिक विश्वास छ।, इन्द्रले पनि १२ हजार वर्ष तपस्या गरेकाले भगवान शिव उनकासामु आए र भने, 'देवी पार्वती रूद्रावतीको रूपमा प्रकट भई शची तीर्थ सृष्टि भएको छ। त्यहाँ गएर स्नान गरेपछि तिमी पापबाट मुक्त हुनेछौ।', भगवान शिवको आज्ञाअनुसार इन्द्र शची तीर्थमा स्नान गर्न गए। स्नानपछि उनको शरीरबाट योनीहरू बिलाए।, त्यही बेला आफूले पापबाट मोक्ष पाएको पवित्र स्थानमा बस्ती बसाल्ने परिकल्पना इन्द्रले गरिसकेका थिए।, उनले तीन नदीहरूमध्ये पुण्यमतीको पहिलो अक्षर 'प', लीलावतीको दोस्रो अक्षर 'ला' र रूद्रावतीको अन्तिम अक्षर 'ती' जोडेर यो ठाउँको नाम 'पलाती' राखे। पलातीको अर्थ सबैले एकपटक पाइला राख्नुपर्ने ठाउँ भन्ने बुझिन्छ।, त्यही पलाती कालान्तरमा पनौतीमा परिणत भयो।, यसरी बाह्र हजार वर्ष इन्द्र दम्पतीले तपस्या गरेको र भगवानकै समेत पापमोचन भएको ठाउँका रूपमा यहाँ हरेक बाह्र वर्षमा मकर मेला लाग्छ।, पनौती स्थापना र मकर मेला सुरूआतको कथा सुनाउँदै ७० वर्षीय स्थानीय शिवप्रसाद जंगमले भने, 'भगवानको १२ हजार वर्ष भनेको हाम्रो १२ वर्ष हुन्छ।', उनले सुनाएको किम्बदन्ती यतिमै सकिँदैन।, आफूले पापबाट मुक्ति पाएको ठाउँमा पलाती भन्ने बस्ती बसालेपछि इन्द्रले त्रिवेणीमा बास बस्ने बासुकी नागलाई नगर सुरक्षाको जिम्मा दिए। बासुकी नागको महिमाबारे त मैले यो श्रृंखलाको अघिल्लो अंकमा बताइसकेको छु।, बासुकीलाई काठमाडौंका तान्त्रिक बन्धुदत्तले जालझेल गरेर आफ्नो कमण्डलुमा कैद गरी पाटन ल्याएका थिए।, उनलाई पाटन ल्याएपछि अगाडि के भयो अब भन्छु है!, पाटनमा ल्याएपछि बन्धुदत्तले बासुकी नागसँग क्षमा मागे र भने, 'भारतको आसामदेखि ल्याएका रातो मच्छिन्द्रनाथलाई सधैं उपत्यकाभित्र राख्न सहयोग चाहिएकाले तपाईंलाई यहाँ ल्याएको हुँ। तपाईं मच्छिन्द्रनाथको चरणमा सधैंका लागि बसिदिनुपर्‍यो।', सुरूमा त आफूलाई त्यसरी झुक्याएर ल्याएकोमा बासुकी नाग रिसाए। पछि उनी बन्धुदत्तको आग्रह मान्न तयार भए।, उनले दुइटा सर्त राखे, 'म यहाँ बस्न तयार छु तर मलाई पनौतीका विशेष जात्राहरूमा जान दिनुपर्छ। पनौतीवासीले मलाई भेट्न चाहे कुनै रोकतोक नहोस्।', त्यसैले पनौतीका जोकोहीले पाटन आएर बासुकी नागलाई भेट्न चाहे रोकतोक गरिन्न। जेठ पूर्णिमामा पनौतीमा हुने ठूलो जात्रामा बासुकी नाग त्यहाँ आउँछन् भन्ने मान्यता पनि छ।, मकर मेलाको समयमा पनि एक महिनाभरि पनौतीकै नदी किनारमा बासुकी नागको बास हुन्छ भन्ने जनविश्वास छ।, पनौतीका स्थानीय तथा लेखक कन्हैया नासननीले पनौतीको बाह्रवर्षे मकर मेलाको प्रसंग जोड्दै एउटा लेखमा लेखेका छन्, 'कहिलेकाहीँ मात्र मुख देखाउन टुपुल्किने परदेशी पतिको आगमन हुँदा हर्षले पुलकित भएर शृंगारमा सजिने भार्याजस्तै देखिन्छ मकर मेलाभरि पनौती।', हुन पनि यो मेलामा जस्तो तामझाम र भिड अरू बेला पनौतीमा विरलै हुन्छ। यहाँको मेला भर्न नेपालका विभिन्न ठाउँबाट मान्छे आउँछन्। भारतदेखि आएका जोगीहरू देखिन्छन्। बाह्र वर्षसम्म गुफामा ध्यान गरेर बसेका जोगीहरू पनि यहाँ मेला भर्न आउँछन्। मेला सुरू हुने केही महिनाअगाडिबाटै यहाँका घरहरूमा भाडामा बस्नेको भिड लाग्ने ७८ वर्षीय स्थानीय पूर्णभक्त कोङ्गा बताउँछन्।, यो वर्ष कोरोना महामारीका कारण मकर मेलामा त्यति धेरै भिड लागेको छैन। नभए कोङ्गाको सम्झनामा अझै छ, 'भिडले बाटोछेउ किसानहरूले रोपेको आलु र धान सबै मेलामा पुरिएको थियो।', उनले सानैदेखि देख्दै आएको त्रिवेणीघाट पनि अब उस्तै छैन।, 'पहिला खोला निकै ठूलो थियो, माछाहरू धेरै थिए। अहिले त न खोला ठूलो छ न खोलामा माछा छन्। बरू खोलाको बालुवा र ढुंगा निकालेर निकै गहिरो भएको छ। पहिलाजस्तो सफा पानी पनि बग्न छाडिसक्यो,' उनले भने।, शची तीर्थ पनि भनिने त्रिवेणीघाटमा मकर मेलाभरि नुहाउँदा आफूले जानेर वा अन्जानमा गरिएका पापमोचन हुने विश्वास गरिन्छ। त्रिवेणीघाट भनिए पनि यहाँ पुण्यमती र रोशी नदी मात्र देखिन्छ। तेस्रो नदी चाहिँ कहाँ होला त?, यो तेस्रो नदीको पनि छुट्टै कथा छ।, नदीसामुन्ने कृष्ण मन्दिर छ जुन बनेको धेरै वर्ष भएको छैन। त्यसको पारि ब्रह्मायणी मन्दिर छ। मन्दिरभित्र चारैतिर भित्तामा अष्टमातृका कुँदिएका भित्तेचित्र छन्। भुइँमा दुईवटा खाल्डा छन्। त्यही खाल्डो हुँदै नदीमा दूध बग्ने र बत्तीस लक्षणयुक्त मान्छेले मात्र त्यो खोला देख्ने जनविश्वास छ। कहिलेकाहीँ मात्र देखिने भएकाले त्यो नदीलाई स्थानीयहरू गुप्तवती पनि भन्छन्।, यो त्रिवेणीघाट भएकाले यहाँ मान्छेको दाहसंस्कार पनि गरिन्छ। मकरको समय पिण्डदान पनि हुन्छ।, ज्योतिषशास्त्रअनुसार माघ महिना लाग्नेबित्तिकै सूर्य कुम्भ राशिबाट मकर राशिमा प्रवेश गर्छ। त्यसपछि सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धबाट शुभ दिशा मानिने उत्तरतर्फ अर्थात् अत्तरायणमा रहन्छ। मंकर संक्रान्तिदेखि दिन लम्बिने भएकाले माघ महिनालाई पवित्र मानिन्छ।, पनौतीको बासुकी नागको प्रतीकका रूपमा नदीमा एउटा कालो ढुंगा पनि छ। मकर मेलाको समय उक्त ढुंगालाई पितलको मुकुट लगाइन्छ जुन अरू बेला नजिकै इन्द्रेश्वर मन्दिरमा राखिएको हुन्छ। इन्द्रेश्वर मन्दिर पनौतीको सबभन्दा महत्वपूर्ण हो।, यो मन्दिर तीनतले छाने शैलीको छ। प्रत्येक तलाको निर्माण बेग्लै समयमा भएकाले कति वर्ष पुरानो हो भन्ने अझै निष्कर्ष आउन बाँकी रहेको यहीँका पुजारीसमेत रहेका शिवप्रसाद जंगम बताउँछन्।, गोपाल राजवंशावलीमा भने विक्रम सम्बत् १३५१ को वैशाख महिनामा युवराज्ञी विरमदेवीले इन्द्रकुट बनाएकी थिइन् भन्ने उल्लेख छ। अरू बेला यही मन्दिरमा राखिने पितलको मुकुट मकर मेलामा नदीको नागलाई लगाइदिएपछि भक्तजनहरू पूजाआजा गर्छन्। त्यस क्रममा जे-जति सामग्री चढाइन्छ, ती सबै पोडे समुदायले लग्ने गरेको फ्रान्सेली मानवशास्त्री जेरार्ड टोफीन बताउँछन्।, जेरार्डले स्थानीय फोटोग्राफर प्रशान्त श्रेष्ठसँग मिलेर पनौतीको विगत र वर्तमान समेटिएको किताब हालै प्रकाशनमा ल्याएका छन्। लामो समय पनौतीमा रहेर काम गरेका टोफीनले उक्त किताबमा लेखेका छन्, 'पोडेहरूलाई नागराजका आधिकारिक संरक्षक मानिन्छन्। उनीहरू दिनभर उक्त ढुंगाछेउ बसिरहन्छन्। ज्यापुन्हि र मकर मेलाको समयमा उक्त ढुंगालाई तिनै पोडेहरूले धातुको मुकुट लगाइदिन्छन्। यसो गर्नुले चाडपर्वमा बासुकी नागको अस्तित्व रहेको विश्वास झनै मजबुत हुन्छ।', पनौतीमा राजाहरूले पाइला टेक्न हुन्न भन्ने मान्यता पनि छ। यहाँ बासुकी नागराजकै राज चलेकाले दुइटा राजा एकैठाउँ आउँदा शुभ हुँदैन भन्ने विश्वास गरिन्छ।, पनौतीको त्रिवेणीघाटलाई पवित्र तीर्थ मानिने भएकाले काठमाडौंका राजा प्रताप मल्लले विक्रम सम्बत् १७२७ मा रानीपोखरी बनाउँदा यहाँको जल लगेर पोखरीमा मिसाएको इतिहास छ। त्यस्तै, 'पटन' भनिने संस्कृत भाषाको थ्यासफू (हस्तलिखित ग्रन्थ) मा ने मुनिले पापमोचन गर्न विरूपाक्षलाई पनौतीमा गई स्नान गर्नू भनेको उल्लेख छ। यसबाट पनि धेरै अघिदेखि पनौती एक पवित्र तीर्थस्थलका रूपमा रहेको प्रस्ट हुन्छ।, त्रिवेणीघाटमा विभिन्न देवीदेवताका मूर्ति छन्। त्रिवेणीघाट एक खुला संग्रहालय भएको संस्कृतिविद् ज्ञानकाजी मानन्धर बताउँछन्।, खुला संग्रहालयको उचित संरक्षण नहुँदा धेरै महत्वपूर्ण देवदेवीका मूर्ति चोरी भइसके। लौनसिंह बाङ्देलको किताब 'स्टोलन इमेजेज अफ नेपाल' का अनुसार सन् १९८० मा माधवनारायण मन्दिरको बायाँपट्टि रहेको अर्द्धगोलाकार ढुंगामा कुँदिएको कलात्मक मूर्ति चोरी भयो। चौधौं शताब्दीको उक्त मूर्तिमा आफ्ना दुई संगिनी र अन्य देवीहरूका साथ अरूणलाई सारथि बनाएको बुट्टा कुँदिएको थियो।, सन् १९८० मै नवग्रहसहितको सूर्यमूर्ति चोरी भयो। शिव र विष्णुसँगै रहेको अर्को सूर्यमूर्ति १९८१ मा चोरी भयो। दायाँपट्टि लक्ष्मी र बायाँपट्टि गरूड भएको मूर्ति १९८३ मा चोरी भयो। यी सबै मूर्ति चौधौं शताब्दीका हुन्।, त्यस्तै, तेह्रौं शताब्दीको शिवमूर्ति सन् १९८६ मा र अठारौं शताब्दीको विष्णुको मूर्ति १९८० मा चोरी भएको बाङ्देलले आफ्नो किताबमा उल्लेख गरेका छन्।, संस्कृतिविद् मानन्धर यस्ता महत्वपूर्ण कलाकृति गुम्नुलाई पनौतीको दुर्भाग्य मान्छन्। अझै पनि त्रिवेणीघाट वरिपरि अन्य त्यस्ता महत्वपूर्ण मूर्तिहरू छन् जसको उचित संरक्षण गरिनुपर्ने उनी बताउँछन्।, 'यहाँका मानिसमा देवताप्रति असीम श्रद्धा र भक्ति छ। उनीहरूले यी अमूल्य मूर्ति र सम्पदा जोगाउन सके यो ठाउँको महत्व अझै बढ्नेछ,' उनले भने।, यसपालि चाहिँ बाह्रवर्षे मकर मेलामा पनि मान्छेको चहलपहल नभएकाले पनौतीको त्रिवेणीघाट आफ्ना भक्तजनलाई पर्खिरहेझैं लाग्छ– जसरी इन्द्रको छलकपटमा परेर शिलामा परिणत भएकी निर्दोष अहिल्याले आफ्नो उद्धारको क्षण पर्खेकी थिइन्।, पनौती कथा शृंखलाको अर्को अंकमा हामी लायकू दरबार क्षेत्रबारे चर्चा गर्नेछौं। करिब डेढ दशकदेखि उत्खनन गरिँदै आएको यो पनौतीको प्राचीन दरबारको अवशेष हो भन्ने विश्वास गरिन्छ।, (पनौती कथा शृंखलाको तेस्रो अंक शुक्रबार प्रकाशन हुनेछ।), सबै तस्बिर: प्रशान्त श्रेष्ठ, भिडिओ: नवीनबाबु गुरूङ/सेतोपाटी, पहिलो अंक: ,जहाँ गौतम बुद्धको पूर्वजन्म भएको थियो, पनौतीको त्रिवेणीघाटमा दुइटा नदी, तेस्रो चाहिँ खोइ?
दिपकजंग शाही केही समयअघि मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा स्नातक तहमा कानुन विषयमा भर्ना हुन प्रवेश परीक्षा खुल्यो। कानुन पढेर भविष्य बनाउने योजना बनाएकी सल्यानकी रीता बिकलाई उक्त प्रवेश परीक्षा खुलेको सूचनाले मन भारी बनायो।, रीताको इच्छा पूरा गर्न उनको घरपरिवारले सक्दैनथ्यो। अरू कुनै उपाय गरी प्रवेश परीक्षा दिइहाल्न उनीसँग १२ पास गरेको प्रमाणपत्र थिएन। उनले पढाई खर्च जुट्ने पक्का नहुँदा परीक्षा बोर्डबाट प्रमाणपत्र नै निकालेकी थिइनन्।, कानुनमा स्नातक अध्ययन गर्न योग्यता बनाईसकेकी उनको ईच्छा यो पटकको आवेदनबाट पूरा भएन। उनले घरमा कुरा पनि राखिन्। रीताका बुवाले ‘आफूले खर्च धान्न नसक्ने’ बताए।, यस पटकलाई आफ्नो इच्छा मारेर उनी घरमै बसिन्। केही समयपछि रिताले आफूलाई ११ कक्षामा कानुन विषय पढाएकी गीता कोईरालालाई फोन गरिन्। उनले आफ्नो सबै समस्या कोईरालालाई सुनाईन्।, ‘बाबाआमाले पढाउन नसक्ने हुनुभएछ, नानीले मलाई रूँदै फोन गरेर आफ्नो बारेमा सबै सुनाईन्,’ कोईरालाले सेतोपाटीसँग भनिन्, ‘उनको कुरा सुनेपछि मैले त्यहाँ बसेर इच्छा पूरा हुँदैन, यहाँ आउ केही उपाय निकालौंला भनेर बोलाएकी छु।’, अधिवक्तासमेत रहेकी कोईरालाको सल्लाहअनुसार उनी अहिले सुर्खेतमा आएर बसेकी छिन्। कोईरालाले यसअघि आफूले संरक्षण दिएर राखेकी एक जना युवतीसँगै उनलाई राखेकी छन्।, यो पटक स्नातक भर्ना हुन नसके पनि अर्को पटकलाई आफ्नो ईच्छा पूरा गर्ने योजना रीताले बनाएकी छन्।, ‘अहिले घरमै भएको बेला सूचना आएको थाहा पाएँ, भर्ना हुन त मन भए पनि पैसाले साथ दिएन,’ उनले भनिन्, ‘अब यतै बसेर जस्तो काम पाईन्छ, त्यो गरेर भए पनि पढाई त पूरा गर्छु।’, सल्यानको बनगाडकुपिण्डे नगरपालिका–६ की १९ वर्षीया रीता बिकको परिवारमा ६ जना सदस्य छन्। रीतासहित उनका चार भाइबहिनी छन्। रीता भन्दाअघि उनका दाजु छन्। रीतापछि एक भाइ एक बहिनी छन्।, रीताका दाइ पढाई छोडेर भारतमा छन्। भाइ जनकपुरमा बसेर पढ्छन्। उनलाई पनि जनकपुरको एक विद्यालयमा शुल्क नलाग्ने गरी भर्ना गरिएको छ। खाना र बस्ने खर्च भने घरबाट पठाउने गरिएको छ। उनकी बहिनी गाउँकै स्कुलमा कक्षा ११ मा पढ्छिन्।, ‘बुवाले १२ कक्षा सम्म पढाईसकेँ, यसपछि त मेरो कमाईले सक्दिनँ भन्नुभयो,’ रीताले भनिन्, ‘घरमा कमाउने बुवा मात्र हुनुहुन्छ, ऋण तिर्नै पुगेको छैन।’, उनका बुवा भीमबहादुर बिकले मिस्त्री काम गर्छन्। त्यहीँ पनि नियमित काम पाइँदैन। कोभिड–१९ सुरू भएपछि भिमबहादुरको आम्दानी झनै कम हुँदै गएको छ।, कोभिड सुरु हुनु अघिसम्म भिमबहादुरको परिवारमा गाउँबाट बाहिर गएर पढ्ने कोही थिएनन्। उनको कमाईले छोराछोरीको पढाई, घर खर्च चलाएर बचेको ऋण तिर्न भईरहेको थियो।, २०७५ मा एसईई पास गरेपछि रीता पढ्न सुर्खेत आईन्। उनी सुर्खेतमा पढ्दा भीमबहादुरले प्रायः ऋण निकालेरै खर्च पठाईदिन्थे।, ‘म यता पढ्न आएँ, लकडाउन भईरहेपछि बुवाले काम पाउन पनि सक्नुभएन,’ उनले भनिन्, ‘मलाई पठाउने, घरखर्च धान्ने पैसा ऋण निकाल्दै चलाउनुभयो। झन् ऋण थपियो।’, रीताका दाइले अटो रिक्सा किन्दा उनको परिवारमा ऋणको भारी थपिएको हो। ‘छोराले अटो किनेर चलाउने कुरा गर्‍यो, किस्तामा अटो निकालिदिएँ,’ भीमबहादुरले भने, ‘तीन महिना नबित्दै साथीलाई चलाउन दिएर अटो पल्टिएछ, पछि शोरूमलाई किस्ता नतिर्नेगरी त्यहीँ अटो फिर्ता गरिदिएँ।’, भीमबहादुरले ६ लाख रूपैयाँमा अटोरिक्सा छोराका लागि किनिदिएका थिए।, हार्भेस्टमुन स्कुलमा ११ र १२ कक्षा पढेको शुल्क तिर्न अझै बाँकी रहेको रीताले बताईन्। उनको १२ कक्षाको नतिजा मंसिरमा आईसकेको थियो।, ‘मलाई ब्याच्लर कानुननै पढ्ने ईच्छा हो, कानुनमा मेरो निकै रहर छ,’ उनले भनिन्, ‘घरमा बुवाले १२ भन्दा माथि बढाउन नसक्ने हुनुभयो, मैलेँ गीता म्यामलाई फोन गरेर सबै समस्या भनेपछि उहाँले मलाई यहाँ बोलाउनुभएको छ। अब उहाँले भनेअनुसार पढ्ने रहर पूरा गर्ने हो।’, रीताको बारीमा एक बाली धान मात्र लगाईन्छ। त्यसबाट भएको उब्जनीले घरपरिवारलाई ६ महिना खाना पुग्छ।, उनका बुवा भीमबहादुर आजभोलि काम गर्न काठमाडौं गएका छन्।, सहकारी र गाउँलेसँग गरि ८ देखि ९ लाखको हाराहारी आफूहरूलाई ऋण भएको उनले बताए। ‘ऋणले डुबाएको छ, छोराछोरी पढाईमा धेरै रुची राख्न थाले,’ भीमबहादुरले भने, ‘यो जमानामा नपढेर पनि काम भएन, आफूले खर्च धान्न सकिँदैन। छोरीलाई त आफैं केही गरेर पढ् भनेको छु।’, घरबाट खर्च धान्न नसक्ने भएपछि आफ्नै मेहनतले कानुन पढ्न सुर्खेत झरेकी रीता
सेतोपाटी संवाददाता महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोरोना महामारीलाई मध्यनजर गर्दै नागरिक सचेतना अभियान शुरू गरेको छ।, बिहीबार कोरोनाको जटिलतालाई मध्यनजर गर्दै महाशाखाले काठमाडौंको आरएनएसीबाट कोरोनाबाट बच्नका लागि आम नागरिकलाई मास्क लगाउन अनुरोध गर्दै नागरिक सचेतना अभियान शुरू गरेको हो। महाशाखाले सवारीसाधनमा मास्क अनिवार्य लगाउन आग्रह गरिएको पर्चा तथा पम्प्लेटहरु समेत टाँसेको छ भने सवारीसाधन चालक र सहचालक तथा यात्रुहरुलाई सवारीसाधनमा चढ्दा अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गरेको छ। , महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले कोरोना महामारी बढीरहेकोले आम नागरिकलाई सचेत गराउन यो अभियान शुरु गरेको बताए। उनले सवारीसााधनमा टाँसेको पर्चा र पम्प्लेटले पनि नागरिकलाई मास्क लगाउनुपर्छ भन्ने ज्ञान हुने बताए।, ‘यो स्यानिटाइज गर्ने काम हो। अहिले कोरोनाको बिगबिगी बढिरहेको छ। मान्छेलाई थाहा हुन्छ तर त्यो कुरा भनिएन भने मान्छे सजग हुँदैन। मास्कको महत्व थाहा हुन्छ। सचेतना बढाउने प्रयत्न हो यो,’ प्रहरी वरिष्ठ उपरीक्षक जोशीले भने।, त्यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले मास्क नलगाइ हिँड्ने मानिसलाई मास्क लगाएर हिँड्नका लागि सचेतना अभियान शुरू गरेको बताए। उनले ट्राफिक प्रहरी र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, कर्मचारी, मजदुर संघहरुले कोरोनाबाट बच्नका लागि मास्क अनिवार्य लगाउनका लागि सचेत गराइएको बताए। उनले यो अभियान देशभर नै सञ्चालन हुने पनि बताए।, ‘हिजोको दिनको अवस्थालाई बुझेर ट्राफिक प्रहरी महाशाखा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, कर्मचारी, मजदुर संघहरुले यो अभियान ल्याएका हौँ। मास्क नलगाइ हिँडेकोले मास्क अनिवार्य लगाउँ भनेर सचेतना अभियान सञ्चालन गरेका हौँ । काठमाडौंबाट दिइएको सन्देश देशभर नै जाओस् । मास्क हाम्रो लागि हो, सबैले लगाइदिनुहोला,’ महासचिव सिटौलाले भने। , महासचिव सिटौलाले सवारीसाधन चढ्ने यात्रु, सवारी चालक र सहचालकहरुले मास्क नलगाएको पाइएमा कानूनअनुसार कारबाही हुने पनि बताए।, ट्राफिक प्रहरीद्वारा नागरिक सचेतना अभियान शुरू
रासस केही दिनदेखि चलिरहेको शीतलहरले गर्दा अत्यधिक जाडो बढ्न थालेपछि यहाँका जनजीवन प्रभावित बनेको छ।  , गत पुस १८ गतेदेखि एक्कासि शीतलहर चल्न थालेपछि जाडो बढन गई बालबालिका, वृद्धवृद्धा असहाय, गरिब विपन्न र श्रमिकलाई जीवनयापन गर्न निकै कठिनाइ भइरहेको छ।, ज्यालादारी, मजदूरी गर्ने बाहेकका मान्छे जाडोका कारण अति आवश्यक कामबाहेक घरबाट बाहिर ननिस्कँदा हाटबजार, सरकारी कार्यालय, यतायात समेतमा चलहपहल कम देखिएको छ।, यही माघ १५ गतेसम्म विद्यालय कोभिडका कारण बन्द हुने जनाइएको छ।, त्यसैगरी, मधेस प्रदेशको नामकरण भएको खुसीयालीमा प्रदेश सरकारले दुई दिन बिदा दिएको हुँदा पनि कर्मचारी जाडोबाट केही राहत महसुस गरेका छन्।, अत्यधिक जाडो बढेपछि सर्वसाधारणले ठाउँ-ठाउँमा आगो बालेर जाडो छल्ने गरेका छन् भने जिल्लाको १६ स्थानीय तहमा रहेको विपद् व्यवस्थापन समितिले न्यानो कपडा कम्बल वितरण गर्दै ठाउँ-ठाउँमा आगो ताप्ने प्रबन्धसमेत मिलाएको सिम्रौनगढ नगरपालिकाका प्रमुख विजयशङ्कर यादवले जानकारी दिए।, अहिलेसम्म जाडोका कारण जिल्लामा मानवीय क्षति नभएको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए।   ,  , शीतलहरबाट जनजीवन अस्तव्यस्त
सेतोपाटी संवाददाता धनुषामा एक युवतीको शव फेला परेको छ।, बुधबार दिउँसो ३ बजे धनुषाधाम नगरपालिका- ६ पूर्वपश्चिम राजमार्गबाट २ किलोमिटर पर रहेको आँपको बगैंचामा एक युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए। , उनका अनुसार युवती अन्दाजी २५-२६ वर्षकी छन्। उनको सनाखत भइनसकेको प्रहरीले जनाएको छ।, शवको टाउकोमा रगतले लत्पतिएको अवस्थामा फेला परेको थियो। , बुधबार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको थियो। खबर गरेपछि प्रहरी घटनास्थल पुगेको हो। , युवतीमाथि बलात्कारको पनि आशंका गरिएको छ। यद्यपि त्यसको पुष्टि पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै थाहा हुने प्रहरी नायब उपरीक्षक बस्नेतले बताए। , शवको पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ। , प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको बताएको छ।  ,  , धनुषामा युवतीको शव फेला
रासस भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने पैदलमार्ग अवरुद्ध भएको छ।, लुलाङ हुँदै गुर्जा जोड्ने एकमात्र पैदलमार्ग हिउँले पुरिएपछि २६० घरधुरीको बसोबास रहेको पूरै वडा यातायात सम्पर्कविच्छेद भएको हो । वडाध्यक्ष झकबहादुर छन्त्यालले बाक्लो हिउँ जमेर पैदलमार्ग अवरुद्ध बनेपछि मानिस, घोडाखच्चर र गाइर्बस्तुको आवतजावत बन्द भएको बताए।, ‘पुस १३ गते परेको हिउँ पग्लिन नपाउँदै पुसको अन्तिम साता र यसै हप्तादेखि निरन्तर परेको हिउँ जमेर पैदलमार्ग अवरुद्ध भएको हो,’ उनले भने, ‘खाद्यान्नलगायत दैनिक उपभोग्य बस्तु र निर्माण सामग्री ढुवानी ठप्प भएको छ।’ , गम्भीर प्रकृतिका बिरामीलाई अस्पताल पुर्‍याउन हेलिकप्टर चार्टर गर्नुपर्ने अवस्था छ । वडा, गाउँपालिका, प्रदेश र सङ्घीय सरकारले गुर्जामा सञ्चालन गरेका योजना कार्यान्वयन प्रभावित भएको छ । गुर्जाको जनकल्याण माविमा सरकारले कोरोना फैलिएपछि बन्द गर्ने निर्णय गर्नुअघिनै हिमपातका कारण पठनपाठन रोकिएको थियो । , लुलाङदेखि गुर्जा पुग्न पूरै दिन जङ्गल, भीर र खोल्साको पैदलयात्रा गर्नुपर्छ । सडक नभएको गुर्जा पुग्न समुद्री सतहदेखि तीन हजार २०० मिटर उचाइको देउरालीडाँडा पार गर्नुपर्छ । देउराली आसपासका क्षेत्रमा तीन फिट भन्दा बाक्लो हिउँ जमेको छ । , यसैबीच निरन्तरको हिमपातका कारण गुर्जाबासीको दैनिकि प्रभाबित भएको छ । घरभित्रै आयो तापेर बसेका छन्। घरबाहिरको काम गर्न सकेका छैनन् । गोठमा बाँधिएका गाइबस्तु र भेडाबाख्रालाई सुख्खा घाँस, पराल खुवाएर राखेका छन् । चरनका लागि जंगलमा लैजान सकेका छैनन् । खोला, ताल, पधेरा र धारामा पानी जमेको छ । गत पुष १३ गतेको हिउँमा पुरिएर गुर्जामा एक जनाको मृत्यु भएको थियो । हिउँले गोठ भत्किदाँ पुरिएर बेपत्ता भएका ५० बर्षीय रामबहादुर छन्त्यालको दश दिनपछि शब भेटिएको थियो।, हिउँले पैदलमार्ग अवरुद्ध
सेतोपाटी संवाददाता केशरमहलको पुरातात्विक महत्वका सामग्री चोरी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। , महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले चोरी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए।, उनीहरूलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। दुई जनालाई दरबारमार्गको टोलीले पक्राउ गरेको हो। , पक्राउ पर्नेमा गणेश श्रीपाली भन्ने गणेश विश्वकर्मा, दिपेन्द्र भन्ने देवेन्द्र केसी, दाङ तुलसीपुर घर भई काठमाडौंको बसुन्धरा बस्ने १८ वर्षीय सुमन शर्मा र रूकुमपश्चिम घर भई केशरमहलमा बस्ने ३६ वर्षीय वीरबहादुर सुनार छन्। , महाशाखाका अनुसार उनीहरूमाथि केशर महलबाट बाघको टाउको, तरबार लगायतका सामान चोरी गरेको आरोप छ। , २०७२ सालमा गएको भूकम्पले क्षतिग्रस्त केशरमहलस्थित पुस्तकालयमा राखिएको पुरातात्विक महत्वका बाघको टाउको, केशर शमसेरको पोशाकका सेटमध्येको दुई वटा तरबार चोरी भएको हो। उनीहरू चारै जना सो भत्किएको भवनको पुनर्निर्माण गर्न त्यहाँ काम गर्दै आएका व्यक्तिहरू भएको प्रहरी उपरीक्षक पंगेनीले बताए।, ‘उनीहरूले चोरी अलि अगाडि नै गरेका हुन्। १५-२० दिन अघि नै गरेका रहेछन्,’ पंगेनीले भने, ‘तर त्यहाँबाट सामान हराएको भन्ने भएपछि प्रहरीले सोधीखोजी गर्न थाल्यो। त्यसपछि उनीहरू झस्किएर फेरि राख्न ल्याएको पनि देखिन्छ। त्यो राख्न ल्याउँदा दुई जना समातिएका हुन्।’, सो घटनामा अनुसन्धान गर्दा माघ ५ गते दिउँसो ३ बजे काठमाडौं महानगरपालिका-२६ केशरमहलमा बोरा राखेर फालेको अवस्थामा रातो कलेजी रङको दाप भएको ९३ सेमी र ३ सेमी चौडाइको तरबार र ९८ सेमी लम्बाई र ४ सेमी चौडाइ भएको सेतो हड्डीजस्तो बिड भएको तरबार एउटा र तीन किलोको बाघजस्तो देखिने वस्तु बरामद भएको थियो। , अनुसन्धान गर्दा गणेश, दिपेन्द्र, सुमन र वीरबहादुरको संलग्नता रहेको खुलेको हो। खोज्नेक्रममा प्रहरीले बुधबार अपराह्न ४ बजे नै केशरमहलबाट सुमन र वीरबहादुरलाई पक्राउ गरेको हो। , सुमनसँग सोधपुछ गर्दा आठ-१० दिन अघि नै गणेशले आफ्नो सामान र स्कुटर केशरमहलमा राखेको र लिएर आउन भन्दै उनलाई पठाएको प्रहरी समक्ष बयान दिएका छन्। , तर लिन जाँदा केशरमहलका गार्डले सोध्दा उनी स्कुटर र सामान त्यही कम्पाउण्डमा लगेर फरार भएको बताएका छन्।, ‘त्यहाँ काम गर्न बसेका मानिसहरू हुन्। त्यहाँको पुरातात्विक महत्वका सामानहरू बेचे राम्रै मूल्यमा पाइन्छ भन्ने सोचले चोरी गरेको पाइयो,’ उनले भने,‘बाँकी थप अनुसन्धान हुँदैछ।’, महानगरीय प्रहरी वृत्त दरबारमार्गले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको बताएको छ।, केशरमहलको पुरातात्विक महत्वका सामग्री चोरी आरोपमा चार पक्राउ
सेतोपाटी संवाददाता पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकामा हल्का वर्ष भइरहेको छ। यो सँगै देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुन थालेको छ। , यसैक्रममा बिहीबार दिउँसोदेखि काठमाडौं वरपरका चन्द्रागिरी, फुलचोकी, शिवपुरीलगायतका डाँडामा हिउँ पर्न थालेको  छ।, गत पुस १४ गते पनि ,हिउँ परेको, थियो।, हिउँ परेसँगै हिउमा रमाउन बाक्लो संख्यामा युवा युवतीको उपस्थिति हुने गर्छ।, पश्चिमी वायुको प्रभावले आगामी तीन दिनसम्म देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । , काठमाडौंको आकाशमा बिहानैदेखि बाक्लो तुवालो लागेकाले केही चिसो महसुस गरिएको छ। छिटफुट वर्षासमेत भएको छ। महाशाखाले पनि वर्षा र हिमपातको सम्भावनाले चिसो थप बढ्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।, शुक्रबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही हरेक प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।,  , चन्द्रागिरी डाँडामा फेरि हिउँ पर्न थाल्यो
रासस कर्णाली प्रदेश सरकारले प्रदेश राजधानी सुर्खेतमा ‘कर्णाली नागरिक अतिथि आवास गृह’ निर्माणको योजना कार्य अघि बढाएको छ।, राजधानी सुर्खेत उपत्यका बाहिरबाट उपचार गर्न आउने कर्णालीका नागरिकका लागि सस्तो र सहज बासका लागि सरकारले अतिथि आवास गृह निर्माणको योजना बनाएको हो।, आवास गृह निर्माणका लागि चालु आव २०७८/७९ मा प्रदेश सरकारले पाँच करोड रुपैयाँ बजेट विनियोजन गरेको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताए।, 'अतिथि आवास गृहको निर्माण वीरेन्द्रनगर नगरपालिकामार्फत् अघि बढ्ने छ', मुख्यमन्त्री शाहीले भने, 'आवास गृह निर्माण भए विशेषगरी राजधानी सुर्खेत बाहिरबाट आउने नागरिकलाई आर्थिक व्ययभार कम गर्न सहयोग पुग्नेछ।', कर्णालीको विकटता र यहाँका नागरिकको स्वास्थ्योपचारमा सघाउ पुर्‍याउने उद्देश्यले आवास गृह निर्माण गर्न थालिएको उनले बताए।, शिक्षा विकास निर्देशनालय सुर्खेतकी निमित्त निर्देशक दीपा हमालले चालु आव २०७८/७९ मा विस्तृत परियोजना प्रतिवेदन तयार गरी निर्माण सुरू गरिने बताइन्।, 'आवास गृहको निर्माण चालु आर्थिक वर्षमै सम्पन्न हुन नसकेर बहुवर्षीय योजनामा जान सक्छ', निर्देशक हमालले भनिन्, 'परियोजना प्रतिवेदन तयारपश्चात यसको क्षमता कति हो भन्ने थाहा हुन्छ।', उनका अनुसार अतिथि गृह निर्माणका लागि वीरेन्द्रनगर नगरपालिकाले वडा नं ६ सुर्खेतस्थित जग्गा छनोट गरेको छ।, त्यस्तै, वीरेन्द्रनगर नगरपालिकाको वडा नं २ स्थित उत्तरगंगामा रु एक करोडको लगानीमा किरियापुत्री भवन निर्माण गर्न थालिएको उनले बताइन्।, ती सबै काम कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोगमा वीरेन्द्रनगर नगपालिकामार्फत सम्पन्न हुने जनाइएको छ।, कर्णालीमा ‘नागरिक अतिथि आवास गृह’ बनाइँदै
सेतोपाटी संवाददाता सैनिक अदालतले मेजर अशोकजंग शाहीलाई पदबाट बर्खास्त गर्ने फैसला सुनाएको छ।, कैलाली लम्कीचुहा नगरपालिकास्थित नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालयमा तत्कालीन अवस्थामा कार्यरत् सेनानी शाहले सैनिक आचरणविरूद्ध काम गरेको ठहर गर्दै सैनिक अदालतले बर्खास्त गरेको हो।, केही दिनअघि अदालतले शाहीलाई पदबाट बर्खास्त र एक महिना जेल सजाय सुनाएको सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालले बताए।, शाही एक महिना कैद सजाय काटेर मुक्त भइसकेका छन्।, शाहीमाथि छानबिनपछि सहायक रथी कृष्णबहादुर जिसीको नेतृत्वमा सैनिक अदालत गठन भएको थियो।, सैनिक ऐन अनुसार शाहीले अब एक पटक पुनरावेदन गर्न पाउँछन्।, ‘फैसलामा चित्त नबुझे सैनिक ऐनले दिएको अधिकार अनुसार पुनरावेदन गर्न पाइन्छ, त्यो अधिकार प्रयोग गर्ने/नगर्ने सम्बन्धित व्यक्तिको निर्णय हो,’ सिलवालले भने।, गत कात्तिकमा शाही कैलालीको चिसापानी बजारमा जाँदा स्थानीयले उनीमाथि आक्रमण गर्दै गाडी तोडफोड गरेका थिए। उनी एउटा होटलमा छिर्न खोजेपछि विवाद भएको थियो।, विवादपछि शाही कार्यालयमा गएर ड्युटीमा बसेका हुद्दा लिएर फेरि चिसापानी बजार पुगेका थिए। स्थानीयलाई उनले हुद्दाको राइफल देखाएको आरोप लागेको थियो।, चिसापानीस्थित प्रहरी कार्यालयमा दुबै पक्षबीच उजुर-बाजुर नगर्ने सर्तमा मिलापत्र भएको थियो।, यो पनि पढ्नुस्:, रक्सीले मातेका सेनाका मेजरले मध्यरातमा गरे हंगामा, मेजर शाहीलाई बर्खास्त गर्ने सैनिक अदालतको फैसला
रासस कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका-५ का  वडाध्यक्ष नरेश बमले आफूले चार वर्षसम्म पाएको सरकारी सेवा-सुविधाको रकमले एम्बुलेन्स किनेका छन्।, गाउँपालिकाका बिरामीलाई सेवा दिन आफ्नो सेवा-सुविधाको रकमबाट वडाध्यक्ष बमले एम्बुलेन्स किनेका हुन्।, विसं २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष बमले आफ्नो पाँच वर्षे कार्यकालमा सरकारले दिएको सेवा-सुविधाबापतको रकम जनतालाई नै फिर्ता गरेको बताए।, 'मैले निर्वाचन जित्दा नै सरकारी सेवा-सुविधा जनताका लागि प्रयोग गर्ने योजना बनाएको थिएँ,' उनले भने, 'त्यो पाएको सेवा-सुविधाको रकमबाट एम्बुलेन्स खरिद गरेर जनताकालाई दिएको छु।' , जनताको जनजीवनसँग जोडिएको मानव स्वास्थ्यलाई मध्यनजर गरेर सेवा दिने उद्देश्यले आफ्नो पाँच वर्षको पारिश्रमिकले एम्बुलेन्स किनेको अध्यक्ष बमले जानकारी दिए। , 'अब उक्त एम्बुलेन्सले जिल्लाभरिका बिरामीलाई आवश्यकता अनुसार सेवा दिने छ,' उनले भने, 'एम्बुलेन्सले एकल महिला, अति गरिब, वृद्धवृद्धालाई निःशुल्क सेवा दिने लक्ष्य राखेका छौं।' , आफ्नो सेवा सुविधाबाट खरिद गरिएको एम्बुलेन्स कर्णाली सेवा समाजद्वारा सञ्चालन हुने अध्यक्ष बमले जानकारी दिए। , वडाध्यक्षले आफ्नो सेवा-सुविधाबाट किने एम्बुलेन्स
अच्युत रेग्मी/रासस काठमाडौंको चक्रपथ वरपर क्षेत्रमा टिकट काउण्टर र जथाभावी बस पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या हुँदै गएको छ।, काठमाडौंको कोटेश्वर, गौशाला, चाबहिल, गोंगबु, माछापोखरी, कलंकी लगायतका क्षेत्रमा टिकट काउण्टर र बसपार्क बनाउँदा ट्राफिक व्यवस्थापनमा समस्या हुँदै गएको हो। , महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार लामो दूरीका सवारी साधन चक्रपथको बाटो भएर ओहोरदोहोर गर्दा ट्राफिक व्यवस्थापनमा असहज हुने गरेको छ।, लामो तथा छोटो दूरीका सवारी साधन गोंगबुस्थित नयाँ बसपार्क र पुरानो बसपार्कभित्रबाट मात्र सञ्चालन हुनुपर्ने व्यवस्था भए पनि जथाभावी रूपमा सञ्चालन गर्दा सडकमा लामो समयसम्म सवारी जाम हुने गरेको छ।  , नुवाकोट, रसुवा लगायतका जिल्लामा  सञ्चालन हुँदै आएको नमस्ते पासाङल्हामु यातायात प्रालिका अध्यक्ष कुलबहादुर खड्गीले माइक्रोबस र ठूला बस एकै ठाउँबाट सञ्चालन नगर्दा आफूहरू सडकबाट ठूला सवारी साधन चलाउन बाध्य भएको गुनासो गर्छन्।, उनले भने, ‘माइक्रोबस माछापोखरीबाट सञ्चालन हुँदै आएको छ, बसमा यात्रा गर्ने यात्रुलाई समेत माइक्रो बसले ओसार्न थालेपछि हामी माछापोखरीबाट बस चलाउन बाध्य भएका हौं।’, बस र माइक्रो बसलाई छुट्ने स्टेसन एउटै बनाउनुपर्ने उनको भनाइ छ। हाल  माछापोखरी क्षेत्रबाट रसुवा र नुवाकोटमा दैनिक ३० भन्दा बढी सार्वजनिक सवारी साधन आवतजावत गर्दै आएका छन्। , यस्तै, गोंगबु चोकदेखि नयाँ बसपार्कसम्मको सडकबाट पोखरा, स्याङ्जा, म्याग्दी, बाग्लुङ, बेनी, बुटवल, लमजुङ लगायतका स्थानका माइक्रो बस तथा ठूला बस सञ्चालन हुँदै आएका छन्।, चितवन र हेटौंडा चल्ने माइक्रो बस भने कलंकीको सडकबाट सञ्चालन हुँदै आएका छन्।, धादिङ चल्ने ठूला तथा साना सवारी साधन माछापोखरी र गोरखा चल्ने माइक्रोबस बालाजुबाट सञ्चालन हुँदै आएका छन्। , यस्तै, जनकपुर, वीरगञ्ज लगायका क्षेत्रमा चल्ने सवारी साधन गौशाला र सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा र रामेछाप चल्ने सवारी साधन भने पुरानो बसपार्क हुँदै कोटेश्वरबाट सञ्चालन हुँदै आएका छन्।, महानगरीय ट्राफिक प्रहरी महाशाखाका  प्रवक्ता प्रहरी उपरीक्षक सञ्जीव शर्मा दास चक्रपथ वरपरका क्षेत्रमा भएको जाम नियन्त्रणका लागि ट्राफिक प्रहरीले उच्च प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिए।, 'साँघुरो सडक र धेरै सवारी साधन हुँदा सवारी जाम हुने गरेको छ, सडक वरपर टिकट काउण्टर र बस पार्किङले ट्राफिक व्यवस्थापनमा भने फरक पारेको छैन,’उनले भने।, प्रवक्ता दासका अनुसार हाल काठमाडौं उपत्यकामा १८ लाख २० हजार सवारी साधन सञ्चालनमा छन् भने एक हजार ५९३ ट्राफिक जनशक्ति कार्यरत छन्। , नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव पुन्यप्रसाद (सरोज) सिटौला यात्रुको सुविधाका लागि सवारी सञ्चालन गर्दा धेरै ठाउँमा टिकट काउण्टर र बसपार्क भएको बताउँछन्। , 'यसरी धेरै ठाउँमा टिकट काउण्टर र बसपार्क बनाउँदा काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक सवारी साधनलाई समेत असर परेको छ,’ उनले भने।, यातायात व्यवस्था विभाग र काठमाडौं महानगरपालिकाले गरेको निर्णय कार्यान्वय गरेर समस्या नहुने उनको भनाइ छ।, काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) महानगरपालिकाले लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधन पार्किङका लागि नयाँ बसपार्कमा जग्गा उपलब्ध गराएको जानकारी दिइन्।, ‘राजधानी काठमाडौंभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधन ‘सिस्टमेटिङ’ ढंगले सञ्चालन हुनुपर्छ भन्ने मान्यता महानगरपालिकाले राखेको छ, सिस्टमबाहिर गएका जोकोहीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ, मनपरी गर्नुहुँदैन,’उनले भनिन्। , महानगरपालिकाले लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधन पार्किङ गर्नका लागि ल्होत्से बहुउद्देश्यीय प्रालिलाई काठमाडौं महानगरपालिका-२६ विष्णुमती खोलाको किनारामा १६१ रोपनी क्षेत्रफल जग्गा उपलब्ध गराएको छ। सोहीअनुसार ल्होत्सेले विसं २०५६ सालमा नयाँ बसपार्क निर्माण गरेर सञ्चालन गर्दै आएको छ। , यातायात व्यवस्था विभागका प्रवक्ता डा लोकनाथ भुसाल विभाग र यातायात व्यवसायीबीच विगतमा भएका सहमति कार्यान्वयन नभए विभागले कारबाही गर्ने बताउँछन्।, ‘सहमति कार्यान्वयन नभएको भनेर कसैले विभागमा उजुरी दिएमा हामी अनुगम टोली पठाएर अध्ययन गरी गल्ती भए कारबाही गर्छौं’, उनले भने।, पछिल्लो समय राजधानी काठमाडौंलगायत देशभर निजी तथा सार्वजनिक सवारी साधनको सङ्ख्या वृद्धि हुनु र बाटोको विस्तार नहुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएको छ। , चक्रपथ वरपर ट्राफिक व्यवस्थापनमा समस्या
सेतोपाटी संवाददाता कर्मचारीलाई कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले सेवा रोक्ने भएको छ।, नागरिकता, नागरिकता प्रतिलिपी, संघ/संस्था, नाबालक परिचयपत्र, राष्ट्रिय परिचय पत्र र राहदानीसम्बन्धी फाँटतर्फको सेवा अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए।, माघ ६ गतेदेखि कार्यालयले सेवा रोक्ने भएको हो।, शान्ति सुरक्षा तथा मुद्दासम्बन्धी अत्यावश्यक सेवा नियमित रहने पनि कार्यालयले जनाएको छ।, पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ।, कर्मचारीलाई कोरोना देखिएपछि ललितपुर प्रशासनले रोक्यो नागरिकता र राहदानी सेवा
सेतोपाटी संवाददाता झण्डै आधा अर्ब रुपैयाँ खर्चिएर बुटवल उपमहानगरपालिकाले प्रशासनिक भवन निर्माण गरेको छ।, २०७५ साल असार ८ गते पूर्वअर्थमन्त्री एवं प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले शिलान्यास गरेको उक्त भवनको बुधबार पौडेलले नै भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन्।, भर्चुअल माध्यमबाट भवनको उद्घाटन गर्दै पूर्वअर्थमन्त्री पौडेलले सेवाग्राहीका कामलाई पहिलो प्राथमिकता राखेर अगाडि बढ्न सुझाव दिए।, उनले नागरिकले नयाँ भवनबाट प्राप्त गर्ने सेवालाई पनि स्तरीय बनाउन आग्रह गरे।, भवन निर्माण गर्दा ५४ करोड ७८ लाख ४५ हजार ३ सय ८१ रुपैयाँ अनुमानित लागत राखिएकोमा विकोही, शिवशक्ति, बन्दन भगवती जेभी न्यू बानेश्वरले ४३ करोड ५३ लाख ४९ हजार ५ सय ७२ रुपैयाँ ८४ पैसामा भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो।, भवनको गत असार ६ गतेभित्रै निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौताको म्याद राखिएको भए पनि कोभिड महामारीका कारण सात महिना ढिलोगरी भवन निर्माण सकिएको उपमहानगरपालिकाका योजना प्रमुख इन्जिनियर सुमन श्रेष्ठले जानकारी दिए।, हाल रहेको प्रशासनिक भवनको दक्षिणतर्फ यसअघि तिलोत्तमा पार्क रहेको स्थानमा भवन निर्माण गरिएको हो।, २०३५ सालमा निर्माण गरिएको हाल उपमहानगरपालिका कार्यालय रहेको भवन २०७२ सालको भूकम्पले चर्किएपछि मर्मत गरेर कार्यालय सञ्चालन भइरहेको थियो।, भूकम्पले क्षतिग्रस्त भएको भवनमा कार्यालय सञ्चालन गर्न जोखिम भएको भन्दै उपमहानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि अत्याधुनिक भवन निर्माणको प्रक्रिया अगाडि बढाइएको थियो।, बुधबार उद्घाटन गरिएको भवन करिब तीन बिघा क्षेत्रफलमा निर्माण गरिएको र यही क्षेत्रमा आवश्यकताको आधारमा थप ६ वटा अन्य ब्लक समेत निर्माण गरिँदै जाने उपमहानगरपालिकाले जनाएको छ।, उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले हाल रहेको पुरानो भवनको जग्गालाई समेत लिएर प्रमुख प्रशासनिक भवनसहित अन्य संरचना निर्माण गर्ने गरी गुरूयोजना बनाइएको जानकारी दिए।, गुरूयोजना अनुसार पहिलो चरणमा निर्माण गरिएको ‘ए ब्लक’ अर्थात् प्रमुख प्रशासनिक भवन बेसमेनसहित चार तलाको अत्याधुनिक रहेको छ।, दुई अलग-अलग स्थानमा लिफ्ट र दुबैतर्फ सिँढी बनाइएको अण्डरग्राउण्ड सहितको नवनिर्मित भवनमा अण्डर ग्राउण्डमा १ सय ६ वटा मोटरसाइकल, ३५ देखि ५०  वटासम्म कार पार्किङ गर्न मिल्ने गरी निर्माण गरिएको छ।, भवनको बाहिर पनि छुट्टै सवारी साधन पार्किङ गर्न मिल्ने क्षेत्र छुट्टाइएको छ।, उपमहानगरपालिकाका इन्जिनियर गौतम रौनियारका अनुसार भुइँ तल्लामा प्रतिक्षा कक्ष, बैंकको लागि काउण्टर, हेल्प डेस्क, नक्सा, योजना, राजश्व र भूमि व्यवस्थासम्बन्धी शाखा राखिएका छन्।, पहिलो तल्लामा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, लेखा र प्रशासन शाखा राखिएको छ।, त्यस्तै, दोस्रो तल्लामा वातावरण, सामाजिक कल्याण, सूचना प्रविधि लगायतका शाखा राखिएको छ भने तेस्रो तल्लामा शिक्षा, युवा तथा खेलकुद शाखा र २ देखि ३ सय जना क्षमताको सभाहल राखिएको छ।, इन्जिनियर रौनियारले चार वटै तल्लामा २०/२५ जना क्षमताका बैठक कक्षहरू निर्माण गरिएको जानकारी दिए।, नवनिर्मित भवन निर्माणको काम सम्पन्न भई बुधबार उद्घाटन गरिए पनि अहिले फर्निचर व्यवस्थापन र इन्टेरियरको काम भइरहेकोले फागुन ३ गते उपमहानगरपालिकाको स्थापना दिवससम्म सम्पूर्ण शाखाहरूको काम नयाँ भवनबाटै सञ्चालन गरिने उनले बताए।, २०१६ सालमा स्थापना भएको बुटवल नगरपालिकाले हरेक वर्ष विभिन्न रचनात्मक कार्यक्रमका साथ स्थापना दिवस मनाउँदै आएको छ।, झण्डै आधा अर्ब खर्चिएर बुटवल उपमहानगरको प्रशासनिक भवन
रासस मास्क कालोबजारी गरेको आरोपमा प्रहरीले आज हेटौंडाबाट दुई जना औषधि व्यवसायीलाई पक्राउ गरेको छ। , पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१ स्थित अंसारी फार्मेसीका सञ्चालक साजित अंसारी र सक्षम औषधि पसलका सञ्चालक बब्लु पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, प्राप्त जनगुनासो र सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अत्यधिक मूल्य लिएर मास्क बिक्री गरेको पाइएपछि ती औषधि पसलका सञ्चालकलाई पक्राउ गरी आवश्यक कानुनी कारबाही अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।, पक्राउ परेकाहरूलाई कालोबजारी ऐनअन्तर्गत कारबाही हुने बताइएको छ। ,     , मास्क कालोबजारी गर्ने दुई जना औषधि व्यवसायी पक्राउ
सेतोपाटी संवाददाता काठमाडौंको बानेश्वरस्थित कान्तिपुर इन्टरनेशनल कलेजमा बुधबार परीक्षा दिन गएका विद्यार्थी आन्दोलित भएका छन्। , कोरोनाभाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको र त्यसैबीच स्वास्थ्य सुरक्षाका मापदण्डको पालना नगरी परीक्षा सञ्चालन गरेको भन्दै विद्यार्थीहरू विरोधमा उत्रिएका हुन्। , आन्दोलनमा उत्रिएका ११ जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , ‘कान्तिपुर इन्टरनेशनल कलेजबाट ११ जनालाई नियन्त्रणमा लिइएको छ,’ उनले भने, ‘विद्यार्थीहरूले परीक्षा भौतिक रूपमा नभई अनलाइन सञ्चालन गर्नुपर्ने माग राखेका छन्। धक्काधक्की गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीको गाडीमा पनि उनीहरूले धावा बोलेछन्।’ यसअघि प्रहरीले ९ जना विद्यार्थीलाई नियन्त्रणमा लिएको थियो। हाल पक्राउ पर्नेको संख्या ११ पुगेको हो। पक्राउ पर्नेमा दुई जना महिला छन्।, एलएलबी चौथो वर्षको परीक्षा दिउँसो १ बजेदेखि सुरू हुनुपर्ने थियो। विद्यार्थीहरू आन्दोलित भएपछि परीक्षा सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ। , एसपी मैनालीका अनुसार अहिले परीक्षा सञ्चालन गराउने प्रयास भइरहेको छ। , विद्यार्थीहरूले प्रहरीले आफूहरूमाथि बल प्रयोग गरेको भन्दै नाराबाजी गरेका छन्। उनीहरूले व्यंग्यात्मक शैलीमा नाराबाजी गरेका हुन्। विद्यार्थीहरूमाथि बल प्रयोग गरेकोबारे जानकारी आइनसकेको प्रहरी उपरीक्षक मैनालीले बताए।, आन्दोलनमा एक विद्यार्थी घाइते समेत भएका छन्। उनको टाउकोमा चोट लागेको र अवस्था सामान्य भएको प्रहरीले जनाएको छ। उपचारको लागि उनलाई बानेश्वरस्थित एभेरेष्ट अस्पतालमा लगिएको छ। , अनलाइन परीक्षा हुनुपर्ने माग गर्दै विद्यार्थी आन्दोलनमा, ११ जना पक्राउ
युवराज श्रेष्ठ आफूमाथि भएको बलात्कार प्रयासविरूद्ध मुद्दा गरेकै कारण पोखरामा एक पीडित अहिले थुनामा पुगेकी छन्।, हर्बल सामान बेच्ने कम्पनीका सञ्चालक तथा बाग्लुङको जैमिनी नगरपालिका स्थायी बासिन्दा हेमन पुनले बलात्कार प्रयास गरेपछि मुद्दामा गएकी लमजुङकी मर्स्याङ्दी(नाम परिवर्तन) अहिले थुनामा छिन्।, बलात्कार प्रयासको मुद्दाबाट आफूले उन्मुक्ति पाउने गरी बयान फेर्न पुनले आफूलाई दबाब र धम्की दिँदै आएको मर्स्याङ्दी बताउँछिन्। भनेको नमानेपछि पुनले बैंकिङ कसुरको मुद्दा लगाएर आफूलाई थुनामा पुर्‍याएको उनको भनाइ छ।  , ‘भनेको नमानेपछि अब फसिस भनेको थियो। अझै पनि धम्की आइराखेको छ।  मैले मेरो हस्ताक्षर गरेर अफिसमै छोडेको चेक फिर्ता ल्याइदिन  प्रहरीमा निवेदन दिँदा समेत कुनै सुनुवाइ भएन,’ उनले भनिन्, ‘पीडितलाई नै जेल हाल्न सबैतिर मिलेमतो गरेका छन्, मलाई असह्य भएको छ।’, उनी लमजुङबाट दस जोड दुई पास भइसकेपछि स्नातक पढ्नका लागि पोखरा आएकी थिइन्।, पोखरास्थित पृथ्वीनारायण क्याम्पस भर्ना भएर पढ्न थालिन्। घरको आर्थिक स्थिति कमजोर भएकाले पढ्नका लागि पैसा जुटाउन उनले जागिर खोज्न थालिन्।, २०७३ मंसिरतिर उनले हर्बलसम्बन्धी सामान बेच्ने एउटा कम्पनीमा काम पाइन्। उनको काम कम्पनीका सामग्रीको मार्केटिङ गर्ने थियो। मार्केटिङको काम गर्दागर्दै पदोन्नति भएर उनी प्रबन्धक बनिन्।, सामान लिन चाहनेले जुनसुकै बेला फोन गरेर सामान मगाउँथे। शनिबारका दिन बिदा भए पनि ग्राहकले सामान मगाए जानुपर्थ्यो।, २०७७ साउन ३१ गते त्यस्तै भयो।, उनलाई ग्राहकले फोन गरेर सामान अर्डर गरे। उनले कम्पनीका सञ्चालक समितिका सदस्य हेमन पुनलाई जानकारी गराइन्। पुनलाई जानकारी गराउनु उनको पेशागत जिम्मेवारी थियो।, पुनले सामान निकालेर ग्राहकलाई दिन स्वीकृति दिए। उनीहरूको कार्यकक्ष एउटै थियो। उनीहरू दुवै जना मिलेर कम्पनीको मार्केटिङ र व्यापारको काम गर्थे।, मर्स्याङ्दी अफिस आएको थाहा पाएपछि पुन पनि आए।, कार्यालय पुगेर मर्स्याङ्दीले बत्ती बालिन् र अर्डर अनुसारको सामान निकालिन्। सामान लिएर बाहिर निस्किन लाग्दा बेलुकीको करिब ७ बजेको थियो। अकस्मात बत्तीहरू निभे।, पुन आएर स्वीच अफ गरेका थिए।, मर्स्याङ्दीले सोधिन्- किन बत्ती अफ गरेको?, पुनले शनिबारका दिन रात पर्न लागेको हुँदा बाहिरी मान्छेले नराम्रो ठान्छन् भनेर बत्ती निभाएको जवाफ दिए। मर्स्याङ्दीले आवश्यक सामान निकालिसकेकाले बाहिर निस्कन खोजिन्। पुनले भने कुरा गर्नुछ भनेर भित्रै बस्न लगाए।, अघिल्लो दिनको बैठक, खाजा खर्च लगायतका विषयमा पुनले कुरा निकालिरहे।, यत्तिकैमा पुन आफ्नो कुर्चीबाट उठे। पछाडिबाट मर्स्याङ्दीलाई समाते। उनी फुत्किन जोडबल गरिन्।, 'तिमीलाई केही हुँदैन, तिम्रो विवाह पनि भएको छैन, कसैलाई थाहा हुँदैन' भन्दै फकाउन खोजे। मर्स्याङ्दी भने पुनको कब्जाबाट फुत्किन प्रयास गरिरहिन्।, उनले निरन्तर प्रतिकार गरेपछि पुनले धम्क्याउन थाले। अपशब्द प्रयोग गरेर गाली गरे।, उनले आक्रमण गर्दा मर्स्याङ्दीले कन्चटमा कोपरिदिइन्। रन्थनिएका पुनको पञ्जाबाट मर्स्याङ्दी फुत्किइन्। त्यही मौकामा उनले टेबुलको घर्राबाट एउटा सानो घन निकालेर पुनलाई प्रहार गरिन्। पुनले घन समातेर खोस्न खोजे। उनीहरूबीच घन खोसाखोस गर्दागर्दै बाहिरको ढोकासम्म पुगे।, घन खोसेर पुन बाहिर निस्किए। बाहिरबाट ढोकाको चुकुल लगाइदिए। यो विषयलाई लिएर बाहिर कतै उजुर–बाजुर गरे उल्टो फसाइदिने धम्की पनि पुनले दिन भ्याएका थिए।, कार्यालयभित्रै भएको हल्लाखल्ला बाहिरसम्म पुगिसकेको थियो। छिमेकी र घुमुवा प्रहरी तत्काल घटनास्थल पुगेर मर्स्याङ्दीलाई थुनिएको ढोकाको चुकुल खोलिदिए।, यसरी पुनले योजनाबद्ध बलात्कार प्रयास गरेको मस्याङ्दीले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ।, पीडक पुन पक्राउ परे। उनले प्रहरी र अदालतमा बयान गर्दा मर्स्याङ्दीले आफूसँग लाखौ रुपैयाँ लिएको बताएका छन्।, २०७७ भदौ ९ पुनले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रहरी निरीक्षक कृष्ण बस्यालसमक्ष दिएको बयानमा मर्स्याङ्दीले पटक-पटक गरी ५८ लाख ५० हजार रुपैयाँ लगेको उल्लेख गरेका छन्।, उनै पुनले जिल्ला अदालतमा दिएको बयानमा पटक-पटक गरी ५५ लाख रुपैयाँ जति रकम लगेको भनेका छन्। प्रहरी र अदालतको उनको बयानमा रकमको अंक फरक छ।, उनले नगद नै रकम दिएको र प्रमाण भने आफूसँग केही नरहेको बयानमा उल्लेख गरेका छन्। , उनले जे बयान दिए पनि जाहेरी, स्वास्थ्य परीक्षण, घटनास्थलको मुचुल्का लगायत प्रमाणका आधारमा जिल्ला अदालत कास्कीले बलात्कार प्रयास भएको ठहर गरेको छ।, जिल्ला न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले गत भदौ १० गते दिएको आदेशमा पुनलाई न्युनतम सजाय तोक्दै ३ वर्ष ६ महिना कैद र ३० हजार रुपैयाँ क्षतिपूर्ति दिन फैसला गरेको छ।, फैसला भैसकेपछि पुनले मर्स्याङ्दीलाई फसाउन लेनदेनको तानाबाना बुनेको पीडित पक्षको दाबी छ।, पुनको कम्पनीमा काम गर्दा आफ्नो बैंक खाताको खाली चेकमा सही गरेर आफ्नै टेबलको घर्रामा राखेकी थिइन्। यसअघि पुन र मर्स्याङ्दी दुवैले एक अर्काको चेक प्रयोग गर्ने समेत गरेको उनी बताउँछिन्।, बलात्कार प्रयास भएपछि मर्स्याङ्दी कार्यालय गएर आफ्नो सामग्री ल्याउन सकिनन्। उनले सही गरेर छाडेको खाली चेक समेत त्यहीँ छुट्यो।, त्यही चेक दुरूपयोग गरेर पुनले आफूलाई फसाएको मर्स्याङ्दी बताउँछिनन्।, बलात्कार मुद्दा लगाए बदला लिने बताएका पुनले मुद्दाको पुनरावेदनमा बयान फेरेर उन्मुक्ति दिन दबाब दिइरहेका छन्। नदिए लेनदेनमै फसाइदिने धम्की बारम्बार दिइरहेको मर्स्याङ्दी बताउँछिन्।, यस्ता धम्की सुरूदेखि नै आउन थालेका थिए। धम्की आउन थालेपछि २०७७ भदौ २५ गते जिल्ला प्रहरी कार्यालयमा मर्स्याङ्दीले चेक फिर्ता दिलाइमागेर उजुरी दिएकी थिइन्। उनले उजुरीमा कार्यालयको ड्रअरमा प्रभु बैंक बगर शाखा र कामना सेवा विकास बैंक चिप्लेढुङ्गा शाखामा खाता रहेको चेकबुकमा सही गरेर राखेको उल्लेख गरेकी छन्।, बलात्कार मुद्दा चलिरहँदा नै पुन पक्षले उक्त चेकबुक फेला पारेको र त्यसैका आधारमा फसाइदिने धम्की दिएको उल्लेख गरेकी छन्।, बलात्कार मुद्दामा बयान फेर्न पुनकी श्रीमती याममाया थापासहितले पटकपटक दवाब दिएको, सही गरेर राखेको चेकको दुरूपयोग गर्ने  धम्की दिएको भन्दै मर्स्याङ्दीले आफ्नो चेक फिर्ता गराइदिन र चेक दुरूपयोगउपर कारबाही गर्न प्रहरीलाई अनुरोध गरेकी थिइन्।, बलात्कार मुद्दामाथि फैसला हुनुअगावै मर्स्याङ्दीले दिएको उक्त बेहोराको निवेदन उपर प्रहरीले अहिलेसम्म कुनै कारबाही गरेको छैन।, प्रहरीमा चेक दुरूपयोगको निवेदन दिएकै दिन २०७७ भदौ २५ मा उनले प्रभु बैंक र कामना सेवा बैंकमा पनि आफ्नो खाताबाट कारोबार रोक्का गर्न निवेदन दिएकी थिइन्। बैंकले पनि उनले दिएको निवेदन अनुसार खाता रोक्का गरेन।, मर्स्याङ्दीले मुद्दामा होस्टाइल गर्न नमानेपछि पुनले बैंकिङ कसूर र चेक अनादर मुद्दा दिएका छन्।, ‘समयमै प्रहरी र बैंकले पीडितले दिएको निवेदन अनुसार चेक फिर्ता र बैंकिङ कारोबार रोक्का गरेको भए पीडितले थप पीडा पाउने अवस्था आउथेन,’ पीडितका एक आफन्तले भने, ‘बलात्कारजस्तो मुद्दाका पीडितलाई फसाउन प्रहरी र बैंकको पनि मिलेमतो देखियो।’, बलात्कार प्रयासको सजाय काटिरहेका पुनले मर्स्याङ्दीको नामका २ वटा चेक दुरूपयोग गरेको पीडित पक्षको आरोप छ।, उनको नाममा रहेको कामना सेवा विकास बैंकको एउटा चेकमा ४७ लाख रुपैयाँ पुनलाई भुक्तानीका लागि २०७७ साउन २९ मा काटिएको देखिएको छ।, चेक काटेको तर बैंकमा पैसा नभएको भन्दै पुन पक्षले मर्स्याङ्दीविरूद्ध बैंकिङ कसूरको जाहेरी दिए।, पुनले जिल्ला अदालतमा प्रभु बैंकको ८ लाख रुपैयाँको चेक सटही नभएको भन्दै चेक अनादरको अर्को मुद्दा जिल्ला अदालतमा पनि दिएका छन्।, दुवै अदालतको बयानमा मर्स्याङ्दीले उक्त चेकको हस्ताक्षर आफ्नो भएको तर विवरण आफूले नलेखेको बताएकी छन्।, उक्त चेकका आधारमा लागेको मुद्दामा उच्च अदालत पोखराले पुस २६ गते आदेश दिएर थुनामा पठाएको छ।, उच्च अदालत पोखराका न्यायाधीशद्वय प्रमोदकुमार श्रेष्ठ वैद्य र रमेशप्रसाद राजभण्डारीको संयुक्त वाणिज्य इजलासले ४७ लाख रुपैयाँ बराबरको नगद धरौटी वा सो बराबरको जेथा जमानत वा बैंक ग्यारेण्टी दिए तारेखमा छाड्न आदेश दिएको छ।, मर्स्याङ्दीलाई बैंकिङ कसूर र चेक अनादर मुद्दा लगाएका पुनसँग त्यतिका रकम दिएको प्रमाण छैन। त्यसको खोजी प्रहरी र अदालत दुवैले गरेका छैनन्। न त प्रहरी र बैंकमा मर्स्याङ्दीले आफ्नो चेक पुनकै अफिसमा छोडिएको भनेर दिएको निवेदन हेरेका छन्। , कमजोर आर्थिक अवस्थाको पारिवारिक पृष्ठभूमि भएकी मर्स्याङ्दीले धरौटी बुझाउन नसकेपछि अहिले थुनामा छिन्।, उनका परिवारले छुटाउन वडा कार्यालयको सिफारिसमा घर जग्गाको धितो राख्ने भन्दै वडा अध्यक्षले पठाएको मूल्यांकन पेस गरेका थिए।, तर अदालतले वडा कार्यालयको मूल्यांकन अस्वीकार गर्‍यो, जिल्ला मालपोतको मूल्यांकन सिफारिस माग्यो। पीडित परिवारले मालपोत जाँदा सरकारी दरभाउमा घर जग्गाको मूल्य ४७ लाख आउन नसकेको उनका परिवारका एक सदस्यले जानकारी दिए। उजुरी दिएकै भरमा मर्स्याङ्दीलाई थुनामा पठाउने आदेश मिलेमतोमा पो भएको हो कि भन्ने आशंका पीडित पक्षको छ। , यसबारे उच्च अदालत कास्कीका रजिष्टार श्रीलाल पौडेलले अदालतबाट आदेश भइसकेपछि फिर्ता गर्न नमिल्ने बताए।, ‘उहाँहरू सर्वोच्च अदालत गएर आदेश रद्द गर्न सक्नुहुन्छ, यहाँबाट आदेश भइसकेपछि फिर्ता गर्न मिल्दैन,’ पौडेलले भने, ‘हामीसँग अरू विकल्प छैन।’, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुन्दर तिवारीले पनि उक्त घटनाका बारेमा आफूले बुझ्नपर्ने बताए।, ‘यसबारे बुझेर मात्र भन्न सक्छु,’ उनले भने।, बलात्कार प्रयास जस्तो गम्भीर अपराध प्रमाणित भएका पुनले जेलभित्रै बसेर आफूलाई फसाउन खोजेको पीडितले बताइन्।, बलात्कार प्रयासविरूद्ध मुद्दा गर्दा आफैं थुनामा पुगेकी 'मर्स्याङ्दी'
शेरबहादुर सिंह/रासस कञ्चनपुरमा कोरोना संक्रमितको संख्या वृद्धि भएसँगै अवस्था सामान्य भएका संक्रमितलाई यहाँको होल्डिङ सेन्टरमा राख्ने प्रबन्ध मिलाइँदै छ।, सरकारले गत माघ २ गते होल्डिङ सेन्टर सञ्चालन, जनशक्ति व्यवस्थापन लगायतका जिम्मेवारी प्रदेश सामाजिक विकास मन्त्रालयलाई दिएपछि कार्यविधि बनाएर होल्डिङ सेन्टर सञ्चालनमा ल्याउने तयारी थालिएको छ।, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले गड्डाचौकीमा कोरोनाको परीक्षण दिनहुँ भइरहेको बताए।, ‘वडा कार्यालयको सिफारिसमा लक्षण नदेखिएका संक्रमितहरूलाई होम आइसोलेसनमा पठाउने गरिएको छ’, प्रजिअ पाण्डेले भने, ‘वडामा पनि स्वास्थ्यकर्मीहरूले संक्रमितको निगरानी गर्ने गरेका छन्।’, मुख्यमन्त्री वा प्रदेश सामाजिक विकास मन्त्रीको नेतृत्वमा कार्यविधि बनाएर होल्डिङ सेन्टर सञ्चालन गर्ने तयारी भइरहेको उनको भनाइ थियो।, यसअघि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रायलले सबै पालिकालाई २५ बेडको आइसोलेसन बनाउन पत्राचार गरे पनि अधिकांशले वास्ता गरेको देखिँदैन।, तर कञ्चनपुरमा बेलौरी नगरपालिकाले ५० बेडको आइसोलेसन वार्ड बनाएको खबर आएको प्रजिअ पाण्डेले बताए। यहाँको सालघारीमा होल्डिङ सेन्टर निमार्णको जिम्मेवारी पाएको हनुमान कन्स्ट्रक्सनका प्रतिनिधी लक्ष्मण सापकोटाले निर्माण अन्तिम चरणमा पुगेको बताए।, ‘एक हजारमध्ये ५५६ बेड तयार भइसकेका छन्’, उनले भने, ‘अरू सामान आएर काम हुनुका साथै अब निर्माण अन्तिम चरणमा पुगे पनि आर्थिक कारणले ढिलाइ भएको छ।’, उनले सरकारले रकम निकास नगर्दा चार महिनादेखि काम गरेको रकम नपाएको बताए।, ‘रु २९ करोड २४ लाखको ठेक्का भए पनि काम सकिन लाग्दासम्म रु १५ करोड मात्रै पायौं’, उनले भने,‘ गत असार १६ गतेबाट निर्माण सुरू गरिएको थियो।’, स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप फोकल पर्सन जनक कुँवरले जिल्लाभरि खोप अभियान सञ्चालन गरिरहेको बताए।, ‘बालबालिकाको दोस्रो मात्रा बाहेक सबै खोप यहाँ मौज्दात छ’, उनले भने, ‘सरकारको निर्देशन अनुसार पालिकाहरूमा धमाधम खोप अभियान सञ्चालन हुँदैछ।’, उनले स्वास्थ्य कार्यालयसँग कोभिसिल्ड, जोन्सन एण्ड जोन्सन, भेरोसिलसहितका खोप गरेर करिब ४५ हजार मात्रा मौज्दात रहेको बताए।, ‘भारतबाट आउनेहरूलाई गड्डाचौकीमा रहेको होल्डिङ सेन्टरमा दिनहुँ खोप लगाइरहेका छौं’, उनले भने,‘कोरोना बढेसँगै नाकामा पनि खोप लगाउनेहरूको संख्या बढिरहेको छ।’, यहाँको महाकाली प्रादेशिक अस्पतालमा कोरोनाको गम्भीर लक्षण देखिएका एक जनाको उपचार भइरहेको छ।, संक्रमित देखिएकाहरूलाई गड्डाचौकीबाट अस्पताल पठाइने गरेको भएपनि लक्षण नहुनुका साथै अवस्था सामान्य हुँदा प्रक्रिया पुर्‍याएर होम आइसोलेसनमा पठाउने गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ।, होल्डिङ सेन्टरमा संक्रमित राख्ने प्रबन्ध मिलाइँदै
सेतोपाटी संवाददाता सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा पिसिआर परीक्षण गर्दा ८०० रूपैयाँ शुल्क तोकिएको छ। , यस्तै निजी प्रयोगशालामा पिसीआर टेष्टको शुल्क १५०० रूपैयाँ तोकिएको छ। , यसअघि सरकार अस्पतालहरुमा परीक्षणको शुल्क १ हजार र निजी अस्पतालमा १५ सय रूपैयाँ लिइँदै आएको थियो।, लक्षण भएकाहरुको सरकारी अस्पातलमा निःशुल्क परीक्षण हुनेछ।,  , घट्यो कोरोना परीक्षण शुल्क, सरकारीमा ८०० र निजीमा अब १५०० रूपैयाँ
सेतोपाटी संवाददाता राष्ट्रिय मानव अधिकार आयोगले सरकार र विश्वविद्यालयलाई विद्यार्थीको स्वास्थ्य र शिक्षासम्बन्धी अधिकारप्रति संवेदनशील बन्न अनुरोध गरेको छ। , बुधबार काठमाडौंको बुद्धनगरस्थित कान्तिपुर इन्टरनेशनल कलेजमा स्वास्थ्य मापदण्ड पालना नगरेको भन्दै परीक्षा दिन गएका विद्यार्थीहरूले आन्दोलन गरेका थिए। , पूर्वाञ्चल विश्वविद्यालयद्वारा सञ्चालित बिएएलएलबी चौथो वर्षको परीक्षा अनलाइन माध्यमबाट हुनुपर्ने भन्दै विद्यार्थीहरूले आन्दोलन गरेका थिए। त्यसक्रममा एक जना विद्यार्थी घाइते भएका छन् भने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।, यस सम्बन्धमा नागरिकमा पर्नसक्ने जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्यका मापदण्डहरूको पालना गर्न, गराउन र परीक्षा वैकल्पिक उपाय अपनाएर सञ्चालन गर्न आयोगले सरकार, विश्वविद्यालय र सबै निकायलाई आग्रह गरेको छ।, घटनाबारे खबर पाएपछि आयोगको टोली अनुगमन गर्न समेत पुगेको प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए।, साथै, आयोगमा उजुरी समेत परेको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्। , ‘अनुगमनको क्रममा कोरोना संक्रमणको दर तीव्र गतिमा फैलिरहेको तथा परीक्षा सञ्चालनको क्रममा स्वास्थ्यको मापदण्ड पालना नहुँदा विद्यार्थीको ज्यान जोखिममा पर्न सक्ने भन्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिएको बुझिएको छ,’ आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘विद्यार्थीहरूले हाल चलिरहेको परीक्षालाई अनलाइन वा अन्य वैकल्पिक माध्यमबाट सञ्चालन गर्नुपर्ने माग राखेको अनुगमनबाट पाइएको छ। यस सम्बन्धमा आयोगमा निवेदन समेत प्राप्त भएको छ।’,  , मानव अधिकार आयोगले भन्यो: विद्यार्थीको स्वास्थ्यप्रति संवेदनशील बन
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घन्टामा थप ११ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरिएको २३ हजार ४ सय ९ परीक्षणबाट ११ हजार ३ सय ५२ जनामा पुष्टि भएको हो।, १८ हजार ८७ वटा पिसीआर परीक्षणमा ९ हजार ५ सय २ जना र ५ हजार ३ सय ३१ एन्टिजेन परीक्षणमा १८५० गरी ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, आज देशभरको औसत संक्रमणदर ५२.६ दर रहेको छ। यो हालसम्मकै सबैभन्दा उच्च संक्रमणदर भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।, काठमाडौं उपत्यकामा ६ हजार ३ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये भक्तपुरमा ५ सय ७८, ललितपुरमा १ हजार १९  र काठमाडौंमा ४ हजार ६ सय ६६ जनामा संक्रमण पुष्टि भएको छ।, अहिले देशभर ४६ हजार ५१५ जना होम आइसोलेसनमा र एक हजार ४१४ जना संस्थागत आइसोलेसनमा छन्। तीमध्ये १६९ जना आईसीयूमा र २८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।, पछिल्लो २४ घन्टामा नेपालमा थपिए ११ हजार संक्रमित, काठमाडौंमा ६ हजार बढी
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा छिल्लो २४ घण्टामै ६ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ६ हजार ३ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, मन्त्रालयका अनुसार बुधबार भक्तपुरमा ५७८, ललितपुरमा १०१९ र काठमाडौं ४ हजार ६ सय ६६ संक्रमित थपिएका हुन्। , तीनै जिल्लामा जम्मा ६ हजार ३४३ जनामा कोरोना संक्रमण देखिएको हो। देशभरमा सबैभन्दा सक्रिय संक्रमित पनि काठमाडौं उपत्यकामै छन्।, पछिल्लो २४ घन्टामा देशभर गरिएको २३ हजार ४ सय ९ परीक्षणमा ११ हजार ३ सय ५२ जनामा संक्रमण पुष्टि भएको हो।, जसमध्ये १८ हजार ८७ वटा पिसीआर परीक्षणमा ९ हजार ५ सय २ जना र ५ हजार ३ सय ३१ एन्टिजेन परीक्षणमा १८५० गरी कुल ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, आज देशभरको औसत संक्रमणदर ५२.६ दर रहेको छ। यो हालसम्मकै सबैभन्दा उच्च संक्रमणदर भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए।, काठमाडौं उपत्यकामा मात्र थपिए ६३४३ संक्रमित
सेतोपाटी संवाददाता नेपालमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्न थालेयता संक्रमितहरूको मृत्यु भए पनि सरकारले अहिलेसम्म ओमिक्रोनका कारण मृत्यु भएको भनेर सार्वजनिक गरेको छैन।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पुसको दोस्रो सातादेखि नेपालमा ओमिक्रोन संक्रमण बढ्न थालेको देखिएको छ। र यस अवधिमा झन्डै ३० जना संक्रमितको मृत्यु भएको छ। ती संक्रमितहरूको मृत्युको कारण ओमिक्रोन हो वा पुरानै डेल्टा भेरियन्ट भन्ने पुष्टि भएको छैन।, यसबारे सोधिएको प्रश्नमा स्वास्थ्य मन्त्रालयले आलटाल जवाफ दिएको छ। 'अहिलेको मृत्युलाई हामीले छुट्याएर हेरेका छैनौं। संक्रमण अहिले प्राय: ओमिक्रोनकै छ,' मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले भने, 'पछिल्लो संक्रमणका कारण पनि मान्छेको ज्यान गएको छ। र पछिल्लो संक्रमणहरू प्राय: नयाँ भेरियन्ट नै हो।', कुनै पनि संक्रमितको मृत्युको कारण कुन भाइरस हो भनेर यकिन गर्न जिनोम सिक्वेन्सिङ गर्नुपर्ने हुन्छ। जुन कुरामा मन्त्रालयले उदासिनता देखाएको छ। मन्त्रालयले सिक्वेन्सिङको काम इपिडिमियोलिजी तथा रोग नियन्त्रण महाशाखालाई दिएको छ। तर महाशाखाले संक्रमितको मृत्युको कारण यकिन गर्न ठोस रूपमा सिक्वेन्सिङको काम अगाडि बढाएको छैन।, 'हिजो-अस्ति मृत्यु भएकाहरूमा ओमिक्रोन थियो कि डेल्टा भनेर छुट्याउन सक्दैनौं। त्यसको स्पष्ट जवाफ मसँग छैन,' महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले भने, 'पछिल्लो समय सिक्वेन्सिङ भएको छैन। फेरि सिक्वेन्सिङ गर्दा मृतकको नमूना पनि लिन्छौं।', मन्त्रालयले हालसम्म गरिएका सिक्वेन्सिङमार्फत् २७ जना ओमिक्रोन संक्रमित भटिएको आधिकारिक जानकारी दिएको छ। यद्यपि अहिले जसरी संक्रमण व्यापक फैलिरहेको छ, त्यो ओमिक्रोनकै कारण रहेको भन्नेमा मन्त्रालय सहमत छ। त्यसले गर्दा पनि मन्त्रालयले अब ओमिक्रोन हो वा होइन भनेर यकिन गर्नेतिर चासो दिएको छैन।, सिक्वेन्सिङको काम खर्चिलो र केही समय लाग्ने भएकाले सबै पोजेटिभ वा मृतकको सिक्वेन्सिङ गर्नुपर्ने आवश्यकता हुन्न। विकसित देशहरूले पनि सबै नतिजाहरूको सिक्वेन्सिङ गरेका छैनन्। भारतकै हकमा पनि थोरै मृत्युहरू मात्र ओमिक्रोनका कारण भएको भन्ने तथ्यांक बाहिर आएका छन्।, नेपालमा भने एकजना मृतकको पनि भेरियन्ट यकिन गर्न सिक्वेन्सिङको काम अगाडि बढेको छैन। अहिले संक्रमितहरूको ज्यान कुन भेरियन्टका कारणले गएको भन्ने यकिन गर्नसके त्यसले भाइरसविरूद्ध लड्न राणनीतिक सहयोग पुर्‍याउँछ। अहिले फैलिएको ओमिक्रोन भेरियन्ट कम घातक भनिरहँदा मृतकको संख्या बढे सोहीअनुसार सरकारले आगामी रणनीति तय गर्नुपर्ने हुन्छ।, नेपालमा ओमिक्रोनका कारण संक्रमितको मृत्यु भएको छ?
सेतोपाटी संवाददाता चितवनमा एक सिंगे गैंडाको आक्रमणबाट दुई जना वृद्ध घाइते भएका छन्।, भरतपुर-२२ पटिहानीमा आफ्नै घरअगाडि घाम तापिरहेका दुई वृद्धलाई गैंडाले आक्रमण गरेको हो।, बुधबार दिउँसो साढे ३ बजे ७० वर्षीय बुदना महतो र ८० वर्षीय धोधारी महतोलाई गैंडाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए। , उनीहरू दुबै जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।, आफ्नै घरअगाडि घाम तापिरहेका दुई वृद्ध गैंडाको आक्रमणबाट घाइते
रासस स्याङ्जाको वालिङ नगरपालिकाले वडाबाटै योजना सम्झौता गरिदिएपछि उपभोक्तालाई सहज भएको छ। , वालिङ नगरपालिकाको कार्यालयबाट विनियोजन भएका नगरस्तरीय योजना र वडाबाट छनोट भएका वडास्तरीय योजनाको सम्झौता सम्बन्धित वडाबाटै गरिएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिए।, 'नगरले छनोट गरेका र वडाले छनोट गरेका योजनाको एकैदिन सम्बन्धित वडाबाटै सम्झौता गरिएको छ', उनले भने, 'प्रमुख प्रशासकीय अधिकृत, योजना शाखाका कर्मचारी, इञ्जिनियर नगरपालिकाबाट वडामा जाने र सम्बन्धित वडाध्यक्ष, सचिव तथा छनोट भएका योजनाका उपभोक्ता समितिका पदाधिकारीकाबीच कार्य सम्झौता गरिएको छ।', एकैदिन सम्झौता गर्दा काम समयमै र छिटोछरितो सम्पन्न गर्न सकिने, उपभोक्ता समितिलाई सहज हुने, योजना सम्झौताका लागि नगरपालिका कार्यालयसम्म धाइरहनुपर्ने अवस्थाको अन्त्य हुने र सही उपभोक्ता पहिचान गर्नमा सघाउ पुग्ने मुख्य उद्देश्यले वडा-वडामै योजना सम्झौतालाई अभियानको रूपमा अगाडि बढाइएको उनले बताए।, 'सरोकारवाला सबै वडामै भेला भएर आ-आफ्नो योजना सम्झौता गर्न सकिने भएकाले उपभोक्तालाई सहज हुन्छ', उनले भने, 'यो एक प्रकारको घुम्ती सेवा जस्तै हो, उपभोक्ता समितिले योजना सम्झौतापश्चात अन्तिममा काम सकेर भुक्तानीका लागि मात्रै नगरपालिका कार्यालयमा आए पुग्छ, एउटै कामका लागि पटक-पटक आइरहनुपर्दैन।', चालु आर्थिक वर्षदेखि लागू हुने गरी वडा-वडामै पुगेर योजना सम्झौता अभियान थालिएको हो।, चालु आर्थिक वर्षमा वालिङ नगरपालिकामा नगरस्तरीय ८५ र वडास्तरीय ४७६ योजना तथा कार्यक्रम रहेको योजना शाखाका प्रमुख ज्ञानप्रसाद पाण्डेले जानकारी दिए।, १४ वटा वडा रहेको नगरपालिकाका हालसम्म १० वटा वडामा सम्झौता गर्ने कार्य सकिएको छ भने बाँकी रहेका वडामा सम्झौता अन्तिम प्रक्रियामा रहेको पाण्डेले बताए।, नगरपालिकाले चालु आर्थिक वर्षका लागि पुँजीगत र चालु गरी कूल रु ९३ करोड ५७ लाख ५८१ बजेट विनियोजन गरेको छ।, वालिङ नगरपालिकाले योजनाको सुरूआतदेखि सम्पन्न हुँदासम्मका सबै प्रक्रियालाई एकीकृत गरी योजनापुस्तिका प्रकाशन गरेकाले थप सहजता भएको छ। , नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले निर्दिष्ट गरेको स्थानीय तहको अधिकार क्षेत्रभित्रको विकास निर्माण कार्यलाई सरलीकरण र सहभागितामूलक रूपमा सञ्चालन गर्न खरिद ऐन २०६३ नियमावली २०६४ तथा नगरपालिकाको उपभोक्ता समिति कार्य सञ्चालन कार्यविधि २०७४ अनुसार नगरपालिकाको अनुगमन तथा सुपरीवेक्षण कार्य सञ्चालन कार्यविधि २०७८ को प्रावधानलाई समेटेर योजना पुस्तिका निर्माण गरेको नगरपालिकाले जनाएको छ।, वालिङका वडावडामै योजना सम्झौता, उपभोक्तालाई सहज
डा. निमेश पौडेल अहिले कोभिड-१९ (ओमिक्रोन) को तेस्रो लहर फैलिरहेको छ। ओमिक्रोन भएमा नअत्तालिनुहोला। यसको लक्षण अरूको भन्दा हल्का छ। तर दीर्घकालीन रोगका बिरामी छन् भने अलि सचेत हुनुपर्छ।, सुरूमा ज्वरो अधिकतम आउनसक्छ। सुरूको दिनमा १०३ डिग्रीसम्म ज्वरो आउन सक्छ। त्यस्तो अवस्थामा समेत नआत्तिनुहोला।, धेरै गाह्रो भएको छ भने अस्पतालमा गएर चिकित्सकको सल्लाह लिनुपर्छ। ज्वरो आउँदा सिटामोल खान सकिन्छ। त्यसलाई दिनको तीन पटकदेखि चार पटकसम्म खान सकिन्छ। दिनमा २ देखि ३,४ लिटर पानी पिउनुपर्छ।, पौष्टिक खाना धेरै खानुपर्छ। ज्वरो छैन भने मासु समेत मजाले खान मिल्छ।, ओमिक्रोन भएको बेलामा सम्भव भएमा अलग्गै कोठामा सुत्ने र शौचालय अलग्गै प्रयोग गर्नुपर्छ। खाने ठाउँ अलग्गै गरेको राम्रो हो। आफूले सकेमा शौचालय आफैंले सफा गर्नुपर्छ। , ज्वरो तीन दिनभन्दा बढी आयो, सास फेर्न गाह्रो भयो भने अस्पताल जानुपर्छ। सम्भव भएसम्म घरमा अक्सिमिटर राख्नुपर्छ र बिहान, बेलुका नाप्नुपर्छ। सास फेर्न गाह्रो भएमा अरू बेलामा समेत नाप्नुपर्छ।, रिंगटा लाग्यो, माथि हेर्दा गाह्रो भयो भने अक्सिजन नाप्नुपर्छ। अक्सिजनको मात्रा ९०  भन्दा तल जान थाल्यो भने तुरून्तै अस्पताल जानुपर्छ। धेरै गाह्रो भयो भने चिकित्सकसँग सल्लाह लिनुपर्छ। अहिलेको ओमिक्रोनले साह्रै धेरै गाह्रो पारेको छैन। तर पनि बिरामी अस्पताल भर्ना पनि भएका छन्। दीर्घ रोग भएका बिरामीलाई अस्पताल भर्ना हुनु परेको छ।, यसले एकैपटक धेरै जनालाई सार्न सक्ने भएकोले होसियारी अपनाउनुपर्छ। ओमिक्रोनले पहिलाको भन्दा १० गुणा धेरै सार्छ।त्यसैले हामी सचेत हुनुपर्छ। हामी सचेत भयौं भने अस्पतालका बेडहरू भरिँदैनन्।, विशेषगरी सास फेर्न गाह्रो भएमा र ज्वरो नरोकिएमा भने अस्पताल जानैपर्छ।, कतिपय परिवारले एउटै मात्र कोठा लिएका हुन्छन्। धेरै व्यक्ति एउटै कोठामा बसेको बेलामा आइसोलेसन झनै कठिन कुरा हो।अहिलेको भाइरसको चरित्र अनुसार एउटालाई लागेपछि अर्कोलाई सरिहाल्छ। त्यसैले सचेतता अपनाउनुपर्छ।, त्यस्तो अवस्थामा मास्क लगाउने सकेसम्म अलग्गै खाने र शौचालय गएपिच्छे सफा गर्ने प्रयास गर्नुपर्छ।, अरू बेलाभन्दा पौष्टिक खाना खानुपर्छ। हरियो तरकारी, फलफूल र झोलिलो खाना खानुपर्छ।, कोभिड लागेको बिरामीलाई १ हप्तादेखि १० दिनसम्म आइसोलेसनमा राख्नुपर्छ। ७ दिनसम्म अर्कोलाई सार्ने धेरै सम्भावना हुन्छ। ओमिक्रोन हुँदा धेरै सिंगान बग्ने भएकोले चाँडै सर्ने हो। सँगै धेरै बिरामीलाई लक्षण समेत देखिँदैन।, अहिले देखिएकोभन्दा अझै धेरै ओमिक्रोनका बिरामी छन्। तर अहिले परीक्षण थोरै छ। सबैलाई परीक्षण गर्नुपर्छ भन्ने पनि छैन।धेरै खतरामा रहेका र लक्षण देखिएकाले मात्रै परीक्षण गर्ने हो।, तेस्रो लहरमा खतरा कम देखिएको छ। तर संक्रमणको दर धेरै उच्च छ। , अब यसपछि आउनसक्ने भाइरसको रूप कस्तो हुन्छ भन्ने कुराले धेरै निर्धारण गर्छ।, ओमिक्रोनको संक्रमणबाट घरमै आइसोलेसनमा बसेकाहरूले कस्तो दैनिकी अपनाउने, कस्तो अवस्थामा अस्पताल जाने लगायतका विषयमा अल्का अस्पताल जावलाखेल र एभरेष्ट अस्पताल बानेश्वरमा कार्यररत कन्सल्टेन्ट फिजिसियन डा. निमेश पौडेलसँग, सेतोपाटी,का ,सन्जिब बगाले,ले भिडिओ कुराकानी गरेका छन्।, घरमै आइसोलेसन बस्दा के गर्ने, के खाने? (भिडिओ)
शुरबहादुर सिंह/रासस तातोपानी गाउँपालिका-६ जुम्ला हियाँखोला निवासी ६० वर्षीय विष्णुदेवी रोकाय १३ वर्षदेखि एकल जीवन बिताइरहेकी छन्।पारिवारिक वेदना र समाजको अपहेलनाले रोकाय सामाजिक, मानसिक र शारीरिक रूपले अस्वस्थ बन्दै गएकी छन्। अहिले उनी सहाराविहीन अवस्थामा छिन्। , रोग र शोकले थलिएकी रोकायलाई जीवनमा एकपछि अर्को पीडा थपिरहे।, अस्पतालको सुविधा नभएकै कारण २०५३/५४ तिर दुःख गरेर हुर्काइसकेका एक छोरा, एक छोरी बिरामी हुँदा राम्रो उपचार नपाएरै बिते। उनीहरूको मृत्युले पारेको पीडा नसकिँदै २०५८ सालमा १८ वर्षको छोरा छक्क रोकायको पनि मृत्यु भयो। , नेकपा माओवादीले चलाएको तत्कालीन सशस्त्र विद्रोहका क्रममा भूमिगत समयमा बम विस्फोट भएर छक्कको मृत्यु भएको थियो।, छोराको पीडा नसकिँदै २०६६ सालमा श्रीमान नरबहादुर रोकायको मृत्यु भयो।, एकमाथि अर्को पीडा सहेर एकल जीवन जिइरहेकी रोकायले भने आफ्नो पीडाभन्दा ज्यादा समाजले भोग्नुपरेको समस्याबारे पनि चिन्ता गरिन्।, ‘सानो छँदै छोराछोरी मरे। ती मरेका लालाबालाबाट लागेको पीडाको घाउ नमेटिँदै ठूलो छोरा बित्यो,’ गहभरिको पीडा ओकल्दै उनले भनिन्, ‘पछि आएर आफ्नो जीवनसंगीले नै छोडेर गएपछि १३ वर्षदेखि एक्लो जीवन छ। एक्लो भएर होला, समाजमा पनि निकै अपमान खेपिरहेकी छु। आखिर चित्त बुझाएर बस्दा पनि समाजले सुख दिएन।’ , अपमान सहेर एक्लै बस्दा कोही छिमेकीको सहयोग पाउन नसकेको बरु आफूमाथि कुटपिट भएको उनले पीडा पोखिन्। , ‘पीडाकै बीचमा मेरा छोराछोरी छैनन् अब त्यो जग्गा के गर्दा ठीक होला भनेर मनमा कुरा खेलाएँ’, उनले भनिन्, ‘अनि सोचे कि पछि जन्मने पनि त मेरा छोराछोरी जस्तै हुन्। उनीहरूको उपचार गर्ने अस्पतालका लागि यो जग्गा दिनुपर्छ।’, श्रीमान नरबहादुर र छोरा छक्क रोकायको सम्झनामा गाउँ सरकारलाई जग्गादान गरेको उनले बताइन्। जग्गादान गरेको चार वर्षपछि मात्र आधिकारिक रूपमा गाउँ सरकारका नाममा गएपछि रोकायलाई अलि चित्त बुझेको छैन।, उनले भनिन्, ‘जग्गा चार वर्षअघि दिए, पास अहिले भयो। अहिलेसम्म त अस्पताल निर्माण भइसक्थ्यो नि!’, गरिब, दुःखीहरूको मुक्तिका लागि युद्ध लडेको छोराले आफ्नो बलिदानपछि सम्पूर्ण जग्गा पार्टीकै नाममा गर्नु आमा भनेकाले विशेषगरी उसकै योगदानको स्मरणमा सुरूमा नेकपा माओवादी पार्टीका नाममा जग्गादान खोजेको उनले जनाइन्।, तर पछि पार्टीभन्दा पनि सबैले त्यसको लाभ लिन सकून् भनेर सोही वडाको रु ३८ लाख ८२ हजार ६०० बराबरको जग्गादान गाउँ सरकारलाई गरिएको उनले बताइन्। , तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले एकल महिला रोकायले दिलैदेखि गाउँ सरकारलाई जग्गा दान गरेको बताए।, ‘आफैं सहाराविहीन र पीडामा परेको महिलाले अरूको पीडा बुझ्ने कुरा चानचुने होइन,’ अध्यक्ष न्यौपानेले भने, ‘गाउँपालिकाले उहाँको योगदानलाई उचित कदर गर्नेछ।’ , उक्त गाउँपालिकाका स्वास्थ्य संयोजक गुरुप्रसाद न्यौपानेले रोकायले दुई कित्ता गरेर तीन हजार ८८२.५ वर्गमिटर जग्गा गाउँपालिकाका अस्पतालका नाममा पास गरेको बताए।, संयोजकले उक्त जग्गामाथि अब गाउँ सरकारको सुविधा सम्पन्न अस्पताल निर्माण गरिने बताउँदै रोकाय दम्पती र छोरा छक्कसहितको इतिहास रहिरहने गरी योगदानको कदर गरिने जनाए। , उनका अनुसार आफ्नो परिवारका सन्तान कोही नहुँदा वरिपरिकाले जग्गामाथि अहिले पनि आँखा गाडिरहेका छन् तर उनको संरक्षण गर्ने मान्छे कोही छैनन्।, अहिले रोकाया तातोपानी गाउँपालिका-५ निवासी लक्ष्मण पाण्डेसँग आश्रय लिएर बसेका छन्।, रोकायले भने, ‘मेरै ठाउँमा बनाइदिएको भए कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई आवश्यक जग्गा दिने योजना थियो। तर त्यो मेरो धोको पूरा भएन। त्यो नभए पनि भोलिका दिनमा मेरा छोराछोरी जस्तो उपचार नपाएर कोही कसैले अकालमा ज्यान गुमाउनु नपरोस् भनेर आउँदो पुस्ताको स्वस्थ र सुरक्षित जीवनमा सहयोग पुगोस् भनेर भूमिदान गरेकी छु।’ , ‘म छँदै अस्पताल बनेको हेर्ने धोको छ’ एकल महिला विष्णुदेवी रोकाय ज्वरो र कपाल दुख्ने रोगबाट गत साउनमा निकै थलिए।, उनलाई त्यतिबेला बाँचुला भन्ने आशा हराएको थियो। सौभाग्यवशः उनी बाँच्न सफल भइन्।, अहिले भने आँखा देख्न नसक्ने रोगले उनी ग्रसित छन्।, आँखा देख्न छोडेपछि यतिबेला रोकाय कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आँखाको शल्यक्रिया गर्न आएकी छन्। सहाराविहीन उनलाई तातोपानी–६ हाँकु जुम्लाका स्थानीयबासी लक्ष्मण पाण्डेले नै उपचारमा सघाएका छन्।, सुर्खेत पुगेकी रोकायले भनिन,‘अस्पताल निर्माण गर्न भनेर चार वर्षअघि जग्गा दिएँ तर त्यसको उपभोग गरिएन। एक महिनाअघि मात्र पास गर्ने काम भयो। मैले दिएको जग्गामाथि अस्पताल बनेको हेर्ने मेरो निकै ठूलो धोको छ। जतिसक्दो गाउँ सरकारले छिट्टै अस्पताल निर्माण गरिदेओस्।’ ,  , ‘चार वर्षअघि अस्पताल बनाउन जग्गा दान दिएँ, बल्ल पास भो’
विवेक राई मंगलबार नेपालमा एकैदिन १० हजार बढी मानिसमा कोरोनाभाइरसको संक्रमण पुष्टि भयो। सन् २०२० को सुरूदेखि फैलिएको कोरोना महामारीमा पहिलो पटक एकैदिन यति धेरै मानिस संक्रमित भए।, संक्रमितको संख्यामात्र होइन परीक्षण गरिएकामध्ये संक्रमण पुष्टि हुने दर पनि अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।  मंगलबार  २२ हजार ८२८ जनाको परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको थियो। जुन झन्डै ४५ प्रतिशत हो।, संक्रमण दरलाई आधार मान्ने हो भने अहिले हामी ठ्याक्कै दोस्रो लहरको उत्कर्षतिर छौं। गत वैशाख तेस्रो सातातिर डेल्टा भेरियन्टसहित कोरोनाको दोस्रो लहर उत्कर्षमा पुगेका बेला संक्रमण दर ४० प्रतिशत आसपास थियो।, वैशाख २० गते १७ हजार १७६ जनाको परीक्षण गर्दा ७ हजार ४४८ जनामा संक्रमण पुष्टि भएको थियो। त्यो भनेको ४३.३६ प्रतिशत हो। , संक्रमण दर उस्तै भए पनि त्यो बेला र अहिलेको दृश्य फरक छ। किनभने हामी वैशाखको तेस्रो सातातिर टेकु अस्पताल पुग्दा अस्पतालका बेड मात्र होइन परिसर पनि संक्रमितले भरिएको थियो। बेड अभाव भएपछि संक्रमितहरू अक्सिजन पाइप लगाएर कोही कुर्सी त कोही भुइँमै लडिरहेका देखिन्थे। त्यो बेला टेकु मात्र होइन, देशभरका अस्पतालहरूको नियति उस्तै थियो। कति संक्रमितहरू अक्सिजन नपाएर छट्पटिएका थिए, कतिले बाटैमा ज्यान गुमाएका थिए।।, त्यो बेला दैनिक २० हजार सिलिन्डर अक्सिजन माग भएकोमा सरकारले १० हजार सिलिन्डर मात्र पूर्ति गर्न सकेको थियो। जसले गर्दा संक्रमितहरूले चाहिए जति अक्सिजन पाउन सकेनन्। कति अस्पतालले त अक्सिजन नभएकाले उपचार गर्न नसकिने भन्दै हातै उठाए। टेकु अस्पतालमै झन्डै २० हजार लिटरको लिक्विड ट्यांकले त्यो बेला एक साता पनि पुग्थेन। सामान्य अवस्थामा त्यही अक्सिजनले झन्डै महिना दिन थेग्ने गर्थ्यो।, यसपालि भने टेकु अस्पतालमा त्यस्तो दृश्य देखिँदैन। अहिले अस्पतालको आँगन खाली छ। बिरामीको चाप छैन। संक्रमितका लागि छुट्याइएको बेडमा पनि आधा मात्र संक्रमित छन्।, 'अहिलेकै जस्तो संक्रमण दर हुँदा दोस्रो लहरमा अस्पतालका सबै बेड बिरामीले भरिएको थियो। बेड नभएर बिरामीलाई बाहिर राख्नुपर्ने स्थिति थियो,' अस्पतालकी निर्देशक डाक्टर मनीषा रावल भन्छिन्, 'तर अहिले अस्पतालमा ५० प्रतिशत बिरामी पनि छैनन्।', निर्देशक रावलले अहिलेको लहरमा संक्रमित हुनेको संख्या व्यापक देखिए पनि अस्पतालमा भर्ना हुने संख्या निकै न्यून रहेको बताइन्। उनले टेकु अस्पतालमा अहिले जम्मा १३ जना संक्रमित उपचाररत् रहेको उल्लेख गर्दै दोस्रो लहरको तुलनामा यो निकै कम संख्या रहेको जनाइन्।, अर्को महत्वपूर्ण कुरा तेस्रो लहरमा गम्भीर हुने संक्रमितको संख्या दोस्रो लहरभन्दा झन्डै चार गुना कम छ। अर्थात् यसपटक धेरै जनामा संक्रमण भएको देखिए पनि अस्पताल भर्ना हुने र गम्भीर हुने संक्रमितको संख्या निकै कम छ।, मन्त्रालयकै तथ्यांकअनुसार गत वैशाख २० गते देशभर ५ सय ७८ जना संक्रमित आइसियू र १ सय ४२ जना भेन्टिलेटरमा थिए। मंगलबारको तथ्यांकमा देशभर जम्मा १ सय ५१ जना संक्रमित आइसियू र २८ जना संक्रमित भेन्टिलेटरमा छन्। जुन दोस्रो लहरको तुलनामा ३.८२ गुना कम हो।, कोभिड-१९ केन्द्रीय युनिफाइड अस्पतालका उपनिर्देशक एवं छाती रोग विशेषज्ञ डाक्टर प्रज्वल श्रेष्ठ पनि दोस्रो लहरको तुलनामा यसपटक गम्भीर अवस्थाका संक्रमित निकै कम रहेको बताउँछन्। अहिले दोस्रो लहरभन्दा पनि बढी संक्रमण देखिए पनि अस्पताल भर्ना र गम्भीर हुने संक्रमित कम रहेको उल्लेख गर्दै श्रेष्ठले भने, 'यसपालिका धेरै संक्रमितहरू रूघाखोकी जस्ता सामान्य लक्षण लिएर आएका छन्। त्यस्तै अक्सिजन चाहिने र भेन्टिलेटर चाहिने बिरामीको संख्या पहिलेभन्दा कम छ।', ओमिक्रोन भेरियन्ट बढी फैलिने भए पनि कम घातक भएका कारण अस्पतालहरूमा गम्भीर अवस्थाका संक्रमितहरू कम देखिएका हुन्। अहिले अस्पतालहरूको स्थितिले पनि ओमिक्रोनले डेल्टाभन्दा निकै न्यून क्षति पुर्‍याउँछ भन्ने आकलन गर्न सकिन्छ। तर यसैलाई सबथोक मानेर हेलचक्र्याइँ भने गर्न नहुने चिकित्सकहरूको सुझाव छ।, स्वास्थ्य मन्त्रालयले नै माघको दोस्रो साता दैनिक झन्डै २० हजार संक्रमित देखिने प्रक्षेपण गरेको छ। एकै पटक धेरैजना संक्रमित हुँदा गम्भीर हुने संक्रमितको संख्या पनि बढ्न सक्छ। त्यसैले जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने चिकित्सकहरूको सुझाव छ।, अहिलेकै स्थितिमा ओमिक्रोन भेरियन्टको असर स्थिर भए, सामान्य क्षतिमा तेस्रो लहर पार गर्न सकिन्छ। किनभने छिमेकी भारतमा पनि संक्रमण दरअनुसार अस्पताल भर्ना हुने र ज्यान गुमाउने दर उकालो लागेको छैन। नेपालमा माघको अन्तिम सातादेखि संक्रमण घट्दै जाने चिकित्सकहरूको भनाइ छ।, अहिलेको कोरोना समुदायमा छ, अस्पतालमा छैन
राजेश घिमिरे जंगली मत्ता(भाले हात्ती)को प्रसंग आउँदा सबैभन्दा बढी चर्चा ‘ध्रुवे’को हुन्छ।, उसको उपद्रोका कारण नेपाली समाजमा ‘ध्रुवे’ नाम अराजकताको पर्याय नै बनिसकेको छ। मान्छेमाथि आक्रमण गर्ने, धनको क्षति पुर्‍याउने ध्रुवेले कुनै समय निकुञ्जको सुरक्षा संयन्त्रलाई नै चक्मा दिएको थियो। उसलाई मार्न भनेर सरकारले लाखौं रुपैयाँ खर्च गर्‍यो तर ऊ उम्किएर बाँच्न सफल भयो।, चितवनमा ध्रुवेलाई मात दिन सक्ने अर्को हात्ती पनि छ, ‘रोनाल्डो’।, ध्रुवेभन्दा कमको यो पनि छैन। यी दुबैको प्रतिष्पर्धाको रोचक कहानी छ। पहिला त रोनाल्डोकै कुरा गरौं।, रोनाल्डोले अहिलेसम्म २२ जना मान्छेको ज्यान लिइसकेको छ। झट्ट हेर्दा ध्रुवे भन्दा हृष्टपुष्ट, बलियो देखिने यो हात्तीले खेतमा पुगेर अन्नबाली नास गर्नेदेखि मान्छेको घर भत्काइदिने, भकारीमा थन्काइएको धान खाइदिने गर्छ।, यही रोनाल्डो कहिलेकाहीँ भने निकै शान्त बनेर पर्यटकका सामू पनि प्रकट हुन्छ। कहिले घरपालुवा हात्ती(ढोई)को प्रेमी बनेर रासलीला गर्छ।, गत हप्ता जंगली हात्ती ध्रुवेले चितवन राष्ट्रिय निकुञ्जको हेडक्वाटर कसरा नजिकै नेपाली सेनाका अमल्दारमाथि आक्रमण गर्‍यो। साइकलमा गस्ती जाँदै गरेका सैनिक ध्रुवेको निसानामा परेका थिए। उपचारका क्रममा उनको मृत्यु भयो।, उनको मृत्युको दुई दिनपछि सौराहादेखि पर खोरसोरमा रहेको हात्ती प्रजनन् केन्द्रमा रोनाल्डो र गोविन्दे नामका मत्ता एकैसाथ आइपुगे।, यो खबर सुन्दा सौराहा बजारमा खैलाबैला भयो।, त्यतिखेर केही पर्यटक प्रजनन् केन्द्रमा साङ्लाले खुट्टा बाँधेका हात्ती र छावाको गतिविधि हेरेर रमाइरहेका थिए। त्यहाँ एक्कासी प्रकट भएर रोनाल्डो र गोविन्दे बेपर्वाह डुलिरहे।, परिवारसहित त्यहाँ घुम्न पुगेका भरतपुरका युवा व्यवसायी सुलभ सिग्देलले ती जंगली हात्ती भएको थाहा पाएपछि खुब डर लागेको बताए।, ‘ध्रुवेले मान्छे मार्‍यो भन्ने सुनेको एक-दुई दिनमात्रै भएको छ, ऊ जस्तै खतरानाक हात्तीहरू आँखा सामुन्ने आइपुग्दा एकछिन त डरै लाग्यो,’ सिग्देलले भने, ‘तर उनीहरूको व्यवहार अस्वभाविक नदेखेपछि डर भाग्यो, ऊसँग सेल्फी खिच्यौं, रोनाल्डोलाई देखाएर टिकटक पनि बनायौं।’, धेरै मान्छे देखेपछि गोविन्दे जंगल फर्किहाल्यो। रोनाल्डो भने फोटोका लागि पोज दिएझैं गरी निकैबेर उभिइरहयो।, ‘यो हात्ती यहाँ पोथी हात्तीसँग शारीरिक संसर्ग गर्नका लागि आएको हो। अहिले धेरै मान्छे देखेका कारण त्यो गतिवधिमा सरिक नभई रातको प्रतीक्षा गरिरहेको छ,’ प्रजनन् केन्द्रमा भेटिएका चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले भने, ‘एक महिनाको अवधिमै रोनाल्डोले खोरसोरका चार वटा हात्तीसँग संसर्ग गरिसकेको छ।’, चारमध्ये एउटा हात्तीको उमेर बढी भइसकेका कारण तीन वटा हात्ती रोनाल्डोसँगको संसर्गबाट गर्भवती भएको हुनसक्ने अनुमान उनको छ।, हात्ती प्रजनन् केन्द्रका नायव सुब्बा मनपुरन चौधरीका अनुसार यहाँ अहिले १० वटा बच्चा १२ वटा ठूला गरी २२ वटा हात्ती छन्। तीमध्ये ५ वटा हात्ती (ऐश्वर्यामाला, तीर्थमानकली, तमरकली, हिमालीकली र लोकतन्त्रकली)ले अबको एकदेखि दुई महिना भित्रमा बच्चा जन्माउँदैछन्।, ‘यी सबै हात्तीलाई प्रजनन् योग्य बनाउनमा जंगली हात्ती रोनाल्डो, ध्रुवे र गोविन्देकै योगदान छ,’ चौधरीले भने, ‘उनीहरूमध्ये कुनै दुई-तीन दिन बिराएर यहाँ आइराख्छन्, पोथी हात्तीसँग रोमान्स गरिराख्छन्।’, ती ५ वटा हात्तीले तीन जंगली मत्तामध्ये कसको बच्चा जन्माउँदैछन् भन्ने एकिन नभएको उनले बताए।, सहायक संरक्षण अधिकृत श्रेष्ठले प्रजनन् केन्द्रमा अहिलेसम्म ५० बढी छावा जन्मिएको बताए।, तीमध्ये २५ भन्दा बढी रोनाल्डोको योगदानबाट जन्मिएको अनुमान केन्द्रका कर्मचारीहरूको छ।, अन्य ध्रुवे, गोविन्दे, रोमियो र नानापाटेकरबाट जन्मिएका हुन्। रोमियो र नानापाटेकर भने मरिसके। यी दुई हात्ती मरेपछि निकुञ्जका पोथी हात्तीसँग नजिक हुन रोनाल्डो र ध्रुवेका बीच प्रतिष्पर्धा चल्दै आएको छ।, पर्साबाट चितवन भित्रिएको गोविन्दे पनि पछिल्ला वर्ष यो प्रतिष्पर्धामा सामेल भइरहेको छ।, गोविन्दे कम उमेरको र तुलनात्मक रूपमा सानो पनि भएकाले ध्रुवे र रोनाल्डोसँग जोगिएर हिँड्छ। बेला-बेलामा उसको गठजोड रोनाल्डो वा ध्रुवेसँग देखिने गरेको हात्तीसम्बन्धी अनुसन्धान गर्दै आएका हाल बर्दिया राष्ट्रिय निकुञ्जमा कार्यरत सहायक संरक्षण अधिकृत अशोक राम बताउँछन्।, गोविन्दे अन्दाजी १२-१५ वर्षको हात्ती हो। ध्रुवे र रोनाल्डो भने ४५ वर्ष हाराहारीका हुन्। रामका अनुसार मान्छे र हात्तीको उमेर र प्रजनन् योग्य उमेर उस्तै हुन्छ।, रोनाल्डो र ध्रुवेका बीचमा धेरै समानता भए पनि सम्बन्ध भने राम्रो छैन।, रामकाअनुसार उनीहरू एक अर्काका शत्रुजस्तै हुन्। एक पटक यी दुई बीच भिडन्त हुँदा ध्रुवेले रोनाल्डोको शरीरमा दाह्रा कोपिदिएको थियो। केही समय घाइते अवस्थामा पुगेको रोनाल्डो पुन: पहिलेकै अवस्थामा फर्कियो। हाल रोनाल्डोको शरीरमा रेडियोकलर नरहेका कारण उनीहरू कतिसम्म नजिक छन् भन्ने रेकर्ड हुन सकेको छैन।, ध्रुवे रौतहटसम्म पुग्ने गरेको छ भने गोविन्दे र रोनाल्डो चितवन र पर्सा क्षेत्रमा घुम्ने गरेका छन्। ध्रुवे र रोनाल्डो नेपालको पूर्वी क्षेत्रबाट आएको अनुमान गरिएको छ। गोविन्दे भने यसै क्षेत्रमा समूहबाट छुट्टिएको हुनसक्ने राम बताउँछन्।, 'हात्तीहरू प्राय: समूहमा बस्छन्। ७-८ वटाको एउटा समूह हुन्छ, समूहमा बस्दा नियमविपरीत काम गर्ने निष्कासित हुन्छ। समूहबाट निकालिएको हात्ती थप अराजक हुन्छ र मातेर जनधनको क्षति गर्न थाल्छ,' राम भन्छन्, 'यी तीन वटैको व्यवहार हेर्दा त्यस्तै देखिन्छ।', २०६६ माघ २३ गते ध्रुवेले निकुञ्ज सुरक्षामा खटिएका एक सैनिकलाई निसाना बनाएको थियो। उसको आक्रमणबाट नेपाली सेनाका ऋद्धवीर दोहीको मृत्यु भएको थियो। त्यतिखेर ऊ ३० वर्ष भन्दा बढीको थियो। १२ वर्षपछि उसले फेरि सैनिकमाथि धावा बोल्यो। यसबीचमा ध्रुवेले अन्य १७ जनालाई आक्रमण गरेर मारेको तथ्यांक चितवन निकुञ्जसँग छ।, यद्यपी यो अवधिमा ऊ सैनिकमाथि भने उत्रिएको थिएन। मान्छेमाथि आक्रमण बढेपछि निकुञ्जले २०६९ सालको पुसमा ध्रुवेको शरीरमा रेडियोकलर जोडेर निगरानी सुरू गरेको थियो। तर ऊ केही दिनमै रेडियोकलर फालेर हिँड्यो। माघमा पर्सा निकुञ्जको जंगलमा रेडियोकलर भेटिएको थियो। पछि २०७७ सालमा फेरि रेडियोकलर जोडियो। यसले अहिले ध्रुवे कुन ठाउँमा छ भन्ने देखाउँछ।, रोनाल्डोले शरीरमा जोडिएको रेडियोकलर फालिसकेको छ, नयाँ जोडिएको छैन। त्यसैले ऊ कुन ठाउँमा छ भन्ने पत्ता लगाउन गाह्रो छ।  , १२ वर्षअघि सैनिक माथि आक्रमण गरेपछि नै ध्रुवेको पहिचान गरिएको थियो। तर नाम भने पछि राखियो। नाम राख्नुको कथा पनि रोचक छ।, एकदिन निकुञ्जको भिम्ले पोष्टमा कार्यरत एक सैनिकको जम्काभेट एउटा जंगली हात्तीसँग भयो। आफ्नो आगाडि अजङको हात्ती प्रकट भएपछि सैनिक डरले हायलकायल भए।, हात्तीको अगाडि उनी लम्पसार परेर सुते। हात्तीलाई नमस्कार गरेर आफूलाई केही नगर्न बिन्ती गरे। उनको बिन्तीलाई मानेर हात्तीले उनलाई केही गरेन। ती सैनिकको नाम ध्रुव थियो। उनैको नामबाट त्यो हात्तीको नाम ध्रुवे राखियो।, निकुञ्ज भित्रका जंगली/घरपालुवा हात्तीको नाम यस्तै तरिकाबाट राख्ने गरिन्छ।, जंगली हात्तीको नाम तत्कालीन समयमा चर्चामा रहेको विषयसँग जोडेर राख्ने गरिएको छ। रोनाल्डोको पहिचान हुँदा फूटबल खेलाडी क्रिष्टियानो रोनाल्डो फुटबल जगतमा चर्चाको शिखरमा थिए।, बलिउड कलाकार नानापाटेकर सर्वाधिक चर्चामा रहेको समयमा देखिएको हात्तीको नाम नानापाटेकर नै राखियो।, घरपालुवा हात्तीको नाम भने विगतमा राजपरिवारले राख्ने चलन थियो। जन्मिएको एक-दुई वर्षमा छावालाई तालिम दिने चलन छ। त्यो समयमा राजपरिवारको अनुमतिमा हिन्दू परम्पराअनुसार छावालाई नाम दिने चलन थियो। राजतन्त्रको अन्त्यपछि निकुञ्ज प्रशासन आफैंले नाम राख्न थालेको छ। , रोनाल्डो, जसले ध्रुवेसँग राख्छ प्रतिस्पर्धी साइनो
सेतोपाटी संवाददाता आन्तरिक हवाई यात्रामा यात्रुको एन्टिजेन परीक्षण अनिवार्य नगर्ने वायुसेवा सञ्चालक संघले निर्णय गरेको छ। यसअघि मन्त्रिपरिषद् बैठकले हवाई यात्रुलाई अनिवार्य एन्टिजेन परीक्षण गराएर मात्र यात्रा गराउन भनेको थियो।, मन्त्रिपरिषदको निर्णय छोटो दूरीको हवाई यात्रामा अव्यवहारिक हुने भन्दै गृह मन्त्रालयमा बुधबार बसेको वायुसेवा सञ्चालक संघको बैठकमा यस्तो प्रावधान अनिवार्य नगर्न आफ्ना सदस्यहरूलाई सर्कुलर गरेको हो।, नयाँ निर्णय अनुसार यात्रुले दोब्बर माक्स लगाएको हुनुपर्नेछ । यस अवस्थामा फेस शिल्ड अनिवार्य गरिने छैन। यात्रा अवधिभर माक्स खोल्न पाइने छैन। यात्रुसँग खोप कार्ड हुनुपर्नेछ। कार्ड बोक्न नसक्दा मोबाइलमा फोटो देखाए पनि हुने व्यवस्था गरिएको छ।, यात्रुको तापक्रम नाप्ने व्यवस्था भने वायुसेवा कम्पनीले मिलाउनुपर्नेछ। यात्रु चेक इन गर्ने समयमा उनीहरुलाई संक्रमक रोग सम्बन्धि लक्षण भए नभएकोबारे सोधपुछ गरिने छ।, यस्तै हवाई सेवा कम्पनीहरूले हवाईजहाज भित्र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने, प्रत्येक उडान पछि हजावई जहाज र व्यागेज निसंक्रमित गर्नुपर्ने लगायत निर्णय गरेको छ।, आन्तरिक हवाई यात्रामा एन्टिजेन परीक्षण अनिवार्य नगर्ने वायुसेवा सञ्चालक संघको निर्णय
सेतोपाटी संवाददाता मास्क नलगाई सार्वजनिक स्थानमा हिँड्डुल गर्नेहरूलाई काठमाडौं जिल्ला प्रशासनले कारबाही गरेको छ। , बुधबार जिल्ला प्रशासन काठमाडौंको सुन्धारा र कलंकी क्षेत्रमा सार्वजनिक स्थानमा हिँड्डुल गर्ने र पसलमा किनमेलका लागि मास्क नलगाइ आएका आम नागरिकहरूलाई जनही एक सय रुपैयाँका दरले कारबाही गरेको हो। , त्यस्तै, प्रशासनले काठमाडौंको सुन्धारास्थित सिटिसी मल र सिभिल मल तथा कलंकीको भाटभटेनी सुपरमार्केटको पनि अनुगमन गरेको छ। , अनुगमनपछि सञ्चारकर्मीहरूसँग बोल्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसीले सार्वजनिक क्षेत्रमा हिँड्डुल गर्ने आम सर्वसाधारणहरूलाई पनि सरकारले जारी गरेको कोरोनासम्बन्धी स्वास्थ्यका मापदण्डको बारेमा सचेत गराइएको बताए।, उनले मल र सुपर मार्केटलाई सरकारले जारी गरेको निर्देशिकाअनुसार २५ जना बढी भेला हुन नपाइने विषयमा सचेत गराइएको हो भने स्वास्थ्यका मापदण्ड पालना नगर्ने आम सर्वसाधारणहरूलाई एक सय रुपैयाँको कारबाही गरिएको हो।, सहायक प्रमुख जिल्ला अधिकारी केसीले सबभन्दा ठूलो र महत्वपूर्ण अनुगमनकर्ता भनेको नै नागरिक भएकोले नागरिक नै सचेत बनेर सरकारले जारी गरेका कोरोनासम्बन्धी स्वास्थ्यका मापदण्ड अपनाउन अनुरोध गरे। , मास्क नलगाई हिँड्नेलाई एक सय जरिवाना
सेतोपाटी संवाददाता रोल्पामा श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ परेकी छन्। , जिल्लाको सुनछहरी गाउँपालिका वडा नं. ६ की ४१ वर्षीया मीना पुन मगरले ४५ वर्षीय श्रीमान काले पुन मगरलाई हत्या गरेको प्रहरीले जानकारी दिएको छ। , इलाका प्रहरी कार्यालय सुलिचौरका प्रहरी निरीक्षक लक्ष्मन वली नेतृत्वको टोलीले मंगलबार बेलुका घरनजिकै बारीमा ढुंगाले टाउकोदेखि छातीसम्म छोपिएको अवस्थामा शव फेला परेको थियो। , घटना अनुसन्धानका क्रममा श्रीमती मीनाले नै श्रीमानको कर्तव्य गरी हत्या गरेको खुल्न आएको प्रहरीले जानकारी दिएको छ। , मीनाले हँसिया तथा ढुंगाले प्रहार गरी श्रीमानको हत्या गरेको खुल्न आएको प्रहरीले बताएको छ। , प्रहरीका अनुसार मीनाको विगत केही वर्षयता मानसिक असन्तुलन रहेको भन्ने कुरा छिमेकीबाट खुलेको प्रहरीले बताएको छ। , आरोपित मीनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।, रोल्पामा श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ
भोजराज बस्नेत/रासस चार महिनादेखि बेपत्ता बनेकी एनएमबी लघुवित्त वित्तीय संस्था सोताङमा कार्यरत कर्मचारीको खोजीका लागि प्रहरीको विशेष टोली परिचालित भएको छ।, प्रदेश १ प्रहरी कार्यालयको उक्त टोली मंगलबारदेखि परिचालित भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।, दुई विज्ञ र दुई प्रहरीसहित चार जनाको टोली घटनास्थलमा पुगेर अध्ययन गरिरहेको बताइएको छ।, सोताङ गाउँपालिका-१ हुलु स्थायी ठेगाना भएकी २५ वर्षीया मनकुमारी असोज ८ गते अपराह्न ४ः२५ देखि बेपत्ता बनेपछि खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख एवं प्रहरी नायब उपरीक्षक कवित कटवालले बताए।, लघुवित्तको मासिक बैठक सञ्चालनका माप्य दूधकोसी–७ को सोलावनबाट हाकुला झर्ने क्रममा बेपत्ता बनेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको उनको भनाइ छ।  , सम्पर्कविहीन बनेको खबर पाउनासाथ प्रहरी र स्थानीयले खोजीकार्य जारी राखेको भए पनि अहिलेसम्म उनको अवस्था अज्ञात भएकाले विज्ञ टोली परिचालित गर्नुपरेको प्रहरी नायब उपरीक्षक कटवालको भनाइ छ।, अब उक्त टोलीको रिपोर्टपछि सिआइबीको टोली परिचालित गरिने बताइएको छ।,     , जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कवित कटवालका अनुसार असोज ८ गते अपराह्न ४ः२२ मा साथीलाई सन्देश पठाएको र ४ः२५ देखि मोबाइल अफ भएको छ।, मासिक बैठक सञ्चालनका लागि माप्यदूधकोसी–६ र ७ वाकुमा दुई जना कर्मचारीसँगै गएको भए पनि सोलावनबाट हाकुला झर्नेेक्रममा एक अर्का छुट्टिएपछिको अवस्था थाहा नभएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।,      , सम्पर्कविहीन भएको थाहा हुनेबित्तिकै स्थानीयवासी, वाकु प्रहरी चौकी, इलाका प्रहरी कार्यालय सोताङकाट प्रहरी निरीक्षक नवन राईको टोली परिचलान भए पनि पत्ता लगाउन नसकेपछि असोज ११ गते जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक कवित कटवालको टोलीसमेत घटनास्थल पुगेको थियो।, अनुसन्धानका लागि घटनास्थल पुगेको प्रहरी नायब उपरीक्षक कटवालको टोली दुई दिनपछि जिल्ला फर्किएको थियो भने एक हप्तापछि प्रहरी निरीक्षक नवीन राईको टोलीसमेत फर्केको थियो।, कसरी हराइन् मनकुमारी ?, एनएमबी लघुवित्त वित्तीय संस्थाका अनुसार हरेक महिनाको ७ गते बिहान माप्यदूधकोसी गाउँपालिका–७ हाकुलमा मासिक बैठक सञ्चालन हुन्छ।, मनकुमारीसँगै उक्त बैठक सञ्चालनका लागि वाकु गएकी कमला बस्नेतका अनुसार असोज ६ गते आज उनीहरू वाकु पुगेका छन्। उनका साथमा रु चार लाख १२ हजार बढी रकम रहेको बताइएको छ।,      , ‘७ गते बिहान हाकुलामा बैठक सकेर सोही वडाको सोलाबनमा पनि बैठक सञ्चालन गर्न दुवै जना पुग्यौं”, कमलाले भनिन्, ‘बेलुका सोही गाउँको एक जना शेर्पा दाइकामा बास बस्यौं र भोलिपल्ट असोज ८ गते फेरि हाकुला नै फर्किंदै गर्दा मनकुमारीले खास्बरी दिदीकामा किस्ता लिन जान्छु भनेर बीचबाटो बाट तल झर्नुभयो।’,      , ७ गते रातिदेखि आफू बिरामी परेको कमलाले सुनाइन्।, ‘म बिरामी भएकाले गर्दा माथिबाटै भीम दाइकामा आउँदै थिए, ४ः२२ मा मनकुमारीको म्यासेज आयो भीम दाइकामा गएर बस्दै गर्नु है भन्ने’, कमलाले भनिन्, ‘मनकुमारी तलबाट आउनुहुन्छ भन्ने लाग्यो म भीम दाइकामा गएर बसे तर आइनन् अनि मलाई गाह्रो भएर घर जान बाइक भने त्यो बेला ७ बज्न लागेको थियो, उनलाई फोन गरेको अफ थियो।’,      , मनकुमारीको मोबाइल अफ भएपछि गाउँमा हल्लाखल्ला भएको कमलाको भनाइ छ तर पनि आफूलाई स्वास्थ्यमा समस्या भएकाले बाइक बोलाएर घर हिँडेको भए पनि बीच बाटोबाट प्रहरीले फर्काएको उनको भनाइ छ।, प्रहरीलाई अनुसन्धानमा चुनौती, घटनास्थलको अवस्था, मनकुमारीले प्रयोग गरेको मोबाइल नम्बर, फेसबुक म्यासेज लगायतलाई आधार मान्दा आजसम्म घटनाका बारेमा कुनै पनि प्रमाण जुट्न नसकेको सोलुखुम्बु प्रहरीले जनाएको छ।,      , प्रहरी नायब उपरीक्षक कवित कटवालका अनुसार कमला बेपत्ता भएको क्षेत्रमा कुनै विशाल जङ्गल, खोला र भिरसमेत छैन।, सामान्य जङ्गल रहेको भए पनि नजिकै छ, सात वटा गोठ रहेको र केही नजिक बस्ती भएका कारण अप्रिय घटना हुन नसक्ने स्थानीयको अनुमान छ।, स्थानीयबासी भीमराज राईका अनुसार त्यस वरपर प्रहरीसहित गाउँले सबैले लगातार खोजीकार्य जारी राखेको भए पनि केही पनि फेला परेको छैन।, बेपत्ता कर्मचारीको खोजीका लागि प्रहरीको विशेष टोली परिचालित
रासस जिल्ला प्रशासन कार्यालय भक्तपुरले कोभिड–१९ नियन्त्रणका लागि जारी गरेको आदेश नमान्ने बटुवादेखि भाटभटेनी सुपरमार्केटसम्मलाई कारबाही गरेको छ।, प्रशासनले बुधबारदेखि लागू हुनेगरी जारी गरेको २७ बुँदे आदेश उल्लङ्घन गर्ने १५२ जनासहित तीन वटा व्यापारिक केन्द्रलाई कारबाही गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्।, प्रजिअ शर्माको नेतृत्वमा सुरक्षाकर्मीसहितको टोलीले बुधबार भक्तपुर र काभ्रेको सीमा नाका साँगा, सूर्यविनायक, सम्पदास्थल भक्तपुरको तौमढी, सार्वजनिक यातायातका साधन र मध्यपुरथिमिस्थित भाटभटेनी सुपर मार्केटलगायतको अनुगमन गरेको थियो।, ‘हामी आफैँले गरेको अनुगमनमा मास्क नलगाई हिँड्ने १५२ जनालाई रु १०० का दरले जरिवाना लगायौँ, मास्क नलगाउने ६०१ जनालाई निःशुल्क मास्क वितरण गर्‍यौँ। सरकारको आदेश नमान्ने भाटभटेनी सुपर मार्केटलाई सचेतनास्वरूप एक पटकका लागि रु १०० जरिवाना गर्‍यौं, फेरि त्यस्तै भेटिए थप कारबाही गर्छौं,’ उनले भनिन्।, उक्त सुपरमार्केटले आदेशविपरीत २५ जनाभन्दा बढी व्यक्तिलाई भित्र पठाएको, भित्रबाट कति समयमा बाहिर निस्कने हो, समय निर्धारण नगरेको, सन्देशमूलक सूचना नबजाएको, आदेशको कार्यान्वयन नगरेको पाइएपछि कारबाही गरिएको उनले जानकारी दिइन्।, ५०० वटा सवारी साधनको अनुगमन गर्ने क्रममा सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु राखेको, कतिपय यात्रुले मास्क नलगाएको, कतिपय चालक, सहचालकले लापर्वाही गरेको पाइएपछि गाडीमा मास्क र सेनिटाइजर राख्न निर्देशन दिएको उनले बताइन्।, सार्वजनिक यातायातमा मास्क नलगाउने यात्रु भेटिए चालकलाई १०० देखि ६०० रुपैयाँसम्म जरिवाना गराउने भन्दै मास्क अनिवार्य गर्न प्रजिअ शर्मा आफैँ बसमा चढेर यात्रुलाई मास्क लगाउन र स्वास्थ्यप्रति सचेत रहन आग्रह गरेकी थिइन्।, बुधबारको कारबाहीबाट रु १५ हजार २०० राजस्व सङ्कलन भएको छ भने अनुगमनका क्रममा ६०१ वटा मास्क निःशुल्क वितरण गरिएको छ।, आदेश नमान्ने भक्तपुरका बटुवादेखि भाटभटेनी सुपरमार्केटलाई कारबाही
सेतोपाटी संवाददाता बुटवल उपमहानगरपालिका वडा नम्बर ११ प्रगतिनगरमा तिनाउ नदी किनारको ढिस्को खस्दा पुरिएर २ जनाकाे ज्यान गएकाे छ।, तिनाउ नदी किनारमा आगो तापेर बसिरहेको अवस्थामा ढिस्को खस्दा पाँच जना युवाहरु पुरिएर घाइते भएका थिए।, घाइतेमध्ये प्रगतिनगरका ३२ वर्षीय गणेश थापा र १७ वर्षीय शिव थापाको मृत्यु भएको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए।, पन्थीका अनुसार २३ वर्षीय केशव पुरी, ३२ वर्षीय अशोक गाहा र ३३ वर्षका सलिम अली घाइते भएका छन्। उनीहरूको बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।, तिनाउ नदी किनारमा जनताको तटबन्ध निर्माणको क्रममा बनेको ढिस्कोमाथि आगो तापेर बसेको समयमा ढिस्कोसँगै खसेको प्रहरीले जनाएको छ।, बुधबार साँझ पौने ७ बजेतिर भएको उक्त घटनापछि स्थानीयले ढिस्कोले पुरिएकाको उद्धार गरेर लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याएका थिए। अस्पताल पुर्‍याएपछि २ जनालाई चिकित्सकले मृत्यु घाेषणा गरेको र तिनजनाको उपचार भईरहेको प्रहरी निरीक्षक पन्थीले जानकारी दिए।, नदी किनारमा आगो तापिरहेका दुई जनाको ढिस्को खसेर मृत्यु, तीन घाइते
सेतोपाटी संवाददाता युवा तथा तथा खेलकुद मन्त्री महेश्वर गहतराज 'अथक'ले अवसर र चुनौतीलाई ठिक ढगंबाट अगाडि लैजान सके नेतृत्व सधैं सफल हुने बताएका छन्।, काठमाडौंको चन्द्रागिरि हिल्समा सम्पन्न थानकोट जेसिजको २२ औं पदस्थापन तथा पुरस्कार वितरण समाहारोमा बोल्दै मन्त्री गहतराजले अवसर र चुनौती द्वन्द्वात्मक सम्बन्धलाई ठिक ढंगले समायोजन गराएर अगाडि बढ्न युवाहरूलाई प्रोत्साहन गरेका हुन्।, उनले नेपालमा तीनथरीका युवाहरू रहेको भन्दै देश विकासमा युवाहरू अगाडि आउनुपर्ने बताए। , शासन व्यक्तिको नभई विधिको हुनुपर्ने जोड दिँदै सकारात्मक सोचले मात्र राष्ट्र विकासमा योगदान हुने हुँदा यही देशमा केही गरौं भन्ने युवा जमातलाई सरकारले लगानी गर्ने बताए।, कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष रमा प्याकुरेलले काठमाडौं जेसिज देशभरकै उत्कृष्ट शाखाको रूपमा सक्रिय रहँदै आएकोमा धन्यबाद ज्ञापन गरिन्।, कार्यक्रममा नेपाल जेसिजका उपाध्यक्ष योगीराज अधिकारीले हरेक कार्यको गतिविधि प्रतिफलमुखी र सकारात्मक हुनुपर्ने बताए।, चन्द्रागिरिका वडा नम्बर ४ का वडा अध्यक्ष कृष्णप्रसाद खड्गीले लोकतन्त्र र सुशासन प्रवर्द्धनमा युवाहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए।, समारोहमा थानकोट जेसिज वर्ष २०२२ का अध्यक्ष रोशन दानीले यो वर्ष ‘सकारात्मक प्रभावको लागि सँगै’ भन्ने नारासहित विविध कार्यक्रम गरिने बताए। , उनले युवा उद्यमशीलता, संस्कृति प्रवर्द्धन र सामाजिक सेवाको क्षेत्रमा आगामी वर्ष प्रभावकारी कार्ययोजनासहित काम गरिने बताए।, कार्यक्रममा जेसिज नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ। ,  , अवसर र चुनौतीलाई ठिक ढंगबाट अगाडि लैजान सके नेतृत्व सधैं सफल हुन्छ: मन्त्री गहतराज
रासस नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल मौलाकालिका मन्दिर जानका लागि केबुलकार निर्माण सुरु गरिएको छ।, सम्पूर्ण प्रक्रिया सकेर केबुलकार निर्माणका लागि कन्स्ट्रक्सनको काम सुरु भएको हो।, नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको मौलाकाली केबुलकार कम्पनीले आगामी एक वर्षभित्र मौलाकालिका मन्दिरमा केबुलकार सञ्चालनमा ल्याउने गरी निर्माणको काम सुरु गरेको हो।, ‘मौलाकाली केबुलकार सञ्चालनका लागि औपचारिक अनुमतिका सबै काम सकिएको छ। अब हामी फिल्डमा कन्स्ट्रक्सनको काममा जुटेका छौँ,’ उनले भने।, केबुलकार निर्माणको काम सुरु भइसकेको उल्लेख गर्दै उनले बढीमा एक वर्षभित्र केबुलकार सञ्चालनमा ल्याउने बताए।, ‘केबुलकारसँगै निर्माण हुने होटलका लागि केही समय लाग्न सक्छ तर आगामी पुस महिनाभित्र केबुलकार सञ्चालनमा ल्याइसक्छौँ। अब आउने माघे सङ्क्रान्तिमा केबुलकार चढेर मौलाकालिका माताको दर्शन गर्न पाइन्छ,’ उनले भने।, ढकालको कम्पनीले गैँडाकोटमा केबुलकारसँगै होटलसमेत सञ्चालनमा ल्याउनेछ।, मौलाकाली केबुलकार कम्पनीले करिब रु साढे एक अर्बको लागतमा आयोजना अगाडि बढाएको हो। निर्माण सम्पन्नपछि सर्वसाधारणका लागि समेत शेयर निस्कासन गर्ने योजना रहेको उनले बताए।, ‘केबुलकार निर्माणका लागि सबै फर्मालिटी सकिसकेका छौँ, फर्मालिटीका लागि धेरै समय लाग्ने गर्दथ्यो। होटलसहितको सम्पूर्ण संरचना तयार गर्नका लागि भने बढीमा दुई वर्ष लाग्ने हाम्रो अनुमान छ,’ उनले भने।, टपस्टेशनमा कन्स्ट्रक्सन निर्माणका लागि नापजाँचको काम भइरहेको छ। मन्दिर नजिकै रहेको हेलिप्याडमा केबुलकारको टपस्टेशन निर्माण हुनेछ भने मौलाकालिका फेदीमा बटम स्टेशन हुने ढकालले जानकारी दिए।, केबुलकारले एकतर्फी लम्बाई एक हजार २०० मिटर लामो हुनेछ। केबुलकारमा १२ वटा डब्बा राखेर यात्रु ओसारिने उनले बताए।, केबुलकार सञ्चालनमा आएपछि भक्तजन १० मिनेटको यात्रामा मौलाकालिका मन्दिर पुग्ने ढकालको भनाइ छ। अहिले मन्दिर पुग्न करिब एक हजार ८८२ खुड्किलो उक्लिँदा ४५ मिनेट समय लाग्ने गरेको छ। केबुलकार सञ्चालनमा आएपछि यहाँको पर्यटकीय क्षेत्रमा हरेकतर्फबाट टेवा पुग्ने उनको भनाइ छ।, ‘यहाँ केबुलकार सञ्चालनमा आएपछि गैँडाकोट र नवलपुरलाई मात्रै नभइ छिमेकी जिल्लालाई समेत हरेक तरिकाबाट फाइदा पुग्छ। पर्यटन, कृषि, व्यवसाय, होटल रेस्टुराँ, रोजगारी सिर्जजनासहित धेरै तरिकाले स्थानीयलाई फाइदा पुग्छ,’ उनले भने।, केबुलकार निर्माणका लागि स्थानीयले ४९ प्रतिशतसम्म रकम राख्न सक्नेगरी सहमति भएर काम अगाडि बढेको गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले बताए।, ऐतिहासिक धार्मिकस्थलका रुपमा रहेको मौलाकालिका मन्दिरमा लामो समयदेखि केबुलकार सञ्चालनको माग उठेकाले स्थानीय सहभागिता व्यवसायी ढकाललाई निर्माणको जिम्मा दिइएको पौडेलको भनाइ छ।, धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका निवर्तमान अध्यक्ष विष्णुहरि रिमालले मौलाकालिका मन्दिरको इतिहास करिब ५०० वर्ष पुरानो भएको बताए।, पाल्पाली राजा मणि मुकुन्दसेन देवघाट स्नानका लागि जाँदा यहाँ मौला गाडिएको ठाउँमा पूजा गरेर जाने गरेको इतिहास भएको रिमालको भनाइ छ।, पूर्वपश्चिम महेन्द्र राजमार्गको नारायणी नदीको पुलबाट करिब चार किलोमिटर उत्तरतर्फ समुद्र सतहदेखि ५६१ मिटर उचाइमा मौलाकालिका भगवतीको मन्दिर छ।, विगतमा वर्षको दुई पटक मन्दिरमा पूजाआजा हुने गरिएको भए पनि अहिले दैनिकरुपमा मन्दिरमा पूजाआजा हुने गरेको छ।, ‘पहिले चैते दसैँ र बडा दसैँमा मन्दिरमा पूजाआज हुने गर्दथ्यो, ४२ सालपछि मन्दिरमा दैनिकरुपमा पूजा हुँदै आएको छ’, रिमालले भने।, मौलाकालीमा केबुलकार निर्माण सुरु
सेतोपाटी संवाददाता प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचल काठमाडौंले समयमै काम नसक्ने ७ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।, कार्यालयले आजदेखि लागू हुने गरी निर्माण व्यवसायी/आपूर्तिकर्तालाई कालो सूचीमा राख्ने निर्णय बुधबार गरेको थियो।, कालो सूचीमा राखेको अवधिभर निर्माण कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने पनि कार्यालयले जनाएको छ।, सबैभन्दा धेरै तीन वर्षका लागि आरोग्य कन्स्ट्रक्सन प्रालि काठमाडौं र मुख्य व्यक्ति रन्जन रायमाझी कालोसूचीमा परेका छन्।, त्यसपछि २ वर्षका लागि डाईग्नोकेम-जय शम्भु जेभी हाँडीगाउँ काठमाडौं र मुख्य व्यक्ति विज्ञानकुमार अर्याल कालोसूचीमा परेका छन्।, हेर्नुस् कुन-कुन कम्पनी परे कालोसूचीमा:, प्रधानमन्त्री कार्यालयले राख्यो ७ निर्माण कम्पनीलाई कालोसूचीमा
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम प्रदेश, कर्णाली  प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पश्चिम र पूर्वी तराई भेगमा हुस्सु/कुहिरो लागेको छ।, आज देशको पहाडी भूभागका केही स्थानहरूमा हल्का वर्षाको  साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।, बिहीबार देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। , देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। , शुक्रबार देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। हरेक प्रदेशका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको र देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।, त्यस्तै शनिबार देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। ,  , आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ५५४९ कोरोना संक्रमित थपिएका छन्।, जसमध्ये काठमाडौंमा ४००४, ललितपुरमा ९७५  र भक्तपुरमा ५७० संक्रमित थपिएका छन्।, यस्तै काठमाडौं उपत्यकामा २४ हजार ५७६ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा १७७०९, ललितपुरमा ४४७१ र भक्तपुरमा २३९६ सक्रिय संक्रमित छन्।, नेपालमा पछिल्लो २४ घण्टामा १० हजार २५८ जना कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार पिसिआर परीक्षणबाट ८ हजार ७३०  र एन्टिजेन परीक्षणबाट १५२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, पछिल्लो २४ घण्टामा २२ हजार ८२८ जनामा कोरोना परीक्षण गरिएको थियो।, देशभर ३९ हजार ४४ जना कोरोनाका सक्रिय संक्रमित छन्।, पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १ जनाले ज्यान गुमाएका छन्।, यस्तै ५६२ जना संक्रमणबाट मुक्त भएका छन्।,  ,  , काठमाडौं उपत्यकामा थपिए ५५४९ संक्रमित, सक्रिय २४ हजार बढी
एजेन्सी ईश्वर निन्दाको आरोपमा ज्युँदै जलाइएका एक जना श्रीलंकन नागरिकको परिवारलाई पाकिस्तानबाट १ लाख अमेरिकी डलर सहयोग दिइएको छ।, गत मंसिरमा पाकिस्तानको पञ्जाव प्रान्तको सियालकोटस्थित एक गार्मेन्ट फ्याक्ट्रीमा म्यानेजरको काम गर्ने श्रीलंकन नागरिक प्रियानाथ कुमारालाई आक्रोशित भीडले पहिला कुटपिट गरेको थियो भने पछि उनको शरिरमा आगो लगाएको थियो।, घटना हुनु अघिल्लो दिनदेखि नै उक्त फ्याक्ट्रीमा कुमाराले ईश्वरको निन्दा गरेको अफवाह फैलिएको थियो। सात वर्षदेखि उक्त फ्याक्टीमा काम गर्दै आएका  कुमाराले  तेहरिक लाब्बिक पाकिस्तान (टिएलपी) नामक संगठनको पोस्टर च्यातेको उनीहरूको भनाइ थियो। जुन पोस्टरमा कुरानको केही कुरा उल्लेख थियो।, कुमाराविरूद्ध सुरूमा फ्याक्ट्रीमा काम गर्नेहरू र आसपासका स्थानीयले फ्याक्ट्रीबाहिर प्रदर्शन गरेका थिए भने पछि आक्रोशित भीड भित्र पसेर उनीमाथि आक्रमण गरेको थियो।, पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मंगलबार ट्विट गर्दै कुमाराका परिवारलाई सियालकोट बिजनेस कम्युनिटीले १ लाख डलर उपलब्ध गराएको जानकारी दिएका छन्।, I want to appreciate the Sialkot business community for transferring $ 100,000 to account of Priyantha Kumara's widow & Rajco Industries for transferring monthly salary of $ 2000 to her account - which they will do for 10 yrs., — Imran Khan (@ImranKhanPTI) ,January 18, 2022, खानले उक्त कदमको सराहाना गरेका छन्। उनका अनुसार कुमारा काम गर्ने राजको इन्डस्ट्रिजले पनि कुमाराका श्रीमतीका नाममा मासिक दुई हजार डलर तलबका रूपमा राखिदिने भएको छ। राजकोले १० वर्षसम्म यसरी तलब राखिदिने खानले उल्लेख गरेका छन्।, पाकिस्तानमा ईश्वर निन्दाको आरोपमा मारिएका श्रीलंकनका परिवारलाई दिइयो १ लाख डलर
रासस महोत्तरीमा हालसम्म कोरोना संक्रमण रोकथामको कुनै तयारी गरिएको छैन। दश नगरपालिका र पाँच गाउँपालिका रहेको जिल्लामा भारतसँगको सीमामा सर्वसाधारण बिनारोकटोक आउजाउ गरिरहेका छन्। , कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा ‘हटस्पट’ बनेको जिल्लामा भारत प्रवेश गर्ने १३ नाका रहेका छन् भने  ३८ किलोमिटर खुला सिमाना रहेको छ। सीमा नाकामा आवतजावत अव्यवस्थित हुँदा कोरोना संक्रमण तीव्र रूपमा फैलिँदै गएको छ। संक्रमितलाई नाकामा छुट्टै राख्ने व्यवस्था नहुँदा उनीहरू बस चढेर सिधैं आ-आफ्ना गन्तव्यतर्फ लाग्ने गरेका छन्। , जिल्लामा गत वर्ष कोरोनाबाट ९१ जनाको मृत्यु भएको थियो भने २० हजारभन्दा बढी नागरिक संक्रमित भएका थिए।, गतवर्ष जिल्लाका स्थानीय तह र स्वास्थ्य संस्थाले समयमै कोरोना रोकथामको प्रयास नगर्दा धेरै मानवीय क्षति भएको थियो। जलेश्वर नगरपालिका-१ का रमन चौधरी नाकामा हालसम्म ‘होल्डिङ सेन्टर’ नबन्दा समस्या भएको बताउँछन्। , यस्तै, जलेश्वर नगरपालिका-२ का शिवचन्द्र चौधरी भारतसँग जोडिएको भिठामोड, मटिहानी, सम्सी, रघुनाथपुरलगायत नाकामा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले मास्क लगाए/नलगाएको मात्र हेर्ने गरेको बताउँछन्।, 'दैनिक सयौं व्यक्ति ओहोरदोहोर गर्ने गरेका छन्, नाकामा भद्रगोल छ', उनले भने।, भिडभाडमा कोही पनि मास्क नलगाइकन खुलेआम हिँडडुल गरिरहँदा स्थानीय तहले उनीहरूलाई लक्षित गर्दै सूचनासमेत जारी गरेका छैनन्।, पछिल्लो समय गाउँमा रुघाखोकी र ज्वरोका बिरामी बढ्न थालेका छन्।, नियमित औषधिकै भरमा उनीहरू घरमै बसिरहेको पाइएको छ। जिल्लाका १५ स्थानीय तहले गतवर्ष नै आइसोलेसन निर्माण गरे पनि यस वर्षको कोरोना लहरमा हालसम्म कसैले सञ्चालन नगर्दा संक्रमित कहाँ बस्ने अन्योल छ।, जिल्लाको मुख्य भन्सार नाका भिट्ठामोडमा अस्थायी रूपमा हेल्थ डेस्क सञ्चालन गर्दै आएका  स्वास्थ्यकर्मी मोहम्मद इजाजुद्दिनका अनुसार अहिले सयौंको संख्यामा भारतीय पर्यटक खोप कार्डका आधारमा नेपाल भित्रिने गरेका छन्।, नेपालीको हकमा भने सोधपुछ र लामो समय भारतमा बसेर आएको खण्डमा खोप कार्ड भए पनि एन्टिजेन परीक्षण गर्ने गरिएको छ।, कोरोना पोजेटिभ नतिजा आएका नागरिक पनि सोझै घर जान थालेका छन्। उनीहरूलाई राख्न ‘होल्डिङ सेन्टर’ निर्माण गरिएको छैन। , जिल्लाका स्थानीय तहलाई आइसोलेसन सेन्टर सञ्चालन गर्न र नाकाबाट आउनेलाई जाँच गरेर मात्र प्रवेश गर्न दिन निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए।, महोत्तरीमा छैन कोरोना नियन्त्रणको कुनै तयारी
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयले मंगलबार मध्यरातिदेखि लागु हुने गरी नयाँ आदेश जारी गरेका छन्।, काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले आज मध्यरातिदेखि लागु हुने गरी नयाँ आदेश जारी गरेका हुन्।, कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनलाई नियन्त्रणमा लिन अर्को सूचना जारी नभएसम्मको लागि आदेश जारी गरिएको हो। , आदेशअनुसार मठ-मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी माघ मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थना मात्र गराउन भनिएको छ। , सपिङ मल, डिपार्टमेन्ट स्टोर, सुपर मार्केट वा अन्य प्रकारका पसल एक पटकमा २५ जना भन्दा बढी नहुने, कुनै पनि सामान अनावश्यषक रूपमा नछुने, दुई व्यक्तिबीचमा कम्तीमा दुई मिटर दुरी कायम गर्ने, मास्क अनिवार्य गर्ने लगायतका मापदण्डहरू पालना गर्न आदेश जारी गरिएको छ। , पार्टी प्यालेसमा एक पटकमा कुल क्षमताको बढीमा एक तिहाइ नबढ्ने गरी बढीमा ५० जनामात्रै उपस्थित रहने तथा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिई विवाह, ब्रतबन्ध, न्वारन तथा पास्नी जस्ता कार्यक्रम सञ्चालन गर्न भनिएको छ। , सार्वजनिक यातायाको हकमा सिट क्षमताभन्दा बढी नराख्ने, यात्रुले अनिवार्य मास्क लगाउन पर्ने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्न आदेश दिएको छ। मास्क नलगाउने व्यक्तिलाई यातायातमा भित्र प्रवेश नदिन भनिएको छ। , लामो दूरीमा चल्ने यातायातले भने बीचबाटोमा थप यात्रु चढाउन नपाइनेगरी आदेश जारी गरिएको छ। सम्भव भए एन्टिजेन परीक्षण समेत गराउन भनिएको छ।, हेर्नुहोस् प्रशासन कार्यालयको आदेश:, काठमाडौं उपत्यकाका प्रशासनको नयाँ आदेश जारी (आदेशसहित)
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा १० हजार २५८ जना कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार पिसिआर परीक्षणबाट ८ हजार ७३०  र एन्टिजेन परीक्षणबाट १५२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, पछिल्लो २४ घण्टामा २२ हजार ८२८ जनामा कोरोना परीक्षण गरिएको थियो।, देशभर ३९ हजार ४४ जना कोरोनाका सक्रिय संक्रमित छन्। , पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १ जनाले ज्यान गुमाएका छन्।, यस्तै ५६२ जना संक्रमणबाट मुक्त भएका छन्।, यस्तै, काठमाडौं उपत्यकामा ५५४९ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ४००४, ललितपुरमा ९७५  र भक्तपुरमा ५७० संक्रमित थपिएका छन्।, एकैदिन १० हजारभन्दा बढीमा कोरोना संक्रमण
सेतोपाटी संवाददाता कोरोना संक्रमण सुरू भएयता नेपालमा हालसम्मकै सर्वाधिक संक्रमित आज पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा नेपालमा १० हजारभन्दा बढी संक्रमित फेला परेको हो।, यो संख्या नेपालमा कोरोना संक्रमित फेला परेदेखि एकै दिनमा देखा परेको सर्वाधिक संख्या हो।, यसअघि मे ११, २०२१ मा सर्वाधिक ९ हजार ३ सय १७ जना संक्रमित फेला परेका थिए। , मन्त्रालयका अनुसार मंगलबार पिसिआर परीक्षणबाट ८ हजार ७ सय ३०  र एन्टिजेन परीक्षणबाट १५२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, पछिल्लो २४ घण्टामा २२ हजार ८२८ जनामा कोरोना परीक्षण गरिएको थियो।, देशभर ३९ हजार ४४ जना कोरोनाका सक्रिय संक्रमित छन्। , पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १ जनाले ज्यान गुमाएका छन्।, यस्तै ५६२ जना संक्रमणबाट मुक्त भएका छन्।, यस्तै, काठमाडौं उपत्यकामा एकै दिन ५ हजारभन्दा बढी संक्रमित फेला परेका छन्। काठमाडौंमा ४ हजार ४, ललितपुरमा ९ सय ७५ र भक्तपुरमा ५ सय ७० सहित ५५४९ संक्रमित थपिएका छन्।, यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ पुगेको छ।, यसैबीच माघको दोस्रो साता दैनिक संक्रमण झन्डै २० हजार पुग्ने प्रक्षेपण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ।, माघ दोस्रो साता कोरोना संक्रमणको तेस्रो लहर उत्कर्षमा पुग्ने भन्दै दैनिक संक्रमण झन्डै २० हजार पुग्ने प्रक्षेपण गरेको हो।, मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले माघको दोस्रो साता दैनिक १९ हजार ६९५ पुग्नसक्ने जानकारी गराएका हुन्।, जसमा झन्डै १० हजार विरामी अस्पताल भर्ना हुनसक्ने भनिएको छ। यस्तै अस्पताल भर्ना भएका विरामीमध्ये ३ सय ९४ जना गम्भिर बन्नसक्ने बताइएको छ।, समग्रमा तेस्रो लहरमा झन्डै १५ हजार गम्भीर संक्रमित पुग्नसक्ने प्रक्षेपण गरिएको छ।, नेपालमा हालसम्मकै सर्वाधिक संक्रमित
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय सुर्खेतले सेवाप्रवाहमा ‘बार प्रणाली’ लागु गर्ने भएको छ।, मंगलबार सूचना जारी गरी प्रशासनले कोभिड महामारीको अवस्थालाई मध्यनजर गरी बार प्रणाली लागु गर्न लागिएको जनाएको हो।, यही माघ ९ गते (आइतबार) देखि कुन बार कुन स्थानीय तहका नागरिकलाई सेवा दिने भन्नेबारे सूचना जारी गरी खुलाएको छ।, नागरिकता, राष्ट्रिय परिचय पत्र, फोटोहितको मतदाता नामावली दर्ता, विद्युतीय राहदानीसम्बन्धी कार्यहरू ‘बार प्रणाली’मा गरिने प्रशासन कार्यालयले जनाएको छ।, जस अनुसार आइतबार र शुक्रबार लेकवेशी नगरपालिका, वीरेन्द्रनगर नगरपालिका र पञ्चपुरी नगरपालिकाका नागरिकलाई मात्र यी सेवा प्रदान गरिनेछ।, यस्तै, सोमबार र मंगलबार वीरेन्द्रनगरसहित भेरीगंगा नगरपालिका, चिंगाड गाउँपालिका र बराहताल गाउँपालिकाका नागरिकलाई प्रशासन कार्यालयबाट सेवा दिइनेछ ।, बुधबार र बिहीबार गुर्भाकोट नगरपालिका, सिम्ता गाउँपालिका र चौकुने गाउँपालिकाका नागरिकलाई यी सेवाहरू दिइनेछ।, कार्यालयबाट हुने सार्वजनिक सेवाप्रवाहमा भिडभाड बढी हुने र दैनिक कोभिडको प्रभाव बढ्न थालेपछि बार प्रणाली लागु गरिएको प्रशासनले जनाएको छ।, यस्तै, ९ गतेदेखि सेवा लिन जिल्ला प्रशासनमा आउँदा स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाउन र पूर्ण रूपमा खोप लगाएको खोप कार्ड ल्याउन प्रशासनले आग्रह गरेको छ।, खोप कार्ड मोबाइलमा फोटो खिचेर भए पनि ल्याउन प्रशासनले अनुरोध गरेको छ।, जिप्रका सुर्खेतमा माघ ९ देखि बार प्रणाली
सेतोपाटी संवाददाता राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, आज पिसिआर परीक्षण गर्दा अध्यक्ष तिमिल्सिनालाई कोरोना पुष्टि भएको उनका प्रेस संयोजक अशोक पौडेलले बताएका छन्। , विगत तीन दिनदेखि कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनले आज पिसिआर गराएका थिए।, उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी होम आइसोलेसनमा बसिरहेको बताइएको छ। ,  ,  , राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले २० देखि २५ लाख कोरोना खोप रेकर्डमा नरहेको बताएका छन्।, मंगलबार शिक्षा तथा स्वास्थ्य समितिमा सचिव पोखरेलले कति खोप लगाइए पनि त्यसको राम्रो रेकर्ड नहुँदा झन्डै २५ लाख खोप रेकर्ड बाहिर रहेको जनाए। , 'कतिले खोप लगाइदिनुभएको छ तर त्यसको रेकर्ड गर्दिनुभएको छैन। त्यसले गर्दा २० देखि २५ लाख खोपको फरक देखिएको छ,' उनले भने। , पोखरेलले कतिपय व्यक्तिहरूले खोप लगाए पनि कार्ड नलिँदा उक्त समस्या देखिएको बताए।, यद्यपि खोपहरूलाई भने खेर जान नदिएको उनले दाबी गरे।, साथै ठूला सहरहरूमा ७० देखि ८० प्रतिशत मानिसलाई खोप लगाइएको उल्लेख गर्दै अझै स्थानीय तहमा खोपको पहुँच पुर्‍याउन बाँकी रहेको पोखरेलले जनाए।, रेकर्डमा छैन झण्डै २५ लाख कोरोना खोप
सेतोपाटी संवाददाता भोजपुरी कलाकार खेशारीलाल यादव नआएको भन्दै स्थानीयले सुनसरीको बर्जु गाउँपालिकामा आयोजित बर्जु महोत्सवमा आगजनी र तोडफोड गरेका छन्।, सुनसरीको बर्जु गाउँपालिका–६ स्थित चिमडीमा महोत्सव आयोजना भएको थियो।, मंगलबार महोत्सवको अन्तिम दिन भोजपुरी कलाकार खेशारीलाल यादवको पूर्वनिर्धारित सांगीतिक कार्यक्रम रद्द भएपछि आक्रोशित स्थानीयले कार्यक्रमस्थलमा आगजनी र तोडफोड गरेका हुन्।, कलाकार यादवलाई हेर्न स्थानीय बिहानैदेखि ३०० र ५०० रुपैयाँका दरले टिकट काटेर बसिरहेका थिए।, स्रोतका अनुसार कलाकार यादवलाई विराटनगरमा रोकिएको छ। , उनको कार्यक्रम रद्द गर्नुपरेपछि स्थानीयले भारतीय नम्बर प्लेटका ४ वटा स्कार्पियो र मोटरसाइकमा आगजनी गरेका छन्।, स्टेज र कुर्सीहरू समेत तोडफोड गरेका छन्। स्थानीयको तोडफोडबाट ठूलो क्षति भएको प्रहरीले जनाएको छ। , यद्यपि, घटनाबारे यकिन विवरण भने हालसम्म प्राप्त भएको छैन। अहिले घटनास्थलमा जिल्ला प्रहरी सुनसरीबाट प्रहरी परिचालन गरिएको छ।, सुनसरीको बर्जु–६ स्थित बर्जुतालको खेल मैदानमा पुस २४ गतेदेखि महोत्सवको आयोजना गरिएको थियो।, मंगलबार महोत्सवको अन्तिम दिन थियो। कोरोनाको संक्रमण बढ्दै गएको अवस्थालाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले भौतिक जमघट हुने मेला र महोत्सव लगायतका कार्यक्रममा रोक लगाएको थियो। तर, आयोजकले प्रशासनको निर्देशन समेत अवहेलना गर्दै बर्जुमा उक्त महोत्सव जारी राखेकाले उक्त घटना भएको सुनसरी प्रहरीले जनाएको छ।, कलाकार नआएको भन्दै महोत्सव स्थलमा स्थानीयले जलाए गाडी, गरे तोडफोड
सेतोपाटी संवाददाता मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको निजी निवासमा ढुंगा प्रहार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , जिल्ला प्रहरी कार्यालय पर्साले मंगलबार वीरगञ्ज महानगरपालिका-१ बस्ने २६ वर्षीय सुमन पटेललाई पक्राउ गरेको हो।, उनीमाथि वीरगञ्ज-१३ तेजारथ टोलमा रहेको मुख्यमन्त्री यादवको निजी निवासमा ढुंगा हानेको आरोप छ। , मंगलबार दिउँसो साढे २ बजे वीरगञ्जको घण्टाघरमा एक सय जनाको संख्यामा नेपाली कांग्रेसको नगरस्तरीय विरोधस्वरूप मोटरसाइकल र्‍याली निकालिएको थियो। , प्रदेश नम्बर २ को नाम मधेश प्रदेश र राजधानी जनकपुर राख्ने निर्णय गरेको विरोधमा प्रदर्शन गर्ने क्रममा पटेलले मुख्यमन्त्री राउतको निवासमा ढुंगा हानेको कार्यालयले जनाएको छ। , ढुंगा प्रहारबाट निवासको दुइटा सीसा समेत फुटेको प्रहरीले जनाएको छ। , पटेललाई प्रहरीले पक्राउ गरी आपराधिक उपद्रसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको प्रहरीले बताएको छ। , मधेश प्रदेशका मुख्यमन्त्री राउतको निजी निवासमा ढुंगा हानेको आरोपमा एक पक्राउ
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ दोस्रो साता कोरोना संक्रमणको तेस्रो लहर उत्कर्षमा पुग्ने भन्दै दैनिक संक्रमण झन्डै २० हजार पुग्ने प्रक्षेपण गरेको छ। , मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले माघको दोस्रो साता दैनिक १९ हजार ६९५ पुग्नसक्ने जानकारी गराएका हुन्। जसमा झन्डै १० हजार बिरामी अस्पताल भर्ना हुनसक्ने भनिएको छ। , यस्तै अस्पताल भर्ना भएका बिरामीमध्ये ३ सय ९४ जना गम्भीर बन्नसक्ने बताइएको छ। समग्रमा तेस्रो लहरमा झन्डै १५ हजार गम्भीर संक्रमित पुग्नसक्ने प्रक्षेपण गरिएको छ। , मंगलबारमात्र एकैदिन १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको छ। जुन अहिलेसम्म एकैदिन देखिएको सर्वाधिक संख्या हो। , छलफलकै क्रममा मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिन नसकिएको भन्दै अर्थ मन्त्रालयसँग समन्वय गरिदिन समितिलाई आग्रह गरेका थिए।, 'असारसम्मको ५० प्रतिशत जोखिम भत्ता दिइसकिएको र ५० प्रतिशत बाँकी रहेको भन्ने छ। त्यसैले अर्थ मन्त्रालयसँग समन्वय गरिदिनु भन्ने आग्रह आएको हो,' समितिकी सभापति जयपूरी घर्तीले भनिन्, 'हामीले सहयोग गर्छौं भन्यौं तर त्यो कुरा मन्त्रालय टु मन्त्रालय गर्नुपर्छ।', माघको दोस्रो साता दैनिक संक्रमण झन्डै २० हजार पुग्ने प्रक्षेपण
रासस झापाको बुद्धशान्ति गाउँपालिका–३ का बासिन्दा जंगली हात्तीको आक्रमणबाट बच्न रातभर जाग्राम बस्न थालेका छन्।, उनीहरू दिनभर नजिकैको आदर्श नमूना सामुदायिक वनमा बस्छन् भने रात परेपछि बस्तीमा फर्किन्छन्। तर राति पनि उनीहरू सुत्न पाउँदैनन्। हात्तीको त्रासले रातभर जाग्राम बस्ने गरेका छन्। , जङ्गली हात्तीले स्थानीयको घर भत्काउनुका साथै अन्नबाली, करेसाबारीको सागपात, फलफूललगायत खाइदिँदा उनीहरू हात्तीबाट बाली जोगाउन र आफू बाँच्न सधैंजसो राति जाग्राम बस्न थालेका हुन्।, स्थानीय प्रकाश लुइँटेल किनेर घरमा राखेको ३० मन धान हात्तीले नष्ट गरेपछि अब के खाने भनेर चिन्तामा छन्। , जङ्गली हात्तीबाट ज्यान जोगाउन कठिन हुँदै गएको स्थानीय माया उप्रेतीले बताइन्।, 'सुत्न पाएका छैनौं, बालीको संरक्षण गर्न धौ धौ परेको छ', उनले रूँदै भनिन्,'बिहान कलेज गएका छोराछोरीलाई हात्तिले बाटौमै मार्छ कि भन्ने पीर छ। कम्तीमा वन र स्थानीय तहले ठाउँ-ठाउँमा गस्तीमात्रै गरेको भए पनि राहत हुने थियो।', गाउँमा हात्ती पसेको थाहा पाएपछि घरघरमा आगो बाल्ने र थाल ठटाउँदै भगवानको नाम जपेर बस्नुबाहेक अर्को विकल्प नभएको उप्रेतीको भनाइ छ। , डिभिजन वन कार्यालय झापाका प्रमुख युवराज मास्केले बुद्धशान्ति, कचनकवल गाउँपालिका, मेचीनगर र विर्तामोड नगरपालिकाका केही क्षेत्रमा जङ्गली हात्तीले दुःख दिइरहेको बताए।, विगतमा समूहमा हिँड्ने हात्ती यसपटक छरिएर हिँडेका कारण जिल्लामा धरै अन्नबालीमा क्षति पुगेको उनको भनाइ छ। , सीमित जनशक्ति र साधनका कारण जीउधनको सुरक्षा गर्न समस्या भइरहेको उनले बताए।, साइरन जडान गरिएको एउटा मात्र गाडी भएका कारण समयमै पुग्न भने समस्या भएको मास्केको भनाइ छ।, हात्तीलाई गाउँ पस्नबाट रोक्नका लागि केही सामुदायिक वनले वन परिसरमै केरा र बाँसको खेती गरेका थिए। , ‘हात्तीको त्रासले रातभर सुत्नै पाइएन’
रासस राष्ट्रिय सतर्कता केन्द्रले मन्त्रालयसहितका विभिन्न कार्यालयमा गरेको अनुगमनमा तोकिएको समयमा कार्यालयमा हाजिर नहुने र तोकिएका पोसाक नलगाउने क्रम नरोकिएको जनाएको छ।, केन्द्रका अनुसार चालु आर्थिक वर्षमा १४७ कार्यालयमा गरिएको अनुगमनमा ७३२ कर्मचारी तोकिएको समयमा कार्यालयमा नआएको पाइएको छ।, यस्तै १५६ कर्मचारीले तोकिएको पोसाक नलगाएको फेला परेको केन्द्रका सचिव दिनेशकुमार घिमिरेले जानकारी दिए।, हालै सरूवा भएर जल तथा ऊर्जा आयोगको सचिवालयमा जान लागेका सचिव घिमिरेले चालु आर्थिक वर्षमा केन्द्रले गरेका कामकारबाही तथा अनुगमनको बारेमा जानकारी गराउँदै पछिल्ला समयमा सुशासन कायम गर्न धेरै सुधारात्मक प्रयास गरिएको जानकारी दिए।, यसरी तोकिएअनुसार काम नगर्ने निजामती कर्मचारीलाई निजामती सेवा ऐन २०४९, स्वास्थ्य सेवाका कर्मचारीलाई स्वास्थ्य सेवा ऐन २०५३ र करार सेवाका कर्मचारीलाई सेवा करार सम्झौताबमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाएको पनि उनले बताए।, घिमिरेले गत आर्थिक वर्षबाट ल्याइएको २५० र चालु आर्थिक वर्षमा परेको २६३ उजुरीमध्ये २२१ अर्थात् ४३ प्रतिशत फर्छ्यौट भएको जानकारी दिए। प्राप्त विवरणअनुसार २१ वटा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाइएको छ भने ४७ उजुरीको विषयमा आवश्यक निर्देशन दिइएको छ।, केन्द्रका अनुसार १५३ उजुरी तामेलीमा रहेको, ७० उजुरीमा छानबिन समिति गठन भएको र ७३ वटा प्रतिवेदन पेस भएको छ।, हाल करार तथा राजनीतिक नियुक्तिद्वारा सार्वजनिक पद धारण गर्ने व्यक्ति सङ्घीय तहमा ७२ हजार ८००, प्रदेश तहमा ११ हजार ४०० र स्थानीय तहमा दुई लाख २६ हजार रहेका र उनीहरूको सम्पत्ति विवरण बुझाए नबुझाएको बारेमा प्रतिवेदन तयार पारी अख्तियारमा पेश गर्ने योजना रहेको सचिव घिमिरेले जानकारी दिए।, उनका अनुसार विभिन्न प्रदेशमा सचेतनामूलक गोष्ठी, सदाचार प्रवर्द्धन कार्यक्रमका साथै प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएका छन्।, विश्व बैंकको सहयोगमा सडक विभागअन्तर्गत सञ्चालित ३५ र राष्ट्रिय गौरवका १७ आयोजनाको प्राविधिक परीक्षणका लागि सम्झौता अन्तिम चरणमा पुगेको छ। , सिंहदरबारमा आज पत्रकारसँगको भेटघाटका क्रममा सतर्कता केन्द्रले केही गर्ने होइन भनेर मागेका प्रतिवेदनसमेत नपठाउने गरेको विगतको उदाहरण प्रस्तुत गर्दै सचिव घिमिरेले पछिल्ला समयमा केन्द्रमै बोलाएर जानकारी लिने र नआउनेलाई कारबाहीको सिफारिस गर्न थालेपछि जवाफदेही हुनेक्रम बढेको पनि बताए। , तोकिएको समयमा हाजिर हुँदैनन् कर्मचारी, ७३२ लाई कारबाही सिफारिस
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय ललितपुरले यहाँ सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने निर्देशन जारी गरेको छ। , मुलुकमा दिनानुदिन बढ्दै गइरहेको कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राखेर मंगलबार प्रशासनले सूचना जारी गरेको हो।, प्रजिअ घनश्याम उपाध्यायद्वारा हस्ताक्षरित विज्ञप्तिमा सार्वजनिक बसमा चढ्ने यात्रुलाई मास्क अनिवार्य तथा सवारी साधनको ढोका र भित्र यात्रुले प्रयोग गर्ने गरी सेनिटाइजरको व्यवस्था गर्नुपर्ने उल्लेख छ।, यसैगरी, चालक तथा सहचालकले मास्क र फेस सिल्ड अनिवार्य लगाउनुपर्ने, सवारी साधनलाई दैनिक रुपमा निसङ्क्रमित गर्नुपर्ने र यातायातमा कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा पाँच रुपैयाँ लिई मास्क उपलब्ध गराउन पाउने आदेश प्रशासनले जारी गरेको छ।, विद्यालय, विश्वद्यालय तथा कलेज एवम् ट्युसन सेन्टर आदि शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइ विधि अपनाई सञ्चालन गर्नसमेत सबैमा स्थानीय प्रशासनले अनुरोध गरेको छ। रासस, ललितपुरमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने
धु्रवसागर शर्मा/रासस उत्तरतिर लस्करै चाँदीझैँ सेता देखिने हिमशृङ्खला। पूर्वतर्फ मोहोडा भएको समथर फाँटमा पहेँलै भएर फुलिरहेको तोरी।, म्याग्दीको बेनी नगरपालिका–१, रत्नेचौर फाँटको बीचमा चिटिक्कै परेको कालोपत्र सडकमा हिजोआज युवायुवतीको भीड छ।, बेनी–बागलुङ सडकखण्डको बीचमा पर्ने रत्नेचौरमा यतिखेर तोरीको फूल फुलेर सिङ्गो गाउँ नै पहेँलपुर भएको छ। तोरी फुलेको खेतको फाँटमा कालोपत्र गरिएको चिल्लो सडक मानिसहरुको भीडभाडले भाइरल बनेको छ।, रत्नेचौर फाँटमा गहुँ र तोरी झुलिरहेको छ। झुलिरहेको गहुँ र तोरीको सौन्दर्यमा युवायुवती र सर्वसाधारण भुलिरहेका छन्।, स्थानीय सुनिता बोगटीले घर अगाडिको सडकमा दिनहुँ भीडभाड होला भनेर कहिल्यै सोचेकी थिइनन्। घरअगाडि कालोपत्र सडक आसपासमा पहेँलपुर फुलेको तोरीबारीमा भीडभाड हुन थालेपछि उनी दंग छिन्।, केही वर्ष अगाडिसम्म सुनसान रत्नेचौरको सडक कालोपत्र भएपछि तोरीबारीमा बसेर फोटो, भिडियो खिच्न विभिन्न स्थानबाट सवारीसाधनको प्रयोग गरी आउने गरेका छन्।, म्याग्दी, बागलुङ र पर्वतका विभिन्न क्षेत्रबाट घुम्न आउनेहरूको भीड व्यवस्थापन गर्नसमेत हम्मेहम्मे पर्ने गरेको छ।, कोरोना सङ्क्रमणको रोकथामका लागि स्थानीय प्रशासनले २५ जनाभन्दा बढी भेला हुन नपाउने, भीडभाड गर्न नपाइने सूचना जारी गरेको छ। तर गत शनिबार माघेसङ्क्रान्तिको दिनमा करिब साढे दुई सयभन्दा बढी तोरीबारीमा तस्बिर लिन आएपछि प्रहरीको टोलीले भीड नगर्न आग्रह समेत गरेको थियो।, बेनी–बागलुङ सडकखण्डको प्रयोग गरी तोरीबारीमा पुग्नेहरूको सङ्ख्या अत्यधिक भएपछि प्रहरीले शनिबार प्रवेशमा समेत कडाइ मात्रै गरेर रत्नेचौर प्रहरी चौकीबाट टोली नै परिचालन गर्नुपर्ने बाध्यता बन्यो।, ‘तोरीबारीमा टिकटक बनाउनेहरू धेरै भेटिन्छन्, आन्तरिक पर्यटकका कारण रत्नेचौर भाइरल भएको छ,’ स्थानीय भानु माविका प्रधानाध्यापक भरत खत्रीले भने।, उनकाअनुसार तोरी उत्पादन हुने सिजनबाहेक पनि कालोपत्र सडकमा तस्बिर, भिडियो खिचेर टिकटकमा राख्ने मानिसहरू आउने गरेका छन्।, चारैतिर हरियाली पहाड, उत्तरतर्फ मुसुक्क मुस्कुराइरहेको संसारकै सातौँ अग्लो धौलागिरि हिमालको दृश्यसँगै समथर फाँटको पहेँलपुर तोरीले स्थानीयको व्यापारमा समेत सघाएको छ।, तोरीमा रमाउनै आसपासका क्षेत्रमा वनभोजसहित हालै खुलेका होटेलको कारोबारसमेत बढेको स्थानीय युवा सन्तोष महतको भनाइ छ।, ‘तोरीबारी र कालोपत्र सडकले आन्तरिक पर्यटकलाई आकर्षित गरेको छ, घुम्न आउनेहरूको चहलपहललाई स्थानीयले राम्रो मानेका छन्,’ उनले भने।, तोरीबारीमा गएर फोटो र भिडियो खिच्दा क्षति हुने भएकाले धेरैले सडक आसपासबाटै खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन्।, उता बेनी–४, सिङ्गा तातोपानीबाट घुम्न गएकी मोनिका शेरचनले टिकटकलगायत सामाजिक सञ्जालमा दैनिकजसो तोरीबारीको भिडियो र तस्बिर देखेपछि घुम्न आएको बताइन्। ‘टिकटकमा देखेकोभन्दा राम्रो लाग्यो, एकैपटक भीडभाड हुँदा मेला आएजस्तै भएको थियो,’ उनले भनिन्।, कालोपत्र सडकबाटै तस्बिर लिँदासमेत प्रहरीले अनावश्यक दुःख दिएको भन्दै घुम्न गएकाहरूले आक्रोश पोखेका थिए। पूर्वसूचना नदिई प्रहरीले दुःख दिएको घुम्न गएकाहरूको गुनासो थियो।, स्थानीयले समेत तोरीलाई क्षति नहुने गरी तस्बिर र भिडियो लिन दिनुपर्ने भन्दै घुम्न गएकाहरुको पक्षमा बोलेपछि सबै उत्साहित भएका थिए। यता बढ्दो भीडभाडका कारण कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढेको भन्दै हटाएको प्रहरीले जनाएको छ।, रत्नेचौर–अर्जम–ज्यामरुककोट सडकखण्डअन्तर्गत ९०० मिटरको कालोपत्र सडकमा रत्नेचौर र उपल्लाचौरका करिब पाँच घरधुरीले तोरी खेती गरेका छन्।, घरआँगन, खेतबारीमा लगाएको तोरीको तेल खोज्दै गाउँमा आउने ग्राहकलाई समेत बिक्री गर्न नसकिएको कृषकको भनाइ छ।, नेपालमा पाइने दुई रङको तोरीमध्ये म्याग्दीका पहेँलो तोरी खेती हुन्छ। पहेँलो तोरीमा २५ देखि ३० प्रतिशतसम्म तेलको मात्रा हुन्छ।, साढे दुई दशक अगाडिसम्म गाउँमा रहेको तोरी मिलमा जिल्लाका अन्य स्थानबाट समेत पैदल हिँडेर आउने गरेका थिए। तोरीमा रासायनिक मल, विषादीको प्रयोग न्यूनीकरण गर्न पहल गरिएको छ।, तेलहन बालीमा पर्ने तोरी ७० देखि ९० दिनमा पाक्छ। समथर भूभाग रहेको रत्नेचौरमा अहिलको तुलनामा दोब्बर तोरी उत्पादन गर्न सकिने कृषिका प्राविधिकहरुको भनाइ छ।, तोरीबारीले रत्नेचौर कृषि पर्यटनको गन्तव्य बनेकाले स्थानीय तहबाट समेत तोरीको पकेट क्षेत्र बनाउन मागसमेत गरेका छन्।, छिमेकी बागलुङको कुडुले फेदीमा समेत प्रशस्तै तोरी हुन्छ। तोरीको बोटलाई सागका रुपमा तरकारीसमेत बनाउने गरिन्छ। गाउँबस्तीमा फुलेको तोरीले ग्रामीण सुन्दरतालाई समेत निखार ल्याउने गरेको छ।, तोरीबारीमा टिकटक बनाउनेको भीड
सेतोपाटी संवाददाता अपहरण तथा डकैती गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।, जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ पर्नेमा वीरगञ्ज-१५ का २० वर्षीय सुमन श्रेष्ठ, १८ वर्षीय विकास थापामगर र २० वर्षीय रमेशकुमार साह सोनार छन्।, वीरगञ्ज-१५ बसपार्कस्थित भानुचोकमा पोखराबाट बस चढेर आएका बारा सिम्रौनगढ नगरपालिका-७ का २३ वर्षीय माजिद अन्सारीको अपहरण तथा डकैती गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।, खनालका अनुसार मंगलबार बिहान अन्सारी बसपार्कमा उत्रिएका थिए। उनी बिरामी भएर बोल्न नसक्ने अवस्थामा बसपार्कमा बसिरहेका थिए।, तीनै जनाले अन्सारीलाई नियन्त्रणमा लिएर ना२ह २७३६ नम्बरको अटोरिक्सामा राखे।, उनको मोबाइल र नगद लुटेर अन्सारीलाई अर्धचेत अवस्थामा वीरगञ्ज-१५ प्रतिमाचोकको सडक छेऊमा छोडिदिएका थिए।, प्रहरी टोलीले दिउँसो ३ बजे अन्सारीलाई उद्धार गरेको थियो। उद्धारपछि स्थानीय र प्रत्यक्षदर्शीले दिएको हुलियाका आधारमा उनीहरूलाई पक्राउ गरिएको खनालले बताए।, ‘पक्राउ परेकालाई अपहरण तथा शरीर बन्धक र डकैती गरेको कसुरमा अनुसन्धान सुरू गरिएको छ,’ खनालले भने।, अन्सारी पोखरा घुमफिर गरी घर फर्किरहेका थिए। बाटैमा बिरामी भएपछि उनी बारामा नओर्लिइकन पर्सा पुगेका थिए।, उनी पायल्सका बिरामी थिए। बिरामी भएर बसपार्कमै बसिरहेको अवस्थामा उनलाई ती युवाहरूले उठाएर अटोरिक्सामा हालेका थिए।, अटोरिक्सामा हालेर उनलाई बारासम्म पुर्‍याएर फेरि पर्सा फर्काइएको अनुसन्धानमा खुलेको छ।, अपहरणमा प्रयोग गरिएको अटोरिक्सा।, ‘प्रत्यक्षदर्शीको भनाइका आधारमा र सिसिटिभी फुटेज हेर्दै जाँदा बारासम्म पुर्‍याएर फेरि पर्सा ल्याइएको देखिएको छ,’ खनालले भने।, अन्सारीको अहिले नारायणी अस्पतालमा उपचार भइरहेको छ। उनी राम्ररी बोल्न सक्ने अवस्थामा छैनन्।, ‘कति पैसा लुटपाट भयो भन्ने उनले भन्न सकेका छैनन्,’ खनालले भने। , प्रहरीले अपहरणमा प्रयोग गरिएको अटोरिक्सा पनि फेला पारेको छ।, बिरामी युवकलाई अटोरिक्सामा राखेर वीरगञ्ज बसपार्कबाट अपहरण