content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता नाबालिकालाई जबरजस्ती करणी गरी फरार रहेका एक आरोपितलाई प्रहरीले पक्राउ गरेको छ।, प्रहरीले बलात्कार गरेको आरोपमा पनौती नगरपालिका-१ घर भई ललितपुर पाटन बस्ने २१ वर्षीय सुजन श्रेष्ठलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।, उनी सौगात महर्जन नामको नक्कली फेसबुक अकाउन्ट चलाउँथे। विगत दुई महिनादेखि एक नाबालिकासँग फेसबुकमा साथी बनेर चिनजान गरेको प्रहरीले जनाएको छ। , त्यसरी श्रेष्ठले बालिकालाई बारम्बार भिडिओ कल गरी संवेदनशील अंगहरू देखाउन लगाई कल रेकर्ड गर्ने गरेको आरोप छ।, त्यस्तै उनले स्कुलमा साथी तथा घर परिवारलाई देखाइदिने र सामाजिक सञ्जालमा समेत भाइरल गर्ने भन्दै धम्की दिएको प्रहरीले बताएको छ। , ब्ल्याकमेल गरी आरोपित श्रेष्ठले बालिकालाई गत मंगलबार राति ८ बजे महाराजगञ्जस्थित एक निर्माणाधीन घर पछाडि भेट्न बोलाई बलात्कार गरी फरार भएका थिए। त्यसपछि प्रहरीमा जाहेरी परेको थियो।, यस सम्बन्धमा महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भइरहेको छ।, परिसरले यस्तो नक्कली फेसबुक अकाउन्ट खोलेर गरिने अपराधजन्य कार्यहरूबारे सचेत रहन अनुरोध गरेको छ। , आ-आफ्ना बालबालिकाहरूलाई पनि समयमै सचेत गराई अपराध हुनबाट रोक्न प्रहरीले अनुरोध गरेको हो। ,  , नाबालिकामाथि बलात्कार गरेको आरोपमा एक पक्राउ
सेतोपाटी संवाददाता रूपन्देही प्रहरीले एकै दिन २२ लाख रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरेको छ।, राजश्व छलेर भारतबाट ल्याइएको उक्त बराबरको सामान बिहीबार मध्यराति र शुक्रबार बिहान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।, प्रहरीका अनुसार शुक्रबार बिहान तिलोत्तमा नगरपालिका-१२ शिवपुरबाट ३१ बोरा चिनी बरामद भएको छ। त्यसको मूल्य १० लाख २४ हजार रहेको प्रहरी उपरीक्षक मनोज केसीले बताए।, केसीका अनुसार चिनीसँगै देवदह नगरपालिका-४ का २१ को अनिल नेपाली पक्राउ परेका छन्। उनले चलाएको लु१च ५०१० नम्बरको पिकअपबाट चिनी बरामद भएको बताए।, यस्तै, प्रहरीले भारतबाट ल्याइएको १२ लाख २३ हजार रुपैयाँ बराबरको कुखुरा बरामद गरेको छ।, जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले बिहीबार मध्यराति सिद्धार्थनगर नगरपालिका-१२ डाँडागाउँबाट कुखुरा बरामद गरेको हो।, कुखुरासँगै बर्दघाट नगरपालिका-६ का ३२ वर्षीय रविन्द्र नेपाल पक्राउ परेका छन्।, उनले चलाएको लु३च ४५२८ नम्बरको पिकअपबाट १२ लाख २३ हजार रुपैयाँ बराबरको कुखुरा बरामद भएको केसीले बताए।, बरामद सामान भन्सार कार्यालय र बरामद भएको कुखुरा पशु क्वारेन्टाइन कार्यालयमा बुझाइएको प्रहरी उपरीक्षक केसीले बताए।, रूपन्देहीमा भन्सार छलेर सबैभन्दा बढी भारतीय कुखुरा ल्याइने गरिएको छ। पशु तथा पन्छीजन्य वस्तु भारतबाट ल्याउन प्रतिबन्ध छ।, यस्तै, भारतबाट भन्सार छलेर ल्याउने वस्तुमा चिनी रहेको केसीले बताए। केसीले तस्करी नियन्त्रणमा प्रहरी आक्रामक रूपमा प्रस्तुत भएको बताए।  , भारतबाट ल्याइएको २२ लाख बराबरको चिनी र कुखुरा रूपन्देहीबाट बरामद
सेतोपाटी संवाददाता नारायणगढ-मुग्लिन सडक खण्डमा स्कार्पियो दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। , इच्छाकामना गाउँपालिका-६ स्थित तीन नम्बर पुलबाट बा १३ च ४३६५ नम्बरको स्कार्पियो अनियन्त्रित भई पल्टिएको थियो।, नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरको स्कार्पियो अनियन्त्रित भई पल्टिएर अन्दाजी ५०/६० मिटर तल त्रिशूली नदीको किनारामा पुगेको थियो। , दुर्घटनामा घाइते भएका स्कार्पियोका चालकसहित ७ जना घाइतेको उद्धार गरी उपचारको लागि भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए।, त्रिशूलीमा पल्टियो गाडी, ७ जना घाइते
सेतोपाटी संवाददाता तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा शुक्रबार साँझ भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ।, ग १ ज ६५५५ नम्बरको जीप दुर्घटनामा परी चार जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।, मृत्यु हुनेमा बन्दीपुर–६ धरमपानी बस्ने नौ महिने बालिका आरुबी थापा, सोही ठाउँ बस्ने २४ वर्षीय रोशन गुरुङ, ५३ वर्षीय हरिबहादुर न्यौपाने, ४८ वर्षीया सुशीलादेवी न्यौपाने, ७६ वर्षीया विममाया गुरुङ र ४३ वर्षीय सुकबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।, दुर्घटनामा परी सोही ठाउँका २१ वर्षीया जमुना थापा (मृतक बालिकाको आमा), ४८ वर्षीया मम्कुली थापा, २२ वर्षीया कुमारी गुरुङ, १६ वर्षीया समिसा थापा र सात महिने बालिका विविशा थापा घाइते भएको प्रहरीले जनाएको छ।, घाइतेको बन्दीपुर अस्पतालमा उपचार भइरहेको छ। जीप सडकबाट १०० मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। , तनहुँ जीप दुर्घटनामा मृतकको सङ्ख्या ६ पुग्यो
सेतोपाटी संवाददाता सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ।, माघ १ गतेदेखि उत्तरायण शुरू हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्। उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ।, यसैले आजको दिन देवघाट, त्रिशुली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । , बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए।, उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ। आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जन विश्वास छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ।, यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने आयुर्वेदका चिकित्सकको भनाइ छ । तरुल पुसको अन्तिम दिनमा पकाएर राखी माघमा खाने प्रचलनसमेत विभिन्न ठाउँमा छ । यसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानका रुपमासमेत प्रयोग गरिन्छ ।, आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित  पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ । , सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ। महाभारत युद्वमा मृत्यु श्ययामा पुगेका भीष्मले ईच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेका थिए । आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थानमा पनि मेला लाग्ने गर्दछ ।, माघ महीनामा माघमाहात्म्यको पनि ठूलो महत्व छ। स्कन्द पुराणको माघ माहात्म्य अन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबीच भएको संवाद अर्थात् स्वस्थानी सुन्ने सुनाउने क्रम पौष शुक्ल पूर्णिमादेखि शुरु हुन्छ। यो क्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहन्छ । यस वर्ष माघ ३ गतेदेखि श्री स्वस्थानी व्रतकथा शुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यो व्रत गर्नेले चान्द्रमास अनुसार माघ महीनाभर स्नान गरी नित्य मध्याह्नकालमा श्रीमहादेवको पूजा आराधना गर्छन्। ,रासस, आज माघे (मकर) सङ्क्रान्ति
सेतोपाटी संवाददाता नेपाल र बेलायतबीच श्रम सम्बन्ध कायम गर्ने विषयमा दुई देशका अधिकारी सहमत भएका छन्। दुवै देशका अधिकारीबीच शुक्रबार भएको वार्तामा नेपालबाट श्रमिक पठाउने र बेलायतले उनीहरूलाई रोजगारीका अवसर प्रदान गर्ने सहमति भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। , बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र ‘नेशनल हेल्थ सर्भिस’ का प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीचको वार्ताबाट दुवै देशबीच समझदारी गरी नेपाली श्रमिकलाई बेलायतमा रोजगारीको व्यवस्था गर्ने सहमति भएको श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए।, दुवै देशका वार्ता टोलीबीच आगामी मार्चसम्म श्रम समझदारी सम्पन्न गर्ने सहमति भएको छ । सहमतिअनुसार समझदारीको मस्यौदा निर्माणमा दुवै पक्ष जट्नेछन्। समझदारी गरेर नेपालबाट बेलायतको स्वास्थ्य क्षेत्रमा श्रमिक लैजाने विषयलाई छिटो टुङ्गोमा पुर्‍याउने विषयमा बैठकमा सहमति भएको उनले जानकारी दिए।, यद्यपि, नेपाली श्रमिक लैजाने मोडालिटीको बारेमा टुङ्गो भने लागेको छैन । नेपालमा विभिन्न तहका नर्सिङ जनशक्ति रहेका छन्। बेलायतले नेशनल हेल्थ सर्भिसेसअन्तर्गत नेपाली नर्सिङ जनशक्तिलाई रोजगारीको अवसर दिने बताइएको छ । , बैठकमा नेपालका तर्फबाट श्रम मन्त्रालयअन्तर्गतको रोजगार व्यवस्थापन महाशाखा प्रमुख राजिव पोखरेल, उपसचिव थानेश्वर भुसाल, वैदेशिक रोजगार विभाग र परराष्ट्र मन्त्रालयका प्रतिनिधिको सहभागिता रहेको थियो । बेलायतका तर्फबाट डिपार्टमेन्ट अफ हेल्थ र नेशनल हेल्थका साथै काठमाडौँस्थित बेलायती दूतावासका प्रतिनिधिको सहभागिता थियो । बैठकमा बेलायतबाट उनीहरू ‘भर्चुअल’ रुपमा सहभागी भएका थिए । , बेलायतले दक्षिण एसियाली क्षेत्रबाट स्वास्थ्य क्षेत्रमा एक लाख श्रमिक भित्र्याउने घोषणा गरेको छ। नेपालबाट करिब १० हजार नर्सिङ जनशक्ति लैजाने बेलायतको तयारी छ। नेपाल नर्सिङ सङ्घका अनुसार हालसम्म नेपालमा ६६ हजार नर्स उत्पादन भएका छन् । ती मध्ये २५ हजार विदेशमा छन् । नौ हजार नर्स सरकारी सेवामा रहेको सङ्घको तथ्याङ्क छ । केही निजी अस्पतालमा कार्यरत छन्। , वैदेशिक रोजगारीलाई विविधीकरण गर्ने लक्ष्य लिएको सरकारले आकर्षक गन्तव्यको खोजी गरिरहेको छ । यसअघि जापान, इजरायल, मरिससलगायत मुलुकसँग नेपालले विशिष्टकृत क्षमताका श्रमिक पठाउने समझदारी गरिसकेको छ । छिट्टै नेपाली श्रमिक इजरायलको स्वास्थ्य क्षेत्रमा काम गर्न त्यसतर्फ जाँदैछन्।  ,रासस, नेपाली नर्स लैजान बेलायत तयार, मार्चसम्ममा श्रम सम्झौता हुने
पूर्णप्रसाद मिश्र ‘सर्वाङ्गीण विकासका लागि योग’ भन्ने नाराका साथ सातौँ राष्ट्रिय योग दिवस देशभर भर्चुअल माध्यमबाट विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।, नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण बढ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस भर्चुअल माध्यमबाट गर्न निर्देशन गरेको छ । योगको नियमित अभ्यास गर्नेमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने भएकाले कोरोनाबाट बच्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ ।, मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो । तत्कालीन शान्ति तथा पुनःनिर्माणमन्त्री नरहरि आचार्यको प्रस्तावमा मन्त्रिपरिषद्ले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको हो ।, यसअघि विसं २०३६ देखि उत्तरायण शुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो ।, वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो । यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम शुरु भएको हो । प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवम् स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो ।, आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन् ।,  जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस    , भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए । सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियन लगायत संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए ।, सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले यो दिवसप्रति समर्थन जनाए । सन् २०१६ देखि २१ जुनमा अन्तरराष्ट्रिय योग दिवस विश्वभर मनाइएको थियो । माघ १ गते मनाउने गरिएको विश्व योग दिवस २१ जुनमा मनाइएपछि नेपालका अभियानकर्मीहरुले माघ १ लाई राष्ट्रिय योग दिवस घोषणा गर्न शान्ति तथा पुनर्निर्माण मन्त्रालय मार्फत् मन्त्रिपरिषद्मा प्रस्ताव गरेका थिए । “योगको सुरुवात शिव र पार्वतीको संवादबाट सुरु भएको मानिन्छ, शिव पार्वतीको वास नेपालकै हिमालय क्षेत्रमा थियो, नेपाल माहात्म्यको हिमवत्खण्डमा यसको चर्चा छ”, योग दिवसका अभियानकर्मी डा पोखरेलले भने ।, आयुर्वेदलाई योगसँग जोड्न वि सं २०४८ चैत १५ गतेदेखि नरदेवी आयुर्वेद अस्पतालमा योग अभ्यास सुरु गरिएको थियो । वि सं २०५८ देखि क्षेत्रीय आयुर्वेद चिकित्सालय विजौरी दाङमा पनि योगको अभ्यासबाट स्वास्थ्य लाभ गराउन शुरु गरिएको छ ।, योग वैदिक चिकित्सा पद्धति भएकाले अथर्ववेदमा ‘योगश्चित्तवृत्ति निरोधः’ अर्थात् मनमा आउने विभिन्न विषयलाई रोक्ने अभ्यास गर्नु नै योग हो भनिएको छ । इसापूर्व १६०० मा रचना गरिएको आयुर्वेदिक ग्रन्थ चरकसंहितामा मनलाई जित्ने सत्वावजय चिकित्सा पद्धतिको विकास हिमालय क्षेत्रको वनमा ऋषिमुनिले योग, ध्यान साधना र तपस्याद्वारा गरेको उल्लेख छ ।, योग दिवस मनाउन थालेपछि नेपालमा योग र आयुर्वेदको क्षेत्र विकसित हुने यस क्षेत्रमा लागेका स्नातकोत्तर योग विज्ञान एसोसियसन नेपालका अध्यक्ष क्षितिज बराकोटीको विश्वास छ ।, नेपालमा योग र प्राकृतिक चिकित्साको औपचारिक अध्ययन अध्यापन नेपाल संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठमा हुँदै आएको छ । प्रवेशिका गरेकालाई छ महिनाको योग र प्राकृतिक चिकित्साको तालिम दिने गरिएको हो । जुनसुकै विषयमा स्नातक गरेकालाई प्राच्य स्वास्थ्य शिक्षामा दुई वर्षे स्नातकोत्तरको पाठ्यक्रमसमेत स्वीकृत भएकोे विद्यापीठका योग र प्राकृतिक चिकित्सा विभाग प्रमुख डा पोखरेल बताउँछन् ।, यही शैक्षिक सत्रदेखि पढाइ शुरु गर्न खोजिएकामा कोरोनाका कारण सम्भव नभएको उनले सुनाए । स्वास्थ्य विषयमा स्नातक गरेकालाई प्राथमिकता दिएपनि जुनसुकै विषयमा स्नातक पूरा गरेकाले स्नातकोत्तर कक्षामा सहभागी हुन सक्नेछन् ।, विसं २०५१ देखि पाठ्यक्रम विकास केन्द्रले कक्षा नौ र दशमा इच्छाधीन विषयका रुपमा योग शिक्षा, प्राकृतिक चिकित्सा र आयुर्वेद राखेपनि यस विषयमा स्नातक गरेका जनशक्ति नभएपछि शुरु हुन सकेको छैन ।, मानवभित्र भएका सम्पूर्ण सम्भावनालाई उजागर वा प्रकटीकरण गर्न सक्ने ज्ञान विज्ञानलाई योग भनिन्छ । प्रारम्भिक कालमा योग सबैका लागि सधैँका लागि भएकामा मध्यकालमा दाह्री, कपाल पालेका वैरागी एवम् साधु सन्तका लागि मात्र योग भन्ने अर्थमा बुझिन्थ्यो । अहिले स्वास्थ्यसँग जोडिएर योग आएको छ ।, “जुन मान्छे जहाँ छ, त्यसबाट व्यवस्थितरुपमा अघि बढ्ने माध्यम योग हो, यसले कार्यक्षमता वृद्धि गर्छ, यसलाई पश्चिमी देशले जीवन व्यवस्थापन शास्त्र भन्न थालेका छन्”, डा पोखरेलले भने । योगभित्र मनोविज्ञान, परामनोविज्ञान र भावातीत मनोविज्ञान भएको उनले बताए ।, अमेरिकाका क्याम्पसमा परामनोविज्ञान र भावातीत मनोविज्ञानको अध्ययन अध्यापन सुरु भएको छ । योग र ध्यान साधनाका लागि उत्तरायण महत्वपूर्ण मानिने भएकाले उत्तरायण सुरु हुने पहिलो दिन मकर सङ्क्रान्ति अर्थात् माघ १ गतेलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरेको हो । ,रासस, सातौँ राष्ट्रिय योग दिवस मनाइँदै
सेतोपाटी संवाददाता सरकारले भोलिदेखि कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ मात्रा खोप दिने भएको छ।, अग्रपङ्क्तिमा काम गर्ने व्यक्तिलाई माघ २ गतेदेखि र ६० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिक र खोपको पूर्ण मात्रा लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई माघ १४ गतेदेखि ‘बुस्टर’ मात्राको खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।, ‘बुस्टर’ डोजका लागि मन्त्रालयले प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै स्वास्थ्य कार्यालयलाई निर्देशन दिइसकेको छ। ‘बुस्टर’ डोज कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएका छ महिना पूरा भएका व्यक्ति, अग्रपङ्क्ति र ६० वर्षभन्दा माथिका तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका सबैलाई दिइने मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।, रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामीमा सक्रिय क्यान्सर रोगी, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधी सेवन गरेका बिरामी पर्दछन्।, कोरोना भाइरस सङ्क्रमण बढेसँगै सरकारले ‘बुस्टर’ डोज दिन थालेको हो। शुक्रबार पुस ३० गते पाँच हजार ८७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो। ‘बुस्टर’ डोजमा पहिले जुन खोप लगाएको हो सोही खोप लगाउनुपर्ने हुन्छ। कोभिड–१९ खोप सल्लाहाकार समितिले ‘बुस्टर’ डोज खोप लगाउन सरकारलाई सुझाव दिइसकेको छ। रासस, भोलिदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने
सेतोपाटी संवाददाता १० किलो चरेससहित पर्साबाट एक महिला पक्राउ परेकी छिन्।, पर्साबाट रक्सौलतर्फ हिँडिरहेकी महिलालाई प्रहरीले चरेससहित पक्राउ गरेको हो।, पक्राउ पर्नेमा रौतहट पिपरिया परोवा नगरपालिका-९ की रञ्जु देवी छन्। प्रहरीको नियमित चेकजाँचको टोलीले उनलाई वीरगञ्ज-१६ शंकराचार्य गेटबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।, देवीले ढाड र खुट्टामा चरेस बेरेर भारततर्फ लैजाँदै थिइन्। उनलाई हिरासतमा राखेर प्रहरीले लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धान सुरू गरेको छ।, १० किलो चरेससहित महिला पक्राउ
सेतोपाटी संवाददाता तनहुँको बन्दीपुर गाउँपालिका-६ धरमपानीस्थित बाक्सेमा शुक्रबार राति भएको जीप दुर्घटनाले गाउँ शोकमा डुबेको छ।, साराङघाटबाट धरमपानी भित्री सडकखण्डमा बाक्सेतर्फबाट धरमपानी जाँदै गरेको ग१ज ६५५५ नम्बरको जीप दुर्घटनामा छ जनाको मृत्यु भएपछि बन्दीपुर शोकमा डुबेको हो।, माघे सङ्क्रान्ति पर्वको अघिल्लो दिन भएको दुर्घटनाले सबैलाई दुखित तुल्याएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताए। ‘चाडपर्वका बेला भएको दुर्घटनाले बाक्से, हटिया मात्र नभई सिङ्गो पालिका शोकमा डुबेको छ,’ उनले भने।, अध्यक्ष थापाका अनुसार आँबुखैरेनीको घुमाउनेबाट बुद्धसिंह मार्ग हुँदै बन्दीपुरतर्फ गुडेको जीप हटिया गाउँ आइपुग्नुभन्दा केही नजिक उकालोबाट व्याक भएर खसेको थियो।, जीपको स्टार्ट बन्द भएर पुनःस्टार्ट गर्न खोज्दा पछाडि हटेपछि जीप दुर्घटना भएको उनले बताए। ‘चालक सिकारु रहेको बुझिन आएको छ, चालक फरार छन्,’ उनले भने।, दुर्घटनाको खबर पाएलगत्तै जनप्रतिनिधि, प्रहरी र स्थानीयवासी उद्धारमा जुटेका थिए। अध्यक्ष थापाका अनुसार बन्दीपुर र आसपासबाट आठ वटा एम्बुलेन्स उद्धारका लागि पठाइएको थियो। घाइतेको उपचारका लागि बन्दीपुरमा रहेका सबै चिकित्सकलाई परिचालन गरिएको थियो। ‘घाइतेको उपचारमा कुनै कसर बाँकी राखेका छैनौँ, घाइते भएका आठ जनालाई थप उपचारका लागि राति नै भरतपुर अस्पताल पठाएका छौं,’ थापाले भने।, बन्दीपुर गाउँपालिका-६ का वडाध्यक्ष सन्तबहादुर गुरुङले दुर्घटनाले वडावासी शोकमा डुबेको बताउनुभयो। उहाँका अनुसार मृतकमध्ये एक दम्पती पनि छन्। एकैघरका आमा छोराको पनि दुर्घटनामा मृत्यु भएको छ। ‘चार जनाको शव घटनास्थलबाट निकालेका थियौं, थप दुईको उपचारका क्रममा मृत्यु भयो,’ उनले भने।, प्रहरीका अनुसार दुर्घटनामा परी बन्दीपुर गाउँपालिका-६ का ५३ वर्षीय हरि न्यौपाने, ४८ वर्षीया सुशीलादेवी न्यौपाने, २४ वर्षीय रोशन गुरुङ, नौमहिने बालिका आरुबी थापा, ४८ वर्षीय सन्तबहादुर गुरुङ र ५० वर्षीया विममाया गुरुङको मृत्यु भएको छ।, दुर्घटनामा २१ वर्षीया जमुना थापा, ४८ वर्षीया ममकुली गुरुङ, २२ वर्षीया कुमारी गुरुङ, १६ वर्षीया सनिसा थापा, सात महिनाकी बालिका विविशा थापा, १८ वर्षीय कुमार थापा, २० वर्षीय दानबहादुर थापा र २१ वर्षीय विपीन थापा घाइते भएका छन्। घाइतेलाई थप उपचारका लागि भरतपुर पठाइएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। रासस, स्टार्ट बन्द हुँदा तनहुँमा जीप दुर्घटना, एकै गाउँका ६ जनाको मृत्युपछि शोकमा डुब्यो बन्दीपुर
रोहित महतो धनुषाको सबैला नगरपालिकामा खोप वितरणमा लापरबाही भएको देखिएको छ।, वडा नम्बर ५ स्थित मखनाहा स्वास्थ्य चौकीमा खोप कार्डै नदिई स्थानीयलाई खोप लगाइएको पाइएको हो।, स्वास्थ्य चौकीकी इन्चार्ज रम्भा यादवका अनुसार पछिल्लो चरणमा मात्रै साढे तीन सय भन्दाबढी व्यक्तिलाई सादा पेपरमा खोप लगाइएको लेखेर दिइने गरिएको छ।, ‘हामीलाई नगरपालिकाले कार्ड नपठाएपछि तत्काल सादा पेपरमा लेखेर दिएका छौं। पछि कार्ड बनाइदिने भनेका छौँ,’ उनले भनिन्।, तर नगरपालिकाका स्वासथ्य शाखा प्रमुख सञ्जयकुमार मण्डलले खोप भन्दाबढी कार्ड स्वास्थ्य चौकीलाई पठाइएको बताए।, ‘यहाँबाट सय जनाका लागि खोप लान्छ लान्छ र पाँच सय कार्ड लान्छ। तैपनि पुगेन भन्छ, हामीसँग सीमित कार्ड हुन्छ। अझै कहाँबाट दिनु?,’ उनले भने, ‘खोप जसरी लाग्दै गएको छ त्यसरी नै कार्ड पठाइएको छ। तर पहिले खोप लगाएको मान्छेलाई कार्ड बाँड्न बाँकी छ भनेर थप कार्ड मागेको मागै छ। जबकि पहिले पनि खोपभन्दा बढी कार्ड यहाँबाट लगेको थियो।’, कार्डबिना खोप नलगाउन सम्झाई बुझाई गरे पनि उनीहरूले नमानेको स्वास्थ्य प्रमुख मण्डलको भनाइ छ। ‘स्वास्थ्य चौकीका कर्मचारीलाई सम्झाई बुझाई गरेँ तर उनीहरू बुझ्नेबाला छैनन्, त्यति कार्ड लगेर के गरे उनीहरूलाई सोध्नुस्,’ उनले थपे।, उनका अनुसार ३ सय ९० जनालाई पहिलो चारणमा लगाउन पठाइएको खोपसँगै ६९० कार्ड नगरपालिकाले पठाएको थियो। स्वास्थ्य चौकी इन्चार्ज रम्भा यादवले भने स्वास्थ्य शाखाले खोपभन्दा कम कार्ड पठाएर झुटो बोलेको दाबी गरिन्।, ‘भ्याक्सिन ११ सयसम्म आउँछ, कार्ड तीन सयसम्म दिन्छन्। पाँच दिनदेखि भ्याक्सिन आएको छ। त्यसमा दुई सय कार्ड दिइएको छ,’ उनले भनिन्, ‘एक महिनाघि हाम्रा कार्यालय सहयोगीलाई तीन सय कार्ड मात्र दियो। तर स्वसथ्य शाखाले ६ सय पठाएँ भन्छ। त्यसपछि अर्कोपल्ट चार सय कार्ड मात्र थियो, ८ सय व्यक्तिलाई खोप लगाइयो। अफिसमा कार्ड माग्न जाँदा छैन भने, त्यसैले प्रमाणका लागि पर्चा लेखेर दिइरहेका छौं।’, जिल्ला प्रशासन कार्यालय धनुषाले सार्वजनिक स्थानमा जान तथा सार्वजनिक निकायका सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गरेको छ। ‘सार्वजनिक स्थानहरू (कार्यालय, होटेल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क) लगायतमा प्रवेश गर्दा यही माघ ७ गतेदेखि कोभिड–१९ विरूद्धको खोप लगाइएको कार्ड साथमा राख्ने र यस्ता सबै निकायहरूले खोप कार्ड हेरेर मात्र व्यवस्था गर्ने,’ जिल्ला प्रशासन कार्यालयले जारी गरिएको आदेशमा भनिएको छ। तर, स्थानीय भने खोप कार्ड अनिवार्य गरिएकोबारे अनभिज्ञ छन्।, ‘कार्डबिना सरकारी कार्यालयमा काम हुँदैन, सार्वजनिक ठाउँमा जान पाइँदैन भन्ने हामीलाई केही थाहा छैन। हामीले हो-हल्ला पनि गर्‍यौं, तर कार्ड दिइएन। पछि दिने भन्यो,’ स्थानीय सञ्जय यादवले भने।, नगरपालिकाका प्रमुख विजय शंकर साहले भने यसबारे स्वास्थ्य चौकीमा बुझिरहेको प्रतिक्रिया दिए। ‘त्यहाँबाट मलाई पनि यो कुरा आएको छ। म बुझ्दैछु,’ उनले भने।, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कार्डबिनै खोप दिनु गैरकानुनी रहेको बताए। ‘कार्डबिना खोपै लाउन पाइँदैन। कार्डबिना भोलि रेकर्ड हुँदैन। अनलाइन सिस्टममा पनि राख्न सकिँदैन,’ उनले भने। यसबारे आफूले बुझ्ने उनले बताए।, धनुषामा कार्डबिनै कोरोनाविरूद्धको खोप लगाइँदै
सेतोपाटी संवाददाता माघ महिनाको पहिलो दिन आज बिहान स्नान, जप, तप, ध्यान, साधना गरी घ्यु, चाकु खाएर माघे सङ्क्रान्ति पर्व मनाइएको छ।, सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति अर्थात् माघ १ गते मकर (माघे) सङ्क्रान्तिका नाममा पनि वैदिक सनातन हिन्दू धर्मावलम्बीले सनातनदेखि कूल परम्पराअनुसार यो पर्व मनाउँदै आएका छन्।, माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा क्रमशः रात छोटो हुँदै जान्छ। उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ। यसैले आजका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको महामारीका कारण सीमित भक्तजनमात्र स्नान गर्न पुगेका थिए। देवघाटको मुख्यस्थलमा शुक्रबारदेखि नै प्रहरीले आउजाउ निषेध गरेको थियो।, तराईबासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन्। वर्षभर ननुहाए पनि आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता छ। धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार तथा खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख भएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए।, आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दुषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ। शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेलको मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ।, जाडो महिनामा घ्यू, चाकु, चरुल, लड्डु, तिलौरीजस्ता परिकार खाँदा न्यानो हुनाका साथै स्वास्थ्य राम्रो हुने भएकाले यो पर्वलाई मानव स्वास्थ्यसँग समेत जोडेर हेर्ने गरिन्छ। यस्ता परिकारले मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन पनि सहयोग गर्ने आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेलले बताए। रासस, घ्यु, चाकु खाएर मनाइयो माघे सङ्क्रान्ति
सेतोपाटी संवाददाता भरतपुर अस्पतालले कोभिड-१९ को संक्रमण दर बढ्दो क्रममा रहेको भन्दै सामान्य बिरामीलाई सकेसम्म अस्पताल नआउन आग्रह गरेको छ।, प्रेस विज्ञप्ति जारी गरी अस्पतालले जिल्लामा कोभिड-१९ संक्रमणको उच्च प्रकोप देखिएको उल्लेख गरेको छ।, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा.कृष्णप्रसाद पौडेलले विज्ञप्तिमा काठमाडौंको त्रिवि शिक्षण र वीर अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीहरू पनि उच्च संख्यामा संक्रमित भएको तथ्यांकले समेत अस्पतालमा एकअर्काबाट संक्रमण फैलन सक्ने सम्भावना बढ्दै गएको उल्लेख गरेका छन्।, उनले सामान्य र पछि चेकजाँच गराउँदा पनि हुने प्रकृतिका बिरामीहरूले अस्पताल आउने समय पछि सार्नु उपयुक्त हुने बताएका छन्।, भरतपुर अस्पतालमा पुस २९ गते १७२ जनाको परीक्षणमा ९५ जनामा पोजिटिभ देखिएको थियो।  पुस ३० गते १८६ जनामा गरिएको परीक्षणमा ११५ जना जोजिटिभ देखिएको छ। पुस २९ पोजेटिभ देखिएको संख्या ५५ प्रतिशत हो, ३० गते देखिएको संख्या ६१.२५ प्रतिशत हो।, अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले गम्भीर समस्या भएर अस्पताल आउने क्रम कम देखिए पनि कोरोनाको संक्रमण समुदायमै फैलिएको देखिएको बताए।, ‘ज्वरो, रुघा र जीउ दुख्यो भनेर धेरै फोन आइरहेका छन्, उनीहरू प्राय:को परीक्षणका क्रममा पोजेटिभ देखिएको छ,’ उनले भने, ‘तेस्रो लहरलाई फैलन नदिन समुदायमा चेतना बढाएर सावधानी अपनाउँदै परीक्षण बढाएर होसियारका मापदण्ड पालना गर्नुपर्‍यो।’, कोरोनाको उच्च प्रकोप देखिएको भन्दै भरतपुर अस्पतालले भन्यो - सकेसम्म अस्पताल नआउनू
विवेक राई डेढ हप्तायता काठमाडौंका अस्पतालहरूमा भर्ना भएका कोरोना संक्रमितमध्ये अधिकांश खोप लगाएका रहेको पाइएको छ।, कोभिड-१९ केन्द्रीय अस्पतालमा उपचाररत ४१ जना संक्रमितमध्ये २५ जना खोप लगाएका छन्। , अस्पतालका उपनिर्देशक डाक्टर प्रज्वल श्रेष्ठले अहिले भर्ना भएकाहरूमा धेरै बिरामीहरू खोप लगाएको रहेको जानकारी दिए।, 'डेढ हप्ता अगाडि जम्मा ८ जना बिरामी हुनुहुन्थ्यो। अहिले ४१ जना भर्ना हुनुभएको छ,' श्रेष्ठले सेतोपाटीसँग भने, '४१ जनामध्ये २५ जनाले खोप लगाएका छन्। त्यसमध्ये ८ जनाले पूरा डोज खोप लगाएका छन्।', बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा पनि अहिले ६० जना संक्रमित उपचाररत छन्। जसमध्ये ८५ प्रतिशत संक्रमित खोप लगाएको रहेको अस्पतालका प्रवक्ता डाक्टर प्रविन नेपालले जानकारी दिए। अर्थात् ६१ जना बिरामीमध्ये ५१ जना त खोप लगाएका छन्। , '८५ प्रतिशत बिरामी खोप लगाएका छन्। तर खोप लगाएकाले पनि होला अधिकांशमा लक्षण कम छन्,' उनले भने। , महाराजगञ्जस्थित टिचिङ अस्पतालमा पनि २५ जना बिरामी भर्ना भएको धेरै खोप लगाएका छन्। अहिले सबै विवरण लिइनसकिएको भन्दै अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले भर्ना भएकाहरूमा धेरै जना खोप लगाएकै रहेको जानकारी दिए। , यसरी खोप लगाएकाहरूसमेत धमाधम संक्रमण भएर अस्पताल भर्ना हुने क्रमले थप सचेत हुनुपर्ने देखिएको छ।, भाइरोलोजिष्ट डाक्टर विष्णु उपाध्याय खोपले शतप्रतिशत संक्रमण नरोक्न भन्दै थप सतर्क रहनुपर्ने बताउँछन्। , 'खोप लगाइसकेपछि पनि संक्रमण हुने गर्छ। कतिलाई लक्षण देखिने भएकाले परीक्षण गराउँछन् र थाहा हुन्छ। तर धेरैलाई लक्षण नदेखिनसक्छ र त्यस्ता व्यक्तिले झन् छिटो संक्रमण सार्न सक्छन्,' उनले भने। , यद्यपि खोप लगाएका व्यक्तिलाई संक्रमण हुने देखिए पनि जटिलता हुने सम्भावन कम रहने उपाध्याय बताउँछन्।, उनले पछिल्लो ओमिक्रोन भेरियन्टलाई लिएर उक्त भेरियन्ट अघिल्लो डेल्टाभन्दा छिटो फैलिने भए पनि कम घातक रहेको जनाए।, 'अहिलेसम्म भएका अध्ययनहरूले ओमिक्रोनको सर्ने दर अत्यधिक छ तर जटिलता न्यून छ,' उनले भने। , हुन पनि अस्पतालहरूमा भर्ना भएका नयाँ बिरामीहरूको अवस्थाले पनि सो कुरा देखाउँछ।, कोभिड-१९ केन्द्रीय अस्पतालमा भर्ना भएका ४१ जनामध्ये जम्मा ६ जना आइसियूमा छन्। अस्पतालका उपनिर्देशक डा. श्रेष्ठ भन्छन्, 'भर्ना भएका बिरामीहरूमा जटिलता कम छ। ४१ जनामध्ये जम्मा ६ जना आइसियूमा छन्। जबकि दोस्रो लहरमा ४१ जना भर्ना हुँदा ३५ देखि ४० जना सम्मलाई आइसियूमा भर्ना गर्नुपर्ने हुन्थ्यो।', उनले अस्पतालमा परीक्षण गर्न आउनेहरूको हिसाबले पनि भर्ना हुन आउने बिरामीको संख्या निकै कम रहेको बताए।, अस्पतालको प्रयोगशालामा दैनिक दुई सय बढी मानिस पिसिआर परीक्षण गराउन आउने भए पनि भर्ना हुन आउने बिरामी कम रहेको श्रेष्ठ बताउँछन्।, 'अहिले दैनिक दुई सय बढीको परीक्षण भइरहेको छ तर हिजो दिनभरिमा जम्मा एक जना बिरामी भर्ना हुनुभएको छ,' उनले भने। , श्रेष्ठले वार्डमा भर्ना भएका बिरामीहरू पनि सामान्य लक्षण लिएर आएको बताए। उनले भर्ना भएका बिरामीहरूमा ज्वरो, टाउको दुख्ने, खोकी लाग्ने, घाँटी, जिउ दुख्ने जस्ता सामान्य लक्षण देखिएको जनाए।  , सशस्त्र प्रहरी अस्पतालका प्रवक्ता डाक्टर प्रवीन नेपाल पनि आफ्नो अस्पतालमा भर्ना भएका बिरामीहरूमा जटिलता कम देखिएको बताउँछन्।, अघिल्लो लहरका बिरामी हेरेर यसपालिका बिरामीहरूमा जटिलता आधा कम देखिएको भन्दै उनले भने, 'अहिले ६० जना बिरामी छन्। पहिलेको हिसाबमा कम्तीमा ३० देखि ३५ जना बिरामीलाई अक्सिजन चाहिनुपर्ने हो तर जम्मा ८ जना अक्सिजन चाहिने बिरामी छन्। जुन पहिलेको तुलनामा आधाभन्दा कम हो।', तर खोप लगाएका व्यक्तिहरू धेरै संक्रमित हुन थालेपछि अब सरकारले बुस्टर डोज दिने तर्फ पनि सोच्नुपर्ने भाइरोलोजिष्ट डा. उपाध्याय बताउँछन्।, बुस्टर डोजले शरीरमा अघिल्लो खोपका कारण रहेको एन्टिबडीलाई थप बढाउने र सक्रिय बनाउने भन्दै सरकारले सबै कुरा मिलाएर बुस्टर डोज दिनुपर्ने उनको भनाइ छ। , तर अझै ६० प्रतिशत बढी नागरिकलाई दोस्रो डोज दिन नसकेको सरकारले बुस्टर डोज दिनेबारे ठोस कदम चालेको छैन। यद्यपि माघ पहिलो सातादेखि भने फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीलाई भने बुस्टर डोज दिने भनिएको छ।, अस्पताल भर्ना भएका अधिकांश नयाँ कोरोना संक्रमित खोप लगाएका
सेतोपाटी संवाददाता 'प्रहरीको सिआइडी हुँ' भन्दै ठगी गरेको आरोपमा घोराहीका एक युवा पक्राउ परेका छन्। , घोराही उपमहानगरपालिका वडा नं. १५ का ४५ वर्षीय रामबहादुर बस्नेत पक्राउ परेको प्रहरीले जनाएको छ। , बस्नेतले बुधबार जिल्ला मालपोत कार्यालय नजिकैको एक पसलमा गएर दुइटा ब्ल्यांकेट लिएका थिए। तर, पसलेले त्यसको पैसा माग्दा बस्नेतले आफू प्रहरीको सिआइडी भएको भन्दै पैसा नदिएर हिँडेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए। मालपोत कार्यालय जिल्ला प्रशासन कार्यालयदेखि  करिब ६० मिटरको दूरीमा छ। , ‘बस्नेतले आफूलाई ब्युरोको सई हो भन्दै पैसा माग्दा थर्काएछन्’, एसपी काफ्लेले भने,‘पसलेको गुनासोको आधारमा जिप्रकाबाट फोन गर्दा पनि बस्नेतले म ब्युरोको सई हो, किन चाहियो हँ मलाई सबै थाहा छ भनेर थर्काएका थिए।’, त्यसपछि बस्नेतको बारेमा प्रहरीले अनुसन्धान गर्दा उनी नक्कली प्रहरी भएको खुल्न आएको एसपी काफ्लेले बताए। , ‘सक्कली प्रहरी भए पनि त्यसरी सामान किनेपछि ठगी गर्न मिल्दैन,’ एसपी काफ्लेले भने, ‘ऊ जो भए पनि पक्राउ गरेर ल्याउन मैले आदेश दिएको थिएँ। अनुसन्धानपछि ऊ नक्कली प्रहरी भएको खुल्न आयो।’, एसपी काफ्लेका अनुसार यसअघि पनि बस्नेतले रामपुर क्षेत्रका केही स्थानीयलाई समेत आफू प्रहरीको सई हुँ भन्दै धम्क्याउने गरेको खुल्न आएको छ। , ‘प्रहरीको सई हुँ भन्दै उसले धेरैलाई धम्की दिने तथा सताउने गरेका गुनासोहरू आएका छन्,’ एसपी काफ्लेले भने, ‘बस्नेतको यो पहिलेदेखि कै बानी रहेछ। यसअघिका केही प्रहरीसँग उसको निकट सम्बन्ध रहेको कुरा पनि खुलेको छ।’, यसअघि जिल्ला प्रहरीमा कार्यरत केही प्रहरीसँगको चिनजान, सम्पर्क र उठबसका कारण बस्नेतले आफूलाई नै प्रहरीको सई भएको भन्दै सर्वसाधारणलाई ठगी गर्ने तथा धम्क्याउने गरेको पाइएको हुँदा नियन्त्रणमा लिनु परेको एसपी काफ्लेले बताए। , एसपीले भने, ‘प्रहरीकै आड भरोसा पाएरै बस्नेतले बदमासी गर्ने गरेको देखियो।’, प्रहरी नियन्त्रणमा रहेका बस्नेतमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।, ब्ल्यांकेट किनेको पैसा माग्दा उल्टै थर्काएको आरोपमा एक पक्राउ
सेतोपाटी संवाददाता धादिङमा खसेको सुख्खा पहिरोमा पुरिँदा बेपत्ता भएका तीन जनाको खोजी गर्न सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको छ। , बिहीबार बिहान साढे ७ बजे रूबी भ्याली गाउँपालिका वडा नम्बर १ पुरूमा खसेको पहिरोमा पुरिएकाहरूको खोजी गर्न सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक राकेश सिंहले जानकारी दिए। प्रहरी टोली हेलिकप्टरमार्फत् पहिरो खसेको स्थानमा पुगेको हो।, सुख्खा पहिरोमा सडक खनिरहेका डोजर चालकसहित तीन जना पुरिएका छन्।, काभ्रे घर भएका डोजर चालक अन्दाजी २७ वर्षीय आकाश तामाङ, सहचालक राजु तामाङ र साइट हेर्न बसेका सडक निर्माण समितिका स्थानीय अनिष तामाङ बेपत्ता छन्। , डोजरले सडकको ट्र्याक खोल्ने क्रममा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। , प्रहरी निरीक्षकको कमाण्डमा १० जनाको टोली घटनास्थलमा पुगेको प्रहरी उपरीक्षक सिंहले बताए। , यसअघि पनि स्थानीय प्रहरी घटनास्थलमा पुगिसकेको उनले बताए। तर अझै पनि खोजी गर्ने काम अघि बढाउन कठिन भइरहेको उनले बताए। , ‘खोजतलासको प्रयास भइरहेको छ। पहिरो केही पन्छ्याउने काम भइरहेको छ,’ उनले भने, ‘ठूलै पहिरो आउन सक्ने अझै पनि सम्भावना छ भन्ने रिपोर्टिङ भएको छ। तर प्रयास गरिरहेका छन्। अवस्था हेर्दा निकै समय लाग्छ होला।’, धादिङमा सुख्खा पहिरो: हेलिकप्टरबाट पुग्यो सशस्त्र र प्रहरीको टोली घटनास्थलमा
विवेक राई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको तेस्रो लहरले हुने क्षतिलाई विश्लेषण गर्दै गम्भीर बिरामीको संख्या १५ हजार पुग्नसक्ने प्रक्षेपण गरेको छ।, मन्त्रालयले पुसदेखि आउने वैशाखसम्मको कोरोनाको अवस्था आकलन गर्दै माघको दोस्रोदेखि तेस्रो साताका बीचमा संक्रमण उत्कर्षमा पुग्ने देखिएको बताएको छ।  माघमा मात्रै  डेढ लाख बढी संक्रमित थपिने मन्त्रालयको अनुमान छ। , मन्त्रालयको उपचारात्मक सेवा महाशाखाका निर्देशक डाक्टर पवनजंग रायमाझीले माघको १५ तिर संक्रमण उत्कर्षमा पुग्ने उल्लेख गर्दै गम्भीर संक्रमितहरूको संख्या बढ्ने बताए।, 'गम्भीर संक्रमितको संख्या झन्डै १५ हजार पुग्छ भन्ने छ। त्यस्तै मध्यम लक्षण भएका संक्रमितको संख्या ४५ हजार पुग्ने भन्ने छ,' उनले भने।, उनका अनुसार यो अवधिमा कोरोनाका सामान्य संक्रमित २ लाख ४० हजार पुग्न सक्छन्। , निर्देशक रायमाझीले अहिले अनुमानित बिरामीको संख्यालाई लिएर सोहीअनुसार मन्त्रालयले स्रोत व्यवस्थापन गर्ने काम गरिरहेको बताए। उनले प्रक्षेपण गरेभन्दा बिरामीको संख्या धेरै उकालो नलागे अहिले भइरहेका स्रोतले पुग्ने जनाए।, 'अहिलेलाई अस्पतालको क्षमताले पुग्छ भन्ने छ। अक्सिजन पनि पुग्ने नै छ,' उनले भने।, दोस्रो लहर उत्कर्षमा पुगेको बेला दैनिक २० हजार सिलिन्डर अक्सिजन माग भएकोमा १० हजार सिलिन्डर मात्र पुर्‍याउन सकिएको थियो। यसपटक दैनिक ४० हजार सिलिन्डर अक्सिजनको माग पूर्ति गर्न सकिने मन्त्रालयको भनाइ छ।, डाक्टर रायमाझीले अहिले प्रदेशहरूले समेत अक्सिजन खरिद गरेको र आफ्नै प्लान्टहरू स्थापना गरेका कारण अक्सिजनको समस्या नहुने बताए।, मन्त्रालयका अनुसार अहिले देशभर झन्डै १४ हजार अक्सिजन सिलिन्डर, ७ सय वटा अक्सिजन कन्सन्ट्रेटर र ४७ वटा अक्सिजन प्लान्ट छन्। लिक्विड अक्सिजन ट्यांक मात्र १९ वटा रहेको भन्दै मन्त्रालयले आवश्यकताअनुसार अक्सिजन क्षमतालाई थप बढाउन सकिने जनाएको छ।, अस्पताल बेडहरूको सन्दर्भमा भने मन्त्रालयले देशभर २८ सय आइसियू र झन्डै एक हजारको हारहारीमा भेन्टिलेटर रहेको जानकारी दिएको छ। त्यस्तै करिब ४ हजार एचडियू र ८ हजार आइसोलेसन बेड रहेको मन्त्रालयको तथ्यांक छ।, पछिल्लो समय ओमिक्रोन भेरियन्ट नेपालमा पनि फैलिएसँगै संक्रमितको संख्या ह्वात्तै बढेको छ। बुधबार मात्र ३ हजार ७५ जनामा संक्रमण पुष्टि भएको थियो। जबकी अघिल्लो हप्ता संक्रमितको संख्या तीन सयको हारहारीमा देखिएको थियो। ओमिक्रोन भेरियन्ट समुदायस्तरमा फैलिएपछि संक्रमण व्यापक बढेको हो।, हुन त स्वास्थ्य मन्त्रालयले आधिकारिक रूपमा अहिलेसम्म २७ जनामा ओमिक्रोन पुष्टि भएको जनाएको छ। यद्यपि अहिले फैलिरहेको संक्रमण ओमिक्रोन भेरियन्टले नै ल्याएको विज्ञहरूको दाबी छ। छिमेकी भारतमा पछिल्लो समय दैनिक लाखौं संक्रमित भेटिएको हिसाबले नेपालमा पनि ओमिक्रोन फैलिएको पुष्टि गर्छ।, ओमिक्रोन भेरियन्टले नेपालमा पनि तेस्रो लहर ल्याउनसक्ने भनिएको छ। सरकारले पनि सो कुरा ठहर गर्दै भीडभाडजन्य गतिविधिमा कडाइ गरिसकेको छ। जसमा २५ जना भन्दा बढी मानिस एक ठाउँमा भेला हुन रोक लगाइएको छ।, साथै पछिल्लो एक सातायता काठमाडौंका ठूला अस्पतालहरूमा कोरोनाका बिरामी भर्ना हुने क्रम बढेको छ। कोभिड-१९ केन्द्रीय अस्पतालमा डेढ साताअघि जम्मा ८ जना बिरामी  रहेकोमा अहिले ४१ जना बिरामी  उपचाररत छन्। जसमा ६ जना आइसियू र दुई जना भेन्टिलेटरमा छन्। त्यस्तै बलम्बुस्थित एपिएफ अस्पतालमा संक्रमण बढ्नुअघि ८ जना बिरामी  रहेकोमा अहिले ६० जना बिरामी भर्ना भएका छन्। यो संख्या अझै अर्को साता बढ्ने चिकित्सकहरू बताउँछन्।, कोरोनाको तेस्रो लहरमा १५ हजार संक्रमित गम्भीर हुनसक्ने
रासस जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम ठेकेदार कम्पनीले अलपत्र पारेको भन्दै स्थानीयले विरोध जनाएका छन्।, दिक्तेल बजारको मानव अधिकार चोकदेखि त्रिवेणी चोकसम्मको सडक ढलान गर्ने ठेक्का लिएको सूर्य विकास जेभीले काम अलपत्र छाड्दा हिँडडुल गर्नदेखि व्यापार–व्यवसायमा असर पुगेको भन्दै स्थानीयले विरोध जनाएका हुन्। , ढलानका लागि बजारको सडक भत्काएर यत्रतत्र ढुंगामाटो थुपारेर छाड्दा व्यापार व्यवसायमा प्रत्यक्ष असर पुगेको भन्दै उद्योग वाणिज्य संघको नेतृत्वमा बुधबार स्थानीयले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा डेलिगेसन गएका छन्।, मंगलबार बसेको व्यवसायीको बैठकले बेस क्याम्पदेखि त्रिवेणीचोकसम्मको सडक ढलानको काम अव्यवस्थित र अपारदर्शी भएको तथा भएका काममा ढिलासुस्ती हुँदा व्यापार व्यवसाय, विद्यार्थी र सर्वसाधारणलाई हिँडडुल गर्नसमेत असहज भएको भन्दै दबाबमूलक अभियान सञ्चालन गर्न उद्योग वाणिज्य संघलाई पहलकदमी चाल्न आग्रह गर्ने निर्णय गरेको थियो। , त्रिवेणीचोकलेखि नेपाल टेलिकमसम्मको सडक ढलानका लागि बोलपत्र आह्वान गर्नमा समेत ढिलाइ हुँदा दिक्तेलबजारमा ढलान गर्ने योजना बेलामा पूरा नहुने देखिएको व्यवसायीको बैठकको निष्कर्ष छ।, बेस क्याम्पबाट त्रिवेणीचोकसम्मको सडक ढलानका लागि बेस क्याम्प क्षेत्रमा सडक खनेर असरल्ल छाड्दा आवतजावत गर्न समस्या भएपछि नगरपालिका र प्रशासनको ध्यानाकर्षण गराइएको उद्योग वाणिज्य संघ अन्तर्गतको लत्ताकपडा व्यवसायी उपसमितिका संयोजक सुमन श्रेष्ठले बताए। , निर्माण कम्पनीले मानव अधिकार चोकबाट बेस क्याम्पसम्मको खण्डमा गत असोज २२ गते राति ढलान सकेको थियो। बेस क्याम्पदेखि नेपाल टेलिकमसम्मको सडक ढलान गर्न फराकिलो पार्न थालिए पनि अपेक्षित काम भएको छैन। , सडक ढलान अलपत्र पारेको भन्दै स्थानीयबासीको विरोध
रासस अमेरिका जाने लोभमा पर्दा दुई व्यक्तिको ३४ लाख रुपैयाँ रकम डुबेको छ भने आफैं मानव बेचबिखनको जालोमा फस्न पुगेका छन्। उनीहरू अहिले न्याय पाऊँ भनी प्रहरीको शरणमा पुगेका छन्।, उक्त मानिस बेचबिखन गरेको आरोप लागेका दाङ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका बस्ने एक दम्पतीमध्ये श्रीमती सुधा देवकोटा पक्राउ परे पनि श्रीमान मुक्तिनारायण केसी अझै फरार छन्।, अदालतको आदेशले देवकोटा भने पुर्पक्षका लागि जेल चलान भएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ।, उनीहरूविरूद्ध विभिन्न मितिमा दुई पीडित व्यक्तिको जाहेरी परेको थियो। उनीहरूले अमेरिकामा मासिक तीन लाख तलब हुने लोभ देखाएर २७ लाख रुपैयाँ मागेका थिए।, एक पीडितबाट उनीहरूले पटक/पटक गरी १९ लाख रुपैयाँ लिएकोसमेत खुल्न आएको छ।, सन् २०१९ को जनवरी २५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इण्डोनेसियाको बाली तथा जाकार्ता पुर्‍याई बोलेभिया हुँदै अमेरिका जाने भनी लगेका थिए। तर विमानस्थलमा पुर्‍याउँदा सेटिङ नमिलेको भनी फर्काए।, उनीहरूले पछि पीडितलाई मेक्सिको हुँदै अमेरिका जानी भनी इथियोपिया पुर्‍याई कोठामा साढे तीन महिना बन्धक बनाएको खुल्न आएको छ।, आफू बेचिएको थाहा पाएपछि पीडितले घरबाट टिकट मगाई फर्किएर वि.सं २०७६ कात्तिक २१ गते ब्युरोमा जाहेरी दिएका थिए।, यस्तै उनीहरूले अर्का एक व्यक्तिलाई पनि बेचबिखन गरेको भनी जाहेरी परेको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए।, उनीहरूले एक व्यक्तिलाई काठमाडौंको स्वयम्भूबाट बसमार्फत भारतको नयाँ दिल्लीमा दुई महिना राखी फेरि काम नभएको भनी नेपाल फर्काएर मलेसिया हुँदै इण्डोनेसिया पुर्‍याइएको खुल्न आएको छ। , अमेरिका लैजाने बहानामा त्यहाँ सात महिना कोठामा बन्धक बनाइएको र पछि जाकार्ताको इमिग्रेसनबाट उनी पक्राउ परेका थिए। त्यसपछि उनलाई १४ दिन हिरासतमा राखेर नेपाल फर्काइएको थियो।, विसं २०७६ मंसिर १३ गते आएका पीडित व्यक्तिले १९ गते जाहेरी दिएका थिए।, उनीबाट ती दम्पतीले रु १५ लाख लिएको समेत खुल्न आएको छ।  , सोही आधारमा खोजतलासका क्रममा काठमाडौंको तारकेश्वर नगरपालिका-२ काभ्रेस्थलीबाट अघिल्लो महिनामा पक्राउ परेकी देवकोटालाई जिल्ला अदालत काठमाडौंको आदेशले पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले आज एक सूचना जारी गरी जनाएको छ। केसीको भने खोजी जारी रहेको बताइएको छ।,  , अमेरिका जाने लोभमा पर्दा...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन्।, बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरूको कुरा सुनेर लकडाउन गरे पनि अब आवश्यक ठाउँ हेरेरमात्रै लकडाउन गरिने बताएका हुन्।, उनले यसअघिका लकडाउनले देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा धेरै असर गरेको भन्दै अब लकडाउन नै समाधान हो भन्ने किसिमबाट सरकार नजाने बताए। , मन्त्री खतिवडाले सरकार स्वास्थ्य क्षेत्रमा विशेष तयारीका साथ काम गरिरहेकोले लकडाउन हुन्छ भनेर आत्तिनु नपर्ने बताए।, मन्त्री खतिवडाले भन, ‘सुरूका बेलामा आतंक बढी भएको हुनाले एक, दुइटा सामान्य लक्षण देख्दा पनि यसको उपचार लकडाउन भनेर गर्‍यौं। जति जानेको थियो त्यति गर्‍यौं। विश्वमा, युरोपेली देशहरूमा लकडाउन भनेको सुन्यौं, यो नयाँ कुरा भयो, त्यसैअनुसार गर्‍यौं। हामी पनि आतंकित भयौं। गर्नुपर्ने बेलामा गरेनौं, अघि पछि गर्‍यौं। त्यसले केही मृत्युदर घटायो होला भन्ने अनुमान गर्न सकिन्छ। तर त्यसले परेको शैक्षिक क्षेत्रको असर, औद्योगिक, राजश्व, सामाजिक क्षेत्रका अनेक कामहरूलाई पुगेको क्षति, नदेखिने यो क्षति मृत्युभन्दा पनि भयावह ढंगले भयो। त्यसैले अब हामी आत्तिएर, मात्तिएर लकडाउन नै समाधान हो भन्ने पक्षमा छैनौं।’ , त्यसैले तत्काल लकडाउनको विषयमा आतंकित नहुन आमजनतालाई सुझाए। , अनावश्यक लकडाउन गर्ने पक्षमा छैनौं: स्वास्थ्य मन्त्री खतिवडा
सेतोपाटी संवाददाता महाराजगञ्जस्थित टिचिङ अस्पतालका ६० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ।, अस्पतालका निर्देशक डाक्टर दिनेश काफ्लेले चिकित्सक, आवासीय चिकित्सक, नर्स र अन्य कर्मचारी गरेर ६० जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको जानकारी दिए। , उनले अहिले पोजेटिभ आएका सबै स्वास्थ्यकर्मी होम आइसोलेसनमा रहेको जानकारी दिए। ती मध्ये एक जनालाई भने वार्डमा भर्ना गरिएको छ। , स्वास्थ्यकर्मी धमाधम संक्रमित हुन थालेपछि अस्पतालको सेवा प्रभावित भएको निर्देशक काफ्लेले बताए। 'धेरै स्वास्थ्यकर्मी संक्रमित हुन थालेपछि अन्य सेवासमेत प्रभावित भएको छ। आजै पनि हामीले खाली भएको ठाउँहरूमा कसरी ड्यूटी मिलाउने भनेर छलफल गरेका छौं।', उनले अहिले अस्पतालमा संक्रमणको जोखिम बढेसँगै भर्ना हुन आउने विरामीमध्ये शंकास्पदलाई होल्ड गरेर राख्न थालिएको बताए।, त्यसरी होल्ड गरिएका विरामीको पिसिआर नेगेटिभ आएको अवस्थामा मात्र ननकोभिड वार्डमा पठाइने, अन्यथा संक्रमण पुष्टि भए कोभिड वार्डमा राखेर उपचार गर्ने गरिएको निर्देशक काफ्ले बताउँछन्। , स्वास्थ्यकर्मीहरू उच्च जोखिम रहेको औल्याउँदै सरकारले माघ पहिलो सातादेखि स्वास्थ्यकर्मीलाई बुस्टर डोज दिने तयारी गरेको छ।, टिचिङ अस्पतालका ६० जना स्वास्थ्यकर्मीमा कोरोना
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १९१६ संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४४९, भक्तपुरमा १५० र ललितपुरमा ३१७ संक्रमित थपिएका छन्।, यस्तै काठमाडौं उपत्यकामा ८३९६  सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ५८४२, ललितपुरमा १५९१ र भक्तपुरमा ९६३ सक्रिय संक्रमित छन्।, नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५५३ जना कोरोना संक्रमित थपिएका छन्।, धेरै समयपछि एकैदिन ३ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका हुन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार पिसिआर परीक्षणबाट २ हजार ९२२  र एन्टिजेन परीक्षणबाट ६३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, पछिल्लो २४ घण्टामा १५ हजार ८१ जनामा कोरोना परीक्षण गरिएको थियो।, बिहीबार देशभर १४ हजार ३ सय  ४० जना कोरोनाका सक्रिय संक्रमित छन्। , पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १ जनाले ज्यान गुमाएका छन्।, काठमाडौं उपत्यकामा झण्डै २ हजार संक्रमित
सेतोपाटी संवाददाता स्वास्थ्य मन्त्री विरोध खतिवडाले माघको दोस्रो हप्तामा ६० वर्ष माथिका र त्यसपछि आम नागरिकलाई बुस्टर डोज उपलब्ध गराउने बताएका छन्।, बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले विज्ञहरूले बुस्टर डोज लगाएपछि तेस्रो भेरियन्टबाट बच्न सहज हुने बताएकोले आउँदो माघ पहिलो हप्ताबाट अग्रपंक्तिमा रहेर काम गर्नेहरूलाई बुस्टर डोजको व्यवस्था गरिएको जानकारी दिए।, कोरोनाको तेस्रो भेरियन्टबाट बच्न होसियार रहनुपर्ने भन्दै मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्न आग्रह गरेका छन्।, कोरोनाको पहिलो र दोस्रो डोज लगाएर सुरक्षित बस्न पनि उनले आग्रह गरे। , मन्त्री खतिवडाले भने, ‘स्वास्थ्य मापदण्ड अपनाउने भनेर जुन कोरोनाको बेला विभिन्न ढंगले प्रचार गरेका थियौं। अहिले पनि त्यसलाई हामीले लापरबाही नगरी होसियार हुनुपर्छ। त्यो भनेको मास्क लगाउने, स्यानिटाइजर गर्ने, दूरी कायम गर्ने, अनावश्यक भेटघाट नगर्ने, त्यसलाई सम्पूर्ण नागरिकहरूले पालना गर्नुपर्छ। पहिलो र दोस्रो डोज खोप लगाइदिनुहोस्। सरकारले निःशुल्क रूपमा विभिन्न स्थानबाट सहज हुनेगरी दिइरहेको छ, त्यो लगाए तेस्रो भेरियन्टबाट बच्न सकिन्छ।’ , जिल्लासँग नजिक अस्पताल, स्वास्थ्य केन्द्रमा खोप पाइने उनले जानकारी दिए।, ‘तेस्रो कुरा ओमिक्रोन भाइरस आएको छ, त्यसको लागि नेपाल सरकारले तेस्रो डोज आवश्यक पर्छ भनेको छ, त्यसलाई बुस्टर भनेर हल्ला गरिएको छ, त्यो दिन हामी तयार छौं र हामी माघ पहिलो हप्ताबाट फ्रन्टलाइनर्सहरूलाई दिन सुरू गर्छौं। स्वास्थ्यकर्मी, पत्रकार, सुरक्षा निकायका कर्मचारी, निजामती कर्मचारीलाई दिनेछौं। त्यसपछि दोस्रोमा ६० वर्ष माथिकोलाई दोस्रो हप्तामा सुरू गर्दैछौं। त्यसपछिको तेस्रो, चौथो हप्ताबाट पहिलो, दोस्रो डोज लगाएको जसरी नै आम रूपमा लगाउने छौं।’  , मन्त्री खतिवडाले स्वास्थ्य केन्द्र जानका लागि सहज बनाउन सरकारले विद्यालयलाई नै खोप केन्द्र बनाएको उल्लेख गर्दै नजिकको खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरे। , कोरोना खोप लगाउन अस्पतालमा भिड भइरहेको प्रसंगमा मन्त्री खतिवडाले विभिन्न अस्पताललाई खोप केन्द्र बनाइएको र अझै थप गरेर भीड हुन नदिने बताए।,  , ‘माघको दोस्रो हप्तामा ६० वर्ष माथिका र त्यसपछि आम नागरिकलाई बुस्टर डोज’
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५५३ जना कोरोना संक्रमित थपिएका छन्।, धेरै समयपछि एकैदिन ३ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका हुन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार पिसिआर परीक्षणबाट २ हजार ९२२  र एन्टिजेन परीक्षणबाट ६३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, पछिल्लो २४ घण्टामा १५ हजार ८१ जनामा कोरोना परीक्षण गरिएको थियो।, बिहीबार देशभर १४ हजार ३ सय  ४० जना कोरोनाका सक्रिय संक्रमित छन्। , पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १ जनाले ज्यान गुमाएका छन्।, यस्तै २७१ जना संक्रमणबाट मुक्त भएका छन्।, काठमाडौं उपत्यकामा १९१६ संक्रमित थपिएका छन्। , काठमाडौंमा १४४९, भक्तपुरमा १५० र ललितपुरमा ३१७ संक्रमित थपिएका छन्।, थपिए ३ हजार ५५३ कोरोना संक्रमित
सेतोपाटी संवाददाता इन्टरपोलबाट रेड नोटिस जारी भएका हत्याका फरार आरोपित १७ वर्षपछि पक्राउ परेका छन्। , उदयपुर बेलका नगरपालिका-६ का ४० वर्षीय गोविन्द मगरलाई साउदी अरेबियाबाट १७ वर्षपछि पक्राउ गरी बुधबार नेपाल ल्याएको नेपाल प्रहरीले जनाएको छ।, २०६१ मंसिर १३ गते मानबहादुर तामाङको हत्या गरेको आरोप मगरमाथि छ। , हत्या गरेको आरोपमा जिल्ला अदालत उदयपुरबाट पक्राउ अनुमति जारी भएको थियो। ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखालाई अनुरोध गरेको थियो। , इन्टरपोल महासचिवालयबाट अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउको लागि २०७७ माघ २६ गते रेड नोटिस जारी भएको थियो।, मगरलाई आवश्यक कानुनी कारबाहीका लागि ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला उदयपुरलाई बुझाइएको ईन्टरपोल शाखाले जनाएको छ।,  , रेड नोटिस जारी भएका हत्या आरोपित १७ वर्षपछि साउदी अरबबाट पक्राउ
सेतोपाटी संवाददाता सल्यानको कुमाख गाउँपालिकाले अत्यावश्यक बाहेकका सेवाहरू बन्द गरेको छ।, गाउँपालिकाका अध्यक्ष दिलमाया बुढामगर र स्वास्थ्य शाखाका संयोजकलाई कोरोना पोजेटिभ देखिएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको हो।, माघ २ गतेसम्मका लागि गाउँपालिकाको कार्यालयबाट दिइने अत्यावश्यक बाहेकका सेवाहरू बन्द गरिएको गाउँपालिकाका उपाध्यक्ष डिल्लीराज जैसीले जानकारी दिए।, ‘मुख्य व्यक्तिलाई नै कोभिड भएपछि सेवा प्रवाहमा त्यसै पनि असर पर्छ, उसो त २ गतेसम्मका लागि सामान्य सेवाहरू बन्द गरिएको छ,’ उपाध्यक्ष जैसीले भने।, अध्यक्ष र कर्मचारीलाई कोरोना संक्रमण भएपछि कुमाख गाउँपालिकाले बन्द गर्‍यो अत्यावश्यक बाहेकका सेवा
सेतोपाटी संवाददाता यति एयरलाइन्स र संयुक्त राष्ट्र संघ विकास कार्यक्रम (यूएनडीपी) बीच दिगो विकास लक्ष्य प्राप्ति सम्बन्धि सम्झौता भएको छ।, बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा एयरलाइन्स र यूएनडीपीबीच दिगो विकास लक्ष्य प्राप्ती सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो। , सम्झौता पत्रमा एयरलाइन्सको तर्फबाट यति एयरलाइन्सका प्रमुख कार्यकारी निर्देशक (सिईओ) अनोज रिमाल र युएनडीपीको तर्फबाट नेपाल प्रमुख आइसाने लावेले हस्ताक्षर गरे।, कार्यक्रममा बोल्दै यति एयरलाइन्सका सिईओ रिमालले युएनडिपीसँग सन् २०१७ सालदेखि नेपालमा मौसम परिर्वतन सम्बन्धी, स्वास्थ्य, शिक्षा र पर्यटन क्षेत्रमा काम गदै आएको बताए। उनले यति एयरलाइन्स यूएनडीपीसँगको सहर्कायमा वातावरणको क्षेत्रलाई बढी प्राथमिकता दिएर काम गर्दै आएको बताए। , ‘यूएनडीपीसँग विगत सन् २०१७ सालदेखि निरन्तररूपमा मौसम परिर्वत तथा शिक्षा, स्वास्थ्य र पर्यटन प्रर्वद्धनको क्षेत्रमा काम गरेका थियौं। नेपालको सबैभन्दा बढी नेटवर्क भएको एयरलाइन्स भएकाले यूनएनडीपीको प्रचार पनि हुने तर यसले गरेका काम प्रभावकारी हुने भएकाले एयरलाइन्सले सहकार्य गर्दै आएको छ’, उनले भने, ‘एयरलाइन्स कर्णाली तथा सुगम र दुर्गम स्थानमा समेत उडान गर्दै आएको छ। युएनडीपीसँग मिलेर एयरलाइन्सले पनि वातावरणको क्षेत्रमा केही नयाँ काम गर्ने गरी सम्झौता गरिएको हो। यति एयरलाइन्स कार्वन न्यटन एयरलाइन्स भनेर चिनिँदै आएको छ। यो वर्ष पनि यसको लागि प्रयास गरिरहेका छौं।’, सम्झौताले एयरलान्सलाई वातावरणको क्षेत्रमा काम गर्न प्राविधिक, विभिन्न तालिमको लागि थप सहयोग पुग्ने सिईओ रिमालले बताए। उनले पहिलेदेखि गर्दै आएको विरूवा रोप्ने, सरगरमाथाको फोहोर उठाउने तथा पर्यटन वृद्धि गर्ने काम अझ प्रभावकारी बनाउने गरी सम्झौता भएको बताए।, ‘एयरलाइन्स सन् २०१६ सालदेखि वातावरण सरसफाई र सगरमाथाको फोहोर उठाउने काम गर्दै आएको छ । यति एयरलाइन्स यूएनडीपीसँगको सहर्कायमा वातावरणको क्षेत्रमा बढी प्राथकिता दिएर काम गर्दै आएको छ’, उनले भने, ‘सम्झौताले एयरलान्सलाई वातावरणको क्षेत्रमा काम गर्न प्राविधिक, विभिन्न तालिमहरुको लागि थप सहयोग पुग्ने छ। पहिलेदेखि गदै आएको विरुवा रोप्ने, सरगरमाथाको फोहोर उठाउने तथा पर्यटन वृद्धि गर्ने काम अझ प्रभावकारी बनाउने गरी सम्झौता भएको हो ।’, त्यस्तै, यूएनडीपीका नेपाल प्रमुख आइसाने लावेले यति एयरलाइन्ससँगको सम्झौता नयाँ नभएको बताए।, उनले विगत सन् २०१७ देखि निरन्तर रूपमा वातारणको क्षेत्रमा काम गर्दै आएको स्मरण गरे।, कार्वन उत्सर्जन कम गर्न वातावरणको दिगो संरक्षण र विकाशमा यो सम्झौताले महत्वपूर्ण काम गर्ने बताए। प्रमुख लावेले यति एयरलाइन्ससँग वातावरणको क्षेत्रमा थप काम गर्ने सम्झौता गर्न पाउँदा खुसी व्यक्त गरे। उनले सम्झौतामा ५० हजार विरूवा रोप्ने र सगरमाथाको फोहोर व्यवस्थापनमा गर्ने  र पर्यटन प्रवद्धन गर्ने सम्झौता भएको बताए। ‘यति एयरलाइन्ससँगको सम्झौता नयाँ होइन। सन् २०१७ देखि निरन्तर रूपमा वातारणको क्षेत्रमा सहकार्य गर्दै काम गरिरहेका छौं। यति एयरलाइन्ससँग वातावरणको क्षेत्रमा थप काम गर्ने सम्झौता गर्न पाउँदा खुसी लागेको छ। यो सम्झौतामा ५० हजार विरूवा रोप्ने र सगरमाथाको फोहोर व्यवस्थापनमा गर्ने  र पर्यटन प्रवद्धन गर्ने सम्झौता भएको हो,’ उनले भने।, यति एयरलाइन्सले कोरोना महामारीभन्दा अगाडि एक हवाइ यात्रु एक विरूवा रोप्ने अभियान समेत गर्दै आएको थियो। तर यो अभियान कोरोना महामारीको कारणले रोकिएको छ। , एयरलान्सले अहिलेसम्म २ लाख ७३ हजार भन्दा बढी विरुवा विभिन्न ठाँउमा रोपेको एयरलाइन्सले बताएको छ ।, दिगो विकास लक्ष्य प्राप्तीमा यति एयरलाइन्स र युएनडीपीबीच सम्झौता
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिजुलीको पोल सार्न घुस लिएका नेपाल विद्युत प्राधिकरणका एक कर्मचारीलाई रंगेहात पक्राउ गरेको छ।, ललितपुरको गोदावरी नगरपालिकाका एक स्थानीयले आफ्नो जग्गामा गाडेको बिजुलीको पोल सारिदिन भन्दा प्राधिकरणको पाटन सव-स्टेशनका प्रमुख सोमप्रसाद पहाडीले एक लाख ४० हजार रुपैयाँ घुस मागेका थिए।, बिहीबार दिउँसो पहाडीलाई सेवाग्राहीबाट घुसबापत् लिएको रकमसहित पक्राउ गरिएको आयोगले जानकारी दिएको छ।, उनले प्राधिकरणको पाटन सव-स्टेशनको कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको हो।, पहाडी प्राधिकरणमा पाँचौ तहको सुपरभाइजर पदमा कार्यरत थिए।,  ,  , पोल सार्न १ लाख ४० हजार घुस लिने प्राधिकरणका सव-स्टेशन प्रमुख रंगेहात पक्राउ
सेतोपाटी स्याङ्जा एक नगरपालिकाका वडाध्यक्ष र वडा सदस्यले नागरिकता बनाइदिन्छु भनी एक लाख ३५ हजार रुपैयाँ घुस लिएको फेला परेको छ।, स्याङ्जाको भिरकोट नगरपालिका-९ का वडा अध्यक्ष भीमबहादुर गुरूङ र वडा सदस्य कुलबहादुर गुरूङले सेवाग्राहीसँग नागरिकता बनाइदिन्छु भनेर घुस लिएको पाइएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ।, वडाध्यक्ष भीमबहादुरले आर्थिक प्रलोभनका आधारमा परी दोहोरो नागरिकता बनाउन झूटो विवरणका आधारमा बद्नियत तरिकाले गलत सिफारिस गरेको पाइएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको हो।, आयोगले आज वडाध्यक्ष भीमबहादुरविरूद्ध बिगोअनुसारको कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।, नेपाली नागरिकले जन्मका आधारमा नागरिकता पाउने कानुनी प्रबन्ध छ। नागरिकता पाउने नेपाली नागरिकको जन्मसिद्ध अधिकार हो।, नागरिकताको सिफारिसमै घुस!
सेतोपाटी संवाददाता दाङमा अबदेखि बेलुका सात बजेसम्म मात्रै होटल तथा रेष्टुराँ सञ्चालन गर्न पाइने भएको छ। , बिहीबार प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा घोराहीमा बसेको कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना भाइरसको संक्रमण जोखिम बढेको भन्दै यस्तो नियम जारी गरेको हो। , माघी पर्वको अवसरमा आयोजना हुने सबै खाले मेलाहरू समेतमा रोक लगाइएको छ। त्यस्तै, राजनीतिक, सामाजिक र सांस्कृतिक भेलाहरू बन्द गरिएका छन्। , सार्वजनिक स्थलमा २५ भन्दा बढी जमघट गर्न प्रतिबन्ध लगाएको छ। सार्वजनिक यातायात चढ्ने यात्रुलाई मास्क अनिवार्य गरिएको छ। , त्यस्तै, माघ ७ गतेदेखि सार्वजनिक स्थलहरू, कार्यालय, होटल, रेष्टुराँ, सिनेमा हल, रंगशाला, हवाई यात्रा, पार्क आदि प्रवेशका लागि खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने छ। , केन्द्रको जस्तै माघ १५ गतेसम्म विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालनमा रोक लगाइको छ। , औद्योगिक संस्था, पसल सञ्चालन गर्नेले अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन जारी भएको छ।, दाङमा बेलुका ७ बजेसम्म मात्रै होटल तथा रेष्टुराँ खोल्न पाइने
सेतोपाटी संवाददाता पुस महिनाको दिन, साँझको समय, तीन डिग्री सेल्सियसमा तापक्रम, हिमाली जिल्ला सोलुखुम्बुको सदरमुकाम सल्लेरीका अधिकांश होटल पसलको ढोका ५.३० बजे नै बन्द हुनुका साथै सडकमा चहलपहल ह्वात्तै घट्छ। , अझ सरकारी कार्यालय र कर्मचारीको कुरा गर्ने हो भने बेलुकीको खाना खाएर सुत्ने तरखरमा हुन्छन्। तर जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा भने राति आठ बजेसम्म सेवा प्रवाह हुन्छ।, पुस महिनामा सरकारी कार्यालय समय बिहान १० देखि ४ बजेसम्म हो। अधिकांश सरकारी कार्यालयका कर्मचारीले चार बज्ने बित्तिकै कार्यालय समय सकिएको भन्दै सेवाग्राहीको बाँकी काम भोलि बिहान १० बजे हुने जवाफ दिँदै ढोका बन्द गर्छन्।, सरकारी कर्मचारीको यस्ता व्यवहार देखेभोगेका ग्रामीण क्षेत्रका नागरिक जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु पुग्दा फरक अनुभूति हुने गरेको सुनाउँछन्।, तल्लो तहका कार्मचारीदेखि प्रमुख जिल्ला अधिकारी सम्मको व्यवहार र सेवा प्रवाह गर्ने शैलीले सेवाग्राही प्रफुल्लित मुद्रामा कार्यालयबाट निस्कन्छन्।, आइतबार साँझ ६ बजेको समयमा थुलुङ दूधकोशी गाउँपालिका–६ का सूर्य बानियाँ पेन्सनपट्टाको लागि सिफारिस लिँदै गरेको अवस्थामा प्रशासन कार्यालयमा भेटिए।, प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीलगायत अन्य कर्मचारीसमेत त्यो समयमा पनि कार्यालयकै काममा व्यस्त थिए।, सेवाग्राही बानियाँले धन्यवाद दिँदै भने, ‘हजुरजस्तो सिडिओ साब अनि अन्य सबै कार्यालयका कर्मचारी यस्तै भएको भए त गाउँघरका हामी जस्ता मानिसले कत्ति सहजै सेवा पाइन्थ्यो हजुर।’, सेवा गर्ने इच्छाशक्ति भए समयले नछेक्ने बानियाँको बुझाइ छ।, ‘यहाँ राष्ट्रसेवक कर्मचारी १० नबजेर कार्यालय नजाने र ४ नबज्दै सेवाग्राहीको बेवास्ता गर्दै निस्कने प्रथाले सानो कामले गर्दा पुनः अर्को दिन त्यही कार्यालयमा जानुपर्छ’, बानियाँले भने, ‘सोलुखुम्बु प्रशासनजस्तै अन्य ठाउँका कार्यालयले पनि सिक्नुपर्छ र मन्त्रालय अनि नेपाल सरकारले पनि यस्ता कर्मचारीलाई छट्टै मूल्याङ्कन गरी पुरस्कार दिने व्यवस्था गर्नुपर्छ।’, नागरिकको सेवामा कार्यालयको समय मात्र नभनिकन काम गर्ने कर्मचारीको उचित मूल्यांकन हुनुपर्ने उनको माग छ।, जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु पुग्ने जोकोहीले पनि अहिले कर्मचारी र कार्यालयको सेवा प्रवाहप्रति खुसी व्यक्त गर्छन्। सीमित जनशक्तिको बीचमा पनि सेवा प्रवाह सहज र सरल बनाइँदा कर्मचारी धन्यवादका पात्र बनेका छन्।, दैनिक दुई सय जना सेवाग्राही विभिन्न सेवा लिन जिल्ला प्रशासन कार्यालयमा पुग्ने गरेका छन्।, हाल कार्यालयमा प्रमुख जिल्ला अधिकारीसहित दुई खरिदार, एक लेखापाल, दुई कम्प्युटर अपरेटर र एक सहायक प्रमुख जिल्ला अधिकारी कार्यरत छन्।, चार नायब सुब्बा, एक लेखापाल र दुई खरिदारको पद खाली रहेको प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले बताए।, कर्मचारी अभावले गर्दा जिल्ला कारागारका प्रमुख प्रशान्तकुमार महतोलाई समेत सहयोग माग्ने गरेको उनको भनाइ छ।, प्रमुख महतोले पनि प्रमुख जिल्ला अधिकारीको अनुरोधमा नागरिकको सेवा गर्न पाएकोप्रति खुसी व्यक्त गरे।,  , कार्यकक्षमै चिया खाजा खाँदै सेवा दिँदै, विभिन्न कार्यालयमा सूचना नै टाँसेर चिया खाजा खाने समयमा सेवा प्रवाह बन्द गरिन्छ। तर सोलुखुम्बु प्रशासनका कर्मचारीले भने चिया, खाजासमेत कार्यकक्ष मै खान्छन्।, चिया खाजा खाँदै सेवा दिने यहाँको अर्को प्रशंसायोग्य कार्य रहेको कर्मा शेर्पाले बताए। , बाहिर होटलमा चिया खाजा खान जाने समयमा सेवाग्राहीले कुर्नुपर्ने बाध्यताको अन्त्य गर्नका लागि कार्यकक्षमा नै चियाखाजाको व्यवस्था गरेको प्रमुख जिल्ला अधिकारी शाहीले बताए।, कार्यकक्षमा नै चिया र स्थानीय उत्पादनबाट बनेको खाजा खाँदै सेवा प्रर्वाह गर्ने यहाँका कर्मचारीलाई न त समयको मतलब छ, न त कमिसनको। , कार्यालयमा आएका सेवाग्राहीलाई समयमा नै सेवा दिने ध्यानले थुलुङ दूधुकोशी गाउँपालिकाका–७ का जगतबहादुर केसीलाई पनि प्रभावित बनायो।, उनले भने, ‘सोलुखुम्बु प्रशासनको कर्मचारीलाई सम्मान छ, यसैगरी अरुले पनि सिकून् र नेपाल सरकारले पनि केही नयाँ योजना बनाउन सकोस्।’, जिल्ला प्रशासन कार्यालयले स्थानीय उत्पादनलाई जोड दिँदै यहाँका नागरिकलाई त्यसप्रति आकर्षित गराउने अर्को उद्देश्य रहेको प्रमुख जिल्ला अधिकारी शाहीको भनाइ छ।, गृह मन्त्रालयबाट पहिलोपटक जिल्लामा प्रमुखको जिम्मेवारी सम्हालेका शाहीले नागरिकमैत्री सेवा दिने गरेको थुलुङ दूधकोशी गाउँपालिका अध्यक्ष असिम राईले बताए।, अरूले के गर्छभन्दा पनि आफूले के गर्छु भन्ने भावनाका साथ काम गर्नुपर्छ। विस्तारै सकारात्मक परिवर्तन हुन्छ भन्ने सोचाइका प्रजिअ शाहीले पहुँचको आधारमा नभइ कानुनको आधारमा सेवा प्रवाह हुनेगरेको बताए।  , पहिलेको र अहिलेको प्रशासन, सीमित स्रोत साधनको सही सदुपयोगसँगै व्यवस्थापन गर्न सकेको खण्डमा धेरै बजेट आवश्यक नपर्ने प्रजिअ शाहीको भनाइ छ। नागरिक मैत्री सेवाका लागि कार्यालय वरपरको वातारणलेसमेत प्रभाव पार्ने भन्दै प्रजिअ शाहीले अशक्तलाई लक्षित गरी भर्‍याङमा रेलिङ लगाउनेदेखि चिसो तथा तातो पानीकोसमेत व्यवस्था रहेको छ।, गोदाम घर निर्माणदेखि पर्खालसमेत लगाएर यहाँको वातावरणमा थप रौनकता थपिदाँ प्रमुख जिल्ला अधिकारीको रूपमा गणेश विक्रम शाही धेरै पहिला आउनुपर्ने र लामो समयसम्म बस्नुपर्ने स्थानीय व्यापारी मनिकुमार राईको भनाइ छ।, ‘विगतको दिनमा छिट्टै घर जाने कर्मचारी अहिले त रातिसम्म देखिन्छ’, प्रशासनकै गेट अगाडि फेन्सी व्यापार गर्ने राईले भने, ‘अब आउने प्रशासकले यसलाई निरन्तरता दिन आवश्यक छ।’, रचनात्मक कामको सुरूआत: गृह मन्त्रालय, गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रदीपकुमार कोइरलाले सोलुखुम्बु प्रशासनको कार्यको मूल्याङ्कन हुने बताए। , तत्काल कर्मचारीको लागि कुनै थप सेवा सुविधा उपलब्ध गराउने कार्यक्रम नभए पनि यस विषयमा छलफल भइरहेको उनको भनाइ छ।, ‘सोलुखुम्बुमा रचनात्मक कामको थालनी भएको छ’, उनले भने, ‘यस विषयमा हामी जानकार छौं, यसको उचित मूल्यांकन हुन्छ।’ रासस, सरकारी कार्यालय जहाँ रातिसम्मै काम हुन्छ
एजेन्सी पश्चिम बंगालमा ट्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा परी २० जनाभन्दा बढी घाइते भएको एनडिटिभीले जनाएको छ। , बिहीबार अपरान्ह ५ बजे गुवाहाटी-बिकानेर एक्सप्रेस ट्रेन पश्चिम बंगालको जलपाइगुरी जिल्लाको मेनगुरी नजिकै दुर्घटना भएको हो। ट्रेन आफ्नो ट्रयाकबाट बाहिर गएर पल्टिएको हो।, दुर्घटनामा कम्तीमा पनि ३ जनाको मृत्यु र २० जनाभन्दा बढी घाइते भएको जलपाइगुरीका जिल्ला म्याजिस्ट्रेट मौमिता गोडाला बासुले जानकारी दिएका छन्। , घाइतेहरूको उपचारको लागि नजिकैको सरकारी अस्पतालमा लगिएको थियो। त्यहाँ प्राथमिक उपचार गरी गम्भीर घाइतेहरूको थप उपचारको लागि जलपाइगुरीस्थित अस्पताल रिफर गरिएको थियो। , पल्टिएको ट्रेनको डिब्बाहरूमा कयौं यात्रुहरू अड्किएको हुनसक्ने आशंका गरिएको छ। ट्रेनका १२ वटा डिब्बा पल्टिएको हो। , ग्याँस काट्ने औजारको प्रयोग गरी उद्धार गर्ने काम भइरहेको छ। , अनुसन्धान गर्न रेलवे बोर्डका अध्यक्ष र महानिर्देशक दिल्लीबाट घटनास्थलतर्फ लागेका छन्।, घटनामा ज्यान गुमाएकाहरूको परिवारको लागि पाँच लाख भारू दिने घोषणा समेत भइसकेको एनडिटिभीले जनाएको छ।, घाइतेहरूको लागि भने एक लाख रुपैयाँ र सामान्य चोटपटक लागेकालाई  २५ हजार भारू दिन लागेको हो।, प्रहरी, स्थानीय र सुरक्षित रहेका यात्रुहरूले नै ट्रेनमा फसेका व्यक्तिहरूको उद्धार गरिरहेको एनडिटिभीले जनाएको छ। , पश्चिम बंगालमा ट्रेन दुर्घटना हुँदा कम्तीमा तीनको मृत्यु, २० बढी घाइते
सेतोपाटी संवाददाता तनहुँमा फरुवा र खुर्पा प्रहार गरी एक जनाको हत्या भएको छ।, बिहीबार बिहान पोखरा महानगरपालिका-८ का ३३ वर्षीय किरणकुमार गुरुङको हत्या भएको हो।, ब्यास नगरपालिका-११ दरैपधेरास्थित भित्री सडकमा गुरुङको शव फेला परेको हो। प्रहरी नायब उपरीक्षक युवराज खड्काका अनुसार उनको टाउको र घाँटीमा फरुवा र खुर्पा प्रहार गरी हत्या भएको देखिएको छ।, उनको हत्या कसले गर्‍यो भन्ने अनुसन्धान भइरहेको उनले बताए। घटना अनुसन्धानका सिलसिलामा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।, शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दमैलीमा राखिएको छ। घटना अनुसन्धानमा तालिम प्राप्त कुकुर र प्राविधिक टोली खटिएको खड्काले बताए।, तनहुँमा फरुवा र खुर्पा प्रहार गरी एक जनाको हत्या
सेतोपाटी संवाददाता अटो रिक्सा चालकको हत्या आरोपमा पर्सा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। , भारत बिहार वैशाली ग्रामपञ्चायत घर भई वीरगन्ज-३ छप्कैया बस्दै आएका ४५ वर्षीय मुख्तार मियाँको पुस २१ गते हत्या भएको थियो। , उनको शव नारायणी बयोधा अस्पतालको पछाडिपट्टी नहरमा फेला परेको थियो।, हत्यामा संलग्न भएको आरोपमा प्रहरीले भारत बिहार पूर्वी चम्पारण मोतिहारी-६ घर भई हाल छप्कैया बस्दै आएका अटो रिक्सा चालक ३० वर्षीय सुनिल कुमारलाई पक्राउ गरेको छ। , यसैगरी, बारा परवानीपुर-५ का २२ वर्षीय निकेश पटेल, बिहार मुंगेर थाना हवेली खठपपुर गाम बैजपुर-३ घर भई छप्कैया बस्दै आएका ५५ वर्षीय सपन मण्डल, बिहार घर भई वीरगञ्ज-२ बस्दै आएका ३५ वर्षीय नाजिर हुसैन र छप्कैयाकै ५० वर्षीय बाबर हुसैन छन्। , प्रहरीले बुधबार बेलुका उनीहरूलाई घरबाटै पक्राउ गरेको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए।, पक्राउ परेकामध्ये नाजिर र बाबर मतियारको रूपमा हत्यामा संलग्न भएको बस्नेतले बताए। , हत्या भएका मुख्तर श्रीमती, तीन छोरी र एक छोरासाथ वीरगन्जमा बस्दै आएका थिए।, प्रहरीले आरोपितको साथबाट घटनामा प्रयोग भएको फलामको रेञ्च, मास्क, रगत लागेको सर्ट, ज्याकेट, जुत्ता, मृतकको अटो बरामद गरेको छ। , घटनामा संलग्न अर्का एक आरोपी भारतीय नागरिक फरार रहेको बस्नेतले जानकारी दिए। , अनुसन्धान अनुसार सपन मण्डल र मुख्तार मियाँ एउटै घरमा भाडामा बस्दै आएका थिए। घटनाभन्दा केही दिनअगाडि सपन र मुख्तारबीच झगडा भएको थियो। , झगडाको क्रममा सपनले मुख्तारलाई मारेर लाश गायब बनाइदिने धम्की दिएका थिए। , भोलिपल्टै सपनले मुख्तारलाई मार्ने योजना बनाएर रक्सौल जाने काम छ भनी लैजान खोजेका थिए।, तर, मुख्तारले इन्कार गरेपछि सुनिल कुमारलाई भेटेर मुख्तारलाई मार्न अटो रिक्सा किनिदिने आश्वासन दिएका थिए। , उनले सुनिललाई ५० हजार रुपैयाँ सुपारी दिएका थिए। त्यो पैसाले सुनिलले अटो रिक्सा किने।, ‘सुनिल कुमारले तत्काल योजना बनाई भारत बस्ने साथी र पहिले आफूसँगै कार्टुन फ्याक्ट्रीमा मिस्त्री काम गर्दा चिनेको साथी निकेशलाई बोलाएको देखिएको छ,’ प्रहरी उपरीक्षक बस्नेतले भने। , योजना अनुसार २१ गते साँझ ती व्यक्ति र निकेश अटो रिक्सा रोकेर बसिरहेका मुख्तारसँग पुगे। , गण्डकबाट प्रसूतिको बिरामी नारायणी बयोधा अस्पतालसम्म ल्याउनुपर्ने भन्दै उनीहरूले ५ सय रुपैयाँ दिए। , रिक्सा चलाउँदै हिँडिरहेका मुख्तारलाई अस्पताल पछाडि पुगेपछि सुनिल, निकेश र ती व्यक्तिले फलामको रेन्चले टाउकोमा प्रहार गरेका थिए। , मुख्तारको मृत्यु भएपछि शव नहरमा उत्तानो फालेर फालिदिएको प्रहरी उपरीक्षक बस्नेतले बताए। , ‘ती व्यक्ति अहिले फरार छन्, उनको खोजी भइरहेको छ,’ प्रहरी उपरीक्षक बस्नेतले भने, ‘घटनास्थलबाट केही वर आएर उनीहरूले रेन्च र रगत लागेको सर्ट फालेका थिए। मृतकको रिक्सा बारा फेटा गाउँपालिका-४ पिलाहास्थित सडकमा फालेका थिए।, रिक्सा त्यहाँ पुर्‍याउन नाजिर र बाबरले सहयोग गरेको बस्नेतले बताए। , प्रहरीले हत्या आरोपमा पक्राउ परेका सबैलाई कर्तव्य ज्यानमुद्दामा हिरासतमा राखेर अनुसन्धान थालेको छ।, पचास हजार ‘सुपारी’ दिएर पर्सामा अटो रिक्सा चालकको हत्या
सेतोपाटी संवाददाता प्रहरीले सुनसरीबाट चार जनालाई पेस्तोलसहित पक्राउ गरेको छ।, प्रहरीले बुधबार साँझ र बिहीबार बिहान गरी चार जनालाई पेस्तोलसहित पक्राउ गरेको हो।, जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बुधबार साँझ इनरुवा-३ महेन्द्रचोकबाट कटुवा पेस्तोल र एक थान गोलीसहित हरिनगर गाउँपालिका-७ का २० वर्षीय सबिर मियाँ पक्राउ परेका छन्।, मियाँ ज२प ५१९४ नम्बरको मोटरसाइकलमा सवार थिए।, बिहीबार बिहान इनरुवा-३ बाट अटोमेटिक पेस्तोल, तीन राउन्ड गोली र दुई थान म्यागजिनसहित तीन जना पक्राउ परेका छन्।, पक्राउ पर्नेमा हरिनगर गाउँपालिका-७ कै ३१ वर्षीय सबरेज मियाँ,२५ को सिकन्दर मलाहा र वडा नम्बर ६ का २३ वर्षीय फरियाद अन्सारी रहेका छन्।, उनीहरू को१८प  ६२२५ र  को६प १०९ नम्बरको मोटरसाइकलमा सवार थिए।, एउटै गाउँका उनीहरू हतियार ओसारपसारमा संलग्न रहेको प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए।, सबैलाई हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान थालिएको छ।, सुनसरीबाट पेस्तोलसहित एकै गाउँका चार जना पक्राउ
रासस पर्वतको विहादी गाउँपालिकास्थित सेतीवेणीस्थित विश्वकै ठूलो शालिग्राम शिलामा माघे सङ्क्रान्ति मेला लगाउन रोक लगाइएको छ।, पवित्र कालीगण्डकी किनारमा रहेको शालिग्राम शिलामा वर्षेनी ठूलो मेला लाग्ने गर्दछ । बढ्दो कोभिड सङ्क्रमणका कारण मेला लगाउन रोक लगाइएको हो।, पछिल्लो केही दिनयता कोरोना सङ्क्रमण बढ्दै गएको र गृह मन्त्रालयले समेत २५ जनाभन्दा बढी भेला नहुन आदेश जारी गरेका बेला मेला लगाउन रोक लगाइएको गाउँपालिकाका अध्यक्ष कमल भुसालले जानकारी दिए।, पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतीवेणीमा हरेक वर्षको माघे सङ्क्रान्तिमा ठूलो मेला लाग्ने गर्दछ । यहाँ मेला भर्नका लागि स्वदेश तथा विदेशवाट समेत भक्तजन आउने गर्दछन् ।, गाउँपालिकाले सूचना जारी गर्दै सेतीवेणीमा लाग्ने माघे सङ्क्रान्तिको नियमित मेला, महोत्सवलगायत अन्य भीडभाड हुने कार्य नगर्न नगराउनुहुन अनुरोध गरेको छ।, केही दिनअघि जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिड व्यवस्थापन समितिको बैठकले पनि आज राति १२ बजेदेखि २५ जनाभन्दा बढी भेला नहुने आदेश जारी गरेको छ। , शालिग्राम शिलामा माघे सङ्क्रान्ति मेला लगाउन रोक
सेतोपाटी संवाददाता सल्यानको सिद्धकुमाख गाउँपालिका वडा नं. ३ ढोरचौरस्थित निराजन माविले गाउँमा बाटो खनेको छ।, निर्माणपछि शिलालेखमा त्यसको नामा ‘स्वर्ग जाने बाटो’ भनेर राखिएको छ।, विद्यालयका प्रधानाध्यापक धर्मराज घर्तीले निर्माणपछि आफैंले उक्त नाम राखेको सेतोपाटीलाई बताए।, ‘सालखोली डाँडाबाट फलाटे खोला मसान घाटसम्म जाने करिब तीन सय मिटर लम्बाइको बाटो मेरै पहलमा विद्यालय परिवारले निर्माण गरेको हो,’ प्रअ घर्तीले भने, ‘हामी शिक्षक, विद्यार्थी आफैंले मिलेर बाटो खनेका हौं।’, झन्डै एक सय २० जना शिक्षक विद्यार्थीले तीन दिन दैनिक एक डेढ घन्टा श्रमदान गरी बाटो निर्माण गरेको उनले जानकारी दिए।, बाटो खन्न ९, १० र ११ कक्षाका विद्यार्थी, शिक्षक र तीन जना स्थानीय समेत खटिएको घर्तीले बताए। ‘पुसको २३, २४ र २५ गते हामीले बाटो खन्यौं,’ घर्तीले भने, ‘त्यसको उद्घाटन भने हामीले पुस २७ गते गरेका हौं।’, बाटो उद्घाटन गर्न कुनै दलका नेता, सांसद वा मन्त्री नबोलाएर स्थानीय सबै सर्वसाधारणसँगै हिँडेर गरिएको प्रधानाध्यापक घर्तीले जानकारी दिए।, घर निर्माण गर्दै गरेका एक जनासँग पाँच किलो जति सिमेन्ट मागेर सानो पिलर बनाइ त्यसैमा विद्यालयको नाम लेखिएको प्रअ घर्तीले बताए।, घर्तीको घर जिल्लाकै छत्रेश्वरी गाउँपालिका वडा नं. २ दमाचौरमा पर्छ।, उनी अध्यापनका सिलसिलामा सिद्धकुमाखमा पुगेका हुन। जहाँ उनले स्थानीय मासिनहरूको मृत्युपछि अन्तिम संस्कारका लागि लगिने बाटो नहुँदा भोग्नु परेको समस्या नजिकबाट नियाले।, ‘शव बोकेर हिँड्ने ठाउँ पनि थिएन,’ उनले भने, ‘मलामीहरू खोलैखोला वा किसानका खेतबारीमा हिँड्नुपर्ने निकै अप्ठेरो अवस्था थियो।’, त्यसबारे उनले स्थानीय जनप्रतिनिधिसँग पटक-पटक आग्रह गरे। तर, उनको कुरा सबैले सुनेको नसुनेझैं गरे। प्र, स्थानीयले पाएको दुःख देखेर उनले हप्ता दिन अगाडि त्यस ठाउँमा खेत भएका व्यक्तिहरू सबैलाई एकै ठाउँमा भेला गरेर छलफल गरे।, विद्यालयले नै बाटो बनाइदिने भएपछि स्थानीय पनि बाटोको लागि आवश्यक पर्ने जग्गा दिन तयार भए।, त्यसपछि शिक्षक र विद्यार्थीसँग उनले कुरा गरे। ‘सकारात्मक कामका लागि सबैले साथ दिए। धमाधम काम भयो र हामीले तीन दिनमै बाटो बनाउन सफल भयौं,’ उनले थपे, ‘अबदेखि शव बोकेर हिँड्ने मलामीलाई खोलैखोला वा किसानले उत्पादन गरेका अन्नबालीमा टेक्दै खेतैखेत हिँड्नुपर्ने छैन।’, किन बाटोको नाम ‘स्वर्ग जाने बाटो’ भनेर राखिएको हो? भनेर सोध्दा उनले मानिसको मृत्युपछि स्वर्गमा बास हुन्छ भन्ने विश्वासको साथ उक्त नाम राखिएको तर्क गरे।, ‘हाम्रो आस्था विश्वास र धर्म अनुसार मृत्युपछि स्वर्गमा गइन्छ भन्ने छ,’ उनले थपे ‘मानिसलाई उसको जीवनपछिको अन्तिमको यात्रा गराउने बाटोको सोही अनुरुप सुहाउने नाम छ।’, सल्यानमा शिक्षक-विद्यार्थी मिलेर बनाए बाटो, नाम राखे- ‘स्वर्ग जाने बाटो’
सेतोपाटी संवाददाता नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार एक जनालाई पक्राउ गरेको छ।, प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले उच्च अदालतले ४० लाख बिगो ठहर हुने फैसला गरेपछि फरार खोटाङ कपिलासगढी गाउँपालिका-९ वर्तन घर भई हाल जोरपाटी बस्दै आएका ३२ वर्षीय प्रकाश राईलाई आज दिउँसो पक्राउ गरेको हो।, बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले गत कात्तिक १० गते पक्राउ पूर्जी जारी गरे पनि उनी फरार रहँदै आएका थिए।, उनलाई काठमाडौंको जोरपाटीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका राईलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ। रासस, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
सेतोपाटी संवाददाता दाङमा रोकिराखेको ट्रयाक्टरमा पछाडिबाट अटो रिक्सा ठोकिँदा एक जनाको मृत्यु भएको छ। चालक गम्भीर घाइते छन्।, घाइतेमध्ये अटोमा सवार दंगीशरण गाउँपालिका ४ का ५० वर्षीय दीपक बुढाथोकीको उपचारका क्रममा मृत्यु भएको छ। , अटो चालक दंगीशरण ३ हेकुलीका  २७ वर्षीय मनिष चौधरी गम्भीर घाइते भएका छन्। , घाइते दुवैलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भीक उपचारपछि थप उपचारका लागि बिहीबार बेलुका नै बाँकेको कोहलपुर रिफर गरिएको थियो। , घाइते चौधरीको पनि टाउकोलगायत शरीरका विभिन्न भागमा चोट रहेको र उनको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए। , तुलसीपुरबाट हेकुलीतर्फ जादै गरेको रा १ ह २९६६ नम्बरको अटो सडक किनारमै रोकेर राखेको रा १ त २८२२ नम्बरको ट्रयाक्टरसँग बिहीबार बेलुका साढे ७ बजेतिर दंगीशरण ४ हेकुली चोकमा पछाडिबाट ठोकिएर दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ।, ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।, रोकिराखेको ट्याक्टरमा अटोरिक्सा ठोकिँदा एकको मृत्यु, चालक गम्भीर घाइते
रासस जिल्ला प्रशासन कार्यालय दार्चुलाले माघ ७ गतेदेखि सर्वसाधारणले अनिवार्य खोप कार्ड बोक्नुपर्ने आदेश जारी गरेको छ।, प्रशासनले सात बुँदे आदेश जारी गर्दै सर्वसाधारण सबैमा अनिवार्य खोप कार्ड बोक्न तथा मोबाइलमा देखाउन आदेश गरेको हो।, प्रशासनले आदेश गरे पनि जिल्लामा कोरोनाविरूद्ध लगाइने खोपको भने अभाव छ।, बिहीबार जिल्लाका कुनै पनि ठाउँमा कोरोना खोप छैन।, 'कोरोनाको खोप सकिएको छ', स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्कीले भने, 'अहिले खोप माग गरिएको छ, एक–दुई दिनभित्र खोप जिल्ला पुग्छ, अहिलेसम्म जिल्लामा ७७ प्रतिशत नागरिकले मात्रै खोप पाएका छन्।', यस्तै प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जारी गरेको आदेशमा सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी सहभागी नहुने गरी राजनीतिक, सामाजिक, धार्मिक तथा प्रशासनिक कार्यक्रम, मेला, भेला, महोत्सव, पर्व सञ्चालन गर्ने, आवश्यक कार्यक्रमको हकमा स्वास्थ्यका मापदण्ड पालना गर्ने गरी प्रशासनको अनुमति लिनुपर्ने भनिएको छ। , सार्वजनिक यातायातमा तोकिएको सिटभन्दा बढी यात्रु राख्न नपाउने र घरबाट बाहिर निस्कँदा अनिर्वाय रूपमा मास्क लगाउनु पर्नेछ।  , त्यस्तै भारत तथा नेपालका अन्य क्षेत्रबाट जिल्लामा आउने नागरिकले स्थानीय तहको स्वास्थ्य शाखाको निगरानीमा होम क्वारेन्टिनमा बस्नु पर्नेछ।, बिहीबारसम्म जिल्लामा १७ जनामा कोरोना सङ्क्रमण देखिएको छ।, भारतबाट रोजगारी गरेर फर्किने नेपालीमा कोरोना सङ्क्रमण देखिने गरेको छ। सीमानाकामा परीक्षण गर्दा भारतबाट फर्किएकामा सङ्क्रमण देखिने गरेको छ।,  , भारतसँग सीमा जोडिएका दार्चुलाको पुलघाट र जौलजिवीमा अहिले जाँचको व्यवस्था गरिएको छ।, भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण तीव्ररूपमा फैलिरहेकाले नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए। , जहाँ खोप अभाव, त्यहीँ खोप कार्ड बोक्नुपर्ने!
सेतोपाटी संवाददाता धनकुटाको धनकुटा नगरपालिका-२ नागढुङ्गास्थित कोसी राजमार्गमा शुक्रबार बिहान टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा टिपर चालक प्युठान मानदवी गाउँपालिका-१ का २७ वर्षीय भुवन फेडी मगर र सहचालक दाङ बबई गाउँपालिका-३ का २१ वर्षीय नविन विक रहेका छन्।, बिहान ५ बजे धनकुटाबाट वसन्तपुरतर्फ जाँदै गरेको बा.प्र.३-००१क ०५४९ नम्बरको टिपर बाटोबाट करिब २५ मिटर तल झरेर दुर्घटना भएको प्रहरीले जनाएको छ।, दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।, धनकुटामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु
सेतोपाटी संवाददाता सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बिहीबार बिहान धोबीखोला करिडोरको अनुगमन गरेकी छन्। , मन्त्री झाँक्रीसहित मन्त्रालयका सचिव, काठमाडौं उपत्यका प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत समितिको टोलीले बिहानै गएर उक्त क्षेत्रको निरीक्षण गरेको हो।, टोलीले बाटोको अवस्था, ढल, फोहोर, अव्यवस्थित निर्माण सामग्री र फुटपाथको अवस्था लगायतको अवलोकन गरेको छ।, उक्त क्षेत्रको अवलोकन गर्ने क्रममा मन्त्री झाँक्रीले काठमाडौं उपत्यका विकास प्राधिकरण र बागमती सभ्यता एकीकृत समितिलाई बाटोमा देखिएका फोहोर र अव्यवस्थित ढलको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छन्।, अनुगमनका क्रममा मन्त्री झाँक्रीले भनिन्, ‘करिडोरमा देखिएका समस्या समाधानमा तत्काल लाग्नुस्, म केहीदिनमा पुनः अनुगमनमा आउँछु।’, मन्त्री झाँक्रीको निर्देशनपछि सरोकारवाला निकायले केही दिनमै करिडोरमा देखिएका समस्या समाधान गर्ने बताएको छ।, बिहान ६ः३० मा बबरमहलबाट सुरू भएको अनुगमन बुढानिलकण्ठ पुगेर टुंगिएको थियो। , धोबीखोला करिडोरको अनुगमनमा मन्त्री झाँक्री
राजेश घिमिरे तपाईंहरूलाई याद छ आफू कक्षा पाँचको परीक्षामा पास भएपछि ६ कक्षामा जाने दिन गन्दै बसेको? नयाँ किताब, कपी, कलम बोकेर नयाँ कक्षामा कहिले पाइला टेकौं झैं भएको? , तर हाम्रै देशमा यस्ता विद्यार्थी छन् जो पास त हुन्छन् तर त्यस्तो नयाँ खुसी अनुभव गर्न पाउँदैनन्। , चितवनका पहाडी क्षेत्रमा केही यस्ता विद्यालय छन् जहाँका विद्यार्थीमा कक्षा उत्तीर्ण हुँदा उमंग भन्दा निराशा बढी देखिन्छ। कक्षा उत्तीर्ण भएपछि पढाइ सकिने र त्यससँगै सपना पनि सकिने भन्दै उनीहरू चिन्तित देखिन्छन्।, सिमना चेपाङ राप्ती नगरपालिकाको वडा नम्बर–१३ स्यामराङमा रहेको दुङवाङ आधारभूत विद्यालयको कक्षा ५ मा दोहोर्‍याएर पढ्दै छिन्। दोहोर्‍याउनुको कारण फेल भएर भने होइन। गत वर्षको अन्तिम परीक्षामा सिमना सी ग्रेडमा कक्षा ५ उत्तीर्ण गरेकी थिइन्। तर विद्यालयमा कक्षा ६ सञ्चालन नहुँदा उनले उपल्लो कक्षा पढ्न पाइनन्।, स्यामराङ गाउँबाट दुई घण्टा भन्दा बढी हिँडेपछि पुगिने कालीटार गाउँमा रहेको आधारभूत विद्यालयमा यस वर्ष कक्षा ६ को पढाइ सुरू भएको छ। तर दिनहुँ त्यहाँसम्म पुगेर पढ्ने अवस्थामा स्यामराङका बालबालिका छैनन्।, 'पढ्न मन लाग्छ तर यहाँबाट दिनहुँ पैदल हिँडेर कालीटार पुग्न सम्भव छैन, त्यहीँ बसेर पढ्न बुबाआमाले खर्च पुर्‍याउन सक्नुहुन्न,' सिमनाले भनिन्, 'पढेका कुरा बिर्सन नदिन र पढाइको भोक मेटाउन फेरि ५ कक्षामै भर्ना भएकी छु।' , १८ वर्षीया सिमनाले अभिभावक शिक्षित नहुँदा विद्यालय भर्ना हुन पनि ढिलो भएको बताइन्। धेरै पढ्ने इच्छा भएपनि गाउँमा कक्षा ५ भन्दा माथिको पढाइ हुन्न। पढ्ने चाहना पनि पूरा हुन्न।, १८ वर्षीया उजेली चेपाङ पनि गत वर्ष कक्षा ५ को परीक्षामा उत्तीर्ण भएकी थिइन्। टाढाको विद्यालयमा कक्षा ६ मा पढ्न जान नसकेपछि उनी गाउँमै थन्किइन्। , 'बिहान, बेलुका घरको काम गर्छु, दिउँसो यसै थन्किएर बस्न भन्दा स्कुल गयो भने केही भने पनि सिक्न पाइन्छ भनेर फेरि उही कक्षा दोहोर्‍याएँ,' उनले भनिन्, 'कक्षा थप गर्दै जाने कुरा थियो। थपिदिए त ठूलो कक्षा पनि पढ्न पाइन्थ्यो होला।', सिमना र उजेली जस्तै रविना चेपाङ, सपना चेपाङ, सन्तोष चेपाङ, सुमन चेपाङ र दिपु चेपाङ पनि अहिले यस विद्यालयको कक्षा ५ मा दोहोर्‍याएर पढिरहेका छन्। , सन्तोष, सुमन र दिपु भने गाउँ बाहिर गएर ज्यालादारी काम पनि गर्छन्। काम नहुँदा विद्यालय जान्छन्। यस विद्यालयको कक्षा ५ मा अहिले १३ जना विद्यार्थी पढ्छन्।  , उपल्लो कक्षा पढ्न नपाएर कक्षा दोहोर्‍याउने चलन यो गाउँमा नौलो होइन। , केही वर्षअघि एउटै कक्षामा पाँच वर्षसम्म दोहोर्‍याएर पढ्ने विद्यार्थी पनि भेटिन्थे। २०७३ सालमा तेश्रो पटक ५ कक्षा पास गरेपछि पढाइ छाडेका अमृता चेपाङ र पिपला चेपाङ विवाह गरेर अर्कै गाउँ पुगेका छन्। , तीन वर्षसम्म एउटै कक्षामा पढेपछि पनि कक्षा ६ को पढाइ सुरू नभएपछि हरिराम चेपाङ, मित्र चेपाङ र सुदिप चेपाङले पढ्नै छाडे।, गत वर्ष कक्षा ४ बाट उत्तीर्ण भएर ५ मा पुगेकी १४ वर्षीया दीपा चेपाङले कक्षा ६ थप्न विद्यालयले प्रयास गरिरहेको सुन्दा पनि खुसी भएकी छन्।, 'हाम्रो विद्यालयमा अर्को वर्ष कक्षा ६ पनि थपिने हल्ला सुनेको छु, थपियो भने त पढ्न पाइन्छ भनेर खुसी भएकी छु,' उनले भनिन्।, विद्यालयले कक्षा ६ सञ्चालनको अनुमति केही वर्ष अघि नै पाएको हो। तर आवश्यक जनशक्ति नहुँदा पढाइ सुरू गर्न भने सकेन। विद्यालयका प्रधानाध्यापक अतिवल प्रजाले जिल्ला शिक्षा कार्यालयले २०७३ सालमै कक्षा थपको स्वीकृति दिए पनि पढाउने जनशक्ति नथपिदिँदा पढाइ सुरू गर्न नसकेको बताए।, जनशक्ति थप गरिदिए उपल्लो कक्षाको पढाइ सुरू गर्न तयार रहेको उनले बताए। , 'उपल्लो कक्षा पढ्न नपाउँदा धेरै बालबालिकाहरू कक्षा ५ मै पढिरहे। पाँच वर्षअघि कक्षा ५ मा पाँच वर्षसम्म पढिरहेका विद्यार्थी पनि थिए। हामीले भयो अब नआऊ, ठूलो कक्षा पढाइ हुने अन्य विद्यालय जाऊ पनि भन्नुपर्‍यो,' उनले भने, 'बालबालिका पढ्न मन गर्छन्, अभिभावकहरू नजिकै विद्यालय भए पढाउन हुन्थ्यो भन्छन् तर पनि पढाउन सकिएको छैन।', उनले गाउँको विद्यालयमा कक्षा थप गर्न नसके अन्यत्रको विद्यालयमा आवासीय पढाइको व्यवस्था गरिदिनुपर्ने बताए। , 'छिमेकी गाउँ कालीटारमा कक्षा ६ थप गरिएको छ। अब त्यहाँ परबाट आउनुपर्ने विद्यार्थीका लागि आवासीय पढाइको व्यवस्था गरिदिए यहाँका विद्यार्थीहरू त्यहाँ गएर पढ्न सक्थे,' उनले भने, 'सबैलाई पायक पर्ने ठाउँमा कक्षा ५देखि १० सम्म आवासीय पढाइको व्यवस्था मिलाइदिए विकट गाउँका धेरै विद्यार्थीले उपल्लो कक्षा पढ्न पाउँथे।', स्यामराङ गाउँको जस्तो समस्या अन्य गाउँमा पनि छ। केही विद्यालयले भने पछिल्ला वर्ष उपल्लो तहको पढाइ सुरू गरेका छन्। राप्ती–१३ कै कान्दा गाउँमा रहेको कान्देश्वरी आधारभूत विद्यालयमा पनि केही वर्ष अघिसम्म यस्तै समस्या थियो। , गत वर्षबाट कक्षा ७ को पढाइ पनि सुरू गरेपछि यहाँका बालबालिकाले पढ्ने अवसर पाएका छन्। तर अब कक्षा ८ चलाउन स्रोत र जनशक्तिको अभाव रहेको विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलिया बताउँछन्।, छ सय बढी घरधुरी र चार हजार बढी जनसंख्या रहेको वडा नम्बर १३ मा ७ कक्षासम्म पढाइ हुने विद्यालय कान्देश्वरी मात्रै हो। , त्यसभन्दा उपल्लो कक्षा पढ्न वडा नम्बर १२ को यउरालीटारस्थित गणेश माविमा पुग्नुपर्छ। यहाँ करिब २० जना विद्यार्थीहरू अटाउने आवासीय छात्राबास पनि बनेको छ।, राप्ती नगरपालिकाको शिक्षा शाखाका उपसचिव शम्भुप्रसाद पौडेलकाअनुसार चेपाङ समुदायको बाहुल्यता रहेको वडा नम्बर १२ र १३ मा एक दर्जनभन्दा बढी विद्यालय छन्। , ती अधिकांश विद्यालयमा विद्यार्थीको संख्या कम छ। कम विद्यार्थीका लागि कक्षा थप गर्न र आवश्यक जनशक्ति दिन नसकिएका कारण कक्षा दोहोर्‍याउनु पर्ने वा पढ्ने चाहना हुँदाहुँदै पढाइ छाड्नुपर्ने अवस्था लामो समयदेखि देखिँदै आएको उनले बताए।, 'थोरै विद्यार्थीका लागि धेरै कक्षा सञ्चालन गर्न मुस्किल छ। सबै विद्यालयलाई आवासीय बनाउन नगरपालिकासँग स्रोत छैन,' पौडेलले भने, 'अहिलेका लागि पायक पर्ने ठाउँमा गएर पढ्ने नै विकल्प हो।' , उनले सरकारी विद्यालयलाई आवासीय बनाउन नगरपालिकाले आवश्यक योजना तयार पारिरहेको बताए। , 'तर ती योजना नगरपालिकाले कार्यान्वयन गर्न सक्दैन। हामी त्यो योजना राष्ट्रिय योजना आयोगलाई बुझाउँछौं। संघीय सरकार वा प्रदेश सरकारले बजेटमा सहयोग गर्‍यो भने विद्यार्थीहरूले सहजरूपमा पढ्न पाउँछन्,' पौडेलले भने।, पौडेलले हाल राप्ती नगरपालिकामा ४ वटा विद्यालयमा आवासीय सुविधा छ। ती मध्ये कान्देश्वरी आधारभूत विद्यालयको छात्राबास लक्ष्मी प्रतिष्ठान नामको सामाजिक संस्थाले सञ्चालन गर्दै आएको छ। , यउरालीटारस्थित गणेश माविको २० जना विद्यार्थी बस्न मिल्ने, राप्ती–११ थाकलटारस्थित राष्ट्रिय माविको ३० जनासम्म बस्न मिल्ने र राप्ती–१० समिटारको १२ जनासम्म बस्नमिल्ने छात्रबास नगरपालिकाले नै तयार पारेको हो।    , वडा नम्बर–१३ को कालीटारमा यस वर्ष कक्षा ६ सुरू भएको र यहाँ १० कक्षासम्म आवासीयरूपमा पढाइ सञ्चालन गर्नेगरी योजना बनेको पौडेलले बताए। , उनले भने, 'यति गर्न सकियो भने उपल्लो कक्षा पढ्न नपाएर कक्षा दोहोर्‍याउने क्रमको अन्त्य हुन्छ।', वर्षौंसम्म ५ कक्षामै पढ्ने विद्यार्थी (भिडिओ)
सेतोपाटी संवाददाता ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवाना अबदेखि मेसिनमा नगद जम्मा गरी तिर्न मिल्ने भएको छ। , बुधबार महानगरीय ट्राफिक महाशाखाले प्रभु-पेको किअस्क मेसिनबाट रकम भुक्तानी गर्न सकिने व्यवस्थाको सुरूआत गरेको प्रवक्ता तथा प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले जानकारी दिए।, महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र प्रभु पेका अध्यक्ष कुसुम लामाले संयुक्त रूपमा मेसिनको उद्घाटन गरेका हुन्। , यसअघि महाशाखाले जरिवाना तिर्न प्रविधिमैत्री बनाउँदै गएको थियो। विभिन्न ६४ वटा बैंकको मोबाइल बैंकिङ, डिजिटल वालेटका १४ वटा जरिवाना भुक्तानी सेवा प्रदायक संस्थाहरू र क्युआर पेमेन्टबाट जरिवाना तिर्न सकिने प्रणाली महाशाखाले सञचालन गरेको छ।, ‘किअस्क मेसिनमा सिधै नगद हालेर जरिवाना भुक्तानी गर्न सकिन्छ। यसले बैंकमा गएर लामो समय लाइनमा बस्ने झन्झटबाट मुक्त हुने र समयको समेत बचत हुन्छ,’ प्रहरी वरिष्ठ उपरीक्षक जोशीले भने। , हाल ट्राफिक महाशाखासहित उपत्यकामा ३०९ स्थानमा प्रभु-पेको किअस्क मेसिनबाट ट्राफिक जरिवाना तिर्न सकिने र थप सहकार्य गरी अन्य ट्राफिक प्रहरी कार्यालयहरूमा समेत जडान गर्दै जाने अध्यक्ष लामाले बताइन्।, कसरी तिर्ने मेसिनबाट जरिवाना?, प्रभु-पेको किअस्क मेसिनमा रहेको ट्राफिक प्रहरीको लोगोमा क्लिक गरी स्क्रिनमा देखिने चिट नम्बर र आर्थिक वर्ष टाइप गरी नेक्स्ट बटन थिच्ने। , त्यसपछि देखिने चिट नम्बर लगायतको सूचना चेक गरी नेक्स्ट बटनमा थिचेर तिर्नुपर्ने रकम मेसिनमा हालेर भुक्तानी गर्नुपर्नेछ।, भुक्तानी सफल भएपछि प्रिन्ट भएको रसिदसहित ट्राफिक कार्यालयमा गई आफ्नो कागजपत्र लिन सकिने महाशाखाले जनाएको छ।,  ,  , अब मेसिनमै पैसा हालेर ट्राफिक जरिवाना तिर्न सकिने
सेतोपाटी संवाददाता नेपाल अहिले कोरोनाभाइरसको तेस्रो लहरको सम्मुखमा छ। केही दिनयता कोरोनाका संक्रमित ह्वात्तै बढेका छन्। ओमिक्रोन भेरियन्टको त्रासबीच संक्रमण तीव्र रूपमा फैलिन थालेपछि सरकारले प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गरेको छ।, मंगलबारमात्र नेपालमा २ हजार ४ सयभन्दा बढी संक्रमित थपिएका छन्। संक्रमितको संख्या आउने दिनमा थपिने निश्चित छ। जर्जर स्वास्थ्य प्रणाली भएको नेपालमा एकैदिन फेरि हजारौं मानिस संक्रमित भए भने धान्न नसकिएला कि भन्ने डर छ।, डढेलोसरी फैलिने ओमिक्रोन भेरियन्टको संक्रमणले आगामी दिनमा के होला भन्ने अनिश्चितता भइरहेका बेला अमेरिकामा गरिएको एक अध्ययनबाट भने राहत दिने  खालको निष्कर्ष निस्किएको छ।, द न्युयोर्क टाइम्सका अनुसार दक्षिण क्यालिफोर्नियामा झन्डै ७० हजार कोरोना संक्रमितमा गरिएको अध्ययनले ओमिक्रोन भेरियन्ट कोरोनाका अरू भेरियन्टभन्दा कम खतरनाक भएको देखाएको छ।, अमेरिकामा ठूलो स्वास्थ्य प्रणाली चलाउने काइसर पर्मानेन्टेले नोभेम्बर ३० देखि जनवरी १ सम्म ६९ हजार २ सय ७९ जना कोरोना संकमितको विवरण संकलन गरेको थियो। उनीहरू सबैलाई कोरोनाका लक्षणहरू देखिएका थिए। अरू नै कारणले अस्पतालमा पुगेका तर जचाउँदा कोरोना पोजेटिभ देखिएकाहरूलाई यो अध्ययनमा समावेश गरिएको थिएन।, उनीहरूमध्ये ५२ हजार जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको थियो। युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलीका इपिडिमियोलोजिस्ट तथा उक्त अध्ययन रिपोर्टका लेखक डाक्टर जोसेफ लेनवार्डका अनुसार ती ५२ हजारमध्ये एक जना पनि यो अवधिमा भेन्टिलेटरमा गएनन्।, डेल्टाको तुलनामा ओमिक्रोन भएका आधा मानिसमात्रै अस्पताल गए। अस्पताल गएकाहरू पनि डेल्टा संक्रमितभन्दा निकै कम समयमै घर फर्किए। उक्त अध्ययनका अनुसार ओमिक्रोन संक्रमितहरू औसतमा तीन दिन अस्पताल बसे जबकी डेल्टाका संक्रमित औसतमा १० दिन अस्पतालमा बस्थे।, मृत्यु हुनेको संख्या पनि डेल्टाका संक्रमितभन्दा निकै कम देखियो। डेल्टा संक्रमण हुँदाभन्दा ओमिक्रोन संक्रमण हुँदा मृत्यु हुने सम्भावना ९१ प्रतिशत कम देखियो।, यसअघि दक्षिण अफ्रिका, बेलायत र स्कटल्यान्डमा गरिएका अध्ययनहरूले पनि ओमिक्रोन भेरियन्ट कम खतरनाक भएको देखाएका थिए।, ओमिक्रोनले संक्रमितलाई धेरै असर नगर्नुका पछाडि खोपको प्रतिरोधात्मक क्षमताले पनि काम गरेको हुन सक्ने वैज्ञानिकहरूको बुझाइ छ। डाक्टर लेनवार्ड र उनका साथीहरूले गरेको अध्ययनले पनि खोप नलगाएका मानिसभन्दा खोप लगाएकाहरूको अस्पताल जानै पर्ने अवस्था आउने सम्भावना ६४ देखि ७३ प्रतिशतसम्म कम हुन्छ।, अर्को कारण ओमिक्रोनले श्वासप्रश्वासको माथिल्लो प्रणालीमा असर गर्ने भएकाले पनि यसले संक्रमितलाई बढी सिकिस्त पार्दैन।, डाक्टर  लेनवार्डको टिमले गरेको अनुसन्धानको पिअर रिभ्यू हुन बाँकी छ।, संसारभरि अहिलेसम्म भएका अध्ययनहरू ओमिक्रोन भेरियन्टले डेल्टाले जति सिकिस्त नपार्ने बताएका छन्। ओमिक्रोनको फैलिने गति भने निकै तीव्र छ।, अमेरिकामा अहिले दैनिक साढे सात लाख मानिस कोरोनाको संक्रमणमा पर्ने गरेका छन्। छिमेकी भारतमा पनि पछिल्लो समय संक्रमण तीव्र गतिमा फैलिरहेको छ।, पछिल्लो २४ घन्टामा भारतभरि एक लाख ९४ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको बिबिसी हिन्दीले जनाएको छ। योसँगै भारतमा ९ लाख ५५ हजार बढी सक्रिय संक्रमित पुगेका छन्।, भारतमा पछिल्लो समय कोरोनाभाइरसको तेस्रो लहर चलिरहेको छ। डिसेम्बर अन्तिमसम्म भारतमा दैनिक संक्रमितको संख्या १० हजारभन्दा कम थियो।  , झन्डै ७० हजार संक्रमितमा गरिएको अमेरिकी अध्ययनले ओमिक्रोनबारे के भन्छ?
सेतोपाटी संवाददाता कपिलवस्तुमा श्रीमतीको हत्या गरी फरार रहेका आरोपित श्रीमान सात वर्षपछि पक्राउ परेका छन्। , जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले भारत सिद्धार्थनगर तहसिल नौगढ ग्राम धन्सा बस्ने ३० वर्षीय मुलायम भन्ने सिकन्दर चमारलाई मंगलबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए।, उनीमाथि कपिलवस्तु कृष्णनगर नगरपालिका-६ श्रीनगरकी २१ वर्षीया किसलावती चमारको हत्या आरोप छ। किसलावती मुलायमकी श्रीमती थिइन्। , घटना २०७१ फागुन ३० गतेको हो। मुलायम किसलावतीलाई लिएर श्रीनगरस्थित ससुराली आएका थिए। त्यो दिन बेलुकी खाना खाएर उनीहरू त्यही सुतेका थिए। मृतक किसलावतीका बुवा ४९ वर्षीय सुखराम भने गोठमा सुत्न गएका थिए। , त्यही मौका छोपी मुलायमले आफ्नी श्रीमती किसलावतीलाई गाउँको दक्षिण-पश्चिममा रहेको खेतमा लगेर हत्या गरेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए। हत्यापछि उनले आगो समेत लगाएको आरोप छ। सो घटनापछि उनी फरार भएका थिए। , बुवा सुखरामले आफ्नी छोरीको शव घटना भएको भोलिपल्ट फेला पारेका थिए। प्रहरीका अनुसार शव घरबाट अन्दाजी ३०० मिटर टाढा रहेको खेतमा काटिएको र जलाइएको अवस्थामा फेला परेको थियो।, शव फेला पारेपछि स्थानीयले सुखरामलाई फोन गरी जानकारी दिएका थिए। शवको खुट्टा भने दुई दिनपछिमात्रै कुकुरले लगिरहेको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए।, मुलायम चमार घटनापछि भारतमा आफ्नी बहिनीको घरमा लुकेर बसेको खुलेको थियो। तर प्रहरी पुग्दा उनी त्यहाँबाट पनि फरार भइसकेको कार्यालयले जनाएको छ।, मुलायमको परस्त्रीसँग सम्बन्ध भएको र दुई वर्षकी छोरी समेत भइसकेको बुवा सुखरामले प्रहरीलाई बताएका छन्। त्यही कारणले आफ्नी छोरीको हत्या गरेको सुखराम बताउँछन्।, प्रहरीले गोप्य सूचनाको आधारमा खोज्दा मुलायमलाई मंगलबार राति साढे १० बजे यशोधरा गाउँपालिका-६ रंगपुरस्थित नेपाल भारत दशगजा सिमानामा पक्राउ गरेको हो। , प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको बताएको छ।, श्रीमतीको हत्यापछि आगो लगाएर भागेका आरोपित श्रीमान ७ वर्षपछि पक्राउ
एजेन्सी दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाको अहिले अचाक्ली गर्मी बढेको छ।  , समाचार संस्था ,रोयटर्स,का अनुसार मंगलबार अर्जेन्टिनाको तापक्रम बढेर ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको हो। जसले गर्दा देशका विभिन्न भागमा 'हिट वेभ' चल्न थालेका छन्।, तापक्रम बढेपछि बिजुलीको आपूर्तिमा पनि समस्या देखिएको छ। बिजुली अनियमित भएपछि मानिसहरू छाया खोज्दै हिँड्न बाध्य भएका छन्। ,एरिजोना स्टेट युनिभर्सिटी,का अनुसार सन् १९०५ मा अर्जेन्टिनाको तापक्रम ४८.५ डिग्री सम्म पुगेको थियो।, अर्जेन्टिनाको राजधानी ब्युनोआयर्स वरिपरिका केही सहरमा अहिले पनि तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको थियो। यति धेरै गर्मी हुँदा त्यहाँका हजारौं मानिस बिजुलीबाट वञ्चित भएका थिए। बिजुली नहुँदा उनीहरूले पंख्या, एयर कन्डिसनलगायत उपकरणको प्रयोग गर्न पाएनन्।, राष्ट्रिय विद्युत नियामक संस्थाका अनुसार बिजुली नहुँदा ७ लाख मानिसको जनजीवन प्रभावित बनेको थियो। , ‘म घर आएँ तर घरमा बिजुली थिएन।घर हिटरजस्तै थियो,’ जोस कासाबलले भनिन्, ‘त्यसैले मैले मेरो बच्चाहरूलाई हजुरआमाको घरमा स्विमिङ गराउन लगें।’, तापक्रम ४५ डिग्रीसम्म पुगेपछि अर्जेन्टिना केही घन्टाका लागि विश्वकै सबैभन्दा गर्मी स्थानमध्ये एक बनेको रोयर्टसले जनाएको छ। सुख्खा र गर्मी मौसमले त्यहाँको बालीनालीमा पनि क्षति पुर्‍याएको छ।, ‘एकाबिहानै समेत धेरै गर्मी, करिब ३१ डिग्री पुगेको थियो,’ गर्मी छल्न रूखमूनि बसेका गुस्ताभो बार्रिओसले भने,‘मसँग घरमा एयर कन्डिसन छैन र पंखाले तातो हावाबाहेक फाल्दैन। सहन नसक्ने खालको गर्मी छ।’, स्थानीय अधिकारीहरूले घामबाट टाढै रहन अनुरोध गरेका छन्। त्यस्तै पातलो लुगा र हाइड्रेट रहनसमेत उनीहरूले अनुरोध गरेका छन्।, मौसमविद् लुकास बेरन्गुवाले ‘हिट वेभ’ले अझै पनि नयाँनयाँ रेकर्ड बनाउने बताए।, यसरी तापक्रम बढेपछि जलवायु परिवर्तनबारे प्रश्न समेत उठेको छ। केही वर्षयता अर्जेन्टिनाका जंगलहरूमा डढेलोका घटना बढेका छन्। त्यहाँको प्रमुख नदी डेल्टा र पारानामा पानीको तह ८० वर्षयताकै कम भएको छ। , अर्जेन्टिनामा हुन थाल्यो अचाक्ली गर्मी, बिजुली अनियमित हुँदा झन् सास्ती
राजेश घिमिरे नवलपुरको पर्सौनी ढोकडीका किसान टकबहादुर कुमाल यतिखेर भरतपुर अस्पतालको स्पाइल इन्ज्युरी वार्डको बेड नम्बर ९ मा आराम गरिराखेका छन्।, उनको टाउको सर्लक्कै सेतो पट्टीले बेरिएको छ। ढाड र काँधमा टेप लगाइएको छ। बुहारी टेकमाया उनको स्याहारमा व्यस्त छिन्।, पुस २४ गते शनिबारको घटनाले उनलाई अस्पतालसम्म ल्याइपुर्‍याएको हो।, त्यो दिन टकबहादुरले सधैंझैं गोठबाट भैंसी फुकाएर चराउँदै डेढ घन्टा परको जंगलसम्म पुर्‍याएका थिए। दिउँसो २ बजेतिर नारायणी नदीबाट वरको आहालमा पौडिएर भैंसी पहार ताप्न थाले। उनी भने भैंसी चराउन गएका गाउँका अन्यसँग गफ गर्दै थिए।, ‘हामी गफिँदै थियौं, भैंसी एक्कासी उफ्रिन थाले। लौ के देखेर भैंसी तर्सिए भनेर हामीहरू चारैतिर हेर्न थाल्यौं, कोही साथी भैंसी धपाएर भाग्न थाले,’ टकबहादुरले सुनाए, ‘परको काँडाघारीले छेकिएको बाघ उफ्रिएर ममाथि आइपुग्यो। टाउकोमा दाह्रा गाड्यो, नंग्राले ढाड र काँधमा कोपार्‍यो।’, भैंसी धपाउन लिएको लाठी उनले बाघमाथि बजारे।, ‘बाघ बुर्लुक्क उफ्रिएर अलि पर पुग्यो। साथीहरू चिच्याइरहेका थिए, धेरै मान्छे देखेर बाघ फर्किएर आएन। त्यही मौकामा हामी भाग्यौं,’ उनले भने।, भागेर आधा बाटो छिचोलेपछि गाउँका एक व्यक्ति मोटरसाइकलमा आइपुगे। त्यसैमा चढेर टकबहादुर घर पुगे। त्यतिखेरसम्म उनको शरीर रगताम्य भइसकेको थियो। तुरून्तै आटो रिक्सा खोजेर उनलाई चोरमारा प्राथामिक स्वास्थ्य केन्द्र पुर्‍याइयो।, स्वास्थ्यकर्मीहरूले सामान्य उपचार गरेर थप उपचारका लागि मध्यविन्दु अस्पताल लैजान सुझाए।, ‘नर्सहरूले एम्बुलेन्सलाई खबर गरिदिए। हामी एम्बुलेन्स चढेर मध्यविन्दु अस्पताल पुग्यौं,’ बुहारी टेकमायाले भनिन्।, २०-२५ मिनेटपछि त्यहाँबाट भरतपुर अस्पताल रिफर गरिदिए। बाघको आक्रमणले रन्थनिएका टकबहादुरको पीडा बढ्दै गयो।, ‘बाघले आक्रमण गर्दा लौ सकियो मेरो जिन्दगी भन्ने लागेको थियो, फुत्किएपछि अल्ली बल आयो। तर उपचार गर्न जाँदा अस्पतालले उपचार गर्न सकिएन भनेको सुन्दा फेरि बाँच्दिनँ कि भन्ने लाग्न थाल्यो,’ टकबहादुरले सुनाए।, मध्यविन्दु अस्पतालबाट एम्बुलेन्स चढेर भरतपुर आउँदा उनी बेहोस भए। साँझ भरतपुर अस्पताल आइपुगेपछि उपचार सुरू भयो। केहीबेरमा उनको होस खुल्यो।, टकबहादुरलाई बाघले आक्रमण गरेको चार दिन भयो। अब भने उनलाई बाँचियो भन्ने लागेको छ।, बुधबार बिहानको भेटमा टकबहादुरले विगतका कुरा पनि कोट्याउन थाले। विगतमा अधियाँमा खेतीमात्रै गर्ने गरेका टकबहादुरले भैंसी पाल्न थालेको ५ वर्ष भएछ। यो ५ वर्षमा उनको अधिकांश समय भैंसी चराउँदैमा बितेको रहेछ।, मध्यविन्दु नगरपालिकाअन्तर्गत पूर्व-पश्चिम राजमार्गको चोरमाराबाट दक्षिणतर्फको सडकमा करिब २० मिनेट गाडी चढेपछि पुगिन्छ उनको घर।, टकबहादुरको गोठमा ४ वटा भैंसी छन्। ती भैंसी उनको परिवारको सबैभन्दा ठूलो आयस्रोत हुन्। पाँच वर्षयता टकबहादुरको कामै ती भैंसीलाई चराउने, दूध दुहुने, बिक्री गर्ने छ। दिनको तीन लिटर दूध बिक्री गरेर आएको पैसाले परिवारका लागि आवश्यक नुन, तेलको गर्जो टर्ने गरेको छ। यसबाहेक उनको परिवारले १५ कट्ठा जमिन अधियाँमा कमाउँदै आएको छ। यो खेतमा आँठो लगाउने, खन्ने जस्ता काम टकबहादुरको भागमा पर्छ अन्य काम श्रीमती मीना र बुहारी टेकमायाले गर्छन्। छोरा सोमबहादुर सवारी चालकको काम गर्छन्।, दुई वर्षअघि चराउन जाँदा आहाल बसेको भैंसीलाई उठाउन खोज्दा मगर गोहीले टकबहादुरको दाहिने साँप्रोमा कोपारेको थियो। त्यतिखेर उनले तीन दिन अस्पतालमा बिताए। सञ्चो भएको केही दिनमा फेरि नियमित काम गर्न थाले। गत वर्ष त्यही ठाउँमा मगर गोहीको आक्रमणबाट मुस्किलले जोगिए। आहालको भैंसी उठाउन जाँदा गोहीले पुच्छरले हानेर उनलाई लडाइदियो। तर टोक्न पाएन।, ‘गैंडा त मलाई सामान्य लाग्छ। जताततै देखिने भएकाले गैंडालाई छल्दै भैंसी चराउने बानी हामीलाई परिसकेको छ,’ टकबहादुरले भने, ‘भैंसी पालेर परिवार चलाउन खोज्दा बाघ र गोहीसँग चाहिँ सिँगौरी नै खेल्नुपर्‍यो।’, केही परको अरूणखेला, तमासपुर क्षेत्रमा बाघ देखेका उनले आफूले वर्षौंदेखि भैंसी चराउने गरेको क्षेत्रमा भने पहिलो पटक देखेका थिए। त्यही पहिलो बाघले उनलाई घाइते बनायो।, माघ १ गते अस्पतालबाट छुट्टी पाउने आशामा छन् उनी। अस्पतालको बसाइमा पनि उनलाई सबैभन्दा ठूलो चिन्ता तिनै भैंसीको छ।, ‘तिनीहरूलाई खुवाउने पराल छैन, जंगल नलगी सुखै छैन। अहिले जहानले दिउँसो फुकाएर छाडिदिने गरेका छन् रे, साथीहरूले धपाएर घरसम्म ल्याइदिँदा रहेछन्,’ टकबहादुरले सुनाए, ‘फेरि पनि गर्ने काम त उही हो। भैंसी नचराई त सुखै छैन।’, चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र नजिकै छ उनको घर।, उनीमात्रै नभएर गाउँका धेरैले बस्तुभाउ चराउने, घाँस, दाउरा ल्याउने ठाउँ नै मध्यवर्ती क्षेत्रको जंगल हो। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले निकुञ्जको कोर क्षेत्रबाहेकका ठाउँमा वन्यजन्तुको आक्रमणमा परेर घाइते भएकाहरूलाई सरकारले क्षतिपूर्ति दिन्छ। टकबहादुरको परिवारले अहिले आफ्नै खर्चमा उनको उपचार गराइराखेको छ।, ‘घाइते भएपछि तुरून्त उपचार सुरू गर्दा बाहेकको हकमा सरकारी अस्पतालमा उपचार गर्दाको खर्च सम्बन्धित अस्पतालको सिफारिसमा नेपाल सरकारले व्यहोर्छ,’ तिवारीले भने।, बाघको आक्रमणबाट नवलपुरकै दुम्कीबासमा मंसिर ११ गते वन हेरालु र पुस १६ गते साग टिप्न घर नजिकैको जंगल गएकी मध्यविन्दु नगरपालिका–१२ की एक महिलाको मृत्यु भएको थियो।, आक्रमण बढ्न थालेपछि उक्त क्षेत्रमा चितवन निकुञ्जले नरभक्षी बाघलाई नियन्त्रणमा लिन हात्तीसहितको प्राविधिक टोली खटाएको थियो।,  ,  , भैंसी पाल्न बाघ र गोहीसँग सिँगौरी खेल्ने टकबहादुर
विवेक राई सरकारले कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा व्यहोरेको क्षतिलाई मध्यनजर गर्दै देशभर ८ हजार क्षमताका होल्डिङ सेन्टर बनाउने भन्यो। तर अहिलेसम्म ती होल्डिङ सेन्टर तयार भएका छैनन्।, गत जेठमै सरकारले हरेक प्रदेशमा एक हजार क्षमताका होल्डिङ सेन्टर बनाउने जिम्मा नेपाली सेनालाई दिएको थियो। सेनाले बोलपत्र आह्वान गर्दा ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी २ अर्ब २० करोडमा हनुमान कन्स्ट्रकसनले ठेक्का पाएको थियो। तर पुस मसान्तभित्र निर्माण सम्पन्न हुनुपर्नेमा कुनै पनि ठाउँमा शतप्रतिशत काम सकिएको छैन।, नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले सेतोपाटीसँग भने, ‘हामीले ८ वटा होल्डिङ सेन्टर बनाउने ठाउँमा सात वटा ठाउँमा मात्र निर्माणाधीन छन्। रुपन्देहीको वेलहियामा जग्गा उपलब्ध नभएकाले निर्माण हुन सकेको छैन। बाँकी सात वटा सबैको भौतिक प्रगति ७५ प्रतिशतभन्दा माथि छ।’, अहिले झापाको काकँडभिट्टा, मोरङको रानी, पर्साको वीरगन्ज, कपिलवस्तुको कृष्णनगर, बाँकेको नेपालगन्ज, कैलालीको गौरीफन्टा र कञ्चरपुरको गड्डाचौकीमा होल्डिङ सेन्टर निर्माणाधीन छ।, सरकारले कुनै पनि बेला जोखिम आउनसक्ने कुरालाई ध्यानमा राख्दै बाहिरबाट आउने मानिसहरूलाई राख्ने गरि होल्डिङ सेन्टर बनाउने भनेको हो। अहिले ओमिक्रोन संक्रमण फैलिन सुरू गर्दा पनि होल्डिङ सेन्टर तयार भएका छैनन्। जसले गर्दा भारतबाट आउने मानिसहरूलाई होल्डिङ सेन्टरमा राख्न सकिएको छैन।, यसअघिका लहरहरूमा भारतबाट फर्किने नेपालीहरूबाट संक्रमण फैलिएपछि सरकारले भारतीय सीमा नाकानजिक होल्डिङ सेन्टर बनाउने निर्णय गरेको थियो। समयमै निर्माण सम्पन्न नहुँदा अहिले भारतबाट फर्किने मानिसहरू सिधै आ-आफ्ना घर जाने गरेका छन्। जबकी ती मानिस संक्रमणको उच्च जोखिममा छन्।, पछिल्लो समय भारतमा दैनिक लाखौं संक्रमित भेटिन थालेपछि स्वदेश फर्किने नेपालीहरूको संख्या बढेको छ। त्यसरी फर्किनेमध्ये केहीलाई मात्र एन्टिजेन परीक्षण गरेर बाँकी सबैलाई सिधै घर पठाइँदै आइएको छ।, होल्डिङ सेन्टरको निर्माण सम्पन्न नभए पनि केही संख्यामा मानिसहरूलाई व्यवस्थापन गर्ने गरी अहिले पनि पूर्वाधार तयार भएको सैनिक प्रवक्ता पौडेल बताउँछन्।, ‘अहिले पनि निश्चित संख्यामा केही मानिसहरूलाई व्यवस्थापन गर्न सकिने गरी पूर्वाधार तयार छ। झापा र मोरङको कुरा गर्दा तीन सय जनालाई व्यवस्थापन गर्न सकिन्छ। त्यस्तै कुनै ठाउँमा दुई सय, कुनैमा डेढ सय र कुनै ठाउँमा सय जना लाई व्यवस्थापन गर्ने गरी अहिले नै पूर्वाधार तयार भइसकेको छ,’ उनले भने।, हालसम्म कुनै पनि होल्डिङ सेन्टरमा भारतबाट आउनेहरूलाई राख्न सुरू गरिएको छ।, सैनिक प्रवक्ता पौडेलले समयमा बजेट निकासा नहुँदा निर्माण कार्यमा ढिलाइ भएको जनाए।, ‘सुरूमा २९ करोड भन्दा बढी रकम खर्च हुन सकेन। त्यसपछि नयाँ निकासा आउन समय लाग्यो। पछि नयाँ निकासा पनि जम्मा ७० करोड आयो,’ पौडेलले भने, ‘अहिले थप एक अर्ब बढी बजेट माग गरेका छौं। स्वीकृत हुने प्रक्रियामा छ भन्ने जानकारी पाएका छौं।’, अहिले पनि होल्डिङ सेन्टर निर्माणको काम चलिरहे पनि कहिले सम्पन्न हुन्छ भन्नेमा अन्यौल छ।, प्रवक्ता पौडेल भन्छन्, ‘ठ्याक्कै भन्न सकिँदैन तर छिटो सक्ने लक्ष्य छ।’, तेस्रो लहर भित्रिसक्यो, अझै तयार भएनन् ८ हजार क्षमताका होल्डिङ सेन्टर
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १४९८ संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११२८, भक्तपुरमा १३४ र ललितपुरमा २३६ संक्रमित थपिएका छन्।, नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७५ जना कोरोना संक्रमित थपिएका छन्।, धेरै समयपछि एकैदिन ३ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका हुन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार  पिसिआर परीक्षणबाट २ हजार ४४८  र एन्टिजेन परीक्षणबाट ६२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, पछिल्लो २४ घण्टामा १३ हजार ३६ जनामा कोरोना परीक्षण गरिएको थियो।, बुधबार देशभर ११ हजार ६ सय  ९० जना कोरोनाका संक्रिय संक्रमित छन्। , पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन्। यस्तै २७८ जना संक्रमणबाट मुक्त भएका छन्।,  , काठमाडौं उपत्यकामा थपिए १ हजार ४ सय ९८ संक्रमित
सेतोपाटी संवाददाता कैलालीको कैलारी गाउँपालिकाले माघी पर्वको अवसरमा तीन दिन बिदा दिने निर्णय गरेको छ। , गाउँ कार्यपालिकाको बैठकले थारु बाहुल उक्त पालिकामा पुस ३०, माघ १ र २ गते बिदा दिने निर्णय गरेको सूचना अधिकारी यगम कलेलले बताए। , तीन दिन सरकारी कार्यालय, विद्यालय, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थामा तीन दिन बिदा रहने कलेलले जानकारी दिए।, थारू समुदायले नयाँ वर्षका रूपमा मनाउने सबभन्दा ठूलो पर्व माघी हो।, कैलारी गाउँपालिकामा ९५ प्रतिशत थारू जातिको बसोबास रहेको छ। अघिल्लो वर्ष पनि सो गाउँपालिकाले माघको अवसरमा तीन दिन सार्वजनिक बिदा दिएको थियो। , पर्व नजिकिएसँगै थारू बस्तीमा माघीको चहलपहल सुरू भइसकेको छ। माघमा धमार गाउने र मघौटा नाच नाचेर मनोरञ्जन गर्ने चलन रहेको छ।, माघी पर्वको अवसरमा कैलारी गाउँपालिकामा तीन दिन बिदा
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७५ जना कोरोना संक्रमित थपिएका छन्।, धेरै समयपछि एकैदिन ३ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका हुन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार  पिसिआर परीक्षणबाट २ हजार ४४८  र एन्टिजेन परीक्षणबाट ६२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, पछिल्लो २४ घण्टामा १३ हजार ३६ जनामा कोरोना परीक्षण गरिएको थियो।, बुधबार देशभर ११ हजार ६ सय  ९० जना कोरोनाका संक्रिय संक्रमित छन्। , पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन्। , यस्तै २७८ जना संक्रमणबाट मुक्त भएका छन्।, काठमाडौं उपत्यकामा १४९८ संक्रमित थपिएका छन्। , काठमाडौंमा ११२८, भक्तपुरमा १३४ र ललितपुरमा २३६ संक्रमित थपिएका छन्।, एकैदिन थपिए ३ हजार ७५ कोरोना संक्रमित
रोहित महतो प्रदेश २ सरकारले मन्त्रिपरिषदको पहिलो बैठकबाटै मधेस आन्दोलनमा सहिद भएका प्रत्येक सहिद परिवारका एक जनालाई रोजगारी दिने निर्णय गर्‍यो।, तर अहिलेसम्म आधाभन्दा बढी सहिद परिवारले न रोजगारी पाए न घाइतेले उपचार।, जागिर दिन माग गर्दै पटक-पटक मधेस भवन घेराउ, धर्ना बस्नेदेखि ती परिवारले सरकारविरूद्ध प्रदर्शनसँगै धर्ना पनि बसे।, तर सहिद परिवारको जीविकोपार्जनका लागि मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गर्नुको साटो सरकारले बर्सेनि पैसा बाँडेर पन्छिने गरेको छ।, भैंसी र तीन वर्षदेखि बलिदानी दिवसमा २५/२५ हजार रुपैयाँबाहेक सरकारले आफूहरूका लागि केही नगरेको सहिद परिवारको गुनासो छ।, मधेसको अधिकार र पहिचनाका लागि भन्दै भएको आन्दोलनमा मारिएको रमेश महतोको स्मृतिमा मनाइने बलिदानी दिवसमा यसवर्ष प्रदेश सरकारले प्रतिपरिवार ३ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।, मधेसी सहिद प्रतिष्ठानको सिफारिसमा बलिदानी दिवसमा सप्तरीको राजविराजमा आयोजना हुने कार्यक्रममा ५४ जना सहिद परिवारलाई ३/३ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय भएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्र साहले जानकारी दिए।, उनका अनुसार पछिल्लो मधेस आन्दोलनको क्रममा घाइते भएका परिवारलाई भने २५ हजारदेखि ३ लाखसम्म राहत वितरण गरिनेछ।, ‘प्रतिष्ठानले निर्णय गरेबमोजिम त्यो रकमको व्यवस्थापन अर्थ मन्त्रालयले गर्नेछ,’ उनले भने।, सहिद परिवारलाई जागिर र घाइतेलाई उपचार तथा आर्थिक सम्पन्न बनाउन प्रदेश सरकारले चासो देखाएको छैन।, हुन त चौतर्फी दबाबपछि सरकारले २९ पुस २०७५ मा सहिद परिवारका एक जना सदस्यलाई तलब-भत्तालगायत अन्य सुविधा पाउने गरी कार्यालय सहयोगी पदमा नियुक्ति पत्र दिई जागिरमा खटाउने निर्णय गरेको थियो।  , २० जेठ २०७६ मा ५४ जना सहिद परिवारलाई नियुक्ति पत्र पनि दिइयो।, तर केही परिवारबाहेक धेरैले जागिर पाएनन्।, मधेस आन्दोलन सहिद संघर्ष समितिका संयोजक उपेन्द्र ठाकुरका अनुसार प्रदेश सरकारबाट नियुक्ति पत्र पाएका २६ जनाले मात्र जागिर पाए। बाँकी सहिद परिवारका सदस्यहरूले भने जागिरका लागि हार-गुहार गर्दै नियुक्ति पत्र लिएर मधेस भवनमा मन्त्रीहरूसमक्ष धाएको धायै छन्।, ‘मुख्यमन्त्रीलाई हामीले कैयौं पटक भेट्यौं तर उहाँले आश्वासनबाहेक आजसम्म केही दिन सक्नुभएन। कहिले संघीय सरकारको सचिवले टेरेन भनेर पन्छिनुहुन्छ भने कहिले अर्कै बहाना बनाइदिनुहुन्छ,’ ठाकुरले गुनासो पोखे, ‘हामीलाई नियुक्ति दिएको वन मन्त्रालयमा हाजिर गराउनुस् भन्दा मन्त्रीले तपाईंहरूका लागि अर्थ मन्त्रालयले बजेट दिएन भनेर फर्काइदिनुहुन्छ। सचिवले हामीलाई मन्त्रीले जो आदेश दिन्छन् त्यो गर्छौं भन्नुहुन्छ। सहिद परिवारलाई कहिलेकाहीँ मञ्चमा बोलाएर फूलमाला र अबिर लगाउनबाहेक सरकारले केही गरेको छैन।’, चुनाव नजिकिएपछि सरकारले आफूहरूलाई पैसा बाँडेर ठग्ने प्रयास गरेको सहिद सञ्जय चौधरीका भाइ राजुले आक्रोश पोखे।, ‘सरकारले पाँच वर्षसम्म सहिद परिवारका लागि केही गरेन। जागिरको नाउँमा नियुक्ति पत्र थमाएर ठगे। आन्दोलन गर्दा पनि जागिर पाइएन,’ उनले गुनासो पोखे, ‘५० हजारको भैंसी दिएर १ लाखको दरले बजेट सरकारले खाइदिए। अब चुनाव आउन लागेको बेला मधेसीलाई फेरि पनि आन्दोलन गर्न लगाएर सहिद बनाउन पैसा बाँड्न लागेको छ।’, सरकारले राहत दिनेबारे गरेको निर्णयबारे आफूलाई थाहा नभएको आन्दोलनको क्रममा तीन वटा गोली लागेर बाँचेका जनकपुरधाम उपमहानगरपालिका-१२ का सुनिल दासले बताए।, उनको शरीरमा अझै पनि एउटा गोली अड्केरै बसेको छ। संविधानमा पहिचान सहितको अधिकारको माग गर्दै तत्कालीन मधेसी मोर्चाले आयोजना गरेको ‘चलु जनकपुर भरू जनकपुर’ कार्यक्रमको क्रममा २५ भदौ २०७२ मा उनलाई कम्मर, पेट र तिघ्रामा गोली लागेको थियो। गम्भीर घाइते भएका उनलाई जनकपुरका डाक्टरले तुरून्तै काठमाडौं रिफर गरिदिए।, ‘वीर अस्पतालमा डेढ महिना जति राखियो, दुइटा गोली त चिकित्सकले निकाले। तर तेस्रो गोली निकाल्न सकेनन्। कम्मरभित्रै एउटा गोली अड्किएको छ,’ दासले भने, ‘गोली लागेपछि शरीरभित्रको हड्डी भाँचिए, सेक्रल बोन त ध्वस्त नै भइसकेको थियो। आन्द्राहरूमा प्वाल परेको थियो, किड्नीमा पनि असर परेको थियो। पीडा यतिधेरै छ कि मैलै सुनाएर तपाईंहरू बुझ्न सक्नुहुन्न। कुनै-कुनै दिन सहनै नसक्नेगरी दुख्छ। छोराछोरीको भविष्य पनि बर्बाद भयो।’, गोली लागेको डेढ महिनासम्म अस्पतालमा बिताएका उनले एक वर्षसम्म घरको बेडमै बिताए।, उपचारको क्रममा उनको घडेरी पनि बिक्यो। तर कम्मरमा अड्किएको गोली अझै पनि निस्केको छैन।, प्रदेश सरकारले उनलाई जागिर र सम्पूर्ण उपचार खर्च दिने आश्वासन दिएको थियो। तर अहिलेसम्म डेढ लाख आर्थिक सहयोगबाहेक उनले केही पाएनन्।, ‘त्यति धेरै पीडा भयो। घडेरी बिक्यो। परिवार चलाउन, छोरालाई पढाउन हम्मे परेको छ। उपचार गर्न अझै धेरै पैसा चाहिन्छ  तर तीन वर्षअघि मुख्यमन्त्री ज्यूले डेढ लाख रुपैयाँ दिनुभयो,’ उनले भने,‘त्यो पैसा लिन मेरो आत्माले मानिरहेको थिएन तर मुख्यमन्त्री ज्यूले उपचारमा सरकारले अझै सहयोग गर्छ जागिर दिन्छ भन्नुभएको थियो। तर अहिलेसम्म केही पाएनौं। सरकारले आफन्तलाई जागिर दियो हामीलाई बिर्सियो।’, मधेस आन्दोलनको क्रममा एक्लो छोरा गुमाएका लक्ष्मीनियाँ गाउँपालिका-१ अरेरबाका रामनरेश रायले त जागिर पाउने आशै मारिसकेका छन्।, २५ भदौ २०७२ मा प्रहरीको गोली लागेर उनका एक्लो छोरा १३ वर्षीय दीलिप यादवको मृत्यु भएको थियो।, ‘नियुक्ति पत्र लिएर मन्त्री र मुख्यमन्त्रीनिर दौड्दा दौड्दै अब थाकिसकेँ। यिनीहरूले जागिर दिन्छ होला भन्ने अब लाग्दैन,' उनले भने।, अहिले त उनीहरूलाई छोराले जेका लागि सहादत दिएका थिए त्यो पूरा नभएकोमा छ।, ‘आन्दोलनमा राखिएका कति माग पूरा भए? मजस्ता कतिले छोरा गुमाए तर त्यसले जनताले के पाए? नेताहरूले कुर्सीमात्र पाए,’ रामनरेशले भने, ‘मेयर, मन्त्री, मुख्यमन्त्री बने। करोडौं कमाए तर सहिद परिवार कसरी बाँचेका छन्, कति पीडामा छन् कसैले देखेनन्।’ , अधिकारका लागि लडेका सहिदको बलिदानी खेर गएको उनको बुझाइ छ।, जागिर नपाएका परिवारलाई जागिर दिन र उनीहरूको व्यवस्थापनका गर्न मधेसी सहिद प्रतिष्ठानले निर्णय गरिसकेको र केही दिनभित्रै कार्यान्वयन हुने सरकारका प्रवक्ता मन्त्री साहले बताए।, ‘केही सहिद परिवारमा जागिर गर्ने सदस्य छैन। कसैको परिवारमा पढेकै छैन, सक्षम छैन। त्यसका लागि प्रतिष्ठानमार्फत् हरेक महिना भरणपोषण भत्ता दिइनेछ। उनीहरूका बालबच्चालाई छात्रवृत्ति दिने लगायतका धेरै कामहरू हुन्छ,’ उनले भने।, ‘सरकारले जागिरको नाउँमा नियुक्ति पत्र थमाएर ठग्यो’
सेतोपाटी संवाददाता अछाममा मिलमा सल बेरिँदा एक महिलाको मृत्यु भएको छ। , चौरपाटी गाउँपालिका-४ पायलकी ५१ वर्षीया सुन्तला बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।, साँफेबगर-१ बैजनाथमा रहेको आफ्नै कुटानी पिसानी मिलमा सल बेरिएपछि मेसिनमा उनको शरीर पसेको थियो।, उक्त मेसिनमा उनको शरीरको दुई टुक्रा भएको प्रहरीले जनाएको छ।, अछाममा मिलमा सल बेरिएर एक महिलाको मृत्यु
सेतोपाटी संवाददाता स्याङ्जामा १६ महिने बालकको हत्या भएको छ। , बुधबार दिउँसो सवा १ बजे वालिङ नगरपालिका-१० स्थित भकुण्डेमा ३३ वर्षीय जितेन्द्र गुरूङले एक बालक र बालिकामाथि चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए। , भकुण्डेमा डेरा गरी बस्ने रनमाया गुरूङका १६ महिने छोरा साइमन गुरूङको मृत्यु भएको हो। उनको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाउँदा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।, त्यस्तै, मृतककी दिदी ५ वर्षीया साइना गुरूङमाथि पनि चक्कु प्रहार भएको थियो। उनको अहिले प्राथमिक स्वास्थ्य केन्द्रमै उपचार भइरहेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए। , उनको घाटी, बायाँ हातको बुढी औंलामा चोट लागेको छ। , प्रहरीले चक्कु प्रहार गरी हत्या गरेको आरोपमा जितेन्द्रलाई पक्राउ गरिसकेको छ। उनी बालकका छिमेकी भएको खुलेको छ। यद्यपि कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ। , घटनास्थलमा पुगेर प्रहरी अनुसन्धान गरिरहेको कार्यालयले जानकारी दिएको छ। , छिमेकीले गरे १६ महिने भाइको हत्या, ५ वर्षीया दिदी घाइते
सेतोपाटी संवाददाता नेपालको राहदानी विश्वकै सबैभन्दा कमजोर सूचीमा परेको छ।, विश्वव्यापी नागरिकता तथा आवास परामर्शदाता कम्पनी हेन्ली एण्ड पाटनर्स (बेलायत) ले बुधबार सार्वजनिक गरेको सूची अनुसार नेपालको राहदानी विश्वका खराब १० राष्ट्रमा परेको छ।, अन्तर्राष्ट्रिय हवाई संघ (आईएटीए) को तथ्यांकका आधारमा सन् २०२२ मा गरिएको १११ वटा मुलुकमध्ये जापान र सिंगापुरको राहदानी सबैभन्दा शक्तिशाली भएको छ।, जापान र सिंगापुरको राहदानीबाहकले १९२ मुलुकमा अनअराइभल भिसा पाउँछन्। , यस्तै जर्मनी र दक्षिण कोरियाका राहदानी बाहकले १९० मुलुकमा सहजै आवतजावत गर्न पाउँछन्।, सार्वजनिक गरेको सूचीमा अमेरिका, बेलायत, इटाली, स्पेन, पोर्चुगल  र स्वीजरल्याण्ड १० शक्तिशाली राहदानीमा परेका छन्। , त्यसैगरी अफगानिस्तानको राहदानी संसारकै कमजोर देखाएको छ। अफगानी राहदानी बाहकले विश्वका २६ देशमा मात्र अनअराइभल भिसा पाउँछन्। यस्तै इराक २८, सिरिया २९, पाकिस्तान ३१, यमन ३३, सोमालीया ३४, नेपाल र प्यालेस्टिनी क्षेत्रका मुलुकका राहदानी बाहकले विश्वका ३७ मुलुकमा अनअराइभल भिसा पाउँछन्। नेपालभन्दा उत्तर कोरियाको राहदानी शक्तिशाली सूचीमा परेको छ।, यस्तै दक्षिण एसियाली मुलुकमा माल्दिभ्स सबैभन्दा शक्तिशाली देखिएको छ। माल्दिभ्सका राहदानीबाहकले विश्वका ८८ देशमा सहजै आवागमन गर्न पाउँछन्। , यस्तै भारत ८३ औं शक्तिशाली मुलुकमा परेको छ। भारतका राहदानी बाहकले विश्वका विभिन्न ६० मुलुकमा अनअराइभल भिसा पाउँछन्। बंगलादेशको राहदानी ४१ देश, श्रीलंकाको राहदानी ४२ देश, भूटानका राहदानीबाहकले ५३ वटा देशमा अनअराइभल भिसा पाउन सक्छन्।, हेन्ली एण्ड पार्टनर्स कम्पनीले सन् २००६ देखि निरन्तर विश्वका शक्तिशाली राहदानीको सूची सार्वजनिक गर्दै आएको छ।, यी हुन् शक्तिशाली राहदानी, जापान र सिंगापुर- १९२, जर्मनी र दक्षिण कोरिया- १९०, फिनल्याण्ड, इटाली, लक्जेम्बर्क र स्पेन - १८९, अष्ट्रिया, डेनमार्क, फ्रान्स, नेदरल्याण्ड, स्वीडेन - १८८, आयरल्याण्ड, पोर्चुगल- १८७, बेल्जियम, न्यूजिल्याण्ड, नर्वे, स्विट्जरल्याण्ड, बेलायत, अमेरिका-१८६, पोल्याण्ड, हंगेरी- १८३, लिथुआनिया, स्लोभाकिया- १८२, यी हुन् कमजोर राहदानी, उत्तर कोरिया- ३९, नेपाल र प्यालेस्टाइन- ३७, सोमालिया- ३४, यमन-३३, पाकिस्तान-३१, सिरिया-२९, इराक-२८, अफगानिस्तान-२६, नेपालको राहदानी विश्वकै खराब सूचीमा
सेतोपाटी संवाददाता कोरोना संक्रमण तिब्र रूपमा फैलिएको भन्दै प्रशासनले बेला जात्रामा रोक लगाएपछि एक महिनासम्म चल्ने शाँखुस्थित शालीनदी मेला यस वर्ष नहुने भएको छ।, माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनको प्रकोपलाई ध्यानमा राखेर परापूर्वदेखि सञ्चालन हुँदै आईरहेको माधवनारायण व्रत नित्य पूजा एवं धार्मिक विधि पुर्‍याएर मात्रै गरिने जानकारी गराए।, उनले स्वास्थ्य मापदण्ड अपनाएर भक्तजनले शालीनदी नुहाउन सक्ने र प्रसाद ग्रहण गर्न पाउने बताए।, उनले भक्तजनको सुविधालाई मध्यनजर गर्दै शालिनदी यातायात र बाबा गोकर्णेश्वर यातायातले पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर सेवा दिने जानकारी दिए।, आगामी आइतबारदेखि ब्रत बस्न आउने व्रतालुले पूर्ण रूपमा स्वास्थ्य मापदण्ड अपनाउनुपर्नेछ।, सम्पूर्ण व्रतालुसँग पूर्ण खोप लगाइएको कार्डको कपी हुनुपर्नेछ र निमोनिया भए नभएको यकिन गर्न एक्सरेसमेत गरिने समितिले बताएको छ। आवश्यक भए एण्टीजेन परीक्षणको व्यवस्थासमेत समिति आफैंले गर्नेछ।, व्रतालुको लागि समितिले व्रत सुरू अगावै बसोबासको व्यवस्थादेखि परदेश (पशुपति, फर्पिङ, पनौती र चाँगुनारायण स्थान) यात्राका क्रममा सबै व्यवस्था मिलाउनेछ।, कोभिड १९ को ओमिक्रोन भाईरसको प्रकोप बढ्दै गईरहेको अवस्थालाई मध्यनजर राखेर भक्तजनको सुरक्षालाई ध्यानमा राखेर माधवनारायण भगवानको दूर दर्शनको व्यवस्था गरिने समितिले जनाएको छ।, भक्तजन र व्रतालुहरुबीच कम्तीमा २ मीटरको दूरी कायम हुने गरी बार बन्देज गरिने समितिले जनाएको छ।, शान्ति सुरक्षा सम्बन्धी व्यवस्थापनमा शालिनदी परिसरभित्र विभिन्न ठाउँमा सीसी टिभी क्यामेराको व्यवस्था मिलाउने, सामुदायिक प्रहरी सेवा केन्द्र तथा सामुदायिक प्रहरी एवं महानगरीय प्रहरी प्रभाग साँखु अन्तर्गत विशेष प्रहरी टोली परिचालन गर्ने निर्णयसमेत गरेको छ।, शालीनदी मेला नलाग्ने, ब्रतालुले दुबै मात्र खोप लगाएको हुनुपर्ने
सेतोपाटी संवाददाता नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले सर्लाहीका दुई स्थानीय तहका विपन्न समुदायलाई जाडोको कपडा वितरण गरेको छ। , अनेरास्ववियूको उपत्यका विशेष प्रदेश कमिटीको पहलमा निःशुल्क जाडोका कपडासहित लत्ताकपडा वितरण गरिएको हो ।, अनेरास्ववियूकी केन्द्रीय महासचिव आरती लामा नेतृत्वको टोलीले सर्लाहीको  चन्द्रनगर गाउँपालिका र हरिवन नगरपालिकाको वडा नम्बर ३ मा लुगा कपडा वितरण गरेको हो। , चन्द्रनगरको मुसहर बस्तीका २ सय र हरिवनको दलित/चमार र दनुवार बस्तीका ३ सय विपन्न समुदायका मानिसलाई लुगा कपडा उपलब्ध गराइएको अनेरास्ववियूका सचिव तथा उपत्यका विशेष प्रदेशका संयोजक प्रदिप थापाले जानकारी दिए। , थापाले दनुवार बस्तीका ५० जना वृद्ध वृद्धा, ५० जना नाबालक, द्वन्द्वपीडित र अनाथ बालबालिकालाई सर्लाही पार्टीसँगको समन्वयमा न्यानो लुगा वितरण गरिएको जानकारी दिए । , नेकपा (एकीकृत समाजवादी) की नेतृ तथा २ नम्बर प्रदेश सभाकी सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यतामा आयोजित न्यानो लुगा वितरण कार्यक्रममा सर्लाही जिल्ला  अध्यक्ष सुरेन्द्र लामा, अनेरास्ववियू २ नम्बर प्रदेश कमिटी संयोजक राजकुमार विक, स्थायी कमिटी सदस्य सरिता खाती, अविचल पौडेल , सचिवालय सदस्य  सबिन बोहरा र सर्लाही जिल्ला अध्यक्ष विनोद रेग्मीको उपस्थिति थियो।, अनेरास्ववियूले तराईमा बढेको सितलहर र चिसोका कारण उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै न्यानो कपडा वितरण अभियान शुरु गरेको अनेरास्ववियू उपत्यका विशेष प्रदेशका संयोजक थापाले बताए।,  , अनेरास्ववियूद्वारा विपन्न समुदायलाई न्यानो कपडा वितरण
रासस काठमाडौंमा दुईसहित विभिन्न जिल्लामा आज आठ व्यक्ति मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।, काठमाडौंसहित सङ्खुवासभा, नवलपरासी (पश्चिम), ताप्लेजुङ, तेह्रथुम, सिराहा, नवलपरासी (पूर्व) मा मानिस मृत फेला परेका हुन्। , प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित गेष्ट हाउसमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–९ बस्ने ५० वर्षीय हर्कबहादुर गिरी आज मृत भेटिएका हुन्।, गिरी सोमबारदेखि गेष्ट हाउसमा बस्दै आएकामा आफू बसेकै कोठाभित्र मृत फेला परेका थिए।, यता काठमाडौं महानगरपालिका–३२ कोटेश्वरमा पार्किङ गरी राखेको पुरानो माइक्रो बसभित्र २२ वर्षीय एक पुरूष पनि मृत भेटिएको प्रहरीले जानकारी दिएको छ।, यसैबीच सङ्खुवासभाको खाँदबारी नगरपालिका-१ डडारे बस्ने ४० वर्षीय महेश राई मृत भेटिएका छन्।, बिरामी भई डडारेस्थित जगत राईको घरमा सुतेका उनको शव वरण्डामा फेला परेको प्रहरीले जनाएको छ।, उक्त घटनाको अनुसन्धानका लागि एक जनालाई पक्राउ गरिएको छ।, नवलपरासी (पश्चिम), बर्दघाट नगरपालिका–५ बस्ने २८ वर्षीय दिनेश थारु घर नजिकैको खेतमा र नवलपरासी (पूर्व), मध्यबिन्दुस्थित नारायणी नदीको भङ्गालोमा एक पुरूष मृत भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। , यस्तै ताप्लेजुङ, सिरिजङ्घा गाउँपालिका–५ पेदाङ बस्ने ६७ वर्षीय टीकाराम राई आफ्नै घर नजिकै मृत भेटिएका प्रहरीले जनाएको छ।, उनी मिलमा गएकामा बेलुकासम्म नफर्किएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो।, तेह्रथुमको फेदाप गाउँपालिका–१ भोगटेनी बस्ने ५५ वर्षीय लाइनबहादुर लिम्बू सोही ठाउँस्थित कालिदह भिरमुनि मृत भेटिएका हुन्। मङ्गलबार मिस्त्री काम गर्न गएकामा घर नफर्किएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो। , यता सिराहाको मिर्चैया नगरपालिका–७ भालुखोलाको किनारमा परिचय खुल्न नसकेका करिब ४० वर्षीया महिला मृत अवस्थामा फेला परेको जनाइएको छ।, सबै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, काठमाडौंमा दुईसहित आठ व्यक्ति मृत फेला
सेतोपाटी संवाददाता हाल मुलुकमा पश्चिमी वायु तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको प्रभावले अधिकांश स्थानमा पानी परेको छ। कर्णाली प्रदेशदेखि एक नम्बर प्रदेशका अधिकांश स्थानमा बिहान पानी परेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पुर्वामानुमान महाशाखाले जनाएको छ।, यो प्रणाली कमजोर भइसकेकाले आज दिउँसोबाट क्रमिक रूपमा मौसम सुधार हुने मौसमविद्‍ले पूर्वानुमान गरेका छन्।, ‘कर्णाली प्रदेशदेखि प्रदेश १ सम्म कहीँ हल्का, कहीँ मध्यम खालको वर्षा भइरहेको छ। यो प्रणाली कमजोर भइसकेकाले आज दिउँसोबाट मौसममा क्रमिक सुधार आउँछ,’ मौसमविद मञ्जु वासीले भनिन्,‘केही दिनसम्म यो प्रणालीको असर देखिदैन।’, वासीका अनुसार काठमाडौं उपत्यकामा आज दिउँसो घाम लाग्ने र न्यानो हुने बताइन् ।, हाल प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहेको छ। प्रदेश १ का एक-दुई स्थानमा बिहान भएको हल्का वर्षा ६ बजेबाटै रोकिएको छ।, वासीका अनुसार गएराति काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा मेघ गर्जनसहित पानी पनि परेको थियो। उच्च पहाडी र हिमाली भेगमा हिउँसमेत परेको छ।, मौसमविद मञ्जु वासीका अनुसार राति पानी परेकाले काठमाडौं उपत्यकामा आज बिहान चिसो बढेको महसुस भएको छ। आजदेखि मौसममा क्रमिक सुधार आएर अबका केही दिन पानी पर्ने सम्भावना छैन।, यस्तो हुने छ शुक्रबार र शनिबारको मौसमी अवस्था, शुक्रबार , प्रदेश १ र प्रदेश २ मा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहनेछ। राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश १ मा सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहनेछ।, प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।, शनिबार, प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहनेछ।, प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना समेत छ । प्रदेश १ र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।, शनिबार राति प्रदेश १ र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहने महाशाखाले जारी गरेको मौसमी बुलेटिनमा उल्लेख छ।, आज अधिकांश स्थानमा बदली र वर्षा, दिउँसोबाट मौसम क्रमशः सुधार हुने
सेतोपाटी संवाददाता स्याङ्जाको वालिङ नगरपालिका- १० भकुण्डेमा डेरा बस्दै आएका ३३ वर्षीय जीतेन्द्र गुरूङले सोही घरमा अर्को कोठामा बस्ने १६ महिने शिशुको हत्या गरेका छन्।, जीतेन्द्र बस्ने घरकै अर्को कोठामा बस्ने रनमाया गुरूङका १६ महिने छोरा साइमन गुरूङलाई चक्कु प्रहार गरेर हत्या गरेका हुन्। , चक्कु प्रहारबाट शिशुको घाँटी, पेटलगायत शरीरका विभिन्न ठाउँमा घाउ देखिएको स्याङ्जा प्रहरी प्रवक्ता डिएसपी राजेन्द्रप्रसाद अधिकारीले बताए। , शिशुलाई नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको उनले बताए। , जीतेन्द्रले रनमायाकी जेठी छोरी ५ वर्षीय साइना गुरूङलाई पनि चक्कु प्रहार गरेका थिए। साइनालाई भने ठूलो चोट लाग्न पाएन। उनको प्राथमिक स्वास्थ्य केन्द्रमै उपचार गरेर डिस्चार्ज गरेको डिएसपी अधिकारीले बताए। , हत्यामा संलग्न जीतेन्द्र र रनमायाको सम्बन्ध भने खुलिसकेको छैन। , ‘उहाँहरूलाई हिरासतमा लिएर अस्पताल लग्यौं, बयान लिन पाएका छैनौं,’ उनले भने, ‘विस्तृत विवरण त बयानपछि आउला।’, प्रहरीका अनुसार जीतेन्द्रको घर पर्वतको पैयुँ गाउँपालिका–५ मा हो। उनका आमा बुबा काम गर्न विदेश गएका छन्। जीतेन्द्र भकुण्डेमै मजदूरी गरेर बसेका थिए। , रनमायाको घर भने वालिङ नै हो। उनी छोरा र छोरीसहित भकुण्डेमा कोठा भाडामा लिएर बसेकी थिइन्। प्रहरीका अनुसार उनका श्रीमान घरमा छैनन्।, घटना भएको घरदेखि नजिकै प्रहरी चौकी छ। घटना हुने बित्तिकै थाहा पाएकाले अभियुक्त पक्राउ गर्न सकेको डिएसपी अधिकारीले बताए। , उनले भने, ‘जीतेन्द्र भाग्न आँटेको थियो, घटना हुनेबित्तिकै हामी पुग्यौं र समायौं।’, एउटै घरको डेरामा बस्थे १६ महिने साइमनको हत्या आरोपित जीतेन्द्र
रासस युवतीको हत्या गर्ने एक पुरूषलाई इलामबाट २० वर्षपछि पक्राउ गरिएको छ। सूर्योदय नगरपालिका–३ साविक पशुपतिनगर गाविस–३ का ४१ वर्षीय गोरे भनिने मनकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो। , मनकुमार २०५८ साल माघ ६ गते साँझको समयमा घाँटी रेटी सोही ठाँउकी १८ वर्षीया रोजिना राईको हत्या गरेर फरार थिए।, इलामका प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठका अनुसार प्रहरीको विशेष खोज अनुसन्धानबाट आफ्नै गाउँघरमा नै नियमित काम गरिरहेका राईमाथि निगरानी बढाएर पक्राउ गर्न सफल भएको हो। , घटना आफूले घटाएको अभियुक्तले स्वीकार गरेको प्रमुख श्रेष्ठले बताए। प्रहरीका अनुसार पक्राउ परेका राईमाथि थप अनुसन्धान जारी रहेको छ।, युवतीको हत्या गरेर फरार पुरूष २० वर्षपछि पक्राउ
सेतोपाटी संवाददाता पोखरा उद्योग वाणिज्य संघले विवादित व्यवसायिक समूह बतास अर्गनाइजेसनमाथि कारबाही नगर्न चेतावनी दिएको छ।, संघका महासचिव सुरेन्द्रमान बिजुक्छेले बुधबार जारी गरेको विज्ञप्तिमा बतास समूहले राज्यप्रदत्त अधिकारभित्र रहेर व्यवसाय चलाएको दाबी गर्दै सरकारी रवैया गलत भएको उल्लेख गरिएको छ।, संघले नारायणहिटी राजदरबारमा बतास समूहले बनाउँदै गरेको संरचना सरकारले प्रक्रिया नपुर्‍याई भत्काएको बताएको छ।, कानुन र सम्झौतामा उल्लेख गरिएअनुसार नै अघि बढ्नुपर्नेमा जोड दिँदै विज्ञप्तिमा सम्झौता तोड्दा दुबै पक्षले सर्तहरू मान्नुपर्ने पनि बताइएको छ।, ‘सञ्चार माध्यममा आएका टिप्पणीकै भरमा, स्पष्टीकरणको मौकासमेत नदिई माननीय मन्त्रीज्यूकै निर्देशनमा निर्माणाधीन संरचना भत्काइनु भनेको राज्यको गैरजिम्मेवारीको पराकाष्ठा हो,’ विज्ञप्तिमा भनिएको छ, ‘सम्झौतामा दुबै पक्षको हस्ताक्षर हुन्छ र तोड्दा अवलम्बन गर्नुपर्ने प्रावधानहरू पनि स्पष्ट रूपले किटान गरिएकै हुन्छ। ती प्रावधान लत्याउने अधिकार दुबै पक्षलाई नभएको पनि हामी स्मरण गराउन चाहन्छौं।’, नारायणहिटीमा व्यवसायीको सम्पत्तिमाथि नोक्सानी पुर्‍याएको भन्दै संघले त्यसको क्षतिपूर्ति दिनसमेत माग गरेको छ।, विज्ञप्तिमा भनिएको छ, ‘राज्यबाट भएको ज्यादतिको क्षतिपूर्ति दिन र कानूनी राज्यको प्रत्याभूति गराउँदै सफाइको मौका दिन एवं व्यवसायीको सम्पत्तिमाथि पुर्‍याइएको नोक्सानीको क्षतिपूर्तिको लागि पोखरा उद्योग वाणिज्य संघ जोडदार माग गर्दछ।’ , पोखरा उद्योग वाणिज्य संघले होटल आनन्दका सञ्चालक आनन्दराज बतास तथा बतास ब्रदर्स आफ्नो सदस्य भएको प्रष्ट पार्दै बतासले राज्यले दिएको अधिकार क्षेत्रभित्र रहेर नै नारायणहिटीमा रेष्टुराँ चलाउन लागेकोसमेत जिकिर गरेको छ।, ‘हाम्रो सदस्य प्रतिष्ठानले नारायणहिटी दरबारमा रेष्टुराँ सञ्चालनदेखि अन्य व्यवसायिक गतिविधिहरू राज्यप्रदत्त व्यापार-व्यवसाय गर्न पाउने क्षेत्राधिकारभित्रै रहेर गरिएको घामजत्तिकै छर्लङ्ग छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सरकारले टेण्डर आह्वान नगरेको भए, सार्वजनिक निजी साझेदारी अवधारणा अनुरूप निजी क्षेत्रलाई लगानीको आह्वान नगरेको भए बतास समूह न नारायणहिटी भित्रको रेष्टुराँमा लगानी गर्थ्यो न त गौशाला वा अन्य क्षेत्रमा नै व्यवसायको सम्भावना खोज्न उद्यत रहन्थ्यो।’, सरकारी योजना अनुसार नै निजी क्षेत्रले लगानी गर्दा भाँजो हाल्ने काम भएको विज्ञप्तिमा उल्लेख छ।, विज्ञप्तिमा भनिएको छ,‘राज्य स्वयंले टेण्डर आह्वान गर्ने, सार्वजनिक निजी साझेदारी अनुरूप निजी क्षेत्रको लगानी खोज्ने र तोकिएका प्रावधान पूरा गर्दै लगानी गरिसकेपछि विभिन्न आरोप-प्रत्यारोप लगाउँदै भाँजो हाल्ने प्रवृत्ति आफैंमा विरोधाभाषपूर्ण र पूर्वाग्रहबाट प्रेरित रहेको हाम्रो ठम्याइ छ।’, सरकारले निजी क्षेत्रको मनोबल गिराउने र सरकार आफैंले गरेको निर्णय लत्याएर कानुनी राज्यको खिल्ली उडाएकोसमेत विज्ञप्तिमा जिकिर गरिएको छ।, घटनालाई संघले सस्तो लोकिप्रियताका लागि सरकार व्यक्तिमाथि खनिएको रूपमा व्याख्या गरेको छ। बतास व्यक्ति नभई व्यवसायी भएको उल्लेख गर्दै विज्ञप्तिमा बतासमाथि भएको प्रहार व्यवसायीमाथिकै प्रहार भएको दाबी गरिएको छ।, ‘लगानी गर्ने, रोजगारी सिर्जना गर्ने तथा राज्यलाई कर तिर्ने व्यवसायीको मानमर्दन र चरित्र हत्या गर्ने प्रवृत्तिले लगानीको वातावरण बन्दैन,’ संघले भनेको छ, ‘यसतर्फ हामी सरोकारवालाको ध्यानाकर्षण गराउँछौं।’, बतासमाथि भएको ज्यादतीको क्षतिपूर्ति देऊ: पोखरा उवासंघ
सेतोपाटी संवाददाता नेपाल प्रहरीको प्रवक्तामा प्रहरी नायब महानिरीक्षक (डिआइजी) मुकुन्दराज आचार्यलाई जिम्मेवारी दिइएको छ।, प्रहरी प्रधान कार्यालयमा कार्यरत् डिआइजी आचार्यलाई बुधबारदेखि लागू हुने गरी प्रहरी प्रवक्ताको जिम्मेवारी दिइएको हो।, प्रहरी महानिरीक्षकको सचिवालयका अनुसार अर्को निर्णय नहुञ्जेलका लागि अस्थायी रूपमा आचार्यलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ।, प्रवक्तामा यसअघि प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवर थिए। उनको महानगरीय अपराध महाशाखामा सरुवा भएसँगै प्रवक्ताको जिम्मेवारी खाली थियो।, प्रहरी प्रवक्ताको रूपमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तथा प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई खटाइने चलन छ।, तर, आवश्यक पर्दा प्रहरी महानिरीक्षकको सचिवालयले अनुकूल निर्णय गर्ने गरेको छ।, यद्यपि, प्रहरी प्रवक्तामा एसएसपी वा डिआइजी पदको प्रहरी अधिकारीलाई तोकिने गरिएको छ।, नेपाल प्रहरी प्रवक्तामा डिआइजी आचार्य
नारायण अधिकारी कोरोनाको तेस्रो लहर सुरु हुँदासमेत अल्पसङ्ख्यक समुदायका रुपमा रहेको चेपाङ समुदाय खोप लगाउन मान्दैनन्। जिल्लामा बसोबास गर्ने चेपाङ समुदायले खासै कोभिड खोपमा चासो नदिने गरेको पाइएको छ। जिल्लाका सात पालिकामध्ये छ पालिकामा चेपाङ्ग समुदायको बसोबास छ।, जिल्लाको इच्छाकामना गाउँपालिका तथा कालिका, राप्ती, खैरहनी, माडी नगरपालिका र भरतपुर महानगरपालिकामा चेपाङको बसोबास रहेको छ। यी पालिकामा विसं २०६८ सालको जनगणनाअनुसार २८ हजार ९८९ चेपाङको बसोबास रहेको छ। त्यसमध्ये अहिलेसम्म छ हजार ३२७ अर्थात २१ दशमलव ८२ प्रतिशत चेपाङले कोरोनाविरुद्धको खोप लगाएका छन्। जिल्लामा रहेका सात पालिकामध्ये राप्तीमा दुई हजार ७०० चेपाङले खोप लगाएका छन्। , राप्ती नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपानेका अनुसार वडा नम्बर १०, ११, १२ र १३ मा चेपाङ समुदायको बाहुल्यता छ। ती वडामा ९० प्रतिशत चेपाङ समुदायको बसोबास रहेको र ती वडामा १८ वर्षमाथिका मात्र आठ हजारले खोप लगाउनुपर्ने हो।, चेपाङ समुहदायमा सानो उमेरमा नै विवाह गर्ने परिपाटिका कारण खोप लगाउनेको सङ्ख्या कम भएको हुनसक्ने उनको भनाइ छ। अठार वर्षमुनिका बालबालिकालाई खोप लगाउँदा कस्तो परिणाम आउँछ त्यसमा भर पर्ने उनले बताए। ‘यस समुदायमा सानो उमेरमा नै विवाह गर्ने प्रचलन छ, १८ वर्षमुनिकालाई खोप लगाउने क्रममा कस्तो सहभागिता रहन्छ हेरौँ’, उनले भने।, कालिका नगरपालिकामा तीन हजार ८९ चेपाङ समुदायले खोप लगाएका छन्। यस पालिकाको वडा नम्बर ९, १० र ११ मा चेपाङ समुदायको बसोबास छ। यहाँ पहाडी क्षेत्र र खोप केन्द्रभन्दा टाढा बसोबास भएका केन्द्रसम्म आउनसमेत नखोजेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दिपक भण्डारीले जानकारी दिए।, भण्डारीका अनुसार स्थानीय तहमा रहेका चेपाङ समुदायले खोप किन आवश्यक पर्छ भन्नेजस्ता कुराहरु गर्ने गरेका छन्। उनले भने, ‘पहाडी क्षेत्रमा बसोबास गर्नेले कहीँ जानु छैन भन्दै खोप लगाउन नमान्ने गरेका छन्।’, यस्तै इच्छाकामना गाउँपालिकाको सबैजसो वडामा चेपाङ समुदायको बसोबास रहेको छ। विशेष गरी वडा नम्बर १, २ र ६ मा चेपाङ समुदायको बसोबास छ। ती बसोबास रहेको क्षेत्रबाट दुई हजार ३५० ले कोरोनाको खोप लगाएका छन्। यस पालिकामा १८ हजारभन्दा बढीले खोप लगाएको स्वास्थ्य शाखा प्रमुख वासुदेव सापकोटाले जानकारी दिए। सापकोटाका अनुसार उमेरअनुसार खोप लगाउने क्रममा अब सो सङ्ख्या बढ्ने छ। चेपाङ समुदायको बस्ती विकटमा हुने र त्यस क्षेत्रबाट खोप केन्द्रसम्म आउनसमेत नखोज्ने गरेका कारण सङ्ख्या कम भएको हो।, यस्तै खैरहनी नगरपालिकामा ३५० ले कोरोनाविरुद्धको खोप लगाएका छन्। पालिकाका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीका अनुसार यस पालिकामा रहेका ८५ प्रतिशतले खोप लगाएकामा सो सङ्ख्यामा चेपाङ समुदाय रहेको बताए। यस पालिकामा खासै नगन्य सङ्ख्यामा मात्रै यस समुदायका बासिन्दाको बसोबास रहेको उनले जानकारी दिए।, भरतपुर महानगरपालिकाको वडा नम्बर २९ मा बसोबास गर्ने ती समुदायका व्यक्तिमध्ये १७४ ले कोरोनाविरुद्धको खोप लगाएका छन्। सो वडामा रहेका रातोमाटे, चिप्लेटी र किपट क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदाय खोपमा सहभागी हुन नसकेको महानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ। टोलटोलमा शिविर सञ्चालन गर्दासमेत उनीहरु सहभागी नभएको सकेको कार्यालयले जनाएको छ। महाशाखा प्रमुख दीपक सुवेदीका अनुसार महानगर क्षेत्रमा चेपाङको सङ्ख्या ठूलो छैन। उनीहरुको बसोबास रहेको वडा नम्बर २९ को पहाडी क्षेत्र हो।  , माडी नगरपालिका वडा नम्बर ८ र ९ मा चेपाङ समुदायको बसोबास रहेको छ। नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख भोजराज खनालका अनुसार माडीमा १३० चेपाङ समुदायका व्यक्तिले खोप लगाएका छन्। छरिएर रहेको यस समुदायमा सूचनाको अभाव वा बेवास्ता गरेका कारण खोप लगाउन आउनेको सङ्ख्या कम भएको हो। उनले भने, ‘चेपाङको बसोबास बढी सङ्ख्यामा बाँदरझुला क्षेत्रमा रहेको र आउ जाउमा कठिनाइ भएका कारण यस खोपबाट वञ्चित भएका हुन सक्छन्।’, चेपाङ सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष गोविन्द चेपाङ कोभिड खोपमा यस समुदायको सहभागिता न्यून रहेको बताउँछन्। उनले भने, ‘कोभिडको विषयमा गलत प्रचार भएकाले थोरैले मात्रै खोप लगाएका छन्।’ कोरोना खोप लगाएपछि प्रजनन्मा समस्या हुने डर चेपाङमा देखिएको उनले बताए।, कोरोना खोपका लागि चेपाङ भाषामा नै लेखिएको सन्देश प्रचारप्रसार गर्न जरुरी रहेको उनले बताए। विसं २०६८ को जनगणनाअनुसार नेपालमा ६८ हजार ३९९ चेपाङको बसोबास रहेको छ। विशेष गरी चितवन, मकवानपुर, धादिङ, गोरखा, लमजुङ, तनहुँलगायत जिल्लामा चेपाङ बसोबास गर्दै आएका छन्।, चेपाङ सङ्घ चितवनका अध्यक्ष भीमबहादुर चेपाङले डाँडाकाँडामा बसोबास गर्ने भएकाले खोप लगाउन आउने अवस्था नभएको बताए। खोप केन्द्र आसपास बसोबास गर्नेहरुले मात्रै खोप लगाएको जनाउँदै उनले कोरोना खोपका बारेमा सूचना सम्प्रेषण प्रभावकारी बनाउन सरोकारवालालाई आग्रह गरिएको बताए।, स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले चेपाङ समुदायमा कोरोनाको विषयमा विभिन्न किसिमका नकारात्मक हल्ला चलाइएका कारण समस्या रहेको बताए। यो समुदाय बजारको जनजीवनसँग प्रत्यक्षरुपमा सम्पर्कमा नआउने भएकाले पनि सङ्ख्यामा कमी आएको हुनसक्ने उनको अनुमान छ।, स्वास्थ्य कार्यालयले खोपको व्यवस्थापन मात्रै गर्ने भएकाले स्थानीय पालिकाले प्रचारप्रसारमा जोड दिनु आवश्यक रहेको उनको भनाइ छ। तिवारीले भने, ‘हरेक वडामा स्वास्थ्य सङ्स्थामार्फत खोपको व्यवस्थापन गरिएको छ, केन्द्रसम्म आउन नचाहानु समुदायको कमजोरी हो।’, कार्यालयका अनुसार जिल्लामा हालसम्म तीन लाख ७० हजार ५४४ ले खोप लगाएका छन्। पहिलो मात्रा लगाएकामध्ये तीन लाख २० हजार नौले पूर्ण मात्रामा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ। तिवारीका अनुसार पहिलो मात्रा कोभिसिल्ड ४० हजार ४४३ ले, भेरोसेल दुई लाख ३७ हजार ६०२ ले, एष्ट्राजेनिका ५१ हजार ९६२ ले, फाइजर बायोएनटेक एक हजार ८६७ ले र जोन्सन ३८ हजार ६७० ले लगाएका छन्। , यसैगरी पूर्ण मात्रा खोप कोभिसिल्ड/एष्ट्राजेनिका ८२ हजार ८५३ ले, भेरोसेल एक लाख ९६ हजार ७२९ ले, जोन्सन ३८ हजार ६७० जले र फाइजर बायोएनटेक एक हजार ७५७ ले लगाएका छन्। पहिलो मात्रा लगाएका तर दोस्रो मात्रा लगाउने समय भइनसकेको सङ्ख्या २० हजार हाराहारी रहेको छ। रासस, कोरोना खोप लगाउन मान्दैनन् चेपाङ
एजेन्सी छिमेकी मुलुक भारतमा कोरोना संक्रमण तिब्र रूपमा बढिरहेको छ। पछिल्लो १६ दिनमै भारतमा ३९ गुणाले संक्रमित थपिएका छन्। , डिसेम्बर अन्तिममा दैनिक संक्रमण ६ हजार ३ सय ५८ रहेको भारतमा दुई सातामै ३९ गुणाले तिब्र रूपमा सक्रिमत थपिएका हुन्।, पछिल्लो २४ घन्टामा भारतमा करिब साढे २ लाख जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा यहाँ २ लाख ४७ हजार ४ सय १७ नयाँ संक्रमित थपिएको हुन्। अघिल्लो दिन १ लाख ९४ हजार ७ सय २० जनामा संक्रमण देखिएको छ।, पछिल्लो २४ घन्टामा भारतमा ३८० कोरोना संक्रमितको ज्यान गएको मन्त्रालयले जनाएको छ।, राजधानी नयाँ दिल्लीमा पछिल्लो अप्रिल २० पछिकै सर्वाधिक संक्रमित फेला परेका छन्। दिल्लीमा पछिल्लो २४ घन्टामा २७ हजार ५ सय ६१ नयाँ संक्रमित फेला परेका छन्।, दिल्लीमा संक्रमित दर २६.११ प्रतिशत पुगेको छ। पछिल्लो २४ घन्टामा दिल्लीका मात्रै ४० जनाले ज्यान गुमाएका छन्। यो संख्या पछिल्लो जुन १० पछिको ठूलो हो। , यस्तै भारतको महाराष्ट्र राज्यमा सर्वाधिक संक्रमित फेला परेका छन्। पछिल्लो २४ घन्टामा महाराष्ट्रमा ४६ हजार ७ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, महाराष्ट्रको मुम्बईमा मात्र पछिल्लो २४ घन्टामा १६ हजार ४ सय २० जनामा कोरोना पुष्टि भएको छ। यहाँ अघिल्लो दिनको तुलनामा ४० प्रतिशत बढी संक्रमित भेटिएका हुन्।, भारतमा हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ११ लाख नाघिसकेको छ।, भारतमा तिब्र रूपमा फैलदै कोरोना, १६ दिनमै ३९ गुणाले संक्रमित थपिए
सेतोपाटी संवाददाता धादिङमा बिहीबार बिहान सुख्खा पहिरो आउँदा तीन जना पुरिएका छन्।, जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी जागेश्वर भण्डारीका अनुसार रूबीभ्याली गाउँपालिका वडा नम्बर १  पुरू भन्ने स्थानमा बाटो खनिरहेको डोजरलाई सुख्खा पहिरोले पुरेको हो।, रूबी भ्याली गाउँपालिकाका अध्यक्ष चेरूङ तामाङका अनुसार डोजरले सडकको ट्र्याक खनिरहेको थियो।, डिएसपी भण्डारीका अनुसार दुई जना अपरेटर र एक जना साइट हेर्ने मान्छे पहिरोमा पुरिएका छन्। बिहान साढे सात बजेतिर पहिरो खसेको स्थानीयले बताएका  छन्।, ‘हाम्रो नजिकको युनिट घटनास्थलतिर गइसकेको छ। प्रहरी टोलीलाई  जान अझै केही घन्टा लाग्छ,’ डिएसपी भण्डारीले भने,‘अहिले पनि माथिबाट ढुंगाहरू खसिरहेकाले स्थानीयले पनि पुरिएकाको उद्धार गर्न नसकेको भन्ने खबर छ।’, धादिङको रूबी भ्यालीमा पहिरो खस्दा बाटो खनिरहेको डोजरसहित तीन जना पुरिए
रासस शुक्लाफाँटा नगरपालिकाका थारु समुदायले माघी पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिनुपर्ने माग अघि सारेका छन्।, उनीहरुले सार्वजनिक बिदाको माग गर्दै नगरपालिका कार्यालय पुगेर नगर प्रमुखलगायतको ध्यानाकर्षण गराएका हुन्।, आदिवासी जनजाति संघ र नेपाल आदिवासी जनजाति महासंघमा आबद्ध पदाधिकारीले यही पुस ३०, आगामी माघ १ र २ गते बिदा दिन माग गरेका छन्। ‘बुधबार नगर प्रमुख लगायतलाई भेटेरै माघी पर्व एवंं थारु समुदायको नयाँ वर्ष थारु सम्वत् २६४५ को अवसरमा बिदा दिनुपर्ने लिखितरुपमै माग गरेका छौं’, आदिवासी जनजाति सङ्घका सभापति हवलदार चौधरीले भने, ‘नगर प्रमुखले यसबारे सकारात्मक जवाफ दिनुभएको छ।’, नगर प्रमुख दिलबहादुर ऐरले थारु समुदायको महान पर्व माघीका अवसरमा नगरपालिकाभित्र बिदा दिने सम्बन्धमा कार्यपालिका सदस्यसँग छलफल गरी निष्कर्षमा पुगिने बताए।, नगरपालिकामा बहुसङ्ख्यक थारु जनजातिको बसोबास रहेको छ। थारू समुदायले माघी पर्वलाई विशेष पर्वका रुपमा मनाउने गर्दछन्। यसै अवसरमा शुभकार्यको शुभारम्भ गर्ने गरिन्छ। , माघीमा तीन दिन सार्वजनिक बिदाको माग
सेतोपाटी संवाददाता भक्तपुरमा ट्याटु खोपाउन गएका एक पुरूषको मृत्यु भएको छ। , बुधबार मध्यपुरथिमी नगरपालिका-१ लोकन्थली घर भई काठमाडौंको कोटेश्वर बस्ने ३३ वर्षीय बिराज खड्काको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। , उनी गएराति साढे ९ बजे लोकन्थली मनहरा आँखा अस्पताल नजिकै रहेको आरूष मल्लले सञ्चालन गरेको इन्क ट्याटुमा ट्याटु खोपाउन गएका थिए। , उनी त्यहाँ पुग्दा अरू ग्राहकहरूले पनि ट्याटु खोपिरहेका थिए। अरूले नै ट्याटु खोपिरहेको हुँदा उनी त्यहाँ पालो कुरिरहेका थिए। , प्रहरी नायब उपरीक्षक पाण्डेका अनुसार ट्याटु सञ्चालक आरूष र खड्काबीच सामान्य चिनजान पनि थियो।, ‘रातितिर ट्याटु खोपाउन भनेर गएका थिए। त्यहाँ अरू पनि ट्याटु हानिरहेका थिए,’ पाण्डेले भने, ‘खड्काको पालो आइसकेको थिएन। उनी कुर्दाकुर्दै बेहोस भएका रहेछन्।’, बेहोस भएपछि आरूषले तत्कालै नजिकै रहेका खड्काको परिवारलाई सम्पर्क गरेको पाण्डेले बताए। , त्यसपछि खड्कालाई तत्कालै केएमसी अस्पताल सिनामंगलमा लगिएको थियो। त्यहाँ उपचारको क्रममा उनको मध्यराति सवा १२ बजे मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। , अस्पतालमा ट्याटु सञ्चालक र आफन्तहरू दुबै पुगेका थिए। यस घटनाको अनुसन्धान महानगरीय प्रहरी वृत्त थिमीले गरिरहेको छ। , प्रहरीले ट्याटु पसल सञ्चालक आरूषसहित केहीलाई सोधपुछको लागि वृत्तमा बोलाएको छ। , खड्का दमका बिरामी थिए। उनले 'इनहेलर' समेतको प्रयोग गर्ने गरेको मध्यपुर थिमी वृत्तले जनाएको छ। उनी धेरै मादक पदार्थ सेवन गर्ने गरेको हुँदा केही समय सुधार केन्द्रमा समेत बसेर आइसकेको प्रहरीले जनाएको छ। , हाल पोष्टमार्टमको लागि शव केएमसी अस्पतालमा राखिएको छ। पोष्टमार्टमपछि नै मृत्युको कारण थाहा हुने प्रहरी नायब उपरीक्षक पाण्डेले बताए। , ‘अहिले मृत्युको कारण खुलिसकेको छैन। पोष्टमार्टमको लागि अस्पताल लगिएको छ। रिपोर्ट आएपछि थाहा हुन्छ,’ उनले भने, ‘यसमा अरू कसैको संलग्नता भएको अहिलेसम्म बुझिएको छैन। शंकास्पद केही पाइसकेको अवस्था छैन।’, प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको बताएको छ। , भक्तपुरमा युवक ट्याटु खोपाउन गएका थिए, कुर्दाकुर्दै बेहोस भएर बिते
सेतोपाटी संवाददाता पछिल्लो समय कोरोना विरूद्धको खोप लगाउने मानिसको संख्या बढेसँगै काठमाडौंमा केही निजी अस्पतालबाट पनि खोप लगाउन पाइने भएको छ।, स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार सरकारी अस्पातालबाहेक ६ वटा निजी अस्पतालबाट पनि कोभिडविरुद्धको खोप उपलब्ध हुनेछ।, यसअघि काठमाडौंमा ११ खोप केन्द्र थिए। सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, सहिद मेमोरियल अस्पताल कलंकी, विरेन्द्र सैनिक अस्पताल छाउनि,लोट्से भवन नयाँ बसपार्क, नेपाल प्रहरी अस्पताल महाराजगन्ज, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेक, बयोधा अस्पताल बल्खु, प्रसूति रोग तथा स्त्रिरोग अस्पताल थापाथली, निजामती अस्पताल नयाँबानेश्वर र एपेक्स पोलिक्लिनक जडिबुटीबाट यसअघि नै खोप लगाइँदै आएको छ ।, काठमाडौं मोडल अस्पताल प्रदर्शनीमार्ग, पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल सामाखुसी, जनमैत्री अस्पताल बालाजु, नर्भिक अस्पताल थापाथली, शुभेच्छा अस्पताल सीतापाइला र नोबेल अस्पताल सिनामंगलबाट कोभिडविरुद्धको खोप निःशुल्क लगाउन पाइने स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।, यस्तै काठमाडौं उपत्यकाका विभिन्न विद्यालयमा १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड-१९ भाइरसविरुद्धको खोप लगाइँदैछ , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विद्यार्थीलाई उनीहरू पढ्दै आएको स्कुलबाटै खोप लगाइने भएको हो ।, स्वास्थ्य मन्त्रालयका अनुसार भेरोसेल, कोभिशिल्ड र एस्ट्राजेनेका खोप लगाइँदै आएको छ। खोप बिहान १० बजेदेखि ३ बजेसम्म लगाइँदै आएको छ ।, सिसिएमसीको सिफारिसमा गृह मन्त्रालयले सार्वजनिक सेवा लिनका लागि कोरोना भाइरसविरूद्धको खोप लगाएको प्रमाण पत्र देखाउनुपर्ने नियम लागू गरेपछि खोप लगाउनेको भीड बढेको छ।,  , काठमाडौंमा कोरोनाविरूद्धको खोप कहाँ-कहाँ पाइन्छ?
सेतोपाटी संवाददाता बुटवलको प्लान बि डान्स क्लबमा आगलागी भएको छ।, बुटवल मिलनचोकस्थित सिद्धार्थ कटेजनजिकै निर्माणाधीन उक्त क्लबमा शुक्रबार दिउँसो १ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ।, ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले आगो नियन्त्रणका लागि बुटवल उपमहानगरपालिको दमकल आइसकेको र तिलोत्तमा, देवदह र सैनामैनाका दमकल पनि आउँदै गरेको जानकारी दिए।, आगलागी के कारणले भएको हो त्यसबारे अहिले जानकारी नभएको प्रहरीले जनाएको छ।, घटनाबारे थप विवरण केहीबेरमा आउनेछ।,  , बुटवलको प्लान बि डान्स क्लबमा आगलागी
सेतोपाटी संवाददाता आफू अपहरणमा परेको दाबी गरेका बैतडीका एक जना शिक्षक स्थानीयको हत्या गरी भागेको खुलेको छ।, सुर्नया गाउँपालिका-६ का डम्मर अवस्थीलाई ढुंगाले हानेर हत्या गरेपछि भाग्नका लागि २३ वर्षीय शिक्षक हरिश अवस्थीले आफू अपहरणमा परेको नाटक गरेको प्रहरीसमक्ष बताएका छन्।, प्रारम्भिक अनुसन्धानबाट उनले नै डम्मरको हत्या गरेको र  ओडारमा गाडेको भनेपछि प्रहरीले खनेर शव सडेको अवस्थामा फेला पारेको छ।, डम्मर गत मंसिर १४ गते घरबाटै सम्पर्कविहीन भएका थिए। उनका परिवारले खोजतलास गरे पनि फेला नपरेपछि पुस १ गते प्रहरीकहाँ जानकारी गराएका थिए।, जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार त्यसपछि उनको थप खोजी सुरू भएको थियो।, बेपत्ता रहेका डम्मरको अन्तिम सम्पर्क हरिश अवस्थीसँग भएको पाइएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो।, जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक बोधराज ओझाले प्रारम्भिक अनुसन्धानबाट हरिशले हत्या गरेको देखिएको र यसबारे थप बुझ्ने काम भइरहेको बताए।, ‘हरिश अपहरण नपरेको बुझिएको छ, मंसिर १४ गते नै डम्मरको हत्या गरेर ओडारमा गाडेको अवस्थामा छ भनेपछि प्रहरी पुगेको  र शव पनि फेला परेको छ,’ उनले भने।, हत्या के कारणले गरिएको भन्नेबारे खुलेको छैन।, पक्राउ परेका हरिशले आफूलाई मंसिर २३ गते विप्लवका कार्यकर्ताले अपहरण गरी राप्ती नदीमा मार्नका लागि धकेलेको भन्दै फेसबुकमा लेखेका थिए। उनले शौचालयमा नग्न बनाई यातना दिएको भन्दै प्रहरीलाई उद्धारका लागि स्टाटसबाटै आग्रह गरेका थिए।, उनले त्यसबेला डम्मरका केही आफन्तले उनको हत्या गरेको र आफूलाई फसाउन खोजेको स्टाटसमा लेखेका थिए।, उनको स्टाटसपछि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बैतडीले प्रेस विज्ञप्तिमार्फत् उनको अपहरण नभएको र झुठो कुरा सामाजिक सञ्जालमा लेखेको भन्दै कारबाहीका लागि प्रहरीसँग माग गरेको थियो।, अवस्थीलाई पुस २३ गते शुक्रबार बेलुका ८ बजे बाँकेस्थित राप्ती नदी किनारबाट बाँके प्रहरीले नियन्त्रणमा लिएको थियो।, त्यसबेला उनको कपडा, मोबाइल, पैसा सबै भिजेको अवस्थामा प्रहरीले साथमै पाएको थियो।, उनलाई प्रहरीले भेरी अस्पताल पुर्‍याएर उपचारपछि न्यानो कपडा किनिदिएर सुरिक्षत राखेको थियो।, अवस्थीले बैतडीबाट आफूलाई केही युवाहरूले पुस २२ गते बिहान ८ बजे जबरजस्ती गाडीमा ल्याएको प्रहरीसंग बताएका थिए।, अपहरणमा परें भन्ने बैतडीका शिक्षक हत्या गरी फरार भएको खुलासा
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १२८६ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९८०, भक्तपुरमा ८५ र ललितपुरमा २२१ संक्रमित थपिएका छन्।, यसैगरी काठमाडौं उपत्यकामा ५३१० सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ३५२१, भक्तपुरमा ६९९ र ललितपुरमा १०९० सक्रिय संक्रमित छन्।, नेपालमा धेरै समयपछि एकैदिन २ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार  पिसिआर परीक्षणबाट १९८१ र एन्टिजेन परीक्षणबाट ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, पछिल्लो २४ घण्टामा १५ हजार ३३ जनामा कोरोना परीक्षण गरिएको थियो।, मंगलबार देशभर ९ हजार ५ सय  २२ जना कोरोनाका संक्रिय संक्रमित छन्। , पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट एक जनाले ज्यान गुमाएका छन्। , यस्तै ३१३ जना संक्रमणबाट मुक्त भएका छन्।, काठमाडौं उपत्यकामा थपिए १२८६ संक्रमित, सक्रिय ५३१०
सेतोपाटी संवाददाता नेपालमा एक साता नबित्दै कोरोना भाइरसका सक्रिय संक्रमित दोब्बरले वृद्धि भएको छ।, गत मंगलबार ५ हजार ९४ जना संक्रिय संक्रमित रहेको नेपालमा मंगलबार त्यो संख्या ९ हजार ५ सय २२ पुगेको छ। , पछिल्लो एक सातायता दैनिक संक्रमितको संख्या लगातार बढेसँगै सक्रिय संक्रमितको संख्या बढेको हो। आज एकै दिन ,२ हजार ४ सय ४४ जना, नयाँ संक्रमित भेटिएका छन्। जबकि गत मंगलबार जम्मा ३ सय ९३ जनामा संक्रमण पुष्टि भएको थियो। , केही दिनयता नेपालमा पनि समुदायस्तरमा ओमिक्रोन भेरियन्ट फैलिएसँगै संक्रमण ह्वातै बढेको हो। ओमिक्रोन भेरियन्ट अन्य भेरियन्टभन्दा बढी संक्रामक रहेका कारण यो संख्या अझै बढ्ने देखिन्छ। यही हिसाबले माघको पहिलो सातातिर दैनिक संक्रमितको संख्या उत्कर्षमा पुग्ने देखिन्छ। , कतिपय विज्ञले अहिले भइरहेको संक्रमण वृद्धिलाई लिएर नेपालमा तेस्रो लहर सुरु भएको बताएका छन्। त्यसैले सरकारले बेलैमा रोकथाम र नियन्त्रणमा प्रभावकारी कदम चाल्नुपर्ने उनीहरूको भनाइ छ। , सरकारले पनि नेपालमा ,अझै संक्रमण बढ्ने निष्कर्ष ,निकालेको छ। जसलाई लिएर सरकारले भिडभाड कम माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ।, साथै २५ जना भन्दा बढी मानिस एकैठाउँ जम्मा हुन नपाइने र सार्वजनिक स्थलमा वा सेवा लिन जाँदा अनिवार्य खोप कार्ड हुनुपर्ने नियम बनाएको छ।, एक साता नबित्दै दोब्बरले बढे कोरोनाका सक्रिय संक्रमित
रासस कालीकोटमा १९ हजार ४०२ बालबालिकालाई कोभिड-१९ विरूद्धको मोडर्ना खोपको पहिलो मात्रा लगाइएको छ।,  लक्ष्यभन्दा ३७२  थप बालबालिकालाई सो खोप लगाइएको हो।, यही पुस १२ गतेदेखि सञ्चालन गरिएको खोप अभियान जिल्लाका नौवटा स्थानीय तहका ८२ वटा वडाका विभिन्न १४२ वटा विद्यालय तथा स्वास्थ्य संस्था सञ्चालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।, कार्यालयका सूचना अधिकारी कटकबहादुर महतले भने, ‘१२ देखि १७ वर्ष उमेर समूहका शतप्रतिशत बालबालिकालाई कोभिड-१९ विरूद्धको मोडर्ना खोप दिएका छौं।  खोप नियमित रूपमा लगाउने व्यवस्था गरेका छौं।’, जिल्लामा गत २०७७ माघदेखि हालसम्म विभिन्न चरणमा गरी ७० हजार ५४२ जना नागरिकलाई पहिलो र २९ हजार ३७५ जनालाई कोभिड-१९ विरूद्धको दोस्रो मात्रा खोप लगाएको उनले जानकारी दिए। , खोप नलिएका १८ वर्षमाथिका  नागरिकलाई  भेरोसेलको पहिलो मात्रा खोपसमेत लगाइने व्यवस्था गरिएको सूचना अधिकारी महतले जानकारी दिए।, कालीकोटमा १९ हजार बढी बालबालिकाले लगाए कोरोनाको पहिलो डोज खोप
सेतोपाटी संवाददाता नेपालमा धेरै समयपछि एकैदिन २ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार  पिसिआर परीक्षणबाट १९८१ र एन्टिजेन परीक्षणबाट ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, पछिल्लो २४ घण्टामा १५ हजार ३३ जनामा कोरोना परीक्षण गरिएको थियो।, मंगलबार देशभर ९ हजार ५ सय  २२ जना कोरोनाका संक्रिय संक्रमित छन्। , पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट एक जनाले ज्यान गुमाएका छन्। , यस्तै ३१३ जना संक्रमणबाट मुक्त भएका छन्।, यसैगरी काठमाडौं उपत्यकामा १२८६ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ९८०, भक्तपुरमा ८५ र ललितपुरमा २२१ संक्रमित थपिएका छन्।, नेपालमा एकैदिन थपिए २ हजार ४४४ संक्रमित
रासस कर्णाली प्रदेश लोक सेवा आयोगले पहिलो पटक विज्ञापन खुलाएको छ।, स्थायी पदपूर्ति गर्न आयोगले आज कर्मचारीको विज्ञापन खोलेको हो।, आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका पाँचौं तहका विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको हो।, प्रदेशमा रिक्त स्थायी पदपूर्ति गर्ने गठित आयोगको आदेशानुसार स्थायी पदपूर्तिका लागि विज्ञापन गरिएको प्रदेश लोक सेवा आयोग, प्रदेशका सचिव भूपेन्द्र थापाले जानकारी दिए।, जनशक्ति आपूर्ति गर्नुपर्ने टड्कारो आवश्यकता रहेको तर संघीय तथा प्रादेशिक निजामती सेवा ऐन नबनिसकेको यस जटिल अवस्थामा रिक्त दरबन्दीमा जनशक्ति पदपूर्ति गर्न विज्ञापन खोलिएको उनले बताए। , आयोगको कार्यतालिका अनुसार रिक्त स्थायी पदपूर्ति लागि कर्मचारीको विज्ञापन खोल्न माग आकृति फाराम पठाउन सूचना गरिए पनि प्रदेश कार्यालयले समयमै रिक्त दरबन्दीको विवरण नआएको उनको भनाइ थियो। , उनका अनुसार प्रदेशको माग प्रतिशत निर्धारण गरिसकेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त पदमा सरुवा गर्दा पुनरावलोकनमार्फत विज्ञापन गरिएको छ।, केही पद स्थानीय तहमा जनप्रतिनिधिले आफ्ना मान्छे करार/अस्थायीमा भर्ना गरेकाले पनि रिक्त दरबन्दीको खास विवरण पठाइएको छैन। , ‘ज्येष्ठ, कार्य सम्पादन र आन्तरिक प्रतिस्पर्धाबाट हुने बढुवाको विज्ञापन हामीले खोल्न सकेनौं किनभने निजामती सेवा ऐन अनुसार यसमा बढुवा समितिको सचिवालय हुनुपर्छ,’ सचिव थापाले भने, ‘प्रदेश लोक सेवाले लिने प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाको हकमा बढुवा समितिको सचिवालय ऐन कानुनमा व्यवस्था नभएको र कुनै ऐन कानुनले नबोलेको हुनाले बढुवाको विज्ञापन गरेनौं।’  , कानुनी जटिलता र पदपूर्तिमा देखिएका थुप्रै चुनौतीका बीचमा निकै मेहनतका साथ पहिलो पटक कर्णालीमा रिक्त दरबन्दी पूर्तिका लागि कर्मचारीको विज्ञापन गरिएको उनको भनाइ थियो।, आयोगबाट सिफारिस भएर पदस्थापन हुने कर्मचारीको प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाको ऐन कानुन बमोजिम सेवा, सर्त र सुविधा हुने भनेर उल्लेख गरिएको उनले बताए। , प्रदेश र स्थानीय तहमा नियक्त भएका कर्मचारीको किताबखानामा हुने अभिलेख कसले राख्ने भन्ने निश्चित नभएको यद्यपि केही समयपछि त्यसको निकास आउने आयोगको कर्णाली प्रदेश कार्यालयले जनाएको छ।, कार्यालयका अनुसार संघीय लोक सेवामा पनि पाठ्यक्रम नबनेकोले अब सबै तहमा नयाँ पाठ्यक्रम बनाउनुपर्ने देखिन्छ।  , प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवा पाँचौं तहका विभिन्न सेवा समूहका प्रकाशित विज्ञापन अनुसार अप्राविधिक पाँचौं तहको खुलातर्फ ६८, महिलातर्फ १८ र आदिवासी जनजातितर्फ छ जनाका लागि विज्ञापन गरिएको छ।, प्राविधिकतर्फ सव–इञ्जिनियर खुला ३७, महिला १२ आदिवासी जनजातितर्फ दुई जनाको विज्ञापन गरिएको छ। , त्यस्तै, कृषि तथा पशु प्राविधिक, हेल्थ असिस्टेन्ट स्टाफ नर्स लगायतका विभिन्न सेवा समूहका पाँचौं तहको ठूलो संख्यामा विज्ञापन खोलिएको छ।, आयोगको वार्षिक कार्यतालिका अनुसार पाँचौंभन्दा माथिल्लो तहमा बढुवा हुने वा खुला प्रतिस्पर्धा के हुने भन्ने स्पष्ट भएपछि मात्र विज्ञापन गर्ने जनाइएको छ।, कर्णाली प्रदेश लोक सेवा आयोगले खोल्यो विज्ञापन
सेतोपाटी संवाददाता सुर्खेतको वीरेन्द्रनगर-१४ गोठीकाँडामा रहेको बयलकाँडा गढीमा पृथ्वीनारायण शाहको सालिक राखिएको छ।, ३०० औं पृथ्वी जयन्तीका अवसरमा नेपाली सेनाले शाहको पूर्णकदको सालिक राखेको हो। उक्त सालिकको मंगलबार अनावरण गरिएको छ।, सेनाको कालीबक्स गण (ई) तथा नयाँ सबुज गणको सहकार्यमा राखिएको उक्त सालिकका पश्चिम कमाण्ड हेडक्वाटर निमारे सुर्खेतका उपरथी प्रेम शाहीले अनावरण गरेका हुन्।, सैनिक जवान केशव आचार्यले सालिक बनाएका हुन्।, नेपाली सेनाले ऐतिहासिक सम्पदा एवम् स्थलहरूको संरक्षण गर्ने क्रममा सुर्खेतको बयलकाँडा गढी संरक्षणका लागि नेपाली सेनाले दायित्व लिएको छ। यसअघि नेपाली सेनाले गढीको प्रवेश बिन्दुमा गेट निर्माण गरेको थियो।, इतिहासका रक्षार्थ मानिने पृथ्वीनारायण शाहको सालिक गढीमा राखेर संस्कृतिको संरक्षणसँगै आन्तरिक पर्यटकलाई प्रवर्द्धनगर्ने नेपाली सेनोको उद्देश्य भएको पश्चिम कमाण्ड सेनापति उपरथी शाहीले बताए।, सांस्कृतिक सम्पदाको संरक्षणका लागि नेपाली सेनाले पनि छुट्टै भूमिका निर्वाह गरेको उनले बताए।, बयालकाँडा गढी ५ कट्ठा १३ धुर जग्गामा रहेको छ।, केही वर्षअघि सुर्खेत जिल्लाको सदरमुकाम समेत रहेको गोठीकाँडामा इतिहासमा फैलिएका राज्यमध्येका एक राज्यको रक्षार्थ गढी स्थापना गरिएको हो।,  , सुर्खेतको बयलकाँडा गढीमा राखियो पृथ्वीनारायण शाहको सालिक
नारायण खड्का दाङमा एक सहकारी संस्थाको पाँच करोड बढी आर्थिक हिनामिना गरेको आरोपितमध्ये दुई जना कर्मचारीबाट दाङ जिल्ला अदालतले जनही ५०/५० लाख रुपैयाँ धरौटी माग गरेको छ। , अर्का एक जना व्यक्ति भने २५ लाख धरौटी बुझाएर तारेखमा रिहा भएका छन्।, सहकारीका पदाधिकारीमध्ये किरण भण्डारी र अर्का पदाधिकारी रुकमाङगत ज्ञवालीलाई जनही ५०/५० लाख धरौटी माग गरिएको छ।, उनीहरू दुबै जना अदालतले मागेको धरौटी रकम बुझाउन नसकेपछि पुर्पक्षका लागि कारागार चलान भएका छन्।, त्यस्तै, सहकारीका कोषाध्यक्ष रामकृष्ण पौडेल २५ लाख रुपैयाँ धरौटी बुझाएर तारेखमा रिहा भएको दाङ जिल्ला अदालतका सूचना अधिकारी राजेन्द्र शर्माले सेतोपाटीलाई बताए। , भण्डारी साविक महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष समेत हुन्।, केही वर्ष पहिले तीन वटा सहकारीलाई मर्जर गरी देउखुरी बचत तथा ऋण सहकारी संस्था बनाइएको छ। , राप्ती गाउँपालिका वडा नं. ८ स्थित सोही बचत तथा ऋण सहकारी संस्थाका शिवध्वज मल्ल समेतका सेयर सदस्यहरूले गत असारमै पाँच करोड, २७ लाख २६ हजार, ६ सय ९२ रुपैयाँ हिनामिना प्रकरणमा राप्ती गाउँपालिकाका अध्यक्ष सुवेदी, किरण भण्डारी समेतलाई प्रतिवादी बनाई २० जनाविरूद्ध मुद्दा दिएका थिए।, ती प्रतिवादीमध्ये राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसँग अदालतले गत साउनमा साढे दुई लाख धरौटी माग गरेको थियो। उनले तोकिएको धरौटी बुझाएका थिए। , तर, भण्डारी, ज्ञवाली र पौडेल भने फरार रहँदै आएका थिए।, अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनीहरू अन्तिममा अदालतमा उपस्थित भएका थिए।, अदालतले मुद्दाको पुर्पक्षका लागि उनीहरूसँग रकम हिनामिना प्रकरणमा नगद वा सो बराबरको जेथा जमानत माग गरेको हो। , जिल्ला अदालतका सूचना अधिकारी शर्माका अनुसार भण्डारीले र ज्ञवालीले तोकेको रकम बुझाउन नसकेपछि जिल्ला कारागार घोराहीमा पुर्पक्षका लागि थुनामा राख्न आदेश भएको हो। , रकम हिनामिना प्रकरणमा २० प्रतिवादीमध्ये अन्य केही अझै फरार छन् भने केही पुर्पक्षका लागि थुनामा छन्।, सम्बन्धित समाचार :, सहकारीको रकम हिनामिनाको आरोप लागेका गाउँपालिका अध्यक्षसहित २० जनाको नाममा पक्राउ पुर्जी जारी , सहकारीको पाँच करोड हिनामिना प्रकरण: साढे दुई लाख धरौटी बुझाएर छुटे राप्ती गाउँपालिका अध्यक्ष, सहकारीको ५ करोड बढी रकम हिनामिना प्रकरण: दुई जनासँग जनही ५०/५० लाख धरौटी माग
सिद्धराज भट्ट पछिल्ला दिनमा कोरोना संक्रमण दर बढेसँगै सुदूरपश्चिम प्रदेशमा सीमा नाकाबाट भित्रिने नागरिकको सहज व्यवस्थापन गर्न चुनौती देखिएको छ।, भित्रिने कतिपय व्यक्तिबाट अटेरी स्वभाव देखाउँदै धम्क्याउनेसम्मका व्यवहार भइरहँदा सहज रूपमा व्यवस्थापन गर्ने काममा चुनौती देखिएको सीमामा खटिएका प्रहरी कर्मचारीले बताएका छन्।, गौरीफन्टा सीमा नाका नजिकको डोकेबजारमा खटिएका प्रहरी नायब निरीक्षक दीपेन्द्र थापाले भित्रिने कतिपय व्यक्तिबाट जोरजबर्जस्ती गर्ने र धम्क्याउने व्यवहार भइरहँदा आफूहरूले हैरानी खेप्नुपरेको बताए। , ‘नाकामै गरिएको नमूना परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि महाराष्ट्रबाट आएका एक नेपालीलाई सम्झाइबुझाइ आइसोलेसनमा पठाउने प्रयास गर्यौं,’ उनले भने, ‘तर उनले आफू कुनै हालतमा आइसोलेसनमा बस्न नजाने, बरू आफूमाथि गोली ठोक्न चुनौती दिँदै धम्क्याए।’, खुला सीमाका साथै भित्रिने नागरिकबाट भइरहेको व्यवहारबाट कोरोना संक्रमण रोकथाम निकै चुनौतीपूर्ण बनेकाले यो रोगको रोकथामका लागि नाका नै बन्द गर्न आवश्यक देखिएको सीमामा खटिएका प्रहरी कर्मचारीको सुझाव छ। , एक कर्मचारीले गुनासो गरे, ‘मन्त्री, नेताहरू आएर आफूहरूलाई निर्देशन दिएर जान्छन्, सीमामा खटिएका प्रहरी र अन्य कर्मचारीले भोगेको पीडा बुझ्दैनन्।’, भित्रिने नागरिकलाई धनगढीको कनरीमा स्थापना गरिएको आइसोलेसनमा पठाउने गरिएकामा पछिल्ला दिनमा भित्रिने कतिपयलाई होम आइसोलेसनमा समेत पठाउने थालिएको छ।, भित्रिने धेरै नागरिकलाई सम्बन्धितका अभिभावकको जिम्मा लगाएर सुरक्षित रूपमा होम आइसोलेसनमा पठाउने गरिएको छ।,   , कोरोनाको जोखिम बढे पनि सीमापारि भारतको गौरीफन्टा नजिकको वनगाउँ, पलिया लगायतका बजारमा किनमेल गर्न जानेहरू घटेका छैनन्।, उनीहरूको नमूना परीक्षणसमेत हुने गरेको छैन। जसका कारण यो रोगको संक्रमण रोकथाममा थप चुनौती देखिएको छ। पछिल्ला दिनमा कोरोना संक्रमणको बढी समस्या देखिएको भारतबाट सीमा नाका हुँदै भित्रिनेको संख्या बढ्दै जाँदा उनीहरूको सहज व्यवस्थापन गर्न चुनौती देखिएको हो।  , भित्रिने सबै नागरिकको एन्टिजेन परीक्षण गर्नमा सचेतता अपनाइएको भए पनि कतिपय व्यक्ति नमूना परीक्षण नगरी कर्मचारी र प्रहरीलाई छलेर भित्रिने गरेका पनि छन्।, त्रिनगर सीमा नाका हेल्थ डेस्कका प्रमुख अहेब गणेश साउदले भने, ‘नाका हुँदै भित्रिने कतिपय नागरिकबाट नमूना परीक्षण गराउन बेवास्ता भइरहँदा जोखिम रोकथाम गर्न निकै कठिन भएको छ।’, यो नाकामा सञ्चालित हेल्थ डेस्कमार्फत भइरहेको नमूना परीक्षणमा दैनिक दश प्रतिशतका दरले कोरोना पोजिटिभ बिरामी थपिँदै जाँदा संक्रमण दर पनि उकालो लागेको छ।, साउदले भने, ‘यो नाकामा केही दिनयता नमूना परीक्षण भइरहेकामध्ये दैनिक दश प्रतिशतका दरले संक्रमित थपिने गरेका छन्।’  , लुकीछिपी भित्रिनेबाट यो रोगको जोखिम थप बढ्ने देखिएको छ।, यो नाकाबाट भित्रिएका १२ व्यक्तिमा ओमिक्रोन भेरियन्टको कोरोना भाइरसको संक्रमणको आशंकामा थप परीक्षणका लागि संकलित नमूना काठमाडौं पठाइएको छ।,     , कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तीव्ररूपमा फैलिएको भारतबाट सुदूरपश्चिम प्रदेशको त्रिनगर सीमा नाका (गौरीफन्टा), गड्डाचौकी, बैतडी र दार्चुला जिल्लाका सीमा नाका हुँदै फर्किने व्यक्तिको सङ्ख्या बढ्दै गएको छ।, सदियौंदेखि सुदूरपश्चिम प्रदेशका नागरिकको मुख्य रोजगारी गर्न जाने देश भारत हो।, खुला सीमा भएकै कारण अन्य विभिन्न नाकाबाट भइरहेको मानिसको आवागमनको निगरानी राखेर उनीहरूको नमूना परीक्षण गर्ने कामसमेत चुनौती देखिएको जनाइएको छ।, जोखिम बढे पनि रोकथामका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने गराउने, भीडभाड नगरी सामाजिक दूरी कायम राख्ने काममा नागरिकबाट लापर्बाही भइरहेको छ।, हालसम्म सुदूरपश्चिम प्रदेशमा ५० प्रतिशतभन्दा बढी नागरिकले खोप पाइसकेका छन्। ,रासस,  , ‘मन्त्रीहरू निर्देशन दिएर जान्छन्, हाम्रो पीडा बुझ्दैनन्’
सेतोपाटी संवाददाता कोरोना संक्रमणको दर बढ्दै जान थालेपछि बाँके प्रशासनले राजनीतिक सभा, सम्मेलन र मेला, महोत्सव लगाउन रोक लगाएको छ। , प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले मंगलबार एक अपिल जारी गर्दै सार्वजनिक स्थलमा हुने सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी मेला, भेला र महोत्सवहरू सञ्चालनमा रोक लगाइएको उल्लेख गरेका छन्। , उनले २५ जनाभन्दा बढी उपस्थित हुने गरी सार्वजनिक स्थलमा कार्यक्रम गर्न रोक लगाएका छन्। , सार्वजनिक स्थलहरू कार्यालय, होटल,  रेष्टुराँ, सिनेमा हल, रंगशाला, हवाई यात्रा, पार्क आदि स्थानमा प्रवेश गर्दा कोरोना विरूद्धको खोप लगाएको कार्ड अनिवार्य गरिएको छ। तर, यो नियम माघ ७ गतेदेखि मात्रै लागु हुने प्रमुख जिल्ला अधिकारी खत्रीले उल्लेख गरेका छन्। , त्यस्तै, सार्वजनिक यातायातमा यात्रा गर्नेले अनिवार्य मास्क लगाएको हुनुपर्ने, सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइनेजस्ता प्रबन्ध गरिएको छ। , बाँकेमा मंगलबार ६१ संक्रमित, बाँकेस्थित बालमन्दिर आइसोलेसनमा परीक्षण गरिएकामध्ये मंगलबार २४ जनामा संक्रमण फेला परेको छ। तीन महिला र २१ पुरूषमा संक्रमण फेला परेको जिल्ला फोकल पर्सन तेज वलीले जानकारी दिए। , त्यस्तै, नेपाल-भारत सीमा नाका जमुना नाकामा थप ३७ जना संक्रमित फेला परेका छन्। जसमा ३० पुरूष र सात महिला छन्। , फोकल पर्सन वलीका अनुसार थपिएका सबै संक्रमित बाँकेभन्दा बाहिरी जिल्लाका हुन्।, बाँकेमा सभा, मेला-महोत्सव गर्न रोक
विवेक राई सरकारले खोप अभियानलाई तीव्र बनाउने भने पनि अहिले पनि एक करोड बढी डोज खोप स्टोरमै थन्किएर बसेको पाइएको छ।, खोप शाखाका अनुसार अहिले देशभरका विभिन्न खोप स्टोरहरूमा लगाउन बाँकी एक करोड बढी डोज खोप छन्। , शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले हिजोमात्र प्रदेशसहित गरेर ९२ लाख २३ हजार लगाउन बाँकी खोप रहेकोमा मंगलबार झन्डै १२ लाख डोज खोप भित्रिएको जानकारी दिए।, 'हिजोसम्म ९२ लाख २३ हजार डोज लगाउन बाँकी खोप थियो। आज फेरि झन्डै १२ लाख डोज थपिएको छ,' थापाले भने। , टेकुस्थित केन्द्रीय खोप स्टोरमा मात्र झन्डै ६२ लाख खोप थन्किएर बसेको छ।, शाखाले अहिले दैनिक एकदेखि तीन लाख डोज खोप मात्र प्रदेशहरूमा पठाउन सकेको छ।, अधिकृत थापा भन्छन्, 'दैनिक तीन लाखसम्म खोप बाहिर गइरहेको छ। आज पनि तीन वटा प्रदेशमा तीन लाख डोज खोप पठाएका छौं।', यही सुस्त गतिमा खोप लगाउने कार्य भएमा अहिले थन्किएर बसेको खोप सिध्याउन झन्डै तीन महिना समय लाग्ने देखिन्छ। जबकि पछिल्लो समय ओमिक्रोन भेरियन्टका कारण संक्रमण जोखिम दिनहुँ बढेको बेला खोप लगाउने कार्यलाई व्यापक बनाउन जरूरी छ। , यसरी खोप थन्किएर बस्दा खोप जनतासम्म नपुग्ने एउटा समस्या त भयो नै, साथसाथै थप खोप भण्डारण गर्न समस्या हुन्छ। किनकि यसअघि पनि खोप स्टोरहरू भरिएपछि थप खोप भण्डारण गर्न समस्या भएको थियो। त्यसले गर्दा सरकारले दैनिक पाँच लाख मानिसलाई खोप लगाउने योजना अघि सार्यो। तर उक्त योजना सफल भएन। , मन्त्रालयका एक अधिकारी खोप थन्किएर बस्नुमा दुइटा कारण देख्छन्।, 'पहिलो सूक्ष्म योजना राम्रो भएन। कहाँ कति खोप चाहिन्छ, कतिले खोप लगाए, कतिले लगाउन बाँकी छ लगायत योजना राम्रो बन्न सकेन,' ती अधिकारीले भने, 'दोस्रो 'कन्टेन्जेन्सी प्लान' अर्थात् भइरहेकोभन्दा फरक योजना बन्न सकेन। हिजो लाख जनालाई खोप लगाउने योजनाले आज काम गर्दैन। त्यसैले आपतकालीन योजना भएन।', तर करोड डोज खोपलाई थन्काएर राख्ने सरकारले माघ पहिलो सातादेखि खोप नलगाएका मानिसलाई सार्वजनिक स्थल जाँदा वा सार्वजनिक सेवा लिन जाँदा खोप कार्ड अनिवार्य चाहिने नियम लागु गरेको छ। अर्थात् उक्त मितिदेखि सबैखाले कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, पार्क, रंगशाला, हवाई यात्रा गर्दा खोप कार्ड अनिवार्य चाहिने भएको छ। , तर उक्त निर्णयप्रति मन्त्रालयका अधिकारीहरूकै असन्तुष्टि छ।, 'यो निर्णय समानताको हिसाबले गलत छ। शतप्रतिशतले खोप लगाएपछि मात्र यो निर्णय लागु गर्नुपर्छ,' मन्त्रालयका एक अधिकारीले भने, 'सरकार आफैं ४० प्रतिशत वा ६० प्रतिशतदेखि खोप लगाउन सकिएन भनेर तथ्यांक देखाउने अनि कार्यक्रममा खोप कार्ड अनिवार्य भन्ने? यो नक्कली कुरा भयो।', स्टोरमै थन्किए एक करोड बढी डोज खोप
रासस पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि जावलाखेलस्थित सदर चिडियाखाना अवलोकन गर्न आउने अवलोकनकर्ताले अनिवार्य रूपमा सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएको छ। , चिडियाखानाका सूचना अधिकारी लीना चालिसेका अनुसार पछिल्लो समय कोरोनाको त्रास बढ्दै गएकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन अनिवार्य गरिएको हो।  , अवलोकनकर्ताले अब मास्क अनिवार्य, चिडियाखानाभित्र बसेर खान र जीव जनावरलाई खुवाउन छुन नपाउने, सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने, आफू गएको समूहसँग मात्रै घुलमिल हुन मिल्ने जस्ता मापदण्डको पालना गर्नुपर्ने छ।   , आगामी दिनमा कोरोना बढ्दै गए थप स्वास्थ्य सुरक्षा पालना गरिनेछ।  , स्वास्थ्य मापदण्ड पालना गर्दै यसअघि झैं हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुनेगरी नै मापदण्ड तयार गरिएको छ।, हाल चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ जीव जनावर छन्। जहाँ मुख्य आकर्षणको रूपमा बाघ, भालु, चितुवा, रेडपाण्डा (रातो हाब्रे) छन्। ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन्।, नेपालमा लोप हुनलागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ।  , उक्त स्थानमा अवलोकनका गर्न विदेशीलाई १ हजार रुपैयाँ, सार्क राष्ट्रका पाहुनालाई ५०० रुपैयाँ, नेपालीलाई २०० रुपैयाँ, विद्यार्थीलाई १३५ रुपैयाँ र ज्येष्ठ नागरिकका लागि ९० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।, तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्धशमसेर जङ्गबहादुर राणाले सन् १९३२ मा निजी चिडियाखानाको रूपमा स्थापना गरेको हो। वि.सं २०११ बाट सर्वसाधरणका लागि खुला गरिएको चिडियाखाना विसं २०५२ बाट यसको व्यवस्थापनको जिम्मेवारी ३० वर्षका लागि नेपाल सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गरेको हो। , चिडियाखाना अवलोकनमा स्वास्थ्य मापदण्ड अनिवार्य
रासस कोरोना संक्रमणलाई रोकथाम र नियन्त्रण गर्ने प्रयोजनका लागि म्याग्दीमा तत्काल शैक्षिक संस्था बन्द नहुने भएका छन्।, कोरोनाको संक्रमण दर बढ्न थालेपछि सिसिएमसिसीको सिफारिसमा शिक्षा मन्त्रालयले माघ १५ गतेसम्मका लागि देशभरका विद्यालय बन्द गराउने निर्णय गरेको थियो। आज सदरमुकाम बेनीमा बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले कोरोना रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सुरक्षा सावधानीलाई कडाइका साथ लागू गर्ने तर तत्काल जिल्लामा शैक्षिक संस्था बन्द नगर्ने निर्णय गरेको हो। , मन्त्रालयले वार्षिक बिदामा समायोजन हुने गरी शैक्षिक संस्था बन्द गर्न भने पनि जिल्लामा रहेका स्थानीय तहका जनप्रतिनिधि र जिल्लास्थित सरोकारवालाको सल्लाहबमोजिम जिल्लामा कोभिडको संक्रमण भयावह र डरलाग्दो अवस्थामा नपुगेकाले तत्काल विद्यालय बन्द नगर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी रानाले बताए।, सिसिएमसीका संयोजकसमेत रहेका प्रजिअ रानाले स्मार्ट लकडाउनलाई कार्यान्वयन गर्ने र सोही कार्यविधिबमोजिम कोरोना संक्रमणको अवस्था हेरेर बन्द तथा लकडाउनको निर्णय गरिने जानकारी दिए। , बैठकले स्वास्थ्य सुरक्षाका मापदण्डलाई कडाइका साथ कार्यान्वयन गर्ने, खोप अभियानलाई व्यापक बनाउने, स्वास्थ्य पूर्वाधार र सामग्रीसँगै जनशक्तिलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ।, जिल्लाव्यापी रूपमा कोरोना संक्रमणबाट बच्च र बचाउन तपाईंको मास्क खोइ ? अभियान चलाउने, सञ्चार माध्ययममार्फत प्रचारप्रसार गर्ने, सामाजिक र भौतिक दूरी कायम गर्न लगाउने, २५ जनाभन्दा बढी मानिस जम्मा भएर कुनै पनि सार्वजनिक कार्यक्रम, मेला, महोत्सव तथा भेला नगर्ने र गर्न रोक लगाउने निर्णय गरिएको छ। , स्मार्ट लकडाउन, २०७८ मा भएको सूचकअनुसार जोखिम मूल्याङ्कन र लकडाउनको तह विश्लेषण गरी स्थानीय तहले कार्यान्वयन गर्ने र सिसिएमसीलाई नियमित रूपमा जानकारी गराउने निर्णय भएको छ। म्याग्दीमा आजसम्म ११ कोरोनाका सक्रिय संक्रमित छन्।, म्याग्दीमा तत्काल विद्यालय बन्द नगर्ने निर्णय
खिलानाथ ढकाल गत शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० लाख रुपैयाँसहित कर्मचारी पक्राउ परेपछि सौर्य एयरलाइन्स राजश्व अनुसन्धान विभागको छानबिनमा परेको छ।, स्रोतका अनुसार त्यो पैसा कुन स्रोतबाट आएको अहिलेसम्म सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले कागजात दिइसकेका छैनन्।, उनले सो रकम सौर्य एयरलाइन्सकै टिकट बिक्रीबाट प्राप्त भएको बताए पनि स्रोत खुल्ने कागजात दिएका छैनन्। कागजात पेश भएपछि पनि विभागले त्यसको विश्वसनीय स्रोत खोज्ने भएको छ।  , पुस १७ गते विराटनगरबाट आएको सौर्य एयरलाइन्सको जहाजमा चाउचाउ लेखिएको कार्टुनभित्र ५० लाख रुपैयाँ भेटिएको थियो।  स्रोत नखुलेको उक्त रकम लिन आएकी एयरलाइन्सकी कर्मचारी रेशा शाक्यलाई प्रहरीले पक्राउ गरेको थियो। , उक्त रकमबारे थप अनुसन्धान गर्न सौर्य एयरलाइन्सका विराटनगरस्टेशन म्यानेजर प्रकाश पौड्याललाई पनि नियन्त्रणमा लिएर काठमाडौं ल्याइएको छ। , पोखरेल झापाका सुपारी व्यापारी पनि हुन् र बरामद भएको पैसा सुपारीको कारोबार गर्दा छलेको राजश्वबाट आएको आशंकामा छानबिन भइरहेको विभाग स्रोतले बतायो।, स्रोतका अनुसार गत साल २५ हजार मेट्रिक टन सुपारी पोखरेलले इन्डोनेसियाबाट आयात गरेका थिए।, त्यो सुपारी प्रतिकेजी ३५० रुपैयाँले आयात गरिएको थियो। तर, यो सुपारी बिक्री गर्दा ५० रुपैयाँ कममा बिल काटिएको छ।, ‘आयातको वास्तविक मूल्यभन्दा कम रुपैयाँमा बिक्री भएकाले सुपारीमा राजश्व छली गरेको भन्न सकियो, तर अहिले अनुसन्धानकै क्रममा रहेकाले किटान गर्न सकिएन,’ स्रोतले भन्यो।, यता कर्मचारी पक्राउ परेपछि अध्यक्ष पोखरेल भने तीर्थाटनमा भारत निस्केका छन्। भारत जानुलाई ‘अर्थपूर्ण’ तरिकाले हेरिएको छ।, यसकारण कि सौर्य एयरलाइन्सका आधिकारिक लगानीकर्ता भारतीय हुन्। पोखरेल दृश्यमा रहेका पात्र मात्रै हुन्।  , सौर्य एयर तीन वर्षअघि घाटामा गएर बन्द हुने अवस्थामा पुगेको थियो। त्यसपछि त्यसको व्यवस्थापन परिवर्तन भयो।, व्यवस्थापन परिवर्तन भए पनि त्यसका सुरूवाती अध्यक्ष पोखरेल नै अध्यक्ष रहे। व्यवस्थापन भारतको कुबेर ग्रुपले ६२ करोड रुपैयाँमा खरिद गरेको बताइएको थियो।, कुबेर ग्रुपले भारतमा गुट्खा उत्पादन गर्छ। त्यो कम्पनीमा विदेशबाट ल्याइएको सुपारी घुमाइफिराइ नेपाली भनेर पुर्‍याइन्छ। त्यसैले पोखरेलको साइनो कुबेर ग्रुपसँग छ।, विमानस्थलमा सौर्य एयरलाइन्सका कर्मचारीबाट बरामद भएको नगद।, अहिले राजश्व अनुसन्धान विभागले स्रोत नखुलेको रकम बरामद गर्दा कुबेर ग्रुपले कुन च्यानलबाट सौर्य एयरमा लगानी भित्र्यायो भन्ने स्वाभाविक प्रश्न उठेको छ।, स्रोतका अनुसार सौर्य एयरलाइन्सको व्यवस्थापन परिवर्तन हुँदा तीन अर्ब ५० करोड रुपैयाँ नेपाल भित्रिएको छ। तर, त्यो रकम भित्रिएको औपचारिक च्यानल भने देखिएको छैन।, त्यो रकम हुण्डीबाट नेपाल भित्रिएकाले कानुनी दायित्व पूरा नगरेको देखिँदा अहिले स्रोत नखुलेको रकमको लहरो सौर्यको व्यवस्थापन परिवर्तन हुँदाको कारोबारसम्म पुग्ने देखिएको छ।, विभाग स्रोतले यी सबै प्रकरणमाथि छानबिन सुरू भएको बतायो।, व्यवस्थापन परिवर्तन हुँदा ६२ करोड मात्रै खर्च भएको भनिएको छ। तर, बाँकी रकम कहाँ गयो भन्ने पनि अनुसन्धानको पाटो छ।, ‘अहिले तथ्यमा आएको कुरा, अनौपचारिक च्यानलबाट आएको लगानी सबै विषयमा प्रारम्भिक अनुसन्धान चलिरहेको, प्रारम्भिक अनुसन्धानमा आएको तथ्यपछि हामी विस्तृत अनुसन्धान गर्छौं,’ विभाग स्रोतले भन्यो।  , इन्डोनेसियाबाट आयात गरिएको सुपारी २०६० सालयता भारतमा गैरकानुनी तरिकाले निकासी हुन थालेको थियो। भारत निर्यात गर्दा उल्लेख्य आम्दानी हुने भएपछि सुपारी कारोबारमा संगठित समूह सक्रिय छ। सो समूहले अहिले पनि नेपाली सुपारीको उत्पत्तिको प्रमाण पत्र जारी गरेर तेस्रो देशबाट आयातित सुपारी भारत निकासी गर्ने गरेको छ।, भारतमा गुट्खाका उद्योग धेरै रहेकाले सुपारीको माग उच्च छ। नेपाली कृषकले उत्पादन गरेको सुपारी आन्तरिक बजारमै बढी खपत हुने गरेको छ।, विमानस्थलमा ५० लाख रुपैयाँसहित कर्मचारी पक्राउ परेपछि राजश्व अनुसन्धानको घेरामा सौर्य एयरलाइन्स
सेतोपाटी संवाददाता बर्दिया प्रहरीले १० जुवाडेलाई नगदसहित पक्राउ गरेको छ।, बाँसगढी नगरपालिका-७ बड्की देउडाका दुलिचन थारूको घरबाट प्रहरीले मंगलबार १० जना जुवाडेलाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा बाँसगढी नगरपालिका-७ का दुलिचनसहित आइतबारी थारू, श्यामप्रसाद थारू, रामकुमार थारू, भागिराम कुमाल, सीताराम थारू, उपेन्द्र खड्का, मोहम्मद अलि, मनोजकुमार थारू र रविन्द्र सापकोटा रहेको बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए।  , इलाका प्रहरी कार्यालय मोतिपुरको टोलीले नगद १ लाख ८२ हजारसहित उनहरूलाई पक्राउ गरेको कार्कीले जानकारी दिए। पक्राउ परेकाहरूलाई जुवा सम्बन्धी कसुरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।, बर्दियाबाट १० जुवाडे नगदसहित पक्राउ
रासस भक्तपुरका करिब ६ हजार विद्यार्थीले कोरोनाविरुद्धको मोडर्ना खोप लगाएका छन्। खोप अभियानअन्तर्गत १२ देखि १७ वर्ष उमेर समूहका भक्तपुरका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीले खोप लगाएका हुन्।, विद्यार्थीको सहजतालाई ध्यानमा राखी जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहसँगको समन्वयमा विद्यालयमा नै खोप केन्द्र राखी खोप दिएको छ। स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारका अनुसार मंगलबारसम्म जिल्लाको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाभित्रका विद्यालयमा खोप अभियान सम्पन्न भएको छ। त्यस्तै मध्यपुरथिमि र भक्तपुर नगरपालिकाका विद्यालयमा मंगलबारदेखि खोप अभियान सुरु भएको मिजारले बताए।, कोरोना संक्रमणको बढ्दो जोखिमलाई न्यूनीकरण गर्न खोप अभियान सञ्चालन भइरहेको छ। ‘विद्यालय बन्द भए पनि स्थानीय तह र विद्यालयले समन्वय गरी खोप लगाउनेछन,’ उनले भने। , भक्तपुर नगरपालिकाले खोप अभियान बिहान ९ देखि ३ बजेसम्म सञ्चालन हुने र खोप लगाउन विद्यार्थीले विद्यालयको परिचयपत्र अनिवार्य साथमा ल्याउनुपर्ने प्रावधानको व्यवस्था गरेको छ। खोप अभियानका लागि भक्तपुरले विभिन्न विद्यालय तथा कलेजमा खोप केन्द्र तोकेको छ।, भक्तपुरमा ६ हजार विद्यार्थीले लगाए कोरोनाविरुद्धको खोप
सेतोपाटी संवाददाता झापामा जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)  बैठकले जिल्लाका संस्थागत र सामुदायिक सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ। यो निर्णय माघ १४ गतेसम्म लागू हुने जिल्ला प्रसाशन कार्यालय झापाले जनाएको छ।, मंगलबार बसेको बैठकले २५ जनाभन्दा बढी भेला हुनेगरी कुनै पनि भेला, मेला र महोत्सव आयोजना गर्न नपाइने पनि निर्णय गरेको छ।, झापाका निमित्त प्रमख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेको अध्यक्षतामा बसेको बैठकले कोरोनाको तेस्रो लहर सुरू भएको र झापा पनि अछुतो नरहेको भन्दै यी निर्णय गरेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।, छिमेकी भारतमा संक्रमण दर बढेको हुँदा अति आवश्यक नपरी सीमापारि नजान र जानै परे कोभिड-१९ विरुद्धको खोप लगाएको कार्ड अनिवार्य साथमा राख्न पनि निर्णय गरेको छ। बैठकले काँकडभिट्टा लगायत नेपाल प्रवेश बिन्दुमा एन्टिजेन परीक्षण प्रभावकारी बनाउन, सार्वजनिक स्थलमा निःशुल्क एन्टिजेन परीक्षणको व्यवस्था मिलाउन र खोप अभियान प्रभावकारी बनाउन स्वास्थ्य कार्यालयलाई अख्तियारी दिएको छ।, माघ ७ गतेदेखि सार्वजनिकस्थलहरू (कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाइयात्रा, पार्क आदि) मा खोप लगाएको कार्ड अनिवार्य देखाए मात्र प्रवेश दिने व्यवस्था लागू गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी न्यौपानेले सेतोपाटीलाई बताए। उनले त्यसै दिनदेखि सार्वजनिक तथा सरकारी सेवा प्राप्त गर्न समेत खोप कार्ड अनिवार्य गर्ने निर्णय भएको समेत बताए।, होल्डिङ सेन्टर, आइसोलेसन सेन्टर र अस्पताल तयारी अवस्थामा राख्न समेत समितिले जिल्लाका स्थानिय तहलाई आग्रह गरेको छ।, झापाका सबै निजी र सामुदायिक स्कुल माघ १४ गतेसम्म बन्द हुने
सेतोपाटी संवाददाता ऐतिहासिक, धार्मिक–सांस्कृतिक, पर्यटकीय तथा पुरातात्विक नगर पनौतीमा बाह्रवर्षे मकर मेला लाग्न दुई दिन बाँकी छ।, मकर सङ्क्रान्तिदेखि माघ महिनाभर चल्ने उक्त मेलामा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर २५ जनाभन्दा कम व्यक्तिको उपस्थितिमा मात्र स्नान गर्न पाइने भएको छ।, जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी)को बैठकले कोरोना सङ्क्रमणको उच्च जोखिम रहेकाले सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम तथा महोत्सव नगर्न स्थानीय तहसँग आग्रह गरेको छ। , साथै पनौती नगरपालिका–७ त्रिवेणीघाट क्षेत्रमा सञ्चालन हुने १२ वर्षे बृहत् मकर मेलामा २५ जनाभन्दा कम र भीडभाड नहुने गरी स्वास्थ्यका सम्पूर्ण मापदण्ड अपनाई भक्तजनलाई स्नानमात्रै गर्ने व्यवस्था मिलाउन सुरक्षा निकाय, पनौती नगर कार्यालय तथा मेला व्यवस्थापन पक्षलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए।, नगरपालिका कर्यालयले सूचना जारी गर्दै स्वास्थ्यका मापदण्ड अपनाएर मेला तथा अन्य विविध कार्यक्रम स्थगन गरिएको जनाएको छ। ‘मेलामा भीडभाड नगर्न र स्वास्थ्य मापदण्ड अपनाएर मात्रै २५ जनाभन्दा कम व्यक्तिको उपस्थितिमा स्नानमात्रै गर्न पाइने सूचित गरेका छौं’, नगरप्रमुख भीम न्यौपानेले भने। मेला भर्न छिमेकी भारतबाट समेत तीर्थालु आउने गरेका छन् । , मेला लाग्ने प्रमुख स्थान पनौतीस्थित त्रिवेणीघाट हो। पनौती सङ्घीय राजधानी काठमाडौंबाट पूर्वतर्फ २५ किलोमिटर तथा बनेपाबाट ६ किलोमिटर दक्षिणमा पर्छ। मेलाका लागि नगरले गत वर्ष रु पाँच करोड र यस वर्ष रु तीन करोड बजेट छुट्याएको छ। त्रिवेणीघाटमा नुहाई त्यहाँको जल उत्तरतर्फ कुञ्जगिरिस्थित गोरखनाथलाई अर्पण गर्नाले पुण्य मिल्ने धार्मिक विश्वास छ ।,  , पनौतीको बाह्रवर्षे मकर मेलामा स्वास्थ्यको मापदण्ड अपनाएर स्नान
सेतोपाटी संवाददाता धनगढीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटनामा परेको छ।, मन्त्री आले चढेको सु.प. प्रदेश ०१-००१झ ३३३ नम्बरको गाडी मंगलबार राति धनगढी विमानस्थलनजिकै सडकमा दुर्घटनामा परेको हो।, सो गाडीलाई बा४च १३७७ नम्बरको कारले ठक्कर दिएको कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।, धनगढी विमानस्थलबाट बाहिरिने क्रममा निजी कारले मन्त्री आले चढेको गाडीमा राति ८:२० बजे ठक्कर दिएको अधिकारीले बताए।, कारले ठक्कर दिए पनि सवार रहेका मन्त्रीसहित सबै जना सकुशल रहेको उनले जानकारी दिए। मन्त्री आले अर्को गाडी चढेर कञ्चनपुर गइसकेका छन्।, ‘कार चालक हाम्रो नियन्त्रणमा छन्, मन्त्रीज्यू चढेको गाडीमा क्षति पुगेको छ,’ अधिकारीले भने।, पर्यटन मन्त्री आले चढेको गाडीलाई कारले दियो ठक्कर
सेतोपाटी संवाददाता नेपाल प्रहरीले काठमाडौंको नागढुङ्गाबाट लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।, वीरगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश २-००३-००१ ख ३६२२ नम्बरको यात्रुबाहक बस चेकजाँचका क्रममा लागुऔषधसहित भारत बिहारका २० वर्षीय प्रेमकुमार महतोलाई सोमबार महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले पक्राउ गरेको हो।, उनलाई मंगलबार प्रहरीले सार्वजनिक गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पक्राउ परेका महतोले झोलामा लागुऔषध लिएर काठमाडौंभित्र प्रवेश गर्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको जानकारी दिए।, प्रहरीले महतोको साथबाट २०० एम्पुल नुर्फिन, २०० एम्पुल फेनार्गन र २०० एम्पुल डाइजेपाम बरामद गरेको हो। पक्राउ परेका महतोलाई लागुऔषध नियन्त्रण ऐन-२०३३ बमोजिम महानगरीय प्रहरी वृत्त थानकोटबाट अनुसन्धान भइरहेको उनले बताए। रासस, लागुऔषधसहित भारतीय नागरिक पक्राउ
सेतोपाटी संवाददाता पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारी ३ स्थित सोल्टी पुलमा बुधबार बिहान ट्याक्टरको ठक्करबाट कलेज गइरहेका एक विद्यार्थीको मृत्यु भएको छ।, बिहान करिब ५: ३० बजेको समयमा प्रदेश १-०१-०१२ प ७१५२ नम्बरको मोटरसाईकलबाट नेपाल दर्शन कलेज गइरहेका उर्लाबारी ७ का निश्चल बानियाँलाई को २ त ८२९६ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो।, बिपरित दिशाबाट आउँदै गरेको ट्याक्टरको ठक्करबाट २१ वर्षिय बानियाँको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।, ठक्कर दिने ट्याक्टर र त्यसका चालक मोरङको मिक्लाजुङ गाउँपालिका-६ का १९ वर्षिय मोहन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, मृतक बानियाँको शवलाई पोष्टमार्टमका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा राखिएको प्रहरीले जनाएको छ।, कलेज जाँदै गरेका विद्यार्थीलाई ट्याक्टरले ठक्कर दियो, घटनास्थलमै मृत्यु
सेतोपाटी संवाददाता बुधबार देशका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। , मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेकाले प्रदेश नम्बर-१ र प्रदेश नम्बर-२ सहित देशका पहाडी भूभागमा सामान्य बदली छ। बाँकी स्थानहरूमा आंशिक बदली रहेको छ।, आज काठमाडौंमा घाम लाग्ने छ। तर दिउँसोतिर केही स्थानमा बादल देखिने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले सेतोपाटीलाई जानकारी दिइन्।, यस्तै आज दिउँसो सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश-१, प्रदेश-२, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना छ। , यस्तै, प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।, प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ।, यस्तै भोलिदेखि न्यून चापीय प्रणालीको प्रभाव केही कम हुनेछ। ‘आजभन्दा भोलि मौसममा केही सुधार हुनेछ। ठूलो खालको वर्षाको सम्भावना छैन। कतै कतै छिटपुट वर्षा हने देखिन्छ’, मान्धरले भनिन्,‘बिहिबारदेखि देशभर आंशिक बदली रहने सम्भावना छ। अपरान्ह पछाडि प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।’, शुक्रबार देशभर आंशिक बदली रहनेछ। अपरान्ह पछाडि प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा फाटफुट/हल्का हिमपातको सम्भावना रहेको छ।, आज देशका केही भागमा वर्षा र हिमपात हुनसक्ने, भोलिदेखि मौसममा सुधार
रासस जिल्ला प्रशासन कार्यालय एवं जिल्ला विपद् व्यवस्थापन समितिले कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन सार्वजनिकस्थलमा कडाइ गर्न सुरु गरेको छ । , कोरोना भाइरस सङ्क्रमण फेरी बढ्दै गएपछि भक्तपुरमा स्वास्थ्य मापदण्ड पालनलाई कडाइ गरिएको र आजदेखि माइकिङ सुरु गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिए।, घर बाहिर निस्कँदा मास्क नलगाउनेलाई अब कारबाही गरिने भएको छ। ‘कोरोना सङ्क्रमणबाट बच्न अनिवार्य मास्क लगाउन सबैलाई आह्वान गरेका छौं, आजदेखि माइकिङ गर्दैछौं, मास्क लगाउन, साबुनपानीले हात धुन, स्यानिटाइजर लगाउन, सामाजिक तथा भौतिक दूरी कायम राख्न, भीडभाड नगर्न आह्वान गर्दैछौं,’ उनले भने। , सार्वजनिक यातायातका साधनमा भीडभाड नगर्न, अनिवार्य मास्क लगाउन, चालक तथा सहचालकलाई मास्क, फेसमास्क लगाउन कडाइ गरिने छ। प्रजिअ शर्माले भने, ‘सार्वजनिक यातायातदेखि सार्वजनिकस्थलमा अनुगमन गर्छाैं।’ , जिल्लाका सरकारी तथा निजी अस्पताललाई तयारी अवस्थामा रहन उनले निर्देशन दिए। सङ्कट समाधानका लागि यहाँका सबै अस्पताललाई तयारी अवस्थामा राखिएको छ । , भक्तपुरमा कोरोनाविरूद्धको खोप अभियानलाई प्रभावकारी बनाउन जनप्रतिनिधि, सुरक्षा निकायलगायत सबै संयन्त्रको सहयोग र समन्वयमा काम भइरहेको छ। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारका अनुसार मध्यपुरथिमि नगरपालिकामा ११ जनामा नयाँ भेरियन्ट  फेला परेको छ।, चाँगुनारायणमा तीन, सूर्यविनायकमा आठ र अन्यमा चार नयाँ सङ्क्रमित थपिएका छन् । भक्तपुरमा हालसम्म कोरोनाबाट ३५७ जनाको मृत्यु भएको छ। जिल्लामा १८५ सक्रिय सङ्क्रमित छन् । हालसम्म दुई लाख ३३ हजार ७५१ जनाले खोप लगाएको मिजारले जानकारी दिए।, भक्तपुर नपामा ५१ हजार ५९६, चाँगुनारायणमा ४१ हजार ९०९, मध्यपुरथिमिमा ५८ हजार ५८१ र सूर्यविनायक नपामा ८१ हजार ७०५ जनाले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन्। , सङ्क्रमण फैलिन नदिन भक्तपुरको सार्वजनिकस्थलमा कडाइ
एजेन्सी भारतमा एकैदिन कोरोनाभाइरसका झन्डै दुई लाख संक्रमित थपिएका छन्।, पछिल्लो २४ घन्टामा भारतभरि एक लाख ९४ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको बिबिसी हिन्दीले जनाएको छ। योसँगै भारतमा ९ लाख ५५ हजार बढी सक्रिय संक्रमित पुगेका छन्।, भारतमा पछिल्लो समय कोरोनाभाइरसको तेस्रो लहर चलिरहेको छ। डिसेम्बर अन्तिमसम्म भारतमा दैनिक संक्रमितको संख्या १० हजारभन्दा कम थियो।  , ओमिक्रोन भेरियन्टसँगै आएको तेस्रो लहरमा संक्रमण दिन दुई गुणा रात चौगुणाका दरले बढिरहेको छ। , त्यस्तै पछिल्लो २४ घन्टामा भारतभर ४४२ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। , ‍बुधबारसम्म भारतमा तीन करोड ५७ लाख बढीमा संक्रमण देखिएको छ भने ४ लाख ८४ हजार बढीले ज्यान गुमाएका छन्। , यसअघि डेल्टा भेरियन्ट फैलिँदा भारतमा एकैदिन कोरोना संक्रमित हुनेको संख्या चार लाख बढी पुगेको थियो। , वोर्ल्डोमिटरका अनुसार गत मे ६ मा ४ लाख १४ हजार ४३३ जनामा संक्रमण भएको थियो। यो संख्या भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिएको संख्या हो। , सबैभन्दा धेरै संक्रमित संख्या हुने राष्ट्रमा भारत दोस्रो स्थानमा छ। ६ करोड ३३ लाख ९० हजार ८७६ संक्रमितसहित अमेरिका पहिलो स्थानमा छ।, भारतमा एकैदिन थपिए झण्डै दुई लाख कोरोना संक्रमित
एजेन्सी मंगलबार पूर्वी एसियाली मुलुक कम्बोडियामा एउटा मुसाको मृत्यु भयो। मुसाको मृत्यु भएको केहीबेरमै संसारभरका प्रतिष्ठित सञ्चारमाध्यममा यो समाचारको विषय बन्यो।, मागावा नामको त्यो मुसाले बाँचुञ्जेल निकै ठूलो काम गरेको थियो। समाचार संस्था रोयटर्सका अनुसार सन् २०१४ मा अफ्रिकी मुलुक तान्जेनियामा जन्मिएको मागावालाई काम गर्नका लागि सन् २०१६ मा कम्बोडिया पठाइएको थियो।, उसको काम थियो- जमिनमूनि गाडिएका बिस्फोटक पदार्थ पत्ता लगाउने।, लामो समय गृहयुद्ध भोगेको कम्बोडियामा अहिले पनि जमिनमूनि गाडिएका बिस्फोटक पदार्थले थुप्रै मानिसको ज्यान लिने गरेका छन्। युद्धका समयमा गाडिएका ल्यान्डमाइन बिस्फोट हुँदा हजारौं मानिस अंगभंग भएका छन्। कम्बोडियाको जमिनमूनि रहेका बिस्फोटक पदार्थ पत्ता लगाउन मागावाले पाँच वर्ष काम गरेको थियो। यो अवधिमा उसले २४ लाख स्क्वायर फिट जमिनमा बिस्फोटक पदार्थ भए/नभएको खोजेको थियो। उक्त जमिनमा ७१ ठाउँमा ल्यान्डमाइन भेटिएका थिए।, मागावाको कामको सम्मानमा बेलायतको पशुपन्छीसम्बन्धी काम गर्ने संस्था पिडिएसएले सन् २०२० मा गोल्ड मेडल नै दियो। उक्त संस्थाले ७७ वर्षदेखि विभिन्न पशुपन्छीलाई अवार्ड दिँदै आएको छ। पिडिएसएको गोल्ड मेडल पाउने मागावा पहिलो मुसा हो।, मागावा गत वर्ष जुनमा कामबाट अवकाश भएको थियो। उसले गरेको कामको सम्मानमा उसलाई ‘हिरोर्‍याट’ उपनाम दिइएको थियो। अवकाशपछि पनि मागावा स्वस्थ नै थियो तर गत शनिबारदेखि उसको स्वास्थ्यमा समस्या आएको थियो।, युद्धग्रस्त र युद्धबाट तंग्रिएका क्षेत्रमा ठूलो मात्रामा जमिनमूनि बिस्फोटक पदार्थ भेटिने गरेका छन्। तर ठूलो भू-भागमा बिस्फोटक पदार्थ भए/नभएको पत्ता लगाउनु निकै कठिन काम हो। अनुसन्धानकर्ताहरूले त्यस्ता बिस्फोटक पदार्थ पत्ता लगाउन छिटो दौडिन सक्ने र सुँघ्ने क्षमता निकै बलियो भएका मुसालाई प्रयोग गर्न सकिने विधि पत्ता लगाएका थिए।, मागावालाई एपिओपिओ नामक संस्थाले तान्जेनियामा ल्यान्डमाइन पत्ता लगाउने तालिम दिएको थियो। ल्यान्डमाइन पत्ता लगाएबापत मुसालाई मन पर्ने खानेकुरा दिने लगायत विधि अपनाएर तालिम दिइन्छ। मुसाहरूले आधा घन्टामा दुई सय स्क्वायर फिटसम्म जमिन स्क्यान गर्न सक्छन् त्यही काम गर्न मानिसलाई चार दिनसम्म लाग्न सक्छ। , मागावाको निधनमा एपिओपिओले गहिरो दु:ख व्यक्त गरेको छ।, अवकाशपछि मरेको मुसाको बन्यो संसारभरि समाचार!
रासस म्याग्दीमा कोभिड–१९ विरूद्धको पूर्ण खोप ५८ हजारभन्दा बढीले लगाएका छन्।, गत वर्षको माघ १४ गतेदेखि जिल्लामा कोरोनाविरूद्धको खोप अभियान सञ्चालन भएको थियो।, हालसम्म जिल्लामा ५८ हजार ३४३ जनाले कोरोनाको पहिलो र दोस्रो मात्राको पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले जानकारी दिए। , जिल्लामा १८ वर्षमाथिको लक्षित जनसंख्याको ९४ प्रतिशतले पहिलो मात्रा र ८० प्रतिशतले पहिलो र दोस्रो दुवै गरी पूर्ण मात्राको खोप लगाएको उनले बताए। पहिलो मात्रा लगाएर दोस्रो नलगाउने १४ प्रतिशत छन्। , जिल्लामा १८ वर्षमाथिका लक्षित जनसंख्या ७२ हजार ९७३ रहेकामा पहिलो मात्रा लगाएर दोस्रो नलगाउने र दुवै मात्रा नलगाउनेहरू समेत रहेकाले उनीहरूलाई तत्काल स्वास्थ्य संस्थाहरूको सम्पर्कमा आएर खोप लगाउने अनुरोध गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ। , यसैगरी १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरूलाई समेत खोप अभियान सञ्चालन भएको छ।, जिल्लामा हालसम्म ११ हजार २७८ जना बालबालिकाहरूलाई कोभिड-१९ विरूद्धको मोडर्ना खोपको पहिलो मात्रा लगाइएको स्वास्थ्य कार्यालय प्रमुख लम्सालले जानकारी दिए। , उनका अनुसार, उक्त उमेर समूहका १२ हजार ५४७ जना लक्षित जनसंख्या रहे पनि ९० प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् भने उनीहरूलाई आगामी माघ दोस्रो साता दोस्रो मात्राको खाप लगाउने तयारी गरिएको छ।, उनले जिल्लामा खोप पर्याप्त रहेकाले छुटेका लक्षित समूहका नागरिकहरुलाई खोपको पहुँचमा ल्याउन स्थानीय तहहरूले पहल गर्नुपर्ने बताए।, १८ वर्ष माथिका लक्षित जनसङ्ख्यामध्ये अन्नपूर्णका गाउँपालिकामा ९५, रघुगङ्गामा ६०, धवलागिरिमा ७७, मालिकामा ७६, मङ्गलामा ७५ र बेनी नगरपालिकामा ८७ प्रतिशतले पहिलो र दोस्रो मात्राको खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ।,  , म्याग्दीमा ५८ हजार बढीले लगाए कोभिडको पूर्ण खोप
सेतोपाटी संवाददाता कैलालीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोहन्याल गाउँपालिका–२ बेलघारीका ५२ वर्षीय बलासिंह घर्ती मगर छन्।, उनी बुधबार घरदेखि नजिकै रहेको जंगलमा बाख्रा चराउन गएका बेला भिरबाट लडेका थिए। , उनको शव लडेको ठाउँबाट २ सय मिटर तल फेला परेको प्रहरीले जनाएको छ ।,  , कैलालीमा भिरबाट लडेर एक जनाको मृत्यु
नारायण खड्का बाँकेमा आतंक सृजना गरेको नरभक्षी बाघको नियन्त्रणको लागि  पाडो जंगलमा राख्न थालिएको छ। , मंगलबार रातभर राप्ती सोनारी गाउँपालिका वडा नं. ६ अन्तर्गतको शिद्धेश्वरी सामुदायिक वन क्षेत्रमा एउटा पाडो राखिएको भए पनि बाघ नआएको डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी गणेश खड्काले सेतोपाटीलाई बताए। , ‘बाघ लोभ्याउन चारोको रूपमा रातभर एउटा पाडो शिद्धेश्वरी सामुदायिक वन क्षेत्रको केहीभित्र राखिएको थियो’, खड्काले भने, ‘तर, बिहान गएर हेर्दा पाडो सकुशल फेला पर्‍यो।’, सूचना अधिकारी खड्काले बुधबार सोही वन क्षेत्रका दुई फरक-फरक स्थानमा दुइटा पाडा राख्न लागिएको जानकारी दिए। , बाघले पाडो खाएपछि अघाएर आसपासमै आराम गर्ने हुँदा त्यसको खोजी गर्न सहज हुने उनले बताए। , ‘बाघले आहारा खाएपछि धेरै टाढा जाँदैन,’ उनले भने, ‘जसले गर्दा बाघको खोजी र पहिचान गर्न सहज हुन्छ।’ , त्यसरी पहिचान भइसकेपछि सार्पसुटरले रूखमा लुकेर बसी सुट गर्ने योजना बनाइएको सूचना अधिकारीले खड्काले जानकारी दिए। , बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रका सामुदायिक वनमा घाँस, दाउरा लिन गएका दुई महिलाको दुई दिनको अन्तरमा बाघले ज्यान लिएपछि नियन्त्रणको प्रयास स्वरूप चितवन राष्ट्रिय निकुञ्जबाट प्राविधिक टोली बाँके पुगेको हो। , सोमबार पुगेको प्राविधिक टोलीमा भेटनरी डाक्टर, सार्प सुटरसहितको टोली जंगलमा खटिँदै आएको छ।, नरभक्षी बाघको खोजी र पहिचानका लागि दुइटा हात्तीसहित नेपाली सेना, वनका कर्मचारी, राष्ट्रिय निकुञ्जका कर्मचारी खटिँदै आएका छन्। , दाङसँग सीमाना जोडिएको बाँकेको राप्ती सोनारी गाउँपालिका तथा नरैनापुर क्षेत्रमा चार महिनाको अवधिमा बाघले चार जनाको ज्यान लिइसकेको छ। अन्य केहीलाई आक्रमण समेत गरेको हुँदा स्थानीय त्रसित बनेका छन्। , यससघि असोजमा बाघलाई नियन्त्रणमा लिने प्रयास भएको थियो। बाँके राष्ट्रिय निकुञ्जको आग्रहमा बर्दिया राष्ट्रिय निकुञ्जबाट प्राविधिक झिकाएर जंगलमा पाडो राखेर नरभक्षी बाघको पहिचान र नियन्त्रणमा लिने प्रयास सफल हुन सकेको थिएन।, बाँकेमा नरभक्षी बाघ समात्न पाडालाई बनाइँदैछ चारो
रासस माघेसङ्क्रान्ति नजिकिएसँगै महोत्तरीका थारू र मगर समुदायको बस्तीमा चहलपहल बढेको छ। प्राचीन मिथिला क्षेत्रको बोलीचालीमा यो पर्वलाई ‘तिलासक्रायत’ भनिन्छ। यसपालि यो पर्व शनिबार परेको छ।, थारू बस्तीमा अहिले पर्वका लागि सबै माछाको सिद्रा, खसी, हाँस, कुखुरासहितको जोहोमा लागेका छन् । बाक्लो हुस्सुले डम्म ढाकेर चिसो निकै बढे पनि थारू बस्तीलाई पर्वको चहलपहलले तताएको छ। छोरीचेली, ज्वाँइचेला, भाञ्जाभाञ्जी र नजिकका इष्टमित्र पर्वमा डाक्ने थारू जातिको परम्परा छ । भङ्गाहा नगरपालिका–७ मेघरोलकी नगिना सिंह थारू पर्वका लागि आवश्यक बस्तु जुटाउने चटारो बढेको बताउँछन्।, बर्दिवास, औरही र गौशाला नगरपालिका क्षेत्रमा बसोबास गर्दै आएको मगर समुदाय पनि माघेसङ्क्रान्तिको तयारीमा जुटेको छ। मगर जातिमा पनि माघेसङ्क्रान्ति पर्वमा छोरीचेली, ज्वाइँचेला, भाञ्जाभाञ्जी र मितमितिनी र नजिकी इष्टमित्रलाई चाडमा निम्तो दिने चलन छ। बर्दिवास र गौशालामा मगर समुदायको बाक्लो बसोबास छ। बर्दिवासका केही बस्ती, गौशाला, भङ्गाहा र रामगोपालपुरमा थारूको बाहुल्यता छ ।, बजारमा तील, सख्खर (मिठ्ठा), चिउरा र मुरी किनबेच बढेको छ ।  तील, चिउरा, मुरी (विशेष प्रकारको चामलबाट बनाइने भुजा) र जुनेलो (अन्न विशेष) भुटेर सख्खरको खुँदोमा  मिसाइ लाई (लड्डु) बनाइने परम्परा छ। गौशाला निगौल बस्तीकी रासवती थारूका अनुसार तील, चिउरा, जुनेलो र मुरीका लाई (लड्डु) बनाएर कूलदेवतालाई चढाइ खाने मैथिल परम्परा छ । बजारमा तील र सख्खरको मूल्य आकाशिएको छ । यसअघि प्रतिकिलो १५० देखि २०० सम्म  पाइने तील अहिले ३५० सम्ममा र सख्खर प्रतिकिलो १०० सम्ममा बिक्री भइरहेको छ । , उखु किसान पर्वलाई लक्षित गरी घरघरमा उखु पेलेर मिठ्ठा (सख्खर) बनाउन व्यस्त छन् । उखुु किसान तिलासक्रायत पर्वमा मिठ्ठा (सख्खर)को माग र भाउ दुवै बढ्दा केही राहत भएको बताउँछन् । पर्वमा तील, चिउरा र मुरीलाई सख्खरमा मुछेर बनाइएको लड्डु विवाहिता छोरी/चेली, मित एवं अन्य आफन्तको घरमा ‘सनेस’ (कोसेली) पठाउने चलन छ । , थारू र मगर बस्तीमा माघेसङ्क्रान्तिको तयारी