content
stringlengths 20
64.1k
⌀ |
|---|
रासस नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले प्रहरी नियमावलीको पछिल्लो संशोधनले तल्लो तहमा काम गर्ने प्रहरी कर्मचारीमा उत्प्रेरणा र नैतिक बल थपिएको बताएका छन्।, प्रहरी प्रधान कार्यालयमा पत्रकारहरूसँग मंगलबार कुराकानी गर्दै उनले पछिल्लोपटक प्रहरी नियमावली संशोधन गरी थप गरिएका तीन पदले २० वर्षदेखि एउटै पदमा बसेर काम गर्ने प्रहरी कर्मचारीलाई थप उर्जा मिलेको बताए।, ‘यसले प्रहरी कर्मचारीमा वृत्तिविकासको अवसर समानरूपमा पाउनुका साथै एउटै पदमा लामो समय बस्नुपर्ने अवस्थालाई अन्त्य गरेको छ’, केसीले भने।, पद थप गर्दा प्रहरी कर्मचारीको सेवा सुविधामा भिन्नता ल्याउनुका साथै प्रहरीको मनोवल उच्च बनाएको उनको भनाइ थियो।, प्रहरीमा सहायक हवल्दार, वरिष्ठ हवल्दार र वरिष्ठ प्रहरी नायब निरीक्षकको पद थप गरिएको हो।, पाँच वर्ष काम गरेका प्रहरी जवानलाई सहायक हवल्दार, प्रहरी हवल्दारलाई वरिष्ठ प्रहरी हवल्दार र प्रहरी नायब निरीक्षकलाई वरिष्ठ प्रहरी नायब निरीक्षकमा पदोन्नति गर्ने गरी उक्त नियमावली संशोधन गरिएको हो।, कार्यालय सहयोगीमा भने पाँच तह रहने गरी प्रहरी नियमावलीमा थप गरिएको प्रवक्ता केसीले बताए।, तीन तह थप गरेर प्रहरी नियमावली संशोधन गरेसँगै हाल रहेको जनशक्तिमा अब प्रहरी सहायक हवल्दारमा ३३ प्रतिशत, वरिष्ठ प्रहरी हवल्दारमा २५ प्रतिशत र वरिष्ठ प्रहरी नायब निरीक्षकमा ३३ प्रतिशत बढुवा हुने भएको छ।, हाल नेपाल प्रहरीमा प्रहरी जवानमा ४७ हजार ५३, प्रहरी हवल्दारमा १४ हजार ९८९ र प्रहरी नायब निरीक्षकमा चार हजार २९६ जनशक्ति कार्यरत छन्।, प्रहरीमा यसअघि १२ वर्षसम्म एउटै पदमा बसेर अवकाशमा जाने प्रहरी नायब उपरीक्षकसम्मका प्रहरी कर्मचारीलाई अवकाश हुनुभन्दा एक महिना अगाडि नै स्वतः बढुवा दिने व्यवस्था गरिएको थियो।, अब भने आठ वर्षसम्म एउटै पदमा बसेर अवकाश जाने प्रहरीलाई स्वतः एक तह बढुवा दिने व्यवस्था गरिएको छ। उक्त व्यवस्थाले प्रहरी कर्मचारीमा आत्मवल र हौसला मिलेको प्रवक्ता केसीले बताए।,
'नियमावली संशोधनले प्रहरीलाई ऊर्जा मिलेको छ'
|
सेतोपाटी संवाददाता कोरोना संक्रमित बढेसँगै प्रसिद्ध धार्मिक स्थल गोरखाको मनकामना मन्दिरमा भक्तजनलाई रोक लगाइएको छ।, भक्तजनलाई माघ ७ गते शुक्रबारदेखि मन्दिरमा पूजाआजाका लागि रोक लगाउने निर्णय भएको छ।, मन्दिरमा भिडभाड हुने भएको र त्यहाँ कोरोना सङ्क्रमण फैलन सक्ने जोखिमलाई ख्याल गर्दै मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरिएको हो।, कोरोना तीव्ररुपमा फैलिएपछि भक्तजनका लागि पूजाआजामा रोक लगाउने निर्णय गरिएको मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले बताए।, समितिको मंगलबार बसेको बैठकले मन्दिरमा शुक्रबारेदखि नित्य पूजाबाहेक अन्य सबै पूजाआजा बन्द गर्ने निर्णय गरेको उनले बताए।, माघ मसान्तसम्म मन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाउने निर्णय भएको उनले बताए।, बन्दको समयमा आउने भक्तजनले मन्दिरको रेलिङ बाहिरैबाट पूजा गरेर फर्कनुपर्ने छ।, ‘शुक्रबारदेखि जोकोहीले पनि मन्दिर बाहिरको बाहिरबाट मात्र पूजाआजा गर्न पाउनेछन्। मन्दिरभित्र पसेर पूजा गर्न पूर्णरूपमा रोक लगाइनेछ,’ उनले भने।, मनकामनामा दैनिक पाँच हजारभन्दा बढी भक्तजन दर्शनका लागि आउने गरेको मन्दिरका मूल पुजारी इन्सानबहादुर थापाले जानकारी दिए।,
माघ ७ देखि मनकामना मन्दिर प्रवेशमा रोक
|
रासस सरकारले यही माघ ७ गतेदेखि सार्वजनिकस्थलमा प्रवेश गर्नका लागि कोरोना भाइरस विरुद्धको खोप कार्ड अनिवार्य गरेको छ।, सरकारले खोप कार्ड अनिवार्य गरेसँगै केही मानिसको खोप लगाएको कार्ड हराएकोले नयाँ प्रतिलिपि बनाउनुपर्ने हुन्छ।, पहिले लगाएको खोप कार्डका आधारमा बुस्टर डोज दिइने भएकाले खोप कार्ड अनिवार्य नै चाहिन्छ।, त्यसैले अब खोप कार्ड हराए के गर्ने त? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप कार्ड हराएमा त्यसको प्रतिलिपि उपलब्ध गराउने भएको छ।, मन्त्रालयले सूचना जारी गर्दै तीन तरिकाबाट हराएको खोप कार्ड लिनका लागि अनुरोध गरेको छ।, पहिलो दुवै मात्रा खोप लगाइसकेका भए दोस्रो मात्रा लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिनका लागि अनुरोध गरेको छ।, दोस्रो जोन्सन एण्ड जोन्सन खोप लगाएको भए सोही केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिने अनुरोध गरेको छ।, तेस्रो पहिलो मात्रा खोप लगाएकाले खोप लगाएकै केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिने अनुरोध गरेको छ।, मन्त्रालयले यही माघ २ गतेबाट अग्रपङ्क्तिमा काम गर्नेलाई बुस्टर डोज दिइरहेको छ।,
खोप लगाएको कार्ड हराए के गर्ने?
|
सेतोपाटी संवाददाता पश्चिमी वायुको सामान्य प्रभावले आज बिहान तराईका थोरैजसो स्थानमा हुस्सु-कुहिरो लाग्नुका साथै अन्य क्षेत्रको मौसम सामान्य रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नम्बर १ र मधेस प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ।, महाशाखाका अनुसार आज मुलुकका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।, यस्तै बिहीबार भने देशभरको मौसम बदली रहनेछ। हरेक प्रदेशका थोरै-थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।, बिहीबार राति देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। , देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।, यस्तै शुक्रबार पनि देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। हरेक प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।, शुक्रबार राती देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। पहाडी भू-भागका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। ,
आज तराईमा हुस्सु र कुहिरो, भोलिदेखि देशभर वर्षा र हिमपातको सम्भावना
|
सेतोपाटी संवाददाता झापामा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ।, कचनकवल ४ केचना बजारमा दुइटा मोटरसाइकल ठक्कर खाँदा एकको मृत्यु र ३ जना घाइते छन्।, ट्राफिक प्रहरीका अनुसार दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको भारतीय बिआर ३७ सी ९००८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बिआर ३७ इ १८९४ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा भारतको कादोगाउँका सञ्जिव सिंहको मृत्यु भएको हो।, मंगलबार भएको सो दुर्घटनाका घाइते सिंहको उपचारको क्रममा गएराति मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।, दुर्घटनामा कचनकवल –४ का ३० वर्षका प्रदीप गणेश, भारतीय नागरिक हरण गणेश र एमडी ओकिल मियाँ गम्भिर घाइते भएका छन्।, मोटरसाइकल चालकले मादक पदार्थ सेवन गरेको पाइएको ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर १ इटहरी कार्यालयले जनाएको छ।,
मोटरसाइकल दुर्घटनामा परेर झापामा भारतीय नागरिकको मृत्यु
|
सेतोपाटी संवाददाता टिपरले मोटरसाइकललाई ठक्कर दिँदा कोटेश्वरमा एक युवाको मृत्यु भएको छ।, मृत्यु हुनेमा २७ वर्षीय प्रकाश लिम्बु छन्। मोरङ पथरी घर भएका उनी भक्तपुर सल्लाघारी बस्दै आएका थिए।, मंगलबार राति ११ बजे तीनकुनेबाट कोटेश्वर जाँदै गरेको प्रदेश-३-०२६प १८२४ नम्बरको मोटरसाइकललाई टिपरले ठक्कर दिएको हो।, ना १ क ४५०२ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा लिम्बु सख्त घाइते भएका थिए। उनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, मोटरसाइकलको पछाडि बसेका काभ्रेका ३१ वर्षीय देव लामा दुर्घटनामा गम्भीर घाइते रहेको मैनालीले बताए। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।, मोटरसाइकललाई ठक्कर दिएर भागेको टिपर कीर्तिपुरको सुन्दरीघाटबाट समातिएको उनले बताए। चालकसहित टिपरलाई प्रहरीले बुधबार बिहान नियन्त्रणमा लिएको मैनालीले बताए।, चालक र टिपरलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेर अनुसन्धान थालिएको छ।,
कोटेश्वरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, पछाडि बस्ने गम्भीर घाइते
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ३९३९ संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २९४३, भक्तपुरमा २०१ र ललितपुरमा ७९५ संक्रमित थपिएका छन्।, यस्तै, काठमाडौं उपत्यकामा १९ हजार ३८७ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा १३९८६, ललितपुरमा ३५५५ र भक्तपुरमा १८४६ सक्रिय संक्रमित छन्।, नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ७३४ जना कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार पिसिआर परीक्षणबाट ५ हजार ७४७ र एन्टिजेन परीक्षणबाट ९८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, पछिल्लो २४ घण्टामा १७ हजार ४६५ जनामा कोरोना परीक्षण गरिएको थियो।, देशभर ३० हजार ८ सय ७७ जना कोरोनाका सक्रिय संक्रमित छन्। , पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ३ जनाले ज्यान गुमाएका छन्।, यस्तै ५४७ जना संक्रमणबाट मुक्त भएका छन्।,
काठमाडौं उपत्यकामा झण्डै ४ हजार संक्रमित, सक्रिय १९ हजार नाघे
|
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ७३४ जना कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार पिसिआर परीक्षणबाट ५ हजार ७४७ र एन्टिजेन परीक्षणबाट ९८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, पछिल्लो २४ घण्टामा १७ हजार ४६५ जनामा कोरोना परीक्षण गरिएको थियो।, देशभर ३० हजार ८ सय ७७ जना कोरोनाका सक्रिय संक्रमित छन्। , पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ३ जनाले ज्यान गुमाएका छन्।, यस्तै ५४७ जना संक्रमणबाट मुक्त भएका छन्।, काठमाडौं उपत्यकामा ३९३९ संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २९४३, भक्तपुरमा २०१ र ललितपुरमा ७९५ संक्रमित थपिएका छन्।,
एकैदिन थपिए ६ हजार ७३४ कोरोना संक्रमित
|
सेतोपाटी संवाददाता महानगरीय प्रहरी प्रभाग बलम्बुस्थित प्रहरीको नियन्त्रणमा रहेका एक युवाको मृत्यु भएको छ।, ब्राउन सुगरसहित समातिएका युवाको गत पुस २९ गते मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , सुनसरी बराह नगरपालिका-३ चतरा घर भई चन्द्रागिरि नगरपालिका-११ स्थित सतुंगलमा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका ३६ वर्षीय ओमप्रकाश श्रेष्ठको मृत्यु भएको हो। , उनलाई प्रहरी प्रभाग बलम्बुको टोलीले पुस २८ गते साँझ साढे ६ बजे ब्राउन सुगरसहित नियन्त्रणमा लिएको थियो।, उनलाई र मोरङको विराटनगर महानगरपालिका-१५ घर भई सतुंगल बस्ने २१ वर्षीय निक्सन मल्ल ठकुरीलाई त्यसदिन प्रहरीले पक्राउ मरेको थियो। , उनीहरूलाई प्रहरीले चन्द्रागिरि-११ स्थित बिगमार्ट नजिकैबाट पक्राउ गरेको थियो। , त्यसैक्रममा ओमप्रकाशले आफूसँग रहेको ब्राउन सुगर मुखमा हालेर चपाएको प्रहरी उपरीक्षक मैनालीले बताए। , ‘उनले त्यो निलेपछि प्रहरी हवल्दार नवराज बस्नेतले मुखबाट निकाल्न खोजे, तर निकाल्न दिएनन्। बरू प्रहरीको औंला टोके,’ उनले भने। , निकाल्ने क्रममा उनको बायाँ हातको चोर औंला टोकेको उनले बताए। केही बेरमा ओमप्रकाशले प्लास्टिकसहित निलेको ब्राउन सुगर थुकेको प्रहरीले बताएको छ। , उनीबाट १.३ ग्राम र निक्सनबाट १ ग्राम ब्राउन सुगर बरामद गरेको थियो।, यस्तै उनीहरूलाई नियन्त्रणमा लिएपछि उनीहरूको स्वास्थ्य जाँच गराउन लगेको प्रहरी उपरीक्षक मैनालीले बताए। , उनीहरूको उपचारको लागि ओम समाज स्वास्थ्य प्रालिमा लगिएको थियो। त्यहाँ जाँच गराउँदा चिकित्सकलाई पनि ब्राउन सुगर खाएकोबारे जानकारी गराएको र पछि अवस्था सामान्य रहेको हुँदा फिर्ता पठाएको प्रहरीको भनाइ छ। , ‘स्वास्थ्य अवस्था सामान्य रहेको भनिएकोले दुबैलाई फेरि बलम्बुको हिरासत कक्षमा राखिएको थियो,’ मैनालीले भने, ‘तर राति साढे ११ बजे ओमप्रकाश बेहोश भए।’ , उनी बेहोश भएको हिरासत व्यवस्थापन अधिकृतले थाहा पाएपछि तुरून्तै ओम समाज अस्पतालमा लगिएको थियो।, त्यहाँ उपचार सम्भव नभएपछि मध्यराति उनलाई वीर अस्पतालमा पठाइएको थियो। उपचारको क्रममा वीर अस्पतालमै उनको मृत्यु भएको हो।।, शव परिवारले बुझेर अन्त्येष्टि गरिसकेका छन्। मृत्युको कारणबारे पोष्टमार्टम रिपोर्ट आएपछि थाहा हुने र थप बुझ्न भिसेरा परीक्षण पनि भइरहेको मैनालीले बताए। पोष्टमार्टम गर्न महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाएको थियो। , ‘पोष्टमार्टम रिपोर्ट आएपछि हामी भीसेरा गर्न पठाउँछौं, त्यसपछि कारण खुल्छ,’ मैनालीले भने, ‘ अन्य केही पनि छैन। यसमा प्रहरीको इन्टेन्सन केही पनि छैन। सबै रिपोर्ट आएपछि मात्रै अरू कुरा भन्न सकिन्छ।’, निक्सन ठकुरी मल्लमाथि भने लागुऔषध मुद्दामा अनुसन्धान अघि बढिरहेको उनले बताए।,
बलम्बु प्रहरी नियन्त्रणमा रहेका युवाको मृत्यु, निल्न खोजेका थिए ब्राउन सुगर
|
नारायण खड्का ठूलोले सानोलाई खान्छ, सानोले आफूभन्दा मसिनोलाई आहारा बनाउँछ। सृष्टिको चक्र नै यही हो।, यो सृष्टिचक्रमा मानिस मात्र यस्तो प्राणी हो, जो आफ्नो सुरक्षाको खातिर आफूभन्दा कमजोरलाई ढाल बनाउँछ। आफ्नो बचाउको निम्ति अर्काको सहारा लिन्छ वा भनौं, आफ्नो ज्यान जोगाउन अर्काको ज्यान खतरामा पार्न तयार हुन्छ।, यही स्वार्थी बेहोराले नै हो सायद, मान्छे अनेक प्रतिकूलताका बाबजुद आफूभन्दा शक्तिशाली प्राणीमाथि राज गरेर बाँचेको छ।, हामी कुरा गर्दैछौं बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रको, जहाँ एउटा बाघ समात्न दुईवटा पाडाको सहारा लिइँदैछ।, आफ्नो दैनिक जीवनमा अनेक अत्याधुनिक प्रविधि, हातहतियार र गुड्ने गाडीदेखि उड्ने हवाईजहाजसम्म प्रयोग गरिरहेको मान्छेलाई जंगलको एउटा बाघ समात्न यी कुनै साधन काम लागेनन्। उसले निरीह पाडाहरूलाई घन्घोर जंगलबीच छाड्नुपर्यो, ताकि त्यो बाघ आओस्, त्यसलाई खाओस् र अघाएर मस्त आराम गरिरहेका बेला कायरझैं चुपचाप उसको शिकार गर्न सकियोस्। यस्तो बेहोरा देखाउने अरू कोही जनावर सायदै होला!, हाम्रो यो कथा तिनै अभागी पाडाहरूको हो, जसलाई मान्छेले आफ्नो ज्यान जोगाउन बाघको मुखमा धकेल्दैछ।, दाङसँग सीमाना जोडिएको बाँकेको राप्ती सोनारी गाउँपालिका तथा नरैनापुर क्षेत्रमा चार महिनायता बाघले चार जनाको ज्यान लिइसकेको छ। अन्य केहीलाई आक्रमण गरेको हुँदा स्थानीय त्रसित छन्। यसअघि असोजमा पनि यस्तै घटना भएर बाघ नियन्त्रणमा लिने प्रयास गरिएको थियो। बाँके राष्ट्रिय निकुञ्जको आग्रहमा बर्दिया निकुञ्जबाट प्राविधिक झिकाइयो। ती प्राविधिकले जंगलमा पाडो राखेर बाघ पहिचान र नियन्त्रणमा लिने प्रयास गरे। तर सफल हुन सकेनन्।, त्यही प्रयास बाँके निकुञ्जले यसपालि फेरि सुरू गरेको छ।, यसको निम्ति 'नरभक्षी' बाघ लोभ्याउन डिभिजन वन कार्यालय र सम्बन्धित वडा कार्यालय मिलेर बजारबाट दुईवटा पाडा किनेर ल्याएका छन्। मान्छेले आफ्नो बूताले बाघ समात्न नसकेपछि निरीह पाडाको चारो हालिएको छ।, दुवै पाडो कम्तिमा ५० किलो वजनका छन्। बाघले ५० किलोभन्दा माथिको शिकार मात्र मन पराउने हुँदा त्यही आकारका पाडा किनिएको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ। यस्ता पाडाको बजार मूल्य २५ हजार रूपैयाँ हाराहारी पर्छ।, सबभन्दा पहिला गत मंगलबार रातभरि राप्ती सोनारी गाउँपालिका-६ मा पर्ने सिद्धेश्वरी सामुदायिक वन क्षेत्रमा एउटा पाडो राखियो। तर त्यो रात बाघ आएन। पाडोको ज्यान बच्यो।, बुधबार सोही वन क्षेत्रका दुई फरक-फरक स्थानमा दुइटै पाडा राखिए। भोलिपल्ट दुवै सकुशल फेला परे। अभागी पाडाहरू दोस्रो दिन पनि भाग्यमानी ठहरिए, बाघबाट बालबाल बाँचे।, ती पाडालाई यसैगरी घना जंगलमा छाडिँदै आएको छ। आजसम्म बालबाल बाँचिरहेका छन्। भाग्यले कति दिन साथ दिने हो थाहा छैन। जुन दिन मान्छेको भाग्य बलियो र पाडाहरूको कमजोर हुनेछ, त्यस दिन बल्ल यो 'बाघचाल' समाप्त होला।, बाघको खोजीमा जुटेको टोली। तस्बिर सौजन्य: गणेश खड्का, डिभिजन वन कार्यालय बाँके, वन अधिकृतहरूका अनुसार बाघले जब पाडो खान्छ, तब ऊ अघाएर आसपासै कतै आराम गर्न जान्छ। टन्न पेट अघाएका बेला बाघ धेरै टाढा हिँडडुल गर्न सक्दैन। ऊ त्यही पाडा राखिएको ठाउँ वरिपरि नै कतै हलनचल आराम गरिरहेको हुन्छ। त्यही बेला बाघको खोजी गरिन्छ र पहिचान भइसकेपछि सार्पसुटरले रूखको छेल परेर लुकिछिपी बाघको शिकार गर्छ।, बाघको शिकारमा प्रयोग गरिएका यी पाडा जंगलमा बस्न अभ्यस्त छैनन्। यिनीहरू बजारबाट किनेर ल्याइएका घरपालुवा हुन्। त्यसैले रातको अन्धकारमा जंगलमा दुक्लै बाँधेर राखिँदा रातभर कराउने गरेको यो अभियानमा संलग्न एक अधिकारीले बताए।, बाँके राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत श्यामकुमार साह बाघ समात्न पाडोलाई चारोका रूपमा प्रयोग गर्नु नैतिक रूपले उचित नभए पनि अर्को विकल्प नभएको बताउँछन्।, 'जंगली जनावर समात्न जंगली जनावरकै प्रयोग गरिएको भए ठिकै थियो,' उनले भने, 'तर घरपालुवा जनावर त्यसरी जंगलमा बाँध्नुलाई त्यति जायज हो भन्न मिल्दैन।', उनका अनुसार अफ्रिकी मुलुकहरूमा बाघ समात्ने विधि अर्कै छ। त्यहाँ बाघ समात्न जंगलमाथि हेलिकप्टर वा ड्रोन उडाइन्छ। तिनै हेलिकप्टर वा ड्रोनबाट बाघ वा शिकार गर्नुपर्ने अन्य जंगली जनावर कहाँ लुकेको छ भन्ने पहिचान गरिन्छ। यसै आधारमा आकाशबाट बेहोस गर्ने गोली चलाइन्छ र त्यसपछि जाल हालेर जनावरलाई नियन्त्रणमा लिइन्छ।, नेपालमा भने जंगलको बनावटका कारण माथिबाट हेलिकप्टर वा ड्रोन उडाएर तल भुइँमा बाघ पहिचान गर्न सम्भव नभएको संरक्षण अधिकृत साहले बताए।, 'हाम्रो वनजंगलको बनोट नै भिन्नै छ। रूखहरू अग्लाअग्ला र झ्यांगिने खालको भएकाले माथिबाट हेरेर भुइँ अनुगमन गर्न सकिँदैन,' उनले भने, 'मिल्ने भइदिएको भए हामी पनि हेलिकप्टर उडाएर सजिलै बाघ पहिचान गर्न सक्थ्यौं।', यसबाहेक बाघले आफ्नो शिकार झम्टिन आएकै बेला बेहोस पार्ने गोली चलाएर पनि नियन्त्रणमा लिन सकिन्छ। यसको निम्ति बाघ कहिले आउला भनेर चौबीसै घन्टा कुरेर बस्नुपर्छ। यसो गर्नु मान्छेको निम्ति खतरनाक हुन सक्छ। त्यसैले, दुइटा पाडोलाई बाघको आहारा निम्ति जंगलमै बाँधेर राख्नुको विकल्प नभएको साहको भनाइ छ।, बाघ खोज्न प्रयोग गरिएका हात्ती। तस्बिर सौजन्य: गणेश खड्का, डिभिजन वन कार्यालय बाँके, बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्का पनि बाघको आहाराका लागि रातभर जंगलमा पाँडो बाधेर राख्नु प्रकृतिको नियमविपरीत भएको बताउँछन्।, 'जंगलमै हुर्केको अर्ना हुन्थ्यो भने जायज हुँदो हो। त्यसलाई पनि नबाँधेर खुला राख्नुपर्छ,' उनले भने, 'यहाँ त घरमा पालिएका अबोध पाडाहरूलाई घनघोर जंगलमा रातभर एक्लै बाँधिएको छ। यसलाई कसरी जायज मान्नु?', यति मात्र होइन, बाघले हमला गर्नेबित्तिकै तत्कालै नियन्त्रणमा लिएको भए पनि जायज मान्न सकिने उनको भनाइ छ।, पछिल्लो समय दुई दिनको अन्तरमा बाघले दुई जना महिलाको ज्यान लिए पनि खान पाएको थिएन। उनीहरूसँगै रहेका मानिसले खबर गरेपछि गाउँले र सुरक्षाकर्मीहरूले होहल्ला गर्दै बाघको पञ्जाबाट ती महिलाको शव छुटाएर ल्याउन सफल भएका थिए।, 'त्यतिखेरै बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिन सकेको भए हुन्थ्यो,' खड्काले भने, 'तर मान्छे मारेको एक-डेढ सातापछि पाडाको चारो राखेर बाघ नियन्त्रणमा लिन खोज्नु त्यति वैज्ञानिक विधि हो जस्तो लाग्दैन।', उनले अगाडि भने, 'बाघ एकैठाउँ बसिरहन्न। नियन्त्रणमा लिइए पनि त्यही मान्छे खाने बाघ हो कि होइन छुट्टयाउने आधार के?', पशु अधिकारकर्मीहरूले पनि यो घटनाको विरोध गरिरहेका छन्। विरोधकै कारण ती पाडा फिर्ता गर्नुपर्ने अवस्था आउन सक्ने डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी गणेश खड्काले बताए।, 'अब यी पाडालाई फिर्ता गर्ने हो कि भन्नेबारे सामान्य छलफल हुन थालेको छ,' खड्काले भने, 'सायद अब एक-दुई दिनभन्दा बढी प्रयोग नहुन सक्छ।', एक-दुई दिनसम्म पाडा बाँचे भने उनीहरूको 'तक्दिर बलियो मान्न सकिने' उनी बताउँछन्।, बाघको खोजीमा दैनिक ठूलो जनशक्ति परिचालन हुँदै आएको छ। प्राविधिक टोलीसहित दुईवटा हात्तीका साथमा सेना, प्रहरी र वनका कर्मचारीको लावालस्कर जंगलमा घुम्दैछ। दैनिक ३० देखि ४० जनाको टोली खटिएको छ। गाडी जान सक्ने ठाउँमा गाडी परिचालन गरिएको छ भने गाडी जान नसक्ने ठाउँमा हात्ती प्रयोग गरिएको छ।, वन कार्यालय बाँकेका सूचना अधिकारी खड्काका अनुसार प्राविधिक टोलीसँग चार-पाँचवटा स्काइप क्यामरा छन्। त्यो क्यामराले निरन्तर फोटो खिचेर पठाउँछ र त्यसैका आधारमा टोली जंगलमा घुम्छ। कहिले राति त कहिले एकाबिहानै कुद्नुपर्ने उनी बताउँछन्।, यति हुँदाहुँदै छ दिनदेखि लगातार खोज्दा पनि बाघ फेला नपरेकाले अब त्यसलाई समात्न सजिलो नभएको उनको भनाइ छ। हात्ती र गाडीले जंगलमा एकोहोरो होहल्ला गर्दा बाघ अन्यत्र गइसकेको हुनसक्ने अनुमान छ।, यसबाहेक राप्ती सोनारी गाउँपालिकाको भुवर भवानीमा अहिले ठूलो मेला लागेको छ। मेलामा हल्लाखल्ला हुन्छ। ठूलो संख्यामा मानिसको ओहोरदोहोर पनि भइरहेको छ। यसले पनि बाघ अन्यत्र गइसकेको हुनसक्ने सम्भावना छ।, निकुञ्जका संरक्षण अधिकृत साह पनि बाघ ठाउँ छाडेर गइसकेको हुनसक्ने अनुमान गर्छन्।, उनका अनुसार बाघको शिकार मान्छे हुँदै होइन। पछिल्ला घटना संयोगवश जम्काभेट हुँदा भएका हुन्। जसरी मान्छे बाघसँग डराउँछ, त्यसैगरी बाघ पनि मान्छेसँग डराउँछ। लगातार जंगलमा मान्छेको आवागमन र होहल्ला सुनेर ऊ डरले लाखापाखा लागिसकेको हुनसक्ने साहको अड्कल छ।, बाँकेको नरैनापुरसँगै भारतको साहेलौवा राष्ट्रिय निकुञ्ज छ। आसपास बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज पनि छ। त्यो बाघ जहाँबाट पनि मध्यवर्ती क्षेत्र आइपुगेको हुनसक्छ। संरक्षण अधिकृत साह भने बाँके र बर्दिया निकुञ्जमा बाघको संख्या उल्लेखनीय वृद्धि भएकाले यो बाँकेकै भएको बताउँछन्।, डिभिजन वन कार्यालयका सूचना अधिकारी खड्का पनि सहमत छन्। हरेक दृष्टिले नियाल्दा यो बाघ बाँकेकै निकुञ्जमा जन्मिएर हुर्किएको हो भन्ने बलिया आधार भएको उनको भनाइ छ।, यसबीच बाघको आक्रमणबाट मृत्यु भएका दुई परिवारलाई ५०-५० हजार रूपैयाँका दरले क्षतिपूर्ति दिइएको छ। डिभिजन वन कार्यालय बाँके र वन तथा वातावरण संरक्षण समन्वय समिति बाँकेले उक्त राहत रकम दिएका हुन्।, बाघको आक्रमणबाट राप्ती सोनारी गाउँपालिका-४, पर्सोनाकी ५३ वर्षीया लिला बिष्टको पुस २२ गते र वडा नम्बर ६ फत्तेपुरकी ३२ वर्षीया चाँदनी थारूको पुस २४ गते ज्यान गएको थियो। उनीहरू जंगलमा घाँसदाउरा काट्न गएका थिए।, बाघले ज्यान लिएका मान्छेले त क्षतिपूर्ति पाए। अब केही दिनसम्म ती दुई पाडाको भाग्य बलियो रहेन भने उनीहरूले पनि ज्यान गुमाउनुपर्नेछ। मान्छेको सुरक्षा निम्ति ज्यान गुमाए पनि ती पाडालाई हामी कसैले धन्यवादसम्म भन्ने छैनौं।,
मान्छेले बाघको मुखमा धकेलेका पाडाको कथा
|
सेतोपाटी संवाददाता सरकारले भोलिदेखि ललितपुरमा कोरोनाविरूद्ध बुस्टर डोज खोप दिने भएको छ।, ललितपुर महानगरपालिकाको सामान्य प्रशासन महाशाखाका प्रमुख सागर थापाका अनुसार ललितपुरका विभिन्न ८ स्थानबाट बुस्टर खोप दिन लागेको हो। , महानगरपालिकाले मंगलबारदेखि बिहीबारसम्म कोरोना भाइरसविरूद्धको बुस्टर खोप दिने विज्ञप्तिमा उल्लेख गरेको छ।, बुस्टर खोप अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी तथा सम्पूर्ण कर्मचारीहरू, सुरक्षाकर्मी, सार्वजनिक फोहोर संकलन सरसफाइकर्मी, एम्बुलेन्स तथा शववाहन चालकहरू र महिला स्वास्थ्य स्वयमसेविकाहरूलाई दिन लागेको हो। , यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारीहरू, सार्वजनिक क्षेत्र (सरकारी कार्यलय, सामुदायिक सेवा प्रवाह गर्ने संघ संस्था, बैंकिङ सेवा, सञ्चारकर्मी, पत्रकार, सार्वजनिक यातायात चालक तथा सहचालक आदि) लाई लक्षित गरी बुस्टर खोप दिन लागेको हो। , बुस्टर खोप लगाउन यसअघि खोप लगाएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्नेछ। , ललितपुर महानगरमा कहाँ-कहाँ दिँदैछ बुस्टर खोप?, सर्वाङग अस्पताल, कामदेवस्थान, स्टार अस्पताल, सानेपा, सुमेरू सिटी अस्पताल, पुल्चोक, अल्का अस्पताल, खरिबोट, निदान अस्पताल, पुल्चोक, बिएण्डबी अस्पताल, ग्वार्को, मेडिसिटी अस्पताल, नख्खु, सुमेरू अस्पताल, धापाखेल, ,
भोलिदेखि ललितपुरमा कोरोनाको बुस्टर डोज खोप दिने, यी स्थानमा पाइने
|
सबिना श्रेष्ठ सहरको कथा: पनौती, चारैतिर डाँडाहरू, बीचमा झुरूप्प बस्ती। टाढाबाट हेर्दा यस्तो लाग्छ, यो सहर पिपलको पातमा बसेको छ। दुई खोला (पुण्यमती र रोशी) को बीचमा रहेको यो सहर गोप्य ठाउँमा लुकाएर राखेको खजानाजस्तो छ।, यो सहर काठमाडौं उपत्यका हो पनि, होइन पनि।, यदि साँगा भञ्ज्याङलाई सीमा मान्ने हो भने यो काठमाडौं उपत्यकाभन्दा बाहिर पर्छ। तर बनेपा–धुलिखेललाई सीमा मान्ने हो भने यो उपत्यकाभित्रै पर्छ।, भित्र परोस् या बाहिर, यो काठमाडौं उपत्यकासँग सालनाल गाँसिएको प्राचीन नेवार बस्ती हो।, काठमाडौंबाट लगभग ३२ किलोमिटर टाढाको यो सहरलाई कुनै समय पूर्णमती भनिन्थ्यो। यसले हरेक कालखण्डमा आफ्नो नाम फेर्दै गयो। कहिले अश्मपुर भनियो, कहिले पुण्यवती। कहिले पाञ्चाल, कहिले पलाँती।, हिजोआज पनौती भनिन्छ।, यो त्यही सहरको कथा हो।, पनौती श्रृंखलाको पहिलो अंकमा आज म तपाईंहरूलाई यो सहरको उत्पत्ति र सभ्यता विकासको कथा सुनाउँछु। यसका दुई पक्ष छन्– इतिहास र किम्बदन्ती। इतिहासले तथ्यसँग साक्षात्कार गराउँदै हामीलाई वास्तविकताको नजिक पुर्याउँछ। किम्बदन्तीको धरातल अलि खुकुलो हुन्छ तर ती त्यसै बनेका हुँदैनन्। तिनमा पनि कतै न कतै वास्तविकताको झल्को हुन्छ।, सुरू गरौं, पनौतीको इतिहासबाट।, पनौतीको इतिहास पत्ता लगाउने उद्देश्यले विभिन्न समयमा यहाँका विभिन्न भू–भाग उत्खनन भएका छन्। इतिहासकार केदारनाथ प्रधानले 'बनेपाको ऐतिहासिक रूपरेखा' किताबमा पनौती र वरपरका क्षेत्रमा नवपाषाणकालीन अवशेषहरू फेला परेको उल्लेख गरेका छन्।, उनका अनुसार बल्थली, कुशादेवी, खोपासी लगायत स्थानमा ढुंगाद्वारा निर्मित प्राचीन हातहतियार फेला परेका थिए।, 'त्रिभुज, कोदालो, हँसिया आकारका ढुंगे हतियार पाइएबाट पनौतीको अस्तित्व नवपाषाण युगमै रहेको प्रस्ट हुन्छ,' उनले लेखेका छन्।, प्रधानका अनुसार पनौतीको प्राचीन थलो पनौती नगरपालिका वडा नम्बर ४ मा पर्ने 'जेलाँदे' भन्ने ठाउँमा थियो। अहिले पनि त्यहाँ प्राचीन पाटी र घरहरूका अवशेष भेटिन्छन्। त्यहाँ उडुसले निकै दुःख दिन थालेपछि मान्छेहरू कोही पवित्र तीर्थस्थल त्रिवेणीमा बसाइँ सरे, कोही भक्तपुर गएर बस्न थाले।, यहाँबाट भक्तपुर गएका मानिसले आफ्नो जन्मथलोको स्मरणमा सूर्यमढी टोललाई जेलाँ वा जेनाटोल भनी सम्बोधन गर्न थालेको प्रधानको भनाइ छ।, पनौती किराँतकालीन सहर भएको विश्वास गरिन्छ। आसपासका स्थानहरू बनेपा, नाला, पलाञ्चोक, खोपासी, साँगा लगायत ठाउँमा क्रमशः भुजङ्ग, नालाङ्ग, पिराखचो, कुर्पासी, शाङ्गाजस्ता किराँतकालीन नामहरू प्रयोग भएका छन्।, यही आधारमा सूर्यप्रसाद लाकोजुले आफ्नो किताब 'पनौती' मा किराँतकालमै यहाँ ठूलो मानव बस्ती विकास भइसकेको लेखेका छन्। करिब साढे दई दशकदेखि पत्रकारिता गरिरहेका पनौतीका स्थानीय लाकोजु भन्छन्, 'किराँतकालीन शब्दहरू यहाँका विभिन्न ठाउँसँग जोडिएर आए पनि त्यस समयका अभिलेख फेला परेका छैनन्। बरू लिच्छविकालका यथेष्ट प्रमाण भेटिएका छन्।', पनौतीमा रहेका ढुंगाका मूर्तिहरूको बनोट एवं कलाकृतिले लिच्छविकालको इतिहास झल्काउँछ।, विक्रम सम्बत् २०४२ मा पनौती–खोपासी क्षेत्र उत्खनन गर्दा अंशुवर्माको समयका मुद्राहरू फेला परेका थिए। लिच्छवि राजा शिवदेव प्रथमले विक्रम सम्बत् ६५५ मा खोपासीमा एउटा शिलालेख स्थापना गराएका थिए। खोपासीस्थित वैष्णव मन्दिरमा रहेको उक्त शिलालेखमा द्वारोद्वाटन र कैलाशकुटको यात्रामा रकम चलाएबापत् यहाँका जनताले करका रूपमा सेतो माटो (कमेरो) बुझाउनुपर्ने उल्लेख छ।, उक्त शिलालेखमा लिच्छविकालीन दुई चर्चित शासक शिवदेव प्रथम र अंशुवर्माको चर्चा छ। इतिहासकार धनवज्र बज्राचार्यको किताब 'लिच्छविकालका अभिलेख' मा पनि उक्त शिलालेखबारे उल्लेख गरिएको छ।, शिलालेखमा त्यस बेलाका महासामन्त अंशुवर्माको गुणगान गरिनुका साथै राजा शिवदेव प्रथमले खोपासी (कुर्पासी) मा बस्ने जनताको कुशलमंगल सोधेका छन् भन्ने बेहोरा उल्लेख छ।, उत्खननकै क्रममा २०६६ चैत २७ गते पनौतीको लायकू डबलीमा उत्तर लिच्छविकालीन मुद्रा फेला परेका थिए। गोलाकार तामाको उक्त मुद्रामा एकातर्फ पशुपति लेखिएको थियो भने अर्कातर्फ साँढेको चित्र अंकित थियो।, त्यो समय 'खबरचौतारी' साप्ताहिकमा काम गर्ने लाकोजुले मुद्रा फेला पर्नेबित्तिकै फोटो खिचेर समाचार बनाएका थिए। त्यसो गर्नुको कारण बताउँदै उनी भन्छन्, 'राष्ट्रिय अभिलेखालय पुगेपछि त के हो के! यसरी समाचार नै छापेपछि हाम्रै हो भन्ने प्रमाण हुन्छ भन्ने दिमागमा आएको थियो।', लिच्छविहरूको शासनपछि मल्लवंशको उदय भयो।, राजा आनन्ददेव मल्लले आफू भक्तपुरका राजा भएका बेला विक्रम सम्बत् ११५३ मा राज्य विस्तार गर्ने क्रममा सात सय घरसहित सात गाउँ निर्माण गरेको भाषा वंशावलीमा छ। त्यसमा उल्लिखित सात गाउँहरू पनौती, बनेपा, नाला, साँगा, श्रीखण्डपुर, धुलिखेल र चौकोट हुन्।, बनेपा निवासी संस्कृतिविद् ज्ञानकाजी मानन्धरका अनुसार जसरी बनेपामा नौवटा बहाल, नौवटा ढुंगेधार, नौवटा ननी, ९९ वटा इनार बनाएर नौलाई प्राथमिकता दिई बस्ती निर्माण गरिएको छ, त्यसरी नै पनौतीमा सातलाई स्थान दिइएको छ।, 'राजा आनन्ददेव मल्लले सात सय घरको बस्ती बसालेर पनौती निर्माण गरेका थिए,' मानन्धरले बनेपा सातगाउँ स्मारिकामा लेखेका छन्, 'चार दिशामा चार दिक्पाल अनि अष्टमातृकाले परिवेष्ठित राजा आनन्ददेवबाट निर्माण भएको यो सहर अति पवित्रस्थल हो। काभ्रेमा अहिले पनि बृहत्तर पनौती क्षेत्रलाई सात सय पनौती भन्ने चलन छ।', भाषा वंशावलीमै आनन्ददेवले सात गाउँ बनाएको उल्लेख भए पनि उनले आफू राजा भएका बेला पनौतीको पुनर्निर्माण वा एकीकरण मात्र गरेको हुनसक्ने लाकोजु बताउँछन्।, 'यी ठाउँको ऐतिहासिकता मल्लकालमा मात्र सीमित छैन। ढुंगाको हातहतियार फेला पर्नुले हामीलाई नवपाषाण युगमै पुर्याउँछ। किराँतकालीन नाम हुनुले किराँतकालमै यहाँ बस्ती बसिसकेको आकलन गर्न सकिन्छ। लिच्छविकालका त शिलापत्र र मुद्राहरू नै फेला परेका छन्। त्यही भएर यो बस्ती आनन्ददेवको पालामा मात्र बसेको होइन, त्योभन्दा अगाडि नै विकास भइसकेको हुनसक्छ,' उनले भने।, यसरी पनौतीको विकास मल्लकालभन्दा पहिल्यै भइसकेको थियो भन्ने ऐतिहासिक तथ्यहरू फेला परे पनि मल्लकालमा यहाँ विकासका गतिविधिले तीव्रता पाएको हुनसक्ने इतिहासकारहरूको भनाइ छ।, लिच्छविहरूको पतन र मल्लहरूको उदय हुने क्रममा पनौतीसहित विभिन्न ठाउँमा सामन्तहरूले केन्द्रको प्रवाह नगरी सोझै राज्य गरेको देखिन्छ। जब जब केन्द्रमा राजा शक्तिवान हुन्थे, यी सामन्तहरू दबेर बस्थे। केन्द्रमा राजा कमजोर हुनासाथ सामन्तहरूले आफूखुसी राज गर्न थाल्थे। मल्लकालमा पनि पनौतीमा विभिन्न सामन्तहरूको दबदबा थियो।, चौधौं–पन्ध्रौं शताब्दीतिर सामन्त रामवर्द्धनको परिवारले पनौतीमा स्थानीय शासक भएर राज्य गरेको इतिहास छ। उनीहरूले पनौती मात्र नभई नेपाल उपत्यकाको शासन व्यवस्थामै ठूलो भूमिका खेलेका थिए।, रामवर्द्धन परिवारका महाथ अनेकराम, ज्योतिराम, जयसिंहराम, मदनराम र शक्ति सिंहरामको इतिहास नेपाल उपत्यकामा उल्लेखनीय छ।, ज्योतिरामका छोरा अनेकरामले पनौतीका महासामन्त भई विक्रम सम्बत् १३८९ देखि १४१२ सम्म राज्य गरेका थिए। उनको मृत्युपछि उनका छोरा जयसिंहरामले स्वतन्त्र शासक बनेर पनौती लगायत त्यस बेलाका सात गाउँ र वरपर शासन गरे। बनेपामा स्थापना गरिएको सूर्य मूर्तिमा रहेको शिलालेखमा नाम उल्लेख भएबाट उनको प्रभाव झल्किन्छ।, लाकोजुको अर्को किताब 'पनौतीको बाह्रवर्षे मकरमेला' मा उल्लेख भएअनुसार जयसिंहराम धर्मात्मा थिए। बुढेसकालमा महाभारत सुन्ने इच्छा भएपछि उनले उक्त ग्रन्थ सार्न लगाएका थिए। उनले तोलानारायणको विशाल मूर्ति पनौतीमा बनाउन लगाएका थिए। सूर्यग्रहणको समयमा उनले आफ्नो शरीरको तौल बराबर सुन दान गरेका थिए भन्ने इतिहास छ।, त्यस्तै, इन्द्रेश्वर महादेवको अभिलेखअनुसार यिनले सुनको घोडा, सुनकै हात्ती, सुनको रथ र सुनकै कल्पवृक्ष बनाई ब्राह्मणहरूलाई दान दिएका थिए। उनले पछि इन्द्रेश्वर मन्दिर जिर्णोद्वार गरी चुल्का प्रदान गरेको वंशावलीमा छ। उनैले पशुपतिनाथ पुनर्निर्माण गरी नयाँ शिवलिंग स्थापना गरेका थिए।, विक्रम सम्बत् १४५७ मा जयसिंहरामको मृत्युपछि उनको परिवारले चतुर्मुखी सुनौलो कोष (सुनको मोलम्बा लगाएको चतुर्मुखी शिवलिंगको खोल) चढाएको उल्लेख छ।, जयसिंहराम निःसन्तान भएकाले उनका भतिज शक्ति सिंहराम स्थानीय शासक भए। करिब सय वर्षसम्म महत्वपूर्ण भूमिका निर्वाह गरेका रामवर्द्धन परिवारको वर्चस्व शक्ति सिंहरामपछि घट्दै गएको इतिहासकारहरू बताउँछन्।, पन्ध्रौं शताब्दीमा राजा यक्ष मल्लका छोराहरूको पालामा नेपाल विभिन्न राज्यमा विभाजित भयो। कान्तिपुर, ललितपुर र भक्तपुर गरी उपत्यका तीन राज्यमा बाँडिन पुग्यो। त्यो बेला पनौती भक्तपुर राज्यअन्तर्गत रह्यो। मल्ल राजा भूपतिन्द्र, रणजित र रानी विश्वलक्ष्मीको समयमा पनौतीमा विभिन्न मठमन्दिरहरू निर्माण भएका छन्।, विक्रम सम्बत् १७२७ मा राजा प्रताप मल्लले रानीपोखरी निर्माण क्रममा यहाँको त्रिवेणीघाटको जल लगेर पोखरीमा मिसाएको इतिहास छ।, रणजित मल्ल भक्तपुरका अन्तिम राजा हुन्। उनको समयमा एकातिर उपत्यकाका मल्ल राजाहरूबीच राम्रो सम्बन्ध थिएन भने अर्कातिर गोर्खा राज्य विस्तारको अभियानमा लागेका पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकामा आँखा गाढेका थिए।, १८२० असारमा पृथ्वीनारायणले भक्तपुरका गाउँ जित्ने व्यवस्था मिलाउन आफ्ना भारदार रामकृष्ण कुँवरलाई पनौती पठाए। यही क्रममा उनले नुवाकोटबाट कुँवरलाई पठाएको चिठीमा पनौतीको नाम उल्लेख छ।, कुँवरलाई चिठी पठाएलगत्तै पृथ्वीनारायण त्यसै वर्ष साउनमा काभ्रे पुगे। गोर्खाली फौजलाई धुलिखेल, चौकोट, खड्पु, पनौती आक्रमण गर्न सजिलो होस् भनेर उनले काभ्रेलाई मुकाम बनाए।, कात्तिक १० गते गोर्खाली सेनाले धुलिखेल जिते। भोलिपल्ट चौकोट, खड्पु र पनौती पनि जिते। यसरी मल्लकालीन पनौती इतिहासको अध्याय समाप्त भयो।, सरकारले नगरपालिका ऐन २०४८ अनुसार २०५३ माघ ११ गते पनौतीलाई नगरपालिका घोषणा गरेको हो। यसअन्तर्गत पनौती, सुन्थान, शारदा, टौखाल, देवीस्थान, सुब्बागाउँ, मल्पी र खोपासी गरी छ गाविस समावेश छन्।, इतिहासपछि अब कुरा गरौं, पनौतीमा प्रचलित किम्बदन्तीहरूको।, अहिले हामी धेरैले भन्ने 'पनौती' नाम विभिन्न कालखण्डमा अपभ्रंस हुँदै आएको हो। पनौतीलाई नेपाल भाषामा 'पंल्वँती', 'पन्ती', 'पनाती' र 'पलाँती' भनिन्छ। नामको सन्दर्भमा यहाँ एउटा किम्बदन्ती छ।, परापूर्वकालमा एक साधुले पनौतीको पवित्रता र पुण्य जाँच्न सुकेको बाँसलाई पानीले खिइएर चिल्लो भएको ढुंगामा गाडे र अन्य धार्मिक स्थलहरू घुम्न गए। बाह्र वर्षसम्म यताउति घुमिफिरी पनौतीको 'शची तीर्थ' भनेर चिनिने त्रिवेणी घाटमा आए।, त्यतिका वर्षपछि आउँदा उनले त्यहाँ बाँस पलाएको देखे। नेपाल भाषामा 'पं' को अर्थ बाँस, 'लोवँ' को अर्थ ढुंगा र 'ती' को अर्थ तीर्थ हो। त्यसैले उनले यो ठाउँको धार्मिक महत्व थाहा पाएर 'पँ लोवँती' अर्थात् ढुंगामा बाँस पलाएको भनी नाम दिए। यसैबाट पंल्वँती र पछि पन्ती भएको जनविश्वास छ।, पनौतीको अर्को नाम 'पलाँती' को अर्थ हो, पाइला राख। यो ठाउँमा सबैले एकपटक पाइला राख्नुपर्ने धार्मिक मान्यता छ। यहाँ पाइला राखे मोक्ष प्राप्त हुने र मृत्युपछि स्वर्गमा बास पाइने धार्मिक मान्यता छ।, पनौतीमा पद्मावती, लीलावती र रूद्रावती नामका तीन नदी छन्। यी तीन नदीमध्ये पहिलोबाट 'प', दोस्रोबाट दोस्रो अक्षर 'ला' र तेस्रोको अन्तिम अक्षर 'ती' लिएर यो ठाउँको नाम पलाती भएको पनि स्थानीय बताउँछन्।, बौद्ध कथनअनुसार पनौतीलाई 'पाञ्चाल देश' भनिन्थ्यो। पनौतीबारे भेटिएका विभिन्न अभिलेखमा यो सहरलाई पूर्णमती, पनौती ग्राम, पूर्णवती, अश्मपुर लगायत पनि भनिएका छन्।, पनौती सहरका अनेकन किम्बदन्तीहरू लेखक एवं पत्रकार सूर्यप्रसाद लाकोजुसँगै यहाँका दुई पाका स्थानीय ७८ वर्षीय पूर्णभक्त कोङ्गा र ७० वर्षीय शिवप्रसाद जंगमले मलाई सुनाएका हुन्। ती किम्बदन्ती मुख्यत: तीनवटा छन्।, सूर्यप्रसाद लाकोजु, पूर्णभक्त कोङ्गा र शिवप्रसाद जंगम, पहिलो किम्बदन्तीअनुसार पनौतीमा धनञ्जय बासुकी नागको बास छ भन्ने विश्वास गरिन्छ।, धनञ्जय भनेको सबभन्दा धनी नाग हो जसको सम्पत्ति पनौतीमा रहेको मान्यता छ। त्रिवेणी घाटमा बासस्थान रहेको मानिने बासुकी नागले पनौतीको रक्षा गरेर बसेको विश्वास छ।, बासुकी नागको महत्व बुझेका काठमाडौंका तान्त्रिक बन्धुदत्तले एकपटक यहाँको नागलाई कब्जा गरेर पाटन लग्ने जुक्ति निकालेछन्। उनले आफ्नो तन्त्रविद्याको माध्यमबाट बासुकीको आराधना गरेछन्। आराधनाबाट खुसी भएर बासुकीले बन्धुदत्तलाई दर्शन दिएछन्।, दर्शन पाएपछि बन्धुदत्तले बासुकीलाई भनेछन्, 'तपाईं यति शक्तिशाली हुनुहुन्छ, तपाईंको चर्चा परपरसम्म छ। मलाई तपाईंको शक्ति प्रत्यक्ष हेर्न मन छ। के तपाईं मलाई आफ्नो सबभन्दा विशाल रूप देखाउन सक्नुहुन्छ।', आफ्नो यति धेरै प्रशंसा सुनेपछि बासुकी फुरूंग भइहाले। उनले नजिकैको गोरखनाथ डाँडालाई तीन फन्को बेरे र आफ्नो टाउको त्रिवेणी घाट नजिकैको ब्रह्मायणी मन्दिरको गजुरमा राखे।, त्यसपछि बन्धुदत्तले बासुकीको प्रशंसा गर्दै भने, 'तपाईंबारे मैले जे सुनेको थिएँ, त्यो साँचो रहेछ। तपाईं त मैले सोचेभन्दा शक्तिशाली हुनुहुँदो रहेछ। अब तपाईंको विशाल रूपको दर्शन पाइसकेपछि मलाई तपाईं कतिसम्म सानो बन्न सक्नुहुन्छ भन्ने खुल्दुली भइरहेको छ। तपाईंले जसरी आफ्नो भीमकाय रूप देखाउनुभयो, त्यसरी नै सानो पनि बन्न सक्नुहुन्छ त?', 'किन नसक्नु?' बासुकीले उत्साही हुँदै भने, 'म तिमीले ल्याएको कमण्डलुभित्र छिरेर त्यहीँबाट बाहिर निस्कन सक्छु।', यति भनेर बासुकीले आफ्नो सबभन्दा सानो रूप देखाए र बन्धुदत्तको कमण्डलुभित्र पसे।, त्यही बेला बन्धुदत्तले तन्त्रविद्या प्रयोग गरेर कमण्डलुको मुख बन्द गरिदिए।, बासुकी नाग उनको कब्जामा परे।, रात निकै छिप्पिसकेको थियो। हावा बेतोडले चल्दै थियो। आकाश गडगडाइरहेको थियो। बासुकी नागले कमण्डलुबाट बाहिर निस्कन हरसम्भव प्रयास गरे तर सकेनन्।, उनले पनौतीका जनतालाई हारगुहार गरे, कसैले सुनेनन्। रातको समय सबै मस्त निद्रामा थिए। त्यसमाथि कमण्डलुभित्रबाट नागराजको मसिनो स्वर कसैको कानमा पर्ने कुरै थिएन।, बासुकीलाई बन्धुदत्तले लग्ने निश्चित नै भएपछि उनले त्यहीँबाट आफ्नो शक्ति प्रदर्शन गर्न थाले। उनी एकाएक निकै गह्रौं भइदिए। त्यही भारका कारण बासुकी नागलाई पुण्यमती खोलैखोला लग्दा त्यहाँका सबै ढुंगा मास्तिर फर्किएको जनविश्वास छ।, यसरी बासुकी निकै गह्रौं भएपछि बन्धुदत्तले उनलाई चसखुसी (बाँसडोल खोला) को एउटा ढुंगामा बिसाए। अझै पनि त्यो स्थानमा नागराजलाई सम्झेर पूजा गर्ने चलन छ।, बन्धुदत्तले आफ्नो तन्त्रविद्याको माध्यमबाट पनौतीका बासुकी नागलाई बन्दी बनाएर पाटन ल्याएपछि यहाँ रातो मच्छिन्द्रनाथको मन्दिरमा राखे। त्यसैले आज पनि पनौतीका जोकोहीलाई पाटनको रातो मच्छिन्द्रनाथ मन्दिरमा बासुकी नाग दर्शन गर्न दिने व्यवस्था छ।, तान्त्रिक बन्धुदत्तको शक्तिबारे त हामीले रातो मच्छिन्द्रनाथको कथामा धेरै सुनेका छौं। लिच्छवि राजा नरेन्द्रदेव, काठमाडौंका तान्त्रिक बन्धुदत्त र रथचक्र भन्ने व्यक्तिले रातो मच्छिन्द्रनाथलाई आसामस्थित कामरू कामख्या पिठबाट यहाँ ल्याएको विश्वास गरिन्छ। उनीहरू आसाम जाँदा बाटोमा नागराजले पुल बनेर नदी तारेको भनाइ पनि छ।, कतै ती नाग यिनै बासुकी त होइनन्? बन्धुदत्तले जालझेल गरी उनलाई कब्जामा पारेर लग्नुको कारण आफ्नो आसाम यात्रा सहज पार्न पो थियो कि! के बेर!, तर हामीले सुन्दै आएको नागराजको कथा टौदहसँग जोडिन्छ र उनलाई कर्कोटक नागराज भनिन्छ। त्यसैले अहिलेलाई हामी बासुकी नागकै कुरा गरौं।, उनलाई बन्धुदत्तले त्यसरी बन्दी बनाएर लग्नुको पीडा त थियो नै, त्यसमाथि आफैंले सुरक्षा दिएर राखेको पनौतीवासीसँग हारगुहार गर्दा पनि कसैले नसुनेकाले चित्त दुखेको थियो। त्यही झोँकमा उनले पनौतीवासीलाई सराप दिएछन्, 'यहाँका मान्छेलाई खानलाउनको कहिल्यै अभाव नहोस् तर यहाँका मानिस धनी पनि कहिल्यै नहोस्।', 'यो कुरा हो नै जस्तो लाग्छ,' स्थानीय पूर्णभक्त कोङ्गा भन्छन्, 'यहाँका मान्छेसँग सम्पत्ति भएको त होइन तर फूर्ति चाहिँ बढी छ। यहाँ बस्दा अनेक फूर्ति गर्छन् तर यहाँबाट बाहिरतिर गयो भने लाटोजस्तो झोक्राएर बस्छन्।', उनले अगाडि भने, 'बासुकी नागले नसहने भएर जोगीहरू पनि यहाँ बस्न सक्दैनन्। बरू बाहिरबाट पनौती बसाइँ सरेर आउने मान्छेको भने राम्रै भएको छ।', पनौतीलाई अश्मपुर अर्थात् एउटै ढुंगामा अवस्थित सहर पनि भनिन्छ। त्यसैले भूकम्प गए पनि त्यति क्षति नहुने सहरका रूपमा प्रसिद्ध छ। नब्बे सालको र २०७२ को भुइँचालोमा पनि यहाँ खासै क्षति नभएको स्थानीय बताउँछन्।, पनौती बस्ती योजनाबद्ध र वैज्ञानिक तरिकाको छ। प्रत्येक सय मिटरमा पाटी–पौवा छन्। बाटो ६ देखि १८ फिटसम्मका छन्। बस्ती बीचबीचमा चोक छन्। प्रत्येक गल्ली र चोकमा पानी बग्ने नाली छ। त्यसैले जस्तोसुकै वर्षामा पनि यहाँ पानी जम्दैन। वास्तुविद्हरू पनौती नमूनायोग्य बस्ती भएको बताउँछन्।, यो सहरमा बासुकी नागको राज भएकाले यहाँ राजा आएर बास बस्न नहुने मान्यता छ। एउटै ठाउँमा दुईवटा राजा हुनु खतरनाक मानिन्छ।, पनौतीमा शान्तिपूर्वक शयन गरिरहेका नागराजलाई खलल् पुग्छ भनेर ढिकीमा अन्न कुट्नु हुँदैन भन्ने विश्वास गरिन्छ। यिनै बासुकी नागले पनौतीलाई सुरक्षा दिनुका साथै यहाँ धनसम्पत्ति ल्याएर लुकाएर राखेका छन् भनेर मान्नेहरू पनि छन्। त्यसै पनि चारैतिर डाँडाहरूले घेरिएको यो सहर आफैंमा गोप्य ठाउँमा लुकाएर राखिएको खजानाजस्तै लाग्छ।, पनौतीको दोस्रो किम्बदन्ती नमोबुद्धसँग जोडिएको छ।, धेरै वर्ष पहिले यहाँ राजा महारथको राज्य थियो। उनका तीन छोरामध्ये कान्छा छोरा महासत्व थिए। उनै महासत्व आफ्नो दया, करूणा, त्याग र बलिदानका कारण नमोबुद्ध बने।, एकदिन उनी आफ्ना दाइहरूसँग जंगलतिर गए। त्यहाँ उनले भोकले व्याकुल बनेकी एक दुब्ली बघिनी र उसका डमरूहरूलाई देखे। घना जंगलबीच भोकाएका यी जनावरलाई देख्दा महासत्वको मनमा दया पलायो।, उनले सोचे, 'जिन्दगी यसै पनि बेकारमा गइरहेको छ। दुनियामा कुनै बेला रोगको निम्ति, कुनै बेला द्वेषका निम्ति र कुनै बेला मोहका निम्ति पनि शरीर त्यागिन्छ। तर धर्मका निम्ति शरीर त्यति त्यागिएको छैन। बरू म यिनीहरूका लागि मेरै शरीर त्याग गर्छु।', यस्तो सोचेर महासत्वले आफ्नै शरीरको मासु तिनीहरूलाई खुवाउने विचार गरे। तर दाइहरूसँग हिँडेका उनलाई त्यस्तो गर्न सजिलो थिएन।, उनले दाइहरूका आँखा छल्न एक्लै हिँड्ने बहाना बनाए र बघिनीको ओडारतिर लागे। त्यहाँ गएर आफैंलाई उनीहरूको आहरा बनाए।, दाइहरू महासत्वलाई खोज्दै आउँदा उनको कंकाल मात्र फेला पर्यो।, त्यसरी मृत्युवरण गरेका कान्छा राजकुमार महासत्व बोधिसत्वमा परिणत भएको दरबारभरि हल्ला फैलियो। त्यसपछि उनको कंकाल र लुगाहरू पुरेर त्यो ठाउँमा चैत्य निर्माण गरियो। त्यसैलाई नमोबुद्धको चैत्य मानिन्छ। , महासत्वले आफ्नै शरिरको अंग काटेर भोकाएका अशक्त बघिनी र डमरूहरूलाई खुवाएको दृश्य अंकित हुलाक टिकट बनेको छ। पनाैती पुर्ख्यौली घर भएका कलाकार के.के कर्माचार्यले २०६२ सालमा उक्त टिकट बनाएका हुन्।, नमोबुद्ध गौतम बुद्धको पूर्वजन्मको रूप हो भन्ने भनाइ छ। उनी त्याग र समर्पणका प्रतीक हुन्। उनी 'पाञ्चाल देश' अर्थात् पनौतीमा नै जन्मिएको मान्दै प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशीका दिन यहाँ नमोबुद्धको जात्रा लाग्छ। त्यसैले पनौती बौद्धमार्गीहरूका लागि पनि एक महत्वपूर्ण धार्मिक स्थल हो।, हाम्रा धेरैजसो चाडपर्व धर्मलाई आधार मानेर बनेका हुन्छन्। पनौतीमा पनि विभिन्न जात्रा एवं चाडपर्व मनाइन्छन्। हरेक बाह्र वर्षमा यहाँ मकर मेला लाग्छ। यो वर्ष ठ्याक्कै बाह्रवर्षे मकर मेलाको साइत जुरेको छ जुन माघ १ गतेबाट सुरू भयो। एक महिनासम्म चल्ने यही मेलासँग पनौतीको अर्को किम्बदन्ती जोडिएको छ।, पनौती सहरको अर्को श्रृंखलामा म तपाईंहरूलाई उक्त मेलाको किम्बदन्ती र त्यससँग जोडिएका सांस्कृतिक पक्षहरूबारे सुनाउँछु है!, (पनौती कथा शृंखलाको दोस्रो अंक बुधबार प्रकाशन हुनेछ।), सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी,
जहाँ गौतम बुद्धको पूर्वजन्म भएको थियो
|
सेतोपाटी संवाददाता उदयपुरमा बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , सोमबार दिउँसो अपराह्न ५ बजे कटारी नगरपालिका-८ बिजुलेस्थित सिद्धिचरण राजमार्गमा बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए। , पाँच जना घाइते समेत भएका छन्। , कटारीबाट मरूवा जाँदै गरेको बा १० च ४१८८ नम्बरको गाडी आफैं अनियन्त्रित भई दुर्घटना भएको हो।, दुर्घटनाबाट कटारी नगरपालिका-८ पाखाटोल बस्ने ३८ वर्षीय बिक्रम रानामगरको मृत्यु भएको हो। , घाइते भएका रानामगरलाई सुरूमा कटारी अस्पताल लगिएको थियो। त्यहीँ उनको उपचारको क्रममा मृत्यु भएको हो। , पट्नाभञ्ज्याङ बस्ने ३० वर्षीया दिलमाया मगर, १७ वर्षीय मनोज खड्का, ७ वर्षीय दिवस श्रेष्ठ, ४८ वर्षीय बुद्धमाया र ३६ वर्षीय बेदकुमारी थापा मगर घाइते छन्। , उनीहरूको कटारी अस्पतालमा उपचार भइरहेको छ। , बोलेरो गाडीका चालक कटारी नगरपालिका-८ बस्ने २६ वर्षीय प्रेमबहादुर श्रेष्ठ फरार छन्।, प्रहरीले घटनासम्बन्धी अनुसन्धान अघि बढाएको बताएको छ। ,
,
उदयपुरमा गाडी दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते
|
सेतोपाटी संवाददाता सल्यान बागचौर नगरपालिकाका लेखापालमाथि बाटो ढुकेर आक्रमण गरेको आरोपमा एक जना पक्राउ परेको प्रहरीले बताएको छ।, बागचौर नगरपालिकाका लेखापाल प्रदीप डाँगीमाथि आइतबार पौने ५ बजेतिर बालकन्या माध्यमिक विद्यालयनजिकै कुटपिट तथा आक्रमण भएको थियो।, कार्यालयको काम सिलसिलामा बागचौर-७ कोटबारा पुगेर फर्किने क्रममा बागचौर-२ का लेखापाल डाँगीमाथि आक्रमण भएको प्रहरीले जनाएको छ।, बागचौर-७ का २६ वर्षीय टिकाराम वलीले बाटो ढुकेर आक्रमण तथा कुटपिट गरेको पीडित लेखापालको जाहेरीमा उल्लेख गरेका थिए।, सल्यान जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काकाले आरोपित वलीलाई सोमबार पक्राउ गरिएको जानकारी दिए।, आइतबार बेलुकीपख कार्यालयको काम सकेर कोटबाराबाट थारमारेतर्फ रा१ब १००३ नम्बरको मोटरसाइलमा फर्किने क्रममा लेखापाल डाँगीमाथि वलीले आक्रमण गरिएको खड्काले बताए।, आक्रमणबाट लेखापाल डाँगीको टाउको, ढाड, हात लगाए शरिरका विभिन्न भागमा घाउ चोट लागेको खड्काले बताए।, वलीले त्यसक्रममा लेखापाल डाँगीको मोबाइल फोडीदिनुको साथै मोटरसाइकलमा समेत तोडफोड गरेको जिल्ला प्रहरी प्रमुख खड्काले बताए।, घटनाबारे लेखापाल डाँगीले इलाका प्रहरी कार्यालय थारमारेमा आइतबार बेलुका साढे ८ बजेतिर पुगेर अवगत गराएपछि प्रहरी आरोपित वलीको खोजीमा लागेको थियो।, वलीलाई सोमबार दिउँसो नियन्त्रणमा लिइएको डिएसपी खड्काले जानकारी दिए।, डिएसपी खड्काका अनुसार वलीले लेखापाल डाँगी तेल मागेका थिए। तर, लेखापाल डाँगीले इन्कार गरेपछि रिसाएका वलीले बाटो ढुकेर आक्रमण गरेको खुल्न आएको डिएसपी खड्काले जानकारी दिए।,
लेखापालमाथि बाटो ढुकेर आक्रमण, एक युवक पक्राउ
|
सेतोपाटी संवाददाता जनकपुर उच्च अदालतको वीरगञ्ज इजलासमा कार्यरत तीन न्यायाधीश, रजिष्टार र अरू कर्मचारी गरी २५ जनालाई कोरोना संक्रमण देखिएको छ।, न्यायाधीश सीताराम मण्डल, साधुराम सापकोटा, लेखनाथ पौडेल र आफूसहितको परीक्षण गर्दा आजै सबैमा कोरोना संक्रमण देखिएको रजिष्टार गजेन्द्र बहादुर सिंहले जानकारी दिए।, ठूलो संख्यामा संक्रमण देखिएकाले केही सेवाबाहेक धेरैजसो सेवा कटौती गरेको पनि उनले बताए। , 'हामीले अदालत बन्दै त गरेको छैनौं। धेरै सेवा कटौती गरेका छौं। बन्दी, बयान, म्याद, थुनछेकजस्ता मुद्दा र निवेदनमात्र हेर्ने व्यवस्था गरिएको छ,' उनले भने।,
उच्च अदालत जनकपुरको वीरगञ्च इजलासमा तीन न्यायाधीशसहित २५ जनालाई कोरोना
|
सेतोपाटी संवाददाता सल्यानमा श्रीमतीसँग झगडा हुँदा आवेगमा आएर श्रीमानले आफूहरूले पालेका गाई-गोरू मारेका छन्।, कपुरकोट गाउँपालिका-५ सिस्नेरी ३६ वर्षीय शेरबहादुर महतराले श्रीमतीसँग झगडा भएपछि पालेका गाई र गोरूमाथि कोदालोले प्रहार गरी मारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए। , घटना आइतबार रातिको हो।, ‘पहिला श्रीमतीलाई कुटोले प्रहार गर्दा खुट्टामा लागेपछि जंगलतर्फ भागेर ज्यान जोगाउन सफल भएको भन्ने छ,’ डिएसपी खड्काले भने, ‘श्रीमती राति जंगल छिरेपछि उत्तेजित महतराले गोठमा गएर बाँधेर राखेका गाई-गोरू मारेका रहेछन्।’, मारेका गाई-गोरूमध्ये गाईलाई गाडिसेकेको र गोरूलाई पनि भीरबाट खसाल्ने प्रयास गरिरहँदा महतरा पक्राउ परेको डिएसपी खड्काले बताए।, महतराले मदिरा सेवन गरेपछि घरमा झगडा गरेको र आक्रमण गर्न थालेपछि राति नै श्रीमती र बालबालिकाले भागेर आफ्नो ज्यान जोगाउन सफल भएको प्रहरीले बताएको छ। , महतराले गाई-गोरू मारेको खबर सोमबार गाउँलेले सूचना दिएपछि प्रहरी त्यहाँ पुगेको थियो।, पक्राउ परेका महतरालाई दश दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत सल्यानले सोमबार आदेश दिएको छ।, घटनाबारे थप अनुसन्धान जारी रहेको डिएसपी खड्काले बताए।, महतरालाई त्रिवेणी गाउँपालिकास्थित इलाका प्रहरी कार्याललय लुहामको हिरासतमा राखिएको छ।,
श्रीमतीको रिसमा श्रीमानले मारे पालेका गाई-गोरू
|
सेतोपाटी संवाददाता ललितपुरमा मंगलबारदेखि कोरोनाविरूद्ध बुस्टर डोज खोप दिने भएको छ।, ललितपुर जिल्लाका विभिन्न पालिकामा रहेका अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा बुस्टर डोज दिन लागेको हो। , स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख सतिश विष्टका अनुसार मंगलबारदेखि सुरू हुने खोप अभियान बिहीबारसम्म जारी रहनेछ।, स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी तथा कर्मचारी, सुरक्षाकर्मी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, सार्वजनिक फोहोर संकलन गर्ने सरसफाइकर्मी, महिला स्वयम् सेविका लगायतलाई बुस्टर डोज दिइने विष्टले बताए।, यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारीहरू, सार्वजनिक क्षेत्र (सरकारी कार्यलय, सामुदायिक सेवा प्रवाह गर्ने संघ संस्था, बैंकिङ सेवा, सञ्चारकर्मी, पत्रकार, सार्वजनिक यातायात चालक तथा सहचालक आदि) लाई लक्षित गरी बुस्टर खोप दिन लागेको हो। , बुस्टर खोप लगाउन यसअघि खोप लगाएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्नेछ। त्यहाँ जाँदा पहिलेको खोप कार्ड अनिवार्य लिएर जान अनुरोध गरेको छ। ,
ललितपुर जिल्लामा बुस्टर डोज खोप लगाउन कहाँ जाने?
|
रासस कोरोना भाइरसको संक्रमण तीव्र भए पनि पशुपतिनाथ मन्दिर, सार्वजनिक यातायात, बजारलगायत स्थलमा मानिसको भिड भने घटेको छैन।, कोरोनाको संक्रमण तीव्र भए पनि धार्मिकस्थलमा भिड नघट्दा जोखिम बढ्न थालेको छ।, आइतबार पाँच हजारभन्दा कममा कोरोना संक्रमण देखिएकामा आज भने छ हजार ७३४ जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। , प्रत्येक दिन भाइरस संक्रमण हुनेको संख्या बढ्दै गएको छ। पशुपतिनाथ मन्दिरमा भीड बढ्न थालेपछि कसरी सुरक्षित रूपमा दर्शन गराउने भन्ने विषयमा छलफल भइरहेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए।, ‘संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको निर्देशनासुर पशुपति क्षेत्रको व्यवस्थापन गर्ने तयारीमा छौं, अहिले भिड बढे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर मात्र मन्दिर प्रवेश गराएका छौं’, उनले भने। , पछिल्लो समय सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड सार्वजनिक यातायातमा पनि पालना भएको छैन।, कार्यभार सम्हालेको १०० दिन पूरा गरेको अवसरमा विभिन्न मन्त्रीले आयोजना गरेको पत्रकार सम्मेलनमा पनि सरकारले तोकेको २५ जनाभन्दा बढीको सहभागिता देखिएको छ।, सार्वजनिक यातायातमा सिट क्षमता मात्र यात्रु राख्न पाइने नियम सरकारले सार्वजनिक गरे पनि कार्यान्वयन भएको छैन। यातायात व्यवस्था विभागलगायत सरोकार भएका निकायले अनुगमन गरेका छैनन्।, यात्रु रश्मिला प्रजापति जानैपर्ने समयमा सवारी नपाउँदा उभिएरै यात्रा गर्न बाध्य हुनुपरेको गुनासो गर्छिन्। , बजार, पसललगायत स्थानमा पनि सरकारले तोकेकोभन्दा बढीको उपस्थिति छ तर कुनै पनि निकायले अनुगमन नगर्दा समस्या बल्झन सक्ने देखिएको उपभोक्ता अधिकारकर्मी रोशन पोखरेल बताउँछन्। बेलैमा उचित कदम नचाले अवस्था पहिलेको भन्दा भयावह हुनसक्ने भएकाले सरोकार भएका सरकारी निकायले अनुगमन गरेर मापदण्ड पालना गराउनुपर्ने उनको माग छ।,
कोरोना संक्रमण तीव्र हुँदासमेत पालना भएन स्वास्थ्य मापदण्ड
|
सेतोपाटी संवाददाता काठमाडौंका १९ अस्पतालहरूबाट कोरोनाविरूद्ध बुस्टर डोज खोप उपलब्ध हुने भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका १९ अस्पताललाई खोप केन्द्र तोकेको छ।, गत माघ २ देखि अग्रपंतिमा काम गर्नेलाई खोप दिन थालिएको थियो।, काठमाडौँ उपत्यकाका १९ ठाउँबाट ‘बुस्टर’ डोज लगाउन थालिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए।, वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बुस्टर डोज लगाइने छ।, साथै निजामती कर्मचारी अस्पताल, सुभेक्षा अस्पताल, पिपुल्स डेन्टल अस्पताल, जनमैत्री अस्पताल, गान्डी इन्टरनेशनल अस्पताल, काठमाठौं मोडल अस्पताल, नर्भिक अस्पताल, नोबेल अस्पताल, बयोधा अस्पताल, शहीद स्मृति अस्पताल, नयाँ बसपार्क र एपेक्स पोलिक्लिनिक जडिबुटीमा पनि खोप लगाइन्छ।, खोप लगाउनका लागि खोप कार्ड लिएर जान मन्त्रालयले आग्रह गरेको छ।,
कोरोनाविरूद्ध ‘बुस्टर’ डोज लगाउनुछ? काठमाडौंका यी अस्पतालमा पाइन्छ
|
रासस पछिल्लो समय देशभर कोरोनाको सङ्क्रमण बढ्दै गएपछि हुम्लाको सिमकोट विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टर स्थापना गरिएको छ । हुम्लाबाट अन्तरजिल्ला पुग्ने छोटो हवाईयात्राको माध्याम भएकाले विमानस्थलमा हेल्थडेस्क स्थापना गरिएको हो ।, सोमबारदेखि सिमकोट विमानस्थलमा सिमकोट गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयको समन्वयमा हेल्थडेस्क स्थापना गरिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश आर्चायको संयोजकत्वमा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले जिल्लाका मुख्य सीमानाकामा हेल्थडेस्क स्थापना गर्ने निर्णय गरेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले जानकारी दिए।, उनले सिमकोटबाट बाहिरिने र भित्रने सबै यात्रुको तीनपुस्ते विवरण लिने र स्वास्थ्य जाँच गर्ने काम सुरु भएको बताए। त्यसका लागि दुई स्वास्थ्यकर्मी खटाइएको छ।, अब चाँडै पैदलमार्गबाट जिल्ला भित्रने दुई वटा नाका चङ्खेली गाउँपालिका–१ को मिमी र ताँजाकोट गाउँपालिका–१ को कवाडीमा पनि गाउँपालिकाको समन्वयमा हेल्थडेस्क र होल्डिङ सेन्टर स्थापना गर्ने तयारी भइरहेको प्रमुख सिंहले बताए।,
विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टर
|
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय सुर्खेतले डिजिटल राहदानी सेवा प्रारम्भ गरेको छ। उक्त सेवाको प्रारम्भ सोमबार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले गरे।, उनले वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेत निवासी २० वर्षीय गिर्वाणबाबु कोइरालालाई डिजिटल राहदानी प्रदान गरे। उक्त कार्यक्रममा प्रजिअ रिजालले भने, ‘सुरूका दिनमा राहदानी बन्न एक महिना लाग्थ्यो अब छोटो समयमै बन्ने भएको छ। यसले समय, पैसा र कागजको बचतका साथै सेवा प्रवाह पनि सहज बन्दै गएको छ।’, उनका अनुसार १० दिनमा ११८ राहदानी बनेका छन्। हस्तलिखित, एमआरपी हुँदै अहिले डिजिटल राहदानी आइपुग्दा यसले मानव जीवनलाई पनि अझ बढी सफल बनाएको जनाए।, राष्ट्रिय परिचयपत्र भरेकाले राहदानी शाखामा रूजु गरेर लाग्ने शुल्क पाँच हजार तिरेपछि राहदानी प्राप्त हुने जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ।,
सुर्खेतमा डिजिटल राहदानी सेवा प्रारम्भ
|
नारायण खड्का बाँके राष्ट्रिय निकुञ्जमा बाघ समात्न छ दिनदेखि जारी अभियान सोमबार बेलुकी स्थगन गरिएको छ। यसबाट बाघको आहारा निम्ति जंगलमा बाँधेर राखिएका दुइटा पाडाको ज्यान बालबाल जोगिएको छ।, ती पाडालाई छ दिन जंगलमा बाँधेर राख्दा पनि बाघ खान नआएपछि खोजी अभियान स्थगन गरिएको हो।, बाँके राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत श्यामकुमार साहले सोमबार बेलुकी दुवै पाडालाई जंगलबाट फिर्ता ल्याइएको जानकारी दिए।, ‘छ दिन धुइँपत्ताल खोज्दा पनि बाघ फेला पार्न सकिएन,’ साहले सेतोपाटीसँग भने, ‘आज बेलुकी हामीले दुवै पाडा फिर्ता ल्यायौं।’ बाघ खोजीमा प्रयोग गरिँदै आएका दुई हात्तीसमेत फिर्ता गरिएको उनले बताए।, केही समययता आतंक मच्चाइरहेको बाघ उत्तर वा दक्षिणको आफ्नो कोर एरियातर्फ लागेको अनुमान गरिएको छ।, दाङसँग सीमाना जोडिएको बाँकेको राप्ती सोनारी गाउँपालिका तथा नरैनापुर क्षेत्रमा चार महिनायता बाघले चार जनाको ज्यान लिइसकेको छ। यसअघि असोजमा पनि यस्तै घटना भएर बाघ नियन्त्रणमा लिने प्रयास गरिएको थियो।, घनघोर जंगलमा घरपालुवा पाडालाई बाघको आहारा निम्ति बाँधेर राखेकोमा पशु अधिकारकर्मीहरूले विरोध गर्दै आएका थिए।, बाघलाई चारो राख्न लागिएका दुई पाडा। तस्बिर सौजन्य: गणेश खड्का, डिभिजन वन कार्यालय बाँके, यो पनि पढ्नुस्:, ठूलोले सानोलाई खान्छ, सानोले आफूभन्दा मसिनोलाई आहारा बनाउँछ। सृष्टिको चक्र नै यही हो।, यो सृष्टिचक्रमा मानिस मात्र यस्तो प्राणी हो, जो आफ्नो सुरक्षाको खातिर आफूभन्दा कमजोरलाई ढाल बनाउँछ। आफ्नो बचाउको निम्ति अर्काको सहारा लिन्छ वा भनौं, आफ्नो ज्यान जोगाउन अर्काको ज्यान खतरामा पार्न तयार हुन्छ।, यही स्वार्थी बेहोराले नै हो सायद, मान्छे अनेक प्रतिकूलताका बाबजुद आफूभन्दा शक्तिशाली प्राणीमाथि राज गरेर बाँचेको छ।, हामी कुरा गर्दैछौं बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रको, जहाँ एउटा बाघ समात्न दुईवटा पाडाको सहारा लिइँदैछ।, आफ्नो दैनिक जीवनमा अनेक अत्याधुनिक प्रविधि, हातहतियार र गुड्ने गाडीदेखि उड्ने हवाईजहाजसम्म प्रयोग गरिरहेको मान्छेलाई जंगलको एउटा बाघ समात्न यी कुनै साधन काम लागेनन्। उसले निरीह पाडाहरूलाई घन्घोर जंगलबीच छाड्नुपर्यो, ताकि त्यो बाघ आओस्, त्यसलाई खाओस् र अघाएर मस्त आराम गरिरहेका बेला कायरझैं चुपचाप उसको शिकार गर्न सकियोस्। यस्तो बेहोरा देखाउने अरू कोही जनावर सायदै होला!, हाम्रो यो कथा तिनै अभागी पाडाहरूको हो, जसलाई मान्छेले आफ्नो ज्यान जोगाउन बाघको मुखमा धकेल्दैछ।, दाङसँग सीमाना जोडिएको बाँकेको राप्ती सोनारी गाउँपालिका तथा नरैनापुर क्षेत्रमा चार महिनायता बाघले चार जनाको ज्यान लिइसकेको छ। अन्य केहीलाई आक्रमण गरेको हुँदा स्थानीय त्रसित छन्। यसअघि असोजमा पनि यस्तै घटना भएर बाघ नियन्त्रणमा लिने प्रयास गरिएको थियो। बाँके राष्ट्रिय निकुञ्जको आग्रहमा बर्दिया निकुञ्जबाट प्राविधिक झिकाइयो। ती प्राविधिकले जंगलमा पाडो राखेर बाघ पहिचान र नियन्त्रणमा लिने प्रयास गरे। तर सफल हुन सकेनन्।, त्यही प्रयास बाँके निकुञ्जले यसपालि फेरि सुरू गरेको छ।, यसको निम्ति 'नरभक्षी' बाघ लोभ्याउन डिभिजन वन कार्यालय र सम्बन्धित वडा कार्यालय मिलेर बजारबाट दुईवटा पाडा किनेर ल्याएका छन्। मान्छेले आफ्नो बूताले बाघ समात्न नसकेपछि निरीह पाडाको चारो हालिएको छ।, दुवै पाडो कम्तिमा ५० किलो वजनका छन्। बाघले ५० किलोभन्दा माथिको शिकार मात्र मन पराउने हुँदा त्यही आकारका पाडा किनिएको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ। यस्ता पाडाको बजार मूल्य २५ हजार रूपैयाँ हाराहारी पर्छ।, सबभन्दा पहिला गत मंगलबार रातभरि राप्ती सोनारी गाउँपालिका-६ मा पर्ने सिद्धेश्वरी सामुदायिक वन क्षेत्रमा एउटा पाडो राखियो। तर त्यो रात बाघ आएन। पाडोको ज्यान बच्यो।, बुधबार सोही वन क्षेत्रका दुई फरक-फरक स्थानमा दुइटै पाडा राखिए। भोलिपल्ट दुवै सकुशल फेला परे। अभागी पाडाहरू दोस्रो दिन पनि भाग्यमानी ठहरिए, बाघबाट बालबाल बाँचे।, ती पाडालाई यसैगरी घना जंगलमा छाडिँदै आएको छ। आजसम्म बालबाल बाँचिरहेका छन्। भाग्यले कति दिन साथ दिने हो थाहा छैन। जुन दिन मान्छेको भाग्य बलियो र पाडाहरूको कमजोर हुनेछ, त्यस दिन बल्ल यो 'बाघचाल' समाप्त होला।, वन अधिकृतहरूका अनुसार बाघले जब पाडो खान्छ, तब ऊ अघाएर आसपासै कतै आराम गर्न जान्छ। टन्न पेट अघाएका बेला बाघ धेरै टाढा हिँडडुल गर्न सक्दैन। ऊ त्यही पाडा राखिएको ठाउँ वरिपरि नै कतै हलनचल आराम गरिरहेको हुन्छ। त्यही बेला बाघको खोजी गरिन्छ र पहिचान भइसकेपछि सार्पसुटरले रूखको छेल परेर लुकिछिपी बाघको शिकार गर्छ।, बाघको शिकारमा प्रयोग गरिएका यी पाडा जंगलमा बस्न अभ्यस्त छैनन्। यिनीहरू बजारबाट किनेर ल्याइएका घरपालुवा हुन्। त्यसैले रातको अन्धकारमा जंगलमा दुक्लै बाँधेर राखिँदा रातभर कराउने गरेको यो अभियानमा संलग्न एक अधिकारीले बताए।, बाँके राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत श्यामकुमार साह बाघ समात्न पाडोलाई चारोका रूपमा प्रयोग गर्नु नैतिक रूपले उचित नभए पनि अर्को विकल्प नभएको बताउँछन्।, 'जंगली जनावर समात्न जंगली जनावरकै प्रयोग गरिएको भए ठिकै थियो,' उनले भने, 'तर घरपालुवा जनावर त्यसरी जंगलमा बाँध्नुलाई त्यति जायज हो भन्न मिल्दैन।', उनका अनुसार अफ्रिकी मुलुकहरूमा बाघ समात्ने विधि अर्कै छ। त्यहाँ बाघ समात्न जंगलमाथि हेलिकप्टर वा ड्रोन उडाइन्छ। तिनै हेलिकप्टर वा ड्रोनबाट बाघ वा शिकार गर्नुपर्ने अन्य जंगली जनावर कहाँ लुकेको छ भन्ने पहिचान गरिन्छ। यसै आधारमा आकाशबाट बेहोस गर्ने गोली चलाइन्छ र त्यसपछि जाल हालेर जनावरलाई नियन्त्रणमा लिइन्छ।, नेपालमा भने जंगलको बनावटका कारण माथिबाट हेलिकप्टर वा ड्रोन उडाएर तल भुइँमा बाघ पहिचान गर्न सम्भव नभएको संरक्षण अधिकृत साहले बताए।, 'हाम्रो वनजंगलको बनोट नै भिन्नै छ। रूखहरू अग्लाअग्ला र झ्यांगिने खालको भएकाले माथिबाट हेरेर भुइँ अनुगमन गर्न सकिँदैन,' उनले भने, 'मिल्ने भइदिएको भए हामी पनि हेलिकप्टर उडाएर सजिलै बाघ पहिचान गर्न सक्थ्यौं।', यसबाहेक बाघले आफ्नो शिकार झम्टिन आएकै बेला बेहोस पार्ने गोली चलाएर पनि नियन्त्रणमा लिन सकिन्छ। यसको निम्ति बाघ कहिले आउला भनेर चौबीसै घन्टा कुरेर बस्नुपर्छ। यसो गर्नु मान्छेको निम्ति खतरनाक हुन सक्छ। त्यसैले, दुइटा पाडोलाई बाघको आहारा निम्ति जंगलमै बाँधेर राख्नुको विकल्प नभएको साहको भनाइ छ।, बाघ खोज्न प्रयोग गरिएका हात्ती। तस्बिर सौजन्य: गणेश खड्का, डिभिजन वन कार्यालय बाँके, बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्का पनि बाघको आहाराका लागि रातभर जंगलमा पाँडो बाधेर राख्नु प्रकृतिको नियमविपरीत भएको बताउँछन्।, 'जंगलमै हुर्केको अर्ना हुन्थ्यो भने जायज हुँदो हो। त्यसलाई पनि नबाँधेर खुला राख्नुपर्छ,' उनले भने, 'यहाँ त घरमा पालिएका अबोध पाडाहरूलाई घनघोर जंगलमा रातभर एक्लै बाँधिएको छ। यसलाई कसरी जायज मान्नु?', यति मात्र होइन, बाघले हमला गर्नेबित्तिकै तत्कालै नियन्त्रणमा लिएको भए पनि जायज मान्न सकिने उनको भनाइ छ।, पछिल्लो समय दुई दिनको अन्तरमा बाघले दुई जना महिलाको ज्यान लिए पनि खान पाएको थिएन। उनीहरूसँगै रहेका मानिसले खबर गरेपछि गाउँले र सुरक्षाकर्मीहरूले होहल्ला गर्दै बाघको पञ्जाबाट ती महिलाको शव छुटाएर ल्याउन सफल भएका थिए।, 'त्यतिखेरै बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिन सकेको भए हुन्थ्यो,' खड्काले भने, 'तर मान्छे मारेको एक-डेढ सातापछि पाडाको चारो राखेर बाघ नियन्त्रणमा लिन खोज्नु त्यति वैज्ञानिक विधि हो जस्तो लाग्दैन।', उनले अगाडि भने, 'बाघ एकैठाउँ बसिरहन्न। नियन्त्रणमा लिइए पनि त्यही मान्छे खाने बाघ हो कि होइन छुट्टयाउने आधार के?', पशु अधिकारकर्मीहरूले पनि यो घटनाको विरोध गरिरहेका छन्। विरोधकै कारण ती पाडा फिर्ता गर्नुपर्ने अवस्था आउन सक्ने डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी गणेश खड्काले बताए।, 'अब यी पाडालाई फिर्ता गर्ने हो कि भन्नेबारे सामान्य छलफल हुन थालेको छ,' खड्काले भने, 'सायद अब एक-दुई दिनभन्दा बढी प्रयोग नहुन सक्छ।', एक-दुई दिनसम्म पाडा बाँचे भने उनीहरूको 'तक्दिर बलियो मान्न सकिने' उनी बताउँछन्।, बाघको खोजीमा दैनिक ठूलो जनशक्ति परिचालन हुँदै आएको छ। प्राविधिक टोलीसहित दुईवटा हात्तीका साथमा सेना, प्रहरी र वनका कर्मचारीको लावालस्कर जंगलमा घुम्दैछ। दैनिक ३० देखि ४० जनाको टोली खटिएको छ। गाडी जान सक्ने ठाउँमा गाडी परिचालन गरिएको छ भने गाडी जान नसक्ने ठाउँमा हात्ती प्रयोग गरिएको छ।, वन कार्यालय बाँकेका सूचना अधिकारी खड्काका अनुसार प्राविधिक टोलीसँग चार-पाँचवटा स्काइप क्यामरा छन्। त्यो क्यामराले निरन्तर फोटो खिचेर पठाउँछ र त्यसैका आधारमा टोली जंगलमा घुम्छ। कहिले राति त कहिले एकाबिहानै कुद्नुपर्ने उनी बताउँछन्।, यति हुँदाहुँदै छ दिनदेखि लगातार खोज्दा पनि बाघ फेला नपरेकाले अब त्यसलाई समात्न सजिलो नभएको उनको भनाइ छ। हात्ती र गाडीले जंगलमा एकोहोरो होहल्ला गर्दा बाघ अन्यत्र गइसकेको हुनसक्ने अनुमान छ।, यसबाहेक राप्ती सोनारी गाउँपालिकाको भुवर भवानीमा अहिले ठूलो मेला लागेको छ। मेलामा हल्लाखल्ला हुन्छ। ठूलो संख्यामा मानिसको ओहोरदोहोर पनि भइरहेको छ। यसले पनि बाघ अन्यत्र गइसकेको हुनसक्ने सम्भावना छ।, निकुञ्जका संरक्षण अधिकृत साह पनि बाघ ठाउँ छाडेर गइसकेको हुनसक्ने अनुमान गर्छन्।, उनका अनुसार बाघको शिकार मान्छे हुँदै होइन। पछिल्ला घटना संयोगवश जम्काभेट हुँदा भएका हुन्। जसरी मान्छे बाघसँग डराउँछ, त्यसैगरी बाघ पनि मान्छेसँग डराउँछ। लगातार जंगलमा मान्छेको आवागमन र होहल्ला सुनेर ऊ डरले लाखापाखा लागिसकेको हुनसक्ने साहको अड्कल छ।, बाँकेको नरैनापुरसँगै भारतको साहेलौवा राष्ट्रिय निकुञ्ज छ। आसपास बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज पनि छ। त्यो बाघ जहाँबाट पनि मध्यवर्ती क्षेत्र आइपुगेको हुनसक्छ। संरक्षण अधिकृत साह भने बाँके र बर्दिया निकुञ्जमा बाघको संख्या उल्लेखनीय वृद्धि भएकाले यो बाँकेकै भएको बताउँछन्।, डिभिजन वन कार्यालयका सूचना अधिकारी खड्का पनि सहमत छन्। हरेक दृष्टिले नियाल्दा यो बाघ बाँकेकै निकुञ्जमा जन्मिएर हुर्किएको हो भन्ने बलिया आधार भएको उनको भनाइ छ।, यसबीच बाघको आक्रमणबाट मृत्यु भएका दुई परिवारलाई ५०-५० हजार रूपैयाँका दरले क्षतिपूर्ति दिइएको छ। डिभिजन वन कार्यालय बाँके र वन तथा वातावरण संरक्षण समन्वय समिति बाँकेले उक्त राहत रकम दिएका हुन्।, बाघको आक्रमणबाट राप्ती सोनारी गाउँपालिका-४, पर्सोनाकी ५३ वर्षीया लिला बिष्टको पुस २२ गते र वडा नम्बर ६ फत्तेपुरकी ३२ वर्षीया चाँदनी थारूको पुस २४ गते ज्यान गएको थियो। उनीहरू जंगलमा घाँसदाउरा काट्न गएका थिए।, बाघले ज्यान लिएका मान्छेले त क्षतिपूर्ति पाए। अब केही दिनसम्म ती दुई पाडाको भाग्य बलियो रहेन भने उनीहरूले पनि ज्यान गुमाउनुपर्नेछ। मान्छेको सुरक्षा निम्ति ज्यान गुमाए पनि ती पाडालाई हामी कसैले धन्यवादसम्म भन्ने छैनौं।,
बालबाल बाँचे बाघको मुखमा धकेलिएका दुई पाडा, खोजी अभियान स्थगित
|
एजेन्सी अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परि २६ जनाको ज्यान गएको छ। मृत्यु हुनेमध्ये पाँच महिला र चार जना बालबालिकासमेत रहेका अफगानिस्तानी मिडियाले जनाएका छन्।, अफगानिस्तानको पश्चिमी प्रान्त बडघिसलाई केन्द्रबिन्दु बनाएर सोमबार गएको ५.५ रेक्टर स्केलको भूकम्पमा परी ७०० भन्दा बढी घर भत्किएका छन्। दर्जनौं व्यक्ति घाइते भएका छन्। घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।, अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार अफगानिस्तान-ताजिकिस्तान सीमावर्ती क्षेत्रमा भूकम्पको केन्द्रबिन्दु थियो। , मापन केन्द्रका अनुसार २ घन्टाको अन्तरमा दुई पटक भूकम्प गएको थियो। दोस्रो पटक ४.९ रेक्टर स्केलको भूकम्प गएको थियो।,
बडघिस प्रान्तका संस्कृति एवं सूचना विभाग प्रमुख बास मोहम्मद सरवरीका अनुसार भुकम्पका कारण सयौं घर ढलेका छन्। प्रान्तको दक्षिणी भागमा रहेको क्वादिस जिल्लामा भूकम्पले ठूलो क्षति पुर्याएको छ। , बडघिसका गभर्नर मोहम्मद सालेहले क्वादिस जिल्लाका केही व्यक्तिले घरको छत खसेर ज्यान गुमाएको जानकारी दिए।, पेशावर, मानशेरा, बालाकोट र चारसादासहित खैबर-पख्तुनख्वा लगायतका विभिन्न सहरमा भूकम्पको धक्का महसुस गरिएको थियो।, अफगानिस्तान बारम्बार भूकम्पको चपेटामा पर्दै आइरहेको छ। सन् २०१५ मा ७.५ रेक्टरको भूकम्प आउँदा करिब २८० जनाले ज्यान गुमाएका थिए।,
अफगानिस्तानमा भुकम्प, २६ को मृत्यु दर्जनौं घाइते
|
रासस समूहबाट निकालिएका ध्रुवे, रोनाल्डो र गोविन्दे नामले चिनिने मत्ता (भाले) हात्ती समय–समयमा मात्तिने गरेका छन्।, यी तीन हात्तीले धेरै जिउधनको क्षति गरिसकेका छन्। मुख्यरूपमा वर्षमा दुईपटक यी मात्तिने गर्दछन्।, हात्तीका विषयमा विद्यावारिधि गरिरहेका अशोक राम पुस–माघ र जेठ–असार गरी वर्षमा दुईपटक भाले हात्ती मात्तिने बताउँछन्। मात्तिएकै बेलामा हात्तीले धेरै जिउधनको क्षति गराउने गरेका छन्।, उनको भनाइमा रोनाल्डोले २२, धुव्रेले १९ र गोविन्देले तीन जनाको ज्यान लिइसकेका छन्। ती तीनवटै हात्ती यतिबेला चितवन राष्ट्रिय निकुञ्जको सौराहा र कसरा आसपासको क्षेत्रमा छन्।, गत एक महिनायता गोविन्दे र ध्रुवेले एक–एक जनाको ज्यान लिइसकेका छन्। यो मौसममा ती हात्तीले जनधनको क्षति बनाउन सक्ने भन्दै सावधानी अपनाउन विज्ञहरूको सुझाव छ।, निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार ध्रुवे यतिबेला टाइगरटप्स क्षेत्रको रिउ र राप्तीको सङ्गमस्थलतिर छ। गोविन्दे र रोनाल्डो पनि सौराहा र कसरा आसपासमा समय–समयमा देखिने गरेका छन्।, तिवारीको भनाइमा ध्रुवेलाई रेडियो कलर जडान गरेकाले यकिन ठाउँ थाहा हुन्छ भने रोल्नाडोलाई रेडियो कलर जडान गरिएको भए पनि अहिले नरहेका कारण यकिन ठाउँ थाहा हुन सक्दैन। तर समय–समयमा यी तीनै हात्ती देखिने गरेको तिवारी बताउँछन्।, निकुञ्जले पालेका हात्ती प्रजननमा यी हात्ती प्रयोग हुँदै आएका छन्। पछिल्ला वर्षहरूमा अधिकांश छावा यिनै तीन मत्ता हात्तीबाट जन्मिएका छन्। यो मौसममा कुहिरो लाग्ने भएकाले निकुञ्ज आसपास क्षेत्रमा हिँड्डुल गर्दा सावधानी अपनाउनुपर्ने देखिन्छ।, ‘यो हात्तीको आक्रमण हुनसक्ने समय भएकाले जोगिएर हिँड्डुल गर्नुपर्दछ,’ उनले भने। निकुञ्ज बाहिर खानाका लागि हात्ती आउन सक्ने समय पनि यो हो।, ‘यतिबेला निकुञ्जमा राम्रो घाँस हुँदैन, बाहिर लगाएको खेतीबाली हरियाली देखेपछि हात्ती बाहिर आउन सक्छ,’ उनले भने।, निकुञ्ज संरक्षणमा लामो अनुभव संगाल्नुभएका संरक्षणकर्मी वेदबहादुर खड्का हात्ती बस्तीमा आइहालेमा होहल्ला गरेर नलखेट्न सुझाव दिन्छन्। धेरैजसो घटना हात्ती लखेट्ने क्रममा हुने गरेको उनले बताए।, कतिपयले मादक पदार्थ सेवन गरेर राँको बाल्दै हात्ती लखेट्ने गर्दछन्। यो आफैँमा जोखिम रहेको खड्काको भनाइ छ।, हात्ती आइहालेमा निकुञ्जका अधिकारी र सुरक्षाकर्मीलाई खबर गरेर धपाउनुपर्ने उनको सुझाव छ। अशोक रामका अनुसार ५०० मिटरभित्र हात्ती छ भने त्यस क्षेत्रका रुखका हाँगा भाँचेका हुन्छन्।, यस्तै ३०० मिटरभित्र हात्तीको शरीरको गन्ध आउँछ भने हात्तीले नार्रनुर्र गरेको आवाज र सय मिटरको दूरीमा हात्तीले सुँड बजारेको आवाज आउँछ।, हात्तीले मानिसमाथि आक्रमण गर्दा डराएर आत्तिएर गर्ने बताउँदै रामले भने, ‘हात्ती शाकाहारी जनावर हो, उसले मान्छे मारेर के पाउँछ र?’, आफूलाई खतरा महसुस गरेर नै हात्तीले आक्रमण गर्ने उनको भनाइ छ।, चितवनमा अहिले भइरहेका ती हात्तीमध्ये ध्रुवे रौतहटसम्म पुग्ने गर्दछ भने गोविन्दे र रोनाल्डो चितवन र पर्सा क्षेत्रमा घुम्ने गरेका छन्। ध्रुवे र रोनाल्डो नेपालको पूर्वी क्षेत्रबाट आएको अनुमान गरिएको छ।, गोविन्दे भने यसै क्षेत्रमा समूहबाट छुट्टिएको हुनसक्ने रामको अनुमान छ।, समूहमा बस्ने हात्ती नियमविपरीत काम गरेमा निष्कासित हुने गर्दछ। समूहबाट निकालिएपछि झनै अराजक हुने र मातेर जनधनको क्षति गर्ने गरेको रामले बताए। वर्षको दुईपटक प्रजननको समयमा भाले हात्ती मात्तिने गर्दछन्।,
वर्षमा दुई पटक मात्तिन्छन् ध्रुवे, रोनाल्डो र गोविन्दे!
|
सेतोपाटी संवाददाता नक्कली मोबिल बनाएर बिक्री वितरण गरेको आरोपमा रौतहटबाट दुई जना पक्राउ परेका छन्।, पक्राउ पर्नेमा राजदेवी नगरपालिका-९ का २८ वर्षीय राणारौशन सिंह र ४२ वर्षीय हरेन्द्रकुमार सिंह छन्।, गौर नगरपालिका-५ मा राणारौशनले सञ्चालन गरेको जय शिव शक्ति अटोमोबाइल पसलमा नक्कली मोबिल फेला परेको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए।, मल्लका अनुसार अटोमोबाइलनजिकै रहेको घरमा गोदाम सञ्चालन गरी उनीहरूले नक्कली मोबिल बिक्री वितरण गर्ने गरेको खुलेको छ।, क्यास्ट्रोल, बजाज, हिरोहोण्डा कम्पनीको लोगो राखेर उनीहरूले मोबिल बेच्ने गरेका थिए।, गोदामबाट प्रहरीले नक्कली मोबिल भरिएको ३ हजार बट्टा, खुला रूपमा मोबिल राखेको दुई सय लिटरको ड्रम र मोबिल राख्ने गरेको टिमको ९ वटा ड्रम बरामद भएको मल्लले जानकारी दिए।,
नक्कली मोबिल बनाएर बिक्री गरेको आरोपमा दुई जना पक्राउ
|
एजेन्सी छिमेकी मुलुक भारतमा कोरोनाभाइरसको तेस्रो लहर चलिरहेको छ। पछिल्ला १५ दिनमा भारतमा कोरोनाको संक्रमण फेरि तीव्र गतिमा फैलिइरहेको छ।, सन् २०२२ को पहिलो दिन २७ हजार मानिसमा कोरोना संक्रमण पुष्टि भएकोमा जनवरी १५ मा एकैदिन २ लाख ७१ हजार मानिसमा संक्रमण भएको थियो। त्यसपछिका दुई दिनमा भने भारतमा संक्रमण घटेकोजस्तो देखिएको छ।, वर्ल्डोमिटरका अनुसार जनवरी १६ मा भारतभरि २ लाख ५८ हजार मानिसमा कोरोना संक्रमण भएको थियो भने सोमबार २ लाख ३८ हजारमा संक्रमण पुष्टि भएको छ।, दैनिक संक्रमित कम भए पनि भारतमा कोरोनाको संक्रमण घट्दो क्रममा रहेको भन्नचाहिँ मिल्दैन। टाइम्स अफ इन्डियाका अनुसारमा अहिले भारतमा ओमिक्रोन भेरियन्टको संक्रमण बढ्दो क्रममा छ भने सक्रिय संक्रमित पनि १७ लाख नाघेका छन्।, सोमबार भारतभर १७ लाख ३६ हजार सक्रिय संक्रमित थिए। यो संख्या पछिल्ला २३० दिनकै सबैभन्दा बढी हो।, संक्रमण बढेअनुसार भारतमा कोरोना संक्रमितको मृत्यु हुने दर भने बढेको छैन। एकैदिन २ लाखभन्दा बढी संक्रमित हुँदा पनि दैनिक मृत्यु भने पाँच सय नाघेको छैन।, पहिलो पटक ओमिक्रोन भेरियन्ट पत्ता लागेको दक्षिण अफ्रिकामा दुई सातामा ओमिक्रोनको लहर ओह्रालो लागेको थियो।, नोभेम्बर अन्तिमतिर बढ्न लागेको संक्रमण डिसेम्बर दोस्रो साताबाट घट्न लागेको थियो। दक्षिण अफ्रिकाको सरकारले ठूलो क्षतिबिनै ओमिक्रोनको लहर पार गरेको बताएको थियो।, दक्षिण अफ्रिकामा जस्तै भारतमा पनि ओमिक्रोनको लहर दुई सातामै ओह्रालो लागेको हो कि होइन भन्ने अहिले यकिन छैन।, कोरोनाको संक्रमण एक-दुई दिन घटेर फेरि बढ्न पनि सक्छ। दोस्रो लहर चल्दा भारतमा यस्तो ट्रेन्ड देखिएको थियो।, २०२१ को अप्रिल ३० मा ४ लाख २ हजार संक्रमित थपिएका थिए भने मे महिनाको एक-दुई दिन संक्रमण केही घटेजस्तो देखिएको थियो। केही दिनमा फेरि संक्रमण बढ्न थालेको थियो र मे ६ मा एकैदिन ४ लाख १४ हजार संक्रमित थपिएका थिए। भारतमा एकैदिन सबैभन्दा धेरै संक्रमित थपिएको त्यही दिन हो। ,
भारतमा कोरोना संक्रमण घट्न लागेको हो?
|
रासस बालविवाह मुद्दामा तनहुँ जिल्ला अदालतले पाँच जनालाई कैद र जरिवानाको फैसला सुनाएको छ।, जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको सोमबारको इजलासले बालविवाह मुद्दामा पाँच जनालाई जनही १५ दिन कैदको फैसला सुनाएको हो। , साथै उनीहरूलाई जनही पाँच/पाँच हजार रुपैयाँ जरिवानाको फैसला भएको तनहुँ अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए।, उनका अनुसार गोरखाको सहिद लखन गाउँपालिका–३ का भानुभक्त अर्याल, सोही ठाउँका सन्तोष अर्याल, व्यास नगरपालिका–११ का विष्णुप्रसाद भट्टराईलाई कैद र जरिवानाको फैसला भएको छ।, दुई जनाको नाम भने खुलाइएको छैन। प्रहरीले गत असार ३१ गते बालविवाह मुद्दा दर्ता गरेको थियो। ,
बालविवाह मुद्दामा पाँच जनालाई कैद
|
रासस वि.सं २०७९ का लागि नेपाल पञ्चांग निर्णायक समितिले १४ वटा पात्रो (पञ्चांग) लाई स्वीकृति दिने निर्णय गरेको छ।, आगामी वर्षका लागि तोयनाथ पन्तको, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बंगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति, सिद्धि र खप्तड तारानाथ पञ्चांग गरी १४ पात्रो (पञ्चांग) लाई स्वीकृति दिने निर्णय गरिएको समितिका सदस्यसचिव सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए।, समितिबाट स्वीकृति पाएका पात्रो यही माघ १५ गतेदेखि बजारमा आउनेछन्।, वि.सं २०७६ सम्म पुस अन्तिम साता नै पात्रो (पञ्चांग) प्रकाशन भइसक्थ्यो। गत वर्षदेखि कोरोना महामारीका कारण पञ्चाङ्गकार जम्मा भएर रुजु गर्ने काममा समस्या आएकाले काममा ढिलाइ भएर प्रकाशन ढिला हुन थालेको हो। , वि.सं २०७७ पुस २० गते मन्त्रिपरिषद्ले समितिको गठन आदेश स्वीकृत गरेको थियो। त्यसअघि मन्त्रालयको पत्रका आधारमा मात्र समिति गठन भएर पात्रोलाई स्वीकृति दिने गरिएको थियो। गठन आदेशअनुसार समितिले स्वीकृति दिएका पात्रोमात्र प्रयोग गर्न आम मानिसलाई सूचना प्रकाशन गरी आह्वान गरिएको छ। , पात्रोमा राखिने तिथि, बार, योग, नक्षत्र र करण गरी पाँच समूहलाई पञ्चांग भनिन्छ।, पछिल्लो समय सामान्य मानिसले पनि बुझून् भनी घडीपलालाई बजेमा रूपान्तरण गरेरसमेत पात्रोमा राखिने गरेको छ। पात्रोलाई अझै सुधार गर्नुपर्ने माग पनि उठ्ने गरेको छ।, गत वर्षदेखि नै समितिले भित्तेपात्रोलाई व्यवस्थित गर्ने भनिए पनि ठोस काम हुन सकेको छैन।, समितिको स्वीकृतिमा पात्रो निस्किएपछि त्यही सारेर भित्तेपात्रो प्रकाशन हुने गरेकाले त्यसलाई व्यवस्थित गर्न लागिएको हो।, यस वर्ष भित्तेपात्रोलाई व्यवस्थित गर्न स्वीकृति लिन आउनु भनी समितिले सूचना प्रकाशन गरेको थियो। तर भित्तेपात्रो प्रकाशन गर्नेहरूले समितिसँग समन्वय गरेका छैनन्।, सूचना तथा प्रसारण विभागले मात्र समितिको स्वीकृतिमा भित्तेपात्रो प्रकाशन गर्ने गरेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए।, अन्य भित्तेपात्रो भने विभाग र समितिले स्वीकृति दिएका पात्रो (पञ्चांग) सारेर प्रकाशन हुने गरेकाले प्रतिलिपि अधिकारसम्बन्धी कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउने विषयमा पनि छलफल सुरू भएको समितिले जनाएको छ।,
२०७९ का लागि १४ पात्रोलाई स्वीकृति, माघ १५ देखि बजारमा
|
रासस हेलम्बुको चनौटे रातोपुलमा बेलिब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ।, नेपाली सेनाको श्री इञ्जिनियरिङ विभागले पुल निर्माणको जिम्मा पाएलगत्तै दैनिक ६० जना सैन्य जनशक्तिले दुई महिनाभित्र नै पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ।,
,
लम्ची खोलामा गत असार १ गते गएकोे बाढीले हेलम्बु र मेलम्ची क्षेत्रका ११ वटा झोलुंगे पुल र ७ वटा पक्की पुल बगाएपछि एकमात्र विकल्पमा रहेको चनौटेको रातोपुलसमेत साउन १६ गते बगाएपछि त्यस भेगका झण्डै १५ हजार स्थानीय प्रत्यक्ष प्रभावित बनेका थिए। , मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलसम्मको मुख्य प्रवेश मार्गसमेत रहेको चनौटे रातोपुलमा बेलिब्रिज निर्माण कार्य अन्तिम चरणमा रहेको र उद्घाटन केही दिनमा गरिने सेनाका प्राविधिक भीमसेन थापाले जानकारी दिए। , रातो पुल बगाएपछि तीन स्थानीय तहको सडक सञ्जालका रूपमा रहेको बेलिब्रिज बनाउन अर्थ मन्त्रालयको रु ९० लाख ५३ हजारको बजेट विनियोजन गरिएको थियो।, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गाउँपालिकाको सडक सञ्जाल मजबुत बनाउन बेलिब्रिजले महत्व राख्ने बताउँदै पर्यटकको आवतजावतमा समेत वृद्धि हुने अनुमान गरे। , पुल निर्माण भएपछि हेलम्बु गाउँपालिकाको केन्द्र किउल, तार्केघ्याङ, सेर्माथाङ, पाल्चोक, नाकोते मेलम्चीका वडा ७ र ८ तथा पाँचपोखरीका १ र २ लगायतका ठाउँमा यातायात सहज हुने भएको छ।,
चनौटेमा बेलिब्रिज निर्माण अन्तिम चरणमा
|
विनोद सापकोटा पूर्वीद्वार काँकडभिट्टा नाकाबाट अत्यावश्यक कामबाहेक भारतलगायत तेस्रो मुलुक जान र त्यहाँबाट नेपाल आउन स्थानीय प्रशासनले सर्वसाधारणलाई रोक लगाएको छ।, कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पश्चिम बंगालका सहरहरूमा तीव्र रूपमा फैलन थालेपछि नाकामा कडाइ गरिएको हो।, भारतको पश्चिम बंगाल नेपालसँग सीमा जोडिएको राज्य हो। काँकडभिट्टाको ४ किलोमिटर दूरीमा कोरोनाको नयाँ भेरियन्ट सनसनी फैलिन थालेको भारतीय अखबारले जनाएपछि काँकडभिट्टा प्रशासनले सोमबारदेखि आउजाउमा रोक लगाएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक सुनिल दाहालले बताए।, ‘हामीले अत्यावश्यक कामबाहेक भारतीय बजारमा किनमेल लगायत अन्य कामका लागि नजान सर्वसाधारणलाई अनुरोध गरेका छौं। सोमबार केही खुकुलो भए पनि मंगलबार बिहानदेखी बिरामी, औषधी र हवाई उडानका लागि भारत जानुपर्ने बाध्यात्मक अवस्था भएका नागरिक र पर्यटकलाई मात्र छोडेका छौं,’ प्रहरी नायब उपरीक्षक दाहालले भने।, अस्पताल जानुपर्ने अवस्था देखिएका बिरामी, औषधी खरिदका लागि जानेले चिकित्सकले सिफारिस गरेको प्रेस्कीप्सन र हवाई उडानका लागि जानु या आउनु पर्ने भएका यात्रुले टिकट अनिवार्य साथमा बोक्नुपर्ने प्रहरी नायब उपरीक्षक दाहालले बताए।, कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन अघिल्ला भेरियन्टभन्दा बढी संक्रामक रहेकोले नाकामा सावधानी अपनाइएको पनि प्रहरीले जनाएको छ।, दक्षिण अफ्रिका हुँदै अहिले यो भेरियन्ट छिमेकी मुलुक भारतमा पनि आइसकेको छ। यसले नेपाललाई पनि जोखिममा पारेको प्रहरीले जानकारी दियो।, नयाँ भेरियन्टको सम्भावित जोखिम हेरेर झापाका पूर्व-पश्चिम राजमार्गसँग जोडिएका स्वास्थ्य संस्थाहरूमा सरकारले खोपको व्यवस्था गरेको छ।, भारतबाट नेपाल प्रवेश गर्नेहरूलाई अनिवार्य परीक्षण र खोप लगाउन थालिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।,
काँकडभिट्टा नाकाबाट सर्वसाधारणलाई आउजाउमा रोक
|
रासस लमजुङ र छिमेकी जिल्ला तनहुँ जोड्ने डुम्रे-बेंसीशहर सडक दुई लेनको बनाउन थालिएको छ।, छिमेकी जिल्ला तनहुँको डुम्रे बजारदेखि लमजुङतर्फ निर्माण गर्न लागिएको उक्त सडक अहिले डुम्रे बजार नजिकैबाट दुई लेनको बनाउन थालिएको डुम्रे–बेंसीशहर-चामे सडक आयोजनाका इञ्जिनियर पुरूषोत्तम अधिकारीले बताए। , उनले भने, ‘डुम्रे बजारबाट २२० मिटरदेखि आठ दशमलव तीन किलोमिटर चाम्बाससम्म पहिलो चरणमा दुई लेन सडक बनाउन थालिएको हो। राजमार्गको यस सडकको मापदण्ड दायाँबायाँ ‘राइटअफ वे’ सहित १५/१५ मिटरको हुने भएको छ।’ , इञ्जिनियर अधिकारीका अनुसार १०/१० मिटर जमिनको लगतकट्टा भइसकेको छ भने अधिग्रहण गरिएमध्ये चौडाइ ११ मिटरमा सडकको संरचना बन्ने भएको छ।, यसअघि तीन दशमलव ७५ मिटरको क्यारिज वे (भारवाहन सडक) रहेकामा अब सात मिटरको हुने उक्त आयोजनाले जनाएको छ।, दायाँ-बायाँ एक/एक मिटरको ‘सोल्जर’ तथा एक/एक मिटरको नाली निर्माण गरिने भएको छ। , अहिले सडकको नाली बनाउने, चौडाइ पुर्याउन कटिङ गर्ने, टेवा (पर्खाल) उठाउने लगायत निर्माण कार्य भइरहेको छ।, आयोजनाका अनुसार सडकमा ‘अस्फाल्ट’ किसिमको कालोपत्र हुनेछ भने, कालोपत्र सकिएपछि सडक रङ्गरोगन गर्ने र किलोमिटर पोस्ट राखिने भएको छ।, हालसम्म १५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको जनाइएको छ। आठ दशमलव आठ किलोमिटर सडक विसं २०८० कात्तिक २२ गतेसम्म सक्ने गरी आशिष अनेस्ट जेभीले गत वैशाख २२ गते ठेक्का सम्झौता गरेको थियो।, डुम्रे बेंसीसहर सडक ४२ किलोमिटर रहेको छ। यस सडकको तनहुँ डुम्रेदेखि लमजुङकोे सीमाना पाउदी बजारसम्म २४ किलोमिटर छ।, सडकका लागि भ्याट र पिएस बाहेक ७५ करोड ९४ लाख ९७ हजार रुपैयाँ लागत अनुमान गरिएकामा उक्त जेभीले ३८ करोड नौ लाख ८६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। पहिलो चरणको निर्माण सकिएलगत्तै सडकको अन्य कामसमेत अघि बढाइने बताइएको छ। , छिमेकी जिल्ला तनहुँको डुम्रे बजारबाट वि.सं २०२९ मा खन्न सुरू गरिएको उक्त सडक बेंसीसहरसम्मको ४२ किलोमिटरसम्म पुर्याउन झण्डै १५ वर्ष लागेको थियो।, वि.सं २०४६ मा ट्याक खुलेसँगै विसंं २०५२ देखि सिङ्गल लेनको कालोपत्र थालिएको थियो। सुरू गरेको चार वर्षको अवधिमा ४२ किलोमिटर सडक कालोपत्र गरिएको थियो।, कालोपत्रे भए पछि समय समयमा मर्मतसम्भार हुन नसक्दा सडक जीर्ण बन्दै गएको स्थानीयबासीको भनाइ थियो।, उक्त सडकमा दैनिक सयौं सङ्ख्यामा साना तथा ठूला सवारी साधन सञ्चालन हुन्छ।, डुम्रे बेंसीसहरको उक्त सडक हुँदै हिमाली जिल्ला मनाङका बासिन्दासमेत आवतजावत गर्दै आएका छन्।, यी सडक दुई लेन भई कालोपत्र भए तीनै जिल्लाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने भएका छन्।,
डुम्रे–बेंसीसहर सडक दुई लेनको
|
मनिका विश्वकर्मा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कथाः, उनी जन्मिँदा घरमा खुसीयाली छाएको थियो। पहिलो सन्तान नै 'छोरा' भएपछि तामाङ परिवार दंग परेका थिए। , सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-२ मा हुर्किँदै गर्दा उनलाई भने आफू अलग भएको महसुस हुन थाल्यो। सबैले छोराको रूपमा हेर्न चाहे पनि उनलाई छोरी बन्न मन हुन्थ्यो। केटीका जस्ता कपडामा सजिन, गाजल र ओठमा लाली लाउन मनपर्थ्यो। उनको आनीबानी पनि केटीकै जस्तो हुँदै गयो।, सुरूसुरूमा आमाबाबुलाई आफ्ना छोरामा आएको यस्तो परिवर्तन देखेर अनौठो लाग्यो। तर उनीहरू शिक्षित थिए। आफ्नो सन्तानको मनको चाह बुझ्न सके। जन्म र समाजले दिएको उनको पुरुष पहिचानलाई तामाङ परिवारले पन्छाइदिए।, अनि उनको नयाँ परिचय बन्यो– रुविना तामाङ।, 'मेरो जन्म पुरुषका रूपमा भए पनि मलाई सानैदेखि म महिला हुँ भन्ने लाग्थ्यो,' रुविनाले सेतोपाटीसँग भनिन्, 'मेरो परिवारले पनि मैले रोजेको पहिचानमा सधैं समर्थन गर्नुभयो।', रुविनाका इच्छाहरूलाई समर्थन गर्दै आमाबाबुले उनका सपना पूरा गर्न हौस्याउँदै गए। पहिलो सन्तान भएकाले घरको जिम्मेवारी सम्हाल्ने आश उनीमाथि थियो। योभन्दा ठूलो जिम्मेवारी भने आफ्नो पहिचानका लागि लड्नु थियो। , आफ्नै गाउँमा त परिवारको समर्थनका कारण धेरै समस्या भएन।, उनका अनुसार पुरुषबाट महिला बन्ने उनी गाउँकै पहिलो थिइन्। १५ वर्षसम्म घरै बसेकी उनलाई हजुरबुबाका कुराले पनि खुबै हिम्मत दिन्थे।, 'केटीले गर्ने भनेका काम मैले गर्दा हजुरबुबाले काम सबै बराबर हो, केटाकेटी भन्ने हुँदैन भन्नुहुन्थ्यो,' रुविनाले सुनाइन्, 'उहाँका कुराले मलाई हिम्मत दिन्थ्यो। घरमा मेरो जुनसुकै पहिचान स्वीकार्य थियो। त्यसैले ठूलो सहर काठमाडौं गएर पहिचान बनाउने सपना देखेँ। तर घरबाहिर हरेक दिन पहिचानकै लागि लड्नुपर्यो।', सिन्धुपाल्चोकको सरकारी स्कुलबाट एसएलसी सकेर कलेज पढ्न उनी राजधानी काठमाडौं आइन्। तर ठूलो सहर काठमाडौं उनको घरभन्दा कहाँ हो कहाँ साँघुरो लाग्यो उनलाई। उनको सपनाभन्दा धेरै फरक अनुभव रह्यो यहाँ।, 'कलेज गएदेखि नै मेराबारे टीकाटिप्पणी सुरू भयो,' उनले भनिन्, 'म क्लासभित्र जानेबित्तिकै उ हेर त छक्का आयो जस्ता नराम्रा शब्द बोल्थे। मलाई एकदम नराम्रो लाग्थ्यो। तर म निराश भइनँ। बरू आफूलाई अझै बलियो बनाउन थालेँ।' , पछि उनले कलेजमा आफूजस्तै साथी भेटिन्। उनले रुविनालाई हतोत्साही नहुन बरू अझै खुलेर आफू भएर बाँच्न प्रेरणा दिइन्। ती साथीकै सहयोगले रुविना महिलाकै रूपमा आफूलाई खुलेर चिनाउन थालिन्। महिलाकै लुगा लगाएर हिँडिन्।, त्यो बेला रुविना जम्मा बीस वर्षकी थिइन्। तिनै साथीको माध्यमबाट उनी आफूजस्तै व्यक्तिहरूको अधिकारका लागि लड्ने निलहिरा समाज (ब्लुडाइमन्ड सोसाइटी) सँग जोडिइन्। यसपछि आफ्नो पहिचान र अधिकारबारे झन् धेरै बुझ्न र मनन गर्न पाइन्।, 'राज्यले हामीलाई यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको नाम दिएको छ। तर यसका लागि सरकार र समाज एकदमै कम संवेदनशील छन्। अन्य समुदायभन्दा कम चासो दिइएको छ,' उनी भन्छिन्, 'हामीले शौचालयदेखि अस्पतालसम्म पहिचानको लडाइँ अझै लडिरहनु परेको छ।', उनले यसमै थपिन्, 'मलाई पहिल्यैदेखि पुरुष शौचालय जान मन लाग्थेन। तर कुनै बेला धेरै गाह्रो हुन्थ्यो, नगई धर पाइन्थेन। अनि शौचालयको सहजताकै लागि म पुरुषकै हुलियामा हिँड्थेँ। त्यो पनि कोही नभएका बेला मात्र छिर्ने।', शौचालयको समस्यालाई त उनी यस्तै हो भनेर चित्त बुझाउँथिन्। तर अरू कैंयन गतिविधि थिए जसमा आइपरेका अप्ठ्याराले उनलाई मुश्किल पार्थ्यो।, उनको एउटा घटना सुनाइन्।, रुविनालाई एकदिन असाध्यै पेट दुखेको थियो। घरकै औषधि–उपचारले सन्चै भएन। त्यसपछि उनी काठमाडौंकै नाम चलेको एउटा अस्पताल गइन्। अस्पतालजस्तो ठाउँमा, उपचारका क्रममा, अझ डाक्टरबाट उनको पहिचानमा विभेद होला भन्ने उनले सोचेकै थिइनन्। , उनी महिलाकै रूपमा अस्पताल पुगिन्। उनको जाँच गर्ने डाक्टर पुरुष थिए। भिडिओ एक्सरे गर्दैगर्दा एक्कासि सोधे– तपाईंको ओभरी (पाठेघर) खै?, रुविनाले भनिन्, 'म ट्रान्सवुमन हुँ।', ती डाक्टर केही नबोली जुरुक्क उठेर हिँडे। त्यसपछि उनीसँग रुविनाको दोहोरो संवाद भएन। पछि अस्पतालले सिधै रिपोर्ट लिन मात्र बोलायो।, रुविनाले भनिन्, 'उपचारमा पनि यस्तो अनुभव हुँदा निकै पीडा भयो। डाक्टरलाई समेत हाम्रो पहिचानको ज्ञान नभएकाले यस्तो समस्या आइपरेजस्तो लाग्छ मलाई। अझ हामी ट्रान्सम्यान/ट्रान्सवुमनहरू शरीरको बनावट मिलाउन विभिन्न हर्मोनहरू लिइरहेका हुन्छौं। तर यहाँ धेरै डाक्टरलाई हार्मोनबारे ज्ञान नै छैन।', हार्मोन थेरापी कसरी गर्ने, कस्तो उपचार आवश्यक हुन्छ भन्नेबारे यहाँको डाक्टरलाई जानकारी नभएको उनको भनाइ छ।, रुविनाले हाल हार्मोन थेरापी गर्दै छिन्। यो क्रममा स्तन वृद्धि हुने, शरीरका रौं कम हुने, छाला नरम हुने, नयाँ कपाल पलाउने जस्ता शारीरिक परिवर्तन देखा पर्छन्।, यस्तोमा आफूहरूले उपचार गराउनु पर्दा अप्ठ्याराहरू सामना गर्नुपर्ने उनी बताउँछिन्। लैंगिकता परिवर्तन गरी महिला हुनेहरूलाई आफ्ना सरकारी कागजातका कारण पनि उपचारमा समस्या हुन्छ। उनीहरू कतिपय महिला डाक्टरसँगै उपचार गराउन खोज्छन्। पुरुषसँग सहज हुँदैनन्। तर कागजातमा जन्मको पहिचान (पुरुष) भएकाले भनेजस्तो मिल्दैन।, रुविनाले थाइल्यान्डको उदाहरण दिँदै भनिन्, 'म थाइल्यान्डको एउटा क्लिनिक गएकी थिएँ। त्यहाँ मजस्तै एक जना स्टाफ हुनुहुँदो रहेछ। म अलमलिरहेका बेला उहाँले हातले इसारा गर्दै हामी सेम–सेम (उस्तै–उस्तै) भन्नुभयो। मलाई कति खुसी लाग्यो, अब मैले आफ्नो पहिचान बताउँदै हिँड्न पर्दैन भनेर।', नेपालमा विभिन्न प्रकारका लैंगिकता पहिचानबारे जानकारी नभएकैले आफ्नो समुदायलाई समस्या परिरहेको उनी बताउँछिन्।, डाक्टरले उनलाई गरेको व्यवहारपछि रुविनाले आफू काम गर्ने संस्था क्रुज एड्स नेपालमा छलफल गरिन्। रुविना संस्थाकी अध्यक्ष हुन्। संस्थाले विज्ञप्ति जारी गरेर आपत्ति जनाएपछि अस्पतालले 'अबदेखि यस्तो नगर्ने' भनेको रुविना बताउँछिन्।, 'यसपछि भने उपचार क्रममा समस्या भएन,' उनले भनिन्।, तर यो समस्या रुविनाको मात्र होइन। पहिचानकै कारण समस्या भोगिरहेका अर्का व्यक्ति हुन् हेटौंडाका सुदीप गौतम। , रुविनाभन्दा सुदीपले आफ्नो पहिचानबारे छिट्टै बुझ्ने मौका पाएका थिए। महिलाका रूपमा जन्मिएका उनले जब आफू पुरुषजस्तो छु भन्ने थाहा पाए, आफ्नो पहिचान पनि पुरुषकै रूपमा गरे। आफ्नो हुलिया पुरुषकै जस्तो बनाउन थाले। परिवारमा नयाँ पहिचान समस्या बनेन। सामाजिक रूपमा प्रस्तुत हुँदा भने सकस भयो।, 'मलाई आफ्नो अधिकारका बारेमा पनि जानकारी थियो,' उनले भने, 'तर समाजको संरचना, बुझाइको कारण समस्या त झेल्नुपर्यो।', सुदीप विगत दस वर्षदेखि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हक-अधिकारका लागि काम गर्दै आएका छन्। उनी आफूलाई 'ट्रान्सम्यान' भनेर चिनाउँछन्।, पाँच वर्षअघि उनले कालीमाटीको एक अस्पतालमा शल्यक्रिया गरेर पाठेघर र स्तन हटाएका थिए। यो शल्यक्रिया गर्न दुई लाख ७० हजार खर्च गरेको उनी बताउँछन्। शल्यक्रियाअघि हार्मोन थेरापी गर्नुपर्छ। त्यसबेला शरीरमा धेरै परिवर्तन आउँछ। कतिपय अवस्थामा सहनै गाह्रो हुने गरी पेट दुख्ने, शरीर कमजोर हुने समस्या देखा पर्छन्। , 'यस्तो बेला चिकित्सकको धेरै सरसल्लाह र सुझाव चाहिन्छ। तर नेपालमा हार्मोनबारे पढेका डाक्टर एकदमै कम छन्,' उनले भने, 'यसले गर्दा हामीलाई स्वास्थ्य सेवा पाउन निकै समस्या भइरहेको छ।', उनका अनुसार हार्मोन थेरापी गर्दा देखिने समस्यामध्ये एउटा छिनछिनमा पिसाब लाग्ने हो। समयमै शौचालय जान नपाए अर्को समस्या आउँछ।, उनले आफूजस्तै महिलाका रूपमा जन्मेर पुरुष भएका साथीको घटना सुनाए, 'मेरा साथी पनि हार्मोन लिइरहेका थिए। एकपटक इटहरीदेखि काठमाडौं आउनेक्रममा यसले घन्टौं पिसाब रोक्नुपर्यो। सार्वजनिक शौचालय महिला वा पुरुषका लागि मात्रै हुन्छ। त्यसैले हामीजस्ता व्यक्ति कुनै शौचालय जान सक्दैनौं।', महिलाका रूपमा जन्मेर पुरुष पहिचान बनाएका तर पाठेघर नहटाएकालाई महिनावारी बेला पनि निकै सास्ती हुने सुदीप बताउँछन्। , 'पाठेघर नफाल्दासम्म महिनावारी बेला बाहिरफेर हुँदा प्याड फेर्नुपर्थ्यो। कहाँ गएर कसरी फेर्ने भनेर सधैं तनाव हुने,' उनले भने, 'केटाको हुलियामा हुँदा कसरी महिला वा पुरुषको शौचालय जाने?', शल्यक्रियाअघि पुरुष हुलियामै अस्पताल जाँदा उनलाई निकै समस्या हुन्थ्यो। डाक्टरले सहजै उपचारका लागि लुगा खोल्न भन्थे। तर शरीर महिलाको भएकाले उनलाई हिचकिचाहट हुन्थ्यो।, 'म लुगा खोल्नै सक्दिनँ थिएँ तर डाक्टरले कुरा नबुझिदिने। उल्टै किन लुगा नखोलेको भनेर अन्तिम लाइनमा लगेर राखिदिन्थे,' सुदीपले भने।, यसले गर्दा आफ्ना समुदायका धेरै साथीहरूले रोगहरू पालेर बस्नुपरेको सुदीप बताउँछन्।, उनले अर्को अनुभव सुनाए।, उनी पेट दुखेर अस्पताल गएका थिए। महिनावारी सम्बन्धी समस्या भएकाले गाइनोकोलोजी विभागमा जँचाउने भने। तर काउन्टरमै उनीमाथि पहिचानको प्रश्न तेर्सियो। पुरुष हुलियाका सुदीपलाई 'केटा पनि कसरी महिनावारी हुन्छ?' भनेर सोधियो। , 'जहिल्यै यस्ता प्रश्नको सामना गरेर आफ्नो पहिचान व्याख्या गर्नुपर्छ,' उनले भने, 'चिकित्सकहरूलाई समेत बुझाउन खोज्दा पनि ध्यान दिँदैनन्। बुझ्दैनन्।', बिरामी भएको अवस्थामा राम्रो उपचार र डाक्टरको सल्लाह खोजिरहेका बेला पहिचानमै अड्केर अनावश्यक प्रश्न सोधिदिँदा मानसिक तनाव झन् बढ्ने उनको भनाइ छ। , 'यस्तो अनुभवका कारण हस्पिटल जान पनि मन लाग्दैन,' सुदीपले भने, 'त्यसैले म अहिले कलेज, हस्पिटलहरूमा सचेतनामूलक कार्यक्रम गर्न थालेको छु।', उनले निलहिरा समाजको संयोजकत्वमा उपचार क्रममा दुर्व्यवहार गरेका अस्पतालहरूमा सचेतनामूलक कार्यक्रमहरू गरिरहेका छन्। पछिल्लो समय केही अस्पतालमा व्यवहार राम्रो हुन थालेको उनको अनुभव छ।, उपचारकै समस्या भोग्नेमध्ये अर्की हुन् दाङकी सुजता चौधरी।, जन्मले पुरुष उनले आफ्नो पहिचान महिलाका रूपमा रोजेकी छन्। सुजताले आफूलाई निकै ढिलो पहिचान गरेकी थिइन्। उनी मानसिक रूपमा महिला थिइन् तर शारीरिक बनावट र हुलिया पुरुषकै लिएर धेरै वर्ष बिताइन्।, पछि भने विस्तारै उनले आफूलाई परिवर्तन गर्दै लगिन्।, 'भर्खर भर्खर परिवर्तन हुने बेलामा म आधा पुरुष, आधा महिलाजस्तो देखिन्थेँ,' उनले भनिन्, 'यही क्रममा अस्पताल जाँदा नराम्रो अनुभव भयो।', उनका अनुसार उनी दाङकै एक अस्पतालमा उपचारका लागि पुगेकी थिइन्। हातमा खटिराजस्ता घाउ आएको थियो। तर अस्पताल पुग्नासाथ त्यहाँ उनलाई हेरेर मान्छेहरू खासखुस गर्न थाले। उनको मन अमिलो भयो। रोगभन्दा बढी कुराले पिरोल्यो। अनि उनी उपचारै नगराई फर्किन्। त्यसपछि उनी कहिल्यै त्यो अस्पताल फर्केर गएकी छैनन्।, सुजताले आफूजस्तै साथीको पनि तीतो भोगाइ सुनाइन्, 'मेरो साथीलाई क्षयरोग लागेको थियो। औषधि सकिएकाले हस्पिटलमा लिन जाँदा शारीरिक बनावट देखेर नर्सले उनलाई दुर्व्यवहार गरिन् र औषधि नदिई फर्काइन्।', यस्ता दुर्व्यवहार सार्वजनिक यातायात, क्याम्पसमा समेत भोग्नुपरेको उनी बताउँछिन्, 'सार्वजनिक यातायातमा सिट छैन भनेर चढ्न दिन्थेनन्।', पहिचानकै कारण सुजताले आफ्नो पढाइ पनि बिट मार्नुपर्यो। प्लस–टुसम्म पुरुष भएर पढेकी उनी स्नातक आफ्नो वास्तविक पहिचान, महिला भएर पढ्न चाहन्थिन्।, अहिले क्रुज एड्स नेपाल संस्थामा आवद्ध सुजताले भनिन्, 'पढ्ने रहर हुँदाहुँदै पाइएन। काठमाडौंमा समेत कुनै कलेजले हाम्रो पहिचान स्वीकार्न सकेनन्।', लैंगिकता र बदलिएको पहिचान सर्वस्वीकार्य र सामान्य हुन नसक्नुमा समाजको संरचना नै गलत रहेको क्रुज एड्स नेपालकी कर्मचारी समता बम बताउँछिन्। हाम्रो शिक्षा प्रणाली पनि लैंगिकताबारे खुल्न र बदलिँदो परिवेशअनुसार अद्यावधिक हुन सकेको छैन। सानो कक्षादेखि नै विभिन्न समुदायका बारेमा सकारात्मक र विस्तृत जानकारी दिने प्रणाली नभएकाले समस्या बढिरहेको उनी बताउँछिन्। , 'कक्षा एकदेखि नै हाम्रो समुदायका बारेमा जानकारी दिए पो उनीहरूले बुझ्दै जान्छन्,' आफूलाई ट्रान्सवुमन भनेर चिनाउने समता भन्छिन्, 'तर हामीकहाँ न पाठ्यक्रमले हाम्रो लैंगिकतालाई समेटेको छ न पढाउन शिक्षकलाई नै हाम्रो समुदायको बारेमा थाहा छ। यस्तोमा समाजले त झन् कसरी चिन्ला। त्यसैले अन्य समुदायजस्तै हाम्रो पहिचान पनि गराइनुपर्छ। सामाजिक, आर्थिक, राजनैतिक, स्वास्थ्य, सहभागिता आदिका बारेमा पनि हाम्रो अधिकार बराबर हुनुपर्ने भनेर राज्यले स्पस्ट गरिदिनुपर्छ।', कसैले कसैलाई लैंगिकताका आधारमा विभेद गर्न हुँदैन। यो कुरा संविधानमा पनि उल्लेख छ। अधिवक्ता इन्दु तुलाधरका अनुसार यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि स्वास्थ्य ऐनमा कुनै विशेष व्यवस्था छैन। तर कुनै पनि स्वास्थ्यकर्मीले पहिचानका आधारमा उपचार नगरे फौजदारी मुद्दा चलाउन सकिने तुलाधरले जानकारी दिइन्। , 'उपचारमा यदि विभेद हुन्छ भनेर मुद्दा दायर गर्न सकिन्छ,' उनले भनिन्। तर हालसम्म यस्ता किसिमका कुनै उजुरी नआएको पनि तुलाधर बताउँछिन्। ,
उनीहरूका लागि न शौचालय छ, न अस्पताल
|
सेतोपाटी संवाददाता उदयपुरमा गाडीबाट खस्दा एक जनाको मृत्यु भएको छ। , मंगलबार बिहान ९ बजे उदयपुरगढी गाउँपालिका-५ स्थित गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए। , ना ३ ख ७९४४ नम्बरको गाडी भित्री सडकखण्ड हुँदै उदयपुरगढीबाट गाईघाट जाँदै थियो। त्यही बेला त्यस गाडीमा सवार सोही ठाउँका ५० वर्षीय कृष्णबहादुर राई झर्न खोजेका थिए। , झर्नेक्रममा लडेर सोही गाडीको पछाडिको चक्काले किचेर घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक गौतमले बताए। , प्रहरी चौकी उदयपुरगढीबाट खटिएको प्रहरी टोलीले घटनास्थल सुरक्षित राखेको बताएको छ। , थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी निरीक्षकको टोली खटिएको छ। , गाडी चालक रौतामाई गाउँपालिका-७ बस्ने ४० वर्षीय राजनकुमार राउतलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ। ,
उदयपुरमा गाडीबाट झर्नेक्रममा लडेर एकको मृत्यु
|
विवेक राई डेढ महिनामै संसारभर फैलिएको ओमिक्रोन भेरियन्टको लहर सेलाउन नपाउँदै वैज्ञानिकहरूले यो अन्तिम नभएको र फेरि नयाँ भेरियन्ट आउनसक्ने चेतावनी दिएका छन्।, पछिल्लो समय कोरोना भाइरसमाथि भएका विभिन्न अध्ययनका आधारमा वैज्ञानिकहरूले ओमिक्रोनपछि अर्को भेरियन्टको लहर आउन सक्ने निष्कर्ष निकालेका हुन्।, अब आउने नयाँ भेरियन्ट कस्तो हुन्छ भन्नेबारे कुनै तथ्य आइसकेको छैन। तर ओमिक्रोन भेरियन्ट नै कोरोना भाइरसविरूद्ध अन्तिम लडाइँ नभएकोमा वैज्ञानिकहरू लगभग सहमत छन्।, यसबारे केही दिनयता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा विभिन्न खबर आइरहेका छन्। तिनै खबरका आधारमा हामीले भाइरोलोजिस्ट लुना भट्टसँग कुरा गरेका छौं।, उनको भनाइमा ओमिक्रोन भेरियन्टको फैलिने दर विगतभन्दा उच्च छ। दक्षिण अफ्रिकामा पहिलोचोटि देखापरेको ओमिक्रोनलाई संसारभर फैलिन डेढ महिना पनि लागेन। यसले भाइरस उत्परिवर्तित हुने अर्थात् भाइरसले आफ्नो स्वरूप बदल्ने सम्भावना अझै बढी हुन्छ।, 'जति धेरै मान्छेमा संक्रमण हुँदै जान्छ, भाइरस उति बढी उत्परिवर्तित हुने सम्भावना रहन्छ। अहिले ओमिक्रोनको संक्रमण धेरै छ, त्यसैले अर्को भेरियन्ट उत्परिवर्तित भएर आउँछ नै,' उनले भनिन्।, ओमिक्रोन भेरियन्टबारे भएका पछिल्ला अनुसन्धानले पनि यो भाइरस अघिल्लो डेल्टाभन्दा दोब्बर र सुरूको भन्दा चार गुना बढी संक्रामक रहेको देखाएको छ। नेपालको पछिल्लो साताको संक्रमण अवस्थाले यो पुष्टि गर्छ। ओमिक्रोन भित्रिएसँगै नेपालमा दैनिक संक्रमण सयबाट हजार पुगेको छ। सोमबार मात्र ६ हजार ७ सय ३४ जनामा संक्रमण पुष्टि भएको थियो।, ओमिक्रोन अघिल्ला भेरियन्टभन्दा कम घातक रहेकाले अस्पतालहरूमा दोस्रो लहरको जस्तो गम्भीर बिरामीको चाप छैन। नत्र अहिलेको संक्रमण दर वैशाख दोस्रो सातातिर दोस्रो लहर उत्कर्षमा पुग्दाको जस्तै हो भन्ने चिकित्सकहरूको भनाइ छ। त्यो बेला अस्पतालमा बेड नपुगेर बिरामीहरूलाई भुइँमा राखेर उपचार गर्नुपरेको थियो।, भाइरोलोजिस्ट भट्ट भने तत्काललाई ओमिक्रोन कम घातक देखिए पनि यसको दीर्घकालीन असरबारे आएका पछिल्ला तथ्य चिन्ताजनक रहेको बताउँछिन्।, 'अस्ति मात्र दुइटा कुरा बाहिर अएका छन्। एउटा डरलाग्दो पक्ष भनेको यो भेरियन्टले मान्छेको दिमागमा असर गर्छ भनिएको छ। अर्को, यसले एचआइभीले जस्तै कोषहरूलाई कमजोर बनाउने रहेछ। यस्तो भयो भने अरू जुनसुकै रोग लाग्दा मानिसको मृत्यु हुनसक्छ। त्यसैले ओमिक्रोनलाई सामान्य रूपमा बुझ्नु हुँदैन। यसको दीर्घकालीन असरलाई पनि हेर्नुपर्ने हुन्छ,' उनले भनिन्।, यही कारणले पनि ओमिक्रोनपछि आउने नयाँ भेरियन्ट कस्तो हुन्छ भन्नेबारे अहिल्यै भन्न नसकिने भट्ट बताउँछिन्।, 'पहिले ओमिक्रोन कम घातक छ भनिन्थ्यो, अहिले यसले दिमाग र कोषहरूमा दीर्घकालीन असर पार्ने कुरा बाहिर आएको छ। त्यसैले अब आउने भेरियन्ट कस्तो होला भनेर अहिल्यै भन्न सकिँदैन,' उनले भनिन्।, उनका अनुसार एकपछि अर्को भेरियन्ट आउनुमा केही कारण छन्। सबभन्दा पहिले त ओमिक्रोन धेरै मानिसमा संक्रमण हुँदा त्यसबाट उत्परिवर्तित भएर नयाँ भाइरस आउने सम्भावना बढी हुन्छ। अर्को, भाइरसको उत्परिवर्तित प्रकृतिलाई लक्ष्य गरेर खोपहरू विकास नहुँदा नयाँ भेरियन्ट देखा परिरहन्छन्।, खोप लगाइसकेकालाई पनि ओमिक्रोन भेरियन्टले संक्रमण गरेको उदाहरण दिँदै लुनाले भनिन्, 'भाइरसको यो प्रकृतिलाई केन्द्रमा राखेर खोपहरू विकास गरिनुपर्छ।', यति मात्र होइन, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसमा भाइरसले आफूखुसी परिवर्तन गर्न पाउँदा त्यसबाट पनि नयाँ भेरियन्ट विकास हुने सम्भावना रहन्छ। यसलाई 'इमिनोकम्प्रमाइज' भनिन्छ। अघिल्लो 'अल्फा' भेरियन्ट यही कारणले देखापरेको उल्लेख गर्दै भट्टले भनिन्, 'अंग प्रत्यारोपण गरेका, एचआइभी, क्यान्सरका बिरामी, दीर्घरोगी र वृद्धवृद्धाहरूमा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ। त्यस्ता मानिसमा संक्रमण भयो भने भाइरसले आफूलाई सजिलै वृद्धि गर्छ र रूप परिवर्तन पनि गरिरहन्छ।', अहिले ओमिक्रोनको लहर त छँदैछ, सँगसँगै डेल्टा भेरियन्ट पनि हराइनसकेकाले एकैपटक दुइटै संक्रमण भए के हुन्छ भन्ने धेरैलाई चासो छ। यसबारे भट्ट भन्छिन्, 'एउटै व्यक्तिमा दुई-दुई खालको संक्रमण हुनसक्छ। त्यस्तो अवस्थामा भाइरसले आफूलाई वृद्धि गर्ने क्रममा चाहिने सजिला म्युटेसनहरू लिएर आउनसक्छ। नयाँ खालको 'हाइब्रिड' भाइरस निस्किन सक्छ जुन झनै खतरनाक हुन्छ।', दुवै भेरियन्ट छुट्टाछुट्टै फैलिरह्यो भने ओमिक्रोनले डेल्टालाई प्रतिस्थापन गर्ने उनी बताउँछिन्। भाइरोलोजीको सिद्धान्तअनुसार नयाँ भेरियन्टले पुरानोलाई विस्थापित गर्ने उनको भनाइ छ।, ओमिक्रोन भेरियन्ट जनावर र चराचुरूंगीमा पनि देखा पर्नसक्छ भनिएको छ। यसले संक्रमण मानिसबाट जनावरमा सर्नसक्छ। पछिल्ला अध्ययनले कुकुर, बिरालो, मृग र अन्य घरपालुवा जनावारमा पनि यो भाइरस सर्नसक्छ भन्ने देखाएको छ।, यसले थप डर उत्पन्न गरेको उल्लेख गर्दै भट्टले भनिन्, 'पहिले यो भाइरस जनावरबाट हामीमा सरेको थियो, अब फेरि हामीबाट जनावरमा फिर्ता जाने भयो। यसले संक्रमण जनावरमा बसिराख्न सक्ने भयो र फेरि परिवर्तन भएर डरलाग्दो रूप लिएर आउनसक्ने भयो।',
'ओमिक्रोन अन्तिम होइन, फेरि आउन सक्छ नयाँ'
|
सेतोपाटी संवाददाता खल्ती एप्सको नक्कली कर्माचारी बनेर अनलाइन ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। , महानगरीय अपराध महाशाखाले ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिए। , पर्सा छिपहरमाई गाउँपालिका-२ का १८ वर्षीय निरञ्जनकुमार गुप्ता र करण यादवलाई प्रहरीले पक्राउ गरेको हो।, उनीहरूले पीडितहरूलाई मोबाइल नम्बर ९७४८३९६४९२ बाट फोन सम्पर्क गर्थे। आफूहरू खल्ती एप्सको कर्माचारी भएको र खल्तीको खाता नविकरण गर्नुपर्नेबेला भएको भन्दै कुराकानी गर्थे।, साथै नविकरण गर्न फोनमा ओटिपी कोड आउँछ र सो कोड कसैलाई नदिई टिपाउन भन्दै उनीहरूले कोड लिने गरेको प्रहरी उपरीक्षक पंगेनीले बताए। त्यसरी कोड लिएपछि पीडितहरूको खल्ती एप्स चलाएर रकम निकाल्ने गरेको भन्दै जाहेरी परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। , उनीहरूलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय, पर्सासंग समन्वय गरी गत शुक्रबार पक्राउ गरी काठमाडौं ल्याएको हो।, उनीहरूमाथि ठगी सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाएको छ। ,
,
खल्ती एप्सको नक्कली कर्माचारी बन्दै ठगी गरेको आरोपमा दुई पक्राउ
|
युवराज श्रेष्ठ प्रमुख दलहरू नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रका भ्रातृ संस्थाले पोखराका सार्वजनिक जग्गा वर्षौंदेखि कब्जा गरेको पाइएको छ। एमाले र कांग्रेसका भ्रातृ संगठनले ती जग्गामा बनाइएका भवन भाडामा लगाएर व्यापार गरिरहेको समेत भेटिएको छ।, पोखराको पृथ्वी चोकस्थित बस बिसौनीबाट उत्तरतर्फ हङकङ बजार जाने साँघुरो गल्ली छ। दायाँबायाँ व्यावसायिक टहरा बनाइएकाले गल्ली साँघुरा भएका हुन्।, त्यो गल्लीमा तीन तलासम्म अग्ला भवन बनेका छन्। त्यहाँ बनेको एउटा भवनमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेशको कार्यालय छ। उक्त संगठनको नाम लेखिएको बोर्ड बाहिरै टाँगिएको छ। नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सबैभन्दा ठूलो दल नेकपा (एमाले) को भ्रातृ संस्था हो।, भवनको एउटा कोठा कार्यालयका रूपमा प्रयोग गरेर बाँकी सबै कोठा र सटर भाडामा लगाइएको छ।, एमालेनिकट मजदुर संगठनसँगै जोडिएको अर्को भवनमा नेपाल ट्रेड युनियन कांग्रेसको बोर्ड झुन्डिएको छ। उक्त बोर्डमा नेपाल शिक्षक संघदेखि स्वास्थ्यकर्मी संघ, प्रेस युनियन लगायत १५ वटा संस्थाको नाम लेखिएको छ। यी भ्रातृ संस्थाका कार्यालयका रूपमा उक्त भवन प्रयोग गरिएको कांग्रेस नेताहरू नै बताउँछन्।, उक्त भवनका कोठा र सटर पनि कार्यालय कम, भाडामा बढी प्रयोग भएको देखिन्छ।, यसैको पछाडि पर्छ, जिल्ला ट्राफिक प्रहरी कार्यालय। त्यसदेखि पूर्वतर्फ रहेको उक्त भवनमा माओवादी केन्द्रनिकट मजदुर संगठनका बोर्ड झुन्डिएका छन्। उक्त भवन पनि कार्यालयभन्दा बढी कार्यकर्ता बस्न प्रयोग हुने गरेको छ।, माओवादी केन्द्रबाट प्रतिनिधिसभा सांसद दुर्गा बिक केही समय त्यही भवनमा बसेको स्वीकार गर्छिन्।, नेकपा माओवादी केन्द्रले सरकारी जग्गामा बनाएको गैरकानुनी भवन।, ‘म पहिला त्यहाँ बसेको थिएँ, अहिले त धेरैजसो काठमाडौंमै बस्छु,’ उनले सेतोपाटीसँग भनिन्, ‘हाम्रो ट्रेड युनियन महासंघको कार्यालय राख्न त्यो भवन बनाएका हौं।’, एमाले, कांग्रेस र माओवादी केन्द्रले प्रयोग गरिरहेको यी जग्गा र भवन पोखरा उपत्यका नगर विकास समितिको नाममा छन्। कुनै पनि दलका भ्रातृ संस्थाले समितिसँग सम्झौता गरेर जग्गा लिएका होइनन्। नगर विकास समितिले उनीहरूलाई बस्न अनुमति दिएको रेकर्ड पनि छैन।, दलहरूले भ्रातृ संस्थाका नाममा सरकारी जग्गा कब्जा गरेर बसेको नगर विकास समितिका एक कर्मचारीले बताए।, ‘उनीहरूले सुरूमा जग्गा कब्जा गरे,’ कर्मचारीले भने, ‘त्यसपछि जग्गामा भवन बनाए, तला थप्दै लगे र भाडामा लगाए।’, माओवादी पार्टी शान्ति प्रक्रियामा आएपछि यातायात व्यवस्था कार्यालयको नाममा रहेको जग्गा पनि कब्जा गरेको थियो। तर उक्त जग्गा अहिले माओवादीले छाडिसकेको छ।, त्यही बेला उपत्यका नगर विकास समितिको प्रहरी कार्यालयपछिको जग्गा कब्जा गरेर बनाएको भवन भने अहिलेसम्म छाडेको छैन। माओवादीले जग्गा कब्जा गरेर बस्न थालेको पनि १५ वर्ष बितिसक्यो।, एमाले र कांग्रेसले भने माओवादी शान्ति प्रक्रियामा आउनुअघि नै सरकारी जग्गा कब्जा गरेका हुन्। उनीहरूले कहिलेदेखि जग्गा कब्जा गरे भन्नेबारे नगर विकास समितिसँग रेकर्ड छैन।, ती कर्मचारीका अनुसार एमाले र कांग्रेसले २० वर्ष अघिदेखि उक्त जग्गा कब्जा गरेर बसेका हुन्।, अन्य सरकारी तथा निजी व्यवसायहरू सरकारी जग्गामा सम्झौता गरेर भाडामा बसे पनि यी दलका भ्रातृ संगठनहरूले अहिलेसम्म कसैलाई भाडा बुझाउँदैनन्। भाडामा दिइएका सटर र कोठाको भाडासमेत आफैं लिने गरेका छन्।, नगर विकास समितिले २०३० सालतिर पोखरा बसपार्कसहित उक्त क्षेत्रका जग्गा सर्वसाधारणसँग सस्तोमा अधिग्रहण गरेर लिएको थियो।, सरकारी जग्गा कब्जा गरेर चलेका व्यवसाय।, उक्त क्षेत्रलाई संस्थागत क्षेत्र बनाउने योजनाअनुसार जग्गा अधिग्रहण भएको उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष अशोक पालिखे बताउँछन्।, उनका अनुसार पोखरा उपत्यका नगर विकास समितिले उक्त जग्गा अधिग्रहण गरेर सार्वजनिक संस्थानहरू राख्ने योजना बनाएको थियो। त्यही योजनाअनुसार कृषि सामग्री केन्द्र, साल्ट ट्रेडिङ कर्पोरेसन लगायत संस्थानलाई उक्त स्थानमा जग्गा दिइएको थियो।, जग्गा प्राप्तिसम्बन्धी ऐनमा जुन प्रयोजनका लागि जग्गा अधिग्रहण गरेको हो, त्यही प्रयोजनका लागि प्रयोग गर्नुपर्ने उल्लेख छ।, ‘घर बनाएर भाडामा लगाउन त त्यहाँका जग्गाधनीले पनि सक्छ नि,’ नगर विकास समितिका पूर्वअध्यक्ष पालिखेले भने, ‘सरकारले जग्गा अधिग्रहण गरेर भाडामा लगाउने काम गर्न पाउँदैन।’, उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछानेले पनि उक्त जग्गाहरू हटाउन आफूले प्रयास गरेको दाबी गरे।, ‘मेरो कार्यकालमा अतिक्रमित जग्गा खाली गराउन अभियान चलाएको थिएँ,’ उनले भने, 'अभियान पूरा नहुँदै मलाई हटाए।’, सरकारी जग्गामा घर, टहरा बनाएर बसेका उनीहरूलाई हटाउन अहिलेसम्म कसैले सकेको छैन।, लामिछानेले उक्त जग्गामा जग्गा भाडा तिरेर पनि बस्न नमिल्ने बताए।, ‘जुन प्रयोजनका लागि जग्गा लिएको हो, त्यो काम नगरी भाडामा दिन पनि पाइँदैन। यो जग्गा अधिग्रहण गरेको संस्थागत क्षेत्र विकास गर्न हो,’ उनले भने, ‘सरकारी सम्पत्तिको सुरक्षा गर्न पोखरा महानगरले सकेन।’, माओवादी कास्कीका नेतासमेत रहेका लामिछानेले सरकारी जग्गा संरक्षण गर्न सरकार नै अग्रसर हुनुपर्ने बताए।, ‘सरकारी जग्गा संरक्षण गर्न हामी बाधक बन्दैनौं, तर संरक्षणको पहलकदमी त सरकारले लिनुपर्यो नि,’ उनले भने।, एमाले केन्द्रीय सदस्य एवं पोखराका पूर्वमेयर कृष्ण थापाले पोखरा उपत्यका नगर विकास समितिमा कांग्रेसको नेतृत्व हुँदा दलहरू र व्यक्तिले सरकारी जग्गाको दोहन गरेको बताए।, ‘लामो समय नगर विकास समितिमा कांग्रेसका साथीहरू थिए, उनीहरूले नै दोहन गर्न दिएका हुन्,’ गण्डकीका सांसदसमेत रहेका थापाले भने, ‘राज्यको सम्पत्ति जसले दोहन गरे पनि गलत हो, यो रोकिनुपर्छ।’, सबै दलले सरकारी जग्गा कब्जा गरेको भन्दै उनले सर्वदलीय समझदारीका साथ कब्जा गरेको जग्गा फिर्ता गर्नुपर्ने र राज्यको नियन्त्रणमा आउनुपर्ने उनको भनाइ छ। त्यसका लागि आफ्नो पार्टी तयार रहेको उनले बताए।, नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल यसबारे आफूलाई केही जानकारी नभएको बताउँछन्।, बरालले स्वीकृति लिए/नलिएको अध्ययन गर्ने र स्वीकृति नलिएका भए खाली गराउने प्रतिबद्धता जनाए।, नेकपा एमालेले सरकारी जग्गा कब्जा गरेर बनाएको भवन र भाडामा दिइएका सटर।, ‘मलाई यसबारे केही जानकारी छैन, अब बुझ्छु,’ उनले भने, ‘सरकारी जग्गा स्वीकृति नलिइकन कसैले पनि कब्जा गर्न मिल्दैन।’, पोखरा उपत्यका नगर विकास समितिको नाममा रहेको उक्त जग्गा अहिले पोखरा महानगरमातहत छ। समितिमा राजनीतिक नियुक्ति हुने परिपाटी अहिले खारेज भइसकेको छ भने समितिको अध्यक्ष मेयर हुने व्यवस्था छ।, महानगर मातहत नगर विकास समिति आएपछि पनि जनप्रतिनिधिले सार्वजनिक जग्गा संरक्षणमा चासो देखाएका छैनन्। समितिका अध्यक्ष रहेका मेयर मानबहादुर जिसी मष्तिष्कघात भएर उपचाररत् छन्।, पोखरा महानगरका उपमेयर मञ्जुदेवी गुरूङले सार्वजनिक जग्गा संरक्षण गर्न आगामी बैठकबाट निर्णय हुने बताइन्।, पोखरा उपत्यका नगर विकास समिति र महानगरको कार्यपालिका बैठकबाट निर्णय गरेर सार्वजनिक र सरकारी जग्गाको संरक्षण र खोजबिन गर्न महानगर प्रतिबद्ध भएको उनको भनाइ छ।, ‘पोखरा उपत्यका नगर विकास समितिको नाममा रहेको जग्गा अनाधिकृत कब्जा गरेर भाडामा लगाउनु गलत छ, यसबारे हामीले अनौपचारिक छलफल गरिसकेका छौं,’ उनले भनिन्, ‘अबको बैठकबाट यसरी कब्जा गरिएका सरकारी जग्गा खाली गराउँछौं।’, सबै तस्बिरहरू: युवराज श्रेष्ठ/सेतोपाटी।,
पोखराका सरकारी जग्गा कब्जा गरेर भाडामा लगाउँदै राजनीतिक दलका भ्रातृ संस्था
|
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ६१ जना कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२५६२ पिसीआर परीक्षणबाट ४ हजार ५३४ र २५६९ एन्टिजेन परीक्षणबाट ४२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, मन्त्रालयका गत २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६२० पुगेको छ।, यस्तै आइतबार ४३५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।, मन्त्रालयका अनुसार हाल देशभर २५ हजार ६८० सक्रिय संक्रमित छन्।, ,
नेपालमा एकै दिन थपिए ४९६१ कोरोना संक्रमित
|
एजेन्सी 'मेरो भारतमा कोही छैन, इमरान खानलाई मेरो भिसा दे भन न।', 'तिमी पाकिस्तान आऊ, म तिम्रो बिहे गरिदिन्छु।', यो दाजुभाइ बीचको सानो कुराकानीको अंश हो जब उनीहरू स्वतन्त्र भएपछि पहिलो पटक भेटे। , मोहम्मद सिद्दीक र मोहम्मद हबीबको यो दुर्लभ भेट लाखौँ व्यक्तिहरूले वर्षौंदेखि देखेको सपना हो जो-जसलाई आजादीले आफ्नो परिवारसँग छुटाएको थियो। , बिबिसी हिन्दीका अनुसार यी दुई दाजुभाइ भारत-पाकिस्तान विभाजनको समयमा छुटे जुनबेला उनीहरूको परिवार जालन्धरबाट पाकिस्तान जाँदै थिए। जब उनीहरूको बुबाको मृत्यु भयो सिद्दीक आफ्नो दिदीसँग पाकिस्तानतर्फ गए भने हबीब आमाको साथमा भारत नै बसे। , उनीहरूलाई यो सब घटना कसरी भयो भन्ने कुरा राम्रोसँग याद छैन। उनीहरूको मिलन ७५ वर्षपछि करतापुर करिडोरमा भएको हो। यो भारत-पाकिस्तान विभाजनबाट सुरू भएको अनगिन्ती कथाहरू मध्ये एक हो। , करतारपुरमा भएको दुई दाजुभाइको भेटमा करिब एक सय मानिसहरू उपस्थित थिए। दुई दाजुभाइको बिदाइ हुँदा सबैका आँखा रसाएको थियो ।, धेरै वर्षपछि दुई दाजुभाइको सम्पर्क पहिलोपटक दुई वर्षअघि भएको थियो। उनीहरू दुई वर्षदेखि निरन्तर भिडिओ कलमार्फत् कुरा गर्थे। उनीहरू दुवैलाई फोन चलाउन आउँदैन थियो। मोहम्मद हबीब सिख परिवारसँग भारतमा बस्थे। , 'तिम्रा नातिनातिनाले तिमीलाई धेरै सम्झन्छन्, पाकिस्तान आऊ। म तिम्रो बिहे गरीदिन्छु,' महोम्मद सिद्दीकले भाइ महोम्मद हबीबसँग गरेको कुराकानीलाई उदृत गर्दै बिबिसी हिन्दीमा उल्लेख छ। , हबिबले जवाफमा भने, 'मेरो भारतमा कोही छैन, इमरान खानलाई मेरो भिसा दे भन न। यो उमेरमा म धेरै एक्लो भएको छु। अब यति एक्लोपनमा जीवन बिताउन सक्दिनँ।' , मोहम्मद सिद्दीक परिवारसँग बिछोड हुँदा करिब १२ वर्षका थिए। उनलाई घटना राम्ररी याद छ। तर मोहम्मद हबीब करिब दुई वर्षका मात्र थिए। त्यसैले उनलाई परिवारको नामबाहेक केही याद छैन। , मोहम्मद सिद्दीकलाई भाइको यादले साह्रै सताउथ्यो। उनलाई सदैव भाइलाई भेट्ने चाहना थियो। , उनले दुई वर्षअघि आफ्नो कुरा मोहम्मद इशराकलाई भनेका थिए। उनी र उनका साथी लवली सिंहले उपमहाद्वीपको विभाजनका बेला अलग भएका मानिसहरूलाई आफ्ना प्यारो मान्छेसँग भएको बिछोड कथा सुनाएर मेलमिलाप गराउने उद्देश्यले पंजाबी लहर नामक युट्युब च्यानल खोलेका थिए। , उनले सोही कुरा क्यामेरामा रेकर्ड गरेर राखेका थिए। उक्त कुरा युट्युबमा फिल्म बनाएर राखेका थिए। फिल्म चलाएको केही समयपछि उनले भाइ भेटेको भनेर हबीबसँग कुरा पनि गराएका थिए। , भारतको फूलवालाका डाक्टर जगफीर सिंहले मोहम्मद सिद्दीकको कथा युट्युबमा सुनेका थिए। उनलाई हबीबको अतीतबारे सम्पूर्ण जानकारी थियो। उनले सामाजिक संजालमा मोहम्मद इशराकलाई सम्पर्क गरेर हबीबका बारेमा जानकारी दिए। उनैको साहयोगमा दाजुभाइ ७५ वर्षपछि भेट्न सफल भएका हुन्।,
जब भारत-पाकिस्तान विभाजनमा छुटेका दाजुभाइ ७५ वर्षपछि भेट्टिए
|
सेतोपाटी संवाददाता बारामा बालिकामाथि जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, जिल्ला प्रहरी कार्यालय बाराले ९ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक जनालाई र प्रमाण नष्ट गरेको आरोपमा अर्का एक जनालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए। , पक्राउ पर्नेमा आदर्श कोतवाल गाउँपालिका-८ टोल कोतवालीका २० वर्षीय सन्तोष साह कानु र ४० वर्षीय शान्ति देवी छन्।, गत आइतबार पुस २५ गते दिउँसो बालिका बाख्रा चराउन गएकी थिइन्। तर त्यो दिनदेखि बालिका बेपत्ता भएको प्रहरी नायब उपरीक्षक थापाले बताए।, प्रहरीलाई खबर भएपछि खोज्नेक्रममा पुस २७ गते मंगलबार दिउँसो साढे १२ बजे जमुना खोलामा मृत अवस्थामा फेला परेकी थिइन्। , शव फेला परेपछि प्रहरी नायब उपरीक्षकसहितको टोली घटनास्थलमा पुगेको थियो। घटनास्थलमा हेर्दा नाबालिकाको घाटी कसेर टाउकोमा समेत प्रहार गरी हत्या गरी फालेको जस्तो देखिएको थापाले बताए। , घटनाको अनुसन्धानको लागि तालिमप्राप्त कुकुरसहितको टोली पनि खटिएको थियो। , अनुसन्धानको क्रममा कानुको संलग्नता देखिएको प्रहरीले जनाएको छ। , प्रहरीका अनुसार घटनाको दिन मृतक बालिका बाख्रा चराइरहेकी थिइन्। त्यसपछि उनी खानेपानी लिन शान्ति देवीको कुखुरा फार्ममा गएकी थिइन्। तर बालिका त्यहाँबाट फर्किएकी थिइनन्। , प्रहरीले अनुसन्धान गर्दा सो दिन कुखुरा फार्ममा सन्तोष साह कानु बाहेक कोही थिएनन्। सो बुझ्दा उनकै संलग्नता रहेको आशंका लिइ प्रहरीले सोधपुछ गरेको थियो। , प्रहरीले प्रविधिको सहयोगमा सोधपुछ गर्दा बालिका पानी लिन जाँदा घटना घटाएको भन्ने स्विकारेको प्रहरीले जनाएको छ। यस्तै शान्ति देवीले भने अपराध पुष्टि हुने प्रमाणहरू लोप गराउने प्रयास गरेको भन्दै उनलाई नियन्त्रणमा लिएको हो।, उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गर्न जिल्ला अदालत बाराबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिएको छ। , प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।,
बारामा ९ वर्षीया बालिकामाथि बलात्कारपछि हत्या, दुई पक्राउ
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ३३४७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। , आइतबार उपत्यकामा मात्रै थप ३३४७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए। , त्यसमध्ये काठमाडौंमा २५४५, ललितपुरमा ४७४ र भक्तपुरमा ३२८ जना संक्रमित थपिएका हुन्।, यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ४९६१ जनामा संक्रमण पुष्टि भएको छ। , १५ हजार १३१ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। योसँगै देशभर २५ हजार ६८० सक्रिय संक्रमित छन्।, यसको संक्रमणबाट थप तीन जनाले ज्यान समेत गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। , आइतबार ४३५ जना संक्रमित निको भएर घर समेत फर्किसकेका छन्। ,
,
काठमाडौं उपत्यकामा थप ३३४७ जनामा कोरोना संक्रमण
|
सेतोपाटी संवाददाता इलामको पर्यटकीय अन्तुमा रहेको अन्तु भ्यालीको चिया कारखानामा आगलागी भएको छ। , आइतबार दिउँसो ३ बजेदेखि सूर्योदय नगरपालिका-४ अन्तुमा रहेको चिया कारखानामा आगलागी साँझ ७ बजे सम्म पनि नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ।, आगलागीबाट सबै संरचना जलेर ध्वस्त हुँदा करोडौंको क्षती भएको प्रहरीको अनुमान छ। इलाम टी प्रर्ड्युस प्रा.लिद्धारा संचालित कारखानाका ३ भवनसहित सम्पूर्ण मेसीन जलेर नष्ट भएका छन्।, आगलागीबाट कारखानामा रहेको सबै तयारी चिया समेत जलेको छ। , सूर्योदय नगरपालिकाका दुईवटा दमकल, इलाका प्रहरी कार्यालय पशुपतिनगर र सशस्त्र प्रहरीले नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। , आगो निभाउन इलाम नगरपालिका र झापाबाट समेत दमकल बोलाइएको छ। , इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देउप्रसाद लिम्बुले आगोको ज्वालो नियन्त्रणमा आए पनि भित्र आगो अझै नियन्त्रणमा आउन बाँकी रहेको बताए।, आगलागीबाट करोडौंको क्षति भएको संचालक किसन गिरीले बताए। , आगलागीको कारण खुल्न सकेको छैन। , ‘अहिले यतिनै क्षति भयो भनेर भन्न सक्ने अवस्था छैन,’ संचालक गिरीले भने, ‘आगो पूर्ण नियन्त्रणमा आएपछि मात्र क्षतिको विवरण संकलन हुनेछ।’,
इलामको चिया कारखानामा आगलागी
|
पूर्णप्रसाद मिश्र/रासस प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु गरिँदै छ।, पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ।, बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ। बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ।, एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ।, चढाइएका प्रसादमध्ये सबैबाट आठ/आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने व्रत विधि छ।, सय रोटी व्रतालु आफैँले फलाहार गरी रातमा जाग्राम बसिन्छ। जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ। यसो गरेमा वर्तालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ।, स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ। आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो। उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ।, यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ। सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनी स्कन्द पुराणमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।, ‘स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी पुराणमा उल्लेख गरिएको छ’, उनले भने।, यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ। रोग व्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथा समेत नेपाली समुदायमा प्रचलित छ।, सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ। व्रतपछि बिछोडमा परेका नाग नागिनीको पुनर्मिलन भएको कथामा उल्लेख छ।, गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथा स्वस्थानीमा वर्णन गरिएको साँखुको ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ ले जानकारी दिए।, शालिनदीमा १५० वर्तालु यस अवसरमा आजैदेखि एक महिनासम्म उपत्यकाको उत्तरपूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालिनदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्दछ।, प्राचीनकालदेखि लाग्दै आएको मेलामा यस वर्ष भने कोरोनाका कारण धेरै चहलपहल नहुने भएको छ।, ‘माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ, यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजन आउने गर्छन्’, इतिहासकार श्रेष्ठले भने।, यस वर्ष कोरोनाको महामारीका कारण माधनारायण मेला नगरी व्रतमात्र गर्ने गरी तयारी गरिएको छ। वर्तालुका लागि साँखुस्थित शालिनदीमा सम्पूर्ण तयारी पूरा गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ।, समितिका अध्यक्ष मीजेन्दकाजी श्रेष्ठ यस वर्ष माघ ३ गतेदेखि फागुन ४ गतेसम्म मेला लाग्ने बताउँछन्। विगत वर्षमा करिब ४०० जनाले माधवनारायण व्रत गर्ने गरेकामा यस वर्ष करिब १५० जनालाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षित साथ राखिने भएको छ।, कोरोना महामारीकै कारण गत वर्ष भने ४९ जना मात्र व्रत बसेका थिए। विसं २०७६ मा जस्तो मेला भने यसपटक पनि नलाग्ने समितिले जनाएको छ।, गत वर्ष पनि समितिले मेला नलाग्ने भनी भक्तजनको शालिनदीमा भीड नै देखिएको थियो। वर्तालु आज बेलुकीदेखि नै साँखुमा वास बस्न आउँछन्।, बेलुकी मामधवनारायणका पुजारीबाट जल ग्रहण गरेपछि व्रतविधि शुरु हुन्छ। कोरोनाका कारण यस वर्ष वर्तालुलाई एउटै घरमा राख्ने व्यवस्था गरिएको पनि समितिले जनाएको छ।,
स्वस्थानी व्रत आजदेखि सुरू
|
रासस नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा ११ हजार ९० लाई मास्क वितरण गरेको छ।, प्रहरीले कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि सुरु गरेको ‘तपाईंको मास्क खोई?’ अभियानअन्तर्गत पछिल्लो २४ घण्टामा उक्त व्यक्तिलाई माक्स वितरण गरेको हो।, कोरोनाबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गर्दै प्रहरीले संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्तरुपमा कार्यान्वयनका लागि ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ नारासहित ‘तपाईंको मास्क खै?’ अभियान सञ्चालन गरेको थियो।, गत वैशाख ६ गतेदेखि सञ्चालन भएको उक्त अभियानअन्तर्गत हाल देशभर १४ लाख ७९ हजार ५६५ लाई निःशुल्क मास्क वितरण गरिसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।, मास्क वितरण अभियानबाहेक प्रहरीले देशभर सञ्चालन गरेको माइकिङ, प्लेकार्ड, पर्चा, पम्प्लेटसहितको ६५ वटा सचेतनामूलक कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा १३ हजार २९ लाई सचेत गराएको छ।,
प्रहरीले एक दिनमा बाँड्यो ११ हजार बढीलाई मास्क
|
सेतोपाटी संवाददाता सरकारले काठमाडौंमा कोरोनाविरूद्ध बुष्टर मात्रा खोप दिन सुरू गरेको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार काठमाडौंका विभिन्न १७ स्थानबाट सोमबारदेखि कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा दिने भएको हो। , तत्कालका लागि अग्रपंक्तिमा काम गर्नेहरूका लागि बुस्टर मात्रा उपलब्ध हुने महाशाखाले जनाएको छ।, गत पुस २८ को मन्त्रिस्तरीय निर्णयबाट माघ २ देखि बुष्टर मात्रा खोप दिने गरी पत्राचार भएको थियो।, काठमाडौंमा आइतबारदेखि नै बुस्टर मात्रा लगाउने भनिए पनि केही तयारी नपुगेपछि सोमबारदेखि खोप लगाइने भएको हो।, अहिले खोप सञ्चालन भइरहेका काठमाडौं जिल्लाभित्रका १७ खोप केन्द्रबाट बुस्टर मात्रा लगाउन सकिने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेले जानकारी दिए।, बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा हुनुपर्नेछ। , माघ दोस्रो सातादेखि भने ६० वर्ष र त्यसभन्दा माथिका व्यक्तिहरूलाई बुष्टर मात्रा खोप लगाइनेछ।, उनीहरूलाई माघ १४ देखि खोप लगाइनेछ।, कहाँबाट लगाउने बुस्टर खोप,
सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, सहिद मेमोरियल अस्पताल कलंकी, विरेन्द्र सैनिक अस्पताल छाउनि,लोट्से भवन नयाँ बसपार्क, नेपाल प्रहरी अस्पताल महाराजगन्ज, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेक, बयोधा अस्पताल बल्खु, प्रसूति रोग तथा स्त्रिरोग अस्पताल थापाथली, निजामती अस्पताल नयाँबानेश्वर र एपेक्स पोलिक्लिनक जडिबुटीबाट खोप लगाउन सकिन्छ।, यस्तै काठमाडौं मोडल अस्पताल प्रदर्शनीमार्ग, पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल सामाखुसी, जनमैत्री अस्पताल बालाजु, नर्भिक अस्पताल थापाथली, शुभेच्छा अस्पताल सीतापाइला र नोबेल अस्पताल सिनामंगलबाट कोभिडविरुद्धको खोप निःशुल्क लगाउन पाइने स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।,
,
आजबाट बुस्टर मात्रा खोप, कहाँ-कहाँ पाइन्छ?
|
रासस पोखरालाई काठमाडौँसँग जोड्ने पृथ्वीराजमार्ग विस्तार तथा स्तरोन्नति गर्ने योजनाको प्रारम्भिक काम रुख कटानबाट अघि बढेको छ।, एशियाली विकास बैंक(एडीबी)को सहुलियत ब्याजको ऋण सहयोगमा पोखरादेखि मुग्लिनसम्मको दुई लेनको सडकलाई विस्तार गरी चार लेनको फराकिलो र स्तरीय बनाउनका लागि मुग्लिन–पोखरा सडक योजनाले काम अघि बढाएको हो।, पोखरा–मुग्लिन सडकखण्ड विस्तारको कार्य छिटो सम्पन्न गर्ने उद्देश्यले दुई भागमा विभाजन गरेर काम अघि बढाइएको छ।, पोखराको पृथ्वीचोकस्थित सेती नदी पुलदेखि तनहुँको जामुनेसम्मको ३९ किमी क्षेत्र पश्चिम खण्डमा पर्दछ। सो खण्ड हेर्ने गरी पोखरामा मुग्लिन–पोखरा सडक योजनाकोे कार्यालय स्थापना गरिएको छ।, यसैगरी जामुनेदेखि आँबुखैरेनीसम्मको ४३ किमी सडक पूर्वी खण्डमा पर्दछ। यसको कार्यालय हाल गुणादीमा रहेको छ।, योजनाको पश्चिम खण्डमा अहिले लगत लिएर बोट बिरुवा कटानको काम सुरु भएको सो खण्डका योजना प्रमुख अमितकुमार श्रेष्ठले जानकारी दिए।, उनकाअनुसार योजना क्षेत्रमा पर्ने रुख कटानका लागि विभागीय स्वीकृतिपछि हाल कटानको काम धमाधम भइरहेको छ। जामुनेदेखि यताको क्षेत्रमा तीन हजार १६३ रुख कटान गर्नुपर्नेमा हालसम्म एक हजार ८०० वटा कटान गरिएको छ।, सेतीनदी पुलदेखि कोत्रेसम्म एक हजार २७१ रुख काट्ने योजना छ। यस क्षेत्रमा स्वीकृत प्राप्त भएकाले केही दिनमै कटान सुरु गरिने योजना प्रमुख श्रेष्ठले बताए।, ‘पश्चिम खण्डको ठेक्का सम्झौता केही पछि भएकाले यस खण्डमा काम सुरु गर्न केही ढिलाइ भए पनि अहिले पहिलो चरणमा रुख कटान सुरु गरेका छौँ। रुख कटानपछि बिजुलीका पोल स्थानान्तरण र घर टहरा हटाउन सुरु गछौँ,’ उनले भने।, पश्चिम खण्डको तुलनामा पूर्वी खण्डको काम केही अघि बढेको बताइन्छ। रुख कटानसँगै विद्युत्का पोल हटाउनका लागि प्राधिकरणले लगत सङ्कलनको कार्य अगाडि बढाएको बताइन्छ। यसका साथै राजमार्ग विस्तारका क्रममा सडक मापदण्डमा पर्ने घरटहरा हटाउने कार्यसमेतसँगै अघि बढाउने योजनाको तयारी छ।, अहिले घरटहराको लगत निले काम भइरहेको योजना प्रमुख श्रेष्ठले जानकारी दिए। राजमार्ग विस्तार गरेर चार लेनको बनाउने योजना रहे पनि पश्चिम खण्डको सबै केही स्थानमा भने छ लेन बन्ने भएको छ।, योजनाका अनुसार पोखराको सेती पुलदेखि तल्लो गगनगौँडासम्म छ लेन हुनेछ। तल्लो गगनगौँडादेखि गाछेपानी (हलेदी झोलुङ्गेपुल) चार लेन, गाछेपानी–खैरेनीटार बजार छ लेन र खैरेनीटारदेखि जामुनेसम्मको खण्ड चार लेनको बन्नेछ।, विस्तार गरिएको छ लेनको सडक फुटपाथसहित ४३ मिटरको हुनेछ। जसमा बीचमा डेढ मिटरको डिभाइडर रहने योजना कार्यालयका प्रशासन प्रमुख जीवनाथ शर्मा मरासिनीले जानकारी दिए।, उनकाअनुसार डिभाइडरमा फूल रोपेर सडकको सौन्दर्य वृद्धिको योजना छ। पश्चिम खण्डलाई रु सात अर्ब ४० करोड करोड ४६ लाख लागतमा चिनियाँ कम्पनी अनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कम्पनी गत वर्ष जेठमा कम्पनीसँग ठेक्का सम्झौता गरिएको छ।, योजना आगामी ४२ महिनाभित्रमा निर्माण सम्पन्न गर्नुपर्ने गरी सम्झौता गरिएको उनले बताए।, सम्झौतामा पोखराको विजयपुर पुल, कोत्रे नदी पुल, कुम्लेखोला पुल र म्याग्देखोलामा नयाँ पुल निर्माणसमेत समेटिएको बताइन्छ।, पोखराको सेती नदी पुल र दमौलीस्थित मादी नदी पुलका लागि थप बोलपत्र आह्वान गरेर काम अघि बढाइने योजनाले जनाएको छ।,
अघि बढ्यो मुग्लिन–पोखरा चार लेन सडक निर्माणको काम
|
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिले जथाभावी सवारी पार्किङ निषेध गरेको छ।, महानगरलाई सवारी जामरहित अभियान अनुसार महानगरपालिकाले अव्यवस्थित रूपमा जथाभावी सवारीसाधन पार्किङ गर्नेलाई सचेत गराएर ‘ठाउँको ठाउँ’ जरीवाना तिराउँदै आएको छ।, पछिल्लो १ महिनादेखि सुरू गरेको अभियान सफल भएको र यसलाई निरन्तरता दिने महानगरपालिकाले जनाएको छ। , अनधिकृत रूपमा पार्किङ गरिएका सवारीलाई पार्किङ स्थलबाट उठाएर अर्को ठाउँमा जरीवाना तिराउँदा सर्वसाधारणले थप झन्झट बेहोर्नुपर्ने निष्कर्ष निकाल्दै महानगरले ठाउँको ठाउँ जरीवाना गराएर सचेत गराउने र सवारी धनि नभेटिएका सवारीलाई मात्र महानगरपालिकाले उठाउने गरेको छ।, ललितपुर महानगर भित्र जथाभावी पार्किङ गरेर हिँड्नै असहज हुने गरी सहर कुरूप बनाएकोले त्यसलाई नियन्त्रण गर्न यस्तो अभियान सुरू गरिएको नगर प्रमुख चिरीबाबु महर्जनले बताए।, अनधिकृत पार्किङको जरीवाना गर्ने अधिकार महानगरपालिकालाई हुने भन्दै महर्जनले आफूहरूले ट्राफिक प्रहरीको सहकार्यमा नगर प्रहरी लगाएर कारबाही र सचेतना प्रक्रियालाई तीव्रता दिएको जानकारी दिए।, नगर प्रहरीले महानगरीय ट्राफिक प्रहरी महाशाखासँगको सहकार्यमा ललितपुर महानगर भित्रका सबै क्षेत्रको फुटपाथ र नो पार्किङ राखिएका स्थानमा पार्किङ गर्ने सवारी साधनलाई ‘ह्वील लक’ गर्ने र जरीवाना तिराएर मात्र छोड्ने गरेको छ।, ‘नो पार्किङ र फुटपाथमा पार्किङ गरी पैदल यात्रु र अन्य सवारीलाई असर गरेका मोटरसाइकल तथा स्कुटर र चार पाङ्ग्रे सवारीलाई कारबाही प्रक्रिया अगाडि बढाएका हौं,’ नगर प्रहरी प्रमुख सिताराम हाथेछुले ,सेतोपाटी,सँग भने, ‘हामीले यसको अवलोकन र कारवाहीका लागि महिला नगर प्रहरीलाई तालिम दिएर परिचालन गरेका छौं। उहाँहरूले कारबाही गरि जरीवाना ठाउँको ठाउँ गर्नुहुन्छ।’, जथाभावी पार्किङ गरेर छोडेका सवारी साधनलाई कारबाही स्वरूप ‘ह्वील लक’ गर्ने र सवारीमा ‘निषेधित क्षेत्रमा सवारी पार्क गरिरहेकाले तपाईंको सवारी लक गरिएको छ’ भनेर सूचनासमेत दिने गरेको छ।, उपत्यकामा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न र अनधिकृत पार्किङ निरूत्साहित गर्न उक्त सवारी साधनलाई कारबाही गर्दै सचेत गराइएको हाथेछुले बताए।, महानगरपालिका अनुसार हालसम्म १५ सय भन्दा बढी मोटरसाइकल र ७९ वटा चार पाङ्ग्रे सवारीलाई जरीवाना गराएको छ।, पूर्व ट्राफिक प्रहरी निरीक्षकसमेत रहेका हाछेथुलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले गर्दै आएको कामका लागि बधाई दिँदै जनताको मन जित्ने काम गर्न सुझाव दिए। , ‘ललितपुर महानगर प्रहरीको काम उत्ष्ट छ, हामी प्रहरीलाई नै केही हदसम्म सघाएको छ। छुट्टै पोशाक मात्र होइन काम पनि फरक छ। महानगरलाई आवश्यक परेको सल्लाह दिन नेपाल प्रहरी तयार छ’, क्षेत्रीले हाछेथुको प्रशंसा गर्दै भने।, यसैबीच महानगरपालिकाले सडकमा बिग्रिएर सडक जाम हुने गरि बसेका सवारीलाई त्यहाँबाट हटाएर ग्यारेजसम्म पुर्याइदिने भएको छ। , महानगरपालिकाले हालै दुई वटा अत्याधुनिक गाडी उठाउने सवारीमार्फत लामो समयदेखि सडकमै बिग्रिएर बसेका र दुर्घटनामा परि गुड्न नसक्ने भएका सवारीलाई उठाएर सम्बन्धित स्थानमा पुर्याइदिने भएको हो। , ‘हामीले सडकमा बिग्रिएर बसेका वा दुर्घटनामा परि गुड्न नसक्ने भएका सवारीलाई त्यहाँबाट ग्यारेज या सम्बन्धित ठाउँसम्म पुर्याइदिन्छौ’, हाछेथुले भने, ‘बिग्रिएका सवारी बेलैमा नहटाउँदा सडक जाम हुने भएकाले त्यो नियन्त्रणमा लागि हामीले यस्तो अभियान सुरू गरेका हौ।’, उनले यदि कसैको गाडी बिच बाटोमै बिग्रिएर गुड्न नसक्ने भएमा महानगरलाई सम्झनसमेत आग्रह गरे।, ‘यदि कसैको गाडी बिग्रिएर वा दुर्घटनामा परेर गुड्न नसक्ने भएको छ भने ललितपुर महानगरलाई खबर गर्नुहोस् हामी सम्बन्धित ठाउँसम्म पुर्याइदिन्छौ’, उनले भने। , यस्तै ललितपुर महानगरलाई स्वच्छ बनाउने अभियान अन्तर्गत ललितपुर मापदण्ड विपरित घरभन्दा बाहिर राखिएका ट्रस, सेड (पाली) समेत महानगरपालिकाले हटाउन सुरू गरेको छ। , घाम र पानी छेक्नका लागि पसल सञ्चालकहरूले त्यस्तो पाली बनाउँदै आएका छन्। मापदण्ड विपरित भएको भन्दै महानगरले त्यस्ता पालि हटाउन थालेको हो।, अनावश्यक ट्रसका कारण शहरको सौन्दर्यमा ह्रास आएको र हुरी बतास आउँदा सेड खसेर पैदल यात्रुलाई लागेर दुर्घटना हुने सम्भावना हुने ललितपुर महानगरको निष्कर्ष छ।, स्थायी संरचना नभत्काउने र स्वीकृत नक्साबाहेक थप गरिएका ट्रसहरु मात्र निकाल्न थालिएको नगर प्रहरी प्रमुख हाछेथुले बताए । ‘घर धनीहरुले भाडामा दिएपछि पसल सञ्चालकले त्यस्तो पाली राखेको र त्यसबाट घरको स्वरुप बिग्रिएको गुनासो पनि गर्नुभएको छ,’ उनले भने,‘हाम्रो यो कामलाई स्थानीयले पुरा साथ दिनु भएको छ। आफैं हटाउन नसक्नेहरूलाई महानगरले हटाउन सहयोग गररहेको छ।’, ट्रस हटाउनका लागि महानगरले केही दिनको समय दिएर पत्र पठाउने गरेको छ।, ‘महानगरको पत्र बुझेका ७० प्रतिशतले आफैंले निकालेका छन् । केही पसल सञ्चालहरुले दुई दिन थप समय मागेका छन्’, उनले भने, ‘हाम्रो अभियानलाई नगरवासीले साथ दिनुभएको छ।’ , यस्तै पछिल्लो समय कोरोना भारइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण तिब्र रूपमा फैलिएपछि महानगरले सतर्कता र सचेतना अभियान सुरू गरेको छ। , महानगर भित्रका ऐतिहासिक सम्पदा, सपिङ मल, सार्वजनिक स्थानमा मास्क अनिवार्य गरेको छ। विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुर महानगरपालिका-१६ स्थित ऐतिहासिक पाटन दरबार परिसरमा बिना मास्क प्रवेश निषेध गरिएको छ।, यस्तै सडकमा मास्क नलगाएका व्यक्तिलाई बोलाएर कोरोनाको ख्याल गर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न सुझाव दिने गरेको महानगरपालिकाले जानकारी दिएको छ।, कोरोना संक्रमणलाई अन्त्य गर्न जनस्वास्थ्यका मापदण्ड पालनामा महानगर सधैं सचेत रहेको नगर प्रमुख चिरिबाबु महर्जनले बताए।, सचेतना अभियान अन्तर्गत ललितपुर नगर प्रहरीले सचेतना जगाउने प्लेकार्ड र माइकिङसहित अभियान सुरू गरेको छ।, ‘कोभिड-१९ का अन्य भेरियन्ट जस्तै ओमिक्रोनको संक्रमणबाट बच्न पनि मास्कको सही प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, बेलाबेलामा साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने, भिडभाड नगर्ने, हावा आवतजावत राम्रो हुने स्थानमा बस्ने लगायतका सबै जनस्वास्थ्यका मापदण्डहरूको कडाइपूर्वक पालना गर्नुपर्छ र कोभिड-१९ विरुद्धको खोप लगाउनुपर्छ’, महर्जनले भने,‘यसका लागि महानगर सधैं तयार छ।’, कोरोनाबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गर्दै महानगरले संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्तरुपमा कार्यान्वयनका लागि ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ नारासहित अभियान सञ्चालन गरेको हो।,
ट्राफिक जामरहित अभियानमा ललितपुर महानगर, बिग्रिएर बसेका गाडी महानगरले उठाइदिने
|
रासस सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ की ६१ वर्षीया नन्दकली कँडेलको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ।, सुर्खेत बाङ्गेसिमलदेखि मुख्य बजारमा आउँदै गरेको क ०२००१ प ८९५० नम्बरको मोटरसाइकलले आइतबार रेडियो नेपाल प्रादेशिक कार्यालय सुर्खेत नजिक ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कनकबहादुर शाहीले बताए।, घाइते भएकी कँडेलको उपचारको क्रममा: कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको उनले बताए।, उचित राहत नदिएसम्म शव नबुझ्ने मृतका भाई काशीराम सापकोटाले बताए।, ‘शव अहिले प्रदेश अस्पतालमा छ’, उनले भने, ‘प्रहरी प्रशासनले उचित राहत र दोषीलाई कारबाही नगरेसम्म हामी बुझ्दैनौँ।’, प्रहरी निरीक्षक शाहीले मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका २ सुर्खेत दौलतपुरका करिब २५ वर्षीय नवराज सुनारलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए।, उनकाअनुसार पीडित पक्षका आफन्तसँग छलफल भइरहेको छ।,
मोटरसाइकलको ठक्करबाट सुर्खेतमा एकको मृत्यु
|
रमेश गिरी/रासस माघ महिनाभर बिहानी चिसोको पर्वाह नगरी भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा बालकदेखि वृद्धसम्मले चिसो पानीमा डुबुल्की मार्दै माधवनारायण मेलाको व्रत शुभारम्भ गरेका छन्। नेपाल संवत्को आठौँ शताब्दीदेखि सुरु भएको एक महिने माधवनारायण व्रत एवं मेला आजदेखि भक्तपुरमा सुरु भएको हो।, हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म एक महिना लाग्ने मेला आज हनुमान घाटस्थित त्रिवेणी धाममा स्नान गरी, सूर्यलाई अर्घ दिएर माधवनारायणको पूजा गरेपछि व्रत सुरु गरिएको माधवनारायण व्रत व्यवस्थापन समितिका सदस्य एवं पूजारी गोपाल शर्माले जानकारी दिए।, साँखुको शाली नदीमा भन्दा पहिल्यैदेखि यो मेला र व्रत यहाँ सुरु भएको शिलालेख र अन्य ग्रन्थमा उल्लेख गरिएको पाइएको उनको भनाइ थियो। माधवनारायणको व्रत बस्ने व्यक्तिले एक महिनासम्म व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, अरूलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको उनको भनाइ थियो ।, यसवर्ष भने कोरोना भाइरस सङ्क्रमणका कारण हनुमानघाटस्थित त्रिवेणीमा गरिने व्रत ओझेलमा परेको छ। कोरोना भाइरस सङ्क्रमण हुन नदिन यस वर्ष हनुमानघाटमा सर्वसाधारणलाई यहीँ बस्ने गरी माधवनारायणको व्रत बस्न नदिने निर्णय भएपछि मेला औपचारिकतामा मात्रै सीमित गरिएको माधवनारायण धलौं (व्रत) सेवा समिति हनुमानघाटका अध्यक्ष उद्धव खाइतुले जानकारी दिए।, यस वर्ष हनुमानघाटमा कसैलाई पनि माधवनारायणको एक महिने व्रत बस्न नदिने तर व्रतको परम्परा नटुटाउनका लागि केही सीमित व्यक्ति मात्रै राखिने भएको छ। भीडभाड गरेर व्रत बस्न नदिइए पनि त्रिवेणीमा दैनिक नित्य पूजा तथा माधवनारायणको कथा वाचन र हनुमानघाट त्रिवेणी कुण्डमा दैनिक स्नान गर्ने कार्य भने नियमित गरिने भएको छ।, नेपाल सम्बत् ७२२ मा रणजीत मल्ल आफैँले व्रतका लागि स्थानको व्यवस्थापन गरेको शिलालेखमा उल्लेख भएको बताउँदै उनले यहाँस्थित त्रिवेणीघाटमा डुबेर एकचित्त भएर जे बर माग्यो त्यो पूरा हुने जनविश्वास रहेकाले विगतका वर्षमा यहाँ व्रत बस्ने र स्नान गर्न आउनेको भीड हुने गरेको उनको भनाइ थियो।, व्रतालुले खाली खुट्टा पैदल नै तीलमाधवबाट तलेजु भवानीको दर्शन गर्न जाने, सप्तमीमा पनौती गएर त्रिवेणीमा बसेर स्नान गरी इन्द्रेश्वर महादेवको दर्शन गरेर अष्टमीमा फर्कने, दशमीमा पशुपति गएर स्नान गरी जल चढाएर जयवागेश्वरी ताम्रेश्वर महादेवसम्म कलशयात्रा गर्ने, द्वादशीमा चाँगुनारायण शङ्खदहमा स्नान गरी कलश लिएर चाँगुनारायणको दर्शन गर्ने र माघ शुक्ल पूर्णिमाका दिन नगरपरिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा ईन्द्रकलश चढाएर एक महिने व्रत समापन गर्ने परम्परा रहेको व्रतालु विनोदकुमार प्रजापतिले जानकारी दिए।, व्रतालुले त्रिवेणीघाटमा महिना दिनसम्म बसेर व्रत पूरा गर्ने र कतिपय व्रतालु भने हरेक दिन बिहान त्रिवेणीघाटमा आएर नुहाउने तथा विभिन्न स्थानको कलशयात्रामा सहभागी जनाउने परम्परा रहे पनि यसवर्ष कोरोनाका कारण त्रिवेणी घाटमा महिनादिनसम्म व्रत भने नबस्ने भएको उनले बताए।, व्रतालुले माघ शुक्ल पूर्णिमाका दिन बिहान त्रिवेणी खोलामा आएर स्नान गरी माधवनारायणको पूजा गरेर होम आहुति गर्ने र त्यसपछि भक्तपुर नगरका विभिन्न देवालयको परिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा ईन्द्रकलश चढाएर व्रत समापन गर्ने परम्परा रहेको छ।, हेर्नुहोस् तस्बिरहरूः सबै तस्बिरः निशा भण्डारी/सेतोपाटी,
कोभिड–१९ का कारण माधवनारायण मेला ओझेलमा
|
सेतोपाटी संवाददाता प्रहरीले मोरङबाट प्रतिबन्धित औषधीसहित दुई जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा सुनवर्सी गाउँपालिका-६ का ३२ वर्षीय श्रवणकुमार ताजपुरिया र ३० वर्षीय कार्तिक चन्द दास रहेका छन्।, आइतबार उनीहरू सवार प्र.१-०२-०४५प ७८६९ नम्बरको मोटरसाइलबाट उनीहरूलाई प्रतिबन्धित औषधीसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिए।, उनीहरूको साथबाट २० हजार पिस औषधी बरामद गरिएको उनले बताए। उनीहरूले ट्रामाडोल हाइड्रोक्लोड्रिड नाम गरेको औषधी ल्याइरहेका थिए।, प्रहरी चौकी इटहराको टोलीले दुबैलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि औषधी व्यवस्था विभाग विराटनगर पठाएको जिसीले जानकारी दिए।, उक्त औषधी नेपालमा बिक्री वितरणमा प्रतिबन्ध रहेको जिसीले बताए।,
प्रतिबन्धित औषधीसहित दुई पक्राउ
|
सेतोपाटी संवाददाता कैलालीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।, आइतबार बेलुकी लम्कीचुहा नगरपालिका ४ बलियामा से ६ प ८७८६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ५५ वर्षीय मनसरा न्यौपाने घाइते भएकी थिइन्।, उनलाई उपचारका लागि काेहलपुर मेडिकल कलेज लगिएको थियाे।, उपचारको क्रममा उनकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।, उक्त माेटरसाइकलका चालक राजन चाैधरीलाई प्रहरीले नियन्त्रण लिएको छ।,
माेटरसाइकलकाे ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
|
सेतोपाटी संवाददाता प्रहरीले सुनसरीबाट एक सय किलो गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।, बर्जु गाउँपालिका-५ तिनमुहान दक्षिण शाखा नहरबाट प्रहरीले गाँजासहित तीन जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा बिहार कटहरिया जिल्ला देवीपुर-१० घर भएका ५० वर्षीय जितेन्द्र राय, देवीपुर-१९ का २६ वर्षीय मिठु राय र पूर्णिया जिल्ला सरसी-३ का १९ वर्षीय पंकज महलदार रहेका छन्।, जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले उनीहरूलाई शनिबार राति ८ बजे तिनमुहान दक्षिण शाखा नहरको ७ नम्बर ढोका नजिकबाट पक्राउ गरेको प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकरी दिए।, उनीहरूले पाँच वटा सेतो प्लाष्टिकको बोरामा गाँजा बोकेका थिए। पक्राउ परेका सबैलाई लागुऔषध नियन्त्रण ऐन अनुसार कारबाही थालिएको थापाले बताए।,
एक सय किलो गाँजासहित तीन भारतीय पक्राउ
|
सेतोपाटी संवाददाता काठमाडौंको गुर्जुधारामा धारिलो हतियार प्रहार गरी एक पुरूषको हत्या भएको छ। , आइतबार दिउँसो चन्द्रागिरि नगरपालिका-१२ गुर्जुधारामा एक पुरूषमाथि धारिलो हतियार प्रहार गरी हत्या भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , मृतक चन्द्रागिरि नगरपालिका-८ मातातीर्थ घर भई गुर्जुधारामा बस्दै आएका २६ वर्षीय रोशन रिजाल छन्।, आइतबार दिउँसो पौने १ बजे उनको छातीमा धारिलो हतियार प्रहार भएको थियो। त्यसपछि उनी घाइते भएका थिए। , घाइते भएको खबरपछि महानगरीय प्रहरी प्रभाग बलम्बु, प्रहरी वृत्त थानकोट र परिसरबाट टोली खटिएको थियो। , उनलाई तत्कालै प्रहरीले नजिकैको सशस्त्र प्रहरी बल अस्पतालमा लगिएको थियो। त्यहाँ उनको उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक मैनालीले बताए। , ‘दुई पक्षबीच झगडा भएको जस्तो देखिन्छ। मृतकका साथीहरू पनि हिजो त्यहीँ भएको देखिन्छ,’ उनले भने, ‘दुई जनालाई हामीले नियन्त्रणमा लिएका छौं।’, अहिले पक्राउ परेका व्यक्तिहरूको विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन।, एक जनालाई गुर्जुधाराबाट आइतबार र अर्का व्यक्तिलाई सोमबार धादिङबाट पक्राउ गरी काठमाडौं ल्याइँदै गरेको प्रहरीले जनाएको छ। , उनीहरूबीच के कारणले झगडा भएकोबारे पनि प्रहरीले खुलाएको छैन। , ‘हामी 'स्लम एरिया' भन्छौं। जुन ठाउँ बस्तीभन्दा बाहिर छ। जहाँ विभिन्न खालका मान्छेहरू बस्छन्। त्यो ठाउँमा धेरै झैझगडा र अपराध पनि हुन्छ,’ उनले भने, ‘धेरैजसो मान्छे पक्राउ परिरहने ठाउँमा घटना भएको हो। अहिले कारण खुलिसकेको छैन।’, घटनामा अरूको संलग्नता भए/नभएकोबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। , प्रहरी उपरीक्षक मैनालीका अनुसार मृतक एक वर्षअघि मात्रै दुबईबाट आएका थिए। उनी अहिले पनि विदेश जाने तरखरमा थिए। त्यसैबीच यो घटना भएको हो। ,
गुर्जुधारामा धारिलो हतियार प्रहार गरी पुरूषको हत्या
|
सेतोपाटी संवाददाता दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १४ का ४० वर्षका विकास पुनलाई प्रहरीले पक्राउ गरेको छ।, ठगी मुद्दामा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सोमबार पक्राउ गरेको हो।, कपिलबस्तुको बाणगंगा ४ का तिलक थापाले ४९ लाख ५० हजार ठगी गरेको भन्दै गत पुसमा विकासविरूद्ध जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएका थिए।, राप्ती नदीमा नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा) को काम गर्दा आफूले दिएको रकम फिर्ता नगरी विकास भागेको तिलकको दाबी छ।, गत वैशाख २६ मा उक्त रकम विकासले सापटी लिएको तिलक दाबी गर्छन्। खोलामा लगानी गर्दा फाइदा हुने भन्दै उनले उक्त रकम लिएका थिए।, विकासविरूद्ध ज्यान मार्ने उद्योग अन्तर्गतको मुद्दा पनि सर्वोच्च अदालतमा विचाराधीन छ।, दाङको देउखुरी जिल्ला अदालतले पुनलाई ५ वर्ष कैद हुने फैसला सुनाएको थियो। उनी त्यसविरूद्ध सर्वोच्च गएका थिए।, विकास नेकपा एमालेका कार्यकर्ता हुन्। राजनीतिको आडमा उनी आपराधिक क्रियाकलापमा लागेको एक प्रहरी अधिकृत बताउँछन्।, विकास पछिल्लो समय काठमाडौंमा थिए। उनलाई दाङ ल्याएर आवश्यक अनुसन्धान र कानुनी कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ।,
ठगी आरोपमा पक्राउ परे दाङका विकास पुन
|
सेतोपाटी संवाददाता सरकारले १६ वर्ष उमेर माथिका सबै नागरिकलाई चैतसम्म खोप लगाइसक्ने भएको छ।, ओमिक्रोन संक्रमण नियन्त्रण र रोकथामका लागि आदेश जारी गर्दै सरकारले घुम्ती खोप सेवामार्फत आगामी चैत मसान्तभित्र १६ वर्ष माथिका सबै नागरिकलाई पूर्ण मात्रा खोप लगाइसक्ने जनाइएको छ।, '१६ वर्ष माथिका उमेर समूहका सबै व्यक्तिलाई खोप केन्द्र वा घुम्ती (मोबाइल) खोप केन्द्रमार्फत् २०७८ चैत मसान्तसम्म पूर्ण मात्रामा खोप लगाइसकिनेछ,' जारी आदेशमा भनिएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार हालसम्म कुल जनसंख्याको ३९.९ प्रतिशत मानिसले पूर्ण मात्रा खोप लगाएका छन्।, त्यस्तै ५२.१ प्रतिशत मानिसले पहिलो मात्रा खोप लगाएका छन्।, नेपालमा हालसम्म झन्डै साढे चार करोड डोज खोप भित्रिएको छ। जसमा २ करोड ८० लाख डोज लगाइसकिएको छ।,
१६ वर्ष माथिका नागरिकलाई चैतभित्र कोरोना खोप लगाइसक्ने सरकारको तयारी
|
सेतोपाटी संवाददाता प्रहरीले महोत्तरीबाट स्रोत नखुलेको ३० लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।, प्रहरीले मटिहानी नगरपालिका-८ बाट स्रोत नखुलेको नगद सहित सोही नगरपालिका-३ का २३ वर्षीय सहाउदिन राइनलाई आइतबार दिउँसो पक्राउ गरेको हो।, भारतबाट नेपाल आउँदै गरेको ज६प ६९४४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा १ हजार दरको ३० बण्डलमा रहेको रकम फेला परेको प्रहरीले जनाएको छ।, पक्राउ परेका राइनलाई राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाइएको छ।,
महोत्तरीबाट स्रोत नखुलेको ३० लाख रकमसहित एक जना पक्राउ
|
सेतोपाटी संवाददाता कोरोना महामारीमा खटेका स्वास्थ्यकर्मीलाई नि:शुल्क औषषि र उपचार लगायतको व्यवस्था मिलाउन राष्ट्रिय स्वास्थ्यकर्मी संघले सरकारसँग माग गरेको छ।, अस्पताल र स्वास्थ्य संस्थामा काम गरिरहँदा संक्रमित भएका स्वास्थ्यकर्मीलाई व्यवस्थित आइसोलेसनको व्यवस्था गर्नुपर्ने, संक्रमित स्वास्थ्यकर्मीको नि:शुल्क औषधि उपचारको व्यवस्था गर्नुपर्ने, स्वास्थ्यकर्मीको वीमा व्यवस्था गर्नुपर्ने जस्ता १३ बुँदे माग संघले राखेको छ।, संघका अध्यक्ष रामबहादुर चन्दले आज विज्ञप्ति निकालेर कोभिड-१९ महामारीमा खटिने स्वास्थ्यकर्मीलाई दिने भनेको जोखिम भत्ता उपलब्ध गराउन पनि माग गरेका छन्।, ‘सरकारले कोभिड १९ महामारीमा खटिने स्वास्थ्यकर्मीहरुलाई दिने भनिएको जोखिम भत्ता हालसम्म पनि पूरा नदिएकाले तुरुन्त दिइने व्यवस्था गरियोस्,’ विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य सेवा र खोप सेवा प्रदान गर्न खटिने स्वास्थ्यकर्मीहरुलाई पर्याप्त स्वास्थ्य सुरक्षा व्यवस्था र नि:शुल्क पिसीआर व्यवस्था गरियोस्।’, उनीहरूले खोप केन्द्रहरूमा देखिएको भिडभाड नियन्त्रण गरिनुपर्ने पनि माग राखेका छन्। त्यसका लागि स्वयमसेवक तथा सुरक्षाकर्मी परिचालन हुनुपर्ने उनीहरूको माग छ।, ‘खोप वा अन्य स्वास्थ्य सेवा प्रदान गर्दा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा हुने भिडभाड, तोडफोड र हातपात गर्नेलाई तुरुन्तै कारबाहीसंगै क्षतिपूर्तिको व्यवस्था होस्,’ संघले भनेको छ, ‘करारमा भएका स्वास्थ्यकर्मीहरुको म्याद थप गर्नुपर्छ।’, जनस्वास्थ्यका मापदण्ड अपनाउने कार्यमा कडाइका साथ लागू गरिनुपर्ने पनि उनीहरूले सुझाव दिएका छन्।,
कोरोना महामारीमा खटेका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता र नि:शुल्क उपचारको माग
|
सेतोपाटी संवाददाता महोत्तरीमा स्रोत नखुलेको ३० लाख रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , मटिहानी नगरपालिका-८ स्थित चौकीबाट खटिएको टोलीले आइतबार दिउँसो साढे ३ बजे एक जनालाई ३० लाख रकमसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।, प्रहरीले वडा नम्बर ३ बर्दाहा बस्ने २३ वर्षीय मो. सहाउदिनलाई पक्राउ गरेको हो।, भारतबाट नेपाल आउँदै गरेको ज ६ प ६९४४ नम्बरको मोटरसाइकललाई रोकेर प्रहरीले सहाउदिनले बोकेको झोला जाँच गरेको थियो। , झोलामा २८ लाख र उनको खल्तीबाट २ लाख बरामद गरेको हो। , उनीमाथि थप अनुसन्धान गर्न जलेश्वर भन्सार कार्यालय मलिवारा पठाएको कार्यालयले जनाएको छ। ,
,
महोत्तरीमा स्रोत नखुलेको ३० लाख नगदसहित एक पक्राउ
|
दिपकजंग शाही सुर्खेतको भेरीगंगा नगरपालिका-६ र ७ मा विद्युत सेवा सुरू भएको छ।, सामुदायिक विद्युतीकरण विभाग र भेरीगंगा नगरपालिकाको संयुक्त लगानीमा यी वडामा पुस २२ गतेदेखि राष्ट्रिय प्रसारण लाइनमार्फत् विद्युत पुगेको हो।, उक्त वडाका लेखझिङ्नी, ठूलाखाली, कैनपानी, सामाखोरीया, सृजनाटोलका घरहरूमा राष्ट्रिय प्रसारण लाइन पुर्याइएको हो। यी गाउँहरू सल्यानसँग सिमाना जोडिएका गाउँहरू हुन्।, हाल कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा राष्ट्रिय प्रसारण लाइन पुग्नुअघि नै भेरीगंगामा सुचारु भएको भए पनि नजिकका गाउँहरूमा विद्युत सेवा पुगेको थिएन। पछिल्लो समय संघीय संरचना अनुसारको अधिकार र केन्द्र सरकारको सहयोगमा विकट गाउँहरूमा पनि विद्युतीकरण गर्न सकिएको भेरीगंगा नगरपालिकाका उपमेयर रेणु ढकालले बताइन्।, गाउँमा विद्युत पुगेपछि स्थानीयले खुसी व्यक्त गरेका छन्।, ‘सडक पनि ग्राभेल भइसकेको छ, अब बिजुली पनि आइसकेको छ,’ लेखझिङ्नीका मानबहादुर बरालले भने, ‘कुट्न–पिस्न निकै समस्या हुन्थ्यो, अब बिजुली आएपछि हाम्रो गाउँमा मिल पनि जडान गरिसकेका छौं।’ , उनले गाउँमा महत्वपूर्ण सेवा सुचारू भएकोमा खुसी व्यक्त गरे।, वडा नम्बर ६ का अध्यक्ष बलबहादुर खड्काले स्थानीयद्वारा लगातार गरिएको ध्यानाकर्षणका कारण गाउँमा राष्ट्रिय प्रसारण लाइन पुगेको बताए।, स्थानीय र नगरपालिकाको पहलमा गाउँमा पुगेको विद्युतलाई नियमितता दिन र दीगोपना कायम गर्न स्थानीयले भूमिका खेल्ने उनले बताए।, ‘हामी यहाँबाट देखिने तलका गाउँमा बिजुली बलेको देख्दा हामी पनि कहिले यसरी बाल्न पाउँला भनेर सोच्थ्यौं, अब हाम्रो सपना साकार भएको छ,’ वडा अध्यक्ष खड्काले भने।, नगरपालिकाका उपमेयर ढकालका अनुसार विद्युतको सेवा नपुगेका नगरभित्रका १, २, ३ ५ र ७ का बस्तीहरूमा सामुदायिक विद्युतीकरण विभागसँग समन्वय गरी विद्युत सेवा पुर्याउने काम भइरहेको छ।, हालसम्म अधिकांशमा विद्युत सेवा पुगिसकेको र बाँकी रहेको ठाउँमा पनि आधारभूत संरचनाहरू बनिसकेकोले यो वर्षभित्रै सेवा पुग्ने ढकालले बताइन्। ,
पहिलोपटक गाउँमा बिजुली पुग्दा...
|
सेतोपाटी संवाददाता सोलुखुम्बुमा छिमेकीलाई दाउराले टाउकोमा प्रहार गरी हत्या गरेको आरोपमा एक पक्राउ परेका छन्। , सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिका-१ बुम्रेका ५२ वर्षीय दानु शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ४५ वर्षीय वाङदी शेर्पालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिए। , उनका अनुसार वाङदीले आइतबार मध्यराति दानु शेर्पालाई दाउराले टाउकोमा प्रहार गरी हत्या गरेको खुलेको हो। वाङदीले मादक पदार्थ सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए।, घटनाको जानकारी पाए लगत्तै खरिखोलाको प्रहरी टोलीले वाङदी शेर्पालाई नियन्त्रणमा लिएको छ।, जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान अधिकृतसहितको टोली घटनास्थलतर्फ जाँदै गरेको प्रहरी नायब उपरीक्षक कटवालले बताए। , घटनाको प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ। ,
दाउराले टाउकोमा प्रहार गरी हत्या गरेको आरोपमा छिमेकी पक्राउ
|
सेतोपाटी संवाददाता प्रदेश २ को स्थायी राजधानी तोक्न मतदान प्रक्रिया सुरु भएको छ।, सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष संसदीय समितिले राजधानीका लागि गरेको पहिलो प्रस्तावमा गोप्य मतदान सुरु भएको हो।, राजधानी सम्बन्धी दल तथा सांसदले प्रदेशसभा सचिवालयमा दर्ता गराएको ६ वटा प्रस्तावलाई परिमार्जन गर्दै संसदीय समितिले तीन वटा प्रस्ताव अघि सारेको छ।, जसमध्ये सबै दलको साझा प्रस्ताव जनकपुर राजधानीका लागि मतदान सुरू भएको हो।, यस प्रस्तावमा उत्तरमा धनुषा ढल्केवरको पूर्व-पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपाल भारतको दशगजा सिमाना र पश्चिममा मिथिला माध्यमिकी परिक्रमाक्षेत्र भित्रको सम्पूर्ण भूभाग सिमाना कायम गरिएको छ।, राजधानी सम्बन्धी प्रस्ताव पारित हुन प्रदेशसभाको कुल १ सय ४ सदस्यको दुई तिहाई ६८ मत आवश्यक हुन्छ।, यो प्रस्तावमा दुई तिहाई नपुगे दोस्रो प्रस्ताव ‘वीरगञ्ज’ मा मतदान हुनेछ।, पोखरिया नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, पर्सा गढी नगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, निजगढ हुँदै सिम्रोनगढभित्रको भूभाग यस प्रस्तावमा समेटिएको छ। , जसपाका सांसद सिंगासन साह कल्वार यसका प्रस्तावक छन् भने लोसपाका सांसद प्रह्लाद गिरी गोस्वामी, जसपाकी सांसद करिमा बेगम र भीमा यादवले प्रस्तावको समर्थन गरेका छन्।, यो प्रस्तावमा समेत दुई तिहाई नपुगेको खण्डमा वीरगञ्जमा वीरगञ्ज महानगरपालिका भरिको भूभाग उल्लेख गरिएको अर्को प्रस्तावमा मतदान हुनेछ।, जसको प्रस्तावक कांग्रेसका राजेश्वर प्रसाद साह छन् भने कांग्रेसकै शंकर प्रसाद चौधरी, ओमप्रकाश शर्मा र असियादेवी थरूनी समर्थक छन्।, राजधानी समबन्धी प्रस्तावमा माथि मतदान सम्पन्न भइसकेपछि नामका लागि मतदान प्रक्रिया अघि बढाउने कार्यसूची छ।,
प्रदेश २ को स्थायी राजधानी जनकपुरका लागि मतदान सुरू
|
सेतोपाटी संवाददाता कोभिड–१९ को सङ्क्रमण बढेसँगै देशभरका विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय पर्वतमा पनि कार्यान्वयन गर्न शिक्षा विकास तथा समन्वय एकाई पर्वतले आग्रह गरेको छ। जिल्लाका अधिकांश क्षेत्रमा विद्यालय खुला गरेर स्वास्थ्य मापदण्ड बिनानै कक्षा सञ्चालन भइरहेपछि कार्यालयले पुनः ध्यानाकर्षण गराएको हो।, कार्यालय प्रमुख उद्धिमराज पौडेलले आइतबार पत्र जारी गर्दै जिल्लाका सबै विद्यालयलाई माघ १५ गतेसम्म विद्यालय बन्द गरेर विद्यार्थीलाई सङ्क्रमणबाट जोगाउन ध्यानाकर्षण गराएका छन्। आधारभूत तथा माध्यमिक विद्यालयको वार्षिक बिदामा मिलान हुने गरी पुस २७ गतेदेखि माघ १५ गतेसम्म बिदा दिने उक्त अवधिमा विद्यार्थी सिकाइका लागि आवश्यक सहजीकरण गर्न आग्रह गरिएको छ। , बिदाको अवधिमा प्रअले स्थानीय स्वास्थ्यचौकीसँग समन्वय गरी १२ देखि १७ वर्षसम्मका बालबालिकालाई खोप लगाउन सहजीकरण गर्ने, १८ वर्ष भन्दा माथिका विद्यार्थी, शिक्षक, कर्मचारी, तथा अभिभावकलाई पूर्ण खोप लगाउन स्थानीय स्वास्थ्य संस्थासँग समन्वय गर्न निर्देशन गरिएको छ ।, विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्व निर्धारित परीक्षा जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना हुनेगरी जेड आकारमा बसाइँ व्यवस्थापन गरी सञ्चालन गर्ने, माघ ७ गतेदेखि शिक्षण संस्थामा प्रवेश गर्ने सबैको खोप कार्ड अनिवार्य रुपमा साथमा राख्ने प्रबन्ध शिक्षण संस्थाले मिलाउन पनि निर्देशनमा उल्लेख छ।, अर्को सूचना नभएसम्म विद्यालयमा सभा समारोह नगर्नसमेत आग्रह गरिएको छ।,
शिक्षा मन्त्रालयको निर्णय कार्यान्वयन गर्न आग्रह
|
सविता बुढा कैलालीको लम्कीका जिद्दे वड गएको पुस ७ गते दुई छोरा लिएर कमाउन भारत गएका थिए। उनी नेपालबाट जाने बेलामा कोरोनाको नयाँ लहर आउने चर्चा थियो। त्यसैले उनले यहीँबाट कोभिड विरूद्धको खोप लगाएर गएका थिए।, खोप लगाएपछि काम गर्न पाइने आसामा त्यहाँ पुगेका उनले २१ दिनपछि घर फर्किनुपर्यो।, महाराष्ट्रमा पुगेर उनले आफू र छोराका लागि काम खोजे। होटल, अपार्टमेन्ट र केही कम्पनीमा कामका लागि उनीहरू पुगे तर पाएनन्।, ‘काम गर्न गएका हौं, जब राम्रो मिलेन, लकडाउन हुनेजस्तो भएपछि फर्केको,’ उनले भने।, भारतमा कोरोनाको संक्रमण बढ्न थालेपछि काम पाउन समस्या हुन थालेको उनले बताए।, पटक–पटक कोरोनाकै कारणले आउनु–जानु मात्रै भएपछि कमाइभन्दा खर्च बढी भएको उनको भनाइ छ।, जिद्दे भारतमै काम गरेर घरखर्च चलाउने गर्छन्। कोरोनाको संक्रमण फैलिएदेखि भने उनले कहिले नेपाल, कहिले भारत दौडिन परेको छ।, सुरूको वर्ष ज्यान जोगाउन भन्दै कयौँ दु:ख गरेर उनले नाकासम्म पुग्नु परेको थियो। त्यो बेला उनले स्थानीय तहले बनाएका क्वारेन्टिनमा बस्नुपर्याे। महिनौ क्वारेन्टिनमा बसेपछि उनले त्यो बेला बल्ल घरसम्म पुगेको सम्झिए। , केही महिना घर पुगेपछि उनी फेरि कमाउन अघिल्लो वर्ष पनि भारत गएका थिए। गत वर्ष सुरूको भन्दा महामारी झन् खतरा फैलिएपछि मन खल्लो बनाएर घर फर्केको उनी सुनाउँछन्। , दुई वर्षसम्म कमाइ गर्ने वातावरण नभएपछि घरमा अनेक अभाव सिर्जना हुन थाल्यो। यसपालि उनी छोरासहित कमाउन गए ।, ‘यसपालि त कोरोना गइहाल्यो कि भनेर कमाउन गयौं, फेरि उस्तै भयो’, उनले भने।, उनी र उनका दुई छोरा हेल्थ डेस्कमा कोरोना परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएपछि घर गए।, उनीसँगै आएका कतिपय भने कोरोना पोजेटिभ भएपछि नाकामै एम्बुलेन्सको पर्खाइमा बसे। , गत शुक्रबार नै कैलालीको हसुलियाकी सीता चौधरी श्रीमानसँगै पुनाबाट नाकामा पुगेकी थिइन्।, उनका श्रीमान पुनाको एक कम्पनीमा काम गर्छन्।, उनी श्रीमानसँगै त्यहाँ बस्ने गर्छिन्। छोराछोरीसहित पुना पुगेको उनको परिवार पनि कोरोनाको प्रभावका कारण घर फर्केको हो।, ‘हाम्रोमा धेरै कडा त थिएन यदि भोलि गाह्रो भइहाले के गर्ने भनेर बेलैमा फर्किहाल्यो,’ उनले भनिन्।, उनी कोरोनाले भारतमा काम गरेर खानेहरूलाई धेरै समस्यामा पारेको सुनाउँछिन्।, ‘कहिले घर, कहिले परदेश, कमाइधमाइ केही भएको छैन, फेरि कोरोना कम भए, यही नाका हुँदै भारत फर्किनुपर्छ,’ उनले भनिन्।, मसुरीयाकी टीका मैनाली पनि नाकामा एक हातमा छोराछोरी च्याप्दै कोरोना परीक्षण गर्ने लाइनमा उभिएकी थिइन्।, उनी साह्रै दुखी देखिन्थिन्। उनको स्वाब लिने पालो आएपछि हातमा च्यापेका दुई सन्तानलाई त्यहीँनेर छोडेर गइन्।, नाकामा अभिभावकको मात्रै कोरोना परीक्षण हुने भएकोले छोराछोरीलाई त्यहीँनेर छोडेर उनी स्वाब दिन गइन्।, वर्षाैदेखि भारतमै कमाइ गरेर चल्ने उनको परिवार बेलाबेला कोरोनाका कारण दुखी बन्छ।, ‘कोरोना भए हामीले भौंतारिनु पर्छ, कति पटक समस्या भयो भन्ने त्याँ हामीलाई मात्र थाहा छ तपाईंहरूसँग कति भन्ने, तीन वर्षदेखि लगातार हाम्रो हालत यस्तै छ,’ उनले भनिन्।, कोरोनाको तेस्रो लहरको संक्रमण बढ्दै गएपछि सुदूरपश्चिमको भारतसँग सीमा जोडिएका त्रिनगर भन्सार र गड्डाचौकी नाकामा भारतबाट फर्किनेहरूको भिड लाग्न थालेको छ।, यी नाकामा लगातार तीन वर्षदेखि कोरोनाको प्रभावले कहिले भारत त कहिले घर फर्किनेहरूको भिड देखिने गरेको छ।, केही महिनाअघि कमाउन जानेहरूको नाकामा भिड देख्न सकिन्थ्यो भने पुसको दोस्रो सातायता भने फर्किनेहरूको ठूलै लाइन छ।, भारतका विभिन्न राज्यमा कोरोनाको संक्रमण तीव्र रूपमा फैलिन थालेपछि केही राज्यमा लकडाउन समेत भएको छ। त्योसँगै केही ठाउँ लकडाउन हुने तयारी भइरहेका बेला कमाउन गएकाहरू अहिले धमाधम घर फर्किन थालेका छन्।, नाकामा घर फर्किनेहरूको संख्या बढ्दै गएपछि त्यही अनुसार संक्रमण देखिने गरेको जनाइएको छ।, पुसको दोस्रो साताबाट दैनिक १ सय ५० भन्दा बढीमा कोरोना संक्रमण देखिने गरेको त्रिनगर भन्सार नाकाको हेल्थ डेस्कका इन्चार्ज गणेश साउँदले जानकारी दिए।, ‘अहिले दैनिक ३ हजार बढी घर फर्किन थालेका छन्, परीक्षण गराएकामध्ये पोजेटिभ देखिनेहरू पनि बढी नै छन्,’ उनले भने।,
नाकामा घर फर्किनेहरूको भिड बढेसँगै त्यही अनुसार कोरोना परीक्षण गर्न खटिएका कर्मचारीलाई व्यवस्थापन गर्न गाह्रो हुन थालेको साउँदले बताए। , अहिले नाकामा २० जना जति कर्मचारीहरु खटिएका छन्। नाकामा कोरोना पोजेटिभ देखिएकाहरूलाई धनगढी उपमहानगरपालिका–१५ कनरीमा बनाइएको आइसोलेसनमा राखिने गरेको छ।, एम्बुलेन्समार्फत् संक्रमितहरूलाई आइसोलेसनमा लैजाने गरिएको छ।, एउटा मात्रै एम्बुलेन्स भएकोले ठूलो संख्यामा पोजेटिभ देखिएकाहरूलाई आइसोलेसनसम्म पुर्याउन समय लाग्ने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन्।, ‘एउटा एम्बुलेन्समा कोचाकेच गरेर राखे १५ जना जति अटाउँछन्, सयौंलाई आइसोलेसन पुर्याउन धेरै ट्रिप गर्नुपर्छ,’ एक स्वास्थ्यकर्मीले भने।, कतिपय पोजेटिभ देखिएका आफन्तहरू घर लैजान नाकामै पुग्ने गरेका छन्।, ‘कतिपय पोजेटिभ देखिए सोझै आफन्तहरूले घर लैजान डेस्क नजिकै अटो लिएर पुग्ने गर्छन्, थाम्न नसक्ने भिडले कोरोनाको जोखिम पहिलाका जस्तै उस्तै छ,’ स्वास्थ्यकर्मीले भने।, सुरूको वर्षको भन्दा यसपालि नाकामा केही संरचना र कर्मचारी थप गरेको प्रदेश सरकारका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले जानकारी दिए।, यद्यपि अहिलेसम्म निर्माण गरिसक्ने भनिएको एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माणको काम भने सम्पन्न नभएको उनले बताए।, ‘उक्त सेन्टरमा केही वेडहरू र कोठा निर्माण हुँदैछन्, केही निर्माण क्रममा छन्, यही जोखिममा काम लागोस् भन्न निमित्त हामीले होल्डिङ सेन्टर निर्माणको कामलाई अगाडि बढाउने भनेका छौं,’ उनले भने।, भारतबाट फर्किनेमध्ये खोप नलगाएकाहरूलाई नाकाको हेल्थ डेस्कमा खोप लगाउने व्यवस्था पनि गरिएको छ।,
‘यसपालि त कोरोना गइहाल्यो कि भनेर कमाउन गयौं, फेरि उस्तै’
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा २२१९ संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५९१, भक्तपुरमा १४२ र ललितपुरमा ४८६ संक्रमित थपिएका छन्।, यसैगरी, काठमाडौं उपत्यकामा १२८१४ सक्रिय संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ९०६१, ललितपुरमा २३८२ र भक्तपुरमा १३७१ सक्रिय संक्रमित छन्।, नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ६३६ जना कोरोना संक्रमित थपिएका छन्।, यो हिजोको भन्दा कम संक्रमित संख्या हो। हिजो एकैदिन ५ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका थिए। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार पिसिआर परीक्षणबाट ३ हजार ७०३ र एन्टिजेन परीक्षणबाट ९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, पछिल्लो २४ घण्टामा १४ हजार ५५६ जनामा कोरोना परीक्षण गरिएको थियो।, देशभर २१ हजार ५ सय ८४ जना कोरोनाका सक्रिय संक्रमित छन्। , पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ४ जनाले ज्यान गुमाएका छन्।, यस्तै ३५० जना संक्रमणबाट मुक्त भएका छन्।,
काठमाडौं उपत्यकामा थपिए २२१९ संक्रमित, सक्रिय १२ हजार बढी
|
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ६३६ जना कोरोना संक्रमित थपिएका छन्।, यो हिजोको भन्दा कम संक्रमित संख्या हो। हिजो एकैदिन ५ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका थिए। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार पिसिआर परीक्षणबाट ३ हजार ७०३ र एन्टिजेन परीक्षणबाट ९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, पछिल्लो २४ घण्टामा १४ हजार ५५६ जनामा कोरोना परीक्षण गरिएको थियो।, देशभर २१ हजार ५ सय ८४ जना कोरोनाका सक्रिय संक्रमित छन्। , पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ४ जनाले ज्यान गुमाएका छन्।, यस्तै ३५० जना संक्रमणबाट मुक्त भएका छन्।, काठमाडौं उपत्यकामा २२१९ संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५९१, भक्तपुरमा १४२ र ललितपुरमा ४८६ संक्रमित थपिएका छन्।,
नेपालमा थपिए ४ हजार ६३६ कोरोना संक्रमित
|
सेतोपाटी संवाददाता कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। , शनिबार दिउँसो गाेदावरी नगरपालिका-१ स्थित अत्तरिया- धनगढी छ लेन सडकमा दुर्घटना हुँदा साेही ठाउँका १८ वर्षीय गणेश बलायरकाे मृत्यु भएको प्रहरीले जनाएको छ। , से-५ प-७१९ र सुपप्र-०१० प-५८१५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएकाे थियो।, उक्त दुर्घटनामा घाइते धनगढीका १९ वर्षीय अमङ्गजङ्ग ठकुरीकाे माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ।,
,
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
|
रासस संघीय सरकारले महत्वका साथमा सुरूआत गरेको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ।, स्कुलमा पढाइ भइरहेकै बेलामा विद्यार्थीलाई स्वास्थ्य समस्या पर्दा विद्यालयमा उपचार हुने भएकाले प्रभावकारी रहेको पाइएको हो।, कालीकोटको खाँडाचक्र नगरपालिकाको वडा नं ३ ताडीको जनजीवन माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा ममता आचार्यले विद्यालय नर्स कार्यक्रम सञ्चालनपछि सहज रूपमा विद्यालयमै उपचार पाएको बताइन्।, ‘पहिले महिनावारी हुँदा विद्यालयमा स्यानेटरी प्याड नपाउँदा समस्या हुने गरेको थियो’, उनले भनिन्, ‘अहिले भने निःशुल्क स्यानेटरी प्याड र प्राथमिक उपचार पाउँदा सहज भएको छ।’, महिनावारी भएको बेला विगतमा स्वास्थ्य चौकी वा मेडिकलबाट स्यानेटरी प्याड किन्न जाँदा समस्या हुनुका साथै अध्ययनमा समेत बाधा पुग्दै आएको आचार्यले जानकारी दिए।, ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम लागू भएको एक वर्षदेखि विद्यालयमा यस्ता समस्या नभएको जनजीवन माध्यमिक विद्यालयका प्रधानाध्यापक तेजबहादुर शाहीले बताए।, ‘विद्यालयका सम्पूर्ण गतिविधिमा परिवर्तन आउनुका साथै समग्र विद्यालयको विकास भएको छ’, उनले भने, ‘छात्रा महिनावारी भएको समयमा विद्यालय आउने छात्राको शतप्रतिशत बढ्दै गएको छ।’, कार्यक्रम सञ्चालनमा आएसँगै विद्यालयमा, विद्यार्थीको स्वास्थ्य जाँच, प्रजनन स्वास्थ्य, हेल्थ प्रोफाइलजस्ता गतिविधि सञ्चालन भएको स्कुल नर्स प्रतिभा शाहीको जानकारी दिइन्।, ‘यो कार्यक्रमले किशोरीको स्वस्थ्य सुरक्षित बनाएको छ’, उनले भनिन्, ‘विशेष गरेर किशोरीले महिनावारीको समस्याबारे खुलेर भन्न सकिरहेका हुँदैनन्।’ , महिलाको समस्या महिलाले नै बुझ्ने भएकाले किशोरीहरूले आफ्ना समस्या नर्ससँग निर्धक्क राख्न सक्ने भएका छन्।, खाँडाचक्र नगरपालिकाको वडा नं ६ को सरस्वती माध्यामिक विद्यालयमा अध्ययनरत छात्रा अरुणाकुमारी शाहीले विद्यालय नर्स कार्यक्रम लागू भएपछि धेरै कुरामा सहज भएको बताइन्। , ‘विद्यालयमा महिनावारी हुँदा अगाडि पछाडि बसेका साथीले जिस्क्याउने गर्थे’, उनले भनिन्,‘तर अहिले विद्यालय नर्सले जस्तोसुकै समस्या आउँदा औषधि उपचारका साथै सामग्री वितरण गर्ने भएपछि सजिलो भएको छ।’, महिनावारीकै कारण धेरै दिन पढाइ छुटाउनुपर्ने बाध्यता थियो तर अहिले हाम्रो विद्यालयमा अध्ययन गर्ने छात्रा विद्यालयमा नियमित आउने गरेको स्कुल नर्स पार्वती शाहीले बताइन्।,
प्रभावकारी बन्दै ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम
|
सेतोपाटी संवाददाता पुस २३ गते सर्लाहीको बरहथवामा मृत अवस्थामा फेला परेकी महिलाको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।, हरिवन नगरपालिका-१०, ताइवानका २७ वर्षीय सन्तोष साह, २७ वर्षीय मुकेश ब्लोन र २२ वर्षीय रोहित हजरालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूलाई इलाका प्रहरी कार्यलय बरहथवाले शनिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।, गत पुस १७ गतेबाट बेपत्ता भएकी बरहथवा नगरपालिका-१० की ३२ वर्षीया सावित्रीकुमारी महराको घरबाट केही टाढा उखुबारीमा शव फेला परेको थियो। शरीरको विभिन्न भाग जलेको अवस्थामा उनको शव फेला परेको थियो।, अनुसन्धानका क्रममा घटनामा उनीहरूको संलग्नता रहेको देखिएको इलाका प्रहरी कार्यलय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक उमाशंकर यादवले बताए।, अनुसन्धान अनुसार मृतक महिला र अभियुक्त सन्तोष साहबीच केही समययता प्रेम सम्बन्ध रहेको यादवले बताए।, सोही सम्बन्धका कारण महिलाले सन्तोषलाई बिहे गर्न दबाब दिँदै आएकी थिइन्। दबाब दिन थालेपछि सन्तोषले गाउँकै दुई साथीलाई पैसा दिने लोभ देखाएर हत्यामा संलग्न गराएको यादवले बताए।, मृतक महिलाका श्रीमान् विगत १० बर्षदेखि रोजगारीको सिलसिलामा कतार छन्। उनी दुई वर्ष पहिले नेपाल आएर फेरि कतार गएका थिए।, मृतक महिलाका तीन छोराछोरी छन्। श्रीमान् सुरतले कमाएको पैसाले उनीहरूले घरबाट केही पर जग्गा किन्ने बनाएका थिए। उनले आफूले कमाएको पैसा श्रीमतीलाई पठाउँदै आएका थिए।, जग्गा किन्ने क्रममा सन्तोषसँग मृतक महिलाका बुवाको चिनजान भएको थियो। त्यो चिनजान श्रीमान सुरत हुँदै मृतक महिलामा आएर जोडिएको यादवले बताए।, जग्गा किन्न भनेर मृतक महिलाले सन्तोषलाई दुई लाख बैना दिएकी थिइन्।, यसपछि उनीहरूको नियमित भेटघाट र फोन सम्पर्क भएको प्रहरीको यादवले बताए। सन्तोष महिलाको घरमा पुग्ने गरेका थिए।, ‘भेटघाटको समय बित्दै जाँदा महिलाले सन्तोषलाई विवाह गर्न दबाब दिन थालेको अनुसन्धानमा खुलेको छ,’ यादवले भने, ‘श्रीमान् घर फर्कने दिन नजिँकिदै जाँदा उनलाई तनाव बढ्दै गएको थियो।’, अनुसन्धानमा गत पुस १७ गते महिलाले फोनमा सन्तोषलाई आफूलाई भगाउन दबाब दिएको खुलेको छ। सन्तोषले पनि हुन्छ भनेका थिए।, तर, त्यसपछि सन्तोष महिलालाई कसरी पन्छाउने ध्याउन्नमा लागेका थिए।, साथीभाइ बोलाएर उनले एक होटलमा बसेर सँगै मदिरा सेवन गरे। सन्तोषले साथीहरूसँग आफ्नो समस्या राखेका थिए। साथीहरूले महिलाको हत्या गर्ने उपाय सुझाएको अनुसन्धानमा खुलेको छ।, ‘सन्तोषले केही पैसा दिने लोभ देखाएर दुई साथीसँग सहयोग मागेका थिए। साथीहरू मुकेश र रोहितले साथ दिने भएपछि सन्तोषले आफू लिन आउँदै गरेको बताउँदै राति ८ बजेतिर तयार भएर बस्न महिलालाई आग्रह गरेको देखिन्छ,’ डिएसपी यादवले भने।, यसपछि तिनै जना महिलाको घर थए। योजना अनुसार सन्तोषले दुई जनालाई कटानीस्थित उखुघारीमा लुकेर बस्न अह्राए। आफू मोटरसाइकलमा महिलालाई लिन गए।, सन्तोषले महिलालाई लिएर आए। पिसाब फेर्ने बहानामा मोटरसाइकल रोकेर उखुबारी गए। त्यसलगत्तै तिनै जना आएर महिलाको मुख र घाँटीमा थिचेर हत्या गरेका थिए।, ‘त्यसपछि उनीहरूले शव उखुबारीमा फालिदिएका थिए। प्रमाण मेटाउने उद्देश्यले उनीहरूले महिलाको कपडा खोलेर मोटरसाइकलको ट्यांकीबाट पेट्रोल झिकी आगो लगाउन खोजेका थिए,’ यादवले भने, ‘तर, जलाउन खोज्दा उनीहरूसँग लाइटर थिएन।’, उनीहरू बरहथवा बजारमा रहेको एक पसलमा पुगे। दुई वटा चुरोट र लाइटर किनेर फेरि महिलाको शव भएको स्थानमा फर्किए।, आगो लगाएर उनीहरू फर्किए। महिलाको हत्या गर्दा उनको ब्याग सँगै लिएर गएका थिए। सो ब्याग केही पर सोल्टी गेटनजिकै फेला परेको थियो।, ‘पैसा फेला नपरेपछि ब्याग त्यहीँ फालेर उनीहरू घर फर्किएका थिए,’ यादवले भने, ‘स्थानीयले शव देखेपछि गत पुस २३ गते प्रहरीले घटनास्थलको मुचुल्का तयार गरेर परीक्षणको लागि जिल्ला अस्पताल पुर्याएको थियो।’, उनीहरू सबैलाई कर्तव्य ज्यानमुद्दामा अदालतबाट हिरासतमा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको यादवले बताए।,
जग्गा किनाइदिने बहानामा नजिकिए, बिहे गर्न दबाब दिएपछि गरे हत्या
|
रासस तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायले नयाँ वर्षका रूपमा समुदायका लागि नयाँ नेतृत्व गर्दै माघी पर्व मनाएका छन्।, थारू समुदायले नयाँ वर्षमा स्नान, दान गर्नुका साथै मीठा खानेकुरा खानुका साथै वर्षभर विभिन्न कामको नेतृत्व गर्ने गाउँको अगुवा चुनेरसमेत माघी पर्व मनाउने परम्परा बसालेका छन्।, स्थानीयस्तरमा लोकतन्त्रको अभ्यास हुनुअघिदेखि थारू समुदायमा लोकतान्त्रिक विधिबाट मुखियालगायत वर्षभर समुदायबाट नेतृत्व गर्ने विभिन्न पदको चयन हुन्छ।, परापूर्वकालदेखि थारू समुदायले लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्दै आएका छन्।, यो समुदायमा आज गरिएको सहमति अकाट्य हुने मान्यतासमेत छ। यसैले आजका दिन नयाँ नेतृत्व चयन गर्ने परम्परा बसालिएको हो।, माघ १ गते स्नानको विधि भने सबै क्षेत्र एवं जातिका मानिसमा समान रूपमा रहेको पाइन्छ।, बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। यसैगरी मगर र छन्त्याल जातिका मानिसले पनि आज नयाँ वर्षका रूपमा माघी पर्व मनाएका छन्।,
,
वर्षभरका लागि समुदायको नेतृत्व चयन गर्दै मनाए थारू समुदायले माघी
|
सेतोपाटी संवाददाता झापाका दुई पालिकाले अव्यवस्थित बसोबास र भूमिहीनको लगत संकलन र नापजाँचका लागि राष्ट्रिय भूमि आयोगसँग सम्झौता गरेका छन्।, झापाको शिवसताक्षी नगरपालिका र दमक नगरपालिकाले आयोगसँग सझौता गरेका हुन्।, पुस २७ मा दमक र २८ गते शिवसताक्षी नगरले सम्झौता गरेको शिवसताक्षी नगरका सहायक सूचना अधिकारी डिल्ली नेपालले बताए।, यसअघि बुद्धशान्ति र कनकाईले सम्झौता गरेका थिए। झापाबाट चार वटा पालिकालाई अव्यवस्थित बसोबास र भूमिहीनको लगत संकलन र नापजाँचका लागि राष्ट्रिय भूमि आयोगसँग सम्झौताका लागि बोलाइएको थियो।, देशभरका ९१ वटा स्थानीय तहलाई राष्ट्रिय भूमि आयोगले पुस २४ गते आयोगको कार्यालय काठमाडौंमा सम्झौताका लागि बोलाएको आयोगले जनाएको छ।, शिवसताक्षी नगरका प्रमुख चन्द्रकुमार शेर्माले भने, ‘आयोगका पदाधिकारीसँग सम्पर्क गरेर पछि सम्झौता गरेपनि हुन्छ भन्ने जानकारी भएकाले २४ को ठाउँमा ४ दिन ढिलो २८ गते मात्र सम्झौता भएको हो।’, नगर प्रमुख शेर्माका अनुसार अब भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीले जग्गा पाउनका लागि आवेदन दिनुपर्ने छ।, आयोगले तोकेको ढाँचाबमोजिम निवेदन फाराम भरेर १८ माघदेखि ३५ दिनभित्र स्थानीय तहबाट वडाका तोकिएका स्थानमा खटिएका लगत संकलकमार्फत् पेस गर्नुपर्ने उनले बताए।, उनका अनुसार नगरमा नगरस्तरीय एउटा र वडास्तरीय अर्को दुई वटा सहयोग तथा सहजीकरण समिति गठन हुने छन्। नगर प्रमुख संयोजक रहेको समितिमा उपप्रमुख, राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रमुख एक- एक जना र प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने व्यवस्था छ।, यस्तै, वडामा पनि वडाअध्यक्षसहित वडा सदस्य र राजनीतिक दलका प्रमुख सम्मिलित सहयोग समिति गठन हुने छ।,
दमक र शिवसताक्षी नगरपालिकासँग भूमि आयोगको सम्झौता, सुकुम्बासीले अब लालपूर्जा पाउने
|
शुरबहादुर सिंह/रासस सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बुद्बुदी गाउँमा निस्सासिएर एकाघरका चार जनाको मृत्यु भएको छ।, शिवालय गाउँपालिका–४ जाजरकोट स्थायी घर भएका ३५ वर्षीय कल्पा बुढा, उनका आठ वर्षीय छोरा नीरज र नौ वर्षीय अर्का छोरा चीरञ्जीवी र कल्पाकै दाजुको पाँच वर्षीय छोरा सम्राट घरमै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताए।, घरमा कोइला बालेर झ्याल ढोका थुनेर बस्दा उनीहरूको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ। उनीहरूको शनिबार बेलुकी मृत्यु भएको हो।, प्रहरी नायब उपरीक्षक घर्तीका अनुसार मृतक कल्पाका श्रीमान् कृष्ण बुढा जाजरकोटबाट आउँदै गरेकाले चारै जनाको शव परीक्षण हुन सकेको छैन।, ,
सुर्खेतमा निस्सासिएर एकैघरका चारको मृत्यु
|
पूर्णप्रसाद मिश्र/रासस विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २४औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ।, ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ नाराका साथ दिवस मनाउन लागिएको हो।, भूकम्पले नभई कमजोर संरचनाले मानवीयलगायत क्षति गर्ने भएकाले भूकम्प प्रतिरोधी संरचना बनाउन नागरिकलाई चेतना जगाउने उद्देश्यले यो नारा तय गरिएको हो।, विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रूपमा मनाउन थालिएको छ। भविष्यमा आउनसक्ने भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन सुरु गरेको थियो।, दिवसका अवसरमा मूल समारोह समितिले आज पाटन दरबार क्षेत्रमा विशेष कार्यक्रमको आयोजना गर्दैछ।, कार्यक्रममा निश्चित मानिस मात्र भौतिकरूपमा उपस्थित हुने र अरु सबैलाई भर्चुअल माध्यमबाट सहभागी हुन आह्वान गरिएको सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पदमकुमार मैनालीले जानकारी दिए।, कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पनि भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम छ।, कार्यक्रममा गृह मन्त्रालय, विभाग, ललितपुर महानगरपालिका, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) लगायत संस्थाका सङ्ख्या तोकिएका जनशक्तिमात्र जम्मा भएर अरुलाई भर्चुअल माध्यमबाट चेतना जगाउने गरी कार्यक्रमको स्वरुप परिवर्तन गरिएको छ।, कोरोना भाइरसको नयाँ स्वरुपका कारण कार्यक्रमको स्वरुप परिवर्तन गर्न बाध्य हुनुपरेको मूल समारोह समितिले जनाएको छ।, भर्चुअल सहभागी हुन चाहनेका लागि गृह मन्त्रालयको वेबसाइटमा जुमआइडी र पासवर्ड राखिएको भूकम्प सुरक्षा दिवस मूल समारोह समितिअन्तर्गतको प्रचार–प्रसार उपसमितिको संयोजकसमेत रहेका विभागका महानिर्देशक मैनालीले सुनाए।, जुमआइडीमा जति मानिस पनि सहभागी हुनसक्ने समितिले जनाएको छ।, यस अवसरमा भूकम्प सुरक्षा डिजिटल प्रदर्शनीको समेत भर्चुअल माध्यमबाटै आयोजना गरिने जनाइएको छ।, दिवसका अवसरमा विभिन्न संस्थाले पुस १५ गतेदेखि नै जनचेतना जगाउने किसिमका कार्यक्रमको आयोजना गरिरहेका छन्।, यस वर्ष कोरोना भाइरसको महामारी रहेकाले भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कार्यक्रम गरिने जनाइएको छ।, यो दिवस मनाउन थालेपछि विसं २०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले करिब नौ हजार मानिसको ज्यान लियो।, आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए। नौ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए।, सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पुर्यायो। अन्य १८ जिल्लामा आंशिक क्षति पुग्यो।, यसको पुनःनिर्माणका लागि छ वर्षअघि राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी र बीचमा रहेको बालगोपालेश्वर मन्दिरबाट शुभारम्भ गरेकी थिइन्।, राष्ट्रपतिले पुनःनिर्माणको शुभारम्भ गरेको स्थल रानीपोखरी र बालगोपालेश्वरको पुनःनिर्माण गत वर्ष सम्पन्न भएको छ।, भूकम्पपछिको पुनःनिर्माणका लागि गठन भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तोकिएको अवधिमा काम नसकेपछि पुनःनिर्माणका बाँकी काम सम्बन्धित विभागलाई हस्तान्तरण गरिएको छ।, भूकम्पपछिको पुनःनिर्माण भूकम्प प्रतिरोधी भएकाले सुरक्षित रहेको जनाइएको छ।, पश्चिम नेपालमा ५०० वर्षदेखि ठूला भूकम्प नगएकाले शक्ति सञ्चय भई बसेको विभिन्न अध्ययनले देखाएको छ।, भविष्यमा आउनसक्ने भूकम्पले त्यहाँ ठूला क्षति हुनसक्ने विज्ञको अध्ययनबाट देखिएकाले त्यस क्षेत्रमा जनचेतना फैलाउने कामलाई विभागलगायत सरोकार भएका निकायले प्राथमिकतामा राखेका छन्।, दाङबाट पश्चिमका जिल्लामा अहिलेदेखि नै भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि विभागले चेतना जगाउने अभियान सुरु गरेको छ। यसका लागि त्यहाँका स्थानीय सरकारसँग पनि सहकार्य गरिएको जनाइएको छ।,
भूकम्प सुरक्षा दिवस: भर्चुअल माध्यमबाट चेतना जगाइँदै
|
सेतोपाटी संवाददाता नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले नास्ट गान तयार गरी पेश गर्न इच्छुकहरूलाई आग्रह गरेको छ।, आज सूचना निकालेर नास्टले नाष्टको काम कर्तव्य, भूमिका, विज्ञान प्रविधि एवं नव-प्रवर्तनसम्बन्धी र यसमार्फत् देशको समृद्धिबारे पूर्णभाव प्रष्फूटन हुने गरी नास्ट गान तयार गर्न इच्छुकहरूलाई आग्रह गरेको हो।, नास्ट गान नेपाली भाषामा तयार गर्नुपर्नेछ। साथै ६० शब्द नबढाइ माघ मसान्तभित्र नास्ट गान तयार गरी पठाउन पनि नास्टले भनेको छ।, नास्टको इमेल nastanthem@gmail.com मा तयार पारिएको नास्ट गान मेल गर्न सकिनेछ।, छनौट हुने सर्वोत्कृष्ट नास्ट गानलाई ५० हजार पुरस्कार प्रदान गर्ने पनि नास्टले जनाएको छ।,
६० शब्दको 'नास्ट गान लेख्ने'लाई ५० हजार पुरस्कार
|
सेतोपाटी संवाददाता मोटरसाइकलमा सवार रहेकी कैलालीकी एक महिलाको पुलबाट खोलामा खसेर मृत्यु भएको छ।, गए राति धनगढी उपमहानगरपालिका १६ पथरीस्थित गोकंनरी खोलाको पुलबाट ४० वर्षीया ऐतवारी राना खसेकी थिइन्।, सु.प.प्र. ०१ ००९ प ५९७९ नम्बरको उक्त मोटरसाइकल ३८ वर्षीय रजेश रानाले चलाएका थिए। मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।, पुलबाट खसेकी रानाको खोलाको पानीमा परेर घटनास्थलमै मृत्यु भएको हो। चालक रजेश भने प्रहरी नियन्त्रणमा छन्।,
मोटरसाइकलमा सवार महिलाको पुलबाट खसेर मृत्यु
|
सेतोपाटी संवाददाता सरकारले आजदेखि कोरोनाविरूद्ध बुष्टर मात्रा खोप दिने भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले पत्राचार गर्दै आजदेखि खोप दिन भनेको छ।, सातवटै प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रहरू र ७७ वटै स्वास्थ्य कार्यालयलाई विभागले पत्राचार गर्दै बुष्टर मात्रा खोप लगाउन भनेको छ।, गत पुस २८ को मन्त्रीस्तरीय निर्णयबाट माघ २ (आज) देखि बुष्टर मात्रा खोप दिने गरी पत्राचार भएको छ।, अहिले भने अग्रपंतिमा खटिने व्यक्तिहरूले बुष्टर मात्रा खोप लगाउन पाउनेछन्।, माघ दोस्रो सातादेखि भने ६० वर्ष र त्यसभन्दा माथिका व्यक्तिहरूलाई बुष्टर मात्रा खोप लगाइनेछ।, उनीहरूलाई माघ १४ देखि खोप लगाइनेछ।,
आजदेखि लगाइँदै कोरोनाविरूद्ध बुष्टर मात्रा खोप
|
रासस म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीदेखि रिसिनचौतारी जोड्ने सडक निर्माण भएपछि एक घण्टाको यात्रा अवधि २० मिनेटमा छोटिएको छ।, बेनी–जोमसोम सडकको बैसरीदेखि रिसिनचौतारी जोड्ने छोटो दूरीको सडक निर्माण भएपछि यात्रा अवधि छोटिएको हो।, स्थानीय दुर्गाबहादुर केसीले सडक निर्माण भएपछि एक घण्टाको यात्रा अवधि २० मिनेटमा छोटिएको बताए।, ‘गाडी चढेर रिसिन चौतारीदेखि रानीपौवा–पिप्ले हुँदै घुमाउने ताल पुगेर बेनी–जोमसोम सडकमा निस्कन पूरै एक घण्टा लाग्ने गरेको थियो। रिसिन चौतारीदेखि बैसरीको हाइवेमा झरेर बेनी पुग्दा करिब ४० मिनेटको समय बचत हुन्छ,’ उनले भने।, हिँडेर रिसिन चौतारीदेखि बैसरी पुग्न पनि करिब एक घण्टा नै लाग्दथ्यो।, रघुगङ्गा गाउँपालिका र सङ्घीय सरकारको निर्वाचन क्षेत्र पूर्वाधार विकास साझेदारी कार्यक्रमको रु २५ लाख बजेटबाट गत आर्थिक वर्षमा मार्ग खोलिएको बैसरी–रिसिन चौतारी सडक मर्मत र स्तरोन्नतिपछि हालैदेखि यातायातका साधन चल्न थालेका छन्।, उपभोक्ता समितिका सचिव राजन केसीले बैसरीमा करिब एक सय मिटर पहाड छिचोल्नेसहित दुई किलोमिटर सडक निर्माण भएको बताए।, रिसिनचौतारी, माझखर्क, ओखरबोटलगायत बस्तीका करिब चार सय घरधुरी यो सडकबाट लाभान्वित भएका उनले बताए।, बेनी र गलेश्वर जानआउनका साथै कृषि र पशुजन्य उपज निकासीका साथै निर्माण र दैनिक उपभोग्य वस्तु ढुवानीमा सहज भएको छ। रिसिनचौतारी र माझखर्क केरा खेतीको पकेट क्षेत्र हो।, बिरामीलाई अस्पताल लैजान सजिलो भएको छ। यस सडकबाट कालीगण्डकीको बगरबाट घर, भवन, सडक, सिँचाइ, खानेपानीलगायत विकास आयोजनाका लागि भगवतीमा निर्माण सामग्री ढुवानी गर्नसमेत सुविधा पुगेको छ।, रघुगङ्गा गाउँपालिका–२ का वडाध्यक्ष रिम कटुवालले राजमार्गसँग जोडिने छोटो दूरीको यो सडकले रिसिन चौतारीसँगै भगवतीका बासिन्दाको आयआर्जन र समग्र विकासमा फाइदा पुगेको बताए।,
एक घन्टाको यात्रा अब २० मिनेटमै!
|
एजेन्सी भारतमा कोरोना संक्रमण तिब्र रूपमा फैलिइरहेको छ। पछिल्लो २४ घन्टामा भारतमा २ लाख ६८ हजार ८ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, यस्तै पछिल्लो २४ घन्टामा ४०२ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ। यो सँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ८५ हजार ७ सय ५२ पुगेको छ।, कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणसमेत दैनिक बढिरहेको छ। पछिल्लो २४ घन्टामा भारतमा ओमिक्रोन संक्रमित अघिल्लो दिनको तुलनामा ५.०१ प्रतिशत बढेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार भारतमा हालसम्म ६ हजार ४१ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ।, केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार देशभर सक्रिय संक्रमितको संख्या बढेर १४ लाख १७ हजार ८२० पुगेको छ। ,
यस्तै पछिल्लो २४ घन्टामा भारतमा १ लाख २२ हजार ६ सय ८४ जना संक्रमणमुक्त भएका छन्।, भारतमा दैनिक संक्रमित दर बढेर १६.६६ प्रतिशत पुगेको छ। यस्तै साप्ताहिक संक्रमित दर बढेर १२.८४ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ।, यो सँगै भारतमा एक महिनामा कोभिड संक्रमण तीस गुणाले बढेको छ। तर, सामाजिक दूरी, यात्रा प्रतिबन्धजस्ता संक्रमणबाट बच्ने उपाय अवलम्बन गरिएको पाइदैन। , कोभिड बढिरहेका बेला लाखौं हिन्दू भक्तजनहरु गंगा नदीमा सामूहिक स्नान गरेका छन्। मकर संक्रान्तिको अवसरमा लाखौंले सामूहिक स्नान गरेका हुन्। यसबाट थप संक्रमित हुने आशंका बढेको छ।, शनिबार पश्चिम वंगालस्थित गंगामा भक्तजनको भीड नै लागेको थियो । उनीहरुले संक्रमणको कुनै ख्याल नै गरेका थिएनन्। भारतमा महाराष्ट्रपछि पश्चिम बंगालमा सबैभन्दा बढी कोभिड संक्रमित छन् । कोभिड बढेपछि भारतका विभिन्न सहरहरुमा रात्रिकालीन कर्फ्यू लगाइएका छन्। ,
,
तिब्र रूपमा फैलदै भारतमा कोरोना, पछिल्लो २४ घन्टामा २ लाख ६८ हजार संक्रमित
|
रासस सरकारले सेवा प्रवाहलाई सूचनाप्रविधि मैत्री बनाउँदै लगेको छ।, वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय काठमाडौँले आजदेखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति जारी गर्ने भएको छ।, २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम हुँदै आएकामा आजदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृति जारी हुनेछ।, श्रम स्वीकृतिलाई फेसलेस, पेपरलेस र क्यासलेस बनाइ छिटो, छरितो र पारदर्शी रुपमा गुनासोरहित सेवाप्रवाह गर्न अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृतिको काम गर्न लागिएको कार्यालयले जनाएको छ।, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विना झन्झट आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट सेवा प्रदान गर्न निर्देशन गरेसँगै पुनः श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट मात्र गर्न लागिएको वैदेशिक रोजगार कार्यालयका प्रमुख रमेश अर्यालले बताए।, कसरी लिने पुनः श्रम स्वीकृति?, पुनः श्रम स्वीकृतिको अनलाइन सेवा लिन सेवाग्राहीले वैदेशिक रोजगार विभागको वेभसाइटको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमार्फत आवश्यक सबै कागजातसहित फाराम भर्नुपर्नेछ।, यसका लागि सुरुमा विभागको वेभसाइटमा गई अनलाइन श्रम स्वीकृतिमा क्लिक गर्नुपर्ने हुन्छ। अथवा सिधै वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली गएर पनि खोल्न सकिनेछ।, श्रम स्वीकृतिको कागजात जाँच गर्दा कुनै कारणले आवेदन अस्वीकृत भएमा सो को कारणसहितको सूचना आवेदकको मोबाइल नम्बर र आवेदन गर्दाको युजर एकाउन्टमा जाने हुँदा आफ्नो व्यक्तिगत मोबाइल नम्बर र इमेल ठेगाना अनिवार्य भर्नुपर्नेछ।, युजरनेम र पासवर्ड प्रयोग गरी अर्कोपटक श्रम स्वीकृति लिन श्रम स्वीकृतिको अवस्था थाहा पाउन, विवरण हेर्न र उजुरी वा गुनासो गर्न सकिने भएकाले आवेदन गर्दाको युजरनेम र पासवर्ड सुरक्षित राख्नुपर्ने हुन्छ।, अनलाइनमा कागजात जाँच गर्न समय लाग्ने भएकाले कम्तीमा तीन दिन अगाडि अनलाइन फाराम भर्न र श्रम स्वीकृति लिइसकेपछि मात्र हवाई टिकटको प्रबन्ध गर्न कार्यालयले आग्रह गरेको छ।, उडान हुने मितिसम्म श्रम स्वीकृतिको म्याद ९० दिनभन्दा बढी हुनुपर्ने भएकाले सो बमोजिम भए नभएको यकिन गर्न पनि कार्यालयले भनेको छ।, कार्यालयले संस्थागत श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिने गरेको छ। संस्थागत श्रम स्वीकृतिका लागि सेवाग्राही कार्यालय आइरहनुपर्दैन, सम्बन्धित म्यानपावर व्यवसायी मात्र आउने गर्छन्।, वैदेशिक रोजगार कार्यालयबाट चालु आर्थिक वर्षको पुससम्ममा पुनः श्रम स्वीकृतितर्फ करिब एक लाख जना, संस्थागततर्फ एक लाख ८० हजार र व्यक्तिगततर्फ आठ हजारभन्दा बढीले सेवा लिएको कार्यालयले जनाएको छ।,
आजदेखि अनलाइनबाट मात्र श्रम स्वीकृति जारी हुने
|
राजेश घिमिरे चितवन राष्ट्रिय निकुञ्जमा जंगली हात्ती 'ध्रुवे'को आक्रमणबाट नेपाली सेनाका एक अमल्दारको मृत्यु भएको छ।, निकुञ्ज सुरक्षार्थ खटिएको खड्ग दल गणअन्तर्गतको ध्रुव पोष्टमा कार्यरत अमल्दार गुप्तबहादुर थापामाथि शनिबार साँझ ध्रुवे हात्तीले आक्रमण गरेको थियो। साइकलमा रात्री गस्तीमा निस्किएका सैनिकहरूमाथि पौने ७ बजेतिर ध्रुवे हात्तीले आक्रमण गरेको थियो। घाइते सैनिकको उपचारका क्रममा राति सवा ११ बजे भरतपुर मेडिकल कलेमा मृत्यु भएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। , शनिबार साँझ सेनाको टोली साइकलमा गस्ती गएको थियो।, ‘तीन जना अगाडि गइसक्नुभएको रहेछ। उहाँ चौथो नम्बरमा हुनुहुँदो रैछ। अचानक बाटोमा आएको हात्तीले उहाँको ढाडमा किचेछ,’ सूचना अधिकारी तिवारीले भने। गस्तीमा गएका अरू सैनिकहरू भने सुरक्षित छन्। , सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालका अनुसार थापाको शव अहिले भरतपुर मेडिकल कलेजमा राखिएको छ।, ‘उहाँका परिवारलाई खबर गरिसकिएको छ। भरतपुर पुगेपछि शव हस्तान्तरण हुन्छ,’ उनले भने।, २०६६ सालतिर चितवन निकुञ्ज क्षेत्रमा देखा परेको यो जंगली भाले हात्तीले यसअघि १५ जनाको ज्यान लिएको थियो। ध्रुवेले ०६६ सालमा एकजना, ०६७ मा तीनजना, ०६८ मा एक र ०६९ मा १० गरी १५ जनाको ज्यान लिएको थियो। यो हात्तीले ५० वटा घर भत्काएको र टाइगर टप्स होटलको एउटा भाले हात्ती पनि मारेको निकुञ्ज कार्यालयको तथ्यांक छ।, धेरै मान्छेको ज्यान लिएपछि ध्रुवे हात्तीलाई मार्न राज्य नै लागेको थियो। ध्रुवेलाई मार्न १६ लाख रुपैयाँ खर्च भयो तर ऊ एकाएक गायब भयो। पछिल्लो समय ध्रुवे शान्त देखिन्थ्यो।, ,
ध्रुवे हात्तीको आक्रमणबाट चितवनमा सैनिक अमल्दारको मृत्यु
|
सेतोपाटी संवाददाता काठमाडौंको कलंकीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। , शनिबार राति सवा ७ बजे कलंकी चोकमा दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त कालिमाटीले जानकारी दिएको छ।, मोटरसाइकलमै सवार अर्का एक जना भने घाइते छन्। , बा ६ ख १४५९ नम्बरको बसले बागमती प्रदेश-०२-२८प-७६१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। , मोटरसाइकलमा सवार रुकुम घर भई काठमाडौं बस्ने २१ वर्षीय संगीत बुढामगरको मृत्यु भएको हो। यस्तै अर्का २३ वर्षीय विविध बुढामगर भने घाइते छन्। उनको कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।, प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ। प्रहरीले थप अनुसन्धानको काम अघि बढाएको छ।,
,
कलंकीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक घाइते
|
सेतोपाटी संवाददाता धादिङमा पहिरोमा पुरिएर बेपत्ता भएका एक जनाको शव फेला परेको छ। , बिहीबार बिहान साढे ७ बजे रूबिभ्याली गाउँपालिका-१ लिङ्जोमा खसेको पहिरोमा तीन जना पुरिएका थिए। , त्यसमध्ये एकजनाको शव शनिबार अपरान्ह पौने ५ बजे फेला परेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायब उपरीक्षक (डिएसपी) जागेश्वर भण्डारीले जानकारी दिए।, मृतक काभ्रे महाभारत गाउँपालिका-२ बस्ने १९ वर्षीय राजु तामाङ हुन्। उनी स्काभेटरका सहचालक थिए।, लिङ्जोपुर-तिप्लिङ जाने बाटो खन्ने क्रममा स्काभेटरसहित तीन जनालाई पहिरोले पुरेको थियो।, काभ्रेका चालक २७ वर्षीय आकाश तामाङ र साइट हेर्न बसेका सडक निर्माण समितिका स्थानीय अनिष तामाङ अझै बेपत्ता छन्। उनीहरूको खोजी भइरहेको कार्यलयले जनाएको छ। , खोजतलासको लागि नेपाली सेनाका २० जना, सशस्त्र प्रहरीका ११ जना र नेपाल प्रहरीका ७ जना खटिएको डिएसपी भण्डारीले बताए।,
धादिङ पहिरोमा परी बेपत्ता भएका सहचालकको शव फेला, दुईको खोजी जारी
|
रासस रोजगारीका लागि स्वास्थ्य जनशक्ति लैजाने विषयमा नेपाल र बेलायतबीच श्रम सझदारी हुने भएको छ। शुक्रबार दुवै देशका अधिकारीबीच भएको पहिलो चरणको वार्तामा समझदारीको मस्यौदा एक साताभित्र तयार गर्ने सहमति भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।, नयाँनयाँ रोजगार गन्तव्यको खोजीमा जुटेको सरकारले रोजगारी, पारिश्रमिक तथा सेवासुविधाका आधारमा नेपालले बेलायतसँग श्रम सम्बन्ध कायम गर्न आग्रह गरेको थियो।, बेलायती अधिकारीसँगको द्विपक्षीय भेटवार्तामा नेपालले रोजगारीको अवसर उपलब्ध गराउन प्रस्ताव गरेको थियो।, दुई पक्षबीच भएको औपचारिक छलफलमा श्रम समझदारी गरी रोजगारीका लागि नेपाली स्वास्थ्य जनशक्ति (नर्स) पठाउने समझदारी भएको छ। बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र ‘नेसनल हेल्थ सर्भिस’का प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीचको वार्तामा नेपालबाट श्रमिक पठाउने र बेलायतले उनीहरुलाई रोजगारीका अवसर प्रदान गर्ने सहमति भएको थियो।, बैठकमा नेपालका तर्फबाट श्रम मन्त्रालयअन्तर्गतको रोजगार व्यवस्थापन महाशाखा प्रमुख राजीव पोखरेल, उपसचिव थानेश्वर भुसाल, वैदेशिक रोजगार विभाग, परराष्ट्र र कानुन मन्त्रालय तथा चिकित्सा शिक्षा आयोगका प्रतिनिधिको सहभागिता रहेको थियो। बेलायतका तर्फबाट डिपार्टमेन्ट अफ हेल्थ र नेसनल हेल्थका साथै काठमाडौंस्थित बेलायती दूतावासका प्रतिनिधिको सहभागिता थियो। बैठकमा बेलायतबाट उनीहरु ‘भर्चुअल’ रुपमा सहभागी भएका थिए।, नेपालका नर्सिङ कलेजको क्षमता बढाउन बेलायत सरकारले सहयोग गर्ने र छात्रवृत्ति दिएर नेपालमा नर्स उत्पादनमा सहयोग गर्ने प्रतिबद्धता पनि बेलायती पक्षबाट आएको मन्त्रालयले जनाएको छ।, नेपालले रोजगार सम्झौताको अवधि पाँच वर्षको हुने प्रस्ताव गरेको छ। रोजगारीका लागि बेलायत जाने नर्सले कुनै पनि शुल्क बुझाउनु नपर्ने बताइएको छ। , छनोट भएका नर्सले बेलायत गएपछि बेलायतको स्वास्थ्य काउन्सिलले लिने परीक्षा उत्तीर्ण भने गर्नुपर्नेछ। यद्यपि, उक्त अवधिमा पनि सहायक नर्सका रुपमा रोजगारी भने सुनिश्चित हुनेछ। नेपाली श्रमिक लैजाने मोडालिटीका बारेमा टुङ्गो भने लागेको छैन। नेपालमा विभिन्न तहका नर्सिङ जनशक्ति रहेका छन्। बेलायतले नेसनल हेल्थ सर्भिसेसअन्तर्गत नेपाली नर्सिङ जनशक्तिलाई रोजगारीको अवसर दिने बताइएको छ।, बेलायतले दक्षिण एसियाली क्षेत्रबाट स्वास्थ्य क्षेत्रमा एक लाख श्रमिक भित्र्याउने घोषणा गरेको छ। नेपालबाट करिब १० हजार नर्सिङ जनशक्ति लैजाने बेलायतको तयारी छ।, नेपाल नर्सिङ सङ्घका अनुसार हालसम्म नेपालमा ६६ हजार नर्स उत्पादन भएका छन्। तीमध्ये २५ हजार विदेशमा छन्। नौ हजार नर्स सरकारी सेवामा रहेको सङ्घको तथ्याङ्क छ। केही निजी अस्पतालमा कार्यरत छन्।,
,
वैदेशिक रोजगारीलाई विविधीकरण गर्ने लक्ष्य लिएको सरकारले आकर्षक गन्तव्यको खोजी गरिरहेको छ। यसअघि जापान, इजरायल, मरिससलगायत मुलुकसँग नेपालले विशिष्टीकृत क्षमताका श्रमिक पठाउने समझदारी गरिसकेको छ। छिट्टै नेपाली श्रमिक इजरायलको स्वास्थ्य क्षेत्रमा काम गर्न त्यसतर्फ जाँदैछन्।,
नेपाली स्वास्थ्य जनशक्ति बेलायत लैजान एक साताभित्रै श्रम सम्झौताको मस्यौदा तयार हुने
|
सेतोपाटी संवाददाता सडक निर्माणको लागि खनिएको खाडलमा परेर बुटवलमा एक जना युवकको मृत्यु भएको छ।, बुटवल र तिलोत्तमाको सीमाक्षेत्र योगिकुटिदेखी मगरघाटसम्मको सडक बिस्तारको क्रममा खनेको खाडलमा परेर गुल्मी छत्रकोट ३ का शोभाखर पन्थको मृत्यु भएको प्रहरीले जनाएको छ।, लामो समयदेखि फोटोग्राफर र कला क्षेत्रमा क्रियाशील पन्थ सवार लु ७० प १३५३ मोटरसाइकल शनिबार राति सडकमा खनिएको खाल्डोमा खसेको प्रहरीले जनाएको छ।, दुर्घटना शनिबार राति भए पनि आइतबार बिहान मात्रै मर्निङ वाकमा गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।, स्थानीयको खबरपछि गएको प्रहरीले उनलाई उद्धार गरेर अस्पताल पुर्याए पनि उनलाई बचाउन नसकिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।, गुल्मी घर भए पनि पछिल्लो समय रुपन्देहीको सैनामैनामा बस्दै आएका पन्थले दर्जनाैं गीत छायांकन तथा अभिनयसमेत गरेका छन्।, उनका १ श्रीमती र १ सन्तान छन्। पन्थको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ।,
सडकमा खनिएको खाडलमा परेर बुटवलमा युवकको मृत्यु
|
रासस संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले एसएचएल म्यानेजमेन्ट प्रालिका निमित्त प्रमुख कार्यकारी अधिकृत माइक बोल्सोभरलाई नेपाल छोड्न रोक लगाइएको छ।, क्यासिनो सञ्चालन गरेबापत उनले नेपाल सरकारलाई रु १३ करोड राजस्व तिर्नुपर्ने देखिए पनि हालसम्म नतिरी भाग्न लागेकाले मन्त्री आले र मन्त्रालयका सचिव महेश्वर न्यौपानेको निर्देशनमा गएराति १० बजे साउथ अमेरिका उड्न लागेका क्यासिनोका निमित्त सिइओ बोल्सोभरलाई विमानस्थलबाटै नियन्त्रणमा लिइएको बताइएको छ।, उनले ओसिपी एसियाको लगानीमा काठमाडौंको लाजिम्पाटस्थित साङ्ग्रिला होटल र भैरहवास्थित टाइगर प्यालेसमा सञ्चालित दुई क्यासिनोको राजस्व तिरेका थिएनन्।, बोल्सोभरले सञ्चालन गरेका दुई वटा क्यासिनोले प्रतिक्यासिनो ६ करोड ५० लाखका दरले दुई क्यासिनोको १३ करोड रूपैयाँ पुस मसान्तभित्र दाखिला गर्नुपर्नेमा अटेर गरी भाग्न लागेको थाहा पाएपछि रोक लगाइएको हो।, मन्त्री आलेको निर्देशन पछि सञ्चालनमा रहेका आठ क्यासिनो कम्पनीले कम्तीमा पनि ४० करोड सरकारको खातामा राजस्व दाखिला गरिसकेका छन् भने एसएचएल म्यानेजमेन्ट प्राइभेट लिमिटेडले भने १३ करोड राजस्व नबुझाएको बताइएको छ। , एसएचएल म्यानेजमेन्ट प्राइभेट लिमिटेडले तिलोत्तमा नगरपालिका–६ भैरहवामा २३ कठ्ठा सरकारी जग्गामा पाँच तारे होटल गैरकानुनी ढङ्गले सञ्चालन गरेको आरोप छ।, सर्वोच्च अदालतलेसमेत उक्त कम्पनीलाई कुनै कारोबार नगर्न आदेश दिएको थियो। सर्वोच्चको आदेशविपरीत क्यासिनो र होटल सञ्चालन गर्दै आएको उक्त कम्पनीका सिइओ बोल्सोभर राजस्व नबुझाएर मध्यरातमा नेपाल छोड्दै गर्दा पक्राउ परेका हुन्।,
राजस्व छलेर भाग्न लागेका क्यासिनो सञ्चालक विमानस्थलबाट नियन्त्रणमा
|
सेतोपाटी संवाददाता काठमाडौंबाट पोखराका लागि उडेको गुण एयरलाइन्सको जहाजमा प्राविधिक समस्या भएपछि पुनः काठमाडौं फर्काइएको छ। , बिहान १० बजेको उडानबाट पोखराका लागि प्रस्थान गरेको उक्त जहाजमा उडेको केही समयपछि प्राविधिक समस्या आएपछि तत्कालै जहाजलाई काठमाडौं फर्काइएको गुण एयरलाइन्सकी निक्की अवालेले सेतोपाटीलाई जानकारी दिइन्। , ‘उडेको केही समयमै जहाजमा प्राविधिक समस्या आएपछि जहाज फर्किएको र प्राविधिक टोलीले जाँच गरिरहेको छ, उनले भनिन्, ‘कस्तो खालको प्राविधिक गडबडी हो भन्ने कुरा जाँच पछि थाहा होला।’, सो जहाजमा प्राविधिक समस्या देखिएपछि गुणकै अर्को जहाजमा ती यात्रुहरुलाई पोखरा पठाउने तयारी गरेको अवालेले जानकारी दिइन्।,
पोखरा उडेको गुण एयरको जहाजमा प्राविधिक समस्या, तत्कालै काठमाडौं फर्काइयो
|
सेतोपाटी संवाददाता संयुक्त अरब इमिरेट्सको अलबसामा अलपत्र अवस्थामा रहेको आफ्नो छोराको शव नेपाल ल्याउन आर्थिक सहयोग गरिदिन सिन्धुपाल्चोक खाडीचौरका भुजेल दम्पतीले आग्रह गरेका छन्। , हाल काठमाडौंको काँडाघारीमा अस्थायी रूपमा बसोबास गर्दै आएका श्याम बहादुर भुजेल र उनकी श्रीमती बुद्धीमाया भुजेलले छोराको शव नेपाल ल्याउन आर्थिक समस्या परेको भन्दै सहयोगका लागि अपील गरेका हुन्।, गत भदौ अन्तिममा छोरा विकास भुजेल पर्यटक भिसाबाट युएई पुगेको मृतककी आमा बेद्धीमायाले बताइन्। अलग भिसामा गएको छोरा काम गर्न थालेको र दसैंसम्म सम्पर्कमा रहे पनि त्यसपछि सम्पर्कविहीन भएको उनले बताइन्।, रोजगारी भिसामा गएको अवस्थामा मृतकको शव नेपाल ल्याउन समस्या नहुने भए पनि पर्यटक भिसामा दुवई पुगेर काम गर्न थालेका कारण उनको शव ल्याउन झण्डै ३ लाख रुपैंया खर्च लाग्ने र उक्त रकम आफूहरूसँग नभएको मृतक विकासका बावु श्याम बहादुर भुजेलले बताए।, ‘छोराले धेरै करकर गरेर कता के मिलाएर गएको थियो, अहिले शव पनि ल्याउन सकिएन, सहयोगीको साथ पाए कम्तीमा मृत छोराको शव ल्याएर अन्तिम संस्कार गर्ने थियौं,’ भुजेलले भने। , नेपाल बंगलादेश बैंकको काँडाघारी शाखामा रहेको श्याम बहादुर भुजेलको बैंक खाता नम्बर ०९६००२९३२ डब्ल्यू मा सहयोग रकम जम्मा गरिदिन उनले आग्रह गरेका छन्। साथै सहयोगका लागि आफ्नो सम्पर्क नम्बर ९८८७०८८७४२ मा फोन गर्न पनि उनले आग्रह गरेका छन् ।, संयुक्त अबर इमिरेट्सका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले पनि २१ वर्षीय विकास भुजेलको मृत्यु भएको खबर स्थानीय प्रहरीले धेरै पहिले जानकारी गराए पनि बल्ल परिवारसँग सम्पर्कमा पुगिएको पुष्टि गरेका छन्। , पर्यटक भिसामा आएका उनको शव ल्याउन व्यक्तिगत रुपमा आफूले सघाउनेसमेत उनले प्रतिबद्धता जनाए।, संयुक्त अरब इमिरेट्समा वेद अर्याल तथा अन्य सहयोगीले भुजेलको शव नेपाल पठाउनका लागि समन्वय गरिरहेका छन्। त्यहाँबाट आर्थिक सहयोग गर्न चाहनेहरुले अर्याललाई सम्पर्क गर्न सक्ने परिवारले जनाएको छ।, गत भदौमा पर्यटक भिसामा दुबई पुगेका भुजेलको दसैं लगत्तै मृत्यु भएको थियो। छोराको मृत्यु भएको खबर भुजेल दपत्तीले गत साता मात्र पाएका थिए। , उनीहरुले रोजगारीका लागि विदेश जान चाहने जो कोहीलाई पनि आफ्नो छोराको जस्तो अवस्था नआओस भन्दै अनिवार्य रुपमा श्रम स्वीकृति लिएर मात्र विदेश जान आग्रह गरेका छन्।,
दुवईमा अलपत्र छोराको शव ल्याउन आर्थिक सहयोग खोज्दै भुजेल दम्पती
|
सेतोपाटी संवाददाता धादिङमा पहिरोमा पुरी बेपत्ता भएका तीन जनाको खोजतलास गर्न थप जनशक्ति परिचालन भएको छ। , बिहीबार बिहान करिब साढे ७ बजे रूबीभ्याली गाउँपालिका-१ पुरूमा खसेको पहिरोमा पुरिएकाहरूको खोजी गर्न थप जनशक्ति परिचालन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए। शुक्रबार पनि बिहानै देखि बेपत्ता भएकाहरूको खोजी गरिएको उनले बताए।, ‘आज बिहान ९ बजेदेखि खोजी कार्य सुरू भएको छ। अझै पनि बेपत्ताहरूको अवस्था अज्ञात छ,’ उनले भने। , काभ्रे घर भएका डोजर चालक अन्दाजी २७ वर्षीय आकाश तामाङ, सहचालक राजु तामाङ र साइट हेर्न बसेका सडक निर्माण समितिका स्थानीय अनिष तामाङ बेपत्ता छन्। उनीहरूले सडकको ट्र्याक खनिरहेको अवस्थामा पहिरो खसेको हो। , नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जम्मा ३६ जना मिलेर खोजी गर्ने काम भइरहेको उनले बताए। , घटना भएपछि नजिकैको प्रहरी चौकीबाट चार घण्टा हिँडेर केही प्रहरीको टोली घटनास्थल पुगेको थियो। त्यसपछि जिल्लाबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको प्रहरी निरीक्षकको कमाण्डमा टोली हेलिकप्टरमार्फत् पुगेको थियो। , अर्को दुई पटक गरी हेलिकप्टरबाटै सेनाको टोली खटिएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए। , ‘आआफ्नो स्तरको सामानहरू कुटो-कोदालो, सेनाले आफ्नै सामानहरू बोकेको छ। मेसिनहरू लग्न सक्ने अवस्था छैन,’ उनले भने, ‘त्यो ठाउँमा गाडी पनि जाँदैन। नजिकैको चौकीबाटै हिँडेर चार घण्टा लाग्छ। सदरमुकाम देखि त धेरै टाढा छ त्यसैले सबै हेलिकप्टरबाट गएका हुन्।’, यस्तै बेपत्ताका परिवार पनि सम्पर्कमा आएको प्रहरीले जनाएको छ। ,
३० घन्टा बित्दा पनि भेटिएनन् धादिङ पहिरोमा पुरिएका तीन जना, खोजीमा सेनासहितको टोली
|
सेतोपाटी संवाददाता भारतीय ट्रकको ठक्करबाट रूपन्देहीको भैरहवामा एक जनाको ज्यान गएको छ।, भैरहवास्थित बुद्धचोकमा ४२ एटी ४३५२ नम्बरको भारतीय ट्रकले लु १८ प ५७१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ओमसतिया गाउँपालिकास्थित–१, खुन्साका ४१ वर्षीया जीवराज बस्यालको मृत्यु भएको हो।, सडक पार गर्नेबेला तीव्र गतिमा आएको ट्रकले मोटरसाइकललाई ठक्कर दिएको थियो।, बुद्धचोकमा ट्रकले ठक्कर दिएपछि मोटरसाइकललाई करिब २ सय मिटर पर नयाँ सडकसम्म घिसारेर पुर्याएको प्रत्यक्षदर्शीले बताएका छन्।, दुर्घटनापछि आक्रोशित स्थानीयले ट्रकमाथि ढुंगामुढा गरेका थिए। ट्रक र चालकलाई भने नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।, दुर्घटना शुक्रबार साढे ११ बजेतिर भएको प्रहरीले जनाएको छ।,
ट्रकको ठक्करबाट रूपन्देहीमा मोटरसाइकल चालकको मृत्यु
|
सेतोपाटी संवाददाता संखुवासभामा शंकास्पद वस्तु फेला परेको छ। , चैनपुर नगरपालिका वडा नम्बर ६ स्थित बसपार्क नजिकै शंकास्पद वस्तु फेला परेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए। , उनका अनुसार सो वस्तु बिहीबार अपरान्ह ४ बजे फेला परेको हो। एउटा बट्टामा टेपले टालेको अवस्थामा सो वस्तु फेला परेको खबर पाएपछि प्रहरीको टोली खटिएको थियो। , वस्तुको चेक गर्न जिल्लाको खाँदबारीबाट सेनाको डिस्पोजल टोली बोलाइएको प्रहरी निरीक्षक खतिवडाले बताए।, शंकास्पद वस्तु फेला परेको ठाउँ इलाका प्रहरी कार्यालयबाट ३०० मिटरको दूरीमा मात्रै रहेको उनले बताए।, शंकास्पद वस्तु फेला परेको ठाउँमा १ नम्बर प्रदेश सरकारको पर्यटन मन्त्रालयले पार्क बनाउने योजना बनाएको छ। , ‘बसपार्कभन्दा अलि माथि हो। पार्क बनाउन लागेको ठाउँमा हो। हाम्रै अफिसबाट ३०० मिटर दूरीमा छ। हेर्दा विस्फोटक वस्तु जस्तो देखिन्छ,’ उनले भने, ‘अहिले हामी बसेको ठाउँमा पहिले द्वन्द्वको बेलामा सशस्त्र प्रहरी बल बसेको थियो। त्यतिबेला ठूलो भीडन्त भएको ठाउँ पनि हो। त्यसैले त्यतिबेलै को हो कि भन्ने पनि छ।’ , अहिले प्रहरीको टोली सुरक्षाको लागि खटिएको छ। ,
संखुवासभामा शंकास्पद वस्तु फेला, सेनाको डिस्पोजल टोली जाँदै
|
रासस भारतसँग सीमा जोडिएको बैतडीमा सरकारी सेवा लिनका लागि खोपको पूर्ण मात्रा लगाएको हुनुपर्ने छ।, कोरोना भाइरसको जोखिम बढ्दै गएपछि जिल्लामा सरकारी कार्यालयका सेवा प्राप्त गर्न कोरोनाविरूद्धको खोप लगाएको कार्ड अनिवार्य साथमा राख्नुपर्ने भएको छ। , गृह मन्त्रालयको निर्देशनअनुसार आगामी माघ ७ गतेदेखि सरकारी कार्यालयमा सेवा लिनका लागि पुग्ने नागरिकले अनिवार्य खोपको पूर्ण मात्रा लगाएको खोप कार्ड अनिवार्य साथमा राख्नुपर्ने व्यवस्था गरिएका जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।, उनले भने, ‘कोरोना संक्रमणको जोखिम कम गर्न र खोपमा सबैको पहुँच पुर्याउन खोप कार्ड अनिवार्य गरिएको हो।’, कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रूपमा फैलिएपछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले हरेक स्थानीय तहमा आइसोलेसन कक्षको व्यवस्थापन गर्नसमेत आग्रह गरिएको छ। , सदरमुकाममा जिल्लास्तरीय आइसोलेसन निर्माणका लागि दशरथचन्द नगरपालिकालाई आग्रह गरिएको छ।, घर बाहिर वा सार्वजनिकस्थलमा जाँदा, सार्वजनिक यातायातका साधन प्रयोग गर्दा मास्कको प्रयोग अनिवार्य गर्न, भौतिक दूरी कायम लगायतका स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न आह्वान गरिएको छ। , यस्तै, कोरोनाको जोखिम कम गर्नका लागि २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिएको छ।, सामाजिक दूरी कायम गर्न पनि आग्रह गरिएको छ।, कोरोना भाइरसको जोखिम कायमै रहेकाले स्वास्थ्यका मापदण्ड अनिवार्यरूपमा पालना गर्नुपर्ने जिल्ला अस्पतालका प्रमुख डा वशन्तराज जोशीले बताए। , यसैबीच नयाँ भेरियन्ट फैलनसक्ने भन्दै भारतसितको सीमानाका झुलाघाटमा हेल्थ डेस्क स्थापना गरी नेपाल भित्रिने सबै नागरिकको अनिवार्य रूपमा कोरोना परीक्षण गरिँदैछ।, झुलाघाट नाकाबाट फर्किने नागरिकको एन्टिजेन विधिमार्फत् कोरोना परीक्षण गर्न थालिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए।, जिल्लामा हालसम्म कोरोना संक्रमणबाट १९ जनाको ज्यान गइसकेको छ। ,
बैतडीमा खोप कार्डबिना सरकारी सेवा लिन नपाइने
|
रासस म्याग्दीको बेनी अस्पतालको निर्माणाधीन पचास शय्या क्षमताको भवनका ठेकेदार आठ महिनापछि काममा फर्किएका छन्।, सम्बन्धित कार्यालयले कारबाही प्रक्रिया अघि बढाउनाका साथै नागरिक समाज, राजनीतिक पदाधिकारी, प्रशासनिक क्षेत्र र सञ्चार क्षेत्रबाट भएको दबाबका कारण ठेकेदार काममा फर्किएका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए। , ‘चौतर्फी दबाब सिर्जना भएपछि ठेकेदार काममा फर्किएका हुन्’, उनले भने, ‘दैनिक ३०/३५ मजदूरले काम गर्न थालेका छन्। अब भवन निर्माणले पूर्णता पाउने आशा पलाएको छ।’ , वि.सं २०७३ मंसिर २१ गते महादेव खिम्ती–गल्वा–रफिना जेभीले सो भवन बनाउन १८ करोड ८४ लाख आठ हजार ८९ रुपैयाँ मा ठेक्का सम्झौता गरेको थियो।, चार हजार ९६३ वर्गमिटर जमिनमा बनाउन लागिएको चारतले तीन वटा भवन विसं २०७६ मंसिर २० गते निर्माण सक्ने लक्ष्य थियो।, सघन सहरी तथा भवन डिभिजन कार्यालयका इञ्जिनियर वीरबल सुनारले हालसम्म भवन निर्माणको काम साठी प्रतिशत पुगेको बताए।, सार्वजनिक खरिद ऐनको पछिल्लो संशोधन र कोरोना संक्रमणका कारण आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमार्फत् थपिएको म्याद गत मंसिर २० गते सकिएको छ।, ठेक्का लिने महादेव खिम्तीका सञ्चालक रवि सिंह निर्माण व्यवसायी महासङ्घका अध्यक्ष पनि हुन। , तीन तला ढलान र प्लास्टर भइसकेको भवनमा टायल राख्ने, रङ्गरोगन, विद्युत्, पानी, फर्निचर जडानलगायत काम बाँकी छन्।, कार्यालयले निर्माण व्यवसायीको घरौटी जफत गर्न बैंकलाई र निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न चेतावनीसहितको पत्र पठाएको थियो। , साझेदारीमा काम गरेका तीन वटै निर्माण व्यवसायीको लेनदेन विवादले भवन निर्माणमा असर परेको थियो।, भवन निर्माण अलपत्र परेपछि सेवा प्रवाहमा असर परेको अस्पतालका प्रमुख चिकित्सक जितेन्द्र कँडेलले बताए।, ‘पचास शय्या क्षमता भए पनि १५ शय्याको संरचना र पूर्वाधारबाट सेवा दिन बाध्य छौं,’ उनले भने, ‘पुराना र साँघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भएको छ।’ , नयाँ भवन बनाउन पुरानो भवन भत्काइएको थियो। बहिरंग कक्षको सेवा अस्थायी भवनबाट सञ्चालन गरिएको छ।, आकस्मिक र अन्तरंग कक्ष पुरानो प्रशासनिक भवनबाट सञ्चालन गरिएको छ।, स्वास्थ्य कार्यालयको भवनमा अस्पताल प्रशासन र व्यवस्थापन समितिको कार्यालय राखिएको छ।, सघन उपचार कक्ष (आइसियु) र डायलाइसिस कक्ष पनि स्वास्थ्यकै भवनमा स्थापना गरिएको छ। , पन्ध्र शय्या क्षमताको अस्पताल २०७२ मा पचास शय्यामा स्तरोन्नति भएको थियो।, भूकम्प प्रतिरोधी क्षमताको भवन अपाङ्गमैत्रीसमेत हुनेछ। भुइँतलामा लोन्डरी, मोर्टुअरी, किचन, पहिलो तलामा इमरजेन्सी, ल्याब, रेडियोलोजी, पहिलो तलामा अपरेसन थियटर, बहिरङ्ग सेवा र अन्तिम तलामा प्रशासन रहने जनाइएको छ।, निर्माण कम्पनीका प्रतिनिधि रविन जोशीले पुरानो भवन भत्काउन, रूख कटान र ढुवानीका लागि सडक बनाउन समयमै अनुमति पाउन भएको ढिलाइले सम्झौता गरेको एक वर्षपछि मात्र काम सुरू गर्न पाएको बताए। , साझेदारी गरेका तीन वटा निर्माण कम्पनीको लेनदेन विवाद अदालत पुगेको छ।, अदालतको आदेशअनुसार कार्यालयले रु दुई करोड भुक्तानी रोकेर राखेको छ। मजदूर, आपूर्तिकर्ता र सहायक निर्माण कम्पनीले भुक्तानी नपाएको गुनासो गरिरहेका छन्।,
आठ महिनापछि काममा फर्किए बेनी अस्पताल निर्माणका ठेकेदार
|
विवेक राई नेपालमा पछिल्लो समय कोरोनाको संक्रमण फेरि उकालो लागेको छ। दैनिक हजारौं मानिस संक्रमित भइरहेका छन्। सरकार पछिल्लो संक्रमण ओमिक्रोन भेरियन्टले बढेको हो भनेर औपचारिक रूपमा भनिसकेको छैन तर ट्रेन्ड हेर्दा अहिले ओमिक्रोनकै कारण संक्रमण तीव्र भइरहेको देखिन्छ।, पछिल्लो डेढ सातायता संक्रमण पुष्टि भएका कोरोनाका बिरामीहरू धेरै त घरमै बसिरहनुभएको होला। तपाईंलाई घरिघरि लक्षणले सताउँदा आफू अस्पताल जाने कि नजाने भन्ने द्वुविधा परिरहेको हुनसक्छ। त्यसमाथि धेरैलाई ओमिक्रोनको असरबारे थाहा नहुँदा अलमल भइरहेको हुनसक्छ।, संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदी ओमिक्रोन भेरियन्ट पहिलेका भेरियन्टभन्दा खासै फरक नरहेकाले संक्रमितले पहिल्यैकै सुरक्षाका उपायहरू अवलम्बन गर्नसक्ने बताउँछन्।, कसैलाई संक्रमण भए सबैभन्दा पहिले ती व्यक्तिले आफूलाई अन्य व्यक्तिहरूको सम्पर्कबाट टाढा राख्नुपर्ने डाक्टर सुवेदी बताउँछन्। साथै सामान्य लक्षण भएको अवस्थामा संक्रमित आत्तिएर अस्पताल गइहाल्नु नपर्ने उनको सुझाव छ। , अहिले जति नयाँ संक्रमित अस्पताल भर्ना भएका छन्, तीमध्ये धेरै जना सामान्य लक्षण भएकाहरू छन्। चिकित्सकहरूका अनुसार उनीहरूमा ज्वरो, खोकी लाग्ने, घाँटी दुख्ने, जिउ दुख्ने, टाउको दुख्ने र थकान लाग्नेजस्ता सामान्य लक्षण छन्। यस्ता लक्षणहरू सामान्य रहेको उल्लेख गर्दै चिकित्सकले त्यस्ता संक्रमित घरमै बस्न सकिने जनाएका छन्।, घरमा बस्दा संक्रमितले केही कुरामा भने पक्कै ख्याल गर्नुपर्ने हुन्छ। डाक्टर सुवेदीका अनुसार संक्रमितले आफ्नो अक्सिजन मात्रा बेलाबेलामा जाँच गरिराख्नुपर्छ। त्यसका लागि 'अक्सिमिटर' को प्रयोग गर्न सकिन्छ।, चिकित्सकहरूका अनुसार अक्सिजन मात्रा ९० देखिमाथि भयो भने आत्तिनु पर्दैन। ९० बाट तल झर्न थाल्यो भने चिकित्सक वा अस्पतालसँग सम्पर्क गर्नुपर्ने हुन्छ। यीबाहेक अन्य कारणले सिकिस्त भएको महशुस भए पनि चिकित्सकसँग सम्पर्क गर्नुपर्ने डाक्टर सुवेदीको सुझाव छ।, 'ओमिक्रोन भेरियन्ट पहिलेका भेरियन्टभन्दा खासै फरक छैन। त्यसैले पुरानोभन्दा फरक नियम गर्नुपर्छ भन्ने लाग्दैन,' उनले भने।, सुवेदीका अनुसार ओमिक्रोन संक्रमितले यसअघि अपनाउँदै आएका उपायहरू नै अवलम्बन गर्न सक्छन्। त्यसका लागि संक्रमण पुष्टि भएपछि कम्तीमा १० दिन आइसोलेसनमा बस्नुपर्छ। १० दिन पूरा भएपछि संक्रमितहरूले अन्य व्यक्तिलाई संक्रमण नगराउने उल्लेख गर्दै सुवेदीले त्यसपछि भने पुनः परीक्षण नै गराउनु नपर्ने बताए।, ओमिक्रोन संक्रमितले कुन अवधिमा बढी अरू व्यक्तिमा संक्रमण सार्न सक्छन् भन्ने कुरामा विभिन्न तथ्यांकहरू आएको सुवेदी बताउँछन्।, 'यसबारे फरक-फरक तथ्यांकहरू आइरहेका छन्। एकथरी तथ्यांकले संक्रमणको सक्षण सुरू हुनुअगाडि नै धेरै मानिसमा सरिरहेको देखिएको छ। अर्कोतिर लक्षण देखिएको सुरू दिनमा भन्दा पनि तीन-चार दिनमा जाँच गर्दा पोजेटिभ देखिने गरेको छ। त्यसैले यसै भन्न सकिँदैन,' सुवेदीले भने।, अहिलेलाई ओमिक्रोन सर्ने सक्ने अवधि २ देखि १४ दिनलाई मान्नुपर्ने उल्लेख गर्दै उक्त बेलासम्म सतर्कता अपाउनु पर्ने डाक्टर सुवेदीको सुझाव छ।, अधिकांश संक्रमितले संक्रमण सार्न परे दुई-चार दिनभित्रै सारिसक्ने उनले बताए। पाँच दिनपछि भने अरूमा सर्ने सक्ने भए पनि त्यो सम्भावना निकै कम हुने सुवेदीले बताए। , यी बाहेक अन्य कुराहरू पहिलाका भेरियन्टभन्दा फरक नभएको भन्दै उल्लेख गर्दै उनले ओमिक्रोन संक्रमितले पहिलेकै सुरक्षाका उपाय अपनाउन सक्ने बताए।, अहिलेसम्म भएका अध्ययनहरूले ओमिक्रोन अन्य भेरियन्टभन्दा एकदम छिटो फैलिने देखिए पनि यो कम घातक रहेको देखिएको छ। लक्षणका हिसाबले भने ओमिक्रोन भेरियन्टले श्वासप्रश्वास प्रणालीको माथिल्लो भागमा बढी असर पुर्याएको देखिएको छ।, 'मलाई फोन गर्ने मान्छेमध्ये धेरैले घाँटी दु:खेको भन्नुभएको छ। पछि परीक्षण गर्दा पनि उहाँहरूमा पोजेटिभ आएको छ,' डाक्टर सुवेदीले भने, 'श्वासप्रश्वासको तल्लो भाग भनेको फोक्सो हो र माथिल्लो भाग घाँटी, नाक हो। ओमिक्रोनले माथिल्लो भागमा बढी संक्रमण गरेको देखिन्छ।', विज्ञहरूले सुझाएजस्तै सामान्य लक्षण भएका संक्रमित घरमै बसिदिए भने जटिल संक्रमितलाई अस्पतालमा व्यवस्थापन गर्न सहज हुन्छ। किनकी सरकारले तेस्रो लहरमा झन्डै १५ हजार संक्रमित गम्भीर हुनसक्ने प्रक्षेपण गरेको छ। अहिले अस्पतालहरू पनि यही कुरालाई मध्यनजर गर्दै बेड, अक्सिजनलगायत स्रोत जुटाइरहेका छन्। अस्पतालहरू सामान्य लक्षण भएका संक्रमितले भरिन थाले भने जटिल संक्रमितलाई व्यवस्थापन गर्न गाह्रो पर्छ। जसले गर्दा अनपेक्षित मृत्यु संख्या बढ्नसक्छ।,
ओमिक्रोन संक्रमित कस्तो अवस्थामा अस्पताल जाने?
|
रासस नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लाले झन्डै तीन महिनापछि खाद्यान्न वितरण सुरू गरेको छ। आजदेखि सुरू गरिएको खाद्यान्न वितरणमा एक व्यक्तिले चार किलोग्राम मात्रै चामल पाउने भएको छ। ,
,
समयमै चामल ढुवानी नहुँदा अनुदानको खाद्यान्न पाउनबाट बञ्चित हुँदा यहाँका नागरिक मर्कामा पर्दै आएका छन्।, प्रत्येक महिना पाउनुपर्ने भए पनि समयमै ढुवानी नहुँदा यहाँका नागरिक चामल पाउनबाट बञ्चित बनेका हुन्।, भौगोलिक रूपमा विकट हुम्लामा लिमिटेडले समयमै चामल ढुवानी नगरिदिँदा करिब ६० हजार सर्वसाधारण समस्यामा परेका छन्।, कमिसनको खेलले तीन महिना बित्दासमेत चामल ढुवानी हुन नसकेको बताइएको छ। , तीन महिनापछि बल्ल चामल वितरण गरेको भए पनि उनीहरूले एक महिनाको मात्रै चामल पाउने भएका छन्।, लिमिटेडको हुम्ला शाखामा मौज्दात न्यून भएका कारण सर्वसाधारणका लागि बिक्री नभएको हो।, तीन महिनायता लिमिटेडको कोटाको सस्तो मूल्यमा खरिद गर्न पाउने खाद्यान्न नपाएपछि बजारमा महँगो मूल्य तिरेर खाद्यान्न खरिद गर्नु परेको थियो। , चार केजी चामलका लागि नागरिकता पेस, लिमिटेड शाखा हुम्लाले तीन महिनासम्म खाद्यान्न वितरण गर्न नसकेर आजदेखि वितरण कार्य सुरू गरेको छ।, चामल लिन लिमिटेडको शाखामा पुग्दा यहाँका नागरिकले आफ्नो परिचयपत्र खुल्ने नेपाली नागरिकता प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्ने बाध्यताजस्तै बनेको छ।, नागरिकता पेस नगर्दा चामल नपाइने भएको स्थानीयबासी गणेश बोहराले बताए।, उनले भने, ‘सधैं चामल लिन वडाले दिने रासन कार्ड भए हुन्थ्यो, यो पटक नागरिकता अनिवार्य गरेको छ, यसले गर्दा सोझा सर्वसाधारणलाई थप झन्झटिलो बनेको छ।’,
,
चामल पाउनका लागि लाइनमा बस्नुपर्ने बाध्यता छँदैछ।, फेरि अर्को झन्झट नागरिकताको फोटोकपी बुझाउनुपर्ने स्थिति छ।, अनुदानमा ढुवानी भएर आएको चामल लिनका लागि आफ्नो नागरिकता दिनुपर्ने यो कस्तो नियम हो भन्दै अर्का स्थानीयबासी जानकी भण्डारीले गुनासो पोखे।, आफूहरू सर्वसाधारणलाई दुःख मात्र दिन खोजेको उनको भनाइ छ। गाउँबाट साढे दुई घण्टाको पैदल हिँडेर लिमिटेडको शाखा कार्यालय सिमकोट पुग्नुपर्ने बाध्यता त छँदैछ। त्यसमा पनि चार केजी चामलका लागि यहाँका नागरिकका लागि नागरिकता प्रमाण पत्र धरौटी राखे जस्तै भएको छ। सिमकोट गाउँपालिका–१ देखि ८ सम्मका नागरिकले यस अगाडि वडाले दिएको रासन कार्डले हुन्थ्यो भने अहिले नागरिकता पेस गर्नुपर्छ। , यता प्रमुख जिल्ला अधिकारी गणेश आर्चायका अनुसार चामल पाउने नागरिकहरु नदोहोरिऊन् र उनीहरूले चामल पाए/नपाएको विवरण राख्नका लागि नागरिकता अनिवार्य गरेको बताए।, गाउँघरका सबै नागरिक चामल पाउनबाट कोही नछुटून् भन्नका लागि उनीहरूको नागरिकता माग गर्ने निर्णय भएको बताए। नागरिकता अनिवार्य नगर्दा बीचमा कोहीले दुई तीनवटा रासन कार्डसमेत बनाएर अनियमितता हुन सक्छ कि भने यसो गरिएको बताए। , ,
हुम्लाबासीलाई तीन महिनापछि बल्ल चार किलो चामल!
|
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ८७ जना कोरोना संक्रमित थपिएका छन्।, धेरै समयपछि एकैदिन ५ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका हुन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार पिसिआर परीक्षणबाट ४ हजार २०४ र एन्टिजेन परीक्षणबाट ८८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, पछिल्लो २४ घण्टामा २० हजार ५६० जनामा कोरोना परीक्षण गरिएको थियो।, देशभर १८ हजार २ सय ३५ जना कोरोनाका सक्रिय संक्रमित छन्। , पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ३ जनाले ज्यान गुमाएका छन्।, यस्तै ३०६ जना संक्रमणबाट मुक्त भएका छन्।, काठमाडौं उपत्यकामा २६०७ संक्रमित थपिएका छन्। , काठमाडौंमा १९१३, भक्तपुरमा ३१७ र ललितपुरमा ३७७ संक्रमित थपिएका छन्।,
नेपालमा एकैदिन थपिए ५ हजार ८७ कोरोना संक्रमित
|
मनोज सत्याल इन्द्रजीत साफी र निरजकुमार कामतका बुवा-आमा नेपाली नागरिक हुन्। तर उनीहरू दुबैसँग नेपालको नागरिकता छैन। नेपालको संविधानले २०७२ सालअघि नेपालको नागरिकता लिएका बुबा र आमाका सन्तानले वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यवस्था गरेको छ। उनीहरूलाई कानुन नभएको भन्दै राज्यले अनागरिक बनाएको छ।, इन्द्रजीत सिभिल इन्जिनियर हुन्। उच्च शिक्षा प्राप्त गर्न नागरिकता नभएकाले उनले नेपालमा अध्ययन गर्न पाएनन्। नागरिकता नभएकै कारण इन्जिनियर बनेर पनि उनले काम पाएका छैनन्। उनकी बहिनीले काम त पाइन् तर नागरिकता अभावमा बैंक खाता खोल्न पाइनन्। जसका कारण उनले पाएको रोजगारीसमेत गुमाइन्। उनका दाजुभाइले पढेरसमेत केही गर्न नसकेकाले विरक्तिएका छन्।, 'भाइ कुलतमा फसेको छ', इन्द्रजीत भन्छन्, 'सम्झाउन खोज्दा पढेर के हुन्छ? दाइले पढेर के भयो' भनेर जवाफ फर्काउँछ।', इन्द्रजीतका हजुरवुबाले नागरिकता बनाएका थिएनन्। किनभने जन्मिदारको जमिन जोत्ने उनका हजुरबुवा र उनका पनि वुबाहरूलाई नागरिकता आवश्यकता नै थिएन। २०६३ सालमा उनका हजुरबुवाले जन्मसिद्ध नागरिकता बनाए। उनले इन्द्रजीतको बुवालाई कुनै पनि कागजले वंशज प्रमाणित गर्न सकेनन्। त्यसैले उनको बुवाले पनि जन्मसिद्ध नागरिकता बनाए। बुवाले जन्मसिद्ध नागरिकता बनाएकै कारण इन्द्रजीत अहिले नागरिकताविहीन भएका छन्। जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने विधेयक अहिलेसम्म संसदले तयार पार्न सकेको छैन। जसका कारण इन्द्रजीत समस्या खेपिरहेका छन्।, 'हामी पनि चाहँदैनौं कि बाहिरको व्यक्तिले नागरिकता पाओस्,' इन्द्रजीत भन्छन्, 'हामीलाई पनि देशको माया छ। नागरिकता नभएकाले न मैले इन्जिनियरको लाइसेन्स बनाउन पाएको छु न त बाइकको लाइसेन्स।', इन्द्रजीत जस्तै निजरकुमार कामतले पनि स्नातकसम्मको अध्ययन पूरा गरेका छन्। तर उनले पनि नागरिकता पाउन सकेका छैनन्। उनको माइला हजुरबुवाको सन्तान वंशज नागरिक छन्। निरजको परिवारले अझै वंशजको नागरिकता पाउन सकेको छैन।, 'हामी देशको नागरिक हो भने नागरिकता लिनकै लागि लड्नु पर्ने हो र', निरज भन्छन्, 'वास्तविक नागरिकको समस्या समाधान हुनुपर्छ।', भिडिओ:,
राज्यले अनागरिक बनाएका इन्द्रजीत र निरज (भिडिओ)
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा २६०७ संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १९१३, भक्तपुरमा ३१७ र ललितपुरमा ३७७ संक्रमित थपिएका छन्।, यस्तै काठमाडौं उपत्यकामा १० हजार ८११ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ७६२५, ललितपुरमा १९३५ र भक्तपुरमा १२५१ सक्रिय संक्रमित छन्।, नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ८७ जना कोरोना संक्रमित थपिएका छन्।, पिसिआर परीक्षणबाट ४ हजार २०४ र एन्टिजेन परीक्षणबाट ८८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, पछिल्लो २४ घण्टामा २० हजार ५६० जनामा कोरोना परीक्षण गरिएको थियो।, देशभर १८ हजार २ सय ३५ जना कोरोनाका सक्रिय संक्रमित छन्। , पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ३ जनाले ज्यान गुमाएका छन्।, यस्तै ३०६ जना संक्रमणबाट मुक्त भएका छन्।, ,
काठमाडौं उपत्यकामा थपिए २६०७ संक्रमित, १० हजार बढी सक्रिय
|
प्रभाकर गौतम ऐना छ र त मान्छे शताब्दीऔंदेखि आफ्नो अनुहार हेरेर मनैमन मस्किन पाएको छ। सुर्खेतबाट प्लस-टुको पढाइ सकेर काठमाडौं आउनुअघि संगीत पुरी पनि ऐनामा आफ्नै रूप हेरेर मख्ख पर्थिन्। तर जसै काठमाडौं आइन् उनलाई एलर्जीले सताउन थाल्यो।, उनका दिदी र साथीहरू मेकअप गरेर सिँगारिन्थे। अरू सिँगारिएको देख्दा उनलाई पनि 'राम्री' बन्न मन लाग्थ्यो। सुन्दर देखिने रहरमा जब उनी कुनै क्रिम लगाउँथिन्, एलर्जी थप बढ्थ्यो। अनुहार सुन्निन्थ्यो पनि।, यस्तो समस्याबाट पार पाउन उनले डाक्टर र विशेषज्ञको सल्लाह-सुझाव लिइन्। थरीथरीका क्रिम र औषधि लगाइन्। ब्युटीपार्लर धाइन्। एलर्जी कम हुनुको साटो बढिरह्यो।, 'दिन, हप्ता गर्दै महिनौं बित्दै जाँदा छाला विशेषज्ञहरूले पानीले मुख नधुनू भन्नेसम्मको सुझाव दिन थाले,' संगीताले भनिन्, 'तपाईंको छाला एकदमै संवेदनशील छ, निको हुन धेरै वर्ष लाग्छ भन्थे।', धेरै विशेषज्ञले यसोभन्दा उनी अब कहिल्यै बिसेक नहुने भयो भनेर आत्तिन्थिन्।, जहाँ, जति धाए पनि कुनै फाइदा नभएपछि उनी आफ्नै अनुहारसँग झस्किन थालिन्। ऐना हेरेर आफैंसँग धेरैपटक रिसाइन्। कयौंपटक एकान्त खोजेर सुँकसुँकाइन्।, संगीताका लागि आफ्नो संवेदनशील छाला जीवनकै संवेदनशील समस्या बनिदियो। उनी मानसिक रूपमै निराश भइन्। कुनै बेला यसरी छालाको समस्याले प्रताडित भएर कहिल्यै निको नहुने सोचमा पुगिसकेकी संगीता अहिले छाला विशेषज्ञका रूपमा कार्यरत छिन्। उनलाई सफा र चम्किलो अनुहार देख्दा उनले छालासम्बन्धी समस्या भोगेकी थिइन् भनेर पत्याउन मुस्किल पर्छ।, ललितपुर कुमारीपाटीमा 'डिकस्मो क्लिनिक' सञ्चालन गरिरहेकी उनले त्यहीँ विगतको कथा सुनाउँदै भनिन्, 'मेरो आफ्नै भोगाइले मलाई छाला विशेषज्ञ बनायो।', संगीताका साथीहरू पालैपालो अमेरिका गइरहेको समय थियो। उनको सपना पनि स्नातक सकाएर अमेरिका पुग्ने थियो।, 'तर एलर्जीले यति सतायो कि म आफैं आफ्नो उपचार गर्ने निर्णयमा पुगेँ। छालासम्बन्धी अध्ययन गर्न अमेरिकाको साटो फिलिपिन्सको एस्थेटिक्स युनिभर्सिटी गएँ,' उनले भनिन्।, फिलिपिन्समा तीन वर्ष अध्ययन गर्ने बेला पहिलो प्राथमिकता आफ्नै उपचार विधि पत्ता लाउनु थियो। उनी छालाको विकासमा हुने विभिन्न प्रक्रिया र पाटाबारे अध्ययन गर्न थालिन्। संगीताका अनुसार पढ्न थालेपछि उनले आफ्नो छाला र समस्याको प्रकृति आदिबारे जानकारी पाइन्।, 'समस्याको कारण र उपचार विधि ठम्याएपछि एक वर्ष निरन्तर अनुशासित भई स्याहार गरेँ,' उनले भनिन्, 'काठमाडौं फर्केपछि आफ्नो छाला सुहाउने क्रिम प्रयोग गर्न थालेँ। के गर्न हुने र नहुने भन्नेबारे सचेत भएर स्याहार गर्दा समस्या समाधान भयो।', आफ्नो समस्या समाधान गर्दैगर्दा उनी छालासम्बन्धी अरूको समस्या हल गर्ने ज्ञान पनि बढाइरहेकी थिइन्। फिलिपिन्समा अध्ययन गर्ने उनका साथीले पढाइ सकेर आफ्नै क्लिनिक सञ्चालन गरेको पनि देखिन्। , 'साथीहरूको काम देखेर मैले पनि नेपालमा आफ्नै क्लिनिक सञ्चालन किन नखोल्ने भन्ने लाग्यो। आफूले सिकेको कुराले अरूलाई पनि फाइदा हुने भएकाले क्लिनिक सुरू गरेँ,' उनले भनिन्।, डिकस्मो अमेरिकी ब्रान्ड हो जसको आधिकारिक शाखा नेपालमा संगीताले खोलेकी हुन्। उनका अनुसार डिकस्मोका अन्तर्राष्ट्रिय साझेदारमध्ये उनी एक सेयर होल्डर हुन्। सन् २०१६ देखि डिकस्मोमा सक्रिय संगीता आफूलाई अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त छाला विशेषज्ञ भन्छिन्। उनका अनुसार छालासम्बन्धी रोगलाई आन्तरिक र बाह्य समस्याका रूपमा बाँडेर बुझ्दा सजिलो हुन्छ। , छालासम्बन्धी समस्याका कारण अरू गम्भीर रोगजस्तो मान्छेको मृत्यु नभए पनि मानसिक रूपमा असर पार्ने भएकाले गम्भीर रूपमै लिनुपर्ने उनको मत छ।, 'छाला हामीले जीवनभर धारण गर्ने कुरा भएकाले धेरै महत्वपूर्ण छ। छाला नराम्रो भए आत्मविश्वास कम हुनुका साथै मानसिक निराशाको सिकारसमेत भइन्छ,' उनी भन्छिन्, 'यसलाई अरू रोगजस्तै सोचेर उपचार गर्न जरूरी छ। देखासिकीमा नपरी भरपर्दो सल्लाह लिएर उपचार गराउनुपर्छ।', डिकस्मोमा छालासम्बन्धी आन्तरिक र बाह्य दुबै खाले समस्याको उपचार गरिन्छ। संख्यात्मकभन्दा गुणात्मक सेवामा जोड दिन उनी दैनिक दसदेखि पन्ध्र जना बिरामीलाई समय दिने बताउँछिन्। यहाँ बिबिरा, डन्डिफोर, चायापोतोको उपचारसँगै दाग हटाउने, चमक बढाउने, बिग्रेको छाला विशेष विधिबाट खुर्किने लगायत सेवा पाइन्छ। त्यस्तै यहाँ निःशुल्क सल्लाह र स्किन स्क्यानर सेवा उपलब्ध छ।, 'बिरामीलाई हामी खाने औषधि दिँदैनौं। औषधि खाएर निश्चित समयका लागि समस्या कम भए पनि फेरि बल्झिने सम्भावना धेरै हुन्छ। पछिसम्म छालामा समस्या नआओस् भनेर रोगको प्रकृतिअनुसार उपचार विधि अपनाउँछौं,' उनले भनिन्।, सुरूमा महिलाका लागि मात्र सेवा दिने डिकस्मोमा अचेल पुरुषहरू पनि सल्लाह र उपचारका लागि आउँछन्। उनका अनुसार सबभन्दा धेरै चायापोतो सम्बन्धी समस्याले सताएकाहरू यहाँ पुग्छन्। पहिला तीस वर्ष कटेकामा यो समस्या धेरै देखिन्थ्यो। अचेल कम उमेरकामा पनि देखिन थालेको छ।, अधिकांश छालासम्बन्धी समस्याको कारण पत्ता लगाउन गाह्रो हुने पनि उनी बताउँछिन्। समस्या पहिचान गरेर फरक मान्छेलाई फरक खालको उपचार विधि अपनाउनु उनको काम हो। , सबैले मौसमअनुसार छालाको स्याहार गर्नुपर्छ। अहिले जाडोमा छाला सुख्खा हुने वा फुट्ने सम्भावना धेरै हुन्छ।, छाला विशेषज्ञ संगीताको सुझाव छ, 'जाडोमा चिसो लाग्छ भनेर हामी धेरै समय घाममा बस्छौं। तर छालासम्बन्धी झन्डै सबैजसो समस्या घामकै किरणले देखिने हो। त्यसैले दिनको तीन-चार पटकसम्म घामबाट जोगाउने सन-प्रोटेक्सन क्रिम र मोस्चराइजर लगाएर मात्र घाममा बस्नुपर्छ।', सातै दिन बिहान दस बजे खुल्ने क्लिनिकमा उनी हरेक दिन बिहान १२ बजेभित्र पुगिसक्छिन्। बेलुकी ७ बजेसम्म यहीँ हुन्छिन्। , काममा रमाएर व्यस्त हुने उनी आफ्ना लागि पनि समय छुट्याउँछिन्, दैनिक करिब दुई घन्टा। हरेक बिहान मोबाइल बन्द गरेर योग गर्छिन्। मनमा कुरा नखेलोस् भनेर सुत्ने बेला संगीत सुन्छिन्। नियमित व्यायाम गर्ने, पत्रु (जंक) खानेकुरा नखाने र अनुशासित जीवन बाँच्ने बानी बसाल्न सके त्यसले अन्य रोगजस्तै छालासम्बन्धी समस्या कम गर्न पनि सघाउने उनको भनाइ छ। , संगीताको अनुशासन र आनीबानीको असर उनको मुहारमा झल्किन्छ। हँसिलो र उज्यालो अनुहारकी उनलाई नयाँ मान्छे भेट्न रमाइलो लाग्छ। नयाँ ठाउँ घुम्न, नयाँ साथी बनाउन र नयाँ कुरा सिक्न पनि।, उनी आफू बिरामीसँग साथीसरह व्यवहार गर्ने बताउँछिन्।, उनका साथी बन्नेमा कलाकारसमेत छन्। केही चर्चित मान्छेमार्फत् समेत प्रचारप्रसार भइरहेको डिकस्मो अझै नयाँ छ भन्दा फरक पर्दैन। संगीताका अनुसार सुरूको समय बजार, सेवाग्राहीको मनोविज्ञान र आधारभूत संरचना बनाउने काममा बित्यो। बल्ल उपचार गराएका बिरामीमार्फत् प्रचारप्रसार हुन थालेको छ।, ज्ञान र आत्मविश्वासका साथ नेपाल फर्के पनि सुर्खेतकी संगीताका लागि काठमाडौंमा क्लिनिक चलाउने काम सजिलो थिएन। उनका आमाबुबा संगीता विदेश नगए हुन्थ्यो भन्ने चाहन्थे। त्यस बेला आफ्नी हजुरआमाबाट भने पूर्ण समर्थन पाएको उनी सम्झिन्छिन्। , घरका मानिसलाई प्रमाणित गर्नेजस्तै छालासम्बन्धी आममानिसको बुझाइ पनि चुनौती बनेको थियो। , 'धेरै मान्छेमा छालालाई केमिकलले खाइदिन्छ भन्ने बुझाइ छ। यदि हानीकारक छैन भने केमिकलले छाला बिगार्दैन भनेर बुझाउन सुरूका दिनमा बढी मेहनत गर्नुपर्यो। त्यो बेला अलि निरूत्साहित पनि भएकी थिएँ। तर पुरानो हुँदै जाँदा मान्छेका समस्या बुझ्न र आफ्नो काम बुझाउन पहिलाजस्तो अप्ठ्यारो हुँदैन।' , अहिले संगीताको चम्किलो र सफा अनुहार देखेर यहाँ आउने कतिपय सेवाग्राही भन्छन्, 'तपाईंको छाला कति राम्रो! तपाईंलाई त कुनै समस्या छैन होला है!', जवाफमा उनी हाँस्दै भन्छिन्, 'अहिले ठीक छु तर कुनै बेला एकदमै ठूलो समस्या भोग्नुपरेको थियो। मलाई आफू निको हुन्छु भन्ने लागेकै थिएन। मेरोजस्तै सही उपचार भएपछि तपाईंको समस्या पनि समाधान हुनेछ। नआत्तिनुस् ल।',
आफ्नै अनुहारमा समस्या आएपछि छाला विशेषज्ञ बनेकी संगीता
|
सेतोपाटी संवाददाता काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीले सिंहदरबार भित्रै दुर्व्यवहार गरेका छन्।, शिक्षा मन्त्रालयमा शुक्रबार भएको सर्वपक्षीय बैठक सकेर बाहिरिने क्रममा नोबेल मेडिकल कलेजका अध्यक्षसमेत रहेका शर्मामाथि सोही कलेजका विद्यार्थीले कालोमोसो दलेर दुर्व्यवहार गरेका हुन्।, दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चार जनाको नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।, आयोगले तोकेको भन्दा बढी शुल्क लिएको भनेर आन्दोलनरत विद्यार्थीहरूले शर्मामाथि दुर्व्यवहार गरेका हुन्।, शुक्रबार मन्त्रालयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा भएको बैठकले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरेको थियो।, नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूकी महासचिव आरती लामाले अध्यक्ष शर्मालाई मोसो दलेको बताए।, मोसो दलेपछि प्रहरीले अनेरास्ववियूका उप-महासचिव महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिइन्। , ‘हाम्रो संगठनका पाँच जना साथीहरू जानुभएको थियो। दुई जना साथीहरूले मोसो दल्नुभएको हो,’ उनले भनिन्।, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीले उनीमाथि गालीगलौज गरी दुर्व्यवहार भएको बताए।, ‘वार्ता सफल भएन। अनि फर्किनेक्रममा भर्बल रूपमा गाली गरिएको हो,’ उनले भने, ‘वार्तामा सहमति नभएपछि त्यहाँ गएकै टोली मध्येका केहीले गाली गरी दुर्व्यवहार गरेको हो। चार जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौं। अरू केही होइन।’, ,
काठमाडौं मेडिकल कलेजका अध्यक्ष सुनिल शर्मामाथि सिंहदरबार भित्रै दुर्व्यवहार
|
सेतोपाटी संवाददाता दाङ र बाँकेबाट लेनदेन मुद्दाका दुई फरार प्रतिवादी पक्राउ परेका छन्। , दाङको घोराही उपमहानगरपालिका वडा नं. १८ का २८ वर्षीय राजेन्द्र गुप्ता पक्राउ परेका छन्। दाङ जिल्ला अदालतले २०७७ पुस २९ गते लेनदेन मुद्दामा दुई वर्ष कैद तोकेको थियो। , लुकीछिपी बसेको भन्ने गोप्य सूचनाका आधारमा घोराही-१५ तुलसीपुर चोकबाट बिहीबार दिउँसो पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। , गुप्तालाई शुक्रबार अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ। , त्यस्तै, बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० का २७ वर्षीय प्रदीप क्षेत्री पक्राउ परेका छन्। २०७६ साल वैशाख २० गते बाँके जिल्ला अदालतले लेनदेन मुद्दामा ६ महिना जेल सजाय तोकेको थियो। , गोप्य सूचनाका आधारमा क्षेत्रीलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।,
लेनदेन मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
|
राजकुमार थापा पाटन अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सर (सि.एम.एल) को औषधि निःशुल्क पाइन्छ।, यी दुई अस्पतालमा करिब १५ सय बिरामीले निःशुल्क औषधि पाइरहेका छन्। यो औषधि अस्पताललाई माक्स फाउण्डेशनले सहयोग गरेको हो। , यसले विश्वका १०० मुलुकमा निःशुल्क औषधि दिँदै आएको छ। पाटन अस्पतालमा २००२ बाट यो औषधि वितरण हुन थालेको हो।,
अस्पतालमा बिरामी आएपछि उनीहरूको रेकर्ड राखिन्छ। बिरामी आएपछि हामीले उनीहरूको संख्याको आधारमा औषधी मगाउँछौ। त्यसपछि वितरण गर्छौं।, अहिले पनि निःशुल्क पाइन्छ भन्ने थाहा नपाएर औषधिको लागि एक जना बिरामीले महिनाको डेढ लाखदेखि ५ लाखसम्म खर्च गरिरहेका हुन्छ। यसबाटै थाहा हुन्छ यो औषधि कति महंगो छ भनेर।, निःशुल्क औषधि थाहा नपाएर धेरैले किन्ने रहेछन्। भारतमा गएर समेत लिएर आउने रहेछन्। कतिपयले घरजग्गा बेचेर पनि औषधि लिइरहेका हुन्छन्। , बिरामीले समय अनुसार औषधिको मात्रा समेत बदल्नुपर्छ। औषधिले बिरामीलाई रोगबाट जोगाइरहन्छ। , हामीले बिरामीको लागि धेरै व्यवस्था मिलाएका छौं। यसको सेवा लिन कुनै झन्झट हुँदैन।, यो औषधिको साइड इफेक्ट पनि देखिनसक्छ। आँखाभन्दा मुनी र गोडामा सुन्नीने हुनसक्छ। भोक नलाग्ने, मुखमा खटिरा भएजस्तो हुन्छ तर आत्तिनु हुँदैन। , यो औषधि सेवन गर्दा २-३ घण्टासम्म अंगुर, भोगटेजस्ता अमिलो फलफूल खानु हुँदैन। पानी धेरै खानुपर्छ। पाटन अस्पतालले फोक्सो क्यान्सर र किड्नीको बिरामीको पनि निःशुल्क औषधि दिँदै आएको छ।, के हो रक्त क्यान्सर, यसको औषधि कसरी लिने भन्ने विषयमा हामीले पाटन अस्पातलका फार्मेसी विभाग प्रमुख राजकुमार थापासँग भिडिओ कुराकानी गरेका छौं। हेर्नुहोस् भिडिओ--,
रक्त क्यान्सर (सिएमएल)को औषधि निःशुल्क पाइन्छ, कसरी लिने औषधि (भिडिओ)
|
सेतोपाटी संवाददाता प्रहरीले बागबजारबाट १० लाख बराबरको भन्सार छलीको सामान बरामद गरेको छ। , प्रहरीले शुक्रबार बागबजारबाट भन्सार छलेर ल्याइएको उक्त रकम बराबरको कोट, पाइन्ट, कुर्ता, सुरुवाल लगायत सामान बरामद गरेको हो। , विशेष सूचनाको आधारमा बागबजारबाट सामानसहित छ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए। , उनीहरूको साथबाट ५५ थान कोट-पाइन्टको कपडा र २८८ थान कुर्ता सुरुवाल बरामद भएको मैनालीले बताए। , भन्सार छलीको सो सामान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको मैनालीले बताए। , ,
बागबजारबाट १० लाख बराबरको सामान बरामद
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.