title stringlengths 14 116 | content stringlengths 513 23.1k ⌀ | author stringlengths 4 25 ⌀ |
|---|---|---|
रोनाल्डोलाई पछि पार्दै मोड्रिकले जिते बालोन डी’ओर, मेस्सी पाँचौँ | दशक लामो रोनाल्डो–मेस्सी युग तोड्दै क्रोएसियाका लुका मोड्रिकले बालोन डी’ओर अवार्ड जितेकी छन् ।,विश्व फुटबलको प्रशासकीय निकाय फिफाले प्रदान गर्ने वर्ष खेलाडी अवार्ड जितेर केही महिनाअघि व्यक्तिगत अवार्डमा मेस्सी–रोनाल्डो युग समाप्त गरेका मोड्रिकले बोलन डी’आर पनि जितेर त्यसलाई निरन्तरता दिएका छन् ।,रियल मड्रिड तथा क्रोएसि... | null |
रेलिगेशनमा पर्यो विश्वकप फाइनलिस्ट क्रोएसिया, इंग्ल्याण्ड पुग्यो अन्तिम चारमा | रुसमा भएको विश्वकप फुटबलमा फाइनल खेलेको क्रोएसियामाथि जित निकाल्दै इंग्ल्याण्ड युइएफए नेशन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।,युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएको नयाँ प्रतिस्पर्धा युइएफए नेशन्स लिग अन्तर्गत समूह चरणको अन्तिम खेलमा समूह ए फोरमा रहेको इंग्ल्याण्डले क्रोएसियामाथि २–१ को जित दर्ता गरेको हो ।,इंग्ल्... | null |
हार्यो विश्व विजेता फ्रान्स, रेलिगेशनमा पर्यो जर्मनी | विश्व विजेता फ्रान्स रुस विश्वकपका लागि छनौट हुन नसकेको टिम नेदरल्याण्डससँग पराजित भएको छ ।,युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले यो वर्षदेखि सुरु गरेको प्रतियोगिता युइएफए नेशन्स लिग अन्तर्गत समूह ए वान को खेलमा फ्रान्स नेदरल्याण्डससँग २–० ले पराजित गरेको हो ।,घरेलु मैदानमा भएको खेलमा नेदरल्याण्डसलाई जितउान जर्जिनि... | null |
निरिह रियल मड्रिडको लज्जास्पद हार, बार्सिलोनाको शानदार जितमा स्वारेजको ह्याट्रिक | क्लब फुटबलमा विश्वको सबैभन्दा भव्य प्रतिस्पर्धा एल क्लासिकोमा बार्सिलोनाले बाजी मारेको छ त्यो पनि शानदार रुपमा ।,स्पेनिस ला लिगा फुटबल अन्तर्गत यो सिजनको पहिलो एल क्लासिकोमा स्टार स्ट्राइकर लियोनल मेस्सी अर्थात नियमित कप्तान बिना घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाले रियल मड्रिडमाथि ५–१ को शानदार र प्रभावशा... | null |
पुरानै लयमा फर्किँदै रोनाल्डो | स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो पछिल्ला खेलमा आफ्नो पुरानो लयमा फर्किँदै गरेको देखिएको छ ।,च्याम्पियन्स लिग समूह चरणको पछिल्लो खेलमा गोल गर्न नसके पनि गोलका लागि सहयोग गरेका र उत्कृष्ट प्रदर्शन गरेका रोनाल्डोले इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा सुरुमा पछि परेको अवस्थाबाट माथि ल्याएर युभेन्टसलाई... | null |
झण्डै ११ वर्षपछि रोनाल्डो र मेस्सी बिहीन एल क्लासिको | क्लब फुटबलमा विश्वकै भव्य प्रतिस्पर्धा अर्थात एल क्लासिको आइतबार हुँदैछ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत सिजनको पहिलो एल क्लासिकोमा साबिक विजेता बार्सिलोना र युरोपियन अर्थात महादेशीय विजेता रियल मड्रिड आमने सामने हुँदैछ ।,राति बार्सिलोनाको मैदान क्याम्प नाउमा हुने खेल पछिल्ला केही वर्षयताको जस्तो भने हुने छैन । किनकी प... | null |
रोनाल्डो आकर्षणको केन्द्रमा, उनको सहयोगमा डिबालाको विजयी गोल | स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले आफ्नो वल्ड ट्राफोर्ड पुनरागमनलाई जितको उत्सवमा बदलेका छन् । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूहचरणको खेलमा रोनाल्डोको नयाँ क्लब युभेन्टसले उनको पुरानो क्लब म्यानचेस्टर युनाइटेडलाई १–० ले हरायो ।,वल्ड ट्राफोर्डमा मंगलबार राति भएको समूह एच अन्तर्गतको खेलमा युभेन्टसलाई जिताउन पाउलो... | null |
मेस्सी बिनाको बार्सिलोनाको महत्वपूर्ण जित | स्पेनिस च्याम्पियन बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलको यो सिजनमा विजयी यात्रा कायम राखेको छ । च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनाले इटालियन क्लब इन्नटर मिलानमाथि २–० को जित निकालेको हो ।,घरेलु मैदानमा भएको खेलमा समूह बी मा रहेको बार्सिलोनालाई जिताउन राफिन्हा र जोर्डी अल्बाले गोल गरे... | null |
मेस्सी छोरासँगै बेन्चमा | चोटग्रस्त लियोनल मेस्सी च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति घरेलु मैदानमा भएको इन्टर मिलानसँगको खेलमा बार्सिलोनाको टिममा थिएनन् ।,गएको शनिबार ला लिगा अन्तर्गतको खेलमा मैदानमा चोटग्रस्त भएका मेस्सीको दायाँ हातको पाखुराको हड्डी फ्याक्चर भएको छ ।,
मेस्सी बिनाको खेलमा बार्सिलोनाले इन्टर मिलानलाई हरायो ।,मेस्सी मैदानमा खे... | null |
मेस्सी असह्य पीडासहित बाहिरिए, बार्सिलोना गम्भीर चिन्तामा | स्पेनिस क्लब बार्सिलोनाका गम्भीर चिन्तामा परेको छ । उसका कप्तान तथा उच्च लयमा रहेका स्टार खेलाडी लियोनल मेस्सी चोटग्रस्त भएका छन् ।,ला लिगा फुटबल अन्तर्गत शनिबार राति घरेलु मैदानमा सेभिल्लासँगको खेलको क्रममा कप्तान मेस्सी चोटग्रस्त भएका हुन् । यो खेलमा बार्सिलोनाले सेभिल्लालाई ४–२ ले हरायो र अंक तालिकाको शीर्ष स्थानमा ... | null |
कञ्चनपुरमा हावाहुरीबाट ५ सय ७१ घरमा क्षति, विचल्लीमा स्थानीय | कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सङ्कलन गरेको प्रारम्भिक तथ्याङ्क अनुसार हावाहुरीले जिल्लाको ५ सय ७१ घरमा क्षति पुर्याएको छ।,सबैभन्दा बढी भीमदत्त नगरपालिका, वेदकोट नगरपालिका, कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा क्षति पुर्याएको छ।,प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले पूरै विवरण प्राप्त हुन नसके... | रासस |
रोग निको पार्न फिटनेस सेन्टर पुगेका पाइला विश्व च्याम्पियनसिपसम्म पुगे | जीवन अनिश्चित छ। कतिबेला के हुन्छ थाहा छैन हैन त ? देशसञ्चारको यो प्रश्नसँग ननिताले तत्कालै सहमति जनाइन्। बालापनमा उनी गीत गाउँथिन्, नाच्थिन् अनि खेल्थिन् पनि।,उनको गीतबाट गुरुले उनी राम्रो गायीका बन्ने भविष्यवाणी गर्थे। नृत्यमा पनि उनको कला देखिन्थ्यो। ‘तिमीमा राम्रो नित्यंगना बन्ने क्षमता छ’, गुरुको हौसला ननितालाई ता... | लोकेन्द्र प्रसाई |
रोनाल्डोको नाममा अर्को कीर्तिमान, उनकै गोलले हारबाट जोगियो युभेन्टस | स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको गोलमा इटालियन क्लब युभेन्टस सिरी ए फुटबलमा यो सिजनको पहिलो हारबाट जोगिएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा युभेन्टस जेनोआसँग १–१ को बराबरीमा रोकिएको हो ।,घरेलु मैदानमा भएको खेलमा १८ औँ मिनेटमा रोनाल्डोको गोलबाट युभेन्टसले पहिलो हाफमा १–० को अग्रता लियो । ६७ औँ मिनेटमा जेनोआका... | null |
रोनाल्डो र मेस्सीले अस्वीकार गरेको निम्तो | विश्व फुटबलको व्यक्तिगत तर्फको सबैभन्दा माथिल्लो अवार्डमा विगत एक दशकदेखिको दुई खेलाडीको हालिमुहालीको क्रम भंग भएको छ । क्रोएसियाका लुका मोड्रिकले यो वर्षको बालोन डी’ओर अवार्ड जितेका छन् ।,फ्रेन्च फुटबल म्यागजिनले प्रदान गर्दै आएको अवार्डको घोषणा सोमबार राति फ्रान्सको राजधानी पेरिसमा भएको औपचारिक समारोहका बिच अवार्ड प्... | null |
कान्छीमायाको ‘जेठो’ यात्रा | अन्तर्राष्ट्रिय पदक जित्नु अथवा राष्ट्रिय कीर्तिमान बनाउनु सानो कुरा थिएन र होइन। यसले दिने खुशीको आकार देश र समग्र नागरिकका लागि भव्य बन्छ। यसरी देशकै शिर उचो बनाउन पाउने खेलाडीका लागि खुशीको परिधि सायदै नाप्न सकिएला। तर त्यो खुशी र जीवन–जीविकाबीचको संघर्षमा जित्न नहुने पक्षले जित्छ। कम्तिमा नेपाली खेलाडीहरुका हकमा पद... | लोकेन्द्र प्रसाई |
असह्य पीडामा रुँदै बाहिरिए नेइमार | स्टार स्ट्राइकर नेइमार गम्भीर पीडामा रुँदै मैदानबाट बाहिरएका छन् र उनी आफ्नो अवस्थाबारे चिन्तामा परेका छन् । नेइमारको आँसुसँग विश्व फुटबलका अधिकांश शुभचिन्तक परिचित छन्।,रुसमा गएको वर्ष भएको विश्वकपमा नेइमारलाई सामान्य कारणमा पनि मैदानमा लडेको र रोएको आरोप लाग्यो ।,नेइमारले भने आफूलाई समस्या भएर नै रोएको वा लडेको बताए ... | null |
नेपालगञ्ज रंगशालामा ‘बर्मुडा दुबो’ | ‘यो बर्मुडा घाँस हो। नेपालमै पहिलो पटक यो घाँस रंगशालामा रोपिएको छ, ५ नम्बर प्रदेश खेलकुद परिषद्का अध्यक्ष भीम वली भन्दै थिए, आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालगञ्ज रंगशाला हेर्न लायक हुन्छ।’,फाल्गुन अन्तिममा आयोजना गर्ने तयारी भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटनस्थल नेपालगञ्ज रंगशालामा बिहीबारदेखि ... | कुमार श्रेष्ठ |
रेडकार्पेटमा क्रिकेट नायकको मार्च, समर्थकको जय-जयकार | नेपाली क्रिकेट टोली विमानबाट अवतरण गर्नुअघि नै त्रिभुवन विमानस्थलबाहिर क्रिकेट समर्थक र खेलप्रेमीको घुँइचो लागेको थियो। विदेशमा सफलता हात पारेर आउँदा नेपाली टोलीलाई गरिने स्वागत यसपटक फरक बनाईएको थियो। उनीहरुलाई आगमन कक्षमा रेडकार्पेट ओछ्याएर स्वागत गरिएको थियो।,राष्ट्रिय टोलीका कप्तान पारस खड्कासहितका खेलाडीहरु केही छ... | सञ्चार संवाददाता |
२१ वर्षमै रेफ्री बनेकी कृति, अन्तर्राष्ट्रिय खेल खेलाउने सपना | प्याराफिटमा बसेर फुटबल हेर्ने कृति सेनलाई सानैदेखि रहर थियो–रेफ्री बनेर मैदानभित्रै दौडिने।,उमेर र अनुभवले रोकिइन् उनी।रेफ्री बन्नुअघि खेलाडी बनेर मैदानभित्र दौडिइन् कृति। पश्चिमाञ्चल टीमबाट फुटबल खेलिन्। कुनै प्रतियोगितामा राम्रो गरिन् त कुनैमा सन्तोषजनक।,रुपन्देहीका चल्तीका प्रतियोगिताहरु तिलोत्तमा गोल्डकप, झरना कप,... | सी. पी. खनाल |
पोखरामा मेयर हलो जोत्ने, पर्यटकहरु हिलोमा मस्त! (१० तस्बिरहरु) | खेतको वरिपरि कोही छाता ओढेर बसेका छन् भने कोही ब्यानरहरु लिएर। कतै धान दिवस लेखेर ब्यानर टाँगिएका छन्। हिलाम्मे खेतमा गलामा धानको माला, हातमा लौरी र कालै-कालो एक हल गोरु जोतिरहेका छन् सर्टपाइन्ट लगाएका एक व्यक्ति।,उनी अरु कोही नभएर पोखराको महतगौँडामा आयोजित उक्त महोत्सवमा सहभागी पोखरा महानगरपालिकाका मेयर मानबहादुर ... | ईश्वर देवकोटा |
डाक्यो मर्दी पदमार्ग र माछापुच्छ्रे हिमालले | पोखराबाट केही दिनको यात्रामै छोटो तथा लामो दूरीमा रहेका पुनहिल, मर्दी हिमाल, अन्नपूर्ण बेस क्याम्प, माछापुच्छ्रे बेस क्याम्पमा पर्यटकको उपस्थिती बाक्लो हुन्छ ।,यी ट्रेकिङ्ग रुट मध्ये छोटो पदयात्रा गर्न रुचाउने पर्यटकका लागि पछिल्लो समय मर्दी हिमाल पदमार्ग उपयुक्त रोजाइ बन्ने गरेको छ । मध्य पहाडी भेगमा बसोबास गर्ने गुरु... | ईश्वर देवकोटा |
पोखरामा अब ‘हट बेलुन’मा उडेर दृश्यवलोकन गर्न पाइने | सुन्दर नगरी पोखरामा पर्यटकले अबदेखि ‘हट एयर’ बेलुनमा उडेर पोखराका आसपासका दृश्य अवलोकन गर्ने पाउने भएका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शनिबार यसको उद्घाटन गरे।,उनले पोखरा आउने पर्यटककालागि बेलुन उडानले थप मनोरञ्जन दिने बताए। सरकारले अघि सारेको भ्रमण बर्ष सफल बताउन नीजि क्षेत्रको भुमिका पनि शसक्... | जमुना वर्षा शर्मा |
थारु संस्कृति बचाउन कस्सिए युवा पुस्ता | घोराही उपमहानगरपालिका वडा नम्बर १७ ढिकपुर निवासी विमला चौधरी थारु पोशाक र गहनामा सजिएकी छिन्। गलामा पैसाबाट बनेकाे माला, माली, सुतिया, ठोर्या, गुर्या लगाएकी छिन्।,उनलाई आफ्नो समुदायको पोशाक, गहना र संस्कृति मनपर्छ। तर, उनले सधैं गहना र पोशाक लगाउँदैनिन्। उनले आफ्नो समुदायको पोशाक र गहना माघ पर्वमा, दसैं र मेला महोत्स... | दशरथ घिमिरे |
यी हुन् प्रदेश ५ का घुम्नै पर्ने पर्यटकीय स्थल | बुटवल – प्रदेश नम्बर ५ लाई मिनीनेपालको स्वरुप भनिन्छ । हावापानी, भौगोलिक बनोट, बसोबासजस्ता कुराले यो प्रदेश सम्पूर्ण नेपालको एउटा प्रतिनिधिमूलक अंश जस्तो छ । यहाँ चर्को गर्मी हुने तराईदेखि चिसो हिमालसम्मको भूभाग छ । पूर्व–पश्चिम फैलिएको यो प्रदेशमा त्यस्तै विविधता भएका पर्यटकीय स्थलहरु छन् ।,तराईका समथर भूभागमा रहेका ध... | सी. पी. खनाल |
उत्तरी भेगबाट आएकाहरुले हिउँद बिताउने बढैया ताल | आप्रबासी चराका लागि प्रमुख गन्तव्यमा पर्छ बर्दियाको बढैया ताल । जोडो छल्न आउने हिउँदे आगन्तुक चरा मध्ये सिमसारमा आश्रित हाँस प्रजातिका चराका लागि उपयुक्त स्थानमा पर्छ बढैया ताल ।,हिउँद बिताउन आउने चराको संख्या केही कम भएको छ, तर आगन्तुक चराहरुले बिर्सीएका छैनन् परम्परा । सिमसारमा आश्रित हाँस प्रजातिका चराहरुको गन्तब्य ... | प्रभात खनाल |
दसैँ मनाउन घर फर्किएका नेपालीहरु रुपैडिहा नाकामा ठगिँदै, यात्रु सहायता कक्ष देखावटी मात्रै | नेपालगञ्ज- भारतबाट दसैँ मान्न घर फर्किएका नेपालीलाई नेपालगञ्ज नाकामा रिक्सा र टाँगा चालकले ठग्ने गरेका छन्।,भारतका विभिन्ने शहरमा काम गरेर फर्किएका नेपालीलाई रुपैडिहा बसपार्कदेखि नेपालगञ्ज आउँदा टाँगा र अटोरिक्सा चालकले ठग्ने गरेका हुन्।,भारतबाट फर्किनेमा प्रायः कर्णाली प्रदेशका मानिसहरु छन्। उनीहरुलाई नेपाल र भा... | कुमार श्रेष्ठ |
प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्दै लुम्बिनीमा परित्राण पाठ | प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गर्दै बुद्ध जन्मस्थल लुम्बिनीमा परित्राण पाठ गरिएको छ।,मृगौलाको उपचारका लागि सिंगापुर रहेका प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै लुम्बिनी मायादेवी मन्दिर अगाडि परित्राण पाठ गरिएको हो।,लुम्बिनी विकास कोष र लुम्बिनी स्थित विभिन्न देशका बौद्ध विहारको संयुक्त आयोजना... | सी. पी. खनाल |
काकाकूल कोइलाबास | दाङ (कोइलावास) – मध्य वर्षा । बल्लतल्ल केही कुवामा पानी रसाएको छ । तीन महिना यो कुवाको पानीले प्यास मेटाउन पुग्छ । तर, बाँकी ९ महिना उही भारतीय एसएसबीको क्याम्पमा रहेको धारामा पुग्नु पर्ने बाध्यता । यसरी पानीको लागी कोइलाबासका नागरिकले दुःख भोग्नु परेको एक दशक हुनै लाग्यो । त्यो भन्दा अगाडी कोइलाबासमा पानीको दुःख थिएन ... | दशरथ घिमिरे |
नेपाली युवायुवतीलाई ठग्दै ‘ओरियन्स कम्पनी’ | नेपालगञ्ज- नेपाली युवायुवती भारतीय नेटवर्किङ कम्पनीमा फसिरहेको पाइएको छ। ओरियन्स नामक कम्पनीले विभिन्न जिल्लाका युवायुवतीलाई प्रलोभनमा पारेको हो।,कम्पनीको सदस्यता र सामान बेचेवापत राम्रो कमिसन पाइने लोभमा युवायुवती फसिरहेका हुन्। यसरी फस्नेमा प्रायःजसो ११ र १२ कक्षा पढ्दै गरेका युवायुवती छन्। शुरुमा सदस्यता दिलाउने र च... | कुमार श्रेष्ठ |
धान धितो राखेर ऋण, किसानले लिदैनन् भण्डारण र बिक्रीको चिन्ता | पोखराबारीका विष्णु गाहालाई यसपटक खेतैबाट धान बेच्नु परेन। थन्क्याउने ठाउँको जोहो पनि गर्नुपरेन । छिमेकीसँग सहयोग माग्नुपरेन ।,धान स्याहारेर सुकाए, अनि सहकारीको गोदाममा लगेर धन्क्याए। ‘३५ क्वीन्टल धान राखेको छु, कुनै समस्या भएन, गाहा भन्छन्–धान राख्न पनि पाईने, त्यसको बदलामा आफूलाई चाहिएको ऋण पनि पाइने, एकदमै सजिलो भयो... | सी. पी. खनाल |
खरानी खोस्रिदै आगलागी पीडित | अंगार र खारानी खोस्रिदै केही भेटिने आशामा थिइन पेमा सुनार। तर, त्यो खरानीमा के नै भेटिन्थ्यो र?छोरा छोरीले लगाउने कपडा, उनीहरुले लेख्ने कापी, पढ्ने किताब सबै जलेर खरानी भएको छ। ‘छोरा छोरीले विद्यालय जादा ड्रेस खोज्छन।,खरानी भित्र कसरी भेटिन्थ्यो र कपडा ! ‘केटा केटी खै हाम्रो घर भन्छन। खरानी खोस्रिन्छन’पेमाले भनिन्–‘आगा... | दशरथ घिमिरे |
संकटमा गिद्धको बासस्थान, संरक्षणको पहल सुरु | बाढी पडित बनेकाहरुको बसोवास रहेको लमही–७ कप्तानगञ्जमा रुख सुकाउन रुखका बोक्रा ताछिएपछि गिद्धका बासस्थान संकटमा परेको छ।,मानवीय क्रियाकलापबाट गिद्धको बासस्थान संकटमा परेपछि जोगाउन पहल शुरु भएको छ। २८ वटा गिद्धको गुड रहेको लमही–७ कप्तानगञ्जमा गिद्धको वासस्थानका लागि संरक्षणको पहल थालिएको हो।,पर्यावरणीय दिगो विकास तथा अनु... | दशरथ घिमिरे |
सय वर्ष पुरानो गउँको लालपुर्जा छैन ! | सम्पत्तिको नाममा एउटा घरमात्रै छ । घर भएको जग्गाको पनि लालपूर्जा छैन। जग्गाको लालपुर्जा बनाउनको लागि हिड्दा हिड्दा चप्पल फाटेका छन्। तर उनीहरुको आवाज कसैले सुनेको छैन। लालपुर्जाको आशा गरेर बसेको दुई-तीन पुस्ता भइसक्यो।,लमही नगरपालिका वडा नं. ६ बेल्दमार, घोँडेबास, कुलमोड लालपुर्जाविहीन बस्ती हो। सरकारले बिजुली पुर्याएक... | दशरथ घिमिरे |
प्रदेश ५ सरकार लुम्बिनी भ्रमण वर्षको तयारीमा | बुटवल-प्रदेश ५ सरकारले आगामी वर्ष २०७६ साललाई लुम्बिनी भ्रमण वर्षको रुपमा मनाउन तयारी थालेको छ।,गौतम बुद्धको जन्मभूमि लुम्बिनीको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्याउन ०७६ साललाई भ्रमण वर्षका रुपमा मनाउन थालिएको प्रदेश ५ सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले जानकारी दिए।,‘लुम्बिनीमा आन्त... | सी. पी. खनाल |
जोन सर र एलियम्मा म्याडमसँग दुई घण्टा | राहदानी चाहिन्थ्यो नेपाल पस्नका लागि । उनी भारतका विभिन्न क्षेत्र घुमेर नेपाल घुम्ने रहरले भीमफेदीसम्म आएका थिए विसं २००७ साल अघि ।,तर राहदानी थिएन। महाशिवरात्रीको बेला पनि थिएन त्यो। शिवरात्रीको बेला परेको भए दुई हप्ताका लागि बिना राहदानी नेपाल पस्न पाइन्थ्यो । भीमफेदीसम्म आएका उनी नेपाल हेर्ने रहर तत्कालका लागि थाँती... | टंक ढकाल |
गृहिणीको जीवनस्तर उकास्दै रेशम उद्योग | छ जनाको परिवार। घर खर्च चलाउन पनि मुस्किल। श्रीमान्ले कमाएको पैसाले साँझ विहानको छाक जुटाउन मुस्किल।दुई वर्षअघि गाउँमा रेशम खेती शुरु भएपछि भने गढवा गाउँपालिका वडा नं. ४ हडैया निवासी जुनी चौधरीको ‘जूनी’नै एक प्रकारले परिवर्तन हुन पुग्यो।,जुनीले रेशम उद्योगमा काम पाइन्।‘घरको काम धन्दा सकेर उद्योगमा आउँछु।मासिक १२÷१५ हज... | दशरथ घिमिरे |
दासत्वको जञ्जिरदेखि मुक्तिको नेतृत्वसम्म | अभिभावका काखमा लुट्पुटिने बेला मालिकको घरमा जुठा भाँडा माझ्न थालिन्। कापीकलम च्यापेर स्कुल जाने रहर मनमै रह्यो। पढेर ‘ठूलो मान्छे’ बनिन्छ भन्ने कुरा कहिलेकाहिँ अरुले भन्दा कानमा पर्थ्यो उनको ।,गढवा गाउँपालिका वडा नं. ७ मानपुरकी उर्मिला चौधरीलाई जब ‘बँधुवा कमलरी’ बनाइयो उनको जीवनका रंगहरु फिक्का बने। ११ वर्षको ‘बँधुवा क... | दशरथ घिमिरे |
नातिनिको हातबाट दसैँको टीका थापेकी ज्ञानीमैया कुसुण्डा | दाङ – अर्जुनखोलाबाट उत्तरको कुलमोहर गाउँ । दसैँको तस्रो दिन, ८१ वर्षकी ज्ञानीमैया कुसुण्डाको हातबाट टीका थाप्नेहरुको चहलपहल । रातो टीका, जमरासँगै आर्शिवाद लिनेहरु पुगेका छन् ।,कुसुण्डा भाषा लोपन्मुख भाषा हो । यहि लोपन्मुख भाषा बोल्न जान्ने जीवित रहनु भएकी एक मात्र वक्ता ज्ञानीमैया कुसुण्डाले २० वर्षकी नातिनि कल्पना पुन... | दशरथ घिमिरे |
इन्द्रेणी रंगहरुमा आफ्नो कथाको खोजी | सम्भव क्षेत्री गणेश मन्दिरअघि उभिएका छन् । नेपाल वायुसेवा निगम हुँदै भुगोलपार्क (न्यूरोड) जाने बाटो व्यस्त छ, यात्रु र गाडीचाप बढेकाले।,उनी बाटोपारिको भिड हेरिरहेका छन् । मन्दिरअघिको पेटीमा साइकल अड्याएर बाटो पारि नै हेरिरहेका बेला उनकै आडमा उभिएको थिएँ ।,केहीबेर पारिको रंगिन दृष्य र भिड हेरेपछि भनेँ, ‘यो सडक त साँच्चै... | टंक ढकाल |
हिमालसँग दावाको लुकामारी | दोलखाको रोलवालिङ्ग उपत्यकाकी दावा याङ्गजुम शेर्पा हिमालकै हावापानीमा हुर्किइन् । हिमालसँगै रमाइन् र अहिले हिमाली क्षेत्रमै सक्रिय छन् ।,२८ वर्षकी दावा हिमाली क्षेत्रमा पाहुनालाई गाइड गर्न पाउने अन्तर्राष्ट्रिय मान्यता पाउने पहिलो नेपाली महिला हुन्, अर्थात नेपालकी पहिलो महिला ‘इन्टरनेशनल माउन्टेन गाइड’ ।,उनलाई माउन्टेन ... | बर्षा शाह |
गाउँ-गाउँ सारङ्गी रेट्दै, जीवन धान्दै | चरीले रनवन डुलेझैँ भद्र र विष्णुबहादुर गन्धर्व गाउँघर डुल्छन्। लोकलयमा जनजीवनका सुखदुःख, संवेदना सुसेल्छन्। जसरी वनतिर चरी चिरबिर गर्छन्। यसपालि झरीले गन्धर्व जोडीको यात्रा छोटियो।,चार दिनअघि बागलुङ नगरपालिका-१२, अमलाचौरस्थित घरबाट निस्केका उनीहरु बिहीबार घर फर्के।“घम्जा गाउँ गएका थियौँ”, भद्रले भने, “झरी पर्यो, धेरै... | रासस |
एक युगका सक्रिय साक्षी | बिहान फोनमा कुरा गर्दा हतारमा सुनिएका उनले बेलुका आउन भनेका थिए । भनेकै समयमा गएर पर्खिँदा पनि उनी आइपुगेनन् । साँझ पर्नै लाग्दा उनी गेटबाट छिरे । आँगन र पिँढीमा उनलाई पर्खिरहेकाहरुको जमात थियो ।,अभिवादन गर्दै छेवैको सोफामा बसे । सुस्केरा हाले । दौरा–सुरुवालसँग मिलेको रंगको टोपी फुकाले । निधारको पसिना पुछे । अनि बल्ल य... | टंक ढकाल |
अनि सुरु हुन्छ, ‘लौ आयो अचम्मको समाचार…’ | काठमाडौँ – ‘लौ आयो अचम्मको समाचार, उल्काको खबर, दिनभरीको संकलन रातभरिको छपाई……’ वीर अस्पतालको बाहिर यो आवाज गुन्जियो।,
तर यतिमै रोकिएन, ‘चौध अञ्चल पचहत्तरै जिल्ला भरीकै कुनाकाप्चाका, पहाड, पर्वत, तराई–मधेश सारा संसारका समाचार ।,डुङ्गा, झोलुङ्गे पुल तर्दै, हिमाल–पहाड चढ्दै, हिमालबाट चिप्लेर तल आइपुगेको, हिजो दिनभरीको सं... | पूर्णिमा बिक |
चन्द्रिका ठाकुर: जसले आरन चलाएरै छोरालाई इन्जिनियर बनाए | उमेरले नेटो काट्नै लागिसक्यो, राम्रोसँग आँखा देख्दैनन्, तर चश्मा लगाएरै भए पनि आँगनमा आरन चलाउँछन् उनी। यही आरन चलाएर उनले छोरालाई स्कुल पढाए, एसएलसी पास गराए, क्याम्पसमा इन्जिनियरिङ पढाए र सरकारी जागिरेको उच्च ओहदामा पुर्याए।,भनिन्छ, जहाँ इच्छा त्यहा उपाय। यही उखान लागू भएको छ वीरगञ्ज महानगरपालिकाका वडा नम्बर-... | राम मण्डल |
होलीको रङ्ग परीक्षण: रातो, हरियो र निलो शरीरका लागि घातक ! | होली रङको पर्व हो। रंग सँगसंगै होलीमा आपसमा खुसी र प्रेम साटासाट गरिन्छ। फागुन शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व विशेषगरी हिन्दु धर्मावलम्बीहरुले मनाउने गर्छन्।,होलीमा घरपरिवार-साथीभाइ एक आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाइन्छ। केटाकेटी, युवायुवती देखि लिएर बुढापाकासम्म होेलीले नछुने कोही हुँदैन। होलीको रङले सबैमा उ... | प्रतिभा चन्द |
थारु परिकारको स्वाद चखाउँदै ‘बरघर रेस्टुरेन्ट’ | कीर्तिपुर पाँगा सुन्दर बजारमा एउटा रेस्टुराँ छ जहाँ मानिसहरु फरक स्वादको लागि आउ-जाउ गरिरहेका छन्।,माथि टीनको छानो, भित्र इँट्टाले बनाएको पर्खाल, पर्खालको भित्ताभरी हातले बुनेका हस्तकलाका सामग्रीहरु टाँगिएका छन्।,त्यसमा पनि सामग्रीको आ-आफ्नै नामहरु नामाकरण गरिएका छन्।,जस्तै माछा मार्ने ढरिया, जोत्ना टोपी, बेररी, पौवा... | सहदेव चौधरी |
तल्लो पेट दुख्ने कारण महिनावारी मात्रै हो ? | कलंकीकी राधिका घले (नाम परिवर्तन) लाई सधैँ पेट दुखिरहन्थ्यो। उनले काठमाडौँका धेरै अस्पतालमा उपचारको लागि धाइन्, धेरै महिला रोग विशेषज्ञको सल्लाहमा औषधि खाइन् तर उनलाई निको भएन।,विवाहित राधिकालाई श्रीमानसँगको सहबासमा धेरै दुखाई हुन्थ्यो। उनका श्रीमानले राम्रो अस्पतालमा जचाँउन जाउ भनेका थिए। तर जति अस्पताल जाँदा पनि उनको... | सुजाता खत्री |
पानी–पुरी, चाट ! ‘अमिलो–पिरो ट्वाक्क’ | अमिलो–पिरो ट्वाक्क। यही स्वाद लिन पारखीले चाट र पानीपुरी रोज्ने गरेका छन्। बाटैमा उभिएर चाट र पानीपुरी खाने धेरै भेटिन्छन्।यो यस्तो परिकार हो, घरको भन्सा कोठामा भन्दा पनी सडकमै खान रुचाने बढी हुन्छन्।,पूर्व पश्चिम राजमार्गको दाङ खण्ड स्थित लमही बजारमा पाईने चाट र पानीपुरीको स्वाद लिन पारखीहरु टाढा–टाढा बाट आउने गर्छन्।... | दशरथ घिमिरे |
क्यान्सरका अधिकांश प्रकार तथा लक्षण र उपचार तथा बच्ने उपाय | फेब्रुअरी ४ अर्थात आज (सोमबार) क्यान्सर दिवस । ‘म हुँ र म गर्न सक्छु’ भन्ने मुल नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गरेर मनाईँदै छ ।,सुरुमै क्यान्सर रोगको उपचार भएमा बिरामी पूर्ण रुपमा निको भएकाले यसबारे सर्वसाधारणमा जनचेतना बढाउन नेपालमा पनि रहेक वर्षको फेब्रुअरी ४ मा यो दिवस मनाउँदै आइएको हो ।,विश्वको तथ्याङ्क हेर्न... | प्रतिभा चन्द |
के भयो भने क्यान्सर हुन सक्छ ? | शरीरमा कोषहरुको अनियन्त्रित वृद्धि भएको अवस्था क्यान्सर हो। मानिसको कपाल र नङ बाहेक हरेक अंगमा क्यान्सर हुने चिकित्सकहरु बताउँछन्। क्यान्सर नसर्ने रोग हो, यसको सहि समयमा सहि उपचार भएन भने यसले मानिसको ज्यान लिन सक्छ।,क्यान्सर लागेको अंग र क्यान्सरको चरणले बिरामी ठीक हुने अथवा नहुने कुरा निर्धारण गर्ने नेशनल हस्पिटल एण्... | सुजाता खत्री |
रेस्टुरेन्टमा आएका हरेक पाहुनासँगै रमाउँछिन् मिसिको मल्ल | दिउँसो दुई बजेतिर हात्तीसारको एउटा अग्लो भवन अगाडि उनी आइपुगिन् । सिद्धार्थ बैंकसँगै रहेको ठूलो भवनको पहिलो तलामा स्काइ लाउञ्ज छ।,आज अलि हतार छ उनलाई, सरासर भर्याङ्ग उक्लिएर लाउञ्जमा छिरिन्। छिर्ने बित्तिकै दायाँ पट्टि बसेका एक टोलीलाई देखेर उनी मुसुक्क हाँसिन्। अंकमाल गर्दै हालखबर सोधिन्, नम्र भएर बोलिन्।,मिसिको मल्ल... | सुजाता खत्री |
कपाल काटेरै जीवन ‘इन्जोय’ गरिरहेका युवक |
,कवि दैवज्ञराज न्यौपानेको ‘किसानको रहर’ कविताका यी हरफ प्रायः सबैको मनमा बसेको छ। स्मृतिमा अमिट छ। यिनै हरफ सम्झँदै–बिर्सँदै, फेरि सम्झिने प्रयास गर्दै हुँर्केका हुन्, असिम सारु मगर। २६ वर्षका लक्का जवान ठिटो भए असिम।,कविताको भावजस्तै सानैदेखि उनलाई घरको परिस्थितिले ‘माम खानलाई काम गर्नुपर्छ’ भनेर सिकायो। मामको जोहोको... | सुजाता खत्री |
माघ १ : दिन एक, पर्व अनेक | आज माघ १ गते । मितिले माघ १ भए पनि यो दिनलाई धेरै नामबाट चिनिन्छ ।,माघे संक्रान्ति –धनु राशिबाट मकर राशिमा सूर्य प्रवेश गर्ने दिन, यसलाई मकर संक्रान्ति पनि भनिन्छ ।,तिलुवा संक्रान्ति–पूजा विशेषमा प्रयोग हुने तिल माघ १ मा विशेष परिकार बन्छ, तिलमा सख्खर मिसाएर लड्डु बनाइन्छ।,माघी–थारु समुदायको लागि नयाँ आर्थिक वर्ष, आजदे... | सुजाता खत्री |
सत्कारको कर्ममा रमेकी राधा | चितवन (घटगाईँ) – उमेर दुई बिस पुग्न लाग्यो । उर्जा भर्खर २० को आसपासका युवाको जस्तो छ । र जाँगर अटुट छ । उनले हाँस्न जानेकी छन्, भित्र जस्तो हुण्डरी चले पनि । किनकी उनको पेशा नै यस्तै छ, पाहुनालाई स्वागत गर्ने । उनीहरुको ख्याल गर्ने र रमाइलो परिवेश सिर्जना गर्ने ।,चितवनको घटगाईँकी राधा खड्का पर्यटन व्यवसायमा छिन् । त्य... | बर्षा शाह |
जो राजा वीरेन्द्रको दौरा सुरुवाल सिलाउँथे | १२ वर्षको फुच्चेलाई बुबाले हातमा सियो र धागो थमाइदिए। मनले समात्न मानेकै थिएन। तर बुबाको अगाडि ठाडो शीर उठाएर हेर्ने हिम्मत नभएको बेला ‘नाई’ भन्ने शक्ति हेमराज शाक्यलाई आउँदै आएन। जे अराएको हो, ‘हस’ भनेर गर्ने शाक्यलाई ७७ वर्षको हुँदा त्यही सीप खर्च जोहो गर्ने माध्यम बनेको छ।,वि सं १९९९ मा हेमराज शाक्यको जन्म पाटनको न्... | सुजाता खत्री |
निद्रा लाग्दैन ? यी सात उपाय अपनाइ हेर्नुस् त ! | हाम्रो शरीर एउटा प्रक्रियामा चलेको हुन्छ। सूर्य उदाएपछि दिन शुरु भएजस्तै मानिसको शरीर पनि चल्न शुरु हुन्छ। सूर्य अस्ताएसँगै शरीरले पनि आरम खोज्छ। दिनभरी चलायमान भएको शरीर रातमा आराम गरेर भोलिपल्ट फेरि सक्रिय हुन्छ, यसको लागि मानिस निदाउन जरुरी छ। भनिन्छ, एक स्वस्थ मानिसलाई ६ देखि ८ घण्टा निदाउनु पर्छ। मानिसको निन्द्राल... | null |
उदास हुनु हाम्रा लागि किन महत्वपूर्ण? | उदासी निकै महत्वपूर्ण इमोसन अर्थात भावना हो । जब कुनै व्यक्ति उदास हुन्छ, त्यसपछि दिवास्वप्न देख्न थाल्छ र मष्तिस्कमा विविध विचारहरु खेल्छन् वा लक्ष्यबिहीन विचारहरु आउँछन् ।,रचनात्मक यात्राका लागि यो निकै महत्वपूर्ण प्रक्रिया हो । यसलाई व्यक्तिले दैनिक जीवनमा लागु गर्न सक्छन् ।,यदी कुनै समस्यामा अल्झिएको महसुस भएमा वा ... | null |
‘रिक्साबाट कमाएको पैसाले छोरालाई पढाउँछु र पाइलट बनाउँछु’ | जनकपुरधाम -‘एउटी एक्ली महिला देखेर नानाथरी कुरा गर्न आउँछन्। धेरै जना (पुरुष)ले एक्लो पाएपछि मसँग हिड.. म सँग बस भन्छन् तर म भन्छु, जब मेरो श्रीमान्ले नै मेरो साथ दिएनन् भने अरु कस्ले दिन सक्छ? त्यसैले म अरुको कुरा एक कानबाट सुन्छु, अर्को कानबाट निकालि दिन्छु। मलाई अब मेरो कामसँग मात्रै मतलब छ। जसोतसो छोरालाई हुर्काउछ... | प्रतिभा झा |
शरीरको सही समय थाहा छ ?, आउँदैछ सजिलो उपाय | हामी सबैको शरीरले आन्तरिक समय अर्थात घडीको आधारमा काम गर्छ । मानव शरीरमा हुने आन्तरिक समय प्रणाली वा घडीलाई ‘सरकेडियन रिदम’ भनिन्छ ।,सरकेडियन रिदम र हामीले लगाएका घडीको समयमा तालमेल मिलेका बेला प्रायः सबै काम राम्रोसँग भइरहेको हुन्छ । शरीरको आन्तरिक घडी र हामीले प्रयोग गर्ने गरेको बाह्य घडीमा तालमेल नमिलेमा विभिन्न स्व... | null |
मोहनी पर्व दसैँ र देवीका विविध स्वरुपसँग जोडिएका तथ्यहरु | काठमाडौँ – सबै नेपालीले उल्लासका साथ मनाउने चाड दसैँ बुधबार (आज) देखि सुरु भएको छ । आज घटस्थापना दसैँको पहिलो दिन।,यसको सरल शाब्दिक अर्थ छ, घट–कलश र स्थापना–थापना गर्ने। गंगा जल भरिएको कलशलाई स्थापना गरेर भगवानको आरती गर्नु घटस्थापनाको मुख्य कर्म भनिन्छ।,यो दिन जमरा राखिन्छ। घटस्थापनाको साइत बिहान ७ बजेर १५ मिनेटमा शुभ... | सुजाता खत्री |
योगमाया नै बनेर लेखेँ ‘योगमाया’ | नेपाली समाजको कूरीतिलाई जनस्तरमा आफ्नो कथा, कविता र साहित्यको माध्यमबाट जनस्तरमा पस्कँदै आएकी छिन् लेखिका निलम कार्की ‘निहारिका’। नारी शक्तिको बोध गराउन, चेतना जागृत गर्न सृजना उनको अस्त्र बनेको छ।,अग्रजले देखाएको बाटोमा पाइला चाल्न चुनौती भए पनि उनी त्यसलाई पछ्याउँदै छिन्। उनी त्यसलाई सफलताको रहस्य ठान्छिन्। नी... | सहदेव चौधरी |
पाँच वर्षपछि चङ्गा उडाउने धीत मार्दै | मौसम गज्जब छ, नि..लो खुलेको आकाशमा सेता बादलका ढिक्का, खेतमा धानका बाला झुलेक, सिरसिर बतास लाग्ने, न तातो न चिसो। छर्लङ्ग खुलेको मौसमले दसैँ आयो दसैँ आयो भनिहाल्छ। खुल्ला मैदानमा बसेर हावालाई बोलाउँदै, बोलाउँदै हातमा चङ्गा र लट्टाई लिने बेला पनि यहि हो।,‘सब कथा जस्तै भइसक्यो’ उदयपुरको ठूला खुल्ला चौर, स्कूल छुटेपछि साथ... | सुजाता खत्री |
कुकुरले हुर्काएको सिंह | आमाले लत्याएर के भो, माया गरेर हुर्काउने अर्कै प्रजातिको तर वास्तविक भन्दा पनि माया गर्ने आमा भेटिइन् । सन् २०१४ मा श्रीलंकाको चिडिया खानामा जन्मिएपछि सिंहको बच्चालाई उसको आमाले स्वीकार गरिनन् ।,चिडियाखानाका कर्मचारीहरुले आमाले लत्याएको सिंहको बच्चाका लागि उपयुक्त हुने परिवारको खोजी गरे । उनीहरुले सम्भावित परिवारको रुप... | null |
वर्षभरि कुकुर तिहार | शहर बाक्लिँदै गयो । १८ वर्षअघि यहाँ बसाईँ सर्दा बस्तीमा अहिलेको जस्तो बेथिति बाक्लो थिएन । अहिले त जता हेरे पनि घरैघर । खाली ठाउँहरु पनि खुला छैनन् । तर अनियन्त्रित रुपमा ठडिएका अग्ला घरहरुको बाक्लो बस्ती हरेक बिहान छिचोल्ने एक पात्र हुन्, पार्वती गुरुङ्ग ।,काठमाडौँ सामाखुशीको कपुरधारा चोक नजिकै पार्वतीको घर छ । उनको घ... | टंक ढकाल |
एउटा पुरानो तस्बिरको कथा | सम्झनाहरुको संग्रह बनेर बसेको एउटा तस्बिर, जसमा दुःखले मिलाएको फुर्सद र पहिलो पटक राम्री बनेर आफ्नै तस्बिर खिचाउँदाका रोमाञ्चकताहरु समेटिएका छन् । अझ भन्दा जीवनको अनुभव संगालिएको छ ।,चितवन रत्ननगर, टाँडीकी देवकुमारी पाण्डे र उनका अरु पाँच दिदीबहिनीको तस्बिर हो यो । तस्बिरको अघिल्लो क्रममा बायाँबाट उनकी जेठी दिदी मिठी, ... | टंक ढकाल |
चिटिक्कका लुगा बनाउने रविन | गएको मंसिर २५ गते धुमधामसँग चलचित्र मारुनीको घोषणा भयो। नायिका साम्राज्ञी राज्यलक्ष्मीदेवी शाह, नायक पुष्पल खड्का लगायत चलचित्रका कलाकार र्याम्पमा उत्रिए।,अभिनयमा पोख्त भनेर प्रशंसा बटुलेकी साम्राज्ञीतर्फ सबैको ध्यान आकर्षण हुनु समान्य थियो । त्यसैले त उनी पुगेको हरेक सभा समारोह उनको चर्चा हुन्छ ।,मारुनीको सेटमा रातो ... | सुजाता खत्री |
अरुलाई सजिलो बनाउँछिन् जो, कृपा सिग्देल | दुखाउनलाई कुनै धारिलो सामानले काट्नु पर्दैन, तिखोले घोच्न पर्दैन। हामीले गर्ने व्यवहार अनि बोली नै कोक्काउने पीडाको कारण बन्छ।,आफ्ना हरेक समस्यामा परिवारको साथ खोज्ने कृपाले सोचेकै थिइनन्, उनी यस्तै अनगिन्ती पीडा सुन्छिन्, बुझ्छिन् अनि चिन्दै नचिनेका मानिसको भरोसा बन्छिन्।,हुन त हामीलाई चिन्दै नचिनेको मानिसलाई दुःख परे... | सुजाता खत्री |
कामलाई नामजस्तै बनाएका ‘सहज’ | ‘परिश्रमको फल मिठो हुन्छ’,तर, कति मिठो हुन्छ अनि चाख्नलाई कति कसरत गर्नुपर्छ भन्ने भोग्नेलाई मात्र थाहा हुन्छ।,महाराजगञ्जको ‘द स्ट्यान्डर्ड नर्सरी’ को एक कुनामा हल्का खैरो रंगको स्वीटर अनि फर्मल प्यान्ट, जुत्ता लगाएका एक युवक बँगैचामा खसेका न्याफ्किन पेपर टिप्दै थिए। ‘मिटिङ्ग हल’ को टेबलको खुम्चिएको कपडा (टेबल पोस) तन्... | सुजाता खत्री |
नेपाली खानामा रमाएको एउटा अमेरिकी जिब्रो | स्मृतिहरु सजीव छन् । उनलाई पोखरामा एक हजुरआमासँग भान्छामा चकटी ओछ्याएर दाल–भात खाएको सम्झनाले पनि त्यो खानालाई थप स्वादिलो बनाउँछ ।,उनी नेपाली नजान्ने, हजुरआमा अंग्रेजी नबुझ्ने । हजुरआमाले उनको समस्या बुझिन् । उनले हजुरआमाको इसाराको भाषा सम्झिए ।,अमेरिकाको अर्कान्ससबाट नेपाल घुम्न आउँदाका अमिट सम्झनाहरु म्याक्स म्याकफा... | टंक ढकाल |
भाषाले जुराएको पेशा र सन्तुष्टि: रुदाक्ष कारोबार र चाइनिज भाषा | संखुवासभाको खाँदबारीस्थित एक होटलमा भेटिएकी हसिलो स्वाभावकी निलिमा तामाङको जन्म धादिङ जिल्ला रुबी भ्यालीमा भएको हो।२२ वर्ष अघि जन्मिएकी निलिमा भाषा रुपान्तरण अर्थात दोभासे पेशामा आवद्ध छिन्। मुख्यतः निमाले बोल्ने भाषा चीनको रहेको छ। गएको ६ वर्ष अघिबाट चीनियाँ लवचलाई अनुसरण गर्दै अघि बढेकी निलिमा यतिबेला पूर्वी पहाडमा र... | अभयकुमार राई |
बोझ होइनन् यी चम्किला ताराहरु हुन्, जो जमिनमा ओर्लिए | आफ्नो बच्चासँग खेल्ने र बोल्ने रहर कसलाई पो हुँदैन होला र? कतिपयको त्यो रहर पूरा हुन्छ भने कतिको अधुरै रहन्छ। उनीहरुले आफ्ना बालबालिकाका लागि देखेका सपना पूरा हुन पाउँदैनन्।,यस्तै आफ्ना सन्तानलाई अटिजम भएका आमा–बाबुको रहर पनि केवल रहरमै सीमित हुन्छ। सामान्य बालबालिका जस्तो अटिजम भएका बालबालिकासँग घुलमिल हुन सकिँदैन। बा... | प्रतिभा चन्द |
खाना खाएपछि दाँत माझ्न पाइएन भने के हुन्छ ? | मानव स्वास्थ्यको अभिन्न पाटो मुख स्वास्थ्यसँग जोडिएको हुन्छ। हाम्रो शरीरलाई चाहिने खानेकुरा मुखबाट नै प्रसार हुने भएकोले मुखको सरसफाई अति महत्वपूर्ण भएको चिकित्सिकहरु बताउँछन्।,तर फेरिएको दैनिकीले हाम्रो आनीबानीलाई पनि फेरेको छ। हिजोआज हामीहरु एकाबिहानै घरबाट हिड्ने अनि रातमा फर्कने धेरै छौँ। पढाई सँगसँगै काम गर्ने समु... | सुजाता खत्री |
अनि आवाजको जन्म भयो | १६ वर्ष पहिले नै हो उनले जन्म लिएको, आमाको कोखबाट बाहिर निस्किएकी उनी रोएकी थिइन् अरु जस्तै। त्यो रुवाई उनी आफैले भने सुन्न सकिनन् शायद। जन्मेको १६ हिउँद काटेपछि बल्ल उनको आवाजको जन्म भयो, अर्थात सुन्न सकिन् हावाको सुस्केरा, पानीको बहाव।,उनले आफैलाई नजिकबाट सुन्न सकिन्, तब मात्रै जिन्दगी आफ्नो लाग्यो, प्यारो बन्यो। पहि... | प्रतिभा चन्द |
संक्रमितहरुको फोहोर उठाउने ज्ञानु घिमिरेलाई दिनभरि पछ्याउँदा… (भिडियो स्टोरी) | कोरोना भाइरस संक्रमितको उपचार हुने अस्पतालमा काम गर्ने भन्दै धेरैले छिःछिः, दुरदुर गरे। आफन्तले पनि तिमीबाट कोरोना सर्छ, मेरो घर नआउनु भन्दै सन्देश छोडेका थिए । त्यो बेला कोरोना भाइरस महामारीको पहिलो लहर चलिरहेको थियो।,‘अब यसले गाउँमा कोरोना सार्ने भई’, छिमेकीहरुले भनिरहेका थिए। तर उनलाई कसैका केही कुराले फरक भने पारेन... | प्रतिभा चन्द |
संक्रमणको जोखिम मोलेरै खोप लिँदै छन् युवाहरु | काठमाडौँ – टेकु अस्पतालमा भीडभाड हुनु स्वाभाविकै हो। थेग्नै कठिन मानिसको भीड पनि अस्पतालले थेगेकै छ। तर, त्यहाँ स्वास्थ्य सुरक्षाको मापदण्ड भने अपनाएको पाइएन।,आइतबार पनि अस्पतालमा देखियो उस्तै भीड। अस्पतालको प्रांगणको एउटा कुनामा बनाइएको खोप केन्द्रबाट सुरु भएको लामो लाइन अस्पताल छिर्ने गेटभन्दा २५ मिटर अगाडिसम्म थियो।... | प्रतिभा चन्द |
कोरोना भाइरसको महामारीः नाका व्यवस्थापनमा कहाँ चुक्यो सरकार? | झापा – गत चैत ११ गते लकडाउन सुरु हुन अघिदेखि नै भारतबाट नेपालीहरू नेपाल आउन सुरु गरिसकेका थिए। तर, जुन बेला भारतबाट नेपालीहरु आउन सुरु गरे नेपाल–भारतका सीमा क्षेत्रमा एक किसिमको त्रास थियो।,कतै ती आउने नेपालीहरूमा कोरोना भाइरसको संक्रमण त छैन ! भारतमा कोरोना भाइरसका संक्रमितहरू दिनहुँ बढ्ने क्रममा थिए भने नेपालमा एकाध ... | उमाकान्त खनाल |
भारतबाट फर्केका युवाहरुमा आर्थिक संकट चुलियो, रोजगारी नपाउँदा बाटो बिराउने खतरा | वीरेन्द्रनगर-कोरोना महामारीका कारण जीवन सुरक्षाका लागि घर फिरेका कर्णाली प्रदेशका युवाहरु आर्थिक, सामाजिक मात्रै होइन भौतिकरुपमा समेत असुरक्षित बन्दै गएका छन्।,घर फिरेको करिब पाँच महिना बितिसक्दा पनि सरकारको प्रतिबद्धता र आश्वासनअनुसार रोजगारी नपाउँदा निराश बनेका युवाहरु आर्थिक संकट र सामाजिक विभेदको पात्र बनेका छन् नै... | दिपा दाहाल |
मातृभूमि छिरेपछि धर्मराएका गर्भवतीहरु | सबेरैदेखि सुरु भएको बर्खे झरी रोकिएको थिएन। हिलाम्मे सडक पेटीमा मानिस मुश्किलले आउजाउ गर्दै थिए।,सुर्खेत यात्राका लागि शुक्रबार साँझ ६ बजे कंलकी पुगेकी म कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेपछि सरकारको समन्वयमा त्रिभुवन अन्नर्राष्ट्रिय विमानस्थलमा झरेर, होल्डिङ सेन्टर हुँदै गन्तव्य (विभिन्न प्रदेशहरु) मा जान तयार नाग... | दिपा दाहाल |
सयौँ सेनाले बचाएका यी युवाको मर्दै अनि बाँच्दै गरेको सपना | काठमाडौँ– प्रायः मानिसले आफ्नो आर्थिक र सामाजिक परिवेशभित्रै रहेर सपना देख्छन्। सपना पूरा हुने संकेत नदेखिए कोहीले मन बुझाउँछन् अर्थात सम्झौता गर्छन्।,कोहीले सपनालाई यथार्थमा बदल्न कोशिस गरिरहन्छन्। तर स्वास्थ्यले साथ नदिए के गर्ने? रोग निको पार्न संकलन गरिएको चन्दा पनि सकिए, अर्को विकल्प के?,यस्तै दुविधाको भूमरीमा परे... | दिपा दाहाल |
शव व्यवस्थापनका योद्धा: ब्यारेकदेखि अस्पताल हुँदै पशुपतिसम्म पछ्याउँदा…(भिडियो स्टोरी) | स्वरकिन्नरी तारादेवीको स्वरमा रहेको दिनेश अधिकारी लिखित तथा नातिकाजीले संगीतवद्ध गरेको सदाबहार गीत ‘सोचे जस्तो हुन्न जीवन’ अहिले विश्वभरका मानव जातिको अवस्थासँग मेल खान्छ भन्दा फरक नपर्ला। कोरोना भाइरसको महामारीका कारण दैनिकी फेरिएका छन् र प्रभावित भएका छन् ।,चीनको वुहानबाट गएको वर्ष (सन् २०१९) को अन्त्यतिर सुरु भएको क... | बर्षा शाह |
निषेधाज्ञामा सुनसान बने वसन्तपुर, पाटन र भक्तपुर दरबार स्क्वायर (फोटो फिचर) | काठमाडौँ- उपत्यकामा कोरोना भाइरस दिनदिनै बढ्दै जाँदा सम्पदा सूचीमा सूचीकृत काठमाडौँको वसन्तपुर दरवार स्क्वायर, ललितपुरको पाटन दरवार स्क्वायर र भक्तपुरको ५५ झ्याले भक्तपुर दरवार स्क्वायर सुनसान देखिएका छन्।,तीनवटै नगरपालिका मेयरहरूले कोरोना संक्रमणबाट बच्न तीनवटै जिल्लामा निषेधाज्ञा गर्ने निर्णय गरेसँग विश्व सम्पदा सूची... | सुलभ श्रेष्ठ |
‘एसिडले जलेको मेरो अनुहार हेरेरै काममा राख्दैनन्’ | सुन्निएका आँखा चिम्रा पार्दै उनले बाथरुमको ऐनामा आफ्नो अनुहार हेरिन्। प्रष्ट देख्न सकिनन्। बाहिर आइन् र बुवालाई बाथरुमको ऐना हटाइदिन आग्रह गरिन्।,त्यस दिनदेखि उनलाई लामो समयसम्म ऐना हेर्न दिइएन। छर्लैङ्ग अनुहार देखिने कुनै पनि चिज वरपर राख्न निषेध गरिएको थियो।,सुन्निएका उनका आँखा विस्तारै उघारिँदै गए। त्यसपछि उनलाई आफ्... | प्रतिभा चन्द |
बेहाल त्रिवि शिक्षण अस्पताल (फोटो फिचर) | देशभरका बिरामीहरुको भरोसा तथा देशमा चाहिएको दक्ष चिकित्सक जन्माउने मुख्य थलो त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज आफैं बिरामी भएर थलिएको धेरै समय भइसक्यो।,देशभरबाट आउने विरामीहरुको उपचारका लागि उक्त शिक्षण अस्पतालसम्मको पहुँच निकै गाह्रो विषय हो। बिरामीहरुले हतपति भर्ना हुन बेड पाउँदैनन्। त्यस्का लागि ‘सोर्... | उमाकान्त खनाल |
‘रिहानको मृत्यु यात्रा’: नेपालमा मेडिकल असफलताको लाजलाग्दो कथा | सामान्यतया: १८ महिनाको बच्चा तोतेबोली बोल्दै फाट्फुट हिँड्ने भइसकेको हुन्छ। तर उनी न त घरका कोठा-कोठा भुन्टुङ्–भुन्टुङ् गर्दै हिँड्छन्, न त उनी तोलेबोली बोल्दै आमाको काखमा लुट्पुटिन्छन्।,शायद उनी निको भएका भए उनी पनि उस्तै चुलबुले हुन्थे होला, अरु सामान्य बच्चाहरु जस्तै। भोक लाग्दा आमालाई सताउँदै काखमा बसेर दूध खान्थे।... | प्रतिभा चन्द |
‘म जन्मेकै क्यान्सरसँग लड्नलाई रहेछ जस्तो लाग्छ’ | पोखराको रामनगरमा १३ वर्ष अगाडि नर्बु याल्मो र रमना थापाकाे तेस्राे सन्तानकाे रुपमा रिम्पो याल्मो जन्मिए। दुई दिदीका एकमात्र भाइ रिम्पाे घरको सबैभन्दा सानो र प्रिय थिए।,दुई वर्षअघि रिम्पो ७ कक्षामा पढ्दै थिए। उनलाई खुट्टा दुख्ने, शरीरमा निलो दागहरु देखिने र ज्वरो आउने हुन थाल्यो। घरीघरी यस्तो समस्या देखिएपछि रिम्पोले ... | प्रतिभा चन्द |
आँखा उपचारमा विश्वमै अग्रणी | अधिकांश नेपाली माझ परिचित नाम हो, तिलगंगा आँखा प्रतिष्ठान। नेपालका आँखा अस्पतालहरुको नाम लिनुपर्दा धेरैको मुखबाट सबैभन्दा पहिला यही अस्पतालको नाम निस्कने गर्छ।,२५ वर्ष अगाडि (सन् १९९४) मा स्थापना भएको अस्पतालले यति धेरै चर्चा बटुल्ला भन्ने कसैले सोचेका थिएनन्। नेपालमा आँखाका बिरामीहरुका लागि केही गर्नुपर्छ भन्ने सोचक... | प्रतिभा चन्द |
सडकमै आन्दोलन, सडकमै उपचार | वीर अस्पतालमा बिहीबार पनि विरामीको चाप उस्तै थियो। तर माहोल भने अन्य दिनको भन्दा फरक। साँधुरो ठाउँ, सानो टेन्ट, चार वटा टेवल । त्यही टेबलको वरिपरि बेन्चमा बसेर बिरामी चेक गरिरहेका केही डाक्टरहरु।,अस्पतालको प्राङ्गन बिरामीले खचाखच भरिएको थियो। त्यही प्राङ्गनमै टेन्ट मुनी बसेर डाक्टरहरु बिरामी चेक जाँच गरिरहेको थिए।,
‘नह... | प्रतिभा चन्द |
सरकारी डाक्टरको आन्दोलनले विरामीको बिचल्ली | चितवनकी रञ्जिता श्रेष्ठ सात महिनाको छोरो लिएर मंगलबार विहान वीर अस्पताल पुगेकी थिइन्। टाउकामा चोट लागेको छोरो बोकेर रञ्जिता अस्पताल पुग्दा त्यहाँको माहोल फरक थियो।,सेता कोट लगाएका डाक्टरहरु हातमा प्लेकार्ड र ब्यानर बोकेर बाहिर उभिएका थिए। १५ दिन पहिले रञ्जिता छोराको टाउकोको सल्यक्रिया गराएर फर्किएकी थिइन्। १५ दिनपछि फ... | प्रतिभा चन्द |
क्यान्सर उपचारमा नेपाली किन बाहिर ? | क्यान्सर रोगको उपचारमा नेपाल सक्षम र सवल भइसकेको दाबी नेपाली चिकित्सकले गर्दै आएका छन्। यो उपचार लक्षित निजी क्षेत्रअन्तर्गत अस्पताल खोल्ने क्रम बढ्दो छ।,निजी क्षेत्रले ८० प्रतिशत क्यान्सरको जाँच र उपचार नेपालमै सम्भव भएको दावी गर्दै आएको छ। केही तथ्य सकरात्मक छन्। रक्त क्यान्सरको उपचारका लागि ‘बोनम्यारो’ प्रत्यारोपणको... | दिपा दाहाल |
क्यान्सरलाई पराजित गरेपछि आमा बनेकी यशोधा | वर्ष गन्दा सात पुगेछ यशोधा दाहाललाई क्यान्सर भएको। वर्षहरु एकपछि अर्को थपिँदै जान्छन् उनलाई लागेको घाउँको खाल्टो उत्तिनै पुरिँदै जान्छ।,यशोधालाई थपिँदै गएका नयाँ वर्षहरुले नयाँ खुशीको अनुभव गराउँछ, उत्साह थप्छ, उमंग ल्याउँछ। बितेको सात वर्षसँग उनको जीवनको सबैभन्दा खुशी, सुखी पल अनि भयको सम्बन्ध छ।,उनी अहिले स्वस्थ छिन्... | सुजाता खत्री |
प्रजनन् दर आधाले घट्यो, जनसंख्या तेब्बरले बढ्यो | विश्वभरमा प्रजनन् दर सन् १९५० यता आधाले कम भएको तर पनि जनसंख्या भने बढीरहेको एक अध्ययनले देखाएको छ । , जर्नलमा बिहीबार प्रकाशित भएको रिपोर्ट अनुसार प्रजनन् दर पछिल्लो ६८ वर्षमा आधाले कम भए पनि जनसंख्या भने निरन्तर बढ्ने क्रममा छ।,एक महिलाले आफ्नो प्रजनन् योग्य उमेरमा जन्माउने बच्चाको संख्या अर्थात प्रजनन् दर ठूलो मात्र... | null |
ज्योति बाँड्दै डा. रीता गुरुङ | देश विदेशमा आँखा शिविरको समय तालिका, अनि आलोपालो त्यहाँ जानु डा. रीता गुरुङको व्यवसायीक बाध्यता हो। तर बाध्यता यस्तो कि जसले उनलाई खुशी ज्यादा दिन्छ ।,त्यो खुशी कसैको गुम्दै गरेको ज्योति फर्काउनु वा नभएकालाई दिलाउनुको हो । अबको उनको बाध्यता र दायित्व बढेका छन्। संस्था र कर्मचारीका समस्या समाधानले अतिरिक्त प्राथमिकता पा... | दिपा दाहाल |
कस्तो छ विदेशबाट फर्केकाहरुको होटल क्वारेन्टिन अनुभव? (भिडियोसहित) | काठमाडौँ– सरकारले विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई उद्धार गर्न जेठ ३२ देखि असार ११ गतेसम्मको कार्ययोजना तयार गर्यो। त्यसपछि पनि उद्दार कार्य निरन्तर चलिरहेको छ। सरकारको कार्ययोजना अनुसार विदेशबाट उद्धार गरिने हरेक व्यक्तिले होटल या सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा बस्नुपर्ने थियो।,सोही कार्ययोजना अनुसार नै ... | पूर्णिमा बिक |
मन्दिरबाट समेत निकालिएका जगत कहिले पुग्लान् घर? | आँखाभित्रै गढेको छ। ख्याउटे शरीर र कुप्रो ढाड। सायद, अपांगताको सूचीमा पर्छन् उनी। धुलोले कपाल फुस्रो छ।,कपडा फोहोर। प्लास्टिकको झोलामा केही लत्ताकपडा बोकेका छन्। आफ्नो परिचय दिन थालेपछि उनी डाँको छोडेर रोए। ६ दिनदेखिका भोका। तिर्खा कति रहेछ भने दुई बोतल पानी एकै पटक सके।,भारतको मुम्बईस्थित एक होटलमा ६ महिना भाँडा माझ्न... | दिपा दाहाल |
कोभिड–१९ः प्रवेशदेखि खोजपड्तालसम्म भएका यी त्रुटीहरु | संख्याका हिसाबले कोभिड-१९ बाट संक्रमित न्यून छन् नेपालमा तर यसको रोकथाम, नियन्त्रण र उपचारमा पर्याप्त तयारी नभएको देखिन्छ।,संक्रमण पहिचान भएकाको सम्पर्कमा आएका सबैको समयमै खोजपड्ताल (ट्रेसिङ) र विदेशबाट आएकालाई सुरक्षित क्वारेन्टाइनमा राख्न मात्र सरकारी संयन्त्र सक्षम भएको भए मनोवैज्ञानिक त्रासदीमा नेपाली बाँच्नु पर्ने... | दिपा दाहाल |
कोभिड १९ को उपचारमा ‘डेक्सामिथासोन’ प्रभावकारी हुने बेलायती वैज्ञानिकहरुको दाबी | विश्वभर कोरोनाको आतंक फैलिरहेका बेला कोरोना भाइरस (कोभिड १९)विरुद्ध बे,ले मानिसको ज्यान बचाउने नयाँ औषधि पत्ता लगाएका छन्।,वैज्ञानिकहरुले ‘डेक्सामिथासोन’ नामक औषधिको प्रयोगबाट कोरोना भाइरसबाट ग्रसित बिरामी निको हुने पत्ता लगाएको बीबीसीले उल्लेख गरेको छ।,निक्कै सस्तो र सर्वसुलभ रुपमा उपलब्ध हुने उक्त औषधिले कोभिड १९ बा... | सञ्चार संवाददाता |
बल्लतल्ल लरी चढेर गाउँ फर्के रञ्जित पटेल | रञ्जितले झोला खोलेर लरीका चालकलाई देखाए। ‘गाँजा पो छ कि’ भन्दै थिए भारतीय लरीका चालक, त्यसपछि १४ वर्षका रञ्जित पटेलले आफ्नो कालो झोलाको चेन खोलेर भित्र रहेका सामान देखाए। केही जोर लुगाले भरिएको थियो उनको झोला।,त्यसपछि लरी चालकले उनलाई आफू आडैको सिटमा बस्न स्वीकृति दिए। काठमाडौँमा सामान छोडेर रित्तै भारत फर्किन लागेको ल... | टंक ढकाल |
आफ्नै गाउँमा पसिना बगाउन तयार यी युवाहरुलाई राज्यले प्रोत्साहन गर्ला त? | कुनै बेला गाउँमै बस्नु पर्दा भाग्यले ठगेको भन्थे युवाहरु। कुटोकोदाली गर्नु या पुर्खाको पेशा अंगाल्नु पर्दा धेरै युवाले दिक्दारी ठाने।,सम्पति बेचेर, ऋण लिएर र बीचमै पढाई छोडेर शहर या विदेश हानिए। गाउँ उराठ बन्यो। घर छोडेका छोरोछोरीको सम्झनामा वृद्धवृद्धाहरुको आँखा ओभानो भएन। श्रमबिना धेरै खेतहरु बाँझो रहे।,सोचेजस्तो काम... | दिपा दाहाल |
बगिया: तिहार (सुकराइत) मा थारुको विशेष परिकार | नेपालीहरुको महान चाड तिहार धुमधामले मनाइँरहँदा थारु समुदायले पनि यसलाई आफ्नै मौलिक परम्परा,सामाजिक मूल्य र मान्यताका साथ मनाउँदै आएका छन्।,तराईमा बस्ने आदिवासी थारु समुदायले ,को भोलिपल्ट बिहानैदेखि घर-घरमा चामलको पीठोबाट ‘बगिया’ बनाउने गर्दछन्।,बगिया बनाउँदा उनीहरुले परिकारमा आफ्नो कलायुक्त तरिकाले विभिन्न आकारहरुम... | सहदेव चौधरी |
ऐतिहासिक घाटमाथि गुरुयोजनाको बक्रदृष्टि | ‘देव कार्य र पितृ कार्यको संगम, पशुपतिको पहिचान हो । आशुतोष र संहारकर्ताको रुपमा रहेका महादेवप्रतिको आस्थाको केन्द्र हो पशुपति । पशुपति क्षेत्रसँग नेपाली मात्रै नभएर विश्वभरका हिन्दुहरुको आस्था जोडिएको छ । विश्वास गाँसिएको छ ।’,‘यो क्षेत्रको साँस्कृतिक तथा पुरातात्विक महत्व प्राचीनकालसँग जोडिएको छ । त्यसैले जिर्णोद्धार... | टंक ढकाल |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.